अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२४) खण्ड चार
ख. फाइदा उठाउन मन पराउनु
दोस्रो प्रकारका मानिसहरू फाइदा उठाउन मन पराउनेहरू हुन्। फाइदा उठाउन मन पराउने बारेमा सङ्गति गर्ने कुरा आउँदा कतिपय मानिसहरूमा निश्चय नै धारणाहरू हुन्छन्, तिनीहरू सोच्छन्, “कुन चाहिँ भ्रष्ट मानवले फाइदा उठाउन मन पराउँदैन र? यो मानव प्रकृति हो; यसो गर्नु दुष्टता नभएसम्म, अलिकति फाइदा लिनुमा यति गम्भीर कुरा के हुन्छ र?” हामीले यहाँ सङ्गति गरिरहेका फाइदा उठाउन मन पराउनु सामान्य मानिसहरूले फाइदा उठाउन मन पराउनुको दायराभन्दा बाहिर जान्छ—यो दुष्टताको हदसम्म पुग्छ। मण्डलीमा यस्ता मानिसहरू धेरै नै हुनुपर्छ, वा कम्तीमा पनि केही अंश त हुनुपर्छ। “हामी सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ” भन्ने बहानामा, तिनीहरूले जताततै फाइदा उठाउँछन्, दाजुभाइ-दिदीबहिनीहरूका बीचमा, परमेश्वरको घरमा, र मण्डलीमा फाइदा उठाउँछन्। तिनीहरूले के-के फाइदाहरू लिन्छन्? उदाहरणका लागि, यदि तिनीहरूको परिवारले घर किन्नुपर्यो तर तिनीहरूसँग पर्याप्त पैसा छैन भने, तिनीहरू सापटी लिन आफन्त वा साथीहरूकहाँ फर्कँदैनन्, न त तिनीहरू ऋण लिन बैङ्क नै जान्छन्; तिनीहरू ब्याज उल्लेख नै नगरी, वा ऋण कहिले तिर्ने भनेर नबताई दाजुभाइ-दिदीबहिनीहरूबाट सापटी लिन्छन्—तिनीहरूले सापटी मात्रै लिन्छन्। तिनीहरूले “सापटी लिन्छन्” भनेर भन्नु यसलाई राम्ररी भन्नु हो; तथ्य के हो भने तिनीहरूले यो पैसा लिइरहेका मात्रै हुन्छन्, किनभने तिनीहरूले पैसा फिर्ता गर्ने वा ब्याज तिर्ने अभिप्राय कहिल्यै राख्दैनन्। तिनीहरू किन दाजुभाइ-दिदीबहिनीहरूलाई निसाना बनाउँछन्? तिनीहरू के सोच्छन् भने, तिनीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू भएका हुनाले, तिनीहरूले कठिनाइको बेला सहयोग गर्नुपर्छ, र कसैले सहयोग गर्दैन भने, ऊ दाजुभाइ वा दिदीबहिनी होइन। त्यसकारण, तिनीहरू पैसा सापटी लिनका लागि दाजुभाइ-दिदीबहिनीहरूकहाँ जान्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूलाई पैसा ऋण दिनु सही र उचित कुरा नै हो भन्ने महसुस गराउनका लागि कारणहरू निकाल्छन्। अरू मानिसहरूले कुनै दाजुभाइ वा दिदीबहिनीको परिवारसँग गाडी छ भन्ने देख्छन् र यसबारे सोचिरहन्छन्, र करिब-करिब हरेक केही दिनपछि जसो सापटी मागिरहन्छन्। तिनीहरूले सापटी त लग्छन् तर फर्काउँदैनन्, र तेल भर्दैनन्, र कहिलेकाहीँ गाडी कुच्याइदिन्छन् वा ठोक्काइदिन्छन्। तिनीहरूले अरूका घरमा देख्ने कुनै पनि मीठो खाना, उपयोगी सामान, वा कुनै पनि मूल्यवान् कुराप्रति लालायित हुन्छन् र ती पाउन षड्यन्त्र गर्छन्, र ती आफैले पाउने लालसा गर्छन्। तिनीहरू जोसुकैका घरमा गए पनि, तिनीहरूले प्राप्त गर्न सक्ने कुनै पनि फाइदा वा आफूले लिन सक्ने कुनै पनि सामान खोज्दै जताततै तलास गर्छन् र हेर्छन्, र यसो गरिरहँदा तिनीहरूको आँखा चोरको जस्तै लोभले चम्किन्छ—गमलामा रोपिएको सानो बिरुवासमेत तिनीहरूको हातबाट उम्कनेछैन। अरूसँग बाहिर जाँदा वा खाना खाँदा, तिनीहरूले कहिल्यै यातायात वा खानाको पैसा तिर्ने प्रस्ताव गर्दैनन्। तिनीहरूले कुनै राम्रो सामान देख्दा त्यो किन्न चाहन्छन्, तर जब पैसा तिर्ने समय आउँछ, तब तिनीहरू अरूलाई तिनीहरूको बिल तिर्न लगाउँछन् र पछि तिनीहरू त्यो पैसा फिर्ता गर्ने कुरै गर्दैनन्; तिनीहरू बस फाइदा उठाउन चाहन्छन्, चाहे त्यो एक पैसा वा चार आना नै किन नहोस्। यदि तँ राम्रा सामानहरू प्राप्त गर्न चाहन्छस् भने, तँ ती कुराहरूको पैसा आफै तिर्न सक्छस्; यदि तँ आफैले पैसा तिर्न चाहँदैनस् भने, अरूबाट फाइदा उठाउन पनि नखोज्, र यति लोभी नबन्; अरूबाट सम्मान पाउनका लागि तँसँग केही निष्ठा हुनुपर्छ। तर यस्तो व्यक्तिमा निष्ठाको कमी हुन्छ, उसले फाइदा उठाउन मात्रै चाहन्छ, र उसले जति धेरै फाइदा उठाउँछ ऊ त्यति नै बढी हर्षित महसुस गर्छ। मण्डलीमा त्यस्ता मानिसहरूको उदय हुनु लाजको कुरा हो कि महिमाको कुरा हो? (लाजको कुरा हो।) यो लाजको कुरा हो। के तिमीहरू तिनीहरूले यसरी फाइदा उठाउनु आवश्यक हुन्छ भनेर भन्छौ? के तिनीहरूले खाने कुरा किन्न नसक्ने वा आफ्नो परिवारको हातमुख जोड्न नसक्ने हुनाले यस्तो गर्छन्? त्यस्तो पटक्कै होइन। वास्तवमा, तिनीहरूसँग खर्च गर्नका लागि पर्याप्त पैसा र खानका लागि पर्याप्त खाना हुन्छ; यति मात्र हो कि तिनीहरूको लोभ यति ठूलो हुन्छ कि यसले तिनीहरूको निष्ठा खोस्छ, र अरूमा तिनीहरूप्रति घृणा र विकर्षण पैदा गर्ने हदसम्म पुग्छ। के त्यस्तो व्यक्ति असल हुन्छ? (हुँदैन।) कतिपय मानिसहरूले आफ्ना कर्तव्य पूरा गर्दा सधैँ फाइदा उठाउने प्रयास गर्छन्, अलिकति पनि घाटा भयो भने तिनीहरू उद्विग्न हुन्छन्, र तिनीहरूलाई यसबारे बोल्नुपर्छ भन्ने लाग्छ। कुनै काम खटाउँदा, तिनीहरूले सधैँ पैसाको विषय उठाउँछन्: “एउटा यात्राको यात्रा खर्च यति-यति हुनेछ, बसोबासको खर्च यति-यति हुनेछ, खानाको खर्च यति-यति हुनेछ, र आदि इत्यादि।” तिनीहरूलाई यसो भनिन्छ, “पैसाबारे चिन्ता नगर्नुहोस्, मण्डलीले नै आपूर्ति गरिदिनेछ।” तर पैसा प्राप्त गरेपछि, तिनीहरू यसो भन्दै यसबारे चिन्तित हुन्छन्: “यतिले पुग्दैन। मैले त्यहाँ २०० युआन लिएर के गर्न सक्छु? एउटा भनाइ छ, ‘घरमा मितव्ययी बन्नू तर यात्रा गर्दा धेरै पैसा बोक्नू।’ मैले थप केही पैसा बोक्नुपर्छ; मैले सबै प्रयोग गरिनँ भने, बाँकी रकम मण्डलीलाई नै फर्काउनेछु।” तिनीहरू फर्केर आउँदा, तिनीहरूले कुनै पैसा बाँकी छ भन्ने बारेमा केही उल्लेख गर्दैनन्, न त आफ्नो खर्चका बारेमा नै रिपोर्ट गर्छन्। तिनीहरूले मण्डलीबाट फाइदा उठाउने आँट समेत गर्छन्; के तिनीहरूले परमेश्वरका भेटीहरू हिनामिना गर्ने आँट गर्नेथिए? (गर्नेथिए।) तिनीहरू कस्ता प्रकारका प्राणी हुन्? तिनीहरूमा निष्ठा, साथै विवेक र समझको कमी हुन्छ। के परमेश्वरले त्यस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुनेथियो? अन्य केही मानिसहरू मण्डलीको लुगा धुने मेसिन, पानी तताउने मेसिन, श्याम्पु, लुगा धुने पाउडर, आदि इत्यादि प्रयोग गरेर नुहाउन, कपाल धुन, र लुगा धुनका लागि भेला हुने ठाउँ वा अतिथिसत्कार गरिने स्थानहरूमा जान्छन्; तिनीहरूले यी सुविधाहरूको फाइदा समेत उठाउँछन्, र आफ्नै सामान बचत गर्न मण्डलीका सामानहरू प्रयोग गर्छन्। तिनीहरूले के सोच्छन् भने, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, तिनीहरू परमेश्वरको घरका भाग हुन्, र त्यसकारण परमेश्वरको घरको कुनै पनि वस्तु तिनीहरूले स्वतन्त्र रूपमा प्रयोग गर्नका लागि हो, र यसलाई प्रयोग नगर्नु, वा नलिनु, वा यसबाट केही फाइदा नउठाउनु भनेको खेर फ्याँक्नु हुनेछ; अनि तिनीहरूले तिनलाई बिगारे पनि, त्यसको क्षतिपूर्ति दिने कुनै अभिप्राय राख्दैनन्। जब तिनीहरूको आफ्नै सामानको कुरा आउँछ, तब तिनीहरू संयमित रूपमा तिनको प्रयोग गर्न र सावधानीपूर्वक तिनको हेरचाह गर्न जान्दछन्, तर तिनीहरूले परमेश्वरको घरका उपकरण र सामानहरू मनपरी प्रयोग गर्छन्, ती बिगारे भने क्षतिपूर्ति दिँदैनन्। के यी असल मानिसहरू हुन्? तिनीहरू निश्चय नै असल मानिसहरू होइनन्। विशेष गरी मण्डलीले केही सामान किन्नुपर्ने निश्चित परिस्थितिहरूमा, तिनीहरू सक्रिय रूपमा स्वयम् सेवा गर्छन्, र त्यस्ता कार्यहरू सम्हाल्न विशेष रूपमा इच्छुक हुन्छन्। तिनीहरू किन यति आतुर हुन्छन्? तिनीहरू त्यसबाट नाफा प्राप्त गर्न, र फाइदाहरू उठाउन सकिन्छ भन्ने विश्वास गर्छन्; सामान किनेपछि, तिनीहरूले बाँकी रहेको पैसा आफ्नै खल्तीमा हाल्छन्। तिनीहरूले आफूले सक्ने जुनसुकै कुराको फाइदा उठाउन चाहन्छन्, त्यसो नगर्नु भनेको खेर फाल्नु हुनेछ भन्ने सोच्छन्; तिनीहरूले पालना गर्ने तर्क यही हो। यदि तिनीहरूले फाइदा उठाउन पाएनन् भने, दाजुभाइ-दिदीबहिनीहरूलाई र परमेश्वरको घरलाई सराप्छन्—तिनीहरू सबैलाई सराप्छन्; तिनीहरू बस दुष्ट पिशाचहरू, दुर्गन्धित भिखारीहरू, पर्चा बोक्ने मगन्तेहरू हुन्, जसले नाफा हत्याउन र फाइदा उठाउनका लागि आफ्नो माग्ने भाँडो जताततै थाप्छन्। मानिसहरू भन्छन्, “तिमी त सधैँ केही न केही मागिरहेका हुन्छौ; के तिमी दुर्गन्धित भिखारी होइनौ र?” तिनीहरू जवाफ दिन्छन्, “ठीक छ, मलाई जेसुकै भन—कन्जुस, लोभी व्यक्ति, दुर्गन्धित भिखारी, मगन्ते, दरिद्र भन—मैले फाइदा लिन सकेसम्म, ठीकै छ।” के यस्ता मानिसहरूसँग कुनै निष्ठा हुन्छ? (हुँदैन।) के त्यस्ता मानिसहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई केही मात्रामा बाधा पुर्याउँदैनन् र? विशेष गरी कठिन परिस्थितिहरू र कमजोर आर्थिक स्थितिमा रहेका ती परिवारहरूका लागि, के तिनीहरूले केही मात्रामा बाधा र हानि पुर्याउँदैनन् र? (पुर्याउँछन्।) के तिनीहरूले कदमा कान्छो र निकै कमजोर मानिसहरूलाई नकारात्मक रूपमा असर गर्न सक्छन्? (सक्छन्।) तिनीहरूलाई देख्दा मात्रै पनि मानिसहरू विकर्षित हुन्छन्; तिनीहरूलाई देख्ने हरेक व्यक्तिलाई झिजो लाग्छ, तैपनि तिनीहरूलाई इन्कार गर्न लाज मान्छन्, यसरी उनीहरू आफूलाई तिनीहरूद्वारा यसरी खुल्लमखुल्ला शोषित हुन दिन्छन्। तिनीहरूसँग खराब मानवता र नीच चरित्र छ भन्ने सबैलाई थाहा हुन्छ, तर, तिनीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू हुन् भन्ने ख्याल गर्दा, र तिनीहरूले कहिलेकाहीँ केही कर्तव्य पूरा गर्न सक्छन्, र तिनीहरूसँग थोरै विश्वास छ, र कहिलेकहीँ तिनीहरूले आफ्नो घरमा अतिथिसत्कार गरेर थोरै मेहनत लगाउन सक्छन् भन्ने कुरालाई हेर्दा—यी कुराहरूका खातिर, धेरैजसो मानिसहरूले जहाँ गए पनि फाइदा उठाउने तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छन्, र यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तर, तिनीहरूले मण्डलीभित्र दिने बाधाहरू झन्-झन् ठूला हुँदै जान्छन्, जुन धेरैजसो मानिसहरूलाई असहज महसुस गराउन पर्याप्त हुन्छ; के यो समस्या होइन र? (हो।) यी व्यक्तिहरू मानिसहरूलाई जहाँसुकै टोक्ने र तिनीहरूलाई टोकेर मार्न सक्ने बौलाहा कुकुर नभए पनि, तिनीहरू मानिसहरूलाई सताएर आनन्दले बस्न नदिने कष्टदायी भुसुनाहरू जस्तै हुन्छन्। यदि तिनीहरूलाई निकालिएन भने, तिनीहरूले अनन्त बाधाहरू दिनेछन्। तिनीहरू मण्डलीमा नै रहे भने यसले निरन्तर प्रकोप ल्याउनेछ, जसले मानिसहरूलाई शान्तिबाट वञ्चित गर्नेछ। बाधा पुगेपछि, मानिसहरूलाई निकै झिजो लाग्छ, तिनीहरूले प्रायजसो त्यस्ता व्यक्तिहरूप्रति वितृष्ण पाल्छन्; तैपनि कुनै समाधान नभएकाले, तिनीहरू बारम्बार यो कुरा सहन्छन्। तिनीहरू कस्तो प्रकारका व्यक्तिहरू हुन्? मानिसहरूका बीचमा यस्ता घृणास्पद बदमासहरूसमेत हुन्छन्; त्यस्ता व्यक्तिहरूले परमेश्वरमा विश्वास समेत किन गर्छन्? तिनीहरू जिउन समेत लायक हुँदैनन्! आफूले सक्ने जुनसुकै कुरामा फाइदा उठाउनु—कस्तो लाजमर्दो कुरा! बस आफ्नो क्षमताले भ्याएअनुसार जति सक्दो धेरै भौतिक कुराहरूको आनन्द