अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५) खण्ड तीन

परमेश्‍वरको घरले मानिसहरूलाई गर्ने प्रवर्द्धन र संवर्धनका सन्दर्भमा व्यक्तिमा हुनुपर्ने बुझाइ र मनोवृत्ति

हामीले भर्खरै सङ्गति गरेका कुराहरू परमेश्‍वरको घरले सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुपछाडिका उद्देश्यहरू हुन्। प्रवर्द्धन र संवर्धन गर्न चुनिएकाहरूले चाहे जस्तो प्रकारको काम गरून्—चाहे त्यो प्राविधिक काम होस्, साधारण काम होस्, वा मण्डलीको साधारण मामला होस्—छोटकरीमा भन्दा, त्यो सब तिनीहरूलाई सत्यता सिद्धान्तहरू बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउनका खातिर हो, ताकि तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न मानकअनुरूप सक्दो चाँडो कर्तव्य पूरा गर्न सकून्—परमेश्‍वरले मानिसहरूबाट यही माग गर्नुहुन्छ, र अवश्य नै, मण्डलीको कामका लागि चाहिने पनि यही नै हो। के अब तिमीहरूले परमेश्‍वरको घरले सबै प्रकारका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व बुझ्यौ? के अझै पनि कुनै गलतफहमीहरू छन् र? (छैनन्।) कतिपय मानिसहरू यसो भन्छन्, “अब यो व्यक्ति आगुवामा प्रवर्द्धन भएकाले, र ऊसँग हैसियत भएकाले, ऊ अब साधारण व्यक्ति रहेन।” यसो भन्नु सही हो कि गलत हो? (यो गलत हो।) अरूले यसो भन्न सक्छन्: “जो अगुवा बन्छन् तिनीहरूको हैसियत हुन्छ, तर टुप्पोमा एक्लै भइन्छ। जति अग्लो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ!” यसो भन्नु सही हो कि गलत हो? यो स्पष्ट रूपमा गलत हो। “जति अग्लो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ” भन्ने भनाइले कुन मानिसहरूलाई जनाउँछ? यसले महत्त्वाकाङ्क्षा र चाहनाहरू भएका मानिसहरूलाई जनाउँछ, यसले ख्रीष्टविरोधीहरूलाई जनाउँछ। सत्यता पछ्याउनेहरू अगुवा बन्दा, त्यो अग्लो चढ्नु होइन—त्यो त परमेश्‍वरले अपवादका रूपमा तिनीहरूको उत्थान गर्नुभएको हो, र तिनीहरूमाथि यो बोझ राख्ने र तिनीहरूलाई अगुवाइको काम गर्न सक्षम बनाउने त परमेश्‍वरको आशिष् नै हो। “जति अग्लो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ” भन्ने भनाइ गैरविश्‍वासीहरूले निकालेको निष्कर्ष हो, र त्यसले निजामती सेवामा करियर पछ्याउने गैरविश्‍वासीहरूका परिणामहरू वर्णन गर्छ। ती गैरविश्‍वासीहरूमा कुनै समझशक्ति हुँदैन र तिनीहरूले यो भनाइ सकारात्मक मानिसहरूमा लागू गर्छन्, जुन गम्भीर गल्ती हो। अरूले यसो भन्न सक्छन्: “ऊ ग्रामीण क्षेत्रमा जन्मेको थियो, र अहिले ऊ मण्डली अगुवा बनेको छ—निम्न स्तरबाट सुरु गरी उच्च स्थानमा पुगेको एउटा अमर पक्षी।” यसो भन्नु सही हो कि गलत? यी गैरविश्‍वासीहरूका दुष्ट शब्दहरू हुन् र तिनलाई परमेश्‍वरका चुनिएका मानिसहरूमा लागू गर्न मिल्दैन। परमेश्‍वरका घरमा, परमेश्‍वरले सत्यता पछ्याउनेहरू, इमानदार हुनेहरू, दयालु-हृदय हुनेहरू, र परमेश्‍वरको घरको कामको प्रतिरक्षा गर्नेहरूलाई आशिष् दिनुहुन्छ। यी मानिसहरूले सत्यता बुझेपछि र अलिकति कद प्राप्त गरेपछि, झुटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई प्रतिस्थापन गर्नका लागि, तिनीहरूलाई ढिलो-चाँडो संवर्धन र अभ्यासका लागि प्रवर्द्धन गरिनेछन्। परमेश्‍वरका घरमा, धेरै परीक्षा र जाँच भोगेका अनि निरन्तर परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गरेका सकारात्मक मानिसहरू नै परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने मानिसहरू हुन्छन्, र यी मानिसहरूको वर्णन गर्न गैरविश्‍वासीहरूका दुष्ट शब्दहरू प्रयोग गर्नु अनुपयुक्त हुनेछ। त्यसकारण, परमेश्‍वरको घरका मामलाहरू वर्णन गर्न र आफ्नै विचार व्यक्त गर्न सधैँ गैरविश्‍वासीहरूका दुष्ट शब्दहरू प्रयोग गर्ने मानिसहरू सत्यता नबुझ्ने अनि कामकुराहरूबारे वाहियात विचारहरू राख्ने मानिस हुन्। कामकुराबारे तिनीहरूका विचार पटक्कै परिवर्तन भएका हुँदैनन्, र ती अझै पनि गैरविश्‍वासीहरूकै विचार हुन्छन्, र तिनीहरूले कैयौँ वर्ष परमेश्‍वरमा विश्‍वास गरे तापनि कुनै सत्यता प्राप्त गरेका हुँदैनन्, र तिनीहरूले अझै पनि कामकुरालाई परमेश्‍वरका वचनहरूअनुसार हेर्न सक्दैनन्—त्यसैले, यी मानिसहरू अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्। जब कसैलाई अगुवा वा कामदारका रूपमा सेवा गर्न बढुवा गरिन्छ, वा उसलाई कुनै प्राविधिक कामको सुपरिवेक्षक बन्नका लागि संवर्धन गरिन्छ, तब त्यो परमेश्‍वरको घरले उसलाई एउटा बोझ सुम्पनुभन्दा बढी केही होइन। यो एउटा आज्ञा, एउटा जिम्मेवारी हो, र यो अवश्यै एउटा विशेष कर्तव्य, एउटा विशेष अवसर पनि हो, र यो असाधारण उत्थान हो—उसमा प्रशंसायोग्य कुरा केही