अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३) खण्ड चार

हामीले भर्खरै सङ्गति गरेको प्रकारको सुपरिवेक्षकले आफ्नो पेसाको सबै कुरा जान्दछ र ऊसँग काम गर्ने क्षमता हुन्छ, तर उसले बोझ लिँदैन, र आफ्नो उचित काममा ध्यान नदिई वा कुनै वास्तविक काम नगरी ऊ दिनभर खान, पिउन, र मनोरञ्‍जन गर्नमा लिप्त हुन्छ। झूटा अगुवाहरूले त्यस्ता सुपरिवेक्षकलाई तुरुन्तै नयाँ काममा खटाउन र बर्खास्त गर्न सक्दैनन्, र यसले गर्दा काममा बाधा र व्यवधान आउँछ, र काम सहज रूपमा अघि बढ्न सक्दैन। के यो झूटा अगुवाहरूले गर्दा भएको होइन र? यसका लागि झूटा अगुवाहरू प्रत्यक्ष रूपमा जिम्मेवार त हुँदैनन्, तर तिनीहरू जिम्मेवारीबाट विमुख भएकाले र रेखदेखकर्ताका रूपमा आफ्नो भूमिका निभाउन नसकेकाले, काममा हुने क्षतिका लागि अप्रत्यक्ष रूपमा तिनीहरू नै जिम्मेवार हुन्छन्। यी झूटा अगुवाहरूले रेखदेखकर्ताका रूपमा रहेको आफ्नो कर्तव्य पूरा गर्दैनन्, तिनीहरू जिम्मेवारीविमुख हुन्छन्, जसले गर्दा अन्ततः मण्डलीको काममा क्षति पुग्छ। कामको जिम्‍मा लिन, जाँचहरू गर्न, र सुपरिवेक्षण गर्न र काम अघि बढाउन उपयुक्त सुपरिवेक्षकको कमीले गर्दा कति कामहरू त ठप्प र अस्तव्यस्तसमेत हुन्छन्। कर्मचारीहरूलाई अनुचित रूपमा प्रयोग गर्दा काममा यस्ता क्षतिहरू हुने गर्छन्। यस प्रकारको सुपरिवेक्षकसँग अलिअलि क्षमता हुने भए नि र उसले पेसालाई थोरै बुझेको भए नि, उसले आफ्नो उचित काममा ध्यान दिँदैन, प्रायजसो आफ्नै मार्ग समात्छ, र सही मार्ग पछ्याउँदैन। कसैले यस्तो सुपरिवेक्षकको समस्या रिपोर्ट गरेको छ भनेर सुने पनि, झूटा अगुवाहरूले तुरुन्तै यसबारे अनुसन्धान गर्ने वा यसलाई सम्हाल्ने गर्दैनन्, र यसले अन्ततः मण्डलीको काम ठप्‍प पार्छ। के यो झूटा अगुवाहरूको गैरजिम्मेवारपनका कारण भएको हुँदैन र? तिनीहरूले सुपरिवेक्षकको परिस्थिति बुझिनँ, र आफू मूर्ख र अज्ञानी छु भनेर दाबी गर्दै, र यसो भनेर यो कुराबाट पार पाउन सकिन्छ र आफूले जिम्मेवारी लिनुपर्दैन भन्‍ने सोच्दै जिम्मेवारीबाट पन्छिने प्रयाससमेत गर्छन्। झूटा अगुवाहरूले आफ्नो काममा सधैँ झाराटारुवा व्यवहार गर्छन्। मानिसहरूले समस्याहरूबारे रिपोर्ट गर्दा पनि, तिनीहरूले ती कुराबारे न त सोध्छन् न त सम्हाल्छन्, र जब परिस्थिति खराब हुन्छ, तब तिनीहरूले जिम्मेवारीबाट पन्छिने प्रयास गर्छन्। यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो।

आ. झुटा अगुवाहरूले कमजोर क्षमता भएका र कामको योग्यता नभएका सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्

जब झूटा अगुवाहरूले काम गरिरहेका हुन्छन्, तब तिनीहरूले सामना गर्ने समस्याहरू यो परिस्थितिमा मात्रै सीमित हुँदैनन्—अर्को एउटा परिस्थिति पनि हुन्छ, जसमा सुपरिवेक्षकहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूमा कुनै कामको योग्यता हुँदैन र तिनीहरूले कामको बोझ लिन सक्दैनन्। त्यस्ता परिस्थितिहरूमा पनि, झूटा अगुवाहरूले तुरुन्तै सोधपुछ गरेर समस्या सम्हाल्न सक्दैनन्। किन? झूटा अगुवाहरूमा कामको योग्यताको कमी हुन्छ, तिनीहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। तिनीहरूले कहिल्यै विभिन्‍न टोली सुपरिवेक्षकहरूको क्षमता, कामको बोझ लिने तिनीहरूको सक्षमता, वा तिनीहरूको कामका परिस्थितिहरूबारे वास्ता गर्ने वा सोध्‍नेखोज्‍ने पहल गर्दैनन्। तिनीहरूले कमजोर क्षमता भएका र कामको बोझ लिन नसक्‍ने सुपरिवेक्षकहरूलाई छर्लङ्गै देख्न सक्दैनन्, न त तिनीहरूलाई यी कुराहरूबारे केही थाहा नै