लिई; यदि तँसँग क्षमताको कमी छ भने, तैँले अरूको स्वामित्वको कुराको आनन्द नलिई, वा यसलाई हिनामिना नगर्। यदि अरूले बेला-बेलामा परोपकारी रूपमा केही कुरा निःशुल्क दिने हुनाले, वा तँलाई कुनै कुराप्रति विशेष रुचि भएको हुनाले, वा तँलाई कुनै कुरा मन पर्ने हुनाले तैँले कुनै सानो र महत्त्वहीन तरिकाले फाइदा उठाइस् भने, सबैले त्यो कुरा माफ गर्न सक्छन्। भनाइ नै छ, “गरिबीले महत्त्वाकाङ्क्षालाई सीमित गर्छ”; यो ठूलो समस्या होइन। तर यदि तैँले सधैँ यसरी फाइदाहरू खोजिरहेको हुन्छस्, यहाँसम्म कि तँ यसप्रति निर्लज्ज हुन्छस् र लाज पचाउँछस्, र तँ दुर्गन्धित भिखारीमा परिणत हुन्छस्, वा बौलाहा कुकुर वा सबैको आँखामा भुसुना बन्छस् भने, तँलाई तुरुन्तै निकाल्नुपर्छ। यी सबै समस्याहरूलाई अन्त्य गर्नका लागि, यस्ता प्रकारका मानिसहरूलाई एकै पटकमा र सधैँका लागि तह लगाउनुपर्छ।
फाइदा उठाउन मन पराउनेहरूका हकमा भन्दा, तिमीहरू तिनीहरूलाई कति सहन सक्छौ? यदि तिमीहरू साँच्चै नै तिनीहरूलाई सहन सक्दैनौ, र तिनीहरूले तिमीहरूबाट फाइदा उठाएपछि मरेको भुसुनो निलेको जस्तो अनुभव गर्छौ—तिमीहरूमध्ये धेरैजसो सँगै हुँदा तिनीहरूप्रति अनियन्त्रित रूपमा रिसाउँछौ र तिमीहरू तिनीहरूका बारेमा निरन्तर गुनासो गर्छौ भने—त्यो बेला, के तिनीहरूलाई निकालिसकिएको हुनु पर्दैन र? (पर्छ।) जब यो असहनीय हुन्छ, जब यो चरम हदमा पुग्छ, तब तिनीहरूलाई निकाल्न सबैले हातेमालो गर्नुपर्छ। यो परमेश्वरको घरबाट अभिशाप हटाउनु हो, र यो मानिसहरूलाई निकै प्रसन्न पार्ने कुरा हो। त्यस्तो व्यक्ति बस नीच हो, जसले गर्दा धेरैजसो मानिसहरूमाझ खलबली हुन्छ। यो मण्डली जीवनमा बाधा र अवरोध ल्याउने एउटा दुष्ट घटना हो, जसले मानिसहरूलाई यो व्यक्तिसँग सम्बन्धित समस्याका बारेमा सङ्गति गर्न र त्यसलाई समाधान गर्न भेला हुन बाध्य बनाउँछ। यो अभ्यास न्यायसङ्गत छ, किनभने दुष्ट व्यक्तिले पैदा गरेको बाधाले कतिपय मानिसहरूलाई हानि गरिसकेको हुन्छ। दुष्ट व्यक्तिलाई दुष्टता गरिरहनबाट रोक्न, मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्न, र परमेश्वरका चुनिएका मानिसहरूलाई थप हानि हुनबाट रोक्नका लागि, दुष्ट व्यक्तिलाई तुरुन्तै तह लगाउनुपर्छ र पखाल्नुपर्छ। यदि तिनीहरूले निकालिएपछि मण्डलीलाई रिपोर्ट गर्न सक्छन् भने, बुद्धिमानीपूर्वक तिनीहरूलाई यो जानकारी दिइनुपर्छ: “तिमीलाई निकालिएको वा निष्कासित गरिएको होइन। घर गएर एकान्तमा बस र आत्मचिन्तन गर। तिमीले उचित रूपमा चिन्तन गरेपछि, पश्चात्तापको पत्र लेख, अनि त्यसपछि हामी तिमीलाई मण्डलीमा पुनः स्वागत गर्न सक्छौँ। अहिलेका लागि, तिमीले अझै धेरै पैसा कमाउने र जीवनको आनन्द लिने प्रयास गर्नुपर्छ; यसका साथै, परमेश्वरमा विश्वास गर्ने विषयमा मनन गर। यसरी, तिमीले दुईमध्ये कुनै पनि पक्षलाई बेवास्ता गरिरहेका हुनेछैनौ।” यो कस्तो लाग्यो? (राम्रो लाग्यो।) हामी उसलाई निकालिएको छ वा निष्कासित गरिएको छ भनेर भन्नेछैनौँ; यति मात्र हो कि, आजको दिनदेखि, उप्रान्त यो व्यक्ति मण्डलीमा रहनेछैन। यसलाई यसरी सम्हाल्दा कस्तो होला? (राम्रो हुन्छ।) एकदम राम्रो! बहस गर्नु वा हिसाब-किताबहरू मिलाउनु आवश्यक छैन, सरल र स्पष्ट समाधान मात्रै छ, तिनीहरूलाई काम गर्न, पैसा कमाउन, र आफ्नै जीवन जिउन संसारमा फर्केर जान दिनुपर्छ। सारांशमा भन्दा, फाइदा उठाउन मन पराउने मानिसहरूको मानवता त्यति राम्रो हुँदैन। यसलाई दुष्ट भन्न नसकिने भए पनि, फाइदा उठाउन मन पराउने तिनीहरूको चरित्रले तिनीहरूलाई निकै झिजोलाग्दो र तिरस्कार योग्य बनाउँछ। तिनीहरूले हरेक सम्भावित अवसरको दुरुपयोग गर्छन्! त्यस्ता मानिसहरू गैरकानुनी वा आपराधिक क्रियाकलापहरूमा संलग्न नहुने भए पनि, तिनीहरूका कार्य र व्यवहारले मण्डली जीवनमा ल्याउने दीर्घकालीन बाधा र अवरोधहरू—यी परिणामहरू—कुनै पनि दुष्ट कार्यभन्दा गम्भीर हुन्छन्; ती कुराहरू तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्ने अविश्वासी वा दुष्ट मानिसहरूका रूपमा चित्रण गर्नका लागि पर्याप्त हुन्छन्। यसो गर्दा यसले अविश्वासीहरूले मण्डलीमा पुर्याउने बाधा र दाजुभाइ-दिदीबहिनीहरूलाई गर्ने दुर्व्यवहारलाई पूर्ण रूपमा रोक्छ।
यसभन्दा पहिले हामीले फाइदा उठाउन मन पराउनेहरूलाई सम्हाल्ने विशेष तरिकाका बारेमा सङ्गति गर्यौँ, जुन मुख्य भूमिमा भइरहेको सतावटका विशेष परिस्थितिहरूका आधारमा विकास गरिएको विधि हो। विदेशका मण्डलीहरूमा, तिनीहरूलाई बस सीधै निकाल्नु ठीकै हुन्छ। तर, कुनै पनि सम्हाल्ने विधि जुनसुकै प्रकारका मानिसहरूप्रति लक्षित भए पनि, यो सिद्धान्तनिष्ठ र बुद्धिमानी दुवै छ भन्ने कुरा सुनिश्चित गर्नु अत्यावश्यक हुन्छ। मण्डलीसँग प्रशासनिक आदेश र नियमहरू छन्, जुन सबै दाजुभाइ-दिदीबहिनीहरूको सामान्य मण्डली जीवन र कर्तव्य पूरा गर्ने सामान्य सुव्यवस्थाको रक्षा गर्नप्रति लक्षित हुन्छ। यदि कसैले दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवनमा वा तिनीहरूले कर्तव्य पूरा गर्ने कार्यमा बाधा दिन्छ भने, यसो गर्न दिइँदैन; त्यो व्यक्तिलाई परमेश्वरले तिरस्कार गर्नुहुनेछ। निश्चित रूपमै, दाजुभाइ-दिदीबहिनीहरूको दैनिक जीवनमा कुनै पनि प्रकारको दुर्व्यवहार वा हस्तक्षेप गर्न अनुमति हुँदैन। यो अगुवा र कामदारहरूले समाधान गर्ने जिम्मेवारी लिनुपर्ने समस्या हो। दाजुभाइ-दिदीबहिनीहरूका आफन्त, इष्टमित्र, वा चिनजानका मानिसहरू