अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२७) खण्ड एक
आज हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयमा सङ्गति गर्न जारी राख्नेछौँ। यसभन्दा पहिले, हामीले चौधौँ जिम्मेवारीसम्म सङ्गति गरेका थियौँ, र यो जिम्मेवारी अन्तर्गत अझै पनि केही उपविषयहरू छन्, जसका बारेमा सङ्गति गरिएको छैन। हामीले सङ्गति गर्नुभन्दा पहिले, सुरुमा, अगुवा र कामदारहरूका कति वटा जिम्मेवारीहरू छन् भनेर पुनरावलोकन गर। (पन्ध्र वटा छन्।) पढेर सुनाओ।
(अगुवा र कामदारहरूका जिम्मेवारीहरू:
१. मानिसहरूलाई परमेश्वरको वचन खान र पिउन तथा बुझ्न अनि परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने।
२. हरेक किसिमका मानिसहरूको स्थितिलाई राम्ररी बुझ्नु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने।
३. हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्ने।
४. विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूलाई तोकिएका कर्तव्यहरूलाई तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बर्खास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।
५. प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्ने, अनि तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र कामका त्रुटिहरूको परिपूर्ति गर्न सक्षम हुने ताकि कामको प्रगति सहज होस्।
६. सबै किसिमका योग्य प्रतिभालाई प्रवर्धन र संवर्धन गर्ने ताकि सत्यतालाई पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्।
७. फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।
८. काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने।
९. परमेश्वरको घरका मागअनुसार त्यसका विभिन्न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र झकझकाहट प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्ने, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्ने।
१०. परमेश्वरका घरका विभिन्न भौतिक वस्तुहरूलाई (पुस्तकहरू, विभिन्न उपकरण, अन्नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक बाँडफाँड गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यूनीकरण गर्न नियमित निरीक्षण, सम्भार र मर्मत गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्ने।
११. विशेषगरी भेटीलाई व्यवस्थित ढङ्गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानकअनुरूप मानवता भएका भरपर्दा मानिसहरू चयन गर्ने; नियमित रूपमा आय र व्ययको पुनरावलोकन र जाँच गर्ने ताकि फजुलमा उडाउने वा खेर फाल्ने घटनाहरू साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्ने र उचित क्षतिपूर्ति माग गर्ने; यसका साथै, कुनै पनि उपायद्वारा, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र तिनीहरूको स्वामित्वमा पर्नदेखि जोगाउने।
१२. परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून्।
१३. परमेश्वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्न सक्ने बनाउने।
१४. सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने।
१५. विभिन्न महत्त्वपूर्ण काम व्यवस्थित ढङ्गबाट अगाडि बढोस् भन्ने कुरा सुनिश्चित गर्नका लागि सबै किसिमका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्ने।)
