अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४) खण्ड दुई

शैतानी शासनहरूको शत्रुता र निगरानीप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ? हामीले त्यसलाई इन्कार गर्नुपर्छ र त्यसबाट जोगिनुपर्छ कि बस त्यसलाई बेवास्ता गर्नुपर्छ? सुरुमा, यसबारे विचार गर: के मण्डलीलाई त्यसले गर्ने कुनै पनि कामको तिनीहरूले गर्ने निगरानीको हुने डर हुन्छ? (हुँदैन।) के हामीले कुनै गुप्त क्रियाकलापहरू गर्छौँ? के हामी कुनै राज्य-विरोधी वा सरकार-विरोधी राजनीतिक अभिव्यक्तिहरू दिन्छौँ? (दिँदैनौँ।) यो कुरालाई पुष्टि गर्न सकिन्छ। परमेश्‍वरमा विश्‍वास गर्नुमा राजनीतिक सहभागिता कहिल्यै समावेश हुँदैन। तिमीहरूमध्ये धेरैजसोले परमेश्‍वरमा विश्‍वास गरेको तीन वर्षभन्दा बढी भएको छ, कतिपयले विश्‍वास गरेको त बीस-तीस वर्ष समेत भइसकेको छ। प्रवचन सुनेका यति वर्षमा, के कसैले मण्डलीले राज्य-विरोधी वा समाज-विरोधी अभिव्यक्तिहरू दिएको भेट्टाएका छौ? (छैनौँ।) अलिकति पनि छैनौ; परमेश्‍वरको घरले कहिल्यै राजनीतिका बारेमा छलफल गर्दैन। त्यसमाथि, सर्वशक्तिमान् परमेश्‍वरको मण्डली परमेश्‍वरले स्थापना गर्नुभएको हो, यो पृथ्वीमा परमेश्‍वरको राज्यको पूर्वस्वाद हो, यो कुनै पनि व्यक्तिले बनाएको, कुनै पनि व्यक्तिले स्थापना गरेको संस्था होइन। त्यसोभए, परमेश्‍वरले मण्डलीलाई के काम गर्नका लागि स्थापित गर्नुभएको हो? यो समाज-विरोधी, धर्म-विरोधी, वा राजनीति-विरोधी काममा संलग्‍न हुनका लागि होइन। त्यसोभए मण्डलीको काम के हो त? पहिलो, यसको मुख्य काम भनेको परमेश्‍वर आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन देह बन्नुभएको छ भन्‍ने असल समाचार फैलाउनु, मानवजाति परमेश्‍वरतिर फर्केर उहाँको आराधना गरून् भनेर परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू स्वीकार गर्ने तुल्याउनु हो। दोस्रो, यसमा सत्यताको तृष्णा गर्नेहरूलाई परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न र शुद्ध पारिन, र अन्ततः मुक्ति हासिल गर्नका लागि परमेश्‍वरको अघि ल्याउने कार्य समावेश हुन्छ। परमेश्‍वरले स्थापित गर्नुभएको मण्डलीले वहन गर्ने काम यही हो, र मण्डलीको अस्तित्वको महत्त्व र मूल्य यही हो। यो राजनीति, व्यापार, उद्योग, प्रविधि, वा समाजको अरू कुनै पनि क्षेत्रसँग सम्बन्धित छैन र तीसँग आबद्ध छैन; यो यी कुराहरूसँग पूर्णतः असम्बन्धित छ। त्यसोभए मण्डलीभित्र परमेश्‍वरले गर्नुहुने मुक्तिको कामको सार के हो? सबैभन्दा सरल र स्पष्ट हिसाबमा भन्दा, यो मानवजातिको व्यवस्थापन हो। मानवजातिलाई व्यवस्थापन गर्नुको निश्‍चित विषयवस्तु भनेको मानिसहरूलाई परमेश्‍वरको अघि, परमेश्‍वरका वचनहरूको वास्तविकतामा ल्याउनु, तिनीहरूलाई शुद्ध पारिन र मुक्ति हासिल गर्नका लागि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्ने तुल्याउनु हो। मानवजातिलाई व्यवस्थापन गर्ने निर्दिष्ट काम यही हो। मण्डली संलग्‍न हुने कुनै पनि काम परमेश्‍वरको व्यवस्थापन, परमेश्‍वरको योजनासँग सम्बन्धित हुन्छ, र अवश्य नै, यसमा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू समावेश हुन्छन्; सांसारिक मानिसहरूले गर्ने विभिन्‍न कार्यहरूसँग यसको कहीँ कुनै सम्बन्ध हुँदैन। त्यसकारण, मण्डलीबारे कुनै पनि जानकारी, चाहे त्यो यसको शिक्षा, कर्मचारी, प्रशासनिक संरचना, यसको कामको अवस्थासँग सम्बन्धित होस्, वा मण्डलीको आर्थिक अवस्थासँग सम्बन्धित नै किन नहोस्, यसको कुनै पनि देश, समाज, जाति, धर्म, वा मानव समूहसँग बिलकुलै कुनै सम्बन्ध हुँदैन—अलिकति पनि सम्बन्धित हुँदैन। त्यसकारण, यी कुराहरूलाई ध्यानमा राख्दै, चाहे त्यो सत्तासीन पार्टी होस्, धार्मिक समूहहरू होस्, वा सामाजिक समूह होस्, मण्डलीको निगरानी गर्न मानिसहरू पठाउने तिनीहरूको कार्य विशुद्ध रूपमा के बराबर हुन्छ? (अनावश्यक कार्य।) “अनावश्यक कार्य” भनेको औपचारिक अभिव्यक्ति हो। आम भनाइ के हो? गर्नका लागि कुनै काम नहुनु होइन र? मेरा दृष्टिकोणमा, यो कार्य ठ्याक्कै