अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२८) खण्ड एक

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग सात)

अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी भनेको “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने” हो। पछिल्लो पटक, हामीले विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने दोस्रो मापदण्डका बारेमा सङ्गति गरेका थियौँ, जुन तिनीहरूको मानवतामा आधारित हुन्छ, र यसमा तीन वटा प्रकटीकरणहरू समावेश हुन्छन्। यी तीन वटा प्रकटीकरणहरू पढ। (आठौँ, कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु; नवौँ, कुनै पनि बेला छोडेर जान सक्नु; दसौँ, डगमगाउनु।) यी तीन वटा प्रकटीकरणहरूका बारेमा सङ्गति गरेपछि, के तिमीहरूले ती कुरा बुझ्यौ? (बुझ्यौँ।) यी समस्याहरू भएका धेरैजसो मानिसहरूमा सामान्यतया सत्यता बुझ्ने क्षमताको कमी हुन्छ; तिनीहरूले सत्यता के हो भन्ने कुरा बुझ्दैनन्, न त तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने नै बुझ्छन्। यसका साथै, तिनीहरूमध्ये कतिले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने कुरा छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको धार्मिक आस्था मात्रै हो र यसका लागि धार्मिक अनुष्ठानहरू मात्र पालना गरे पुग्छ भन्ने सोच्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्व बुझ्दैनन्, न त तिनीहरूले कर्तव्य पूरा गर्नुको महत्त्व नै बुझ्छन्; तिनीहरू हृदयमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा समेत प्रस्ट हुँदैनन्, र तिनीहरू परमेश्‍वरलाई पछ्याउने मार्ग सही छ कि छैन भन्ने कुरामा निश्चित हुँदैनन्। तिनीहरूले जतिसुकै वर्ष विश्‍वास गरेका भए पनि, वा जति धेरै प्रवचनहरू सुनेका भए पनि, तिनीहरू साँचो मार्गमा जग बसाल्न कहिल्यै सक्षम हुँदैनन्। परिणामस्वरूप, तिनीहरू डगमगाउँछन्, र यदि तिनीहरूलाई बेखुसी तुल्याउने केही घटना घट्यो भने, तिनीहरूले कुनै पनि बेला मण्डली छोडेर जान वा मण्डलीलाई धोका दिन पनि सक्छन्। यी विभिन्न प्रकारका मानिसहरूलाई निराकरण गर्नका लागि परमेश्‍वरको घरका निश्चित सिद्धान्तहरू छन्। तिनीहरूका फरक-फरक अवस्थाअनुसार, तिनीहरूलाई सम्हाल्ने र समाधान गर्ने निश्चित योजनाहरू छन्; निकाल्नुपर्नेहरूलाई निकालिनेछ र निष्कासित गर्नुपर्नेहरूलाई निष्कासित गरिनेछ। यी कतिपय मानिसहरू दुष्ट मानिस नहुने भए पनि, र तिनीहरू ख्रीष्टविरोधी त झनै नहुने भए पनि, तिनीहरूका यी प्रकटीकरणहरूको प्रकृति र परमेश्‍वरमा विश्‍वास गर्नेप्रति तिनीहरूको मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरू परमेश्‍वरको घरका मानिस होइनन्, न त तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनी नै हुन्। यदि तिनीहरू मण्डलीमा नै रहिरहे पनि, तिनीहरूलाई सत्यता बुझ्न निकै गाह्रो हुनेछ। तिनीहरूलाई सत्यता बुझ्न गाह्रो हुनुका तात्पर्यहरू के-के हुन्? यसको तात्पर्य के हो भने, तिनीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू बुझ्न नसक्ने हुनाले र कहिल्यै सत्यता बुझ्न नसक्ने हुनाले, तिनीहरू अन्तिममा मुक्ति प्राप्त गर्न र परमेश्‍वरद्वारा प्राप्त गरिन असफल हुनेछन्। अर्थात्, अन्तमा, तिनीहरू परमेश्‍वरको घरका मानिस बन्न सक्दैनन्, साँचो सृजित प्राणी बन्न सक्दैनन्, र तिनीहरूले सृजित प्राणीहरूको कर्तव्य पूरा गर्न र तिनीहरू परमेश्‍वरसामु फर्केर आउन सक्दैनन्। यसका साथै, तिनीहरूले मण्डलीमा प्रायजसो नकारात्मक भूमिका खेल्छन्। तिनीहरूले सकारात्मक प्रभाव पार्न नसक्ने मात्र नभई बेला-बेलामा बाधा र विनाश पनि ल्याउँछन्, जसले कतिपय मानिसहरूको स्थितिलाई असर पार्छ र आफ्नो कर्तव्य पूरा गरिरहेका कतिपय मानिसहरूलाई बाधा दिन्छ। त्यसकारण, मण्डलीले तिनीहरूलाई छोड्न मनाएर होस् वा तिनीहरूलाई निकालेर वा निष्कासित गरेर होस्, तिनीहरूलाई सम्हाल्नका लागि तदनुरूप उपायहरू अपनाउनुपर्छ। जे भए पनि, तिनीहरूलाई मण्डलीमा बाधा र अवरोधहरू निम्त्याउन दिनु हुँदैन।

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

आ. व्यक्तिको मानवताका आधारमा

ञ. डगमगाउनु

