अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७) खण्ड दुई

विषयवस्तु आठ: काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने (भाग एक)

अगुवा र कामदारहरूले कठिनाइहरूलाई तुरुन्तै पहिचान र समाधान गर्नुपर्छ

आज, हामी अगुवा र कामदारहरूको आठौँ जिम्मेवारीबारे सङ्गति गर्न गइरहेका छौँ: “काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने।” हामी यो जिम्मेवारीका सन्दर्भमा झुटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गर्नेछौँ। काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने—के यो अगुवा र कामदारहरूका काम र कर्तव्यहरूको एउटा पाटो होइन र? (हो।) अगुवा र कामदारहरूले आफ्नो काममा अपरिहार्य रूपमै केही जटिल समस्याहरू सामना गर्छन्, वा मण्डलीको कामको दायराभन्दा बाहिरका कठिनाइहरू सामना गर्छन्, वा सत्यता सिद्धान्तहरू संलग्‍न नहुने विशेष अवस्थाहरू सामना गर्छन्, र यी अवस्थाहरू कसरी सम्हाल्ने भनेर थाहा पाउँदैनन्। अथवा, तिनीहरूको क्षमता कमजोर भएकाले र त्यसकारण तिनीहरूले सही रूपमा सिद्धान्तहरू बोध गर्न नसक्ने भएकाले, तिनीहरूलाई अपरिहार्य रूपमै समाधान गर्न कठिन हुने केही अन्योल र कठिनाइहरू आइपर्छन्। यी अन्योल र कठिनाइहरू कर्मचारीलाई प्रयोग गर्ने समस्याहरूसँग, काम सम्बन्धी समस्याहरूसँग, बाहिरी वातावरणबाट उत्पन्‍न समस्याहरूसँग, मानिसहरूको जीवन प्रवेश सम्बन्धी समस्याहरूसँग, दुष्ट मानिसहरूले निम्त्याउने बाधा र अवरोधहरूसँग, साथै मानिसहरूलाई निकाल्ने वा निष्कासन गर्ने समस्याहरू, आदि इत्यादिसँग सम्बन्धित हुन सक्छन्। यी सबै समस्याहरूका लागि, परमेश्‍वरको घरसँग विशिष्ट माग र प्रावधानहरू रहेका छन्, वा केही मौखिक निर्देशनहरू रहेका छन्। यी विशिष्ट प्रावधानहरूबाहेक पनि अपरिहार्य रूपमै केही अनुल्लेखित विशेष अवस्थाहरू हुन्छन्। कति अगुवाहरूले त यी विशेष अवस्थाहरूलाई परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरू पालना गरेर सम्हाल्न सक्छन्, जस्तै परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा सुनिश्‍चित गर्ने, र मण्डलीको कामलाई सहज रूपमा चलायमान राख्ने—र अझ भन्‍ने हो भने, तिनीहरूले यी अवस्थाहरू निकै राम्ररी सम्हाल्छन्—जबकि कति अगुवाहरूले त्यसो गर्नै सक्दैनन्। सम्हाल्नै नसकिने समस्याहरूलाई के गर्नुपर्छ? कति अगुवा र कामदारहरू अलमल्ल तरिकाले काम गर्छन्, र समस्याहरू पहिचान गर्न सक्दैनन्, र पहिचान गरिहाले पनि तिनलाई समाधान गर्न सक्दैनन्। तिनीहरू माथिबाट समाधान नखोजी आलटाल मात्र गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई “तिमीहरू यो आफै समाधान गर; परमेश्‍वरमा भर पर र समाधानका लागि परमेश्‍वरतर्फ हेर” मात्र भन्छन्, अनि त्यसपछि त्यो सबै सल्टियो भन्‍ने ठान्छन्। चाहे जति नै समस्याहरू थुप्रिए पनि, तिनीहरूले ती आफै समाधान गर्न सक्दैनन्, तैपनि सम्भवतः माथिले तिनीहरूलाई छर्लङ्ग देख्लान् र तिनीहरूको इज्जत गुम्ला भन्‍ने डरले तिनीहरूले माथितर्फ त्यसको रिपोर्ट गर्ने वा ती कसरी समाधान गर्ने भनेर खोजी गर्ने गर्दैनन्। कतिपय अगुवा र कामदारहरू त्यस्ता पनि हुन्छन् जो माथिलाई कहिल्यै समस्याको रिपोर्ट गर्दैनन्, तर किन हो त्यो मलाई थाहा छैन। माथितर्फ रिपोर्ट गर्नु भनेको सिधै माथिलाई नै रिपोर्ट गर्नु हो भन्‍ने जरुरी छैन; सुरुमा निश्चय नै कुनै जिल्ला वा क्षेत्रका अगुवाहरूलाई रिपोर्ट गर्न सकिन्छ। अनि यदि तिनीहरूले त्यो समाधान गर्न सकेनन् भने, तैँले अगुवा र कामदारहरूलाई सिधै माथिलाई रिपोर्ट गर्न आग्रह गर्न सक्छस्। यदि तैँले अवस्था प्रस्ट्याउँदै, कुनै अगुवा वा कामदारलाई कुनै मामला माथिलाई रिपोर्ट गर्न आग्रह गरिस् भने, के उसले त्यो मामलालाई यतिकै दबाउन र बेवास्ता गर्न सक्छ? त्यस्ता मानिसहरू दुर्लभ हुन्छन्। यदि वास्तवमै त्यस्ता अगुवाहरू भए पनि समस्या दबाउने र रिपोर्ट नगर्ने व्यक्तिको खुलासा गर्न तैँले त्यो मामलालाई अरू अगुवा र कामदारहरूसँग प्रस्ट्याउन सक्छस्। यदि यी अरू अगुवा र कामदारहरूले पनि अझै मामलाको रिपोर्ट गरेनन् भने, एउटा अन्तिम उपाय छ: तैँले सिधै परमेश्‍वरको घरको वेबसाइटमा गएर उक्त मामला माथिकहाँ पुर्‍याइयोस् भनी पत्र लेख्न सक्छस्, र यसरी समस्याबारे माथिकहाँ रिपोर्ट हुने कुरा सुनिश्‍चित गर्न सक्छस्। किनभने माथिले पहिला पनि अनेकौँ पटक यस्ता पत्रहरूमा काम गरेका छन्, र तत्पश्चात उनले सिधै अगुवा र कामदारहरूलाई मामला सम्हाल्ने जिम्मा सुम्पेका छन्। वास्तवमा, माथितर्फ समस्या रिपोर्ट गर्ने अनेकौँ उपायहरू हुन्छन्; त्यो अभ्यास गर्न सजिलो हुन्छ, यो उक्त व्यक्तिले त्यो समस्या साँच्चै समाधान गर्न चाहन्छ कि चाहँदैन भन्‍ने कुरामा मात्र निर्भर हुन्छ। यदि तैँले कुनै निश्‍चित अगुवा वा कामदारलाई भरोसा गर्दैनस् भने पनि, तैँले परमेश्‍वर धर्मी हुनुहुन्छ र माथिले सत्यता सिद्धान्तहरूअनुसार कार्यसञ्चालन गर्छन् भनेर विश्‍वास गर्नुपर्छ। यदि तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, र परमेश्‍वरका घरमा सत्यताले शासन गर्छ भन्‍ने कुरामा तँ विश्‍वास गर्दैनस् भने, तैँले केही पनि हासिल गर्न सक्दैनस्। धेरै मानिसहरूले सत्यता बुझ्दैनन्; तिनीहरू परमेश्‍वरका घरमा सत्यताले शासन गर्छ भन्‍नेमा विश्‍वास गर्दैनन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। तिनीहरू