अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५) खण्ड एक
यस अघिको भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको पाँचौँ विषयवस्तुबारे सङ्गति गऱ्यौँ। पाँचौँ विषयवस्तुमा सङ्गति गर्ने क्रममा, हामीले झूटा अगुवाहरूका केही प्रकटीकरण र कार्यहरूलाई चिरफार गऱ्यौँ, र हामीले यस विषयवस्तुमा सङ्गति गरेर सक्कायौँ। अब हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूका छैटौँ र सातौँ विषयवस्तुमा सङ्गति गर्नेछौँ। यी दुई विषयवस्तुको विशिष्ट अन्तर्वस्तु के हो? (छैटौँ विषयवस्तु: सबै किसिमका योग्य प्रतिभाको प्रवर्धन र संवर्धनमा सहयोग पुर्याउने ताकि सत्यतालाई पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्। सातौँ विषयवस्तु: फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।) त्यसोभए हामी झूटा अगुवाहरूका विभिन्न कार्य र प्रकटीकरणलाई यी दुई विषयवस्तुका हिसाबमा चिरफार गरौँ। यी दुई विषयवस्तु एउटै वर्गका हुन्, जुन मण्डलीद्वारा गरिने हर प्रकारका मानिसहरूको प्रवर्द्धन, संवर्धन, र प्रयोगसँग सम्बन्धित छ। सुरुमा हामी हर प्रकारका योग्य प्रतिभाहरूको प्रवर्द्धन र संवर्धन गर्नेबारे परमेश्वरको घरका सिद्धान्तहरूमा सङ्गति गरौँ। त्यसरी, के तिमीहरूले मूल रूपमा यो काम गर्दा अगुवा र कामदारहरूले पालना गर्नुपर्ने केही सिद्धान्तहरू बुझ्न सक्नेछैनौ र? तिमीहरूलाई यस्तो लाग्ला, “अगुवा र कामदारका रूपमा, हामी बारम्बार यी मामलाहरूसँग सम्पर्कमा आउँछौँ, हामी पहिल्यै यो कामसँग परिचित छौँ र हामीसँग यसको केही अनुभव छ, त्यसैले यदि तपाईँले यसबारे थप केही भन्नुभएन भने पनि हामी यसबारे स्पष्ट छौँ, र तपाईँले यसबारे विशेष रूपमा थप सङ्गति गर्नु आवश्यक नै छैन।” त्यसोभए, के यसमा सङ्गति गर्नु आवश्यक छैन त? (हामीलाई यसमा तपाईँको सङ्गति चाहिन्छ। हामीले अझै पनि यस सन्दर्भमा सिद्धान्तहरू बोध गरेका छैनौँ, र हामीले अझै पनि खुट्ट्याउन नजानेका केही प्रतिभावान् मानिसहरू छन्।) धेरैजसो अगुवा र कामदारहरू अझै पनि यो कार्य कसरी गर्ने भन्ने कुरामा निकै अन्योलमा छन्, र परिक्षण गर्दै अघि बढ्ने क्रममै छन्, र तिनीहरूले सही सिद्धान्तहरू बोध गर्न सकिरहेका छैनन्, त्यसैले हामीले अझै पनि विवरणहरूबारे सङ्गति गर्नु आवश्यक छ।
विषयवस्तु छ: सबै किसिमका योग्य प्रतिभाको प्रवर्धन र संवर्धनमा सहयोग पुर्याउने ताकि सत्यतालाई पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्
परमेश्वरको घरले हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व
परमेश्वरको घरले किन हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ? के हर प्रकारका मानिसहरूको प्रवर्द्धन र संवर्धन विज्ञान, शिक्षा, र साहित्यमा संलग्न हुनका खातिर हो? परमेश्वरका चुनिएका मानिसहरू सबैलाई पहिल्यै थाहा हुनुपर्छ कि, जब परमेश्वरको घरले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ, यो कुनै प्रकारको उच्चतम-प्राविधिक सामग्री उत्पादन गर्न र चमत्कार सृजना गर्न वा मानव विकासको इतिहासबारे अनुसन्धान गर्न गरिएको हुँदैन, र मानवजातिको भविष्यका लागि कुनै प्रकारको योजना बनाउन गरिएको त झनै हुँदैन। त्यसोभए, परमेश्वरको घरले किन हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ त? तिमीहरू यो कुरा बुझ्छौ कि बुझ्दैनौ? (राज्यको सुसमाचार फैलाउनका लागि।) राज्यको सुसमाचार फैलाउनका लागि—यो एउटा कारण हो। अरू के छ? (सत्यता पछ्याउने सबै जनाले तालिम प्राप्त गर्ने अवसर पाउन सकून् भन्नका लागि।) ठीक भन्यौ, यो उत्तर निकै मनासिब र सटिक छ। यसो गर्नुको कारण सत्यता पछ्याउने अझ धेरै मानिसहरूले तालिम प्राप्त गर्ने अवसर पाउन सकून्, र तिनीहरू जतिसक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून् भनेर हो। तिमीहरूले भर्खरै दिएका यी दुवै उत्तर सही र सटिक छन्। परमेश्वरको घरले गर्ने हर प्रकारका मानिसहरूको प्रवर्द्धन र संवर्धन, एक हिसाबमा राज्यको सुसमाचार फैलाउने कामसँग र परमेश्वरको कामसँग सम्बन्धित हुन्छ, अनि अर्को हिसाबमा, यो व्यक्तिगत पछ्याइ र प्रवेशसँग सम्बन्धित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण दुई पक्षहरू यिनै हुन्। ठ्याक्कै भन्नुपर्दा, परमेश्वरको घरले हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व के हो? प्रवर्द्धन र संवर्धन गरिने यी मानिसहरूले मण्डलीमा विशेष गरी के काम गर्छन्? जब परमेश्वरको घरले कुनै व्यक्तिलाई समूह अगुवा, सुपरिवेक्षक, वा मण्डली अगुवा वा कामदार बन्न प्रवर्द्धन र संवर्धन गर्छ, के उसलाई अधिकारी बनाइएको भन्न मिल्छ? (मिल्दैन।) परमेश्वरको घरले मानिसहरूले सुसमाचारको काम, लेखन-पठनको काम, चलचित्र निर्माणको काम, मलजल गर्ने काम, साथै केही साधारण मामला, इत्यादि जस्ता मण्डलीका विभिन्न कामका विशिष्ट परियोजना वा कामहरूको जिम्मेवारी लिन सकून् भनेर तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्छ। त्यसोभए, तिनीहरूले यी विशिष्ट कार्यहरू कसरी गर्छन्? परमेश्वरका मागहरू, परमेश्वरका वचनका सत्यता सिद्धान्तहरू, र परमेश्वरको घरका कामका प्रबन्धहरूअनुसार मण्डलीको कामका विभिन्न विषयवस्तुको जिम्मेवारी लिएर, र यसरी परमेश्वरका मागहरूअनुसार आफ्नो कर्तव्य पूरा गरेर अनि सत्यता सिद्धान्तहरूअनुसार कार्य गरेर। यी मानिसहरूलाई कामको जिम्मेवारी लिन प्रवर्द्धन र संवर्धन गरिन्छ भन्ने तथ्यलाई