अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७) खण्ड एक

विषयवस्तु सात: फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस् (भाग दुई)

यसअघिको सङ्गतिमा, अगुवा र कामदारहरूको सातौँ जिम्मेवारी छलफल गरिएको थियो: “फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।” हामीले मुख्यतः यो जिम्मेवारीका तीनवटा पक्षहरू सङ्गति गऱ्यौँ। ती तीन पक्षहरू के-के हुन्? (एउटा, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अर्को, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूका सामर्थ्यका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अनि अझै अर्को, केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने।) ती तीन पक्षहरू मूलतः यिनै हुन्। ती तीन पक्षहरूमार्फत हेर्दा, के मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरको सिद्धान्त हरेक व्यक्तिलाई सर्वोत्तम रूपमा प्रयोग गरिने खालको छ? (छ।) के यो सिद्धान्त सही छ? के यो मानिसहरूका लागि न्यायसङ्गत छ? (यो न्यायसङ्गत छ।) कमजोर बौद्धिकता भएका मूर्खहरूको कुरा गर्नुपर्दा, तिनीहरू कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र थोरै पनि कर्तव्य पूरा गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई कुनै कार्यमा खटाइस् भने, चाहे त्यो पेसागत, प्राविधिक पक्षमा होस् वा श्रमको हिसाबले होस्, तिनीहरूले त्यो पूरा गर्न सक्दैनन्। त्यस्ता मानिसहरूलाई बिलकुलै प्रयोग गर्न सकिँदैन, सेवा प्रदान गर्नमा समेत प्रयोग गर्न सकिँदैन। यो बौद्धिकताको हिसाबले हो। मानवताको हिसाबले, जसको मानवता खराब छ र जो दुष्ट मानिस हुन्, तिनीहरूले केही काम गर्न र केही कर्तव्य निभाउन सके पनि, तिनीहरूको मानवता अत्यन्तै दुष्ट भएकोले, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा बाधा र अवरोध निम्त्याउँछन्, जसले गर्दा लाभभन्दा धेरै क्षति हुन्छ, तिनीहरूले केही पनि राम्ररी गर्न सक्दैनन्। त्यस्ता मानिसहरू कर्तव्य निभाउन उपयुक्त हुँदैनन् र तिनीहरूलाई बिलकुलै प्रयोग गर्न सकिँदैन। यदि निश्‍चित सामर्थ्य भएका मानिसहरू छन् भने, तिनीहरूले परमेश्‍वरको घरको कामका लागि चाहिने सबै सर्तहरू पूरा गरेसम्म—मानकअनुरूपको मानवता भएको आधारमा—तिनीहरूलाई समझदारीपूर्वक प्रबन्ध र प्रयोग गर्न सकिन्छ। यसअघि, हामीले केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने भन्नेबारे पनि सङ्गति गऱ्यौँ। पहिलो प्रकार भनेको यहूदाजस्ता मानिसहरू हुन्, जो निकै कायर हुन्छन्। तिनीहरूको अधिक कायरताको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएपछि शतप्रतिशत यहूदा बन्ने सम्भावना हुन्छ; यदि तिनीहरूलाई महत्त्वपूर्ण काममा खटाइयो भने, एक पटक केही भइहालेमा तिनीहरूले सबथोकलाई घात गर्नेछन्। के यी खतरनाक पात्रहरू होइनन्? अविश्‍वासीजस्तै अर्को प्रकारका मानिसहरू पनि हुन्छन्, जसलाई हामी मण्डलीका मित्रहरू भन्छौँ। हृदयमा यी मानिसहरूले आकाशमा कोही बुढो मान्छे छ भन्ने विश्‍वास गर्ने देखिन्छ, तर तिनीहरूलाई परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न, परमेश्‍वर कहाँ हुनुहुन्छ, वा परमेश्‍वरले वास्तवमै उहाँको नयाँ काम गर्नुभएको छ कि छैन भन्ने थाहा हुँदैन, तिनीहरूले प्रायः परमेश्‍वरको अस्तित्वमा शङ्का गरिरहन्छन्। तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन् र उहाँलाई पछ्याउँदैनन्। त्यसकारण, त्यस्ता मानिसहरूलाई प्रयोग गर्न मिल्दैन, तिनीहरू परमेश्‍वरका घरमा कर्तव्य पूरा गर्न अनुपयुक्त हुन्छन्। साँच्चै विश्‍वास गर्नेहरूले समेत आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न सक्छन् भन्ने जरुरी छैन, झन् अविश्‍वासी, अर्थात् मण्डलीको मित्रले गर्न सक्ने त कुरै हुँदैन! अर्को प्रकारका मानिसहरू ती हुन् जो बर्खास्त भएका छन्; यो समूह पनि केही परिस्थितिहरूमा विभाजित हुन्छ।

अगुवा र कामदारहरूको सातौँ जिम्मेवारीसम्बन्धी यसअघिको सङ्गतिको विषयवस्तुले आधारभूत रूपमा यी तीन प्रमुख बुँदाहरू समेटेको थियो: एउटा, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अर्को, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूका सामर्थ्यका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अनि अझै अर्को, केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने। यी तीन बुँदाहरू सातौँ जिम्मेवारीमा उल्लेख गरिएका केही पक्षहरूका आधारमा सङ्गति गरिएका थिए, र सिद्धान्तहरू सबै स्पष्ट रूपमा सङ्गति गरिएका थिए। कतिपय मानिसहरूले यस्तो भन्छन्: “सिद्धान्तहरू स्पष्ट रूपमा सङ्गति गरिएका भए पनि, केही विशेष मामलाहरू र विशेष परिस्थितिहरूको कुरा आउँदा, हामीलाई अझै पनि