सधैँ सोच्छन् कि संसारका सबै अधिकारीहरूले एकअर्कालाई जोगाउँछन्, र परमेश्‍वरको घर पनि त्यस्तै हुनुपर्छ। तिनीहरू परमेश्‍वर सत्यता र धार्मिकता हुनुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनन्। त्यसकारण, यस्तो व्यक्तिलाई अविश्‍वासी भन्‍न सकिन्छ। तर, अल्‍पसङ्ख्यक मानिसहरूले वास्तविक समस्याहरू रिपोर्ट गर्न सक्छन्। यस्ता मानिसहरूलाई परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने मानिस भनेर भन्‍न सकिन्छ; तिनीहरू जिम्‍मेवार मानिस हुन्। कति अगुवा र कामदारहरू आफूले देखेका गम्‍भीर समस्याहरू समाधान गर्न असफल हुने मात्र होइनन्; तिनीहरूले यसबारे माथितिर पनि रिपोर्ट गर्दैनन्। माथिले यसबारे अनुसन्धान गरेपछि मात्रै तिनीहरूले समस्याको गम्‍भीरता अनुभूति गर्न थाल्छन्। यसले कामकुरामा ढिलाइ हुन्छ। त्यसकारण, चाहे तँ साधारण दाजुभाइ वा दिदीबहिनी होस्, अथवा अगुवा वा कामदार होस्, आफूले समाधान गर्न नसक्‍ने र बृहत् कार्य सिद्धान्तहरूसँग सम्‍बन्धित कुनै समस्या आइपर्दा, तैँले यसबारे माथितिर रिपोर्ट गर्नुपर्छ र समयमै समाधान खोज्‍नुपर्छ। यदि तँलाई अन्योल वा कठिनाइहरू आइपर्छन् तर तैँले तिनलाई समाधान गर्दैनस् भने, कतिपय काम अघि बढ्न सक्‍नेछैन; त्यसलाई थाती राख्नुपर्ने र रोक्‍नुपर्ने हुन्छ। यसले मण्डलीको कामको प्रगतिमा असर गर्छ। त्यसकारण, जब उक्त कामको प्रगतिमा प्रत्यक्ष असर गर्ने समस्याहरू पैदा हुन्छन्, तब तिनलाई समयमै खुलासा गरेर समाधान गरिनुपर्छ। यदि कुनै समस्या समाधान गर्न सजिलो छैन भने, तैँले सत्यता बुझ्‍ने र त्यस क्षेत्रमा विशेषज्ञता भएका मानिसहरूलाई खोज्नुपर्छ, र त्यसपछि तिनीहरूसँग बसेर अनुसन्धान गरी समस्यालाई सँगै समाधान गर्नुपर्छ। यस्ता समस्याहरूमा ढिलाइ गर्नु हुँदैन! तैँले तिनलाई समाधान गर्दा जति दिन ढिलाइ गर्छस्, कामको प्रगतिमा पनि त्यति नै दिन ढिलाइ हुन्छ। यो एउटा व्यक्तिको मामलामा बाधा दिने कुरा होइन; यसले मण्डलीको काममा, साथै परमेश्‍वरका चुनिएका जनहरूले आफ्‍नो कर्तव्य कसरी निर्वाह गर्छन् भन्‍ने कुरामा असर गर्छ। त्यसकारण, जब तैँले यस प्रकारको कुनै अन्योल वा कठिनाइ सामना गर्छस्, तब त्यसलाई तुरुन्तै समाधान गरिनुपर्छ, त्यसमा ढिलाइ गर्न मिल्दैन। यदि तैँले साँच्‍चै यसलाई समाधान गर्न सक्दैनस् भने, यसबारेमा माथिलाई तुरुन्तै रिपोर्ट गर्। तिनी यसलाई समाधान गर्न सिधै अघि आउनेछन्, वा तिनले तँलाई बाटो बताउनेछन्। यदि कुनै अगुवा वा कामदार यस्ता समस्याहरू सम्हाल्न असक्षम छ, अनि यसलाई माथि रिपोर्ट गरेर तिनीबाट समाधान खोज्नुको सट्टा, समस्यालाई हेरेर बस्छ भने, त्यस्ता अगुवाहरू अन्धा हुन्छन्; तिनीहरू दिमाग खुस्केका र बेकामे हुन्छन्। तिनीहरूलाई बर्खास्त गरेर पदबाट हटाइनुपर्छ। यदि तिनीहरूलाई पदबाट हटाइएन भने, मण्डलीको काम अघि बढ्न सक्नेछैन; तिनीहरूका हातमा काम बरबाद हुनेछ। तसर्थ, यसलाई तुरुन्तै समाधान गरिहाल्‍नुपर्छ।

चलचित्र निर्माणको काम पनि परमेश्‍वरको घरका लागि एउटा महत्त्वपूर्ण काम हो। चलचित्र निर्माण समूहहरूले बारम्बार एउटा समस्या सामना गर्छन्, जसमा हरेक व्यक्तिले पटकथाबारे विवाद गर्छ। उदाहरणका लागि, निर्देशकले पटकथा वास्तविक जीवनभन्दा फरक र भिन्‍न छ र छायाङ्कन गरिएपछि अवास्तविक देखिनेछ भन्‍ने विश्‍वास गर्छ, त्यसैले ऊ त्यसमा हेरफेर गर्न चाहन्छ। तर, पटकथा लेखक कडा रूपमा असहमत हुन्छ, उसले पटकथा व्यावहारिक रूपमा लेखिएको छ भन्‍ने विश्‍वास गर्छ र निर्देशकले पटकथाअनुसार नै छायाङ्कन गर्नुपर्ने माग गर्छ। अभिनेताहरूका पनि आफ्नै असहमतिहरू हुन्छन्, तिनीहरू निर्देशक र पटकथा लेखक दुवैसँग असहमत हुन्छन्। एक जना अभिनेताले भन्छ, “यदि निर्देशकले त्यसरी नै छायाङ्कन गर्ने जिद कस्छ भने, म अभिनय नै गर्दिनँ!” पटकथा लेखकले भन्छ, “यदि निर्देशकले पटकथा हेरफेर गर्छ भने, कुनै समस्या उत्पन्‍न हुँदा तिमीहरू सबै जिम्मेवार हुनेछौ!” निर्देशकले भन्छ, “यदि मलाई पटकथाले भनेअनुसार छायाङ्कन गर्न लगाइयो र त्रुटिहरू देखा परे भने, परमेश्‍वरको घरले मलाई जबाफदेही ठहर्‍याउनेछ। यदि तिमी म छायाङ्कन गरूँ भन्‍ने चाहन्छौ भने, त्यो मेरो आफ्नै सोचाइमा आधारित भएर गरिनुपर्छ; होइन भने, म यो काम गर्दिनँ।” अब, तीन वटै पक्ष गतिरोधमा छन्, होइन र? काम अघि बढ्न नसक्ने प्रस्ट छ। के यो अन्योल उत्पन्‍न भएको होइन र? त्यसोभए, वास्तवमा को सही हो त? सबैका आ-आफ्नै सिद्धान्त, आ-आफ्नै तर्क छन् र कोही पनि सम्झौता गर्न इच्छुक छैन। तिन वटै पक्ष यस्तो गतिरोधमा पुग्दा, केमा हानि हुन्छ? (परमेश्‍वरको घरका काममा।) परमेश्‍वरको घरका काममा अवरोध र हानि पुग्छ। के तिमीहरूले त्यस्ता अवस्थाहरू सामना गर्दा तनाव र चिन्ता महसुस गरेका छौ? यदि छैनौ भने, तिमीहरूले यसमा साँच्चै आफ्नो हृदय लगाएका छैनौ भन्‍ने प्रमाणित हुन्छ। त्यस्ता अन्योल र गतिरोधहरू उत्पन्‍न हुँदा, कति मानिसहरू यति तनावग्रस्त हुन्छन् कि तिनीहरू खान वा सुत्नसमेत सक्दैनन्, र यस्तो सोच्छन्, “के गरिनुपर्ने हो? यसरी तर्क गर्दा र डेग चलाउन इन्कार गर्दा कहीँकतै पुगिँदैन। के यसले चलचित्र निर्माणको प्रगतिमा असर गरिरहेको छैन र? यसले केही दिन ढिलाइ गरिसकेको छ र अब यसलाई अझ पछि सार्न मिल्दैन। हामी यो समस्यालाई कसरी समाधान गर्न सक्छौँ ताकि छायाङ्कन सहज रूपमा अघि बढ्ने र काममा ढिलाइ नहुने सुनिश्‍चित होस्? यो समस्या समाधान गर्न हामी कोकहाँ जानुपर्छ?” यदि तँसँग हृदय छ भने, तैँले अगुवाहरूबाट समाधान खोज्नुपर्छ, र यदि अगुवाहरूले समाधान गर्न सक्दैनन् भने, तैँले यसलाई तुरुन्तै माथिकहाँ रिपोर्ट गर्नुपर्छ। यदि तँ साँच्चै परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्छस् भने, तैँले सक्दो चाँडो यो समस्या समाधान गर्न सक्दो सबै गर्नुपर्छ; यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अनि यदि तँ चिन्तित छैनस् भने नि? तैँले त्यसबारे मनन गर्दै यस्तो सोच्‍न सक्छस्, “तिनीहरू गलत छन्। म आफ्नो दृष्टिकोणमा अडिग रहन्छु—तिनीहरूले मलाई केही गर्न सक्छन् जस्तो लाग्दैन। म खाना खान्छु अनि केही बेर सुत्छु, आखिर दिउँसो कुनै काम पनि छैन।” तेरा खुट्टा भारी हुन्छन्, तँलाई चक्कर लाग्छ, तेरो हृदयको तागत हराउँछ, र तँ अल्छे बन्छस्। कठिनाइहरूको चाङ छ, तर तँ ध्यान दिँदैनस् र अल्छे हुन्छस्, त्यसैले त्यो समस्या समाधान गर्ने कुनै उपाय छैन। किन छैन? किनभने तँमा त्यो समाधान गर्ने जोस र चाहना छैन, त्यसैले तैँले कुनै समाधान सोच्न सक्दैनस्। तैँले मनमनै यस्तो सोच्छस्: “कठिनाइहरू उत्पन्‍न हुनु र काम रोकिनु प्रायः भइरहने कुरा होइन। म यो मौका छोपेर केही दिन विश्राम र अलिक आराम गर्नेछु। किन सधैँ यति थकित हुने? यदि मैले अहिले विश्राम लिएँ भने, कसैले त्यसबारे केही भन्‍न पाउँदैन। आखिर, मैले सुस्ती गरिरहेको वा म आफ्नो कामप्रति गैरजिम्मेवार भइरहेको छैनँ। म जिम्मेवार हुन चाहन्छु, तर हाम्रो मार्गमा यो कठिनाइ आएको छ—यसलाई कसले समाधान गर्ने हो? यो समाधान नगरी हामी कसरी छायाङ्कन गर्न सक्छौँ? यदि हामीलाई छायाङ्कन गर्न रोक्ने समस्याहरू छन् भने, के हामीले विश्राम लिनुपर्दैन र?” तेरो सामु यस्तो ठुलो समस्या हुँदा, यदि त्यो तुरुन्तै समाधान गरिएन भने, परिणाम के हुनेछ? यदि समस्याहरू उत्पन्‍न भइरहे र ती कुनै पनि समाधान हुन सकेनन् भने, कामको प्रगति जारी रहन सक्छ? यसले अनगिन्ती ढिलाइहरू निम्त्याउनेछ। कामको प्रगति पछाडि होइन, अगाडि मात्र जान सक्छ, त्यसैले यो समस्याले कठिनाइहरू ल्याउँछ भन्‍ने थाहा हुँदा, तैँले थप ढिलासुस्ती गर्नु हुँदैन; तैँले त्यसलाई शीघ्र समाधान गर्नु आवश्यक छ। यो समस्या समाधान भइसकेपछि, अर्को समस्या उत्पन्‍न हुनेबित्तिकै त्यो समाधान गर्नतिर लागिहाल्, समय बरबाद नगर्न लागिपर् ताकि काम सहज रूपमा अघि बढ्न र निर्धारित समयमा पूरा हुन सकोस्। त्यो कस्तो सुनिन्छ? (राम्रो।) हृदय भएकाहरूले अन्योल र कठिनाइहरू यस्तो मनोवृत्ति बोकेर सामना गर्छन्। तिनीहरूले समय बरबाद गर्दैनन्, आफ्नै लागि बहानाहरू बनाउँदैनन्, र देहसुखको लालच गर्दैनन्। अर्कोतर्फ, हृदय नभएकाहरूले छिद्रहरूको दुरुपयोग गर्छन्; तिनीहरूले बहानाहरू बनाउँछन् र विश्राम लिने मौकाहरू खोज्छन्, सबथोक सुस्त गतिमा र हतार वा चिन्ता नगरी गर्छन्, र तिनीहरूमा कष्ट सहने वा मूल्य चुकाउने कुनै सङ्कल्प हुँदैन। अनि अन्त्यमा के हुन्छ? अन्योल वा कठिनाइ सामना गर्दा, हरव्यक्ति धेरै दिन गतिरोधमा पुग्छ। न त निर्देशक, अभिनेता, न पटकथा लेखकहरूले नै समस्या रिपोर्ट गर्छन्। यसैबीच, अगुवाहरू अन्धा हुन्छन् र तिनीहरूले त्यो समस्या हो भनेर पहिचान गर्न सक्दैनन्; तिनीहरूले त्यो समस्या हो भनी पहिचान गरे पनि, समस्या आफै समाधान गर्न नसक्दा तिनीहरूले माथितिर त्यसको रिपोर्ट गर्दैनन्। तहतह गर्दै माथिकहाँ रिपोर्ट पुगुन्जेल, दस-पन्ध्र दिन बितिसकेको हुन्छ। यो दस-पन्ध्र दिनमा के गरियो? के कसैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको थियो? अहँ, तिनीहरू त खान, पिउन र रमाइलो गर्नमै समय खर्चिरहेका थिए! के तिनीहरू सित्तैँमा खाइरहेका छैनन्? आफ्नो काममा आइपर्ने अन्योल र कठिनाइहरूको तुरुन्तै समाधान खोज्न नसक्ने ती सबै सुपरिवेक्षकहरू सित्तैँमा खाइरहेका मात्र हुन्छन्, बिनाउद्देश्य आफ्ना दिनहरू कटाइरहेका हुन्छन्। त्यस्ता मानिसहरूलाई छोटकरीमा “कामचोर” भनेर चिनिन्छ। “कामचोर” चाहिँ किन नि? किनभने यी मानिसहरूले कर्तव्यलाई गम्भीरता, जिम्मेवारी, कडाइ, वा सकारात्मकताको मनोवृत्तिले हेर्दैनन्, बरु तिनीहरू झाराटारुवा, नकारात्मक, र सुस्त हुन्छन्, अनि कुनै कठिनाइ वा गतिरोध उत्पन्‍न होस् भन्‍ने आशा मात्र गर्छन् ताकि तिनीहरूले कार्यालय बन्द गरेर काम रोक्ने बहाना पाऊन्।

अगुवा र कामदारहरूले काममा आइपर्ने अन्योल र कठिनाइहरूलाई तुरुन्तै समाधान गर्ने मात्र होइन, यी समस्याहरूको तुरुन्तै जाँच गरी पहिचान पनि गर्नुपर्छ। यसो किन गर्नुपर्छ? यसो गर्नुको एउटै उद्देश्य हुन्छ: परमेश्‍वरको काम र परमेश्‍वरको घरको कामको रक्षा गर्नु, र यसरी हरेक काम सहज रूपमा अघि बढ्ने र कामको सामान्य समयसीमाभित्रै पूरा हुने सुनिश्‍चित गर्नु। काम सहज रूपमा अघि बढ्ने कुरा सुनिश्‍चित गर्न, कुन-कुन समस्याहरू समाधान गर्नु आवश्यक हुन्छ? सुरुमा, मण्डलीका काममा बाधा दिने कुनै पनि अड्चन वा अवरोधहरूलाई पूर्ण रूपमा हटाउनु, र अविश्‍वासी एवम् दुष्ट मानिसहरूलाई प्रतिबन्धित गरेर समस्या सृजना गर्नबाट रोक्‍नु अत्यावश्यक हुन्छ। यसका साथै, हरेक कामका सुपरिवेक्षकहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता बुझ्न र अभ्यासको मार्ग भेट्टाउन, सामञ्जस्य रूपमा सहकार्य गर्न र एकअर्काको सुपरिवेक्षण गर्न