अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२७) खण्ड पाँच

ञ. डगमगाउनु

दशौँ प्रकटीकरण हो: “डगमगाउनु।” डगमगाउने मानिसहरूले के-कस्ता विशिष्ट प्रकटीकरणहरू प्रदर्शन गर्छन्? सर्वप्रथम, परमेश्‍वरमा विश्‍वास गर्नेबारे यी मानिसहरूमा रहेका सबैभन्दा ठूला शङ्काहरू यस्ता हुन्छन्: “के परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? के आत्मिक क्षेत्र भन्ने हुन्छ? के नरक भन्ने हुन्छ? के परमेश्‍वरले बोल्नुभएका यी वचनहरू सत्यता हुन्? मानिसहरू यो व्यक्ति देहधारी परमेश्‍वर हो भनेर भन्छन्, तर मैले उहाँलाई देहधारी परमेश्‍वर जस्तो देखाउने कुनै पक्ष देखेको छैनँ! त्यसोभए, परमेश्‍वरको आत्मा ठ्याक्‍कै कहाँ हुनुहुन्छ? परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न?” तिनीहरूले यी प्रश्नहरू कहिल्यै स्पष्ट रूपमा बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू धेरै छन् भन्ने देख्छन् र सोच्छन्, “परमेश्‍वर अस्तित्वमा हुनैपर्छ। उहाँ सायद अस्तित्वमा हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुहुन्छ भन्ने आशा गर्छु। परमेश्‍वरमा विश्‍वास गर्दा त्यसै पनि मैले कुनै नोक्सानी बेहोरेको छैनँ; कसैले पनि मलाई दुर्व्यवहार गरेको छैन। मैले सुनेको छु कि कर्तव्य पूरा गर्दा त्यसले आशिष्‌हरू र राम्रो गन्तव्य ल्याउन सक्छ, र भविष्यमा म नमर्ने कुरा सुनिश्चित गर्छ। त्यसकारण सायद म पनि सँगसँगै पछ्याउँछु र विश्‍वास गर्छु।” केही समयसम्म विश्‍वास गरेपछि, तिनीहरूले कतिपय मानिसहरूले परीक्षा र विषमताहरू सामना गर्छन् भन्ने देख्छन्, र तिनीहरूले यस्तो मनन गर्न थाल्छन्: “परमेश्‍वरमा विश्‍वास गर्दा आशिष्‌हरू प्राप्त हुनुपर्ने होइन र? कतिपय मानिसहरू गम्भीर रूपमा बिरामी परे र मरे, कतिलाई ठूलो रातो अजिङ्गरले पक्राउ गर्‍यो र सताएर मार्‍यो, र अरू चाहिँ कर्तव्य पूरा गर्ने क्रममा बिरामी परे वा तिनीहरूको परिवारमाथि विपत्तिहरू आइपरे। परमेश्‍वरले किन तिनीहरूलाई सुरक्षा दिनुभएन? त्यसैले, परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने, यी कुराहरू हुनु हुँदैनथियो!” शुभेच्छा राख्ने कतिपय मानिसहरूले तिनीहरूसँग यसो भन्दै सत्यता सङ्गति गर्छन्: “परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, र मानिसहरूको नियति परमेश्‍वरको हातले योजनाबद्ध गरेको हुन्छ। मानिसहरूले यी कुराहरूलाई परमेश्‍वरबाट आएका हुन् भनी स्विकार्नुपर्छ र आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित गर्नुपर्छ। परमेश्‍वरले गर्नुहुने सबथोक राम्रो हुन्छ।” यसको जवाफमा यी डगमगाउने व्यक्तिहरूले भन्छन्: “म त यसमा राम्रो कुरा नै देख्दिनँ! विपत्तिहरू भोग्नु—के त्यो राम्रो कुरा हो? गम्भीर रूपमा बिरामी पर्नु वा निको नहुने रोग लाग्नु—के त्यो राम्रो कुरा हो? मर्नु त झनै खराब कुरा हो। परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? मलाई थाहा छैन।” तिनीहरू सधैँ परमेश्‍वरबारे शङ्काले भरिएका हुन्छन्। जब तिनीहरूले धेरै मानिसहरूले कर्तव्य पूरा गरिरहेका, परमेश्‍वरको घरको काम झन्-झन् विस्तार भइरहेको, र मण्डली दिनप्रति दिन फस्टाइरहेको देख्छन्, तब तिनीहरूलाई परमेश्‍वर अवश्य नै अस्तित्वमा हुनुहुन्छ भन्ने लाग्छ। विशेष गरी जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरले देखाउनुभएका चिन्ह र आश्चर्यकर्महरू र परमेश्‍वरबाट तिनीहरूले प्राप्त गरेको अनुग्रहको गवाही दिएको सुन्छन्, तब यी डगमगाउने व्यक्तिहरूलाई झनै बढी यस्तो महसुस हुन्छ: “परमेश्‍वर अवश्य नै अस्तित्वमा हुनुहुन्छ! मानिसहरूले