अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२५) खण्ड तीन

ङ. आफ्नो जिब्रो काबुमा राख्‍न नसक्नु

यसपछि, हामी पाँचौँ प्रकारका मानिसहरू, अर्थात् आफ्नो जिब्रो काबुमा राख्न नसक्ने मानिसहरूका बारेमा सङ्गति गर्नेछौँ। के यो गम्भीर समस्या हो? यसलाई शाब्दिक दृष्टिकोणले हेर्दा, आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नु ठूलो समस्या जस्तो देखिँदैन। कतिपयमा यी व्यक्तिहरूलाई दुष्ट मानिस भनेर चित्रण गर्नेबारे निश्चित विचारहरू हुन सक्छन्: “मानिसहरूको मुख हुने हुनाले, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा बोल्न सक्छन्; तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा मामलाहरूका बारेमा छलफल गर्न सक्छन्। के आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नेहरूलाई निकालिनुपर्ने दुष्ट मानिसहरूमा वर्गीकरण गर्नु अलिक बढी भएन र?” तिमीहरूलाई यसबारे के लाग्छ? (यदि तिनीहरूले मण्डली जीवन वा मण्डलीको काममा बाधा र अवरोध सिर्जना गर्छन्, जसले गर्दा प्रतिकूल परिणामहरू निम्तिन्छन् भने, तिनीहरूलाई पनि निकाल्नुपर्छ।) त्यस्ता मानिसहरूको समस्या भनेको आफ्‍नो जिब्रो काबुमा नराख्‍नु होइन; यो तिनीहरूको मानवताको समस्या हो। यदि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई, मण्डली जीवनमा, र मण्डलीको काममा बाधा दिन्छन्, वा तिनीहरूका शब्दहरू धोका र मण्डलीलाई विश्‍वासघात गर्नु बराबर छन्, र तिनले परमेश्‍वरको घर र परमेश्‍वरको नामलाई समेत लज्जित पार्छन् भने, त्यस्ता व्यक्तिहरूलाई तह लगाउनैपर्छ। सुरुमा हामी आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने मानिसहरूका प्रकटीकरणहरूका बारेमा, अनि त्यसपछि तिनीहरूलाई कसरी तह लगाउने भन्ने बारेमा छलफल गरौँ। के आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्ने मानिसहरूलाई “मुखाले” भन्न सकिन्छ? (सकिन्छ।) हो त? के यो यस्ता मानिसहरूको विशेषता हो? के मुखाले हुनु भनेको मूर्ख हुनु र के भन्न हुन्छ वा के भन्न हुँदैन भन्ने कुरा थाहा नहुनु, र परिणामहरूबारे नसोची मनमा जे आउँछ त्यही बोल्‍नु हो? के आफ्‍नो जिब्रो काबुमा नराख्‍नु भनेको यही हो? (होइन।) कतिपय मानिसहरू बोल्न र कुराकानी गर्न सिपालु हुन्छन्; तिनीहरू सिधा बोल्छन्, र तुलनात्मक रूपमा सरल र इमानदार हुन्छन्। तिनीहरूले प्रायजसो अरूसँग आफ्ना भित्री सोच र विचारहरू, आफ्नै भ्रष्टताका प्रकटीकरणहरू, आफूले अनुभव गरेका कुराहरू, र आफ्ना गल्तीहरूसमेत बाँड्ने गर्छन्। तर, यी व्यक्तिहरू मूर्ख नै हुन्छन् वा तिनीहरूले आफ्नो जिब्रो काबुमा राख्नै सक्दैनन् भन्ने हुँदैन। यस्तो लाग्छ कि तिनीहरूले सब थोकबारे कुरा गर्छन् र तिनीहरू निकै सरल र इमानदार हुन्छन्; तर जब महत्त्वपूर्ण सवालहरू, परमेश्‍वर वा परमेश्‍वरको घरलाई लज्जित तुल्याउन सक्ने सवालहरू, वा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीलाई धोका दिन सक्ने सवालहरू आउँछन्, जसले गर्दा तिनीहरू यहूदा ठहरिन्छन्, तब तिनीहरूले एक शब्द पनि बोल्दैनन्। आफ्‍नो जिब्रो काबुमा राख्‍नु भनेको यही हो। त्यसकारण, सिधा कुरा गर्ने मानिसहरू, मुखाले मानिसहरू, वा बोल्न सिपालु मानिसहरूले आफ्‍नो जिब्रो काबुमा राख्‍न सक्दैनन् भन्ने होइन। यहाँ आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नु भनेको के हो? आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नु भनेको सिद्धान्तहरूविना बोल्नु, र श्रोता, अवसर, वा प्रसङ्गबारे नसोची लापरवाहीपूर्वक बोल्नु हो। यसका साथै, यसमा मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न पटक्कै नजान्नु, वा यसले दाजुभाइ-दिदीबहिनीहरूलाई वा मण्डली जीवनलाई फाइदा गर्छ कि गर्दैन भन्ने कुरालाई पटक्कै वास्ता नगर्नु, र यतिकै जे पनि बोल्नु जस्ता कुरा समावेश हुन्छन्। “यतिकै जे पनि बोल्‍नुको” परिणाम के हुन्छ? यसको परिणामस्वरूप परमेश्‍वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूले अनजानमा धोका पाउँछन्। अनजानमै, तिनीहरूको लापरवाहीपूर्ण बोलीवचन र तिनीहरूले आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्‍नुका कारण, तिनीहरूले गैरविश्‍वासीहरूलाई परमेश्‍वरको घरविरुद्ध फाइदा हुने कुरा दिन्छन्, गैरविश्‍वासीहरूलाई निश्चित दाजुभाइ-दिदीबहिनीहरूको गिल्ला गर्न दिन्छन्, र गैरविश्‍वासी र परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई तिनीहरूले थाहा पाउन नहुने धेरै कुराहरू थाहा दिन्छन्। परिणामस्वरूप, यी मानिसहरूले परमेश्‍वरको घरका मामलाहरू र मण्डलीका आन्तरिक मामलाहरूका बारेमा स्वतन्त्र रूपमा कमेन्ट गर्छन् र अनादरपूर्ण टिप्पणीहरू गर्छन्, र परमेश्‍वरलाई बदनाम र निन्दा गर्ने कुराहरू भन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू, मण्डली, र परमेश्‍वरको घरको कामका बारेमा अफवाहहरूसमेत रच्न सक्छन्, जसले प्रतिकूल परिणामहरू ल्याउँछन्। यो भनेको परमेश्‍वरको घरको काममा बाधा दिनु हो र यो दुष्कर्म सरह हो। कतिपय व्यक्तिहरूले मण्डलीका अगुवा र कामदारहरू को हुन्, तिनीहरूको पारिवारिक ठेगाना, दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी, मण्डलीको आर्थिक र लेखाको काम, लेखाका कर्मचारी, र मण्डलीबाट निकालिएका वा निष्कासित गरिएका मानिसहरूको सूचीबारे जान्न र अनुसन्धान गर्नमा विशेष ध्यान दिन्छन्। तिनीहरूले मण्डलीको कामका बन्दोबस्तहरूका बारेमा जान्नमा पनि विशेष ध्यान दिन्छन्। यस्तो व्यवहार अत्यन्तै शङ्कास्पद हुन्छ र यसले तिनीहरू ठूलो रातो अजिङ्गरका गुप्तचर वा जासूस हुन् भन्ने कुरा इङ्गित गर्न सक्छ। यदि यी विवरणहरू गैरविश्‍वासी दियाबलसहरूलाई थाहा दिइयो, जसले गर्दा ठूलो रातो अजिङ्गरलाई तिनका बारेमा थाहा भयो भने, परिणामहरू अशोचनीय हुनेछन्। कतिपयले मूर्खता र अज्ञानताका कारण यो जानकारी वा यसको अंश आफ्नो गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग बाँड्न सक्छन्, त्यसपछि तिनीहरूले यो कुरा फैलाउँछन् वा ठूलो रातो अजिङ्गरका एजेन्टहरूलाई प्रदान गर्छन्। यसले सम्भावित जोखिमहरू सिर्जना गर्न र मण्डलीको काममा धेरै समस्याहरू ल्याउन सक्छ, जसले अकल्पनीय परिणामहरू निम्त्याउन सक्छ। कतिपय मानिसहरूले मण्डलीका यी आन्तरिक मामलाहरूलाई प्रायजसो अनजानमै गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग बाँड्छन्, जसले विना कुनै हिचकिचाहट सबै कुरा खोलिदिन्छन्। अनि ती कुराहरू तिनीहरूका गैरविश्‍वासी आफन्त र साथीहरूसँग समेत बाँडिन्छन्। यसले गर्दा मण्डलीका आन्तरिक मामलाहरू तिनीहरूका शब्दमार्फत बाहिरी संसारमा निरन्तर चुहावट हुन्छन्। यी चुहावटका परिणामहरू के-कस्ता हुन्छन्? तिनीहरूका धेरै गैरविश्‍वासी पारिवारिक सदस्यहरू, आफन्तहरू, र साथीहरूले सायद दाजुभाइ-दिदीबहिनीहरूलाई समेत थाहा नभएका मण्डलीका धेरै आन्तरिक मामलाहरू, वा दाजुभाइ-दिदीबहिनीहरूको घरको ठेगाना, तिनीहरूको वास्तविक नाम, र व्यक्तिगत वैवाहिक मामलाहरूका बारेमा थाहा पाउँछन्। यी मण्डलीका मामलाहरूको चुहावट कसरी हुन्छ? गैरविश्‍वासीहरूले कसरी तिनका बारेमा थाहा पाउँछन्? मण्डलीभित्रै “संवाददाताहरू” हुन्छन्! त्यस्ता