सिक्‍न मार्गनिर्देश गर्नुपर्छ। यसरी मात्र काम सम्पन्‍न हुने प्रत्याभूति गर्न सकिन्छ। चाहे जस्तोसुकै कठिनाइ वा अन्योल सामना गरे पनि, यदि अगुवा र सुपरिवेक्षकहरूले ती समाधान गर्न सक्दैनन् भने, तिनीहरूले तुरुन्तै त्यो समस्या माथिलाई रिपोर्ट गर्नुपर्छ र समाधानहरू खोज्नुपर्छ। अगुवा र कामदारहरूले चाहे जुनै काम गर्ने भए पनि समस्या समाधानलाई नै प्राथमिकता दिनुपर्छ, र कामसँग सम्बन्धित प्राविधिक समस्याहरू र सिद्धान्तका समस्याहरू दुवैलाई, साथै मानिसहरूले जीवन प्रवेशका सन्दर्भमा सामना गर्ने विभिन्‍न कठिनाइहरूलाई सम्बोधन गर्नुपर्छ। यदि तैँले अन्योल र कठिनाइहरू समाधान गर्न सक्दैनस् भने, तैँले आफ्नो काम राम्ररी गर्न सक्नेछैनस्। त्यसकारण, जब तैँले आफूले समाधान गर्न नसक्ने असाधारण कठिनाइ वा अन्योल सामना गर्छस्, तब तीबारे तैँले तुरुन्तै माथिलाई रिपोर्ट गर्नुपर्छ। समय खेर नफाल्, किनकि तीनदेखि पाँच दिनको ढिलाइले काममा क्षति पुग्न सक्छ, र यदि त्यो पन्ध्र दिन वा महिना दिन ढिलो भयो भने, त्यो क्षति अत्यन्तै ठुलो हुनेछ। त्यसअलावा, समस्या जे भए पनि त्यसलाई सत्यता सिद्धान्तहरूको आधारमै निराकरण गरिनुपर्छ। चाहे जेसुकै होस्, समस्याहरू समाधान गर्न संसारसँग व्यवहार गर्ने मानव दर्शनहरू कहिल्यै प्रयोग नगर्। गम्भीर समस्याहरूलाई साना समस्या बनाउने, र त्यसपछि साना समस्याहरूलाई नगण्यमा परिणत गर्ने, वा समस्यामा संलग्न दुवै पक्षलाई गाली मात्र गर्ने अनि केही मिठो कुराले तिनीहरूलाई फेरि शान्त पार्ने काम नगर्, र समस्या बढ्ला भनेर डराउँदै सधैँ वार्ताको सहारा लिने र तिनीहरूलाई फकाउने काम नगर्। यसले समस्या आधारभूत तहमा समाधान नहुने अवस्थामा डोर्‍याउँछ, जसले गर्दा समस्याहरू यथावत् रहिरहन्छन्। के यो परिस्थितिलाई सहज बनाउन खोज्ने तरिका मात्र होइन र? यदि तँलाई कुनै समस्याका सबै मानवीय समाधानहरू प्रयोग गरिसकेको र त्यसलाई साँच्चै नै समाधान गर्न सकिँदैन जस्तो लाग्छ, र तैँले कामभित्र रहेका प्राविधिक समस्याहरूका लागि सिद्धान्तहरू बिलकुलै भेट्टाउन सक्दैनस् भने, तैँले तुरुन्तै यी समस्याहरू माथिलाई रिपोर्ट गर्नुपर्छ र नपर्खीकन वा ढिलासुस्ती नगरी समाधानहरू खोज्नुपर्छ। समाधान गर्न नसकिने कुनै पनि समस्याको समाधान खोज्न तुरुन्तै माथिलाई रिपोर्ट गरिनुपर्छ। यो सिद्धान्त तिमीहरूलाई कस्तो लाग्यो? (राम्रो।)

के चलचित्र निर्माण समूह र पटकथा लेखन समूहहरू छायाङ्कनका कुरामा बारम्बार गतिरोधमा अल्झिरहन्छन्? हरेकको आफ्नै तर्क हुन्छ, र तिनीहरू सर्वसम्मतिमा पुग्न सक्दैनन्, र सधैँ मौखिक रस्साकस्सी गरिरहन्छन्। के अगुवाहरूले यी समस्याहरू उत्पन्‍न हुँदा तिनलाई समाधान गर्न सक्छन्? (कहिलेकाहीँ सक्छन्।) के तिमीहरूले कहिल्यै अगुवाले सङ्गतिमार्फत केही समस्याहरू समाधान गरेको, र त्यो पूर्ण रूपमा व्यावहारिक र सैद्धान्तिक रूपमा ठोस भएको, तर तिमीहरू त्यो परमेश्‍वरको घरका मागहरू वा सत्यता सिद्धान्तहरूअनुरूप छ कि छैन भनी अनिश्‍चित भएको अवस्था सामना गरेका छौ? (छौँ।) तिमीहरूले त्यस्ता अवस्थाहरू कसरी सम्हाल्यौ? (कहिलेकाहीँ हामी माथिबाट खोजी गर्थ्यौँ।) त्यो सही तरिका हो। के तिमीहरू कहिल्यै तिमीहरूले माथिका ब्रदर निकै व्यस्त रहेको देखेर कुनै समस्याबारे नसोध्‍ने निर्णय गरेको, र त्यो मामला सैद्धान्तिक रूपमा सही भएसम्म ठिकै हुन्छ भन्‍ने सोचेको र त्यसपछि त्यो सत्यताअनुरूप भए पनि वा नभए पनि छायाङ्कन अघि बढाउने निर्णय गरेको अवस्थामा परेका छौ? (हामीले विगतमा यसमा गम्भीर समस्या भोगेका थियौँ। यसले गर्दा हामीले काम फेरि दोहोर्‍याएर गर्नुपर्‍यो, अनि काममा बाधा र अवरोध पैदा भयो।) त्यो अवस्था गम्भीर हो! चलचित्र निर्माण समूहले सामना गर्ने धेरै समस्याहरू अन्ततः वास्तवमा पटकथा लेखन समूहकै जिम्मेवारी हुन्। उदाहरणका लागि, यदि अढाई घन्टे पुङ न पुच्छर कथाको चलचित्र बन्यो भने, मुख्यतः पटकथा लेखकहरू नै जिम्मेवार हुन्छन्। तर निर्देशकको जिम्मेवारीचाहिँ के हो त? यदि पटकथा पुङ न पुच्छरको छ भने, के निर्देशकहरूले यो देख्न सक्नुपर्छ? सैद्धान्तिक रूपमा, तिनीहरूले देख्न सक्नुपर्छ। तर, निर्देशकहरूले त्यस्ता परिस्थितिमा छायाङ्कन पूरा गर्न महिनौँ लगाएर उल्लेखनीय जनशक्ति, भौतिक स्रोतसाधन, र पैसा खर्च गर्न सक्छन्। यो कस्तो खालको समस्या हो? निर्देशकका रूपमा, तिमीहरूको जिम्मेवारी के हो? पटकथा हात परेपछि, तिमीहरूले यस्तो सोच्नुपर्छ, “यो पटकथा निकै लामो छ र विषयवस्तु पनि राम्रो छ, तर यसमा मुख्य, केन्द्रीय विषय छैन; पूरै कथा-संरचना प्राणविहीन छ। यो पटकथा छायाङ्कन गर्न सकिँदैन; यसलाई परिमार्जनका लागि पटकथा लेखकहरूकहाँ फिर्ता पठाइनुपर्छ।” के तिमीहरूमा यसो गर्ने सामर्थ्य छ? के तिमीहरूले कहिल्यै कुनै पटकथा फिर्ता पठाएका छौ? (अहँ।) के त्यो तिमीहरूले समस्याहरू देख्न नसक्ने भएकाले हो, कि त्यो फिर्ता पठाउन डर लागेकाले हो? कि तँलाई कसैले तेरो आलोचना गर्ला र यसो भन्ला भन्‍ने डर लाग्छ, “तिनीहरूले तिमीलाई यो तयार पटकथा दिए, तर तिमीले यसलाई एकै शब्दमा इन्कारेर फिर्ता पठाउँदै छौ—तिमी अत्यन्तै अहङ्कारी छौ, होइन र?” तिमीहरूलाई ठ्याक्कै के कुराको डर लाग्छ? तिमीहरूले समस्या देख्छौ भने त्यो पटकथा किन लेखकहरूलाई फिर्ता पठाउँदैनौ? (हामी हाम्रो चलचित्र निर्माणको काममा जिम्मेवार छैनौँ।) चलचित्र