अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२३) खण्ड पाँच

ज. राजनीतिक लक्ष्यहरू पछ्याउनु

यसपछि, हामी आठौँ उद्देश्य: राजनीतिक उद्देश्य र राजनीतिक लक्ष्यहरूका साथ परमेश्‍वरमा विश्‍वास गर्नुबारे सङ्गति गर्नेछौँ। त्यस्ता व्यक्तिहरू देखा पर्ने खासै उच्च सम्भावना हुँदैन, तर त्यसको सम्भावना जति भए पनि, यी मानिसहरू देखा पर्ने सम्भावना भएसम्म, हामीले तिनीहरूका उदाहरणहरूको सूचि बनाउनुपर्छ, र तिनीहरूको खुलासा गर्नुपर्छ, तिनीहरूबारे सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई चित्रण गर्नुपर्छ। हामीले यो गर्नैपर्छ ताकि सबैले उनीहरूलाई खुट्ट्याऊन्, र त्यसपछि तिनीहरूलाई सकेसम्म चाँडो निकाल्न सकिन्छ, यसरी मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमाथि समस्या र खतरा निम्त्याइनबाट रोक्न सकिन्छ। यो मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाका लागि गरिन्छ। त्यसकारण, राजनीतिक लक्ष्यहरूका साथ परमेश्‍वरमा विश्‍वास गर्नेहरू हामीले खुट्ट्याउनुपर्ने र सावधानी अपनाउनुपर्ने मानिसहरू हुन्, र तिनीहरू मण्डलीले सकेसम्म चाँडो निकाल्नुपर्ने दुष्ट मानिसहरू पनि हुन्। राजनीतिक लक्ष्यहरू भएकाहरूका प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले तँलाई आफ्ना साँचो विचारहरू भन्नेछैनन्। तिनीहरू प्रस्ट रूपमा यसो भन्नेछैनन्, “मलाई बस राजनीतिमा रुचि छ, मलाई राजनीतिमा भाग लिन मन पर्छ, त्यसैले म अरू कुनै कारणले नभई राजनीतिक लक्ष्यहरू र राजनीतिक उद्देश्यहरूका साथ परमेश्‍वरमा विश्‍वास गर्छु। तपाईँहरूले मलाई जसरी सम्हाल्नुपर्छ त्यसरी नै सम्हाल्न सक्नुहुन्छ।” के तिनीहरू यसो भन्नेछन्? (भन्नेछैनन्।) त्यसोभए, तिनीहरूमा कस्ता प्रकटीकरणहरू हुन्छन्, जसले तँलाई तिनीहरूसँग राजनीतिक लक्ष्यहरू छन् भनेर खुट्ट्याउने तुल्याउँछन्? अर्थात्, तिनीहरूले कस्ता शब्दहरू बोल्छन्, कस्ता कामकुराहरू गर्छन्, कस्ता हाउभाउ, आँखाको भाव, र बोलीको लबज तँलाई तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य शुद्ध छैन भनी पुष्टि गर्न काफी हुन्छ? तिनीहरूले जे भने वा गरे पनि, तिनीहरूले मनमा कुरा लुकाउँछन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। तिनीहरूको विशेष पहिचान र पृष्ठभूमि हुन्छ; तिनीहरूको बोली र व्यवहारबाट, तिनीहरूसँग योजना र षड्यन्त्रहरू छन्, साथै तिनीहरूको बोल्ने र काम गर्ने तरिका रणनीतिक हुन्छ भन्ने देख्न सकिन्छ। तिनीहरूले बोल्दा, औसत व्यक्तिले तिनीहरूका साँचो मनसाय वा विचारहरू बुझ्न सक्दैन, र तिनीहरूले बोल्ने कुराहरू किन बोल्छन् भनेर थाहा पाउँदैन। यस्ता मानिसहरूले बाहिरी रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु वा सत्यताबारे सङ्गति गर्नुप्रति कुनै शत्रुता वा आलोचना नदेखाए पनि, र यी कुराहरूप्रति केही लगावसमेत देखाए पनि, तँलाई बस तिनीहरू अनौठा लाग्छन्—तिनीहरू अन्य दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक र अलिकति बुझ्न नसकिने हुन्छन्। अलिकति