अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२९) खण्ड तीन
आ. विदेशका विभिन्न देशहरूमा रहेका परमेश्वरका चुनिएका मानिसहरूको सुरक्षा कसरी सुनिश्चित गर्ने
क. परमेश्वरका चुनिएका मानिसहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने
विदेशका विभिन्न देशमा मण्डलीको काम सञ्चालन गर्दा, पहिलो प्राथमिकता भनेको कर्तव्य निर्वाह गरिरहेका कर्मचारीहरूका लागि उचित रूपमा बासस्थानको बन्दोबस्त गर्नु, र तिनीहरूको सुरक्षाको प्रत्याभूति गर्नु हो, ताकि तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकून्। अर्को महत्त्वपूर्ण मामला भनेको कानूनी स्थितिको मामला सम्हाल्नु हो, र यो मामला परमेश्वरका चुनिएका मानिसहरू नयाँ देश आइपुग्नेबित्तिकै सम्हाल्नुपर्ने हुन्छ। कानुनी स्थितिविना वा तिनीहरूको स्थिति वैध छैन भने, तिनीहरूको जिउने वातावरण जति नै राम्रो भए पनि, तिनीहरू सधैँ देशनिकाला गरिने जोखिममा हुन्छन्। वैध स्थिति नभएका व्यक्तिहरूलाई अवैध बासिन्दाहरू मानिन्छ, र ती मानिसहरूको सुरक्षा जोखिममा हुन्छ; तिनीहरूको सुरक्षा सुनिश्चित नहुँदा तिनीहरूले लामो समयसम्म आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। त्यसकारण, विदेशका देशहरूमा कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूका लागि उचित बासस्थानहरूको बन्दोबस्त गर्नु अगुवा र कामदारहरूको पहिलो काम हो। उचित रूपमा तिनीहरूको बासस्थानको बन्दोबस्त भएपछि, अर्को कदम भनेको तिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अगाडि बढाउने कुराको बन्दोबस्त गर्नु हो। कुनै पनि देशमा, कम्तीमा पनि, कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउनुको उद्देश्य भनेको दाजुभाइ-दिदीबहिनीहरूलाई त्यहाँ कानुनी रूपमा बस्न सक्षम तुल्याउनु नै हुनुपर्छ। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्ण काम यो पनि हो। कानुनी बसोबास हासिल गर्नका लागि, पहिलो माग के हो भने, व्यक्तिको स्थिति वैध हुनैपर्छ; ऊ कुनै पनि ठाउँमा गैरकानुनी रूपमा बसेको हुनु हुँदैन। अगुवा र कामदारहरूले कानुनी बसोबासका लागि सरकारका प्रावधानहरूअनुसार दाजुभाइ-दिदीबहिनीहरूका लागि बासस्थानको बन्दोबस्त गर्न सक्दो गर्नुपर्छ। अगुवा र कामदारहरू या त बासस्थानको बन्दोबस्तको यो काममा प्रत्यक्ष रूपमा संलग्न हुन सक्छन् या त तिनीहरूले यसबारे अनुगमन गर्न सक्छन्। यदि तिनीहरूले छर्लङ्गै देख्न नसक्ने मामलाहरू छन् भने, तिनीहरूले तुरुन्तै माथिल्ला तहका अगुवा र कामदारहरूसँग मार्गदर्शन माग्नुपर्छ। विशेष परिस्थितिहरू नभएको अवस्थामा, तिनीहरूले मण्डलीका पहिलेका नियमहरूअनुसार अभ्यास गर्नुपर्छ। अगुवा र कामदारहरूले बेलाबेलामा सोधखोज गर्नुपर्छ, र यदि कसैको कानुनी स्थितिमा समस्याहरू रहेको वा कुनै विशेष परिस्थितिहरू आइपरेको थाहा हुनआएमा, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको कानुनी स्थितिबारे चलाउनुपर्ने प्रक्रियाका कुराहरू हल गर्न बाहिरी मामलाहरू सम्हाल्ने कर्मचारीहरूको बन्दोबस्त गर्नुपर्छ। अवश्य नै, यसको पहिलो कदम भनेको स्थितिको प्रक्रिया सम्हाल्नका लागि केही विशेषज्ञ वकिलहरू खोज्नु हो। वकिलहरू नियुक्त गर्दा, ठगिनबाट जोगिनका लागि सतर्कता अपनाउनैपर्छ—नक्कली वकिलहरू वा कानुनी स्थिति सम्हाल्ने विशेषज्ञता नभएकाहरूलाई काममा लगाउनु हुँदैन। अगुवा र कामदारहरूले सुरुमा कानुनी स्थितिको प्रक्रिया चलाउनेसम्बन्धी यी पक्षहरूबारे विचार गर्नुपर्छ, र यी कुराहरूलाई राम्रोसँग मिलाउनुपर्छ। यो काम पनि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको रक्षा गर्ने र तिनीहरूको सुरक्षा सुनिश्चित गर्ने कार्यको भाग हो, त्यसकारण यो काम गर्ने सवाल आउँदा अगुवा र कामदारहरू हात बाँधेर बस्नु हुँदैन। कतिपय मानिसहरू भन्छन्, “कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूको बासस्थानको बन्दोबस्त गर्नु परमेश्वरको घरको काम हो; हामीले माथिबाट प्रत्यक्ष बन्दोबस्तहरू प्राप्त गरेपछि मात्रै यो काम गर्नुपर्छ। यदि माथिले यस्तो बन्दोबस्त गरेनन् भने, हामीले यसबारे टाउको दुखाउनु जरुरी छैन, र केही गलत भयो भने पनि हामीसँग यसको कुनै सम्बन्ध हुँदैन। यसबाहेक, हरेक देशमा आप्रवास र कानूनी स्थितिसम्बन्धी फरकफरक नियमहरू हुन्छन्; हामी यस्तो ठूलो मामला सम्हाल्न सक्दैनौँ! सबै जना बस आफ्नै भर पर्नुपर्छ र सबैभन्दा राम्रो अवस्थाको आशा गर्नुपर्छ—यदि तिनीहरू कुनै देशमा बस्न पाए भने, तिनीहरू बस्नेछन्; पाएनन् भने, तिनीहरू फर्केर जानेछन्।” के यी शब्दहरू सही छन्? (छैनन्।) यो मनोवृत्तिबारे तिमीहरूलाई के लाग्छ? (यो गैरजिम्मेवार छ।) एक