अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२८) खण्ड चार

ड. जटिल पृष्ठभूमि हुनु

हामी अर्को प्रकटीकरणलाई हेरौँ: जटिल पृष्ठभूमि हुनु। तिमीहरूलाई कस्तो प्रकारका मानिसहरूको जटिल पृष्ठभूमि हुन्छ जस्तो लाग्छ? (कतिपय मानिसहरू आपराधिक भूमिगत संसार र वैधानिक वृत्त दुवैमा संलग्‍न हुन्छन्, र तिनीहरूको सामाजिक पृष्ठभूमि तुलनात्मक रूपमा जटिल हुन्छ—के तिनीहरू यो वर्गमा पर्छन्?) जब हामी जटिल पृष्ठभूमिहरूका बारेमा कुरा गर्छौँ, तब हामीले अवश्य नै संसार बुझेका मानिसहरूलाई जनाइरहेका हुन्छौँ। संसार बुझेका मानिसहरूको सामान्य तौरतरिका कस्तो हुन्छ? तिनीहरू बस्छन्, उपरखुट्टी लगाउँछन्, र अविराम कुरा गर्न थाल्छन्; तिनीहरूले संसारको हरेक कुराबारे बकबक गरिरहन्छन्, र आन्तरिक र अन्तर्राष्ट्रिय मामलाहरू दुवैका बारेमा केही समयसम्म मनपरी बोल्न सक्छन्, तर तिनीहरूले भन्ने एउटा पनि शब्द साँचो हुँदैन—ती सबै ठूला कुरा मात्र हुन्छन्, जुन कि त बनावटी हुन्छन् कि त काल्पनिक मात्रै। सेखी गर्ने मानिसहरू जटिल सामाजिक पृष्ठभूमि भएका नै हुन्छन् भन्‍ने हुँदैन। सेखी गर्ने मानिसहरू त आवारा, र साधारण मानिस मात्रै हुन सक्छन्—तिनीहरू जहाँ गए पनि ठूला कुरा गर्छन्, मानिसहरूलाई बहकाउन र अरूलाई तिनीहरूका बारेमा उच्च सोच राख्न लगाउनका लागि उच्च र अवास्तविक कुराहरूका बारेमा बोल्छन्, अनि तिनीहरूको प्रतिष्ठा बर्बाद हुन धेरै समय लाग्दैन। कस्तो प्रकारका मानिसहरूको पृष्ठभूमि जटिल हुन्छ? उदाहरणका लागि, कतिपय मानिसहरू समाजका राजनीतिक पार्टीमा आबद्ध हुन्छन्, तर धेरै वर्ष प्रयास गरेपछि पनि, तिनीहरूले कुनै हैसियत प्राप्त गर्दैनन्। त्यसपछि, तिनीहरू अर्को पार्टीमा आबद्ध हुन्छन्, र तिनीहरू बल्ल सानोतिनो नेता वा सानोतिनो अधिकारीको पद प्राप्त गर्न सफल हुन्छन्। तिनीहरूका सामाजिक सम्बन्धहरू निकै जटिल हुन्छन्। तिनीहरूले सङ्गत गर्ने मानिसहरू तिनीहरूका मित्र हुन् कि शत्रु हुन् भनेर कसैले पनि निश्‍चित रूपमा भन्‍न सक्दैन—तिनीहरूको आफ्नै परिवारलाई समेत थाहा हुँदैन, तिनीहरू आफैलाई मात्रै थाहा हुन्छ। के त्यस्ता मानिसहरूको पृष्ठभूमि जटिल हुँदैन र? (हुन्छ।) यी मानिसहरूको पृष्ठभूमि राजनीतिक रूपमा जटिल हुन्छ। तिनीहरूले आज एउटा पार्टीलाई समर्थन गर्छन्, भोलि अर्कोलाई समर्थन गर्छन्; आज तिनीहरूले निर्वाचनमा एउटा व्यक्तिलाई समर्थन गर्छन्, र भोलि अरू कसैलाई समर्थन गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले साँच्चिकै के सोच्छन् भन्‍ने कुरा कसैलाई थाहा हुँदैन। तिनीहरूले कसलाई समर्थन गर्छन्, वा तिनीहरूको राजनीतिक अडान वा राजनीतिक उद्देश्यहरू ठ्याक्कै के-के हुन् भनेर तिनीहरूले साधारण मानिसहरूलाई बताउँदैनन्; तिनीहरूले यी कुराहरू अत्यन्तै गोप्य राख्छन्, र साधारण मानिसहरूलाई—तिनीहरूको आफ्नै परिवारलाई समेत—तिनीहरूबारे यी कुराहरू थाहा हुँदैन। तर, तिनीहरू राजनीतिबारे अत्यन्तै उत्साही हुन्छन्, र राजनीतिक मञ्चमा तिनीहरूका केही चिनजान हुन्छ र तिनीहरूले केही मानिसहरू चिनेका हुन्छन्; यति मात्र हो कि अहिलेका लागि, तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षाहरू हासिल गरेका हुँदैनन्। यस्तो व्यक्ति मण्डलीमा प्रवेश गरेपछि, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू राजनीति नबुझ्ने वा त्यसमा संलग्‍न नहुने साधारण मानिस मात्रै हुन् भन्‍ने देख्छन्, र हृदयमा, तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरूलाई तिरस्कार गर्छन्। तैपनि, तिनीहरूले सधैँ धार्मिक संसार र समाजमा रहेको मण्डलीको ख्यातिलाई दुरुपयोग गर्न वा मण्डलीको प्रभावको फाइदा उठाएर आफूले चाहेको कुरा गर्न, आफ्ना बढ्ता चाहनाहरू पूरा गर्न वा आफ्ना राजनीतिक महत्त्वाकाङ्क्षाहरू पूर्ण रूपमा अभिव्यक्त गर्न चाहन्छन्—अर्थात्, तिनीहरू मण्डलीभित्रै लुक्न, र सही अवसरको प्रतीक्षा गर्न चाहन्छन्, ताकि तिनीहरूले आफ्ना राजनीतिक उद्देश्यहरू पूरा गर्नका लागि मण्डली समुदाय वा मण्डलीभित्रका निश्‍चित मानिस, घटना, र कामकुराहरूलाई प्रयोग गर्न सकून्। के यस्तो व्यक्तिको पृष्ठभूमि जटिल हुन्छ भनेर मान्‍न सकिन्छ? (सकिन्छ।) राजनीतिमा संलग्‍न हुनेहरूले प्रयोग गर्ने विचार, मामलाहरू सम्हाल्ने सिद्धान्तहरू, विभिन्‍न कार्यनीतिहरू, र बोल्ने रणनीति र विधिहरू साधारण मानिसहरूले छर्लङ्ग देख्‍न नसक्‍ने कुरा हुन्। विशेष गरी, जवान मानिसहरू वा सामाजिक अनुभव नभएका मानिसहरूले तिनीहरूलाई छर्लङ्ग देख्नै सक्दैनन्। राजनीतिक रूपमा जटिल पृष्ठभूमि भएका यी मानिसहरूका लागि राजनीतिक चतुऱ्याइँ नभएका मानिसहरू तिनीहरूका हातका खेलौना हुन्, र तिनीहरूले त्यस्ता मानिसहरूलाई पूर्णतः हेयको दृष्टिले हेर्छन्। एउटा अस्पष्ट उदाहरण दिनुपर्दा, पशु जगतमा, सबैभन्दा धूर्त प्राणीहरू सर्प, स्याल, र बाघ हुन्। तिनीहरूको दृष्टिकोणमा, भेडा, खरायो, मृग, र कुकुर जस्ता जनावरहरू मूर्ख हुन्। राजनीतिक पृष्ठभूमि भएका मानिसहरूले धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसरी नै हेर्छन्, जसरी स्याल र सर्प जस्ता धूर्त पशुहरूले भेडा, मृग, र कुकुर जस्ता निश्छल पशुहरूलाई हेर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई स्पष्ट रूपमा देख्‍न सक्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न सक्दैनन्। त्यसोभए हामीले राजनीतिक रूपमा जटिल पृष्ठभूमि भएका मानिसहरूलाई कसरी खुट्ट्याउन सक्छौँ? राजनीतिमा संलग्‍न मानिसहरूको हृदय राजनीति र शक्तिमा केन्द्रित हुन्छ। तिनीहरूलाई शक्ति र राजनीतिमा संलग्‍न हुन मनपर्छ भने, ढिलो-चाँडो तिनीहरू राजनीतिमा सहभागी हुनेछन्; तिनीहरू सधैँभरि मण्डलीमा लुकेर बस्‍न सक्दैनन्। जब तिनीहरूले आफ्नै खुलासा गर्छन्, तब तैँले यो कुरा बुझ्नेछस्: “त्यसोभए, तिनीहरूले त राजनीतिक उद्देश्यका लागि पो परमेश्‍वरमा विश्‍वास गर्दा रहेछन्! तिनीहरूको राजनीतिक पृष्ठभूमि छ र तिनीहरूले परमेश्‍वरमा इमानदारीका साथ विश्‍वास गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नुमा तिनीहरूको अर्कै एजेन्डा छ!” ती मानिसहरू पहिलो पटक मण्डलीमा प्रवेश गर्दा, तिनीहरूले आफूलाई अत्यन्तै राम्रोसँग लुकाउँछन्, तिनीहरू भेलाहरूमा सहभागी हुन्छन् र सामान्य तरिकाले आफ्नो कर्तव्य पूरा गर्छन्। तर अनुकूल समय आएपछि, तिनीहरूले आफूले चाहेको कुरा गर्न मण्डलीलाई प्रयोग गर्ने प्रयास गर्नेछन्, र तिनीहरूका बढ्ता चाहनाहरू र साँचो मुहार स्वाभाविक रूपमै खुलासा हुनेछन्। त्यसपछि मात्रै दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू अविश्‍वासी हुन् भन्‍ने कुरा देख्‍न सक्‍नेछन्। जब तिनीहरूको खुलासा हुन्छ, तब तिनीहरूलाई खुट्ट्याउन निकै सजिलो हुन्छ। उदाहरणका लागि, जब एउटा ब्वाँसो भेडाको भेष धारण गरेर बगालमा मिसिन्छ, तब तैँले त्यो ब्वाँसो हो कि भेडा हो भनेर खुट्ट्याउन नसक्लास्, तर जब त्यसले भेडा खान थाल्छ, तब तैँले त्यसलाई ब्वाँसोका रूपमा खुट्ट्याउनेछस्। जो राजनीतिमा संलग्‍न छन् तिनीहरू सबै मण्डलीमा घुसपैठ गरेका अविश्‍वासी हुन्। जब यी मानिसहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएर कुनै राजनीतिक पार्टीमा आबद्ध हुन र तिनीहरूसँग राजनीतिमा सहभागी हुन आकर्षित गराउने प्रयास गर्छन्, तब तैँले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास झूटो हो, र तिनीहरूको साँचो उद्देश्य भनेको राजनीतिमा संलग्‍न हुनु हो भन्‍ने देख्‍नेछस्—तिनीहरूको पृष्ठभूमि जति नै जटिल भए पनि, त्यो सतहमा आएको र खुलासा भएको हुनेछ। यस विन्दुमा, मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सक्‍नेछन्। यो जटिल पृष्ठभूमि भएको एक प्रकारको व्यक्ति हो—जसको राजनीतिक पृष्ठभूमि जटिल हुन्छ।

जटिल पृष्ठभूमि भएका मानिसहरूको वर्गमा पर्ने अर्को प्रकारको व्यक्ति पनि छ। समाजका कतिपय मानिसहरू आफ्नो उचित स्थानमा बस्दैनन् र तिनीहरूले भद्र जीवन जिउँदैनन्, बरु तिनीहरू शङ्कास्पद व्यक्तिहरूको सङ्गत गर्न मन पराउँछन्। उदाहरणका लागि, यी व्यक्तिहरूमा जालसाजी र ठगी गर्ने वा आपराधिक भूमिगत संसारका सदस्यहरू; समाजमा हैसियत, ख्याति, र प्रतिष्ठा भएका, बाहिरी रूपमा सरकारी अधिकारी वा व्यापारी हुने, तर पर्दा पछाडि सधैँ गैरकानुनी र आपराधिक क्रियाकलापहरूमा संलग्‍न हुने, राज्यले निषेध गरेको बन्दुक, लागूऔषध, वा अन्य निषेधित वस्तु तस्करी गर्न निश्‍चित अधिकारी वा आपराधिक भूमिगत संसारका सदस्यहरूसँग मिलेमतो गर्ने मानिसहरू; साथै धेरै पटक दोषी ठहरिएका र जेल परेका र चिहान लुट, बलात्कार, यौन शोषण जस्ता केही दुष्ट कार्यहरू गरेका, वा मानव बेचबिखन वा मानव तस्करी समेत गर्ने मानिसहरू पर्छन्। जटिल पृष्ठभूमि भएका यस किसिमका मानिसहरूले यस्ता व्यक्तिहरूको सङ्गत गर्छन्, र यसका साथै तिनीहरूसँग विशेष रूपमा घनिष्ठ सम्बन्ध राख्छन्—तिनीहरूले एक-अर्कालाई “दाजुभाइ” भनेर बोलाउँछन्, साथै तिनीहरूले एक-अर्कालाई प्रयोग गर्छन् र एक-अर्काका लागि कामकुरा गर्छन्। झट्ट हेर्दा, यी मानिसहरूले प्रस्ट रूपमा दुष्ट देखिने कुनै कार्य गर्दैनन्, र तिनीहरूले चोरी, लुटपाट, हत्या, वा आगजनी गर्दैनन्, तर तिनीहरूले सङ्गत गर्ने समूह र तिनीहरू घुलमिल हुने वृत्तहरू सबै यी अभद्र व्यक्तिहरूद्वारा बनेका हुन्छन्। के यस्तो व्यक्ति पनि निकै डरलाग्दो हुँदैन र? (हुन्छ।) तिनीहरूले व्यापारमा लगानी गर्न यी व्यक्तिहरूसँग साझेदारी गर्छन्, र जब तिनीहरूको साझेदारले कुनै गैरकानुनी काम गर्छ र उसलाई तिनीहरूको सहयोगको खाँचो पर्छ, तब तिनीहरूले सहायता प्रदान गर्छन्। तिनीहरू मुख्य दोषी नहुने भए पनि, तिनीहरू मतियार हुन्छन्। यस्तो व्यक्तिले बारम्बार कानुनको सीमा मिच्छ भनेर भन्‍न सकिन्छ। “कानुनको सीमा मिच्नु” भन्नुको अर्थ के हो? (यसको अर्थ तिनीहरू प्रायजसो कानुन तोड्ने सम्भावना भएका क्रियाकलापहरूमा संलग्‍न हुन्छन् भन्‍ने हुन्छ।) त्यो एउटा पक्ष हो। यसका साथै, तिनीहरूले प्रायजसो कानुनी कमजोरीहरूको फाइदा उठाउँछन्, र तिनीहरू संलग्‍न हुने कुराहरू सबै