हुँदैन। जब कसैलाई परमेश्‍वरको घरले प्रवर्धन र संवर्धन गर्छ, त्यसको मतलब यो होइन कि परमेश्‍वरको घरमा उसको विशेष स्थान वा हैसियत छ, ताकि उसले विशेष व्यवहार र निगाह पाउन सकोस्। बरु, परमेश्‍वरको घरले उसलाई असाधारण रूपमा उत्थान गरेपछि, उसलाई परमेश्‍वरको घरबाट तालिम प्राप्त गर्ने, मण्डलीको कुनै ठूलो काम गर्न अभ्यास गर्ने उत्कृष्ट अवस्थाहरू दिइन्छ, र त्यो सँगसँगै परमेश्‍वरको घरले यस व्यक्तिका लागि अझ उच्च आवश्यक मानकहरू राख्नेछ, जुन उसको जीवन प्रवेशका लागि निकै लाभदायक हुन्छ। जब कुनै व्यक्तिलाई परमेश्‍वरका घरमा प्रवर्धन र संवर्धन गरिन्छ, यसको अर्थ ऊबाट कडा मागहरू गरिन्छ र उसलाई कडाइका साथ सुपरिवेक्षण गरिन्छ भन्ने हुन्छ। उसले गर्ने कामलाई परमेश्‍वरको घरले कडाइका साथ निरीक्षण, सुपरिवेक्षण गर्छ र अघि धकेल्छ, र उसको जीवन प्रवेशलाई बुझ्ने र ध्यान दिने प्रयास गर्छ। यी दृष्टिकोणहरूबाट हेर्दा, के परमेश्‍वरको घरले प्रवर्धन र संवर्धन गरेका मानिसहरूले विशेष व्यवहार, विशेष हैसियत, र विशेष पद पाउँछन् त? अवश्य नै पाउँदैनन्, र तिनीहरूले कुनै विशेष पद-प्रतिष्ठा त झनै पाउँदैनन्। यदि प्रवर्धन र संवर्धन गरिएका मानिसहरूले आफ्नो कर्तव्य धेरथोर प्रभावकारी रूपमा पूरा गरेको प्रतिफलस्वरूप आफूसँग पुँजी छ भन्ने ठान्छन्, र गतिहीन भई सत्यता पछ्याउन छोड्छन् भने, परीक्षा र सङ्कष्टहरू सामना गर्दा तिनीहरू खतरामा पर्नेछन्। यदि मानिसहरूको कद अत्यन्तै सानो छ भने, तिनीहरू दृढ रहन नसक्ने सम्भावना हुन्छ। कतिले भन्छन्, “यदि कसैलाई अगुवाका रूपमा प्रवर्धन र संवर्धन गरिएको छ भने, ऊसँग पद-प्रतिष्ठा हुन्छ। ऊ ज्येष्ठ पुत्रहरूमध्येको एक नभए पनि, उसमा कम्तीमा पनि परमेश्‍वरका मानिसहरूमध्येको एक बन्ने आशा हुन्छ। मलाई कहिल्यै प्रवर्धन वा संवर्धन गरिएको छैन, त्यसोभए के म परमेश्‍वरका मानिसहरूमध्येको एक बन्ने आशा नै छैन?” यस तरिकाले सोच्नु गलत हो। परमेश्‍वरका मानिसहरूमध्येको एक बन्नका लागि, तँसँग जीवन अनुभव हुनैपर्छ, र तँ परमेश्‍वरमा समर्पित हुने व्यक्ति हुनैपर्छ। चाहे तँ अगुवा, कामदार, वा साधारण अनुयायी जे भए पनि, जोसँग सत्यता वास्तविकताहरू छन् ऊ परमेश्‍वरका मानिसहरूमध्येको एक हो। तँ अगुवा वा कामदार नै भए पनि, यदि तँमा सत्यता वास्तविकताहरू छैनन् भने, तँ अझै पनि श्रमिक नै हुन्छस्। वास्तवमा, प्रवर्द्धन र संवर्धन गरिने मानिसहरूमा कुनै विशेष कुरा हुँदैन। अरूभन्दा भिन्न एउटै कुरा भनेको तिनीहरूसँग केही अनुकूल वातावरण हुन्छ, केही अनुकूल अवसरहरू हुन्छन्, र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित विशिष्ट कामहरू गर्ने केही राम्रा अवस्थाहरू हुन्छन्। तैँले गर्ने अधिकांश काम निश्चित पेसासँग सम्बन्धित भए पनि, यदि त्यसलाई नियमन र जाँच गर्ने कुनै सत्यता सिद्धान्तहरू छैनन् भने, तैँले पूरा गर्ने कर्तव्य सिद्धान्तहरूअनुरूप हुनेछैन, र तँ केवल श्रम गरिरहेको हुन्छस्, र तैँले पक्कै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्। प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रतिभावान् मानिसहरूबाट परमेश्‍वरको घरले गर्ने मागहरू के-के हुन्? परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिनका लागि, कम्तीमा पनि तिनीहरू विवेक र समझ भएका, सत्यता स्विकार्न सक्ने, बफादारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने, अनि परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुन सक्ने मानिस हुनुपर्छ, र कम्तीमा पनि तिनीहरूले काटछाँट सामना गर्दा स्विकार्न र समर्पित हुन सक्नुपर्छ। परमेश्‍वरको घरद्वारा गरिने प्रवर्द्धन र दिइने तालिम भोगिरहेका मानिसहरूले हासिल गर्नुपर्ने परिणाम यो होइन कि तिनीहरू अधिकारी र हाकिम बन्न सकून्, वा तिनीहरूले समूहको अगुवाइ गरून्, र यो होइन कि तिनीहरूले मानिसहरूलाई सोच्ने तरिकामा परामर्श दिन सकून्, र अवश्य नै, तिनीहरूसँग झनै राम्रा पेसागत सीपहरू वा उच्च तहको शिक्षा, वा अझ ठूलो प्रतिष्ठा होस्, वा तिनीहरूलाई पेसागत सीप वा राजनैतिक उपलब्धिहरूका लागि संसारमा प्रतिष्ठित व्यक्तिहरूसँग तुलना गर्न सकियोस् भन्ने त झनै होइन। बरु, हासिल गर्नुपर्ने परिणाम भनेको त तिनीहरूले सत्यता बुझून् र परमेश्‍वरका वचनहरू जिऊन्, र तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिस होऊन् भन्ने हो। तिनीहरूले तालिम लिँदै गर्दा, तिनीहरू सत्यता बुझ्न र सत्यता सिद्धान्तहरू बोध गर्न, अनि परमेश्‍वरमाथिको आस्था ठ्याक्कै के हो र परमेश्‍वरलाई कसरी पछ्याउने भनी अझ राम्ररी जान्न सक्षम हुन्छन्—सिद्धता हासिल गर्नहेतु सत्यता पछ्याउनेहरूका लागि यो अत्यन्तै फाइदाजनक हुन्छ। सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरेर परमेश्‍वरको घरले हासिल गर्न चाहने परिणाम र मानक यही हो, र यो प्रवर्द्धन र प्रयोग गरिनेहरूले पाउने सबैभन्दा ठूलो मेहनतको फल पनि हो।