परमेश्‍वरको आत्मालाई देख्न नसक्ने भए पनि, देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू मानिसहरूले सुनेका छन्, र मैले धेरै मानिसहरूले परमेश्‍वरका वचनहरू सङ्गति गरेको र परमेश्‍वरका वचनहरू अनुभव गरेको पनि सुनेको छु। त्यसकारण, परमेश्‍वर अवश्य नै अस्तित्वमा हुनैपर्छ!” जब मण्डली फस्टाइरहेको हुन्छ, यसका सबै कुरा सहज रूपमा अघि बढिरहेका हुन्छन्, यो मौलाइरहेको हुन्छ, र मण्डलीको काम झन्-झन् विस्तार हुँदै गइरहेको हुन्छ, र विशेष गरी जब दाजुभाइ-दिदीबहिनीहरूले केही विशेष परिस्थिति र विशेष मामलाहरू अनुभव गर्छन् र यी कुराहरूमार्फत परमेश्‍वरको सुरक्षा, सार्वभौमिकता, र अगुवाइ देख्छन्, तब तिनीहरूलाई परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र परमेश्‍वर साँच्चै नै असल हुनुहुन्छ भन्ने महसुस हुन्छ। तर, केही समयपछि, तिनीहरूले निराशा र कठिनाइहरू अनुभव गर्न सक्छन्, कतिपयले असफलता र व्यवधानहरू अनुभव गर्न सक्छन्, वा परमेश्‍वरको घरले केही मानिसहरूलाई हटाउन सक्छ; यी कुराहरू, विशेष गरी अन्तिम कुरा, तिनीहरूका धारणाहरूसँग निकै बाझिन्छन् र ती तिनीहरूका अपेक्षाहरूभन्दा बाहिर हुन्छन्। तिनीहरूलाई यस्तो लाग्छ, “यदि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भने, यी कुराहरू कसरी हुन सक्छन्? ती कुराहरू हुनु हुँदैन! गैरविश्‍वासीहरूका बीचमा यी कुराहरू हुनु सामान्य हो, तर परमेश्‍वरको घरमा पनि यी कुराहरू कसरी हुन सक्छन्? यदि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भने, उहाँले यी कुराहरूलाई समाधान गर्नुपर्छ र यी कुराहरू हुनबाट रोक्नुपर्छ, किनभने उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, उहाँसँग अख्तियार छ, र उहाँसँग शक्ति छ! परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? मानिसहरूले परमेश्‍वरको आत्मालाई देख्न सक्दैनन्। जहाँसम्म देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरूको कुरा छ, सबै मानिसहरूले ती नै सत्यता हुन्, मार्ग हुन्, र ती मानिसहरूको जीवन हुन सक्छन् भनेर भन्छन्। तर मलाई किन ती सत्यता हुन् भन्ने महसुस हुँदैन? मैले प्रवचनहरू सुनेको यति लामो समय भयो, तर मेरो जीवन पटक्कै रूपान्तरण भएको छैन! मैले धेरै कष्ट भोगेको छु—मैले के प्राप्त गरेको छु र?” तिनीहरूले परमेश्‍वरबारे शङ्का गर्न थाल्छन्, र आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको जोश घट्छ र सेलाउँछ। त्यसपछि तिनीहरूले जागिर खान र राम्रो जीवन जिउनका लागि पैसा कमाउन परमेश्‍वरको घर छोडेर जाने सोच्छन्—यी सक्रिय विचारहरू उत्पन्न हुन थाल्छन्। तिनीहरूले मनमनै सोच्छन्: “यदि मैले विश्‍वास गर्ने परमेश्‍वर साँचो परमेश्‍वर हुनुहुन्न भने, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा मैले यतिका वर्ष काम नगरेर वा पैसा नकमाएर निकै ठूलो घाटा भएको हुनेछ! अहँ, यसरी सोच्नु गलत हो। मैले अझै पनि उचित तरिकाले विश्‍वास गर्नुपर्छ। मैले मानिसहरूले परमेश्‍वरका धेरै वचनहरू पढ्दा यसले व्यक्तिलाई सत्यता बुझ्न, सबै समस्याहरू समाधान गर्न, र उपरान्त कमजोर नहुन सक्षम बनाउनेछ भनेर भनेको सुनेको छु। तर मैले परमेश्‍वरका वचनहरू पढेको छु, तैपनि सत्यता बुझेको छैनँ। मलाई किन अझै पनि नकारात्मक महसुस हुन्छ? मलाई किन सधैँ आफूमा आफ्नो कर्तव्य पूरा गर्ने ऊर्जा नभएको महसुस हुन्छ? परमेश्‍वरले ममा काम गरिरहनुभएको छैन! मसँग धेरै कठिनाइहरू छन्, तर परमेश्‍वरले मेरो लागि बाहिर निस्कने बाटो खोलिदिनुभएको छैन। त्यसैले, परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? यदि यो