डगमगाउने मानिसहरूले परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर कहिल्यै पुष्टि गर्न सक्दैनन्, र तिनीहरू आफूले विश्‍वास गर्ने परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर पुष्टि गर्न त झनै सक्दैनन्। आज तिनीहरू यहाँ खोजी गर्न चाहन्छन्, र भोलि तिनीहरू त्यहाँ गएर कुराहरू जाँच्न चाहन्छन्, तिनीहरूलाई साँचो मार्ग कुन हो भन्ने थाहा हुँदैन, र तिनीहरूले सधैँ पर्ख र हेरको मनोवृत्ति बोक्छन्। यस्ता मानिसहरूका हकमा, तिनीहरूलाई यसो भन्दै सम्झाएर तुरुन्तै छोडेर जान लगाऊ: “तिमीले परमेश्‍वरको काम साँचो मार्ग हो भनेर कहिल्यै पुष्टि गर्न सक्दैनौ, र तिमी आफ्ना कठिनाइहरू समाधान गर्न सत्यताको खोजी गर्दैनौ। यसरी विश्‍वास गरिरहँदा यसबाट कस्तो परिणाम आउन सक्छ? तिमीले सत्यतालाई प्रेम नगर्ने र तिमीलाई मण्डली जीवन जिउन मन नपर्ने हुनाले, तिमी आफ्नै रोजाइका आधारमा आफूलाई जहाँ रुचि लाग्छ त्यहाँ जानुपर्छ। के तिमी अरूभन्दा माथि उठ्ने र ठूलो सफलता हासिल गर्ने कार्यलाई पछ्याउन चाहँदैनौ र? त्यसोभए तिमी संसारमा गएर त्यसको लागि संघर्ष गर्नुपर्छ। सायद तिमी धनी बन्न वा पदाधिकारी बन्न सक्छौ र तिमीले संसारमा आफ्ना सपनाहरू हासिल गर्न सक्छौ। तिमी अझै पनि परमेश्‍वरको घरमा बसिरहनु हुँदैन।” त्यस्ता मानिसहरूका हकमा, तैँले कुनै पनि हालतमा तिनीहरूलाई जबरजस्ती गर्नु हुँदैन वा तिनीहरूलाई बस्न आग्रह गर्ने प्रयास गर्नु हुँदैन। यदि तिनीहरू मण्डली छोडेर जान चाहन्छन् भने, तिनीहरूलाई जान देओ। यी अविश्‍वासीहरूलाई निरन्तर अर्ती दिनु र बस्न अनुरोध गर्नु परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुँदैन। परमेश्‍वरको कामले मानिसहरूलाई कहिल्यै जबरजस्ती गर्दैन, र जब तैँले अनिर्णित मानिसहरूलाई घिस्याउने र तान्‍ने गरिरहन्छस्, तब त्यसमा जबरजस्तीको तत्त्व हुन्छ। यी मानिसहरू बाहिर गएर काम गर्न, पैसा कमाउन, र राम्रो जीवन जिउन, वा आफूलाई व्यक्तिगत रूपमा मन पर्ने कुराहरू पछ्याउन चाहन्छन्। तिनीहरूले सधैँ यी अभिप्रायहरू राख्दै आएका छन्, र तिनीहरूले सधैँ आफ्नै आकाङ्क्षा र योजनाहरू राख्दै आएका छन्। यो कुरा कसैलाई थाहा नभए पनि, तिनीहरूको व्यवहारले यो कुरा प्रकट गरिसकेको छ। उदाहरणका लागि, आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरू प्रायजसो आधा हृदयले काम गर्छन्, वा प्रायजसो बिर्सिने, झाराटारुवा हुने, र काम गरेको जस्तो मात्र गर्ने गर्छन्। तिनीहरूले प्रायजसो आफ्नो कर्तव्य पूरा गर्नमा विशेष अनिच्छा देखाउँछन्, सधैँ आफूले केही गुमाइरहेको जस्तो महसुस गर्छन्, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा त्यसले आफूलाई पैसा कमाउनबाट रोकिरहेको छ भन्ने सोच्छन्। यस्ता मानिसहरूका हकमा, तिनीहरूलाई छोडेर जानका लागि यसो भन्दै मनाउनुपर्छ: “तिमी सधैँ आधा हृदयले र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्छौ, र अन्ततः तिमी सत्यता प्राप्त गर्न असफल हुनेछौ, र परमेश्‍वरले तिमीलाई अनुमोदन गर्नुहुनेछैन—त्यो ठूलो घाटा हुनेछ! तिमीलाई सत्यतामा रुचि नभएको, तिमीले परमेश्‍वरको अस्तित्व वा उहाँको सार्वभौमिकतालाई पुष्टि गर्न नसक्ने, र संसारलाई पछ्याएमा निकै सफल हुन र अरूभन्दा माथि उठ्न सकिन्छ भन्ने विश्‍वास गर्दै संसार अद्भुत छ भन्ने सोच्ने हुनाले, तिमी संसारमै फर्केर त्यहाँ लागिपर्नु नै राम्रो हुन्छ। यहाँ यस्तो कष्ट भोग्नुको के अर्थ?” विशेष गरी, यी मानिसहरूले प्रायजसो तिनीहरूसँग निश्चित क्षेत्रमा दक्षता छ, तिनीहरूसँग केही सीप र क्षमता छ भन्ने महसुस गर्छन्, र यदि तिनीहरू समाज वा संसारमा आफ्नै बलबुतामा अघि बढे भने, तिनीहरूले ख्याति र सम्पत्ति दुवै प्राप्त गर्न सक्छन्, र उच्च हैसियत र इनाम प्राप्त गर्न सक्छन् भन्ने विश्‍वास गर्छन्। तर, परमेश्‍वरमा विश्‍वास गर्न थालेर केही वर्ष यताउता हल्लिएर बसेपछि, तिनीहरूले कुनै बढुवा प्राप्त गरेका हुँदैनन् वा तिनीहरू कुनै महत्त्वपूर्ण पदका लागि छानिएका हुँदैनन्। अरूभन्दा माथि उठ्न नसक्दा, तिनीहरू हृदयमा निकै दुःखित र निकै अनिच्छुक हुन्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्न अनिच्छुक हुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्न त झन् अनिच्छुक हुन्छन्। तिनीहरूको हृदय निरन्तर बेचैन हुन्छ र तिनीहरूको मन यताउति डुलिरहेको हुन्छ, र तिनीहरू चञ्चल र अस्थिर हुन्छन्। बेला-बेलामा, तिनीहरू आफ्ना सहपाठी र साथीहरूले कसरी यस्तो राम्रो जागिर पाएका छन्, यति उच्च पदहरू हासिल गरेका छन्, र तिनीहरूले कसरी अरूको भन्दा उच्च स्तरको जीवन जिइरहेका छन् भन्नेबारे सोच्छन्, जसले गर्दा तिनीहरूलाई विशेष गरी परमेश्‍वरमा विश्‍वास गरेर आफूलाई ठूलो अन्याय गरेको छु भन्ने महसुस हुन्छ, र तिनीहरू आफूलाई केही न कामको, अयोग्य, र परमेश्‍वरमा विश्‍वास गरेर असफल भएको व्यक्ति ठान्छन्, र आफ्ना आमाबुबा र पुर्खाहरूसामु पर्न साह्रै लज्‍जित महसुस गर्छन्। यसले गर्दा तिनीहरू अझै दुःखी र अनिच्छुक हुन्छन्, र पहिलो कुरा तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने निर्णय गरेकोमै तिनीहरूलाई निकै पछुतो हुन्छ! त्यसकारण तिनीहरूको मन झनै डगमगाउँछ। परमेश्‍वरमा विश्‍वास गरेको र आफ्नो कर्तव्य पूरा गरेको वर्षौँको अवधिमा, तिनीहरूको आस्था बलियो नभएको मात्र होइन, तिनीहरूले आफूसँग कुनै बेला भएको सुरुवाती जोश पनि