हुन सक्छन्, जसले “दाजुभाइ-दिदीबहिनीहरू” को भेषमा दाजुभाइ-दिदीबहिनीहरूलाई आकर्षित गर्ने र बहकाउने प्रयास गर्छन्, र तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्छन्। यस्ता व्यक्तिहरूलाई सम्हाल्ने दायित्व र जिम्मेवारी अगुवा र कामदारहरू, वा दाजुभाइ-दिदीबहिनीहरूको हुन्छ। तिनीहरूका व्यवहार र कार्यहरूले अरूलाई आफ्ना कर्तव्य पूरा गर्न र परमेश्वरलाई पछ्याउनबाट रोक्छन्, र मण्डलीको काममा बाधा पनि पुर्याउँछन्, त्यसकारण अगुवा र कामदारहरू परिस्थितिलाई समाधान गर्न र प्रतिबन्धहरू लागू गर्न अघि आउनुपर्छ। निश्चय नै, त्यस्ता व्यक्तिहरूलाई निराकरण गर्न र सम्हाल्नका लागि हामीसँग उचित विधिहरू छन्। कुटपिट वा हप्कीको सहारा लिनु आवश्यक छैन; हामीले बस तिनीहरूलाई तिनीहरूको समस्याको सार र परमेश्वरका चुनिएका अधिकांश मानिसहरूले तिनीहरूविरुद्ध लगाएका अभियोग र आरोपहरू स्पष्ट पार्छौँ, अन्ततः तिनीहरूलाई यसो भन्छौँ: “तिमीलाई निकाल्नु भनेको बहुमतले लिएको र हस्ताक्षर गरेको निर्णय हो। तिमी सहमत भए पनि वा नभए पनि, मण्डलीसँग यो निर्णय गर्ने र तिमीलाई सोही अनुसार सम्हाल्ने अख्तियार छ। तिमीले पालन गर्नुपर्छ।” यसरी यो समस्या समाधान हुन्छ, र सम्हाल्ने यस्तो तरिका पूर्ण रूपमा सिद्धान्तनिष्ठ हुन्छ। फाइदा उठाउन मन पराउनेहरूका हकमा भन्दा, तिनीहरूलाई सिद्धान्तहरू अनुसार व्यवहार गर्नुपर्छ र सम्हाल्नुपर्छ। यदि तिनीहरू तँबाट फाइदा उठाउन केही कुरा सापट लिन चाहन्छन् भने, तैँले चाहेमा तिनीहरूलाई त्यो कुरा सापट दिन सक्छस्, वा नचाहेमा इन्कार गर्न सक्छस्; निर्णय तेरो हो। तिनीहरूलाई सापटी दिनु दयाको कार्य हो; दिन इन्कार गर्नु तेरो अधिकार हो। यदि तिनीहरूले “के हामी सबै दाजुभाइ-दिदीबहिनीहरू होइनौँ र? कति लोभी, केही कुरा सापटीसमेत दिन इच्छुक नहुने!” भनेर भन्छन् भने, तैँले यस्तो जवाफ दिन सक्छस्: “यो मेरो सम्पत्ति हो, र यो सापटी नदिने अधिकार मसँग छ। यो सिद्धान्तहरू अनुरूप छ। ‘हामी सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ’ भनेर मलाई दबाब नदेऊ; तिमीले जे भनिरहेका छौ त्यो सत्यता होइन। परमेश्वरले ‘तैँले तिनीहरूलाई यो कुरा सापटी दिनैपर्छ’ भनेर भन्नुभयो भने मात्र, म तिमीलाई यो कुरा सापटी दिनेछु।” मण्डलीको वा “हामी सबै विश्वासीहरू र सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ” भन्ने विचारको ढोँगका आधारमा कसैसँग पनि व्यक्तिगत सम्पत्तिको शोषण गर्ने वा सापटी लिने अधिकार हुँदैन। के यो सत्यता हो? (हो।) सत्यता यही हो। यो सत्यता पालन गरेर मात्रै सबैका लागि निष्पक्षता सुनिश्चित गर्न सकिन्छ, र सबैले आफ्ना साँचो अधिकारहरूको आनन्द उठाउन सक्छन्। तर यदि कसैले व्यक्तिगत सामानहरूको शोषण गर्न वा सापटी लिनका लागि “परमेश्वरको घरको कामका आवश्यकताहरू,” “मण्डलीको कामका आवश्यकताहरू,” वा “दाजुभाइ-दिदीबहिनीहरूका आवश्यकताहरू” जस्ता बहानाहरू प्रयोग गर्छ भने, के यो सत्यता अनुरूप हुन्छ? (हुँदैन।) के तँ सत्यता अनुरूप नरहेका अनुरोधहरूलाई इन्कार गर्न हकदार हुन्छस्? (हुन्छु।) अनि यदि तैँले यसरी दिन इन्कार गरेकोमा, कसैले तँलाई कन्जुस वा लोभी भनेर संज्ञा दियो भने, के तँ डराउनेथिइस्? (अहँ।) यदि कसैले यसलाई ठूलो कुरा बनाएमा, तैँले मण्डलीको कामलाई समर्थन गर्दैनस् वा तँमा दाजुभाइ-दिदीबहिनीहरूप्रति प्रेमको कमी छ भनेर दाबी गरेमा, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई इन्कार गरे र एक्ल्याए भने, के तँ डराउनेथिइस्? तँ पछि हट्नेथिइस्। त्यो बेला, तैँले सोच्नेथिइस्, “गाडी चलाउन दिनु कुन ठूलो कुरा हो र? चाहे मण्डली, परमेश्वरको घर, वा दाजुभाइ-दिदीबहिनीहरूले चलाउन मागे भने पनि, त्यो ठीकै हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूलाई नचिढ्याउनु नै राम्रो हो। एउटा व्यक्तिलाई चिढ्याउनु डरलाग्दो कुरा होइन, तर यदि सबै दाजुभाइ-दिदीबहिनीहरू चिढिए, र मप्रति तिनीहरूको हृदय कठोर भयो, जसले गर्दा म अलग्गिएँ भने, मैले के गर्ने?” तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, डराउनुपर्ने के छ र? तिनीहरूले तँलाई अलग्याएको अर्थ तिनीहरूसँग सत्यता छ वा तिनीहरूका कार्य सत्यता अनुरूप छन् भन्ने हुँदैन। सत्यता सधैँ सत्यता नै हुन्छ। यसमा अल्पसङ्ख्यक मानिसहरू सहमत भए पनि वा अधिकांश मानिसहरू सहमत भए पनि, यो सत्यता नै हो। सत्यताविना, यदि अल्पसङ्ख्यक बहुसङ्ख्यकमा समर्पित भए भने पनि, यो सत्यता हुँदैन। यो कसैले पनि इन्कार गर्न नसक्ने तथ्य हो। कसैसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा उसले कति राम्ररी बोल्छ भन्ने कुरामा निर्भर हुँदैन, बरु उसले सत्यता अभ्यास गर्न र सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने उद्देश्यले नयाँ कम्प्युटर किनिस्, र कसैले यो मण्डलीको कामका लागि हो भनेर दाबी गर्दै चलाउनका लागि सापटी लिन चाहन्छ। तैँले उसलाई सापटी दिन इन्कार गर्छस्, र उसले भन्छ: “तिमीमा प्रेमको कमी छ, तिमी परमेश्वरलाई प्रेम गर्दैनौ, तिमी आफूलाई त्याग गर्दैनौ। तिमी यति थोरै त्यागसमेत गर्न सक्दैनौ।” के यी शब्दहरू सही छन्? के ती सत्यता अनुरूप छन्? (छैनन्।) तैँले यस्तो प्रतिक्रिया दिनुपर्छ: “कम्प्युटर मेरो कर्तव्य पूरा गर्नका लागि हो। मैले हाल आफ्नो कर्तव्य पूरा गरिरहेको छु, त्यसकारण म कम्प्युटरविना बस्न सक्दिनँ। यदि तिमीले मेरो कम्प्युटर