हेर्दा, तिनीहरूसँग कुनै आधिकारिक पदवी वा हैसियत भएकाले तिनीहरूले आफ्नो काम राम्ररी गर्न सक्ने होइन। बरु, विशिष्ट कार्य वहन गर्नका लागि, अर्थात् परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको कुरा, अर्को शब्दमा भन्दा, जिम्मेवारी बोकेको कुनै कर्तव्य र दायित्व, वहन गर्नका लागि तिनीहरूसँग निश्चित क्षमता हुनुपर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयवस्तु छमा उल्लेख गरिएअनुसार विभिन्न प्रकारका प्रतिभावान् व्यक्तिहरूको प्रवर्द्धन र संवर्धन गर्नुको विशिष्ट महत्त्व र परिभाषा यही हो। त्यसकारण, मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुमा, परमेश्वरको घरको उद्देश्य भनेको परमेश्वरका मागहरू र परमेश्वरको घरको कामका प्रबन्धहरूअनुसार मण्डलीका विभिन्न कामहरू राम्ररी गर्नका लागि हर प्रकारका प्रतिभावान् मानिसहरूको संवर्धन गर्नु हो; यो यी मानिसहरूलाई मण्डलीका विभिन्न विशिष्ट कार्यहरू वहन गर्न सक्षम तुल्याउनका लागि हो। साथसाथै, परमेश्वरको घरले यी मानिसहरूले परमेश्वरका वचनबारे कसरी चिन्तन गर्ने भन्ने सिकून्, सत्यताबारे सङ्गति गरून्, र सिद्धान्तहरूअनुसार कार्य गरून् भनेर तिनीहरूलाई संवर्धन गर्छ र तालिम दिन्छ, जसले तिनीहरूलाई सत्यता अभ्यास गर्न र परमेश्वरका वचनहरूअनुसार जिउन, अनि सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्छ, र तिनीहरूलाई वास्तविक अनुभव र गवाहीहरू प्राप्त गर्न सक्षम तुल्याउँछ, त्यसपछि तिनीहरूले अरूलाई अगुवाइ, मलजल र आपूर्ति गर्न, अनि मण्डलीका विभिन्न कामहरू राम्ररी गर्न सक्छन्, र साथसाथै, परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरमा समर्पित हुन, परमेश्वरको गवाही दिन, र सुसमाचार प्रचार गर्ने कर्तव्य पूरा गर्न सक्षम तुल्याउन सकिन्छ। हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने अभ्यासको विधि भनेको, एक हिसाबमा, मानिसहरूलाई परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न, आफैलाई चिन्न, आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र सत्यता वास्तविकताभित्र प्रवेश गर्न अगुवाइ गर्नु हो; अर्को हिसाबमा, अगुवा र कामदारहरूले बफादारी र समर्पणको आफ्नै व्यावहारिक अनुभव प्रयोग गरेर मानिसहरूलाई तिनीहरूका कर्तव्य पूरा गर्न र परमेश्वरको जोरदार गवाही दिन अगुवाइ र संवर्धन गर्नका लागि हो। विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको संवर्धन गर्ने अभ्यासका दुई प्रमुख मार्ग यिनै हुन्। विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धनमा संलग्न विशिष्ट काम यही हो, र यो तिनीहरूको प्रवर्द्धन र संवर्धन गर्नुको वास्तविक महत्त्व पनि हो।
परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूका लागि आवश्यक मापदण्डहरू
अ. विभिन्न कामका अगुवा र कामदार र सुपरिवेक्षकहरूका लागि आवश्यक मापदण्डहरू
“परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गरेका विभिन्न प्रकारका प्रतिभावान् मानिसहरू” ले क-कसलाई जनाउँछ? त्यसले कुन-कुन क्षेत्रहरू समेट्छ? पहिलो भनेको विभिन्न कामका सुपरिवेक्षक हुन सक्ने प्रकारका मानिसहरू हुन्। विभिन्न कामका सुपरिवेक्षकहरूका लागि आवश्यक मानकहरू के-के हुन्? तीन वटा प्रमुख मानक छन्। पहिलो, तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुनैपर्छ। जसले विकृतिविना शुद्ध रूपमा सत्यता बुझ्न सक्छन् र त्यसबाट निष्कर्ष निकाल्न सक्छन् तिनीहरू मात्र राम्रो क्षमता भएका मानिस हुन्। राम्रो क्षमता भएका मानिसहरूसँग कम्तीमा पनि आत्मिक बुझाइ हुनैपर्छ र तिनीहरूले स्वतन्त्र रूपमा परमेश्वरका वचनहरू खान र पिउन सक्नैपर्छ। परमेश्वरका वचनहरू खाने र पिउने क्रममा, तिनीहरूले परमेश्वरका वचनहरूको न्याय, सजाय, र काटछाँट स्वतन्त्र रूपमा स्विकार्न, र आफ्ना धारणा र कल्पनाहरू अनि आफ्नै इच्छाका मिसावटहरू, साथै आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्नैपर्छ—यदि तिनीहरू यो मानकसम्म पुगे भने, त्यसको अर्थ तिनीहरूले परमेश्वरको काम अनुभव गर्न जानेका छन्, र यो राम्रो क्षमताको प्रकटीकरण हो। दोस्रो, तिनीहरूले मण्डलीको कामका लागि बोझ बोक्नैपर्छ। साँच्चै बोझ बोक्ने मानिसहरूसँग जोस मात्र होइन, वास्तविक जीवन अनुभव पनि हुन्छ, तिनीहरूले केही सत्यताहरू बुझेका हुन्छन् र केही समस्याहरू छर्लङ्ग देख्न सक्छन्। तिनीहरूले मण्डलीका काममा र परमेश्वरका चुनिएका मानिसहरूमा समाधान गरिनुपर्ने कैयौँ कठिनाइ र समस्याहरू छन् भन्ने देख्छन्। तिनीहरूले यो आफ्नै आँखाले देख्छन् र हृदयमा यसबारे चिन्ता लिन्छन्—मण्डलीको कामका लागि बोझ बोक्नु भनेको यही हो। यदि कसैमा राम्रो क्षमता मात्र छ र ऊ सत्यता बुझ्न मात्र सक्षम छ, तर ऊ अल्छे छ, उसले देहसुखको लोभ गर्छ, ऊ वास्तविक काम गर्न इच्छुक छैन, र माथिले काम सम्पन्न गर्नुपर्ने मिति जारी गर्दा, काम नगरी उम्किन नमिल्ने अवस्थामा, उसले अलिकति मात्रै काम गर्छ भने, यो कुनै बोझ नबोक्ने व्यक्ति हो। कुनै बोझ नबोक्ने मानिसहरू सत्यता नपछ्याउने, इन्साफको बोध नभएका, र केही न कामका मानिसहरू हुन्, जो सारा दिन कुनै पनि कुराका बारेमा गम्भीरतापूर्वक नसोची, खानेकुरा हसुर्दै बिताउँछन्। तेस्रो, तिनीहरूसँग काम गर्ने क्षमता हुनैपर्छ। “काम गर्ने क्षमता” भनेको के हो? सरल रूपमा भन्दा, यसको अर्थ के हो भने, तिनीहरूले काम अह्राउन र