मानिसहरूलाई के भनिन्छ? (आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने।) ठ्याक्कै हो। तिनीहरूले मण्डली जीवनमा दैनिक रूपमा हुने सबै कुरा वा दाजुभाइ-दिदीबहिनीहरूसँग सम्बन्धित कुराहरू आफ्ना गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई सुनाउँछन्, जस्तै कुनै एउटी बहिनीको पारपाचुके भएको, अर्की बहिनीको श्रीमानले व्यापारमा पैसा गुमाएको वा उसको एक अनाज्ञाकारी छोरा भएको, वा कुनै एक जना दाजुभाइ वा दिदीबहिनीले घर किनेको, इत्यादि। तिनीहरूले ठूलो रातो अजिङ्गरले पक्राउ गरेका र यहूदा बनेका, वा आफ्नो गवाहीमा अडिग भएका दाजुभाइ-दिदीबहिनीहरूका बारेमा पनि कुरा गर्छन्, र मण्डली अगुवाहरूले तिनीहरूलाई काटछाँट गरेको समेत उल्लेख गर्छन्। घरमा तिनीहरूको कुराकानी पूर्ण रूपमा यिनै विषयहरूमा केन्द्रित हुन्छ। तिनीहरूका परिवारका सदस्यहरूले तिनीहरूलाई अगुवाहरू, दाजुभाइ-दिदीबहिनीहरू, वा तिनीहरूसँग मिलेर बस्न नसक्ने, तिनीहरूलाई चुनौती दिने, वा खुलासा गर्ने मण्डलीका अरू जोकोहीका विरुद्धमा कदम चाल्न सहयोग गर्नका लागि सल्लाह र रणनीतिहरूसमेत प्रदान गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूसँगका भेलाहरूमा, त्यस्ता व्यक्तिहरू अत्यन्तै आज्ञाकारी र शिष्ट देखिन्छन्, थोरै बोल्छन्, कुराकानी गर्न सिपालु हुँदैनन्, आफ्ना भ्रष्ट स्वभावहरूका बारेमा कहिल्यै कुरा गर्दैनन्, आफ्नो अनुभवात्मक बुझाइ कहिल्यै सङ्गति गर्दैनन्, र प्रार्थना पनि बिरलै गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग संशयका साथ व्यवहार गर्छन्, जबकि आफ्ना गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग तिनीहरू परमेश्‍वरको घरका सदस्य भएजस्तो व्यवहार गर्छन्। तिनीहरूले मण्डलीका कुनै पनि विवरणहरू नछुटाई आफ्नो परिवारका सदस्यहरूलाई सुनाउँछन्, तिनीहरूसँग सबै कुरा बाँड्छन्, जसमा मण्डलीले परमेश्‍वरको वचनका पुस्तकहरू छापेको कुरा, मण्डलीमा कोसँग के प्रतिभा छ भन्ने कुरा, र अझ धेरै कुरा पर्छन्—यी सबै कुरा तिनीहरूका परिवारका सदस्यहरू र परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूसँग छलफल गरिन्छ। त्यसो गर्नुमा तिनीहरूको उद्देश्य जेसुकै भए पनि, अन्तिम परिणाम भनेको तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन्छन्। तिनीहरू मण्डलीका हरेक प्रमुख सदस्यको अवस्थाबारे धेरै जानकार हुन्छन्। अवश्य नै, यी मानिसहरू तिनीहरूले पिठ्यूँपछाडि गर्ने छलफल र मूल्याङ्कनका विषय पनि बन्छन्, र तिनीहरूले गोप्य रूपमा धोका दिने मानिससमेत बन्न सक्छन्। यदि तिनीहरूसँग कसैको राम्रो सम्बन्ध छ भने, तिनीहरूले आफ्नो परिवारको अगाडि अनवरत रूपमा त्यस व्यक्तिको प्रशंसा गर्छन्। यसको विपरीत, यदि तिनीहरूसँग कसैको नराम्रो सम्बन्ध छ भने, तिनीहरूले आफ्नो परिवारको अगाडि त्यस व्यक्तिप्रति अनवरत रूपमा गालीगलौज बर्साउँछन्, र आफ्नो परिवारलाई समेत त्यस व्यक्तिप्रति गालीगलौज गर्न बाध्य तुल्याउँछन्, दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख भन्छन् वा तिनीहरूको कामै छैन भनेर भन्छन्। यी व्यक्तिहरूले गैरविश्‍वासीहरूले प्रयोग गर्ने जस्तोसुकै अपमानजनक शब्दहरूमार्फत दाजुभाइ-दिदीबहिनीहरूलाई अपमान गर्छन्। तिनीहरू गैरविश्‍वासीहरू जस्तै हुन्छन्; तिनीहरू विशुद्ध रूपमा अविश्‍वासी हुन्; तिनीहरू असल मानिस हुँदै होइनन्, र त्यस्ता व्यक्तिहरूलाई तुरुन्तै निकाल्नुपर्छ।

ठूलो रातो अजिङ्गरको देशमा, परमेश्‍वरमा विश्‍वास गर्ने सबैको जानकारी गोप्य राखिनुपर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरू विदेशमा बसाइँसराइ गर्दा समेत तिनीहरूको जानकारी गोप्य नै रहनुपर्छ। किनभने ठूलो रातो अजिङ्गरका जासूसहरू संसारका हरेक देशमा फैलिएका छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूका बारेमा जानकारी सङ्कलन गर्ने निश्चित उद्देश्य लिएर तिनीहरू जताततै घुसपैठ गर्छन्। मुख्यभूमि चीनमा, परमेश्‍वरलाई पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूका लागि अवस्था निकै कठिन र खतरनाक छ। तिनीहरू विदेश जाँदा पनि, तिनीहरूलाई एक स्तरको खतरा हुन्छ। यदि ठूलो रातो अजिङ्गरका जासूसहरूले तिनीहरूको जानकारी बटुले भने, एकातिर, तिनीहरूलाई सुपुर्दगी गरिने खतरा हुन्छ, र अर्कोतिर, कम्तीमा पनि, मुख्यभूमि चीनमा रहेका तिनीहरूका परिवारका सदस्य र आफन्तहरू फस्न सक्छन्। सुरक्षाका कारणले र व्यक्तिप्रतिको आदरका लागि, सबैले दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी गोप्य राख्नुपर्छ र परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई सुनाउनु हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्नेहरूका बीचमा समेत, व्यक्तिको सहमतिविना यतिकै अरूलाई व्यक्तिगत जानकारी खुलासा गर्नु हुँदैन। दाजुभाइ-दिदीबहिनीहरू, मण्डलीको काम, व्यक्तिले निर्वाह गर्ने कर्तव्यहरू, सङ्गतिमा बाँडिएका अनुभवहरू, वा अरू विवरणहरूबारे कुनै पनि जानकारीलाई आफ्नो फुर्सदको समयमा गैरविश्‍वासीहरूसँग बाँड्ने कुराकानीको विषयका रूपमा लिनु कदापि स्वीकार्य हुँदैन। तिनीहरूसँग यी मामलाहरूका बारेमा छलफल गर्नुका परिणामहरू के-कस्ता हुन्छन्? के त्यसबाट कुनै सकारात्मक परिणाम आउँछ? (आउँदैन।) त्यस्ता छलफलहरूको परिणाम के हुन्छ भने, यी गैरविश्‍वासी दियाबलसहरूले अवसरको फाइदा उठाउँछन्, गिल्ला गर्छन्, आलोचना गर्छन्, र सराप्ने र बदनाम गर्ने कामसमेत गर्छन्। के यो राम्रो हो? (होइन।) मण्डलीको काम र मण्डली जीवनका वास्तविक परिस्थितिहरू जस्ता विवरणहरूबारे छलफल गर्ने, साथै कसले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छ, कसले सत्यता पछ्याउँछ, कसले आफ्नो कर्तव्य पूरा गर्छ, कसले आफ्नो कर्तव्य पूरा गर्दैन, को प्रायजसो नकारात्मक हुन्छ, कसको आस्था अन्योलमा छ भन्ने जस्ता कुराका बारेमा, र दाजुभाइ-दिदीबहिनीहरूबारे व्यक्तिगत जानकारी र परिस्थितिहरू समेत गैरविश्‍वासीहरू र अविश्‍वासी पारिवारिक सदस्यहरूसँग विना कुनै हिचकिचाहट छलफल गर्ने गोप्य मनसाय बोकेका मानिसहरू मण्डलीभित्र छन् कि छैनन् भनेर तिमीहरूले जाँच्‍नुपर्छ। त्यस्ता व्यक्तिहरू छन् कि छैनन्, जाँच गर। केही यस्ता कुरा छन् जुन मण्डलीभित्रकै मानिसहरूले समेत थाहा पाउन आवश्यक छैन, तैपनि त्यस्ता व्यक्तिहरूका गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई यी मामलाहरूका बारेमा मण्डलीभित्रकै मानिसहरूलाई भन्दा बढी थाहा हुन्छ—र तिनीहरूलाई झनै स्पष्ट रूपमा पनि थाहा हुन्छ। यस्तो कसरी हुन्छ? यो भित्रकै गुप्तचरको “योगदान” हो। यो गुप्तचरले आफ्ना परिवारका सदस्यहरूलाई तिनीहरू मण्डली अगुवा भएझैँ व्यवहार गर्छ, र आफ्नो परिवारको चापलुसी गर्न तिनीहरूसँगको भावनात्मक सम्बन्धलाई गहन बनाउने प्रयासमा मण्डलीमा आफूले देखेको कुनै पनि कुराबारे घरका आफ्ना “अगुवाहरूलाई” रिपोर्ट गर्छ। मण्डलीका यी सबै मामलाहरू आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्ने ती गुप्तचरहरूले चुहाएका छन् भन्ने कुरा प्रस्टै छ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आदर गर्दैनन्, न त परमेश्‍वरको घरका काम र हितहरूको रक्षा