अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४) खण्ड एक

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग तीन)

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

अ. व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यका आधारमा

पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीका बारेमा सङ्गति गर्‍यौँ: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने।” यस जिम्मेवारीको विषयवस्तुका आधारमा, हामीले विविध परिस्थितिहरूमा विभिन्‍न मानिसहरूका विभिन्‍न प्रकटीकरणहरूलाई सारांश गर्‍यौँ, त्यसपछि यी विभिन्‍न व्यक्तिहरूलाई तिनीहरूको प्रकटीकरणका आधारमा खुट्ट्यायौँ। यी व्यक्तिहरूको खुट्ट्याइमार्फत, हामीले परमेश्‍वरको घरले खुट्ट्याउनुपर्ने र निकाल्नुपर्ने दुष्ट मानिसहरू—अर्थात्, परमेश्‍वरको घरमा रहने अनुमति नभएका र निकालिने कार्यका निसानाहरू को-को हुन् भन्‍ने कुरालाई स्पष्ट रूपमा पहिचान गर्ने उद्देश्य राख्यौँ। यसअघिका दुई पटक, हामीले तीन वटा पक्षहरूमार्फत विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने र वर्गीकरण गर्ने बारे सङ्गति गर्‍यौँ। आज, हामी यी तीन वटा पक्षहरूमार्फत विभिन्‍न प्रकारका दुष्ट मानिसहरूको वर्गीकरणबारे विभिन्‍न विवरणहरूका सङ्गतिलाई जारी राख्‍नेछौँ। पहिलो, चौधौँ जिम्मेवारी र त्यसमा सूचीकृत गरिएका तीन वटा विशिष्ट वर्गहरू पढ। (अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने।” पहिलो: परमेश्‍वरमा विश्‍वास गर्नुको पछाडि व्यक्तिको उद्देश्य; दोस्रो: व्यक्तिको मानवता; तेस्रो: आफ्नो कर्तव्यप्रतिको व्यक्तिको मनोवृत्ति।) पढिसकेपछि, के तिमीहरूलाई यसअघिका दुई वटा सङ्गतिका केही आधारभूत विषयवस्तुहरू याद आयो? (आयो।) सुरुमा हाम्रो यसअघिको सङ्गतिको विषयवस्तुलाई पुनरावलोकन गरौँ। (यसअघि, परमेश्‍वरमा विश्‍वास गर्नुको पछाडि रहेको व्यक्तिको उद्देश्यबारे परमेश्‍वरले सङ्गति गर्नुभयो, र यस विषयका चौथोदेखि आठौँ बुँदासम्म समेट्नुभयो: चौथो, अवसरवादमा संलग्‍न हुनु; पाँचौँ, मण्डलीको भरमा बाँच्नु; छैटौँ, शरण खोज्नु; सातौँ, पृष्ठपोषक खोज्नु; आठौँ, राजनीतिक लक्ष्यहरू पछ्याउनु।) यसअघिको सङ्गतिमा यी पाँच बुँदाहरूबारे छलफल गरिएको थियो। यी पाँच प्रकारका मानिसहरूका आधारभूत प्रकटीकरणहरू र तिनीहरूले प्रकट गरेका भ्रष्ट सारहरूका सङ्गतिमार्फत, परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको तिनीहरूको व्यवहार अनि अभिप्राय र उद्देश्यहरू, साथै परमेश्‍वरबाट तिनीहरूले गर्ने निरन्तर मागहरूका आधारमा मूल्याङ्कन गर्दा, के यी मानिसहरू दाजुभाइ-दिदीबहिनी मानिनुपर्छ र मण्डलीमा नै रहनुपर्छ? (अहँ, त्यस्ता मानिसहरूलाई पखाल्नुपर्छ, किनभने परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास सत्यता पछ्याउनु वा मुक्ति पछ्याउनु भन्‍ने हुँदैन। तिनीहरू सबैका व्यक्तिगत अभिप्राय र योजनाहरू हुन्छन्, तिनीहरूले आफ्ना लागि फाइदाहरू हत्याउने र परमेश्‍वरको घरमा लाभहरू प्राप्त गर्ने आशा गर्छन्। तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू होइनन्; तिनीहरू सबै अविश्‍वासीहरू हुन्।) यदि अविश्‍वासीहरूलाई मण्डलीबाट निकालिएन भने, तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई के-कस्तो हानि गर्न सक्छन्? (तिनीहरूले न त परमेश्‍वरको वचन खाने र पिउने गर्छन्, न त तिनीहरूले परमेश्‍वरको काम अनुभव नै गर्छन्; तिनीहरू सत्यता स्वीकार नगरी मण्डलीमा बस्छन्। त्यसमाथि, तिनीहरूले नकारात्मकता र धारणाहरू पोख्न सक्छन्, यसरी बाधा र अवरोधहरू दिन्छन्, र नकारात्मक भूमिका खेल्छन्।) यी प्रकटीकरणहरू मानिसहरूले मूलतः देख्‍न सक्‍ने कुरा नै हुन्।

यसअघिको सङ्गतिमा छलफल गरिएका पाँच प्रकारका मानिसहरूका प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, के यी मानिसहरूमा कुनै साझा विशेषता हुन्छ? (हुन्छ।) तिनीहरूको साझा विशेषता के हो? (ती सबै मानिसहरू अविश्‍वासीहरू हुन्।) (तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, सत्यतामा विश्‍वास गर्दैनन्, र सत्यतामा रुचि राख्दैनन्।) यसले तिनीहरूको सार छुन्छ। तिनीहरूले सत्यतामा विश्‍वास नगर्ने हुनाले, सत्यता स्वीकार गर्नेछैनन्। सत्यता पटक्‍कै स्वीकार नगर्ने मानिसहरूको सार अविश्‍वासीकै सार हो। अविश्‍वासीहरूको पहिचान चिन्हहरू के-के हुन्? तिनीहरू अवसरवादमा संलग्न हुन, मण्डलीको भरमा बाँच्न, प्रकोपहरूबाट जोगिन, आड पाउन र खान पाइरहन परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूमध्ये कतिपय त राजनीतिक लक्ष्यहरूसमेत पछ्याउँछन्, अनि तिनीहरू निगाह र आधिकारिक नियुक्ति प्राप्त गर्नहेतु निश्‍चित मामलाहरूमार्फत सरकारसँग सम्पर्क स्थापित गर्न चाहन्छन्। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, तिनीहरूमध्येका एकएक व्यक्ति अविश्‍वासीहरू हुन्। तिनीहरू परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यी मनसाय र अभिप्रायहरू बोक्छन्, र तिनीहरूले हृदयमा, परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा पूर्ण निश्‍चिततासाथ विश्‍वास गर्दैनन्। तिनीहरूले उहाँलाई माने नै भने पनि, शङ्का गर्दै मान्छन्, किनभने तिनीहरूले पक्रिरहेका दृष्टिकोणहरू नास्तिक हुन्छन्। तिनीहरू भौतिक संसारमा तिनीहरूले देख्‍न सक्‍ने कुराहरूमा मात्रै विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन् भनेर हामी किन भन्छौँ? किनभने तिनीहरू परमेश्‍वरले स्वर्ग र पृथ्वी र यावत् थोक सृष्टि गर्नुभएको हो, र मानवजातिलाई सृष्टि गरेपछि परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गरिरहनुभएको छ र तिनीहरूमाथि सार्वभौमिकता राखिरहनुभएको छ भन्‍ने तथ्यहरूमा एकनासले विश्‍वास गर्ने वा तिनलाई स्विकार्ने गर्दैनन्। त्यसकारण, तिनीहरूले परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भन्‍ने तथ्य विश्‍वास गर्न पटक्‍कै सक्दैनन्। यदि तिनीहरूले परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भनी विश्‍वास गर्दैनन् भने, के तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू विश्‍वास गर्न र तिनलाई मान्न सक्छन् त? (सक्दैनन्।) यदि तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू विश्‍वास गर्दैनन् भने, के तिनीहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ भन्‍ने कुरामा र मानवजातिलाई मुक्ति दिने उहाँको व्यवस्थापनको योजनामा विश्‍वास गर्छन् त? (गर्दैनन्।) तिनीहरू यी कुनै कुरामा विश्‍वास गर्दैनन्। तिनीहरूको अविश्‍वासको जड के हो? त्यो जड के हो भने, तिनीहरू परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरू नास्तिक र भौतिकवादीहरू हुन्। तिनीहरूले भौतिक संसारमा देख्‍न सक्ने कुराहरू मात्रै वास्तविक हुन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले युक्ति र अनुचित माध्यमहरूद्वारा मात्रै ख्याति, प्राप्ति, र हैसियत हासिल गर्न सकिन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू समृद्ध हुने र सुखी जीवन जिउने एउटै मात्र तरिका शैतानी दर्शनहरूअनुसार जिउनु हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो भाग्य आफ्नै हातमा मात्र हुन्छ, र सुखी जीवन बनाउन र सुरक्षित गर्न आफूमै भर पर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकता वा उहाँको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरमा भर परे तिनीहरूले केही प्राप्त गर्नेछैनन् भन्‍ने सोच्छन्। अन्त्यमा, तिनीहरूले परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्न सक्छन् भन्‍ने कुरा विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनन्। त्यसकारण परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा अवसरवादमा संलग्न हुने, मण्डलीको भरमा बाँच्ने, शरण खोज्ने, पृष्ठपोषक खोज्ने, विपरीतलिङ्गी साथीहरू बनाउने, र राजनीतिक लक्ष्यहरू पछ्याउने—आफ्ना लागि आधिकारिक पद र खानपिनको आधार सुरक्षित गर्ने—जस्ता मनसाय र उद्देश्यहरू देखा पर्छन्। ती मानिसहरूले परमेश्‍वरले यावत् कुरामाथि सार्वभौम शासन गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास नगर्ने हुनाले नै तिनीहरू आफ्ना अभिप्राय र उद्देश्यहरू लिएर दुस्‍साहसपूर्ण र निर्लज्जतापूर्वक मण्डलीमा घुसपैठ गर्न सक्छन्, मण्डलीमा आफ्ना प्रतिभा उपयोग गर्न वा आफ्ना चाहनाहरू साकार पार्न चाहन्छन्। यसको अर्थ तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहना सन्तुष्ट पार्न मण्डलीमा घुसपैठ गरिरहेका हुन्छन्; तिनीहरू मण्डलीमा ख्याति, प्राप्ति, र हैसियत पाउन चाहन्छन्, र यसो गरेर तिनीहरूले खान पाइरहनेछन्। तिनीहरूको व्यवहार, साथै तिनीहरूको प्रकृति सारबाट, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको उद्देश्य, मनसाय, र अभिप्रायहरू वैध छैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्यता स्विकार्दैनन् वा निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन् भनेर देख्‍न सकिन्छ—तिनीहरूले मण्डलीमा घुसपैठ गरे पनि ठाउँ मात्रै ओगट्ने गर्छन्, कहिँकतै कुनै सकारात्मक भूमिका खेल्दैनन्। त्यसकारण, मण्डलीले त्यस्ता मानिसहरूलाई स्विकार्नु हुँदैन। ती मानिसहरूले मण्डलीमा घुसपैठ गरेका भए पनि, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्, बरु तिनीहरू त अरूका असल अभिप्रायका कारण ल्याइएका थिए। “तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्”—यसलाई कसरी अर्थ लगाउनुपर्छ? यसको अर्थ के हो भने, परमेश्‍वरले तिनीहरूलाई पूर्वनिर्धारित र छनौट गर्नुभएको छैन; उहाँ तिनीहरूलाई आफ्नो कामका पात्रका रूपमा हेर्नुहुन्न; न त उहाँले तिनीहरूलाई उहाँद्वारा मुक्ति दिइने मानवका रूपमा पूर्वनिर्धारित नै गर्नुभएको छ। यी मानिसहरूले मण्डलीमा घुसपैठ गरेपछि, हामीले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा स्वतः व्यवहार गर्न सक्दैनौँ, किनभने तिनीहरू साँचो रूपमा सत्यता स्विकार्ने वा परमेश्‍वरको काममा समर्पित हुने मानिसहरू होइनन्। कतिपयले सोध्न