अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२३) खण्ड चार
छ. पृष्ठपोषक खोज्नु
मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्य पृष्ठपोषक खोज्नु हो। के तिमीहरूले कहिल्यै त्यस्ता मानिसहरू देखेका छौ? यो अलि विशेष परिस्थिति हो; तिनीहरूको सङ्ख्या धेरै नभए पनि, तिनीहरू निश्चय नै अस्तित्वमा छन्। परमेश्वरका मण्डलीहरू चीनमा मात्र नभएर एसिया, युरोप, अमेरिका, साथै अफ्रिकाका विभिन्न देशहरूमा पनि देखा परेका छन्, त्यसैले ती सँगसँगै यी अवसरवादी र अविश्वासीहरू देखा पर्नेछन्। यी मानिसहरू देखा पर्ने सम्भावना जति भए पनि, कुनै पनि अवस्थामा, तिनीहरू देखा परेपछि, तिमीहरूले तिनीहरूको सामना गर्नुपर्छ र तिनीहरूलाई खुट्ट्याउनैपर्छ, अनि यी अविश्वासीहरूलाई मण्डलीमा कुनै हैसियत प्राप्त गर्न र बाधाहरू सिर्जना गर्न दिनु हुँदैन। यदि तिमीहरूले तिनीहरू देखा नपरेकाले वा तिमीहरूले तिनीहरूको सामना नगरेकाले यी समस्याहरू अस्तित्वमा छैनन् भन्ठान्छौ भने, यो मूर्खतापूर्ण विचार हो। यी समस्याहरू उत्पन्न भएपछि, यदि तँसँग खुट्ट्याउने क्षमता छैन र तैँले समाधान गर्न जानिनस् भने, तिनले मण्डलीलाई, परमेश्वरको घरलाई, दाजुभाइ-दिदीबहिनीहरूलाई, र मण्डलीको कामलाई ठूला अप्रकट खतराहरू ल्याउनेछन्। त्यसैले, केही हुनुअघि नै, तैँले कस्ता समस्याहरूको सामना गर्नुपर्छ र तिनलाई कसरी समाधान गर्ने भनेर थाहा पाउनुपर्छ। यो नै सर्वोत्तम उपाय हो; यसले तेरा लागि एउटा अदृश्य सुरक्षाका रूपमा काम गर्छ। परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्यमा उल्लिखित मानिसहरू; पृष्ठपोषक खोज्नका लागि परमेश्वरमा विश्वास गर्नेहरूको सङ्ख्या कम छैन। यो समाज जताततै अन्याय, भेदभाव, र दमनले भरिएको छ। समाजका सबै तहमा जिइरहेका मानिसहरू समाजका विभिन्न अन्यायहरूप्रति घिन र घृणाले भरिएका छन् र उनीहरू रिसले पनि भरिएका छन्। तर, तँ मानव संसारबाट नबिलाएसम्म, त्यसका अन्यायहरूबाट उम्कन सजिलो हुँदैन। कुनै व्यक्ति यो संसारमा जिउँदासम्म, ऊ यी मानिसहरूमाझ जिउँदासम्म, ऊ—केही हदसम्म, र धेरथोर—हेपाइ र अपमानमा पर्नेछ, र ऊ केही बलिया शक्तिहरूको खेदो र सतावटमा समेत पर्न सक्छ। यी विभिन्न अन्याय र असमानताहरूले मानिसहरूका मानसपटललाई ठूलो तनाव दिएका छन्, र उनीहरूलाई ठूलो मनोवैज्ञानिक दबाब दिएका छन्, र अवश्य नै, मानिसहरूको सामान्य जीवनमा धेरै असहजताहरू ल्याएका छन्। फलस्वरूप, कतिपय मानिसहरू यो निश्चित विचार विकास नगरी रहन सक्दैनन्: “कुनै व्यक्तिले आफूलाई समाजमा स्थापित गर्नका निम्ति, उसको पछाडि भर पर्न मिल्ने एउटा शक्ति हुनैपर्छ। जब उसले कठिनाइहरू सामना गर्छ र उसलाई मदत चाहिएको हुन्छ, वा जब ऊ एकलो र असहाय हुन्छ, तब उसलाई पृष्ठपोषण गर्ने र निर्णयहरू लिइदिने, उसले सामना गर्ने कठिनाइ र समस्याहरू समाधान गर्ने, वा उसको जीविकोपार्जनका आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने एक समूह मानिसहरू हुनेछन्।” त्यसकारण, तिनीहरू त्यस्तो साथ खोज्न लागिपर्छन्। पक्कै पनि, यी मानिसहरूमध्ये कतिपयले अन्त्यमा मण्डली भेट्टाउँछन्। तिनीहरूले मण्डलीका मानिसहरू हृदयमा एक हुन्छन् र एउटै लक्ष्यका लागि काम गरिरहेका हुन्छन्, हरेकसँग आस्था हुन्छ, हरेकसँग