यी सिद्धान्तहरू कसरी लागू गर्ने, मानिसहरूलाई कसरी व्यवहार गर्ने, वा व्यक्तिहरूको कसरी प्रवर्द्धन र प्रयोग गर्ने भनेर थाहा छैन; हामीलाई अझै पनि धेरै जसो समय के गर्ने भनेर थाहा नै हुँदैन।” के यस्तो समस्या अस्तित्वमा हुन्छ? (हुन्छ।) यो समस्या कसरी समाधान गरिनुपर्छ? मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्दा ख्याल गर्नुपर्ने पहिलो कुरा भनेको परमेश्‍वरको घरको कामका आवश्यकताहरू हो। ख्याल गर्नुपर्ने दोस्रो कुरा भनेको परमेश्‍वरको घरका काममा कुनै व्यक्तिलाई प्रयोग गर्दा त्यसको प्रभाव हानिकारकभन्दा बढी लाभदायक हुन्छ कि त्यसको उल्टो हुन्छ भन्ने हो। यदि कुनै व्यक्तिको मानवता त्रुटिपूर्ण छ, तर उसलाई प्रयोग गर्नु परमेश्‍वरको घरको कामका लागि हानिकारकभन्दा बढी लाभदायक हुन्छ भने, ऊभन्दा राम्रो व्यक्ति नभेटिन्जेल त्यस्तो व्यक्तिलाई अस्थायी रूपमा प्रयोग गर्न सकिन्छ। यदि त्यो व्यक्तिलाई प्रयोग गर्दा लाभभन्दा बढी हानि हुन्छ, फाइदाभन्दा बढी क्षति हुन्छ, र त्यसले मण्डलीको कामलाई गडबडी र अस्तव्यस्ततातर्फ मात्र डोऱ्याउँछ भने, त्यस्तो व्यक्तिलाई बिलकुलै प्रयोग गर्न मिल्दैन। उपयुक्त उम्मेदवारहरू नभएको अवस्थामा सुरुमा बोध गर्नैपर्ने फाइदा र नोक्सान तौलने सिद्धान्त यही हो, र यो मानिसहरूलाई अस्थायी रूपमा प्रयोग गर्ने सिद्धान्त पनि हो। उपयुक्त उम्मेदवार भेट्टाउन नसक्दा र तुलनात्मक रूपमा को राम्रो छ भनेर स्पष्ट नहुँदा, कुनै कामका लागि कोचाहिँ पूर्ण रूपले उपयुक्त छ भनेर प्रस्ट नहुँदा र सबै जना सामान्य देखिँदा, के गरिनुपर्छ? एउटै विकल्प भनेको तुलनात्मक रूपमा अलिक आत्मिक बुझाइ भएका, अर्थात् विशुद्ध रूपमा सत्यता बुझ्ने दुई जना मानिसहरू खोज्नु र तिनीहरूलाई सहकार्य गर्दै सँगै काम गर्न लगाउनु हो। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, तिनीहरूसँग अझ बढी सत्यता सङ्गति गरिनुपर्छ, र तिनीहरूको अवस्था अवलोकन गरिनुपर्छ र बुझिनुपर्छ; यसले कोसँग तुलनात्मक रूपमा राम्रो क्षमता छ भनेर निर्धारण गर्न सम्भव बनाउँछ, जसले गर्दा सही उम्मेदवार भेट्टाउन सजिलो हुन्छ। कर्तव्य पूरा गर्न जोसुकै प्रबन्ध गरिए पनि त्यो उसको क्षमता, सामर्थ्य र चरित्रका आधारमा गरिनुपर्छ; यो अत्यावश्यक छ। यदि कसैले यी पक्षहरू छर्लङ्ग देख्न सक्दैन र त्यो व्यक्तिसँग के-कस्ता सामर्थ्यहरू छन् भनेर बुझ्दैन भने, उसलाई सुरुमा एउटा सरल कर्तव्य, वा कुनै शारीरिक श्रम गर्न दिनुपर्छ, वा सुसमाचार प्रचार गर्नका लागि उसलाई सुसमाचार स्विकार्ने व्यक्तिको खोजतलास गर्ने प्रबन्ध गरिनुपर्छ। एउटा परीक्षण अवधिपछि, अनुगमन र थप अवलोकनले उसको अवस्था सही रूपमा मूल्याङ्कन गर्न सम्भव बनाउँछ र उसका लागि सबैभन्दा उपयुक्त कर्तव्य निर्धारण गर्न सजिलो हुन्छ। यदि उसको क्षमता अत्यन्तै कमजोर छ र ऊसँग सामर्थ्यहरू छैनन् भने, उसलाई केही शारीरिक काममा खटाउँदा पर्याप्त हुन्छ। अगुवा र कामदारहरूले महत्त्वपूर्ण कामका सुपरिवेक्षकहरू, सुसमाचार निर्देशकहरू, प्रत्येक टोली अगुवा, चलचित्र निर्माण समूहका निर्देशकहरू, आदिबारे विभिन्‍न स्रोतहरूबाट बुझाइ प्राप्त गर्नैपर्छ, साथै यी मानिसहरूका बारेमा पक्‍का हुनका लागि अझ तीव्र रूपले तिनीहरूको अवलोकन र जाँच गर्नुपर्छ। यसरी मानिसहरूलाई होसियारीसाथ कर्तव्य सुम्पिएमा मात्रै प्रबन्धहरू उचित हुने, र ती मानिसहरू आफ्ना कर्तव्यमा प्रभावकारी बन्‍ने कुरा सुनिश्चित गर्न सकिन्छ। कतिपय मानिसहरूले भन्छन्, “गैरविश्‍वासीहरूले समेत ‘आफूले काममा लगाएका मानिसहरूमाथि शङ्का नगर्नू न त शङ्का लागेकाहरूलाई काममा लाउनू’ भन्छन्। परमेश्‍वरको घरले किन भरोसा गर्न नसकेको? तिनीहरू सबै विश्‍वासी हुन्; तिनीहरू कति नै खराब हुन सक्छन् र? के तिनीहरू सबै असल मानिस होइनन् र? किन परमेश्‍वरको घरले तिनीहरूलाई बुझ्नु, निरीक्षण गर्नु, र अवलोकन गर्नु जरुरी छ?” के यी शब्‍दहरू जायज छन्? के ती समस्याजनक छन्? (छन्।) के कसैलाई बुझ्नु र गहन अवलोकन गर्नु, र तिनीहरूसँग निकट रही कुराकानी गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ? यो पूर्ण रूपमा सिद्धान्तअनुरूप हुन्छ। यो कुन सिद्धान्तहरूअनुरूप छ? (अगुवा र कामदारहरूका जिम्‍मेवारीहरूको चौथो विषयवस्तु: “विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य खटनपटन तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।”) यो सन्दर्भ लिनुपर्ने राम्रो कुरा हो, तर त्यसो गर्नुको वास्तविक कारण के हो? त्यसको कारण भनेको मानिसहरूमा भ्रष्ट स्वभावहरू हुनु हो। आज, धेरै मानिसहरूले कर्तव्य पूरा गर्ने भए पनि, सत्यता पछ्याउने थोरै मात्र छन्। ज्यादै कम मानिसहरू आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोको कुराका हकमा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्‍वरप्रति समर्पित हुने मानिस होइनन्; तिनीहरू मुखले मात्र सत्यतालाई प्रेम गर्छु, सत्यता पछ्याउन इच्‍छुक छु, र सत्यताप्रति लागिपर्न इच्‍छुक छु भनी दाबी गर्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्‍म टिक्छ भनेर अझै थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समय वा स्थानमा आफ्ना भ्रष्ट स्वभावहरू प्रकाश गर्ने सम्भावना हुन्छ। तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारीबोध हुँदैन, तिनीहरू प्राय: झारा टार्छन्, तिनीहरू जस्तो इच्छा लाग्छ त्यस्तै कार्य गर्छन्, र काटछाँट समेत स्विकार्न सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै तिनीहरूले आफ्नो कामलाई त्याग्ने सम्‍भावना हुन्छ—यस्तो प्रायः भइरहन्छ, योभन्दा आम कुरा केही छैन; सत्यता नपछ्याउनेहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरहीन र विश्‍वासहीन हुन्छन्। तिनीहरू विश्‍वासहीन हुन्छन् भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूलाई कठिनाइ वा बाधाहरू आइपर्दा, तिनीहरू पतन हुने, साथै नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ भन्‍ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्‍वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्‍ने मानिसहरू फरक हुन्छन्। साँच्चिकै सत्यता बुझ्ने मानिसहरूमा अवश्यै परमेश्‍वरको डर मान्‍ने, र उहाँप्रति समर्पित हुने हृदय हुन्छ, र परमेश्‍वरको डर मान्‍ने हृदय भएका मानिसहरू मात्रै विश्‍वासयोग्य मानिस हुन्; परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरू विश्‍वासयोग्य हुँदैनन्। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा, तिनीहरूलाई अझ बढी अनुगमन गर्नुपर्छ, र अझ धेरै सहयोग र निर्देशन दिनुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्‍नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छन् भन्‍ने सुनिश्‍चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्‍वरको घरको काममा साथ दिनु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई आपूर्ति गर्नु, सहयोग गर्नु, वा काटछाँट गर्नु, तिनीहरूको विचलनलाई सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा दुर्भावपूर्ण कुरा केही हुँदैन। मानिसहरूको सुपरिवेक्षण गर्नु, तिनीहरूलाई नियाल्नु, तिनीहरूलाई बुझ्ने प्रयास गर्नु—यो सबै तिनीहरूलाई परमेश्‍वरमाथिका विश्‍वासमा सही मार्गमा प्रवेश गर्न सहयोग गर्न, परमेश्‍वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्‍नो कर्तव्य पूरा गर्न सक्षम तुल्याउन, तिनीहरूलाई कुनै पनि बाधा वा अवरोध सिर्जना गर्न नदिन, र तिनीहरूलाई व्यर्थको काम गर्न रोक्नका लागि हो। यसो गर्नुको उद्देश्य पूर्णतया तिनीहरूप्रति र परमेश्‍वरको घरको कामप्रतिको जिम्‍मेवारी देखाउनु हो; यसमा कुनै दुर्भाव लुकेको हुँदैन। मानौँ कसैले यस्तो भन्छ, “त्यसोभए परमेश्‍वरको घरले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू यिनै हुन्, तिनीहरूले प्रयोग गर्ने साधनहरू यिनै हुन्। म अबदेखि होसियार हुनुपर्छ। परमेश्‍वरका घरमा सुरक्षाको बोध नै हुँदैन। सधैँ कसैले हेरिरहेको हुन्छ; आफ्नो कर्तव्य पूरा गर्न नै गाह्रो हुन्छ!” के यो भनाइ सही हो? कस्ता प्रकारका मानिसहरूले यस्तो कुरा भन्छन्? (अविश्‍वासीहरूले।) अविश्‍वासीहरू, निरर्थक मानिसहरू, र आत्मिक बुझाइ नभएकाहरूले—तिनीहरू सत्यता बुझ्दै नबुझी अन्योलपूर्ण र अनर्थ कुराहरू बोल्न प्रवृत्त हुन्छन्। यहाँ समस्या के हो? के यी मण्डलीको कामलाई आलोचना र निन्दा गर्ने शब्दहरू होइनन् र? यो सत्यता र सकारात्मक कुराहरूको आलोचना र निन्दा पनि हो। यस्ता शब्दहरू बोल्न सक्ने मानिसहरू पक्कै अन्योल परेका मानिसहरू हुन् जो सत्यता बुझ्दैनन्, तिनीहरू सबै सत्यतालाई प्रेम नगर्ने अविश्‍वासीहरू हुन्।

परमेश्‍वरको घरले कर्तव्य पूरा गर्ने मानिसहरूलाई सुपरिवेक्षण गर्ने, अवलोकन गर्ने, र बुझ्ने प्रयास गर्ने गर्छ। के तिमीहरू परमेश्‍वरको घरको यो सिद्धान्त स्विकार्न सक्षम छौ? (छौँ।) यदि परमेश्‍वरको घरले तँलाई सुपरिवेक्षण, अवलोकन, र बुझ्ने प्रयास गर्नुलाई तैँले स्विकार्न सक्छस् भने, त्यो गजबको कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्नमा, मानक पूरा गर्ने गरी कर्तव्य पूरा गर्न र परमेश्‍वरका अभिप्रायहरू पुरा गर्न सक्षम हुनमा मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले एक पटक यो सिद्धान्त बुझिसकेपछि, अगुवा, कामदार, र परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा प्रतिरोध वा सावधानीको भावना हटिसकेको हुनुपर्ने