के सबैले यी सबै पन्ध्र वटा जिम्मेवारीहरू स्पष्ट रूपमा सुन्यौ? (सुन्यौँ।) अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने” हो। त्यसोभए तैँले विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउन सक्छस्? पहिलो मापदण्ड परमेश्वरमा विश्वास गर्नुको तिनीहरूको उद्देश्यमा आधारित छ। हामीले मानिसहरूले परमेश्वरमा विश्वास गर्नुका उद्देश्यहरूलाई कति वटा बुँदामा विभाजित गरेका थियौँ? हामीले तिनलाई नौ वटा बुँदामा विभाजित गरेका थियौँ: पहिलो बुँदा भनेको अधिकारी हुने चाहना पूरा गर्नु हो; दोस्रो, विपरीत लिङ्गीहरू खोज्नु हो; तेस्रो, प्रकोपहरूबाट जोगिनु हो; चौथो, अवसरवादमा संलग्न हुनु हो; पाँचौँ, मण्डलीको भरमा बाँच्नु हो; छैटौँ, शरण खोज्नु हो; सातौँ, पृष्ठपोषक खोज्नु हो; आठौँ, राजनीतिक लक्ष्यहरू पछ्याउनु हो; र नवौँ, मण्डलीको निगरानी गर्नु हो। यो विभिन्न प्रकारका मानिसहरूले परमेश्वरमा विश्वास गर्नुका अभिप्राय र उद्देश्यहरूका आधारमा तिनीहरूको सारलाई खुट्ट्याउनु हो। निकालिनुपर्ने वा निष्कासित गरिनुपर्ने विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने दोस्रो मापदण्ड विभिन्न पक्षहरूमा तिनीहरूको मानवता सारका प्रकटीकरणहरूमा आधारित हुन्छ। यो मापदण्डमा कति वटा प्रकटीकरणहरू संलग्न हुन्छन्? पहिलो, तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनु; दोस्रो, फाइदा उठाउन मन पराउनु; तेस्रो, लम्पट र असंयमित हुनु; चौथो, प्रतिशोधप्रति प्रवृत्त हुनु; पाँचौँ, आफ्नो जिब्रो काबुमा राख्न नसक्नु; छैटौँ, अव्यावहारिक र जानी-जानी कष्टदायी हुनु, र तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्ने कोही नहुनु; सातौँ, निरन्तर लम्पट क्रियाकलापहरूमा संलग्न हुनु; आठौँ, कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु; नवौँ, कुनै पनि बेला छोडेर जान सक्नु; दसौँ, डगमगाउनु; एघारौँ, कायर र शङ्कास्पद हुनु; बाह्रौँ, समस्या निम्त्याउन प्रवृत्त हुनु; तेह्रौँ, जटिल पृष्ठभूमि हुनु। कुल तेह्र वटा प्रकटीकरणहरू छन्। अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने” हो। पहिलो मापदण्डसँग सम्बन्धित मामलाहरू—व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य—यसबारे सङ्गति गरिसकिएको छ। हामीले तिनीहरूको मानवताका पहिलो सात वटा समस्याहरूका बारेमा पनि सङ्गति गरिसकेका छौँ, जुन दोस्रो मापदण्ड हो। आज, हामी तिनीहरूको मानवताको आठौँ प्रकटीकरणबाट सङ्गति गर्न थाल्नेछौँ: त्यो हो, “कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु।”
विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग छ)
विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू
आ. व्यक्तिको मानवताका आधारमा
ज. कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु
जसले कुनै पनि समयमा स्पष्ट रूपमा मण्डलीलाई घात गर्ने क्षमता प्रकट गर्छन्—तिमीहरू यस्ता मानिसहरूलाई चिन्न सक्छौ, होइन र? के यी मानिसहरूको समस्या अत्यन्तै गम्भीर हुन्छ? (हो।) कतिपय मानिस कायर भएकाले मण्डलीलाई घात गर्छन्, जबकि अरूले आफ्नो दुष्ट मानवता वा अरू समस्याका कारण त्यसो गर्छन्। कारण जेसुकै भए पनि, यस्ता मानिसहरूले कुनै पनि बेला दाजुभाइ-दिदीबहिनीहरूलाई घात गर्न र परमेश्वरलाई विश्वासघात गर्न सक्छन् भन्ने तथ्यले तिनीहरू भरपर्दा होइनन् भन्ने देखाउँछ। यदि तिनीहरूले मण्डलीका बारेमा केही महत्त्वपूर्ण जानकारी वा दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी, जस्तै दाजुभाइ-दिदीबहिनीहरू कहाँ बस्छन्, मण्डली अगुवाहरू को हुन्, मण्डली कुन काममा संलग्न छ, वा कसले कुन महत्त्वपूर्ण काम र कर्तव्यहरू पूरा गर्छ भन्ने कुरा थाहा पाए भने, तिनीहरूले खतरा उत्पन्न हुँदा वा केही विशेष परिस्थितिहरूमा यो जानकारी खुलासा गर्न सक्छन्, र मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई घात गर्न सक्छन्। तिनीहरूले यसो गर्नुको एउटा