असल अभिप्रायहरू हुन्छ र हरेकले अरूप्रति दयालु व्यवहार गर्छ, हरेक व्यक्ति सामाजिक द्वन्द्वहरूबाट टाढा रहन्छ, र आफूलाई समाजका दुष्ट प्रचलनहरूबाट टाढा राख्छ भन्ने विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्नेहरूका लागि, मण्डली निस्सन्देह रूपमा नै यस समाज र संसारको महान् न्यायको प्रतीक हो; मण्डलीका मानिसहरूले जनमानसको मनमा सकारात्मक, असल, र दयालु छवि पनि बनाएका हुन्छन्। कतिपयले आफू समाजको तल्लो तहमा भएको, समाजमा कहिँकतै आफ्नो कुनै शक्ति नभएको र आफूसँग राम्रो पारिवारिक पृष्ठभूमि हुँदै नभएका कारण परमेश्वरमा विश्वास गर्न रोज्छन्। तिनीहरूले शिक्षा प्राप्त गर्न, साथी बनाउन, जागिर पाउन, वा विभिन्न कामकुरा गर्नमा विभिन्न कठिनाइहरू सामना गर्छन्, त्यसकारण तिनीहरूले यो समाजमा बाँच्न र आफूलाई स्थापित गर्नका लागि, तिनीहरूलाई सहयोग गर्ने केही मानिसहरू हुनैपर्ने विश्वास गर्छन्। उदाहरणका लागि, जागिर खोज्दा, यदि तिनीहरू आफैमा भर पर्छन्, र विना उद्देश्य एकपछि अर्को जागिरको अवसर खोज्छन् भने, तिनीहरूले उपयुक्त जागिर नै नपाई लगभग आफ्नो बचत सिध्याउन सक्छन्। तर यदि तिनीहरूको खोजीमा तिनीहरूलाई केही भरपर्दा मानिसहरूको सहायता मिल्छ, जसले तिनीहरूलाई निष्कपट रूपमा सहयोग गर्न सक्छन् भने, तिनीहरूले भोग्नुपर्ने झन्झट निकै कम हुन्छ, र जागिर खोज्नमा बित्ने समय पनि धेरै घट्छ। त्यसकारण, तिनीहरू आफूले त्यस्तो पृष्ठपोषक खोज्न सकेमा, समाजमा सामना गर्नुपर्ने सबै कुराका हकमा—शिक्षा प्राप्त गर्ने, जागिर खोज्ने कुरामा, यहाँसम्म कि तिनीहरूको दैनिक जीवन र बाँच्ने कार्यमा समेत—तिनीहरूका लागि भनसुन गरिदिने र तिनीहरूलाई सहयोग गर्ने केही मानिसहरू, पर्दापछाडि तिनीहरूलाई मदत गर्ने जोसिला मानिसहरूको एक समूह हुनेछन् भन्ने विश्वास गर्छन्। यसर्थ, जब तिनीहरूले मण्डली भेट्टाउँछन्, तब तिनीहरूलाई सही ठाउँ भेट्टाएको महसुस हुन्छ। मण्डली तिनीहरूका लागि आफूलाई समाजमा स्थापित गर्ने र शान्तिपूर्ण जीवन हासिल गर्ने निकै राम्रो रोजाइ बन्छ। उदाहरणका लागि, चाहे त्यो चिकित्सकलाई भेट्ने कुरा होस्, किनमेल गर्ने कुरा होस्, बिमा खरिद गर्ने कुरा होस्, घर किन्दा होस्, छोराछोरीलाई विद्यालय छान्न मदत गर्दा होस्, वा कुनै पनि मामला सम्हाल्दा नै किन नहोस्, तिनीहरूले सधैँ मण्डलीमा तिनीहरूलाई सहयोगको हात बढाउने र यी समस्याहरू समाधान गर्न मदत गर्ने प्रेमिला मानिसहरू भेट्टाउन सक्छन्। यसरी, तिनीहरूको जीवन अझ बढी सहज बन्छ, त्यस उपरान्त तिनीहरू समाजमा त्यति एकला हुँदैनन्, र मामलाहरू सम्हाल्दाका कठिनाइहरू ठूलो मात्रामा घट्छन्। त्यसकारण, तिनीहरूका लागि, परमेश्वरमा विश्वास गर्न मण्डलीमा आउनुले साँच्चिकै ठोस लाभहरू प्रदान गर्छ। तिनीहरू चिकित्सककहाँ जाँदा समेत, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मदत गर्न अस्पतालमा चिनजानका मानिसहरू खोजिदिनेछन्; तिनीहरूले किनमेलमा उत्कृष्ट मूल्य पाउन उनीहरूलाई प्रयोग गर्न सक्छन्, र छुट मूल्यमा घरहरूसमेत किन्न सक्छन्। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सहयोगले, यी सारा समस्याहरू समाधान हुन्छन्। तिनीहरूलाई लाग्छ, “परमेश्वरमा विश्वास गर्नु अति गजब कुरा हो! अब जागिर खोज्नु, मामलाहरू सम्हाल्नु, र किनमेल गर्नु सबै सहज भएका छन्! मलाई केही चाहिनेबित्तिकै, मैले केवल एक पटक समूहलाई फोन लगाउनुपर्छ वा सन्देश पठाउनुपर्छ, अनि सबै जना मलाई सहयोगको हात बढाउन एकीकृत हुन्छन्। मण्डलीमा धेरै दयालु मानिसहरू छन्; मामलाहरू सम्हाल्न निकै सहज छ! पृष्ठपोषक खोज्न सजिलो थिएन, त्यसैले जे परे पनि मैले मण्डली छाड्नेछैन। तर परमेश्वरको घरका भेलाहरूमा सधैँ परमेश्वरका वचनहरू पढ्ने र सत्यताबारे सङ्गति गर्ने कुराहरू संलग्न हुन्छन्, जसले मलाई अप्ठ्यारो र दुबिधामा पार्छन्। म परमेश्वरका वचनहरू खान र पिउन अनिच्छुक छु, र जब पनि म सत्यताबारे सङ्गति गरिएको सुन्छु, मलाई वितृष्णा महसुस भइहाल्छ। तर मैले नसुनी हुँदैन—मैले तिनलाई छोड्नै मिल्दैन। तिनले मलाई अति धेरै मदत गर्छन्। यदि मैले सुन्न अस्वीकार गरेँ भने, मलाई लज्जित महसुस हुनेछ, साथै अब उप्रान्त म विश्वास गर्दिनँ भन्न पनि अप्ठ्यारो हुनेछ, त्यसैले म बस अघि बढ्नुपर्छ र मैले राम्रा कुराहरू भन्नुपर्छ।” हृदयमा, तिनीहरू वास्तवमा विश्वास गर्न चाहँदैनन्, तर तिनीहरूले यो भावनालाई दबाउन मात्र सक्छन्। कतिपय मानिसहरू भन्छन्, “तपाईँ त तिनीहरूले सधैँ दाजुभाइ-दिदीबहिनीहरूलाई मामलाहरू सम्हाल्न लगाएको, र दाजुभाइ-दिदीबहिनीहरूले मदत गर्दा तिनीहरू निकै खुसी भएको मात्र देख्नुहुन्छ—के तपाईँ यसैका आधारमै तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य पृष्ठपोषक खोज्नु हो भनेर खुट्ट्याउन सक्नुहुन्छ?” यी प्रकटीकरणहरू बाहेक, तिनीहरूले आम रूपमा परमेश्वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने गर्छन् कि गर्दैनन्, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न र साँच्चै परिवर्तित हुन सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्; यसले तँलाई तिनीहरूले निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्छन् कि गर्दैनन् भनेर थाहा दिनेछ। पृष्ठपोषक खोज्नेहरू तिनीहरूका लागि मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई मामलाहरू सम्हाल्न र तिनीहरूका जीवनका कठिनाइहरू समाधान गर्नमा प्रयोग गर्नका लागि मात्र परमेश्वरमा विश्वास गर्छन्। तर तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नेबारे कहिल्यै उल्लेख गर्दैनन्, न त तिनीहरूले परमेश्वरका वचनहरू खाने र पिउने वा सङ्गति गर्ने गर्छन्। कामहरू फत्ते गर्ने कुनै चतुर उपायबारे सुन्नेबित्तिकै, तिनीहरू अत्यन्तै उत्साहित बन्छन्; तिनीहरू निरन्तर बकबक गर्न थाल्छन् र तिनीहरूलाई हस्तक्षेप गर्न पनि सकिँदैन। तर जब कर्तव्य पूरा गर्ने वा इमानदार हुने र झूट नबोल्ने वा अरूलाई ठगी नगर्ने कुरा आउँछ, तब तिनीहरूको बोली बन्द हुन्छ। तिनीहरूले हृदयमा यी कुराहरूमा रुचि राख्दैनन्—तैँले जति जोसका साथ बोले पनि, तिनीहरूले प्रतिक्रिया नै दिँदैनन् र तिनीहरू संलग्न नै हुँदैनन्; तिनीहरूले निरन्तर तँलाई हस्तक्षेप गर्ने र विषयलाई आफूलाई रुचि भएको कुरातिर मोड्ने कोसिससमेत गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो लागि काम र मेहनत गराउने उपायहरूबारे सोच्दै दिमाग खियाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई कर्तव्य पूरा गर्ने वा आफूलाई