नै साँचो मार्ग हो भने, परमेश्‍वरले आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूलाई शान्ति, सहजता, र सामान्यताको आशिष् दिनुपर्छ। त्यसोभए सुसमाचार प्रचार गर्ने र कर्तव्य पूरा गर्ने कार्यमा किन अझै पनि यस्ता ठूला कठिनाइहरू छन्? मलाई धार्मिक संसार पछि परेको छ, र सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नु राज्यको युगमा प्रवेश गर्नु हो भन्ने थाहा भए पनि, मैले किन पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने देखेको छैनँ?” यिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू कुनै आत्मिक बुझाइ नभएका मानिस हुन्। तिनीहरूले परमेश्‍वरका वचनहरू त पढ्छन् तर सत्यता बुझ्दैनन्। सत्यता जति धेरै सङ्गति गरिए पनि, तिनीहरूले त्यसको अर्थ बुझ्न सक्दैनन्। तिनीहरूले कामकुरालाई सधैँ आफ्ना धारणा र कल्पनाहरूका आधारमा हेर्छन्, र तिनीहरू निरन्तर परमेश्‍वरबारे शङ्काले भरिएका हुन्छन्। त्यस्तो व्यक्तिले कसरी सत्यता बुझ्न सक्छ र? कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्नु निकै गाह्रो छ भन्ने देख्छन्, त्यसकारण तिनीहरूले सोच्छन्: “यदि यो साँचो मार्ग हुन्थ्यो भने, पवित्र आत्माले ठूलो काम गरिरहनुभएको हुनेथियो। दाजुभाइ-दिदीबहिनीहरू सुसमाचार प्रचार गर्न जहाँ गए पनि, त्यो सहज र निर्बाध हुनेथियो। त्यसभन्दा बढी, सरकारी अधिकारीहरूले पनि विश्‍वास गर्न थाल्नेथिए र सबै कुरालाई अनुमोदन गर्नेथिए। यो साँच्चै नै साँचो परमेश्‍वरको काम हुनेथियो। तर अहिले, तथ्यहरूलाई हेर्दा, त्यस्तो पटक्कै भएको छैन। संसारभरिका विभिन्न देशका राष्ट्रपति र अधिकारीहरूले परमेश्‍वरमा विश्‍वास नगर्ने मात्र नभई, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई समर्थन पनि गर्दैनन्। कतिपय देशमा त सरकारले विश्‍वासीहरूलाई सताउने र मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्ने काम समेत गर्छ। त्यसोभए, के हामीले विश्‍वास गर्ने परमेश्‍वर वास्तवमै साँचो परमेश्‍वर हुनुहुन्छ? मलाई थाहा छैन; यो कुरा भन्न गाह्रो छ।” तिनीहरूको हृदयमा सधैँ ठूलो प्रश्न चिन्ह हुन्छ। हरेक पटक तिनीहरूले कुनै खबर सुन्दा, तिनीहरूलाई त्यो “भूकम्प” जस्तै लाग्छ, जसको प्रभाव न त ठूलो हुन्छ, न त थाहा नपाइने किसिमको नै हुन्छ, जसले गर्दा तिनीहरू डगमगाउँछन्। कतिपय मानिसहरूले भन्छन्: “के तिनीहरूले छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेकाले नै तिनीहरू सधैँ डगमगाउँछन्?” त्यस्तो होइन—कतिपय मानिसहरूले तीन वर्ष, पाँच वर्ष, वा दश वर्षभन्दा बढी नै विश्‍वास गरेका हुन्छन्। के त्यसलाई छोटो समय मानिन्छ? यदि कसैले अनुग्रहको युगको कामको अवधिमा तीनदेखि पाँच वर्ष विश्‍वास गरेको भए, यसलाई लामो समय मानिने थिएन, किनभने उसले परमेश्‍वरका आखिरी दिनहरूका वाणी र वचनहरू सुनेको थिएन; उसले बाइबल र मानिसहरूका प्रवचनहरूबाट थोरै बाइबलीय ज्ञान र आत्मिक सिद्धान्तहरू मात्रै बुझेको थियो। प्राप्त गर्नका लागि त्यो अत्यन्तै थोरै कुरा हो। कसैले यो वर्तमान चरणको कामलाई स्वीकार गर्दा भने यो फरक हुन्छ—तिनीहरूले तीन वर्षसम्म आफ्नो कर्तव्य पूरा गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन् भने, तिनीहरूले अनुभव गर्ने, बुझ्ने, र प्राप्त गर्ने कुराले अनुग्रहको युगमा बीस-तीस वर्ष, वा आफ्नो जीवनकालभरि प्रभुमा विश्‍वास गरेर प्राप्त गर्न सक्ने कुरालाई समेत नाघ्छ। तर तीन, पाँच, वा दश वर्षभन्दा बढी विश्‍वास गरेपछि पनि डगमगाउने यी मानिसहरूले अझै पनि यो चरणको काम परमेश्‍वरले गर्नुभएको हो कि होइन भनेर निर्धारित गर्न