अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२७) खण्ड दुई

मण्डलीमा, त्यस्ता पनि केही मानिसहरू हुन्छन्, जो यहूदा हुन्छन्, र तिनीहरूले सधैँ परमेश्‍वरको घरसँग कति पैसा छ र मण्डलीमा कसले सबैभन्दा बढी भेटी चढाउँछ भन्नेबारे सोधपुछ गर्ने प्रयास गरिरहेका हुन्छन्। अरूले तिनीहरूलाई भन्छन्, “यो कुरा तिमीलाई बताउन मिल्दैन। यो कुरा थाहा पाएर तिमीलाई फाइदा हुनेछैन, यसबाहेक, यो तिमीले सोधपुछ गरिरहनुपर्ने कुरा होइन।” यो सुनेपछि, तिनीहरू शत्रुवत् बन्छन् र यसो भन्छन्, “तिमीहरू सबै मेरो विरुद्धमा सतर्क भइरहेका छौ, मलाई हेयको नजरले हेरिरहेका छौ, मलाई एक दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गरिरहेका छैनौ; तिमीहरूले मलाई बाहिरी व्यक्तिझैँ व्यवहार गरिरहेका छौ। मलाई मण्डलीको पैसा कसको घरमा सुरक्षा गरेर राखिएको छ भन्ने थाहा छ। म तिमीहरूको रिपोर्ट गर्नेछु, र प्रहरीलाई त्यो सबै जफत गर्न दिनेछु—त्यसपछि म कति पैसा रहेछ भन्ने कुरा पत्ता लगाउनेछु!” जब-जब केही हुन्छ, तब तिनीहरू अरूलाई विश्वासघात गर्न वा रिपोर्ट गर्न चाहन्छन्; मण्डलीका झूटा अगुवा, ख्रीष्टविरोधी, र दुष्ट मानिसहरूले उत्पन्न गर्ने बाधाहरूका हकमा मात्रै तिनीहरूले कहिल्यै केही रिपोर्ट गर्दैनन्। वा, झूटा अगुवा र ख्रीष्टविरोधीहरूले भेटीहरू चोरेका वा हडपेका देख्दा पनि तिनीहरूले यी कार्यहरूको कहिल्यै खुलासा वा रिपोर्ट गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरको घरलाई नै जानकारी दिन्छन्। तिनीहरूलाई त्यस्ता मामिलाहरूमा चासो हुँदैन। तर यदि कुनै दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई उत्तेजित पार्‍यो, चिढ्यायो, वा अपमानित गर्‍यो भने, तिनीहरूले गएर यसबारे रिपोर्ट गर्नेछन्। वा यदि परमेश्‍वरको घरको कुनै कामको प्रबन्ध तिनीहरूका धारणाहरूसँग मिल्दैन, जसले गर्दा तिनीहरूलाई लाज लाग्छ वा तिनीहरू कठिन परिस्थितिमा पर्छन् भने, तिनीहरूले यस्तो सोच्न थाल्छन्: “म तेरो रिपोर्ट गर्नेछु! म तैँले तेरो मण्डली अगुवाको पद गुमाउने कुरा सुनिश्‍चित गर्नेछु, म मण्डलीको काम असफल हुने कुरा सुनिश्चित गर्नेछु, म मण्डली तहसनहस हुने कुरा सुनिश्चित गर्नेछु!” देखिस् त? यसको कारणले समेत तिनीहरू मण्डली अगुवाबारे रिपोर्ट गर्न चाहन्छन्। कतिपय मण्डलीहरूमा, विदेशमा कर्तव्य पूरा गर्नका लागि उपयुक्त रहेका केही मानिसहरूलाई छनौट गरिन्छ—तिनीहरूको परिवार र व्यक्तिगत परिस्थितिले यसमा साथ दिन्छ, तिनीहरूले परमेश्‍वरको घरका मागहरू पूरा गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरू सबै सहमत हुन्छन्। जब ती यहूदा मानिसहरूले यो कुरा देख्छन्, तब तिनीहरूले सोच्छन्, “मलाई यस्ता राम्रा कुराहरू कहिल्यै आइपर्दैनन्। मैले तिमीहरूका बारेमा रिपोर्ट गर्नुपर्छ! म प्रहरीलाई हाम्रो मण्डलीका निश्चित मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न विदेश जाँदैछन् भनेर भन्नेछु। म तिमीहरू देश छोडेर जान नपाउने कुरा सुनिश्चित गर्नेछु। म ठूलो रातो अजिङ्गरलाई तिमीहरूलाई पक्राउ गर्न लगाउनेछु, वा सरकारलाई तिमीहरूलाई निगरानीमा राख्न लगाउनेछु, ताकि तिमीहरू आफ्नो घरमा समेत फर्केर जान पाउँदैनौ!” दाजुभाइ-दिदीबहिनीहरूले विदेश जान नपाउन्जेल, तिनीहरू सन्तुष्ट हुन्छन्। तिमीहरूलाई के लाग्छ—के त्यस्ता मानिसहरूको कार्यको प्रकृति कहिलेकाहीँ बाधा र अवरोध ल्याउने मानिसहरूको भन्दा गम्भीर हुँदैन र? (हुन्छ।) यस्तो व्यक्ति ठूलो समस्या हो। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, र तिनीहरूले परमेश्‍वरको डर पटक्कै मान्दैनन्। चाहे जस्तोसुकै परिस्थिति वा कारण भए पनि, कामकुराहरू तिनीहरूले भने अनुसार भएनन् भने, तिनीहरूले मण्डलीबारे रिपोर्ट गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्न चाहन्छन्—तिनीहरू दियाबलस हुन्! जब मण्डलीले त्यस्ता मानिसहरू पत्ता लगाउँछ, तब भविष्यमा समस्या नहोस् भन्नका लागि तिनीहरूलाई जति सक्दो चाँडो निकाला वा निष्कासन गर्नुपर्छ। यदि हालको वातावरणले यसो गर्न दिँदैन वा उचित अवस्थाहरू आइसकेका छैनन् भने, तिनीहरूलाई कडाइका साथ निगरानी गर्नुपर्छ, सुपरिवेक्षण गर्नुपर्छ, र तिनीहरूप्रति सावधानी अपनाउनुपर्छ। जब अवस्थाहरूले साथ दिन्छन्, तब यस्ता खतरनाक व्यक्तिहरूलाई पटक्कै सहनु हुँदैन—तिनीहरूलाई जति सक्दो चाँडो र छिटो निकाला वा निष्कासन गर्। तिनीहरूले मण्डलीलाई विश्वासघात गरेर परिणामहरू निम्त्याउन्जेल पर्खेर बस्ने अनि मात्र कदम चाल्ने नगर्। तिनीहरूले त्यसो गरेपछि र त्यसले वास्तविक परिणामहरू ल्याएपछि, क्षतिहरू ठूला हुनेछन्। कति जना दाजुभाइ-दिदीबहिनीहरू फर्कनका लागि घर नहुने अवस्थामा पुग्नेछन्, वा पक्राउ पर्नेछन् र जेलमा समेत हालिनेछन् भन्ने कुरा कसलाई के थाहा। धेरै दाजुभाइ-दिदीबहिनीहरूले उपरान्त आफ्नो कर्तव्य पूरा गर्न वा मण्डली जीवन जिउन नसक्ने हुन सक्छ। परिणामहरू अकल्‍पनीय हुनेछन्। त्यसकारण, यदि अगुवा र कामदारहरूका रूपमा, मण्डलीमा तिमीहरूले त्यस्ता मानिसहरू भेट्टायौ जो यहूदा हुन् भने, तिनीहरूलाई समयमा नै निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ। यदि, एक दाजुभाइ-दिदीबहिनी भएको नाताले, तैँले त्यस्ता मानिसहरू पत्ता लगाइस् भने, तिनीहरूका बारेमा जति सक्दो चाँडो मण्डलीका अगुवा र कामदारहरूलाई रिपोर्ट गर्नुपर्छ। यो मामला मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका साथै तेरो आफ्नै सुरक्षासँग सम्बन्धित छ। यस्तो नसोच्, “तिनीहरू वास्तवमा अहिलेसम्म कुनै धोकामा संलग्न भइसकेका छैनन्, त्यसकारण यो ठूलो कुरा होइन; तिनीहरूले क्षणिक रिसले गर्दा मात्रै यस्तो बोलेका हुन्।” सबै जनालाई रिस उठ्छ—कतिपय मानिसहरूले रिस उठ्दा बढीमा केही रुखो शब्दहरू बोल्न, एकछिन झनक्क रिसाउन, वा केही दिनसम्म नकारात्मक बन्न सक्छन्, तर यदि तिनीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय छ, हृदयमा परमेश्‍वरको डर छ, र तिनीहरूमा केही विवेक र समझ, साथै आत्म-आचरणका आधारभूत सीमाहरू छन् भने, जेसुकै भए पनि, तिनीहरूले अरूलाई हानि हुने कामकुराहरू कहिल्यै गर्दैनन्। तर, जो प्राकृतिक रूपमै यहूदा हुन् ती मानिसहरूका हकमा कुरा फरक हुन्छ। तिनीहरूले छुसुक्क केही हुने बित्तिकै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्न सक्छन्, र आफ्ना उद्देश्यहरू हासिल गर्नका लागि दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई धम्की दिन सधैँ शैतानका शक्तिहरू प्रयोग गर्न चाहन्छन्। यी मानिसहरू दुष्ट पिशाचहरूसँग मिलेका हुन्छन्—आत्म-आचरणका सम्बन्धमा तिनीहरूमा कुनै आधारभूत सीमा हुँदैन। त्यसकारण, छुसुक्क केही हुनेबित्तिकै मण्डलीबारे रिपोर्ट गर्न सक्ने मानिसहरूका सम्बन्धमा मण्डली अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरू दुवै विशेष रूपमा सतर्क हुनुपर्छ। यदि कसैले त्यस्ता अव्यावहारिक, जानाजान झमेला गर्ने, र समझ नछिर्ने मानिसहरू पत्ता लगाए भने, तिनीहरूले तुरुन्तै अगुवा र कामदारहरूलाई तिनीहरूबारे रिपोर्ट गर्नुपर्छ, र त्यसपछि तिनीहरूलाई अनुगमन र सुपरिवेक्षण गर्नुपर्छ। यदि मण्डली