हुन्छ। तिनीहरूको मनमा त कुनै व्यक्तिले सुपरिवेक्षकको भूमिका सम्हालेपछि, ऊ तबसम्‍म आफ्नो पदमा दीर्घकालीन रूपमै रहनेछ, जबसम्‍म उसले विविध दुष्कर्महरू गर्दैन र आम आक्रोशहरू पैदा गराउँदैन, र जबसम्‍म उसलाई दाजुभाइ-दिदीबहिनीहरूले हटाउँदैनन्, वा कसैले माथिलाई उसको समस्याबारे रिपोर्ट गर्दैन र माथिले उसलाई सीधै बर्खास्त गर्दैनन्। नत्र भने, झूटा अगुवाहरूले त्यो व्यक्तिलाई कहिल्यै बर्खास्त गर्नेछैनन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, दाजुभाइ-दिदीबहिनीहरूले त्यो व्यक्ति असल छ भनेर भनेका हुनाले र उसलाई निर्वाचित गरेका हुनाले, त्यो व्यक्ति नै सबैभन्दा राम्रो विकल्प हुनुपर्छ। कसैले काम गर्न सक्छ कि सक्दैन र ऊ सुपरिवेक्षकका रूपमा काम गर्न उपयुक्त छ कि छैन भनेर निर्धारित गर्नका लागि झूटा अगुवाहरू सधैँ कल्पना र मूल्याङ्कनहरूमा भर पर्छन्। उदाहरणका लागि, नृत्य टोलीकी एक सुपरिवेक्षक थिइन्, र उनलाई नाच्‍न आउँदैनथ्यो, र उनले नृत्य छनौट गर्ने सिद्धान्तहरू बुझेकी थिइनन्। नृत्यको कोरियोग्राफी गर्ने क्रममा, उनलाई समकालीन शैली छनौट गर्ने कि शास्‍त्रीय शैली छनौट गर्ने भन्‍ने नै थाहा थिएन। ठ्याक्कै भन्दा, उनीसँग नृत्यको कुनै ज्ञान नै थिएन। तर झूटो अगुवाले यो कुरा देख्‍न सकेन। उसले त्यो व्यक्ति उत्साहित भएकी र चर्चामा आउन इच्छुक भएकीले उनलाई छनौट गर्‍यो, र उसले उनले सबै कुरा बुझेकी छिन् भन्‍ने अनुमान गर्‍यो र उनलाई दाजुभाइ-दिदीबहिनीहरूको अगुवाइ गर्न दियो। पछि, त्यो झूटो अगुवाले अनुगमन गर्ने, उनको काम अवलोकन गर्ने, वा उनले दाजुभाइ-दिदीबहिनीहरूलाई कति राम्ररी अगुवाइ गरिरहेकी छिन्, उनी विशेषज्ञ हुन् कि साधारण मानिस हुन्, उनले सिकाएको कुरा उचित छ कि छैन, वा त्यो परमेश्‍वरको घरका मागहरूअनुरूप छ कि छैन भनेर हेर्ने गरेन। उसले यी कुराहरू बुझ्न सकेन, र ऊ यी कुराहरूबारे सोध्न गएन। परिणामस्वरूप, सबैले कुनै परिणाम ननिकाली लामो समयसम्म काम गरिरहे, अनि अन्त्यमा मात्रै झूटो अगुवाले छनौट गरेको त्यो सुपरिवेक्षकलाई नाच्‍न आउँदैन, तैपनि उनले विशेषज्ञ भएको नाटक गर्दै अरूलाई निर्देशित गरिरहेकी छिन् भन्‍ने कुरा पत्ता लाग्यो। के यसले काममा ढिलाइ गराएन र? तर झूटो अगुवाले यो समस्या पहिचान गर्न सकेन र अझै पनि उनले राम्रो काम गरिरहेकी छिन् भन्‍ने विश्‍वास गर्‍यो। झूटा अगुवाहरूको मनमा त, व्यक्ति जोसुकै भए नि, ऊसँग साहस छ र उसले बोल्ने, व्यवहार गर्ने, र काम लिने आँट गर्छ भने, यसले ऊसँग क्षमता छ र उसले त्यसको बोझ लिन सक्छ भन्‍ने प्रमाणित गर्छ, जबकि यदि उसले ती कुराहरू गर्ने आँट गर्दैन भने, यसले त्यो कामको बोझ लिन उसको क्षमता अपर्याप्त छ भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरू मूर्ख वा लापरवाह रूपमा तातो रिस गर्ने हुन्छन्, जो जे पनि गर्ने आँट गर्छन्। यी मानिसहरूलाई आफूसँग सही क्षमता छ कि छैन वा आफूले कामको बोझ लिन सक्छु कि सक्दिन भन्‍ने थाहा हुँदैन, तर पनि तिनीहरू सुपरिवेक्षक बन्‍ने आँट गर्छन्। अनि तिनीहरूले त्यो भूमिका लिएपछि, कुनै पनि काम अघि बढ्दैन, र तिनीहरूले जुनै काम गरे नि तिनीहरूमा दिशा, वा चरण, वा सही विचारहरूको स्पष्ट बोध हुँदैन। जोसुकैले जुनसुकै विचार अघि सार्न सक्छ तर त्यो सही छ कि गलत छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। यदि कुनै व्यक्तिले एउटा तरिकाले काम गर्नुपर्छ भनेर भन्यो भने, तिनीहरूले त्यो ठीकै छ भनेर भन्छन्, अनि यदि अर्को व्यक्तिले अर्को तरिकाले काम गर्नुपर्छ भनेर भन्यो भने, त्यो पनि ठीकै छ भनेर भन्छन्। अनि जब वास्तवमा कुन रवैयाचाहिँ अपनाउने भन्‍ने कुरा आउँछ, तब तिनीहरूले सबैलाई आफ्नो कुरा बताउन दिन्छन्, र जसले सबैभन्दा चर्को स्वरमा बोल्छ, उसैका विचारहरू व्यवहारमा लागू गरिन्छ। यस्ता मानिसहरूसँग कुनै क्षमता हुँदैन, तिनीहरूले कुनै कुरा पनि छर्लङ्गै देख्‍न सक्दैनन्, र आफ्नो कामलाई लथालिङ्ग मात्र पार्छन्, तर झूटा अगुवाहरूले अझै पनि यस्ता सुपरिवेक्षकहरूलाई छर्लङ्गै देख्‍न सक्दैनन्। कति मानिसहरू भन्छन्, “त्यो सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर छ; उसलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ!” तर झूटा अगुवाहरूले यस्तो जवाफ दिन्छन्, “मैले ऊसँग कुरा गरेको छु, र उसले आफ्नो भूमिका खेल्न तयार छु भनेर भनेको छ। हामी उसलाई अर्को मौका दिऊँ।” यो अभिव्यक्तिबारे तिमीहरूलाई के लाग्छ? के यो मूर्खले भन्‍ने कुरा होइन र? यो अभिव्यक्तिमा के गलत छ? (ऊ आफ्नो भूमिका खेल्न इच्छुक छ कि छैन भन्‍ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन; उसमा क्षमताको कमी हुन्छ र उसले कामको बोझ पटक्‍कै लिन सक्दैन।) ठीक भनिस्, यो ऊ काम गर्न इच्छुक छ कि छैन भन्‍ने कुरासँग सम्बन्धित हुँदैन; यो उसको क्षमता अत्यन्तै कमजोर रहेको र उसलाई यो कसरी गर्ने भन्‍ने नै थाहा नभएको कुरासँग सम्बन्धित हुन्छ—समस्याको जड यही हो। त्यसकारण तिनीहरूका अगुवाहरूमा केही बुद्धि हुनुपर्छ र उनीहरूले मानिसहरूलाई मूल्याङ्कन गर्न सक्‍नुपर्छ, र यी सुपरिवेक्षकहरूमा आवश्यक क्षमता छ कि छैन भनेर हेर्न सक्‍नुपर्छ। यी अगुवाहरूले तिनीहरूको बोलीवचन र सङ्गतिका आधारमा, तिनीहरूले सामान्यतया उचित ढाँचा र व्यवस्थित तरिका र चरणहरू अपनाएर काम गर्छन् कि गर्दैनन् भन्‍ने कुराको अवलोकनका आधारमा, र दाजुभाइ-दिदीबहिनीहरूको प्रतिक्रियाका आधारमा तिनीहरूको विस्तृत मूल्याङ्कन गर्नुपर्छ। यदि यी सुपरिवेक्षकहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरूमा आवश्यक काम गर्ने योग्यताको कमी छ भने, यदि तिनीहरूले आफूले गर्ने सबै कुरालाई लथालिङ्ग पार्छन्, र तिनीहरू केही न कामका छन् भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ।

एउटा खेतबारीको सुपरिवेक्षक थियो जसले खेतीको कामलाई पूरै लथालिङ्ग पारेको थियो। उसलाई कुन जग्गामा कुन बाली रोप्‍नुपर्छ, वा कुन जग्गा तरकारी उब्जाउनका लागि उपयुक्त छ भन्‍ने थाहा थिएन, र उसले सबैसँग खोजी र सङ्गति पनि गरेन—उसलाई यी कुराहरूबारे कसरी सङ्गति गर्ने भन्ने थाहै थिएन, त्यसकारण उसले सङ्गति गर्दै गरेन। उसले आफूलाई मन लागेअनुसार बाली रोप्यो, र परमेश्‍वरको घरका सिद्धान्तहरूलाई पूरै बेवास्ता गर्‍यो। परिणामस्वरूप, उसले खेतको हरेक भागमा जथाभाबी बाली रोप्यो, र थोरै मात्रामा रोपिनुपर्ने बालीहरू ठूलो मात्रामा रोप्यो, र ठूलो मात्रामा रोपिनुपर्ने बालीहरू थोरै मात्रामा रोप्यो। जब माथिले उसलाई काटछाँट गरे, तब ऊ अझै पनि अवज्ञाकारी भयो, र उसलाई यसरी बाली रोप्दा केही गलत हुँदैन भन्‍ने लाग्यो। भन त, के यस्ता सुपरिवेक्षकहरू निकै गाह्रो खाले मानिसहरू होइनन् र? परमेश्‍वरको घरले स्थापित गरेका सिद्धान्तहरूका आधारमा कसरी मामलाहरू सम्हाल्ने, वा पूर्णकालीन कर्तव्य मण्डलीमा कर्तव्य निर्वाह गर्ने मानिसहरूको सङ्ख्याका आधारमा कति अनाज र कति सागसब्जी रोप्‍ने भनेर निर्धारित गर्नुपर्छ भन्‍ने कुरा उसलाई थाहै थिएन। बरु, उसले त आफ्नो प्राथमिकताअनुसार नै निश्‍चित बालीहरू धेरै वा थोरै रोप्ने निर्णय गर्‍यो, र यसो गर्नु पूर्ण रूपमा उचित हुन्छ भन्‍ने विश्‍वास गर्‍यो। अन्ततः उसले भ्रमित तरिकाले बाली रोप्यो। पछि, बेर्नाहरू उम्रे। तीमध्ये कति पहेँलो भए र तिनलाई मल चाहियो, तर कति मल लगाउने वा कहिले लगाउने भन्‍ने उसलाई थाहै थिएन। कति बालीहरूमा कीराहरू लागे, र तिनमा कीटनाशक औषधी लगाउनुपर्छ कि पर्दैन भन्‍ने पनि उसलाई थाहै थिएन। कति मानिसहरूले कीटनाशक औषधी प्रयोग गर्नुपर्छ भने, र कतिले गर्नु हुँदैन भने, र ऊ अन्योलमा पर्‍यो, र कीटनाशकहरूबारे के गर्ने भनेर उसलाई थाहै भएन। यसरी, उसले बाली उठाउने समय नआएसम्म अल्याङटल्याङ गरिरह्यो। हरेक बालीको उब्जाउ अवधि कति लामो हुन्छ वा हरेक बाली कहिले पाक्छ भन्‍ने पनि उसलाई थाहै थिएन। परिणामस्वरूप, चाँडै काटिएका अनाजहरू अझै पनि हरियै थिए, जबकि ढिलो काटिएका अनाजहरू भुइँमा झरिसकेका थिए। अन्त्यमा, यी सबै कुराका बाबजुद बाली काटियो, र अन्ततः अनाज भण्डारण गरियो, र यसरी नै त्यो वर्षका लागि खेतीका क्रियाकलापहरू लगभग समाप्त भए। त्यो खेतबारी सुपरिवेक्षकले आफ्नो काम कस्तो गर्‍यो? (उसले काम लथालिङ्ग पार्‍यो।) त्यो किन त्यति लथालिङ्ग भयो? त्यो समस्याको जड पत्ता लगाओ त। (उसको क्षमता अत्यन्तै कमजोर थियो।) यो सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर थियो! परिस्थितिहरू सामना गर्दा, उसले सही मूल्याङ्कन गरेन, सिद्धान्तहरू भेट्टाउन सकेन, र ऊसँग परिस्थितिहरू सम्हाल्ने कुनै तरिका वा विधि थिएन। यसले गर्दा उसले बाली रोप्नेजस्तो सरल कामलाई पनि अत्यन्तै अव्यवस्थित रूपमा सम्हाल्यो, र यो काम पूरै लथालिङ्ग पार्‍यो। कमजोर क्षमताका मुख्य प्रकटीकरणहरू केके हुन्? (सही मूल्याङ्कनको कमी हुनु र सिद्धान्तहरू खोज्‍न नसक्‍नु।) के यी शब्दहरू महत्त्वपूर्ण छैनन् र? के तिमीहरूले यी शब्‍दहरू याद गर्नेछौ? जब व्यक्तिलाई मामलाहरू आइपर्छ, तब सही मूल्याङ्कनको कमी हुनु र सिद्धान्तहरू पत्ता लगाउन नसक्नुले अत्यन्तै कमजोर क्षमता इङ्गित गर्छ। अरूले जति धेरै सुझाव र सङ्केतहरू प्रदान गर्थे, त्यो सुपरिवेक्षक त्यति नै अन्योलमा पर्थ्यो। उसले त एउटा मात्रै सुझाव भएको भए राम्रो हुनेथ्यो भन्‍ने सोच्थ्यो, किनभने उसले त्यसलाई प्रावधानका रूपमा लिन र पालना गर्न सक्‍नेथ्यो, जसले गर्दा कामकुरा निकै सरल हुन्थ्यो र त्यसको अर्थ उसले विचार गर्नु वा मूल्याङ्कन अभ्यास गर्नुपर्दैन भन्ने हुन्थ्यो। उसलाई धेरै मानिसहरूले सुझावहरू देलान् भन्‍ने डर लाग्थ्यो, किनभने ती सुनेपछि तिनलाई कसरी सम्हाल्ने भनेर उसलाई थाहा हुँदैनथ्यो। वास्तवमा, दिमाग र राम्रो क्षमता भएका मानिसहरूलाई अरूले सुझावहरू देलान् भन्ने डर हुँदैन। तिनीहरू सोच्छन्, जति धेरै मानिसहरूले सुझावहरू दिन्छन्, त्यति नै तिनीहरूको मूल्याङ्कन अझै सही हुन्छ र गल्तीको सम्भावना अझै कम हुन्छ। दिमाग वा क्षमता नभएका मानिसहरू धेरै मानिसहरूका फरकफरक विचार र सुझावहरूको डर मान्छन्; धेरै स्रोतहरूबाट सल्लाह प्राप्त गर्दा तिनीहरू हक्क न बक्क हुन्छन्। के मैले भर्खरै उल्लेख गरेको खेतबारी सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर थिएन र—के ऊ त्यो काम लिन पर्याप्त रूपमा योग्य नभएको होइन र? (हो।) कतिले तर्क गर्छन्, “सायद उसले पहिले खेती गरेको थिएन होला। तपाईँले उसलाई खेतीको काम गर्न लगाउन जिद्दी गर्नुभयो—के त्यो माछालाई जमिनमा जिउन लगाउनुजस्तै होइन र?” के पहिले खेती गरेको अनुभव नभएको व्यक्तिले खेती गर्न सक्दैन भन्‍ने हुन्छ? कसले जन्मजात रूपमा खेती