हिसाबमा, यो गैरजिम्मेवार मनोवृत्ति हो; अर्को हिसाबमा, यो झूटा अगुवाहरूले वास्तविक काम नगर्नु र जिम्मेवारीबाट पछि हट्नुको प्रकटीकरण हो। अगुवा र कामदारहरूका हकमा, विदेशमा रहेका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि बासस्थानको बन्दोबस्त गर्नु पनि एउटा महत्त्वपूर्ण काम हो। तिनीहरूका लागि उचित रूपमा बासस्थानको बन्दोबस्त गरिएपछि र तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकेपछि, अर्को तात्कालिक कदम भनेको तुरुन्तै बाह्य मामलासम्बन्धी कर्मचारीहरूलाई तिनीहरूको कानूनी स्थितिको प्रक्रिया चलाउन मार्गदर्शन गर्ने बन्दोबस्त गर्नु हो। विशेषगरी जब यो प्रक्रिया अघि बढाउने क्रममा दाजुभाइ-दिदीबहिनीहरूले सम्हाल्न नसक्ने विशेष परिस्थितिहरू आइ पर्छन्, तब अगुवा र कामदारहरूले समाधानहरू खोज्ने उपायहरू सोच्नुपर्छ, र समस्यालाई बेवास्ता गर्नु हुँदैन। यदि कानूनी स्थितिबारे प्रक्रिया चलाउने कार्यमा कुनै समस्या भयो भने, यो सानो कुरा होइन र यसलाई सक्दो चाँडो र तुरुन्तै सम्हाल्नु र समाधान गर्नुपर्छ। यसमा ढिलाइ नगर—आज गर्न सकिने कुरालाई भोलिका लागि थाती राख्नु हुँदैन; यसलाई भोलिका लागि थाती राख्दा यसले अकल्पनीय भयानक परिणामहरू ल्याउन सक्छ। यदि अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्छन् र त्यसबाट च्युत हुन्छन्, र मामिलालाई अत्यावश्यक ठान्दैनन् र कानुनी स्थितिको प्रक्रिया चलाउने सबैभन्दा राम्रो समयमा ढिलाइ गर्छन्, र यसले गर्दा कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूले सामान्य रूपमा काम गर्न सक्दैनन् भने, त्यसको जिम्मेवारी कसले लिन्छ? यी व्यक्तिहरूले मण्डली अगुवा र प्रक्रिया चलाउने कर्मचारीहरूलाई अनुरोध गरे, अनि अगुवा र कामदारहरूलाई यसबारे थाहा थियो, तर तिनीहरूले या त यो कुरालाई गम्भीरतापूर्वक लिएनन् वा यसलाई नसम्हाल्न बहानाहरू बनाए, त्यसकारण केही महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउनमा ढिलाइ भयो, र यसले गर्दा मण्डलीका केही महत्त्वपूर्ण काममा केही हदसम्म असर पर्यो। तिमीहरूलाई यहाँ कसले जिम्मेवारी लिनुपर्छ जस्तो लाग्छ? (अगुवा र कामदारहरूले।) यो मामलाबारे परमेश्वरको घरले बारम्बार जोड दिँदै आएको छ। अगुवा र कामदारहरूलाई यसबारे थाहा नहुने भन्ने हुँदैन, न त तिनीहरू अनभिज्ञ नै हुन्छन् न त तिनीहरूमा बुझाइको कमी नै हुन्छ; बरु, तिनीहरूलाई यसबारे थाहा त हुन्छ तर तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्। जबसम्म यो तिनीहरूको आफ्नै मामलासँग सम्बन्धित हुँदैन, जबसम्म यो अरू कसैको मामला हुन्छ, तिनीहरूले यसलाई हरसम्भव टाल्छन्, जसले गर्दा अन्ततः परमेश्वरका चुनिएका मानिसहरूको कानूनी स्थितिको कार्यवाहीजस्तो महत्त्वपूर्ण मामलामा ढिलाइ हुन्छ। जब दुष्परिणामहरू देखा पर्छन्, तब अगुवा र कामदारहरूले नै जिम्मेवारी वहन गर्नुपर्छ। यो जिम्मेवारी भनेको बोल्ने कुरा मात्रै होइन—यदि यसले मण्डलीको काम, र विशेषगरी परमेश्वरको घरको महत्त्वपूर्ण काममा असर गर्छ भने, अगुवा र कामदारहरूले वहन गर्नुपर्ने जिम्मेवारी निकै ठूलो बन्छ। कम्तीमा पनि, परमेश्वरले तिनीहरूको दोष अभिलेख गर्नुहुनेछ, र यो अपराध बन्नेछ—परिणाम त्यही हुनेछ। यदि यो तेरो हातमा पर्ने र तेरो जिम्मेवारीको दायराभित्रको कुनै कुरा हो, र तैँले त्यो कुरा गर्दैनस् वा त्यसलाई बेवास्ता गर्छस्, वा निश्चित व्यक्तिगत कारणहरूले गर्दा यसमा ढिलाइ गराउँछस् भने, तैँले जिम्मेवारी वहन गर्नैपर्छ। कतिपय मानिसहरू भन्छन्, “मलाई यो कुरा कसरी समाधान गर्ने भन्ने थाहा थिएन; मसँग अगाडि बढ्ने कुनै बाटो थिएन।” तर के तैँले यसलाई गम्भीरतापूर्वक लिएर अवसर पाउनेबित्तिकै माथिल्लो स्तरका अगुवा र कामदारहरूसँग मार्गदर्शन मागिस् त? अरू कतिपयले त आफू अरू काममा व्यस्त भएकोले यसबारे बिर्सेछु भनेर भन्छन्। व्यस्त भएर यसबारे साँच्चै बिर्से पनि, कसैले तिनीहरूसँग समस्या उठाएपछि र बारम्बार तिनीहरूलाई सम्झाएपछि पनि तिनीहरूले कसरी बिर्सिन सक्छन्? यसले कुन समस्यातर्फ इङ्गित गर्छ? (तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कुरा मनमा राखेकै हुँदैनन्; तिनीहरूसँग बोझको बोध नै हुँदैन।) तिनीहरूले यस्तो महत्त्वपूर्ण कुरा बिर्सन सक्छन् भन्ने तथ्यले तिनीहरूसँग जिम्मेवारीबोध छैन र तिनीहरू भरोसायोग्य छैनन् भन्ने देखाउँछ। तैँले परमेश्वरका चुनिएका मानिसहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउनेजत्तिको महत्त्वपूर्ण कुरा बिर्सन सक्छस्—के तैँले आफ्नै कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कुरा पनि बिर्सन्छस्? यदि तैँले आफ्नै