होइन र? कहिलेकाहीँ कसैले तँलाई बुझ्ने प्रयास गर्दा, अवलोकन गर्दा, र तेरो कामलाई सुपरिवेक्षण गर्दा पनि, यो तैँले मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्दै छु? किनभने अहिलेका तेरा कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम कुनै एक व्यक्तिको निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्‍वरको घरको कामसँग सम्‍बन्धित हुन्छन् र परमेश्‍वरको कामको एउटा पाटोसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस दौरान तेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो सुपरिवेक्षण वा अवलोकन गर्छ, वा तँलाई गहन रूपमा बुझ्ने प्रयास गर्छ, अनि कहिलेकाहीँ तिनीहरूको मनोवृत्ति केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्‍वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार मनोवृत्तिकै कारणले गर्दा हो। तैँले यसप्रति कुनै नकारात्मक विचार वा संवेग बोक्नु हुँदैन। यदि अरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यसलाई स्विकार्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्‍वरको छानबिनलाई स्विकार्छस् भन्‍ने हुन्छ। यदि मानिसहरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यो स्विकार्दैनस् भने—यदि तैँले यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्‍वरको छानबिन मानिसहरूले तँलाई बुझ्ने प्रयास गरेको भन्दा विस्तृत, गहन र सही हुन्छ; परमेश्‍वरका मागहरू बढी निश्‍चित, कठोर, र गहन हुन्छन्। यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा गरिने सुपरिवेक्षण स्विकार्न सक्दैनस् भने, तैँले परमेश्‍वरको छानबिन स्विकार्छु भनेर गरेको दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्‍वरको छानबिन र जाँचलाई स्वीकार गर्न सक्षम हुनका निम्ति, सर्वप्रथम तैँले परमेश्‍वरको घर, अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूद्वारा गरिएको सुपरिवेक्षणलाई स्विकार्नैपर्छ। कतिपय मानिसहरू भन्छन्, “मसँग मानव अधिकार छ, मसँग मेरो स्वतन्त्रता छ, मेरो आफ्नो काम गर्ने तरिका छ। म आफूले गर्ने सबथोकमा सुपरिवेक्षण र निरीक्षणको अधीनमा पर्नु, यो त एकदम दबिएर जिउनु होइन र? मेरो मानव अधिकार खोइ त? मेरो स्वतन्त्रता खोइ त?” के यो भनाइ सही हो? के मानव अधिकार र स्वतन्त्रता नै सत्यता हुन्? ती सत्यता होइनन्। मानव अधिकार र स्वतन्त्रता भनेका त मानव समाजमा मानिसहरूलाई व्यवहार गर्ने, तुलनात्मक रूपमा अलि सभ्य र प्रगतिशील तरिका मात्र हुन्, तर परमेश्‍वरका घरमा, परमेश्‍वरका वचन र सत्यता सबैभन्दा माथि हुन्छन्—तिनलाई “मानव अधिकार” र “स्वतन्त्रता” सँगसँगै उल्लेख गर्न सकिँदैन। त्यसकारण, परमेश्‍वरका घरमा जे गरिन्छ, त्यो गैरविश्‍वासी संसारका उच्च शास्त्रहरू वा ज्ञान आधारित हुँदैन, बरु परमेश्‍वरको वचन र सत्यतामा आधारित हुन्छ। त्यसैले, केही मानिसहरूले तिनीहरूलाई मानव अधिकार र स्वतन्त्रता चाहियो भन्दा, के त्यो सिद्धान्तहरूअनुरूप हुन्छ त? (हुँदैन।) त्यो कर्तव्य पूरा गर्ने सिद्धान्तहरूअनुरूप छैन भन्ने कुरा निकै स्पष्ट छ। तँ परमेश्‍वरका घरमा सृजित प्राणीको कर्तव्य पूरा गरिरहेको छस्, पैसा कमाउन समाजमा काम गरिरहेको छैनस्। त्यसकारण, कसैले पनि तेरो मानव अधिकारको सुरक्षा गर्न तेरा लागि उभिनु आवश्यक छैन; त्यस्ता कुराहरू अनावश्यक हुन्। के धेरैजसो मानिसहरूमा मानव अधिकार र स्वतन्त्रतासम्बन्धी सुझबुझ हुन्छ? यी मानव सोच र दृष्टिकोणका कुरा हुन् र यिनलाई सत्यता सँगसँगै उल्लेख गर्न मिल्दैन; त्यस्ता विचारहरू परमेश्‍वरका घरमा टिक्दैनन्। कुनै अगुवाले तेरो काम सुपरिवेक्षण गर्नु राम्रो कुरा हो। किन? किनकि त्यसको अर्थ उसले मण्डलीको कामको जिम्मेवारी लिइरहेको छ भन्ने हुन्छ; यो उसको कर्तव्य हो, उसको जिम्मेवारी हो। उसले यो जिम्मेवारी पूरा गर्न सक्नुले ऊ एक योग्य अगुवा, एक असल अगुवा हो भन्‍ने प्रमाणित गर्छ। यदि तँलाई पूर्ण स्वतन्त्रता र मानव अधिकार दिइयो, र तैँले जे मन लाग्यो त्यही गर्न, आफ्नै चाहनाहरू पछ्याउन, र पूर्ण स्वतन्त्रता र लोकतन्त्रको आनन्द उठाउन पाउँथिस् भने, र तैँले चाहे जे गरे पनि वा त्यो जसरी गरे पनि, अगुवाले वास्ता वा सुपरिवेक्षण गरेन, तँलाई कहिल्यै प्रश्‍न गरेन, तेरो काम जाँचेन, समस्याहरू पत्ता लाग्दा बोलेन, र तँलाई कि त फुस्ल्याउने कि त तँसँग सम्झौता गर्ने मात्र गऱ्यो भने, के ऊ असल अगुवा हुन्थ्यो र? स्पष्ट रूपमै हुन्थेन। त्यस्तो अगुवाले तँलाई हानि गरिरहेको हुन्छ। उसले तेरो दुष्कर्ममा साथ दिन्छ, र तँलाई सिद्धान्तहरूविरुद्ध जान र मनपरी गर्न अनुमति दिन्छ—उसले तँलाई आगोको खाल्टोतर्फ धकेलिरहेको हुन्छ। यो जिम्मेवार, र मानकअनुरूपको अगुवा