गर्ने क्षमता पाएको हुन्छ र? के किसानहरू यो क्षमता लिएर जन्मेका हुन्छन्? (हुँदैनन्।) के कुनै यस्ता किसानहरू छन्, जो अनुभवको कमीले र खेती कसरी गर्ने भन्‍ने थाहा नभएर, पहिलो पटक बाली रोपेपछि फसल नउब्जेर खाने कुनै अनाज नभएका कारण एक वर्ष भोकै बस्‍नुपरेको छ? के यस्तो कुरा हुन्छ? (हुँदैन।) यदि वास्तवमा त्यस्तो हुन्थ्यो भने, यो मानव कार्यहरूको परिणाम नभई, प्राकृतिक प्रकोप हुनेथ्यो। त्यस्ता परिस्थितिहरू अत्यन्तै दुर्लभ हुन्छन्! किसानहरूले खेती गरेर जीविकोपार्जन गर्छन्, र एकदुई वर्षदेखि खेती गर्नेहरूले पनि खेती गर्न सिकिहाल्छन्। राम्रो क्षमता भएका व्यक्तिहरूले खेती गर्दा अलिक बढी उपज उब्जाउन सक्छन्, जबकि कमजोर क्षमता भएका मानिसहरूले अलि कम उपज उब्जाउन सक्छन्। अझ भन्‍ने हो भने, वर्तमान उन्नति-प्रगति र जानकारीको प्रशस्तताका कारण, यदि कुनै व्यक्तिमा क्षमता छ भने, सही मूल्याङ्कन र निर्णयहरू गर्ने सन्दर्भका रूपमा त्यस्तो जानकारी नै पर्याप्त हुन्छ। जानकारी जति व्यापक र सही हुन्छ, उसको मूल्याङ्कन र निर्णय त्यति नै सही बन्छ, र उसले त्यति नै कम गल्तीहरू गर्छ। तर, कमजोर क्षमता भएका व्यक्तिहरू यसको विपरीत हुन्छन्; जति धेरै जानकारी हुन्छन्, तिनीहरू त्यति नै अन्योलमा पर्छन्। अनि अन्त्यमा, तिनीहरूका लागि हरेक चरण सङ्घर्ष बन्छ र अत्यन्तै गाह्रो हुन्छ। खेती भनेको समयसँगको दौड हो; धेरै चाँडो भयो वा धेरै ढिलो भयो भने काम बन्दैन। यदि तैँले ढिलाइ गरेर सही समय गुमाइस् भने, अन्तिम फसलमा असर पर्नेछ। खेती गर्ने क्रममा, त्यो सुपरिवेक्षकले बोझ थाम्न सकेन, र समय बित्दै गएको हुनाले ऊ हतारहतार अघि बढ्यो, र हरेक चरणमा जबरजस्ती अघि बढ्यो। उसले अझै पनि हरेक कदम चाल्न सकेको भए पनि, उसलाई यो कुरा निकै गाह्रो भयो, र अन्त्यमा, यसले गर्दा उसले काम लथालिङ्ग पार्‍यो। त्यस्ता व्यक्तिहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ!

अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले एउटै कामसमेत राम्ररी गर्न सक्दैनन्; तिनीहरूले जुनसुकै काम गरे पनि त्यसलाई पूरै भद्रगोल पार्छन्। यदि यी सुपरिवेक्षकहरूका अगुवाहरूको क्षमता राम्रो छ र तिनीहरू जिम्मेवारी पूरा गर्न सक्षम छन् भने, तिनीहरूले यी कुराहरू देख्‍न सक्‍नुपर्छ। तिनीहरूले कमजोर क्षमता भएका सुपरिवेक्षकहरूलाई मार्गदर्शन, मानकीकरण, र जाँचहरू गर्न सहयोग गर्नुपर्छ। तर झूटा अगुवाहरूले यसो गर्न सक्दैनन्; तिनीहरूले त सुपरिवेक्षकहरूले गर्न नसक्‍ने कुराहरू पनि गर्न सक्दैनन्, र जब सुपरिवेक्षकहरूलाई आफ्‍नो काम गाह्रो लाग्छ वा आफ्नो काममा अनिश्‍चितता र हिचकिचाहट महसुस हुन्छ, तब झूटा अगुवाहरू पनि तिनीहरूसँगै हिचकिचाउँछन्। सुपरिवेक्षकहरूले आफ्नो काम कसरी गरिरहेका छन्, तिनीहरूले कामलाई कहाँसम्म पुर्‍याएका छन्, त्यसमा के-कस्ता चुनौतीहरू देखा परेका छन्, वा तिनीहरूले केकस्तो अन्योलता भोगिरहेका छन् भन्‍ने कुरासमेत तिनीहरूलाई थाहा हुँदैन। जब कसैले त्यो अगुवालाई खेतीबारे सोधे, तब उसले भनी, “म अगुवा हुँ, म खेतीको इन्चार्ज होइनँ।” उसले यस्तो जवाफ दियो, “तपाईँ अगुवा हुनुहुन्छ, त्यसकारण तपाईँलाई खेतीबारे सोध्नुमा के गलत छ र? यो काम त तपाईँकै जिम्मेवारीको दायराभित्र पर्छ।” उसले भनी, “म तपाईँका लागि यसबारे सोध्छु है त।” सोधेपछि, उसले जवाफ दिई, “अहिले हामी आलु रोप्दैछौँ।” उसले सोध्यो, “तपाईँ कति आलु रोप्दै हुनुहुन्छ?” उसले जबाफ दिई, “मैले त्यो कुरा सोधेको छैनँ, म तपाईँका लागि गएर सोधखोज