अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२३) खण्ड तीन
ङ. मण्डलीको भरमा बाँच्नु
यसपछि हामी पाँचौँ उद्देश्य: मण्डलीको भरमा बाँच्नका निम्ति परमेश्वरमा विश्वास गर्नेबारे सङ्गति गर्नेछौँ। तिमीहरू सबै मण्डलीको भरमा बाँच्नु भन्ने यस विषयसँग परिचित छौ, होइन र? (हो।) मण्डलीको भरमा बाँच्ने मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? हामीले के-कस्ता प्रकटीकरणहरूमार्फत उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य अशुद्ध छ, उनीहरू निष्कपट रूपमा परमेश्वरलाई पछ्याइरहेका छैनन्, वा मुक्ति हासिल गर्ने कोसिस गरिरहेका छैनन्, र उनीहरू मुक्ति प्राप्त गर्ने लक्ष्य हासिल गरौँ भनेर परमेश्वरको अस्तित्वमा विश्वास गर्ने र परमेश्वरको मुक्ति स्विकार्ने तत्परताका आधारमा सत्यता पछ्याउन र स्विकार्न अनि परमेश्वरका वचनहरू अभ्यास गर्न आएका होइनन्, बरु मण्डलीको भरमा बाँच्न आएका हुन् भनेर निर्धारण गर्न सक्छौँ? मण्डलीको भरमा बाँच्नुको अर्थ के हो? सतही अर्थ निकै प्रस्ट छ। यसको अर्थ आफ्नो दैनिक जीवनसँग सम्बन्धित समस्याहरू र भोजन सुनिश्चित गर्ने समस्या समाधान गर्नका निम्ति धार्मिक विश्वासमार्फत कुनै सम्प्रदायमा आबद्ध हुनु हो। यो नै मण्डलीको भरमा बाँच्नुको सबैभन्दा सङ्क्षिप्त, र सटीक परिभाषा हो, र यो सबैभन्दा स्पष्ट परिभाषा पनि हो। त्यसोभए यी मानिसहरू साँचो विश्वासी होइनन्, बरु उनीहरू मण्डलीको भरमा बाँच्न आएका हुन् भन्ने कुरा पुष्टि गर्ने यी मानिसहरू के-कस्ता प्रकटीकरणहरू देखाउँछन्? कतिपय मानिसहरूसँग कुनै निश्चित सीपमा दक्षता र सामान्य व्यक्तिले जस्तै काम गर्ने क्षमता हुन्छ, तर उनीहरूले यो समाज अन्यायपूर्ण छ र त्यहाँ काम गरेर जीविका चलाउन सजिलो छैन भन्ने देख्छन्। आफ्नो परिवारका सबै सदस्यलाई पाल्नका निम्ति काम गरेर पैसा कमाउनका लागि सबेरै उठ्न र अबेरसम्म नसुत्न, धेरै कष्टहरू सहन, र धेरै गुनासाहरू सहन आवश्यक हुन्छ—ऊ चतुर र लचिलो पनि हुनुपर्छ, तर पर्याप्त मात्रामा कठोर र खराब पनि हुनुपर्छ, साथै उसमा युक्ति र क्षमताहरू हुनैपर्छ—त्यसपछि मात्र उसले स्थिर जीविकोपार्जन सुनिश्चित गर्न र आफूलाई समाजमा स्थापित गर्न सक्छ। जुन उद्योगमा भए पनि र आफू माथिल्लो, मध्यम वा तल्लो सामाजिक वर्गहरूमा पर्ने भए पनि, काम गर्नेहरूलाई हेर्दा, जीविका चलाउनु सजिलो छैन। प्रशासनिक कामदारहरूले आकर्षक रूप, उच्च नामपदवी, उच्च शैक्षिक योग्यता, साथै ठूला तलब र फाइदाहरू देखाएर मानव स्वरूपको खोल ओढ्छन्, र सबैले उनीहरूको ईर्ष्या गर्छन्, तर उनीहरूले कार्यस्थलमा सामना गर्ने प्रत्येक बाधा एउटा कठिन परीक्षा हुन्छ। कुनै पनि क्षेत्रमा काम गर्न सजिलो छैन। किसान भएर खेती गर्नु झनै गाह्रो छ। किसानहरूले निकै कठिन परिश्रम गर्छन् र तैपनि उनीहरूले आफ्ना परिवार पाल्न पुग्ने खाना मात्र पाउँछन्, उनीहरूसँग लत्ताकपडा र अन्य आवश्यक सामग्री किन्न, वा घर मर्मत गर्नका लागि पैसा हुँदैन, र जब उनीहरू केही पैसा खर्च गर्न चाहन्छन्, उनीहरू तरकारी बिक्री वा पशुपालनमा भर पर्नुपर्छ—किसान हुनु झन् दयनीय छ! गैरविश्वासीहरूले भन्ने गरे जस्तै, “पैसा कमाउन गाह्रो छ—जन्मिनु सजिलो छ, तर जिउन गाह्रो छ”—जीविका चलाउन निकै गाह्रो छ। कतिपय मानिसहरूसँग जीविकोपार्जनको कुनै माध्यम हुँदैन, अनि उनीहरूले गैरविश्वासीहरू अत्यन्तै खराब हुन्छन् भन्ने देख्छन्, र धार्मिक आस्था भएकाहरू निष्कपट हुन्छन्, साथै मण्डलीमा जीविका चलाउन अलि सजिलो हुन सक्छ भन्ने सोच्छन्, त्यसैले उनीहरू मण्डलीमा घुसपैठ गर्न परमेश्वरको घरले सुसमाचार प्रचार गरिरहेको अवसरलाई उपयोग गर्छन्। अनि कर्तव्य पूरा गर्नेहरूलाई खाना दिइन्छ भन्ने सुनेपछि, उनीहरू कर्तव्य पूरा गर्न आउँछन्। कर्तव्य पूरा गर्न चाहने कतिपय मानिसहरू यसो सोच्छन्, “मेरो परिवारको कमाउने मान्छे म नै हुँ। जबसम्म घरको खेतमा खेती गर्ने मानिसहरू हुन्छन्, र मेरो परिवारको जीविकोपार्जनका खर्चहरू आपूर्ति हुन्छन्, म आफ्नो कर्तव्य पूरा गर्नेछु।” उनीहरूले परमेश्वरमा विश्वास गर्नु र कर्तव्य पूरा गर्नुको मुख्य उद्देश्य भनेको उनीहरूको जीविका सुनिश्चित गर्नका लागि पर्याप्त मात्रामा खाना र न्याना कपडाहरू प्राप्त गर्नका लागि—दैनिक तीन छाक खानका लागि, र उपरान्त जिउनका लागि काम गरेर पैसा कमाउनमा भर पर्नु नपर्नका