मानिसहरूलाई निर्देशन दिन सक्ने मात्र नभई समस्याहरू पहिचान गर्न र समाधान गर्न पनि सक्छन्—काम गर्ने क्षमता हुनु भनेको यही हो। यसका साथै, तिनीहरूलाई सङ्गठनात्मक सीप पनि चाहिन्छ। सङ्गठनात्मक सीप भएका मानिसहरू मानिसहरूलाई एकै ठाउँमा ल्याउन, कामको बन्दोबस्त र प्रबन्ध गर्न, र समस्या समाधान गर्न निकै कुशल हुन्छन्, अनि कामको प्रबन्ध गर्दा र समस्या समाधान गर्दा, तिनीहरूले मानिसहरूलाई राम्रोसँग मनाउन र पालन गराउन सक्छन्—सङ्गठनात्मक सीप हुनु भनेको यही हो। साँच्चिकै काम गर्ने क्षमता हुनेहरूले परमेश्वरको घरले प्रबन्ध गरेका विशिष्ट कार्यहरू गर्न सक्छन्, अनि कुनै लापरवाहीविना तीव्र र निर्णायक रूपमा त्यसो गर्न सक्छन्, र त्यसमाथि तिनीहरूले विभिन्न कार्यहरू राम्ररी गर्न सक्छन्। अगुवा र कामदारहरूको संवर्धन गर्नका लागि परमेश्वरको घरका तीन मानकहरू यिनै हुन्। यदि कसैले यी तीन मानकहरू पूरा गर्छ भने, ऊ एक दुर्लभ, प्रतिभावान् व्यक्ति हो र उसलाई तुरुन्तै प्रवर्द्धन र संवर्धन गरिनुपर्छ र तालिम दिइनुपर्छ, अनि केही समय अभ्यास गरिसकेपछि, उसले कामको जिम्मेवारी लिन सक्छ। जोसँग क्षमता छ, जसले बोझ बोक्छ, र जोसँग काम गर्ने क्षमता छ, मानिसहरूले उसका बारेमा सधैँ चिन्ता गर्ने र उसलाई काममा सुपरिवेक्षण अनि प्रेरित गर्ने गरिरहनुपर्दैन। ऊ सक्रिय हुन्छ, उसलाई कुन समयमा कुन कार्य गर्नुपर्छ, कुन कार्यको निगरानी र सुपरिवेक्षण गर्ने, र कुन कार्यहरूलाई नजिकबाट परिक्षण र अवलोकन गर्नुपर्छ भन्ने थाहा हुन्छ। ऊ यी कुराहरूबारे राम्रोसँग सचेत हुन्छ। यस्ता मानिसहरू आफ्ना काममा तुलनात्मक रूपमा भरपर्दा र विश्वासयोग्य हुन्छन्, र कुनै ठूलो समस्या आइपर्नेछैन। यदि समस्याहरू देखा परिहाले पनि, ती ठूलो परिदृश्यलाई असर नगर्ने सानातिना मामला हुनेछन्, र यी मानिसहरूले गर्ने कामबारे परमेश्वरले चिन्ता लिनुपर्दैन। जो साँच्चिकै आफ्नै दुई खुट्टामा उभिएर आफ्नो काम गर्न सक्छन् तिनीहरूसँग मात्र साँच्चिकै काम गर्ने क्षमता हुन्छ। जो आफ्ना दुई खुट्टामा उभिन सक्दैनन् र अरूले सधैँ जसका बारेमा चिन्ता लिनुपर्छ, जसमाथि नजर राख्नुपर्छ, जसलाई सुपरिवेक्षण गर्नुपर्छ र जसलाई हात समाएर के गर्ने भनेर सिकाइदिनुसमेत पर्छ, तिनीहरू अत्यन्तै कमजोर क्षमता भएका प्रकारका मानिसहरू हुन्। साधारण क्षमता भएका मानिसहरूले गर्ने कामका नतिजाहरू निश्चित रूपमा साधारण नै हुन्छन्, र यी मानिसहरूले केही गर्न सक्नका लागि तिनीहरूलाई अरूको निगरानी र सुपरिवेक्षणको खाँचो पर्छ। यसको विपरीत, राम्रो क्षमता भएका मानिसहरूलाई केही अवधिका लागि तालिम दिइएपछि, तिनीहरू आफ्नै दुई खुट्टामा उभिन सक्छन्, र हरेक पटक माथिले तिनीहरूलाई कुनै कार्यको निर्देशन दिँदा र केही सिद्धान्तहरू सङ्गति गर्दा, तिनीहरूले ती सिद्धान्तहरू बोध गर्न, तीअनुसार काम कार्यान्वयन गर्न, र धेरै ठूला विचलन वा त्रुटिहरूविना मूलतः सही बाटो पछ्याउन, अनि आफूले हासिल गर्नुपर्ने नतिजाहरू हासिल गर्न सक्छन्—काम गर्ने क्षमता हुनु भनेको यही हो। उदाहरणका लागि, परमेश्वरको घरले मण्डलीलाई पखाल्न, अनि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई पहिचान गरेर मण्डलीबाट निष्कासन गर्न आह्वान गर्छ, र यो कार्य गर्दै गर्दा काम गर्ने क्षमता भएका मानिसहरू मूलतः विचलित हुँदैनन्। एउटा ख्रीष्टविरोधी देखा परेपछि, ऊ प्रकाश हुन र निकालिन कम्तीमा पनि छ महिना लाग्छ। यस अवधिमा, काम गर्ने क्षमता भएकाहरूले उसलाई पहिचान गर्न, त्यो ख्रीष्टविरोधीका प्रकटीकरणहरू चिरफार गर्नका लागि सत्यताबारे सङ्गति गर्न, र उसलाई खुट्ट्याउन अनि बहकाउमा नपर्नका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई मदत गर्न सक्छन्, जसले तिनीहरूलाई एकजुट भएर उठ्न र त्यो ख्रीष्टविरोधीलाई खुलासा र निष्कासन गर्न सक्षम तुल्याउँछ। जब ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू काम गर्ने क्षमता भएका मानिसहरूको कामका क्षेत्रमा देखा पर्छन्, मूलतः धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू बहकाउ वा प्रभावमा पर्दैनन्। केही अन्योलमा परेका र निकै कमजोर क्षमता भएका मानिसहरू मात्र भ्रममा पर्छन्, र यो एक सामान्य घटना हो। राम्रो क्षमता भएका र काम गर्ने क्षमता भएका मानिसहरूले आफ्नो काममा यी नतिजाहरू हासिल गर्न सक्छन्, अनि त्यस्ता मानिसहरूसँग सत्यता वास्तविकता हुन्छ र तिनीहरू मानकअनुरूपका अगुवा र कामदार हुन्।
मैले भर्खरै उल्लेख गरेका विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूमध्ये, पहिलो प्रकार भनेको विभिन्न कामका सुपरिवेक्षक हुन सक्नेहरू थिए। तिनीहरूबाट गरिने पहिलो माग भनेको तिनीहरूसँग सत्यता बुझ्ने सक्षमता र क्षमता हुनुपर्छ। यो न्यूनतम माग हो। दोस्रो माग भनेको तिनीहरूले बोझ बोक्नुपर्छ—यो अपरिहार्य छ। कतिपय मानिसहरूले साधारण मानिसहरूभन्दा निकै चाँडो सत्यता बुझ्छन्, तिनीहरूमा आत्मिक बुझाइ हुन्छ, तिनीहरू राम्रा क्षमताका हुन्छन्, तिनीहरूसँग काम गर्ने क्षमता हुन्छ, र केही समय अभ्यास गरेपछि, तिनीहरू पूर्ण रूपमा आफ्नै दुई खुट्टामा उभिन सक्छन्। तर यी मानिसहरूमा एउटा गम्भीर समस्या हुन्छ—तिनीहरूले कुनै बोझ बोक्दैनन्। तिनीहरू खान, पिउन, रमाइलो गर्न, र चहारिरहन मन पराउँछन्। तिनीहरू यी कुराहरूमा अत्यन्तै रुचि राख्छन्, तर यदि तिनीहरूलाई कष्ट भोग्नुपर्ने र मूल्य तिर्नुपर्ने, र आफूलाई अलिकति