सक्दैनन्, र तिनीहरूमा परमेश्‍वरको अस्तित्वबारे शङ्का समेत हुन्छ। के तँ त्यस्ता मानिसहरू अत्यन्तै झन्झटिला हुन्छन् भनेर भन्छस्? के तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुन्छ? (हुँदैन।) के तिनीहरूमा सामान्य मानवताको सोच्ने तरिका हुन्छ? (हुँदैन।) तिनीहरूले सत्यता बुझ्न सक्दैनन्। मण्डलीमा जस्तोसुकै अवस्था उत्पन्न भए पनि, यसले सधैँ तिनीहरूलाई डगमगाउने तुल्याउन सक्छ—तिनीहरूको हृदयभित्रको प्रश्नचिन्हले तिनीहरूका लागि निरन्तर “भूकम्पहरू” पैदा गर्छ। यदि ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधाहरू निम्त्याउँछन् र केही मानिसहरू बहकाउमा पर्छन्, वा यदि तिनीहरूले आदर्श ठानेको कसैले तिनीहरूले अपेक्षा नगरेको कुरा—जस्तै भेटी चोर्ने वा लम्पट क्रियाकलापहरूमा संलग्न हुने कार्य गर्छ—र उसलाई निकालिन्छ भने, यसले गर्दा तिनीहरूको हृदय डगमगाउँछ, र तिनीहरूले परमेश्‍वरलाई शङ्का गर्न थाल्छन्: “के यो परमेश्‍वरको कामको प्रवाह होइन र? त्यसोभए मण्डलीमा कसरी यस्ता छाडा कुराहरू हुन सक्छन्? परमेश्‍वरले कसरी ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई देखा पर्न दिन सक्नुहुन्छ? के यो साँच्चै नै साँचो मार्ग हो?” मण्डलीमा तिनीहरूका धारणाहरूविरुद्ध हुने सबै कुराले गर्दा तिनीहरूमा शङ्काहरू पैदा हुन्छन् र तिनीहरूले यो साँचो मार्ग हो कि होइन, यो परमेश्‍वरको काम हो कि होइन, र परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न गर्न थाल्छन्। तिनीहरूले मामलालाई सही रूपमा हेर्नका लागि सत्यताको खोजी गर्दै गर्दैनन्। सुरुदेखि अन्त्यसम्मै तिनीहरूले यो चरणको काम परमेश्‍वरले गर्नुभएको हो भन्ने कुरालाई आधारभूत रूपमा कहिल्यै विश्‍वास गरेका हुँदैनन् भन्ने कुरा प्रमाणित गर्न यो एउटै कुरा पर्याप्त हुन्छ। सुरुदेखि अन्त्यसम्मै, तिनीहरूले सत्यता के हो भनेर कहिल्यै थाहा पाएका हुँदैनन्, न त परमेश्‍वरले किन सत्यता व्यक्त गर्नुहुन्छ भन्ने कुरा नै थाहा पाएका हुन्छन्। परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ र धेरै काम गर्नुभएको छ—यो सबै परमेश्‍वरको काम हो। धेरै मानिसहरूले यसलाई पुष्टि गरेका छन् र तिनीहरू यसबारे निश्चित भएका छन्, तर तिनीहरूले यी कुराहरूका आधारमा मामिलाहरूलाई हेर्न इन्कार गर्छन्। तिनीहरूले मूल्याङ्कन गर्न सधैँ मानव दृष्टिकोण र मानव सोचाइ प्रयोग गर्छन्—तिनीहरूले आफूलाई ज्यादै भरोसा गर्छन्। जब मण्डलीको काम वा मण्डली जीवनमा केही क्षिद्र वा विचलनहरू हुन्छन्, वा जब मण्डलीलाई सरकारले दमन गर्छ र सताउँछ, तब तिनीहरूले फेरि प्रश्न गर्न थाल्छन्: “के यो साँच्चै नै साँचो मार्ग हो त?” जब मण्डलीमा ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरू देखा पर्छन्, तब तिनीहरूले पनि प्रश्न गर्न थाल्छन्। तिनीहरूले भन्छन्: “धार्मिक मण्डलीहरूका ती पाष्टर र एल्डरहरूलाई हेर त—तिनीहरूले प्रभुलाई साँचो रूपमा प्रेम गर्छन्, र तिनीहरूको मण्डलीमा कुनै ख्रीष्टविरोधी घटनाहरू घट्दैनन्। साँचो मार्ग त त्यो पो हो त। यदि तिमीहरूसँग यहाँ भएको कुरा नै साँचो मार्ग हो भने, किन यी कुराहरू अझै पनि भइरहेका छन् त?” तिनीहरूले यसरी तुलना गर्छन्। अनि अरू केही मूर्ख व्यक्तिहरूले कसरी तुलना गर्छन्? तिनीहरूले भन्छन्: “थ्री-सेल्फ मण्डलीमा परमेश्‍वरमा विश्‍वास गर्ने ती मानिसहरूलाई हेर त—तिनीहरूलाई राज्यले अनुमोदन गरेको छ, र राज्यले तिनीहरूलाई प्रमाणपत्र जारी गरिदिने र मण्डलीहरू निर्माण गर्नका लागि जग्गा प्रदान गर्ने काम समेत गर्छ। यो सबै वैध र कानुनी छ। के तिमीहरूसँग सार्वजनिक