त्यही हो; तिनीहरूका दिन अत्यन्तै धेरै सुखले र सहजताले भरिएका हुन्छन्, त्यसकारण तिनीहरूले यी केही निष्क्रिय व्यक्तिहरूलाई मण्डलीको निगरानी गर्न पठाउँछन्, र यसलाई राजनीतिक कार्य, गम्भीर कार्यका रूपमा समेत लिन्छन्—यो अत्यन्तै वाहियात कुरा हो! त्यस्तो मेहनत गरेर त, शैक्षिक वा परोपकारी संस्थाहरू खोल्दा निकै राम्रो हुनेथ्यो। यो त अत्यन्तै धेरै देहगत सहजताले गर्दा निष्क्रिय हुने, र उचित कार्यहरूमा ध्यान नदिने कुरा मात्रै हो! यदि सम्पूर्ण मानवजाति परमेश्‍वरको मण्डली जस्तै भएको भए, त्यसलाई परमेश्‍वरले व्यक्तिगत रूपमा रेखदेख र अगुवाइ गर्नुभएको भए, यो संसार, यो मानवजाति धेरै अनावश्यक संस्था, खर्च, र समस्याहरूबाट जोगिनेथियो। कम्तीमा पनि, जासुस संस्था र पुलिस विभाग जस्ता एजेन्सीहरू, यी सुरक्षा क्षेत्रहरूको कुनै काम हुनेथिएन र तिनीहरूलाई भङ्ग गरेर अर्को काममा खटाउनुपर्नेथियो।

मण्डलीको निगरानी गर्न खटाइएका व्यक्तिहरू मिसनमा हुन्छन्। मण्डलीमा घुसपैठ गरेपछि तिनीहरूको प्राथमिक कार्य हामीले सङ्गति गरेका यी केही पक्षहरू नै हुन्; तिनीहरूले मण्डलीभित्रका केही आधारभूत र महत्त्वपूर्ण परिस्थितिहरू बोध गरेपछि, आफ्ना वरिष्ठहरूलाई रिपोर्ट गर्छन्। तिनीहरूका विचार, राय, वा तिनीहरूको कामपछाडिको उद्देश्य जेसुकै भए पनि, मण्डलीभित्र यी निगरानीकर्ताहरूको उपस्थितिले दाजुभाइ-दिदीबहिनीहरूलाई सतर्क रहन र तिनीहरूलाई बुद्धिमानीका साथ सम्हाल्न प्रोत्साहित गर्नुपर्छ। के यो शैली सही हो? (हो।) त्यसोभए, के अति सतर्क हुनु आवश्यक हुन्छ? (हुँदैन।) त्यस्ता मानिसहरू देखा परे भने, हामीले त्यसलाई कसरी लिनुपर्छ? दुई वटा सिद्धान्त छन्, यो अत्यन्तै सरल छ। यदि तिनीहरू सोधपुछ गर्दै र जानकारी खोज्दै हिँड्छन् भने, यसले स्पष्ट रूपमा तिनीहरू जासुस वा गुप्तचर भएको सङ्केत गर्छ। त्यस्ता व्यक्तिहरू अत्यन्तै दुष्ट र अभिमानी मानवता भएका हुन्छन्; तिनीहरूले मण्डलीमा गम्भीर बाधाहरू पुर्‍याउँछन्। तिनीहरूको उपस्थितिले मात्रै मानिसहरूका बीचमा अशान्ति पैदा गर्छ, जसले उनीहरूलाई परमेश्‍वरसामु आउनबाट रोक्छ। भेलाहरू र कर्तव्य निर्वाहमा पनि बाधा र असर पर्छन्, र सुरक्षामा पनि खतरा पैदा हुन्छ। त्यस्तो व्यक्तिलाई कसरी सम्हाल्नुपर्छ? (उसलाई मण्डलीबाट निकाल्नुपर्छ।) ठीक भन्यौ; यदि उसले मण्डली जीवन वा मण्डलीको काममा बाधा दिन्छ भने, उसलाई सीधै सफाइ गरिनुपर्छ। त्यसोभए, के ऊबाट लुक्‍नु वा डराउनुपर्ने कुनै आवश्यकता छ? (छैन।) कतिपय मानिसहरू विदेशमा जासुसहरू सामना गर्दा, मुख्य भूमिमा पुलिस देखेझैँ गरी आत्तिएर जताततै लुक्छन्। जब कतिपय दाजुभाइ-दिदीबहिनीहरू नियमित काममा जान्छन् र तिनीहरूलाई प्रश्‍नहरू सोध्ने जासुसहरूको सामना गर्छन्, र उनीहरूको प्रश्न सोध्ने लबज पुलिसको सोधपुछ जस्तै डरलाग्दो सुनिन्छ, तब तिनीहरू यति डराउँछन् कि ती काम पूरा नगरी भाग्छन्। म भन्छु, “तँ कसरी यस्तो कमजोर हुन सक्छस्? किन भाग्‍नु? डर मान्‍नुपर्ने कुरा के छ र? ठूलो रातो अजिङ्गरको देशमा, धेरै दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे तर तिनीहरू भयभीत भएनन्; तिनीहरू यहूदा बनेनन्, तिनीहरू आफ्नो गवाहीमा दृढ रहे। त्यसोभए, विदेशमा आइसकेपछि पनि, किन तँ अझै पनि यति डराउन सकेको? तैँले कुनै पनि कानुन तोडेको छैनस्; के कुराको डर मान्‍ने?” कतिपय मानिसहरू भन्छन्: “तिनीहरू सधैँ मसँग नजिक हुने प्रयास गर्छन्, र तिनीहरूले सधैँ मलाई सोधपुछ गरिरहेका हुन्छन्।” के तैँले तिनीहरूलाई प्रतिप्रश्‍न गर्न सक्दैनस् र? तँ यसो भन्‍न सक्छस्, “तिमीसँग मलाई सोधपुछ गर्ने के अधिकार छ? के मैले तिमीलाई चिनेको छु? के तिमी परिचय पत्र जाँचिरहेको ठूलो रातो अजिङ्गरका अधिकारी हौ? तिमीले कसलाई प्रतिनिधित्व गर्छौ? मलाई प्रश्‍नहरू गरिरह्यौ भने म तिमीलाई मुद्दा हाल्नेछु!” के तिनीहरूसँग डराउनुपर्ने कुनै कारण छ? (छैन।) कतिपय मानिसहरू, त्यस्ता जासुसहरूको सामना गर्दा बोल्ने आँट गर्दैनन् र डरले तुरुन्तै भाग्छन्। कतिपय अन्योलमा