कतिपय मानिसहरूले तुलनात्मक रूपमा जिम्मेवार भएर आफ्‍नो कर्तव्य पूरा गर्छन् र परमेश्‍वरका चुनिएका जनहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, त्यसकारण मण्डलीले तिनीहरूलाई अगुवा वा कामदार बन्नका लागि संवर्धन गर्छ। हैसियत पाएपछि, तिनीहरूले आफू भीडभन्दा माथि छु भन्ने महसुस गर्न थाल्छन् र सोच्छन्, “परमेश्‍वरको घरले किन मलाई छनौट गर्‍यो? म तिमीहरूभन्दा राम्रो भएर होइन र?” के यो बच्चाले बोल्ने कुराजस्तो सुनिँदैन र? यो अपरिपक्व, हास्यास्पद, र भोलाभाला कुरा हो। वास्तवमा, तँ अरू मानिसहरूभन्दा अलिकति पनि राम्रो छैनस्। यति मात्र हो कि, तैँले परमेश्‍वरको घरद्वारा संवर्धन गरिन चाहिने मापदण्डहरू पूरा गर्छस्। तैँले यो जिम्मेवारी वहन गर्न, यो कर्तव्य राम्ररी पूरा गर्न वा सुम्पिइएको यो काम पूरा गर्न सक्नु वा नसक्नु अर्कै कुरा हो। जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनिर्धारण र अनुमोदन गर्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्‍ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू प्रवर्धन गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा आदरभावले हेर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्‍वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्‍वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्‍वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्‍वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई प्रोत्साहन र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्‍ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्‍ने नै हुन्छ। त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुसार, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्‍नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो। मानिसहरूले प्रोत्साहन र संवर्धन गरिएकाहरूबाट कुनै उच्च आशाहरू राख्‍नु वा उनीहरूमा अवास्तविक मागहरू थोपर्नु हुँदैन; त्यसो गर्नु अनुचित हुनेछ, र तिनीहरूलाई अन्याय हुनेछ। तिमीहरूले तिनीहरूको काम सुपरिवेक्षण गर्न सक्‍छौ। यदि तिमीहरूले तिनीहरूको कामको दौरान समस्याहरू वा सिद्धान्त उल्लङ्घन गर्ने कुराहरू पत्ता लगायौ भने, तिमीहरूले यी समस्याहरूबारे कुरा उठाउन सक्छौ र यी मामलाहरूलाई सुल्झाउन सत्यता खोजी गर्न सक्छौ। तिमीहरूले तिनीहरूलाई आलोचना, निन्दा, आक्रमण वा बहिष्कारचाहिँ गर्नु हुँदैन, किनकि तिनीहरू केवल संवर्धनका क्रममा हुन्छन्, र तिनीहरूलाई सिद्ध पारिएका मानिसका रूपमा हेरिनु हुँदैन, र निर्दोष वा सत्यता वास्तविकता भएका मानिसका रूपमा त झनै हेरिनु हुँदैन। तिमीहरू जस्तै, तिनीहरू केवल तालिम लिने क्रममा हुन्छन्। फरक यति हो कि तिनीहरूले सामान्य मानिसहरूले भन्दा धेरै काम र जिम्मेवारीहरू लिन्छन्। तिनीहरूसँग धेरै काम गर्ने जिम्मेवारी र दायित्व हुन्छ; तिनीहरूले बढी मूल्य चुकाउनुपर्छ, बढी कठिनाइ भोग्नुपर्छ, बढी मानसिक मेहनत लगाउनुपर्छ, बढी समस्याहरू समाधान गर्नुपर्छ, मानिसहरूबाट बढी आलोचना सहनुपर्छ, र अवश्य नै तिनीहरूले मेहनत पनि बढी नै लगाउनुपर्छ, र—आफ्ना कर्तव्य पूरा गर्ने साधारण मानिसहरूका तुलनामा—तिनीहरू अलिकति कम सुत्नुपर्छ, राम्रा चिजहरूको आनन्द अलि कम लिनुपर्छ, र त्यति धेरै गफगाफमा संलग्‍न हुनु हुँदैन। तिनीहरूको विशेष कुरा यही हो; यसबाहेक, तिनीहरू अरूजस्तै हुन्। मैले यो कुरा भन्‍नुको उद्देश्य के हो? सबैलाई परमेश्‍वरको घरले प्रोत्साहन र संवर्धन गर्ने विभिन्‍न प्रकारका प्रतिभावान् मानिसहरूलाई तिनीहरूले सही ढङ्गले हेर्नुपर्छ, तिनीहरूले कठोर भएर यी मानिसहरूबाट मागहरू गर्नु हुँदैन, र अवश्यै तिनीहरूले तिनीहरूबारे अव्यावहारिक राय पनि बोक्नु हुँदैन भनी थाहा दिनु हो। तिनीहरूलाई अत्यधिक प्रशंसा गर्नु वा आदरभावले हेर्नु मूर्खता हो; तिनीहरूलाई अत्यधिक कठोर मागहरू राख्नु अमानवीय र अव्यावहारिक हुन्छ। त्यसोभए, तिनीहरूसित व्यवहार गर्ने सबैभन्दा मनासिब तरिका के हो? तिनीहरूलाई साधारण मानिसका रूपमा लिनु र कुनै समस्याको सम्बन्धमा कोही व्यक्तिकहाँ जान आवश्यक परेमा तिनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्‍नु र एकअर्काको परिपूरक बन्‍नु। यसबाहेक, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, तिनीहरूले