अगुवाहरूले त्यस्ता मानिसहरू पत्ता लगाए भने, तिनीहरूले जति सक्दो चाँडो अवस्थालाई सम्हाल्ने र समाधान गर्ने योजना बनाउनुपर्छ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नैपर्छ, र मण्डली जीवन र मण्डलीको कामलाई त्यस्ता व्यक्तिहरूबाट हानि र बाधा हुनबाट रक्षा गर्नैपर्छ। जब त्यस्ता मानिसहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भन्छन्, तब त्यो क्षणिक रिसका कारण बोलेको कुरा मात्रै हो भन्‍ने सोचेर सावधान रहन छोड्ने नगर्। वास्तवमा, तिनीहरूले बारम्बार यस्ता कुराहरू भन्नुले यो विचार तिनीहरूको मनमा पहिले नै छ भन्ने कुरा प्रमाणित गर्छ। यदि तिनीहरूले यसरी सोच्छन् भने, तिनीहरूले त्यस अनुसार कदम चाल्न सक्छन्। कहिलेकाहीँ, “म तेरो रिपोर्ट गर्नेछु” भनेर भनेपछि, तिनीहरूले त्यसलाई व्यवहारमा लागू नगर्न सक्छन्, तर तिनीहरूले कहिले वास्तवमै त्यो काम गर्लान् कसलाई के थाहा। तिनीहरूले रिपोर्ट गरेपछि, परिणामहरू अकल्‍पनीय हुनेछन्। त्यसकारण, यदि तैँले सधैँ “म तेरो रिपोर्ट गर्नेछु” भन्ने तिनीहरूका शब्दलाई रिसमा बोलेको कुरा मात्रै ठान्छस् भने, तँ अज्ञानी र मूर्ख भइरहेको हुन्छस्। तँ यी शब्दहरूमार्फत तिनीहरूको मानवताको सारतत्त्वलाई छर्लङ्ग देख्न असफल भएको छस्, र यो गल्ती हो। तिनीहरूले सानो कुरामा पनि अरूलाई धम्की दिन “म तेरो रिपोर्ट गर्नेछु” भनेर भन्न सक्छन्—यो रिसले बोलिएको सरल टिप्पणी हुँदै होइन; यसले तिनीहरूमा यहूदाको प्रकृति छ र आत्म-आचरणका आधारभूत सीमाहरू छैनन् भन्ने देखाउँछ। आचरणको सम्बन्धमा कुनै आधारभूत सीमा नभएको व्यक्ति कस्तो प्रकारको नीच हो? विवेक र चेतना नभएको प्रकारको। विवेकविना, तिनीहरूले कुनै पनि दुष्ट कार्य गर्न सक्छन्, र चेतनाविना, तिनीहरूले चेतनाको सीमाभन्दा बाहिरको काम गर्न सक्छन्, र यावत् किसिमका मूर्ख कामकुरा गर्न सक्छन्। सम्भवतः मण्डलीबारे रिपोर्ट गरेपछि र दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेका र मण्डलीको काममा क्षति पुगेको देखेपछि, तिनीहरूले आँसु झार्न र पछुतो व्यक्त गर्न सक्छन्। तर यी अव्यावहारिक र जानीजानी झन्झटिलो हुने मानिसहरूले चेतनारहित व्यवहार गर्छन्; भविष्यमा कुनै यस्तै अवस्था सामना गर्दा, तिनीहरूले अझै पनि मण्डलीबारे रिपोर्ट गर्नेछन्। के यसले तिनीहरूको प्रकृतिमा समस्या छ भन्ने सङ्केत गर्दैन र? तिनीहरूको प्रकृति सार ठ्याक्कै यही हो। कतिपय मण्डली अगुवाहरूले अझै पनि तिनीहरूले जे भने त्यो रिसको झोँकमा भनिएको मात्रै हो, र तिनीहरूको प्रकृति खराब छैन भन्ने विश्वास गर्छन्। तिनीहरूले यो तिनीहरूको मानवताको प्राकृतिक प्रकटीकरण होइन र यसले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्दैन भन्ने सोच्छन्। के यो दृष्टिकोण गलत छ? (हो।) तिनीहरूले सामान्यतया नीच चरित्र देखाउने व्यवहार प्रदर्शन नगरे पनि, तिनीहरूले प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भन्नु, र तिनीहरूलाई असन्तुष्ट पार्ने सानोभन्दा सानो कुराले पनि तिनीहरूलाई उनीहरूबारे रिपोर्ट गर्नेतर्फ डोर्‍याउन सक्नु नै तिनीहरूको चरित्र तुच्छ र नीच छ, र तिनीहरू भरोसायोग्य छैनन् भन्ने कुरा प्रमाणित गर्न पर्याप्त हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै विवेक वा समझ हुँदैन। तिनीहरूले आफूलाई जस्तो मन लाग्यो त्यस्तै आचरणमा ढाल्छन्, विवेकको कुनै सीमाविना आफ्ना हित र रुचिहरूका आधारमा आफूले चाहे अनुसार कामकुरा गर्छन्। त्यस्ता मानिसहरूलाई निकालेर निराकरण गर्नुपर्छ, र तिनीहरूप्रति उदारता देखाउनु पर्दैन, किनभने