सक्छन्, “तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू नभएकाले मण्डलीले किन तिनीहरूलाई निकाल्ने वा निष्कासन गर्ने गर्दैन?” परमेश्‍वरको अभिप्राय उहाँका चुनिएका मानिसहरूले यी मानिसहरूबाट सुझबुझ विकास गर्न सकून् र यसरी शैतानका युक्तिहरू छर्लङ्गै देख्‍न सकून् र शैतानलाई इन्कार्न सकून् भन्ने हो। परमेश्‍वरका चुनिएका मानिसहरूसँग सुझबुझ भएपछि, यी अविश्‍वासीहरू पखालिनुपर्छ। सुझबुझ विकास गर्नुको उद्देश्य भनेको परमेश्‍वरका घरमा आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू लिएर घुसपैठ गरेका यी अविश्‍वासीहरूलाई खुलासा गर्नु र तिनीहरूलाई मण्डलीबाट निकाल्नु हो, किनभने ती मानिसहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनन्, र तिनीहरू सत्यता स्वीकार गर्ने र पछ्याउने मानिसहरू त झनै होइनन्। तिनीहरू मण्डलीमा रहेर केही फाइदा हुनेछैन—बरु ठूलो हानि मात्रै हुनेछ। सर्वप्रथम, मण्डलीमा घुसपैठ गरेपछि, ती अविश्‍वासीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू खाने-पिउने गर्दैनन् र अलिकति पनि सत्यता स्विकार्दैनन्। तिनीहरू सधैँ परमेश्‍वरका वचनहरू र सत्यताबाहेकका कुराहरू छलफल गर्छन्, यसरी अरूको हृदयलाई बाधा दिन्छन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्ने गरी मण्डलीको काममा बाधा र अवरोध मात्रै दिनेछन्। दोस्रो कुरा, यदि तिनीहरू मण्डलीमै रहे भने, तिनीहरूले गैरविश्‍वासीहरूले जस्तै दुष्कर्महरू गर्दै बेकाबु रूपमा दौडनेछन्, मण्डलीको काममा बाधा र अवरोध दिनेछन्, र मण्डलीलाई धेरै गुप्त खतराहरूमा पार्नेछन्। तेस्रो कुरा, तिनीहरू मण्डलीमै रहे पनि, तिनीहरूले स्वेच्छाले सेवाकर्ताका रूपमा काम गर्नेछैनन्, र तिनीहरूले अलिकति सेवा प्रदान गरे पनि, त्यो आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै हुनेछ। यदि तिनीहरूले आशिष् पाउन सक्दिनँ भनेर थाहा पाउने दिन आयो भने, तिनीहरू क्रोधित भएर मण्डलीका काममा बाधा र क्षति पुर्‍याउनेछन्। त्यसलाई सहनुभन्दा, जतिसक्दो चाँडो तिनीहरूलाई मण्डलीबाट निकाल्नु बेस हुन्छ। चौथो कुरा, ती अविश्‍वासीहरूले गुटबन्दी गर्ने, र ख्रीष्टविरोधीहरूलाई सहयोग गर्ने र पछ्याउने, मण्डलीभित्र मण्डलीका काममा ठूलो खतरा पैदा गर्ने दुष्ट शक्ति पैदा गर्ने सम्भावना हुन्छ। यी चार कुराहरू ख्याल गर्दा के देखिन्छ भने, परमेश्‍वरका घरमा घुसपैठ गर्ने यी अविश्‍वासीहरूलाई खुट्ट्याउनु र खुलासा गर्नु, र त्यसपछि तिनीहरूलाई निकाल्नु आवश्यक छ। यो नै मण्डलीको काममा सामान्य प्रगति कायम राख्‍ने, र परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू खान-पिउन र सामान्य रूपमा मण्डली जीवन जिउन सक्‍ने, अनि त्यसकारण तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्न सक्‍ने कुरा प्रभावकारी रूपमा सुरक्षित गर्ने एउटै तरिका हो। किनभने, यी अविश्‍वासीहरूले मण्डलीमा घुसपैठ गर्दा यसले परमेश्‍वरको चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छ। यस्ता धेरै मानिसहरू छन् जो तिनीहरूलाई खुट्ट्याउन सक्दैनन्, बरु तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्छन्। कतिपय मानिसहरूले त, तिनीहरूसँग केही वरदान वा सबल पक्षहरू छन् भन्‍ने देखेर, तिनीहरूलाई अगुवा र कामदारका रूपमा सेवा गर्न छनौट गर्छन्। मण्डलीमा झूटा अगुवा र ख्रीष्टविरोधीहरू यसरी नै उत्पन्न हुन्छन्। तिनीहरूको सार हेर्दा, तिनीहरू कसैले पनि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, वा उहाँका वचनहरू सत्यता हुन्, वा उहाँले सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ भनी विश्‍वास गर्दैनन् भनेर देख्‍न सकिन्छ। परमेश्‍वरका नजरमा तिनीहरू गैरविश्‍वासीहरू हुन्। उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्न, र पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन। त्यसकारण, तिनीहरूको सारका आधारमा, तिनीहरू परमेश्‍वरको मुक्तिका पात्र होइनन्, र तिनीहरू निश्‍चय नै उहाँद्वारा पूर्वनिर्धारित वा चुनिएका होइनन्। परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन किमार्थ सक्नुहुन्न। जे-जसरी हेरे पनि, यीमध्ये कुनै पनि अविश्‍वासीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्। तिनीहरूलाई तुरुन्तै र सही रूपमा खुट्ट्याउनुपर्छ, र त्यसपछि निकालिनुपर्छ। तिनीहरूलाई अरूलाई बाधा दिँदै मण्डलीमा लुकेर बस्न दिनु हुँदैन। यी अविश्‍वासीहरू फरक-फरक उद्देश्य र मनसायहरूका साथ मण्डलीमा घुसपैठ गर्छन्, र तैँले तिनीहरूलाई सुरुमा छर्लङ्गै देख्‍न वा खुट्ट्याउन नसक्‍ने सम्भावना हुन्छ। तर, समय बित्दै जाँदा, तिनीहरूसँग बारम्बार अन्तरक्रिया गर्ने क्रममा र तिनीहरूसँग धेरै व्यवहार गरेसँगै, तैँले तिनीहरूलाई झन्झन् बढी बुझ्नेछस्, र तिनीहरू अविश्‍वासी हुन् भनेर सङ्केत गर्ने विभिन्‍न प्रकटीकरणहरू झन्झन् स्पष्ट रूपमा देख्‍नेछस्। त्यसपछि, के परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूलाई खुट्ट्याउन सजिलो हुँदैन र? (हुन्छ।) यदि परमेश्‍वरका चुनिएका मानिसहरू सबैले अविश्‍वासीहरूलाई खुट्ट्याउन सक्छन् भने, तिनीहरूलाई प्रकाश गरेर निकाल्ने समय आएको हुन्छ। तिनीहरूको चरित्र, तिनीहरूको सामाजिक हैसियत जे भए पनि, वा मण्डलीमा तिनीहरूको वरिष्ठता जति नै ठूलो भए पनि, यदि तिनीहरूले धेरै वर्ष प्रवचन सुनेपछि पनि अझै सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू परमेश्‍वरबारे धारणाहरूले भरिएका हुन्छन् भने, तिनीहरू पहिले नै अविश्‍वासीको रूपमा प्रकट भइसकेका हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूका उद्देश्य र प्रकटीकरणहरूलाई ख्याल गर्दा, निस्सन्देह तिनीहरू निकालिनु वा निष्कासित गरिनुपर्ने मानिस हुन्। मण्डलीले हरेक अवधिमा गर्नैपर्ने सफाइको काम यही हो।