परेका मानिसहरू यी शैतानी जासुस र पाल्तु कुकुरहरूलाई पटक्‍कै खुट्ट्याउन सक्दैनन् र तिनीहरूलाई सुसमाचार प्रचार गर्ने प्रयास समेत गर्छन्। केही पटक प्रयास गरेपछि, तिनीहरूले यस्तो महसुस गर्छन्, “यो परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्ने व्यक्ति होइन। ऊ किन ठूलो रातो अजिङ्गरको अधिकारी जस्तो देखिन्छ?” केही त गलत छ भन्‍ने महसुस गरेपछि, तिनीहरूले हरेस खान्छन्। पछि, तिनीहरूले यसबारे चिन्तन गर्छन्: “परमेश्‍वरले मलाई सुरक्षा दिइरहनुभएको छ; धन्न मैले उसलाई कुनै व्यक्तिगत जानकारी खुलासा गरिनँ। कस्तो झूटो चेतावनी!” तिनीहरू यति डराउँछन् कि तिनीहरूले त्यस उप्रान्त आफूले भेटेको जोकोहीलाई जथाभाबी सुसमाचार प्रचार गर्ने आँट गर्दैनन्। वास्तवमा, प्रचारद्वारा मण्डलीमा ल्याइएका मानिसहरूमध्ये केही साँच्‍चै जासुसहरू पनि छन्। तिनीहरू ठूलो रातो अजिङ्गरले मण्डलीमा प्रतिरोपण गरेका गुप्तचरहरू हुन्, र तिनीहरूलाई जानी-जानी शैतानले प्रबन्ध गरेको हुन्छ। तिनीहरू भेडाको भेषमा ब्वाँसाहरू जस्तै हुन्, जसले परमेश्‍वरका वचनहरू खाने-पिउने नगरी वा सत्यता सङ्गति नगरी मण्डलीमा घुसपैठ गर्छन्, सधैँ मण्डलीबारे जानकारीको खोजीनिधो गर्छन् र व्यक्तिगत विवरणहरूबारे चियोचर्चो गर्छन्। तिनीहरूको व्यवहार शङ्कास्पद छ वा तिनीहरूले मण्डलीभित्र बाधाहरू दिइसकेका छन् भन्‍ने पत्ता लागेपछि, तिनीहरूलाई तुरुन्तै पखाल्नुपर्छ—ठूलो रातो अजिङ्गरका गुप्तचरहरूलाई, शैतानका सेवकहरूलाई मण्डलीमा बाधा दिन पटक्‍कै दिनु हुँदैन। तिमीहरूले भेट्टाउने हरेकलाई निकाल; तिनीहरूलाई कुनै दया-माया नदेखाओ! यदि कुनै व्यक्ति जासुससँग घुलमिल हुन्छ, सधैँ जासुसलाई मायाको भावले दयालु व्यवहार गर्न, सोधिएका कुनै पनि प्रश्‍नहरूको उत्तर दिन, जासुसका लागि पाल्तु कुकुरको भूमिका खेल्न इच्छुक हुन्छ भने, त्यस्तो बदमासलाई सीधै निष्कासित गर्नैपर्छ! शङ्कास्पद व्यक्तिहरूलाई नजिकबाट निगरानी र अवलोकन गर्नुपर्छ; मण्डलीका बारेमा एउटा पनि विवरण तिनीहरूलाई खुलासा गर्नु हुँदैन, विशेष गरी अगुवा र कामदारहरू को हुन् भन्‍ने कुरा खुलासा गर्नु हुँदैन। यदि जासुसलाई कुनै पनि जानकारी प्राप्त गर्न दिइयो भने, यसले कुनै पनि बेला मण्डली र दाजुभाइ-दिदीबहिनीहरूका लागि गुप्त खतरा वा प्रकोप ल्याउन सक्छ। त्यसकारण, जब कुनै व्यक्ति शङ्कास्पद देखिन्छ, तब उसले कहिल्यै परमेश्‍वरका वचनहरू खाने-पिउने नगरुन्जेल वा सत्यता सङ्गति नगरुन्जेल, ऊ निश्चय नै अविश्‍वासी हो, र उसलाई तुरुन्तै निकाल्नु नै सही हुन्छ। त्यस्तो व्यक्ति जासुस नभए पनि, ऊ असल व्यक्ति होइन, र उसलाई निकाल्नु कुनै पनि हालतमा अन्यायपूर्ण हुँदैन। यदि कुनै व्यक्ति जासुससँग नजिकको सम्बन्धमा छ र उसले मण्डलीलाई घात गर्न सक्छ भन्‍ने पत्ता लाग्यो भने, उसलाई हरहालतमा तुरुन्तै निकाल्नुपर्छ। त्यस्तो नीच र बदमासले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूका लागि प्रकोप मात्रै ल्याउन सक्छ। ऊ पहरेदार कुकुरहरूभन्दा पनि खराब हुन्छ; उसले दुष्ट कार्यहरू नगरे पनि, उसलाई अझै पनि निकाल्नैपर्छ। अहिले, ठूलो रातो अजिङ्गर पतनको सङ्घारमा छ, तर ऊ आफ्नो हार र विनाशलाई स्वीकार गर्न अनिच्छुक छ। उसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गर्ने र सताउने कार्यलाई जारी राख्छ र परमेश्‍वरको घरमा घुसपैठ गर्न जासुस अभियानहरू सञ्चालन गर्छ। उसको मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्य कहिल्यै रोकिएको छैन। अहिले, केही स्पष्टतः शङ्कास्पद व्यक्तिहरू खुलासा भएका छन्। जानकारी सङ्कलन गर्ने तिनीहरूका प्रयासहरूले खैलाबैला मच्‍चाएका छन्, जसले गर्दा अरूले सजिलै तिनीहरूलाई छर्लङ्ग देख्न सक्छन्। तिनीहरूले आफूलाई खुलासा गरेपछि, तिनीहरूलाई मण्डलीले निकाल्छ। तर के सबै धूर्त जासुसहरू खुलासा गरिएका छन्? बिलकुलै छैनन्। ठूलो रातो अजिङ्गरका एजेन्टहरूले सबै ठाउँका मण्डलीहरूमा घुसपैठ गर्ने सम्भावना हुन सक्छ। कतिपय व्यक्तिहरूलाई, ठूलो रातो अजिङ्गरले पक्रेपछि, शैतानले