मण्डली छ? के तिमीहरूका मण्डलीहरू दर्ता भएका छन्? राज्यले थ्री-सेल्फ मण्डलीहरूमा पाष्टरहरू समेत खटाउँछ, र ती पाष्टरहरूसँग इजाजतपत्र हुन्छ। के तिमीहरूका अगुवा र कामदारहरूको इजाजतपत्र छ? राज्यले तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न दिँदैन; यसले तिमीहरूलाई पक्राउ गर्छ र सताउँछ। तिमीहरूको त भेला हुने निश्‍चित ठाउँ समेत छैन; तिमीहरू सधैँ गुप्त रूपमा भेला हुन्छौ। के यो साँच्चै नै साँचो मार्ग हो? यदि यो साँचो मार्ग भएको भए, तिमीहरू किन सधैँ यसरी गुप्त रूपमा भेला हुन्छौ र आफ्नो कर्तव्य पूरा गर्छौ?” तिनीहरूले यो कुरालाई समेत छर्लङ्ग देख्न सक्दैनन्। कुनै पनि अवस्थाका कारण तिनीहरू डगमगाउन सक्छन् र तिनीहरूमा परमेश्‍वरबारे शङ्का उब्जिन सक्छ। ल भन् त, के यस्तो व्यक्ति दह्रिलो रूपमा खडा हुन सक्छ? (सक्दैन।) तिनीहरूले बाहिरी रूपमा मण्डली नछोडेका भए पनि, तिनीहरू हृदयमा खतराको मुखमा हुन्छन्। तिनीहरू परमेश्‍वरको काम र परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूका बारेमा कहिल्यै निश्चित हुन सक्दैनन्, र तिनीहरू सधैँ आधा विश्‍वास र आधा शङ्का गर्छन्; यसले गर्दा तिनीहरूमा साँचो आस्था हुनु असम्भव हुन्छ। परमेश्‍वरको कामका यतिका वर्षहरूमा भएका सबै सतावट, दमन, र पक्राउहरू परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत भएका हुन्, र ती सबै परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा पर्छन् भन्ने कुरा तिनीहरूले देख्न सक्दैनन्। त्यसकारण, तिनीहरूमा धारणाहरू हुन्छन् र तिनीहरूले परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर प्रश्न गर्न सक्छन्। तिनीहरूले सधैँ परमेश्‍वरको घरको सबै काम मानिसहरूले गर्छन् भन्ने विश्‍वास गर्छन्, र परमेश्‍वरका कार्यहरूको सानो सङ्केत पनि देख्न सक्दैनन्। के तिनीहरू अविश्‍वासी होइनन् र? यदि त्यस्तो व्यक्तिले विश्‍वास गर्न थालेको भर्खर छ महिना वा एक वर्ष मात्रै भएको छ र उसले विभिन्न सत्यताहरू स्पष्ट रूपमा बुझेको छैन भने, उसले आफ्ना धारणाहरू विपरीतका कुराहरू देख्दा उसलाई शङ्का हुनु र ऊ डगमगाउनु स्वाभाविकै हो। तर कतिपय मानिसहरूले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, धेरै प्रवचनहरू सुनेका हुन्छन्, र कठिनाइहरूको सामना गर्दा तिनीहरूलाई सत्यता सङ्गति गरिएको हुन्छ। त्यो बेला, तिनीहरूले आफूले सुनेको कुरालाई धर्मसैद्धान्तिक रूपमा बुझेका हुन्छन्। तर पछि, फेरि मामलाहरू सामना गर्दा, तिनीहरूले अझै पनि परमेश्‍वर र परमेश्‍वरको कामलाई प्रश्न गर्छन्। यसले त्यस्ता मानिसहरूमा सत्यता बुझ्ने क्षमता हुँदैन, सामान्य मानवताको सोचाइको कमी हुन्छ, र तिनीहरूले मानव बन्ने मानक पूरा गर्दैनन् भन्ने देखाउँछ।

डगमगाउने मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? मानवताको हिसाबमा, यी मानिसहरू दुष्ट मानिस सरह त हुँदैनन्, तर तिनीहरू साँच्चै नै कष्टदायी प्रकारका मानिस हुन्, किनभने तिनीहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ र सामान्य मानवताको सोचाइ हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका धेरै सत्यताहरूलाई समेत पुष्टि गर्न सक्दैनन्, न त तिनीहरूलाई यी वचनहरू सत्यता हुन् कि होइनन्, वा ती परमेश्‍वरको अभिव्यक्ति र परमेश्‍वरको काम हुन् कि होइनन् भन्ने नै थाहा हुन्छ। तिनीहरूको बुझ्ने क्षमताका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू अविश्‍वासी हुन् भनेर भन्दा सही हुन्छ, र तिनीहरू अन्योलमा परेका मानिस हुन् भनेर भन्दा पनि सही हुन्छ। यस किसिमका मानिसहरूले