नै गर्छन्। तिनीहरूले परमेश्‍वरको घर र मण्डलीलाई समाज वा सार्वजनिक स्थलझैँ मान्छन्, दाजुभाइ-दिदीबहिनीहरू गैरविश्‍वासी भएझैँ गरी लापरवाह रूपमा उनीहरूबारे टिप्पणी र आलोचना गर्छन्, यहाँसम्म कि दाजुभाइ-दिदीबहिनीहरूलाई स्वतन्त्र रूपमा आलोचना गर्न अविश्‍वासी र गैरविश्‍वासीहरूसँग नै जोडिन्छन्। यसका साथै, कतिपय व्यक्तिहरू अगुवाहरूद्वारा काटछाँट गरिएपछि वा दाजुभाइ-दिदीबहिनीहरूसँग द्वन्द्व, विवाद, र बेमेल भएपछि, घर गएर ताण्डव मच्चाउँछन्, र आफ्नो परिवारलाई यसबारे सबै थाहा होस् भन्ने कुरा सुनिश्चित गर्छन्। परिणामस्वरूप, तिनीहरूको परिवारले मण्डलीलाई घात गर्ने र ढाल्ने उद्देश्यले अगुवाहरू वा दाजुभाइ-दिदीबहिनीहरूसँग प्रतिशोध लिन खोज्छन्। के यो राम्रो घटना हो? (होइन।) मण्डलीका आन्तरिक मामलाहरू, र कति जना दाजुभाइ-दिदीबहिनीहरूले मण्डली जीवन जिउँछन्, र सबैले के-कस्ता कर्तव्यहरू पूरा गर्छन् भन्ने जस्ता कुराहरू विना सङ्कोच परिवारका सदस्य, आफन्त, र साथीहरूसँग बाँड्नु—तिनीहरू कस्ता खालका विश्‍वासी हुन्? के तिनीहरू साँचो विश्‍वासी हुन्? (होइनन्।) के तिनीहरू परमेश्‍वरको घरका सदस्य हुन्? के तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनी भन्न मिल्छ? (मिल्दैन।) विगत, वर्तमान, वा भविष्य जहिलेसुकै होस्, त्यस्ता गुप्तचर र छद्म विश्‍वासघातीहरूलाई मण्डलीभित्र राख्दा त्यसले परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूलाई ठूलो समस्या ल्याउनेछ। तिनीहरूले मण्डली जीवनमा धेरै दुष्ट कार्यहरू नगर्ने जस्तो देखिए पनि, तिनीहरूले गैरविश्‍वासी, शैतान, र दियाबलसहरूलाई परमेश्‍वरको घरका बारेमा विभिन्न विवरणहरू गोप्य रूपमा बताउनुका परिणामहरू र प्रभाव अत्यन्तै हानिकारक हुन्छन्! के त्यस्ता बदमासहरूलाई मण्डलीमा रहन दिनु हुन्छ? (हुँदैन।) के तिनीहरू परमेश्‍वरको घरका सदस्य भनेर बोलाइन लायक हुन्छन्? के तिनीहरू दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्न लायक हुन्छन्? (हुँदैनन्।) त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ।) तिनीहरूलाई जति सक्दो चाँडो निकाल्नैपर्छ! तिनीहरूलाई निकाल! तिनीहरूलाई निकाल्नुको कारण यही हो: “तैँले आफ्‍नो जिब्रो काबुमा राख्‍न सक्दैनस्, तैँले आफ्नो लागि के राम्रो हो भनेर चिन्न सक्दैनस्, जुन थालमा खायो त्यही थालमा चुठ्छस्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुग्रह, साथै दाजुभाइ-दिदीबहिनीहरूको सहयोग, प्रेम, धैर्य, र हेरचाह प्राप्त गर्छस्, तैपनि तँ दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई यसरी घात गर्छस्। तँ खराब रहेछस्; गइहाल्!” दाजुभाइ-दिदीबहिनीहरूका मामलाहरू, मण्डलीका मामलाहरू, र परमेश्‍वरको घरको कुनै पनि काम गैरविश्‍वासीहरूसामु खुलासा गर्नु हुँदैन, न त तिनलाई फाल्तु कुराकानीका विषयका रूपमा नै प्रयोग गर्न मिल्छ। तिनीहरू यस्ता कुरा सुन्‍न लायक हुँदैनन्! जसले यस्तो जानकारी फैलाउँछ, ऊ श्रापित व्यक्ति बन्छ, मण्डलीले निकाल्नुपर्ने व्यक्ति बन्छ, र दाजुभाइ-दिदीबहिनीहरूले उसलाई इन्कार गर्नुपर्छ। दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई घात गर्ने, मण्डलीका आन्तरिक मामलाहरू अनौपचारिक कुराकानीका क्रममा गैरविश्‍वासीहरूसँग बाँड्ने तिनीहरूको कार्यका आधारमा मात्रै पनि, तिनीहरू निस्सन्देह धोकेबाज, गुप्तचर, र दुष्ट मानिस हुन् जसलाई मण्डलीबाट निकालिनुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले मण्डलीभित्र गरिने जुनसुकै कामका बारेमा—जस्तै कसलाई निकाल्नुपर्छ वा निश्चित घटनाहरू घटेका छन् भन्ने बारेमा—आवश्यकता अनुसार सङ्गति र बहस गर्न पाउँछन्—तर यसलाई गैरविश्‍वासीहरूसँग बाँड्नु हुँदैन, र यसबारे गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग कुरा गर्नु हुँदैन। विशेष गरी, सानो कदका नयाँ दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत र पारिवारिक अवस्थाका बारेमा बाहिरी मानिसहरूलाई खुलासा गर्नु हुँदैन। यदि तँलाई यो कुरा नखुलाई राख्न गाह्रो हुन्छ भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आत्म-संयमता सिक्नका लागि उहाँमा भर पर्नुपर्छ, र तँ केही अर्थपूर्ण क्रियाकलापहरूमा संलग्न हुनुपर्छ। यदि तैँले साँच्चै आफूलाई नियन्त्रण गर्न सक्दैनस् भने, तैँले सुरुमा समाधान खोज्न, प्रतिकूल परिणामहरू रोक्न मण्डलीमा रिपोर्ट गर्नुपर्छ, किनभने यस्तो जानकारी फैलाउँदा त्यसले समस्याहरू पैदा गर्ने सबैभन्दा बढी जोखिम हुन्छ। उदाहरणका लागि, व्यक्तिगत फोन नम्बर, घरको ठेगाना, कसैले परमेश्‍वरमा कति वर्ष विश्‍वास गरेको छ, व्यक्तिको पारिवारिक र वैवाहिक स्थिति, इत्यादि संवेदनशील विषयहरू हुन्। सत्यता वा जीवन प्रवेशसँग यी कुराहरूको कुनै सम्बन्ध छैन; ती व्यक्तिगत गोपनीयतासँग सम्बन्धित कुरा हुन्। एजेन्ट र गुप्तचरहरूले मात्रै विशेष गरी यी कुराहरूको अनुसन्धान गर्छन्। यदि तँलाई त्यस्ता कुराहरूका बारेमा जान्न र तिनलाई फैलाउन मन पर्छ भने, त्यसले कस्तो किसिमको स्वभावलाई इङ्गित गर्छ? यो अलिक दुष्ट हो! सत्यता नपछ्याउनु तर गफमा जोड दिनु, गुप्तचर वा जासुसका रूपमा काम गर्नु र ठूलो रातो अजिङ्गरका लागि सेवा प्रदान गर्नु—के त्यो दुष्ट र अधर्मी कुरा होइन र? संवेदनशील विषयहरू र अरूका व्यक्तिगत मामलाहरूका बारेमा विशेष रूपमा सोधपुछ गर्ने, अनुसन्धान गर्ने, र लापरवाही ढङ्गले तिनलाई फैलाउने जोकोहीले गोप्य मनसाय बोकेको हुन्छ र ऊ अविश्‍वासी हो। परमेश्‍वरका चुनिएका मानिसहरू त्यस्ता व्यक्तिहरूप्रति विशेष रूपमा सावधान हुनैपर्छ। यदि त्यस्ता मानिसहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरूको मण्डली जीवनलाई रोक्नुपर्छ, किनभने दाजुभाइ-दिदीबहिनीहरूलाई घात गर्नु सबैभन्दा अनैतिक, घृणित, र लाजमर्दो कार्य हो। परमेश्‍वरका चुनिएका मानिसहरू यी व्यक्तिहरूबाट टाढा बस्नुपर्छ। मण्डली जीवनमा, मानिसहरूलाई यी कुराहरूका बारेमा सोधपुछ र छलफल गर्नबाट रोक्नुपर्छ, किनभने सत्यताको सङ्गति गर्ने कार्यसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन, र तिनीहरूका बारेमा कुरा गर्दा अरूलाई कुनै फाइदा हुँदैन।