रोक्नुपर्ने कुनै विशिष्ट काम गर्न लगाइयो भने, तिनीहरूको जाँगर हराउँछ र तिनीहरू आफूलाई कुनै रोग लागेको वा पीडा भएको, र तिनीहरूको हरेक अङ्गमा असहजता महसुस भइरहेको दाबी गर्छन्। तिनीहरू अनियन्त्रित, अनुशासनहीन, बेफिक्र, हठी, र उच्छृङ्खल हुन्छन्। तिनीहरू जहिले मन लाग्यो तहिले खान्छन्, सुत्छन्, र रमाइलो गर्छन्, अनि मुड आएको बेला मात्र अलिकति काम गर्छन्। यदि काम अलिकति कठिन वा थकाइलाग्दो छ भने, तिनीहरूले रुचि गुमाउँछन् र त्यस उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न नै चाहँदैनन्। के यो बोझ बोक्नु हो? (होइन।) प्रवर्धन र संवर्धन गर्ने भनेको अल्छे र देहसुखको लोभ गर्ने मानिसहरूलाई होइन। कुनै कार्यका लागि चाहिनेभन्दा बढी क्षमता भएका मानिसहरू पनि हुन्छन्, तर दुर्भाग्यवश तिनीहरूले बोझ नै बोक्दैनन्, तिनीहरू जिम्मेवारी लिन मन पराउँदैनन्, तिनीहरूलाई समस्या मन पर्दैन, र चिन्ता लिन मन लाग्दैन। तिनीहरू पूरा गरिनुपर्ने कामप्रति अन्धा हुन्छन्, र तिनीहरूले त्यो काम देख्न सके पनि त्यसलाई सम्हाल्न नै चाहँदैनन्। के यस्ता प्रकारका मानिसहरू प्रवर्धन र संवर्धनका उम्मेदवार हुन् त? बिलकुलै होइनन्; प्रवर्द्धन र संवर्धन गरिनका लागि मानिसहरूले बोझ बोक्नैपर्छ। बोझ बोक्नुलाई जिम्मेवारीको बोध हुनु भनेर पनि व्याख्या गर्न सकिन्छ। जिम्मेवारीको बोध हुनु मानवतासँग बढी सम्बन्धित हुन्छ; बोझ बोक्नु परमेश्वरको घरले मानिसहरूलाई मापन गर्न प्रयोग गर्ने मानकहरूमध्ये एउटा मानकसँग सम्बन्धित हुन्छ। बोझ बोक्ने र साथसाथै अरू दुइटा कुरा—सत्यता बुझ्ने सक्षमता र क्षमता, अनि काम गर्ने क्षमता—हुने मानिसहरू त्यस प्रकारका मानिस हुन् जसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ, र यस प्रकारका मानिसहरू विभिन्न कामका सुपरिवेक्षक बन्न सक्छन्। विभिन्न प्रकारका सुपरिवेक्षक बन्नका लागि मानिसहरूलाई गरिने प्रवर्द्धन र संवर्धनका आवश्यक मानकहरू यिनै हुन्, र यी मानकहरू पूरा गर्नेहरू प्रवर्द्धन र संवर्धनका उम्मेदवारहरू हुन्।
आ. विभिन्न पेसामा रहेका विशेष प्रतिभा र वरदान भएका प्रतिभावान् मानिसहरूका लागि आवश्यक मापदण्डहरू
विभिन्न कामका सुपरिवेक्षक हुन सक्ने प्रकारका मानिसहरूबाहेक, प्रवर्द्धन र संवर्धन गर्न सकिने अर्को प्रकारका मानिसहरू भनेको विशेष प्रतिभा वा वरदान भएका अथवा कुनै पेसागत सीपमा निपुणता हासिल गरेका मानिसहरू हुन्। यस्ता मानिसहरूलाई टोली अगुवाहरूमा संवर्धन गर्न परमेश्वरको घरले माग गर्ने मानक के हो? सुरुमा तिनीहरूको मानवतालाई हेर—तिनीहरूले तुलनात्मक रूपमा सकारात्मक कुराहरूलाई प्रेम गरेसम्म र तिनीहरू दुष्ट मानिस नभएसम्म, त्यो पर्याप्त हुन्छ। कतिपय मानिसहरूले सोध्लान्, “तिनीहरूलाई किन सत्यता पछ्याउने व्यक्ति हुन माग गरिँदैन?” किनभने टोली अगुवाहरू मण्डली अगुवा वा कामदार होइनन्, न त तिनीहरू मलजल गर्ने व्यक्ति नै हुन्, र तिनीहरूलाई सत्यता पछ्याउने मानक पूरा गर्न माग गर्नु अति ठूलो माग हुनेथियो, र तिनीहरूमध्ये धेरै जसोका लागि त्यो पहुँचभन्दा बाहिरको कुरो हुनेथियो। साधारण मामलाका काम गर्ने वा विशिष्ट पेसागत काम गर्ने मानिसहरूबाट यो माग गरिँदैन; यदि गरिन्थ्यो भने, थोरै मात्र योग्य हुनेथिए, त्यसैले मानकहरू तल झारिनुपर्छ। यदि मानिसहरूले आफ्नो पेसा बुझ्छन् र काम वहन गर्न सक्छन्, दुष्टता गर्दैनन् वा कुनै बाधा सिर्जना गर्दैनन् भने, त्यो नै पर्याप्त हुन्छ। केही सीप र पेसाहरूमा विज्ञता भएका, र केही सबलता भएका यी मानिसहरूको कुरा गर्नुपर्दा, यदि तिनीहरू परमेश्वरका घरमा सीपको अलिकति ज्ञान चाहिने र तिनीहरूको पेसासँग सम्बन्धित काम गर्न गइरहेका छन् भने, तिनीहरू चरित्रको हिसाबले तुलनात्मक रूपमा निर्दोष र सोझा छन्, दुष्ट छैनन्, बुझाइमा विकृत छैनन्, कष्ट सहन सक्छन्, र मूल्य चुकाउन इच्छुक छन् भने, त्यो नै पर्याप्त हुन्छ। तसर्थ, त्यस्ता मानिसहरूलाई टोली अगुवाहरूमा संवर्धन गर्नका लागि पहिलो माग भनेको तिनीहरूले तुलनात्मक रूपमा सकारात्मक कुराहरूलाई प्रेम गर्नैपर्छ, र त्यसका साथै, तिनीहरू कष्ट सहन र मूल्य चुकाउन सक्षम हुनैपर्छ। अरू के छ? (तिनीहरूसँग सोझो चरित्र हुनुपर्छ, तिनीहरू दुष्ट हुनु हुँदैन, र तिनीहरूले विकृत बुझाइ बोक्नु हुँदैन।) तिनीहरूको चरित्र तुलनात्मक रूपमा सोझो हुनुपर्छ, तिनीहरू दुष्ट मानिस हुनु हुँदैन, र तिनीहरू आफ्नो बुझाइमा विकृत हुनु हुँदैन। कतिपय मानिसहरूले यस्तो सोध्लान्, “त्यसोभए के सत्यता बुझ्ने तिनीहरूको क्षमतालाई उच्च मान्न सकिन्छ? सत्यता सुनेपछि, के तिनीहरू सत्यता वास्तविकताप्रति जागृत हुन सक्छन्, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्?” यी सब मागहरू राख्नु आवश्यक छैन; त्यस्ता मानिसहरूको बुझाइ विकृत हुनु हुँदैन भनी माग गर्नु नै पर्याप्त हुन्छ। जब बुझाइमा विकृत नभएका मानिसहरूले आफ्नो काम गर्छन्, त्यसको एउटा फाइदा भनेको, तिनीहरूले अवरोध पुऱ्याउने वा कुनै हास्यास्पद कार्य गर्ने सम्भावना हुँदैन। उदाहरणका लागि, परमेश्वरको घरले अभिनेताहरूको पहिरनको रङ्गसम्बन्धी सिद्धान्तहरूबारे बारम्बार सङ्गति गरेको छ, जुन मर्यादित र सभ्य हुनुपर्छ, र भद्दा भन्दा पनि रङ्गीचङ्गी हुनुपर्छ। तैपनि त्यस्ता मानिसहरू छन् जसले तिनीहरूलाई भनिएको कुराको भेउ पाउनै सक्दैनन्, आफूले सुनेका कुराहरू बुझ्दैनन्, बोध गर्न सक्दैनन्, र परमेश्वरको घरका यी मागहरूभित्र