सापटी लग्यौ भने, के त्यसले मेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के त्यो सत्यता अनुरूप हुनेछ? तिमीलाई ठ्याक्कै केका लागि कम्प्युटर आवश्यक पर्यो? तिमी यो मण्डलीको कामका लागि हो भनेर भन्छौ; यदि त्यसो हो भने, तिमीले यसलाई प्रमाणित गर्न कसैलाई खोज्नुपर्छ। त्यसमाथि, मण्डलीको कामका लागि भए पनि, तिमीले मसँग मागेर लग्नु हुँदैन। यदि तिमीले मेरो कम्प्युटर लग्यौ भने, मैले आफ्नो कर्तव्य पूरा गर्न के प्रयोग गर्ने? त्यो तिम्रो अत्यन्तै स्वार्थी व्यवहार हो! मण्डलीको कामका आवश्यकताहरूलाई फाइदा उठाउने बहानाका रूपमा दुरुपयोग नगर, म त्यस्तो कुराको फन्दामा पर्नेछैनँ। मलाई सुझबुझको कमी भएको अलमल्ल व्यक्ति नठान; तिमीले फाइदा उठाउन खोजिरहेका छौ, तर त्यस्तो हुनेछैन!” शैतानको पासोमा पर्नबाट जोगिनका लागि, त्यस्ता मानिसहरूसँग यसरी बोल्नु आवश्यक हुन्छ। के यो समस्या समाधान गर्न सजिलो छ? तैँले सत्यता बुझेपछि र सिद्धान्तहरू अनुसार कार्य गरेपछि, तैँले अरूले के भन्छन् भन्ने कुराको डर मान्नु पर्नेछैन। तिनीहरूले तँलाई झूटो संज्ञा दिए पनि ध्यान नदे; तिनीहरूले फलाक्ने त्यो थोरै धर्मसिद्धान्तले कसैलाई पटक्कै विश्वस्त बनाउनेछैन। यसरी फाइदा उठाउन मन पराउने मानिसहरूको मानवताका प्रकटीकरणहरू र तिनीहरूलाई सम्हाल्ने सिद्धान्तहरूका बारेमा यसरी सरल रूपमा सङ्गति गरिएको छ।
मण्डलीमा रहेका फाइदा उठाउन मन पराउने मानिसहरूका हकमा भन्दा, एक हिसाबमा, मानिसहरूले तिनीहरूलाई अझै सही र व्यावहारिक रूपमा खुट्ट्याउनुपर्छ, र अर्को हिसाबमा, मानिसहरूले सत्यता बुझ्नैपर्छ; तिनीहरूले परमेश्वरमा विश्वास गर्ने बारेमा लिनुपर्ने अडान, तिनीहरूले गर्नुपर्ने काम, तिनीहरूले कायम राख्नुपर्ने सिद्धान्तहरू, र मानिसहरू, घटनाहरू, र कामकुराहरूप्रति तिनीहरूमा हुनुपर्ने मनोवृत्तिका बारेमा तिनीहरू हृदयमा स्पष्ट हुनैपर्छ। भीडलाई नपछ्या, न त मानिसहरूलाई चिढ्याउँछु भन्ने डर नै मान्, र विशेष गरी निश्चित व्यक्तिहरूलाई खुसी पार्नका लागि तैँले पालना गर्नुपर्ने सिद्धान्त र राख्नुपर्ने अडान नत्याग्, नत्र तैँले मानिसहरूलाई खुसी पार्नेछस् तर परमेश्वरको हृदयलाई चोट पुऱ्याउनेछस् र तँलाई घृणा गर्न परमेश्वरलाई लगाउनेछस्। यदि यो सिद्धान्तहरू अनुरूपको कार्य हो भने, तैँले यसो गर्दा मानिसहरू चिढिए भने पनि वा पिठ्युँपछाडि तँ आलोचित हुने भए पनि, त्यसको कुनै असर हुँदैन; तर, यदि यो सिद्धान्तहरू अनुरूपको कार्य होइन भने, यसो गरेर तैँले सबैको अनुमोदन र साथ प्राप्त गरे पनि, र तँ सबैसँग मिले पनि—एउटा कुरा के हो भने, तैँले परमेश्वरसामु यसको हिसाबकिताब दिन सक्दैनस्—तैँले घाटा भोगेको हुन्छस्। यदि तैँले बहुसङ्ख्यकसँग सम्बन्धहरू कायम राख्छस्, तिनीहरूलाई खुसी र सन्तुष्ट पार्छस् र तिनीहरूको प्रशंसा कमाउँछस्, तर परमेश्वरलाई, सृष्टिकर्तालाई चिढ्याउँछस् भने, तँ महामूर्ख होस्। त्यसकारण, तैँले जे गरे पनि, त्यो सिद्धान्तहरू अनुरूप छ कि छैन, त्यसले परमेश्वरलाई प्रसन्न पार्छ कि पार्दैन, त्यसप्रति परमेश्वरको मनोवृत्ति के हो, मानिसहरूले कस्तो अडान लिनुपर्छ, मानिसहरूले के-के सिद्धान्तहरू कायम राख्नुपर्छ, परमेश्वरले कसरी निर्देशन दिनुभएको छ, र तैँले त्यो कार्य कसरी गर्नुपर्छ भन्ने कुरा तैँले स्पष्ट रूपमा बुझ्नैपर्छ—तँ सुरुमा यसबारे स्पष्ट हुनुपर्छ। अरूसँगका तेरा सङ्गतहरू र अरूसँगका तेरा भौतिक आदानप्रदान र व्यवहारहरू—के यी कुराहरू सिद्धान्तहरू अनुरूप जगमा निर्मित छन् त? के ती परमेश्वरलाई प्रसन्न पार्ने जगमा निर्मित छन्? छैनन् भने, तैँले गर्ने सबैकुरा, तैँले त्यसलाई जति नै राम्ररी सम्हाले पनि, तैँले त्यो जति सिद्ध रूपमा गरे पनि, वा तैँले अरूबाट जति धेरै प्रशंसा प्राप्त गरे पनि, परमेश्वरले ती कुरालाई याद गर्नुहुनेछैन। त्यसकारण, कसैसँगको तेरो सङ्गत र अन्तरक्रियाका सिद्धान्तहरू तिनीहरूले तँबाट फाइदा उठाउँछन् कि उठाउँदैनन् वा तैँले तिनीहरूबाट फाइदा उठाउँछस् कि उठाउँदैनस् भन्ने कुरासँग सम्बन्धित हुनु हुँदैन—ती कुराहरू यो जगमा निर्माण हुनु हुँदैन। बरु, यी सिद्धान्तहरू तिमीहरूले गर्ने कार्य सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भन्ने कुरासँग सम्बन्धित हुनुपर्छ। त्यसपछि मात्रै यसलाई “परमेश्वरमाथिको हाम्रो विश्वासका आधारमा” भनेर साँचो रूपमा मान्न सकिन्छ; त्यसपछि मात्रै तैँले “हामी सबै विश्वासीहरू, सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ” भनेर भन्न सक्छस्; त्यसपछि मात्रै तैँले यसलाई पूर्वधारणा रूपमा लिन सक्छस्। जीवन प्रवेश, कर्तव्य, र मण्डलीको कामसँग सम्बन्धित मामलाहरू बाहेक, अरू कुनै पनि अन्तरक्रिया “दाजुभाइ-दिदीबहिनीहरू” भन्ने पूर्वधारणामा आधारित हुनु हुँदैन। यदि यसमा कर्तव्य, जीवन प्रवेश, वा मानिसहरूबीचका सामान्य अन्तरक्रियाहरू समावेश हुँदैनन्, तर कसैले सधैँ निश्चित उद्देश्य हासिल गर्नका लागि “दाजुभाइ-दिदीबहिनीहरू” भन्ने ढोँगलाई बहानाका रूपमा प्रयोग गर्छ भने, उसले निःसन्देह रूपमा नै त्यस्ता अभिव्यक्ति, विधि, र फाइदाजनक अवस्थाहरूलाई आफ्नो व्यक्तिगत लाभका लागि फाइदा उठाउने र षड्यन्त्र रच्ने बहानाका रूपमा प्रयोग गर्न खोजिरहेको हुन्छ। परमेश्वरका चुनिएका मानिसहरू यसबारे सतर्क हुनुपर्छ, र धोकामा पर्नबाट जोगिनका लागि त्यस्ता समस्याहरूलाई बुद्धिले सम्बोधन गर्नुपर्छ। किनभने मण्डलीका