कारण भनेको आफूलाई सुरक्षा गर्न र आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि हो। अर्कोतर्फ, तिनीहरूले जानीजानी यस्तो व्यवहार गर्न सक्छन्, र यस जानकारीलाई गम्भीरतापूर्वक नलिन र व्यक्तिगत फाइदाको बदलामा कुनै पनि बेला यस्तो कुरा खुलासा गर्न र धोकामा संलग्न हुन सक्छन्। उदाहरणका लागि, कतिपय मानिसलाई ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिन्छ, र सोधपुछको बेला, ठूलो रातो अजिङ्गरले तिनीहरूलाई जबरजस्ती कबुल गराउन धम्की दिन्छ, प्रलोभनमा पार्छ, वा यातनासमेत दिन्छ, र यदि तिनीहरूले बोले भने, तिनीहरूलाई रिहाइ गरिनेछ भनेर भन्छ, त्यसकारण तिनीहरूले आफ्नो स्वतन्त्रताका लागि दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीबारे थाहा भएको सबै जानकारी बताएर धोका दिन्छन्। यस्ता मानिसहरू खाँटी यहूदा हुन्। ल भन त, खाँटी यहूदा प्रकारका मानिसहरूलाई कसरी व्यवहार र निराकरण गर्नुपर्छ? (यस्ता मानिसहरूलाई तुरुन्तै निष्कासित गर्नुपर्छ र श्राप पनि दिनुपर्छ।) सामान्यतया, यी खाँटी यहूदाहरूले—जानाजान होस् वा अनजानमा—मण्डलीका निश्चित परिस्थितिहरूबारे सोधपुछ गर्छन् वा ज्ञान प्राप्त गर्छन् र त्यसलाई मनमा राख्छन्। पछि, तिनीहरूमाथि कुनै परिस्थिति आइपर्दा र तिनीहरू पक्राउ पर्दा, तिनीहरू यो जानकारी कबुल गर्छन्। झट्ट हेर्दा, तिनीहरूले यी कुराहरूबारे सोधपुछ गर्नु र सिक्नुको उद्देश्य ठूलो रातो अजिङ्गरलाई जानाजानी जानकारी कबुल गर्नुजस्तो देखिँदैन, तर जब तिनीहरू पक्राउ पर्छन्, तब तिनीहरू आफूलाई रोक्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूको कबुलले मण्डलीमा केही प्रतिकूल परिणामहरू ल्याउँछ। त्यसकारण, तिनीहरूले यी कुराहरूबारे गर्ने त्यतिकैको सोधपुछ र सिकाइ साधारण कुराकानी वा व्यर्थ गफगाफ प्रकृतिका हुँदैनन्; बरु, तिनीहरूले जानाजानी र उद्देश्यका साथ त्यसो गरिरहेका हुन्छन्। यसले तिनीहरूलाई पछि यहूदा बन्ने अवस्थाहरू तयार गर्छ। के अरूको जानकारी त्यतिकै खुलासा गरेर धोका दिने मानिसहरूको समस्यालाई सत्यता सङ्गति गर्ने वा तिनीहरूलाई चेतावनी दिनेजस्ता विधिहरूद्वारा समाधान गर्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? (किनभने यस्ता मानिसहरूमा विवेक र समझको कमी हुन्छ, र तिनीहरूले सत्यतालाई स्वीकार गर्नेछैनन्, र तिनीहरूसँग सत्यता सङ्गति गर्नु बेकार हुन्छ।) अरूलाई त्यतिकै हानि गर्न सक्ने यस्तो दुष्ट व्यक्तिलाई कसरी निराकरण गर्नुपर्छ? एउटै मात्र समाधान छ, र त्यो तिनीहरूलाई निकाल्नु हो, किनभने तिनीहरूले गरेको कुराले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने मात्र नभई मण्डलीको काममा बाधा पनि दिन्छ। यस्तो व्यवहारलाई दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई घात गर्ने कार्यका रूपमा चित्रण गर्न सकिन्छ, त्यसकारण यस्ता मानिसहरूलाई निकाल्नैपर्छ वा निष्कासित गर्नैपर्छ। यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्न नसकिने भए पनि, तिनीहरूलाई मण्डलीको काममा बाधा र अवरोध ल्याउने दुष्ट मानिसहरू भनेर चित्रण गर्ने पर्याप्त आधारहरू छन्। त्यसकारण, यस्ता मानिसहरूलाई निकाल्नु पूर्ण रूपमा सिद्धान्तहरूअनुरूप हुन्छ। यी मानिसहरूलाई सत्यतामा रुचि हुँदैन; तिनीहरू जताततै अगुवा र कामदारहरूका, साथै निश्चित दाजुभाइ-दिदीबहिनीहरूका विवरणबारे सोधपुछ गर्न मात्रै मन पराउँछन्। तिनीहरूले धेरै वर्ष परमेश्वरमा विश्वास गरेका हुन्छन् तर धेरै सत्यताहरू बुझेका हुँदैनन्—तैपनि तिनीहरूले अगुवा र कामदारहरूका र दाजुभाइ-दिदीबहिनीहरूका परिवारहरूबारे धेरै जानकारी बटुलेका