अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४) खण्ड तीन

आ. व्यक्तिको मानवताका आधारमा

अब हामी दोस्रो वर्ग, तिनीहरूको मानवताका बारेमा कुरा गर्छौँ। व्यक्तिको मानवताका प्रकटीकरणहरूमार्फत, हामीले यो व्यक्तिले साँच्‍चै नै परमेश्‍वरमा विश्‍वास गर्छ कि गर्दैन र ऊ मण्डलीमा रहन उपयुक्त छ कि छैन भनेर खुट्ट्याउँछौँ र निर्धारित गर्छौँ। यदि, तिनीहरूको मानवताका प्रकटीकरण र प्रकाश र तिनीहरूको मानवताको सारका आधारमा, तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनीहरू होइनन्, तिनीहरू मण्डलीमा रहन उपयुक्त छैनन्, तिनीहरूको उपस्थितिले दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छ, र—तिनीहरूको व्यवहार अनुसार—तिनीहरू मण्डलीबाट निकालिनुपर्ने वा निष्कासित गरिनुपर्ने मानिसहरूको वर्गमा पर्छन् भने, मण्डलीले यी व्यक्तिहरूलाई निकाल्न वा निष्कासित गर्न तुरुन्तै तदनुरूप योजनाहरू निर्माण गर्नुपर्छ। अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबारे सङ्गति सबै किसिमका दुष्ट मानिसहरूलाई निकाला वा निष्कासनसँग सम्बन्धित छ। मानवताको दृष्टिकोणबाट हेर्दा, यी व्यक्तिहरूको मानवता निश्चित रूपमा नै खराब र दुष्ट हुन्छ; सरल भाषामा भन्दा, तिनीहरू बस असल हुँदैनन्। तिनीहरूको मानवताका प्रकटीकरणहरूका आधारमा, तिनीहरूलाई मण्डलीमा बाधाहरू दिन र परमेश्‍वरका चुनिएका मानिसहरूको मण्डली जीवन र तिनीहरूको कर्तव्य निर्वाहमा असर गर्न जारी राख्नबाट रोक्नका लागि मण्डलीबाट निकाल्नुपर्छ वा निष्कासित गरिनुपर्छ। त्यसकारण, कुन-कुन प्रकटीकरणहरूमार्फत हामीले व्यक्तिको मानवतालाई असल वा दुष्ट भनी मूल्याङ्कन गर्छौँ र त्यसमार्फत मण्डलीले उसलाई निकाला वा निष्कासित गर्नुपर्छ कि पर्दैन भनेर निर्णय गर्छौँ? संक्षेपमा भन्दा, दोस्रो वर्गमा—मानवतामा—धेरै बुँदाहरू समेटिएका पनि छन्, तर सुरुमा हामी पहिलो बुँदा सङ्गति गरौँ।

क. तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनु

पहिलो बुँदा तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूका बारेमा हो। तिमीहरू सबैले पक्कै पनि यस्तो प्रकारको व्यक्ति प्रायजसो देखेका छौ। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनुको प्राथमिक प्रकटीकरण के हो? सिद्धान्तहरूविना बोल्नु, अभिप्राय र उद्देश्यहरूका साथ सधैँ विवाद भडकाउनु, प्रतिकूल प्रभावहरू उत्पन्न गराउनु हो। स्पष्ट रूपमा नै, त्यस्ता मानिसहरूको बोलीवचनमा गम्भीर समस्याहरू हुन्छन्, जसको जडमा खराब स्वभाव र मानवताको कमी हुन्छ, जसले गर्दा तिनीहरू तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउँछन्। यसलाई यस शब्दको दृष्टिकोणबाट हेर्दा, “तथ्य र झूटहरूलाई उल्ट्याउनु” को अर्थ प्रायजसो तथ्यलाई झूट, र झूटलाई तथ्य भनेर दाबी गर्नु हो; यो कालो-सेतोलाई उल्ट्याउनु र तथ्यहरूमा असत्य विवरणहरू थपेर रङ्ग चढाउनु, आधारहीन आरोपहरू लगाउनु, आधारहीन मूल्याङ्-कनहरू गर्नु, र आफूलाई जसरी मन लाग्छ त्यसरी बोल्नु समेत हो। त्यस्ता मानिसहरूले कहिले पनि कामकुराहरूलाई सकारात्मक दृष्टिकोणले हेर्दैनन्; तिनीहरूले भन्‍ने कुराले मानिसहरूको आत्मोन्नति गर्दैन, र यसले मानिसहरूलाई कहिँकतै फाइदा वा सहयोग गर्दैन। तिनीहरूसँग अन्तरक्रिया गर्ने, संलग्‍न हुने, र कुराकानी गर्ने क्रममा, तिनीहरू बोलेको सुन्दा त्यसले प्रायजसो मानिसहरूको हृदयलाई अन्धकार र धमिलोपनमा डुबाउँछ, जसले तिनीहरूलाई आफ्नो विश्‍वासमा आस्थासमेत गुमाउने तुल्याउँछ, फलस्वरूप तिनीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्ने कुनै झुकाव हुँदैन, र तिनीहरूले आत्मिक भक्ति र भेलाहरूका समयमा आफ्नो मन शान्त पार्न सक्दैनन्। तिनीहरू के सही र के गलत हो भन्‍ने बारेमा गरिने दाबीहरू र त्यस्ता व्यक्तिहरूले फैलाउने गफहरूद्वारा प्रायजसो मन र आत्मामा अशान्त हुन्छन्, र तिनीहरू सबैलाई प्रतिकूल रूपमा हेर्न थाल्छन् र अरूमा गल्तीहरू बाहेक केही पनि देख्दैनन्। प्रायजसो, तथ्य र झूटहरूलाई उल्ट्याएको सुनेपछि, मानिसहरूको सामान्य सोचाइमा बाधा पुग्छ, र मामलाहरूप्रतिको तिनीहरूका सही दृष्टिकोणसमेत खलबलिन्छ, जसले तिनीहरूलाई के