परमेश्‍वरको घरका विभिन्न प्रशासनिक आदेशहरू र प्रावधानहरू छन्, जसलाई परमेश्‍वरका चुनिएका मानिसहरूले पालना गर्नैपर्छ। मण्डलीका आन्तरिक मामलाहरू, अगुवा र कामदारहरूमा हुने कर्मचारी समायोजन, मण्डलीको सफाइको काम, र माथिबाट आएका बन्दोबस्तहरू लगायतका कुराहरू अविश्‍वासी र दुष्ट मानिसहरूले धोका दिएर शैतानकहाँ पुर्‍याउन नदिनका लागि मण्डलीभित्र लापरवाह रूपमा फैलाउनु हुँदैन। यसको कारण के हो भने, परमेश्‍वरको घर समाजभन्दा फरक हो; परमेश्‍वरले मानिसहरूलाई सत्यता पछ्याउन, परमेश्‍वरको वचन अझ धेरै पढ्न, अझ बढी मनन गर्न र सङ्गति गर्न माग गर्नुहुन्छ। परमेश्‍वरका वचनहरू प्रसार गरेर र परमेश्‍वरलाई गवाही दिएर मात्रै उचित वातावरण निर्माण हुन सक्छ; अझ धेरै अनुभवात्मक गवाहीहरू बाँडेर मात्रै यस्तो वातावरण निर्माण हुन सक्छ। यसका साथै, परमेश्‍वरको घरमा धेरै नयाँ विश्‍वासीहरू रहेका हुन्छन्, जसले छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्। यो अपरिहार्य छ कि कतिपय अविश्‍वासीहरू अझै प्रकाश भएका छैनन्। विशेष गरी, विश्‍वास गर्दाका पहिलो पाँच-दश वर्ष मानिसहरूको साँचो सत्त्व प्रकट गर्ने समय हो; यस अवधिमा, को अडिग रहन सक्छ र को सक्दैन भन्ने कुरा अनिश्चित हुन्छ, न त मण्डलीलाई बाधा दिन सक्ने कति जना दुष्ट मानिसहरू अझै अस्तित्वमा छन् भन्ने नै निश्चित हुन्छ। सधैँ असावधानीपूर्वक व्यक्तिगत जानकारी र त्यस्ता बाहिरी मामलाहरू, साथै सत्यता सङ्गति गर्ने कार्यसँग असम्बन्धित मामलाहरू फैलाउँदा, धेरै प्रतिकूल परिणामहरू आउन सक्छन्। उदाहरणका लागि, कसैले सोध्न सक्छ, “फलानो अगुवा कहाँको हो? ऊ कहाँ बस्छ?” यो संवेदनशील जानकारी परमेश्‍वरका चुनिएका मानिसहरूले जान्नुपर्ने कुरा होइन। अरू कसैले सोध्न सक्छ, “परमेश्‍वरका वचनहरूको एउटा पुस्तक छाप्नका लागि परमेश्‍वरको घरलाई कति खर्च लाग्छ?” के यो कुरा जानेर केही फाइदा हुन्छ? (हुँदैन।) के मुद्रणको मूल्य तेरो चासोको विषय हो? के तँलाई यसको पैसा तिर्न लगाइएको छ? यो तँसँग असम्बन्धित देखिन्छ, होइन र? कतिपयले यस्तो सोध्लान्, “अहिले परमेश्‍वरको घरका माथिल्लो तहका अगुवाहरू को हुन्?” यदि उनीहरूले तँलाई प्रत्यक्ष अगुवाइ गरिरहेका छैनन् भने, के यो कुरा नजान्दा तँलाई असर पर्छ? (पर्दैन।) मुख्यभूमि चीनमा, यी कुराहरू जान्नु एउटा समस्या हुन सक्छ। यदि तँलाई ठूलो रातो अजिङ्गरले पक्र्यो र कठोर यातना दियो, र तँलाई यी कुराहरू थाहा छैन भने, तिनीहरूले तँलाई जति कुटपिट गरे पनि, तैँले केही पनि खुलासा गर्न सक्दैनस्, त्यसकारण तँ यहूदा बन्नेछैनस्। तर यदि तँलाई थाहा छ र तैँले तिनीहरूले गर्ने भयङ्कर कुटपिट सहन सक्दैनस् भने, तैँले अन्त्यमा मुख खोल्‍न सक्छस् र तँ यहूदा बन्न सक्छस्। त्यो बेला, तैँले यस्तो सोच्न सक्छस्, “त्यो बेला मैले किन असावधानीपूर्वक ती प्रश्नहरू सोधेँ? थाहा नभएको भए धेरै राम्रो हुनेथियो। कुटपिट गरेर मारिए पनि, म ती कुराहरूका बारेमा अनजान नै हुनेथिएँ; मैले बनावटी उत्तरहरू दिन चाहेको थिएँ भने पनि, कुनै उत्तर दिन सक्नेथिइनँ। त्यस्तो अवस्थामा, म यहूदा बन्नेथिइनँ। अब मैले आफ्नो पाठ सिकेको छु; सत्यतासँग असम्बन्धित यी कुराहरूका बारेमा धेरै नजान्नु नै उत्तम हुन्छ। त्यस्ता कुराहरूका बारेमा सोधपुछ गर्नुको कुनै फाइदा छैन; थाहा नहुनु नै राम्रो हो।” अनि अरू कतिपयले यस्तो सोध्न सक्छन्, “परमेश्‍वरको घरमा कति वटा समूहले विशिष्टीकृत काम गरिरहेका छन्?” यससँग तेरो के सरोकार छ? आफ्नो समूहलाई जुन काम अह्राइएको छ, त्यही मात्र गर्। यो कुरा थाहा नहुनुले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्ने, आफ्नो आस्थामा सत्यता पछ्याउने, वा मण्डली जीवन जिउने तेरो क्षमतामा असर गर्दैन; यसले कुनै पनि कुरामा असर गर्दैन। यो कुरा थाहा नहुनुले तँलाई विश्‍वासीका रूपमा सत्यता पछ्याउन वा मुक्ति प्राप्त गर्नबाट रोक्दैन, त्यसकारण किन सोध्नुपर्यो? “धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू सहरी क्षेत्रका छन् कि ग्रामीण क्षेत्रका? तिनीहरू शिक्षित छन् कि अशिक्षित?” के यी कुराहरू जानेर काम लाग्छ? (लाग्दैन।) तिनीहरू सबै ग्रामीण क्षेत्रका हुन् भने के हुन्छ? अनि तिनीहरू सबै सहरका हुन् भने के हुन्छ? सत्यतासँग यसको कुनै सम्बन्ध छैन। कतिपयले सोध्न सक्छन्, “अहिले सुसमाचारको काम कसरी फैलिरहेको छ?” यसबारे थोरै सोध्नु ठीकै हो, तर कतिपय मानिसहरूले जिज्ञासाको कारण सुसमाचारको काम ठ्याक्कै कतिवटा देशमा फैलिएको छ भनेर विस्तृत रूपमा सोध्छन्, जुन अनावश्यक हो। तिनीहरूले यो कुरा थाहा पाए पनि, त्यसले तिनीहरूमाथि के असर पार्छ? त्यस्ता विवरणहरू थाहा पाउँदा के फाइदा हुन्छ? यदि तँसँग सत्यता वास्तविकता छैन भने, तँलाई थाहा भए पनि तँसँग यो कुरा हुनेछैन; यो ज्ञानले तँलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न बिलकुलै मदत गर्नेछैन वा तेरो जीवन प्रवेशमा कुनै सहायता प्रदान गर्नेछैन। केही सामान्य मामलाहरूका बारेमा सोधपुछ नगर्नु नै ठिक हुन्छ; वास्तवमा, यो थाहा नहुनु नै राम्रो हुन्छ। धेरै कुरा थाहा पाउनु भनेको बोझ हो। त्यस्तो जानकारीको चुहावट भएपछि, यो समस्या र अपराध बन्छ। यी कुराहरू जान्नु राम्रो होइन: तँलाई जति बढी थाहा छ, यसले त्यति नै धेरै समस्या ल्याउन सक्छ। सत्यता बुझ्ने मानिसहरूलाई के भन्नुपर्छ र के भन्नु हुँदैन भन्ने थाहा हुन्छ। आत्मिक बुझाइ नभएका भ्रमित मानिसहरूले बोल्दा भित्री र बाहिरी व्यक्तिहरूबीचको भिन्नता छुट्याउन सक्दैनन्, र बकवास कुरा मात्रै बोल्छन्। त्यसकारण, सत्यता नबुझ्ने मण्डलीका मानिसहरूलाई यी कुराहरूका बारेमा रिपोर्ट गर्नु हुँदैन। यी कुराहरू जानेर कुनै किसिमको फाइदा हुँदैन। पहिलो कुरा, यी मानिसहरूले समस्याहरू समाधान गर्नमा सहयोग गर्न सक्दैनन्। दोस्रो कुरा, तिनीहरूले मण्डलीको कामको रक्षा गर्न सक्दैनन्। अनि तेस्रो कुरा, तिनीहरूले परमेश्‍वरको घरबारे राम्रो कुरा गरिरहनु पर्दैन। परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, र परमेश्‍वरका सबै कार्यहरू धर्मी छन्—के आत्मिक बुझाइ नभएका ती अविश्‍वासी र गैरविश्‍वासीहरूको खुसामदी र चापलुसीको कुनै आवश्यकता छ र? छैन। यदि संसारभरिको कुनै पनि प्राणीले परमेश्‍वरलाई पछ्याएन वा उहाँको आराधना गरेन भने पनि, परमेश्‍वरको हैसियत र सार अपरिवर्तित नै रहनेछन्। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, जो सधैँ अपरिवर्तनीय हुनुहुन्छ, जो परिस्थितिहरूमा तलमाथि हुँदा पनि परिवर्तन हुनुहुन्न। परमेश्‍वरको पहिचान र हैसियत अनन्तकालसम्म अपरिवर्तनीय हुन्छ। यी सत्यताहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूले बुझ्नुपर्ने कुरा हुन्। ती अविश्‍वासी र गैरविश्‍वासीहरूले भित्री र बाहिरी व्यक्तिहरूबीचको भिन्नता नछुटाई बोल्छन् र व्यवहार गर्छन्—के तिनीहरूलाई धेरै कुरा थाहा हुनु परमेश्‍वरको घरको कामका लागि फाइदाजनक हुन्छ? के तिनीहरूले परमेश्‍वरको घरको कामबारे जान्न जरुरी छ? तिनीहरू यो ज्ञान पाउन लायक हुँदैनन्! कतिपयले सोध्न सक्छन्, “के यी सबै कुरा गोप्य हुन् र त्यसैले थाहा पाउन सकिँदैन?” यस विन्दुसम्म परमेश्‍वरमा विश्‍वास गरिसकेपछि, के तिमीहरूलाई यी मामलाहरूमा गोप्य कुराहरू छन् भन्ने लाग्छ? (लाग्दैन।) तर परमेश्‍वरका चुनिएका मानिसहरूसँग निष्ठा र इज्जत हुन्छन्; तिनीहरू गैरविश्‍वासीहरूको छलफल वा उपहासको पात्र बन्नै हुँदैन। परमेश्‍वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरू, चाहे समूहका रूपमा होऊन् वा व्यक्तिका रूपमा, ती सबैसँग इज्जत हुन्छ; ती सबै सकारात्मक हुन्छन्, र कसैले पनि तिनलाई अशुद्ध पार्ने प्रयास गर्नु हुँदैन। शैतान र दियाबलसहरूलाई परमेश्‍वरको घरको प्रतिष्ठालाई मनोमानी रूपमा अशुद्ध पार्न र लापरवाही रूपमा बदनाम वा हानि गर्न, वा दाजुभाइ-दिदीबहिनीहरूको प्रतिष्ठालाई हानि गर्न दिने तरिकाले काम गर्ने जोकोही व्यक्ति श्रापित हुन्छ! त्यसकारण, मण्डलीले आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने मानिसहरूलाई अस्तित्वमा रहन पटक्कै अनुमति दिँदैन। पहिचान भएपछि, तिनीहरूलाई निकाल्नैपर्छ! के यो तरिका सिद्धान्तहरू अनुरूप छ? (छ।)