त्यसको तर्फबाट काम गर्न लगाउन अनि मण्डलीमा घुसपैठ गर्न लगाउनका लागि तिनीहरूलाई धम्की, परीक्षा, र विभिन्‍न अरू माध्यमहरूमार्फत करकाप गर्छ। यी गुप्त जासुसहरू हुन्। त्यस्ता गुप्तचरहरू धोकेबाज र धूर्त हुन्छन्, र तिनीहरूसँग केही चलाकी र बुद्धि हुन्छ। गैरविश्‍वासीहरूका शब्दहरूमा भन्दा, तिनीहरूमा केही क्षमता हुन्छ। मण्डलीको निगरानी गर्दा, तिनीहरूले थाहा नपाइने गरी त्यसो गर्छन्, चुपचाप र गुप्त रूपमा कार्य गर्छन्, र आफ्नो अन्तरक्रियामा कहिल्यै आफ्ना वास्तविक अभिप्रायहरू प्रकट गर्दैनन्। तिनीहरूसँग अन्तरक्रिया गर्दा धेरैजसो मानिसहरूले केही महसुस गर्दैनन्; तिनीहरू जासुसले जानकारी सङ्कलन गरिरहेको छ भनेर सचेत हुँदैनन्, न त तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रति जासुसको विकर्षण नै महसुस हुन्छ। धेरैजसो मानिसहरूले जासुसहरू मण्डलीको निगरानी गर्न आएका हुन् भनेर महसुस गर्नुभन्दा पहिले नै तिनीहरूले मण्डलीको आधारभूत परिस्थिति बोध गरिसकेका हुन सक्छन्। बाहिरबाट हेर्दा, त्यस्ता व्यक्तिहरूले मण्डली वा धेरैजसो मानिसहरूलाई कुनै बाधा दिँदैनन्, त्यसोभए तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? के हामीले तिनीहरूले मण्डलीलाई निगरानी गर्ने कार्यलाई सम्बोधन गर्न कुनै उपाय वा समाधानहरू अपनाउनुपर्छ? पहिले उल्लेख गरिएझैँ, के मण्डली कुनै पनि हिसाबमा तिनीहरूको निगरानीबाट डराउँछ? (डराउँदैन।) हाम्रो मण्डलीको अस्तित्व र यो संलग्‍न हुने विभिन्‍न कामका विषयवस्तुहरू खुल्ला र स्पष्ट छन्; कामका यी विषयवस्तुहरू मानवजातिमाझका सबैभन्दा न्यायोचित अभियानहरू हुन्। यदि कुनै पनि सङ्गठनले मण्डलीको कुनै पनि पक्षलाई बुझ्न चाहन्छ भने, मण्डलीका अनुभवात्मक गवाहीहरू अनलाइनमा सार्वजनिक रूपमा प्रसारण गरिएका छन्—हरेकले आफूलाई मन लागे अनुसार तिनलाई हेर्न सक्छन्। कुनै रहस्यहरू, कुनै गैरकानुनी क्रियाकलापहरू छैनन्, र सामाजिक सुव्यवस्थाप्रतिको अवरोधहरू वा विरोधाभासी बोली वा व्यवहारहरू त निश्चय नै छैनन्। त्यसकारण, यदि तिनीहरू गुप्त रूपमा मण्डलीको परिस्थितिको अनुसन्धान र निगरानी गर्छन् भने, तिनीहरूलाई छोडिदेओ। मैले किन यसो भनेँ? एजेन्टका रूपमा काम गर्ने यी व्यक्तिहरूसँग निश्‍चित पेसागत मानक हुन्छ, र साधारण मानिसहरूले पर्दापछाडि तिनीहरूले निर्वाह गर्ने कार्यहरू के-के हुन् भनेर पत्ता लगाउन सक्दैनन्। त्यसकारण, तिनीहरूले बाधाहरू पैदा नगरुन्जेल, तिनीहरूसँग झमेला गर्नु पर्दैन; तिनीहरूलाई त्यतिकै छोडिदेओ। त्यसमाथि, यी अविश्‍वासी, नास्तिकहरू, र राजनीतिक रूपमा संलग्‍न व्यक्तिहरू मण्डली जीवनप्रति न त अभ्यस्त नै हुन्छन्, न त तिनीहरूलाई यसमा रुचि नै हुन्छ। हरेक दिन मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्ने, न्याय र सजाय स्वीकार गर्ने, र आफूलाई चिन्‍ने, परमेश्‍वरलाई चिन्‍ने, र स्वभाव परिवर्तनका बारेमा छलफल गर्ने गरेको ठाउँ, अर्थात् मण्डलीमा, तिनीहरूलाई कसरी काँडा र सियोले घोचेको वा सास्ती भोगेको जस्तो महसुस हुन सक्दैन र? हरेक भेलामा, तिनीहरू तातो कराइमा राखिएका कमिला जस्तै बेचैन हुन्छन्; तिनीहरू आफूलाई जबरजस्ती मण्डलीमा राख्न इच्छुक हुँदैनन्। तिनीहरूले मण्डली एउटा मण्डली मात्रै हो, र राजनीतिक रूपमा संलग्‍न सङ्गठन बिलकुलै होइन भन्‍ने कुरा हृदयमा बुझेका हुन्छन्। मण्डलीको निगरानी गरेर र त्यसबारे जानेर, अनि यसले ठ्याक्कै के गर्छ भन्‍ने कुरा थाहा पाएर, तिनीहरूले परमेश्‍वर यावत् थोकमाथि र मानवजातिको नियतिमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यका बारेमा शिक्षित हुन्छन्, जसले गर्दा तिनीहरूले यति अज्ञानी रूपमा नजिउने गरी आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउँछन्। तिनीहरू पनि सृजित प्राणीहरू हुन्, तैपनि मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्‍ने समेत तिनीहरूलाई थाहा हुँदैन, जसले तिनीहरू कति मूर्ख र नगण्य छन् भन्‍ने कुरा देखाउँछ! के तिनीहरूलाई मण्डलीमा बस्‍न दिँदा