मामलाहरू बिर्सदैनस् तर अरूका मामलाहरू बिर्सन सक्छस् भने, यसले तँमा खराब चरित्र छ, तँमा प्रेमको कमी छ, र तँ स्वार्थी र नीच छस् भन्ने कुरा प्रमाणित गर्छ। तैँले आफ्नो कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने काम पूरा गरेको छस्, तैपनि तँ दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कामलाई साधारण र मामुली मामलाका रूपमा लिन्छस्—वा यसलाई पूर्ण रूपमा बेवास्तासमेत गर्छस्—र अन्त्यमा तिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने यो महत्त्वपूर्ण मामलामा ढिलाइ गराउँछस्। के तैँले त्यसको जिम्मेवारी वहन गर्न सक्छस्? के त्यस्ता अगुवा र कामदारहरूमा विवेक र समझको पूर्णतः कमी हुँदैन र? तिनीहरू कति स्वार्थी र नीच हुन्छन्! तिनीहरूले आफ्नै मात्र वास्ता गर्छन् र अरूलाई बेवास्ता गर्छन्—यसले के समस्यालाई इङ्गित गर्छ? के तिनीहरू झूटा अगुवाहरू होइनन् र? (हुन्।) यसरी तिनीहरूको समस्याको सार पूर्ण रूपमा खुलासा हुन्छ। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने काममा ध्यान दिनै चाहँदैनन्; तिनीहरूलाई यो समस्याग्रस्त लाग्छ। तिनीहरू हृदयमा सोच्छन्, “दाजुभाइ-दिदीबहिनीहरूको कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउने कामसँग मेरो के सम्बन्ध छ र?” तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने मामलालाई यसरी नै लिन्छन्, जसले गर्दा अन्ततः यो महत्त्वपूर्ण मामलामा ढिलाइ हुन्छ, दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा असर पर्छ, र मण्डलीको काममा पनि असर पर्छ। के तँ त्यस्ता झूटा अगुवाहरू दण्ड पाउन लायक छन् भनेर भन्छस्? (हो।) यो जानीजानी गरिने भएकाले तिनीहरूलाई जिम्मेवार ठहराउनुपर्छ; यो वस्तुगत कारकतत्त्वहरूले गर्दा भएको आकस्मिक ढिलाइ अवश्य नै होइन। यदि प्राकृतिक विपत्ति आइपरेको हुन्थ्यो भने, जस्तै भूकम्प, बाढी, वा कुनै ठूलो राजनीतिक घटनाले यातायात र सञ्चारमा बाधा पुर्याएकाले यी कुराहरू सम्हाल्न असम्भव भएको हुन्थ्यो भने, त्यो बुझ्न सकिने कुरा हुनेथ्यो। तर यदि यीमध्ये कुनै घटना पनि घटेको हुँदैनथ्यो, र तिनीहरूले अझै पनि दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कुरा बिर्सेका वा बेवास्ता गरेका हुन्थे, जसले गर्दा यस्तो महत्त्वपूर्ण मामला—यी व्यक्तिहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कार्य ढिलाइ हुन्थ्यो भने, त्यस्तो अगुवा वा कामदार आफ्नो जिम्मेवारीबाट विमुख भएको हुन्छ। तिनीहरूको दोष अभिलेख गरिनेछ र तिनीहरूलाई जिम्मेवार ठहराइनेछ। कुरो बुझ्यौ? (बुझ्यौँ।) तँ अगुवा वा कामदार होस्, त्यसैले तँसँग आफूले गर्नुपर्ने काम पूरा गर्ने जिम्मेवारी हुन्छ। तेरो जिम्मेवारीको दायराभित्र पर्ने सबै कुराहरू तैँले परमेश्वरको घरका मागहरूअनुसार उचित रूपमा सम्हाल्नु र पूरा गर्नुपर्छ। तर यदि तँ जानीजानी काम गर्नबाट पन्छिन्छस् वा तैँले यसमा ढिलाइ गर्छस् भने, यो जिम्मेवारीबाट विमुख हुनु हो, र यसरी विमुख हुनु अपराध हो। यदि तैँले जानीजानी कुनै मामलामा ढिलाइ गर्छस् र यसलाई सम्हाल्दैनस् भने, तेरो असफलता अन्ततः अपराध बन्नेछ, र परमेश्वरले तेरो दोष अभिलेख गर्नुहुनेछ। यो मामलाका लागि तँलाई उत्तरदायी ठहराइनेछ।
बाहिरका देशहरूमा, यदि परमेश्वरका चुनिएका मानिसहरूको कानूनी स्थितिमा केही निश्चित समस्याहरू छन् भने, वा यदि तिनीहरूका छिमेकी वा अपरिचितहरूले तिनीहरूबारे उजुरी वा रिपोर्ट गरे भने, तिनीहरूले देशनिकालाको खतरा सामना गर्न सक्छन्। बाहिरका देशहरूमा परमेश्वरका चुनिएका कतिपय मानिसहरूलाई निश्चित देशहरूका सरकारले झूटा आरोपहरूमा हिरासतमा लिएर दण्डित गर्न वा पक्राउ गरेर जेल हाल्न समेत सक्छन्। परिस्थिति जेसुकै भए पनि, जब अगुवा र कामदारहरूलाई यसबारे थाहा हुन्छ, तब तिनीहरूले आफ्नो खोलमा लुक्ने कछुवा जस्तो व्यवहार गर्नु हुँदैन; तिनीहरूले यस्तो मामला पहिलो क्षणमै सम्हाल्नुपर्छ, र यसको अन्तिम उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा सुनिश्चित गर्नु, तिनीहरूलाई दुष्ट मानिसहरूको हातमा पर्न नदिनु हुनुपर्छ। यदि अगुवा र कामदारहरूले मण्डलीको कामको बन्दोबस्त गर्नेबारे मात्रै वास्ता गर्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूको कानुनी स्थितिसम्बन्धी प्रक्रिया अघि बढाउने मामलाप्रति ध्यान दिँदैनन्, जसले गर्दा आफ्नो कानुनी स्थिति नभएर दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्छन् वा देशनिकाला गरिन्छन् भने, यी परिणामहरू के हुन्? के त्यस्ता अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य पूरा गर्ने अवसर बरबाद गरेका हुँदैनन् र? के