बुझ्न नसकिने मानिसहरूलाई तैँले आम रूपमा के गर्छस्? के तैँले तिनीहरूविरुद्ध केवल सरल रूपमा सावधानी मात्र अपनाउँछस्? कि तिनीहरूको अनुसन्धान गर्ने र साँच्चिकै के भइरहेको छ भनेर पत्ता लगाउने पहल गर्छस्? (हामीले तिनीहरूलाई नियाल्नुपर्छ।) कुनै व्यक्तिले जे गरिरहेको भए पनि, सामान्यतया उसका उद्देश्य र लक्ष्यहरू छोटो समयमा सजिलै खुलासा हुँदैनन्। तर अझ बढी समय बित्दै जाँदा—उसले बिलकुलै केही पनि नगरेको खण्डमा बाहेक—जब उसले कार्य गर्छ, तब उसले निश्चय नै अनजानमा वास्तविक कुरा खुलासा गर्नेछ। नियाल् र साना विवरणहरूमा सुराकहरू खोज्ने गर्—तैँले उनीहरूको बोली र व्यवहारबाट, तिनीहरूका कार्यहरूको आशय र दिशाबाट, अनि तिनीहरूले बोल्दा प्रयोग गर्ने शब्द र लबजबाट केही जानकारी र सुराकहरू पत्ता लगाउन सक्छस्। यसो गर्न सक्नु तँ अति सावधान छस् कि छैनस् र तँसँग निश्चित स्तरको बौद्धिकता र क्षमता छ कि छैन भन्नेमा निर्भर हुन्छ। कतिपय मूर्खहरू मानव समाजमा अवस्थित खतरा र क्रूरता पहिचान गर्न सक्षम हुँदैनन्; तिनीहरूले जसको सामना गरे पनि, अन्तरक्रिया गर्न सधैँ एउटै विधि प्रयोग गर्छन्। फलस्वरूप, जब तिनीहरूले राजनीतिक लक्ष्यहरू भएका चतुर र धूर्त राजनीतिज्ञहरू भेट्छन्, तब तिनीहरू सजिलै यहूदा र मण्डलीलाई घात गर्ने औजार बन्छन्, र तिनीहरूले अनजानमा मण्डलीलाई फन्दामा पार्ने मूर्खतापूर्ण कामकुराहरू गर्छन्।

राजनीतिक लक्ष्यहरू भएका यी मानिसहरूमा वास्तवमा के-के प्रकटीकरणहरू हुन्छन्? यी मानिसहरूको निश्चित सामाजिक पृष्ठभूमि हुन्छ; तिनीहरू राजनीतिक वृत्तमा घुलमिल हुने व्यक्तिहरू हुन्। राजनीतिक वृत्तमा तिनीहरूको हैसियत जेसुकै भए पनि, तिनीहरू अधिकारी भए पनि, सानातिना कार्यहरू गर्ने, वा राजनीतिक वृत्तमा जरा गाड्ने तयारीमा रहेका मानिस भए पनि, छोटकरीमा भन्नुपर्दा, समाजमा यी मानिसहरूको राजनीतिक पृष्ठभूमि हुन्छ; यो एउटा जटिल र विशेष परिस्थिति हो। यी मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तिनीहरूका पछ्याइहरू, तिनीहरूले लिने मार्गहरू, र तिनीहरूको प्रकृति सार मूल्याङ्कन गर्दा, के यी मानिसहरू निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिस बन्न सक्छन्? के तिनीहरू अविश्‍वासीबाट, राजनीतिबारे जोसिला राजनीतिज्ञबाट निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिसमा रूपान्तरित हुन सक्छन्? (सक्दैनन्।) पक्का हो? कि कुनै सम्भावना छ? (बिलकुलै छैन।) यो निश्चय नै असम्भव छ। परमेश्‍वरमा विश्‍वास गर्नु र राजनीति दुई अलग मार्गहरू हुन्; यी दुई मार्गहरू विपरीत दिशामा विकसित हुन्छन्, तिनमा कुनै समानता हुँदैन, र ती एक आपसमा जोडिन बिलकुलै सक्दैनन्। ती पूर्णतया विपरीत मार्गहरू हुन्। त्यसकारण, राजनीतिक लक्ष्यहरू वा प्रेम भएका अनि राजनीतिबारे जोसिला हुनेहरूले, कुनै प्रस्ट राजनीतिक उद्देश्यहरूबिना परमेश्‍वरमा विश्‍वास गरे भने पनि, तिनीहरूले अझै अन्य उद्देश्यहरू पाल्छन्; र तिनीहरूको उद्देश्य सत्यता प्राप्त गर्नु