निर्माण समूहहरूका लागि, मण्डली अगुवाहरूबाहेक, निर्देशकहरूले पनि सुपरिवेक्षकका रूपमा काम गर्नुपर्छ, जसले निर्णयहरू गर्छन् र अन्तिम राय दिन्छन्। तँ निर्देशक भएको नाताले, तैँले यो मामलाको पूर्ण जिम्मेवारी लिनुपर्छ, र पटकथा पाएकै क्षणदेखि त्यसको उचित जाँच गर्नुपर्छ। मानौँ कि, तैँले एउटा पटकथा प्राप्त गरिस् र सुरुदेखि अन्त्यसम्म त्यसको समीक्षा गरिस्, र तँलाई विषयवस्तु निकै राम्रो लाग्यो। त्यसमा मूलतत्त्व र केन्द्रीय विषय छ, यसको कथा मुख्य कथावस्तुकै वरपर घुम्छ, र समग्र पटकथामा कुनै ठुलो समस्या देखिँदैन—त्यो राम्रै, छायाङ्कन गर्न लायक देखिन्छ, त्यसैले त्यो पटकथा स्वीकृत गर्न सकिन्छ। तर यदि पटकथा लामो छ, जसमा कुनै केन्द्रबिन्दु वा मुख्य कथावस्तुबिनै कुनै व्यक्तिको कथा सुरुदेखि अन्त्यसम्म सुनाइएको छ, र पटकथाले के व्यक्त गर्न खोजेको कुरा के हो, त्यसले दर्शकहरूमा के प्रभाव पार्न चाहन्छ, वा त्यसको मुख्य विचार र आत्मिक अर्थ के हो भन्‍ने कुरा अस्पष्ट छोडिएको छ—त्यो केवल एउटा गलफती विवरण, एउटा उल्झिएको पटकथा हो भने—के यो पटकथा स्विकार्न सकिन्छ? यस्तो अवस्थामा निर्देशकहरूले के गर्नुपर्छ? तिनीहरूले पटकथा फिर्ता गर्नुपर्छ र पटकथा लेखकलाई परिमार्जनका सुझावहरू पठाउनुपर्छ। पटकथा लेखन समूहका मानिसहरूले यसो भन्दै विरोध गर्न सक्छन्, “यो न्यायसङ्गत भएन! हामीले लेखेको पटकथा परीक्षण गर्ने तिनीहरू को हुन्? तिनीहरूले किन निर्णय गर्न पाएका हुन्? परमेश्‍वरको घरले मानिसहरूलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुपर्छ!” तब के गरिनुपर्छ? यदि निर्देशकहरूले पटकथामा समस्याहरू पहिचान गर्न सकेमा, तिनीहरूले हतारमा निर्णय गर्नु हुँदैन, बरु उक्त मामलाबारे सुरुमा मण्डली अगुवा र चलचित्र निर्माण समूहका सदस्यहरूसँग सङ्गति गर्नुपर्छ। यदि आफ्ना विगतका वर्षका चलचित्र निर्माणको अनुभव र पटकथा बुझाइका आधारमा, सबैको सर्वसम्मतिले पटकथा मानकअनुरूप छैन भन्‍ने निधो गर्छन्, र त्यसलाई छायाङ्कन गर्दा चलचित्र निर्माण कार्यमा ढिलाइ हुने मात्र नभई, त्यसमा समावेश सारा मानव, भौतिक र आर्थिक स्रोतहरूसमेत खेर जाने, र त्यो जिम्मेवारी कसैले वहन गर्न नसक्ने विश्‍वास गर्छन् भने, त्यो पटकथा फिर्ता पठाइनुपर्छ। पुङ न पुच्छरको पटकथालाई बिलकुलै छायाङ्कन गरिनु हुँदैन; यो एउटा सिद्धान्त हो। यदि त्यो पटकथाबारे सबैलाई उस्तै लाग्छ भने, पटकथा लेखकहरूले बिनासर्त त्यसलाई स्विकार्नुपर्छ र चलचित्र निर्माण समूहको सुझावअनुसार पटकथालाई परिमार्जन गर्नुपर्छ। यदि अझै पनि असहमतिहरू छन् भने, कसका तर्क सत्यता सिद्धान्तहरूअनुरूप छन् भनेर हेर्न दुवै पक्षका सदस्य र अगुवाहरूले सँगै बसेर बहस गर्न सक्छन्। यदि कुनै निष्कर्षमा पुगिएन र गतिरोधको अवस्था रहिरह्यो भने, अन्तिम उपाय लगाउनुपर्छ, र त्यो उपाय भनेको आज सङ्गति गरिएको, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी हो: “काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने।” गतिरोधमा परेका र समाधान गर्न नसकिने समस्याहरूलाई अन्योल र कठिनाइ भनिन्छ। हरेक पक्षले आफ्नो तर्क सही छ भन्ठान्छ, र कसैले पनि निर्णय गर्न सक्दैन। यसरी यसमा तर्कवितर्क गर्दा कुरा अलमलिन्छ, र यसले यो समस्याको समष्टिगत पक्ष त्यसमा लिनुपर्ने दिशाबारे सबैको बुझाइ धूमिल पारिदिन्छ। यो अवस्थामा, अगुवा र कामदारहरूले तिनीहरूको काममा देखा पर्ने यी समस्या र अन्योल तुरुन्तै रिपोर्ट गर्ने र समाधान खोज्ने जिम्मेवारी लिनुपर्छ, र तिनलाई कामको प्रगतिमा अवरोध पुर्‍याउन नदिन, र अझ बढी, तिनलाई अझ थुप्रिनबाट रोक्न तुरुन्तै समाधान गर्न लागिपर्नुपर्छ। यी समस्याहरूलाई तुरुन्तै रिपोर्ट गर्नु र कसरी समाधान गर्ने भनेर खोजी गर्नु—के यो काम गर्नु होइन र? के यो कामप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति देखाउनु होइन र? के यो कर्तव्य निर्वाह गर्नमा आफ्नो हृदय लगाउनु होइन र? के यो बफादार हुनु होइन र? (हो।) यो आफ्नो कर्तव्यप्रति बफादार हुनु हो।

कामको प्रभारी रहेका अगुवा र कामदारहरूले काममा देखा पर्ने कुनै पनि समस्या तुरुन्तै देख्‍नु र समाधान गर्नुपर्छ, किनकि त्यसो गर्दा मात्र कामको सहज प्रगति सुनिश्‍चित हुन सक्छ। समस्याहरू समाधान गर्न नसक्ने सबै अगुवा र कामदारहरूमा सत्यता वास्तविकता हुँदैन र तिनीहरू झुटा अगुवा र कामदार हुन्। समस्या पत्ता लगाउने तर ती समाधान गर्न असफल हुने, बरु तिनलाई पन्छाउने वा ढाकछोप गर्ने जोकोही व्यर्थको निकम्मा हो, जसले कामलाई ध्वस्त मात्र पार्छ। विवादित मामलाहरू सङ्गति र बहसमार्फत समाधान गरिनुपर्छ। यदि त्यसबाट सही नतिजा आउँदैन, बरु अवस्था झन् बिग्रन्छ भने, प्रमुख अगुवाले व्यक्तिगत रूपमै मामला सम्हाल्ने जिम्‍मा लिनुपर्छ, अनि त्यसका समाधान र विधिहरू तुरुन्तै प्रस्ताव गर्ने, साथै अवस्थाको परिणाम कस्तो आउला भनेर तुरुन्तै अवलोकन गर्ने, बुझ्ने, र मूल्याङ्कन गर्ने गर्नुपर्छ। कुनै समस्याबारे अझ पनि विवादहरू रहिरहँदा र कुनै पनि निर्णयमा पुग्न नसकिँदा, केवल हात मिलाउन खोज्नु, पर्खनु, वा विलम्ब गर्नु, र विशेषगरी समस्यालाई बेवास्ता गर्नुभन्दा समाधान खोज्नका निम्ति त्यो समस्या तुरुन्तै माथिलाई रिपोर्ट गरिनुपर्छ। के तिमीहरूका हालका अगुवा र कामदारहरूले यसरी नै काम गर्छन्? तिनीहरूले तुरुन्तै