अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२७) खण्ड तीन
झ. कुनै पनि बेला छोडेर जान सक्नु
नवौँ प्रकटीकरण हो: “कुनै पनि बेला छोडेर जान सक्नु।” कुनै पनि बेला परमेश्वरको घर छोडेर जान सक्ने यस्तो व्यक्ति विशेष परिस्थितिको सामना गर्दा, वा औसत व्यक्तिले सहन नसक्ने र उसको सहने शक्तिको सीमा नाघ्ने ठूलो प्रकोपको सामना गर्दा मात्रै छोडेर जाने व्यक्ति होइन। बरु, तिनीहरू कुनै पनि बेला छोडेर जान सक्छन्—एउटा सानो कुराले गर्दा पनि तिनीहरू छोडेर जान सक्छन्; एउटा सानो कुराले पनि तिनीहरूलाई उपरान्त आफ्नो कर्तव्य पूरा गर्न नचाहने, परमेश्वरमा विश्वास गर्न नचाहने, र परमेश्वरको घर छोडेर जान चाहने तुल्याउन सक्छ। यस्तो व्यक्ति अत्यन्तै झन्झटिलो पनि हुन्छ। झट्ट हेर्दा, तिनीहरू यहूदाहरूभन्दा अलिक असल देखिएलान्, तर तिनीहरू कुनै पनि समय र स्थानमा परमेश्वरको घर छोडेर जान सक्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन सक्छन् कि सक्दैनन् भन्ने कुरा अनिश्चित हुन्छ। के तिमीहरूलाई यस्तो व्यक्ति भरपर्दो हुन्छ भन्ने लाग्छ? (लाग्दैन।) त्यसोभए, के तिनीहरूसँग आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने कुराका सिद्धान्तहरू हुन्छन्? के तिनीहरूसँग परमेश्वरमा विश्वास गर्नुको जग हुन्छ? (हुँदैन।) के तिनीहरूले साँचो रूपमा विश्वास गरेको कुनै लक्षण देखाउँछन्? (देखाउँदैनन्।) त्यसोभए तिनीहरू कस्ता व्यक्ति हुन्? (अविश्वासी।) तिनीहरूले यो सबै एउटा मजाक हो जस्तै गरी परमेश्वरमा विश्वास गर्छन् र आफ्नो कर्तव्य पूरा गर्छन्। तिनीहरू आफ्नो उचित काममा ध्यान नदिई सोया सस किन्न गएको बेला बाटोमा शारीरिक कला देखाउने मानिसहरू वा कलाकारहरूले जीवन्त दृश्य देखाइरहेका देखेर उत्साहित हुने र सोया सस किन्न बिर्सने, र फलस्वरूप उचित मामलाहरूमा ढिलाइ गर्ने व्यक्ति जस्तै हुन्। यस्ता मानिसहरू लामो समयसम्म कुनै पनि कुरामा अडिग रहँदैनन्; तिनीहरू अनुत्साही र अस्थिर हुन्छन्। परमेश्वरमाथिको तिनीहरूको विश्वास पनि तिनीहरूको रुचिमा आधारित हुन्छ—तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु निकै रमाइलो हुन्छ भन्ने लाग्छ, तर कुनै न कुनै बेला जब यसप्रति तिनीहरूको रुचि हराउँछ, तब तिनीहरू कुनै हिचकिचाहटविना तुरुन्तै छोडेर जान्छन्। छोडेर जाने कतिपय मानिसहरू तुरुन्तै व्यापारमा लाग्छन्, कतिपयले पदाधिकारी बन्ने करियरको मार्ग पछ्याउँछन्, कतिपय प्रणयी सम्बन्धमा लाग्छन् र विवाहको तयारी गर्छन्, र चाँडो धनी हुन चाहने कतिपय मानिसहरू सिधै क्यासिनो जान्छन्। मानिसहरू कसैलाई तीन दिनसम्म नभेटेपछि, उसलाई ताजा नजरले हेर्नुपर्छ भनेर भन्छन्। यदि तैँले कुनै पनि बेला परमेश्वरको घर छोडेर जान सक्ने व्यक्तिलाई एक दिन मात्रै भेटिनस् भने, उसलाई फेरि भेट्दा, ऊ पूर्ण रूपमा फरक व्यक्ति जस्तै हुन्छ। हिजो, तिनीहरूले सभ्य र उचित लुगा नै लगाउँथे, र तिनीहरू शिष्ट र हेर्न लायक देखिन्थे। यहाँसम्म कि तिनीहरू परमेश्वरका लागि आफ्नो जवानी अर्पण गर्न र आफ्नो रगत बगाउन, परमेश्वरका लागि मर्न, मृत्युपर्यन्त बफादार रहन, र राज्यमा प्रवेश गर्न चाहन्छु भनेर आँसु झार्दै परमेश्वरलाई प्रार्थना गर्थे। तिनीहरूले यस्ता उच्च नाराहरू फलाक्थे, तर त्यसको केही समयपछि नै, तिनीहरू क्यासिनो