धेरैजसो मानिसहरूले सत्यता बुझ्दैनन्, र कति जना त सिद्धान्तहरूविना काम गर्ने र लापरवाह दुष्कर्म गर्ने अविश्वासीहरूसमेत हुन्छन्। तिनीहरूले “दाजुभाइ-दिदीबहिनीहरू” को भेषमा कामकुरा गर्दा यसले मण्डलीको काममा सबैभन्दा सजिलै असर गर्छ र बाधा दिन्छ। आज यो सब भन्नुको उद्देश्य के हो? यो अरूसँगको कुराकानीमा होस् वा अन्तरक्रियामा होस्, जग सत्यता सिद्धान्तहरूमा आधारित हुनुपर्छ भन्ने कुरा स्पष्ट पार्नका लागि हो। यसले मानिसहरूका बीचमा अनुचित व्यवहारहरू हुनबाट रोक्छ; अवश्य नै, यसले फाइदा उठाउन मन पराउनेहरूलाई शोषण गर्नका लागि छिद्रहरू खोज्नबाट पनि रोक्छ, र सँग-सँगै आफ्नो इज्जतप्रति अत्यन्तै चिन्तित वा कमजोर मानवता रहेकाहरूलाई सधैँ फाइदा उठाइनबाट, सधैँ ठगिनबाट, र सधैँ नोक्सानी भोग्नबाट पनि रोक्छ। कतिपय मानिसहरूले—तिनीहरूको परिवारका परिस्थितिहरूको स्पष्ट कठिनाइका बाबजुद पनि—फाइदा उठाउन मन पराउने व्यक्तिले सापटी माग्दा, आफूले ती मानिसहरूलाई उच्च मान्ने हुनाले तिनीहरूलाई नै रोजेको दाबी गर्दै, आफ्नो मेहनतले कमाएको पैसा सापटी दिन्छन्, र आफ्नै नोक्सान गरेर “बहादुरी” देखाउँछन्। पैसा सापटी दिइएपछि के हुन्छ? सापटी लिने व्यक्ति हराउँछ। त्यसपछि, सापटी दिने व्यक्तिले आफूलाई सुरक्षा नदिनुभएकोमा परमेश्वरबारे गुनासो गर्छ। के यो समझ हुनु हो? के तैँले परमेश्वरमा विश्वास गर्नुको अर्थ तैँले कुनै काम गर्दा सोच्नु पर्दैन, परमेश्वरले सबै कुरा सम्हाल्नुहुनेछ भन्ने सोच्थिस्? के त्यसले तँलाई काम नलाग्ने व्यक्ति बनाउँदैन र? परमेश्वरले मानिसहरूबाट तिनीहरू इमानदार, बुद्धिमानी होऊन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गरून् भन्ने माग गर्नुहुन्छ। के तँ यो बुझ्न सक्दैनस्? यदि तँ यी सत्यता सिद्धान्तहरू अनुसार काम गर्दैनस् भने, तँ सधैँ घाटा भोग्न र धोकामा पर्न नै लायक हुन्छस्। अन्त्यमा, जब तेरो जीवनमा कुनै उम्कने बाटो हुँदैन, तब तैँले कसलाई दोष दिन सक्छस्? तैँले आफै आफूमाथि त्यो कुरा ल्याएको होस्। तेरा कार्यहरू प्रेमका कारण थिएनन्; ती मूर्खतापूर्ण थिए! तैँले ठगलाई प्रसन्न पार्न पैसा सापटी दिइस्, तर जब तँलाई पैसा चाहिन्छ, तब के तैँले परमेश्वरको घरबाट पैसा माग्न सक्छस्? के परमेश्वरको घरले तेरा लागि यो जिम्मेवारी वहन गरिदिनुपर्छ? परमेश्वरको घरले यो खर्च बेहोरिदियोस् भन्ने अपेक्षा गरेर, के तँ परमेश्वरप्रति ऋणी भइरहेको हुँदैनस् र? जीवनमा कुनै उम्कने बाटो नहुँदा, तैँले कसरी आफ्नो कर्तव्य पूरा गर्न सक्छस्? यदि तैँले परमेश्वरलाई प्रार्थना गरिस् भने, परमेश्वरले तँलाई सन्तुष्ट नपार्नुहोला; यो त तैँले आफ्नो कर्मको फल पाएको हुनेछ, र यो तैँले पाउन लायक कुरा हुनेछ। तँलाई यति मूर्ख बन्न कसले भन्यो! के परमेश्वरले तँलाई त्यो व्यक्तिलाई भरोसा गर्न भन्नुभएको थियो? के उहाँले तँलाई त्यस व्यक्तिलाई पैसा सापटी दिन भन्नुभएको थियो? उहाँले भन्नुभएको थिएन; यो तेरो व्यक्तिगत कार्य थियो, यसले परमेश्वरको अभिप्रायलाई प्रतिनिधित्व गर्दैनथ्यो। यदि तेरा व्यक्तिगत कार्यहरू त्रुटिपूर्ण छन् र तिनले प्रतिकूल परिणामहरू ल्याउँछन् भने, तैँले आफै मात्रै जिम्मेवारी वहन गर्न सक्छस्। तैँले किन परमेश्वरको घरलाई जिम्मेवार बनाउनुपर्छ, वा परमेश्वरलाई तेरा लागि उत्तरदायी बनाउनुपर्छ र? परमेश्वरले तँलाई सुरक्षा नदिनुभएकोमा किन गुनासो गर्ने? तँ वयस्क होस्; तँमा किन अपेक्षा गरिएको मूल्याङ्कन क्षमताको कमी छ? के तैँले तँसँग पैसा माग्ने समाजका जोकोहीलाई पैसा सापटी दिनेथिइस्? तैँले यसबारे सोच्नुपर्छ, होइन र? कसैले अनुरोध गर्दा “दाजुभाइ-दिदीबहिनीहरू” भन्ने शीर्षक उल्लेख गर्यो भन्दैमा तैँले किन उसलाई पैसा सापटी दिनेथिइस् र के यसले तँ बुद्धू छस् भन्ने देखाउँदैन र? तँ बुद्धू मात्रै होइनस्, तँ मूर्ख होस्; महामूर्ख! के तँलाई सबै दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गरिरहेका छन्, तिनीहरू सबैले सत्यता बुझ्छन् भन्ने लाग्छ? तिनीहरूमध्ये कम्तीमा पनि एक तिहाइले सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरू अविश्वासीहरू हुन्। के तैँले यो कुरा खुट्ट्याउन सक्दैनस् र? के तँलाई सबै दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरको मुक्तिका पात्रहरू हुन्, तिनीहरू साँच्चै नै परमेश्वरद्वारा चुनिएका हुन् भन्ने लाग्छ? के तँलाई “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” भन्ने थाहा छैन र? दाजुभाइ-दिदीबहिनीहरूले कसलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले भ्रष्ट मानवजातिलाई प्रतिनिधित्व गर्छन्! यदि तैँले तिनीहरूलाई भरोसा गरिस् भने, के तँ मूर्ख भइरहेको हुँदैनस् र? तेरा व्यक्तिगत कार्यहरूले जे-जस्ता प्रतिकूल परिणामहरू ल्याए पनि, परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूलाई खोज्दै नजा; तँलाई कसैले पनि जोगाउन सक्दैन, न त कसैसँग तेरा लागि जिम्मेवारी वहन गरिदिने दायित्व नै हुन्छ। तैँले तीतोपन पैदा गरिस्, तैँले नै यसलाई वहन गर्नुपर्छ; जवाफदेहिता तेरो नै हुन्छ। यसका साथै, यी मामलाहरूलाई सङ्गति र छलफलका लागि मण्डली जीवनमा ल्याउने नगर्; कसैले पनि यो कुरा सुन्न चाहँदैन, र तेरा भद्रगोल मामलाहरू सम्हाल्ने दायित्व अरूको हुँदैन। यदि कसैले साँच्चै नै तँलाई सहयोग गर्न चाहन्छ भने, तिमीहरू दुवै जनाले यसलाई निजी रूपमा समाधान गर्न सक्छौ। बुझ्यौ?