गुमाएका छन्। तिमीहरूलाई त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ भन्ने लाग्छ? (तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ।) यदि तैँले तिनीहरूलाई छोडेर जानका लागि मनाइस् भने, तिनीहरूले यसो भन्न सक्छन्, “मैले आफ्नो शिक्षा, विवाह, र सम्भाव्यताहरूलाई त्यागेर धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छु। अहिले तपाईँ मलाई मण्डली छोड्न भनिरहनुभएको छ—के यसको अर्थ मैले यत्तिका वर्षसम्म भोगेका सबै कष्ट व्यर्थ भएको छ भन्ने हुँदैन र? मेरो कुनै भावी गन्तव्य हुनेछैन, होइन र? त्यो दुवै पक्षलाई घाटा हुनु हो। के त्यो त मेरो ज्यान लिनु जस्तै होइन र?” के तिनीहरूलाई छोडेर जानका लागि मनाउनु अत्यन्तै निर्दयी हुनु हो? के यसो गर्नु उचित हुन्छ? (पहिलो कुरा त यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न कहिल्यै चाहेकै हुँदैनन्। तिनीहरूले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै चलाकी गरेर मण्डलीमा घुसपैठ गरेका हुन्। जब तिनीहरूले मण्डली सधैँ परमेश्‍वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने कार्यमा केन्द्रित रहेको देख्छन्, तब तिनीहरू यी कुराहरूप्रति वितृष्ण हुन्छन् र छोडेर जान चाहन्छन्। त्यस्ता मानिसहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तिनीहरूलाई पक्रेर राख्न सकिने भए पनि, तिनीहरूको हृदयलाई पक्रेर राख्न सकिँदैन।) यदि तिनीहरूले केही इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्छन् तर तिनीहरूमा सत्यताबारे प्रस्टता छँदै छैन, वा तिनीहरूले व्यवधान र असफलताहरू सामना गरेकाले वा काटछाँट अनुभव गरेकाले तिनीहरू अस्थायी रूपमा अलिक नकारात्मक र कमजोर बन्छन् भने, यी अवस्थाहरूमा, तैँले सत्यता सङ्गति गरेर तिनीहरूलाई सहयोग गर्न र साथ दिन सक्छस्। तर, मानौँ तिनीहरूको कमजोरी अस्थायी होइन, बरु तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा निरन्तर झाराटारुवा हुन्छन् र केवल औपचारिकता पूरा गर्छन्, र आधा हृदयले गर्छन्, र तिनीहरू आफूलाई अन्त कतै नपठाइएकोमा नै सन्तुष्ट हुन्छन्; अनि मानौँ तिनीहरूले इमानदारी वा जोशविना आफ्नो कर्तव्य पूरा गर्छन्, वा अझै सटीक रूपमा भन्दा, तिनीहरूमा पछ्याइको कुनै उद्देश्य छैन र तिनीहरूले त्यत्तिकै दिनहरू बिताइरहेका छन्—यदि तिनीहरू यस्तै व्यक्ति हुन् भन्ने कुरा स्पष्ट भयो भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउन सकिन्छ।

कतिपय मानिसहरू अविश्‍वासी हुन्छन्। यदि तैँले तिनीहरू आधारभूत रूपमा सत्यतालाई प्रेम नगर्ने र श्रम गर्न समेत नचाहने मानिस हुन् भन्ने कुरा प्रस्ट देख्न सक्छस् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तिनीहरूका मुख्य प्रकटीकरणहरू के हुन् भने, तिनीहरूले परमेश्‍वरका वचनहरू कहिल्यै पढ्दैनन्, भजनहरू कहिल्यै सिक्दैनन्, प्रवचनहरू कहिल्यै सुन्दैनन्, र कहिल्यै सत्यता सङ्गति गर्दैनन् वा आफूलाई चिन्ने बारेमा कुरा गर्दैनन्। तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरू सुन्न पनि मन पर्दैन। तिनीहरूले परमेश्‍वरको घरले निर्माण गरेका चलचित्र वा भजन भिडियोहरू वा अनुभवात्मक गवाहीका भिडियोहरू कहिल्यै हेर्दैनन्, र हेरिहाले पनि, मनोरञ्जनका लागि वा जिज्ञासाका कारण मात्रै हेर्छन्, र त्यस्तो अवस्थामा तिनीहरूले मन नलागी-नलागी थोरै मात्रै हेर्छन्; अनि यो तिनीहरूको आफ्नै जीवन प्रवेशको बोझको बोधले गर्दा हुँदै होइन, बरु आनन्द र उत्साहका लागि हेर्नु मात्रै हो। तिनीहरूले आफ्नो धेरैजसो समय के गरेर बिताउँछन्? कुराकानी गर्ने, गफ गर्ने, वा अनलाइनमा आफूलाई मन पर्ने कुराहरू हेर्ने। उदाहरणका लागि, तिनीहरूमध्ये कतिलाई शेयर बजार मन पर्छ र तिनीहरू निरन्तर अनलाइन शेयर प्रवृत्तिहरू जाँच गर्छन्; कतिलाई कार वा इलेक्ट्रोनिक सामानहरू मन पर्छ र तिनीहरू कुन-कुन ब्रान्डले नयाँ मोडेलहरू निकालेका छन् वा केही नयाँ प्रविधि विकास गरेका छन् भनेर हेर्नका लागि सधैँ अनलाइनमा हेरिरहेका हुन्छन्; अरूलाई स्वतन्त्र मिडियाले तयार गरेका अनलाइन समाचार रिपोर्टहरू हेर्न मन पर्छ; अनि कतिलाई सौन्दर्य, मेकअप, वा स्वास्थ्य सेवा मन पर्छ र तिनीहरू सौन्दर्य, स्वास्थ्य सेवा, वा राम्रो स्वास्थ्य कायम राख्ने र दीर्घायु हासिल गर्ने उपायहरूका बारेमा पढ्नका लागि बारम्बार अनलाइन जान्छन्। मुक्ति पाउनका लागि विश्‍वासीहरूले प्रवेश गर्नुपर्ने विभिन्न सत्यताहरू, वा दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरूमा यी मानिसहरूलाई कुनै रुचि हुँदैन। मन नलागी-नलागी थोरै कर्तव्य पूरा गर्ने बाहेक, तिनीहरू सधैँ गैरविश्‍वासी संसारको बदलिँदो अवस्था, र संसारका नयाँ प्रचलन र महत्त्वपूर्ण समाचारहरू, र तिनीहरूको आफ्नै देशका घटनाक्रमहरू