होइन। अर्कोतर्फ, यदि कुनै अगुवाले नियमित रूपमा तेरो सुपरिवेक्षण गर्न, तेरो कामका समस्याहरू पहिचान गर्न र तँलाई तुरुन्तै सम्झाउन वा आलोचना र खुलासा गर्न, र कर्तव्य पुरा गर्ने क्रममा हुने तेरा गलत पछ्याइ र विचलनहरू सामयिक रूपमा सच्याउन र तिनमा तँलाई मद्दत गर्न सक्छ भने, साथै, उसको सुपरिवेक्षण, हप्काइ, आपूर्ति, र सहयोगले आफ्नो कर्तव्यप्रतिको तेरो गलत मनोवृत्ति परिवर्तन हुन्छ, तैँले तेरा केही निरर्थक विचारहरू फाल्न सक्छस्, र तेरो आवेगबाट उत्पन्न हुने तेरा आफ्नै विचार र कुराहरू बिस्तारै कम हुन्छन्, र तैँले सही र सिद्धान्तअनुरूपका भनाइ र विचारहरू शान्त रूपमा स्विकार्न सक्छस् भने, के यो तेरा लागि फाइदाजनक होइन र? फाइदाहरू वास्तवमै प्रचुर छन्।

परमेश्‍वरको घरले आफ्ना अगुवा र कामदारहरूलाई सुपरिवेक्षण, अवलोकन, र बुझाइ लागू गरेर व्यवहार गर्छ। मानिसहरूलाई यसरी व्यवहार गर्नुको आधार के हो? मानिसहरूलाई किन यसरी व्यवहार गर्ने? के यो आफ्नो कर्तव्यप्रति बफादार, गम्भीर, र जिम्मेवार हुने सिद्धान्तहरूबाट उत्पन्न हुने विधि र तरिका होइन र? (हो।) यदि कुनै अगुवाले कर्तव्य पूरा गर्दा आफूले जिम्मेवारी लिएका मानिसहरूलाई कहिल्यै सुपरिवेक्षण, अवलोकन, वा गहन रूपमा बुझ्ने गर्दैन भने, के उसलाई आफ्नो कर्तव्यप्रति बफादार अगुवा मान्न सकिन्छ? स्पष्ट रूपमा सकिँदैन। के तिमीहरूका अगुवा, कामदार, र सुपरिवेक्षकहरूले कहिल्यै तिमीहरूको काम जाँचेका छन्? के तिनीहरूले तेरो कामको प्रगतिबारे सोधपुछ गरेका छन्? के तिनीहरूले तेरो काममा उत्पन्न भएका समस्याहरू समाधान गरेका छन्? के तिनीहरूले तेरो काममा रहेका स्पष्ट त्रुटि र विचलनहरू सच्याएका छन्? के तिनीहरूले तेरो मानवता र जीवन प्रवेशको पछ्याइका विभिन्न प्रकटीकरण र प्रकाशहरू सम्बन्धी सहयोग, आपूर्ति, मदत, वा काटछाँट प्रस्ताव गरेका छन्? यदि कुनै अगुवाले साधारण कर्तव्य पूरा गरिरहेकाहरूलाई कहिल्यै मार्गदर्शन प्रदान नगर्ने मात्र नभई, महत्त्वपूर्ण काममा संलग्न भएकाहरूलाई कहिल्यै सुपरिवेक्षण, अवलोकन, वा गहन बुझाइ गर्ने त कुरै छोडौँ, सङ्गति, सहयोग, वा मदतसमेत गर्दैन भने, यी प्रकटीकरण र कार्यहरूबिना, के यस्तो अगुवालाई ठोस काम गर्ने अगुवा मान्न सकिन्छ? के ऊ मानकअनुरूपको अगुवा हो? (होइन।) कति मानिसहरूले भन्छन्, “हाम्रो अगुवाले हाम्रा लागि केवल हप्ताको दुईपटक भेला राख्छ, एकैछिन परमेश्‍वरका वचनहरू सङ्गति गर्छ, अनि त्यसपछि माथिका केही सङ्गतिहरू पढ्छ, र कहिलेकाहीँ आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइबारे सङ्गति गर्छ। तर उसले हाम्रा विभिन्न स्थिति, साथसाथै हामीले आफ्नो कर्तव्य पूरा गर्दा वा आफ्नो जीवन प्रवेशमा सामना गर्ने समस्याहरूका सम्बन्धमा कहिल्यै कुनै सल्लाह, आपूर्ति, वा मदत प्रस्ताव गरेको छैन।” तँ यस अगुवाका बारेमा के सोच्छस्? (ऊ मानकअनुरूप छैन, ऊ एउटा झुटो अगुवा हो।) यदि एउटा अगुवाले आफ्नै कार्य वा आफूभन्दा मुनि रहेका मानिसहरूका विभिन्न स्थितिहरूबारे वास्ता गर्दैन, र आफ्ना जिम्मेवारीहरू पूरा गर्दैन भने, अगुवाका रूपमा ऊ मानकअनुरूप छैन। उसले कसैलाई सुपरिवेक्षण, अवलोकन गर्दैन, वा बुझ्ने प्रयास गर्दैन। हरेक पटक, ऊसँगको तेरो वार्तालाप यस्तो हुन्छ: “यो व्यक्तिले अहिले कस्तो गरिरहेको छ?” “म अहिले उसलाई अवलोकन गरिरहेको छु।” “तिमीले अवलोकन गरेको कति भयो? के तिमी ऊसँग परिचित छौ?” “मैले उसलाई एक-दुई वर्षदेखि अवलोकन गरिरहेको छु। म अझै पनि ऊसँग त्यति परिचित भएको छैनँ।” “अनि त्यो व्यक्ति चाहिँ?” “म अझै पनि ऊबारे त्यति स्पष्ट छुइनँ, तर उसले आफ्नो कर्तव्य पूरा गर्दा कठिनाइ सहन सक्छ, ऊसँग सङ्कल्प छ, र ऊ परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न इच्छुक छ।” “त्यो त सब सतही भयो। उसको सत्यता पछ्याइ कस्तो छ?” “मैले त्यसबारे पनि बुझ्नुपर्छ? ठिक छ, म त्यो पनि हेर्नेछु।” उसले हेर्नेछु भनेपछि नतिजाका लागि तैँले कति समय पर्खनुपर्छ, त्यो थाहा हुँदैन, त्यो अनिश्‍चित कुरा हो। त्यस्तो झुटो अगुवा आफ्ना काममा भरोसाहीन हुन्छ।