लागि हो; जबसम्म उनीहरूलाई मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको सहायता मिल्छ, तबसम्म उनीहरूका लागि सबै कुरा ठिकै हुन्छ। यो लक्ष्य हासिल गर्न, उनीहरू मण्डलीले उनीहरूका लागि प्रबन्ध गरेको जस्तोसुकै काम गर्छन्। कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन्, जो मण्डलीमा प्रवेश गरेपछि, कसरी अगुवा बन्ने र प्रवचनहरू प्रचार गर्ने भनेर सिक्न थाल्छन्। उनीहरूले परमेश्वरका वचनहरू धेरै पढ्छन्, तिनलाई कापीमा सारेर धेरै घोक्छन्, अनि घोकिसकेपछि, उनीहरू अरूलाई प्रचार गर्न र मानिसहरूलाई समस्याहरू समाधान गर्न मदत गर्न सिक्छन्। उनीहरूले सबैलाई सहयोग गर्न हरसम्भव उपाय लगाउँछन्, र उनीहरूको सहयोग पाएपछि मानिसहरूले उनीहरूलाई सहयोगको हात फैलाउनेछन्, र उनीहरूले प्रचार गरेका प्रवचन र परमेश्वरका वचनहरू सुनेपछि मानिसहरू उनीहरूप्रति कृतज्ञ हुनेछन्, र यसरी मानिसहरूले उनीहरूलाई दान र सहायता प्रदान गर्नेछन् भन्ने आशा गर्छन्। उदाहरणका लागि, यदि उनीहरूसँग घरमा पानी र बत्तीको बिल तिर्ने पैसा छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूलाई तिर्न सहयोग गर्न सक्छन्, अनि यदि उनीहरूसँग आफ्ना छोराछोरीको शिक्षा शुल्क तिर्ने वा आफ्ना बिरामी आमाबुबाको उपचार खर्च बेहोर्ने पैसा छैन भने, मण्डली अथवा दाजुभाइ-दिदीबहिनीहरूले यी पैसाहरू जुटाइदिन सक्छन्, किनभने उनीहरू कर्तव्य पूरा गरिरहेका हुन्छन्। यसरी, उनीहरूले परमेश्वरमा विश्वास गर्न सहज महसुस गर्छन् र परमेश्वरमाथिको उनीहरूको विश्वास सार्थक छ, यसले उनीहरूलाई कुनै घाटा पुर्याएको छैन, र उनीहरूले आफ्नो लक्ष्य हासिल गरेका छन् भन्ने महसुस गर्छन्। उनीहरूले हृदयमा यसो भन्दै निरन्तर परमेश्वरलाई धन्यवाद दिन्छन्, “यो सबै परमेश्वरको अनुग्रह हो, परमेश्वरको निगाह हो। परमेश्वरलाई धन्यवाद!” परमेश्वरको प्रेम “चुक्ता” गर्नका निम्ति, उनीहरू मण्डलीका प्रबन्धहरू “पालना” गर्छन्, र जबसम्म उनीहरूलाई खाना र जीविकोपार्जनका खर्चहरू प्रदान गरिन्छ, उनीहरूले जस्तोसुकै कार्य पनि गर्नेछन्—उनीहरूको उद्देश्य त्यसको बदलामा स्थिर जीविकोपार्जन सुनिश्चित गर्ने मात्र हो। मण्डलीले उनीहरूका जीवनयापनका आवश्यकताहरूलाई बेवास्ता गरेर सामयिक रूपमै उनीहरूका कठिनाइहरू समाधान नगरेपछि, उनीहरू बेखुस हुन्छन्। मण्डलीको काम र परमेश्वरको घरले उनीहरूलाई खटाएका कर्तव्यहरूप्रति उनीहरूको मनोवृत्ति तुरुन्तै बदलिन्छ। उनीहरू भन्छन्, “यसरी हुँदैन, म बाहिर गएर पैसा कमाउनैपर्छ। विगतमा, मसँग पैसा कमाउने अवसर नै थिएन, किनभने म मण्डलीको काम गरिरहेको थिएँ। मैले व्यक्तिगत रूपमा त्यो काम गर्न देखा परेर बारम्बार ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिने जोखिम पनि लिएँ, र मलाई मानिसहरूले सबैतिर चिन्छन्। अब मलाई पैसा कमाउन सहज छैन। म के गरूँ?” यस्तो परिस्थितिमा, उनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसामु सक्रिय रूपमा आफ्ना कठिनाइ र मागहरू प्रस्तुत गर्नेछन्, परमेश्वरको घरलाई समेत सम्पर्क गरेर मागहरू राख्छन्। कतिपय मानिसहरूसँग आफ्नो जीवनयापन खर्च वा बुढेसकालका लागि पैसा हुँदैन, तर उनीहरू आफैले यी समस्याहरू समाधान गर्दैनन्। त्यसको साटो, उनीहरू आफ्नो जीवनयापन खर्च कमाउनका लागि परमेश्वरको घरमा मेहनत लगाउनमा भर पर्न चाहन्छन्। कतिपय मानिसहरूले यसलाई अघि लिएर जान्छन्—उनीहरू परमेश्वरको घरसँग उनीहरूको जीवनयापन खर्च, छोराछोरीलाई हुर्काउने खर्च र आमाबुबालाई पाल्ने खर्च प्रदान गर्न माग गर्ने मात्र नभई आफ्नो स्वास्थ्योपचार खर्चका लागि समेत पैसा माग्छन्। कतिपय मानिसहरूले त आफ्नो ऋण तिर्नका लागि समेत परमेश्वरको घरबाट पैसा माग्छन्—उनीहरूका मागहरू झन्-झन् अतिशय हुँदै जान्छन्, र उनीहरू साँच्चिकै निर्लज्ज भएर त्यस्ता कुराहरू माग्छन्। केही मानिसहरू परमेश्वरमा विश्वास गर्न आएपछि र मण्डलीमा आबद्ध भएपछि उनीहरूको खर्चका लागि परमेश्वरको घरले तिरेको पैसा, र उनीहरूले सक्रिय रूपमा माग गर्ने थप रकम, उनीहरूले काम गरेर कमाउने पैसाभन्दा बढी हुन पुग्छ। यी सर्तहरू पूरा भएका आधारमा, उनीहरूले परमेश्वरको घरले खटाएको काम बाहिरी रूपमा अर्पणता र ठूलो बफादारीका साथ गरेको झैँ देखिन्छ। तर, जब यी फाइदाहरू घट्छन् वा हराउँछन्, उनीहरूको मनोवृत्ति बदलिन्छ। मण्डलीले खटाएको