कुनै जोखिम हुन्छ? यदि तिनीहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई खतरामा पार्दैनन् वा बाधा पुर्‍याउँदैनन् भने, तिनीहरूलाई त्यतिकै छोडिदेओ। तिनीहरूले बाधा पैदा गर्ने कुनै कुरा गरेपछि, त्यो तिनीहरूको खुलासाको क्षण हो, र तिनीहरूलाई सम्हाल्ने सही समय त्यही हुन्छ। तथ्य र प्रमाणहरूका आधारमा, तिनीहरूलाई तुरुन्तै खुट्ट्याओ र चित्रण गर—तिनीहरूको मिसन समाप्त हुन्छ, र मण्डलीले स्वतः नै तिनीहरूलाई निष्कासित गर्छ। के यो शैली राम्रो छ? (छ।) कतिपय मानिसहरू सोध्छन्, “के मण्डलीको काम खुला र स्पष्ट छैन र? किन मानिसहरूले गर्ने निगरानीमा प्रतिबन्ध लगाउने?” यो कुरा मुख्य रूपमा ठूलो रातो अजिङ्गर, अर्थात् शैतानको शासनप्रति लक्षित छ। यसले गर्ने मण्डलीको निगरानी परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन, पक्राउ, र हानि गर्ने उद्देश्यका लागि गरिएको हुन्छ; त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूलाई सतावट र नरसंहार भोग्नबाट रोक्नका लागि परमेश्‍वरको घरले त्यसले गर्ने निगरानीलाई अनुमति दिँदैन। यदि लोकतान्त्रिक देशहरूका वा धार्मिक समूहहरूका व्यक्तिहरू साँचो मार्गको अनुसन्धान गर्न आए भने, तिनीहरूले यसलाई अनलाइनमा खोजी गर्न वा मण्डलीलाई सम्पर्क गर्न सक्छन्। मण्डलीले निष्कपटताका साथ सत्यता खोजी गर्ने जोकोहीलाई स्वीकार गर्छ। तर यदि अर्को पक्षले खराब अभिप्रायहरू राख्छ र सही र गलतलाई विकृत गर्ने र मण्डलीको बदनामी गर्ने प्रयास गर्छ भने, परमेश्‍वरको घरले कसरी उसले गर्ने निगरानीलाई अनुमति दिन सक्छ? के उसले गर्ने निगरानीलाई अनुमति दिनु अत्यन्तै मूर्खतापूर्ण हुनेथिएन र? के यो मूर्खतापूर्ण र अज्ञानी कार्य हुनेथिएन र? (हुनेथियो।) परमेश्‍वरको घरले सधैँ सत्यताको खोजी गर्नेहरूलाई स्वागत गरेको छ र न्यानो तरिकाले स्विकारेको छ, जुन पूर्णतया परमेश्‍वरका अभिप्रायहरू अनुरूप छ। यदि मानिसहरूले यो कुरा बुझ्दैनन् भने, यो तिनीहरूको मूर्खता र अज्ञानताका कारण हो। मण्डलीको बाह्य नीति खुला र स्पष्ट छ, यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप छ, र यो बौद्धिकता र बुद्धिले भरिएको छ। यदि कसैले यी सकारात्मक कुराहरू बुझ्न सक्दैन भने, ऊ बेतुक्का व्यक्ति, अलमल्ल व्यक्ति हो। कतिपय मानिसहरू भन्छन्, “यदि गुप्तचर वा शैतानका नोकरहरू मण्डलीका बारेमा जान्न आउँछन् भने, के हामी इमानदार मानिसहरू बन्‍नुपर्छ र हामीले सत्यनिष्ठ भई तिनीहरूका प्रश्‍नहरूको उत्तर दिनुपर्छ?” दियाबलसहरू र शैतानहरूलाई सत्य बताउनु मूर्खता हो; यसले व्यक्तिलाई इमानदार व्यक्ति बनाउँदैन, बरु शैतानको पाल्तु कुकुरमा परिणत गर्छ। जब शैतानको खालले मण्डलीका परिस्थितिहरू जान्ने र बोध गर्ने चाहना गर्छ, तब परमेश्‍वरका चुनिएका मानिसहरूसँग तिनीहरूलाई बताउने कुनै जिम्मेवारी हुँदैन। तिनीहरूले सत्यता स्वीकार गर्न सक्दैनन् र तिनीहरूसँग कुनै सद्भावना हुँदैन, त्यसकारण हामीसँग तिनीहरूलाई भन्‍ने केही कुरा छैन! यसो गर्नु उग्र हुनु होइन, बरु बुद्धिमानी हुनु हो। कतिपय मानिसहरू सोध्छन्, “यदि तिनीहरूले मलाई ‘तिमीहरूको मण्डलीलाई कसले अगुवाइ गर्छ? तिनीहरूले विश्‍वास गरेको कति वर्ष भयो?’ भनेर सोधे भने, के मैले तिनीहरूलाई बताउन मिल्छ?” तैँले तिनीहरूलाई यस्तो सोध्नुपर्छ, “हाम्रो अगुवाका बारेमा जान्‍नुको पछाडि तिम्रो उद्देश्य के हो? सुरुमा मलाई यो कुरा भन, म यसबारे विचार गर्नेछु, त्यसपछि तिमीलाई जानकारी दिने कि नदिने भनेर निर्णय गर्नेछु।” के यो उत्तर बुद्धिमानी छ? (छ।) सिद्धान्तहरू अनुसार कार्य गर्नु भनेको यही हो। बुझ्यौ? सुसमाचारको काम फैलिँदै जाँदा र मण्डलीका मानिसहरूको सङ्ख्या बिस्तारै बढ्दै जाँदा, बेला-बेलामा फरक-फरक देश र क्षेत्रका मण्डलीहरूमा गुप्तचरहरू र एजेन्टहरू देखा पर्न सक्छन्। त्यस्ता व्यक्तिहरूका हकमा, तिनीहरूलाई बुद्धिमानीपूर्वक सम्हाल्नका लागि बस परमेश्‍वरका चुनिएका मानिसहरूलाई जानकारी दिनु नै पर्याप्त हुन्छ। यदि तिनीहरूले बाधा वा अवरोधहरू