परमेश्‍वरमा विश्‍वास गर्ने उद्देश्यको विषयले आठ वटा बुँदाहरूलाई समेट्यो, जसको अर्थ आठ प्रकारका मानिसहरू छन्, जसका प्रकटीकरणहरू हामीले विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउन र त्यसपछि सही चित्रण गर्न र तिनीहरूलाई सोहीअनुसार सम्हाल्नका लागि पर्याप्त हुन्छन्। छोटकरीमा भन्दा, यी आठ प्रकारका मानिसहरू मण्डलीमा रहन सक्दैनन्। कतिपयले यस्तो सोध्न सक्छन्, “के यी आठ प्रकारका मानिसहरूमध्ये प्रत्येकले एउटै किसिमको व्यवहार मात्रै प्रदर्शन गर्छ त?” त्यस्तै हुन्छ भन्‍ने छैन; परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि कतिपय मानिसहरूको उद्देश्यमा चार-पाँच वटा बुँदाहरू समावेश हुन्छन्—तिनीहरूले शरण खोज्छन्, तिनीहरू मण्डलीको भरमा बाँच्छन्, अवसरवादमा संलग्‍न हुन्छन्, राजनीतिक उद्देश्यहरू पछ्याउँछन्, र विपरीतलिङ्गीलाई जथाभाबी खोजी गर्छन्, अन्धाधुन्ध अरूलाई फकाउन मण्डलीमा घुसपैठ गर्छन्। कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यमा दुई वटा बुँदा समावेश हुन सक्छ—एउटा भनेको मण्डलीमा पदाधिकारी बन्‍ने प्रयास गर्नु हो, र अर्को भनेको अवसरवादमार्फत आशिष्‌हरू खोज्नु हो, वा कतिपयले विपरीत लिङ्गीलाई खोज्नुका साथै मण्डलीको भरमा बाँच्ने गर्न पनि सक्छन्। स्पष्ट रूपमा नै, यी मानिसहरू फाइदा उठाउनका लागि, परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो काम पूरा गर्न, आफ्ना लागि मेहनत गराउनका लागि प्रयोग गर्ने अभिप्राय लिएर परमेश्‍वरको घरमा आउँछन्; आफ्नो उद्देश्य हासिल गर्न र आफ्ना चाहनाहरू पूरा गर्नका लागि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो सेवा गर्न लगाउनका लागि सबै सम्भव माध्यमहरू प्रयोग गर्छन्। छोटकरीमा भन्दा, मण्डलीमा घुसपैठ गरेका र निकालिनु वा निष्कासित गरिनुपर्ने यी अविश्‍वासी र अवसरवादीहरू परमेश्‍वरको घरमा आउनुको स्पष्ट उद्देश्य भनेको सित्तैमा खानु र आफ्नो व्यक्तिगत फाइदाका लागि परिस्थितिको फाइदा उठाउनु हो। चाहे तिनीहरूको बोलीवचनमा होस् वा व्यवहारमा होस्, तिनीहरूको उद्देश्यलाई सधैँ अस्पष्ट रूपमा खुट्ट्याउन सकिन्छ। यी मानिसहरू सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र सत्यताप्रति तिनीहरूलाई कुनै रुचि हुँदैन; कहिलेकाहीँ तिनीहरूले विकर्षण वा प्रतिरोधको मुड र मनोवृत्तिसमेत देखाउँछन्। मण्डलीले तिनीहरूका लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरे पनि, यसमा तिनीहरूलाई फाइदा भए मात्रै मन नलागी-नलागी सहकार्य गर्छन्। यदि तिनीहरूका लागि कुनै फाइदा छैन भने, तिनीहरू भित्री रूपमा प्रतिरोध गर्छन् र नकारात्मकता र निष्क्रियता, र विकर्षण वा इन्कारसमेत देखाउँछन्। केही फाइदा छ भने मात्रै तिनीहरू अलिकति काम गर्छन्; छैन भने, तिनीहरू कि त तर्किन्छन् अथवा निष्क्रिय रूपमा झारा टार्छन्। कामका निर्णायक क्षणहरूमा, तिनीहरू लुकामारी खेल्छन्, हराउँछन् र मण्डलीको कामलाई बेवास्ता गर्छन्। यी प्रकटीकरणहरूबाट, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास त सित्तैमा खानु मात्रै हो भन्ने स्पष्ट हुन्छ; तिनीहरूलाई सेवाका लागि प्रयोग गर्दा समेत यसले फाइदाभन्दा बढी हानि गर्छ।

झ. मण्डलीको निगरानी गर्नु

आज, हामी परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि व्यक्तिको उद्देश्यसम्‍बन्धी शीर्षकको अन्तिम बुँदाबारे सङ्गति गर्नेछौँ। यसभन्दा पहिले उल्लेख गरिएका आठ बुँदाहरूबाहेक, अर्को प्रकारको व्यक्ति पनि छ जसको परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको उद्देश्य र अभिप्राय वैध हुँदैन। फाइदाहरूद्वारा मात्रै उत्प्रेरित हुने, ख्याति, प्राप्ति, र हैसियत पछ्याउन सक्दो गर्ने माथि उल्लेख गरिएका मानिसहरूबाट तिनीहरूलाई के कुराले छुट्याउँछ? यस प्रकारको व्यक्ति हैसियत वा खान पाइरहनका खातिर, वा आफ्नो जीवनलाई अझै सहज बनाउनका खातिर, र आदि-इत्यादि कुराका लागि पदाधिकारी बन्‍न मण्डलीमा प्रवेश गर्दैन; तिनीहरूसँग साधारण मानिसहरूलाई पत्ता लगाउन गाह्रो हुने उद्देश्य हुन्छ। यो उद्देश्य के हो? मण्डलीको निगरानी गर्नु र बुझ्नु हो। मण्डलीको निगरानी गर्नु परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि व्यक्तिको उद्देश्यसम्‍बन्धी शीर्षकको नवौँ बुँदा हो। यी मानिसहरू मण्डलीको