तिनीहरू केटाकेटी होइनन्; तिनीहरू वयस्क हुन् र तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीबारे रिपोर्ट गर्नुका परिणामहरू थाहा हुनुपर्छ। यो सबैभन्दा निर्दयी, र सबैभन्दा प्रभावकारी कदम हो भन्ने कुरा तिनीहरूलाई पूर्ण रूपमा थाहा हुन्छ। तिनीहरूले यसलाई आफ्नो तुरुपको पत्ताका रूपमा, दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीसँग बदला लिने अन्तिम उपायका रूपमा लिन्छन्। ल भन्, के त्यस्ता मानिसहरू दुष्ट दियाबलस होइनन् र? (हुन्।) त्यसोभए दुष्ट दियाबलसहरूप्रति किन उदारता देखाउने? के तैँले तिनीहरू यहूदा हुन् भनेर स्वीकार गर्नुभन्दा पहिले तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र अतिथि सत्कारक परिवारहरूलाई ठूलो रातो अजिङ्गरसामु खुलेआम औँल्याइरहेको देख्नुपर्छ? तैँले यी तथ्यहरू देख्ने र तिनीहरूको चरित्र चित्रण गर्ने बेलासम्‍म त ज्यादै ढिला भइसकेको हुनेछ। वास्तवमा, तिनीहरूले कुनै समस्याको सामना गर्दा मण्डलीबारे रिपोर्ट गर्ने बारेमा चिच्याउन थाल्नेबित्तिकै तिनीहरूको प्रकृति सार खुलासा भइसकेको हुन्छ। तिनीहरूलाई खुट्ट्याउन र निकाल्नका लागि तिनीहरूले कुनै कदम नचालेसम्‍म पर्खेर नबस्—त्यसो गर्दा ज्यादै ढिला भइसकेको हुनेछ। यदि कसैले पनि—चाहे त्यो मण्डली अगुवा होस् वा दाजुभाइ वा दिदीबहिनी होस्—दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्ने बारेमा कुरा गरेको सुनेको छैन र कसैले पनि तिनीहरूलाई राम्ररी चिनेको छैन, र तिनीहरूलाई कसैले उत्तेजित पार्दा वा चिढ्याउँदा तिनीहरूले ऊबारे रिपोर्ट गर्छन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूसँग लुक्‍ने र खतराबाट जोगिने बाहेक अरू कुनै विकल्प हुँदैन, र आफ्नो कर्तव्य पूरा गरिरहेका कतिपय मानिसहरूले तुरुन्तै स्थानान्तरण गर्नुपर्छ भने, यस्तो परिदृश्यमा, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख भएकोमा र तिनीहरूलाई छर्लङ्ग देख्न नसकेकोमा दोष दिन मिल्दैन। तर यदि तिनीहरूले बारम्बार दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भन्छन् र पनि मानिसहरूले त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् भने, त्यो साँच्चै मूर्खतापूर्ण कुरा हुनेछ। यति धेरै सत्यता सुनेपछि पनि, तिनीहरूले मानिसहरूलाई खुट्ट्याउन सक्दैनन्—के तिनीहरू अन्योलमा परेका होइनन् र? (हुन्।) कुनै पनि बेला यहूदा बन्न सक्नेहरूका हकमा भन्दा, तिनीहरूले सत्यता थोरै मात्र बुझेका कारण, वा तिनीहरूले छोटो समय मात्र परमेश्‍वरमा विश्वास गरेका कारण, वा अरू कुनै कारणले गर्दा धोका दिएका हुन् भन्ने नसोच्। यीमध्ये कुनै पनि कुरा यसको कारण होइन। जडमा, यो तिनीहरूको चरित्र दुष्ट भएकाले गर्दा हो; मूल रूपमा, तिनीहरूको सार दुष्ट मानिसहरूको सार हो। यसरी तिनीहरूलाई खुट्ट्याउनु र तिनीहरूको चरित्र चित्रण गर्नु, त्यसपछि तिनीहरूलाई दुष्ट मानिसहरू भनेर निकाल्नु वा निष्कासित गर्नु पूर्ण रूपमा सही कुरा हो। यसो गर्दा यसले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्छ, र साथ साथै यसले मण्डलीको कामलाई हानि हुनबाट पनि रक्षा गर्छ। यो मण्डलीका अगुवा र कामदारहरूको जिम्मेवारी हो। त्यसकारण, अगुवा र कामदारहरूले तुरुन्तै त्यस्ता मानिसहरूका विरुद्धमा सावधानी अपनाउनुपर्छ र तिनीहरूको सुपरिवेक्षण गर्नुपर्छ, त्यसपछि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नुपर्छ ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सकून्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीलाई कुनै पनि समस्या पर्नबाट जोगाउनका लागि, त्यस्ता मानिसहरूका युक्ति सफल हुनुभन्दा पहिले नै तिनीहरूलाई पखाल्न लागिपर्नैपर्छ। त्यस्ता मानिसहरूको सामना गर्दा अगुवा र कामदारहरूमा हुनुपर्ने समझशक्ति र मामलाहरू सम्हाल्ने सिद्धान्तहरू यिनै हुन्, र त्यस्ता अवस्थाहरूमा तिनीहरूले अभ्यास गर्नुपर्ने तरिका यही हो। कुरा प्रस्ट भयो? (भयो।) अवश्य नै, त्यस्ता मानिसहरूलाई निकाल्दा भविष्यमा मण्डलीमा समस्या नआउने सुनिश्चित गर्दै तिनीहरूलाई बुद्धिमानी ढङ्गले निराकरण गर्नु नै उत्तम हुन्छ। यदि एउटा गुप्त खतरालाई सम्हाल्दा पछि यसले अझै बढी खतरा ल्याउँछ भने, यसो गर्ने मण्डली अगुवा अत्यन्तै अयोग्य हुन्छ र ऊ मानकभन्दा निकै तल हुन्छ; उसलाई काम कसरी गर्ने भन्ने थाहा हुँदैन, र उसमा बुद्धिको कमी हुन्छ। अर्कोतर्फ, यदि मण्डली अगुवाले प्रतिकूल परिणामहरूबाट जोगिने, मण्डलीको काममा फाइदा हुने, र दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति बढाउन पनि सहयोग गर्ने गरी गुप्त खतरालाई सम्हाल्न सक्छ भने, त्यो काम कसरी गर्ने भनेर साँच्चिकै जान्नु हो। यस्तो अगुवा वा कामदार मात्रै मानकअनुरूप हुन्छ।

यदि कुनै अगुवा वा कामदारले मण्डलीलाई धोका दिन सक्ने मानिसहरू भेट्छ तर तिनीहरूलाई खुट्ट्याउन सक्दैन वा तिनीहरूमा कस्तो मानवता छ वा तिनीहरूले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो समस्या ल्याउन सक्छन् भनेर महसुस गर्न सक्दैन, ऊ हृदयमा यी सबै कुराहरूका बारेमा अस्पष्ट छ, र त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने वा सम्हाल्ने, यो काम कसरी गर्ने, वा यो अगुवा र कामदारहरूले गर्नैपर्ने काम हो भन्ने समेत उसलाई थाहा छैन भने—वा, उसलाई थाहा छ तर पनि ऊ त्यस्ता मानिसहरूलाई चिढ्याउन चाहँदैन र तिनीहरूलाई ननिकाली वा निष्कासन नगरी यस विषयमा आँखा चिम्लिदिन्छ भने—त्यो कस्तो अगुवा वा कामदार हो? (झूटो।) तिनीहरू अगुवा वा कामदारका रूपमा मानकअनुरूप हुँदैनन्। एक हिसाबमा, तिनीहरूले मूर्ख तरिकाले सबैलाई सहयोग गर्ने प्रयास गर्छन्, सबैलाई प्रेम र धैर्य देखाउँछन्, र सबैलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्छन्। यो त अन्योलमा परेको, झूटो अगुवा वा झूटो कामदार हो। यसको साथै, जब तिनीहरूले मण्डलीमा यहूदा मानिसहरू पत्ता लगाउँछन्, तब तिनीहरूले तुरुन्तै समस्यालाई सम्हाल्न वा समाधान गर्न केही गर्दैनन्। बरु, तिनीहरूले केही पनि थाहा नभएको ढोँग गर्दै आँखा चिम्लिदिन्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “मेरो आफ्नै हैसियत खतरामा नहुन्जेल, ठीकै छ। मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा, वा परमेश्‍वरको घरका हितहरूका बारेमा मलाई मतलब छैन। यदि म यो पदमा हुन्छु र मैले हरेक दिन भोगविलास अनुभव गर्न पाउँछु भने, मलाई चाहिएको त्यति नै हो।” तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरूले समस्याहरू देख्दा तिनलाई समाधान गर्दैनन्; तिनीहरूले आफ्नो हैसियतका फाइदाहरू मात्रै लिन्छन्। के यो झूटो अगुवा हो? (हो।) उदाहरणका लागि, मानौँ कुनै पनि बेला धोकामा संलग्‍न हुन सक्ने व्यक्तिले लामो समयदेखि मण्डलीमा अत्याचारी व्यवहार गर्दै आएको छ, निरन्तर मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्ने धम्की दिँदै आएको छ। कतिपय झूटा अगुवाहरूले यो कुरा देख्छन् तर केही गर्दैनन्। जब कसैले यो व्यक्तिका बारेमा रिपोर्ट गर्छ र माथिल्लो तहका अगुवाहरूले उसलाई निकालेर निराकरण गर्छन्, तब पनि झूटा अगुवाहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन् वा यसबारे केही पनि सोच्दैनन्। तिनीहरूले सोच्छन्, “तिनीहरूले जसबारे रिपोर्ट गर्न चाहन्छन्, गरून्। तिनीहरूले मेरो बारेमा रिपोर्ट नगरुञ्जेल वा मण्डली अगुवाका रूपमा मेरो भूमिकामा असर नगरुञ्जेल, ठीकै छ।” के यस्तो अगुवा वा कामदार झूटो अगुवा वा कामदार हो? (हो।) तिनीहरू कुनै वास्तविक काम नगरी त्यसका फाइदाहरू लिनका लागि मात्रै आफ्नो पदमा रहन्छन्, कुनै पनि बेला दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्न सक्ने व्यक्तिलाई देख्छन् तर उसलाई निकाल्दैनन् वा निष्कासन गर्दैनन्—तिनीहरू झूटा अगुवा हुन्, र तिनीहरूलाई तुरुन्तै पदबाट बर्खास्त गर्नुपर्छ। कतिपय झूटा अगुवाहरू बर्खास्त भएपछि पनि अवज्ञाकारी नै रहन्छन्। तिनीहरूले भन्छन्, “मलाई बर्खास्त गर्ने तिमीसँग के अधिकार छ? के मैले त्यो व्यक्तिलाई ननिकालेकै कारण त्यसो गरिएको हो? तिमीहरू आफैले उसलाई हटाएका भए, समस्या समाधान हुनेथिएन र? त्यसबाहेक, उसले दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भनेको मात्र हो, वास्तवमा त्यसो गरेको होइन। अनि उसले मण्डलीका लागि कुनै समस्या सिर्जना गरेको थिएन। उसलाई किन निराकरण गर्ने?” तिनीहरूले निकै अन्यायमा परेको समेत महसुस गर्छन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्; तिनीहरूले आफ्नो हैसियतका फाइदाहरू मात्रै लिन्छन्, र मण्डलीमा यस्तो स्पष्ट यहूदा देखा पर्दा, तिनीहरूले उसलाई न त तह लगाउँछन् न त निकाल्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरू निरन्तर डरमा हुन्छन् र यसो भन्छन्, “हामीमाझ एक जना यहूदा छ, जसले सधैँ दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्ने धम्की दिइरहन्छ—यो निकै खतरनाक कुरा हो! यो व्यक्तिलाई कहिले निकालिनेछ?” तिनीहरूले मण्डली अगुवालाई यस विषयबारे धेरै पटक बताउँछन्, तर अगुवाले यस कुरालाई सम्बोधन गर्दैन, बरु यसो भन्छ, “यो केही पनि होइन। यो त व्यक्तिगत विवाद मात्रै हो, र यो मण्डलीको काम वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षासँग सम्बन्धित छैन।” तिनीहरूले उक्त मामला सम्हाल्दैनन्। तिनीहरूले गर्ने एउटै मात्र काम के हो? एक प्रकारको काम माथिल्लो तहका अगुवाहरूद्वारा तिनीहरूलाई अह्राइएको काम हो, जुन काम गर्ने बाहेक तिनीहरूसँग कुनै विकल्प हुँदैन। अर्को प्रकारको काम भनेको यस्तो हो, जुन काम नगर्दा त्यसले तिनीहरूको हैसियतलाई असर गर्छ वा खतरामा पार्छ, र त्यस्तो अवस्थामा तिनीहरूले आफू राम्रा देखौँ भन्नका लागि मन नलागी-नलागी केही काम गर्छन्। तर यदि तिनीहरूको हैसियतलाई असर पर्दैन भने, तिनीहरू सकेसम्म कामबाट पन्छिन्छन्। के यो झूटो अगुवा हो? (हो।) कुनै निश्चित वातावरण वा पक्राउको सामना गर्दा, लुक्‍नका लागि भाग्‍ने पहिलो व्यक्ति तिनीहरू नै हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू सुरक्षित छन् कि छैनन् भन्ने बारेमा कुनै चिन्ता नगरी आफ्नै सुरक्षाका बारेमा मात्रै वास्ता गर्छन्, र तिनीहरूले मण्डलीको काम वा परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्। तिनीहरूले जे गरे पनि, यो सबै आफ्नै हैसियतलाई जोगाउनका लागि हुन्छ। माथिले तिनीहरूलाई बर्खास्त गरेनन्, र अर्को निर्वाचनमा दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि तिनीहरूलाई भोट दिन्छन् र तिनीहरू अगुवा नै रहिरहन पाउँछन् भने, तिनीहरूले मन नलागी-नलागी केही काम गर्नेछन्। यदि तिनीहरूले गर्ने कुनै कुराले तिनीहरूप्रति माथिको हेराइमा असर पार्न सक्छ, जसले गर्दा