समस्या सुल्झाउनहेतु सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनी सुपरिवेक्षण गर्नु सबैको जिम्मेवारी हो; कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनेर मापन गर्ने मानक र सिद्धान्तहरू यिनै हुन्। यदि कुनै अगुवा वा कामदारले साधारण समस्याहरू सम्‍हाल्‍न र समाधान गर्न सक्छ भने, ऊ सक्षम छ। तर यदि उसले साधारण समस्याहरू समेत सम्‍हाल्‍न र समाधान गर्न सक्दैन भने, ऊ अगुवा वा कामदार हुन लायक छैन, र उसलाई पदबाट तुरुन्तै हटाइनुपर्छ। अरू कसैलाई नै छनोट गर्नुपर्छ, र परमेश्‍वरको घरका काममा ढिलाइ गर्नु हुँदैन। परमेश्‍वरको घरका काममा ढिलाइ गर्नु भनेको आफैलाई र अरूलाई चोट पुर्‍याउनु हो, यो कसैका लागि राम्रो हुँदैन।

कतिपय मानिसहरूलाई मण्डलीले प्रवर्द्धन र संवर्धन गर्छ, र तिनीहरूले तालिम लिने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्‍न सकिन्छ कि तिनीहरूलाई परमेश्‍वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसोभए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो, तिनीहरूले सत्यता नबुझ्दा सत्यताको खोजी गर्नैपर्छ, र यदि आफैले खोजी गरेपछि पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्‍ने व्यक्तिलाई खोज्‍नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नका लागि आफैले परमेश्‍वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो “सुस्त समाधानले तात्कालिक आवश्यकता पुरा गर्न सक्दैन” भनेजस्तै हुन्छ। यदि तँ सत्यताका हकमा चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न, अनि अझ बढी प्रश्‍नहरू सोध्न, र अझ बढी खोजी गर्न सिक्‍नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले समस्याहरू तुरुन्तै समाधान गर्न सक्‍नेछस्, दुवै कुरामा कुनै ढिलाइ हुनेछैन। तँलाई भर्खरै प्रवर्द्धन गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेको वा तँमा सत्यता वास्तविकता नभएको हुनाले—तँमा अझै पनि यो कदको कमी भएको हुनाले—तँलाई प्रवर्द्धन गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्‍ने नसोच्; यस्तो हुँदैन। तँमा कामप्रति बोझको बोध भएको र तँसित अगुवाको क्षमता भएको हुनाले मात्रै प्रवर्द्धन र संवर्धन गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो समझ हुनुपर्छ। यदि प्रवर्द्धन भएर तँ अगुवा वा कामदार बनेपछि, तैँले आफ्नो हैकम जमाउन थाल्छस्, र आफू सत्यता पछ्याउने व्यक्ति भएको र आफूमा सत्यता वास्तविकता भएको विश्‍वास गर्छस् भने—र दाजुभाइ-दिदीबहिनीहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको ढोँग गर्छस् भने—यो मूर्खतापूर्ण तरिका हो, र यो पाखण्डी फरिसीहरूकै तरिका हो। तैँले सत्यतामा आधारित भएर बोल्‍ने र काम गर्ने गर्नुपर्छ। नबुझेको बेला, तैँले अरूलाई सोध्‍न वा माथिबाट सङ्गति खोज्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिलाई तेरो साँचो कद थाहा हुन्छ, र तँमा सत्यता वास्तविकता छैन भन्‍ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा पाइनुपर्ने समझ हो, र अगुवा र कामदारहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्‍नुपर्ने कुरा होइन। यदि तँलाई अगुवा भएपछि सिद्धान्तहरू नबुझ्नु, वा निरन्तर रूपमा अरू मानिसहरू वा माथिलाई प्रश्नहरू सोध्नु लाजमर्दो कुरा हो भन्‍ने लाग्छ, र तँलाई अरूले हेप्लान् भन्‍ने डर लाग्छ, त्यसपछि यसको फलस्वरूप, तैँले नाटक गर्छस्, आफूले सबथोक बुझेको, आफूलाई सबथोक थाहा भएको, आफूमा कार्यक्षमता भएको, आफूले मण्डलीको कुनै पनि काम गर्न सक्ने, र आफूलाई कसैले सम्झाउनु वा सङ्गति गर्नु नपर्ने, वा तँलाई कसैले भरणपोषण वा साथ दिनु नपर्ने भनी ढोँग गर्छस् भने, यो खतरनाक कुरा हो, र तँ अत्यन्तै अहङ्कारी र आत्मधर्मी छस्, तँमा समझको एकदमै कमी छ। तँलाई आफ्‍नै औकातसमेत थाहा छैन—के यसले तँलाई अन्योलमा परेको व्यक्ति बनाउँदैन र? त्यस्ता मानिसहरूले वास्तवमा परमेश्‍वरको घरबाट प्रवर्धन र संवर्धन पाउने मापदण्ड पूरा गर्दैनन्, र ढिलोचाँडो तिनीहरू बरखास्त हुनेछन् र हटाइनेछन्। त्यसकारण, भर्खरै प्रवर्द्धन गरिएका हरेक अगुवा वा कामदार आफूमा सत्यता वास्तविकता छैन भन्ने कुरामा प्रस्ट हुनुपर्छ, तिनीहरूमा यो आत्मचेतना हुनुपर्छ। तँलाई परमेश्‍वरले नियुक्त गर्नुभएकाले तँ अहिले अगुवा वा कामदार भएको होइनस्, बरु अरू अगुवा र कामदारहरूले तँलाई अगुवा वा कामदार बन्नका लागि प्रवर्द्धन गरेकाले वा परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई चुनेकाले त्यसो भएको हो; यसको अर्थ तँसित सत्यता वास्तविकता र साँचो कद छ भन्‍ने होइन। जब तैँले यो कुरा