हुन्छन्। जुनसुकै दाजुभाइ-दिदीबहिनीबारे उल्लेख गरिए पनि, तिनीहरूले तिनीहरूका केही विवरण बाँड्न सक्छन्, जुन कुरा अरूलाई निकै आश्चर्यजनक लाग्छ। तिनीहरू अगुवा वा कामदार नभए पनि, तिनीहरू सधैँ प्रशासनिक काम, विभिन्न संरचनाका प्रमुखहरू, र बाहिरी मामलाहरूसँग सम्बन्धित केही कामजस्ता मण्डलीका निश्चित आन्तरिक मामलाहरूबारे सोधपुछ गर्न उत्सुक हुन्छन्। तिनीहरूले को कुन-कुन ठाउँमा आफ्नो कर्तव्य पूरा गर्न गएको छ र कहिले गएको हो, कसलाई बढुवा गरिएको छ, कसलाई बर्खास्त गरिएको छ, र मण्डलीको कामका निश्चित पक्षहरू कसरी अघि बढिरहेका छन् भनेर बारम्बार सोध्छन्। यी कुराहरूबारे सोधपुछ गरेपछि, तिनीहरूले यो जानकारी चारैतिर फैलाउँछन्। अझै घृणित कुरा त के हो भने, कतिपय मानिसले त्यसबारे सोधपुछ गरेपछि आफूले सङ्कलन गरेको जानकारी लेखेरसमेत राख्छन्। के यसले तिनीहरूमा गुप्त मनसायहरू छन् भन्ने देखाउँदैन र? (देखाउँछ।) ठूलो रातो अजिङ्गरको देशमा आफ्नै मामलाहरू रेकर्ड गर्दा, तिनीहरू कोड वा गुप्त भाषा प्रयोग गर्न जान्दछन्, तर अरूको जानकारी रेकर्ड गर्दा, तिनीहरूले अलिकति पनि बुद्धि देखिने विधि प्रयोग गर्दैनन्, बरु दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक नाम, हुलिया, उमेर, फोन नम्बर, र अरू विवरणहरू नै लेख्छन्। के यो तिनीहरूले धोका दिन खोजिरहेको होइन र? तिनीहरूको अभिप्राय खराब हुन्छ, र तिनीहरूले साँच्चै नै धोका दिने अभिप्राय राख्छन्। केही खतरनाक घटना घटेपछि र प्रहरीले तिनीहरूले रेकर्ड गरेको जानकारी जफत गरेपछि, प्रहरीले तिनीहरूलाई यातनाको सहारासमेत नलिई धम्काउनु र तर्साउनु मात्रै पर्छ, अनि तिनीहरू केही कुरा नलुकाई तुरुन्तै सबै कुरा विस्तृत रूपमा कबुल गर्छन्। तिनीहरू बिर्सिएका कुराहरू याद गर्न आफ्नो दिमागसमेत खियाउँछन्, र तिनीहरूलाई कुनै कुरा याद आउनेबित्तिकै, तिनीहरू त्यो कुरा तुरुन्तै प्रहरीलाई बताउँछन्। तिनीहरूले प्रहरीलाई दाजुभाइ-दिदीबहिनीहरूको घरमा, अगुवा र कामदारहरूको घरमा, र महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूको आवासमा प्रहरीसमेत लिएर जान्छन् र तिनीहरूलाई गिरफ्तार गराउँछन्। के तिमीहरूलाई यस्ता मानिसहरू अत्यन्तै दुष्ट हुन्छन् भन्ने लाग्दैन? (लाग्छ।) तिनीहरूले अरूलाई घात गर्नुभन्दा पहिले, तिनीहरूको व्यवहार दुष्ट व्यक्तिको जस्तो देखिँदैन, ख्रीष्टविरोधीको जस्तो त झनै देखिँदैन—यी साधारण भ्रष्ट मानवका प्रकटीकरणहरू मात्रै हुन सक्छन्—तर तिनीहरू पक्राउ परेपछि, तिनीहरूले कुनै पनि दाजुभाइ-दिदीबहिनीलाई सजिलै घात गर्न सक्छन्। यो एउटा प्रकटीकरणले मात्रै पनि तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूभन्दा दुष्ट हुन्छन्। तिनीहरूले आफ्नो देह अत्यन्तै कमजोर भएकाले र आफूले थप सहन नसकेकाले कठोर करकाप, यातना, र सतावटमा परेर थोरै महत्त्वहीन जानकारी नखुस्काई बस्न सकेनन् भन्ने होइन। बरु, तिनीहरू सक्रिय र लापरवाह रूपमा आफूलाई थाहा भएको सबै जानकारी खुलासा गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई कुनै वास्ता गर्दैनन्, मण्डलीको कामलाई कुनै वास्ता गर्नु त झन् परको कुरा हो। यो अत्यन्तै नीच कुरा हो! यो यहूदा प्रकारका मानिसहरूको एउटा प्रकटीकरण हो।