के तिमीहरूका मण्डली अगुवा र सुपरिवेक्षकहरूमा तिमीहरूको कामप्रति जिम्मेवार मनोवृत्ति छ? के तिनीहरूले कामसम्बन्धी तिमीहरूका स्थितिहरू साँच्चै बोध गर्ने र बुझ्ने गर्छन्? के कामको यो पक्षलाई राम्ररी सम्बोधन गरिएको छ? (छैन।) तिनीहरूमध्ये कसैले पनि यो पक्षलाई राम्ररी सम्बोधन गरेका छैनन्; कोही पनि आफ्नो कर्तव्यप्रति बफादार र कामका लागि गम्भीर र जिम्मेवार हुने अवस्थामा पुगेका छैनन्। त्यसोभए, के यो हासिल गर्न सजिलो हुन्छ? के यो कठिन हुन्छ? यो कठिन हुँदैन। यदि तँमा साँच्‍चै केही निश्‍चित हदको क्षमता छ, तैँले आफ्नो जिम्मेवारीको दायराभित्रको व्यावसायिक सीपलाई साँच्चिकै बुझेको छस्, र तँ तेरो पेसाभन्दा बाहिरको मान्छे होइनस् भने, तैँले एउटा वाक्यांश मात्र पालना गर्नुपर्छ, अनि तँ आफ्‍नो कर्तव्यप्रति बफादार हुन सक्‍नेछस्। कुन वाक्यांश? “त्यसमा आफ्‍नो हृदय लगाउनु।” यदि तैँले कामकुरामा र मानिसहरूमा हृदय लगाउँछस् भने, तँ आफ्‍नो कर्तव्यमा बफादार र जिम्‍मेवार हुन सक्नेछस्। के यो वाक्यांश अभ्यास गर्न सजिलो छ? तैँले यसलाई कसरी अभ्यास गर्छस्? यसको अर्थ सुन्‍नका लागि कान प्रयोग गर्नु होइन, र सोच्नका लागि दिमाग प्रयोग गर्नु होइन—यसको अर्थ हृदय प्रयोग गर्नु हो। यदि कुनै व्यक्तिले साँच्‍चै आफ्नो हृदय प्रयोग गर्न सक्छ भने, जब उसको आँखाले कुनै व्यक्तिले केही गरेको, कुनै तरिकाले कार्य गरेको, वा कुनै कुराप्रति कुनै न कुनै प्रतिक्रिया दिएको देख्छ, वा जब उसको कानले केही मानिसहरूका राय वा तर्कहरू सुन्छ, तब उसले आफ्नो हृदय प्रयोग गरेर यी कुराहरूका बारेमा मनन र विचार गर्दा उसका मनमा केही विचार, दृष्टिकोण, र मनोवृत्तिहरू उत्पन्न हुन्छन्। यी विचार, दृष्टिकोण, र मनोवृत्तिहरूले गर्दा उसले उक्त व्यक्ति वा वस्तुका बारेमा गहन, निश्चित र सही बुझाइ प्राप्त गर्छ, र त्यो सँगसँगै तिनले उचित र सही मूल्याङ्कन र सिद्धान्तहरू पनि उत्पन्न गराउँछन्। कुनै व्यक्तिमा आफ्‍नो हृदय प्रयोग गर्ने यी प्रकटीकरणहरू हुँदा मात्रै ऊ आफ्नो कर्तव्यप्रति बफादार भएको मानिन्छ। तर यदि तँ कामकुरामा हृदय लगाउँदैनस्, र तँसँग यसो गर्ने हृदय छैन भने, तैँले जे देख्छस् त्यसप्रति तेरा आँखाले कुनै प्रतिक्रिया जनाउँदैनन्, र तैँले जे सुन्छस् त्यसप्रति तेरा कानले कुनै प्रतिक्रिया जनाउँदैनन्। तेरा आँखाले कहिल्यै मानिस, घटना र कामकुरा अवलोकन गर्दैनन्; तैँले देखेका जानकारी तिनले अवलोकन गर्दैनन्। हृदयमा तैँले आफूले सुन्ने विभिन्न आवाज र तर्कहरू खुट्ट्याउनेछैनस्, र तँ आफूले सुनेका जानकारी खुट्ट्याउन असक्षम हुनेछस्। यो त खुल्ला आँखा हुँदाहुँदै पनि अन्धो हुनु समान हो। जब व्यक्तिको हृदय अन्धो हुन्छ, उसका आँखा पनि अन्धा हुन्छन्। त्यसोभए, आँखाले कुराहरू अवलोकन गर्दा अनि कानले जानकारीहरू प्राप्त गर्दा विचार, दृष्टिकोण र मनोवृत्तिहरू कसरी निर्माण हुन पुग्छन्? यो सबै ती कुराहरूमा आफ्नो हृदय लगाउने अनि सत्यता खोजी गर्ने कार्यमा निर्भर हुन्छ। यदि तैँले ती कुराहरूमा हृदय लगाउँछस् भने, जब तैँले जानकारी प्राप्त गर्छस्, चाहे त्यो देखिएको होस् वा सुनिएको, तैँले व्यक्ति वा वस्तुबारे दृष्टिकोणहरू निर्माण गर्न र गहन बुझाइ प्राप्त गर्न सक्नेछस्। तर यदि तैँले ती कुराहरूमा हृदय लगाउँदैनस् भने, जतिसुकै जानकारी प्राप्त भए पनि त्यो उपयोगी हुँदैन; यदि तैँले त्यसलाई खुट्ट्याउन वा छर्लङ्ग देख्न हृदय लगाउँदैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, तँ व्यर्थ र बेकार हुनेछस्। बेकारको व्यक्तिले कसलाई जनाउँछ? त्यसले आफ्नो कर्तव्य पूरा गर्नमा हृदय नलगाउने व्यक्तिलाई जनाउँछ—ऊसँग आँखा र कान त हुन्छ, तर तिनको कुनै काम हुँदैन। हृदयविहीन व्यक्ति आफ्नो कर्तव्यप्रति बफादार हुँदैन, न त उसले आफ्नो कामप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति नै हासिल गर्नेछ।

परमेश्‍वरको घरले सम्भव भएसम्म चाँडो मण्डलीको काम सुधार्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा अगुवाइ गर्ने उद्देश्यले अगुवा र कामदारहरूमाथि हरेक तहमा सुपरिवेक्षण अभ्यास गर्छ, र तिनीहरूलाई गहन रूपमा अवलोकन गर्ने र बुझ्ने गर्छ। त्यसकारण, अगुवा र कामदारहरूलाई सुपरिवेक्षण र अवलोकन गर्नु अत्यावश्यक हुन्छ र त्यो यही तरिकामा अभ्यास गरिनुपर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणमार्फत, यदि अगुवा र कामदारहरू वास्तविक काममा संलग्न नभइरहेको कुरा पत्ता लागेमा र तिनीहरूलाई तुरुन्तै निराकरण र सम्बोधन गरिएमा, यो मण्डलीको कामको प्रगतिका लागि फाइदाजनक हुन्छ। अगुवा र कामदारहरूको सुपरिवेक्षण गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो, र त्यसो गर्नु पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। अगुवा र कामदारहरूसँग भ्रष्ट स्वभावहरू हुने हुनाले, यदि तिनीहरूको सुपरिवेक्षण गरिएन भने, त्यो तिनीहरूका लागि मात्रै हानिकारक हुने नभई, त्यसले मण्डलीको कामलाई पनि सिधै प्रभाव पार्नेछ। कस्ता परिस्थितिहरूमा अगुवा र कामदारहरूलाई उप्रान्त परमेश्‍वरका चुनिएका मानिसहरूले सुपरिवेक्षण गर्नु पर्दैन? त्यसबेला जब अगुवा र कामदारहरूले सत्यतालाई पूर्ण रूपमा बुझ्छन्, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्छन्, तिनीहरूले सिद्धान्तहरूका साथ कार्य गर्छन्, र तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका र प्रयोग गरिएका मानिस बन्छन्। त्यस्ता अवस्थाहरूमा, परमेश्‍वरका चुनिएका मानिसहरूले सुपरिवेक्षण गर्नु अनावश्यक हुन्छ, र परमेश्‍वरको घरले यो मामलालाई जोड दिन छोड्नेछ। तर, के परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति पूर्ण रूपमा गल्ती र विचलनरहित हुन्छ भन्ने पक्का हुन्छ त? त्यस्तो हुन्छ नै भन्ने छैन। त्यसैले, परमेश्‍वरको छानबिन, र सत्यता बुझ्ने मानिसहरूको सुपरिवेक्षण अझै पनि जरुरी हुन्छ; यो अभ्यास पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। सबै मानवहरूमा भ्रष्ट स्वभावहरू हुने भएकोले, सुपरिवेक्षणद्वारा मात्र अगुवा र कामदारहरूलाई आफ्नो कामको जिम्मेवारी लिन र आफ्ना कर्तव्यप्रति बफादार हुन आग्रह गर्न सकिन्छ। सुपरिवेक्षणबिना, धेरैजसो अगुवा र कामदारहरूले स्वेच्छाचारी लापरवाहीका साथ कार्य गर्छन्, र झाराटारुवा शैली अपनाउँछन्—यो एउटा वस्तुगत तथ्य हो। यदि तँ अगुवा वा कामदार होस् र तेरो वरपरका दाजुभाइ-दिदीबहिनीहरूले, तँ सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस् भनेर बुझ्ने प्रयास गर्दै, तँलाई बारम्बार सुपरिवेक्षण र अवलोकन गर्छन् भने, तेरा लागि त्यो राम्रो कुरा हो। यदि तिनीहरूले तँमा समस्या पत्ता लगाउँछन् र तँ यसलाई सक्दो चाँडो हल गर्न सक्षम हुन्छस् भने, यो तेरो सत्यता पछ्याइ र जीवन प्रवेशका लागि फाइदाजनक हुन्छ। यदि तिनीहरूले तैँले अपराध गरिरहेको, र एकान्तमा अनेकौँ दुष्ट व्यवहार प्रदर्शन गर्ने गरेको, अनि तँ पक्कै सत्यता पछ्याउने व्यक्ति नभएको पत्ता लगाएमा, तिनीहरूले तँलाई खुलासा गरेर पदबाट बर्खास्त गर्नेछन्, जसले परमेश्‍वरका चुनिएका जनहरूको एउटा कष्ट हटाउनेछ, र त्यसले तँलाई अझ बढी गम्भीर दण्डबाट जोगिने मौका पनि दिनेछ: त्यस्तो सुपरिवेक्षण जोकसैका लागि फाइदाजनक हुन्छ। त्यसैले, अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणप्रति सही प्रतिक्रिया दिनुपर्छ। यदि तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् भने, तँलाई परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षण आवश्यक छ भन्ने महसुस हुनेछ, र त्योभन्दा पनि बढी, तँलाई तिनीहरूको सहायता आवश्यक छ भन्ने महसुस हुनेछ। यदि तँ दुष्ट व्यक्ति होस्, र तँमा दोषी विवेक छ भने, तँलाई सुपरिवेक्षणदेखि डर लाग्नेछ र तैँले त्यसबाट जोगिने प्रयास गर्नेछस्; यो अपरिहार्य छ। त्यसकारण, परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणको प्रतिरोध गर्ने र त्यसप्रति वितृष्णा महसुस गर्ने सबैले निस्सन्देह केही न केही लुकाइरहेका हुन्छन्, र तिनीहरू पक्‍कै इमानदार मानिस होइनन्; सुपरिवेक्षणको डर त छली मानिसहरूले भन्दा बढी अरू कसैले मान्दैन। त्यसैले, अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? के त्यो परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूप्रतिको नकारात्मकता, सावधानी, प्रतिरोध, र रुष्टता हुनुपर्छ कि त्यसप्रतिको आज्ञापालन, र विनम्र स्वीकार हुनुपर्छ? (विनम्र स्वीकार हुनुपर्छ।) विनम्र स्वीकारले के जनाउँछ? त्यसको अर्थ सबथोक परमेश्‍वरबाट आएको भनी स्विकार्नु, सत्यता खोजी गर्नु, सही मनोवृत्ति अपनाउनु, र आवेगी नहुनु हो। यदि कसैले साँच्चै तँमा समस्या पत्ता लगाउँछ र तँलाई त्यो औँल्याइदिन्छ, तँलाई त्यो खुट्ट्याउन र बुझ्न मदत गर्छ, र त्यो समस्या हल गर्न तँलाई सहयोग गर्छ भने, ऊ तँप्रति, परमेश्‍वरको घरको कामप्रति र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशप्रति जिम्मेवार भइरहेको हुन्छ; गर्नुपर्ने सही कुरा यही हो, र यो पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हुन्छ। यदि मण्डलीको सुपरिवेक्षणलाई शैतानबाट आएको, र दुराचारी अभिप्रायहरूबाट उत्पन्न भएको मान्ने मानिसहरू छन् भने, तिनीहरू दियाबलस र शैतान हुन्। त्यस्तो दुष्ट प्रकृति हुँदा, तिनीहरूले निश्‍चित रूपमा नै परमेश्‍वरको छानबिन स्विकार्ने थिएनन्। यदि कसैले सत्यतालाई साँच्चै प्रेम गर्छ भने, ऊसँग परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणबारे सही बुझाइ हुनेछ, उसले त्यसलाई प्रेमको कारण गरिएको, र परमेश्‍वरबाट आएको मान्न सक्नेछ, र उसले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्नेछ। ऊ पक्कै आवेगी हुनेछैन वा उसले उत्तेजनामा आएर कार्य गर्नेछैन, र उसको हृदयमा प्रतिरोध, सावधानी, वा सन्देह त झनै देखा पर्नेछैन। परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणलाई व्यवहार गर्ने सबैभन्दा सही मनोवृत्ति यस्तो हुन्छ: तैँले तेरो लागि सहयोगी हुने कुनै पनि शब्द, कार्य, सुपरिवेक्षण, अवलोकन, वा सच्च्याइ, र काँटछाँटसमेत परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ; आवेगी नहो। आवेगी हुनु भनेको दुष्ट जन र शैतानबाट आउने कुरा हो, त्यो परमेश्‍वरबाट आउँदैन, र त्यो मानिसहरूमा सत्यताप्रति हुनुपर्ने मनोवृत्ति होइन।