वा मुक्ति पाउनु होइन भन्ने निश्चित छ। कम्तीमा पनि, तिनीहरूले निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन् भन्ने कुरा निर्धारित गर्न सकिन्छ। तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्ने किंवदन्ती मात्र मान्छन् तर परमेश्‍वरको अस्तित्व वा परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्य मान्दैनन्। यसर्थ, यी मानिसहरू कहिल्यै राजनीतिबारे जोसिला हुने अविश्‍वासीहरूबाट परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने, परमेश्‍वरको काम स्विकार्न सक्ने, र परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्ने साँचो विश्‍वासीमा रूपान्तरित हुनेछैनन्।

राजनीतिक लक्ष्यहरू भएका यी अविश्‍वासीहरूसँग वास्तवमा परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि के-के उद्देश्यहरू हुन्छन् त? यो तिनीहरूका पछ्याइहरू र तिनीहरू संलग्न हुने पेसाहरूसँग सम्बन्धित हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले कुनै राजनीतिक वृत्तमा सधैँ निश्चित व्यक्तिगत मागहरू राख्ने गर्छन्, र ठूला राजनीतिक लक्ष्य र आकाङ्क्षाहरू, आदि राख्छन्, जुन—ती जेसुकै भए पनि—सबै राजनीतिसँग सम्बन्धित हुन्छन्। “राजनीति” भन्नुको अर्थ के हो? सरल रूपमा भन्नुपर्दा, यो सत्ता, शक्ति र शासनसँग सम्बन्धित हुन्छ। त्यसकारण, तिनीहरूले राजनीतिक लक्ष्यहरूका साथ परमेश्‍वरमा विश्‍वास गर्नु अवश्य नै तिनीहरूका राजनीतिक पछ्याइहरूसँग सम्बन्धित हुन्छ। त्यसोभए तिनीहरूका उद्देश्यहरू के-के हुन्? तिनीहरू किन मण्डलीका मानिसहरूप्रति आकर्षित हुन्छन्? तिनीहरू आफ्ना उद्देश्यहरू हासिल गर्न उक्त संस्था अर्थात् मण्डली, मण्डलीमा रहेका ठूलो सङ्ख्याका मानिसहरू, र विभिन्न पेसा र सामाजिक तप्कामा भएका मण्डलीका यी मानिसहरूको प्रभावलाई प्रयोग गर्न चाहन्छन्। मण्डलीले दिने शिक्षा, मण्डलीका कामका विभिन्न कुराहरूको सञ्चालन, परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली जीवन जिउने तरिका, उनीहरूको कर्तव्य अभ्यास, आदि-इत्यादिबारे थाहा पाएपछि, तिनीहरू आफैलाई मण्डलीमा समाहित गर्ने जमर्को गर्छन्। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा सङ्गतिमा बारम्बार प्रयोग गरिने आत्मिक शब्दावली र विभिन्न अभिव्यक्तिहरू जस्ता कुराहरूलाई दृढ रूपमा मनमा राख्छन्, सबैलाई आफ्नो कुरा सुनाउनका लागि आफ्नो पछाडि लगाउन, र तिनीहरूद्वारा प्रयोग गरिन, यसरी आफ्ना राजनीतिक उद्देश्यहरू हासिल गर्न कुनै दिन तिनीहरूले यी कुराहरू प्रयोग गर्न सक्छन् भन्ने आशा गर्छन्। ठ्याक्कै गैरविश्‍वासीहरूले भने जस्तै, केही समय कामकुराहरू तयार हुँदै गएपछि, जब तिनीहरूले झन्डा उठाउन र मानिसहरूलाई विद्रोहमा उतार्न सक्छन्, तब अझ धेरै मानिसहरूले तिनीहरूको आह्वान सुन्नेछन् र तिनीहरूलाई पछ्याउनेछन्, ताकि तिनीहरूले मण्डलीका केही मानिसहरूलाई आफ्ना प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने शक्ति बनाउन प्राप्त गर्न सकून्। त्यस्ता