अर्को प्रकारका मानिसहरू पनि छन्, जसले अलिकति उत्तेजित हुनेबित्तिकै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्न खोज्छन्। उदाहरणका लागि, जब तिनीहरूले प्राकृतिक प्रकोप, रोग, वा चोरीको सामना गर्छन्, तब तिनीहरू परमेश्वरबारे गुनासो गर्छन् अनि दाजुभाइ-दिदीबहिनीहरूमा प्रेमको कमी छ र उनीहरूले समस्याहरू समाधान गर्न सहयोग गर्दैनन् भनेर पनि गुनासो गर्छन्। यसले गर्दा तिनीहरूलाई मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई घात गर्न मन लाग्छ। कतिपय मानिस जथाभावी दुष्कर्म गर्छन् र काटछाँटमा पर्छन्, र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूबाट टाढिन्छन्; यसले गर्दा तिनीहरूलाई परमेश्वरको घरमा प्रेमको कमी छ भन्ने महसुस हुन्छ, त्यसकारण तिनीहरू प्याच्च भन्छन्: “तिमीहरू सबैले मलाई मन पराउँदैनौ, होइन र? तिमीहरू सबैले मलाई हेयको नजरले हेर्छौ, होइन र? के म परमेश्वरमा विश्वास गरेर अझै पनि साँच्चै नै आशिष्हरू प्राप्त गर्न सक्छु? यदि मैले आशिष्हरू प्राप्त गरिनँ भने, म तिमीहरू सबैको रिपोर्ट गर्नेछु!” त्यस्ता मानिसहरूको सबैभन्दा “नमुना” हरफ यही हो। “यदि मैले आशिष्हरू प्राप्त गरिनँ भने, म तिमीहरू सबैको रिपोर्ट गर्नेछु” भन्ने कथन तिनीहरूका लागि “नमुना” हो भनेर म किन भन्छु? किनभने यस कथनले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्छ। यो वाक्यांश तिनीहरूले धेरै असन्तोषजनक परिस्थितिहरूको सामना गरेपछि वा गहिरो जरा गाडेर बसेको रोषका कारण आफ्नो घृणा पोखाउनका लागि मात्रै भन्ने कुरा होइन, न त यो आवेगको विस्फोट नै हो। बरु, यो त्यस्तो कुरा हो, जसले तिनीहरूको हृदय भरेको छ र यो कुनै पनि बेला प्रकट हुन सक्छ। यो तिनीहरूको हृदयमा लामो समयदेखि रहेको कुरा हो र यो कुनै पनि बेला विस्फोट हुन सक्छ। यसले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्छ। तिनीहरूको मानवता यति पतित हुन्छ—यदि कसैले तिनीहरूलाई उत्तेजित पार्यो वा चोट पुर्यायो भने, तिनीहरूले त्यस व्यक्तिलाई कुनै पनि बेला घात गर्न सक्छन्। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, यदि तिनीहरूले कामका बन्दोबस्तहरू वा सिद्धान्तहरू उल्लङ्घन गरे, अनि अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अलि काटछाँट गरे भने, तिनीहरू रुष्ट हुन्छन्, रिसाउँछन्, र असन्तुष्ट हुन्छन्, त्यसपछि तिनीहरूले यस्ता कुराहरू भन्छन्, “म तिमीहरूको रिपोर्ट गर्नेछु! तिमी कहाँ बस्छौ मलाई थाहा छ, मलाई तिम्रो नाम-थर थाहा छ!” यदि तैँले यस्ता मानिसहरूलाई फकाइनस् भने, तिनीहरूले तँलाई साँच्चै घात गर्न सक्छन्। तिनीहरूले कसैलाई डर देखाउने प्रयास गरिरहेका हुँदैनन्, न त यो कुरा आवेगमा नै भनिरहेका हुन्छन्; यदि कसैले तिनीहरूलाई साँच्चै चिढ्यायो वा रिस उठायो भने, तिनीहरूले त्यो व्यक्तिलाई साँच्चै घात गर्न सक्छन्। कतिपय मानिस भन्छन्, “तिनीहरूसँग किन डराउनु?” हामीलाई तिनीहरूको डर लाग्छ भन्ने होइन। यदि यो कुरा कुनै प्रजातान्त्रिक र स्वतन्त्र देशमा भएको भए, हामी तिनीहरूको धोकाको डर मान्नेथिएनौँ। तर ठूलो रातो अजिङ्गरको देशमा, यदि तिनीहरू साँच्चै नै धोकामा संलग्न हुन्छन् भने, यसले दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पार्न र मण्डलीको कामलाई असर गर्न सक्छ। यदि दाजुभाइ-दिदीबहिनीहरू साँच्चै नै पक्राउ परे भने, ठूलो रातो अजिङ्गरले यसलाई ठूलो कुरा बनाउनेछ। कुनै कमजोरी पत्ता लगाएपछि, तिनीहरूले मानिसहरूलाई अनवरत रूपमा पक्राउ गरिरहनेछन्। त्यस्तो अवस्था आइपरेमा, जति पनि मानिसहरूको मण्डली जीवन प्रभावित हुनेछ, र जति पनि मानिसहरूको सामान्य कर्तव्य निर्वाहमा असर पर्नेछ। के यी निकै गम्भीर परिणाम होइनन् र? तैँले यी कुराहरूलाई ख्याल गर्नैपर्छ! यस्ता मानिसहरू अरूसँग अन्तरक्रिया गर्दा सधैँ झनक्क रिसाउने गर्छन्। यदि कसैले तिनीहरूलाई बेखुसी तुल्याउने कुरा भन्यो, वा तिनीहरूका समस्याहरू खुलासा गर्यो र तिनीहरूलाई रिस उठायो भने, तिनीहरू त्यो व्यक्तिसँग