जान्थे। हिजो, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न खुसी थिए, र भेलाको समयमा, तिनीहरूले उत्साहका साथ चहकिलो अनुहारले र जोसले उम्लिएर परमेश्वरका वचनहरू पढ्थे, र तिनीहरू यति भावुक हुन्थे कि आँसु झार्दै बिलौना गर्थे। त्यसोभए तिनीहरू आज कसरी क्यासिनोतिर कुदे त? तिनीहरूले प्रशस्त रमाइलो गर्दै र उत्साहले उम्लिँदै राती अबेरसम्म जुवा खेले र घर जान चाहेनन्। हिजोसम्म, तिनीहरू भेलाहरूमा सहभागी भइरहेका हुन्थे, तर आज तिनीहरू भागेर क्यासिनोतिर गएका छन्—त्यसोभए, कुन प्रकटीकरणचाहिँ तिनीहरूको वास्तविकता हो त? (पछिल्लोचाहिँ तिनीहरूको वास्तविकता हो।) यदि कसैले सत्यता बुझ्दैन भने, उसले यो व्यक्ति के हो भन्ने कुरा साँच्चिकै छर्लङ्ग देख्न सक्दैन। पहिले र पछिका दुवै प्रकटीकरणहरू वास्तवमा एउटै व्यक्तिले प्रदर्शन गर्छ—त्यसोभए तिनलाई दुई फरक मानिसहरूले प्रदर्शन गरेका हुन् जस्तो कसरी देखिन्छ? यस्तो व्यक्तिलाई धेरैजसो मानिसहरूले छर्लङ्ग देख्न सक्दैनन्। तैँले के देख्छस् भने, परमेश्वरको विश्वासीका रूपमा तिनीहरू प्रायजसो भेलाहरूमा सहभागी हुन्छन्, तिनीहरूले दुष्टता गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा कठिनाइ भोग्न र मूल्य चुकाउन निकै सक्षम हुन्छन्। कम्प्युटरको अगाडि बस्दा, तिनीहरू एकाग्र र लगनशील हुन्छन्, कठोर परिश्रम गर्छन् र आफ्नो हृदय त्यसैमा लगाउँछन्। तँलाई लाग्छ कि परमेश्वरमा विश्वास गर्ने व्यक्तिका रूपमा, उसले महजोङ खेल्नु हुँदैन, होइन र? तर एक दिन मात्र उसलाई नदेख्दा, ऊ जुवातास खेल्न भागेर महजोङ हल वा क्यासिनोमा पुगिसकेको हुन्छ। हुन पनि तिनीहरू पहिलो दर्जाका महजोङ खेलाडी हुन्छन्—तिनीहरू परमेश्वरमा विश्वास गर्ने व्यक्ति जस्ता पटक्कै देखिँदैनन्! तिनीहरूले तँलाई पूर्ण रूपमा चकित पार्छन्—के तिनीहरू परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुन् कि महजोङ खेल्ने गैरविश्वासी? तिनीहरूले कसरी यति चाँडै भूमिका बदल्न सक्छन्? त्यसोभए जब तिनीहरूले परमेश्वरमा विश्वास गर्छन्, तब के तिनीहरूको हृदयमा परमेश्वर हुनुहुन्छ त? (हुँदैन।) तिनीहरूले परमेश्वरमा विश्वास गर्नु भनेको के हो र यसले तिनीहरूको जीवनमा खुसी ल्याउन सक्छ कि सक्दैन भन्ने कुरा हेर्नका लागि रमाइलो गर्न र समय बिताउन मात्रै परमेश्वरमा विश्वास गर्छन्। यदि तिनीहरू खुसी छैनन् भने, तिनीहरूले कुनै पनि बेला छोडेर जान सक्छन्। तिनीहरूले सम्पूर्ण जीवनभरि विश्वास गर्ने योजना कहिल्यै बनाएका हुँदैनन्, र तिनीहरूले निश्चय नै सम्पूर्ण जीवनभरि आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्वरलाई पछ्याउने योजना कहिल्यै बनाएका हुँदैनन्। त्यसोभए तिनीहरूले के योजना बनाएका हुन्छन्? तिनीहरूको मनमा, यदि तिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने हो भने, कम्तीमा पनि यसले रमाइलो गर्ने तिनीहरूको क्षमतामा बाधा पुर्याउनु हुँदैन, यसमा कुनै काम गराइ समावेश हुनु हुँदैन, र यसले अझै पनि तिनीहरूले सुखी जीवन जिउन सक्छन् भन्ने कुराको प्रत्याभूति गर्नुपर्छ। यदि तिनीहरूले हरेक दिन परमेश्वरका वचनहरू पढ्नुपर्ने र सत्यताबारे सङ्गति गर्नुपर्ने भयो भने, तिनीहरूलाई रुचि हुनेछैन वा तिनीहरू खुसी हुनेछैनन्। त्यसबाट थाकेपछि, तिनीहरू मण्डली छोडेर फेरि