विकासक्रम बुझ्ने उद्देश्यले, यसको निगरानी गर्ने कार्यका साथ मण्डलीमा प्रवेश गर्छन्। तिनीहरूलाई पठाउने मानिसहरू, तिनीहरूका वरिष्ठ वा मालिकहरूले सरकार, निश्‍चित धार्मिक समूह, वा समाजको कुनै सङ्गठनलाई प्रतिनिधित्व गर्न सक्छन्। तिनीहरू मण्डलीसँग अपरिचित हुने हुनाले, यसप्रति जिज्ञासाले भरिएका हुने हुनाले, र तिनीहरूलाई मण्डलीको उत्पत्ति, गठन, र अस्तित्वबारे समेत असहज लाग्‍ने हुनाले, तिनीहरूसँग मण्डलीलाई गहन रूपमा बुझ्ने, मण्डलीको संरचना, यसको काम, र विभिन्‍न परिस्थितिहरूका बारेमा जान्‍ने अभिप्राय हुन्छ। त्यसकारण, कतिपय मानिसहरूलाई निगरानीको कार्य गर्न मण्डलीमा पठाइन्छ। मण्डलीको निगरानी गर्ने कार्य वहन गर्ने मानिसहरू, चाहे तिनीहरू सरकारबाट आएका मानिसहरू हुन्, धार्मिक समूहहरूबाट आएका मानिसहरू हुन्, वा कुनै पनि सामाजिक सङ्गठनबाट आएका मानिसहरू हुन्, परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि तिनीहरूको उद्देश्य साँचो दाजुभाइ-दिदीबहिनीहरूको भन्दा पूर्ण रूपमा फरक हुन्छ। तिनीहरू परमेश्‍वरको मुक्ति स्वीकार गर्न यहाँ आएका होइनन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई मान्ने आधारमा परमेश्‍वरका वचनहरू, सत्यता, र परमेश्‍वरको मुक्ति स्वीकार गर्न यहाँ आएका होइनन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वाससँग राजनीतिक उद्देश्यहरू वा कुनै पनि सङ्गठनले दिएको कार्य जोडिएको हुन्छ। त्यसकारण, मण्डलीको निगरानी गर्नु मण्डलीमा घुसपैठ गर्ने र परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको उद्देश्य, र तिनीहरूका वरिष्ठहरूले खटाएको कार्य दुवै हो; यो तिनीहरूले आफ्नो ज्याला कमाउनका लागि गर्ने कार्य हो।

मण्डलीलाई निगरानी गर्न मण्डलीमा घुसपैठ गर्नेहरूका हकमा भन्दा, तिनीहरूले के निगरानी गर्छन्? तिनीहरूले मण्डलीका शिक्षाहरू, यसका उद्देश्यहरू, यसले वकालत गर्ने कुरा, यसले गर्ने काम, र यसका सदस्यहरूका विचार र दृष्टिकोणहरू जस्ता धेरै पक्षको निगरानी गर्छन्, यसले सरकार, धर्म, वा समाजमा कुनै हानि गर्न सक्छ कि सक्दैन भनेर मूल्याङ्कन गर्छन्। तिनीहरूले बोलिने कुराहरूमा कुनै पनि समाज-विरोधी, सरकार-विरोधी, वा राज्य-विरोधी अभिव्यक्तिहरू छन् कि छैनन् भनेर जाँच गर्छन्। शिक्षाका सन्दर्भमा, तिनीहरूले मण्डलीले वकालत गर्ने विचारहरू ठ्याक्कै के-के हुन् भनेर निगरानी गर्छन्। यी मानिसहरूले मण्डलीमा घुसपैठ गर्दा तँलाई तिनीहरू पत्ता लगाउन सजिलो नहुन सक्छ किनभने तिनीहरूले भेलाहरूमा ध्यान दिएर सुन्न सक्छन् र नउमिकन गम्भीर नोटहरू लिन सक्छन्। तिनीहरूले हरेक भेलामा विभिन्‍न व्यक्तिहरूका भाषणहरूलाई गम्भीरताका साथ सारांश समेत गर्न सक्छन्, अन्तमा कुन-कुन विचार र दृष्टिकोण राष्ट्रिय सरकारका हित र मागहरूअनुरूप छन्, र कुन-कुन राज्यको शासनका लागि हानिकारक छन्, कुन-कुन सरकारसँग बाझिन्छन्, र आदि-इत्यादि कुराहरू हेर्नका लागि विभिन्‍न मानिसहरूका फरक-फरक विचार र दृष्टिकोणहरूबारे निष्कर्ष निकाल्न र तिनलाई वर्गीकरण गर्न सक्छन्। तिनीहरूले मिहिन ढङ्गले मण्डली सदस्यहरूका यी गहन दृष्टिकोणहरूबारे निष्कर्ष निकाल्न र तिनलाई वर्गीकरण गर्न, अनि तिनको अभिलेख राख्न सक्छन्। तिनीहरू किन यसो गर्छन्? किनभने यो तिनीहरूको जागिर, तिनीहरूको कार्य हो; तिनीहरूले आफ्ना वरिष्ठहरूलाई रिपोर्ट गर्नैपर्छ। तिनीहरूको कार्यको पहिलो भाग यही हो: मण्डलीका शिक्षा र यसका सबै सदस्यहरूका वैचारिक प्रवृत्तिहरू बोध गर्नु। तिनीहरूले यी प्रवृत्तिहरूमा समाज वा राज्यका लागि हानिकारक तत्त्वहरू समावेश छन् भन्‍ने विश्‍वास गरेपछि, वा यदि तिनीहरूले केही कट्टरपन्थी विचार र दृष्टिकोणहरू देखा पर्छन् भन्‍ने विश्‍वास गरे भने, तिनीहरूले तुरुन्तै यसबारे रिपोर्ट गर्नेछन् र आफ्ना वरिष्ठहरूलाई जानकारी दिनेछन् ताकि उचित उपायहरू अपनाउन सकियोस्। तिनीहरूले सुरुमा मण्डलीका शिक्षा बुझ्ने उद्देश्य राख्छन्—मण्डलीको निगरानी गर्दा तिनीहरूले गर्ने मुख्य कार्यहरूमध्ये एउटा यही हो—यसपछि तिनीहरूले मण्डलीका कर्मचारीहरूका बारेमा जानकारी लिन्छन्। उदाहरणका लागि, तिनीहरूले मण्डलीका वरिष्ठ अगुवाहरू को हुन् भन्‍ने बारेमा जानकारी सङ्कलन गर्छन्, जसमा तिनीहरूका आवासीय ठेगाना, उमेर, रूप, शैक्षिक स्तर, चासो र रुचिहरू, स्वास्थ्य अवस्था, तिनीहरू दैनिक जीवनमा केबारे कुराकानी गर्छन्, तिनीहरू कहाँ जान्छन्, तिनीहरू के काम गर्छन्, साथै तिनीहरूको दैनिक काम गर्ने समय र कामका विषयवस्तु समावेश हुन्छ। तिनीहरू यी अगुवाहरूले सरकार, धर्महरू, वा सामाजिक प्रचलनहरूविरुद्ध कुनै अभिव्यक्ति दिएका वा कुनै कार्यहरू गरेका छन् कि छैनन्, साथै राष्ट्रको शासन प्रणाली र वर्तमान राजनीतिक घटनाक्रमहरूप्रति यी अगुवाहरूले दिने प्रतिक्रियाहरू, र अरू कुराहरू हेर्छन्। मण्डलीको निगरानी गर्नेहरूले बोध गर्ने उद्देश्य राख्‍ने पक्षहरू यी सबै नै हुन्। यसको साथै, तिनीहरूले मण्डलीको संरचना र प्रशासनिक संरचनाहरूप्रति पनि निरन्तर रूपमा ध्यान दिन्छन्। उदाहरणका