गर्छु है त।” फेरि सोधेपछि, उसले जबाफ दिई, “हामीले दुई एकड रोप्यौँ।” उसले सोध्यो: “तपाईँले कुन प्रजाति रोप्‍नुभयो? के त्यो जग्गा आलु रोप्नका लागि उपयुक्त छ? के तपाईँले ती रोप्दा मल हाल्नुभयो? आलुको बीउ कति गहिरो रोप्नुभयो?” उसलाई यीमध्ये कुनै पनि कुरा थाहा थिएन। तँलाई यी कुरा थाहा छैन, तैपनि तँ यीबारे सोधखोज गर्दिनस् र कसैलाई खोजेर यीबारे सोध्दिनस्—के यसले काममा ढिलाइ गराउँदैन र? के तँ अगुवा त होस्? तैँले अगुवाका रूपमा के काम गरिरहेकी छेस्? यदि तँ मानिसहरूलाई यति सानो बाहिरी काम गर्नसमेत अगुवाइ गर्न सक्दिनस् भने, तँ अगुवा भएको के काम? सुपरिवेक्षकको क्षमता यति कमजोर भए पनि, यो झूटो अगुवाले यो कुरा पत्ता लगाउन सकिन, र सुपरिवेक्षकको क्षमता कस्तो छ, बाली कस्तो भइरहेको छ, र फसलको प्रत्याभूति छ कि छैन भनेर सोध्दा, उसले यस्तो विश्‍वास गर्थी: “तपाईँले यी कुराहरूबारे सोधपुछ गर्नु अनावश्यक छ; खेती गर्नु निकै सरल काम हो! हामीले खेतमा बाली रोपिसकेका छौँ, छैनौँ र? कसरी फसल नहुन सक्छ र?” उसले कुनै पनि कुराको ख्याल गर्दैनथी, कुनै कुराबारे सोधपुछ गर्दैनथी, र ऊसँग कुनै दिमागै थिएन। यो कस्तो अगुवा हो? (झूटो अगुवा।) जब त्यो सुपरिवेक्षकले कुनै कुरा सामना गर्थ्यो, तब ऊ टाउको काटेको कुखुरा जस्तै अनभिज्ञ हुन्थ्यो। कसलाई सोध्‍ने, वा कसरी जानकारी खोज्ने, वा जानकारीका फरकफरक स्रोतहरूले धेरै फरकफरक विचारहरू प्रस्तुत गर्दा कुन कुरा रोज्‍ने भन्‍ने उसलाई थाहा हुँदैनथ्यो। यो अगुवाले यी परिस्थितिहरूको अनुसन्धान गरिन। उसलाई त काम यो व्यक्तिलाई सुम्पिसकिएको छ भन्‍ने मात्र लाग्यो, त्यसकारण उसले यसबारे पटक्‍कै मतलब गरिन। के तिमीहरूलाई यति कमजोर क्षमता भएको सुपरिवेक्षकका कारण कामका परिणामहरूमा असर पर्छ भन्‍ने लाग्छ? (लाग्छ।) त्यसोभए यो समस्या समाधान गर्न अगुवाले के गर्नुपर्थ्यो? यसबारे अनुसन्धान र अप्रत्यक्ष सोधपुछ गरेर, आफ्‍नो वरपर घटेका घटनाहरूबाट, र त्यो मौसमको बाली रोपाइमार्फत, उसले सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर छ, उसले केही गर्न सक्दैन भन्‍ने कुरा पत्ता लगाउनुपर्थ्यो। त्यो सुपरिवेक्षकले वर्षौँसम्‍म खेती गरेपछि पनि आफ्नो अनुभव सारांशित गर्न सक्दैनथ्यो—त्यो बेलासम्म आइपुग्दा, उसलाई बाली कसरी रोप्ने भन्‍नेसमेत थाहा थिएन—उसको क्षमता कमजोर छ र ऊ काम गर्न सक्‍ने अवस्थामा छैन भन्‍ने कुरा अगुवालाई स्पष्ट हुनुपर्थ्यो, र त्यस्तो व्यक्तिलाई बर्खास्त गरिनुपर्थ्यो! उसले सुपरिवेक्षकका रूपमा को उपयुक्त छ, कसले यो काम लिन र राम्ररी गर्न सक्छ भनेर सोध्नुपर्थ्यो, र त्यसो गरेर परमेश्‍वरको घरको काममा हानि नहुने कुरा सुनिश्‍चित गर्नुपर्थ्यो। के यो झूटो अगुवामा यस्तो मानसिकता थियो? के उसले यी समस्याहरू देख्‍न सकी? (सकिन।) उसको मन र आँखा अन्धो थियो; ऊ पूर्ण रूपमा अन्धी थिई। झूटा अगुवाहरूको एउटा प्रकटीकरण यही हो। जब कमजोर क्षमता भएका मानिसहरूको कुरा आउँछ, तब उनीहरूलाई काममा कसरी मार्गदर्शन गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन, जाँचहरू गरेर उनीहरूलाई कसरी मद्दत गर्ने वा उनीहरूका कठिनाइहरूलाई कसरी तुरुन्तै समाधान गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन, अनि कमजोर क्षमता भएको व्यक्तिले काम सम्हाल्न सक्दैन र उसलाई तुरुन्तै उपयुक्त व्यक्तिद्वारा प्रतिस्थापित गरिनुपर्छ भन्‍ने कुरा त तिनीहरूलाई झनै थाहा हुँदैन। झूटा अगुवाहरूले यीमध्ये कुनै पनि काम पूरा गर्दैनन्; तिनीहरू यो