अगुवा र कामदारहरूको सातौँ जिम्मेवारीका सम्बन्धमा हामीले थप्ने कुरा र हाम्रो सङ्गति यति मात्र हुनेछ। त्यसोभए के यसको अर्थ यो जिम्मेवारीबारे पूर्ण रूपमा सङ्गति गरिएको छ र त्यसमा कुनै विशिष्ट सामाग्री थप्नुपर्दैन भन्ने हो त? होइन, प्रत्येक जिम्मेवारीमा अझ विशिष्ट र विस्तृत सामाग्री अझै पनि हुन्छन्। मैले जे कुराका बारेमा सङ्गति गरेको छु ती त वृहत् सिद्धान्तहरू हुन्; अब बाँकी कुरा, अर्थात् विशिष्ट विवरणहरू कसरी कार्यान्वयन गर्ने र यी सिद्धान्तहरू कसरी अभ्यास र लागु गर्ने भन्ने कुरा तिमीहरूको आफ्नै अनुभवद्वारा हुने संलग्नतामा निर्भर हुन्छ। यदि तिमीहरू अझै पनि यी सिद्धान्तहरू छर्लङ्गै देख्न वा ती कसरी लागु गर्ने भनेर जान्न सक्दैनौ भने, सँगै मिलेर खोजी र सङ्गति गर। यदि सँगै मिलेर सङ्गति गर्दा पनि नतिजा प्राप्त भएन भने, आफूभन्दा माथिल्लो तहका मानिसहरूलाई सोधपुछ गर। छोटकरीमा भन्दा, चाहे त्यो कुनै पनि प्रकारको व्यक्तिसँग व्यवहार गर्दा होस् वा कसलाई प्रवर्द्धन र प्रयोग गर्ने भन्ने निर्णय गर्दा होस्, त्यो सबैमा सिद्धान्तहरू पालना गर्नैपर्छ। निश्‍चित प्रतिभावान् व्यक्तिहरूका हकमा, कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्न वा बुझ्न नसक्ने अवस्थाहरूमा, तिनीहरूलाई मण्डलीको कामका आवश्यकताअनुसार प्रारम्भिक रूपमा प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ—काममा, र मानिसहरूको संवर्धनमा ढिलाइ नगर्; यो नै मुख्य कुरा हो। कति मानिसहरूले सोध्छन्, “तिनीहरूलाई प्रयोग गरिसकेपछि तिनीहरूले काम भद्रगोल पारे भने के गर्ने? को जिम्मेवार हुन्छ?” तैँले कसैलाई प्रयोग गर्दा, के त्यो तैँले उसलाई अरू कसैले सम्पर्क गर्न नसक्ने गरी सुनसान टापुमा राखेजस्तो हो र? के उसको वरपर वास्तवमा अरू धेरै जना विशिष्ट कार्यहरूमा संलग्न हुँदैनन् र? यी सबै मामलाहरू समाधान गर्ने तरिकाहरू छन्; नामै लिनुपर्दा, तिनीहरूलाई सुपरिवेक्षण गर्ने, अवलोकन गर्ने, र बुझ्ने, र, यदि परिस्थितिहरूले दिएमा, निकट सम्पर्कमार्फत त्यसो गर्ने। निकट सम्पर्कमा ठ्याक्कै के कुरा संलग्न हुन्छ? त्यसमा तिनीहरूसँगै काम गर्नुपर्ने हुन्छ; काम गर्ने प्रक्रिया नै तिनीहरूलाई बुझ्ने प्रक्रिया हो। के यस प्रकारको सम्पर्कमार्फत तैँले बिस्तारै तिनीहरूलाई बुझ्न थाल्नेछैनस् र? यदि तैँले सम्पर्क गर्ने अवसर पाइस्, तर गरिनस्, र केही प्रश्‍नहरू सोध्न फोन मात्रै गरिस्, र त्यत्तिमै छोडिदिइस् भने, तिनीहरूलाई बुझ्न असम्भव हुन्छ। तैँले समस्याहरू हल गर्नका निम्ति आफूले सम्पर्क गर्न सक्नेहरूसँग सम्पर्क गर्नैपर्छ। त्यसकारण, अगुवा र कामदारहरू आफ्नो काममा अल्छे हुनु हुँदैन। त्यसोभए, यदि तँ कसैलाई अवलोकन गर्न र बुझ्न चाहन्छस् भने, तैँले त्यो कसरी गर्नुपर्छ? (तिनीहरूलाई सम्पर्क गरेर।) त्यही हो? मुख्य कुरा, तिमीहरूले त्यसमा आफ्नो हृदय लगाउनुपर्छ! तिमीहरूले आफ्नो मनमा राख्न सक्ने जानकारीलाई बाँदरले मकै टिप्नुसँग दाँज्न सकिन्छ—हिँड्दै गर्दा टिप्दै जान्छ, टिप्दै जाँदा खसाल्दै जान्छ, र अन्त्यमा, एउटा घोगा मात्र बाँकी रहन्छ, सम्पूर्ण मेहनत व्यर्थ हुन्छ। प्रवचन सुनिसकेपछि, तिमीहरू पहिले सङ्गति गरिएको विषयवस्तु सम्झिनै सक्दैनौ; यसको कारण के हो? (हामी त्यसमा हृदय नै लगाउँदैनौँ।) तिमीहरू सामान्यतया सत्यता अभ्यास गर्नमा केन्द्रित हुँदैनौ, त्यसैले तिमीहरूको हृदय यी कुराहरूमा केन्द्रित हुँदैन। कसरी सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने, कसरी आफैलाई चिन्ने, र कसरी सत्यतामार्फत विभिन्न मानिस, घटना, र कामकुराहरूको सार छर्लङ्ग देख्ने भन्ने सन्दर्भमा, तिनीहरूसँग कुनै किसिमको प्रवेश छैन; तसर्थ, तिमीहरूको हृदयमा यी मामलाहरूको जग नै छैन। सत्यता वास्तविकताभित्र प्रवेश गर्ने सम्बन्धी ती कुराहरूबारे तिमीहरू सधैँ अलमलमा हुन्छौ। अहिले, तिमीहरू प्रवचन सुन्नका लागि अझै हरेक हप्ता भेलाहरूमा सहभागी हुन्छौ। यदि तिमीहरूले प्रवचनहरू सुनेनौ भने, तिमीहरूको हृदयभित्र भएको परमेश्‍वरमाथिको त्यो थोरै आस्था बिलाइरहेको, र अलिअलि गर्दै हराइरहेको हुँदैन र? यो खतरनाक सङ्केत हो! के तिमीहरूले त्यसमा आफ्नो हृदय लगाउन सक्छौ कि सक्दैनौ? मैले तिमीहरूलाई सबै विवरणहरू बताएको छु; यदि तँसँग साँच्चै त्यस्तो हृदय छ भने, तँ त्यसो गर्न सक्षम हुनेछस्। यदि तँसँग त्यस्तो हृदय छैन भने, मैले जसरी बोले पनि तैँले बुझ्नेछैनस्। यो विषयबारे हाम्रो सङ्गति यहीँ सकिन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्