लागि, तिनीहरू मण्डलीका अगुवा र कामदारहरू को-को हुन्, कुन तहका अगुवाहरूलाई बर्खास्त गरिएको छ, बर्खास्त गरिएपछि तिनीहरूका लागि के-के प्रबन्ध गरियो, कुन-कुन अगुवाहरूलाई पक्राउ गरिएको छ, र पछि कसले तिनीहरूको काम लियो भन्‍ने कुराका विषयमा जानकारी राखिरहन्छन्। तिनीहरू उत्तराधिकारीको उमेर, लिङ्ग, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको वर्ष-अवधि, तिनीहरूको शैक्षिक स्तर, र तिनीहरू प्रतिभाशाली विश्‍वविद्यालय स्नातकहरू हुन् कि होइनन्—तिनीहरूले देश वा समाजमा कुनै नकारात्मक असर पार्छन् कि पार्दैनन्, र तिनीहरूलाई सरकारी विभागहरूमा काम गर्न नियुक्त गर्न सकिन्छ कि सकिँदैन भन्‍ने बारेमा जानकारी, र अरू विशिष्ट जानकारीहरू सङ्कलन गर्छन्। तिनीहरू आफ्नो पदभार ग्रहण गरिरहेका वा बर्खास्त भएका निश्‍चित मण्डली अगुवाहरूसमेत पत्ता लगाउन चाहन्छन्। अर्थात्, कर्मचारीहरूको हैसियत, निश्‍चित प्रशासनिक काम, र मण्डलीको संरचना जस्ता यी सबै कुरा तिनीहरूले आफूलाई परिचित गराउने उद्देश्य राख्‍ने पक्षहरू हुन्। यसको साथै, तिनीहरू मण्डलीमा कामका कति वटा विषयवस्तुहरू छन्, कति वटा समूहहरू छन्, र हरेक समूहका सुपरिवेक्षकका विवरणहरू, र अरू जानकारीहरू पूर्ण रूपमा बुझ्ने लक्ष्य राख्छन्। तिनीहरू सोधपुछ गर्दै, अवलोकन गर्दै, र सिक्दै यताउता गर्छन्, विस्तृत रूपमा आफ्नो काम सञ्चालन गर्छन्। मण्डलीमा घुसपैठ गर्ने यस्ता प्रकारका मानिसहरूले गर्नुपर्ने काम र पूरा गर्नुपर्ने कार्य भनेको मण्डलीको निगरानी गर्ने उद्देश्य पूरा गर्न मण्डलीको परिस्थिति र यसका विभिन्‍न घटनाक्रमहरूका सबै पक्षहरू तुरुन्तै बोध गर्नु हो। उदाहरणका लागि, यसमा, विदेशमा मण्डली कसरी विकास भइरहेको छ, सुसमाचार कति वटा देशमा फैलिएको छ, र कुन-कुन देशमा मण्डलीहरू स्थापना भएका छन्—तिनीहरूले यी सबै विवरणहरू बुझ्नुपर्छ। मण्डलीको निगरानी गर्ने क्रममा तिनीहरूले निर्वाह गर्ने मुख्य कार्यहरू यिनै हुन्: पहिलो, मण्डलीको शिक्षा बोध गर्नु; दोस्रो, मण्डलीका कर्मचारीहरूको परिस्थिति बोध गर्नु; अनि तेस्रो, मण्डलीको कामको अवस्था र यसका हालैका मुख्य गतिशीलताहरू बोध गर्नु। तिनीहरू पूर्ण रूपमा शैतान, अर्थात् ठूलो रातो अजिङ्गरका मतियार र अनुचरहरूका रूपमा काम गर्छन्; तिनीहरू शैतानका साँचो नोकरहरू हुन्।

मण्डलीको निगरानी गर्ने यस्ता प्रकारका मानिसहरूले मण्डलीका शिक्षा, कर्मचारी, कामका प्रचलनहरू, मण्डलीको आयाम, र अरू पक्षहरूसँग सम्बन्धित जानकारी बोध गर्नका लागि मण्डलीमा घुसपैठ गर्छन्। तिनीहरू यी प्रत्येक पक्ष बुझ्ने र त्यसपछि आफ्ना वरिष्ठहरूलाई तीबारे रिपोर्ट गर्ने लक्ष्य राख्छन्, जसले, कुनै पनि बेला परिस्थितिका आधारमा मण्डलीलाई सम्बोधन गर्न सम्बन्धित नीति योजना वा उपायहरू विकास गर्न सक्छन्। छोटकरीमा भन्दा, मण्डलीको निगरानी गर्नुपछाडिको तिनीहरूको उद्देश्यको अभिप्राय पटक्‍कै राम्रो हुँदैन। नत्र भने, यसले तिनीहरूलाई सम्पत्ति वा फाइदा नदिने भए पनि किन तिनीहरूले मण्डलीको निगरानी गर्नेथिए त? तिनीहरूलाई मण्डलीको अस्तित्वप्रति असहज महसुस भएकाले होइन र? तिनीहरू परमेश्‍वरले स्थापना र अगुवाइ गर्नुभएको मण्डलीमा विशुद्ध रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने, राज्य, समाज, वा राजनीतिक समूह र सङ्घसंस्थाहरूसँग कुनै सम्बन्ध नभएका मानिसहरू हुन्छन् भन्‍ने विश्‍वास गर्दैनन्। तर तिनीहरूले मण्डलीको खोजीनिधो जसरी गरे पनि, तिनीहरूलाई असहज नै लाग्छ। किन? किनभने तिनीहरू नास्तिक हुन्, तिनीहरूले परमेश्‍वरलाई मान्दैनन्, र सत्यतालाई घृणा पनि गर्छन्। त्यसकारण, तिनीहरू विश्‍वासीहरूलाई दमन र पक्राउ गर्ने, साथै मण्डलीको निगरानी गर्ने जस्ता मूर्ख र बेतुका कार्यहरू गर्न सक्षम हुन्छन्। तिनीहरू किन मण्डलीविरुद्ध निगरानी र प्रतिरोधका उपायहरू अपनाउँछन्? किनभने तिनीहरूको सबैभन्दा ठूलो चिन्ता के हो भने, मण्डली अत्यन्तै ठूलो भयो र यसका सदस्यहरू अत्यन्तै धेरै भए भने यसले देश, सरकार, र समाजमा ठूलो असर पार्नेछ, र परम्परागत संस्कृति र परम्परागत धार्मिक समूहहरूलाई समेत खतरामा पार्नेछ र प्रभाव पार्नेछ। मण्डलीविरुद्ध तिनीहरूको निगरानी र प्रतिरोधको पछाडि रहेको वास्तविक कारण यही हो। त्यसकारण, तिनीहरूले मण्डलीको निगरानी र प्रतिरोधलाई कार्यान्वयन गर्नुपर्ने राजनीतिक कार्यका रूपमा लिन्छन्।