लगायतका कुराहरूमा ध्यान दिन्छन्। तिनीहरूले यस्तो जानकारी हेर्ने काम मात्रै गर्छन्। तिनीहरूले सधैँ यी कुराहरू हेर्ने हुनाले, तिनीहरूको हृदय त्यस्ता कुराहरूले मात्रै भरिएको हुन्छ, र तिनीहरू आफूले परमेश्‍वरका विश्‍वासीका रूपमा बुझ्नुपर्ने सत्यताहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। तिनीहरूसँग जसले सङ्गति गरे पनि, तिनीहरूले यसलाई ग्रहण गर्दैनन्। आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, तिनीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्छन् र आफ्नो कर्तव्य पूरा गर्दा के-कस्ता समस्याहरू हुन्छन्, र परमेश्‍वरले मानिसहरूसँग गर्नुहुने कुन-कुन माग तिनीहरूले पूरा गर्छन् र कुन-कुन माग पूरा गर्दैनन् भन्ने जस्ता जीवन प्रवेशसँग सम्बन्धित कुराहरूबारे तिनीहरूलाई न त चासो हुन्छ, न त चिन्ता नै। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरे पनि, झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्, सत्यता सिद्धान्तहरू अलिकति पनि खोजिरहेका हुँदैनन्। त्यस्ता मानिसहरूले आफू परमेश्‍वरको विश्‍वासी भएको दाबी गर्ने भए पनि, तिनीहरूले भित्री रूपमा पैसा, हैसियत, र गैरविश्‍वासी संसारका प्रचलनहरूलाई मन पराउँछन् र ध्यान दिन्छन्, र तिनीहरू गैरविश्‍वासी संसारका प्रचलनहरू पछ्याउने मानिसहरूसँग सङ्गत गर्न मन पराउँछन्। गैरविश्‍वासी संसारका मामलाहरूका बारेमा कुरा गर्दा, तिनीहरूले ठूलो उत्साह र अथक जोशका साथ कुरा गर्छन्, यसबारे वाक्पटु तरिकाले कुरा गर्छन् र बोलेको बोल्यै गर्छन्, तर जब सत्यताबारे सङ्गति गर्न मन पराउने मानिसहरूसँग तिनीहरूको भेट हुन्छ, तब तिनीहरूसँग भन्ने कुरा केही हुँदैन। जब कुनै दाजुभाइ-दिदीबहिनीले “एउटा भजन अत्यन्तै सुन्दर छ, मैले सबै शब्दहरू याद गरेको छु” भनेर भन्छ, तब तिनीहरूले सतही रूपमा भन्छन्, “तपाईँले याद गर्नुभएछ। एकदम राम्रो।” जब कुनै दाजुभाइ-दिदीबहिनीले “फलानो बहिनीको अनुभवात्मक गवाही साँच्चिकै राम्रो छ!” भनेर भन्छ, तब तिनीहरूले भन्छन्, “अहिले अनुभवात्मक गवाहीका भिडियोहरू धेरै छन्, कुन चाहिँ राम्रो छैन र? ती सबै निकै राम्रा छन्।” तिनीहरूले यस्तै सतही रूपमा मात्र प्रतिक्रिया दिन्छन्; वास्तवमा, तिनीहरूलाई सत्यतामा कुनै रुचि हुँदैन र दाजुभाइ-दिदीबहिनीहरूसँग तिनीहरूको कुनै साझा भाषा हुँदैन। जब कसैले तिनीहरूलाई “के तपाईँ परिस्थितिहरू आइपर्दा प्रार्थना गर्नुहुन्छ?” भनेर सोध्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “कसरी प्रार्थना गर्ने? केबारे प्रार्थना गर्ने?” तिनीहरूले प्रार्थना गर्दैनन्, न त तिनीहरूसँग परमेश्‍वरलाई भन्नका लागि केही कुरा नै हुन्छ। यी मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नेसँग सम्बन्धित कुनै पनि कुरामा रुचि हुँदैन, र तिनीहरूको हृदय गैरविश्‍वासी संसारका यावत् किसिमका कुराहरूले भरिएको हुन्छ। तिमीहरूलाई के लाग्छ—के त्यस्ता मानिसहरूमा समस्या हुन्छ? (हुन्छ।) यदि तैँले तिनीहरू सधैँ आधा हृदयले आफ्नो कर्तव्य पूरा गर्छन्, र कुनै पनि काम दिइँदा, तिनीहरू अत्यन्तै अधीर बन्छन्, थोरै कष्ट भोग्ने बित्तिकै गुनासो गर्छन्, र केही वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूले बारम्बार “परमेश्‍वरमा विश्‍वास गरेर मलाई नोक्सान भएको छ; यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, अहिले मेरो तलब वृद्धि भएर यति पुगेको हुनेथियो, र मैले यस्तो हैसियत, र यस्तो विलासितापूर्ण जीवनशैलीको आनन्द लिन सक्थेँ” भन्ने जस्ता विचारहरू प्रकट गरेको देखिस् भने, त्यस्ता मानिसहरूलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ।) त्यस्ता मानिसहरूलाई छोडेर जानका लागि मना र अबदेखि कुनै कर्तव्य पूरा गर्न नलगा, किनभने तिनीहरू श्रम गर्न समेत अनिच्छुक हुन्छन्। तिनीहरूले विश्‍वासीका रूपमा भेलाहरूमा सहभागिता जनाउनु नै सहनीय कुरा हो, तर आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरलाई पछ्याउनु तिनीहरूको महान् कार्यमा तगारो बन्छ भन्ने सोच्छन्। तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरलाई पछ्याउनु तिनीहरूको सुखको पछ्याइका लागि ठूलो बाधा हो भन्ने लाग्छ। तिनीहरू यदि आफूले आफ्नो कर्तव्य पूरा नगरिरहेका भए, आफू अरूभन्दा माथि उठेर, उच्च पदस्थ अधिकारी बनिसकेको हुनेथिएँ र संसारमा धेरै पैसा कमाएको हुनेथिएँ भन्ने विश्‍वास गर्छन्। त्यसोभए हामीले तिनीहरूलाई किन रोक्‍ने? त्यसकारण, तिनीहरूलाई छोडेर जानका लागि मनाउनु सबैका लागि राम्रो हो। तिनीहरूलाई जबरजस्ती बसाउनु वा बस्नका लागि आग्रह गर्ने प्रयास गर्नु ठूलो गल्ती हुनेछ। तैँले त्यस्ता मानिसहरूलाई यसरी मनाउनुपर्छ: “तिमीले किन परमेश्‍वरमा विश्‍वास गर्ने निर्णय गर्‍यौ? यदि तिमीलाई सत्यतामा रुचि छैन र तिमी सधैँ परमेश्‍वरबारे शङ्काले भरिएको हुन्छौ भने, के तिमीले कहिल्यै सत्यता प्राप्त गर्न सक्छौ? तिमी विचार, पढाइ, र प्रतिभा भएको व्यक्ति हौ—यदि तिमीले बाहिरको संसारमा मेहनत गरिरहेको भए, तिमी अवश्य नै कुनै कम्पनीको अध्यक्ष वा प्रमुख कार्यकारी अधिकारी बन्न सक्थ्यौ, वा करोडपति वा अरबपति बन्न सक्थ्यौ। परमेश्‍वरको घरमा यसरी भौँतारिएर हिँडेर त, सर्वप्रथम, तिमी अरूभन्दा माथि उठ्न सक्दैनौ; दोस्रो, तिमीले ठूलो सफलता हासिल गर्न सक्दैनौ; अनि अन्तिममा, तिमीले आफ्ना पुर्खाहरूलाई महिमा दिन सक्दैनौ। यसका साथै, आफ्नो कर्तव्य पूरा गर्दा, तिमी सधैँ झाराटारुवा बन्छौ, जसले गर्दा तिमी काटछाँटमा पर्छौ, र त्यसले तिमीलाई सधैँ दुःखी बनाउँछ। यस्तो कष्ट किनसहनु? तिमी बाहिरी संसारमा जानुपर्छ, चाहे त्यो राजनीतिमा होस् वा व्यापारमा होस्, र तिमीले अवश्य नै आफ्ना लागि निश्चित तहको सफलता हासिल गर्नेछौ। तिमी हामीभन्दा फरक छौ: तिमीसँग शिक्षा र प्रतिभा दुवै छ, र तिमी एउटा कुलीन व्यक्ति हौ—हामी साधारण मानिसहरूका साथमा परमेश्‍वरमा विश्‍वास गर्नु तिम्रो स्तरभन्दा तलको कुरा होइन र? गैरविश्‍वासीहरूले प्रायजसो भन्छन् नि, ‘संसार तिम्रो रङ्गमञ्च हो’—आफूसँग मौका छँदै, तिमीले संसारमा अझै पनि केही ख्याति, प्राप्ति, र हैसियत पछ्याउने समय बाँकी छ भन्ने तथ्यको फाइदा उठाउनुपर्छ। यहाँ बसेर आफूलाई अन्यायमा नपार।” के यो तिनीहरूलाई मनाउने उचित तरिका हो? शब्द चयन निकै चतुर्‍याइँपूर्ण छ, होइन र? (हो।) यसले तिनीहरूलाई चोट पुर्‍याउँदैन, र यो तिनीहरूले सुन्न चाहेकै कुरा भन्नु पनि हो। मलाई लाग्छ, यो तरिका उचित छ, यसले तिनीहरूलाई सल्लाह स्वीकार गर्न सजिलो बनाउँछ, र तिनीहरूले कुनै चिन्ताविना निर्भिक रूपमा छोडेर जान सक्छन्। यस्ता मानिसहरूलाई निराकरण गर्दा, यदि तँ तिनीहरू अविश्‍वासी हुन् भन्ने कुरामा पक्का छस्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूमा बिलकुलै जोश छैन, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा कहिल्यै इमानदार हुँदैनन्, र तिनीहरूले कहिल्यै जीवन प्रवेश प्राप्त गरेका छैनन्—न त कालान्तरमा तिनीहरूले यो कुरा प्राप्त गर्ने सम्भावना नै छ—भन्ने देखिस् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। यदि तैँले तिनीहरूलाई छोडेर जानका लागि मनाइनस् भने, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा र उदासीन मनोवृत्ति अपनाउनेछन्, र तिनीहरूले ठूलो विपत्ति ल्याउने समय पनि आउन सक्छ।

ट. कायर र शङ्कास्पद हुनु

हामीले दसौँ प्रकटीकरण—डगमगाउनु—बारे सङ्गति समाप्त गरेका छौँ। अब, यसपछि हामी एघारौँ प्रकटीकरण—कायर र शङ्कास्पद हुनु—लाई हेरौँ। कायर मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? (कायर मानिसहरू पक्राउ र सतावटको सामना गर्दा त्रसित हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न त चाहन्छन्, तर आँट गर्दैनन्।) त्यो त एउटा सानो पक्ष मात्रै हो। मुख्य समस्या के हो भने, परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा तिनीहरूको एउटा दृष्टिकोण हुन्छ: तिनीहरूलाई सधैँ परमेश्‍वरका विश्‍वासीहरू यस संसारमा असुहाउँदा देखिन्छन् भन्ने लाग्छ; तिनीहरूलाई परमेश्‍वरमाथिको उनीहरूको विश्‍वास लाजमर्दो छ भन्ने लाग्छ। विशेष गरी कतिपय निरङ्कुश देश वा धार्मिक स्वतन्त्रता नभएका देशहरूमा, जहाँ परमेश्‍वरका विश्‍वासीहरूलाई कानुनी सुरक्षा नहुने मात्र नभई तिनीहरू सतावटको पनि सिकार हुन्छन्, त्यहाँ कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर स्वीकार गर्ने आँट गर्दैनन् र अरूले थाहा पाउनेछन् भन्ने डर मान्छन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु इमानदार र आदरणीय कुरा होइन भन्ने लाग्छ। तिनीहरूलाई आफूले साँचो परमेश्‍वरमा विश्‍वास गर्ने गरेको थाहा भए पनि, तिनीहरूलाई यसमा कुनै सम्मान महसुस हुँदैन, न त तिनीहरूमा आत्मविश्‍वास नै हुन्छ। जब समस्याको कुनै सङ्केत देखा पर्छ वा जब तिनीहरूले सरकारले विश्‍वासीहरूलाई पक्राउ गरिरहेको, सताइरहेको, दमन गरिरहेको, र बहिष्कार गरिरहेको देख्छन्, तब तिनीहरू आफू पनि यसमा परिने हो कि भनेर विशेष रूपमा चिन्तित हुन्छन्। त्यस्ता अवस्थाहरूमा, कतिपय मानिसहरूले तुरुन्तै मण्डलीबाट आफूलाई अलग गर्छन्, र हस्याङफस्याङ गर्दै परमेश्‍वरको घरमा पुस्तकहरू फर्काउन समेत जान्छन्। अरूले पक्राउ पर्छु भन्ने डरले त्यस उप्रान्त भेलाहरूमा सहभागी हुने आँट गर्दैनन् र दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा अभिवादन गर्ने आँट गर्दैनन्। विशेष गरी आफ्नो विश्‍वासका लागि तुलनात्मक रूपमा चर्चित वा पहिले पक्राउ परेका मानिसहरूका हकमा, यी मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गर्ने आँट त झनै गर्दैनन्—तिनीहरू यो हदसम्म कायर हुन्छन्। अझै खराब कुरा त, सरकारले पक्राउको ठूलो लहर सुरु गरेको छ भन्ने सुनेपछि, तिनीहरू आफूले यसभन्दा पहिले परमेश्‍वरमा विश्‍वास गर्ने गरेको र कुन-कुन मानिसहरूले विश्‍वास गर्छन् भन्ने आफूलाई थाहा भएको कुरा सक्रिय रूपमा कबुल गर्नका लागि हतार-हतार अधिकारीहरूकहाँ जान्छन्, र आत्मसंरक्षणको एउटै उद्देश्य राखेर सजायमा छुट पाउनका लागि उनीहरूलाई सक्रिय रूपमा विश्वासघात गर्छन् र परमेश्‍वरका वचनहरूका पुस्तकहरू र परमेश्‍वरमाथिको विश्‍वाससँग सम्बन्धित अन्य सामग्रीहरू सुम्पन्छन्। भन त, के यी कायर हुनुका प्रकटीकरणहरू होइनन् र? (हुन्।) विशेष गरी कतिपय मानिसहरूका हकमा, परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू सधैँ अरूले तिनीहरूको आस्थाबारे थाहा पाउनेछन् भनेर डराउँछन्, र तिनीहरू यदि कसैलाई पक्राउ गरियो भने, उसले तिनीहरूलाई विश्वासघात गर्नेछ भनेर अझै बढी डराउँछन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भन्ने कुरा कसैले थाहा पाउने बित्तिकै, तिनीहरू हतार-हतार आफूले अब विश्‍वास गर्न छोडेको भन्दै सफाइ दिन्छन्, र गैरविश्‍वासीहरूलाई तिनीहरू विश्‍वासी हुन् भन्ने शङ्का त्याग्न लगाउनका लागि हतार-हतार कामकुरा समेत गर्छन्। उदाहरणका लागि, तिनीहरूले सँगै खाने, पार्टी गर्ने, जुवा खेल्ने, मद्यपान गर्ने, इत्यादि गर्दै गैरविश्‍वासीहरूसँग सम्बन्ध बढाउँछन्। समस्याको सानो सङ्केत देख्नेबित्तिकै, तिनीहरूले भेलाहरूमा सहभागी हुने आँट गर्दैनन् र आफ्नो कर्तव्य पूरा गर्न छोड्छन्, र तिनीहरूसँग सम्पर्क गर्न खोज्ने जोकोहीलाई बेवास्ता गर्छन्। जब सबै कुरा शान्त हुन्छ, तब तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा कसरी आशिष्‌हरू मिल्छ, व्यक्ति मर्नबाट जोगिन सक्छ, र उसले स्वर्ग जान र राम्रो गन्तव्य प्राप्त गर्न सक्छ भन्ने बारेमा सोच्छन्—त्यसबेला तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न ऊर्जाले भरिएका हुन्छन्। तर तिनीहरूले अलिक खतरनाक वातावरणको सामना गर्नेबित्तिकै, तिनीहरू कुनै सुइँकोविना हराउँछन्। त्यसपछि, जब उक्त अवस्था बितेर जान्छ र कामकुरा फेरि साम्य हुन्छ, तब तिनीहरू फर्केर आउँछन्। यस्तो व्यक्ति बारम्बार हराइरहन्छ। तिनीहरूलाई अह्राइएको कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, अलिकति खतरा पैदा हुनेबित्तिकै, तिनीहरूले आफ्नो कामको निरन्तरताका लागि कुनै बन्दोबस्त नगरी तुरुन्तै त्यसलाई छोड्न सक्छन्, र पछि तिनीहरूलाई कसैले पनि सम्पर्क गर्न सक्दैन। अरू मानिसहरूले पनि यस्तै खतरनाक वातावरणको सामना गर्दा, तिनीहरूले परिणामलाई उचित रूपमा सम्हाल्न यावत् उपायहरू सोच्न सक्छन्। यदि अहिले वातावरण अत्यन्तै शत्रुवत् छ र गिरफ्तारीको खतरा उच्च छ भने, तिनीहरूले खतरा टर्नेबेलासम्म पर्खिन्छन् अनि मात्र कामलाई निरन्तरता दिन्छन्। वा, यदि तिनीहरू विश्‍वासीका रूपमा अत्यन्तै चर्चित छन् र काम गर्न आफ्नो अनुहार देखाए भने तिनीहरू सजिलै पक्राउ पर्न सक्छन् भने तिनीहरूले अरू कसैलाई यो काम गराउँछन्। तर जब यी कायर मानिसहरूले अलिकति पनि समस्या महसुस गर्छन्, तब तिनीहरू हतार-हतार लुक्छन्, र आफ्नो टाउको लुकाउने र आफ्नो ज्यान बचाउने सङ्घर्षमा लाग्छन्, मण्डलीको काम र सम्पत्तिलाई पूर्ण रूपमा बेवास्ता र अवहेलना गर्छन्, मण्डलीको कामको रक्षा गर्न वा दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन कुनै प्रयास गर्दैनन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूलाई सबैभन्दा बढी केको डर हुन्छ? पहिलो, तिनीहरूलाई सरकारले तिनीहरूको विश्‍वासका बारेमा भेउ पाउनेछ भन्ने डर हुन्छ। दोस्रो, तिनीहरूलाई छिमेकीहरूले थाहा पाउनेछन् भन्ने डर हुन्छ। तेस्रो, तिनीहरूलाई सबैभन्दा बढी डर लाग्ने कुरा भनेको पक्राउ र जेल पर्नु, वा कुटपिट गरेर मारिनु हो। त्यसकारण, जब कुनै घटना घट्छ, तब तिनीहरूले सोच्ने पहिलो कुरा भनेको तिनीहरू पक्राउ पर्लान् कि वा तिनीहरू मारिएलान् कि भन्ने हुन्छ। यदि यी दुईमध्ये कुनै पनि कुरा हुने सम्भावना १% मात्रै छ भने पनि, तिनीहरूले उम्कने उपाय पत्ता लगाउनेछन्। उदाहरणका लागि, भेलाको दौरान, कुनै दाजुभाइ वा दिदीबहिनीले यसो भन्न सक्छ, “म यहाँ आउँदा, मैले नजिकै एक जना अपरिचित जस्तो देखिने व्यक्तिलाई देखेँ। के यो हामीलाई निगरानी गर्ने गैरविश्‍वासी हुन सक्छ?” यो एउटा टिप्पणी सुनेरै, कायर मानिसहरू अर्को भेलामा सहभागी हुँदैनन् र तिनीहरूले सबैसँग सम्पर्क बन्द गर्छन्। के तँ यसलाई सतर्क हुनु भनेर भन्छस्? (यो सामान्य सतर्कता होइन, यो त कायरता हो—तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ हुँदैन।) यो चरम