अनुगमन गर्ने र कामको प्रगतिमा जोड दिने काम गरिरहेको हुनुपर्छ, र साथसाथै विभिन्‍न ससाना समस्याहरूलाई पनि बेवास्ता नगरी काममा देखा पर्ने विभिन्‍न टकरावहरूलाई पहिचान गर्ने काम गरिरहेको हुनुपर्छ। जब ठूला समस्याहरू पहिचान गरिन्छन्, तब तिनलाई समाधान गर्ने कार्यमा सहभागी हुनका निम्ति प्रमुख अगुवा र कामदारहरू उपस्थित हुनुपर्छ, र ती समस्याको समष्टिगत पक्ष, समस्या देखा पर्नुको कारण, र संलग्न मानिसहरूको दृष्टिकोणबारे सही बुझाइ प्राप्त गर्नुपर्छ, ताकि वास्तवमा के भइरहेको छ भनेर सही रूपमा बोध गर्न सकियोस्। त्यो सँगसँगै, तिनीहरू यी समस्याहरूबारे सङ्गति, बहस र विवाद गर्ने कार्यमा समेत सहभागी हुनुपर्छ। यो जरुरी कुरा हो; सहभागिता अत्यन्तै महत्त्वपूर्ण छ, किनकि यसले तँलाई काममा देखा पर्ने समस्याहरू मूल्याङ्कन र समाधान गर्न मदत गर्छ। यदि तँ संलग्न नभई सुनेर मात्र बस्छस्, सधैँ हात बाँधेर कक्षामा बसिरहेको व्यक्तिझैँ व्यवहार गर्दै छेउमा उभिरहन्छस्, काममा देखा पर्ने कुनै पनि समस्या आफ्नो सरोकारको विषय होइन भन्‍ने सोच्छस् र तँमा त्यो मामलाबारे कुनै निर्दिष्ट विचार वा मनोवृत्ति हुँदैन भने, तँ स्पष्ट रूपमै झुटो अगुवा होस्। जब तँ संलग्न हुन्छस्, तब तैँले काममा ठ्याक्कै के-कस्ता समस्याहरू उत्पन्‍न भएका छन्, तिनका कारण के हुन्, को जिम्मेवार छ, मुख्य समस्या केमा छ, र ती समस्या मानिसहरूका धारणा र कल्पनाले गर्दा भएका हुन् कि प्राविधिक र पेसागत अपर्याप्तताले गर्दा भएका हुन् भनेर विस्तृत रूपमा थाहा पाउनेछस्—निष्पक्ष रूपमा समस्या सम्हाल्न र समाधान गर्न यी सबै कुराहरू प्रस्ट पारिनुपर्छ। जब तँ यो काममा सहभागी हुन्छस् र तैँले समस्याहरू मानव-सिर्जित वा कसैले जानीजानी निम्त्याएका होइनन् भनी पत्ता लगाउँछस्, तैपनि तँलाई समस्याको सार औँल्याउन गाह्रो हुन्छ र यसलाई समाधान गर्ने उपाय थाहा हुँदैन, र दुवै पक्ष लामो समयदेखि बहस गरिरहेका हुन्छन्, वा सबैले एउटा समस्यामा आफ्नो हृदय र मेहनत अर्पित गरेका हुन्छन्, तैपनि अझै त्यसलाई समाधान गर्न सक्दैनन्, अनि सिद्धान्तहरू वा दिशा खोज्न सक्दैनन्, जसले गर्दा काम रोकिन्छ, र यही स्थिति जारी रहे थप गल्ती, अवरोध, र नकारात्मक परिणामहरू सृजना हुनेछ भन्‍ने डर सबैलाई छ भने, तैँले के गर्नुपर्छ? अगुवा र कामदारहरूले सबैभन्दा बढी गर्नुपर्ने कार्य भनेको सबैसँग प्रतिकदम र समाधानहरूबारे छलफल गर्नु होइन, बरु समस्यालाई सक्दो चाँडो माथिकहाँ रिपोर्ट गर्नु हो। अगुवा र कामदारहरूले काममा रहेका समस्याहरू सारांशित र अभिलिखित गर्नुपर्छ र तुरुन्तै माथिकहाँ रिपोर्ट गर्नुपर्छ, ढिलासुस्ती गर्ने, कुरेर बस्‍ने, वा भाग्यभरोसा गर्ने मनस्थिति पाल्‍ने, र राती सुतेपछि प्रेरणा वा आकस्मिक स्पष्टता आउनेछ भन्‍ने सोच्ने गर्नु हुँदैन—यो त एउटा दुर्लभ घटना मात्र हो र त्यस्तो हुने सम्भावना हुँदैन। त्यसैले, सबैभन्दा उत्तम समाधान भनेको समस्या माथिकहाँ रिपोर्ट गरेर सक्दो चाँडो समाधान खोज्नु, र समस्या तुरुन्तै र सक्दो चाँडो समाधान हुने सुनिश्‍चित गर्नु हो; साँचो रूपमा काम गर्नु भनेकै यही हो।

अगुवा र कामदारहरूले आफ्नो काममा बारम्बार सामना गर्ने अन्योल र कठिनाइहरू

अ. अन्योलहरू

हामीले भर्खरै छलफल गरेको विषयवस्तुका आधारमा, “अन्योलहरू” र “कठिनाइहरू” भनेका ठ्याक्कै के हुन् भनेर सारांश निकालौँ। यी दुई एउटै कुरा होइनन्। पहिला, म “अन्योल” शब्दको व्याख्या गर्नेछु। अन्योल भनेको तैँले कुनै मामलालाई छर्लङ्ग देख्न नसक्नु हो; तँ सिद्धान्तहरूअनुरूप वा सही तरिकाले मूल्याङ्कन गर्न वा खुट्ट्याउन जान्दैनस्। तैँले केही हदसम्म छर्लङ्ग देख्न सकिस् भने पनि, तँ आफ्नो विचार सही हो कि होइन भनेर निश्चित हुँदैनस्, तैँले त्यो मामला सम्हाल्न वा समाधान गर्न जान्दैनस्, र तँलाई त्यसबारे निष्कर्षमा पुग्न कठिन हुन्छ। छोटकरीमा भन्दा, तँ त्यसबारे अनिश्चित हुन्छस् र निर्णय गर्न सक्दैनस्। यदि तैँले अलिकति पनि सत्यता बुझ्दैनस् र अरू कसैले त्यो समस्या समाधान गर्दैन भने, त्यो समाधान गर्न नसकिने बन्छ। के यो कठिन चुनौती सामना गर्नु होइन र? यस्ता समस्याहरू सामना गर्नुपर्दा, अगुवा र कामदारहरूले माथिलाई तिनको रिपोर्ट गर्नुपर्छ र समस्याहरू चाँडो समाधान गर्न सकियोस् भनेर माथिबाट सल्लाह लिनुपर्छ। के तिमीहरूले बारम्बार अन्योल सामना गर्छौ? (गर्छौँ।) नियमित रूपमा अन्योल सामना गर्नु आफैमा एउटा समस्या हो। मानिलिऊँ, तँलाई कुनै समस्या आइपरेको छ र तँलाई त्यो सम्हाल्ने उचित तरिका थाहा छैन। कसैले एउटा समाधान बताउँछ, जुन तँलाई मनासिब लाग्छ, अनि अर्को व्यक्तिले पनि फरक समाधान बताउँछ, र तँलाई त्यो पनि मनासिब लाग्छ, अनि सबैका फरक-फरक रायहरूका कारण र समस्याको मूल कारण वा सार कसैले बुझ्न नसकेका कारण, तैँले कुन समाधान बढी उपयुक्त छ भनेर प्रस्ट रूपमा बुझ्न सकिनस् भने, त्यस समस्याको समाधानमा गल्तीहरू अवश्यै देखिनेछन्। तसर्थ, कुनै समस्या समाधान गर्नका लागि, त्यसको मूल कारण र सार निर्धारण गर्नु अत्यावश्यक र महत्त्वपूर्ण हुन्छ। यदि अगुवा र कामदारहरूले खुट्ट्याउन सक्दैनन्, समस्याको सार बुझ्न सक्दैनन्, र तिनीहरू सही निष्कर्षमा पुग्न सक्दैनन् भने, तिनीहरूले तत्कालै त्यस समस्याबारे माथिलाई रिपोर्ट गर्नैपर्छ र माथिबाट समाधान खोज्नैपर्छ; यो जरुरी काम हो र कुनै बढ्ता