दिन्छन् भन्‍ने पत्ता लाग्यो भने, तिनीहरूलाई तुरुन्तै निकाल्नुपर्छ। धेरैजसो मानिसहरूमा यी एजेन्टहरूले बोल्ने र व्यवहार गर्ने तरिका, वा तिनीहरूको आचरणका बारेमा केही बुझाइ र सुझबुझ हुनुपर्छ, र तिनीहरूसँग अन्तरक्रिया गर्दा उनीहरूसँग निश्चय नै केही सचेतना वा बोध हुनेछ। यदि मण्डलीका केही दाजुभाइ-दिदीबहिनीहरूले मात्रै त्यस्ता व्यक्तिहरूलाई ख्याल गरे, तर तिनीहरू जासुस वा गुप्तचर हुन् कि होइनन् भन्‍ने कुराबारे पक्का भएनन् भने, तिनीहरूलाई सतर्कताको साथ र बुद्धिमानी तरिकाले व्यवहार गर्नुपर्छ। यदि धेरैजसो मानिसहरूले ख्याल गरेका छन् भने, तिनीहरूले एक-अर्कालाई जानकारी दिन र सतर्कताका उपायहरू अपनाउन सक्छन्। यदि शङ्कास्पद जासुसहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूप्रति कुनै मित्रता देखाउँदैनन्, निरन्तर दाजुभाइ-दिदीबहिनीहरूलाई फन्दामा पार्ने र मण्डलीलाई बाधा दिने प्रयास गर्छन्, र सधैँ मण्डलीलाई बदनाम गर्ने प्रमाण खोज्छन्, यहाँसम्म कि दाजुभाइ-दिदीबहिनीहरूको फोटो वा रेकर्डिङ समेत लिन्छन्, वा आफूले जान्‍न चाहेको जानकारी निकाल्न प्रलोभन र परीक्षाको प्रयोग समेत गर्छन् भने, त्यस्ता व्यक्तिहरू पत्ता लागेपछि, तिनीहरूलाई जाँच नगरीकन छोड्न सकिँदैन—तिनीहरूलाई तुरुन्तै मण्डलीबाट निकाल्नुपर्छ। तिमीहरूले यी परिस्थितिहरू पहिले सामना गरेका छैनौ होला, त्यसकारण म तिमीहरूलाई अग्रिम रूपमा चेतावनी दिइरहेको छु। यो त तिमीहरूको बुझाइलाई फराकिलो बनाउनु हो, मानवजाति, समाज, राजनीति, र संसारलाई चिन्नु हो—यो यति अन्धकारमय र दुष्ट छ।

परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको नवौँ उद्देश्यका हकमा भन्दा—मण्डलीको निगरानी गर्नु—आधारभूत विषयवस्तुका बारे सङ्गति यहीँ समाप्त हुन्छ। के सबै कुरा स्पष्ट रूपमा सङ्गति गरिएको छ? (छ।) मण्डलीको निगरानी गर्नेहरूले निगरानी गर्ने लक्ष्य राखेका विषयवस्तुहरू के-के हुन् त? (मण्डलीका शिक्षाहरू, कर्मचारीसम्बन्धी परिस्थितिहरू, कामका अवस्थाहरू, र आर्थिक अवस्था।) आधारभूत रूपमा, तिनीहरूलाई सबैभन्दा बढी चासो हुने कुराहरू यी चार वटा क्षेत्रहरू नै हुन्। यी चार पक्षहरूमा के-के पर्छन्? तिनमा तिनीहरूले सबैभन्दा बढी चिन्ता गर्ने कुराहरू पर्छन्: मण्डलीको उपस्थितिले समाज, राष्ट्र, र धार्मिक संसारमा पार्ने असर। तिनीहरूलाई मण्डलीले धर्मको आवरणमा राजनीतिमा संलग्न हुने र सरकारलाई सत्ताच्यूत गर्न सक्छ भन्‍ने पनि चिन्ता हुन्छ, तिनीहरूले यसलाई सबैभन्दा ठूलो गुप्त खतराका रूपमा हेर्छन्। त्यसकारण, तिनीहरू मण्डलीलाई दमन गर्छन्, सताउँछन्, र निषेध गर्छन्, र यसका सदस्यहरूलाई पक्राउ गर्छन्। ठूलो रातो अजिङ्गरको देशले सबै धार्मिक विश्वासहरूमाथि प्रतिबन्ध लगाउँछ, कतिपय देशहरूले निश्‍चित विश्वासहरूलाई निषेध गर्छन्, र धेरैजसो देशहरूले सत्यता सत्तासीन हुन्छ, र मानिसहरूले सत्यता स्वीकार गर्छन्, जसले तिनीहरूको शासनलाई खतरामा पार्छ भनी डर मान्छन्। छोटकरीमा भन्दा, कुनै ठाउँमा परमेश्‍वरले जति धेरै काम गरिरहनुभएको हुन्छ र सत्यता व्यक्त गरिरहनुभएको हुन्छ, र मण्डलीमा पवित्र आत्माको काम जति धेरै हुन्छ, तिनीहरूलाई विभिन्‍न सरकारले त्यति नै निगरानी गर्ने र शत्रुताको नजरले हेर्ने सम्भावना हुन्छ। त्यसकारण, मण्डलीका सबै गतिविधिहरू निगरानी गर्न, सरकारहरूले प्रायजसो मण्डलीको परिस्थिति जान्‍न र बोध गर्नका लागि साँचो मार्गको अनुसन्धान गर्ने मानिसहरूको भेषमा एजेन्टहरू पठाउँछन्। यसको साथै, तिनीहरूले मण्डलीको कामका प्रचलनहरू बुझ्ने, मण्डली राजनीतिमा संलग्‍न छ कि छैन, मण्डलीको काम सञ्चालान गर्ने भेषमा यसले कुनै राजनीतिक क्रियाकलापमा सहभागिता जनाइरहेको छ कि छैन, वा यसको वैदेशिक धार्मिक शक्तिहरूसँग कुनै सम्बन्ध छ कि छैन जस्ता विभिन्न कुरा हेर्ने प्रयास गर्छन्। तिनीहरूले बोध गर्न चाहने र चिन्ता लिने कुराहरू यिनै हुन्। यसको साथै, तिनीहरू मण्डलीको आर्थिक अवस्था पनि बोध गर्न चाहन्छन्। तिनीहरू मनन गर्छन्: “यो मण्डलीको