रहेका सिद्धान्तहरू पहिचान गर्न नै सक्दैनन्, र अन्ततः तिनीहरूले पूरै खैरो पहिरन रोज्छन्—के यो विकृत बुझाइ होइन र? (हो।) विकृत बुझाइ हुनु भनेको यही हो। तुलनात्मक रूपमा सकारात्मक कुराहरूलाई प्रेम गर्नुको मुख्य अर्थ के हो? (सत्यतालाई स्विकार्न सक्नु।) ठीक भन्यौ। त्यसको अर्थ सत्यताअनुसारका शब्द र कामकुरालाई स्विकार्न सक्नु हो, अनि परमेश्वरका वचन र सत्यताका सबै पक्षलाई स्विकार्न र तिनमा समर्पित हुन सक्नु हो। त्यस्ता मानिसहरूले यी कुराहरू अभ्यास गर्न सके या नसके पनि, कम्तीमा, अन्तरात्मामा तिनीहरूले तिनको प्रतिरोध गर्नु हुँदैन वा तीदेखि घिन मान्नुहुँदैन। त्यस्ता मानिसहरू असल मानिस हुन्, र बोलीचालीका भाषामा, तिनीहरूलाई सभ्य मानिस भन्न सकिन्छ। सभ्य मानिसहरूका विशेषताहरू के-के हुन्? तिनीहरू गैरविश्वासीहरूले गर्न मन पराउने दुष्ट कार्यहरूप्रति, साथै गैरविश्वासीहरूले पछ्याउने दुष्ट प्रचलनहरूप्रति घिन, विकर्षण, र तिरस्कार महसुस गर्छन्। उदाहरणका लागि, गैरविश्वासी संसारका प्रचलनहरूले दुष्ट शक्तिहरूको वकालत गर्छन्, र धेरै महिलाहरू कुनै धनी व्यक्तिसँग विवाह गर्ने वा कसैको प्रेयसी बन्ने पछ्याइमा लाग्छन्। के यो दुष्ट होइन? सत्यतालाई प्रेम गर्ने मानिसहरूलाई यी कुरा निकै घृणास्पद लाग्छ र कतिपयले यस्तो भन्छन्, “यदि मैले विवाह गर्नका लागि कोही पाउन सकिनँ, यदि म गरिबीको कारण मर्न लागेँ भने पनि म कहिल्यै ती मानिसहरूजस्तो व्यवहार गर्नेथिइनँ,” अर्को शब्दमा भन्दा, उनीहरू त्यस्ता मानिसहरूलाई तिरस्कार र अवहेलना गर्छन्। सभ्य मानिसहरूको एउटा विशेषता यो हुन्छ कि उनीहरूलाई दुष्ट प्रचलनहरू घृणास्पद र तिरस्कारयोग्य लाग्छन्, र उनीहरू त्यस्ता प्रचलनहरूका जालमा फसेकाहरूलाई तिरस्कार गर्छन्। यी मानिसहरू धेरै नै सोझा हुन्छन्; परमेश्वरमा विश्वास गर्ने र एक असल व्यक्ति बन्ने, सही मार्गमा हिँड्ने, परमेश्वरको आराधना गर्ने र दुष्टताबाट अलग बस्ने, दुष्ट प्रचलनहरूबाट अलग बस्ने, र संसारका सबै दुष्ट व्यवहारहरूबाट अलग बस्ने कुरा सुन्नेबित्तिकै, अन्तस्करणमा उनीहरूलाई यो राम्रो कुरा हो भन्ने लाग्छ। उनीहरू यो सब हासिल गर्नका निम्ति तीव्र रूपमा लाग्न सके पनि नसके पनि, परमेश्वरमा विश्वास गर्ने र सही मार्गमा हिँड्ने उनीहरूको सङ्कल्प जति ठूलो भए पनि, अन्त्यमा, अन्तरात्मामा उनीहरू ज्योतिमा जिउन र धार्मिकताको शक्ति चल्ने स्थानमा रहन लालायित हुन्छन्। यस्ता सोझा मानिसहरू त्यस प्रकारका हुन्छन् जो सकारात्मक कुराहरूलाई धेरै नै प्रेम गर्छन्। परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिनुपर्ने मानिसहरूसँग कम्तीमा पनि सोझो मानवताको र सकारात्मक कुराहरूलाई प्रेम गर्ने चरित्र हुनुपर्छ। यो पेसागत सीप र सामर्थ्य भएका प्रतिभावान् प्रकारका मानिसहरूलाई प्रवर्द्धन गर्नका लागि आवश्यक पहिलो मानक पनि हो। दोस्रो मानक भनेको, त्यस्ता मानिसहरू कठिनाइ भोग्न र मूल्य चुकाउन सक्षम हुनैपर्छ। भन्नुको मतलब, उनीहरू जुन उद्देश्य वा कामका विषयमा उत्साही हुन्छन् त्यसका निम्ति उनीहरूले आफ्ना चाहनाहरू, देहसुख वा आरामदायी जीवनशैलीलाई पन्छाउन सक्छन्, र यहाँसम्म कि उनीहरूले आफ्नै भविष्यका सम्भावनाहरू त्याग्न सक्छन्। यसबाहेक, थोरै कठिनाइ हुनु वा केही थकित महसुस हुनु उनीहरूका लागि ठूलो कुरा हुँदैन; जबसम्म उनीहरूले केही अर्थपूर्ण र आफूलाई सही लाग्ने कुनै कार्य गरिरहेका हुन्छन्, तबसम्म उनीहरूले खुसीसाथ देहसुख र लाभहरू त्याग्छन्—वा, कम्तीमा पनि, उनीहरूसँग त्यसो गर्ने सङ्कल्प र कामना हुन्छ। कतिपय मानिसहरू भन्छन्, “कहिलेकाहीँ त्यो व्यक्तिले अझै देहसुखको लालसा गर्छ: कहिलेकाहीँ ऊ सुत्न चाहन्छ, वा मिठो भोजन गर्न चाहन्छ, र कहिलेकाहीँ ऊ बाहिर घुम्न जान वा उट्पट्याङ गर्दै समय खेर फाल्न चाहन्छ—तर अधिकांश समय ऊ कठिनाइ भोग्न र मूल्य चुकाउन सक्षम हुन्छ; यति मात्र हो कि कहिलेकाहीँ उसको मनस्थितिले उसलाई त्यस्ता सोचहरूतर्फ डोर्याउँछ। के यसलाई समस्या मानिन्छ?” मानिँदैन। विशेष परिस्थितिहरूमा बाहेक उनीहरूलाई देहसुख पन्छाउन लगाउनु अति नै ठूलो माग हुनेछ। सामान्यतः तैँले त्यस्ता मानिसहरूलाई केही कार्य गर्न दिँदा, चाहे त्यो कार्य ठूलो होस् वा नहोस्, र त्यो उनीहरूले गर्न मन पराउने कार्य होस् वा नहोस्, र चाहे त्यो कार्य जति नै कठिन होस्, वा उनीहरूले जतिसुकै ठूलो कठिनाइ भोग्नुपर्ने होस्, वा जेसुकै मूल्य तिर्नुपर्ने होस्, जबसम्म तैँले उनीहरूलाई त्यो काम अह्राउँछस्, तबसम्म उनीहरूले त्यो कार्य आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रत्याभूति दिन्छन् र तैँले उनीहरूमाथि नजर राख्नु वा उनीहरूलाई सुपरिवेक्षण गर्नु पर्दैन। त्यस्ता मानिसहरूले कठिनाइ भोग्न र मूल्य चुकाउन सक्छन्, र यो सभ्य मानिसहरूको अर्को प्रकटीकरण हो। कठिनाइ भोग्न र मूल्य चुकाउन सक्नुको अर्थ के हो? यसको अर्थ मिहिन हुनु, अत्यन्तै समर्पित हुनु र ध्यान दिनु हो, र कामकुराहरू राम्ररी पूरा गर्नका निम्ति कुनै पनि कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक हुनु हो। कामकुरा पूरा गर्ने सन्दर्भमा, त्यस्ता मानिसहरूले आफ्नो वाचा कायम राख्छन् र तिनीहरू भरपर्दा हुन्छन्, घिचुवा र अल्छे, आरामलाई प्रेम र श्रमलाई घृणा गर्ने, नाफालाई सबै कुराभन्दा अगाडि राख्ने मानिसहरूका विपरीत हुन्छन्। ती मानिसहरूले आफ्ना वाचा तोड्छन्, अरूलाई छल्न र फकाउन