यसले मण्डलीको काममा प्रत्यक्ष असर गर्दैन र? त्यसैले यो समस्याको प्रकृति निकै गम्भीर छ। यदि अगुवा र कामदारहरूले यसभन्दा पहिले यो मामला सम्हालेका छैनन् भने, तिनीहरूले यो मामला सम्हाल्नका लागि वकिलहरूसँग परामर्श गर्न दाजुभाइ-दिदीबहिनीमाझबाट बाहिरी मामलाहरू सम्हाल्न दक्ष व्यक्ति खोजेर, दाजुभाइ-दिदीबहिनीहरू अनि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई रक्षा गर्ने उद्देश्य हासिल गर्न लागिपर्न सक्छन्। यो पनि विदेशमा अगुवा र कामदारहरूले पूरा गर्नैपर्ने महत्त्वपूर्ण काम हो; यो मामला सम्हाल्न स्थानीय अगुवा र कामदारहरूले पहल गर्नैपर्छ। स्थानीय दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नेबाहेक, तिनीहरूले विदेशी दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा झनै गर्नैपर्छ; यसरी मात्रै मण्डलीको काम सुनिश्चित हुन्छ। यो हरेक देशका अगुवा र कामदारहरूले स्थानीय दाजुभाइ-दिदीबहिनीहरू र महत्त्वपूर्ण विदेशी कार्य-कर्मचारीहरूप्रति पूरा गर्नुपर्ने जिम्मेवारी हो; तिनीहरू हात बाँधेर बस्नु हुँदैन। कतिपय अगुवा र कामदारहरू भन्छन्, “तिनीहरू विदेशी दाजुभाइ-दिदीबहिनीहरू हुन्, र हामी तिनीहरूसँग परिचित छैनौँ; हाम्रो बीचमा कुनै व्यक्तिगत सम्बन्ध छैन। तिनीहरूलाई यहाँ सुसमाचार प्रचार गर्न परमेश्वरको घरले पठाएको हो—हामीसँग यसको के सम्बन्ध छ र? यो दुर्घटना त तिनीहरू आफैले आफूमाथि निम्त्याएको कुरा हो; तिनीहरूले आउनुभन्दा पहिले स्पष्ट रूपमा परिस्थितिबारे सोधपुछ गरेनन् र यी मामलाहरू राम्रोसित सम्हालेनन्। हामीसँग यो दुर्घटनामा हस्तक्षेप गर्ने कुनै उपाय छैन; सरकारले तिनीहरूलाई के गर्नेछ कसलाई के थाहा।” तिनीहरूले यी मामलाहरूबाट उम्कन र जोगिनका लागि विभिन्न बहानाहरू मात्रै प्रयोग गर्छन्, र अघि सरेर तिनलाई समाधान गर्ने उपायहरू खोज्ने प्रयास गर्दैनन्। के यसरी व्यवहार गर्नु सही हुन्छ? (हुँदैन।) किन हुँदैन? (यदि अगुवा र कामदारहरू यी समस्याहरू समाधान गर्न अघि सरेनन्, र यसबीच, दाजुभाइ-दिदीबहिनीहरूसँग समस्याहरू समाधान गर्ने कुनै मार्ग भएन भने, अवश्य नै समस्या पैदा हुनेछ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गरेका हुँदैनन्—यो तिनीहरू आफ्नो जिम्मेवारीबाट च्युत हुनु हो।) अगुवा र कामदारहरूको कर्तव्य भनेको परमेश्वरको घरमा अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने हरेक जिम्मेवारी पूरा गर्नु हो। परमेश्वरको घरको दायरा स्थानीय क्षेत्र, स्थानीय भूभाग, वा निश्चित देशमा मात्र सीमित हुँदैन; परमेश्वरको घरका कुनै राष्ट्रिय सीमानाहरू, कुनै क्षेत्रीय सीमाहरू हुँदैनन्। के परमेश्वरले मानिसहरूलाई छनौट गर्नु र मानिसहरूलाई मुक्ति दिनुमा कुनै नस्लीय सीमाहरू हुन्छन्? (हुँदैनन्।) के राष्ट्रियता वा क्षेत्रका सीमाहरू हुन्छन्? (त्यस्ता सीमा पनि हुँदैनन्।) त्यस्ता कुनै पनि सीमा हुँदैनन्। परमेश्वरले आफ्नो काम गर्नुहुने सिद्धान्त यही हो; त्यसकारण, यो सिद्धान्त सत्यता हो! दाजुभाइ-दिदीबहिनीहरू जुनसुकै देशका भए पनि तिनीहरू सबैले एउटै परमेश्वरमा विश्वास गर्छन्, एउटै परमेश्वरलाई पछ्याउँछन्, र एउटै परमेश्वरले सङ्गति र आपूर्ति गर्नुहुने सत्यता खान्छन् र पिउँछन्। तिनीहरूले एउटै परमेश्वरले गर्नुहुने काम अनुभव गर्छन्, र एउटै परमेश्वरको आराधना गर्छन्। छालाको रङ्ग वा नस्ल जेसुकै भए पनि, तिनीहरू परमेश्वरको घरमा र परमेश्वरअघि एकै हुन्छन्—तिनीहरू एउटै परिवार हुन्। तिनीहरू एउटै परिवार भएका हुनाले, तिनीहरूबीच कुनै भिन्नता हुनु हुँदैन; कुनै नश्लीय वा क्षेत्रीय सीमितताहरू हुनु हुँदैन; “तिमी एसियाली हौ, म युरोपेली हुँ,” वा “तिमी गोरो छौ, म गोरो व्यक्ति होइनँ” भन्ने भनाइहरूमा विभाजन हुनु हुँदैन—यी भिन्नताहरू हुनु हुँदैन। यदि तैँले अझै पनि परमेश्वरको घरमा यी भिन्नताहरू छुट्याउँछस् भने, तैँले परमेश्वरको घरलाई परमेश्वरको घरका रूपमा लिँदैनस्, र आफूलाई परमेश्वरको घरको सदस्य ठान्दैनस्भन्ने कुरा स्पष्ट हुन्छ। त्यसकारण, जब विदेशी दाजुभाइ-दिदीबहिनीहरूले देशनिकाला वा गैरकानुनी गिरफ्तारी जस्ता समस्याहरू सामना गर्छन्, तब तिनीहरू जहाँबाट आएका भए पनि, तिनीहरूको राष्ट्रियता जे भए पनि, वा तिनीहरूको छालाको रङ जस्तो भए पनि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू नै हुन्छन्—र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू भएका हुनाले, जब तिनीहरूले समस्याहरू सामना गर्छन्, तब स्थानीय अगुवा र कामदारहरूले अघि सरेर कर्तव्यनिष्ठ रूपमा यो मामला सम्हाल्नुपर्छ, र मानिसहरूबीच भिन्नता छुट्याउनु हुँदैन। यो सिद्धान्तहरूअनुरूप हुन्छ, र परमेश्वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिल्छ, र यो मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यता हो।