बुझ्छस्, तब तँसित थोरै समझ हुनेछ, जुन अगुवा र कामदारहरूमा हुनैपर्ने समझ हो। के तिमीहरूले अब बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, तिमीहरूले ठ्याक्कै कसरी काम गर्नुपर्छ? तिमीहरूले कसरी सामञ्जस्यपूर्ण सहकार्य अभ्यास गर्नुपर्छ? तिमीहरूले जब-जब समस्याहरू सामना गर्छौ, तब ती समाधान गर्न कसरी सत्यता खोज्नुपर्छ? यी कुराहरू बुझ्नैपर्छ। यदि भ्रष्ट स्वभावहरू प्रकाश भए भने, सत्यता खोजेर तिनलाई सक्दो चाँडो समाधान गर। यदि ती समयमा नै समाधान भएनन् र तिनले तिमीहरूका काममा असर गरे भने, यो समस्या हो। यदि तँ कुनै पेसासँग परिचित छैनस् भने, तैँले ढिला-सुस्ती नगरी सिक्नु पनि पर्छ। कतिपय कर्तव्यहरूमा पेसागत ज्ञान संलग्न हुने भएकाले, यदि तैँले कुनै पेसागत ज्ञान नलिई सत्यता मात्र बुझ्छस् भने, त्यसले पनि तेरो कामका नतिजाहरूलाई असर गर्नेछ। कम्तीमा पनि, तैँले केही आधारभूत पेसागत ज्ञान बोध गर्न र बुझ्न जरुरी छ, ताकि तैँले प्रभावकारी रूपमा मानिसहरूको कामको अनुगमन र त्यसलाई निर्देशन गर्न सक्। यदि तँ केवल एउटा पेसामा पोख्त छस् तर सत्यता बुझ्दैनस् भने, तेरा काममा पनि कमीकमजोरीहरू हुनेछन्, त्यसकारण तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि, सत्यता पछ्याउन अनि सत्यता बुझ्ने मानिसहरूसँग सहकार्य गर्न पनि आवश्यक पर्नेछ। तँ पेसागत सीपहरूमा वा निश्चित ज्ञानका क्षेत्रमा पोख्त छस् भन्दैमा, तैँले सिद्धान्तहरूअनुसार कामकुरा गर्न सक्छस् भन्ने हुँदैन, त्यसैले सत्यता बुझ्ने मानिसहरूसँग सङ्गति खोज्नु अत्यावश्यक हुन्छ—यो तिमीहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। तैँले जेसुकै गरे पनि, ढोँग चाहिँ गर्नै हुँदैन। तँ तालिम र संवर्धनको अवधिमा छस्, र तँमा एउटा भ्रष्ट स्वभाव छ, अनि तैँले सत्यता बिलकुलै बुझ्दैनस्। ल भन् त, के परमेश्‍वरलाई यी कुराहरूबारे थाहा हुन्छ? (हुन्छ।) त्यसोभए यदि तैँले ढोँग गरिस् भने, के तँ मूर्ख देखिनेछैनस् र? के तिमीहरू मूर्ख मानिस हुन चाहन्छौ? (अहँ, चाहँदैनौँ।) यदि तिमीहरू मूर्ख मानिस हुन चाहँदैनौ भने, तिमीहरू कस्तो प्रकारका मानिस हुनुपर्छ? समझ भएको, विनम्र भएर सत्यता खोज्न र सत्यता स्विकार्न सक्ने मानिस बन। ढोँग नगर, पाखण्डी फरिसी नहोऔ। तँलाई जेजति थाहा छ त्यो केही पेसागत ज्ञान मात्र हो, त्यो सत्यता सिद्धान्तहरू होइन। तैँले आफ्ना पेसागत सामर्थ्यको उचित रूपमा लाभ लिने र आफूले हासिल गरेको ज्ञान र सिकाइलाई सत्यता सिद्धान्तहरूको बुझाइका आधारमा प्रयोगमा ल्याउने उपाय खोज्नैपर्छ। के यो एउटा सिद्धान्त होइन र? के यो अभ्यासको मार्ग होइन र? तैँले एकपटक यसो गर्न सिकेपछि, तँसित पछ्याउनका लागि मार्ग हुनेछ र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। तैँले जे गरे पनि, जिद्दी नहो, र ढोँग नगर्। जिद्दी हुनु र ढोँग गर्नु कामकुरा गर्ने विवेकी तरिका होइन। बरु, यो त कामकुरा गर्ने सबैभन्दा मूर्ख तरिका हो। जो आफ्ना भ्रष्ट स्वभावहरूअनुसार जिउँछन् तिनीहरू सबैभन्दा मूर्ख मानिस हुन्। जसले सत्यता खोज्छन् र सत्यता सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्छन् तिनीहरू मात्र सबैभन्दा अक्कली मानिस हुन्।

यस सङ्गतिमार्फत, के अब तिमीहरूले परमेश्‍वरको घरद्वारा सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा सही बुझाइ र दृष्टिकोण प्राप्त गरेका छौ? (गरेका छौँ।) अब तिमीहरूसँग यसबारे सही दृष्टिकोण भएकाले, के तिमीहरूले यी मानिसहरूप्रति सही व्यवहार अपनाउन सक्छौ? तिमीहरूले तिनीहरूको सामर्थ्यप्रति, साथै तिनीहरूको मानवता, काम, पेसा र अरू विभिन्न पक्षमा रहेका तिनीहरूका त्रुटि र कमीकमजोरीहरूप्रति सही तौरतरिका अपनाउनुपर्छ—यी सबै कुराहरूलाई सही तौरतरिकाअनुसार व्यवहार गर्नुपर्छ। यसका साथै, चाहे तिमीहरूलाई अगुवा वा कामदारमा प्रवर्द्धन र संवर्धन गरिएको होस् वा नहोस्, वा तिमीहरू विभिन्न पेसाका प्रतिभावान् व्यक्तिहरू भए पनि नभए पनि, तिमीहरू सबै साधारण छौ, तिमीहरू सबै शैतानद्वारा भ्रष्ट तुल्याइएका छौ, र तिमीहरूमध्ये कसैले पनि सत्यता बुझ्दैन। त्यसकारण, तिमीहरूमध्ये कसैले पनि आफ्नो भेष बदल्नु वा आफूलाई ढाकछोप गर्नु हुँदैन; बरु तिमीहरूले सङ्गतिमा आफ्नो कुरा खुलस्त पार्न सिक्नुपर्छ। यदि तिमीहरूले बुझ्दैनौ भने, बुझ्दैनौँ भनेर स्वीकार गर। यदि तिमीहरूलाई कुनै कुरा गर्न आउँदैन भने, त्यो गर्न आउँदैन भनेर स्वीकार गर। जे-जस्ता समस्या वा कठिनाइहरू उत्पन्न भए पनि, समाधान पत्ता लगाउनका लागि सबैले सँग-सँगै सङ्गति गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। सत्यताको अगाडि हरेक