ठूलै मामिला हुन्छन्। यदि तिनीहरू कुनै बेला पक्राउ परे भने, तिनीहरूले मतियारका रूपमा समेत १०-२० वर्षको जेल सजाय पाउन सक्छन्, वा तिनीहरूलाई ठूलो जरिवाना लाग्न सक्छ। के तँ यस्तो व्यक्ति कष्टदायी हुन्छ भनेर भन्दैनस् र? (भन्छु।) तैँले तिनीहरूलाई कहिल्यै स्पष्ट रूपमा दुष्ट कार्य गरेको देखेको छैनस्, र तिनीहरूले मानिसहरूलाई मार्ने, आगो लगाउने, वा कसैलाई ठग्‍ने वा फसाउने गरेको देखेको छैनस्, तर जब गैरकानुनी रूपमा आफ्‍नो गोजी भर्ने र आपराधिक भूमिगत संसार र वैध वृत्त दुवैमा कानुन तोड्ने मानिसहरू ठूलो नाफा कमाउनका लागि गैरकानुनी क्रियाकलापहरूमा संलग्‍न हुन्छन्, तब यस्तो व्यक्तिले पनि लूटको एक हिस्सा लिन्छ र नाफाको भाग पाउँछ। के तिमीहरूलाई यस्तो व्यक्ति जटिल पृष्ठभूमि भएको व्यक्तिमा पर्छ भन्ने लाग्छ? (लाग्छ।) के त्यस्ता मानिसहरू परमेश्‍वरको घरमा रहनु राम्रो कुरा हो? (होइन।) तिनीहरू आपराधिक भूमिगत संसार र वैध वृत्तहरू दुवैको सङ्गत गर्छन्, र त्यति मात्र होइन, तिनीहरू गैरकानुनी क्रियाकलापहरूमा पनि संलग्‍न हुन्छन्—यो एक जटिल पृष्ठभूमि हो। यदि तिनीहरूले केही सरकारी अधिकारीहरूको सङ्गत गर्छन्, र तिनीहरूले सामान्य तरिकाले तिनीहरूसँग सङ्गत र अन्तरक्रिया गर्छन् भने, त्यो स्वीकार्य हुन्छ। तर, यदि तिनीहरूले सङ्गत गर्ने मानिसहरू विभिन्‍न गैरकानुनी र आपराधिक क्रियाकलापहरूमा संलग्‍न नकारात्मक पात्रहरू हुन् भने, त्यो अत्यन्तै कष्टदायी कुरा हो, र ढिलो-चाँडो, केही नराम्रो हुनेछ। यस्तो व्यक्तिले ती मानिसहरूसँग सङ्गत गर्न मन पराउँछ; उसले तिनीहरूको बुई समेत चढ्छ, पैसा कमाउन, धनी हुन, र राम्रो जीवन जिउनका लागि तिनीहरूको प्रभावमा भर पर्छ। त्यसोभए के उसलाई असल व्यक्ति मान्‍न सकिन्छ? (सकिँदैन।) मानिसहरूले प्रायजसो यसो भन्ने गर्छन्, “चोर चोरसँग, साधु साधुसँग”—तिनीहरूले आपराधिक भूमिगत संसारका र वैध वृत्तका सदस्यहरू दुवैसँग सङ्गत गर्न सक्छन्, के तँलाई तिनीहरू आफ्नो उचित स्थानमा बस्‍ने सभ्य व्यक्ति हुन् भन्‍ने लाग्छ? (लाग्दैन।) अवश्य नै लाग्दैन। एक हिसाबमा, तिनीहरू सायद ती मानिसहरूका लागि उपयोगी हुने भएकाले ती व्यक्तिहरूको सङ्गत गर्छन्—तिनीहरूले आफूले सङ्गत गर्नेहरूका लागि निश्‍चित कामहरू सम्हाल्न सक्छन्। अर्को हिसाबमा, तिनीहरूलाई आफूले सङ्गत गरेका आपराधिक भूमिगत संसार र वैध वृत्त दुवैका मानिसहरू मन पर्ने हुनाले तिनीहरू त्यसो गर्छन्—ती मानिसहरूको सीप, क्षमता, र प्रभाव, र तिनीहरूलाई उनीहरूबाट मिल्ने फाइदाहरू, सबै तिनीहरूलाई चाहिने र तिनीहरूले आनन्द लिने कुराहरू हुन्। त्यसोभए, तिनीहरू ठ्याक्कै कस्ता व्यक्ति हुन्? (तिनीहरू सभ्य व्यक्ति होइनन्।) हामी यसलाई यसरी मात्रै भन्‍न सक्छौँ। तिनीहरू आफूले सङ्गत गर्ने मानिसहरूकै वर्गका हुन्छन्—तिनीहरू सबैले एक-अर्कालाई प्रयोग गर्छन्। यस संसारमा, तेरा लागि काम गर्न वा तँमा पूर्ण रूपमा भरोसा गर्न र तेरो साथी हुन सक्‍ने मानिसहरू धेरै छैनन्, तर तिनीहरू अस्तित्वमा चाहिँ छन्—त्यस्ता मानिसहरूको सङ्गत गर्नु आवश्यक छैन। यस्तो व्यक्तिले तिनीहरूको सङ्गत गर्छ, किनभने एक हिसाबमा तिनीहरूका साझा दुष्ट गुणहरूका कारण तिनीहरू सँगै मिलेर बस्छन् र तिनीहरू एउटै ड्याङका मूला जस्तै हुन्छन्। अर्को हिसाबमा, यसको कारण के हो भने, यो व्यक्ति आफ्नो हितका लागि र बाहिरी संसारमा आफ्नो अस्तित्वका लागि कुनै पनि हदसम्म जान्छ, र मानिसहरूको सङ्गत गर्ने बारेमा तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन, न त तिनीहरूसँग आफूले गर्ने कुनै पनि कुराका बारेमा नै कुनै सिद्धान्त हुन्छ। गैरविश्‍वासीहरूले यसो समेत भन्छन्, “भद्र व्यक्तिले सम्पत्तिलाई प्रेम गर्छ तर त्यो सही तरिकाले आर्जन गर्छ”, र उसले यसलाई न्यूनतम मानकका रूपमा पालना गर्छ। उसले यो न्यूनतम मानक पूरा गर्न सके पनि वा नसके पनि, जे भए पनि, यसलाई मानवजातिका बीचमा अस्तित्वका लागि तुलनात्मक रूपमा उच्च दर्शन मानिन्छ। तर, जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू आफ्नै हितहरू र नाफा प्राप्तिका लागि मानिसहरूको सङ्गत गर्ने कुरामा नैतिकहीन र अविवेकी हुन्छन्—यदि तिनीहरूले त्यसबाट फाइदाहरू प्राप्त गर्न सक्छन् भने, तिनीहरूले जोसुकैको सङ्गत गर्नेछन्। यति मात्र होइन, तिनीहरूले ती मानिसहरूको सङ्गत गर्न पाउँदा निकै गर्व गर्छन्, र तिनीहरू आफूले मानिसहरूको सङ्गत गर्नका लागि प्रयोग गर्ने विधिहरू उत्कृष्ट छन् भन्‍ने सोच्छन्। त्यसोभए, हामीले यस्तो व्यक्तिलाई कसरी हेर्नुपर्छ? तिनीहरू आपराधिक भूमिगत संसार र वैध वृत्तहरू दुवैमा संलग्‍न हुन्छन्—यो एक जटिल पृष्ठभूमि हो। यस्तो व्यक्ति अत्यन्तै डरलाग्दो हुन्छ! के तिनीहरूले देखाउने अनुहार वास्तविक हुन्छ? अहँ, तिनीहरूले सधैँ मुखौटो लगाइरहेका हुन्छन्। तैँले कहिल्यै तिनीहरूलाई छर्लङ्ग देख्‍न सक्दैनस् वा तिनीहरूले भित्रभित्रै के सोचिरहेका छन् भन्‍ने कुरा जान्‍न सक्दैनस्। तिनीहरूले तेरो सङ्गत गर्दा मुखौटो लगाउँछन्, र तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूका बीचमा समेत लुकेर बस्छन्। यो त ठ्याक्कै मानिसहरूको भीडमा दियाबलस मिसिएको जस्तै हो, वा भेडाको बथानमा स्याल वा ब्वाँसो घुसे जस्तै हो। के त्यसले तँलाई सुरक्षित महसुस गराउँछ? (गराउँदैन।) तँ किन यसो भन्छस्? यो तिनीहरूको धूर्त, क्रूर, र दुष्ट प्रकृतिमा आधारित छ; तिनीहरूले निरन्तर तेरो विरुद्धमा षड्यन्त्र गरिरहेका हुन्छन्—यस्तो लाग्छ कि तेरो पछाडि सधैँ एक जोडी कुटिल र दुष्ट आँखाहरू छन्, र तिनले तेरो हरेक चाललाई नियालिरहेका छन्—अनि तिनीहरूले तँलाई नष्ट गर्ने र निल्‍ने अवसरको प्रतीक्षा मात्रै गरिरहेका हुन्छन्। के त्यो भयानक कुरा होइन र? (हो।) यस्तो व्यक्तिले तँलाई कहिल्यै सुरक्षाको अनुभूति दिँदैन, किनभने उसको प्रकृति र पृष्ठभूमिले तँलाई सधैँ ऊ तेरा लागि खतरा हो भन्‍ने महसुस गराउँछ। कस्तो खतरा? यस्तो कि, तिनीहरू नजिक हुँदा, तँलाई तिनीहरूले कुनै पनि बेला र स्थानमा तेरो विरुद्धमा षड्यन्त्र गर्न सक्छन्, तँसित खेलबाड गर्न सक्छन्, र तेरा लागि पासोहरू थाप्न सक्छन् भन्‍ने अनुभूति हुन्छ, र तँलाई कहिले तिनीहरूले प्रयोग गर्न वा हानि गर्न सक्छन्, र तँ तिनीहरूको हातबाट मर्छस् वा तँ तिनीहरूद्वारा नासिन्छस् भन्‍ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। त्यसकारण त्यस्ता मानिसहरूलाई पटक्‍कै नजिक राख्‍नु हुँदैन। ल भन् त, के यस्तै हुने होइन र? (हो।) उदाहरणका लागि, एउटा ब्वाँसोलाई भेडाको बथानमा राख्दा त्यसले भेडाको सुरक्षा गर्छ कि नाश गर्छ? (त्यसले भेडाको नाश गर्छ।) ब्वाँसोको प्रकृति अनुसार, यो कहिल्यै भेडाको छेउमा बसेर तिनको सुरक्षा गर्नेछैन, किनभने यसको दिमागमा, भेडा भनेको यसको खाना हो, र जब-जब वा जहाँ-जहाँ यो भोकाउँछ, यसले तिनलाई खान्छ; यसमा भेडाप्रति कुनै दया हुँदैन र यसले तिनलाई बाँकी राख्दैन। ब्वाँसोसँग कुकुरको गुण हुँदैन। यदि कुकुर भेडासँगै हुर्केको छ भने, यसले भेडालाई रक्षा गर्नुपर्ने कुरा मान्छ, र जब ब्वाँसो भेडालाई आक्रमण गर्न वा खान आउँछ, तब कुकुर त्यससँग लड्न अघि सर्छ, भेडाको रक्षा गर्ने जिम्मेवारीलाई आफ्नो परम कर्तव्यका रूपमा लिन्छ—कुकुरहरूमा यो अन्तर्निहित गुण हुन्छै हुन्छ। तर ब्वाँसाहरू फरक हुन्छन्; भेडा खान चाहनु ब्वाँसाहरूको अन्तर्निहित गुण हो। जटिल पृष्ठभूमि भएको यस्तो व्यक्तिले मण्डलीमा घुसपैठ गर्नु भनेको भेडाको बथानमा ब्वाँसोले घुसपैठ गर्नु जस्तै हो—जब ब्वाँसो भोकाएको हुँदैन, तब भेडालाई त्यो खतरा नहोला, तर जब यो भोकाउँछ, तब भेडा अवश्यै त्यसको खाना बन्छ, र यो तथ्यलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यो त्यसको प्रकृतिद्वारा निर्धारित हुन्छ। ब्वाँसोले भेडा खाने समस्यालाई समाधान गर्नका लागि, तँ ब्वाँसोलाई पहिचान गर्नतिर लागिहाल्नुपर्छ। भेडाको भेष धारण गरेको ब्वाँसो को हो भनेर एक पटक पहिचान गरेपछि, तैँले त्यसलाई तुरुन्तै हटाउनैपर्छ—हिचकिचाउनु हुँदैन, र त्यसलाई कुनै कृपा देखाउनु हुँदैन। जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरूलाई होसियारीका साथ व्यवहार गर्नुपर्छ। यदि तैँले तिनीहरूले दुष्टता गरिरहेका र मण्डलीमा बाधा दिइरहेका छन् भन्‍ने कुरा पत्ता लगाइस् भने, तैँले तिनीहरूलाई कुनै शिष्टाचार देखाउनै हुँदैन। तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ: “तिमी संसारलाई राम्ररी बुझेको व्यक्ति हौ र तिमीले परमेश्‍वरमा विश्‍वास गर्न सुहाउँदैन। तिमीले परमेश्‍वरको घरमा आएर गलत ठाउँ रोज्यौ; यो ठाउँ तिम्रो लागि सही छैन। तिमीले समाजमा आफ्नै सम्भाव्यताहरूलाई पछ्याउनुपर्छ। परमेश्‍वरका विश्‍वासीहरूले केवल परमेश्‍वरका वचनहरू पढ्छन्, सत्यतामा सङ्गति गर्छन्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्छन्; तिनीहरू षड्यन्त्र र युक्तिहरूमा संलग्‍न हुँदैनन् वा राजनीतिमा सहभागी हुँदैनन्। यहाँ, तिमी पदोन्नति गर्न वा धनी बन्‍न, वा अरूको भन्दा श्रेष्ठ जीवन जिउन सक्दैनौ। तिमी यहाँ जति लामो समयसम्म अल्झेर बसे पनि, यो समयको बरबादी मात्रै हुनेछ।” यसरी, तिनीहरूले मण्डली छोडेर जान मान्‍नेछन्, होइन र? (हो।) जटिल सामाजिक सम्बन्ध भएका कतिपय मानिसहरू दुष्ट मानिस नै हुन्छन् भन्‍ने हुँदैन, न त तिनीहरूले ठूलो दुष्टता नै गरेका हुन्छन्, तर तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र तिनीहरू साँच्‍चै नै अविश्‍वासीहरूको वर्गमा पर्छन्। त्यस्ता मानिसहरूलाई साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्न र सत्यता पछ्याउन लगाउने प्रयास गर्नु भनेको ब्वाँसोलाई भेडा बनाउने प्रयास गर्नु जस्तै हो—यो असम्भव कुरा हो। ब्वाँसोले जति समयसम्म भेडाको भेष धारण गरे पनि, त्यो ब्वाँसो नै रहन्छ; त्यो कहिल्यै भेडा बन्‍नेछैन। कुरा यस्तो हो। त्यसकारण, यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सरासर मजाक हो; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर गलत कदम चालिरहेका हुन्छन्!