संसारतर्फ फर्कन्छन्। तिनीहरूले सोच्छन्, “जीवन सजिलो छैन, त्यसकारण मानिसहरूले आफूलाई दुर्व्यवहार गर्नु हुँदैन। हामी आफ्नै भाग्यका मालिक हुनुपर्छ र हामीले आफ्नो देहलाई दुर्व्यवहार गर्नु हुँदैन। हामीले आफू हरेक दिन खुसी हुने कुरा सुनिश्चित गर्नुपर्छ—स्वतन्त्र रूपमा जिउने एउटै मात्र तरिका त्यही हो। परमेश्वरमा विश्वास गर्दा हठपूर्वक गर्नु हुँदैन। म कति सहज स्वभावको छु, हेर त—जहाँ खुसी पाइन्छ, म त्यहीँ जान्छु। यदि म खुसी छैनँ भने, म छोडेर जान्छु। मैले आफ्नै लागि कामकुरालाई किन असहज बनाउने? कुनै पनि बेला छोडेर जान सक्नु नै आफूलाई कसरी आचरणमा ढाल्ने भन्नेसम्बन्धी मेरो उच्चतम सिद्धान्त हो, ‘स्वच्छन्द विश्वासी’ बन्नु—यसरी जिउनु कति आरामदायी र चिन्तामुक्त हुन्छ!” यस्ता मानिसहरूले प्रायजसो कस्तो प्रकारका गीतहरू गाउँछन्? “म कहाँबाट आएको हुँ भनेर नसोध, मेरो गाउँ टाढा छ।” होइन भने, तिनीहरूले अरू के गाउँछन्? “एक पटक भए पनि किन स्वतन्त्र रूपमा नबाँच्ने?” जब तिनीहरूलाई पट्यारलाग्दो लाग्छ वा रमाइलो लाग्न छोड्छ, तब तिनीहरू तुरुन्तै छाडेर जान्छन्, र सोच्छन्, “संसारमा हेर्नका लागि यति धेरै कुरा हुँदाहुँदै किन एउटै ठाउँमा अड्केर बस्ने?” तिनीहरूले प्रयोग गर्ने अर्को प्रसिद्ध भनाइ के हो? “एउटा रूखका लागि पूरै वन किन त्याग्नु?” तिमीहरूलाई के लाग्छ—के यस्ता मानिसहरूमा साँचो विश्वास हुन्छ? (अहँ, तिनीहरू अविश्वासी हुन्।) जब अविश्वासीहरूको कुरा आउँछ, तब हामीले तिनीहरूका सबै समस्याहरू मानवताका समस्या हुन् भन्ने बारेमा कुरा गरिरहेका हुने हुनाले, त्यस्ता मानिसहरूको मानवतामा वास्तवमा के गलत हुन्छ र? के तिमीहरूलाई यस्ता मानिसहरूले कहिल्यै मानिसहरूले कसरी आफूलाई आचरणमा ढाल्नुपर्छ, मानिसहरू कुन मार्गमा हिँड्नुपर्छ, वा मानिसहरूले जिउने क्रममा जीवनसम्बन्धी कस्ता दृष्टिकोण र मूल्य-मान्यताहरू राख्नुपर्छ भन्ने जस्ता प्रश्नहरूलाई ख्याल गरेका हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) त्यसोभए, यस्तो व्यक्तिको मानवतामा के समस्या हुन्छ? (यस्तो व्यक्तिमा सामान्य मानवताको विवेक र समझको कमी हुन्छ; तिनीहरूले त्यस्ता प्रश्नहरूलाई ख्याल गर्दैनन्।) त्यो त अवश्य नै हो। यसको साथै, सटीक रूपमा भन्दा, यस्तो व्यक्तिको आत्मा हुँदैन; ऊ त जिउँदो लास मात्रै हुन्छ। आफूलाई कसरी आचरणमा ढाल्ने वा कुन मार्गमा हिँड्ने भन्ने बारेमा तिनीहरूका कुनै आवश्यकता हुँदैनन्, न त तिनीहरूले यी कुराहरूलाई ख्याल गर्छन्। तिनीहरूले यी कुराहरूलाई ख्याल नगर्नुको कारण के हो भने, बाहिर, तिनीहरूको रूप मानवको जस्तो भए पनि, तिनीहरूको सार वास्तवमा जिउँदो लास, खोक्रो खोलको मात्र हुन्छ। यस्तो व्यक्तिमा मानव जीवन र अस्तित्वका मामलाहरूमा जीवनभरि भौतारिएर हिँड्ने मनोवृत्ति हुन्छ। किटेरै भन्दा, “जीवनभरि भौतारिएर हिँड्नु” को अर्थ अल्याङटल्याङ गर्नु र मृत्युको प्रतीक्षा गर्नु हो, नसिक्नु र अज्ञानी रहनु हो, र खाँदै, पिउँदै, र रमाइलो गर्दै दिन बिताउनु हो। जहाँ खुसी हुन्छ तिनीहरू त्यहीँ जान्छन्, र तिनीहरूलाई जे कुराले खुसी र आनन्दित, र देहमा सहज महसुस गराउँछ, तिनीहरूले त्यही गर्छन्। तर तिनीहरू आफ्नो देहलाई कष्ट हुने वा भित्री पीडा ल्याउने कुनै पनि कुराबाट पन्छिनेछन् र त्यसबाट टाढा