सही हो र के होइन भनेर खुट्ट्याउन गाह्रो बनाउँछ। तथ्य र झूटहरूलाई उल्ट्याउने मानिसहरूले भन्‍ने केही कुराहरूका कारण सुझबुझको कमी भएका मानिसहरू थाहै नपाई प्रायजसो प्रलोभित हुन्छन् र परीक्षामा पर्छन्। तिनीहरू सोच्छन्, “यी मानिसहरूले कसैलाई हानि गरेका छैनन्, तिनीहरू सामान्य रूपमा नै भेलाहरूमा सहभागी हुन्छन्, कहिलेकाहीँ तिनीहरू दान र अरूलाई सहयोग समेत गर्छन्, र तिनीहरूले कुनै नराम्रो काम गरेका छैनन्।” तर, त्यस्ता व्यक्तिहरूसँगको तिनीहरूको अन्तरक्रियाका परिणामहरू प्रायजसो के हुन्छन् भने, तिनीहरू सही र गलतका मामिलाहरू र परीक्षामा डुब्छन्, र मानिसहरूबीचका भावनात्मक उल्झनहरू, र अनुचित अन्तरवैयक्तिक सम्बन्धहरूमा डुब्छन्। तथ्य र झूटहरूलाई उल्ट्याउने यी मानिसहरू मानिसहरूबीचका उचित सम्बन्धहरूलाई खलबल्याउने र मानिसहरूको मनभित्र रहेका केही शुद्ध बुझाइहरूलाई अन्तर्ध्वंस गर्ने कार्यमा निपुण हुन्छन्। तिनीहरूका दृष्टिकोणमा, असल सम्बन्ध भएका र एक-अर्कालाई साथ र सहयोग दिन सक्‍ने जुनसुकै व्यक्तिहरू तिनीहरूको गुप्त आक्रमण र आलोचनाको निसाना बन्छन्। त्यसै गरी, केही बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने र आफूलाई धेरथोर समर्पित गर्ने जोकोही पनि तिनीहरूका आक्रमणको निसाना बन्छ। कुनै कुरा जति नै असल वा सकारात्मक भए पनि, तिनीहरूले त्यसलाई बदनाम गर्ने उपायहरू पत्ता लगाउँछन्। तिनीहरू सबै कुराको अप्रत्यक्ष आलोचना गर्छन्, हरेक मामलामा टिप्पणी गर्छन्, र सबै मुद्दाहरूमा आफ्नै दृष्टिकोण राख्छन्। यी दृष्टिकोणहरू पटक्‍कै सच्‍चा दृष्टिकोणहरू हुँदैनन्; बरु, तिनीहरू बकवास गर्छन्, साँचो तथ्य र झूटहरूलाई अलमल्याउँछन्, र कालो-सेतोलाई उल्ट्याउँछन्; कुनै उद्देश्य हासिल गर्न, वा मानिसहरूका बीचमा कलह पैदा गर्न, वा निश्‍चित व्यक्तिहरूलाई बदनाम गर्नका लागि, तिनीहरू तथ्यहरूमा झूटा विवरणहरू थपेर रङ्ग चढाएर र आधारहीन आरोपहरू लगाएर, तिललाई पहाड बनाएर जानी-जानी र जथाभाबी कुराहरू गढ्छन्। तथ्यहरू थाहा नभएका मानिसहरूले तिनीहरूको कुरा सुन्छन् र तिनीहरूका दाबी उचित देखिन्छन् र ती झूटा हुन सक्दैनन् भन्‍ने सोच्छन्, र यसरी तिनीहरू बहकाउमा पर्छन्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यस्तो प्रकारको व्यक्तिले कुनै पनि सकारात्मक मामलाको अप्रत्यक्ष आलोचना गर्छ। के तिनीहरूमा इन्साफको बोध भएकाले तिनीहरूले यस्तो गर्छन्? (होइन।) तिनीहरू सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्ने, बफादार हुने, उत्साहका साथ आफूलाई समर्पित गर्ने, र विवेक र समझ भएका मानिसहरूप्रति अवज्ञाकारी हुन्छन् र तिनीहरूलाई सम्मान गर्दैनन्। त्यसोभए, यी व्यक्तिहरूले जथाभावी बोल्‍नुको कारण के हो? यसको जड कहाँ हुन्छ? तिनीहरूले किन सधैँ तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउँछन्? (किनभने तिनीहरूको मानवता खराब हुन्छ।) ठीक भन्यौ; यो खराब मानवताका कारण हुन्छ। यदि तिनीहरूको मानवता असल भएको भए, तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउनेथिएनन्। बोलचाल विवेक र चेतनामा आधारित हुनुपर्छ; हरेक मोडमा विकृत सिद्धान्त र विधर्महरू बोल्न मिल्दैन। तथ्य र झूटहरूलाई उल्ट्याउनुको जड खराब मानवता हो। त्यस्ता मानिसहरूले जे भने पनि त्यसको स्वाद अमिलो नै हुन्छ; हल्का रूपमा भन्दा, तिनीहरूले अरूलाई मूल्याङ्कन गरिरहेका हुन्छन्, तर वास्तवमा, तिनीहरूका शब्दहरूमा निन्दा गर्ने र श्राप दिने दुर्भावनापूर्ण अभिप्रायका केही तत्त्वहरू, र उक्साहट, डाहा, अवज्ञा, घृणाका सङ्केतहरू, र मानिसहरूले दुर्भाग्य सामना गर्दा उसलाई पेलेर खुसी लिने सङ्केत समेत हुन्छन्। सारांशमा भन्दा, तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउनुका मुख्य विशेषताहरू यिनै हुन्। यी विशेषताहरूबाहेक, त्यस्ता व्यक्तिहरूमा अर्को आम विशेषता हुन्छ: तिनीहरूले आफूसँग जे छैन, त्यो कुरा भएका मानिसहरूलाई घृणा गर्छन्, र तिनीहरूसँग जे कुरा छ, त्यो नभएका मानिसहरूलाई हाँसोमा उडाउँछन्। के तिनीहरूको मानवता असल हुन्छ? (हुँदैन।) आफूसँग जे छैन, त्यो भएका मानिसहरूलाई घृणा गर्ने, र आफूसँग जे छ, त्यो