कतिपय मानिसहरू दाजुभाइ-दिदीबहिनीहरूसँग बोल्दा, कुराकानी गर्दा, अन्तरक्रिया गर्दा, वा सङ्गत गर्दा विशेष रूपमा होसियार र सतर्क हुन्छन्, तर जब तिनीहरू घर पुग्छन्, तब तिनीहरू मुखाले बन्छन्, तिनीहरूले सबै कुरा ओकल्छन्, दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारीसमेत बताउँछन्, यतिसम्म कि तिनीहरूका परिवारका सदस्यहरू, कुनै आस्था नबोक्ने गैरविश्‍वासीहरू, र नाममा मात्र विश्‍वास गर्नेहरूलाई मण्डलीका मामलाहरूका बारेमा धेरै कुरा थाहा हुन्छ। त्यस्तो व्यक्ति त जासुस, विश्‍वासघाती—यहूदा हो—र ठ्याक्कै मण्डलीले निकाल्नुपर्ने प्रकारको व्यक्ति हो। तिनीहरू मण्डलीमा जति लामो समय रहन्छन्, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका बारेमा त्यति नै धेरै जानकारी थाहा हुन्छ, तिनीहरू त्यति नै धोकामा संलग्न हुनेछन्, र गैरविश्‍वासीहरूले आफ्नो पकडमा लिएर फाइदा उठाउने र मानहानि गर्ने त्यति नै धेरै मामलाहरू हुनेछन्। यदि तँलाई तिनीहरूले गैरविश्‍वासीहरूलाई यो जानकारी चुहाउँछन् भन्ने डर लाग्दैन भने, तिनीहरूलाई राख्; यदि तँ आफ्नो व्यक्तिगत जानकारी र मण्डलीका आन्तरिक मामलाहरू तिनीहरूको मुखबाट फैलियोस् भन्ने चाहँदैनस् भने, तैँले यी जासुसहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ। के यो उचित हो? (हो।) त्यस्ता व्यक्तिहरूप्रति कुनै उदारता देखाउनु हुँदैन; तिनीहरूले कुनै असल अभिप्राय बोकेका हुँदैनन् र तिनीहरू आफै पनि असल हुँदैनन्। पहिले उल्लेख गरिएका ती दुई प्रकारका मानिसहरू, जो प्रतिशोधप्रति प्रवृत्त छन् र जो लम्पट र असंयमित छन्, तिनीहरूका तुलनामा यस्ता मानिसहरू कस्ता हुन्छन्? ती झन् असल हुन्छन् कि झन् खराब? (झन् खराब।) यी व्यक्तिहरूले आफ्नो कर्तव्य पूरा गर्ने, केही मेहनत गर्ने, र केही कठिनाइ भोग्ने काम पनि गर्लान्; तिनीहरूले परमेश्‍वरको घरले जे गर्न लगाउँछ त्यही गर्लान् र इन्कार नगर्लान्, तर एउटा समस्या छ: तिनीहरूले परमेश्‍वरको घरबारे सबै कुरा गैरविश्‍वासीहरूलाई खुलाउँछन्। तिनीहरूले हरेक दिन धोकेबाज, र जासुसको भूमिका खेल्छन्। यही कारणले गर्दा, मण्डलीले तिनीहरूलाई सहन सक्दैन र तिनीहरूलाई निकाल्नैपर्छ। बुझ्यौ? (बुझ्यौँ।) तिनीहरू मण्डलीभित्र खुसी भए पनि वा बेखुसी भए पनि, तिनीहरूलाई जसले भड्काए पनि, तिनीहरूसँग जोसुकै मिलेर बसे पनि, तिनीहरूलाई मण्डली अगुवाका रूपमा निर्वाचित गरिए पनि वा बर्खास्त गरिए पनि—चाहे जेसुकै होस्, तिनीहरूले सधैँ आफ्ना गैरविश्‍वासी परिवारका सदस्यहरूलाई हरेक विवरण बताउनुपर्छ। तिनीहरूले आफ्ना गैरविश्‍वासी परिवारका सदस्यहरू र गैरविश्‍वासीहरूले तुरुन्तै जानकारी पाउने र मण्डलीको आन्तरिक अवस्था तुरुन्तै बुझ्ने कुरा सुनिश्चित गर्छन्। त्यस्ता व्यक्तिहरूका हकमा, तैँले तिनीहरूलाई कुनै उदारता वा कृपा बिलकुलै देखाउनु हुँदैन; कुनै यस्तो व्यक्ति पत्ता लागेपछि, उसलाई निकालिहाल्। यो तरिका कस्तो छ? (उचित छ।) के यसरी काम गर्नु निर्दयी हुनु हो? (होइन।) यो निर्दयी हुनु होइन। तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छस्, तर तिनीहरूले परमेश्‍वरको घरका हितहरू वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूको रक्षा पटक्कै गर्दैनन्। बरु, तिनीहरूले हरेक मोडमा परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई विश्वासघात गर्छन्। तैँले तिनीहरूलाई परिवारका रूपमा लिन्छस्, तर के तिनीहरूले तँलाई परिवार ठान्छन्? (ठान्दैनन्।) त्यसोभए तिनीहरूप्रति उदारता नदेखा; यदि तिनीहरूलाई निकाल्नुपर्छ भने, निकाल्। यस विन्दुसम्म, के तिमीहरूले त्यस्ता व्यक्तिहरूलाई भेटेका छौ? (छौँ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका बारेमा सबै कुरा आफ्नो परिवारका सदस्यहरूसँग बाँड्थे, र कहिलेकाहीँ तिनीहरूले मण्डलीभित्रका निश्चित मामलाहरू र निश्चित बन्दोबस्तहरूका बारेमा पनि मौका पाउनेबित्तिकै आफ्ना परिवारका सदस्यहरूलाई जानकारी दिन्थे। त्यसपछि तिनीहरूका परिवारका सदस्यहरूले मण्डलीको पिठ्यूँपछाडि त्यसबारे कुरा काट्नका लागि जानकारी बटुल्थे।) के यी व्यक्तिहरू निकालिएका छन्? (निकालिएका छन्।) निकालिएपछि, के तिनीहरूले गुनासो गरे? तिनीहरूलाई यो अन्यायपूर्ण लाग्ला र तिनीहरूले सोच्लान्, “मैले केही पनि गरेको छैनँ; यो प्रशासनिक आदेशहरूको उल्लङ्घन होइन, न त मैले बाधा वा अवरोधहरू नै सिर्जना गरेको छु, तर पनि मलाई किन निकालियो?” के तिमीहरूलाई तिनीहरूका कार्यहरूको प्रकृति बाधा र अवरोधहरू सिर्जना गर्नुभन्दा गम्भीर छ भन्ने लाग्छ? (लाग्छ।) के त्यस्ता मानिसहरूलाई छुटकारा दिन सकिन्छ? के तिनीहरूलाई परिवर्तन हुन सजिलो छ? (छैन।) तँ किन यो सजिलो हुनेछैन भन्छस्? कुन पक्षले तिनीहरूलाई परिवर्तन हुन गाह्रो छ भन्ने देखाउँछ? (तिनीहरू परमेश्‍वरको घरका हिस्सा होइनन्, तिनीहरू दाजुभाइ वा दिदीबहिनी होइनन्; तिनीहरूमा अविश्‍वासी र गैरविश्‍वासीहरूको सार हुन्छ।) तिनीहरूको सार यही हो। त्यसोभए, तिनीहरू गैरविश्‍वासी र अविश्‍वासी हुन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (मण्डलीमा तिनीहरूसँग जस्तोसुकै भावनाहरू भए पनि, तिनीहरूले ती आफ्नो परिवारलाई पोखाउँछन्, जसले के सङ्केत गर्छ भने, चाहे जेसुकै भएको होस्, तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्दैनन्, तिनीहरूले कुनै पाठ सिक्नु त झन् परको कुरा हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्दैनन् र सत्यतालाई स्वीकार गर्दैनन्, त्यसकारण तिनीहरूको सार अविश्‍वासीहरूको सार हो।) तिनीहरूको यो सारलाई स्पष्ट पारिएको छ। तिनीहरूले आफ्नो परिवारलाई आफ्ना भावनाहरू पोखाउँछन् र सबै कुरालाई आफ्ना भावनाहरूका आधारमा व्यवहार गर्छन्। तिनीहरू परमेश्‍वरको घरका हिस्सा होइनन्, परमेश्‍वरको घरमा घुसपैठ गरेका गैरविश्‍वासी हुन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (किनभने तिनीहरूले परमेश्‍वरको घरका हितहरूप्रति विश्‍वासघात गर्न सक्छन्, विश्‍वासघाती र जासुसका रूपमा काम गर्न सक्छन्, र तिनीहरू आधारभूत रूपमा परमेश्‍वरको घरको काम र हितहरूको रक्षा गर्ने मानिस होइनन्। तसर्थ, यी व्यक्तिहरू परमेश्‍वरको घरसँग एउटै हृदयका हुँदैनन्।) यो व्याख्या त्यति प्रभावकारी भएन। म व्याख्या गर्छु। यी व्यक्तिहरूले मण्डली जीवनमा सहभागिता जनाउने र आफ्नो कर्तव्य पूरा गर्ने भए पनि, के तिनीहरूले कहिल्यै दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो परिवारका रूपमा लिएका छन्? सरल रूपमा भन्दा, के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो ठानेका छन्? (छैनन्।) त्यसोभए तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई के ठान्छन्? (बाहिरका मानिस।) ठीक भन्यौ, बाहिरका मानिस ठान्छन्, प्रतिद्वन्द्वी ठान्छन्। त्यसोभए तिनीहरूले परमेश्‍वरको घर र मण्डलीलाई के ठान्छन्? के तिनीहरूका लागि यो एउटा कार्यस्थल मात्रै होइन र? (हो।) तिनीहरूले परमेश्‍वरको घर र मण्डली गैरविश्‍वासी संसारका कम्पनी वा संस्था भएझैँ ठान्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाहिरी मानिस, सावधानी अपनाउनुपर्ने मानिस, र प्रतिद्वन्द्वीका रूपमा हेर्छन्। तसर्थ, तिनीहरूले आधारभूत रूपमा परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूबारे विभिन्न प्रकारका जानकारी र विभिन्न वास्तविक अवस्थाहरू सजिलै खुलाउन सक्छन्। तिनीहरूलाई यी गैरविश्‍वासी मानिसहरूले भन्ने कुनै असल कुराहरू हुँदैनन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई निन्दासमेत गर्न सक्छन्, र परमेश्‍वरको घरको बदनामसमेत गर्न सक्छन् भन्ने थाहा हुन्छ—तिनीहरूलाई यो सबै थाहा हुन्छ, तैपनि तिनीहरूले बेपरवाहसित दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीका अवस्थाहरूबारे कुनै कुरा नलुकाई यी गैरविश्‍वासीहरूलाई खुलासा गर्छन्। स्पष्ट रूपमा नै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बाहिरी मानिसका रूपमा, प्रतिद्वन्द्वीका रूपमा हेर्छन्, र जब कुनै अप्रिय घटना घट्छ, तब तिनीहरू तुरुन्तै गैरविश्‍वासीहरूसँग मिलेर पिठ्यूँ पछाडि दाजुभाइ-दिदीबहिनीहरूलाई गिल्ला गर्छन्, बदनाम गर्छन्, र तिनीहरूका विरुद्धमा काम गर्छन्, यसरी तिनीहरूका आफ्नै चाहनाहरू पूरा गर्छन्। तिनीहरूलाई मण्डलीमा कुनै पनि दाजुभाइ-दिदीबहिनीको आलोचना गर्नु व्यवहार्य हुँदैन भन्ने लाग्छ, किनभने यदि तिनीहरूले मण्डलीका मामलाहरूबारे वा दाजुभाइ-दिदीबहिनीहरूबारे दाजुभाइ-दिदीबहिनीहरूकै अगाडि छलफल गरे भने, तिनीहरूलाई परिणामहरू भोग्नुपर्छ भन्ने लाग्छ, जुन तिनीहरूका लागि प्रतिकूल हुनेछ। तर आफ्नो परिवारसँग यी मामलाहरूबारे छलफल गर्दा, यसले तिनीहरूको व्यक्तिगत आवेशीपन, चाहना, र भावनाहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्छ, जसका लागि तिनीहरूले कुनै परिणाम भोग्नु पर्दैन, किनभने आखिर परिवार त परिवार नै हो, जसले तिनीहरूलाई धोका दिँदैन। तर, दाजुभाइ-दिदीबहिनीहरूका हकमा त्यस्तो हुँदैन, जसले कुनै पनि बेला वा स्थानमा तिनीहरूको रिपोर्ट गर्न, खुलासा गर्न, र काटछाँट गर्न, र तिनीहरूलाई आफ्नो कर्तव्य र पदसमेत गुमाउने अवस्थामा पुर्‍याउन सक्छन्। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना प्रतिद्वन्द्वीका रूपमा हेर्छन् भनेर भन्दा त्यो पटक्कै झूटो हुँदैन। प्रतिद्वन्द्वी भनेको त्यो व्यक्ति हो जसबाट सावधान हुनुपर्छ। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग बोल्दैनन्, न त उनीहरूसँग सङ्गति नै गर्छन्, न त उनीहरूलाई कुनै कुरा खुलासा नै गर्छन्। बरु, तिनीहरूले घरमा आफ्ना गैरविश्‍वासी परिवारका सदस्यहरूसँग “मण्डली जीवन जिउँछन्,” जहाँ तिनीहरूले सबै कुरा बाँड्छन् र आफ्नो हृदयको कुरा पोखाउँछन्। तिनीहरूले कुनै पनि हिचकिचाहटविना आफ्ना सोच, विचार, कुण्ठा, असन्तुष्टि, र सबै विकृत दृष्टिकोणहरू व्यक्त गर्छन्, र त्यसो गर्दा हल्का र आनन्द महसुस गर्छन्। तिनीहरूको परिवारका सदस्यहरूले तिनीहरूलाई तिरस्कार गर्दैनन्, बरु सहयोग र सहकार्य गर्छन्। यदि तिनीहरूले मण्डलीमा यसरी बोल्ने हो भने, अविश्‍वासीका रूपमा रहेको तिनीहरूको साँचो प्रकृति पूर्ण रूपमा खुलासा हुनेथियो, र मण्डलीले तिनीहरूलाई निकाल्नुपर्ने हुन्थ्यो। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई परिवारका रूपमा नभई प्रतिद्वन्द्वीका रूपमा हेर्छन्। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तिनीहरूले आफूलाई कहिल्यै मण्डलीको हिस्सा ठान्दैनन्, त्यसकारण मण्डलीलाई आइपर्ने कुनै पनि कुरा, चाहे त्यो धार्मिक संसारले गर्ने बदनाम र ईश्‍वरनिन्दा होस्, गैरविश्‍वासीहरूबाट आएका आधारहीन अफवाह र गिल्ला होस्, वा राष्ट्रिय सरकारले गरेको षड्यन्त्र र सतावट होस्, त्यो तिनीहरूका लागि व्यक्तिगत रूपमा असान्दर्भिक र महत्त्वहीन हुन्छ। मानौँ तिनीहरूले साँच्चिकै यस्तो महसुस गरे: “यदि मण्डलीको छविमा क्षति भयो, र परमेश्‍वरको नामलाई अपमान गरियो भने, विश्‍वासीका रूपमा हाम्रो इज्जतमाथि गम्भीर चुनौती आइपर्छ। यस कारणले गर्दा, म गैरविश्‍वासीहरूसँग कहिल्यै मण्डलीका मामलाहरू वा परमेश्‍वरको घरका मामलाहरूका बारेमा छलफल गर्दिनँ, र तिनीहरूलाई यसबारे कुरा काट्न र हाँस्न दिँदिनँ। आफूलाई रक्षा गर्नका लागि समेत म मेरा गैरविश्‍वासी परिवारका सदस्यहरूसँग परमेश्‍वरको घरका मामलाहरूका बारेमा लापरवाह रूपमा कुरा गर्दिनँ”—यदि तिनीहरूसँग त्यस्तो सचेतना भएको भए, के तिनीहरूले आफ्नो जिब्रो काबुमा राख्न सक्नेथिएनन् र? त्यसोभए तिनीहरूले किन यसो गर्न सक्दैनन्? तिनीहरूले आफूलाई आधारभूत रूपमा परमेश्‍वरको घरको हिस्सा ठान्दैनन्, न त आफूलाई विश्‍वासी नै ठान्छन् भन्ने कुरा स्पष्ट छ। कतिपय मानिसहरूले भन्छन्, “तपाईँका शब्दहरू गलत छन्। यदि तिनीहरूले आफूलाई परमेश्‍वरको घरको हिस्सा ठान्दैनन् भने, तिनीहरू किन अझै पनि भेलाहरूमा आउँछन्?” परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये सबै प्रकारका मानिसहरू हुन्छन्। के हामीले यसका बारेमा पहिले सङ्गति गरेका छैनौँ र? विभिन्न अनुचित मनसाय र उद्देश्यहरू लिएर परमेश्‍वरमा विश्‍वास गर्न आउनेहरू धेरै हुन्छन्, र यो यस्तै एउटा प्रकार हो। मनोरञ्जनका लागि, न्यास्रो हटाउनका लागि, वा आत्मिक भरणपोषण पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्नु—के त्यस्ता अविश्‍वासीहरू आम रूपमा हुँदैनन् र? के त्यस्ता मानिसहरू पर्याप्त सङ्ख्यामा भेट्टाउन सकिँदैन र? (सकिन्छ।) तिनीहरूले आफैलाई समेत परमेश्‍वरका विश्‍वासीका रूपमा स्वीकार गर्दैनन्। अवश्य नै, मण्डलीका सबै काम र परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्य पूरा गर्नुप्रति तिनीहरूलाई कुनै चासो हुँदैन, र तिनीहरूले तिनलाई ध्यान दिँदैनन्। तसर्थ, तिनीहरूले गैरविश्‍वासीहरूसँग मण्डलीको कामको अवस्था, मण्डलीका आन्तरिक मामलाहरू, र दाजुभाइ-दिदीबहिनीहरूमाझ देखा पर्ने कुनै पनि समस्याहरूका बारेमा यतिकै र हल्का रूपमा छलफल गर्न सक्छन्। तिनीहरूले बोलिसकेपछि, गैरविश्‍वासीहरू गफ, निन्दा, र व्यङ्ग्य गर्नतिर लाग्छन्, तर यसले तिनीहरूलाई अलिकति पनि झिज्याउँदैन। तिनीहरूले गैरविश्‍वासीहरूसँग मिलेर दाजुभाइ-दिदीबहिनीहरूमाथि गालीगलौज बर्साउन, परमेश्‍वरको घरको आलोचना गर्न, र परमेश्‍वरको घरको काम र कामका बन्दोबस्तहरूका बारेमा टिप्पणी गर्न पनि सक्छन्। के तिनीहरू परमेश्‍वरका विश्‍वासी हुन्? (होइनन्।) एउटा साँचो विश्‍वासीले कहिल्यै यस्तो व्यवहार गर्दैन। तिनीहरूले आफ्नै इज्जत र हितहरूको रक्षा गर्नका लागि पनि कहिल्यै खाएकै थालमा चुठ्दैनन् र मण्डलीभन्दा बाहिरका मानिसहरूको पक्ष लिँदैनन्। होइन र? (हो।) त्यसकारण, त्यस्ता व्यक्तिहरू दुष्ट मानिस र अविश्‍वासी हुन्, जसलाई निकाल्नैपर्छ। तिनीहरूलाई जति चाँडै निकालिन्छ, मण्डलीमा त्यति चाँडै शान्ति हुनेछ।