मण्डलीको निगरानी गर्ने यस्ता प्रकारका मानिसहरूलाई मण्डलीभित्र खुट्ट्याउन सजिलो नहुन सक्छ किनभने तिनीहरूसँग गुप्त मनसायहरू हुन्छन् र अरूले तिनीहरूलाई पत्ता लगाउन नसकून् भनेर तिनीहरू आफूलाई गहन रूपमा लुकाउँछन्। त्यसकारण, तिनीहरूले मण्डलीका अधिकांश मानिसहरूले जे गर्‍यो त्यही गर्न सक्छन्, कुनै असामान्य काम गर्दैनन्, निकै शिष्ट देखिन्छन्, र मण्डलीले गरेको कामका बारेमा कहिल्यै कुनै असहमतिपूर्ण दृष्टिकोण व्यक्त गर्दैनन्। तर, यी व्यक्तिहरूमा एउटा विशेषता हुन्छ: तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रति मनतातो हुन्छन्, यस विषयमा न त तिनीहरू त्यति सक्रिय हुन्छन्, न त त्यति निष्क्रिय नै हुन्छन्। तिनीहरूले आफूलाई खटाइएका अलिकति कर्तव्यहरू गर्न सक्छन्, तर तिनीहरू कहिल्यै आफूले काम गर्ने ठाउँ, आफ्नो पारिवारिक परिस्थिति, वा आफूले पहिले परमेश्‍वरमा विश्‍वास गरेको वा नगरेको जस्ता आफ्ना व्यक्तिगत विवरणहरू प्रकट गर्दैनन्। यदि कसैले सरकारी विभागमा काम गर्ने बारेमा उल्लेख गर्‍यो भने, तिनीहरू निकै पन्छिन्छन्, सरकार, राजनीति, नीति, वा धर्मका बारेमा कुनै पनि राय दिनबाट जोगिन्छन्। तिनीहरूको व्यवहारलाई कुनै पनि संवेदनशील विषयहरूबाट पन्छिने कार्यले चित्रण गर्छ; तिनीहरूले सरकारलाई न त आलोचना गर्छन्, न त प्रशंसा नै, न त तिनीहरूले त्यसका नीतिका बारेमा, न त शासन प्रणालीका बारेमा नै छलफल गर्छन्। जब कसैले निश्‍चित व्यक्ति जासुस हो भनेर औँल्याउँछ, तब तिनीहरू निकै नर्भस हुन्छन् र आफ्नो प्रतिरक्षा गर्न तुरुन्तै खडा समेत हुन सक्छन्। नर्भस हुनुको साथै, तैँले तिनीहरूको हेराइबाट त्यस्ता संवेदनशील विषयहरूबाट पन्छिने प्रवृत्ति पनि देख्‍न सक्छस्; तिनीहरू आफूलाई छर्लङ्ग देख्‍न सक्‍ने जोकोहीबाट टाढा बस्छन्। यसको साथै, तिनीहरूलाई प्रायजसो अज्ञात स्रोतहरूबाट फोन आउँछ, वा मण्डलीसँग आबद्ध नभएका रहस्यमय व्यक्तिहरूले तिनीहरूलाई सम्पर्क गर्छन् र तिनीहरूसँग अन्तरक्रिया गर्छन्, र तिनीहरूले यी कलहरूमध्ये एउटा उठाउनेबित्तिकै, तिनीहरू अरूबाट टाढा जान्छन्। यदि कसैले तिनीहरूलाई यस्ता क्षणमा देखे भने, तिनीहरू देखिने गरी नै व्याकुल हुन्छन्, रातो-पिरो हुन्छन्, र तिनीहरूको पहिचान पत्ता लाग्न सक्छ भन्‍ने डरले अत्यन्तै असहज देखिन्छन्। मण्डलीका बारेमा गुप्त रूपमा जानकारी सङ्कलन गर्नेबाहेक, तिनीहरू बेला-बेलामा दाजुभाइ-दिदीबहिनीहरूको अवस्थाका बारेमा सोधपुछ पनि गर्छन्, र यस्ता प्रश्‍नहरू गर्छन्, “तिमीले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो? के तिम्रा आमाबुबाले विश्‍वास गर्छन्? के तिम्रा परिवारका सदस्यहरू मुख्य भूमिमा बस्छन्? मुख्य भूमिमा बस्‍ने तिम्रा परिवारका सदस्यहरूमध्ये, क-कसले परमेश्‍वरमा विश्‍वास गर्छन्, र उनीहरूले विश्वास गरेको कति वर्ष भयो? उनीहरूको उमेर कति भयो? तिमीहरूको स्थानीय मण्डलीमा कति जना मानिसहरू छन्? अहिले तिनीहरूको अवस्था कस्तो छ?” बेला-बेलामा, तिनीहरूले मानिसहरू खुलासा गर्न इच्छुक नभएका संवेदनशील र व्यक्तिगत जानकारी खोज्छन्। दाजुभाइ-दिदीबहिनीहरूबीचको सामान्य अन्तरक्रियामा, यदि कसैले संवेदनशील व्यक्तिगत जानकारी साझा गर्न नचाहेमा, कसैले पनि जानी-जानी वा सक्रिय रूपमा त्यसबारे सोध्दैन। तर, यो व्यक्तिले त्यस्ता कुराहरूलाई विशेष ध्यान दिन्छ, यहाँसम्म कि केही अगुवा र कामदारहरू वा महत्त्वपूर्ण कामका प्रभारीहरूका चालचलनहरूलाई पनि निगरानी गर्छ, यी मानिसहरूको कम्प्युटर र मोबाइल फोनको डाटासम्म पहुँच वा तिनीहरूको ठेगानासम्बन्धी जानकारी प्राप्त गर्ने प्रयास गर्छ, र यी विवरणहरूलाई राम्ररी अनुसन्धान गर्न जिद कस्छ। यदि उसले निश्‍चित अगुवा भेलामा सहभागी भएको छैन भन्‍ने याद गऱ्यो भने, उसले सोध्छ, “आज फलानो व्यक्ति भेलामा आएको छैन। उसले के गरिरहेको छ?” यदि कसैले ऊ व्यस्त छ भनेर उल्लेख गर्‍यो भने, उसले थप सोधपुछ गर्नेछ: “के कुरामा व्यस्त भयो? के उसले फेरि ती नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहेको छ? ती नयाँ विश्‍वासीहरू को हुन्? तिनीहरूले कहिलेदेखि विश्‍वास गर्न थाले? मलाई यसबारे कसरी थाहा भएन?” तिनीहरूले अझै गहन रूपमा खोतलिरहन्छन्। दाजुभाइ-दिदीबहिनीहरूले भन्छन्, “यदि हामीलाई थाहा हुनु हुँदैन भने, नसोधौँ। किन सोधिरहने? यो जीवन प्रवेशसँग सम्बन्धित छैन, यसमा सत्यतासँग सम्बन्धित छैन; यो कुरा जान्‍नु आवश्यक छैन।” यसमा घुसपैठ गर्नेले जबाफ दिन्छ, “तर यी परमेश्‍वरको घर, मण्डलीको कामका मामलाहरू हुन्; हामीले यसबारे किन थाहा पाउन मिल्दैन? हामी सबै परमेश्‍वरमा विश्‍वास गर्छौँ, र अलि-अलि थाहा पाउँदा फरक पर्दैन। यदि तिमीहरू जान्‍न चाहँदैनौ भने, यसको अर्थ तिमीहरूलाई मण्डलीको काम वा मण्डली अगुवाहरूको वास्ता छैन भन्‍ने हुन्छ। अगुवा ठ्याक्कै कसलाई भेट्न गयो? त्यहाँ कति जना नयाँ विश्‍वासीहरू छन्? तिनीहरू कहाँ छन्? म पनि तिनीहरूलाई भेट्न चाहन्छु।” तिनीहरूले सधैँ यी मामलाहरूका बारेमा सोधपुछ गरिरहेका हुन्छन्।