व्यक्ति नवजात शिशुजस्तै हुन्छ, हरेक व्यक्ति विपन्न र दयनीय हुन्छ, र उसमा अत्यन्तै अभाव हुन्छ। मानिसहरूले गर्नुपर्ने भनेकै सत्यताको अगाडि समर्पित हुनु, नम्र र तृषित हृदय लिएर सत्यता खोज्नु र स्विकार्नु अनि त्यसपछि सत्यता अभ्यास गर्नु र परमेश्‍वरप्रति समर्पण हासिल गर्नु हो। यसो गरेर, मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा र आफ्नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यताको अघि सबै जना बराबर छन्। प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुँदैनन्। सबैले परमेश्‍वरको कामलाई लगभग उति नै समय अनुभव गरेका हुन्छन्। प्रवर्द्धन र संवर्द्धन नगरिएका मानिसहरूले पनि आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता पछ्याउनुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा बढी उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ। यो परमेश्‍वरको घरको कामका आवश्यकताका कारण गरिन्छ। त्यसोभए, परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने यस्ता सिद्धान्तहरू किन राखेको हो? किनभने मानिसहरूको क्षमता र चरित्रमा भिन्‍नता हुन्छ, र हरेक व्यक्तिले फरक मार्ग रोज्छ, जसले गर्दा परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा फरक-फरक परिणामहरू आउँछन्। सत्यता पछ्याउनेहरूले मुक्ति पाउँछन् र तिनीहरू राज्यका मानिस बन्छन्, जबकि जो सत्यतालाई पटक्‍कै स्विकार्दैनन् र आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छैनन्, तिनीहरू हटाइन्छन्। मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छन् कि छैनन् भन्‍ने आधारमा परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्छ। के परमेश्‍वरको घरका विभिन्‍न मानिसहरूको ओहदामा कुनै भिन्‍नता हुन्छ? अहिलेका लागि, विभिन्‍न मानिसहरूको पद, मूल्य, हैसियत वा स्थानका आधारमा कुनै ओहदा छुट्याइएको छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नका लागि परमेश्‍वरले काम गर्ने अवधिमा, विभिन्‍न मानिसहरूको श्रेणी, पद, मूल्य, वा हैसियतमा कुनै भिन्‍नता हुँदैन। भिन्‍नता भएको कुरा केवल कामको विभाजनमा र निर्वाह गरिने कर्तव्यका भूमिकाहरूमा मात्र हो। अवश्य नै, यस अवधिमा, विशेष कार्यहरू गर्नका लागि अपवादका रूपमा कतिपय मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी वा पारिवारिक वातावरणसम्बन्धी समस्याजस्ता विभिन्‍न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर के त्यस्ता अवसरहरू नपाउनेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्‍न? त्यस्तो त हुँदैन। के तिनीहरूको मूल्य र स्थान अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता पछ्याउने र प्राप्त गर्ने अवसर पाउँछन्, र परमेश्‍वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ। कुन बिन्दुमा मानिसहरूको पद, मूल्य, र हैसियतमा उल्लेखनीय भिन्नताहरू आउँछन्? जब मानिसहरू आफ्नो मार्गको अन्त्यमा पुग्छन्, र परमेश्‍वरको काम सम्पन्न हुन्छ, अनि हरेक व्यक्तिले मुक्ति पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रदर्शन गरेका मनोवृत्ति र दृष्टिकोणहरूबारे, साथै परमेश्‍वरप्रति तिनीहरूका विभिन्न प्रकटीकरण र मनोवृत्तिहरूबारे अन्ततः एउटा निष्कर्ष निकालिन्छ—अर्थात्, जब परमेश्‍वरको नोटबुकमा पूर्ण अभिलेख हुन्छ—त्यस बेला, मानिसहरूका परिणाम र गन्तव्यहरू फरक हुने भएकाले, तिनीहरूको मूल्य, पद र हैसियतमा पनि भिन्नताहरू हुनेछन्। तब मात्र यी सबै कुराहरूको झलक देख्न र तिनलाई मोटामोटी रूपमा निश्चित गर्न सकिन्छ, तर अहिले सबै जना उस्तै छन्। के तिमीहरूले बुझ्यौ? के तिमीहरू त्यो दिनको प्रतीक्षामा छौ? के तिमीहरू त्यसको प्रतीक्षा गरिरहेका र सँगसँगै त्यसको डर पनि मानिरहेका छौ? तिमीहरू अन्ततः त्यो दिन नतिजा आउने, र सबै कठिनाइका बाबजुद, अन्ततः त्यस दिनमा पुग्ने प्रतीक्षामा हुन्छौ; र तिमीहरू केको डर मानिरहेका छौ भने, तिमीहरू मार्गमा राम्ररी हिँडेका हुनेछैनौ, र बाटोमै लडेका र असफल भएका हुनेछौ, र अन्तिम परिणाम असन्तोषजनक हुनेछ, तिमीहरूले कल्पना र अपेक्षा गरेभन्दा खराब हुनेछ—त्यो कति दुःखलाग्दो, पीडादायी, र निराशाजनक हुन्छ होला! त्यत्ति अगाडिसम्म नसोच्, त्यत्ति अगाडिसम्म सोच्नु अव्यावहारिक हुन्छ। सुरुमा, आफ्नो आँखाकै अगाडि भएको कुरालाई हेर्, आफ्नो पाउमुनिको मार्गमा राम्ररी हिँड्, आफ्नो हातको काम राम्ररी गर्, र परमेश्‍वरले तँलाई सुम्पनुभएका कर्तव्य र जिम्मेवारीहरू पूरा गर्। यो सबैभन्दा गम्भीर र सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता र आफ्नो कर्तव्य