कुनै स्पष्ट दुष्टता नगरेका भए पनि र तिनीहरू दुष्ट मानिस कहलिन योग्य नभए पनि, तिनीहरू यति हदसम्म अन्योलमा परेका हुनाले र तिनीहरूले बाधा र अवरोध सिर्जना गर्ने धेरै कुरा गर्न सक्ने हुनाले, के तिनीहरू केही न कामका होइनन् र? (हुन्।) तिनीहरूले जति लामो समय परमेश्‍वरमा विश्‍वास गरेका भए पनि वा जति धेरै प्रवचनहरू सुनेका भए पनि, तिनीहरूले कहिल्यै सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरको अस्तित्व वा परमेश्‍वरको सार्वभौमिकतालाई समेत पुष्टि गर्न सक्दैनन्। यो कस्तो प्रकारको क्षमता हो? यी मानिसहरूसँग सत्यता बुझ्ने क्षमता पटक्कै हुँदैन। तिनीहरू अत्यन्तै कमजोर क्षमता भएका मानिस हुन्; वा तिनीहरूमा कुनै क्षमता नै छैन भनेर पनि भन्न सकिन्छ—तिनीहरू दिमाग नभएका केही न कामका मानिस हुन्। ल भन् त, केही न कामका मानिसहरूले कस्तो कर्तव्य पूरा गर्न सक्छन्? (तिनीहरूले कुनै कर्तव्य पूरा गर्न सक्दैनन्।) तिनीहरूले कुनै कर्तव्य पूरा गर्न सक्दैनन् र तिनीहरू सधैँ शङ्का गर्छन् र डगमगाउँछन्। त्यसोभए, यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ र सम्हाल्नुपर्छ? त्यस्ता मानिसहरूलाई सम्हाल्ने सबैभन्दा उचित तरिका भनेको तिनीहरूलाई कुनै कर्तव्य पूरा गर्न नदिनु हो। तिनीहरूले कर्तव्य पूरा गर्न पाऊँ भनी अनुरोध गरे भने पनि, तिनीहरूलाई अनुमति दिनु हुँदैन। किन दिनु हुँदैन? किनभने यस्ता मानिसहरूले कर्तव्य पूरा गर्न थालेपछि, विशेष गरी तिनीहरूले कष्ट भोगेपछि र केही मूल्य चुकाएपछि, ढिलो-चाँडो तिनीहरूले परमेश्‍वरको घरसँग हिसाब-किताब गर्न चाहनेछन्। यदि तिनीहरूलाई पक्राउ गरियो वा तिनीहरूले प्राकृतिक प्रकोप वा मानव-सृजित विपत्तिहरूको सामना गरे भने, तिनीहरूले परमेश्‍वरका लागि आफूलाई समर्पित गरेकोमा पछुतो मान्नेछन्; तिनीहरूले तीतो गुनासो गर्नेछन्, र यस्ता टिप्पणीहरू फैलाउन थाल्नेछन्: “मैले मण्डलीको कामका लागि र आफ्नो कर्तव्य पूरा गर्नका लागि धेरै कष्ट भोगेको छु। मैले धेरै कम खाना खाएको छु, धेरै कम सुतेको छु, र धेरै कम पैसा कमाएको छु। यदि मैले कर्तव्य पूरा नगरेको भए, मैले आफूले कमाएको पैसा बैङ्कमा राख्न सक्थेँ, र त्यसको ब्याज आउनेथियो! मैले धेरै जोखिमहरू मोलेको छु—हरेक घण्टाको जोखिमको मूल्य कति हो? श्रम शुल्क कति हो?” तिनीहरूले परमेश्‍वरको घरसँग आर्थिक हिसाब-किताब मिलाउने प्रयास गर्नेछन् र परमेश्‍वरको घरले तिनीहरूलाई क्षतिपूर्ति दिएन भने तिनीहरूले परमेश्‍वरको घरबारे रिपोर्ट गर्ने भनेर धम्की समेत दिनेछन्। के यस्ता मानिसहरूलाई कर्तव्य पूरा गर्न दिनुले अनन्त समस्या ल्याउँदैन र? त्यस्ता नीच व्यक्तिहरूसँग व्यवहार गर्दा यसले समाधान गर्नै नसकिने उल्झन ल्याउनेछ। तिनीहरूले मण्डलीका लागि जति धेरै कुरा सम्हाले पनि, तिनीहरूले हृदयमा सानो खाता राख्छन्, र हरेक विवरणको स्पष्ट अभिलेख राख्छन्। तिनीहरूले मण्डलीका लागि जे गर्छन्, त्यो कहिल्यै स्वेच्छाले गर्दैनन्। तिनीहरू अनिच्छुक हुने हुनाले हिसाब-किताब मिलाउन चाहन्छन्। किन यस्तो हुन्छ? किनभने, तिनीहरूले हृदयमा परमेश्‍वरको अस्तित्वलाई मान्दैनन् वा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् वा परमेश्‍वरको कामले मानिसहरूलाई मुक्ति दिन सक्छ भन्ने कुरालाई मान्दैनन्। त्यसोभए, तिनीहरूले आफ्नो मनमा कल्पना गर्ने तथाकथित परमेश्‍वरका लागि थोरै मूल्य चुकाएकोमा, थोरै कष्ट भोगेकोमा, केही कर्तव्य पूरा गरेकोमा, र केही मानव र भौतिक स्रोत-साधनहरू खर्च गरेकोमा तिनीहरू सन्तुष्ट हुनका लागि तिनीहरूलाई कस्तो इनाम चाहिन्छ? यदि तिनीहरूले बदलामा केही