रिसाउँछन् र तिनीहरूले ऊसँग धेरै दिनसम्म कुरा गर्नसमेत इन्कार गर्न सक्छ, र जब तँ तिनीहरूलाई खोज्न र आफ्नो कर्तव्य पूरा गर्न अनुरोध गर्न जान्छस्, तब तिनीहरूले अनुरोधलाई बेवास्ता गर्छन्। यस्ता मानिसहरूसँग मिलेर बस्नु असम्भव हुन्छ। के तिनीहरू दुष्ट मानिस होइनन् र? मानिसहरूको कुनै समूहमा, तैँले प्रायजसो दुष्ट मानिसहरूले यस्ता कुराहरू भनेको सुन्छस्: “यदि कसैले मेरो विरोध गर्यो भने, म छोड्दिनँ! मलाई तिमीहरू कहाँ बस्छौ भनेर ठ्याक्कै थाहा छ, मलाई तिमीहरूको झ्यालको पर्दाको रङसमेत थाहा छ। तिमीहरू कहाँ भेला हुन्छौ अनि अगुवा र कामदारहरू कहाँ बस्छन् भन्ने कुरा मलाई राम्ररी थाहा छ!” के तिमीहरूलाई यस्ता मानिसहरू खतरनाक व्यक्तिहरू हुन् भन्ने लाग्छ? (लाग्छ।) तिनीहरू खाँटी यहूदा हुन्। सबै कुरा सामान्य हुँदा पनि, तिनीहरूले धोकामा संलग्न हुन विशेष प्रयास गर्न सक्छन्। अनि यदि कुनै दुर्घटना भयो भने, तिनीहरू नै सबैभन्दा पहिले अघि सरेर यहूदा बन्नेछन्। त्यसकारण, यदि मण्डलीमा यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ। यस्ता मानिसहरूमा अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? उदाहरणका लागि, भेलाहरूमा, दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई नियमित रूपमा भेट्ने हुनाले एकअर्कालाई शिष्टाचार गरिरहनु पर्दैन। समय आएपछि, तिनीहरूले भेला सुरु गर्छन्, परमेश्वरका वचनहरू पढ्छन् र सत्यतामा सङ्गति गर्छन्। तर जो झनक्क रिसाउँछन् तिनीहरू कसैले पनि तिनीहरूलाई ध्यान दिँदैनन् वा अभिवादन गर्दैनन् भन्ने देख्दा क्रोधित हुन्छन्। तिनीहरूले प्याच्च भन्छन्, “के तिमीहरू सबैले मलाई हेयको नजरले हेर्छौ? हँ! तिमीहरूमध्ये कसैले पनि मलाई स्वागत गर्दैनौ—खैर, ठीक छ; मसँग तिमीहरूलाई निराकरण गर्ने एउटा उपाय छ। मलाई मण्डली अगुवाहरू कहाँ बस्छन् भन्ने थाहा छ, मलाई तिमीहरूमध्ये कसले कहाँ आफ्नो कर्तव्य पूरा गरिरहेका छौ र कुन काम गरिरहेका छौ भन्ने थाहा छ, मलाई अगुवा र कामदारहरूलाई कसले अतिथिसत्कार गरिरहेको छ, भेटीको रक्षा कसले गरिरहेको छ, पुस्तकहरू छाप्ने काम कसले सम्हाल्छ, र तिनलाई ढुवानी गर्ने जिम्मेवारी कसको हो भन्ने कुरा थाहा छ। म तिमीहरू सबैको रिपोर्ट गर्नेछु! म मण्डलीको बारेमा सबै कुरा प्रहरीलाई रिपोर्ट गर्नेछु!” यदि मानिसहरूले तिनीहरूलाई अत्यन्तै आदरका साथ व्यवहार गर्छन् भने, सबै कुरा ठीकठाक हुन्छ। तर कसैले तिनीहरूलाई उक्साउने वा उत्तेजित पार्नेबित्तिकै, यो समस्या बन्छ—तिनीहरूले बदला लिन र धोका दिन खोज्नेछन्। जब तिनीहरूले तिनीहरूलाई बेखुस वा असन्तुष्ट पार्ने कुनै कुरा सामना गर्छन्, तब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र मण्डली अगुवाहरूलाई कडा धम्की दिन्छन्। के तिमीहरूलाई यस्ता मानिसहरू डरलाग्दा र खतरनाक हुन्छन् भन्ने लाग्छ? (तिनीहरू खतरनाक हुन्छन्।) यस्ता मानिसहरू यहूदा हुन् जो कुनै पनि बेला धोकामा संलग्न हुन सक्छन्; तिनीहरू खतरनाक व्यक्ति हुन्।
कुनै पनि बेला धोकामा संलग्न हुन सक्ने मानिसहरूको अर्को प्रकटीकरण पनि छ। उदाहरणका लागि, ठूलो रातो अजिङ्गरको देशमा, विभिन्न प्रान्त र सहरहरूमा स्थापित मण्डलीहरूको सङ्ख्या, हरेक मण्डलीमा कति जना मानिसहरू छन्, अगुवाहरू को हुन्, र मण्डली कुन काममा संलग्न छ—यी कुराहरूलाई कडाइका साथ गोप्य राख्नुपर्छ। गैरविश्वासी पारिवारिक सदस्य र आफन्तहरूदेखि पनि सावधान हुनुपर्छ, र मण्डलीमा भविष्यमा आउने समस्याहरूबाट जोगिनका लागि यो जानकारी कहिल्यै चुहाउनु हुँदैन। तर, गोप्य मनसाय राख्ने यी खतरनाक व्यक्तिहरूले सधैँ त्यस्ता कुराहरूका