निरन्तर झूटा शब्दहरू बोल्छन्, अनि आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि झूट बोल्न र झूटा कसम खान हिचकिचाउँदैनन्—परमेश्वरले ती मानिसहरूलाई मुक्ति दिनुहुनेछैन। परमेश्वरलाई इमानदार मानिसहरू मन पर्छ। इमानदार मानिसहरूले मात्र आफ्नो वचन कायम राख्छन् र तिनीहरू आफ्ना कर्तव्यप्रति बफादार हुन्छन्, अनि परमेश्वरको आज्ञा पूरा गर्नका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्नेहरूले मात्र परमेश्वरको मुक्ति पाउन सक्छन्। कष्ट भोग्न र मूल्य चुकाउन सक्षम हुनु भनेको परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिनका निम्ति व्यक्तिसँग हुनुपर्ने दोस्रो विशेषता र प्रकटीकरण हो। तेस्रो मानक भनेको आफ्नो बुझाइमा विकृत नहुनु हो। भन्नुको मतलब, परमेश्वरका वचनहरू सुनेपछि, उसले, कम्तीमा पनि, ती वचनहरूले के जनाउँछन् भनी थाहा पाउन सक्छ, परमेश्वरले भन्नुभएको कुराको अर्थ बुझ्न सक्छ, र उसको बुझाइमा कुनै विचलित वा निरर्थक हुँदैन। उदाहरणका लागि, यदि तैँले निलो रङ्गका बारेमा कुरा गरिस् भने, उसले त्यसलाई कालो रङ्ग भनेर गलत अर्थ लगाउने छैन, र यदि तैँले खैरो रङ्गका बारेमा कुरा गरिस् भने, उसले त्यसलाई बैजनी रङ्ग भनेर गलत अर्थ लगाउने छैन। यो न्यूनतम कुरा हो। कहिलेकाहीँ उसको बुझाइ विकृत भइहाले पनि, अरूले त्यो औँल्याइदिँदा उसले स्विकार्न सक्छ, र यदि उसले अरू कसैको बुझाइ आफ्नोभन्दा शुद्ध रहेको देख्यो भने, उसले त्यसलाई सहजै स्विकार्न सक्छ—यस प्रकारको व्यक्तिसँग विशुद्ध बुझाइ हुन्छ। चौथो, ऊ दुष्ट मानिस हुनुहुँदैन। के यो बुझ्न सजिलो छ? दुष्ट व्यक्ति नहुनु भनेको कम्तीमा पनि एउटा काम गर्नु हो, जुन के हो भने, परमेश्वरको घरले ऊबाट माग गरेको कुरा हासिल गर्न नसकिएपछि, वा सिद्धान्तहरू उल्लङ्घन गरेर केही गलत कुरा गरेपछि, काटछाँटमा पर्दा, त्यस्तो व्यक्तिले प्रतिरोध नगरी र नकारात्मकता वा धारणाहरू नफैलाई स्विकार्न र समर्पित हुन सक्नुपर्छ। यसका साथै, ऊ जुनसुकै समूहमा भए पनि, ऊ धेरै जसो मानिसहरूसँग मिल्न र तिनीहरूसँग सामञ्जस्यताका साथ जोडिन सक्छ। कसैले केही अप्रिय कुरा भनेर उसको चित्त दुखायो भने पनि, उसले त्यसलाई मनमा नराखी सहन सक्छ, र यदि कसैले उसलाई हेप्यो भने, उसले दुष्टतालाई दुष्टताले नै दण्डित गर्दैन, बरु केवल बुद्धिमानीपूर्वक दूरी कायम राख्ने र टाढा रहने उपाय अपनाउँछ। त्यस्ता व्यक्तिहरू इमानदार मानिसका स्तरसम्म नपुगे पनि, कम्तीमा पनि तिनीहरू धेरै सोझा हुन्छन् र दुष्टता गर्दैनन्, र यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, तिनीहरूले त्यस व्यक्तिसँग प्रतिकार गर्ने वा उसलाई यातना दिने वा दमन गर्ने गर्दैनन्। त्यसमाथि, त्यस्ता मानिसहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्ने, परमेश्वरको घरका विरुद्धमा कार्य गर्ने, परमेश्वरबारे धारणाहरू फैलाउने, उहाँको आलोचना गर्ने र अवरोध वा बाधा सिर्जना गर्ने कार्य गर्ने प्रयास गर्दैनन्। माथिका चारवटा बुँदाहरू सामर्थ्य भएका अनि केही पेसागत सीपहरू बुझेका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने आधारभूत मापदण्ड हुन्। तिनीहरूले यी चारवटा मापदण्डहरू पूरा गर्न सकेको खण्डमा, तिनीहरूले मूलतः केही कर्तव्यहरू वहन गर्न र केही कार्यहरू उचित तरिकाले गर्न सक्छन्।
कतिपय मानिसहरूले सोध्न सक्छन्: “प्रवर्द्धन र संवर्धन गरिनका लागि प्रतिभावान् मानिसहरूले पूरा गर्नुपर्ने मापदण्डमा सत्यता बुझ्ने, सत्यता वास्तविकता प्राप्त गरेको, र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कुरा किन समावेश हुँदैनन्? तिनमा किन परमेश्वरलाई चिन्न सक्ने, परमेश्वरमा समर्पित हुन सक्ने, परमेश्वरप्रति बफादार हुने, र मानकअनुरूपको सृजित प्राणी बन्ने कुरा समावेश हुँदैनन्? के यी कुराहरू पछाडि नै छाडिएका छन्?” ल भन्, यदि कसैले सत्यता बुझ्छ र ऊ सत्यता वास्तविकतामा प्रवेश गरेको छ, परमेश्वरमा समर्पित हुन सक्छ, परमेश्वरप्रति बफादार छ, ऊसँग परमेश्वरको डर मान्ने हृदय छ, र त्यसमाथि, उसले परमेश्वरलाई चिन्छ, उहाँको प्रतिरोध गर्दैन, र ऊ मानकअनुरूपको सृजित प्राणी हो भने, के उसलाई अझै संवर्धन गर्नुपर्छ? यदि उसले साँच्चै यो सबै हासिल गरेको छ भने, के संवर्धनको नतिजा हासिल भइसकेको हुँदैन र? (हुन्छ।) त्यसकारण, प्रवर्द्धन र संवर्धन गरिनका लागि प्रतिभावान् मानिसहरूबाट गरिने मागहरूमा यी मापदण्ड समावेश हुँदैनन्। सत्यता नबुझ्ने र भ्रष्ट स्वभावहरूले भरिएका मानवमध्येबाट नै उम्मेदवारहरूलाई प्रवर्द्धन र संवर्धन गरिने हुनाले, यी प्रवर्द्धन र संवर्धन भइरहेका उम्मेदवारहरूसँग पहिल्यै सत्यता वास्तविकता हुनु, वा तिनीहरू पहिल्यै परमेश्वरमा समर्पित हुनु असम्भव छ, पहिल्यै परमेश्वरप्रति पूर्ण रूपमा बफादार हुनु त झनै सम्भव छैन, र तिनीहरू निश्चित रूपमा नै परमेश्वरलाई चिन्न र आफूसँग परमेश्वरको डर मान्ने हृदय हुनबाट अझ टाढा हुन्छन्। प्रवर्द्धन र संवर्धन गरिनका लागि सबै प्रकारका प्रतिभावान् मानिसहरूले सबैभन्दा पहिला हामीले भर्खरै उल्लेख गरेका मापदण्डहरू नै पूरा गर्नुपर्छ—यी नै सबैभन्दा व्यावहारिक र विशिष्ट मापदण्ड हुन्। कतिपय झूटा अगुवाहरूले “हामीसँग यहाँ कोही प्रतिभावान् मानिस छैनन् जसलाई प्रवर्द्धन र संवर्धन गर्न सकियोस्। फलानोले सत्यता बुझ्दैन, फलानोले परमेश्वरको डर मान्ने हृदयविना कामकुरा गर्छ, फलानोले काटछाँट