बस्नेछन्; तिनीहरू आफ्नो देहले कष्ट सहेको पटक्कै चाहँदैनन्। तर, कतिपय मानिसहरूले कष्ट भोगेर नै जीवन अनुभव गर्छन्। वा, विभिन्न कुराहरूबाट गुज्रेर र ती अनुभव गरेर, तिनीहरूले आफ्नो जीवन खोक्रो नहुने र त्यसबाट केही कुरा प्राप्त गर्न सक्ने कुरा सुनिश्चित गर्छन्। अन्त्यमा, तिनीहरू व्यक्ति कुन मार्गमा हिँड्नुपर्छ र ऊ कस्तो व्यक्ति हुनुपर्छ भन्ने कुराको निष्कर्षमा पुग्छन्। जीवन अनुभवहरूमार्फत, तिनीहरूले धेरै कुरा प्राप्त गर्छन्। एक हिसाबमा, तिनीहरूले निश्चित मानिसहरूलाई छर्लङ्ग देख्न सक्छन्; यसको साथै, तिनीहरूले विभिन्न मानिस, घटना, र कामकुराहरूलाई व्यवहार गर्नका लागि व्यक्तिले के-कस्ता सिद्धान्त र विधिहरू प्रयोग गर्नुपर्छ, र व्यक्तिले आफ्नो सम्पूर्ण जीवन कसरी जिउनुपर्छ भन्ने कुराको निष्कर्ष निकाल्न सक्छन्। तिनीहरूले अन्तिममा निकालेको निष्कर्ष सत्यतासँग मिले पनि वा त्यसविरुद्ध भए पनि, तिनीहरूले कम्तीमा यसबारे सोचेका त हुन्छन्। अर्कोतर्फ, कुनै पनि बेला परमेश्वरको घर छोडेर जान सक्नेहरूलाई सत्यता पछ्याउन वा परमेश्वरमा विश्वास गर्ने क्रममा आफ्नो कर्तव्य पूरा गर्नमा कुनै रुचि हुँदैन। तिनीहरू सधैँ आफ्ना वासना र रुचिहरूलाई सन्तुष्ट पार्ने अवसरहरू खोजिरहेका हुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कहिल्यै लगनशीलताका साथ व्यावसायिक सीप सिक्न, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, वा अर्थपूर्ण जीवन जिउन चाहँदैनन्। तिनीहरू गैरविश्वासीहरू जस्तै हरेक दिन खुसी र आनन्दित हुन मात्रै चाहन्छन्। त्यसकारण, तिनीहरू जहाँ गए पनि, तिनीहरूले आफ्नो हित र जिज्ञासालाई सन्तुष्ट पार्न मात्रै रमाइलो र मनोरञ्जन खोज्छन्। यदि तिनीहरूले एउटा कर्तव्य पूरा गरिरहनुपर्यो भने, तिनीहरूको रुचि हराउँछ र त्यस उप्रान्त तिनीहरूसँग यो कर्तव्यलाई जारी राख्ने उत्प्रेरणा हुँदैन। यस्ता मानिसहरूको जीवनप्रतिको मनोवृत्ति भनेको जसोतसो जिउने मात्रै हुन्छ। झट्ट हेर्दा, तिनीहरू अत्यन्तै स्वतन्त्र र बेफिक्र रूपमा जिउँछन्, र तिनीहरूले अरूसँग सानातिना कुरामा बखेडा गर्दैनन् जस्तो देखिन्छ। तिनीहरू हरेक दिन प्रफुल्ल र बेफिक्र देखिन्छन्, र जहाँ गए पनि परिस्थितिहरूमा घुल्न सक्छन्। कतिपय त सांसारिक रीतिरिवाज वा मानव सम्बन्धहरूका परम्पराहरूद्वारा प्रभावित नभएका र तिनका बन्धनमा नपरेका समेत देखिन्छन्, जसले तिनीहरू असाधारण छन् र साधारण भीडभन्दा माथि छन् भन्ने बाहिरी छाप छाड्छ। तर वास्तवमा, तिनीहरूको सार जिउँदो लास, र आत्मा नभएको प्राणीको सार हो। जसले परमेश्वरमा विश्वास गर्छन् तर कुनै पनि बेला मण्डली छोडेर जान सक्छन् तिनीहरू कहिल्यै आफूले गर्ने कुनै पनि कुरामा लामो समयसम्म अडिग रहँदैनन्—तिनीहरूले अस्थायी जोश मात्रै कायम राख्न सक्छन्। तर विवेक र समझ भएका मानिसहरू फरक हुन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य पूरा गरिरहेका भए पनि, त्यसलाई गम्भीरताका साथ सिक्छन् र राम्ररी पूरा गर्न लागिपर्छन्। तिनीहरूले कुनै कुरा हासिल गर्न र केही मूल्य सिर्जना गर्न सक्छन्। एक हिसाबमा, तिनीहरूले आफ्नो वरिपरिका मानिसहरूबाट पहिचान प्राप्त गर्न सक्छन्, र साथ साथै, तिनीहरूले केही गर्न सक्छन् र तिनीहरू उपयोगी मानिस हुन्, व्यर्थका मानिस होइनन् भन्ने