नभएका मानिसहरूलाई हाँसोमा उडाउने यस्ता प्रकारका व्यक्तिहरूलाई आफूभन्दा राम्रो जोसुकै व्यक्तिप्रति डाहा लाग्छ र तिनीहरूले उसको पिठ्यूँपछाडि उसको कुरा काट्छन्, उसलाई आलोचना र निन्दा गर्छन्; जबकि, यदि कुनै व्यक्ति तिनीहरूभन्दा कमसल छ भने, तिनीहरूले उसलाई गिल्ला गर्न, व्यङ्ग्य गर्न, र होच्याउन तयार हुँदै नाक खुम्चाएर हाँस्छन्। तिनीहरूले कुनै पनि मामिलालाई सही तरिकाले बुझ्न सक्दैनन्, वा सबैभन्दा आधारभूत मानव नैतिकताहरूका आधारमा त्यसलाई लिन सक्दैनन्। तिनीहरूले कसैका लागि आशिष्‌हरूको कामना गर्नु पर्दैन, न त तिनीहरूले कसैको भलाइ चाहनु वा सबै कुरा उसले चाहे अनुसार अघि बढोस् भन्‍ने कामना गर्नु, वा ऊ सही मार्गमा हिँडोस् भन्‍ने कामना गर्नु नै पर्छ; तर कम्तीमा पनि, तिनीहरूले कुनै दुर्भावना नपाली अरूलाई सही तरिकाले मूल्याङ्कन त गर्नुपर्छ—तिनीहरू यसमा समेत असफल हुन्छन्। तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउनुको मुख्य कारण के हो? स्पष्ट रूपमा नै, तिनीहरूको बोलीवचनबाट, र अरूप्रतिको तिनीहरूको मनोवृत्तिबाट, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोच्छन् र अरूसँग कसरी व्यवहार गर्छन् भन्‍ने कुराबाट, यस्तो प्रकारका मानिसहरूको मानवता दुर्भावनापूर्ण छ भन्‍ने कुरा प्रस्ट हुन्छ। यस्ता प्रकारका मानिसहरूले तथ्य र झूटहरूलाई उल्ट्याउन आफ्नो मुख मात्रै प्रयोग गर्ने भए पनि, यी कार्यहरूका पछाडि तिनीहरूको हृदयभित्र तिनीहरूले हासिल गर्न चाहने उपलब्धि र उद्देश्यहरू, साथै मानिसहरू र कामकुराहरूप्रतिको तिनीहरूका साँचो दृष्टिकोण र मनोवृत्तिहरू हुन्छन्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनेहरूले सत्यतालाई राम्ररी बुझ्छन् कि बुझ्दैनन्, र तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् कि होइनन् भन्‍ने कुरालाई अहिलेका लागि पन्छाएर हेर्दा, तिनीहरूको मानवताको यो विशेषता—तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनुका आधारमा—के तिनीहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूमा कुनै असल, वा सकारात्मक प्रभाव पार्न सक्छन्? (सक्दैनन्।) बिलकुलै सक्दैनन्!

तथ्य र झूटहरूलाई उल्ट्याउनेहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन् भन्‍ने कुरा हेर्नका लागि हामी केही निश्‍चित उदाहरणहरू हेरौँ। उदाहरणका लागि, मानौँ, एक जना बहिनी छिन् जसको परिवार निकै समृद्ध छ, तर सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिनका खातिर, उनले देहसुख त्यागेकी छिन् र आफ्नो कर्तव्य पूरा गर्न घर छोडेकी छिन्। मलाई भन, सामान्य मानिसहरूले यो परिस्थितिलाई कसरी हेर्नेथिए? के तिनीहरूले उनको सराहना र डाहा गर्नेथिएनन् र? कम्तीमा पनि, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न देहसुख त्याग गर्न सक्‍ने यी बहिनी सराहनीय र अनुकरण गर्न लायक छिन् भन्‍ने सोच्नेथिए। तर तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनेहरूले उनीबारे कस्तो टिप्पणी गर्छन्? तिनीहरू भन्छन्, “उनले दिनभरि बाहिर गएर सुसमाचार प्रचार गर्नका लागि धनी व्यक्तिको जीवन त्यागिरहेकी छिन्; यदि उनी यसरी नै चलिरहिन् भने, ढिलो-चाँडो उनको श्रीमानले उनलाई घरबाट निकाल्नेछ! के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌हरू प्राप्त गर्नु र आनन्द लिनुसँग सम्‍बन्धित छैन र? उनलाई हेर त, उनीसँग आशिष्‌हरू त छन् तर उनले तिनको आनन्द लिन जान्दिनन्, सारा हृदयले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार र करियरलाई त्यागेकी छिन्; के त्यो मूर्खता होइन र? मेरो परिवार त्यति धनी भएको भए, म त घरमै रमाइलो गरेर बस्नेथिएँ।” मलाई भन, के ती शब्दहरूमा मानवता अनुरूप, अरूको आत्मोन्नति गर्ने वाक्य एउटा पनि छ? (छैन।) केही सुझबुझ भएका मानिसहरूले यो सुनेपछि सोच्नेथिए, “के यो तथ्यहरूलाई बङ्ग्याउनु होइन र? विश्‍वासीले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नका लागि सबै कुरा त्याग्‍नु, र भौतिक सुखहरूको पछि नलाग्‍नु अन्तर्निहित रूपमा नै सकारात्मक कुरा हो, तर तिनीहरूले यसलाई निन्दा गरिरहेका छन्।” यदि कुनै सुझबुझ नभएको व्यक्तिले यो कुरा सुन्यो भने, ऊ बहकाउ र बाधामा पर्नेथियो; परमेश्‍वरमा विश्‍वास गर्ने उसको जोस, र आफ्नो कर्तव्य पूरा गर्नका लागि कामकुरा त्याग्‍ने र आफूलाई समर्पित गर्ने उसको उत्साह तुरुन्तै गम्भीर रूपमा क्षय हुनेथियो। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूका शब्दहरू थोरै भए पनि, तिनले अरूमा पार्ने नकारात्मक प्रभाव ठूलो हुन्छ, त्यो कसैलाई केही समयसम्म नकारात्मक महसुस गराउन र पहिलेको अवस्थामा फर्कन नसक्ने तुल्याउन पर्याप्त हुन्छ। के कुरा यही होइन र? (हो।) विश्वसनीय लाग्ने केही शब्दहरू सुन्दा मात्रै पनि कतिपय मानिसहरू विषाक्त हुन सक्छन्। त्यस्ता विषालु शब्दहरू बोल्न सक्‍ने मानिसहरूको मानवताका बारेमा यसले के भन्छ? (यो खराब हुन्छ।) के तिनीहरूका शब्दहरूमाझ यस्तो कुनै वाक्य छ, जुन सुनेपछि त्यसले कसैको आस्थालाई बढाउन सक्छ? (छैन।) यी सबै शब्दहरू के हुन्? विस्तारमा भन्दा, ती सबै अविश्‍वासीहरूका शब्दहरू हुन्; परमेश्‍वरलाई पछ्याउनेहरूले तीमध्ये एउटा वाक्य पनि बोल्नु हुँदैन। अझै विशिष्ट रूपमा भन्दा, यी मानिसहरूले बोलेको एउटा वाक्यले पनि कुनै मानवतालाई प्रतिबिम्बित गर्दैन। मानवताको कमी हुनु भनेको के हो? यसको अर्थ नैतिकता समेत नहुनु हो। नैतिकताको कमी हुनु भनेको के हो? त्यस बहिनीको जीवन अवस्था राम्रो छ र उसको परिवार समृद्ध छ, अनि यी मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ? के यो बस डाहा गर्ने, त्यसपछि राम्रो कामना गरेर अघि बढ्ने खालको हुन्छ? (हुँदैन।) त्यसोभए, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? डाहा, रिस, द्वेष, र हृदयमा गुनासाहरू पाल्नु: “के ऊ यति धेरै पैसा राख्न लायक छे? मसँग किन त्यति धेरै पैसा छैन? परमेश्‍वरले किन उसलाई आशिष् दिन्छन् तर मलाई दिँदैनन्?” त्यो बहिनी धनी र समृद्ध छे, त्यसकारण तिनीहरूले सराहना वा शुभकामनाको एउटा शब्द पनि नबोली मनमा डाहा र घृणा अनुभूति गर्छन्। यसले सबैभन्दा आधारभूत नैतिकता समेत पूर्ण रूपमा नभएको सङ्केत गर्छ। त्यो बहिनी धनी छे, त्यसकारण तिनीहरूले लगभग उसलाई लुट्ने वा उनको सम्पत्ति ठग्‍ने प्रयास गर्ने हदसम्म पुग्ने गरी घृणा पाल्छन्। यसको साथै, यो बहिनी समृद्ध परिवारमा बस्छे, तैपनि उसले गएर आफ्नो कर्तव्य पूरा गर्नका लागि राम्रो जीवन अवस्था र भौतिक सुखसयलहरू त्याग्‍न सक्छे; परमेश्‍वरका विश्‍वासीका लागि, यो बधाई दिन लायक कुरा हो, यो सराहना र डाहा गर्न लायक कुरा हो। मानिसहरूले उसको भलाइको कामना, र ऊसँग नजिक हुने र उसलाई अनुकरण गर्ने प्रयास गर्नुपर्ने हो। तर तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यी मानिसहरूसँग भन्‍नलाई यस्तो कुनै कुरा हुन्छ? (हुँदैन।) तिनीहरू कसरी बोल्छन्? हरेक वाक्यमा कठोर शब्दहरू र घृणाको सङ्केत हुन्छ। तिनीहरू किन यसरी बोल्न सक्छन्? किनभने तिनीहरूलाई आफ्नै परिस्थितिप्रति चित्त बुझेको हुँदैन र तिनीहरू त्योदेखि असन्तुष्ट हुन्छन्, तिनीहरूले घृणा पालेका हुन्छन्, र त्यसकारण तिनीहरू यो धनी बहिनीमाथि आफ्नो रिस पोख्छन्। परमेश्‍वरका विश्‍वासीका रूपमा, व्यक्तिले आफ्नो कर्तव्य सक्रिय रूपमा पूरा गर्न र सत्यता पछ्याउन सक्‍नेहरूलाई विशेष रूपमा कदर गर्नुपर्छ, सराहना गर्नुपर्छ, तिनीहरूबाट सिक्‍नुपर्छ, र तिनीहरूलाई अनुकरण गर्नुपर्छ। यी मानिसहरूले आफ्ना कमजोरीहरूलाई पूर्ति गर्नका लागि त्यो बहिनीका सबल पक्षहरूबाट सिक्‍नुको सट्टा, उसलाई मूर्ख भन्दै उसको गिल्ला गर्छन् र उसको श्रीमानले ऊसँग सम्बन्धविच्छेद गरोस् भन्‍ने समेत आशा गर्छन्; तिनीहरू उसको पतन हेर्न प्रतीक्षा गरिरहेका हुन्छन्। यदि त्यो बहिनीसँग साँच्‍चै नै उसको श्रीमानले सम्बन्धविच्छेद गऱ्यो भने, के तिनीहरू प्रसन्न महसुस गर्नेथिएनन् र? के तिनीहरूको चाहना पूरा हुनेथिएन र? यसले तिनीहरूका साँचो भावनाहरू, साथै तिनीहरूको अभिप्राय र उद्देश्यलाई पनि प्रतिबिम्बित गर्छ। तिनीहरू अरूको भलाइ सोच्दैनन्; कसैले राम्रो गरिरहेको वा तिनीहरूभन्दा राम्रो भएको देख्दा, तिनीहरू डाहा र घृणाले भरिन्छन्। परमेश्‍वरमाथिको अरू कसैको आस्था जति नै दह्रिलो भए पनि, यदि त्यो व्यक्ति