प्रतिक्रिया होइन। नसुल्झिएका समस्याहरूले गम्भीर परिणामहरू निम्त्याउन र मण्डलीको काममा असर गर्न सक्छन्—यो कुरा राम्रोसँग बुझ्नैपर्छ। यदि तँ डरले भरिएको छस्, सधैँ माथिले तेरो साँचो औकात देख्लान् वा तैँले वास्तविक काम गर्न नसक्ने देखेर तेरो कर्तव्यको प्रबन्धमा फेरबदल गर्लान् वा तँलाई बरखास्त गर्लान् भनेर डराउँछस्, र त्यसकारण तैँले उक्त समस्याको रिपोर्ट गर्ने आँट गर्दैनस् भने, यसले सजिलै कामहरूमा ढिलाइ निम्त्याउन सक्छ। यदि तैँले आफै समाधान गर्न नसक्ने अन्योल सामना गरिस्, तैपनि माथिलाई त्यसको रिपोर्ट गरिनस् भने, यसले गम्भीर परिणामहरू निम्त्याउँदा र माथिले तँलाई उत्तरदायी ठहराउँदा, तँ ठूलो समस्यामा पर्नेछस्। के यसको दोषी तँ आफै मात्र होइनस् र? यस्ता अन्योल सामना गर्नुपर्दा, यदि अगुवा र कामदारहरू जिम्मेवारी हुँदैनन् र झाराटारुवा तरिकाले समस्या समाधान गर्न केवल केही धर्मसिद्धान्तहरू बोल्छन् र केही प्रावधानहरू लागु गर्छन् भने, त्यो समस्या समाधान भएको हुँदैन र परिस्थिति जस्ताको तस्तै रहन्छ, र काम अघि बढ्न सक्दैन। अन्योल समाधान नहुँदा ठ्याक्कै यही हुन्छ; त्यसले सजिलै ढिलाइ गराउँछ।

जब अन्योलहरू उत्पन्‍न हुन्छन्, कति अगुवा र कामदारहरूले समस्या आएको बोध गर्न सक्छन्, जबकि अरू अगुवा र कामदारहरूले समस्या पत्ता लगाउन सक्दैनन्—यी पछिल्लो समूहका मानिसहरूमा अत्यन्तै कमजोर क्षमता हुन्छ, र तिनीहरू बोधा र मन्दबुद्धिका हुन्छन्; तिनीहरूमा कुनै पनि समस्याप्रति संवेदनशीलता हुँदैन। जति नै ठूलो अन्योल आइपरे पनि तिनीहरूले प्रदर्शन गर्ने भनेको बोधोपन र मन्दबुद्धिपन नै हो; तिनीहरू समस्यालाई बेवास्ता गर्छन् र टार्न खोज्छन्—यो भनेको झुटा अगुवाहरू वास्तविक काममा संलग्न नहुनु हो। त्यस्ता अवस्थाहरू उत्पन्‍न हुँदा निश्‍चित मात्रामा क्षमता र कार्य सामर्थ्य भएका अगुवा र कामदारहरूले यस्तो महसुस गर्न सक्छन्: “यो एउटा समस्या हो। मैले यसबारे टिपोट गर्नुपर्छ। माथिले यसअघि यस प्रकारको समस्याबारे कहिल्यै उल्लेख गरेका छैनन्, र यसलाई हामी पहिलो पटक सामना गर्दै छौँ, तर यस प्रकारको अवस्था सम्हाल्ने सिद्धान्तहरू ठ्याक्कै के-के हुन्? यो विशिष्ट समस्या कसरी समाधान गरिनुपर्छ? ममा केही अन्तर्ज्ञानी सोचहरू छन् जस्तो लाग्छ, तर ती अस्पष्ट छन्, र यस्ता मामलाहरूप्रति ममा एउटा मनोवृत्ति पनि छ, तर एउटा मनोवृत्ति मात्र हुनु पर्याप्त छैन; समस्या समाधान गर्न सत्यताको खोजी गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सबैले सँगै मिलेर सङ्गति र छलफल गर्नका लागि हामीले यो मामला बाहिर ल्याउनैपर्छ।” एक चरण सङ्गति र छलफल गरेपछि, यदि तिनीहरूलाई अझै पनि कसरी अघि बढ्ने भन्‍ने थाहा हुँदैन, तिनीहरूसँग समस्या समाधान गर्नका लागि अभ्यासको सही योजना हुँदैन, र अन्योल कायमै रहन्छ भने, तिनीहरूले माथिबाट समाधान खोज्नैपर्छ। यो अवस्थामा, समस्याबारे अन्योलका बुँदाहरू टिपोट गर्ने जिम्मेवारी अगुवा र कामदारहरूको हुन्छ, ताकि समय आउँदा तिनीहरूले अन्योलको समस्या ठ्याक्कै के हो र ठ्याक्कै के कुराको खोजी गरिँदै छ भनेर स्पष्ट रूपमा बताउन सकुन्। अगुवा र कामदारहरूले गर्नुपर्ने भनेकै यही हो।

आ. कठिनाइहरू

क. कठिनाइहरू के हुन्

यसपछि, हामी “कठिनाइहरू” भन्‍ने शब्दलाई हेरौँ। शाब्दिक दृष्टिकोणबाट हेर्दा, कठिनाइहरू अन्योलभन्दा बढी गम्भीर हुन्छन्। त्यसोभए, कठिनाइहरूले ठ्याक्कै केलाई जनाउँछन्? कसैले बुझाऊ त। (परमेश्‍वर, हाम्रो बुझाइ के छ भने, कठिनाइहरू भनेका आइपर्ने वास्तविक समस्याहरू हुन्, जसलाई समाधान गर्न व्यक्तिले प्रयास त गरिसकेको हुन्छ तर उसले अझै समाधान गर्न सक्दैन; यिनैलाई कठिनाइ मानिन्छ।) (एउटा कुरा थप्‍नुपर्दा, कहिलेकाहीँ व्यक्तिलाई पहिला कहिल्यै आइनपरेका केही अत्यन्तै जटिल समस्याहरू आइपर्न सक्छ, जसमा हरव्यक्तिमा अनुभवको कमी हुन्छ, हरव्यक्ति अत्यन्तै अलमल्ल परेको हुन्छ, र ऊसँग कुनै राय वा विचार हुँदैन—यी एक प्रकारका निकै चुनौतीपूर्ण समस्याहरू हुन्।) निकै चुनौतीपूर्ण समस्याहरूलाई कठिनाइ भनिन्छ, हो? कठिनाइको सबैभन्दा सरल, र सिधा व्याख्या के हो भने, ती वास्तवमै हुने समस्याहरू हुन्। उदाहरणका लागि, व्यक्तिको क्षमता, पेसागत सीप, शारीरिक बिमार, साथै वातावरणीय र समय सम्बन्धी समस्याहरू, आदि इत्यादि, यी वास्तवमै विद्यमान समस्याहरूलाई कठिनाइ भनिन्छ। तर, हामीले अहिले सङ्गति गरिरहेको, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी भनेको तिनीहरूले काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने भन्‍ने हो। यहाँ, कठिनाइले व्यापक रूपमा परिभाषित गरिएका वास्तवमै विद्यमान समस्याहरू नभई, काममा सामना गरिने निकै जटिल र सम्हाल्न नसकिने समस्याहरूलाई जनाउँछ। यी कस्ता खालका समस्याहरू हुन्? यी सत्यता सिद्धान्तहरूसँग विशेष सम्बन्ध नराख्ने बाहिरी मामलाहरू हुन्। यी समस्याहरूमा सत्यता सिद्धान्तहरू संलग्‍न नभए पनि, यी साधारण समस्याहरूभन्दा जटिल हुन्छन्। यी कसरी जटिल हुन्छन्? उदाहरणका लागि, यी समस्याहरूमा कानुनी र सरकारी प्रावधानहरू संलग्‍न हुन्छन् वा यी मण्डलीभित्र रहेका केही मानिसहरूको सुरक्षा, आदि इत्यादिसँग सम्बन्धित हुन्छन्। यी सबै नै अगुवा र कामदारहरूले आफ्नो काममा सामना गर्ने कठिनाइहरू हुन्। उदाहरणका लागि, विदेशमा रहेर परमेश्‍वरमा