देखेर तिनीहरूले भित्री रूपमा आत्मविश्वास महसुस गर्न सक्छन्। सामान्य मानवताको विवेक र समझ भएको व्यक्तिले हासिल गर्न सक्ने न्यूनतम कुरा यही हो। तर जसोतसो जीवन जिउने मानिसहरूले यी कुराहरूका बारेमा कहिल्यै सोच्दैनन्। तिनीहरू जहाँ गए पनि, तिनीहरूको काम खाने, पिउने, र रमाइलो गर्ने मात्र हुन्छ। बाहिरी रूपमा, तिनीहरू अत्यन्तै स्वतन्त्र र सहज रूपमा जिउँछन् जस्तो देखिएला, तर वास्तवमा त्यस्ता मानिसहरूको दिमागमा कुनै विचार हुँदैन। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरू कहिल्यै गम्भीर हुँदैनन्; तिनीहरू सधैँ सतही हुन्छन् र अल्पकालीन जोशद्वारा उत्प्रेरित हुन्छन्, र तिनीहरूले कहिल्यै केही हासिल गर्दैनन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन कामचलाउ तरिकाले जिउन चाहन्छन्, र तिनीहरू जहाँ गए पनि यही मनोवृत्ति बोकेर हिँड्छन्—परमेश्वरमाथिको तिनीहरूको विश्वाससमेत यसको अपवाद हुँदैन। तैँले के देख्न सक्छस् भने, कुनै निश्चित अवधिमा, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा निकै गम्भीर छन् र तिनीहरूले कष्ट सहन र मूल्य चुकाउन सक्छन् जस्तो देखिन्छ, तर जसले तिनीहरूका समस्याहरू औँल्याए पनि वा तिनीहरूलाई कामकुरा कसरी गर्ने भनेर बताए पनि, तिनीहरू यसलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनन् र सत्यतालाई पटक्कै स्वीकार गर्दैनन्। तिनीहरू केवल आफूले चाहे अनुसार काम गर्छन्—तिनीहरूलाई त तिनीहरू खुसी भए पुग्छ। अनि यदि तिनीहरू खुसी छैनन् भने, तिनीहरू कसैको सल्लाह नसुनी रमाइलो गर्न जान्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “मैले यसै पनि लामो समयसम्म परमेश्वरमा विश्वास गर्ने योजना कहिल्यै बनाएको थिइनँ।” यदि कसैले तिनीहरूलाई काटछाँट गर्यो भने, तिनीहरूले तुरुन्तै छाडेर जान सक्छन्। कुनै पनि बेला मण्डली छाडेर जान सक्ने मानिसहरूको एउटा प्रकटीकरण यही हो।
जसले कुनै पनि बेला मण्डली छोडेर जान सक्छन् तिनीहरूमा अर्को प्रकारको प्रकटीकरण पनि हुन्छ। कतिपय मानिसहरूले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूको जग भएजस्तो देखिए पनि वा नदेखिए पनि, र तिनीहरूले पहिले जुनसुकै कर्तव्य निर्वाह गरेका भए पनि, तिनीहरूले आफ्नै व्यक्तिगत हितहरूसँग सम्बन्धित विशेष परिस्थितिको सामना गरेपछि, तिनीहरू अचानक हराउन सक्छन्। कुनै पनि बेला, अरूले तिनीहरूसँगको सम्पर्क गुमाउने, र तिनीहरूलाई मण्डलीमा देख्न छोड्ने, तर तिनीहरूलाई के भइरहेको छ भन्ने थाहा नपाउने सम्भावना हुन्छ। कतिपय मानिसहरूले विपरीत लिङ्गीले आफूलाई वासनाको प्रलोभनमा पार्ने प्रयास गरेपछि, आफ्नो कर्तव्य पूरा गर्न छोड्छन् र डेटिङ गर्न जान्छन्, र तिनीहरू पूर्ण रूपमा सम्पर्कहीन रहन्छन्। अरू यस्ता पनि हुन्छन् जसका छोराछोरी विवाह गर्ने उमेरमा पुगेका हुन्छन्, र तिनीहरू आफ्ना छोराछोरीको विवाहको चाँजोपाँजो मिलाउनमा व्यस्त हुन्छन्, आफ्नो कर्तव्य पूरा गर्न र भेलाहरूमा सहभागी हुन छोड्छन्। जसले तिनीहरूलाई खोज्दै आए पनि, उसलाई ढोकाबाटै फर्काइन्छ। कतिपय मानिसहरूले आफ्ना आमाबुबा वा श्रीमान वा श्रीमती बिरामी भएर अस्पताल भर्ना हुँदा, वा घरमा कुनै ठूलो घटना घट्दा वा अनपेक्षित विपत्ति आइपर्दा—यदि तिनीहरू परमेश्वरका साँचो विश्वासी