सङ्ख्या बढेको छ र यसको विकास तीव्र रूपमा भइरहेको छ—तिनीहरूको पैसा कहाँबाट आउँछ? कुन-कुन सङ्घसंस्था वा धनी व्यक्तिहरूले तिनीहरूलाई दान दिइरहेका छन्?” छोटकरीमा भन्दा, हामीले सोच्न सक्ने कुनै कुरा छैन जुन तिनीहरूले विचार नगरेका होऊन्। किन? किनभने तिनीहरू दुष्ट हुन्छन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। मण्डलीको परिस्थिति बोध गर्ने तिनीहरूको प्रयास मण्डलीको अस्तित्वका बारेमा रहेको तिनीहरूको ठूलो चिन्ताले गर्दा, मण्डलीले अझै धेरै मानिसहरूलाई प्रभाव पार्ला, जसले तिनीहरूको शासनलाई खतरामा पार्ला भन्‍ने डरबाट आएको हुन्छ; मण्डलीका बारेमा तिनीहरूलाई ठ्याक्कै यही कुराको चिन्ता हुन्छ। मण्डलीले वहन गरेको काम जति नै न्यायसङ्गत वा वैधानिक भए पनि, तिनीहरू अझै विश्‍वास गर्दैनन्। किन? किनभने तिनीहरू अविश्‍वासी, नास्तिक, र भौतिकवादीहरू हुन्—भौतिकवादीहरूले गर्न सक्‍ने कुरा यही हो। तिनीहरूले चिन्ता गर्ने चार वटा परिस्थितिहरू यिनै हुन्। हामीले यी चार परिस्थितिहरूका बारेमा त्यस्ता व्यक्तिहरूले गर्ने चिन्ताका कारण र उद्देश्यहरू बुझेपछि तिनीहरूलाई उचित तरिकाले कसरी सम्हाल्ने भन्‍ने बारे दुई वटा सिद्धान्तहरूका बारेमा भर्खरै सङ्गति गर्‍यौँ। यी सिद्धान्तहरूको सरल सारांश प्रस्तुत गर र तिनका बारेमा बोल। (यदि तिनीहरूले मण्डलीमा बाधाहरू दिएमा, तिनीहरूलाई पखालिदेऊ; यदि तिनीहरूले बाधाहरू नदिएमा, तिनीहरूसँग झमेला गर्नु पर्दैन।) यदि तिनीहरू बाधाहरू दिन्छन्, जताततै चियोचर्चो गर्छन् र अरूलाई अत्त्याउँछन् भने, तिनीहरूलाई दयामाया नगरी पखालिदेऊ; यदि तिनीहरूले बाधाहरू दिँदैनन् र धेरैजसो मानिसहरूले तिनीहरूलाई याद गर्दैनन् वा खुट्ट्याउन सक्दैनन् भने, तिनीहरूलाई बेवास्ता गर। तिनीहरूले यो साँच्‍चै नै मण्डलीको काम हो, सबै धार्मिक क्रियाकलापहरू हुन्, र यो राजनीतिमा पटक्‍कै संलग्‍न छैन भन्‍ने कुरा तिनीहरूले स्पष्ट रूपमा देखेपछि, यो कुरालाई पुष्टि गर्नेबित्तिकै तिनीहरू आफै जान्छन्। धार्मिक परिस्थितिहरू बुझ्नका लागि प्रजातान्त्रिक देशहरूले प्रयोग गर्ने शैली यही हो। मानवजाति अत्यन्तै जटिल छ भन्‍ने कुरा यसभन्दा पहिले पनि उल्लेख गरिएको थियो। मानवजातिको जटिलताको कारण के हो? के यो मानवजातिको दुष्टताबाट उद्धृत होइन र? (हो।) मानवजातिको दुष्टता कसरी उत्पन्न भयो? मानवजाति दुष्ट छ भनेर किन भन्‍ने? किनभने शैतानले मानवजातिलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ। यसलाई सरल भाषामा कसरी भनिन्छ? शैतानले मानिसहरूलाई पिशाचहरूमा परिणत गरेको छ; सारा मानवजाति दियाबलसहरूको शासनअन्तर्गत छ, ठूला-साना दियाबलसहरू धेरै छन्, त्यसकारण मानिसहरू भेला हुने ठाउँहरू पिशाचहरूका सहर बनेका छन्। जब धेरै पिशाचहरू सँगै भेला हुन्छन्, तब अवस्था जटिल हुन्छ; तिनीहरू हर प्रकारका दुष्ट कार्यहरू गर्न र हर प्रकारका दुष्ट क्रियाकलापहरूमा संलग्‍न हुन सक्षम हुन्छन्। सबै दियाबलसहरू दुष्ट हुने हुनाले, र तिनीहरूका बीचमा सधैँ कलह हुने हुनाले, र तिनीहरू कहिल्यै एक-अर्कासँग मिल्‍न नसक्‍ने हुनाले, यसले मामलालाई जटिल बनाउँछ। जब परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू एक साथ भेला हुन्छन्, तब कुरा निकै सरल हुन्छ; तिनीहरू सबै परमेश्‍वरका वचनहरू पढ्न र मण्डली जीवन जिउन इच्छुक हुन्छन्, र तिनीहरू सबै आफ्नो कर्तव्य पूरा गर्न र उचित कामहरूमा संलग्‍न हुन रमाउँछन्। तिनीहरू कुटिल र दुष्ट क्रियाकलापहरूमा सहभागी हुँदैनन्—बढीमा, तिनीहरूले केही भ्रष्टता प्रकट गर्न सक्छन्। त्यस्ता मानिसहरूले मात्रै परमेश्‍वरमाथिको आस्थामार्फत मुक्ति हासिल गर्न सक्छन्। परमेश्‍वरमाथिको आस्थामार्फत दियाबलसहरूले कहिल्यै मुक्ति पाउन सक्दैनन्, किनभने कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ। दियाबलसहरूले दशकौँ वा शताब्दीऔँदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरू परिवर्तन हुनेथिएनन्, जुन कुरा सबैले देख्‍न सक्‍ने तथ्य हो। अहिले, धेरै मण्डलीहरूले