जटिल पृष्ठभूमि भएको अर्को प्रकारको व्यक्ति पनि हुन्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, केही धार्मिक अगुवा, अधिकारीहरू, वा फरक-फरक सम्प्रदायका हैसियत भएका मानिसहरूसँग तिनीहरूको निकट सम्बन्धहरू हुन्छ। तिनीहरू यी मानिसहरूको सङ्गत गर्न मन पराउँछन् र तिनीहरू प्रायजसो विभिन्‍न सम्प्रदायका धार्मिक क्रियाकलापहरूमा सहभागी हुन्छन्; तिनीहरूले यी मानिसहरूसँग सम्बन्ध र मित्रता गाँस्छन्, साथै तिनीहरूले एक-अर्कालाई प्रयोग गर्छन् र एक-अर्काका लागि कामकुरा गर्छन्। बेला-बेलामा, चाहे जानी-जानी होस् वा अनजानमा होस्, तिनीहरूले यी व्यक्तिहरूलाई मण्डलीका आन्तरिक सामान्य मामलाहरूको काम वा कर्मचारीहरूको कामको समेत खुलासा गर्छन्। यो अत्यन्तै कष्टदायी सवाल हो। यदि तँ धर्मका मानिसहरूसँग अन्तरक्रिया मात्रै गर्छस् वा तँलाई ती धार्मिक स्थलहरूबाट आफूलाई अलग गर्न असम्भव लाग्छ, र तँलाई विभिन्‍न धार्मिक चाडपर्वका क्रियाकलापहरू र विभिन्‍न धार्मिक अनुष्ठानहरूमा सहभागी हुन पनि मन पर्छ भने, त्यो स्वीकार्य कुरा हो। तर, तैँले यी परिस्थितिहरूमा मण्डलीको काम वा दाजुभाइ-दिदीबहिनीहरूसम्बन्धी जानकारी खुलासा गर्नु हुँदैन। उदाहरणका लागि, तैँले निश्‍चित व्यक्तिले “पूर्वीय ज्योति” स्वीकार गरेको, उसले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा कस्तो कर्तव्य पूरा गर्छ, ऊ कहाँ बस्छ, र उसले प्रायजसो कसको सङ्गत गर्छ भन्ने जस्ता कुराहरू खुलासा गर्नु हुँदैन—यदि तैँले यी कुराहरू खुलासा गरिस् भने, यसले तँ अत्यन्तै अनैतिक छस् भन्‍ने देखाउँछ। यदि कसैले सरकारलाई यो जानकारी रिपोर्ट गर्‍यो भने, परिणामहरू अकल्पनीय हुनेछन्। यदि तँ धर्मका मानिसहरूसँग अत्यन्तै नजिक छस्, वा तेरा केही स्वार्थहरू तिनीहरूसँग जोडिएका छन् वा तैँले तिनीहरूसँग उपकारहरू साटासाट गरेको छस् भने, बढीमा, यसलाई तेरो पृष्ठभूमि जटिल भएको मान्‍न सकिन्छ। तर, यदि तैँले गोप्य रूपमा अरू केही कुराहरू गर्छस्, जस्तै परमेश्‍वरको घरका कामका बन्दोबस्तहरू खुलासा गर्छस्, वा परमेश्‍वरको घरका आन्तरिक मामलाहरू वा दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी खुलासा गर्छस् भने, यसको प्रकृति धोकाको प्रकृति बन्छ, र यसलाई निन्दा गरिन्छ। विशेष गरी, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई तिनीहरूको अवस्था थाहा होस् वा यो कुरा खुलासा होस् भन्‍ने चाहँदैनन्, किनभने तिनीहरू पहिले पक्राउ परेका हुन्छन् वा अहिले खोजीको सूचीमा हुन्छन्, तैपनि जटिल पृष्ठभूमि भएको यस्तो व्यक्तिले यो जानकारीलाई निश्‍चित फाइदाहरूसँग साट्ने कुराका रूपमा लिन्छ वा यसलाई सिधै महत्त्वहीन ठान्छ, र तिनीहरूले यो कुरा खुलासा गर्छन्, जसले गर्दा ती दाजुभाइ-दिदीबहिनीहरू समस्यामा पर्छन्। यदि परमेश्‍वरको घरले त्यस्ता कुराहरू पत्ता लगायो भने, त्यसले त्यो व्यक्तिलाई हल्का रूपमा त बिलकुलै छोड्नेछैन; त्यस्ता मानिसहरूलाई तुरुन्तै पखालेर फाल्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गरेकोमा मानिसहरूलाई सताइने सामाजिक सन्दर्भमा, विश्‍वासीहरूलाई कुनै कर्तव्य पूरा गर्ने अवसर प्राप्त गर्न समेत गाह्रो हुन्छ, र हरेक व्यक्तिले यसलाई साँच्‍चै नै बहुमूल्य ठान्छ। अरूका कारण वा आफ्नै मूर्खताका कारण आफ्नो कर्तव्य निर्वाहमा सम्भावित जोखिम आइपरोस् भन्ने कसैले पनि चाहँदैन। त्यसकारण, यदि कसैले दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा वा तिनीहरूको व्यक्तिगत सुरक्षामा सम्भावित जोखिमहरू ल्याउँछ, वा यदि कसैले परमेश्‍वरमा विश्‍वास गर्ने अरूको मार्गमा तगारो हाल्छ भने, परमेश्‍वरको घरले उसलाई त्यत्तिकै छोड्नेछैन। परमेश्‍वरको घरले तिनीहरूलाई पत्ता लगाएपछि, यसले तिनीहरूलाई तुरुन्तै निकाल्नेछ वा निष्कासित गर्नेछ, यसले बिलकुलै कुनै कसर बाँकी राख्नेछैन! यदि तिनीहरूले “मैले ध्यान नदिएकाले क्षणिक रूपमा जिब्रो चिप्लेको मात्र थियो” भनेर स्पष्टीकरण रचेर र बहाना बनाएर आफ्नो प्रतिरक्षा गर्छन् भने, तैँले त्यसलाई पटक्‍कै विश्‍वास गर्नु हुँदैन—यस्ता बहानाहरू मान्य हुँदैनन्। तिनीहरूले किन मानिसहरूलाई आफ्नै पारिवारिक मामलाहरूका बारेमा बताएनन् त? बरु तिनीहरूले किन दाजुभाइ-दिदीबहिनीहरूका मामलाहरूका बारेमा कुरा गरे? तिनीहरूले स्पष्ट रूपमा नै खराब अभिप्रायहरू पालेका हुन्छन्। तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूसम्बन्धी जानकारी खुलासा गरे; यदि यसले दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पार्छ भने, तिनीहरूलाई श्राप दिनुपर्छ! के यस्ता मानिसहरूलाई श्राप दिनु पर्दैन र? (पर्छ।) मण्डलीले आफ्नो सुसमाचारको काम फैलाउने क्रममा, यस्ता कतिपय मानिसहरू मण्डलीमा आबद्ध हुनु अवश्यम्भावी नै हुन्छ। मण्डलीलाई धोका दिने, दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने, र परमेश्‍वरको घरका हितहरूलाई समेत धोका दिने बारेमा तिनीहरूलाई कुनै हिचकिचाहट हुँदैन। तिनीहरूले गोप्य रूपमा सबै प्रकारका मानिसहरूको सङ्गत गर्छन्, र तिनीहरूसँग सङ्गत गर्नुको तिनीहरूको उद्देश्य शुद्ध हुँदैन। ती मानिसहरूसँग अन्तरक्रिया गर्दा, तिनीहरू मुखमा लगाम नलगाई बोल्ने समेत गर्छन्, आफूले जानेका मण्डलीका सबै आन्तरिक जानकारी उनीहरूलाई बताउँछन्, केही पनि कुरा भन्न बाँकी राख्दैनन्, र यसले अन्ततः दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई समस्यामा पार्छ। यसको दोष मुखमा लगाम नलगाई बोल्‍ने यी मानिसहरूलाई जान्छ। तिनीहरूमध्ये कतिले तिनीहरूले जानी-जानी यसो गरेका होइनन् भनेर भन्लान्, तर यो जानी-जानी गरिएको नभए पनि, त्यसले यसलाई स्वीकार्य बनाउँदैन। यदि यो जानी-जानी गरिएको थिएन भने, तैँले किन उल्टै आफूलाई नै हानि गरिनस् त? तैँले किन अरूलाई मात्रै हानि गरिस्? तैँले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पारेको छस्, यो एक स्थापित तथ्य हो। त्यसकारण, दोष तेरै हुनुपर्छ। यदि तैँले कसैलाई मारिस् र त्यसपछि “मैले जानी-जानी यसो गरेको होइनँ; मैले उसलाई मार्ने अभिप्राय कहिल्यै राखेको थिइनँ—मेरो दिमागमा त्यस्तो सोच छँदै थिएन” भनेर भनिस् भने, के त्यो अभिव्यक्तिका कारण कानुनले तँलाई निर्दोष ठान्‍नेछ? (ठान्‍नेछैन।) तैँले सत्य कुरा भनिरहेको भए पनि, त्यो व्यर्थ हुनेछ। तथ्य के हो भने, तैँले कसैलाई मारिस्, र कानुनी रूपमा, यसको निर्विवाद प्रमाण छ, त्यसकारण तँलाई तथ्यहरूका आधारमा दोषी घोषित गरिनुपर्छ। तैँले हत्याको अपराध गरिस्, त्यसकारण तँ हत्यारा होस्, र तैँले आफूलाई सही ठहर्‍याउने जतिसुकै प्रयास गरे पनि, त्यसले तँलाई सहयोग गर्नेछैन। कतिपय मानिसहरूले आफ्नो व्यवहारमार्फत मण्डलीलाई बारम्बार समस्या पार्छन्, र कहिलेकाहीँ यो समस्या ठूलो हुन्छ, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरू गिरफ्तार भएर जेल पर्ने मात्र नभई, यसले मण्डलीको काममा पनि गम्भीर असर पार्छ। परमेश्‍वरको घरले त्यस्ता मानिसहरूलाई पटक्‍कै छोड्नेछैन; यसले पक्राउ गरेको हरेकलाई निष्कासित गर्नेछ, र तिनीहरूलाई श्राप दिनेछ—परमेश्‍वरको घरले कुनै कसर बाँकी राख्‍नेछैन। यदि व्यवस्थाको युगमा यी कुराहरू भएका भए, दुष्कर्मीहरूलाई घिस्याउँदै बाहिर लगिनेथियो र डण्डीले प्रहार गरेर वा ढुङ्गाले हानेर मारिनेथियो; त्यस्ता मामलाहरूलाई यसरी नै सम्हाल्नुपर्थ्यो। अहिले, यो परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूको पाटो नभएको हुनाले, तिनीहरूलाई निष्कासित गरिनेछ, र दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा तिनीहरूलाई श्राप दिनेछन्। तिनीहरूले आशिष् वा मुक्ति प्राप्त गर्ने कुनै सम्भावना हुँदैन—तिनीहरूलाई नरकमा पठाएर दण्ड दिनैपर्छ!