घटनाहरू आधुनिक चिनियाँ इतिहासमा धेरै पटक घटेका छन्। उदाहरणका लागि, चिङ राजवंशको पालामा भएका श्वेत कमल विद्रोह र ताइपिङ विद्रोह त्यस्ता घटनाहरू थिए, जहाँ राजनीतिक लक्ष्यहरू भएका मानिसहरूले सरकारविरुद्ध लड्न धर्म प्रयोग गरेका थिए। तिनीहरूका धर्मका शिक्षाहरू साँचो मार्गबाट विचलित थिए र तिनमा सत्यतासँग बिलकुलै नमिल्ने धेरै बेतुका र हास्यास्पद पक्षहरू थिए। राजनीतिक लक्ष्यहरू भएकाहरूले त्यस्ता शिक्षालाई मानिसहरूको मनलाई एकीकृत गर्न, उनीहरूको मनलाई बाँध्न, अनि उनीहरूको मनलाई प्रभावित पार्न र आफ्ना सिद्धान्तमा ढाल्न प्रयोग गर्थे। अन्ततः तिनीहरूले यी सिद्धान्तमा ढालिएका मानिसहरूलाई आफ्ना राजनीतिक उद्देश्यहरू हासिल गर्नमा दुरुपयोग गरे। सुरुदेखि नै, जब राजनीतिक लक्ष्यहरू भएका यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न पुग्छन्, तिनीहरू आकर्षित हुने भनेको मण्डलीको नामप्रति हो। भन्नुको मतलब, तिनीहरूले आफ्ना पहिचान र लक्ष्यहरूलाई उक्त संस्था अर्थात् मण्डलीको शीर्षकअन्तर्गत लुकाउन सक्छन्—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तिनीहरूले आफूले परमेश्‍वरमा विश्‍वास गर्ने ध्वजा बोकेर आफ्ना राजनीतिक विचारहरू फैलाएसम्म, मण्डलीमा रहेका मानिसहरूलाई सिद्धान्तमा ढाल्न निकै सजिलो हुनेछ, र यी मानिसहरूले चर्चित मानिसहरूलाई आराधना गर्ने र उनीहरूको कुरा सुन्ने सम्भावना हुनेछ भन्ने सोच्छन्। परिणामस्वरूप, राजनीतिक लक्ष्यहरू भएका यी व्यक्तिहरूले मण्डलीमा रहेका मानिसहरूलाई उपयोग गर्नुपर्ने वस्तुका रूपमा हेर्ने सम्भावना हुन्छ। तिनीहरू मण्डली तिनीहरूको पहिचान लुकाउन सकिने ठाउँ बन्न निकै सहज छ, र मण्डलीका सदस्यहरू तिनीहरूले सजिलै उपयोग गर्न सक्ने वस्तुहरू हुन् भन्ठान्छन्—सरल रूपमा भन्नुपर्दा, तिनीहरूले कामकुरालाई यसरी नै हेर्छन्। त्यसकारण, तिनीहरूको मण्डलीमा आबद्ध हुनुको उद्देश्य कुनै दिन, तिनीहरू उदयमान भएपछि, तिनीहरूले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न र शक्ति प्राप्त गर्न सक्छन् भनी आशा गर्नु हो—यो तिनीहरूको राजनीतिक लक्ष्य हो। तिनीहरूलाई आदर्श मान्ने र पछ्याउने मानिसहरूलाई आफ्नो राजनीतिक प्रभाव क्षेत्रमा विस्तार गर्न तिनीहरू नामले मात्र परमेश्‍वरमा विश्‍वास गर्ने बहानालाई प्रयोग गर्न चाहन्छन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले यो उद्देश्य राखेका होलान्, तर यदि तिनीहरूले कुनै चाल चालेनन् भने, बढीमा हामीले तिनीहरू अविश्‍वासी वा झूटा विश्‍वासी हुन् भनेर मात्र देख्न सक्छौँ। हामीले तिनीहरूसँग प्रस्ट राजनीतिक उद्देश्यहरू छन् भनेर कसरी देख्न सक्छौँ?” यो गाह्रो छैन। बस नियाल्नका लागि समय निकाल्। तिनीहरूसँग राजनीतिक लक्ष्यहरू भएसम्म, तिनीहरूले पक्कै पनि कदम उठाउनेछन्। यदि तिनीहरू कदम उठाउन चाहँदैनन् भने, तिनीहरूले किन मण्डलीमा घुसपैठ गरेका हुनेथिए? यदि तिनीहरूले अहिलेसम्म कदम उठाएका छैनन् भने, त्यो तिनीहरूले अवसर नपाएका कारण हो। तिनीहरूले