हुन् भने—यसो भन्दै स्पष्टीकरण दिन्छन्, “अहिले घरमा केही मामलाहरू छन् जसलाई मैले सम्हाल्नुपर्छ, त्यसकारण म भेलाहरूमा सहभागी हुन सक्दिनँ। मैले अनुपस्थितिको बिदा माग्नुपर्छ, र यदि तपाईँहरूले उपयुक्त व्यक्ति भेट्टाउन सक्नुहुन्छ भने, कृपया ढिलाइ नगरी उहाँलाई अस्थायी रूपमा मेरो कर्तव्य सम्हाल्न लगाउनुहोस्।” कम्तीमा पनि, तिनीहरूले केही सूचना र स्पष्टीकरण दिनेछन्। तर कुनै पनि बेला मण्डली छोडेर जान सक्नेहरूले एक शब्द नबोली मण्डलीसँगको सम्पर्क तोड्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले जति प्रयास गरे पनि, तिनीहरूसँग सम्पर्कमा आउन सक्दैनन्। तिनीहरूसँग सम्पर्क गरिने माध्यमहरू हुँदैनन् भन्ने होइन—कुनै पनि विधिद्वारा तिनीहरूको सम्पर्कमा पुग्न सकिन्छ—तर तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्न वा जवाफ दिन चाहँदै चाहँदैनन्। तिनीहरूले भन्छन्, “मैले किन तपाईँलाई सम्पर्क गर्ने? म स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्छु; मलाई यसका लागि तलब दिइँदैन। यदि मलाई छोडेर जान मन लाग्यो भने, म जान्छु! यदि घरमा केही भइरहेको छ भने, त्यो मेरो व्यक्तिगत मामला हो। म तपाईँलाई जानकारी दिन बाध्य छैनँ, र तपाईँलाई थाहा पाउने कुनै अधिकार छैन!” कतिपय मानिसहरू एक-दुई महिनासम्म जान्छन्, अनि त्यसपछि केही नभएको जस्तो गर्दै लाज समेत नमानी रिपोर्ट गर्न आउँछन्। अरू चाहिँ दुई-तीन वर्षसम्म जान्छन् र तिनीहरू पूर्ण रूपमा सम्पर्कबाहिर हुन्छन्। मण्डलीका मानिसहरूलाई परिस्थिति थाहा नहुने हुनाले, तिनीहरू यो व्यक्तिले धेरै वर्ष परमेश्वरमा विश्वास गरेको हुनाले, उसले मण्डली छोड्न असम्भव छ भन्ने सोच्छन्। तिनीहरूले कुनै अनपेक्षित घटना घटेको हुनुपर्छ भन्ने अनुमान गर्छन् र उक्त व्यक्ति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ पो गरियो कि भन्ने चिन्ता गर्छन्। वास्तवमा, त्यो व्यक्तिले परमेश्वरमा विश्वास गर्नै नचाहेको र ऊ दाजुभाइ-दिदीबहिनीहरूलाई जानकारी नदिई गएको मात्र हुन्छ। कतिपय मानिसहरू दश दिनसम्म जान्छन् अनि त्यसपछि फर्केर आउँछन्; यसको अर्थ तिनीहरूले विश्वास गर्न छाडेका छन् भन्ने होइन। कतिपय मानिसहरू जान्छन् अनि त्यसपछि दुई-तीन वर्षसम्म हराउँछन्—के तिमीहरू तिनीहरूले विश्वास गर्न छाडेका छन् भनेर भन्छौ? (भन्छौँ।) तिनीहरूले वास्तवमै विश्वास गर्न छाडेका हुन्छन्, र तिनीहरूलाई हटाउनुपर्छ। यो कुनै साधारण प्रस्थान होइन; तिनीहरूले विश्वास गर्न छाडेका हुन्छन्। मानव दृष्टिकोणबाट हेर्दा, यसलाई विश्वास गर्न छाडेको भनिन्छ। परमेश्वरले यसलाई कसरी हेर्नुहुन्छ? परमेश्वरको नजरमा, यसलाई परमेश्वरलाई नकार्नु, परमेश्वरलाई नपछ्याउनु भनेर भनिन्छ, र यो परमेश्वरलाई त्याग्नु हो। तर तिनीहरूको दृष्टिकोणबाट, तिनीहरूले सोच्छन्, “मैले परमेश्वरलाई इन्कार गरेको छैनँ; म अझै पनि हृदयमा परमेश्वरमा विश्वास गर्छु!” देख्यौ त? तिनीहरूले यसलाई हल्का रूपमा पन्छाउँछन्। अरू पनि हुन्छन्, जो खराब मुडमा भएकाले वा भित्री रूपमा दुःखी भएकाले, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न अत्यन्तै गाह्रो र थकाइलाग्दो लाग्ने हुनाले, वा तिनीहरूलाई अलिक काटछाँट गरिएको हुनाले मात्रै पनि भेलाहरूमा सहभागी हुन र आफ्नो कर्तव्य पूरा गर्न छाड्छन्। तिनीहरू