अहिले, चीनमा रहेका धेरै परमेश्वरका चुनिएका मानिसहरू सुसमाचार प्रचार गर्न र परमेश्वरको गवाही दिन बाहिरका विभिन्न देशहरू गइरहेका छन्। यी देशहरूमा पुगेपछि, तिनीहरूले शान्त मनले काम गर्न सक्नुभन्दा पहिले गर्नैपर्ने पहिलो कुरा भनेको आफ्नो कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउनु हो। कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउनु सरल कुरा होइन; यसका लागि स्थानीय मण्डलीका मानिसहरूको सहकार्य आवश्यक पर्छ। विभिन्न देशका मण्डली इन्चार्जहरूले चीनबाट आएका परमेश्वरका चुनिएका मानिसहरूलाई कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउने मामला सुल्झाउन मद्दत गर्नका लागि आफ्नो देशका नीतिहरू बुझेका र यसका कानुनहरू जानेका केही दाजुभाइ-दिदीबहिनीहरू खोज्नुपर्छ। यो मामला सुल्झाउनु सर्वाधिक महत्त्वपूर्ण छ। विभिन्न देशका मण्डली अगुवा र कामदारहरूले त्यसमा काम गर्न हरसम्भव प्रयास गर्नुपर्छ, किनभने मानिसहरूको कानुनी स्थितिको मामला पूर्ण रूपमा समाधान गरेर मात्रै मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्छ; नत्र, मण्डलीको काममा असर पर्नेछ। विभिन्न देशका मण्डली इन्चार्जहरू त्यस्ता मामला सम्हाल्न सक्ने मानिसहरूसहित तम्तयार भएर बस्नुपर्छ। यसो गर्नाले मण्डलीको काममा फाइदा गर्छ र यो परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने प्रकटीकरण पनि हो। कतिपय अगुवा र कामदारहरूले यसो भन्न सक्छन्, “हामीले यस्तो मामला कहिल्यै सम्हालेका छैनौँ, र हामीलाई के गर्ने भन्ने पनि थाहा छैन।” यस्तो परिस्थितिमा, तिनीहरूले यस्ता मामलाहरू बुझ्ने मानिसहरू खोज्नुपर्छ। हरेक देशमा परमेश्वरका चुनिएका मानिसहरूमाझ, शिक्षा र ज्ञान भएका मानिसहरू हुन्छन्, र राष्ट्रिय कानुन र नीतिहरू बुझ्ने मानिसहरू पनि हुन्छन्। तिनीहरूलाई यी कुराहरू सम्हाल्ने मार्ग खोज्न अलिअलि परामर्श मात्रै चाहिन्छ—के कुरा त्यही होइन र? यस्तो मामला सम्हाल्दा, तँ निष्क्रिय रहँदै हात बाँधेर बस्नु हुँदैन; यदि तैँले कुनै कुरा बुझेको छैनस् भने, परामर्श गर्न वकिल खोज्नुपर्छ। उपयुक्त प्रकारको वकिल भेट्टाइयो भने, स्वाभाविक रूपमै एउटा मार्ग हुनेछ। हामीले यो कुरा नबुझ्न पनि सक्छौँ, तर वकिलले बुझ्नेछ। खोजी गर्ने हृदय हुनु सही मनोवृत्ति हो; खोजी गर्ने हृदय हुनु भनेको जिम्मेवारीबोध हुनुको प्रकटीकरण हो। यदि निश्चित कठिनाइहरू उत्पन्न भए भने, तैँले एउटै हृदय र मनले प्रार्थना, खोजी, र सङ्गति गर्नुपर्छ, र समस्या समाधान गर्ने सिद्धान्त र मार्ग पत्ता लगाएपछि, तैँले त्यो समस्या पूर्ण रूपमा समाधान गर्नुपर्छ। त्यसपछि मात्रै मण्डलीको काम सहज रूपमा अघि बढ्न सक्छ। यदि समस्या पत्ता लाग्दा, अगुवा र कामदारहरूले यसबारे तुरुन्तै जानकारी लिन, यसको अनुगमन गर्न, र यसलाई समाधान गर्न सक्छन् भने, के तिनीहरू जिम्मेवार अगुवा र कामदारहरू होइनन् र? (हुन्।) त्यस्ता अगुवा र कामदारहरूसँग जिम्मेवारीबोध हुने मात्र नभई, तिनीहरूले तुरुन्तै समस्याहरू समाधान गर्न पनि सक्छन्, र यसको अर्थ तिनीहरू मानकअनुरूपका अगुवा र कामदार बन्ने आशा हुन्छ। सत्यतासम्बन्धी तिनीहरूको बुझाइको गहनता जेजस्तो भए पनि, यदि तिनीहरूले समस्याहरू समाधान गर्ने कार्यमा ध्यान दिन्छन् भने, तिनीहरूले वास्तविक काम गर्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले थोरै मात्र गल्ती गर्छन् वा कुनै पनि गल्ती नगर्न सक्छन्; अनि तिनीहरूले केही गल्ती गरिहाले पनि घाटाहरूको अलिकति पूर्ति गर्न तुरुन्तै ती गल्ती सच्याउन सक्छन्, र अन्तिममा परमेश्वरको घरको कामको रक्षा गर्ने उद्देश्य हासिल गर्न सक्छन्। के तिमीहरूलाई यो जिम्मेवारी पूरा गर्नु गाह्रो छ भन्ने लाग्छ? (लाग्दैन।) वास्तवमा, यो गाह्रो छैन; यो कुरा मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा बफादारी देखाउँछन् कि देखाउँदैनन् र तिनीहरूले आफ्नो काममा आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। तैँले बस केही सोचविचार गर्नुपर्छ, थोरै समय खर्चनुपर्छ, र केही ऊर्जा लगानी गर्नुपर्छ; यसका लागि तैँले पैसा खर्च गर्नु वा कुनै जोखिम लिनु आवश्यक हुँदैन। तैँले बस समस्याहरू समाधान गर्न र मामलाहरू राम्ररी सम्हाल्न मद्दत गर्न अघि सर्नुपर्छ, र यसरी तँ मानकअनुरूपको हुन सक्छस्। त्यसकारण, यो गाह्रो कुरा होइन, र अगुवा र कामदारहरूका लागि, यो कुरा हासिल गर्न सजिलो हुनुपर्छ। तर कति मानिसहरू त यति सजिलो कुरासमेत