परमेश्वरप्रति समर्पित गर्ने कुरा उल्लेख गर्ने अवसर दिन नै चाहँदैनन्। यदि कसैले तिनीहरूलाई तिनीहरूको कर्तव्य पूरा गर्न र परमेश्वरका लागि आफूलाई समर्पित गर्न सुझाव दियो भने, बदलामा प्रस्ताव गर्न तिनीहरूले तुरुन्तै आफ्नै कुनै जरुरी मामला भेट्टाउँछन्; दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको यो मामला सम्हाल्दै गर्दा, तिनीहरूले परमेश्वरको घरका लागि मन नलागी-नलागी केही मेहनत लगाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूको अनुरोधलाई जसोतसो पूरा गर्छन्, अनि तिनीहरूको व्यक्तिगत मामला सुल्झिएपछि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूप्रति उदासीन बन्छन्। मण्डलीसँग सम्पर्क कायम राख्न, यो पृष्ठपोषक अर्थात् मण्डली र यी सहयोगीहरू अर्थात् दाजुभाइ-दिदीबहिनीहरू नगुमाउन, तिनीहरूले आफ्ना लागि उपयोगी सबैसित निकट सम्पर्क राख्छन्, प्रायः चासोका साथ तिनीहरूबारे सोधपुछ गर्छन्, र सम्बन्धहरू कायम राख्नका लागि हेरचाहपूर्वक तर झूटा कुराहरू भन्छन्। तिनीहरू तिनीहरूले परमेश्वरको अस्तित्वमा कति विश्वास गर्छन्, परमेश्वरले तिनीहरूलाई कति आशिष् दिनुहुन्छ, परमेश्वरले तिनीहरूलाई कति अनुग्रह प्रदान गर्नुहुन्छ, र तिनीहरूले परमेश्वरप्रति ऋणी महसुस गर्दै परमेश्वरको प्रेम चुक्ता गर्न इच्छुक भएर, बारम्बार कति आँसु झार्छन् भन्नेबारे कुरा गर्छन्—यो दाजुभाइ-दिदीबहिनीहरूलाई छल्न र उनीहरूको सहयोग प्राप्त गर्नलाई हो। जब कुनै व्यक्ति उप्रान्त शोषण गर्न लायक रहँदैन, तब तिनीहरूले तुरुन्तै उसलाई ब्लक गर्छन् र उसको सम्पर्क विवरण मेटिदिन्छन्। तिनीहरू आफ्ना लागि सबैभन्दा फाइदाजनक, सबैभन्दा बढी शोषण गर्न लायकहरूको जोसका साथ चापलुसी गर्छन्, चाकरी गर्छन्, र उनीहरूसँग नजिकिन्छन्। जो शोषण गर्न लायक छैनन्, जो, तिनीहरू जस्तै, समाजमा कुनै प्रभाव वा हैसियत नभएका र समाजको तल्लो तहमा रहेका र भर पर्न कोही नभएका हुन्छन्, उनीहरूलाई तिनीहरू झलक्क समेत हेर्दैनन्। तिनीहरू शोषण गर्न लायक र समाजमा सम्पर्कहरू बनाएका, तिनीहरूलाई सक्षम लागेकाहरूसँग अनन्य रूपमा सङ्गत गर्छन्। तिनीहरू आफूलाई मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूबाट केही कुरा चाहिँदा मात्र मेहनत लगाउन र कष्ट सहन सक्छन्। वास्तवमा, त्यस्ता मानिसहरूमा अविश्वासीका प्रकटीकरणहरू निकै प्रस्ट हुन्छन्। तिनीहरू घरमा, परमेश्वरका वचनहरू कहिल्यै पढ्दैनन्, कठिनाइहरू नहुँदा परमेश्वरलाई कहिल्यै प्रार्थना गर्दैनन्, र ठूलो हिचकिचाहटका साथ मण्डली जीवनमा सहभागी हुन्छन्। तिनीहरू कर्तव्यहरू पूरा गर्न आग्रह गर्दैनन् र मण्डलीको काममा आफूलाई संलग्न गराउन पहल गर्दैनन्; तिनीहरू विशेष गरी खतरनाक काममा कहिल्यै सहभागी हुँदैनन्। तिनीहरू त्यो गर्न सहमत भए पनि, तिनीहरूले निकै अधैर्य देखाउँछन्, र बोलाइँदा वा आमन्त्रित गरिँदा मात्र हिचकिचाहटका साथ अलिकति मेहनत लगाउँछन्। अविश्वासीहरूका प्रकटीकरणहरू यिनै हुन्। परमेश्वरका वचनहरू नपढ्नु, कर्तव्य पूरा नगर्नु—तिनीहरू हिचकिचाहटका साथ मण्डली जीवनमा सहभागी हुने भए पनि, यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको समुदाय नगुमाउनका लागि हो, जुन तिनीहरूका लागि ठूलो पृष्ठपोषक हो। तिनीहरूले