स्विकार्न सक्दैन, फलानोमा बफादारी छैन…” आदि भन्छन् र धेरै त्रुटिहरू औँल्याउँछन्। यी झूटा अगुवाहरूले यी कुराहरू भन्नुको तात्पर्य के हो? मानौँ ती मानिसहरूले सत्यता नबुझ्ने, र परमेश्वरको काम अनुभव नगर्ने, अनि तिनीहरूसँग अझै सत्यता वास्तविकता नभएको, इत्यादि कारणहरूले गर्दा तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्न, जबकि अगुवाहरू चाहिँ तिनीहरूसँग पहिल्यै केही व्यावहारिक अनुभव र सत्यता वास्तविकता भएका कारण अगुवा बन्न सकेका थिए। के यी झूटा अगुवाहरूले भन्न खोजेको त्यही होइन र? तिनीहरूका नजरमा, तिनीहरूजत्तिको असल कोही पनि हुँदैन, र तिनीहरूबाहेक कोही पनि अगुवा बन्न उपयुक्त हुँदैन। यो झूटा अगुवाहरूको अहङ्कारी स्वभाव हो; परमेश्वरको घरले मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा, तिनीहरू धारणा र कल्पनाहरूले भरिएका हुन्छन्।
इ. सामान्य मामला सम्बन्धी कामका कर्मचारीका लागि आवश्यक मापदण्डहरू
मैले भर्खरै परमेश्वरको घरले संवर्धन गर्नमा ध्यान दिने दुई प्रकारका मानिसहरू उल्लेख गरेँ। एउटा प्रकार भनेको अगुवा र कामदार हुन सक्ने मानिसहरू हुन्, र अर्को प्रकार भनेको विभिन्न पेसागत कार्यहरूको जिम्मेवारी लिन सक्ने मानिसहरू हुन्। अर्को प्रकारको व्यक्ति पनि हुन्छ। ऊसित निश्चित सामर्थ्य वा पेसागत सीपहरू हुन्छ भन्न सकिँदैन; उसको काममा कुनै उच्चस्तरीय प्रविधि संलग्न हुँदैन, अर्थात् यी मानिसहरूले मण्डलीमा कुनै निश्चित सामान्य मामला सम्बन्धी काम गर्छन्, तिनीहरूले मण्डलीको मूलभूत कामसित असम्बन्धित निश्चित मामिलाहरू सम्हाल्छन्। तिनीहरू त्यस प्रकारका मानिस हुन् जो सामान्य मामला सम्बन्धी काम गर्छन्। त्यस्ता मानिसहरूका लागि परमेश्वरको घरका प्रमुख मागहरू के-के हुन्छन्? सबैभन्दा महत्त्वपूर्ण माग के हुन्छ भने, तिनीहरूले परमेश्वरको घरको हितको प्रतिरक्षा गर्न सक्नुपर्छ, परमेश्वरको घरलाई हानि पुर्याएर बाहिरका मानिसहरूलाई सहयोग गर्नु हुँदैन, र शैतानको कृपापात्र बन्न परमेश्वरको घरका हितहरूलाई घात काम गर्नु हुँदैन। त्यति नै हो। तिनीहरू चाहे वरदानप्राप्त वक्ता, समाजको सबैभन्दा उत्कृष्ट व्यक्ति, वा विशेष प्रतिभा जेसुकै होऊन्, परमेश्वरको घरका लागि बाहिरी मामलाहरू सम्हाल्दा, तिनीहरूले परमेश्वरको घरको हितको रक्षा गर्न सक्नुपर्छ। परमेश्वरको घरका हितहरूमा के-के कुराहरू समावेश हुन्छन्? पैसा, सामाग्रीहरू, परमेश्वरको घरको र मण्डलीको प्रतिष्ठा, र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा—यी हरेक पक्ष हरेक महत्त्वपूर्ण हुन्छ। जो परमेश्वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम छ, ऊसँग सामान्य मानवता हुन्छ, र ऊ पर्याप्त मात्रामा सोझो, अनि सत्यता अभ्यास गर्न इच्छुक हुन्छ। कतिपय मानिसहरूले खुट्ट्याउन सक्दैनन्, र यसो भन्छन्, “दुष्ट मानवता भएको एउटा व्यक्ति छ, तर उसले परमेश्वरको घरको कामको प्रतिरक्षा गर्न सक्छ।” के त्यो सम्भव छ? (अहँ, छैन।) दुष्ट मानिसहरूले कसरी परमेश्वरको घरको कामको प्रतिरक्षा गर्न सक्छन्? तिनीहरूले त आफ्नै स्वार्थको मात्र प्रतिरक्षा गर्न सक्छन्। तसर्थ, यदि कोही परमेश्वरको घरका हितहरूको प्रतिरक्षा गर्न साँच्चै सक्षम छ भने, उसको चरित्र र मानवता निश्चय नै राम्रो हुन्छ; यो गलत हुन सक्दैन। यदि कसैले परमेश्वरको घरका लागि कार्यहरू गर्दा परमेश्वरको घरलाई हानि पुग्ने गरी बाहिरका व्यक्तिहरूलाई सहयोग गर्छ, र परमेश्वरको घरका हितहरूलाई विश्वासघात गर्छ, र परमेश्वरको घरलाई ठूलो आर्थिक र भौतिक हानि मात्र नभई परमेश्वरको घर र मण्डलीको प्रतिष्ठामा पनि ठूलो क्षति पुर्याउँछ भने, के ऊ असल व्यक्ति हो त? त्यस्ता मानिसहरू निश्चित रूपमा राम्रा होइनन्। तिनीहरू परमेश्वरको घरले कति ठूलो भौतिक र आर्थिक घाटा बेहोर्छ भन्नेबारे वास्ता गर्दैनन्; तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफैलाई फाइदा पुऱ्याउनु र गैरविश्वासीहरूको कृपापात्र बन्नु हो; तिनीहरूले गैरविश्वासीहरूलाई उपहारहरू पठाउने मात्र नभई, वार्ताका क्रममा, पटक-पटक तिनीहरूसँग सम्झौता समेत गर्छन्—तिनीहरूमा परमेश्वरको घरको हितका लागि लड्नुपर्छ भन्ने चेत आएकै छैन। तैपनि, तिनीहरू, आफूले काम पूरा गरेको र परमेश्वरको घरका हितहरूको प्रतिरक्षा गरेको भन्दै परमेश्वरको घरलाई ढाँट्छन्—जबकि वास्तवमा, मण्डलीको कामले घाटा बेहोरिसकेको हुन्छ र परमेश्वरको घरबाट गैरविश्वासीहरूले ठूलो फाइदा उठाइसकेका हुन्छन्। यदि, हरेक हिसाबमा, बाह्य मामिलाहरू सम्हाल्दा, कुनै व्यक्ति परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्षम छ भने, के ऊ असल व्यक्ति हो? (हो।) अनि यदि यस प्रकारको व्यक्ति परमेश्वरका घरमा कुनै अरू काम गर्न असमर्थ छ, र उसलाई यस प्रकारको सामान्य मामिलाको काम गर्न मात्र सुहाउँछ भने, के उसलाई परमेश्वरको घरले प्रवर्द्धन गर्नुपर्छ? (गर्नुपर्छ।) उसमा काम गर्ने क्षमता हुनु, र ऊ परमेश्वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार आफ्नो काम गर्न सक्षम हुनुका साथै, ऊ परमेश्वरको घरका हितहरूको प्रतिरक्षा गर्न पनि सक्षम हुन्छ, त्यसैले ऊ मानकअनुरूप हुन्छ, त्यस्ता मानिसहरूलाई प्रवर्द्धन गरिनुपर्छ। अर्कोतर्फ, जसले परमेश्वरको घरका हितहरूलाई निरन्तर हानि पुऱ्याउँछन्, जसले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई निरन्तर जोखिममा पार्ने सम्भावना