कुरामा सक्षम हुँदैनन्, र तिनीहरूले यीमध्ये कुनै पनि कुरा देख्‍न सक्दैनन्। के तिनीहरू अन्धा मानिसहरू होइनन् र? कति मानिसहरू भन्छन्, “सायद तिनीहरू अरू काममा व्यस्त होलान्। तपाईँ किन तिनीहरूलाई यी महत्त्वहीन र सानातिना कामहरू सम्हाल्न लगाइरहनुहुन्छ?” यी त अगुवाहरूले गर्नैपर्ने कामहरू हुन्, तिनलाई कसरी सानातिना कामका रूपमा लिन सकिन्छ? यी कुराहरू अगुवाहरूको जिम्मेवारीको दायराभित्र पर्छन्—तिनीहरूले तिनलाई बेवास्ता गरे भने के त्यो ठीक हुन्छ? यदि तिनीहरूले त्यसो गरे भने, त्यो जिम्मेवारीविमुखता हो। कामका कठिनाइ र समस्याहरू हरेक दिन अगुवाहरूको आँखैअगाडि देखा पर्छन्, र मानिसहरूले हरेक दिन तिनको कुरा उठाउँछन्। तैपनि, झूटा अगुवाहरूको आँखा र मन दुवै अन्धो हुन्छन्। तिनीहरूले यी कुरा समस्याहरू हुन् भन्‍ने कुरा देख्‍न, महसुस गर्न, वा अनुभूति गर्न सक्दैनन्, त्यसकारण अवश्य नै तिनीहरूले तिनलाई समाधान गर्न पनि सक्दैनन्। त्यो झूटो अगुवाले सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर छ भन्‍ने पत्ता लगाउन सकिन। उसले त्यो व्यक्तिको काममा पैदा भएका विभिन्‍न समस्याहरू पनि पहिचान गर्न सकिन। त्यो सुपरिवेक्षकले समस्याहरू सम्हाल्न सक्दैनथ्यो र जब कुनै घटना घट्थ्यो, तब उसले तातो भाँडोमा राखिएको कमिलाले जस्तो जथाभाबी काम गर्थ्यो, उसमा सिद्धान्तहरूको कमी हुन्थ्यो, र उसले काम अस्तव्यस्त पार्थ्यो, तैपनि त्यो झूटो अगुवाले यीमध्ये कुनै पनि कुरा देख्‍न वा पत्ता लगाउन सक्दिनथी। झूटा अगुवाहरूले आफ्नो काम कसरी गर्छन् भन्‍ने कुराको एउटा सिद्धान्त के हो भने, जबसम्‍म तिनीहरूले हरेक कामको जिम्मेवारी कसैलाई दिने बन्दोबस्त गरेका हुन्छन्, तबसम्‍म तिनीहरूले त्यो काम पूरा भएको ठान्छन्, र सुपरिवेक्षकको क्षमता राम्रो भए पनि वा नराम्रो भए नि, उसले काम राम्ररी गर्न सके पनि वा नसके पनि, वा काममा जति धेरै समस्याहरू पैदा भए नि, तिनीहरूलाई यो कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्‍ने लाग्छ। के त्यस्ता अगुवाले अझै पनि काम पूरा गर्न सक्छन् र? के तिनीहरूले कसरी काम गर्ने भन्‍ने कुरा बुझेका हुन्छन् र? (हुँदैनन्।) यदि तँलाई कसरी काम गर्ने भन्‍ने नै थाहा छैन भने, तँ किन अगुवाका रूपमा काम गरिरहेकी छेस् त? यदि तँ यसको बाबजुद अगुवाका रूपमा काम गर्छेस् भने, तँ झूटो अगुवा होस्। झूटा अगुवाहरूले कमजोर क्षमता भएका मानिसहरूका विभिन्‍न प्रकटीकरणहरू वा तिनीहरूले कर्तव्य निर्वाह गर्दा पैदा हुने विभिन्‍न समस्याहरू देख्‍न वा पत्ता लगाउन सक्दैनन्। तिनीहरूको हृदय अत्यन्तै भावशून्य हुन्छ। के तिनीहरूको आँखा र मन दुवै अन्धो हुँदैन र? कतिले यसो भन्‍न सक्छन्, “तिनीहरू अन्धा होइनन्। तपाईँ सधैँ तिनीहरूलाई निन्दा र बदनाम गरिरहनुभएको हुन्छ।” यो खेती सुपरिवेक्षकका समस्याहरू अत्यन्तै गम्भीर थिए; त्यो झूटो अगुवा हरेक दिन ऊसँग बस्थी, र उसले त्यहाँ हुने सबै कुरा सुन्‍न र देख्‍न सक्थी। त्यसोभए यी कुराहरू समस्या हुन् भनेर उसले कसरी पत्ता लगाउन वा महसुस गर्न सकिन? उसले किन यी समस्याहरू सम्हाल्‍ने वा सुल्झाउने गरिन? के उसको आँखा र मन अन्धो थिएन र? के यो समस्या गम्भीर थियो? (हो, थियो।) यो झूटा अगुवाहरूको अर्को प्रकटीकरण—मन र आँखाको अन्धोपन हो।