पूरा गर्न अहिले नै बुझ्नुपर्ने सिद्धान्तहरू बुझ्, अनि ती विषयमा पूर्ण रूपमा स्पष्ट नभएसम्म सङ्गति गर्—ताकि ती कुरा तेरा मनमा प्रस्ट बनून्, र तैँले गर्ने सबै कुरामा सिद्धान्तहरू के हुन् भनी स्पष्ट र सही रूपमा थाहा पा—र तैँले सिद्धान्तहरू उल्लङ्घन गर्दैनस्, वा तँ तीबाट विचलित हुँदैनस्, वा तैँले बाधा वा अवरोध पुऱ्याउँदैनस्, वा परमेश्‍वरको घरका हितहरूलाई हानि गर्ने कुनै कुरा गर्दैनस् भन्ने सुनिश्चित होस्—यो सबै तिमीहरूले अहिले नै प्रवेश गर्नुपर्ने कुराहरू हुन्। हामीले यसपछि कुनै पनि कुराबारे थप कुराकानी गर्नु आवश्यक छैन, न त तिमीहरूले यसबारे प्रश्न सोध्नु वा सोच्नु नै आवश्यक छ। त्यत्ति अगाडिसम्म सोच्नु बेकार छ—तैँले सोच्नुपर्ने कुरा त्यो होइन। कतिपयले सोध्न सक्छन्: “हामीले यसबारे किन सोच्नुपर्दैन र? अहिले विपत्ति यति भयावह स्थितिमा पुगेको छ, हामीले त्यस्ता कुराहरूबारे सोच्ने बेला भएन र?” बेला भयो र? के विपत्ति भयावह बनेको कुराले सत्यतामा तेरो प्रवेशलाई प्रभाव पार्छ र? (अहँ, पार्दैन।) विपत्ति यति भयावह स्थितिमा पुगेको छ, तैपनि, विशेष गरी विपत्तिका सन्दर्भमा मैले कहिलेचाहिँ भेला गर्ने वा प्रवचन प्रचार गर्छु र? म विपत्तिका मामलामा कहिल्यै ध्यान केन्द्रित गर्दिनँ, म जहिल्यै केवल सत्यताका बारेमा बोल्छु, ताकि तिमीहरूले सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक, र ताकि तिमीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने तरिका बुझ्न सक। अचेल, कतिपय मानिसहरूले सत्यता वास्तविकता के हो र धर्मसिद्धान्तहरू के हुन् भन्ने समेत बुझ्दैनन्। तिनीहरू दिनहुँ उही थोरै शब्द र धर्मसिद्धान्तहरू र खोक्रा कुरा मात्र फलाक्छन्, तैपनि आफू सत्यता वास्तविकतामा प्रवेश गरेको महसुस गर्छन्। म तिनीहरूका लागि चिन्तित छु, तर तिनीहरू आफूबारे चिन्ता गर्दैनन्। तिनीहरू अझै पनि भविष्यका ती टाढाका कुराहरूबारे सोच्छन्—ती कुराहरूबारे सोच्नु व्यावहारिक हुँदैन।

सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य तिनीहरूलाई सक्रिय मानिसहरूमा परिणत गर्नु होइन, न त तिनीहरू भविष्यमा कुनै प्रकारको आधार-स्तम्भ बनून् भन्ने योजना बनाउनु नै हो, बरु तुलनात्मक रूपमा भन्नुपर्दा, बढी सत्यता पछ्याउने र प्रवर्द्धन र संवर्धनका मापदण्डहरू पूरा गर्ने केही मानिसहरूलाई उपयुक्त वातावरणमा र बढी अनुकूल अवस्थाहरूमा तालिम प्राप्त गर्ने अवसर दिनु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न, सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नु हो। के परमेश्‍वरमा विश्‍वास गरेर मानिसहरूले हासिल गर्नुपर्ने कुरा यही होइन? के परमेश्‍वरमा विश्‍वास गरेर मानिसहरूले प्राप्त गर्नुपर्ने कुरा यही होइन? सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि, तिमीहरूले अहिले पछ्याउनुपर्ने प्रमुख कुरा के हो? के त्यो गर्नका लागि तिमीहरूसँग कुनै योजना वा कदम छ? म तिमीहरूलाई एउटा सरल, सजिलो र द्रुत युक्ति बताउँछु। सरल भाषामा भन्दा, सत्यता वास्तविकतामा प्रवेश गर्नु भनेको वास्तवमा सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्नका निम्ति, सुरुमा व्यक्तिका भ्रष्ट स्वभावहरूलाई निराकरण गर्न जरुरी छ। व्यक्तिका भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सबैभन्दा द्रुत सुरुआती बिन्दु के हो? तिमीहरूका लागि, सबैभन्दा सरल, द्रुत र सबैभन्दा झन्झटमुक्त उपाय भनेको सुरुमा आफ्नो कर्तव्यमा झाराटारुवा हुने समस्या समाधान गर्नु हो, आफ्ना भ्रष्ट स्वभावहरू क्रमशः समाधान गर्नु हो। तिमीहरूलाई त्यो समाधान गर्न कति लामो समय लाग्ला? के तिमीहरूसँग कुनै योजना छ? धेरैजसो मानिसहरूसँग योजना हुँदैन, तिनीहरू केवल त्यसलाई आफ्नो मनमा खेलाइरहन्छन्, तर औपचारिक रूपमा त्यसको सुरुआत कहिले गर्ने भनेर तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई आफू झाराटारुवा भएको थाहा भए पनि, तिनीहरू त्यसलाई समाधान गर्न सुरु गर्दैनन् र तिनीहरूसँग कुनै निश्चित समाधान हुँदैन। आफ्नो कर्तव्यमा अल्छी हुनु, ध्यान नदिनु, गैरजिम्मेवार हुनु, र त्यसलाई गम्भीर रूपमा नलिनु—यी सबै झाराटारुवा हुनुका प्रकटीकरणहरू हुन्। पहिलो कदम भनेको झाराटारुवा हुने समस्या समाधान गर्नु हो। दोस्रो कदम भनेको आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्या समाधान गर्नु हो। कहिलेकाहीँ बेइमान रूपमा बोल्नु, वा छली वा अहङ्कारी स्वभाव प्रकट गर्नु जस्ता अरू कुराका सन्दर्भमा, अहिलेका लागि ती कुराहरूबारे चिन्ता नगर। के सुरुमा झाराटारुवा हुनु र आफ्नै इच्छाअनुसार कार्य गर्नुलाई निराकरण