बारेमा सोधपुछ गर्ने प्रयास गरिरहेका हुन्छन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई बताउन मानेनन् भने, तिनीहरूले यस्तो महसुस गर्छन्: “किन यी कुराहरू तिमीहरू सबैलाई थाहा छ, तर मलाई भने अन्धकारमा राखिएको छ? किन मलाई भन्दैनौ? के तिमीहरू मलाई एक दाजुभाइ-दिदीबहिनीका रूपमा नभई बाहिरी व्यक्तिका रूपमा व्यवहार गरिरहेका छौ? ठीक छ, म तिमीहरूको रिपोर्ट गर्नेछु!” हेर् त, कुनै पनि अवस्थामा, तिनीहरूले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको रिपोर्ट गर्न सक्छन्। कसैले पनि तिनीहरूलाई चिढ्याएको हुँदैन, तर अलिकति असन्तुष्टिले पनि तिनीहरूलाई मण्डलीबारे रिपोर्ट गर्न प्रेरित गर्छ। उदाहरणका लागि, जब दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वरको वचनका पुस्तकहरू वितरण गरिन्छ, तब सबैले पुस्तकमा परमेश्वरको वचनका कति वटा अध्याय छन्, कति वटा पृष्ठ छन्, र मुद्रणको गुणस्तर कस्तो छ भनेर उत्सुकताका साथ हेर्न थाल्छन्। तिनीहरू सबै जना हातमा पुस्तक लिन पाउँदा खुसी र उत्साहित हुन्छन्। तर अर्कोतर्फ, यहूदा किसिमका मानिसहरूले यस्तो सोचिरहेका हुन्छन्: “यो पुस्तक कहाँ छापिएको थियो? एउटा प्रति छाप्न कति खर्च लाग्छ? मुद्रणको प्रभारी को हो? मुद्रण गरेपछि, ढुवानीको काम कसले सम्हाल्छ? यी पुस्तकहरू हाम्रो मण्डलीमा कसरी ढुवानी गरियो? पुस्तकहरू कहाँ भण्डारण गरिएका छन्? तिनको सुरक्षाको प्रभारी को हो?” यी विषयहरू अन्तर्निहित रूपमा नै संवेदनशील हुन्छन्। सामान्यतया, चेतना र मानवता भएका मानिसहरूले त्यस्ता मामलाहरूबारे सोधपुछ गर्दैनन्, तर धोका दिन सक्ने यी खतरनाक व्यक्तिहरू तिनका बारेमा सोधपुछ गर्न उत्सुक हुन्छन्। त्यसोभए, तँलाई के लाग्छ—तिनीहरूले यी कुराहरूका बारेमा सोधिरहँदा तैँले तिनीहरूलाई भन्नु हुन्छ कि हुँदैन? (हामीले तिनीहरूलाई भन्नु हुँदैन।) यदि तैँले तिनीहरूलाई भनिस् भने, तिनीहरूले यो जानकारी खुलासा गर्न र धोका दिन सक्छन्। अनि यदि तैँले तिनीहरूलाई भनिनस् भने, तिनीहरूले यसो भन्नेछन्: “मैले किन यसबारे जान्न नपाएको? परमेश्वरको घर निष्पक्ष छैन! म परमेश्वरको घरको हिस्सा हुँ, र ममा जुनसुकै र सबै मामलाहरूका बारेमा जानकारी पाउने अधिकार छ! तिमीहरूले मलाई बाहिरी व्यक्ति जस्तो व्यवहार गरिरहेका छौ। ठीक छ, म तिमीहरूको रिपोर्ट गर्नेछु!” फेरि पनि, तिनीहरू मण्डलीका बारेमा रिपोर्ट गर्न चाहन्छन्। के तिनीहरू दुष्ट मानिस होइनन् र? यदि तिनीहरूले साँच्चै नै मण्डलीका बारेमा प्रहरीलाई रिपोर्ट गरे भने, यसले के-कस्ता परिणामहरू ल्याउँछन्? यदि दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे भने, के तिनीहरूलाई ज्यान जोखिममा पर्ने खतरा आइपर्दैन र? यसका साथै, प्रहरीले पक्राउ गरेपछि, यसले दाजुभाइ-दिदीबहिनीहरूलाई र मण्डलीको काममा धेरै कठिनाइ सिर्जना गर्नेछ। यसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि विभिन्न हदसम्म असर पार्नेछ—सत्यता खोजी गर्न नजान्ने मानिसहरू नकारात्मक बन्न सक्छन्, र तिनीहरूले पूर्ण रूपमा भेलाहरूमा सहभागिता जनाउनसमेत छोड्न सक्छन्। तिनीहरूले यस्तो कुनै कुरालाई पटक्कै ख्याल गर्दैनन्। त्यसोभए, के तिनीहरूमा विवेक र समझ हुन्छ? मण्डलीले जुनसुकै काम गरिरहेको भए पनि, तिनीहरू सधैँ सुरुमा यसबारे जान्न चाहन्छन्। तिनीहरू मण्डलीमा भइरहेका सबै कुरा आफूलाई थाहा हुँदा मात्रै खुसी हुन्छन्। यदि तिनीहरूलाई नबताइएको एउटा मात्रै कुरा छ भने, तिनीहरूले त्यो कुरालाई यतिकै छोड्न सक्दैनन् र तिनीहरू गएर मण्डलीबारे रिपोर्ट गर्न चाहन्छन्, जसले ठूलो समस्या निम्त्याउन सक्छ। यस्तो व्यक्ति