जटिल पृष्ठभूमि भएको अर्को प्रकारको व्यक्ति पनि हुन्छ; तिनीहरू विशेष मिसनहरू पूरा गर्नका लागि मण्डलीमा आउँछन्। यस्ता कतिपय व्यक्तिहरू सरकारद्वारा पठाइएका हुन्छन्, जबकि अरूचाहिँ निश्‍चित धार्मिक वा सामाजिक समूहहरूद्वारा मिसनहरूमा खटाइएका हुन्छन्। उदाहरणका लागि, यी मिसनहरूमा दाजुभाइ-दिदीबहिनीहरूको निगरानी गर्नु, मण्डलीको निगरानी गर्नु, वा मण्डलीका विभिन्‍न कामहरू र फरक-फरक अवधिका कामका बन्दोबस्तहरूबारे खोजीनिती गर्नु जस्ता कार्य समावेश हुन सक्छ। तिनीहरूको मिसन जेसुकै भए पनि, हाम्रो दृष्टिकोणबाट हेर्दा यस्तो व्यक्तिको पृष्ठभूमि जटिल हुन्छ। जटिल पृष्ठभूमि भएका यीमध्ये धेरैजसो मानिसहरू अविश्‍वासी हुन्; तिनीहरू सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने मानिस हुन्। तिनीहरू थोरै आस्था, कमजोर क्षमता, वा धेरै धारणाहरू भएका मानिसहरूभन्दा फरक हुन्छन्—ती मानिसहरूले साँचो रूपमा विश्‍वास गर्छन्, जबकि जटिल पृष्ठभूमि भएका यी मानिसहरूमा गम्भीर समस्या हुन्छ। सुरुमा, विचार गरौँ: त्यस्ता मानिसहरूमा कस्तो प्रकारको मानवता हुन्छ? (तिनीहरूमा खराब मानवता हुन्छ, तिनीहरू दुष्ट हुन्छन्, र तिनीहरू शैतानको गिरोहका सदस्य हुन्।) त्यसोभए, तिनीहरू कस्ता प्रकारका मानिस हुन्? (तिनीहरू दियाबलस हुन्।) ठीक भन्यौ, तिमीहरूले ठ्याक्‍कै सही कुरा भन्यौ—तिनीहरू मण्डलीमा घुसपैठ गर्ने दियाबलस हुन्। तिनीहरू विभिन्‍न युक्ति र उद्देश्यहरू बोकेर मण्डलीमा घुसपैठ गर्ने र छायाँमा जिउने मानिस हुन्। त्यस्ता मानिसहरू दियाबलस हुन्। यी मानिसहरू मण्डलीमा प्रवेश गरेदेखि नै तिनीहरूले असल अभिप्रायहरू राखेका हुँदैनन्। तिनीहरूलाई जसले आज्ञा दिए पनि—कतिपयलाई सरकारले वा निश्‍चित समूहहरूले आज्ञा दिएको हुन सक्छ, जबकि अरूलाई कसैले पनि आज्ञा नदिएको हुन सक्छ र तिनीहरू आफै मण्डलीमा घुसपैठ गर्न चाहेका हुन्छन्—त्यस्ता मानिसहरू विशुद्ध रूपमा संसार बुझेका व्यक्तिहरू हुन्। तिनीहरू अनेक प्रकारका मानिसहरूको सङ्गत गर्छन्, र तिनीहरूका जटिल अन्तरवैयक्तिक सम्बन्ध र सामाजिक सम्पर्कहरू हुन्छन्—तिनीहरूको पृष्ठभूमि जटिल हुन्छ। “जटिल पृष्ठभूमि” भन्नुको मतलब तिनीहरूको सामाजिक सम्पर्क, अन्तरवैयक्तिक सम्बन्ध, र जिउने वातावरण विशेष रूपमा अशुद्ध हुन्छ र यो सरल त हुँदै हुँदैन; तिनीहरू पैसा कमाउने र राम्रो जीवन जिउने प्रयास गरिरहेका साधारण मानिसहरू जस्ता हुँदैनन्। यी मानिसहरूले समाजमा खेल्ने भूमिकाहरू भनेका विभिन्‍न वृत्त र समूहहरूका प्रतिष्ठित व्यक्तिहरू, अगुवाहरू, वा तुलनात्मक रूपमा असाधारण व्यक्तित्वहरूका हुन्—तिनीहरू त्यस्ता प्रकारका मानिसहरू हुन्, जसलाई गैरविश्‍वासीहरूले “सक्षम व्यक्तिहरू” वा “गुरूहरू” भन्ने गर्छन्। तिनीहरू जहाँ भए पनि, तिनीहरू आफ्नो उचित स्थानमा बस्‍ने मानिस होइनन्, र तिनीहरू सभ्य मानिस होइनन्। चाहे तिनीहरूले व्यक्तिगत लाभ सुनिश्चित गर्ने अवसरहरू खोजून्, वा शक्ति, वा विभिन्‍न समूह र वृत्तभित्रका अरूमाथि नियन्त्रण जमाउन खोजून्, तिनीहरूको उद्देश्य यही हुन्छ, र तिनीहरूको अस्तित्वको लक्ष्य यही हुन्छ। तिनीहरू जुनसुकै मण्डलीमा भए पनि, तिनीहरूको मानसिकता दियाबलसको जस्तै हुन्छ, तिनीहरू सधैँ कुनै कदम चाल्न उत्सुक हुन्छन्, परिस्थितिहरूलाई नियन्त्रण गर्न, मानिसहरूलाई नियन्त्रण गर्न, पैसा नियन्त्रण गर्न, प्रभाव चलाउन, र शक्ति चलाउन चाहन्छन्। यस्ता व्यक्तिका प्रकटीकरणहरू यिनै हुन्। त्यसकारण, त्यस्ता मानिसहरूको कुनै मिसन भए पनि वा नभए पनि, वा तिनीहरूलाई सरकारले वा कुनै सामाजिक समूहले आज्ञा दिए पनि वा नदिए पनि, तिनीहरू मण्डलीमा आएपछि आफ्नो उचित स्थानमा सम्भवतः बस्‍न सक्दैनन्। तिनीहरूको कुनै मिसन नभए पनि, र मण्डली वा दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको शोषणको निसाना नभए पनि, तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्न चाहने मानिस होइनन्, र तिनीहरू अवश्य नै परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने मानिस होइनन्। मण्डलीमा आबद्ध हुनुमा तिनीहरूको उद्देश्य पटक्‍कै शुद्ध हुँदैन—कम्तीमा पनि, तिनीहरूका लागि एउटा कुरा अत्यन्तै वास्तविक हुन्छ, जुन “मण्डलीको बुई चढ्नु” र आफ्नै एजेण्डाहरू अघि बढाउने अवसर कुर्नु हो। यदि तिनीहरू आफ्ना उद्देश्यहरू हासिल गर्न असफल भए र तिनीहरूका चाहनाहरू धराशायी भए भने, तिनीहरू कुनै पनि बेला मण्डली छोडेर जाने सम्भावना हुन्छ। तिनीहरू दाउ हान्नलाई सही मौका पर्खेर अवसरहरू खोज्ने गर्छन्—यदि आफ्ना उद्देश्य, महत्त्वाकाङ्क्षा, वा आकाङ्क्षाहरू साकार पार्नका लागि तिनीहरूले फाइदा उठाउन सक्‍ने कुनै व्यक्ति वा कुनै उपयुक्त क्षण छ भने, तिनीहरूले त्यो व्यक्ति वा क्षणलाई पटक्‍कै छोड्नेछैनन्। यदि तिनीहरूले निरन्तर अवसर भेट्टाउन सकेनन् भने, तिनीहरू निरुत्साहित र निराश हुन्छन्, र तिनीहरू मण्डली छोडेर जान चाहन्छन्। त्यसकारण, यस्तो व्यक्ति पनि मण्डलीभित्रको एक प्रकारको खतरनाक व्यक्ति हो, र उसलाई खुट्ट्याउनैपर्छ र टाढा राख्नैपर्छ। अर्को झनै महत्त्वपूर्ण सिद्धान्त के हो भने, यदि तँ कुनै व्यक्तिको पृष्ठभूमि के हो भन्‍ने कुराबारे अनिश्‍चित छस्, वा तैँले उसको पृष्ठभूमि अत्यन्तै जटिल छ भन्‍ने कुरा अलिअलि महसुस गर्छस् भने, अगुवा