कामप्रति उनीहरूको मनोवृत्ति, उनीहरूप्रति दाजुभाइ-दिदीबहिनीहरूको मनोवृत्तिका आधारमा र उनीहरूलाई परमेश्वरको घरले प्रदान गरेको आर्थिक सहयोगको मात्राका आधारमा फरक हुन्छ। जब उनीहरूले उपभोग गरेको अनुग्रह फिर्ता लिइन्छ वा समाप्त हुन्छ, त्यसउप्रान्त उनीहरूले आफ्ना कर्तव्यहरू पूरा गरिरहेको देखिँदैनन्। यी मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, कसरी छलकपट गरेर परमेश्वरको घरमा स्थानमा पुग्न, र यहाँ जरा गाडेपछि “अधिकारपूर्वक” दाजुभाइ-दिदीबहिनीहरूको दान र सहयोग, साथै आफ्नो दैनिक जीवनका लागि परमेश्वरको घरको सहयोग र त्यसका आपूर्तिहरूको आनन्द उठाउन सकिन्छ भनी लेखाजोखा गर्न थाल्छन्। उनीहरू निष्कपट रूपमा परमेश्वरप्रति आफूलाई समर्पित गरिरहेका पटक्कै हुँदैनन्, उनीहरू निःसर्त रूपमा आफूलाई समर्पित गर्न बिलकुलै आउँदैनन्—बरु उनीहरू एउटा मात्र उद्देश्य लिएर मण्डलीमा आबद्ध हुन्छन्, जुन त्यसमा भर परेर बाँच्नु र जीवनयापन सुरक्षित गर्नु हो। उनीहरूले चाहेअनुसार यो उद्देश्य हासिल हुन नसक्ने भएपछि, उनीहरू तुरुन्तै शत्रुवत् बन्छन्, र तुरुन्तै आफ्नो असली अनुहार प्रकाश गर्छन्, जुन अविश्वासीको मुहार हुन्छ। उनीहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, उनीहरू निष्कपट रूपमा आउँदैनन्; उनीहरू इनाम नमागी, र बदलामा केही पनि माग नराखी निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने, वा स्वेच्छाले परमेश्वरका निम्ति कामकुरा त्याग्ने र आफूलाई परमेश्वरप्रति समर्पित गर्ने गर्दैनन्। बरु, उनीहरू आफ्नै माग, अभिप्रायहरू, र उद्देश्य लिएर परमेश्वरमा विश्वास गर्न आउँछन्—उनीहरूले परमेश्वरमा विश्वास गर्ने भएकाले उनीहरूको उद्देश्य दृढतापूर्वक मण्डलीको भरमा बाँच्ने र जीवनयापन गर्नका लागि मण्डली र दाजुभाइ दिदीबहिनीहरूमा भर पर्ने हुन्छ। यो उद्देश्य आफूले चाहेअनुसार हासिल वा पूरा गर्न नसकिने भएपछि, उनीहरूले काम गर्न गएर वा व्यापार गरेर, अघि बढ्ने अर्को मार्ग खोज्छन्। के यस्ता मानिसहरू हुँदैनन् र? (हुन्छन्।) मण्डलीमा यस प्रकारका केही मानिसहरू हुन्छन्। सुरुमा, जब परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूलाई दानमा कपडा, दैनिक आवश्यकताका सामानहरू, वा पैसा जस्ता केही कुराहरू दिन्छन्, उनीहरूले बाहिरी रूपमा लाज मानेका जस्ता देखिन्छन् तर वास्तवमा भित्री रूपमा हर्षले गद-गद भइरहेका हुन्छन्। उदाहरणका लागि, मानौँ उनीहरूले एक-दुई जना दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्छन् वा पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्छन्, त्यसैले परमेश्वरको घरले वा दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूका परिवारलाई केही दान र आर्थिक सहायता दिन्छन्। उनीहरू परमेश्वरमा विश्वास गर्नु सार्थक र लाभदायक भएको, र उनीहरूलाई घाटा नभएको सोचेर यसबारे निकै खुसी र सन्तुष्ट हुन्छन्। समय बित्दै जाँदा, उनीहरूको हृदय झन्-झन् लोभी हुँदै जान्छ, उनीहरूका हातहरू झन्-झन् फैलिन्छन्, र उनीहरू झन्-झन् निर्लज्ज बन्दै जान्छन्—जति दिए पनि, उनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। प्रारम्भिक रूपमा, उनीहरूलाई चीजहरू स्विकार्न लाज लाग्छ, तर समयसँगै, उनीहरूले त्यसलाई केही हदसम्म न्यायसङ्गत ठान्छन्, र त्यसपछि उनीहरू त्यो पर्याप्त भएन भनेर वैमनस्य राख्न थाल्छन्। पछि, उनीहरू परमेश्वरको घरले निश्चित रकम दिनैपर्छ; नत्र, उनीहरू बाँच्न सक्नेछैनन्, र उनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्नेछैनन् भनेर सिधै माग राख्छन्। के उनीहरूको लोभ झन्-झन् बढिरहेको हुँदैन र? (हुन्छ।) त्यति धेरै अनुग्रहको आनन्द उठाएका भए पनि, उनीहरूले त्यो चुक्ता गर्नेबारे नसोच्ने मात्र नभई परमेश्वरको घरसँग झन्-झन् बढी माग राख्ने समेत गर्छन्। उनीहरू परमेश्वरको घर उनीहरूप्रति ऋणी छ, दाजुभाइ-दिदीबहिनीहरू उनीहरूप्रति ऋणी छन्, र उनीहरूलाई दान र आर्थिक सहयोग दिनु नै ठीक हो भन्ने विश्वास गर्छन्। यदि उनीहरूलाई कम दिइयो वा उनीहरूले ढिलो प्राप्त गरेमा, उनीहरू खुसी हुँदैनन्। उनीहरूलाई जतिसुकै पैसा र जस्तोसुकै चीजहरू दिइए पनि उनीहरू स्विकार्छन्, र त्यो नै ठीक हो भन्ने ठान्छन्। जब उनीहरूले लामो समयसम्म आफ्नो कर्तव्य पूरा गर्न जारी राख्छन्, तब उनीहरू आफू अझ बढी हकदार