हामी तिमीहरूकै बारेमा कुरा गरौँ। उदाहरणका लागि, यदि तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, वा यदि तेरा दाजुभाइ-दिदीबहिनी वा सबैभन्दा मिल्ने साथीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, तर तिनीहरूले तेरो विश्‍वासको विरोध गर्दैनन् र वास्तवमा यसलाई निकै समर्थन गर्छन् भने, के तैँले तिनीहरूसँग मण्डलीमा हुने सबै कुराका बारेमा कुरा गर्छस्? मानौँ तेरो एक जना महिला साथीले सोधी, “के तिमीहरूको मण्डलीमा जीवनसाथी खोजिरहेका कुनै पुरुषहरू छन्? के अत्यन्तै निष्कपट, र अग्लो, धनी, र सुन्दर कुनै पुरुषहरू छन्?” गैरविश्‍वासीहरूमध्ये केही सभ्य मानिसहरूले पनि सँगै दिन बिताउनका लागि सभ्य जीवनसाथी खोज्न चाहन्छन्। तेरो महिला साथीले परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति खोज्न चाहन्छे, त्यसकारण के तँ उसलाई बताउन इच्छुक हुनेछस्? (हुनेछैनँ।) तैँले उसलाई यसो भन्नुपर्छ, “विश्‍वासीहरूप्रतिको तिम्रो अनुराग बेकार छ। तिमी एक गैरविश्‍वासी हौ र विश्‍वासीहरूसँग आधारभूत रूपमा मिल्दैनौ। तिमीहरूको मिल्ने भाषा छैन; तिमीहरू फरक-फरक मार्गमा हिँड्छौ! तिमीलाई हेरौँ त, तिमीले यति भड्किलो लुगा लगाएकी छौ—हाम्रो मण्डलीका कुन चाहिँ दाजुभाइले तिमीलाई मन पराउला?” तैँले उसलाई त्यति राम्रो ठान्दैनस्, त्यसकारण के तैँले ऊसँग मण्डलीका मामलाहरूका बारेमा कुरा गर्न सक्छस्? (अहँ।) केही शब्द बोल्नेबित्तिकै कुराकानी बिग्रिनेथियो, किनकि दृष्टिकोणहरू पूर्ण रूपमा फरक हुनेथिए। कतिपय गैरविश्‍वासीहरूले विश्‍वासीहरूका बारेमा राम्रो धारणा राख्ने भए पनि, र तँ विश्‍वासी बनेपछि तिनीहरूले तँसँग मित्रता कायम राख्ने भए पनि, के तँ मण्डलीका आन्तरिक मामलाहरू वा आफ्नो कर्तव्य पूरा गर्दा तैँले सामना गर्ने कठिनाइहरूबारे तिनीहरूलाई बताउन तयार हुनेथिइस्? (हुनेथिइनँ।) तैँले परमेश्‍वरमाथि विश्‍वास गरेकोमा तिनीहरूले साथ दिए पनि, तिनीहरूसँग मण्डलीका मामलाहरूका बारेमा छलफल गर्नुको के फाइदा? उदाहरणका लागि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले यहूदा नबनी ठूलो रातो अजिङ्गरको यातना र सोधपुछ सहेका छन्। यो गैरविश्‍वासीहरूले समेत प्रशंसा गर्ने गवाही हो—के तँ तिनीहरूसँग यो कुरा बाँड्न इच्छुक हुनेथिइस्? (हुनेथिइनँ।) तँ किन यसबारे छलफल गर्न इच्छुक हुनेथिइनस्? (तिनीहरूका लागि त्यस्ता कुराहरू असान्दर्भिक हुन्, र तिनीहरूले यी अनुभवात्मक गवाहीहरू बुझ्न सक्नेथिएनन्।) तिनीहरूले बुझ्न सक्नेथिएनन्। यी मामलाहरूबारे छलफल गर्दा के-कस्ता नकारात्मक असरहरू पर्न सक्छन्? (तिनीहरूले बरु मण्डलीकै आलोचना गर्न सक्छन्।) तिनीहरूले यस्तो आलोचना गर्नेथिए: “तिमीहरू आफै किन यस्तो कुराबाट गुज्रन्छौ? राष्ट्रिय सरकारको विरुद्धमा किन जानु?” हेर त, एउटा टिप्पणीले नै तिनीहरूको प्रकृतिलाई खुलासा गर्न सक्छ। यसलाई कसरी राष्ट्रिय सरकारको विरुद्धमा गएको मान्न सकिन्छ? देशको शासन गर्ने दियाबलस राजाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई गम्भीर रूपमा हानि गरिरहेका छन्, र तिनीहरूलाई जिउने बाटोबाट वञ्चित गरेका छन् भन्ने कुरा स्पष्ट छ। तिनीहरूले यो कुरा देख्दा पनि, थाहा नभएको नाटक गर्छन्। तिनीहरूले सत्यतालाई उल्ट्याउने र तथ्यहरूलाई बङ्ग्याउने तरिकाले बोल्छन् भन्ने कुरा स्पष्ट छ। तैँले तिनीहरूसँग सम्भवतः अरू के कुराबारे छलफल गर्न सक्छस्? तैँले तिनीहरूसँग परमेश्‍वरमाथिको आस्थासँग सम्बन्धित कुनै पनि कुराबारे बोल्नु हुँदैन; तैँले तिनीहरूलाई यसबारे केही पनि थाहा दिनु हुँदैन। आफ्नो जिब्रो काबुमा राख्न नसक्‍ने मानिसहरूले गैरविश्‍वासीहरूलाई मण्डलीबारे सबै कुरा बताउन सक्छन्। तिनीहरू स्पष्ट रूपमा नै अविश्‍वासी हुन्; तिनीहरू परमेश्‍वरको घरमा झारा टार्न आएका दियाबलस हुन्, जुन थालमा खायो त्यही थालमा चुठ्ने पशु हुन् जोसँग एकरत्ती विवेक वा समझ हुँदैन। परमेश्‍वरको घर वा मण्डलीका हित वा प्रतिष्ठामा हुने कुनै पनि हानिले तिनीहरूलाई पटक्कै असर गर्दैन, तिनीहरूको कुनै पनि हितमा असर गर्दैन, र तिनीहरूले अलिकति पनि दुःख महसुस गर्दैनन्; त्यसकारण, तिनीहरूले अलिकति पनि सङ्कोच नमानी गैरविश्‍वासीहरू र परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई लापरवाहीपूर्वक मण्डलीका आन्तरिक मामलाहरूका बारेमा बताउन सक्छन्। के त्यस्ता मानिसहरू घृणास्पद हुन्छन्? (हुन्छन्!) दाजुभाइ-दिदीबहिनीहरूलाई परिवारका रूपमा नहेर्ने तर गैरविश्‍वासीहरूलाई आफ्नो परिवारका रूपमा हेर्ने अविश्‍वासीले सत्यतालाई स्वीकार गर्न सक्छ? (सक्दैन।) के तिनीहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर मान्न सक्छन्? (सक्दैनन्।) के आफूलाई मण्डलीको सदस्य नमान्ने व्यक्तिले परमेश्‍वरले मानिसलाई दिने मुक्तिका वचनहरू सुन्दा आफ्ना हितहरूलाई पाखा लगाएर सत्यता पछ्याउन र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) तिनीहरूका दैनिक क्रियाकलापहरू भनेका मण्डलीका हितहरूलाई धोका दिने, बाहिरी मानिसहरूको पक्ष लिने, र जासुस, यहूदा, र विश्‍वासघातीका रूपमा काम गर्ने मात्र हुन्छन्, मानौँ यो तिनीहरूको मिसन नै हो। तिनीहरू उचित मार्गमा हिँड्दैनन् बरु दुष्टता गर्न जिउँछन्; तिनीहरू मर्न र श्रापित हुन लायक हुन्छन्! जुन थालमा खायो त्यही थालमा चुठ्ने यी यहूदा, विश्‍वासघाती, र शैतानका सेवकहरू नकारात्मक अलच्छिना हुन्, तिनीहरू मानवजातिका लागि हानिकारक हुन्छन्, र तिनीहरूलाई सबैले तिरस्कार गर्छन्। त्यसोभए, के मण्डलीले तिनीहरूलाई तह लगाएर निकाल्नु पूर्ण रूपमा उचित होइन र? (हो।) यो पूर्ण रूपमा उचित कुरा हो! तिमीहरू धोकामा पर्न मन पराउँदैनौ नि, होइन र? यदि मण्डली वा परमेश्‍वरको घरलाई धोका दिइयो भने, धेरैजसोले गहन रूपमा सहानुभूति नजनाउलान् वा अत्यन्तै व्यथित महसुस नगर्लान्; तिनीहरूलाई भित्री रूपमा अलिक असहज मात्रै लाग्ला, किनभने आखिर तिनीहरू यसकै सदस्य त हुन्। तर यदि मण्डलीको कसैले तँलाई धोका दिएर गैरविश्‍वासीहरूको हातमा दियो, र उसले तँलाई धोका दिएका कारण, गैरविश्‍वासीहरूले तथ्यहरूलाई बङ्ग्याए, तँलाई बदनाम गरे, गिल्ला गरे, आलोचना गरे, र दोषी ठहराए भने के गर्ने? त्यो बेला तैँले कस्तो महसुस गर्नेथिइस्? के तैँले त्यतिबेला मण्डली र परमेश्‍वरको घरले भोगेको अपमान र लाज अनुभव गर्नेथिइनस् र? (गर्नेथिएँ।) यस दृष्टिकोणबाट हेर्दा, के त्यस्ता व्यक्तिहरूलाई निकाल्नु उचित हो? (हो।) तिनीहरूलाई निकाल्नुपर्छ; तिनीहरूलाई उदारता देखाउनु पर्दैन। आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरू आफूलाई कसरी आचरणमा ढाल्छन् र कस्तो जीवन जिउँछन् भन्ने कुराका विभिन्न प्रकटीकरणहरूका आधारमा भन्दा, तिनीहरू मण्डलीभित्रका अविश्‍वासीहरू हुन्, र तिनीहरू निकालिनुपर्ने एक प्रकारको दुष्ट व्यक्ति हुन्। तिनीहरूका कार्यहरू चाहे गोप्य रूपमा गरिएका होऊन् वा खुलेआम गरिएका होऊन्, जब कसैले आफ्नो जिब्रो काबुमा राख्न सक्दैन र उसको मानवता सार पूर्ण अविश्‍वासीको जस्तो छ भन्ने पत्ता लाग्छ, तब तुरुन्तै अगुवा र कामदारहरूलाई उसको रिपोर्ट गर्, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई जानकारी दे। त्यस्ता व्यक्तिहरूलाई समयमा नै र सही रूपमा खुट्ट्याउनुपर्छ, र त्यसपछि तिनीहरूलाई जति सक्दो चाँडो मण्डलीबाट निकाल्नुपर्छ। तिनीहरूलाई मण्डली, यसको काम, वा दाजुभाइ-दिदीबहिनीहरूसँग संलग्न हुन दिँदै नदे; तिनीहरूलाई पूर्ण रूपमा निकाल्नु नै सही कार्य हो। मानवताको यो प्रकटीकरण—आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्‍नु—बारे सङ्गति यहीँ समाप्त हुन्छ।