दियाबलसहरूलाई पखालेका छन्, जुन राम्रो कुरा हो र यो परमेश्‍वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिल्छ। कतिपय मण्डलीहरूमा, आधा मानिसहरू दियाबलसहरू हुन्छन्, जबकि अरूमा, अल्पसङ्ख्यक मानिसहरू दियाबलसहरू हुन्छन्। के त्यस्ता मण्डलीहरूमा मण्डलीको काम अघि बढाउन सजिलो हुन्छ? निश्चय नै हुँदैन। यदि दियाबलसहरूलाई पखालियो, भ्रष्ट मानवजातिलाई मात्रै बाँकी राखियो भने, मण्डलीको काम गर्न निकै सजिलो हुन्छ। सबैभन्दा दयनीय परिस्थिति के हो भने, जब कतिपय मण्डलीहरूमा झूटा अगुवा वा ख्रीष्टविरोधीहरूले शक्ति हातमा लिन्छन्, र दियाबलसहरूले अगुवाइको भूमिका लिन्छन्; तब ती मण्डलीहरूका परमेश्‍वरका चुनिएका मानिसहरूले साँच्‍चै नै कष्ट भोग्छन्। मलाई भन, के झूटा अगुवा वा ख्रीष्टविरोधीहरूले शक्ति हातमा लिने कार्यले परमेश्‍वरका चुनिएका मानिसहरूलाई शान्ति र हर्ष दिन सक्छ? झूटा अगुवा र ख्रीष्टविरोधीहरूका विचार र दृष्टिकोणहरू पूर्ण रूपमा दुष्ट र सत्यता विपरीत हुन्छन्। यदि तिनीहरूलाई साथ दिने दश-बीस जना जीवित पिशाचहरू छन् भने, त्यस्तो मण्डलीमा जिउनु भनेको पिशाचहरू भेला हुने ठाउँमा, दियाबलस राजाले नियन्त्रण गरेको पिशाचहरूको गुफामा जिउनु जस्तै हो; यो त मासु पेल्‍ने मेसिनभित्र बस्‍नु जस्तै हो, जसले तेरो मन र आत्मालाई अशान्त तुल्याउँछ। हरेक दिन, तेरा विचारहरूलाई कोसँग लडाइँ वा सङ्घर्ष गर्ने, कोसँग मित्रता गर्ने र नजिक हुने, कोबाट जोगिने र सतर्क हुने, र आदि-इत्यादि कुराहरूले ओगटेका हुन्छन्; तँसँग शान्तिको वातावरण समेत हुँदैन, तँ बिना कुनै शान्ति निरन्तर डर र त्रासमा जिउँछस्। के यो मासु पेल्‍ने मेसिनभित्र हुनु जस्तो होइन र? (हो।) यो दुष्ट समाज, यो दुष्ट मानवजातिले सबैलाई र हरेक समूह वा सङ्गठनलाई एउटै तरिकाले व्यवहार गर्छ, र सबैमा एउटै राय र दृष्टिकोणहरू लागू गर्छ। त्यसै गरी, तुलनात्मक रूपमा सकारात्मक रहेको मण्डलीप्रति समेत तिनीहरू असहज मान्छन्, यसलाई छोड्दैनन्। जेसुकै भए पनि, हामीले तिनीहरूलाई व्यवहार गर्ने तरिका सिद्धान्तनिष्ठ हुन्छ, होइन र?

परमेश्‍वरमा विश्‍वास गर्नुको नवौँ उद्देश्य—मण्डलीको निगरानी गर्ने—बारे अब पूर्ण रूपमा सङ्गति गरिएको छ, र अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीको पहिलो वर्गका सबै विषयवस्तुहरूबारे पनि आधारभूत रूपमा सङ्गति गरिएको छ। परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासपछाडि यी अविश्‍वासी र नास्तिकहरूका उद्देश्यहरूका सम्बन्धमा हामीले मूलभूत रूपमा निकालेका बुँदाहरू यिनै हुन्। सङ्गति गरिएको अन्तिम उद्देश्य विषयवस्तुका हिसाबले अघिल्लो उद्देश्यभन्दा अलिक फरक छ। जब मण्डलीको निगरानी गर्ने मानिसहरूले मण्डलीमा घुसपैठ गर्छन्, तब तिनीहरू रोजगारी, हैसियत, वा जीवन र कामका सुविधाहरूको पछि लागिरहेका हुँदैनन्, तर राजनीतिक उद्देश्यका साथ आएका हुन्छन्। तिनीहरूको उद्देश्य जेसुकै भए पनि, हामीले तिनीहरूलाई छर्लङ्ग देखेपछि र खुट्ट्याएपछि, तुरुन्तै उचित कारबाही गर्नुपर्छ, यी व्यक्तिहरूलाई निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ, र तिनीहरूलाई मण्डलीमा लामो समयसम्म लुक्न दिनु हुँदैन। यो अगुवा र कामदारहरूको महत्त्वपूर्ण कार्य हो। परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको तिनीहरूको उद्देश्यका आधारमा, साँचो दाजुभाइ-दिदीबहिनीहरू—परमेश्‍वरका चुनिएका मानिसहरू—र मण्डलीले निकाल्नुपर्ने वा निष्कासित गर्नुपर्ने विभिन्‍न प्रकारका दुष्ट मानिसहरू को हुन् भनेर खुट्ट्याओ र निर्धारित गर; यी दुष्ट मानिसहरूलाई तुरुन्तै पहिचान गर र त्यसपछि तिनीहरूलाई निकाल्न वा निष्कासित गर्न तुरुन्तै सम्बन्धित तरिका अपनाऊ। विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने र वर्गीकरण गर्ने कार्यको पहिलो वर्ग यही हो: व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य। हामीले यस विषयमा हाम्रो सङ्गति समाप्त गरेका छौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्