आफूले गरिरहेको कामका बारेमा केही पनि व्याख्या नगरी यसो भन्दै जान्छन्, “कसैले पनि मलाई सम्पर्क नगर। म खुसी छैनँ, र म अब उप्रान्त विश्वास गर्न चाहन्नँ!” जब तिनीहरू दुःखी हुन्छन्, तब त्यो करिब एक वर्षसम्म रहन सक्छ। तिनीहरूको रिस साँच्चै नै यति ठूलो हुन्छ—एक वर्ष जति त तिनीहरू त्यसबाट बाहिर निस्कनै सक्दैनन्! कतिपय मानिसहरूले मण्डलीका अगुवा र कामदारहरूको काम हातमा लिन्छन्, तर तिनीहरू काम राम्ररी गर्न असफल हुने मात्र नभई तिनीहरूले लापरवाह रूपमा दुष्कर्म पनि गर्छन्, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोधहरू आइपर्छन्। पछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई निर्वाचित गर्दैनन्, र सङ्गतिमा तिनीहरूलाई खुट्ट्याउने र खुलासा गर्ने पनि गर्छन्। त्यसकारण तिनीहरूले यस्तो सोच्न थाल्छन्, “के यो मविरुद्धको आलोचना सत्र हो? मैले काम राम्ररी नगरेको मात्रै त हो, के यो साँच्चै यति ठूलो कुरा हो र? तिनीहरूले किन यसरी सङ्गति गरिरहेका र मलाई खुलासा गरिरहेका छन्? म बसुन्जेलका वर्षहरूमा, मैले यस्तो गुनासो कहिल्यै भोगेको छैनँ! मैले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, सधैँ अरूलाई हप्काउने व्यक्ति म नै हुन्थेँ; कसैले पनि मलाई कहिल्यै हप्काएन। मैले पहिले यस्तो कष्ट कहिले सहेको छु र? तिमीहरू सबैले ममाथि औँला ठड्याइरहेका छौ, मलाई अपमानित महसुस गराइरहेका छौ। म अबदेखि विश्वास गर्नेछैनँ!” त्यतिकै, तिनीहरूले विश्वास गर्न छाड्छन्। यसो भन्नेहरू जवान मानिसहरू मात्रै हुँदैनन्—कतिपय त आठ-दश वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका र उमेरमा चालीस-पचासको दशकमा पुगेका मानिसहरू हुन्छन्, तैपनि तिनीहरू दुःखी हुँदा तिनीहरूले पनि त्यस्ता कुराहरू भन्न सक्छन्। के त्यस्ता मानिसहरूको हृदयमा परमेश्वरका लागि ठाउँ हुन्छ? के तिनीहरूले परमेश्वरमा विश्वास गर्नुलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुराका रूपमा लिन्छन्? काटछाँटमा पर्दा वा विपत्ति वा व्यवधानहरूको सामना गर्दा अलिक नकारात्मक र कमजोर महसुस गर्नु सामान्य कुरा हो, तर यी कुराहरूले गर्दा व्यक्तिले परमेश्वरमा विश्वास गर्न छोड्नु हुँदैन। त्यस्ता मानिसहरू परमेश्वरका इमानदार विश्वासी होइनन्। परमेश्वरका इमानदार विश्वासीहरू पक्राउ र सतावटमा पर्दा पनि आफ्नो विश्वासमा लागिरहन सक्छन्—यिनीहरू मात्रै गवाही भएका मानिस हुन्। कतिपय मानिसहरूले केही प्राकृतिक विपत्तिको सामना गर्दा, यदि दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसबारे थाहा छैन वा अलिक ढिलो थाहा भयो र उनीहरूले समयमा नै ती मानिसहरूलाई सहयोग गरेनन् भने, तिनीहरूले यस्तो सोच्न थाल्छन्, “म कठिनाइहरू सामना गरिरहेको छु तर कसैले पनि मलाई ध्यान दिइरहेको छैन। त्यसकारण, तिनीहरू मलाई हेयको नजरले हेर्छन्! परमेश्वरमा विश्वास गर्नु व्यर्थ छ। म अबदेखि विश्वास गर्नेछैनँ!” यति सानो कुराकै कारण तिनीहरूले परमेश्वरमा विश्वास गर्न छोड्न सक्छन्। कुनै पनि बेला मण्डली छोडेर जान सक्ने मानिसहरूको एउटा प्रकटीकरण यही हो।