कस्तो खालको नीच हो? तिनीहरू दियाबलस हुन्! यदि दियाबलसलाई मण्डलीको कुनै न कुनै कुराबारे सधैँ चासो हुन्छ भने, यसले अवश्य नै समस्या ल्याउँछ। उदाहरणका लागि, यदि केही दाजुभाइ-दिदीबहिनीहरू धनी छन् र उनीहरूले धेरै भेटी चढाउँछन् भने, तिनीहरूले यसबारे कहिल्यै सोच्न छोड्दैनन् र उनीहरूलाई सोध्छन्, “तपाईँले कति चढाउनुभयो?” अर्को पक्षले जवाफ दिन्छ, “मैले तपाईँलाई यो कुरा कसरी भन्न सक्छु? बायाँ हातले जे गर्छ, दाहिने हातलाई थाहा हुनु हुँदैन। म तपाईँलाई यो कुरा भन्न सक्दिनँ—यो गोप्य कुरा हो!” तिनीहरूले जवाफ दिन्छन्, “त्यो पनि गोप्य कुरा हो र? तपाईँ मलाई भरोसा गर्नुहुन्न। तपाईँले मलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गरिरहनुभएको छैन!” तिनीहरू हृदयमा अर्को पक्षप्रति द्वेष पाल्छन् र सोच्छन्, “अहो, तैँले धेरै चढाएकोमा आफूलाई अत्यन्तै महान् ठान्छस्! तैँले कति चढाइस् भनेर मलाई भन्दैनस्। मलाई तेरो परिवारले व्यापार चलाउँछ भन्ने थाहा छ। यदि तैँले मलाई निहुँ खोजिस् भने, परमेश्वरमा विश्वास गरेकोमा म तेरो रिपोर्ट गर्नेछु, अनि तेरो व्यवसाय असफल हुनेछ! त्यसपछि तैँले एक पैसा पनि चढाउन सक्नेछैनस्!” हेर् त, तिनीहरू फेरि पनि गएर मानिसहरूको रिपोर्ट गर्न चाहन्छन्। जब तिनीहरूलाई कुनै सानो कुराबारे भनिएको हुँदैन, तब तिनीहरू मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्न चाहन्छन्। महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने निश्चित व्यक्तिहरूको निवास थोरै मानिसलाई मात्रै थाहा हुन्छ। यो कसैबाट जानी-जानी कुनै कुरा लुकाउनु वा अरूको पिठ्यूँपछाडि कुनै बेइमान काम गर्नु होइन; वातावरण अत्यन्तै खतरनाक भएकाले, र सुरक्षाका कारणहरूले गर्दा, त्यस्ता प्रबन्धहरू आवश्यक हुन्छन्। जब यो विश्वासघाती, यो यहूदाले कुनै निश्चित परिवारले केही यात्री दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार गरिरहेको छ भन्ने सुन्छ, तब उसले यो रिपोर्ट गर्न लायक कुरा हो भन्ने सोच्छ—सायद प्रहरीले उसलाई इनाम समेत दिनेछ! तिनीहरू कान थापेर ढोका पछाडि लुकेर बस्छन्, र केही कुरा सुनेपछि, तिनीहरू रिसाउँछन्: “तिमीहरू मलाई नभनी मेरो पिठ्यूँपछाडि मण्डलीका मामलाहरूबारे छलफल गरिरहेका छौ। तिमीहरू मैले विश्वासघात गर्छु भनेर डराउँछौ, त्यसकारण तिमीहरूले मबाट सावधानी अपनाइरहेका छौ र मबाट कुराहरू लुकाइरहेका छौ, मलाई परमेश्वरको घरको हिस्साका रूपमा लिइरहेका छैनौ। ठीक छ, म तिमीहरूको रिपोर्ट गर्नेछु!” फेरि पनि, हेर् त, तिनीहरू अरूको रिपोर्ट गर्न चाहन्छन्। के तँलाई यो व्यक्ति ठूलो समस्या हो भन्ने लाग्छ? (लाग्छ।) तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीसँग सम्बन्धित सबै परिस्थितिहरूका बारेमा सबैलाई थाहा दिनुपर्छ, र जानकारी पाउने अधिकार सबैलाई हुन्छ—विशेष गरी तिनीहरू आफैलाई हुन्छ भन्ने विश्वास गर्छन्। यदि तिनीहरूलाई एउटा मात्रै कुराबारे बताएको छैन भने, तिनीहरूले मानिसहरूबारे रिपोर्ट गर्ने धम्की दिन्छन्। तिनीहरूले निरन्तर दाजुभाइ-दिदीबहिनीहरू र मण्डली अगुवाहरूलाई धम्की दिन रिपोर्ट गर्ने कार्य प्रयोग गर्छन्, र सधैँ यसलाई आफ्नै उद्देश्यहरू हासिल गर्न प्रयोग गर्छन्। यस्ता मानिसहरू मण्डलीका ठूला गोप्य खतरा हुन्, र विस्फोट हुनै लागेका टाइमबम्ब हुन्। कुनै पनि बेला, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको काममा हानि र विपत्ति ल्याउन सक्छन्। त्यस्ता व्यक्तिहरू पत्ता लागेपछि, तिनीहरूलाई निकाल्नुपर्छ—तिनीहरूलाई आड दिनु हुँदै हुँदैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।