यी मामलाहरूबारे सङ्गति गर्दा यसले मानिसहरूका लागि सम्झौटोका रूपमा काम गर्छ, तिनीहरूको ज्ञानलाई फराकिलो बनाउँछ, र तिनीहरूका लागि चेतावनीको घण्टी बजाउँछ, जसले परमेश्वरमा विश्वास गर्नेहरूका बीचमा सबै प्रकारका मानिसहरू हुन्छन् भन्ने कुरा स्पष्ट गर्छ। तिमीहरूले एउटा महत्त्वपूर्ण कुरा याद गर्नैपर्छ, जुन कुरा मैले पहिले पनि धेरै पटक उल्लेख गरेको छु: परमेश्वरमा विश्वास गर्नेहरू भ्रष्ट मानवजातिबाट चुनिएका हुन्छन्। यसले के जनाउँछ? यसले हरेक व्यक्तिलाई शैतानले भ्रष्ट तुल्याएको छ, हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ र उसले विभिन्न हदसम्म दुष्कर्म गर्न सक्छ, र सही प्रसङ्गभित्र, उसले परमेश्वरको प्रतिरोध गर्ने कामकुराहरू गर्न सक्छ भन्ने जनाउँछ। हामीले भर्खरै सङ्गति गरेका, तथ्य र झूटहरूलाई उल्ट्याउने र फाइदा उठाउन मन पराउने कार्य विश्वासीहरूले नै गर्छन्; गैरविश्वासीहरू हाम्रा लागि असान्दर्भिक छन्, त्यसकारण हामी यहाँ तिनीहरूलाई उल्लेख गर्नेछैनौँ। हामीले सङ्गति गरेका मानवताका यी प्रकटीकरणहरू ठ्याक्कै परमेश्वरमा विश्वास गर्ने मानिसहरूका प्रकटीकरणहरू नै हुन्। त्यसकारण, “दाजुभाइ-दिदीबहिनीहरू” को पदलाई भव्य, कुलीन, वा पवित्र र तोड्न नसकिने कुराका रूपमा नहेर्। यदि तैँले त्यसो गरिस् भने, त्यो तेरो मूर्खता हो। परमेश्वरले कहिल्यै यसो भन्नुभएको छैन, “दाजुभाइ-दिदीबहिनीहरू बहुमूल्य छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनी बनेपछि, तिनीहरू पवित्र पारिएका हुन्छन्, तिनीहरू परमेश्वरका विश्वासपात्र, पूर्ण रूपमा भरपर्दा बन्छन्; तैँले तिनीहरूलाई पूर्ण रूपमा भरोसा गर्न सक्छस्, र तिनीहरूले भन्ने वा गर्ने जुनै पनि कुरा सत्यता हुन्छ।” यस्तो कहिल्यै भएको छैन; यी तेरा धारणा र कल्पनाहरू हुन्। यदि तँ अझै पनि “दाजुभाइ-दिदीबहिनीहरू” भन्ने पदको पछाडि रहेको वास्तविक अर्थ देख्न सक्दैनस् भने, तँ साँच्चै नै मूर्ख छस्; तैँले व्यर्थैमा यतिका वर्ष प्रवचनहरू सुनिस्। तैँले आफू कस्तो प्रकारको व्यक्ति हुँ भन्ने समेत पत्ता लगाएको छैनस्, तैपनि तँ अरूलाई यति विश्वास गर्छस्, तिनीहरूलाई—दाजुभाइ-दिदीबहिनीहरूलाई—त्यस्तो पवित्र र भव्य ठान्छस्, “दाजुभाइ-दिदीबहिनीहरूलाई यो कुरा मन पर्दैन,” “दाजुभाइ-दिदीबहिनीहरू रिसाएका छन्”, “दाजुभाइ-दिदीबहिनीहरूलाई कष्ट भइरहेको छ”, “दाजुभाइ-दिदीबहिनीहरू यो र त्यो” भन्दै बकबक गरिरहन्छस्, स्नेहका साथ दाजुभाइ-दिदीबहिनीहरूका बारेमा कुरा गर्छस्। के तैँले परमेश्वरका वचनहरूमा कहीँकतै पनि दाजुभाइ-दिदीबहिनीहरू अत्यन्तै कुलीन र पवित्र, र भरपर्दा हुन्छन् भनेर लेखिएको देखेको छस्? त्यस्तो एउटा वाक्य पनि छैन, होइन र? त्यसोभए तँ किन तिनीहरूलाई त्यसरी हेर्छस्? त्यसले तँलाई सीधै मूर्ख बनाउँछ। त्यसकारण, तैँले दाजुभाइ-दिदीबहिनीहरूबाट जति नै धेरै हानि वा घाटा भोगे पनि, यो पूर्ण रूपमा तेरो आफ्नै गल्ती हो। अन्त्यमा, तैँले भोग्ने घाटा र बेफाइदाहरूलाई शिक्षण शुल्क ठान्। यो तैँले सिक्नुपर्ने पाठ हो। तिमीहरूले सधैँ यो कुरा याद गर्नैपर्छ: दाजुभाइ-दिदीबहिनीहरूले सत्यतालाई प्रतिनिधित्व गर्दैनन्, तिनीहरूले परमेश्वरलाई प्रतिनिधित्व गर्नु त परको कुरा हो; तिनीहरू परमेश्वरका घनिष्ठहरू, परमेश्वरका साक्षीहरू, वा परमेश्वरका प्रिय छोराछोरीहरू सरह होइनन्। दाजुभाइ-दिदीबहिनीहरू को हुन्? तिनीहरू पनि तँ जस्तै भ्रष्ट मानिसहरू हुन्; तिनीहरूसँग परमेश्वरका बारेमा धारणाहरू हुन्छन्, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरूसँग अहङ्कारी स्वभाव हुन्छ, क्रूर र दुष्ट स्वभाव हुन्छ, तिनीहरूले आफूलाई हरहिसाबमा परमेश्वरका शत्रुका रूपमा खडा गर्न, झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्न, र परमेश्वरमा विश्वास गर्ने भेषमा अरू दाजुभाइ-दिदीबहिनीहरूबाट फाइदा समेत उठाउन सक्षम हुन्छन्। यो सब भन्नुको उद्देश्य के हो? यो तँ र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा कलह रोप्नका लागि होइन, बरु तँलाई सबैको साँचो रङ्ग स्पष्ट रूपमा देख्न, “दाजुभाइ-दिदीबहिनीहरू” भन्ने पदलाई सही रूपमा लिन, तेरो वरिपरिका मानिसहरूलाई सही रूपमा लिन, र सबैसँग उचित अन्तरवैयक्तिक सम्बन्धहरू स्थापना गर्न सहयोग गर्नका लागि हो। दाजुभाइ-दिदीबहिनीहरूमाझ आफूलाई एक बनाउने उद्देश्यले व्यक्तिगत निगाहहरू, भौतिक आदानप्रदान, चापलुसी, चाटुकारिता, सहुलियत दिने, वा अरू त्यस्ता माध्यमहरूद्वारा अरूसँग असल सम्बन्धहरू स्थापना गर्ने वा कायम राख्ने प्रयास नगर्। यो अनावश्यक कुरा हो, र तैँले यस सन्दर्भमा गर्ने सबै कुरा परमेश्वरका लागि घृणित र तिरस्कार योग्य हुन्छ। त्यसोभए, मानिसहरूका बीचमा, जिउने सर्वोत्तम तरिका, जिउनका लागि