तिनीहरूभन्दा असल छ भने, तिनीहरू त्यो कुरा पटक्‍कै मान्दैनन्। तिनीहरूमा पूर्ण रूपमा मानवताको कमी हुन्छ, र तिनीहरू आशिष् वा आत्मोन्नतिको एउटा शब्द समेत बोल्न असमर्थ हुन्छन्। तिनीहरू किन त्यस्ता शब्दहरू बोल्न सक्दैनन्? किनभने तिनीहरूको मानवता अत्यन्तै दुष्ट हुन्छ! तिनीहरूले बोल्न नचाहने, वा तिनीहरूसँग सही शब्दहरूको कमी हुने होइन; बरु, तिनीहरूको हृदय डाहा, घृणा, र आक्रोशले भरिएको हुन्छ, जसले तिनीहरूलाई आशिष्‌का शब्दहरू बोल्न असम्भव बनाउँछ। त्यसोभए, के तिनीहरूको हृदय त्यस्ता भ्रष्ट कुराहरूले भरिएको छ भन्ने तथ्यले तिनीहरूको मानवता दुर्भावपूर्ण छ भन्‍ने कुराको सङ्केत गर्न सक्छ? (सक्छ।) सक्छ। तिनीहरूले त्यस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले, अरूलाई यो कुरा खुट्ट्याउन सजिलो हुन्छ, र अरूले तिनीहरूको भ्रष्ट सारलाई छर्लङ्ग देख्‍न सक्छन्।

अर्को उदाहरण हेरौँ। एक जना बहिनी थिइ, जसले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, सधैँ आफ्नो देउरानीसँग विवाद गर्थी। पछि, तिनीहरू दुवैले परमेश्‍वरमा विश्‍वास गर्न थाले, र परमेश्‍वरका वचनहरू खाएर-पिएर केही सत्यताहरू बुझ्न पुगे। तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्नुपर्छ र अरूसँग कसरी मिलेर बस्नुपर्छ भन्‍ने कुरा बुझे, र तिनीहरूको भ्रष्टता प्रकट हुँदै जाँदा तिनीहरूले एक-अर्कासँग खुलस्त हुन र आफूलाई चिन्‍ने प्रयास गर्न सके, जसले तिनीहरूको सम्बन्धलाई झन्-झन् सौहार्दपूर्ण हुँदै जाने बनायो। कतिपय मानिसहरू तिनीहरूलाई डाहा गर्थे र भन्थे, “तिनीहरूलाई हेर त, सारा परिवारले परमेश्‍वरमा विश्‍वास गर्छ र जेठानी-देउरानीहरू त आफ्नै दिदीबहिनी जस्तै छन्। के यो सबै परमेश्‍वरमाथिको तिनीहरूको आस्थाका कारण भएको होइन र? गैरविश्‍वासीहरूका परिवारहरू पटक्‍कै मिलेर बस्न सक्दैनन्, एउटै आमाका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा समेत सधैँ एक-अर्कासँग झगडा र प्रतिस्पर्धा हुन्छ। विश्‍वासीहरू निकै राम्रा हुन्छन्; जेठानी-देउरानीहरू आफ्नै दिदीबहिनी नभए पनि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेसम्म, तिनीहरूका पछ्याउने उद्देश्यहरू साझा भएसम्म, तिनीहरू एउटै मार्गमा हिँडेसम्म, र एउटै भाषा बोलेसम्म, तिनीहरू आत्मामा अनुकूल हुन्छन्, जुन अद्भुत कुरा हो!” यसले के देखाउँछ भने, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू गैरविश्‍वासीहरूभन्दा फरक हुन्छन्। फरक-फरक परिवारका मानिसहरू समान उद्देश्य र पछ्याइहरू लिएर भेला हुन्छन्, र तिनीहरू परमेश्‍वरको घरमा र परमेश्‍वरको अघि मिल्ने खालका हुन्छन्। यसो भन्‍नुको उद्देश्य भनेको यो परमेश्‍वरका वचनहरू र कामको प्रभाव, परमेश्‍वरले मानिसहरूलाई दिनुभएको अनुग्रह हो भन्‍ने कुरा मानिसहरूलाई थाहा दिनु हो। यो गैरविश्‍वासीहरूसँग नभएको र तिनीहरूले आनन्द लिन नसक्‍ने कुरा हो। कम्तीमा पनि, यो सुनेपछि परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरमाथिको आस्थाप्रति सकारात्मक दृष्टिकोण हुनु राम्रो कुरा हो भन्‍ने लाग्‍नुपर्ने हो। तर तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने व्यक्तिले यसबारे के भन्छ, सुन: “हत्तेरी! बाहिरबाट हेर्दा ती जेठानी-देउरानी मिलेर बस्‍ने, भेलाहरूको दौरान सामञ्जस्यपूर्ण भए जस्तो देख्छौ होला—तर के तिनीहरू बेला-बेलामा एक-अर्कासँग बाझ्ने पनि गर्दैनन् र? तिमीलाई थाहा छैन, तिनीहरूबीच साह्रै भनाभन हुन्थ्यो!” अरूले भन्छन्, “तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेकाले र सत्यता नबुझेकाले विगतमा विवाद र बहसहरू गर्थे। अहिले तिनीहरू एकदमै मिलेर बस्छन्! किनभने अहिले तिनीहरू दुवैले परमेश्‍वरमा विश्‍वास गर्छन्, केही सत्यताहरू बुझ्छन्, र सङ्गतिमा एक-अर्कासँग खुलस्त हुन र आफ्नै भ्रष्टताहरू चिन्‍न सक्छन्, र प्रायजसो सँगै आफ्नो कर्तव्य पूरा गर्छन्। तिनीहरूका बीचमा अझै पनि केही खटपट भए पनि, तिनीहरूले सामान्यतया एक-अर्कासँग आफ्ना गल्तीहरू स्वीकार गर्न, र आफूले गर्ने सबै कुरामा एक-अर्काको परामर्श लिन सक्छन्। यो कुनै पनि गैरविश्‍वासीले हासिल गर्न सक्‍ने कुरा