भएको महसुस गर्छन् र परमेश्वरको घरले उनीहरूलाई महँगा मोबाइल फोन र कम्प्युटरहरू उपलब्ध गराउनुपर्ने माग गर्न थाल्छन्। उनीहरूले परमेश्वरको घरले उनीहरूका घरमा एयर कन्डिसनर जडान गरिदिनुपर्ने र माइक्रोवेभ र भाँडा धुने मेसिन जस्ता घरायसी उपकरणहरू उपलब्ध गराइदिनुपर्ने माग पनि राख्छन्। उनीहरू परमेश्वरको घरले उनीहरूलाई घर किनिदिनुपर्ने र गाडी उपलब्ध गराउनुपर्ने मागसमेत राख्छन्, र कतिपयले नोकर्नी माग गर्छन्। उनीहरूका मागहरू ठूला बन्दै जान्छन् र उनीहरूको लोभ बढ्दै जान्छ, अनि अन्ततः उनीहरू बेतुका अत्यधिक मागहरू राख्छन्, र जे पनि माग्ने दुस्साहस गर्छन्। उनीहरू यस्तो विश्वास गर्छन्, “परमेश्वरमाथिको मेरो विश्वासमा परमेश्वरको घरका लागि मैले आफूलाई समर्पित गरेको छु र मेहनत लगाएको छु। म परमेश्वरको घरको हिस्सा हुँ। तिमी मानिसहरू परमेश्वरलाई अति धेरै भेटीहरू चढाउँछौ—एक भाग मलाई दिँदा के हानि हुन्छ? त्यसमाथि, यदि तिमीहरूले मलाई एक भाग दियौ भने, त्यो व्यर्थ हुनेछैन; म पनि परमेश्वरको घरमा मेहनत लगाउँछु र जोखिमहरू लिन्छु, म पनि कष्ट सहन्छु र मूल्य चुकाउँछु। के मैले यी चीजहरूको आनन्द उठाउन पाउनु नै ठीक होइन र? त्यसकारण, परमेश्वरको घरले निःसर्त रूपमा मेरा मागहरू पूरा गर्नैपर्छ, मलाई जे चाहिए पनि दिनुपर्छ, र त्यो लोभी हुनु हुँदैन।” ल भन्, के यी मण्डलीको भरमा बाँच्नुका प्रकटीकरणहरू होइनन् र? के यस्ता मानिसहरू अविश्वासी होइनन् र? (हुन्।) यी व्यवहारहरूको सही चित्रण भनेको मण्डलीको भरमा बाँच्नु हो। मण्डलीको भरमा बाँच्नुको अर्थ के हो? यसको अर्थ परमेश्वरमा विश्वास गर्ने नाममा परमेश्वरको घरबाट जबरजस्ती पैसा र सरसामानहरू असुल्नु, र परमेश्वरको घरका लागि मेहनत लगाएको र कर्तव्य पूरा गरेको नाममा परमेश्वरको घरबाट मुआब्जा माग गर्नु हो। मण्डलीको भरमा बाँच्नुको अर्थ यही हो। के त्यस्ता मानिसहरूले सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) उनीहरू किन चीजहरू त्याग्ने, मेहनत लगाउने, र कष्ट सहने गर्छन्? के तिनीहरू कर्तव्य पूरा गर्नका लागि त्यसो गर्छन्? के उनीहरू सत्यता अभ्यास गरिरहेका हुन्छन्? (हुँदैनन्।) उनीहरूले मेहनत गर्नु र कष्टहरू सहनुको उद्देश्य आफ्नो कर्तव्य पूरा गर्नु बिलकुलै होइन, बरु पूर्णतया जीवनयापन सुनिश्चित गर्नु हो, र उनीहरूले कसैलाई पनि आफ्नो आलोचना गर्न दिँदै दिँदैनन्—उनीहरू त केवल जायज रूपमा मण्डलीको भरमा बाँच्न चाहन्छन्। यिनीहरू मण्डलीको भरमा बाँच्ने मानिसहरू हुन्।
मण्डलीको भरमा बाँच्नेहरू अरू कुनै कारणले नभई आफ्नो जीविका सुनिश्चित गर्न, जीविकोपार्जन प्राप्त गर्नका लागि परमेश्वरमा विश्वास गर्छन्। के तिमीहरू वरपर मण्डलीको भरमा बाँच्ने मानिसहरू छन्? उनीहरूका प्रकटीकरणहरूबारे कुरा गर। (मैले यस्तो प्रकारको मानिस भेटेको छु। सुरुमा, ऊ अलि तीक्ष्ण बुद्धिको र उत्साही देखिन्थ्यो, त्यसकारण मण्डलीले उसलाई सुसमाचार प्रचार गर्ने प्रबन्ध गर्यो। त्यतिबेला उसको परिवारको जीवन कठिन थियो, त्यसैले मण्डलीले उसलाई केही सहयोग प्रदान गर्यो। तर, पछि उसले सिद्धान्तविना उक्त पैसा खर्च गरेको, खर्च नगर्नुपर्ने ठाउँमा खर्च गरेको र बचत गर्न सकिने ठाउँमा बचत नगरेको पाइयो। दाजुभाइ-दिदीबहिनीहरूले ऊसित सत्यता सिद्धान्तहरू सङ्गति गर्दा, ऊ भित्री रूपमा बेखुस र निकै प्रतिरोधी भयो। उसले परमेश्वरको घरको पैसा दुरुपयोग गरेको हुनाले, मण्डलीले परमेश्वरको घरका प्रबन्ध र सर्तहरूअनुसार उचित परिमार्जनहरू गर्यो, र उसलाई दिइने आर्थिक सहयोग घटायो। फलस्वरूप, आफ्नो कर्तव्य पूरा गर्नेप्रति उसमा रहेको पहिलेको ऊर्जा गुम्यो, र ऊ बढ्दो रूपमा झाराटारुवा बन्यो। पछि, मण्डलीले उसलाई सहयोग गर्न छोड्यो, अनि त्यस उप्रान्त उसको हृदय कर्तव्य पूरा गर्नमा रहेन। उसले भएभरको समय कसरी काम गर्ने र पैसा कमाउने भनेर सोच्नमै बितायो। उसले गाडी किन्नुपर्ने र कम्पनी खोल्नमा लगानी गर्नुपर्ने, अनि यसले सुसमाचार प्रचार गर्ने काम अझ सहज बनाउने र अझ धेरै मानिसहरू प्राप्त हुने दाबी गर्दै दाजुभाइ-दिदीबहिनीहरूबाट पैसा सापटीसमेत लियो। उसले यी शब्दहरूद्वारा प्रस्ट रूपमा मानिसहरूलाई छलिरहेको र बहकाइरहेको थियो; उसले दाजुभाइ-दिदीबहिनीहरूबाट पैसा धुत्न सुसमाचार प्रचार गर्ने ढोँग गरिरहेको थियो।) यस व्यक्तिलाई कसरी तह लगाइयो? (उसलाई सिधै