आफूलाई भविष्यमा मामलाहरू सम्हाल्न अझ सहज बनाउनका लागि मात्र यी मानिसहरूसँग सम्बन्ध कायम राख्छन्। यस्ता मानिसहरूले समाजमा पकड जमाएर जिउन र जीवन सुरु गर्न ठाउँ पाएपछि, अनि तिनीहरूले संसारमा सफलता अनि प्रभाव र चम्किलो भविष्यका सम्भावनाहरू हासिल गरेपछि, तिनीहरूले तुरुन्तै र हिचकिचाहटविना मण्डली छाड्नेछन्, दाजुभाइ-दिदीबहिनीहरूसँगको नाता तोड्नेछन्, र सम्पर्कबाट हराउनेछन्। यदि तिनीहरूको राम्रो सम्बन्ध भएको सुसमाचार स्विकार्ने सम्भावना भएको कुनै व्यक्ति छ र तैँले त्यस व्यक्तिलाई सुसमाचार प्रचार गर्नका लागि तिनीहरूलाई सम्पर्क गर्न चाहिस् भने, तैँले तिनीहरूलाई सम्पर्क गर्न सक्नेछैनस्। तिनीहरूले मण्डलीसँग नाता तोड्ने मात्र नभई निश्चित व्यक्तिहरूसँगको मित्रता पनि अन्त्य गर्छन्। के तिनीहरूले आफूलाई अविश्वासी साबित गरिसकेका हुँदैनन् र? (हुन्छन्।) त्यसोभए मण्डलीले त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई निकाल्नुपर्छ।) के हामीले तिनीहरूलाई एउटा मौका दिनुपर्छ, तिनीहरूको कमजोरी र तिनीहरूका जीवनका कठिनाइहरू बुझ्नुपर्छ, र तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्न पुगून्, सत्यतामा रुचि राखून्, र निष्कपट रूपमा आफूलाई परमेश्वरप्रति समर्पित गरून् भनेर तिनीहरूलाई अझ धेरै साथ र सहयोग दिनुपर्छ? के यो काम गर्न आवश्यक छ? (छैन।) किन छैन? (किनभने यी मानिसहरू परमेश्वरमा विश्वास गर्न बिलकुलै आएका होइनन्।) ठीक भनिस्, तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका होइनन्; तिनीहरूको लक्ष्य निकै प्रस्ट छ—तिनीहरू यहाँ पृष्ठपोषक खोज्न आएका हुन्। त्यसोभए, के त्यस्ता मानिसहरूसँग सत्यता सङ्गति गर्नाले कुनै नतिजा हासिल हुन सक्छ? (सक्दैन।) तिनीहरूले यसलाई ग्रहण गर्नेछैनन्; तिनीहरूले यसलाई मूल्यवान् ठान्दैनन्, तिनीहरूलाई यो चाहिँदैन, र तिनीहरू यसमा रुचि राख्दैनन्।
पृष्ठपोषक खोज्नका लागि मात्र परमेश्वरमा विश्वास गर्नेहरूलाई हामीले कसरी व्याख्या गर्नुपर्छ? तिनीहरूलाई आफ्नो स्वार्थलाई अरू कुनै पनि कुराभन्दा अगाडि राख्ने मानिसहरूको रूपमा व्याख्या गर्दा निकै उचित हुन्छ। तिनीहरूलाई कोही उपयोगी र लाभदायक लागेसम्म, तिनीहरूले त्यस व्यक्तिले भनेको जे पनि गर्नेछन्; तिनीहरूले उसले दिएको कुनै पनि र हरेक आदेशसमेत पालना गर्नेछन्। तिनीहरूले आफ्नो स्वार्थलाई अरू सबै कुराहरूभन्दा माथि राख्छन्; कुनै कुरा तिनीहरूको हितमा भएसम्म, तिनीहरूले त्यसलाई ठीक मान्छन्। यदि तैँले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्दा आशिष् र लाभहरू मिल्नेछ भनेर भनिस् भने, तिनीहरूले निश्चय नै उहाँमा विश्वास गर्नेछन् र तैँले जे गर्न भन्छस् त्यही गर्नेछन्। समाजमा मामलाहरू सम्हाल्ने तेरो क्षमताले तिनीहरूका आवश्यकताहरू पूरा गरेसम्म र तिनीहरूलाई फाइदा लिन दिएसम्म, तिनीहरूले निश्चय नै तँसित सम्बन्ध राख्नेछन्। तर, तिनीहरूले तँसित सम्बन्ध राख्नुको अर्थ तिनीहरूले साँच्चै परमेश्वरमा विश्वास गर्न सक्छन् भन्ने होइन, न त यसको अर्थ तिनीहरूले तैँले गरे जस्तै निष्कपट रूपमा आफूलाई परमेश्वरप्रति समर्पित गर्नेछन् भन्ने नै हो। तिनीहरू तँसित मिले पनि र तिमीहरूको सम्बन्ध अत्यन्तै राम्रो छ भने पनि, यसको