के आज सङ्गति गरिएका तीन प्रकारका मानिसहरूको मामला पहिले सङ्गति गरिएका दुई प्रकारका मानिसहरूको भन्दा गम्भीर छ? (हजुर।) तिनीहरूको परिस्थिति झनै खराब हुन्छ, तिनीहरूको मानवता झनै नीच र घृणित हुन्छ, साथै मण्डली र सबै दाजुभाइ-दिदीबहिनीहरूका हितहरूमा तिनीहरूले गर्ने हानि र असर झनै ठूलो हुन्छ। त्यसकारण, यी तीन प्रकारका मानिसहरूलाई हल्का रूपमा नलेऊ; तिनीहरूदेखि सतर्क हुनुपर्छ र तिनीहरूलाई छूट दिनु हुँदैन। यदि कुनै व्यक्ति यी तीन प्रकारमध्ये एउटाका रूपमा पहिचान भयो भने, उसलाई तुरुन्तै खुलासा गर्नुपर्छ र खुट्ट्याउनुपर्छ, त्यसपछि जति सक्दो चाँडो बाहिर फाल्नुपर्छ। यदि उसले महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेको छ भने, उसको कर्तव्यको जिम्मेवारी लिनलाई तुरुन्तै कोही खोज, त्यसपछि उसलाई त्यो कर्तव्यबाट हटाएर निकालिदेऊ। बुझ्यौ? (बुझ्यौँ।) मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका विभिन्न स्थितिहरू, फरक-फरक अवधिमा तिनीहरूका विभिन्न प्रकटीकरणहरू, मण्डलीको काम, र यसका केही आन्तरिक मामलाहरूका बारेमा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा मात्रै छलफल र सङ्गति गर्न पाइन्छ। यसको उद्देश्य परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूका बारेमा झनै स्पष्ट बुझाइ र अन्तर्ज्ञान दिनु हो, र जसद्वारा तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्ने क्षमता हासिल गर्न सकून्। तर, एउटा सिद्धान्त चाहिँ स्पष्ट हुनैपर्छ: चाहे यो परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित सत्यताहरू वा सिद्धान्तहरू हुन्, वा चाहे यो सामान्य मामलाहरूका प्रावधानहरू हुन्, तिनका बारेमा गैरविश्‍वासीहरूलाई पटक्कै बताउन पाइँदैन, जसले गर्दा गैरविश्‍वासीहरूले टिप्पणी गर्छन् र औँला उठाउँछन्। यो पूर्ण रूपमा निषेधित गरिएको छ। कतिपयले भन्लान्, “यदि यो पूर्ण रूपमा निषेधित गरिएको छ भने, के यसको अर्थ यो प्रशासनिक आदेश हो भन्ने हुन्छ?” यसलाई यसरी भन्न सकिन्छ; जसले जानकारी चुहाउँछ, उसले सोहीबमोजिमका परिणामहरू भोग्नेछ। उसले किन परिणामहरू भोग्नुपर्छ? किनभने मण्डलीका आन्तरिक मामलाहरू चुहाउनेहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्दैनन्, र तिनीहरूले सजिलै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन सक्छन्। तिनीहरूले विश्वासघाती र यहूदाको काम गर्ने हुनाले, तिनीहरूलाई उप्रान्त उदारता देखाउनु हुँदैन वा दाजुभाइ-दिदीबहिनी वा परिवारका रूपमा लिनु हुँदैन। तिनीहरूलाई विश्‍वासघाती र यहूदाका रूपमा फाल्नुपर्छ र मण्डलीबाट सिधै निकाल्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “मेरो मुखाले हुने खराब बानी थियो, र ममा लापरवाह रूपमा बोल्ने प्रवृत्ति थियो। अहिले त्यस्ता कार्यहरूका परिणामहरू देखेपछि, मैले लापरवाह रूपमा बोल्ने आँट गर्न छोडेको छु।” राम्रो। तैँले यसो भनेको हुनाले, तेरो व्यवहारमाथि निगरानी राखिनेछ। यदि तैँले साँचो रूपमा पश्चात्ताप गरिस् र आफूलाई परिवर्तन गरिस्, लापरवाह रूपमा जानकारी दिन वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूमाथि विश्वासघात गर्न छोडिस्, र आफ्‍नो जिब्रो काबुमा राख्‍न सकिस् भने, परमेश्‍वरको घरले तँलाई एउटा मौका दिनेछ। यदि तैँले यसो गरेको छस्, जानकारी फैलाउने व्यक्ति तँ नै रहेछस् भन्ने कुरा फेरि पत्ता लाग्यो भने, तँलाई कुनै उदारता देखाइनेछैन—मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू तँलाई निकाल्न एकजुट हुनेछन्। त्यस्तो हुँदा, रुने वा तँलाई अग्रिम चेतावनी दिइएन भनेर गुनासो गर्ने नगर्। अब यी कुराहरू स्पष्ट रूपमा बुझाइएका हुनाले, यदि फेरि यस्तो भयो भने, परमेश्‍वरको घर पटक्कै उदार हुनेछैन। बुझ्यौ? (बुझ्यौँ।) यदि तिमीहरूले यो कुरा नबुझेको कसैलाई देख्यौ भने, उसलाई बुझाइदेओ; आज हामीले सङ्गति गरेको कुरा प्रयोग गरेर तिनीहरूलाई सङ्केतकहरू देओ। यदि तिमीहरूले यो व्यवहारका लक्षणहरू देखिने वा पहिले यसरी व्यवहार गरेको कोही देख्यौ भने, तिनीहरूसँग कुराकानी गर, तिनीहरूलाई चेतावनी देओ, र त्यस्ता कार्यहरूका प्रकृति र परिणामहरू, साथै यी मामला र मानिसहरूप्रति परमेश्‍वरको घरको मनोवृत्तिका बारेमा तिनीहरूलाई जानकारी देओ। कुराहरू स्पष्ट पारेपछि, तिनीहरूले पश्चात्ताप गर्न सक्छन् कि सक्दैनन् र भविष्यमा तिनीहरूले के गर्नेछन् भनेर हेर्न तिनीहरूलाई निगरानी गर। यदि तिनीहरू परिवर्तन भए र तिनीहरूले यस तरिकाले व्यवहार गर्न छोडे भने, तिनीहरूलाई फिर्ता लिन र दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्न सकिन्छ। तर यदि तिनीहरूले जिद्दी भएर पश्चात्ताप गर्दैनन् र गुप्त रूपमा यसरी व्यवहार गरिरहन्छन् भने, त्यस्तो व्यक्ति भेटिनेबित्तिकै उसलाई निकाल। यदि तिमीहरूले दुई जनालाई भेट्टायौ भने, ती दुई जनालाई नै निकाल; यदि तिमीहरूले एउटा समूह भेट्टायौ भने, सबैलाई निकाल। कुनै उदारता नदेखाओ। कतिपय मानिसहरूले सोध्छन्, “के मैले मेरो परिवारका ती मानिसहरूसँग कुरा गर्न सक्छु, जसले कुनै बेला विश्‍वास गरेका थिए, तर जसलाई पछि निकालिएको थियो?” मुख चलाउन र कुरा काट्न मन पराउनेहरूलाई आफूलाई नियन्त्रण गर्न सजिलो हुँदैन जस्तो देखिन्छ, र तिनीहरूले त्यसो गर्न मिल्छ कि मिल्दैन भनेर सधैँ सोध्ने गर्छन्। तिमीहरूलाई के लाग्छ, के यसो गर्न मिल्छ? (मिल्दैन।) कसैसँग कुरा गर्न मिल्दैन, किनभने यसले सजिलै परिणामहरू ल्याउँछ। त्यस्ता मानिसहरू सबैलाई यहूदाका रूपमा फाल्नुपर्छ। जो गैरविश्‍वासी हुन्, जो निकालिएका छन्, जो तेरा निकट छन्, जो भरोसायोग्य छन्, जसले परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई समर्थन गर्छन्, जसले परमेश्‍वरमा विश्‍वास गर्नेबारे सकारात्मक धारणा राख्छन्, र जो नाममा मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्, जसले बल्लतल्ल मण्डली जीवन जिउँछन् र परमेश्‍वरका केही वचनहरू पढ्छन् तर आफ्नो कर्तव्य पटक्कै पूरा गर्दैनन् तिनीहरूसँग कुरा गर्नै हुँदैन—यदि कसैले गर्‍यो भने, उसलाई यहूदा भनेर फालिनेछ। बुझ्यौ? (बुझ्यौँ।) आफ्नो कर्तव्य पूरा नगर्नेहरूमा अरू को पर्छ? के साधारण मण्डली सदस्यहरू पर्छन्? (पर्छन्।) यो कुरा नबिर्स; मूर्ख नबन। तिमीहरूले सिद्धान्तहरू राम्ररी बुझ्नुपर्छ। अन्त्यमा यहूदा बनेर परमेश्‍वरको घरलाई धोका दिने, थाहै नपाई दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने, र यसप्रति गर्वसमेत गर्ने तरिकाले मात्र विश्‍वास नगर। आफ्नो जिब्रो काबुमा राख्‍न नसक्‍नु र मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई समेत धोका दिनु गम्भीर अपराध हो। परमेश्‍वरले यस्तो दुष्टता गर्ने जोकसैको अभिलेख राख्नुहुन्छ। अब तँलाई यो कुरा प्रस्ट रूपमा बुझाइएको छ, र तैँले बुझेको छस्, त्यसकारण यदि तैँले फेरि यसो गरिस् भने, यो अब साधारण अपराध हुनेछैन; यो प्रशासनिक आदेशको उल्लङ्घन हुनेछ, जसले गर्दा तँ निकालाको निसाना बन्नेछस्, र तँ मुक्ति पाउने अधिकारबाट वञ्चित हुनेछस्। बुझिस्? (बुझेँ।)

डिसेम्‍बर ११, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्