हुन्छ, र जसले निरन्तर परमेश्वरको घर र मण्डलीको प्रतिष्ठामा प्रतिकूल असर र परिणामहरू ल्याउँछन्—त्यस्ता मानिसहरूलाई प्रवर्द्धन वा संवर्धन गर्नुहुँदैन; यदि तिनीहरूलाई प्रवर्द्धन र प्रयोग गरिएको छ भने, तिनीहरूलाई चाँडै बर्खास्त गर्नुपर्छ। कतिपय त्यस्ता मानिस पनि हुन्छन् जो आफ्ना कार्य गर्दा जहिल्यै समस्यामा फस्छन्, जस्तै सवारी चलाउँदा दुर्घटनामा पर्ने, आफूले सम्हाल्ने मामलाहरूमा गडबडी गर्ने, वा द्वन्द्व निम्त्याएर त्यसको परिणामस्वरूप निरन्तर गुनासाहरू आउने, र यदि केही त्रुटिहरू छन् भने तिनीहरूलाई ती कसरी ठिक गर्ने भनेर थाहा हुँदैन। त्यस्ता मानिसहरू कमजोर मनका, साथै दुर्भाग्य निम्त्याउने, र कुलाङ्गार पनि हुन्छन्। यदि यस्तो प्रकारको व्यक्ति टोली अगुवा, सुपरिवेक्षक, अगुवा वा कामदार बन्यो भने, उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने मात्र नभई उसलाई मण्डलीबाट निकाल्नु पनि पर्छ। किनभने यस प्रकारको व्यक्ति विपत्तिको कारक हुन्छ र उसले दुर्भाग्य निम्त्याउँछ। जबसम्म मण्डलीमा यस्ता एक-दुई जना मानिसहरू रहन्छन्, तबसम्म मण्डलीमा शान्ति हुन सक्दैन। यस्ता मानिसहरूभित्र दुष्ट आत्माहरू, वा महामारी भए जस्तो देखिन्छ। तिनीहरूको सम्पर्कमा आउने जोसुकैले दुर्भाग्य भोग्नेछ, त्यसैले यस्तो प्रकारको व्यक्तिलाई ढिलाइ नगरी जरै देखी उखेल्नुपर्छ। यी मानिसहरूको मुखाकृतिसमेत एकदम नमिल्दो हुन्छ, धूर्त वा दुष्ट विशेषताले भरिएको वा घिनलाग्दो गरी कुरूप हुन्छ, र तिनीहरूको सम्पर्कमा आउने जो कोहीलाई पनि अपसगुन महसुस हुन्छ। यस्ता प्रकारका मानिसहरूलाई बर्खास्त वा निकाला गरिनुपर्छ, तब मात्र मण्डलीका लागि कामकुराहरू राम्रा हुन सक्छन्। मण्डलीमा विभिन्न मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नका लागि सिद्धान्तहरूको पालना र समझशक्तिको प्रयोग आवश्यक हुन्छ, ताकि सिद्धान्तहरूअनुसार कार्य गर्न सकियोस्। प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रकारका मानिसहरूमध्ये, मण्डली अगुवा र कामदारका रूपमा सेवा गर्ने मानिसहरू हुन्छन्, मण्डलीभित्र विभिन्न पेसाका लागि जिम्मेवार मानिसहरू हुन्छन्, र मण्डलीका लागि सामान्य मामलाहरू सम्हाल्ने मानिसहरू पनि हुन्छन्। यी विविध प्रकारका प्रतिभावान् मानिसहरूले पूरा गर्नुपर्ने विभिन्न मापदण्डहरूबारे पनि स्पष्ट रूपमा सङ्गति गरिएको छ। जब तिमीहरू अगुवा र कामदारहरूको छनोट कसरी गर्ने र मानिसहरूलाई कसरी प्रवर्द्धन र संवर्धन गर्ने भन्ने सिद्धान्तहरूबारे स्पष्ट हुन्छौ, तब मण्डलीको सम्पूर्ण काम सही मार्गमा प्रवेश गर्नेछ।
कतिपय मानिसहरूले सोध्न सक्छन्, “परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने यी मानिसहरूलाई किन प्रतिभावान् भनिन्छ?” हामीले कुरा गर्ने प्रतिभावान् मानिसहरूले प्रवर्द्धन र संवर्धन गरिने उम्मेदवारहरूलाई जनाउँछ। फरक-फरक कर्तव्यहरू पूरा गर्न सक्ने मानिसहरूका लागि फरक-फरक मागहरू हुन्छन्, र तिनीहरू प्रवर्द्धन र संवर्धन गरिने क्रममा नै रहेकाले, यी तथाकथित प्रतिभावान् मानिसहरूले हामीले भर्खरै उल्लेख गरेका ती मापदण्डहरू पूरा गर्न सक्नु नै पर्याप्त हुन्छ। यी व्यक्तिहरूबाट तिनीहरूमा पहिल्यै सत्यता वास्तविकता हुनुपर्ने, तिनीहरू पहिल्यै समर्पित र बफादार हुनुपर्ने, र तिनीहरूले पहिल्यै परमेश्वरको डर मान्नुपर्ने अपेक्षा गर्नु अव्यावहारिक हुनेथियो। यसर्थ, हामीले कुरा गर्ने प्रतिभावान् मानिसहरू भनेको सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने केही गुण र निष्ठा भएका, अनि सत्यता बुझ्ने क्षमता भएका मानिसहरू मात्रै हुन्—यसरी तिनीहरूलाई योग्य मानिन्छ। यसको अर्थ तिनीहरूले सत्यता बुझिसकेका छन् र सत्यता वास्तविकतामा प्रवेश गरिसकेका छन् भन्ने होइन, न त यसको अर्थ तिनीहरूले परमेश्वरको न्याय र सजाय, इत्यादि कुरा स्विकारेपछि परमेश्वरप्रति पूर्ण समर्पण हासिल गरिसकेका छन् भन्ने नै हो। अवश्य नै, “प्रतिभावान् मानिसहरू” भन्नाले विश्वविद्यालयमा पढेका वा विद्यावारिधि गरेका मानिसहरू, वा सुविधा-सम्पन्न पारिवारिक पृष्ठभूमि भएका वा उच्च सामाजिक हैसियत भएका मानिसहरू, अथवा विशेष क्षमता वा वरदान भएका मानिसहरूलाई जनाउँदैन—यसले यी मानिसहरूलाई जनाउँदैन। तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिने हुनाले, पेसागत काम गर्न गइरहेका कतिपय मानिसहरूले त्यो पेसा पहिले कहिल्यै नगरेका वा त्यो अध्ययन नगरेका हुन सक्छन्, तर जबसम्म तिनीहरूले प्रवर्द्धन र संवर्धनका ती केही मापदण्डहरू पूरा गर्छन्, साथै तिनीहरू सिक्न इच्छुक हुन्छन् र एउटा निश्चित पेसा सिक्नमा कुशल हुन्छन्, तबसम्म परमेश्वरको घरले तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्न सक्छ। मैले यसो भन्नुको तात्पर्य के हो? मेरो तात्पर्य यो होइन कि कुनै व्यक्ति एउटा निश्चित पेसामा प्राकृतिक रूपमै अब्बल छ भने मात्र उसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ। बरु, यो हो कि, यदि ऊसँग सिक्ने रुझान र अवस्था छ, वा ऊसँग यस पेसाका केही आधारभूत कुराहरू मात्र छन् भने पनि, उसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ—सिद्धान्त यही हो। परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गर्न चाहने विभिन्न प्रतिभावान् मानिसहरूले पूरा गर्नुपर्ने मापदण्डहरूबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।