अर्थ तिमीहरू एउटै भाषा बोल्छौ, एउटै मार्ग पछ्याउँछौ, वा तिमीहरूमा उस्तै पछ्याइहरू छन् भन्ने नै नहुन सक्छ। त्यसकारण, तँ त्यस्ता मानिसहरूको बहकाउमा पर्नु हुँदैन। यस्ता मानिसहरू छट्टु हुन्छन् र अरू मानिसहरूसँग अन्तरक्रिया गर्न तिनीहरूसँग दाउपेचहरू हुन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य भनेको पृष्ठपोषक खोज्नु हो, सत्यता पछ्याउनु र मुक्ति हासिल गर्नु होइन। यसले तिनीहरूको चरित्र कति नीच र कालो छ भन्ने देखाउँछ! तिनीहरू मण्डलीमा शोषण गर्न सकिने मानिसहरू खोज्न आउँछन्, आफ्ना लागि विभिन्न लाभहरू प्राप्त गर्न षड्यन्त्र गर्छन्। के यसको अर्थ त्यस्ता मानिसहरू कुनै नैतिकताबिना कार्य गर्न र सबै प्रकारका निर्लज्ज कामकुरा गर्न सक्षम हुन्छन् भन्ने होइन र? (हो।) तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य पृष्ठपोषक खोज्नु र जीविका सुनिश्चित गर्नु हो भन्ने तथ्यबाट मात्रै नै यी मानिसहरू असल होइनन्, र तिनीहरू नीच चरित्रका, स्वार्थी, घृणास्पद र घिनलाग्दा छन्, ठूलो अन्धकारमा जिइरहेका छन् भन्ने प्रस्ट हुन्छ। त्यसकारण, तिनीहरूलाई निराकरण गर्ने मण्डलीको सिद्धान्त पनि त्यसैगरी तिनीहरूलाई खुट्ट्याउने र त्यसपछि निकाल्ने वा निष्कासित गर्ने हो। तैँले तिनीहरू साँचो विश्वासी होइनन्, तिनीहरू उम्किने उपाय खोज्न र फाइदा उठाउन मण्डलीमा आएका हुन्, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई शोषण गर्न र आफ्ना लागि मामलाहरू सम्हाल्न र सेवा प्रदान गराउन चाहन्छन् भनेर खुट्ट्याएपछि, त्यस्ता अवस्थाहरूमा, अगुवा र कामदारहरू अनि दाजुभाइ-दिदीबहिनीहरूले तुरुन्तै र सही रूपमा परिस्थितिलाई सम्हाल्नुपर्छ। मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई खतरामा नपारी, तिनीहरूलाई सकेसम्म चाँडो निकाल् वा निष्कासित गर्। तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूमाझ लुकेर बस्न दिइरहनु हुँदैन। तिनीहरू परमेश्वरको मुक्तिका पात्र होइनन्। जब त्यस्ता मानिसहरू तिमीहरूका बीचमा लुकिरहेका हुन्छन्, तिनीहरूले शोषण गर्न लायक को छ भनेर हेर्नका लागि निरन्तर सबैमाथि लालची र सतर्क नजर राख्छन्। तिनीहरू सधैँ मण्डलीमा तिनीहरूले प्रयोग गर्न सक्ने मानिसहरू छन् कि भनेर लेखाजोखा गरिरहेका हुन्छन्—अस्पतालमा काम गर्ने आफन्तहरू कसका छन्, कसले रोगहरूको उपचार गर्न वा गोप्य उपचार विधिहरू जानेको छ, कसले पसलहरूमा थोक मूल्य पाउन सक्छ, कुन दाजुभाइको परिवारले गाडी-खरिद-बिक्री गर्छ, कसले घरहरू किन्दा छूट मूल्य दिलाउन सक्छ—तिनीहरूले विशेषगरी यी मामलाहरूबारे अनुसन्धान गर्छन्। यस्ता मानिसहरू आफ्ना लेखाजोखामा अति लगनशील हुन्छन्! तिनीहरूले स-साना मामलाहरूको समेत लेखाजोखा गर्छन्, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध षड्यन्त्र गर्न, र उनीहरूबाट फाइदा उठाउन चालबाजी गर्ने पनि चाहना राख्छन्। तिनीहरूले सबैको पारिवारिक पृष्ठभूमि अनुसन्धान गर्छन् र सबैलाई आफ्ना योजना र षड्यन्त्रहरूको घेराभित्र राख्छन्। के त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्दा तिमीहरूको हृदयले शान्ति महसुस गर्न सक्छ? (सक्दैन।) शान्ति भएन भने के गरिनुपर्छ? तँ त्यस्ता मानिसहरूदेखि सावधान रहनुपर्छ। यी