कुनै पनि बेला मण्डली छोडेर जान सक्नेहरूको अर्को अवस्था पनि हुन्छ। चिनियाँ कम्युनिस्ट पार्टीले तिनीहरूलाई आफ्नो पक्षमा ल्याउनका लागि, तिनीहरूलाई राम्रो जागिर प्रस्ताव गर्छ, र भन्छ, “परमेश्वरमा विश्वास गरेर तिमीले केही पनि कमाउँदैनौ। तिमीसँग के-कस्ता सम्भाव्यताहरू हुन सक्छन्? हामीले तिम्रो लागि उच्च मासिक तलब, राम्रा सुविधा, र श्रम बीमासहितको विदेशी कम्पनीमा एउटा पद भेट्टाएका छौँ। परमेश्वरमा विश्वास गर्नुमा तिम्रो कुनै भविष्य छैन; काम गर्नु, पैसा कमाउनु, र सुखी जीवन जिउनु नै राम्रो हुन्छ।” अन्तमा, तिनीहरू मण्डली छोडेर काम गर्न जान्छन्। कसैले भन्छ, “हिजोसम्म यो व्यक्तिले मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहेको थियो। ऊ किन आज आफ्ना सामानहरू पोको पारेर गयो?” तिनीहरू काम गर्न र पैसा कमाउन जाँदैछन्; तिनीहरूले परमेश्वरमा विश्वास गर्न छाडेका छन्। तिनीहरू एक शब्द पनि नबोली जान्छन्, र त्यसपश्चात, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूभन्दा अलग बाटोमा लाग्छन्, र फरक मार्गका मानिस बन्छन्। तिनीहरू ख्याति र प्राप्ति पछ्याउन, उच्च स्थानमा पुग्न र पृथक बन्न चाहन्छन्, र तिनीहरूले उप्रान्त परमेश्वरमा विश्वास गर्दैनन्। कतिपय मानिसहरू यस्ता पनि छन्, जसले सुसमाचार प्रचार गर्दा आफूलाई मन पर्ने व्यक्तिलाई भेट्छन्, ऊसँग जोडिन्छन्, र तिनीहरूले सँगै दिन बिताउन थाल्छन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न छोड्ने मात्र नभई परमेश्वरमा विश्वास गर्न समेत छोड्छन्। घरमा रहेका तिनीहरूका आमाबुबा अझै पनि अनजान हुन्छन्, र तिनीहरूले परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गरिरहेका छन् भन्ने सोच्छन्। वास्तवमा, तिनीहरू धेरै पहिले हराएका हुन्छन्—के थाहा, अब त तिनीहरूको बच्चाबच्ची समेत भइसकेको हुन सक्छ। आफ्नो कर्तव्य पूरा गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तैपनि तिनीहरूले सुसमाचार प्रचार गर्ने जस्तो महत्त्वपूर्ण काम समेत त्याग्न सक्छन्। जब तिनीहरूले आफूलाई मन पर्ने व्यक्ति, वा आफूलाई मन पराउने व्यक्तिलाई भेट्छन्, तब तिनीहरूलाई बहकाउनका लागि त्यो व्यक्तिका केही सरल प्रलोभनपूर्ण र लोभ्याउने शब्दहरू नै पर्याप्त हुन सक्छन्। तिनीहरू अत्यन्तै चुलबुले र लापरवाह हुन्छन्, जसले गर्दा तिनीहरूले कुनै पनि समय र स्थानमा परमेश्वरलाई त्याग्न र धोका दिन सक्छन्। त्यस्ता मानिसहरूले जति वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि वा तिनीहरूले जति धेरै प्रवचनहरू सुनेका भए पनि, तिनीहरूले अझै पनि अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरूका लागि, परमेश्वरमा विश्वास गर्नु महत्त्वपूर्ण हुँदै हुँदैन, र आफ्नो कर्तव्य पूरा गर्नुले पनि अर्थ राख्दैन—आशिष्हरू प्राप्त गर्नका लागि, तिनीहरूलाई यी कुराहरू गर्नुको विकल्प छैन भन्ने लाग्छ। कुनै व्यक्तिगत मामला वा पारिवारिक समस्या आउनेबित्तिकै, तिनीहरूले त्यतिकै छोडेर जान सक्छन्। जब तिनीहरूले थोरै प्राकृतिक विपत्तिको सामना गर्छन्, तब तिनीहरूले त्यतिकै विश्वास गर्न छोड्न सक्छन्। कुनै पनि कुराले परमेश्वरमाथिको तिनीहरूको विश्वासमा हस्तक्षेप गर्न सक्छ; कुनै पनि मामलाले तिनीहरूलाई नकारात्मक बनाउन र आफ्नो कर्तव्य त्याग्ने तुल्याउन सक्छ। तिनीहरू कस्ता किसिमका मानिस हुन्? यो प्रश्न साँच्चै नै गहन रूपमा मनन गर्न लायक छ!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।