अवसर पाउनेबित्तिकै, सोही बमोजिम कदम चाल्नेछन्। उदाहरणका लागि, यदि सरकारले गलत नीति लागु गर्‍यो वा परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन र पक्राउ गर्‍यो भने, दाजुभाइ-दिदीबहिनीहरूले बढीमा यस मामलाबारे छलफल गर्ने थिए र यसलाई खुट्ट्याउने थिए, अनि कुरा त्यतिमा नै सकिनेथियो। जेसुकै भए पनि, परमेश्‍वरमा विश्‍वास गर्नु, आफ्ना कर्तव्यहरू पूरा गर्नु, र परमेश्‍वरको इच्छा पछ्याउनु नै महत्त्वपूर्ण कुराहरू हुन्। तिनीहरूले सानातिना मामलाहरूका लागि ठूलो परिदृश्य गुमाउन चाहनेथिएनन्; तिनीहरूले सधैँझैँ आफूले गर्नुपर्ने शैलीमा परमेश्‍वरमा विश्‍वास गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्न जारी राख्नेथिए। तर, राजनीतिक लक्ष्यहरू भएका मानिसहरू फरक हुन्छन्। तिनीहरूले त्यस मामलालाई ठूलो मुद्दा बनाउनेथिए, बेकाबू रूपमा खुलासा र व्यापक रूपमा प्रसार गर्नेथिए, अनि आफ्नै राजनीतिक लक्ष्यहरूलाई टेवा दिन सबैलाई सरकारविरुद्ध उठ्न दिलोज्यानले उक्साउने चाहना राख्नेथिए, अनि तिनीहरू आफ्ना लक्ष्यहरू प्राप्त नभएसम्म रोकिने थिएनन्। राजनीतिमा संलग्न हुनका खातिर, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्ना कर्तव्यहरू पूरा गर्ने मामलाहरूलाई पूर्ण रूपमा पन्छाउँछन्, साथै परमेश्‍वरले मानिसहरूबाट गर्नुहुने मागहरू र परमेश्‍वरका अभिप्रायहरूलाई बेवास्ता गर्छन्। तिनीहरू यति पागल हुन्छन्—के मानिसहरूले अझै पनि तिनीहरूलाई खुट्ट्याउन सक्दैनन् र? त्यस्ता व्यक्तिहरूले परमेश्‍वरलाई पछ्याइरहेका हुन्छन् कि राजनीतिलाई? सुझबुझ नभएका कतिपय मानिसहरू सजिलै बहकिन्छन्। राजनीतिमा संलग्न हुने यी मानिसहरूलाई सत्यता के हो भन्ने थाहा हुँदैन, तिनीहरूले परमेश्‍वरको काम भनेको मानिसहरूका भ्रष्ट स्वभावहरू पखाल्नु र उनीहरूलाई शैतानको प्रभावबाट मुक्ति दिनु हो भन्ने कुरा त झनै बुझ्दैनन्। तिनीहरूले मानव अधिकार र राजनीतिमा संलग्न हुनुको अर्थ इन्साफको बोध हुनु र परमेश्‍वरमा समर्पित हुनु हो भन्ने सोच्छन्। के राजनीति र मानव अधिकारमा संलग्न हुनुले व्यक्तिमा सत्यता वास्तविकता छ भन्ने जनाउँछ? के त्यसले व्यक्ति परमेश्‍वरमा समर्पित हुन्छ भन्ने जनाउँछ? तैँले मानव अधिकार र राजनीतिलाई जतिसुकै राम्ररी सम्हाले पनि, के त्यसले तेरो भ्रष्ट स्वभाव पखालिएको छ भन्ने जनाउँछ? के त्यसले तेरो शक्ति हातमा लिने महत्त्वाकाङ्क्षा र चाहना पखालिएका छन् भन्ने जनाउँछ? धेरै मानिसहरूले यी मामलाहरू छर्लङ्गै देख्न सक्दैनन्। सन यात सेन पनि इसाई नै थियो अरे। जब ऊ खतरामा हुन्थ्यो, ऊ आफूलाई मुक्ति दिनुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्थ्यो। उसले आफ्नो पूरै जीवन क्रान्तिमा संलग्न भएर बितायो—के उसले परमेश्‍वरको अनुमोदन पायो त? के ऊ सत्यता अभ्यास गर्ने र परमेश्‍वरमा समर्पित हुने व्यक्ति थियो? के ऊसँग परमेश्‍वरका वचनहरू अभ्यास गरेको अनुभवात्मक गवाही थियो? ऊसँग यीमध्ये केही पनि थिएन। पावललाई बोलाइएपछि, उसले निरन्तर सुसमाचार