हुनुपर्ने सबैभन्दा राम्रो मनोवृत्ति र सिद्धान्त के हो? यो परमेश्वरको वचन हो। परमेश्वरका वचनहरूले के भन्छन्? तिनले उचित र सामान्य अन्तरवैयक्तिक सम्बन्धहरू स्थापना गर्नू भनेर भन्छन्। यी सम्बन्धहरू कसरी स्थापित हुन्छन्? परमेश्वरका वचनहरूमा आधारित भएर अरूसँग अन्तरक्रिया गर्, बोल्, र सङ्गत गर्। उदाहरणका लागि, यदि कुनै व्यक्ति डेरा सरिरहेको छ र उसले तँसँग सहयोग गर्ने समय छ कि छैन भनेर तँलाई सोध्छ भने, यदि तँ इच्छुक छस् भने, तँ जान सक्छस्; यदि यसले तेरो कर्तव्यमा असर गर्नेछ भन्ने डरले तँ अनिच्छुक छस् भने, तैँले इन्कार गर्न सक्छस्। यो तेरो अधिकार हो र अवश्य नै, तैँले पालन गर्नुपर्ने सिद्धान्त पनि हो। तैँले तिनीहरूलाई चिढ्याउने वा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा रहेको सद्भाव बिथोल्ने डरले मन नलागी-नलागी र दोधारमा परी सहमति जनाएर, पछि हृदयमा अनिच्छा महसुस गर्दै, त्यसको फलस्वरूप तेरो कर्तव्य निर्वाहमा असर गर्नेगरी कुनै सहुलियत दिनु आवश्यक छैन। त्यसो गर्नु सिद्धान्तहरू विपरीत हुन्छ भन्ने तँलाई राम्ररी थाहा छ, तैपनि तँ अरूलाई सन्तुष्ट पार्न र असल सम्बन्ध कायम राख्नका खातिर दासले जस्तै तिनीहरूलाई शोषण गर्न र हैकम चलाउन दिन्छस्। तैँले अरू मानिसलाई सन्तुष्ट पार्नु असल कार्य होइन, र परमेश्वरले यो कुरा याद गर्नुहुनेछैन। तैँले अन्तरवैयक्तिक सम्बन्धहरू कायम राख्न मात्रै यसो गरिरहेको हुन्छस्; तैँले मण्डलीको कामका खातिर वा आफ्नो कर्तव्य पूरा गर्नका खातिर कार्य गरिरहेको हुँदैनस्, यो तेरो जिम्मेवारी वा दायित्व हुनु त परको कुरा हो। परमेश्वरले कहिल्यै त्यस्ता कार्यहरू याद गर्नुहुनेछैन, र तैँले ती कार्यहरू गरे पनि, तँ ती व्यर्थमा गर्छस्। त्यसकारण, त्यस्ता कुराहरू सामना गर्दा, के तैँले कसरी छनौट गर्ने भनेर गम्भीरतापूर्वक र होसियारीसाथ ख्याल गर्नु पर्दैन र? कतिपय मानिसहरूसँग सहयोग माग्ने गरिन्छ, तर तिनीहरूको कर्तव्यले वास्तवमा तिनीहरूलाई निकै व्यस्त राख्छ, र तिनीहरूले बस भेलामा सहभागी हुन वा केही आत्मिक भक्तिका लागि समय मिलाउन सकेका हुन्छन्। तिनीहरू स्पष्ट रूपमा नै जान चाहँदैनन्, र सिद्धान्तहरू अनुसार, तिनीहरू जानु पनि हुँदैन। तर, तिनीहरूले आफ्नो इज्जतको धेरै वास्ता गर्ने हुनाले, तिनीहरू इन्कार गर्न सक्दैनन्। अन्त्यमा, के हुन्छ? तिनीहरू ती नीच र फाइदा खोज्ने व्यक्तिहरूलाई आफ्नो शोषण गर्न दिन्छन्, र आफ्नो जीवन प्रवेशमा अर्पण गर्नुपर्ने समय बरबाद गर्छन्। के त्यो घाटा होइन र? यो तिनीहरूले बेहोर्न लायक घाटा हो! यस्तो घाटा भोग्ने कार्य अरूको सहानुभूति वा दयाको हकदार पटक्कै हुँदैन। यो बेहोर्नुपर्ने घाटा हो भनेर किन भनिन्छ? कसले तँलाई परमेश्वरका वचनहरूलाई बेवास्ता गर्न लगायो? तँलाई मानिसहरूलाई चिढ्याउँछु कि भन्ने डर मान्न कसले लगायो? यदि तँलाई परमेश्वरका वचनहरू सुन्नुभन्दा मानिसहरूलाई नचिढ्याउन ठीक लाग्छ भने, तँ यो घाटाको हकदार छस्! कतिपय भन्छन्, “मानिसहरू शून्यतामा जिउँदैनन्; मानिसहरूका बीचमा अन्तरक्रिया हुनैपर्छ।” तैँले कसरी अन्तरक्रिया गर्छस् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। कुन सत्यता सिद्धान्तहरू अनुरूप छ, परमेश्वरका अभिप्रायहरू अनुरूप छ, र कुनले तेरो जीवन प्रवेशमा बढी फाइदा गर्छ: सिद्धान्तहरूमा आधारित अन्तरक्रिया, कि सिद्धान्तहरूविनाको अन्तरक्रिया, सबै कुरालाई सहज बनाउन प्रयास गर्ने अनि मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्ति बन्नु? तँलाई कुन छनौट गर्ने भन्ने थाहा छ, होइन र? यदि तँलाई कसरी छनौट गर्ने भन्ने थाहा छ, तैपनि तँ दलदलमा फस्छस् भने, अन्तिम परिणाम तैँले मात्रै भोग्नुपर्छ। के त्यो स्पष्ट छैन र? (छ।)
दुष्ट मानिसहरूको मानवताका अझै धेरै प्रकटीकरणहरू छन्, र आजको सङ्गति सीमित थियो, यो तथ्य र झूटहरूलाई उल्ट्याउन र अरूबाट फाइदा उठाउन मन पराउने पक्षहरूमा मात्रै केन्द्रित थियो। यी दुई पक्षहरूका बारेमा सुनेपछि मात्रै धेरैजसो मानिसहरूसँग केही भावना र सुझबुझ पैदा हुन्छ, र तिनीहरू यसो भन्न थाल्छन्, “त्यसोभए खराब मानवता त यस्तो पो हुने रहेछ!” तर मण्डलीमा यस्ता मानिसहरू वास्तवमै हुन्छन्, त्यसकारण के गर्नुपर्छ? तिनीहरूको उपस्थिति ठूलो समस्या होइन, किनभने मण्डलीमा सिद्धान्तहरू र प्रावधानहरू छन्; यसले त्यस्ता व्यक्तिहरूलाई सम्हाल्न उचित उपायहरू अपनाउन सक्छ। यी मामलाहरूका बारेमा गरिएको आजको सङ्गतिको उद्देश्य भनेको धेरैजसो मानिसहरूलाई यी दुई प्रकारका दुष्ट मानिसहरूका बारेमा स्पष्ट बुझाइ र सुझबुझ प्राप्त गर्न, अनि त्यसपछि तिनीहरूलाई निकाल्नका लागि सँगै काम गर्न सक्षम बनाउनु हो।
नोभेम्बर २०, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।