प्राप्त गरेनन् भने, के तिनीहरू सन्तुष्ट हुन्छन्? यदि कुनै दिन तिनीहरूले सत्यता नपछ्याएकोमा तिनीहरूलाई हटाइएको हो भन्ने बुझे भने, परिणामहरू के हुनेछन्? तिनीहरूले परमेश्‍वरको घरले तिनीहरूलाई झुक्यायो, अगुवा र कामदारहरूले तिनीहरूलाई झुक्याए, र तिनीहरूलाई अन्धकारमा राखियो र तिनीहरू ठगीको सिकार बने भन्ने सोच्नेछन्। त्यसपछि, तिनीहरूले परमेश्‍वरको घरसँग असहमत हुने निहुँ पाउनेछन् र क्षतिपूर्ति माग गर्नेछन्, र कुरालाई अन्तहीन रूपमा लम्ब्याउनेछन्। के तँलाई परमेश्‍वरको घर त्यस्तो व्यक्तिसँग अल्झिन चाहन्छ भन्ने लाग्छ? परमेश्‍वरको घरले त्यस्तो मूर्खतापूर्ण काम पटक्कै गर्नेछैन! परमेश्‍वरका चुनिएका मानिसहरूले सृजित प्राणीहरूको जिम्मेवारी पूरा गर्न आफ्नो कर्तव्य पूरा गर्छन्—यो पूर्ण रूपमा तिनीहरूको आफ्नै रोजाइ हो, र तिनीहरू गर्न इच्छुक हुने कुरा हो। परमेश्‍वरको घरले कसैलाई कहिल्यै जबरजस्ती गर्दैन वा बाध्य पार्दैन। तर अविश्‍वासीहरूले कर्तव्य पूरा गर्न थालेपछि, समस्या आइपर्नु केवल समयको कुरा हो। जब तिनीहरू खराब मुडमा हुन्छन्, तब तिनीहरू अवश्य नै अरूलाई यसो भन्दै गनगन गर्न र गुनासो गर्न थाल्नेछन्: “तिमीहरू सबैले मलाई परमेश्‍वरमा विश्‍वास गरेर मैले सत्यता र अनन्त जीवन प्राप्त गर्नेछु भनेर भन्दै यति राम्ररी बोल्यौ र झुक्यायौ। तर मण्डलीमा मानिसहरूलाई बहकाउने ख्रीष्टविरोधीहरू हुनेछन्, मण्डलीको काममा बाधा र अवरोध गर्ने दुष्ट मानिसहरू हुनेछन्, वा मण्डलीले मानिसहरूलाई निकाल्नेछ वा निष्कासित गर्नेछ भनेर तिमीहरू कसैले पनि भनेनौ। तिमीहरूले मलाई मण्डलीमा यस्ता कुनै पनि कुरा हुनेछ भनेर कहिल्यै भनेनौ!” तिनीहरूले पछाडि फर्केर यसो भन्दै तँमाथि आरोप समेत लगाउन सक्छन्: “तिमीले मलाई यी कुराहरू स्पष्ट रूपमा कहिल्यै बुझाएनौ। मैले त तिमीहरूको पछि लागेर परमेश्‍वरमा विश्‍वास गरेको र आफ्नो कर्तव्य पूरा गरेको मात्र हो। परिणामस्वरूप, अब संसारमा मेरो कुनै सम्भाव्यता छैन; तिमीहरूले मलाई धेरै पैसा कमाउनबाट रोकेका छौ। तिमीहरूले मेरो घाटाको क्षतिपूर्ति दिनुपर्छ!” तिनीहरूले तँसँग हिसाब-किताब गर्न थाल्दा तँलाई घिन लाग्दैन र? के तँ तिनीहरूसँग अल्झिन इच्छुक हुन्छस्? (हुँदिनँ।) यस्ता मानिसहरूलाई कसले कुराहरू स्पष्ट पार्न सक्छ र? तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन्, तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई देख्न सक्दैनन्, र तिनीहरूले आफ्ना अनुभवहरूमार्फत परमेश्‍वरको अस्तित्व अनुभूति गर्न सक्दैनन्। ल भन् त, तिनीहरूको दिमागमा यो कुरा कसले हालिदिन सक्छ? कसैले पनि सक्दैन। तिनीहरूसँग सत्यतालाई स्वीकार गर्ने सामर्थ्य हुँदैन, त्यसकारण तिनीहरूलाई सत्यता पछ्याउन लगाउनु भनेको तिनीहरूका लागि कामकुरा निकै गाह्रो बनाउनु हो, त्यसो गर्नु तिनीहरूलाई कठिन परिस्थितिमा पार्नु हो—त्यसो गर्नु बिलकुलै अव्यावहारिक हुन्छ। तिनीहरू आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले थोरै कर्तव्य पूरा गरेसम्म, इनाम माग गरिहाल्छन्। यदि तिनीहरूले चाहेको कुरा प्राप्त गरेनन् भने, तिनीहरूले अपशब्द बोल्‍न थाल्छन्: “मलाई झुक्याइएको र ठगिएको छ! तिमीहरू सबै ठगहरू हौ!” ल भन, के तिमीहरू त्यस्तो अपमान सहन चाहन्छौ? (चाहँदैनौँ।) तिनीहरूलाई कसले झुक्यायो? तिनीहरूका आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू छन् र तिनीहरू आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्, होइन र? के तिनीहरूले आशिष्‌हरू प्राप्त गर्नकै लागि परमेश्‍वरमा विश्‍वास गरेका थिएनन् र? तिनीहरूले अहिले