हासिल गर्न सक्दैनन्, र अपर्याप्त क्षमता वा सामर्थ्यका कारण, वा परिस्थिति वा वातावरणले यसो गर्न नदिएर यस्तो भएको होइन, बरु यो त तिनीहरूमा यसो गर्न इच्छुक नभएकाले यस्तो भएको हो भन्ने कुरा अत्यन्तै स्पष्ट छ। जब महत्त्वपूर्ण कार्य कर्मचारीहरूको कानूनी स्थिति वा निवाससँग सम्बन्धित विशेष परिस्थितिहरू, वा तिनीहरूको बासस्थानको बन्दोबस्तसँग सम्बन्धित मामलाहरू देखा पर्छन्, तब यो काम गर्ने जिम्मेवारी अगुवा र कामदारहरूको हुन्छ। तैँले कसका लागि बासस्थानको बन्दोबस्त गरिरहेको छस्, वा तिनीहरूको राष्ट्रियता वा नस्ल के हो भन्ने कुराको मतलब हुँदैन; तैँले बस यो कुरा परमेश्वरबाट आएको भनेर स्वीकार गर्नुपर्छ। यो काम परमेश्वरले तँलाई सुम्पनुभएको हो; यो तेरो जिम्मेवारी र दायित्व, साथै तेरो मिसन हो। तैँले स्विकार्ने यो काम कुनै पनि व्यक्तिबाट आउँदैन, यो त परमेश्वरबाट आउँछ, त्यसकारण तैँले जसका लागि बासस्थानको बन्दोबस्त गर्दैछस्, ती मानिसहरू को हुन् भन्नेबारे चिन्ता गर्नु हुँदैन। कतिपय मानिसहरूले यसो भन्लान्, “स्थानीय दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नु स्वीकार्य कुरा हो, तर विदेशी दाजुभाइ-दिदीबहिनीहरू यहाँ आए भने त्यो हाम्रो चिन्ताको कुरा होइन।” के यसो भन्ने मानिसहरूमा जिम्मेवारीबोध वा मानवताबोध हुन्छ? (हुँदैन।) तिनीहरूले स्थानीय दाजुभाइ-दिदीबहिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा लिन्छन्, तर विदेशी दाजुभाइ-दिदीबहिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा लिँदैनन्—के यसो गर्नु ठीक हो? (होइन।) के यो सत्यताअनुरूप छ? (छैन।) यो किन सत्यताअनुरूप छैन? (झूटा अगुवाहरूले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्दैनन्; तिनीहरूले विदेशी दाजुभाइ-दिदीबहिनीहरूलाई बेवास्ता गर्छन्, र समस्याहरू उत्पन्न हुँदा मामिलाहरू सम्हाल्न अघि सर्दैनन्—तिनीहरूले परमेश्वरको घरको काम रक्षा गर्दैनन्।) झूटा अगुवाहरू विभिन्न बहानाहरू बनाउँदै जिम्मेवारीबाट पछि हट्छन् र तिनीहरूले वास्तविक काम गर्दैनन्। तिनीहरू आफू परमेश्वरप्रति आफूलाई समर्पित गर्न र सत्यता अभ्यास गर्न इच्छुक रहेको दाबी त गर्छन्, तर मण्डलीको कामका महत्त्वपूर्ण मामलाहरूको कुरा साँच्चै आउँदा तिनीहरू लुक्छन्। यो गैरजिम्मेवार हुनु हो। विदेशमा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्ने सबै मामलाहरूको हकमा, अगुवा र कामदारहरूले तिनलाई तुरुन्तै सम्हाल्नैपर्छ, र यो कुरालाई आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र कार्यका रूपमा लिनुपर्छ। तिनीहरूले यसबाट पन्छिन बहाना बनाउनु हुँदैन, न त तिनीहरूले यो कामलाई गर्ने बेवास्तालाई परमेश्वरको घरका विभिन्न कामको प्रगतिमा असर गर्न दिन नै मिल्छ।
ख. सबै दाजुभाइ-दिदीबहिनीहरूलाई आधारभूत कानुनी ज्ञान प्रदान गर्नु
विदेशमा रहेका दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षासँग सम्बन्धित कामका अरू के-कस्ता पक्षहरूबारे तिमीहरू सोच्न सक्छौ? (बाहिरका देशहरूमा, अगुवा र कामदारहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई केही आधारभूत कानुनी ज्ञान पनि प्रदान गर्नैपर्छ, ताकि तिनीहरूले कानुनी चेतनाबोध विकास गरून् र तिनीहरू कानुन उल्लङ्घन गर्ने क्रियाकलापहरूमा संलग्न हुनबाट जोगिऊन्।) अगुवा र कामदारहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्न सरकारी प्रावधानहरूबारे आधारभूत कानुनी ज्ञान र बुझाइ प्रदान गर्नुपर्छ। तिनीहरूले आफू रहेको देशका स्थानीय दाजुभाइ-दिदीबहिनीहरूबाट आप्रवास नीति र दैनिक जीवनसँग सम्बन्धित नीतिहरू जस्ता क्षेत्रबारे थप जान्नुपर्छ, र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूलाई सङ्गठित गर्दै यी कुराहरू अध्ययन गर्न लगाउनुपर्छ ताकि तिनीहरूले राष्ट्रिय सरकारका प्रावधानहरू कडाइसाथ पालना गरून् र कानुन उल्लङ्घन गर्ने कुनै पनि काम गर्नबाट टाढै बस्न सकून्। खासगरी, धेरै वर्षदेखि तानाशाही शासनमा रहँदै आएका चीनका परमेश्वरका चुनिएका मानिसहरूसँग कानुनी ज्ञानको कमी हुन्छ र तिनीहरूले कानुनको महत्त्व बुझ्दैनन्। परिणामस्वरूप, तिनीहरूले असभ्य मानिसहरू जस्तै जथाभाबी र लापरवाह रूपमा व्यवहार गर्छन्। जब तिनीहरू विदेशमा बस्न आउँछन्, तब तिनीहरू अत्यन्तै अज्ञानी देखिन्छन् र तिनीहरूले प्रायजसो नियमहरूबारे बुझाइको कमी देखाउने कुराहरू गर्छन्। उदाहरणका लागि, कतिपय पश्चिमी लोकतान्त्रिक देशहरूमा, सामाजिक सुव्यवस्था राम्ररी व्यवस्थापन गरिन्छ, जहाँ राती १० बजेदेखि बिहान ८ बजेसम्म होहल्लामा रोक लगाउने प्रावधानहरू लागू गरिएको हुन्छ—कुकुर भुकेको वा