माथिले तिनीहरूलाई बर्खास्त गर्न पनि सक्छन्, वा यदि तिनीहरूका कार्य र प्रकटीकरणहरूका कारण दाजुभाइ-दिदीबहिनीहरूमा तिनीहरूबारे नराम्रो छाप पर्न सक्छ र उनीहरूले तिनीहरूलाई फेरि निर्वाचित गर्दैनन् भने, तिनीहरूले कम्तीमा पनि उनीहरूका अगाडि केही काम गरेर आफ्नो छविलाई जोगाउने प्रयास गर्नेछन्। यसरी, तिनीहरूले आफूभन्दा माथि र आफूभन्दा तलका मानिसहरूलाई जवाफ दिन सक्छन्—तिनीहरूले परमेश्‍वरलाई मात्रै जवाफ दिन सक्दैनन्। तिनीहरूले गर्ने सबै कुरा देखाउनका लागि मात्रै हुन्छ। माथिल्लो तहका अगुवाहरूले तिनीहरूलाई बर्खास्त नगरुञ्जेल, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई समर्थन गरिरहुञ्जेल, तिनीहरू सन्तुष्ट महसुस गर्छन्। मण्डली अगुवाका रूपमा आफ्नो कार्यकालमा, तिनीहरूले ठूलो दुष्टता गर्दैनन्, र बाहिरी रूपमा तिनीहरू सधैँ काममा व्यस्त देखिन्छन्, तर तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्। विशेष गरी दुष्ट मानिसहरूले मण्डलीमा बाधा दिइरहेका देख्दा, तिनीहरूले केही गर्दैनन्। तिनीहरूलाई यी दुष्ट मानिसहरू चिढिन्छन् कि भन्ने डर हुन्छ, त्यसकारण तिनीहरूले सम्भव भएसम्म तिनीहरूलाई शान्त पार्ने र तिनीहरूसँग सम्झौता गर्ने प्रयास गर्छन्, र सद्भाव कायम राख्न मात्र खोज्छन्। तिनीहरू कसैलाई चिढ्याउन इच्छुक हुँदैनन्; यी मानिसहरूले मण्डलीको काममा बाधा दिए पनि वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई खतरामा पारे पनि, तिनीहरूले केही गर्दैनन्। सबैभन्दा साँचो अर्थमा यो झूटो अगुवा हो।

वास्तविक काम नगर्ने झूटा अगुवाहरूका हकमा भन्दा, यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई बारम्बार याद दिलाउँछन्, समस्याहरू समाधान गर्न लगाउँछन्, तर तिनीहरूले अझै पनि वास्तविक काम गर्दैनन्, वास्तविक समस्याहरू समाधान गर्दैनन्, र गल्तीहरू सच्याउँदैनन् भने, तिमीहरूले यसबारे माथितिर रिपोर्ट गर्नुपर्छ। यदि माथिल्लो तहका अगुवा र कामदारहरूले समस्यालाई सम्बोधन गरेनन् भने, तिमीहरूले यी झूटा अगुवाहरूलाई हटाउने कुनै पनि सम्भव उपाय सोच्नुपर्छ। मैले वास्तवमा यी वचनहरू धेरै वर्षदेखि भन्दै आएको छु, तर तलका बहुसङ्ख्यक मानिसहरू अरूलाई चिढ्याउनुभन्दा व्यक्तिगत नोक्सानी र केही हानि भोग्न रुचाउने दासहरू हुन्। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले सधैँ मध्यमार्ग अपनाउँछन् र मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा काम गर्छन्, र कसैलाई कहिल्यै चिढ्याउँदैनन्। मानिसहरूलाई नचिढ्याउनुको मूल्य के हो? त्यो भनेको परमेश्‍वरको घरको काम र हितहरूको बलि चढाउनु, परमेश्‍वरको घरका हितहरूमा हानि गर्नु र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनु हो। यदि दुष्ट मानिसहरूलाई निराकरण गरिएन भने, आफ्नो कर्तव्य पूरा गरिरहेका धेरै मानिसहरू प्रभावित हुनेछन्। के यो परमेश्‍वरको घरको काममा असर पर्नु सरह होइन र? (हो।) जब परमेश्‍वरको घरको काममा असर पर्छ, तब कसैलाई पनि तनाव वा चिन्ता महसुस हुँदैन, त्यसकारण म के भन्छु भने, धेरैजसो मानिसहरूले अरूसँग सद्भाव र मित्रता कायम राख्नका लागि परमेश्‍वरको घरका काम र हितहरूलाई बलि चढाइरहेका हुन्छन्। तिनीहरूले अगुवा र दाजुभाइ-दिदीबहिनीहरूलाई चिढ्याउँदैनन्; तिनीहरूले कसैलाई पनि चिढ्याउँदैनन्। सबैले मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा काम गर्छन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “तपाईँ असल हुनुहुन्छ, म असल छु, सबै जना असल छन्—आखिर, हामी सधैँ एक-अर्कालाई भेट्छौँ।” अनि परिणाम के हुन्छ? यसले गर्दा दुष्ट मानिसहरूले परिस्थितिको फाइदा उठाउन पाउँछन्; तिनीहरूले बारम्बार अत्याचारी रूपमा कार्य गर्छन्, र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। त्यसकारण, यदि मण्डली अगुवाहरू भरपर्दा छैनन् र तिनीहरूले दुष्ट मानिसहरूलाई पखालेर फाल्दैनन् भने, दाजुभाइ-दिदीबहिनीहरूले आफूलाई रक्षा गर्ने हरसम्भव उपाय सोच्नैपर्छ; तिनीहरूले दुष्ट मानिसहरूलाई देख्दा तिनीहरूबाट जोगिनुपर्छ, तिनीहरूबाट टाढा बस्नुपर्छ, र तिनीहरूलाई अलग राख्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “यदि हामीले तिनीहरूलाई अलग गर्‍यौँ र तिनीहरू रिसाए भने, के तिनीहरूले फेरि हाम्रो बारेमा रिपोर्ट गर्नेछैनन् र?” यदि तिनीहरूले साँच्चै नै तेरो बारेमा रिपोर्ट गरे भने, के तँ डराउनेछस्? (डराउनेछैनँ। यसले तिनीहरूलाई दुष्ट मानिसका रूपमा प्रकाश गर्नेछ।) यदि तिनीहरूले फेरि तेरो बारेमा रिपोर्ट गरे भने, यसले तिनीहरू प्राकृतिक यहूदा, दुष्ट दियाबलस हुन् भन्ने कुरालाई थप प्रमाणित गर्छ। तँ तिनीहरूदेखि डराउनै हुँदैन। यदि अगुवा र कामदारहरू अन्धा छन् र तिनीहरूले कामकुरालाई छर्लङ्ग देख्न सक्दैनन्, तिनीहरू अलमल्ल, र काम नलाग्ने छन्, वा यदि तिनीहरू अनिर्णित छन्, तिनीहरूले कहिल्यै कसैलाई चिढ्याउँदैनन्, वास्तविक काम नगरी आफ्नो हैसियतका फाइदाहरूमा मात्रै लिप्त हुन्छन् भने, दाजुभाइ-दिदीबहिनीहरूले त्यस उप्रान्त तिनीहरूमा कुनै आशा राख्नु हुँदैन। तिनीहरू सिद्धान्तहरूअनुसार दुष्ट मानिसहरूलाई निराकरण गर्न र यहूदाहरूलाई हटाउन एकजुट हुनैपर्छ। यी मानिसहरूद्वारा अत्याइनबाट जोगिनका लागि तिनीहरूले भेला हुने ठाउँ परिवर्तन गर्नुपर्ने वा यी मानिसहरूलाई पखाल्न बुद्धिमानी विधि प्रयोग गर्नुपर्ने हुन सक्छ। मण्डली जीवनको सामान्य सञ्चालन र सबै मण्डलीको कामको सामान्य प्रगति सुनिश्चित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि कुनै मण्डली अगुवाले वास्तविक काम गर्छ, ऊसँग पर्याप्त क्षमता छ, र उसको मानवता पनि निकै राम्रो छ भने, उसले कामका बन्दोबस्तहरू अनुसार आफ्नो काम अघि बढाऊन्जेल, सबैले उसको पालन गर्नुपर्छ। यदि उसले वास्तविक काम गर्दैन भने, उसको सङ्गत गर्नु हुँदैन वा उसमा भर पर्नु हुँदैन। त्यो बेला, समस्याहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार समाधान गरिनुपर्छ। यदि अगुवालाई बर्खास्त गरिनुपर्छ भने, उसलाई बर्खास्त गरिनुपर्छ; यदि पुनः निर्वाचन आवश्यक पर्छ भने, फेरि गर। यदि यो झूटा अगुवाले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैन, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने वातावरणलाई सुरक्षित बनाउँदैन, र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे वास्ता गर्दैन भने, ऊ मानक अनुरूप छैन; ऊ अयोग्य छ, र ऊ कुनै वास्तविक काम नगर्ने रद्दीको भारी मात्रै हो—दाजुभाइ-दिदीबहिनीहरूले उसको कुरा सुन्नु हुँदैन वा उसको बन्धनमा पर्नु हुँदैन। आवश्यक परेको बेला यहूदालाई पखाल्न नसक्ने कुनै पनि अगुवा र कामदारहरू झूटा अगुवा र झूटा कामदार हुन्; त्यस्ता झूटा अगुवा र झूटा कामदारहरूलाई माथि व्याख्या गरिएको तरिकाले निराकरण गरिनुपर्छ। यदि तिनीहरूलाई तुरुन्तै निराकरण गरिएन भने, दाजुभाइ-दिदीबहिनीहरूलाई यहूदाहरूले विश्वासघात गर्नेछन्, र मण्डली अस्तित्वमा रहनेछैन। आठौँ प्रकटीकरण, अर्थात् “कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु” बारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्