वा कामदारका रूपमा, तँलाई कम्तीमा पनि यो व्यक्तिलाई महत्त्वपूर्ण पदहरूमा नियुक्त गर्न, वा हैसियत वा शक्ति प्राप्त गर्न दिन, वा मण्डलीभित्र कुनै पनि महत्त्वपूर्ण काम गर्ने अनुमति दिन मिल्दैन भन्‍ने कुरा थाहा हुनुपर्छ। यदि तैँले उसलाई छर्लङ्ग देख्‍न सक्दैनस् भने, तैँले उसलाई नियालेर हेर्न सक्छस्, तर तैँले हडबडीमा वा समय अगावै कदम चाल्नु हुँदैन। यदि तैँले उसलाई छर्लङ्ग देख्नुभन्दा पहिले नै उसलाई हैसियत दिइस् वा कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी समेत दिइस् भने, तैँले अत्यन्तै मूर्खता गरिरहेको हुन्छस्! तैँले तिनीहरूलाई जति कम छर्लङ्ग देख्‍न सक्छस्, त्यति नै कम तिनीहरूलाई महत्त्वपूर्ण काम सुम्पनुपर्छ, तँ त्यति नै बढी सतर्क हुनुपर्छ, र तैँले त्यति नै नजिकबाट तिनीहरूमाथि नजर राख्नुपर्छ र कडाइका साथ निगरानी गर्नुपर्छ। वास्तवमा, चाहे यस्ता मानिसहरूसँग कुनै मिसन होस् वा नहोस्, जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू अन्ततः मण्डलीमा लामो समय बस्दैनन्। किनभने, यी अविश्‍वासीहरू हृदयमा आस्थाका मामलाहरूबाट विकर्षित हुन्छन्। नास्तिकहरू परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्, र तिनीहरूलाई परमेश्‍वर, परमेश्‍वरको काम, वा परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतासँग सम्बन्धित कुनै पनि कुरामा रुचि हुँदैन। तिनीहरू निरन्तर अनुसन्धान गरिरहेका हुन्छन्: “के परमेश्‍वरमा विश्‍वास गर्नुमा कुनै फाइदा हुन्छ? के मैले यसबाट धेरै पैसा कमाउन र धनी हुन सक्छु? के मैले संसारमा जस्तै यहाँ पनि मेरा युक्ति र चलाकीहरू प्रयोग गर्न सक्छु?” परमेश्‍वरको घरले यी कुराहरू प्रवर्धन गर्दैन, बरु सधैँ इमानदार व्यक्ति बन्‍ने बारेमा कुरा गर्छ, र आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा तरिकाले वा आधा हृदयले काम गर्ने जोकोहीलाई प्रायजसो काटछाँट गरिन्छ भन्‍ने देख्दा, तिनीहरू विकर्षित हुन्छन्, र तिनीहरू परमेश्‍वरको घरमा दुःखी र अस्वतन्त्र महसुस गर्छन्, र तिनीहरू सधैँ छोडेर जाने अवसर खोज्न चाहन्छन्। यदि कुनै व्यक्ति साँच्‍चै नै परमेश्‍वरको भेडामध्येको एक हो, परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूमध्येको एक हो भने, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा बारम्बार छलफल गरिएका सत्यताहरू २०-३० वर्षसम्म छलफल गरिए पनि, ऊ ती सुनेर थाक्दैन; उसले ती कुराहरू आफ्नो जीवनभरि सुने पनि उसलाई त्यो अझै ताजा लाग्छ। उसले जति सुन्छ, यी सत्यताहरू उसका लागि त्यति नै स्पष्ट बन्छन्; उसले जति सुन्छ, उसको हृदयले त्यति नै पोषण पाउँछ; उसले जति सुन्छ, उसलाई सत्यताको त्यति नै तृष्णा हुन्छ। उसले हरेक दिन यी वचनहरू सुन्‍नु पर्‍यो भने पनि, ऊ सुन्न इच्छुक हुन्छ। विशेष गरी, जब उसले आफ्ना लागि उपयोगी अनुभवात्मक गवाहीहरू सुन्छ, तब उसलाई ठूलो भोजको आनन्द लिएझैँ आनन्दित र सन्तुष्ट महसुस हुन्छ—ऊ एक टुक्रा सुन उठाएको भन्दा बढी खुसी हुन्छ। जहाँसम्म यी अविश्‍वासीहरू, यी दियाबलसहरू—विशेष गरी जटिल पृष्ठभूमि भएका यी मानिसहरूको कुरा छ—तिनीहरूले सत्यताबारे जति बढी सङ्गति सुन्छन्, तिनीहरूलाई त्यति नै झिजो लाग्छ; तिनीहरूले जति सुन्छन्, तिनीहरूलाई भित्रभित्रै त्यति नै बेचैन र विकर्षित महसुस हुन्छ। यी वचनहरू सुन्दा, तिनीहरूलाई ती नीरस, फिका, र दिक्कलाग्दो लाग्छ। यदि तैँले तिनीहरूलाई बसेर प्रवचनहरू सुन्‍न लगाइस् भने, तिनीहरूलाई यातना भोगाइएको जस्तै लाग्छ। तिनीहरू भन्छन्, “तिमीहरू सबै कसरी यी वचनहरू सुन्दा ठूलो भोज खाएको जस्तो गरी यति धेरै रमाउँछौ? ती सुन्दा मलाई किन यति विकर्षित महसुस हुन्छ?” लामो समयसम्म सुनेपछि, तिनीहरू थपक्‍क बस्‍न सक्दैनन्। यदि तिनीहरू अगुवा हुन सक्दैनन् भने, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न वा कष्ट सहन अनिच्छुक हुन्छन्, र समय बित्दै जाँदा, तिनीहरूलाई यो सबै व्यर्थ लाग्छ; आफ्नो आस्था त्याग्‍ने विचारहरू देखा पर्न थाल्छन्। अविश्‍वासीहरू यसरी नै प्रकाश हुन्छन्। जटिल पृष्ठभूमि भएका यी मानिसहरूका हकमा भन्नुपर्दा, यदि तैँले तिनीहरूलाई नियाल्ने क्रममा तिनीहरूको उत्पत्ति शङ्कास्पद छ र तिनीहरूको पृष्ठभूमि जटिल छ भन्‍ने पत्ता लगाइस् भने, तिनीहरूलाई मण्डली छोडेर जानका लागि मनाउने मौका खोज्नका लागि हरसम्भव उपाय प्रयोग गर्। सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने त्यस्ता मानिसहरूका हकमा, केही बुद्धि प्रयोग गर्नु जरुरी हुन्छ। तैँले तिनीहरूलाई यसो भन्‍न सक्छस्, “तिमी धनी बन्‍न चाहन्छौ, र पदाधिकारी बन्‍ने सपना देख्छौ—यदि तिमी जीवनभरि पदाधिकारी बनेनौ भने, तिमीलाई साँच्चै घाटा हुनेछ! तिमी पदाधिकारी बन्‍नुपर्छ, धनी बन्‍नुपर्छ, र तिमीले संसारलाई पछ्याउनुपर्छ—मूर्त फाइदाहरू त्यसैमा छन्। तिमीसँग व्यापार गर्ने दिमाग छ र तिमी अधिकारी बन्‍न लायक छौ—यदि तिमीले संसारलाई पछ्यायौ भने, तिमी अवश्य नै धनी र पदाधिकारी बन्‍न सक्छौ।” जब तिनीहरूले यो सुन्छन्, तब तिनीहरूले आत्मीय आत्मा भेट्टाएको छु भन्‍ने सोच्छन् र भन्छन्: “तपाईँले एकदम सही भन्‍नुभयो! मलाई परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन भन्ने लागिरहन्थ्यो—तपाईँले भन्‍नुभएको कुराले मेरो लागि ठूलो