प्रचार गर्‍यो र धेरै कष्ट भोग्यो, तर उसले साँचो रूपमा पश्चात्ताप नगरेको, ऊसँग जीवन प्रवेश नभएको, उसले बारम्बार उही पुरानै पापहरू गरेको, अनि हरेक अवसरमा आफैलाई उच्च पारेको र आफ्नै गवाही दिएको हुनाले, ऊ ख्रीष्टविरोधी बन्यो र दण्डित भयो। जेसुकै भए पनि, सत्यतालाई स्वीकार नगरी परमेश्‍वरमा विश्‍वास गर्नु, सधैँ ख्याति र हैसियत पछ्याउनु, र सधैँ अतिमानव वा महान् व्यक्ति हुन चाहनु निकै खतरनाक कुरा हो। राजनीतिक लक्ष्यहरू बोकेका सबै ख्रीष्टविरोधी हुन्। यी मानिसहरूले आफ्ना राजनीतिक आकाङ्क्षाहरू साकार गर्न सजिलै हार मान्नेछैनन् र सधैँ विश्‍वासीहरूलाई उक्साउन र आफ्नो राजनीतिक शक्तिका रूपमा जित्न अवसरहरू खोजिरहनेछन्। यदि कुनै दिन तिनीहरूले विश्‍वासीहरू सजिलै शोषित हुँदैनन्, विश्‍वासीहरूले सत्यतालाई मात्र प्रेम गर्छन् र पछ्याउँछन्, र उनीहरूले मानिसहरूलाई नभई ख्रीष्टलाई मात्र पछ्याउँछन् भन्ने देखेमा, तब मात्र तिनीहरूले यी विश्‍वासीहरूलाई पूर्ण रूपमा त्याग्नेछन्।

जरामा, राजनीतिक लक्ष्यहरू भएका मानिसहरूको मनलाई पूर्ण रूपमा राजनीतिसँग सम्बन्धित विचारहरूले ओगटेको हुन्छ—जस्तै, शक्ति र प्रभाव, शासन, षड्यन्त्रहरू, राजनीतिक उपायहरू, आदि। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हो, आस्था भनेको के हो, सत्यता भनेको के हो भनेर बुझ्दैनन्, वा कसरी परमेश्‍वरमा समर्पित हुने भनेर त झनै बुझ्दैनन्। तिनीहरूले स्वर्गको इच्छा के हो भन्ने कुरा पनि बुझ्दैनन्। तिनीहरूका बाँच्ने सिद्धान्तहरू “मानिसले प्रकृतिलाई जित्छ” र “आफ्नो नियति आफ्नै हातमा हुन्छ” भन्ने हुन्। त्यसकारण, त्यस्ता मानिसहरूलाई बदल्ने कोसिस गर्नु असम्भव छ र यो मूर्खतापूर्ण विचार हो। यी मानिसहरूले मण्डलीमा दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायः राजनीतिक दृष्टिकोणहरू फैलाउँछन्, उनीहरूलाई राजनीतिक गतिविधिहरूमा संलग्न हुन र राजनीतिमा भाग लिन उक्साउँछन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य राजनीतिक लक्ष्यहरूद्वारा निर्देशित हुन्छ भन्ने कुरा निकै प्रस्ट छ। यो सार अरूले तुरुन्तै र सजिलै खुट्ट्याउन सक्छन्। यस्ता मानिसहरू आस्था, सही मार्गमा हिँड्ने, र स्वर्गको इच्छामा समर्पित हुनेबारे पूर्णतया अनजान हुन्छन्—तिनीहरू कुनै पनि व्यक्तिका सोच र मार्गहरूलाई राजनीतिक तिकडमहरू प्रयोग गरेर परिवर्तन गर्न सकिन्छ भन्ने विश्‍वास गर्छन्, र तिनीहरूले विशेषगरी व्यक्तिको नियतिलाई मानव माध्यम र विधिहरूमार्फत परिवर्तन गर्न सकिन्छ भन्ने विश्‍वास गर्छन्। त्यसकारण, तिनीहरू परमेश्‍वरद्वारा सृष्टि गरिएको प्रकृतिको व्यवस्था र मानिसको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकतासँग सम्बन्धित गहन तर प्रस्ट मामलाहरूबारे पूर्ण रूपमा अनजान हुन्छन्; तिनीहरू यी मामलाहरूमा आम मानिस हुन् र तिनीहरूले ती कुराहरू बस बुझ्न नै सक्दैनन्। मैले यसो भन्नुको अर्थ के हो? यदि तैँले त्यस्तो कोही भेटिस्, जसको परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य