निष्कासित गरियो।) त्यसो गर्नु नै सही थियो। यो मण्डलीको भरमा बाँच्नु हो। जब मण्डलीको भरमा बाँच्ने मानिसहरू पहिलो पटक परमेश्वरमा विश्वास गर्न आउँछन्, उनीहरू केही हदसम्म जोसिला देखिन्छन् र उनीहरूले आफूलाई थोरै समर्पित गर्छन्, र यो समयमा उनीहरूका मागहरू ठूला हुँदैनन्—उनीहरूलाई खान पाए पुग्छ। तर समय बित्दै जाँदा, उप्रान्त उनीहरू आफूलाई दिइएको कुरामा सन्तुष्ट हुँदैनन् र उनीहरूले झन्-झन् ठूला मागहरू राख्दै जान्छन्, अनि यदि उनीहरूका मागहरू पूरा भएनन् भने, उनीहरू धूर्त तरिकाले व्यवहार गर्न थाल्छन् र उनीहरू सेवा प्रदान गर्न अनिच्छुक बन्छन्। उनीहरूले आफ्ना कर्तव्यहरू अलिकति पूरा गर्दा उनीहरूको निगरानीसमेत गर्नुपर्छ, नत्र उनीहरूले झाराटारुवा तरिकाले कर्तव्य गर्छन्। अन्ततः जब उनीहरूले प्रदान गर्ने सेवाले फाइदाभन्दा बढी हानि गर्ने गरेको पाइन्छ, तब उनीहरूलाई हटाइन्छ। कतिपयले भन्छन्, “परमेश्वरको घरले उनीहरूलाई किन प्रेम देखाउँदैन?” प्रेम देखाउनुका पनि सिद्धान्तहरू छन्। ती मानिसहरू अविश्वासी हुन्, उनीहरू परमेश्वरका वचनहरू पढ्ने, वा सत्यता स्विकार्ने गर्दैनन्, उनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्दा निरन्तर रूपमा धूर्त र झाराटारुवा शैलीमा कार्य गर्छन्, अनि सत्यता सङ्गति गरिँदा उनीहरू सुन्दैनन्, अथवा कुनै पनि प्रकारको काटछाँट स्विकार्दैनन्, साथै उनीहरूलाई सुधार्न सकिँदैन भनेर भन्न सकिन्छ। परिणामस्वरूप, उनीहरूलाई निकालेर वा हटाएर मात्र तह लगाउन सकिन्छ। यदि अगुवा र कामदारहरूले यस प्रकारको व्यक्ति पत्ता लगाएमा, उनीहरूले उसलाई तत्काल तह लगाउनुपर्छ, र यदि दाजुभाइ-दिदीबहिनीहरूले यस्तो व्यक्ति पत्ता लगाएमा, उनीहरूले तत्कालै यो कुरा अगुवा र कामदारहरूकहाँ रिपोर्ट गर्नुपर्छ। यो परमेश्वरका चुनिएका मानिसहरूमध्ये हरेकको जिम्मेवारी हो। यो व्यक्ति मण्डलीको भरमा बाँचिरहेको छ, ऊ जीविका सुनिश्चित गर्न मात्र खोजिरहेको छ, र ऊ अविश्वासी हो, साथै उसलाई पैसा दिइएन भने उसले काम गर्न अस्वीकार गर्छ, उसलाई पर्याप्त पैसा नदिइएको महसुस हुँदा ऊ अनिच्छुक र शत्रुवत् बन्छ, र पर्याप्त पैसा दिँदा मात्र थोरै काम पूरा गर्छ भन्ने कुरा पुष्टि भएपछि, ऊप्रति कुनै उदारता देखाइनु हुँदैन—उसलाई निकाल्नैपर्छ! ठ्याक्कै भन्नुपर्दा, यस्ता मानिसहरू परमेश्वरको घरमा सेवा प्रदान गर्न पनि उपयुक्त नै हुँदैनन्। यदि तैँले उनीहरूलाई पैसा दिइनस् भने, उनीहरू सेवा प्रदान गर्न इच्छुक हुनेछैनन्; तर तैँले उनीहरूलाई पैसा दिएसम्म, उनीहरूलाई आफूले सेवा प्रदान मात्र गरिरहेको भन्ने थाहा भए पनि, उनीहरू अझै सेवा गर्न इच्छुक हुनेछन्। तर यी अविश्वासीहरूले कस्तो प्रकारको सेवा प्रदान गर्न सक्छन्? उनीहरूले राम्रोसँग सेवा प्रदान गर्न समेत सक्दैनन्, र उनीहरूको सेवा मानकअनुरूप हुँदैन, त्यसैले उनीहरूलाई हटाउनुपर्छ। त्यसकारण, उनीहरू मण्डलीको भरमा बाँच्ने प्रकारका मानिसहरू हुन् भनेर खुट्ट्याइएपछि सबैभन्दा पहिले उनीहरूलाई तह लगाउनुपर्छ र दुष्ट मानिस भनेर मण्डलीबाट निष्कासित गर्नुपर्छ। यसो गर्नु अतिशयोक्ति हुँदै होइन; यो परमेश्वरको घरले मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने सिद्धान्तहरूसित पूर्ण रूपमा मिल्छ। के यस प्रकारको व्यक्तिलाई पश्चात्ताप गर्ने मौका दिइनुपर्छ? के उनीहरूलाई निरीक्षणका लागि राख्न आवश्यक छ? (छैन।) के उनीहरू पश्चात्ताप गर्न सक्षम हुन्छन्? (हुँदैनन्।) उनीहरूको प्रकृति ठ्याक्कै यही हो; उनीहरूले कहिल्यै पश्चात्ताप गर्नेछैनन्। उनीहरू शैतानका खालका मानिसहरू हुन्। शैतान जस्ता मानिसहरूमध्ये, दुष्ट दुर्जन प्रकृतिको एक प्रकारको व्यक्ति हुन्छ, जो जहाँ पनि अरूबाट मुफ्तमा लाभ उठाउन चाहन्छ, र जता गए पनि आफूले गर्नुपर्ने कुनै पनि काममा लाग्दैन, र मानिसहरूको पैसा धुत्न र उनीहरूलाई ठग्न मात्र खोज्छ। उसले परमेश्वरमा विश्वास गर्ने मानिसहरूमा मानवता हुन्छ भन्ने देख्छ र यी मानिसहरूलाई सजिलो निशाना ठान्छ, त्यसैले ऊ मण्डलीको भरमा बाँच्नका लागि परमेश्वरको घरमा आउँछ। तर परमेश्वरको घरले उसलाई धेरै पहिले खुट्ट्याएको छ र ऊप्रति सावधानी अपनाएको छ, र ऊ जस्ता मानिसहरूलाई निराकरण गर्नका लागि सिद्धान्तहरू बनाएको छ भन्ने कुरा उसलाई थाहा हुँदैन। जब मण्डलीको भरमा बाँच्ने उसका प्रयासहरू असफल हुन्छन्, तब ऊ लाजले रन्थनिएर रिसले आगो हुन्छ, र आफ्नो साँचो रङ्ग देखाउँछ। त्यस अवस्थामा, तैँले परमेश्वरको घरले त्यस्ता मानिसहरूलाई किन पश्चात्ताप गर्ने मौका दिँदैन भनेर थाहा पाउनेछस्—किनभने उनीहरूमा मानवता हुँदैन र उनीहरू बदलिन सक्दैनन्। गैरविश्वासीहरूले भन्ने गरेका दुष्ट दुर्जनहरू उनीहरू नै हुन्। त्यसकारण, परमेश्वरको घरले यी मानिसहरूलाई सिधै निकालेर वा निष्कासित गरेर, अनि मण्डलीमा फेरि कहिल्यै फिर्ता नस्विकारेर उनीहरूलाई निराकरण गर्छ। के उनीहरूलाई दुष्ट मानिसका रूपमा तह लगाउनु उचित हो? (हो।) यस विषयमा हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ।
च. शरण खोज्नु
यसपछि, हामी छैठौँ उद्देश्य, मण्डलीबाट निकालिनुपर्ने वा निष्कासित गरिनुपर्ने छैठौँ प्रकारको अविश्वासी: शरण खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्ने मानिसहरूबारे सङ्गति गर्नेछौँ। कतिपय मानिसहरू भन्छन्, “शरण खोज्नुका प्रकटीकरणहरू के-के हुन्? के शरण खोज्नका लागि परमेश्वरमा विश्वास गर्नेहरू हुन्छन्? के यस्ता मानिसहरू साँच्चिकै अस्तित्वमा हुन्छन्?” के तिमीहरूले कहिल्यै कसैले “मण्डली एउटा शरणस्थल हो; मानिसहरू शरण खोज्न सकौँ भनेर परमेश्वरमा विश्वास गर्छन्” भनेको सुनेका छौ? धर्ममा रहेका धेरै मानिसहरूले यसो भन्छन्। यो भनाइको सारका हिसाबमा कुरा गर्नुपर्दा, के यो भनाइ र हामीले विश्लेषण गर्न गइरहेको “शरण खोज्नका निम्ति परमेश्वरमा विश्वास गर्नु” भन्ने उद्देश्यबीच कुनै भिन्नता छ? (छ।) भिन्नता के हो? उनीहरूले केबाट शरण खोज्छन्? (निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्नेहरूमा पनि सत्यता पछ्याउने क्रममा केही अशुद्धताहरू हुन्छन्; उनीहरू पनि प्रकोपहरू वा कठिनाइहरूबाट जोगिने र केही शान्ति प्राप्त गर्ने आशा राख्छन्। तर, छैठौँ उद्देश्यमा पर्ने खालको व्यक्तिले विशुद्ध रूपमा शरण खोज्नकै लागि परमेश्वरमा विश्वास गर्छ, र उसमा परमेश्वरमाथिको साँचो आस्था अलिकति पनि हुँदैन। भिन्नता यही नै हो।) यसमा रहेको भिन्नता भनेको परमेश्वरमा विश्वास गर्नुपछाडि व्यक्तिको उद्देश्यमा अशुद्धताहरू हुनु र शरण खोज्ने उद्देश्यले मात्र परमेश्वरमा विश्वास गर्नुबीचको हो। यो भिन्नता बाहेक, उनीहरूले के कुराबाट शरण खोजिरहेका छन् भन्ने हिसाबमा पनि भिन्नता छ। परमेश्वरमा विश्वास गर्नुपछाडि कतिपय मानिसहरूको उद्देश्यमा अशुद्धताहरू मिसिएका हुन्छन्; उनीहरू प्रकोपहरूबाट जोगिन, प्रकोपहरूबाट उम्किन, वा परमेश्वरले सुरक्षा र रेखदेख गर्नुहोस्, र त्यसपछि उनीहरू वस्तुगत रूपमा केही खतरा र प्रकोपहरूबाट जोगिन सकून् भन्नका लागि परमेश्वरमा विश्वास गर्छन्। उनीहरू यिनै विपत्तिहरूबाट जोगिन चाहन्छन्। हामीले सङ्गति गरिरहेको छैठौँ उद्देश्यमा पर्ने खालको व्यक्ति—शरण खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्नेहरू—विभिन्न कामकुराहरूबाट शरण खोज्छन्। उनीहरूका लागि, सबैभन्दा वास्तविक कुरा भनेको अहिलेसम्म आइनपरेका महाविपत्तिहरूबाट जोगिनुभन्दा धेरै परको कुरा हो। त्यसोभए उनीहरूका लागि सबैभन्दा वास्तविक समस्याहरू के-के हुन्? समाजमा भयानक शत्रुहरूको सामना गर्नु, मुद्दाहरू खेप्नु, सरकारी अधिकारी वा प्रभावशाली मानिसहरूलाई चिढ्याउनु, कानुन उल्लङ्घन गर्नु, आफ्नो देशमा युद्ध वा विभिन्न विपत्तिहरू देखा पर्नु, अथवा आफ्नो जीवन वा आफ्नो पारिवारिक सुरक्षालाई खतरामा पार्ने केही मानिस वा घटनाहरू सामना गर्नु, आदि जस्ता कुराहरू हुन्। यी परिस्थितिहरू सामना गरेपछि उनीहरू शरण खोज्नका लागि आफूलाई भरोसायोग्य र भरपर्दो हो भनी विश्वास लागेको मण्डली भेट्टाउँछन्; यो नै छैठौँ उद्देश्यमा चर्चा गरिएको शरण खोज्नु हो। भन्नुको मतलब, जब उनीहरूले दैनिक जीवनमा आफ्नो जीवन, परिवार, काम, करियर, आदि इत्यादि कुराहरूलाई जोखिममा पार्ने कठिनाइहरू सामना गर्छन्, उनीहरू मानिसहरूको ठूलो सङ्ख्याले बनेको शक्तिको सहयोग खोज्दै मण्डलीमा शरण खोज्न आउँछन्। छैठौँ उद्देश्यमा उल्लेख गरिए झैँ शरण खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्नु यही हो। के यो साँचो विश्वासीहरूका अशुद्धताहरूभन्दा फरक छैन र? (छ।) यस प्रकारको व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य शरण खोज्नु हो, मण्डलीबाट सहयोग खोज्नु हो। अर्थात्, ऊ मण्डलीले आफूलाई सहयोगी हात फैलाउनेछ भन्ने आशा गर्छ, र आर्थिक सहयोग बाहेक, ऊ मण्डलीले उसको सुरक्षा, समर्थन, र सहायता प्रदान गर्नुपर्ने माग पनि गर्छ। कतिपय यस्तै मानिसहरू समाजमा मण्डलीको प्रभाव, हैसियत, र प्रतिष्ठा प्रयोग गरेर परमेश्वरमा विश्वास गर्नेहरूलाई दमन गर्ने र हानि पुर्याउने दुष्ट शासन वा दुष्ट शक्तिहरूको प्रतिरोध गर्न पनि चाहन्छन्, ताकि उनीहरूका जीवन वा जीविकोपार्जनको सुरक्षा गर्न सकियोस्। उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही हो। के यस्ता मानिसहरू छन्? उनीहरू मण्डली भनेको राजनीति र समाजबाट अलग्याउन सकिने एउटा राम्रो शरणस्थल हो भन्ने विश्वास गर्छन्, र उनीहरूले आफूलाई सहयोगको आवश्यकता पर्दा, मण्डलीले निष्कपट रूपमा र दयाका साथ सहयोगी हात फैलाएर उनीहरूलाई कुनै पनि आर्थिक सहायता प्रदान गर्न, उनीहरूका लागि उभिन, उनीहरूको प्रतिरक्षा गर्न, मुद्दाहरूमा उनीहरूको प्रतिनिधित्व गर्न, साथै उनीहरूका अधिकार र हितका लागि लड्न सक्छ भन्ने सोच्छन्। यी मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही नै हो। आजको दिनसम्म, के मण्डलीमा त्यस्ता मानिसहरू छन्? के तिमीहरूले त्यहाँ त्यस्ता मानिसहरू छन् भन्ने सुनेका छौ? विदेशका मण्डलीहरूमा निश्चय नै त्यस्ता मानिसहरू छन्। यी मानिसहरू शरण खोज्ने उद्देश्यकै लागि परमेश्वरमा विश्वास गर्छन् र मण्डलीमा आबद्ध हुन्छन्। उनीहरू आस्था भनेको के हो भन्ने कुरा बुझ्दैनन्, उनीहरू सत्यतामा त झनै रुचि राख्दैनन्। तर, जब उनीहरूले कठिनाइहरू सामना गर्छन् र समाजमा कुनै मदत भेटाउन सक्दैनन्, तब उनीहरू मण्डलीबारे सोच्छन्, र मण्डली नै उनीहरूले सुरक्षित रूपमा शरण लिन सक्ने ठाउँ, उम्किने सबैभन्दा उत्तम बाटो, र सबैभन्दा सुरक्षित ठाउँ हो भन्ने विश्वास गर्छन्, त्यसैले उनीहरू प्रकोपहरूबाट जोगिने आफ्नो उद्देश्य हासिल गर्नका लागि परमेश्वरमा विश्वास गर्ने र मण्डलीमा प्रवेश गर्न रोज्छन्।
अहिले प्रकोपहरू झन्झन् ठूला भइरहेका छन्, र मानिससँग बाँच्ने कुनै उपाय छैन। कतिपय मानिसहरूले पूर्णतः प्रकोपहरूबाट जोगिनकै लागि परमेश्वरमा विश्वास गर्न रोज्छन्। तिनीहरू परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्वास त गर्छन्, तर तिनीहरूमा सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन। यदि त्यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्न आए भने, के मण्डलीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ? धेरै मानिसहरूले यो मामलालाई प्रस्ट रूपमा बुझ्दैनन्, र परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्वास गर्ने जोकोही व्यक्तिलाई मण्डलीमा स्वीकार गरिनुपर्छ भन्ने सोच्छन्। यो भयानक गल्ती हो। कुनै पनि व्यक्तिलाई स्वीकार गर्ने मण्डलीको निर्णय ऊ परमेश्वरमा विश्वास गर्न इच्छुक छ कि छैन भन्ने आधारमा नभई उसले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन र ऊ परमेश्वरको मुक्तिको पात्र हो कि होइन भन्ने आधारमा हुनुपर्छ। यस्ता धेरै दियाबलसहरू छन् जो परमेश्वरमाथिको विश्वासमार्फत आशिष्हरू पाउन र अगाडि बढ्ने बाटो भेट्टाउन चाहन्छन्—के मण्डलीले त्यस्ता मानिसहरूलाई पनि स्वीकार गर्नुपर्छ? यो अनुग्रहको युगमा सुसमाचार प्रचार गरेजस्तो होइन, जुन बेला विश्वास गरेसम्म, जोकोहीलाई स्वीकार गरिन्थ्यो; राज्यको युगमा मण्डलीले कसलाई स्वीकार गर्छ भन्ने सम्बन्धमा सिद्धान्तहरू र परमेश्वरको प्रशासनिक आदेशहरूले लगाएका प्रतिबन्धहरू छन्। व्यक्ति जोसुकै भए पनि, यदि उसले सत्यतालाई प्रेम वा स्वीकार गर्दैन भने, उसलाई स्वीकार गर्न सकिँदैन। किन त्यस्ता मानिसहरूलाई स्वीकार गरिँदैन? यस्ता मानिसहरूलाई स्वीकार नगर्नुको मुख्य कारण के हो भने, हामीले तिनीहरूको पृष्ठभूमि वा तिनीहरू कस्ता खालका मानिसहरू हुन् भनी स्पष्ट रूपमा देख्न सक्दैनौँ। यदि मण्डलीले दियाबलस, जघन्य दुष्टता बोकेको दुष्ट व्यक्तिलाई स्वीकार गर्यो भने, यसले मण्डलीमा कस्ता दुष्परिणामहरू ल्याउनेछ भन्ने जोकोहीलाई थाहा छ। त्यसमाथि, परमेश्वरमा विश्वास गरेर, हामीले उहाँका अभिप्रायहरू, उहाँले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। मण्डली कस्ता मानिसहरूले निर्मित हुन्छ? यो परमेश्वरको मुक्ति स्वीकार गर्ने, सत्यतालाई प्रेम गर्ने, परमेश्वरद्वारा स्वीकार गरिने मानिसहरूद्वारा निर्मित