जब तैँले कमजोर क्षमता भएको कसैलाई कुनै काम सुम्पन्छस्, तब उसले सामान्यतया कसरी बोल्छ, कामबारे छलफल गर्दा उसले कस्तो मनोवृत्ति र दृष्टिकोण राख्छ, र उसले कामहरू सम्हाल्ने तरिका कस्तो छ भन्ने कुराबाट तैँले उसको क्षमता अत्यन्तै कमजोर छ, उसको सोचाइ गन्जागोल छ, र उसले सबै कुराप्रति अलिक अन्धोपन र बेपरवाहीको रवैया अपनाउँछ, र उसको कुनै लक्ष्य छैन भन्‍ने कुरा पत्ता लगाउन सक्छस्। व्यक्तिको काम गर्ने तरिका हेरेरै पनि उसको क्षमता अत्यन्तै कमजोर छ भनेर निर्धारित गर्न सकिन्छ, त्यसकारण के तैँले उसलाई त्यति लामो समयसम्म अवलोकन गरिरहनु आवश्यक हुन्छ र? अहँ, हुँदैन। तर, झूटा अगुवाहरूमा एउटा घातक समस्या हुन्छ; त्यो के हो भने, तिनीहरू कुनै व्यक्तिले यति लामो समयसम्म काम गरिरह्यो र छोडेन, र तिनीहरूले कसैले पनि उसले कुनै खराब काम गरेको, वा बाधा वा अवरोध ल्याएको, वा नकारात्मक वा अल्छे भएको भनेर ऊबारे रिपोर्ट गरेको सुनेका छैनन् भने, यसको अर्थ त्यो व्यक्तिले अझै पनि काम गर्न सक्छ भन्‍ने हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई व्यक्तिको बोलीवचन, मामलाहरूप्रतिको उसको मनोवृत्ति र दृष्टिकोण, वा उसको काम गर्ने तरिकाका आधारमा उसको क्षमता वा राम्रोसित काम गर्ने उसको सामर्थ्य कसरी मूल्याङ्कन गर्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूमा यो सचेतना हुँदैन; तिनीहरू यस विषयमा भावशून्य हुन्छन् र तिनीहरूमा यस विषयको कुनै बोध हुँदैन। तिनीहरूको एउटा दृष्टिकोण हुन्छ: व्यक्ति निष्क्रिय छैन भने, सबै कुरा ठीकै हुन्छ र काम अघि बढ्न सक्छ। के तिमीहरूलाई यस्तो दृष्टिकोण बोकेको अगुवाले राम्रो काम गर्न सक्छ भन्‍ने लाग्छ? के ऊ काम गर्न सक्षम हुन्छ? (हुँदैन।) त्यस्तो व्यक्तिलाई अगुवा हुन दिँदा काम लथालिङ्ग हुन्छ, होइन र? जब व्यक्ति खान, पिउन, र मनोरञ्जन गर्नमा लिप्त हुन्छ, र जब उसले आफ्नो कर्तव्यलाई बेवास्ता गर्छ, तब झूटा अगुवाहरूले यसबारे अनुसन्धान गर्ने वा सम्हाल्ने झन्झट उठाउँनन्, र यस्तो व्यक्तिसँगको सम्पर्कमा आएको जति नै लामो समय भएको भए पनि, तिनीहरूले त्यो व्यक्तिको क्षमता वा चरित्र असल छ कि खराब छ भनेर पत्ता लगाउन सक्दैनन्। के यी अगुवाहरूमा अगुवाको कार्य क्षमता हुन्छ त? (हुँदैन।) तिनीहरू झूटा अगुवाहरू हुन्। झूटा अगुवाहरूले कुनै व्यक्तिमा राम्रो क्षमता छ कि छैन भनेर खुट्ट्याउन सक्दैनन्, र तिनीहरूले यी निश्‍चित कामहरू गर्न सक्दैनन्। तिनीहरूले यो तिनीहरूको कामको भाग होइन भन्‍ने सोच्छन्। के यो जिम्मेवारीविमुखता होइन र? तिमीहरूलाई के लाग्छ, कमजोर क्षमता भएको व्यक्तिले कामको बोझ बोक्न सक्छ कि केही क्षमता भएको व्यक्तिले? (केही क्षमता भएको व्यक्तिले।) त्यसकारण, व्यक्तिको क्षमता र कामका लागि उसको योग्यता मूल्याङ्कन गर्नु अगुवा र कामदारहरूले वास्ता गर्नुपर्ने र बुझ्नुपर्ने विषय हो, र यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने काम पनि हो। तर झूटा अगुवाहरूले यो तिनीहरूको कामको भाग हो भन्‍ने कुरा बुझ्दैनन्, तिनीहरूमा यो सचेतनाको कमी हुन्छ, र तिनीहरूले आफ्नो जिम्मेवारीको यो भाग पूरा गर्न सक्दैनन्। झूटा अगुवाहरू आफ्नो जिम्मेवारीबाट विमुख हुने ठाउँ यही हो, र यो झूटा अगुवाहरू काम गर्न असक्षम हुनुको प्रकटीकरण पनि हो। यो दोस्रो प्रकारको परिस्थिति हो: सुपरिवेक्षकहरूको क्षमता कमजोर हुनु, तिनीहरूमा कार्य क्षमताको कमी हुनु, र आफ्नो कामको बोझ बोक्न नसक्‍नु, र यो तिनीहरूको क्षमतासँग सम्बन्धित समस्या हो। यस्तो परिस्थितिमा, झूटा अगुवाहरूले अगुवाको भूमिका खेल्न पनि सक्दैनन् र कमजोर क्षमता भएका सुपरिवेक्षकहरूलाई तुरुन्तै बर्खास्त गर्न पनि सक्दैनन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्