निर्माण मेसिनहरूको थर्थराहटजस्ता आवाजहरूका लागि अनुमति दिइँदैन। यदि कसैले यी प्रावधानहरू उल्लङ्घन गर्यो र ऊबारे रिपोर्ट गरियो भने, पुलिसले यसलाई सम्हाल्नेछ। मूलभूमि चीनमा, कसैले पनि यी कुराहरू सम्हाल्दैन; जहाँ मानिसहरू बस्छन् त्यहाँ जथाभाबी होहल्ला हुन्छ, र ठूलो आवाजमा सङ्गीत बजाउने, नाच्ने, पिउने, र पार्टी गर्नेजस्ता सोर मच्चाउने काम हुन्छ, र यसमा कसैले पनि हस्तक्षेप गर्दैन। यदि कसैले केही गर्ने प्रयास गर्यो भने, उसले प्रतिशोधको सामना गर्न सक्छ, त्यसकारण चिनियाँ मानिसहरूसँग यो कुरा सहनेबाहेक अरू कुनै विकल्प हुँदैन। पश्चिमी देशहरू फरक छन्; सबैलाई कानुनले रक्षा गर्छ। यदि तेरो कुकुर राती बारम्बार भुक्छ, जसले गर्दा तेरा छिमेकीहरूको विश्राममा बाधा हुन्छ भने, तिनीहरूले तेरो विरुद्ध उजुरी गर्नेछन्। तैँले गरिरहेको कुराले अरूको सामान्य जीवनमा असर गर्छ, तैँले कानुनी प्रावधानहरू उल्लङ्घन गरेको हुन्छस्—तिनीहरूले तेरो विरुद्ध उजुरी गर्न कानुनलाई हतियारका रूपमा प्रयोग गर्नु वैध नै हुन्छ। कतिपय मानिसहरूले राती ११-१२ बजेसम्म निर्माणको काम जारी राख्छन्, जसले गर्दा तिनीहरूका छिमेकीहरूको विश्राममा असर गर्छ र उजुरी पर्छ। त्यसपछि जरिवाना तिराउन पुलिस आउँछ र तोकिएको समयमा हल्ला नगर्न चेतावनी दिन्छ। कतिपय मानिसहरूमा वातावरणीय सरसफाइबारेमा समेत चेतनाको कमी हुन्छ, र तिनीहरूले सडकमा जताततै फोहोर फाल्छन् र मैला गर्छन्। पश्चिमी लोकतान्त्रिक देशहरू विशेष रूपमा व्यवस्थित हुन्छन्। बासिन्दाहरूका लागि फोहोर फाल्ने समय तय गरिएको हुन्छ, र फोहोर उठाउनका लागि निर्धारित दिनमा फोहोर बोक्ने ट्रकहरू आउँछन्। फोहोर सङ्कलन गरेपछि, सडक सफा हुन्छ। यो कुरा नबुझ्नेहरूले जताततै कसिङ्गर फाल्न सक्छन्, र यसलाई पनि प्रावधानहरूको उल्लङ्घनको रूपमै लिइन्छ। यसले सार्वजनिक सरसफाइ र सहरको रूप बिगार्छ, त्यसकारण तिनीहरूविरुद्ध उजुरी पर्न सक्छ। चिनियाँ मानिसहरू विदेशमा बस्दा नियमहरू पालना नगरेर प्रायजसो उजुरीमा पर्छन्। धेरैपटक रिपोर्ट गरिएपछि, तिनीहरूले पश्चिमी मानिसहरूबारे रायहरू विकास गर्छन्, र भन्छन्, “पश्चिमी मानिसहरू बस उजुरी गर्न मन पराउँछन्; तिनीहरूले हरेक सानोभन्दा सानो कुराबारे उजुरी गर्छन्,” र यसबारे म भन्छु, “तिनीहरूले धेरै कुराहरूबारे तेरो विरुद्ध उजुरी गरे, तर तैँले आत्मचिन्तन गरेकै छैनस्, बरु उजुरी गरे भनेर तिनीहरूलाई दोष मात्रै दिन्छस्। त्यसैले तिनीहरूले उजुरी गर्नु सही पो थियो कि? तैँले गरेका कुराहरू सही थिए कि थिएनन्?” तिनीहरूले ती उजुरीहरू दायर गर्नु पूर्ण रूपमा सही थियो; तैँले तिनीहरूको हितमा हानि गरिस् र तिनीहरूको जीवनमा असर पारिस्, त्यसकारण तिनीहरूले किन तेरो विरुद्ध उजुरी गर्नु हुँदैन र? यो सामाजिक सुव्यवस्थाको रक्षा गर्नका लागि र यो देश कानुनद्वारा शासित छ भन्ने कुरा प्रदर्शन गर्नका लागि गरिन्छ; सबैलाई कानुनले रक्षा गर्छ, र यो देशमा कानुन देखाउनका लागि हुँदैन—हरेकले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न कानुनलाई हतियारका रूपमा प्रयोग गर्न सक्छ। तिनीहरूले तेरो विरुद्ध उजुरी गरिरहेका छन्, किनभने तैँले कानुन बुझेको छैनस् र स्थानीय प्रावधानहरू उल्लङ्घन गरेको छस्। तैँले सुरुमा स्थानीय प्रावधानहरू जान्नुपर्छ, अनि कानुन र प्रावधानहरूअनुसार व्यवहार गर्नुपर्छ—त्यसपछि, के तँलाई तिनीहरूले अझै पनि तेरो विरुद्ध उजुरी गर्नेछन् भन्ने लाग्छ? (तिनीहरूले त्यसपछि उजुरी गर्नेछैनन्।) त्यसोभए मामला जति नै गम्भीर भए पनि चिनियाँ मानिसहरूले किन कहिल्यै उजुरी गर्दैनन् त? (तिनीहरूलाई सरकारले धेरै समयदेखि दमन गर्दै आएको छ। तिनीहरूले उजुरी गर्ने आँट गर्दैनन्। चिनियाँ मानिसहरूमा आफ्नो अधिकारको रक्षा गर्ने कुनै अवधारणा हुँदैन।) चीन कानुनले शासन गर्ने देश होइन। त्यहाँ कानुनअनुसार शासन गरिँदैन। चीनका कानुनहरू प्रदर्शनका लागि मात्रै हुन्, र त्यहाँ उजुरी गर्नु व्यर्थ हुन्छ। यदि तैँले उजुरी गरिस्, र अर्को पक्षसँग शक्ति र प्रभाव छ भने, उसले तेरो खेदो खन्न सक्छ। यदि तँसँग कुनै प्रभाव छैन भने, तैँले उजुरी गर्ने आँटसमेत गर्दैनस्; उजुरी गर्दा तँ सजिलै समस्यामा पर्न सक्छस्। त्यसकारण जब चिनियाँ मानिसहरूमाथि सतावट आइपर्छ—विशेषगरी कुनै व्यक्ति मारिएको अवस्थामा—त्यो मृत्यु जति नै अन्यायपूर्ण भए पनि, यदि दोषीले केही पैसा तिर्यो भने मामला व्यक्तिगत रूपमै सल्टाउन सकिन्छ। पीडितको परिवारका सदस्यहरूले किन मुद्दा हाल्दैनन्? तिनीहरूलाई आफूले कहिल्यै जितिन्न भन्ने थाहा हुन्छ; यसका लागि धेरै पैसा खर्च गरे पनि तिनीहरूले न्याय प्राप्त गर्दैनन्, न त अपराधीलाई