होइन, रगतको नाता भएका आफन्तहरूले समेत यो हासिल गर्न सक्दैनन्।” तैपनि, तथ्य र झूटहरूलाई उल्ट्याउने व्यक्तिले भन्छ, “कुन परिवारमा झगडा हुँदैन र? जेठानी-देउरानीको त कुरै छोडौँ, आफ्‍नै दिदीबहिनीको बीचमा समेत झगडा हुन्छ, होइन र? अहिले तिनीहरूबीच भएजस्तो लाग्न सामञ्जस्यता अरूलाई देखाउनका लागि मात्रै हो। तिनीहरूको ससुरा मरेपछि, तिनीहरूले सम्पत्तिको उत्तराधिकारका लागि लडाइँ गर्दैनन् भन्‍ने कुरामा म विश्‍वास गर्न मान्दिनँ! के परमेश्‍वरमा विश्‍वास गर्नु त चाहना, एक प्रकारको आत्मिक सान्त्वना मात्रै होइन र? के तिनीहरूले यसका लागि साँच्‍चै नै यति धेरै सम्पत्ति त्याग्‍न सक्छन्? हुनै सक्दैन!” के यी शब्दहरूमा तथ्यहरू अनुरूप एउटा पनि अभिव्यक्ति छ? के तिनमा मानिसहरूको भलाइको कुनै कामना, कुनै आशिष् छ? (छैन।) अरूले पनि आफूले जस्तै परमेश्‍वरको अनुग्रहको आनन्द लिइरहेका देखेर, के परमेश्‍वरमा विश्‍वास गर्नु वास्तवमै असल कुरा हो भन्‍ने व्यक्तिगत भावना व्यक्त गर्ने कुनै कुरा छ? (छैन।) तथ्य र झूटहरूलाई उल्ट्याउने मानिसहरूका दृष्टिकोणमा, दाजुभाइ-दिदीबहिनीहरूमाझ घट्ने यी व्यक्तिगत रूपान्तरणहरू सबै छलपूर्ण हुन्छन्; परमेश्‍वरमा विश्‍वास गरेर हुने सत्यता प्राप्ति र स्वभावमा आउने परिवर्तनहरू सबै झूटा हुन्छन्; परमेश्‍वरले मानिसहरूलाई शुद्ध गर्न सक्‍नुहुन्छ, परमेश्‍वरले मानिसहरूलाई परिवर्तन गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा तिनीहरू विश्‍वास गर्दैनन्। तिनीहरूका शब्दहरूबाट, मानिसहरूलाई तिनीहरूले गर्ने स्वेच्छाचारी दोषारोपण, घृणा, र श्राप मात्रै होइन, तर परमेश्‍वरको काम र उहाँका वचनहरूले मानिसहरूमा हासिल गरेको प्रभावप्रति तिनीहरूको अविश्‍वास र इन्कार पनि देख्‍न सकिन्छ। जेठानी-देउरानीको सम्बन्ध राम्रो छ, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासका कारण, तिनीहरू सँगै हुँदा एक-अर्काप्रति सहनशीलता र धैर्यता देखाउँछन्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यो व्यक्तिलाई हृदयमा असहज र असन्तुष्ट महसुस हुन्छ, त्यसकारण उसले दिदीबहिनीहरूका बीचमा कलह पैदा गर्नका लागि हरसम्भव प्रयास गर्छ, उसले जेठानी-देउरानीको भेट हुँदा उनीहरूलाई बहस गर्न र झगडा गर्न लगाउन सक्यो भने, ऊ खुसी हुन्छ। यो कस्तो खालको व्यवहार हो? यो कस्तो खालको मानसिकता हो? तिनीहरूको मानसिकतालाई मूल्याङ्कन गर्दा, के यो अलिक अनैतिक कुरा होइन र? (हो।) तिनीहरूको व्यवहारका हिसाबमा भन्दा, के यो घृणित छैन र? (छ।) तैपनि, यस प्रकारका मानिसहरू अझै पनि मण्डली जीवनमा सहभागी हुन्छन्, र कर्तव्य पूरा गर्नेहरूका बीचमा, तिनीहरू जस्ता मानिसहरूको कुनै कमी हुँदैन। यी मानिसहरूलाई सामान्यतया “विषालु जिब्रो” भएका मानिस भनेर भनिन्छ। वास्तवमा, तिनीहरूको जिब्रो मात्र विषालु हुँदैन; तिनीहरूको भित्री संसार पनि अत्यन्तै अँध्यारो र विषालु हुन्छ! दाजुभाइ-दिदीबहिनीहरूले जस्तोसुकै असल अनुभवात्मक गवाही सुनाए पनि, तिनीहरूका नजरमा, यी सबै कृत्रिम र काल्पनिक हुन्छन्, र तिनमा कुनै विशेष कुरा हुँदैन। परमेश्‍वरले जसमा न्याय र सजायको काम गर्नुभए पनि, र फलस्वरूप तिनीहरूले उल्लेखनीय लाभहरू प्राप्त गरेर तिनीहरू खडा हुन र आफ्नो अनुभव साझा गर्न र परमेश्‍वरको गवाही दिन सक्‍ने भए पनि—भित्र गहिराइमा, यी व्यक्तिहरू यस कुरालाई घृणा गर्छन्, र सोच्छन्, “त्यसमा यति ठूलो के कुरा छ र? यति धेरै प्रवचन सुनेपछि, के जोसुकैले केही बुझाइ प्राप्त गर्दैन र? तिमी अनुभवात्मक गवाही लेख लेखेरै सन्तुष्ट हुन्छौ, आफूलाई विजेता ठान्छौ? भविष्यमा कामकुराहरू खराब भएर जाँदा तिमीले अझै परमेश्‍वरका बारेमा गुनासो गर्छौ कि गर्दैनौ, हेरौँला। यदि परमेश्‍वरले तिम्रो सन्तान खोसिदिनुभयो भने, तिमी रुन्छौ कि रुँदैनौ, र तिमीले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न सक्छौ कि सक्दैनौ भनेर हेरौँला!” तिमीहरूलाई तिनीहरूको हृदय के कुराले भरिएको हुन्छ भन्‍ने लाग्छ? पूरै संसार अराजकतामा होओस् भन्‍ने चाहना गर्नु, मानिसहरू सही मार्गमा हिँड्छन् भन्‍ने डर मान्‍नुले भरिएको हुँदैन र? सारांशमा भन्दा, कसैको परिवारमा