गर्नु बढी व्यावहारिक र प्रभावकारी हुँदैन र? के यी दुई समस्याहरू पत्ता लगाउन सबैभन्दा सजिला छैनन् र? के ती समाधान गर्न सजिला छैनन् र? (छन्।) के तँ झाराटारुवा हुँदा त्यसबारे सचेत हुन्छस्? के तैँले अल्छे हुने सोचिरहँदा त्यसबारे थाहा पाउँछस्? के तैँले चालहरू चाल्ने वा चतुर्‍याइँ गर्ने र छलकपटमार्फत आफ्नै सेवा गर्ने सोचिरहँदा त्यसबारे थाहा पाउँछस्? (पाउँछु।) यदि तैँले थाहा पाउँछस् भने, त्यो समाधान गर्न सजिलो हुन्छ। तैँले सजिलै पत्ता लगाउन सक्ने र तैँले भित्री रूपमा थाहा पाएका समस्याहरू समाधान गरेर सुरु गर्। आफ्नो कर्तव्यमा झाराटारुवा हुनु भनेको एउटा निकै स्पष्ट र आम समस्या हो, तर यो समाधान गर्न निकै गाह्रो एउटा जटिल समस्या पनि हो। कुनै कर्तव्य पूरा गर्दा, व्यक्तिले कर्तव्यनिष्ठ, कठोर, होसियार र जिम्मेवार हुन सिक्नुपर्छ, र उसले त्यसलाई पूर्णतः व्यावहारिक तरिकाले पूरा गर्न, अर्थात्, एक-एक पाइला गरी गर्न सिक्नुपर्छ। आफूले त्यो कर्तव्यमा कस्तो गरेको छु भन्ने कुरामा सन्तुष्ट नहुन्जेल उसले त्यो कर्तव्य राम्ररी पूरा गर्न आफ्नो सारा सामर्थ्य लगाउनैपर्छ। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले सिद्धान्तहरू खोज्नुपर्छ, र ती सिद्धान्त र परमेश्‍वरका मागहरूअनुसार कार्य गर्नुपर्छ; उसले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि स्वेच्छाले अझ बढी मेहनत लगाउनुपर्छ, र त्यसलाई कहिल्यै झाराटारुवा तरिकाले गर्नु हुँदैन। यसरी अभ्यास गरेर मात्र व्यक्तिले विवेकको निन्दा नखेपी आफ्नो हृदयमा शान्ति महसुस गर्न सक्छ। के झाराटारुवापन समाधान गर्न सजिलो हुन्छ? तँसँग विवेक र समझ भइन्जेल, तैँले त्यसलाई समाधान गर्न सक्छस्। सुरुमा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ: “परमेश्‍वर, म आफ्नो कर्तव्य सुरु गर्दै छु। यदि म झाराटारुवा भएँ भने, म आग्रह गर्छु कि तपाईँ मलाई हृदयमा ताडना दिनुहोस् र हप्काउनुहोस्। म यो पनि आग्रह गर्छु कि तपाईँ मलाई मेरो कर्तव्य राम्ररी पूरा गर्न अनि झाराटारुवा नहुन अगुवाइ गर्नुहोस्।” हरदिन यसरी अभ्यास गर् अनि तेरो झाराटारुवापनको समस्या समाधान हुन, तेरा झाराटारुवा स्थितिहरू घट्न, तेरो कर्तव्यमा हुने अशुद्धता कम हुन, अनि तेरो कर्तव्य निर्वाहमा वास्तविक नतिजाहरूमा सुधार आउन र तेरो प्रभावकारिता बढ्न कति समय लाग्छ भनेर हेर्। झाराटारुवा नभई आफ्नो कर्तव्य निर्वाह गर्नु—के यो तैँले आफैमा भर परेर हासिल गर्न सक्ने कुरा हो? तँ झाराटारुवा हुँदा, के तैँले त्यसलाई नियन्त्रण गर्न सक्छस्? (यो सजिलो हुँदैन।) त्यसोभए त्यो गाह्रो हुन्छ। यदि तिमीहरूलाई यो नियन्त्रण गर्न साँच्चै गाह्रो हुन्छ भने, तिमीहरू ठूलो समस्यामा छौ! त्यसोभए तिमीहरूले कुन-कुन कुराचाहिँ झाराटारुवा नभई गर्न सक्छौ त? कतिपय मानिसहरू आफ्नो खानाबारे विशेष ध्यान दिन्छन्; यदि खाना तिनीहरूलाई मनपर्दो भएन भने, तिनीहरू दिनभर राम्रो मुडमा हुनेछैनन्। कतिपय महिलाहरू सिँगारपटार गर्न र मेक-अप लगाउन मन पराउँछन्; तिनीहरू कपालको एक-एक रेसालाई ध्यान दिन्छन्। कतिपय मानिसहरू व्यापार गर्नमा सिपालु हुन्छन्; तिनीहरूले ध्यान दिएर एक-एक पैसाको हिसाब गर्छन्। यदि तिमीहरू यस्तो कर्तव्यनिष्ठ मनोवृत्तिका साथ कार्य गर्छौ भने, तिमीहरू झाराटारुवा हुनबाट जोगिन सक्छौ। सुरुमा, झाराटारुवा हुने समस्या समाधान गर, त्यसपछि, आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्या समाधान गर। आफ्नै इच्छाअनुसार कार्य गर्नु एउटा आम समस्या हो, र यो मानिसहरूले आफैभित्र सजिलै पत्ता लगाउन सक्ने अर्को समस्या हो। अलिकति आत्म-चिन्तन गरेमा, व्यक्तिले ऊ आफ्नै इच्छाअनुसार कार्य गर्छ, जुन सत्यता सिद्धान्तहरूअनुरूप होइन भनेर पहिचान गर्न सक्छ। मानिसहरूले पहिचान गर्न सक्ने समस्याहरू समाधान गर्न सजिला हुन्छन्। पहिले यी दुई समस्याहरू समाधान गर्नतर्फ ध्यान देओ, एउटा झाराटारुवापनको समस्या र अर्को आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्या। एक वा दुई वर्षभित्रमा नै आफूले गर्ने कुनै पनि कार्यमा नतिजाहरू हासिल गर्न, झाराटारुवा नहुन, वा आफ्नै इच्छाअनुसार वा आफ्नो इच्छाका मिसावटसाथ कार्य नगर्न लागिपर। एकपटक यी दुई समस्या समाधान भएपछि, तिमीहरू मानकअनुरूप हुने गरी आफ्नो कर्तव्य निर्वाह गर्नबाट त्यति टाढा हुनेछैनौ। अनि यदि तिमीहरूले तिनलाई समेत समाधान गर्न सकेनौ भने, तिमीहरू परमेश्‍वरमा समर्पित हुनबाट वा उहाँका अभिप्रायहरूको ख्याल गर्नबाट अझै पनि टाढा हुनेछौ—तिमीहरूले यसको सतह समेत पटक्कै छोएका हुँदैनौ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्