अर्थ राख्छ। आस्थाले वास्तवमा मनोवैज्ञानिक प्रभाव मात्रै पार्छ; तपाईँसँग आस्था छ कि छैन भन्‍ने कुराले वास्तवमा फरक पार्दैन। जीवन छोटो छ—केही दशक मात्रै हो जुन आँखा झिमिक्‍क गर्दा नै बित्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग सधैँ यतैतिर समय बरबाद गरेर मैले केही पाएको छैन, र मलाई सधैँ असन्तुष्ट महसुस हुन्छ। के मैले यसो गरेर आफूलाई नै अन्याय गरिरहेको छैनँ र? वास्तवमा धेरै पैसा कमाउन बाहिर जानु नै महत्त्वपूर्ण कुरा हो!” तिनीहरू तैँले भनेको कुरामा सहमत हुनेछन्। तिनीहरू सहमत भएपछि, सायद एक दिन तिनीहरू आफै खुरुक्क निस्केर जानेछन् किनभने तिनीहरूलाई मण्डलीमा बस्‍नु व्यर्थ छ भन्‍ने लाग्छ, र त्यसमाथि, तिनीहरूका लागि केही कुराहरू गलत भइदिन्छन्, वा तिनीहरूले केही असफलता र अड्चनहरू, र केही काटछाँट अनुभव गर्छन्। के त्यो राम्रो होइन र? (हो। यो बुद्धिमानी तौरतरिका हो।) दियाबलसहरूलाई मण्डली छोडेर जान लगाउन सजिलो हुन्छ: तैँले एक पटक तिनीहरूको मानसिकता बुझेपछि, यदि तिनीहरूले कुनै कुरा चाहन्छन् भने, तिनीहरूलाई यो कुरा पछ्याउन प्रोत्साहित गर्। यसरी, तैँले तिनीहरूलाई छोडेर जानका लागि राजी गराउन सक्छस्। परिस्थितिअनुसार काम गरेर तिनीहरूलाई बाहिर जान लगा। यस्तो अविश्‍वासीलाई यसरी सम्हाल्नुपर्छ।

यदि मण्डलीमा जटिल पृष्ठभूमि भएका त्यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई मण्डली छोडेर जानका लागि मनाउनुपर्छ वा तुरुन्तै निकाल्नुपर्छ; तिनीहरूलाई बस्‍न आग्रह गर्ने प्रयास नगर्। किन नगर्ने? एकातर्फ, तिनीहरूले मण्डलीमा कुनै राम्रो भूमिका खेल्दैनन्; अर्कोतर्फ, तिनीहरू परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूमा बिलकुलै पर्दैनन्। यसका साथै, तिनीहरू मण्डलीमा नै रहे भने पनि, अन्तमा, तिनीहरूले मुक्ति पाउनका लागि परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, वा परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नु अझै पनि असम्भव हुनेछ। यदि तिनीहरू मण्डलीमा नै रहे भने, यसले मण्डलीको काममा हानि गर्नेछ, र तिनीहरूले सानो कदका कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र प्रभाव पार्न सक्छन्। परमेश्‍वरको घरका मानिसहरूलाई तिनीहरू अप्रिय लाग्छन्, र बदलामा तिनीहरूले परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि समान अप्रियताका साथ हेर्छन्। हृदयमा, तिनीहरूले परमेश्‍वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरूलाई सधैँ शत्रुताको नजरले हेर्छन्। त्यसकारण ल भन त, यदि मण्डलीमा त्यस्तो शत्रु, त्यस्तो विरोधी छ भने, के तिमीहरूलाई बाधा महसुस हुनेथियो? (हुनेथियो।) त्यसकारण, त्यस्ता मानिसहरूलाई बस्‍न आग्रह नगर्नु नै उत्तम हुन्छ। तिनीहरू पत्ता लागेपछि, तिनीहरूलाई तुरुन्तै मण्डली छोडेर जानका लागि मनाओ, निकाल, वा निष्कासित गर। सुसमाचार प्रचार गर्ने क्रममा त्यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? (बस तिनीहरूबाट टाढा बस्ने र तिनीहरूलाई बेवास्ता गर्ने।) तैँले यस्तो व्यक्तिलाई भेट्दा उसलाई सुसमाचार प्रचार गर्नु हुँदैन। तिनीहरू निकै अनर्गल, आधारहीन तरिकाले बोल्छन् र अत्यन्तै बोलक्कड हुन्छन्, तर तिनीहरूसँग वास्तवमा कुनै प्रतिभा हुँदैन। परमेश्‍वरको घरलाई जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू चाहिँदैन; तिनीहरू परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूमा पर्दैनन्। तिनीहरू अहिले विश्‍वासमा नै आए भने पनि, ढिलो-चाँडो, तिनीहरूलाई सफा गर्नु नै पर्ने हुन्छ। त्यसकारण, सुसमाचार प्रचार गर्नेहरूले त्यस्ता मानिसहरूलाई भेट्दा तिनीहरूलाई सिधै त्याग्‍नुपर्छ। परमेश्‍वरको घरले त्यस्ता मानिसहरूलाई न त चाहन्छ, न त स्वागत नै गर्छ। जटिल पृष्ठभूमि भएका मानिसहरूलाई सम्हाल्ने तरिका यही हो, र सिद्धान्त यही हो। अवश्य नै, यो समस्यालाई सम्हाल्दा, तिललाई पहाड बनाउनु पर्दैन; तैँले कुनै व्यक्ति जटिल पृष्ठभूमि भएका मानिसहरूको वर्गमा पर्छ कि पर्दैन भन्‍ने कुरालाई स्पष्ट रूपमा बुझ्नैपर्छ। यदि तिनीहरूका प्रकटीकरणहरू यस्तो व्यक्तिका प्रकटीकरणहरूसँग मिल्छन् भने, तिनीहरूलाई यो समूहको श्रेणीमा नै राख्नुपर्छ। तर, यदि कसैले कहिलेकाहीँ मात्रै घमण्ड गर्छ वा वाहियात कुरा गर्छ र उसको अत्यधिक घमण्डका कारण उसलाई भूलवश जटिल पृष्ठभूमि भएको व्यक्तिका रूपमा हेरिन्छ, तर वास्तवमा, परमेश्‍वरमाथिको उसको विश्‍वास साँचो छ र ऊ यो वर्गमा पर्दैन भने, यो अवस्थालाई फरक ढङ्गले सम्बोधन गर्नुपर्छ, ताकि असल व्यक्तिलाई गलत आरोप नलागोस्।

इ. आफ्नो कर्तव्य पूरा गर्ने क्रममा व्यक्तिमा हुने मनोवृत्तिका आधारमा

हामीले मानिसहरूको मानवताका आधारमा तिनीहरूलाई खुट्ट्याउने मापदण्डबारे लगभग सङ्गति गरिसकेका छौँ। अर्को मापदण्ड पनि छ—मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूमा हुने मनोवृत्तिका आधारमा तिनीहरूलाई खुट्ट्याउनु। हामीले यसभन्दा पहिलेका प्रवचनहरूमा यो मापदण्डका बारेमा धेरै कुरा गरेका छौँ, त्यसकारण यसबारे थप केही भन्‍नु आवश्यक छैन।

एकदम राम्रो। आजका लागि हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। छुटौँ!

जुलाई ६, २०२४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्