विश्‍वास गर्दा, व्यक्ति जुनै देशमा बसे पनि, मण्डलीका सबै काम र दाजुभाइ-दिदीबहिनीहरू जिउने वातावरण स्थानीय सरकारी प्रावधानहरूबमोजिम हुनुपर्छ र त्यसमा स्थानीय नियम र नीतिहरूको बुझाइ हुनुपर्छ। यी मामलाहरूमा बाहिरी संसारहरूसँग अन्तरक्रिया गर्ने र बाहिरी मामलाहरूसँग व्यवहार गर्ने कार्य समावेश हुन्छ; ती मण्डलीका आन्तरिक कर्मचारी सम्बन्धी समस्याहरूको तुलनामा अझ बढी जटिल हुन्छन्। जटिलता के कुरामा हुन्छ? यो मण्डलीका मानिसहरूलाई परमेश्‍वरमा समर्पित होओ, आज्ञाकारी होओ, सत्यता अभ्यास गर, बफादारीपूर्वक कर्तव्य निर्वाह गर, र सत्यता बुझ अनि मामलाहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल भनेर भन्‍नुजस्तो सजिलो हुँदैन—यी कुराहरू मात्र भनेर समस्याहरू समाधान हुँदैनन्। बरु, त्यसमा त्यो देशको कानुन, नीति, र प्रावधानहरूको हरेक पक्ष, साथै स्थानीय रीतिरिवाज र अभ्यासहरू लगायतका कुराहरूको बुझाइ आवश्यक हुन्छ। यी बाहिरी मामलाहरूमा कैयौँ कारक तत्त्वहरू समावेश हुन्छन्, र यसमा आकस्मिक समस्याहरू मण्डलीका सिद्धान्तहरू प्रयोग गरेर सम्बोधन गर्न कठिन हुने समस्याहरू देखा पर्नु सामान्य कुरा हो, र यी समस्याहरू देखा पर्नु भनेकै कठिनाइ हुनु हो। उदाहरणका लागि, मण्डलीभित्र आन्तरिक रूपमा, यदि केही मानिसहरूले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्छन् भने, यी समस्याहरू सत्यता सङ्गति गरेर, काँटछाँट गरेर, वा सहयोग र साथ प्रदान गरेर समाधान गर्न सकिन्छ। तर बाहिरी रूपमा, के तैँले मामलाहरू सम्हाल्न यी सिद्धान्त र विधिहरू प्रयोग गर्न सक्छस् त? के यो तरिका अपनाएर त्यस्ता समस्याहरू समाधान गर्न सकिन्छ? (सकिँदैन।) त्यसोभए के गरिनुपर्छ? त्यस्ता समस्याहरू सम्हाल्न र तीप्रति जबाफी कदम चाल्‍न केही बुद्धिमानी विधिहरू प्रयोग गर्नैपर्छ। यी बाहिरी मामलाहरूलाई सम्हाल्ने क्रममा, परमेश्‍वरको घरले केही सिद्धान्तहरू पनि तय गरेको छ, तर यिनलाई चाहे जे-जसरी व्याख्या गरे पनि, यावत् किसिमका कठिनाइहरू अझै पनि बारम्बार उत्पन्‍न भइरहन्छन्। यो संसार, यो समाज, र यो मानवजाति अत्यन्तै अँध्यारो र अत्यन्तै जटिलभएका हुनाले, र ठूलो रातो अजिङ्गरका दुष्ट शक्तिहरूको बाधाले गर्दा, यी बाहिरी मामलाहरूलाई सम्हाल्दा केही अप्रत्याशित र थप कठिनाइहरू आउनेछन्। यी कठिनाइहरू उत्पन्‍न हुँदा, यदि तिमीहरूलाई “बस परमेश्‍वरका प्रबन्धहरूमा समर्पित होओ; सबथोक परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हुन्छ, यो समस्यालाई बस बेवास्ता गर” भनेर एउटा सरल सिद्धान्त मात्र दिइयो भने, के यसले समस्या समाधान गर्न सक्छ? (सक्दैन।) यदि समस्या समाधान गर्न नसकिएमा, दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाह गर्ने वातावरणमा, र तिनीहरूको जिउने वातावरणमा बाधा, सतावट र क्षति हुन्छ। के यसले समस्याहरू पैदा गराउँदैन र? तब के गरिनुपर्छ? के त्यसलाई आवेशीपनद्वारा सम्बोधन गर्न सकिन्छ? पक्कै पनि सकिन्‍न। कतिले भन्छन्, “त्यसोभए के हामी त्यसलाई कानुनी माध्यमबाट समाधान गर्न सक्छौँ?” धेरै कुराहरू कानुनद्वारा समाधान हुन सक्दैनन्। उदाहरणका लागि, के ठूलो रातो अजिङ्गरले दखल दिने र हस्तक्षेप गर्ने ठाउँहरूमा कानुनले समस्याहरू समाधान गर्न सक्छ? त्यहाँ त कानुनको कुनै प्रभाव नै हुँदैन। धेरै ठाउँहरूमा, कानुनलाई प्रायः मानव शक्तिले उछिन्छ, त्यसैले कानुनमा भर परेर समस्याहरू समाधान गर्ने अपेक्षा नगर। तिनलाई समाधान गर्न मानव विधि र आवेशीपन प्रयोग गर्नु पनि उपयुक्त हुँदैन। त्यस्ता अवस्थामा अगुवा र कामदारहरूले के गर्नुपर्छ? यी समस्याहरू देखा पर्दा, के शब्द र धर्मसिद्धान्तहरू मात्र फलाक्न सक्नेहरूले ती समाधान गर्न सक्छन् त? के यी अत्यन्तै जटिल समस्याहरू होइनन् र? के तँलाई वकिल लिएर अदालत गएर ती समाधान गर्न सकिन्छ जस्तो लाग्छ? के ती मानिसहरूले सत्यता बुझ्छन्? यो संसारमा तर्क गर्नका लागि कुनै ठाउँ छैन; कानुनअनुसार चल्ने देशका न्यायाधीशहरूले पनि सधैँ कानुनअनुसार कार्य गर्दैनन्, बरु को संलग्न छ भन्‍ने आधारमा आफ्नो निर्णय समायोजन गर्छन्, जसमा निष्पक्षता हुँदैन। यस संसारमा, जहाँसुकै होस्, मानिसहरू आफ्नो बोली प्रबल बनाउन बल र शक्तिमा भर पर्छन्। त्यसोभए, परमेश्‍वरमा विश्‍वास गर्ने हामीहरू केमा भर पर्नुपर्छ? हामीले परमेश्‍वरका वचनहरूअनुसार, सत्यताअनुसार मानिसहरूसँग व्यवहार गर्ने र मामलाहरू सम्हाल्ने गर्नुपर्छ। तर यदि हामी परमेश्‍वरका वचनहरू र सत्यतामा भर पर्‍यौँ भने संसारमा हाम्रा लागि सबथोक सहज रूपमा अघि बढ्न सक्छ त? अहँ, सक्दैन; यसका लागि बुद्धि आवश्यक हुन्छ। त्यसैले, अगुवा र कामदारहरूले यस्ता समस्याहरू सामना गर्दा, यदि तिनीहरूलाई मामला अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने लाग्छ र तिनीहरूले त्यसलाई अनुचित रूपमा सम्हालेर परमेश्‍वरका घरमा समस्या निम्त्याउन सक्छन् भन्‍ने डर लाग्छ, जसले गर्दा अवाञ्छनीय असर वा परिणामहरू निम्तिन्छन् भने, तिनीहरूका लागि त्यस्ता समस्याहरू कठिनाइ बन्छन्। आफूले समाधान गर्न नसक्ने कठिनाइहरू सामना गर्दा, तिनीहरूले तुरुन्तै माथिलाई तिनको रिपोर्ट गर्नुपर्छ र समस्याहरू समाधान गर्न उपयुक्त विधिहरू खोज्नुपर्छ; अगुवा र कामदारहरूले गर्नुपर्ने भनेकै यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्