मानिसहरू गुप्त मनसायका साथ परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू यहाँ सत्यता वा मुक्ति पछ्याउन नभई पृष्ठपोषक, जीविका, र आफ्ना लागि उम्कने उपाय खोज्न आएका हुन्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी, घृणास्पद र कपटी हुन्छन्। तिनीहरू कुनै कर्तव्य पूरा गर्ने वा आफूलाई परमेश्वरप्रति समर्पित गर्ने गर्दैनन्। मण्डलीलाई केही कामका लागि तिनीहरूको आवश्यकता पर्दा, तिनीहरू कतै भेटिँदैनन्, तर त्यो मामला सकिएपछि तिनीहरू फेरि देखा पर्छन्। यी मानिसहरू फाइदा उठाउन मात्र जान्दछन्, र तिनीहरूलाई मण्डलीमा रहन दिनु बेकार हो; तिनीहरूलाई सकेसम्म चाँडो पखाल्न विभिन्न विधिहरू अपनाइनैपर्छ। कतिपय मानिसहरू भन्छन्, “के एक जना व्यक्तिलाई निराकरण गर्न साँच्चिकै विभिन्न विधिहरू जरुरी हुन्छ?” मण्डलीमा अनेक थरीका मानिसहरू हुन्छन्; तीमध्ये धेरैले पृष्ठपोषक र उम्कने उपाय खोज्न, आशिष्हरू प्राप्त गर्न, वा प्रकोपहरूबाट जोगिनका लागि मात्रै परमेश्वरमा विश्वास गर्छन्। यी मनसायहरूको गम्भीरता मात्र फरक हुन्छ; कतिपय मानिसहरूले एक प्रकारको व्यवहार देखाउँछन्, जबकि अरूले अर्कै प्रकारको व्यवहार देखाउँछन्। त्यसकारण, फरक मानिसहरूलाई फरक तरिकाले नै व्यवहार गर्नुपर्छ; यो मात्र सिद्धान्तहरूसँग मिल्छ। जहाँसम्म पृष्ठपोषकको खोजीमा रहेका यी अविश्वासीहरूको कुरा छ, तिनीहरूलाई तुरुन्तै पखाल्नुपर्छ। तिनीहरूलाई मण्डलीमा सित्तैमा खान नदे। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना मामलाहरू सम्हाल्न भन्छन्—वास्तवमा तिनीहरूलाई मामलाहरू सम्हाल्न मदत गर्न अलिकति मात्र मेहनत लाग्ने हुनाले, तिनीहरूलाई किन यति सानो सहयोग पनि गर्नु हुँदैन त? पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी मानिसहरू साँचो विश्वासी होइनन्; तिनीहरू पूर्णतः अविश्वासी हुन्। दोस्रो कुरा, यी मानिसहरू विश्वास नगर्नेबाट साँचो विश्वासीमा परिवर्तित हुन सक्दैनन्। तिनीहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएका र चुन्नुभएका जनहरू होइनन्; तिनीहरू उहाँको मुक्तिका पात्र होइनन्—बरु, तिनीहरू मण्डलीमा घुसपैठ गरेका दुष्कर्मीहरू हुन्। तेस्रो कुरा, यी मानिसहरू मण्डलीभित्र जताततै दौडधुप गर्छन्, र आफूले सामना गर्ने समस्या जति ठूलो भए पनि सधैँ दाजुभाइ-दिदीबहिनीहरूबाट मदत खोज्छन्, जसले अदृश्य रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई झिँजो लगाउँछ र त्यो सँगसँगै मण्डलीमा सबैका लागि हानिकारक हुने अत्यन्तै नकारात्मक वातावरण सिर्जना गर्छ। त्यसकारण, पृष्ठपोषक खोज्नलाई मात्र परमेश्वरमा विश्वास गर्ने यी दियाबलसहरूलाई सकेसम्म चाँडो पखाल्नु नै सर्वोत्तम हुन्छ। यदि तैँले अझै पनि तिनीहरूलाई पहिचान गरेको छैनस् वा तिनीहरू यस प्रकारका व्यक्ति हुन् भनेर बुझेको छैनस् भने, तैँले तिनीहरूलाई निगरानीका लागि राख्न सक्छस्। तैँले तिनीहरू परमेश्वरको घरले निकाल्नुपर्ने विभिन्न दुष्ट मानिसहरूमा पर्छन् भनेर खुट्ट्याएपछि र छर्लङ्गै देखेपछि, हिचकिचाउने वा तिनीहरूलाई कुनै शिष्टाचार देखाउने नगर्। सबैसँग छलफल गरेर सहमतिमा पुगेपछि, तँ तिनीहरूलाई निकाल्न सक्छस्। यदि मण्डलीका अगुवा र कामदारहरूले यो मामलालाई