जेसुकै भए पनि, तिनीहरूलाई त्यसबारे केही टिप्पणी गर्नैपर्छ, तर तिनीहरूले जे भने पनि, यी सबै मानिसहरूको एउटै विशेषता हुन्छ, जुन के हो भने, तिनीहरूले कसैको राम्रो होस् भन्‍ने सोच्दैनन्—तिनीहरू सबैसँग कुनै सद्गुण नभए जस्तो गरी उनीहरूका बारेमा कुरा गर्छन्; तिनीहरू अरूलाई रद्दी ठानेर उनीहरूका बारेमा कुरा गर्दा खुसी हुन्छन्, र तिनीहरू सधैँ अरूको दुर्भाग्यमा हर्षित भइरहेका हुन्छन्। यदि कसैको परिवार समृद्ध छ भने, तिनीहरू डाहा, रिस, र घृणा गर्छन्, हृदयमा निरन्तर गुनासो गर्छन्, र परमेश्‍वरले त्यो व्यक्तिले आनन्द उठाउने सम्पत्ति र अनुग्रह खोस्नुहोओस्, र तिनीहरूलाई दिनुहोओस् भन्ने चाहना गर्छन्। यी व्यक्तिहरूले मानिसहरूको पिठ्यूँपछाडि बोल्ने गुनासाहरू सुन्नै असहनीय हुन्छन्। के तिनीहरू कुनै पनि हिसाबमा परमेश्‍वरका विश्‍वासीहरू जस्ता हुन्छन्? अवश्य नै, यस्ता प्रकारका मानिसहरू आफ्नो भेष बदल्न पनि सिपालु हुन्छन्। तिनीहरूको हृदय जति नै दुर्भावनापूर्ण वा अँध्यारो भए पनि, भेलाहरूका दौरान दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा, तिनीहरूले पनि आफ्ना बुझाइ र अन्तर्ज्ञानहरूबारे सङ्गति गर्छन्, आफ्नो भेष बदल्न भव्य धर्मसिद्धान्तहरू फलाक्छन्, र आफ्ना लागि “महिमित” र असल छवि निर्माण गर्छन्। तर पर्दापछाडि, तिनीहरू मानवझैँ बोल्ने वा व्यवहार गर्ने गर्दैनन्। धेरैजसो मानिसहरूले यी व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छैनन् र तिनीहरूको साँचो प्रकटीकरण वा तिनीहरूको हृदयको गहिराइमा के लुकेको छ भनी थाहा पाएका छैनन्, भेलाहरूका दौरान तिनीहरूले सही तरिकाले बोलेको मात्रै सुनेका छन् भने, तिनीहरूको मानवता कति दुष्ट वा क्रूर छ, वा तिनीहरूको चरित्र कति नीच छ भन्‍ने पत्ता लगाएका हुँदैनन्, बरु तिनीहरूका बारेमा राम्रो समेत सोच्नेछन्। तिनीहरूसँग अझै धेरै समय बिताएपछि र पर्दापछाडिको जीवनमा तिनीहरूको कार्य र व्यवहारलाई बुझेपछि मात्रै, मानिसहरूले बिस्तारै तिनीहरूलाई खुट्ट्याउन र घिन महसुस गर्न थाल्छन्। त्यसकारण, कुनै व्यक्तिलाई भेलाहरूका दौरान बोल्ने मीठा शब्दहरूका आधारमा मात्रै उसलाई खुट्ट्याउनु हुँदैन; उसको सार र साँचो रूप छर्लङ्ग देख्‍नका लागि पर्दापछाडि उसको जीवनका व्यवहार र शब्दहरूलाई पनि नियाल्नुपर्छ।

मानिसहरूले जस्तै नबोल्नु बाहेक, तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूको अर्को विशेषता पनि हुन्छ: तिनीहरू सबैका बारेमा र सबै कुराका बारेमा, आफू अपरिचित रहेको वा आफूले कहिल्यै अन्तरक्रिया नगरेका मानिसहरूबारे समेत टिप्पणी गर्न चाहन्छन्, र अरूको जीवनका सबैभन्दा साना मामलाहरूलाई समेत छोड्दैनन्। तिनीहरूले टिप्पणी गर्नुको परिणाम के हुन्छ भने, कुनै कुरा जति नै सकारात्मक भए पनि, यसलाई तिनीहरूको बोलीवचनले नकारात्मकतामा बङ्ग्याइदिन्छ; कुनै कुरा जति नै उचित भए पनि, यो तिनीहरूको दुष्ट ओठबाट गुज्रेपछि नकारात्मकमा विकृत हुन्छ। यसले तिनीहरूलाई खुसी बनाउँछ, जसले गर्दा तिनीहरू राम्ररी खान र सुत्न सक्छन्। मलाई भन, यो कस्तो प्रकारको प्राणी हो? उदाहरणका लागि, यदि कतिपय दाजुभाइ-दिदीबहिनीहरूले यस वर्ष राम्रो आम्दानी गरेका छन् र आर्थिक रूपमा तिनीहरू राम्रो अवस्थामा छन्—अझै बढी, दशौँ भागभन्दा बढी भेटी चढाउँछन् भने—तिनीहरूलाई डाहा लाग्छ र तिनीहरू भन्छन्, “तिमीले यस वर्ष किन यति धेरै भेटी चढाइरहेका छौ? तिमीले कति धेरै चढाउँछौ भन्‍ने आधारमा परमेश्‍वरले कुनै व्यक्ति असल छ कि दुष्ट छ भनेर निर्धारित गर्नुहुन्‍न। तिम्रो उत्सुकताको के अर्थ? परमेश्‍वरको घरमा पैसाको कमी छैन।” अप्रिय शब्दहरू फेरि बाहिर आउँछन्, होइन र? जोसुकैले कुनै उचित कार्य गरे पनि, वा सत्यता अनुरूप कार्य गरे पनि, तिनीहरूलाई त्यसप्रति आपत्ति हुन्छ, र तिनीहरू हृदयमा अत्यन्तै विकर्षित हुन्छन्। तिनीहरूले तँलाई नियन्त्रण गर्नका लागि हर सम्भव माध्यमहरू प्रयोग गर्छन्, तँलाई प्रहार गरेर नढालुञ्जेल र तँबाट सकारात्मकता नहटाऊञ्जेल तँलाई आक्रमण गर्न, दोष लगाउन, र निन्दा गर्न बहानाहरू खोज्छन्, र तँलाई पूर्ण रूपमा अन्योलग्रस्त बनाउँछन्, र सही के हो र के होइन भनेर