नै कठघरामा उभ्याइन्छ, त्यसकारण तिनीहरूले यसलाई कानुनी रूपमा अघि नबढाउने बरु व्यक्तिगत रूपमै सल्टाउने निर्णय गर्छन्। चीनका कानुनहरू प्रदर्शनका लागि मात्रै हुन्; चीन कानुनको शासनमा रहेको देश होइन, र त्यहाँ न्याय खोज्ने कुनै ठाउँ छैन। त्यहाँ मुद्दा हाल्नु व्यर्थ हुन्छ। त्यसकारण, चिनियाँ मानिसहरूले जस्तोसुकै गैरकानुनी परिस्थितिहरू सामना गरे पनि उजुरी गर्ने आँट गर्दैनन्। यस्तो किन हुन्छ भने, कम्युनिस्ट पार्टीले दुष्कर्मबाहेक अरू केही पनि गर्दैन, यो अत्यन्तै समझहीन छ, र यसले कानुनअनुसार शासन गर्दैन। चीनमा, कुनै व्यक्ति सर्वसाधारण हो भने, उसले सामना गर्ने समस्या जति नै गम्भीर भए पनि, त्यो कम्युनिस्ट पार्टीको नजरमा चिन्ताको विषय हुँदैन—कसैले पनि यसलाई सम्बोधन गर्नेछैन। अरूको विश्राममा असर गर्ने, वा चोर्ने, लुट्ने, र घर फोर्नेजस्ता कुराहरूलाई कम्युनिस्ट पार्टीले समस्या ठान्दैन। तर पश्चिमी देशहरूमा अवस्था फरक हुन्छ। पश्चिममा लोकतान्त्रिक प्रणाली छ र यो कानुनले शासन गर्ने समाज हो; कसैको विश्राममा असर पर्यो भने, उजुरी पर्नेछ, र यो मामलाको अनुसन्धान गर्न र त्यसलाई सम्हाल्न पुलिस आउनेछ। पश्चिमीहरूमा यो कानुनी चेतना हुन्छ र तिनीहरूले त्यस्ता मूर्ख काम गर्दैनन्; विदेशबाट आएका र नियमहरू नबुझ्नेहरूले मात्रै यस्ता मूर्ख काम गर्छन्। जब चिनियाँ मानिसहरू सुरुमा विदेश बस्न थाल्छन्, तब तिनीहरू प्रायजसो उजुरीहरूमा परिरहन्छन्। समय बित्दै जाँदा, तिनीहरूले स्थानीय कानुन र प्रावधानहरूबारे थाहा पाउँछन् र त्यसउप्रान्त कानुन उल्लङ्घन गर्ने वा अरूलाई बाधा दिने कामकुराहरू गर्ने आँट गर्दैनन्। त्यसकारण, अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरू रहेको देशका विभिन्न कानुन र प्रावधानहरूबारे जान्ने तुल्याउन सङ्गठित गर्नुपर्छ। तिनीहरूले जे गर्ने अभिप्राय राखे पनि सुरुमा कानुनबारे परामर्श लिनैपर्छ—तिनीहरूले आफ्नै आँगनमा कुखुरा वा सुँगुर पाले पनि, सुरुमा सरकारका प्रावधानहरू जाँच गर्नुपर्छ। तिनीहरूले अनलाइनमा जानकारी खोज्न वा स्थानीय दाजुभाइ-दिदीबहिनीहरूसँग परामर्श लिन सक्छन् र यसरी सही उत्तरहरू भेट्टाउन सक्छन्। विभिन्न पश्चिमी देशहरूमा, सबै मामलाहरूबारे सरकारले निश्चित प्रावधानहरू तोकेको हुन्छ। उदाहरणका लागि, निर्माण क्षेत्रमा विद्युत प्लगहरू भुइँबाट कति माथि हुनुपर्छ र हरेक प्लग एक अर्काबाट कति टाढा हुनुपर्छ भन्नेबारे प्रावधानहरू छन्। सिँढीको रेलिङ्को मोटाइ र सिँढीको बारको चौडाइबारे पनि निश्चित मापदण्डहरू छन्। निर्माणको हरेक चरणमा सरकारी कर्मचारीहरूले निरीक्षण गरिरहेका हुन्छन्, त्यसकारण निर्माण संहिताहरू उल्लङ्घन गर्ने भवनहरू वा नियमन नगरिएका निर्माणहरू दुर्लभ हुन्छन्। यदि बासिन्दाहरूले घर बनाउन, औजार राख्ने कटेरो, वा आफ्नो आँगनमा सानो भण्डारण कोठा बनाउन चाहन्छन् भने, तिनीहरूले सरकारी अनुमति लिनैपर्छ। यदि तिनीहरूले कुखुरा वा हाँस पाल्न चाहन्छन् भने, छिमेकीको घरजग्गाबाट त्यो घेरबार गरिएको ठाउँ कति टाढा हुनुपर्छ भन्नेबारे प्रावधानहरू हुन्छन्। अगुवा र कामदारहरूले यी कानुन र प्रावधानहरू नबुझे पनि, यदि मण्डलीको काममा यी मामलाहरू पर्छन् भने, तिनलाई तिनीहरूले ध्यान दिनैपर्छ। तिनीहरूले सुरुमा स्थानीय कानुन र सरकारी प्रावधानहरूबारे परामर्श गर्नुपर्छ; यी कुराहरूबारे स्पष्ट हुनु हाम्रो कर्तव्य निर्वाहका लागि फाइदाजनक हुन्छ। कानुनी मामलाहरू मण्डलीको आन्तरिक कामसँग सीधै सम्बन्धित नभए पनि, सबैलाई आधारभूत कानुनी ज्ञान प्रदान गर्नु अझै पनि फाइदाजनक नै हुन्छ। कम्तीमा पनि, तिनीहरूले केही ज्ञान प्राप्त गर्न सक्छन्, केही नियमहरू बुझ्न सक्छन्, कसरी उचित रूपमा जिउने भनेर जान्न, र मानवताको स्वरूप हासिल गर्न सक्छन्। यसका साथै, अगुवा र कामदारहरूले बाहिरी मामलाहरूका लागि जिम्मेवार मानिसहरूसँग सङ्गति पनि गर्नुपर्छ, र तिनीहरूलाई कानुनी चेतना विकास गर्न मद्दत गर्नुपर्छ। सानातिना मामलाहरूको हकमा वकिलसँग परामर्श गर्नु अनावश्यक हुन्छ—तिनीहरूले स्थानीय प्रावधानहरू बुझेर तिनलाई कडाइसाथ पालना मात्र गरे पुग्छ। तर ठूला मामलाहरूको हकमा भने, तिनीहरूले स्थानीय कानुनहरूको बुझाइ प्राप्त गर्न वकिलसँगै परामर्श लिनुपर्छ। सारांशमा भन्दा, जेसुकै गरिरहेको भए पनि, सबै कार्य कानुन र प्रावधानहरूअनुरूप हुनैपर्छ। यसरी केही समयसम्म अभ्यास गर्दा मानिसहरूले कानुन र प्रावधानहरू पालना गर्नुको महत्त्व अनुभव गर्नेछन्, र तिनीहरूले कामकुरा गर्दा नियमहरू पालना गर्नेछन्। यो मण्डलीको कामका लागि पनि फाइदाजनक नै हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।