रूपमा सतर्क हुनु हो। वातावरण अत्यन्तै शत्रुवत् भएका देश वा क्षेत्रहरूमा, विश्‍वासीहरू सतर्क हुनुपर्छ भन्ने कुरा साँचो हो, तर यसको अर्थ पक्राउ पर्ने डरले आफ्नो कर्तव्य पूरा गर्न वा भेलाहरूमा सहभागी हुन छोड्नुपर्छ, र तिनीहरू यति सतर्क हुनुपर्छ कि तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ नै नहोस् भन्ने होइन। सतर्क हुने बारेमा कायर मानिसहरूको सिद्धान्त के हो? जेसुकै भए पनि—चाहे त्यो ठूलो होस् वा सानो—तिनीहरूले सबै कुरा परमेश्‍वरको हातमा छ भन्ने कुरामा पटक्कै विश्‍वास गर्दैनन्। तिनीहरूले कोही पनि भरपर्दो हुँदैन भन्ने सोच्छन्, र तिनीहरू आफूलाई रक्षा गर्न आफूमै भर पर्छन्। तिनीहरूको सिद्धान्त यही हो। तिनीहरूले सबै कुरा परमेश्‍वरको हातमा छ; सबै कुरा परमेश्‍वरले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको छ; यदि कुनै कुरा साँच्चै नै भयो भने, त्यो परमेश्‍वरको अनुमतिले हुन्छ, र परमेश्‍वरले अनुमति दिनुभएको छैन भने, कोही पनि पक्राउ पर्नेछैन भन्ने कुरामा विश्‍वास गर्दैनन्। यस सम्बन्धमा तिनीहरूमा बिलकुलै आस्था हुँदैन। बरु, तिनीहरूको हृदय कायरताले मात्रै भरिएको हुन्छ। यसका साथै, तिनीहरूको कायरतामा एउटा घातक कमजोरी हुन्छ, र यो नै तिनीहरूको सबैभन्दा घृणित कुरा पनि हो: आफूलाई रक्षा गर्न र आफूलाई कायर महसुस गराउने कुनै पनि वातावरण जुध्नका लागि, तिनीहरू आफूले “सर्वोच्च बुद्धि” ठानेको कुरालाई पछ्याउँछन्, जुन के हो भने, जेसुकै भए पनि—चाहे तिनीहरूलाई निगरानी गरिएको होस् वा पक्राउ गरेर र जेल हालिएको होस्—एक पटक केही गल्ती भयो र तिनीहरूको सुरक्षामा खतरा आयो भने, पहिलो कुरा, तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास गर्ने कुरालाई नकार्छन्, र अर्को कुरा, तिनीहरूले केही कुरा नलुकाई आफूले जानेको सबै कुरा भनेर धोका दिन्छन्। तिनीहरूले किन यसो गर्छन्? केवल आफूलाई शारीरिक कष्टबाट जोगाउनका लागि; तसर्थ, तिनीहरूले जे जानेका छन् सबै खुलासा गर्छन्। पहिलो कुरा, तिनीहरूले मण्डली अगुवाहरूलाई विश्‍वासघात गर्छन्, र जिल्ला अगुवा र क्षेत्रीय अगुवाहरू को-को हुन् र तिनीहरू कहाँ बस्छन् भन्ने कुरा खुलासा गर्छन्, र आफूले जानेको सबै कुरा खुलासा गरिदिन्छन्। तिनीहरूले यातना भोग्नुभन्दा पहिले नै सबै कुरामा विश्‍वासघात गर्छन्। यसका साथै, “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न लगाइयो भने, तिनीहरूले त्यसबारे विचार समेत नगरी तुरुन्तै हस्ताक्षर गर्छन्—तिनीहरू यसका लागि पहिलेदेखि नै तयारी अवस्थामा हुन्छन्। तिनीहरूले जेल पर्नबाट जोगिन, यातनाबाट जोगिन, र मृत्युको कुनै पनि खतराबाट टाढा रहनका लागि यसो गर्छन्। तिनीहरू निकै कायर हुन्छन्। तिनीहरूले न त परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन् न त आफ्नो ज्यान जोखिममा पार्न नै सक्छन्। बरु, तिनीहरूले आफूलाई रक्षा गर्ने हरसम्भव उपाय सोच्छन्। तिनीहरूका लागि, सबैभन्दा उत्तम विधि भनेको अरूलाई र मण्डलीलाई विश्वासघात गर्नु हो—सबैभन्दा प्रभावकारी उपाय यही हो। तिनीहरूले आफ्नो सुरक्षाको प्रत्याभूति गर्न र कुनै पनि पीडाबाट जोगिनका लागि त्यसको मूल्यस्वरूप अरूलाई धोका दिन्छन्। तिनीहरूले धेरै पहिले नै यो योजना बनाएका हुन्छन्—यो तिनीहरूको “सर्वोच्च बुद्धि” हो। ल भन् त, के यस्तो व्यक्तिको कायरता सामान्य कायरता हो? (होइन।) त्यसोभए समस्या के हो त? (तिनीहरू यति कायर हुन्छन् कि तिनीहरू कुनै पनि बेला र स्थानमा दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई धोका दिन तयार हुने यहूदा बन्छन्। त्यस्ता मानिसहरू साँचो विश्‍वासी होइनन्।) तिनीहरू साँचो विश्‍वासी हुन् कि झूटा विश्‍वासी हुन् भन्ने कुरालाई अहिलेका लागि थाती राखौँ। तिनीहरूको मानवतालाई मात्र हेर् त—तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको इमानदार र आदरणीय कुरा नभई धूर्त र लाजमर्दो कुरा हो भन्ने सोच्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु जस्तो यति इमानदार, आदरणीय, र सकारात्मक कुरालाई नकारात्मक कुरा ठान्छन्—तँलाई तिनीहरू कस्ता मानिस हुन् भन्ने लाग्छ? (अलमल्ल मानिस, जो तुलनात्मक रूपमा दुष्ट हुन्छन्।) कामकुराबारे तिनीहरूको दृष्टिकोण र तिनलाई बुझ्ने तरिका सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। कहिलेकहीँ तिनीहरूले सही र गलत छुट्याउन नसकेर सेतोलाई कालोसमेत भन्न सक्छन्। परमेश्‍वरका विश्‍वासीहरूले कसरी जानी-जानी लुकीछिपी गर्न सक्छन्? किनभने यो संसार अत्यन्तै दुष्ट छ—कानुनले धार्मिक स्वतन्त्रताको रक्षा गर्दैन, र अझ बढी त शैतानी शासनले परमेश्‍वरलाई घृणा गर्छ र परमेश्‍वरको कामलाई शत्रुताको नजरले हेर्छ। यसले सकारात्मक कुराहरूलाई अस्तित्वमा रहन दिँदैन