बेवास्ता गर्छन् भने, अधिकांश दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू पृष्ठपोषक र उम्कने उपाय खोज्न मात्र परमेश्वरमा विश्वास गर्ने प्रकारका मानिस हुन् भनेर पुष्टि गरेसम्म, तिमीहरूसित झूटा अगुवाहरूलाई नसोधी तिनीहरूलाई सिधै निकाल्ने अधिकार हुन्छ। त्यसो गर्नु सही हो र त्यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरूसँग मिल्छ। यो तिमीहरूको अधिकार हो, तिमीहरूको दायित्व हो, तिमीहरूको जिम्मेवारी हो; यो तिमीहरूको आफ्नै सुरक्षाका लागि हो। अवश्य नै, साँचो विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले कठिनाइहरू सामना गर्दा, हामीसँग आफ्नो क्षमताले भ्याएसम्म उनीहरूलाई सक्दो सहयोग गर्ने जिम्मेवारी र दायित्व हुन्छ, चाहे त्यो प्रेमपूर्ण सहयोग र समर्थन होस्, वा भौतिक सहायतामार्फत होस्। यो नै दाजुभाइ-दिदीबहिनीहरूबीचको प्रेम; परमेश्वरमा विश्वास गर्नेहरूको प्रेम हो। तर, अविश्वासीहरूलाई सहयोग गर्ने अभ्यास गर्ने हाम्रो दायित्व हुँदैन, किनभने तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन् र यो अनुग्रह वा यस्तो सहयोग पाउन योग्य हुँदैनन्। यो मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नु हो। परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्यबारे हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ। यस प्रकारका मानिसहरूबारे थप विशिष्ट उदाहरणहरू दिनु आवश्यक छैन। छोटकरीमा, पृष्ठपोषक खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्ने जोकोहीलाई मण्डलीबाट निकाला वा निष्कासन गरिनुपर्छ। अगुवा र कामदारहरूले मण्डलीमा त्यस्ता मानिसहरू छन् भनेर खुट्ट्याएपछि, तिनीहरूले ती मानिसहरूलाई तुरुन्तै निकाल्नुपर्छ। तिमीहरूले भेटे जति सबैलाई निकाल, कसैलाई पनि नछोड। यदि अधिकांश दाजुभाइ-दिदीबहिनीहरू पहिल्यै असहाय महसुस हुने र उप्रान्त सहनै नसक्ने गरी झिँजोलिएका छन्, र अगुवा र कामदारहरूले अझै पनि “तिनीहरूका कठिनाइहरू छन्; हामीले तिनीहरूलाई सहयोग गर्नुपर्छ” भनेर तिनीहरूको प्रतिरक्षा गर्छन् भने, त्यस्ता अगुवाहरूलाई यसो भन्नुपर्छ: “तिनीहरू परमेश्वरका साँचो विश्वासी पटक्कै होइनन्। तिनीहरू आफूसँग परमेश्वरका वचनहरू सङ्गति गर्ने जोकोहीलाई बेवास्ता गर्छन् र कर्तव्य पूरा गर्न लगाउँदा मान्दैनन्। तिनीहरूमा आफूलाई परमेश्वरप्रति समर्पित गर्ने कुनै अभिप्राय कहिल्यै थिएन, र तिनीहरू आफ्ना मामलाहरू सम्हाल्नका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्न मात्र चाहन्छन्। हामीसँग त्यस्ता अविश्वासीहरूलाई सहयोग गर्ने कुनै जिम्मेवारी वा दायित्व छैन!” मण्डली अगुवाले अनुमोदन नगरे पनि, तिमीहरूलाई बहुमतसँग मिलेर तिनीहरूलाई मण्डलीबाट निकाल्ने अधिकार हुन्छ। यदि मण्डली अगुवा यो अवस्थामा समेत सहमत भएन भने, उक्त मामलाबारे माथि रिपोर्ट गर; अगुवालाई एकलो पारेर चिन्तन गर्न देऊ। ऊ सहमत भएपछि तिमीहरूले फेरि उसको अगुवाइ स्विकार्न सक्छौ। यदि उसले असहमति जनाइरह्यो भने, तिमीहरूले उसलाई हटाएर फेरि नयाँ अगुवा चयन गर्न सक्छौ। यो नै परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्य हो: पृष्ठपोषक खोज्नु।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।