छुट्ट्याउन नसक्‍ने तुल्याउँछन्। त्यसपछि तिनीहरू मजाले हाँस्छन्, तँलाई भित्री रूपमा गिल्ला गर्छन् र मनमनै भन्छन्, “तेरो हैसियत यही हो, तैपनि तँ अनुभवात्मक गवाहीका बारेमा कुरा गर्छस्!” यो त दियाबलसले त्यसको साँचो रङ्ग देखाउनु हो, होइन र? के यी शैतानको नोकर, ख्रीष्टविरोधीका शब्दहरू होइनन् र? (हुन्।) मैले यस्तो प्रकारको व्यक्तिका बारेमा जति कुरा गर्छु, मलाई त्यति नै रिस उठ्छ र त्यति नै घिन लाग्छ। के तिमीहरूले कहिल्यै त्यस्ता व्यक्तिहरू सामना गरेका छौ? तिनीहरूको रूप वा अनुहारको बनावट जस्तोसुकै भए पनि, जब तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउन लागेका हुन्छन्, तब तिनीहरूको हाउभाउ अनौठो बन्छ: ओठहरू बटारिन्छन्, आँखाहरू दोब्रिन्छन्, तिनीहरूले उप्रान्त अरूलाई सीधा हेर्दैनन्, र कतिपय मानिसहरूको हुलिया त आफ्नो ठाउँबाट सरे जस्तो समेत देखिन्छ। यो तिनीहरूले मानवले जस्तो बोल्न लागेका छैनन् भनेर तँलाई सङ्केत प्रवाहित गरिएको हो। त्यो बेला तँ के गर्छस्? तैँले यस सङ्केतलाई लिन्छस् कि छेक्छस्? (छेक्छु।) तैँले तिनीहरूलाई यसो भन्दै टाढा बस्‍नुपर्छ: “नबोल; म यो कुरा सुन्‍न चाहन्‍नँ। तिमी अरूको कुरा साह्रै काट्छौ। यदि तिमी मानवलेझैँ बोल्दैनौ भने, मबाट टाढा बस। म तिम्रो बाधामा पर्न चाहन्‍नँ; म यी अनुचित अन्तरवैयक्तिक सम्बन्धहरूमा फस्न चाहन्‍नँ, र म तिमी जस्तो व्यक्तिलाई ध्यान दिनेछैनँ।” तिमीहरूमध्ये कसलाई तथ्य र झूटहरूलाई उल्ट्याउन मन पर्छ, कसको रंगढंग त्यस्तो छ भनेर नियाल अनि हेर, त्यसपछि तुरुन्तै तिनीहरूबाट टाढा बस। यी व्यक्तिहरूको मानवताको विशेषता के हो? विषालु तरिकाले बोल्नु, वा अझै बोलीचालीको भाषामा भन्दा, “विषालु जिब्रो” हुनु हो। तिनीहरूका विषालु शब्दहरू खुलासा गरेर, तैँले तिनीहरूले जारी गर्ने विभिन्‍न अभिव्यक्तिहरू देख्‍न सक्छस्; तिनीहरूका अभिव्यक्तिहरूबाट, तैँले तिनीहरूको भित्री संसार देख्‍न सक्छस्, र तिनीहरूको मानवता सार के हो, र तिनीहरू दुष्ट मानिसहरू हुन् कि होइनन् भनेर ठ्याक्कै निर्धारित गर्न सक्छस्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यस्ता मानिसहरूले आफूले जारी गर्ने विभिन्‍न सङ्केत र अभिव्यक्तिहरूद्वारा अरूलाई तिनीहरू दुष्ट मानिसहरू भनेर स्पष्ट रूपमा तोक्ने तुल्याउँछन्। यस्ता प्रकारका मानिसहरूले निकाला वा निष्कासित हुने मानकलाई पूर्ण रूपमा पूरा गर्छन्; तिनीहरूलाई कुनै दया देखाउन सकिँदैन। तिनीहरूलाई निकाल्नैपर्छ, र मण्डलीभित्र बाधाहरू पैदा गर्न दिनु हुँदैन।

हामीले भर्खरै तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूका विशेषताहरूका बारेमा सङ्गति गर्‍यौँ, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको अवस्था र तिनीहरूको मानवताका प्रकटीकरणहरूबाट के स्पष्ट हुनुपर्छ भने, तिनीहरू सत्यताप्रति वितृष्ण हुने, र सत्यतालाई प्रेम नगर्ने प्रकारका मानिसहरू हुन्। तिनीहरूको मानवता यति कमजोर हुन्छ कि तिनीहरू समझप्रति बोधो हुन्छन्, र तिनीहरूमा सबैभन्दा आधारभूत मानव नैतिकताको समेत कमी हुन्छ; यति मात्र हो कि विशेष गरी तिनीहरूको मामलामा, तिनीहरूको कमजोर मानवताको विशेषता के हो भने तिनीहरूलाई तथ्य र झूटहरूलाई उल्ट्याउन निकै मन पर्छ। तिनीहरूले बोल्ने वचनहरूबाट, तिनीहरूको मानवताको विशेषता, र तिनीहरूको मानवता सारलाई देख्न सकिन्छ; स्पष्ट रूपमा नै, यस्ता प्रकारका मानिसहरू कमजोर मानवता भएका व्यक्तिहरू हुन्। तिनीहरूको मानवता कुन हदसम्‍म कमजोर हुन्छ? यो दुष्ट हुने हदसम्‍म कमजोर हुन्छ, जसले तिनीहरूलाई दुष्ट मानिसहरूको वर्गमा पर्ने तुल्याउँछ। किनभने तिनीहरूले प्रायजसो बोल्ने शब्दहरू कहिलेकहीँ गुनासो गर्ने, थोरै डाहा व्यक्त गर्ने, वा कहिलेकहीँ थोरै मानव कमजोरी देखाउने हुँदैनन्; तिनीहरूका प्रकटीकरणहरू साधारण, सामान्य भ्रष्ट स्वभावका हुँदैनन्, तर तिनीहरूलाई दुष्ट मानिसहरू भनेर वर्गीकरण गर्न सकिन्छ भन्‍ने कुरालाई प्रमाणित गर्नका लागि पर्याप्त हुन्छन्। पहिलो प्रकारको व्यक्ति यही हो: तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरू।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्