आशिष्‌हरू प्राप्त गरेका छैनन्, तर के तिनीहरूले सत्यता नपछ्याएकाले त्यसो भएको होइन र? के त्यो तिनीहरूको आफ्नै समस्या होइन र? तिनीहरू परमेश्‍वरमा विश्‍वास पनि गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्—आशिष्‌हरू प्राप्त गर्न कसरी यति सजिलो हुन सक्छ? के तिनीहरूले कर्तव्य पूरा गर्न थाल्नुभन्दा धेरै पहिले नै यी कुराहरू स्पष्ट रूपमा बुझाइएको थिएन र? (थियो।) तर के तैँले तिनीहरूसँग तर्क गर्न सक्छस्? सक्दैनस्—तिनीहरूले त तैँले तिनीहरूलाई झुक्याइस् भनेर भनिहाल्छन्। भन त, परमेश्‍वरको घरमा, दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै लामो समय भएको भए पनि, तिनीहरूमध्ये कसले स्वेच्छाले कर्तव्य पूरा गरिरहेको हुँदैन र? विरलै अवस्थामा छोराछोरीले परमेश्‍वरमा विश्‍वास नगर्ने र तिनीहरूका आमाबुबा वा आफन्तहरूले तिनीहरूलाई घिसारेर विश्‍वास गर्न र कर्तव्य पूरा गर्न लगाउने भए पनि, यी निकै थोरै नै हुन्छन्। तेरा आमाबुबाले तँलाई यसमा घिसारेर ल्याए भने पनि, यो तेरो आफ्नै हितका लागि हो—तैँले त्यो कुरा बुझ्नुपर्छ। तर तँलाई तेरो परिवारले घिसारेर ल्याएको हो—परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरूले तँलाई घिसारेर ल्याउँदैनन् वा जबरजस्ती गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य पूरा गर्नु पूर्ण रूपमा स्वेच्छिक कुरा हुन्। अहिले, जसलाई जाने चाहना छ ऊ गए हुन्छ; परमेश्‍वरको घरका ढोकाहरू सधैँ खुला हुन्छन्। तर, तँ गइसकेपछि, फर्केर आउनु त्यति सजिलो हुनेछैन। परमेश्‍वरको घरमा पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्नेहरू ध्यानपूर्वक छानिन्छन्—जोकोहीलाई स्वीकार गरिँदैन। त्यसका माग गरिएका मानक र सिद्धान्तहरू हुन्छन्, र ज-जसले योग्यताहरू पूरा गर्छन् तिनीहरू मात्रै पूर्णकालीन कर्तव्य मण्डलीमा रहन पाउँछन्। डगमगाउने मानिसहरू सोच्छन्, “तिमीहरूले मलाई यस्तो महत्त्वपूर्ण कुरा स्पष्ट रूपमा बुझाएनौ। त्यो बेला, म अन्योलमा परेकाले मात्रै मैले कर्तव्य पूरा गरेको हुँ।” के कुरा स्पष्ट रूपमा बुझाइएको थिएन? दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य पूरा गर्ने क्रममा हरेक दिन एक साथ सत्यता सङ्गति गर्छन्—यदि यी मानिसहरूले बुझेनन् भने, तिनीहरू अन्योलमा परेका र अन्धो भएकाले त्यसो भएको हो। तिनीहरूले त्यसका लागि अरू कसैलाई दोष दिन मिल्दैन। तर तिनीहरूले तँसँग यसबारे तर्क गर्दैनन्; तिनीहरू आफूलाई ठूलो घाटा भएको छ भन्ने मात्रै ठान्छन् र परमेश्‍वरको घरसँग हिसाब-किताब मिलाउन र तर्क गर्न चाहन्छन्। के त्यस्ता मानिसहरू अविवेकी र अत्यन्तै घृणित हुँदैनन् र? त्यसकारण, तिमीहरूले त्यस्ता मानिसहरूको असली रूप थाहा पाएपछि र तिनीहरू अन्योलमा परेका छन्, पूर्ण रूपमा काम नलाग्ने छन्, तिनीहरूले कुनै कर्तव्य पूरा गर्न सक्दैनन्, र तिनीहरू निरन्तर आशिष्‌हरू प्राप्त गर्नमा ध्यान दिन्छन्, तिनीहरूको हृदय आशिष्‌हरू प्राप्त गर्ने विचारले भरिएको हुन्छ, र तिनीहरूलाई कर्तव्य पूरा गर्दा आशिष्‌, मुक्ति, राज्यमा प्रवेश, र अमरत्व प्राप्त हुन्छ भन्ने मात्रै थाहा हुन्छ, र तिनीहरूलाई अरू केही नबुझी यी केही वाक्यांशहरू मात्रै थाहा हुन्छ—सत्यता के हो, सत्यताको अभ्यास कसरी गर्ने, वा परमेश्‍वरमा कसरी समर्पित हुने भन्ने थाहा हुँदैन—भन्‍ने कुरा स्पष्ट रूपमा देखेपछि, तिनीहरूले कर्तव्य पूरा गर्न चाहे पनि वा कर्तव्य पूरा गर्न पाऊँ भनेर अनुरोध गरे पनि, के तिनीहरूलाई यो काम गर्ने बन्दोबस्त मिलाउन सकिन्छ? (सकिँदैन।)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्