राजनीतिक लक्ष्यहरूद्वारा निर्देशित छ भने, तैँले उसलाई कदापि परिवर्तन गर्ने वा फकाउने कोसिस गर्नु हुँदैन, र ऊसित त्यति धेरै सत्यताहरू सङ्गति गर्नु आवश्यक छैन। ऊदेखि सावधान हुनु बाहेक, तैँले विभिन्न तहका मण्डली अगुवाहरू वा भरपर्दा दाजुभाइ-दिदीबहिनीहरूलाई उसबारे सकेसम्म चाँडो जानकारी दिनुपर्छ, र त्यसपछि उसलाई मण्डलीबाट निष्कासित गर्ने उपाय खोज्नुपर्छ। तँ अरूलाई अन्धकारमा रहन दिएर आफूचाहिँ सुटुक्क र चुपचाप तिनीहरूविरुद्ध सावधान रहनुहुँदैन। त्यसोभए, राजनीतिबारे कुरा गर्न मन पराउने र राजनीतिक लक्ष्यहरू हुनेहरूलाई कस्ता प्रकारका मानिसहरूले अलिकति खुट्ट्याउन सक्छन्? पाको उमेरका मानिसहरूले कि कम उमेरका मानिसहरूले? दाजुभाइहरूले कि दिदीबहिनीहरूले? (पाको उमेरका दाजुभाइहरूले।) ठीक भनिस्; पाको उमेरका दाजुभाइहरू, अर्थात्, जोसँग सामाजिक अनुभव छ, जसको राजनीतिसँग सम्पर्क रहेको छ, वा जो राजनीतिक सतावटमा परेका छन्—यी मामलाहरूबारे अनुभवात्मक ज्ञान भएका मानिसहरू—उनीहरूले तुलनात्मक रूपमा प्रस्टताका साथ राजनीतिक मामलाहरू बोध गर्न सक्छन्। स्वतः, उनीहरूले राजनीतिमा संलग्न हुनेहरूप्रति अलिकति सुझबुझ अभ्यास गर्न सक्छन्, र विशेषगरी, उनीहरूले तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू, साथै तिनीहरूका विचार, दृष्टिकोण, सपना, र आकाङ्क्षाहरूलाई तुलनात्मक रूपमा प्रस्टताका साथ बुझ्न सक्छन्। त्यसकारण, उनीहरूले यस्ता मानिसहरूलाई तुलनात्मक रूपमा अरूले भन्दा छिटो खुट्ट्याउन सक्छन्। कसैले यी मानिसहरूसँग राजनीतिक लक्ष्यहरू छन् र तिनीहरू अविश्‍वासी हुन् भनेर खुट्ट्याएपछि, उनीहरूले तिनीहरूविरुद्ध सावधानी अपनाउनुपर्छ र यी अविश्‍वासीहरूको खुलासा गर्नुपर्छ। त्यो सँगसँगै, उनीहरूले सत्यता नबुझ्ने मूर्ख र अज्ञानी जनहरूको पनि सुरक्षा गर्नैपर्छ, र तिनीहरूलाई बहकाउ र शोषणमा पर्नबाट, अनि अनजानमा मण्डलीको केही आन्तरिक सूचना चुहाउनबाट जोगाउनैपर्छ। मण्डली अगुवाहरूलाई यो मामलाबारे सूचना दिन र उनीहरूसँग यसबारे छलफल गर्न, अनि राजनीतिक लक्ष्यहरू बोकेका यी मानिसहरूविरुद्ध सावधान रहनका लागि पाको उमेरका अझ धेरै मानिसहरूलाई वा केही सत्यता बुझ्ने र केही कद भएकाहरूलाई सकेसम्म चाँडो जानकारी गराउन आवश्यक हुन्छ। अरूलाई यी मानिसहरूको सार अविश्‍वासी हो भनी प्रस्ट रूपमा बुझ्न मदत गर्नु, यसरी मूर्ख र अज्ञानी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको शोषणमा पर्नबाट सुरक्षा दिनु महत्त्वपूर्ण हुन्छ। यदि तँ यी मामलाहरू छर्लङ्गै देख्न सक्दैनस् र तँमा कुनै सुझबुझ छैन भने, केही दुष्ट, चतुर, धूर्त मानिसहरूले तँसित कुराकानी र गफगाफ गर्दा, तँलाई सोध्दै नसोध्दा समेत तैँले आफ्नो साँचो परिस्थितिका विवरणहरू र आफूलाई थाहा भएको सबथोकका बारेमा स्वेच्छाले सबै कुरा खुलाउनेछस्, र तँ अनजानमै यहूदा बन्नेछस्। के त्यस्ता मानिसहरू छन्? (छन्।) जब तँ बोल्छस्, तँलाई अर्को व्यक्तिले के उद्देश्य बोकेको छ भन्ने थाहा