मण्डलीको निगरानी गर्नेहरूले सबैभन्दा बढी ध्यान दिने अर्को कार्य पनि छ, जुन मण्डलीको आर्थिक अवस्था बोध गर्नु हो। एक हिसाबमा, तिनीहरू मण्डलीका आर्थिक स्रोतहरू बुझ्न खोज्छन्। तिनीहरू मण्डलीले कारखाना वा उद्यमहरू स्थापना गरेको छ कि छैन, यसको स्वामित्वमा श्रम-कारखानाहरू छन् कि छैनन्, यसले बालश्रम प्रयोग गर्छ कि गर्दैन, र मण्डलीका कामका विभिन्न विषयवस्तुहरूमा नाफा कमाउने उद्यमहरू समावेश छन् कि छैनन् भनेर जान्‍न चाहन्छन्। उदाहरणका लागि, मण्डलीले परमेश्‍वरका वचनहरूका भिडियोहरू, चलचित्रहरू, भजनहरूको निर्माणले, र पुस्तकहरूको छपाइले नाफा कमाउँछ कि कमाउँदैन वा अत्यधिक नाफा उत्पन्न गर्छ कि गर्दैन; मण्डलीका आर्थिक स्रोतहरू के-के हुन्; मण्डलीलाई सहयोग गर्न कुनै समृद्ध व्यक्तिले दान दिन्छ कि दिँदैन; यी व्यक्तिहरूमा राजनीतिक कुलीन वर्ग वा करोडपति र अरबपतिहरू समावेश छन् कि छैनन्—तिनीहरूले बोध गर्न चाहने विवरणहरू यिनै हुन्। मण्डलीका प्रशासनिक संरचना र आर्थिक स्रोतहरू पत्ता लगाउने बाहेक, तिनीहरू मण्डलीको अर्थव्यवस्थाको अभिरक्षाबारे बोध गर्ने लक्ष्य पनि राख्छन्, र तिनीहरूको उद्देश्य भनेको यी रकम कतातिर जान्छन् भन्‍ने कुरा पत्ता लगाउनु हो। मण्डलीले त्यसको पैसा कसरी खर्च गर्छ, यो कुनै गैरकानुनी क्रियाकलापहरूमा संलग्‍न छ कि छैन, यसले संयुक्त रूपमा तानासाही सरकारहरूको विरोध गर्न र मानव अधिकारहरू कायम राख्न, र आदि इत्यादिका लागि सामाजिक कुलीन वर्गलाई सङ्गठित गर्छ कि गर्दैन वा विभिन्‍न सामाजिक सङ्घ-संस्था र समूहहरूसँग सहकार्य गर्छ कि गर्दैन—तिनीहरूले बोध गर्ने लक्ष्य राख्‍ने केही महत्त्वपूर्ण परिस्थितिहरू यी पनि हुन्। कतिपय मानिसहरू प्रश्‍न गर्छन्: “के मण्डलीको निगरानी गर्ने काम ठूलो रातो अजिङ्गरको देशले मात्रै गर्छ?” के यो अभिव्यक्ति सही छ? वास्तवमा, सम्पूर्ण संसार र सम्पूर्ण मानव समाजले परमेश्‍वरको प्रतिरोध गर्छन्। तानाशाही शासनमा रहेका देशहरूले मात्रै परमेश्‍वरको प्रतिरोध गर्ने होइन; तथाकथित इसाई देशहरूमा समेत, शक्तिमा रहेका अधिकांश मानिसहरू नास्तिक र गैरविश्‍वासीहरू हुन्छन्, र आस्था भएका वा इसाई धर्म मान्‍ने शक्तिमा रहेका मानिसहरूका बीचमा समेत, सत्यतालाई स्वीकार गर्न सक्‍ने मानिसहरू अल्पसङ्ख्यामा हुन्छन्। धेरैजसो मानिसहरूले सत्यतालाई मान्दैनन्, स्वीकार गर्नु त परको कुरा हो। त्यसोभए, के यिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने, तैपनि उहाँको प्रतिरोध गर्ने मानिसहरू होइनन् र? उदाहरणका लागि, इसाई धर्म, क्याथोलिक धर्म, र इस्राएलको यहूदी धर्म जस्ता धर्महरूको माथिल्ला तह सत्यता स्वीकार गर्ने मानिसहरूले बनेका हुन्छन्? पटक्‍कै हुँदैनन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको काम अनुसन्धान गर्न आउँदैनन्; एक जनाले पनि सत्यता स्वीकार गर्न सक्दैन। ठ्याक्कै भन्दा, तिनीहरू सबै अविश्‍वासीहरू हुन्; तिनीहरू सबैले परमेश्‍वरको प्रतिरोध गर्छन् र तिनीहरू सबै ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू परमेश्‍वरको काममा बाधा दिन्छन् र अन्तर्ध्वंस गर्छन् र परमेश्‍वरलाई पछ्याउनेहरूलाई निर्दयी रूपमा दमन गर्छन् र सताउँछन्, जुन कुरा तिनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई गर्ने व्यवहारबाट प्रमाणित हुन्छ। कुन सम्प्रदायले आफ्ना विश्‍वासीहरूलाई स्वतन्त्र रूपमा साँचो मार्ग अनुसन्धान गर्न, बाहिरका प्रचारकहरूको कुरा सुन्‍न, वा अपरिचित मानिसहरूलाई स्वागत गर्न दिन्छ? एउटाले पनि यसो गर्न सक्दैन। मण्डलीप्रति कुन जाति वा देश मैत्रीपूर्ण छ? (कुनै पनि छैन।) यदि तिनले तँलाई अलिकति धार्मिक स्वतन्त्रता र अलिकति सास फेर्ने ठाउँ दिए भने, त्यो नै सराहनीय कुरा हो। के तँ यसमाथि तिनीहरूले तँलाई साथ दिनेछन् भन्‍ने अझै पनि अपेक्षा गर्छस्? जब परमेश्‍वरको मण्डली देखा पर्छ वा जब मण्डलीले सुसमाचार प्रचार गर्न थाल्छ, तब परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास नगर्ने र परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूप्रति निश्‍चित विकर्षण र तिरस्कार महसुस गर्ने यी मानिसहरूले एउटा विशेष कार्य वहन गर्छन्, र त्यो कार्य भनेको मण्डलीलाई नजिकबाट निगरानी गर्नका लागि व्यक्तिहरू खटाउनु हो। यहाँ “निगरानी” को अर्थ अनुगमन गर्नु, पकडमा राख्‍नु र नियन्त्रण गर्नु भन्‍ने हुन्छ; अर्थात्, हरेक अवधिमा मण्डलीका सबै पक्षहरूलाई कडाइका साथ अनुगमन गर्नु, पकडमा राख्‍नु, र नियन्त्रण गर्नु। कतिपय मानिसहरू भन्छन्: “तिनीहरूले परमेश्‍वरको कामलाई सार्वजनिक रूपमा निन्दा वा विरोध गरेका छैनन्, न त हामीले हाम्रो स्थानीय जीवनमा सतावट वा उत्पीडन भोगेका छौँ। हामीलाई के लाग्छ भने, विदेशमा परमेश्‍वरमा विश्‍वास गर्नु, भेला हुनु, आफ्नो कर्तव्य पूरा गर्नु, र सुसमाचार प्रचार गर्नु ठूलो रातो अजिङ्गरको देशमा भन्दा धेरै राम्रो र सुरक्षित छ। हामीले कुनै हस्तक्षेप अनुभव गरेका छैनौँ।” कुनै हस्तक्षेप भएको छैन र तँलाई केही स्वतन्त्रता दिइएको छ भन्दैमा, तैँले तिनीहरूले मण्डलीको निगरानी गर्ने कामलाई नकार्नु हुँदैन। तँलाई दिइएको थोरै धार्मिक स्वतन्त्रता आधारभूत सामाजिक संस्था हो; तैँले आफू जिउने देशको कुनै पनि नागरिकले पाउने आधारभूत अधिकारहरूको मात्रै आनन्द उठाइरहेको छस्। यी आधारभूत अधिकारहरूको आनन्द उठाउनुको अर्थ राष्ट्रिय सरकारले, सामाजिक समूहहरूले, वा धार्मिक संसारले परमेश्‍वरको काम र मण्डलीको कामलाई स्वीकार गरेका छन् र मानेका छन्, तिनीहरू मित्रवत् बनेका छन्, वा अबउप्रान्त कुनै शत्रुता र निगरानी छैन भन्‍ने हुँदैन। के कुरा त्यही होइन र? (हो।) यो मामला अमूर्त छैन, छ त? (अहँ, छैन।)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्