र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई हदैसम्म सताउँछ। त्यसकारण, त्यस्ता सामाजिक परिस्थितिहरूमा, विश्‍वासीहरूसँग भेला हुँदा र आफ्नो कर्तव्य पूरा गर्दा सतर्कता साथ व्यवहार गर्ने बाहेक अरू कुनै विकल्प हुँदैन; तिनीहरूले खुल्लमखुल्ला यसो गर्ने आँट गर्दैनन्। बाहिरबाट हेर्दा, तिनीहरूले चोरझैँ लुकीछिपी गरिरहेको जस्तो देखिन सक्छ, तर वास्तवमा यो पूर्ण रूपमा सतावटमा परेको सन्दर्भले गर्दा हो, होइन र? (हो।) त्यसोभए ठूलो रातो अजिङ्गरले परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने कार्यहरूलाई कसरी व्याख्या गर्छ? “शङ्कास्पद व्यवहार” का रूपमा। के यो शङ्कास्पद व्यवहार हो? (होइन।) यो शङ्कास्पद व्यवहार होइन—यो मानिसहरूले अरू कुनै विकल्प नभएर गर्ने कुरा हो। के यी मानिसहरूले कुनै गैरकानुनी काम गरेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले कुनै गैरकानुनी काम वा सरकारको विरोध गर्ने कुनै काम गरेका हुँदैनन्, तिनीहरूले कानुन तोडेका वा सार्वजनिक सुव्यवस्थामा बाधा दिएका त झनै हुँदैनन्। यी मानिसहरूले के गर्दै आएका हुन्छन्? तिनीहरूले त सृजित प्राणीहरूको कर्तव्य मात्रै पूरा गर्दै आएका हुन्छन्। यो काम संसारको सबैभन्दा बहुमूल्य, अर्थपूर्ण, र न्यायसङ्गत अभियान हो। तर यो संसार दुष्ट र अन्धकारमय भएकाले र यसले सेतोलाई कालो भनेर घोषणा गर्ने हुनाले, यसले सबैभन्दा न्यायसङ्गत, बहुमूल्य, र अर्थपूर्ण अभियानलाई “शङ्कास्पद” भनेर भन्छ। यो शैतानले गर्ने व्याख्या हो। के शैतानको व्याख्या सत्यता हो? के यो सकारात्मक छ? (छैन।) अवश्य नै छैन। तर जब कायर मानिसहरूले यो व्याख्या सुन्छन्, तब तिनीहरू हृदयमा यस कुरामा पूर्ण रूपमा सहमत हुने मात्र नभई तिनीहरूले शैतानको यो व्याख्यालाई स्वीकार पनि गर्छन्। परिणामस्वरूप, तिनीहरूले गुप्त रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु अनुचित कुरा हो र यो अवश्य नै गलत हो भन्ने पनि सोच्छन्। तिनीहरू सधैँ आफू पनि एक दिन समाज र सरकारको सास्तीमा परिनेछ, आफूसँग आफ्‍नो प्रतिरक्षामा तर्क गर्ने कुनै ठाउँ हुनेछैन र आफूलाई सहयोग वा उद्धार गर्ने कोही हुनेछैन भनेर डराउँछन्। त्यसकारण, तिनीहरू विशेषगरी मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासका बारेमा थाहा पाउँछन् कि भनेर डराउँछन्। तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन्, वा परमेश्‍वरले मानिसहरूलाई हिँड्न अगुवाइ गर्नुहुने मार्ग सही मार्ग हो भनेर हृदयमा स्वीकार गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। के यो विरोधाभासपूर्ण कुरा होइन र? अन्त्यमा, तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेकोमा र यस्तो वातावरणमा यी कष्टहरू भोगेकोमा अत्यन्तै दुःखित हुन्छन्। तिनीहरू किन दुःखित हुन्छन्? किनभने तिनीहरूलाई यस संसारको दुष्ट शासनको र दियाबलस र शैतानहरूका दुष्ट शक्तिहरूको गहिरो डर हुन्छ, र तिनीहरू सधैँ दियाबलस र शैतानहरूले सताउनेछन् र तिनीहरूको ज्यान लिनेछन् भनेर डराउँछन्। तिनीहरूमा परमेश्‍वरमाथि कुनै वास्तविक आस्था नहुने हुनाले, तिनीहरूले अत्यन्तै कायर व्यवहार गर्छन्, यहाँसम्म कि तिनीहरूले आफ्नो कर्तव्य पटक्कै पूरा गर्दैनन्। यदि बिलकुलै खतरा छैन भने, तिनीहरूले भेलाहरूमा सहभागिता जनाउनेछन् वा दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्नेछन्, वा मण्डलीका लागि केही कामहरू गर्नेछन्, तर तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छु, मण्डलीको हिस्सा हुँ भनेर स्वीकार गर्ने, वा परमेश्‍वरको गवाही दिन वा आफ्नो कर्तव्य पूरा गर्न खडा हुने आँट गर्दै गर्दैनन्—तिनीहरू अत्यन्तै डराउँछन्। तिनीहरूसँग परमेश्‍वरमाथि कुनै वास्तविक आस्था हुँदैन, तैपनि तिनीहरू परमेश्‍वरबाट आशिष्‌हरू र राम्रो गन्तव्य प्राप्त गर्न चाहन्छन्। के तिमीहरू यो विरोधाभासपूर्ण कुरा हो भनेर भन्छौ? (भन्छौँ।) के तिनीहरूको आफ्नै व्यक्तिगत हितहरूमा ध्यान दिने कार्यले तिनीहरूको मनलाई धूमिल पारेको हुँदैन र? (हुन्छ।) यी मानिसहरू व्यक्तिगत फाइदाको लोभमा चुर्लुम्म डुबेका हुन्छन्। तिनीहरूले परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूले पूरा गरिरहेका कर्तव्य न्यायसङ्गत, बहुमूल्य, र अर्थपूर्ण छन् भन्ने विश्‍वास गर्दैनन्। तिनीहरूलाई महत्त्वपूर्ण कर्तव्यहरू पूरा गर्न विशेष डर लाग्छ, साथै अगुवा र कामदारहरूले आफूहरूलाई बाहिर गएर मामलाहरू सम्हाल्न लगाउलान् र केही गल्ती भएमा फसिनेछ भन्ने कुराको पनि डर लाग्छ। यी कायर मानिसहरू खतराको सामना गर्दा यहूदा बन्न सक्छन् र तिनीहरूले मण्डलीलाई विश्वासघात गर्न सक्छन्—यो पनि एक प्रकारको खतरनाक व्यक्ति हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्