हुँदैन र तँ उसलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्छस्, थाहै नपाई उसलाई आफ्नो मनको सबै कुरा बताउँछस्—तैँले बोलिसकेपछि तँलाई के-के परिणामहरू आउनेछन् भनेर थाहा हुँदैन। अरू मानिसहरू तिनीहरूविरुद्ध सावधान भएको देखेर, तँ यसो भन्छस्, “तिमी अति सतर्क छौ। दाजुभाइ-दिदीबहिनीहरूबीच लुकाउनुपर्ने के छ र?” तैँले अरूले किन बोल्दैनन् भन्ने कुरा बुझ्दैनस्—यसलाई मूर्ख हुनु भनिन्छ।

राजनीतिक लक्ष्यहरू भएका मानिसहरू पनि निश्चय नै अविश्‍वासी हुन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरूले सत्यता स्विकार्नेछैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू पूर्णतया दुष्ट मानिसहरूको वर्गमा पर्छन् जो ख्रीष्टविरोधी हुन्। त्यस्ता मानिसहरूविरुद्ध सावधान रहनु भनेको वास्तवमा सबैभन्दा निष्क्रिय तरिका हो। सक्रिय तरिका भनेको तिनीहरूलाई सुरुमै पत्ता लगाउनु, र सकेसम्म चाँडो निराकरण र निष्कासन गर्नु हो, ताकि मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै समस्यामा पर्नबाट जोगाउन सकियोस्। यस्ता मानिसहरूले अरूलाई जुनसुकै बेला र मण्डलीभित्र जहाँसुकै प्रभावित गर्न सक्ने र मण्डलीको सामान्य व्यवस्थालाई जुनसुकै बेला र जस्तोसुकै परिस्थितिमा ध्वस्त पार्न सक्ने हुनाले, त्यस्ता अविश्‍वासीहरूलाई सहिरहने वा तिनीहरूप्रति धैर्य भइरहने नगर्। तिनीहरूलाई पश्चात्ताप गर्ने अर्को मौका नदे; मूर्ख नबन्। एक पटक पत्ता लागेपछि, भविष्यमा दुर्भाग्य हुनबाट जोगिनका लागि तिनीहरूलाई सकेसम्म चाँडो निष्कासित गरिनुपर्छ। यसो गर्नुको उद्देश्य सत्यता नपछ्याउनेहरूलाई बहकिन र प्रयोग हुनबाट, शैतान र दुष्ट पिशाचका कठपुतली बन्नबाट जोगाउनु हो। अवश्य नै, तैँले यस क्षण सबैभन्दा गर्नैपर्ने कुरा भनेको राजनीतिक लक्ष्यहरू भएकाहरूलाई मण्डलीबारे कुनै पनि महत्त्वपूर्ण सूचना थाहा पाउनबाट रोक्नु हो। तैँले जति चाँडो तिनीहरूलाई खुट्ट्याउँछस् र निष्कासित गर्छस्, तिनीहरूसँग दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्क त्यति नै कम हुनेछ, र उनीहरू तिनीहरूको बहकाउ र प्रभावमा त्यति नै कम पर्नेछन्। त्यसकारण, समयको हिसाबले, त्यस्ता मानिसहरूलाई ढिलाइ नगरी सकेसम्म चाँडो निराकरण र निष्कासन गर्नु नै उत्तम हुन्छ—जति चाँडो, त्यति राम्रो। सक्रिय हुनु निष्क्रिय हुनुभन्दा राम्रो हो। राजनीतिक लक्ष्यहरू भएका मानिसहरूसँग खराब अभिप्राय हुन्छ; तिनीहरूले मण्डली र परमेश्‍वरको घरका लागि कुनै पनि काम गर्दा तिनीहरूसँग कुनै निष्कपटता हुनै सक्दैन। यदि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन वा प्रयोग गर्न सकेनन् भने, तिनीहरू पूर्ण रूपमा अपमानित हुनेछन् र बिदा समेत नलिई स्वेच्छाले मण्डली छाड्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नुको आठौँ उद्देश्य: राजनीतिक लक्ष्यहरू पछ्याउनुबारे, हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

अक्टोबर ३०, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्