हुन्छ। परमेश्वरमा साँचो रूपमा विश्वास नगर्ने र सत्यता स्वीकार नगर्नेहरूलाई उहाँले मुक्ति दिनुहुन्न, किनभने सत्यता स्वीकार नगर्नु भनेको व्यक्तिको प्रकृतिको समस्या हो, र यस्तो खालको व्यक्ति शैतानको हुन्छ र कहिल्यै परिवर्तन हुनेछैन। त्यसकारण, त्यस्ता मानिसहरूलाई कहिल्यै मण्डलीमा प्रवेश गर्न दिनु हुँदैन। यदि कसैले कुनै दुष्ट व्यक्ति, दियाबलसलाई मण्डलीमा प्रवेश गर्न दियो भने, त्यो व्यक्ति शैतानको नोकर हो। ऊ जानीजानी मण्डलीको काम ध्वस्त पार्न र नष्ट गर्न आएको हुन्छ, र ऊ परमेश्वरको शत्रु हो। मण्डलीमा त्यस्तो दियाबलस, त्यस्तो परमेश्वरको शत्रुलाई प्रवेश स्वीकार गर्नु भनेको परमेश्वरको स्वभावलाई चिढ्याउनु र उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नु हो, र परमेश्वरको घरले यस्तो कुरा कदापि सहनेछैन। दुष्ट मानिस, दियाबलसहरूलाई मण्डलीमा प्रवेश गर्न दिनु हुँदैन—यो सुसमाचार प्रचार गर्ने कामको विषयमा मण्डलीको एउटा स्पष्ट अडान र माग हो। मण्डलीसँग प्रकोपबाट जोगिनका लागि मात्रै परमेश्वरमा विश्वास गर्न रोज्नेहरूलाई स्वीकार गर्ने जिम्मेवारी बिलकुलै हुँदैन, न त यसले सत्यता अलिकति पनि नस्विकार्ने मानिसहरूलाई नै प्रवेश गर्न दिनु हुन्छ, किनभने परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। सर्वशक्तिमान् परमेश्वरका वचनहरूलाई सत्यता नमान्ने, सत्यताको प्रतिरोध गर्ने र यसप्रति वितृष्ण हुने व्यक्ति दुष्ट व्यक्ति हो, र परमेश्वरले उसलाई मुक्ति दिनुहुन्न। परमेश्वरलाई हृदयमा मान्ने, तैपनि सत्यतालाई प्रेम नगर्ने, अनि धित मरुञ्जेल खाने अविश्वासीहरूका वर्गमा राखिनेहरूका हकमा भन्नुपर्दा, मण्डलीले तिनीहरू कसैलाई कहिल्यै स्वीकार गर्नुहुँदैन। मण्डलीमा शरण खोज्न आउन चाहने समाजका अनैतिक मानिसहरूमा पनि यही कुरा लागू हुन्छ—तिनीहरूलाई त झनै स्विकार्नु हुँदैन। किनभने मण्डली कुनै परोपकारी संस्था होइन, बरु यो त परमेश्वरले मानिसलाई मुक्ति दिने काम गर्नुहुने ठाउँ हो। राष्ट्रको सरकारसँग मण्डलीको कामको कुनै सम्बन्ध हुँदैन। सामाजिक संस्थाहरूले मानिसहरूलाई राम्रो गर्न, र हतियार त्याग्न फकाउँछन्—यो राष्ट्रका खातिर हो, र मण्डलीसँग यसको बिलकुलै सम्बन्ध हुँदैन। यदि कसैले मण्डलीमा गैरविश्वासी दुष्ट व्यक्ति, दियाबलस, वा अविश्वासीलाई ल्याउने आँट गर्छ भने, त्यस व्यक्तिले परमेश्वरको स्वभावलाई चिढ्याएको र उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन गरेको हुनेछ। दुष्ट व्यक्ति, दियाबलसलाई मण्डलीमा ल्याउने जोकोही व्यक्तिलाई परमेश्वरको घरले निकाल्नुपर्छ वा निष्कासन गर्नुपर्छ। सुसमाचार प्रचार गर्ने कामको विषयमा मण्डलीले लिने यो एउटा स्पष्ट अडान हो। जब यी दुष्ट मानिस, दियाबलसहरू परमेश्वरको घरमा आएर शरण खोज्न चाहन्छन्, तब तिनीहरू गलत ढोकामा आइपुगेका छन्, तिनीहरूले गलत ठाउँ रोजेका छन् भनेर तिनीहरूलाई भन्नुपर्छ। मण्डलीले निश्चय नै तिनीहरूलाई स्वीकार गर्नेछैन। यो शरण खोज्न चाहने गैरविश्वासीहरूप्रति मण्डलीको एउटा स्पष्ट अडान हो। के यो कुरा प्रस्ट भयो? (भयो।) त्यसोभए हामीले त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? तिनीहरूलाई कसरी भन्दा उचित हुन्छ? तँ भन्छस्: “जुनसुकै देशमा पनि रेड क्रस सोसाइटी, कल्याणकारी संस्था, आश्रयस्थल, र बौद्ध गुम्बाहरू हुन्छन्, साथै समाजमा केही स्वयम्सेवी समूहहरू पनि हुन्छन्। यदि तिमीलाई समस्याहरू आइपरे र तिमीसित सम्बोधन गर्नैपर्ने गुनासाहरू छन् भन्ने लाग्यो भने, तिमीले यी सङ्गठनहरूबाट सहयोग खोज्न सक्छौ। यसका साथै, तिमीले सरकारबाट राजनीतिक शरण वा शरणार्थी शरण खोज्न सक्छौ, र यदि तिम्रो आर्थिक अवस्थाले साथ दिन्छ भने, तिमीले आफ्नो मुद्दामा सहयोग गर्नका लागि वकिल राख्न सक्छौ। तर यो त मण्डली हो; यो त्यस्तो ठाउँ हो, जहाँ परमेश्वरले काम गर्नुहुन्छ, जहाँ परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, यो तिमीले शरण खोज्ने ठाउँ होइन। यसर्थ, तिम्रो मण्डली प्रवेश अनुचित छ, र तिमी यहाँ बस्नु व्यर्थ छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई स्विकार्नुहुन्न, र मण्डलीले पनि यस्ता मानिसहरूलाई लिँदैन। गैरविश्वासीहरूसँग जस्तोसुकै कठिनाइहरू भए पनि, उनीहरूले समाजका परोपकारी संस्था, राहत संस्था, वा नागरिक मामिला ब्यूरोहरूबाट सहयोग खोज्नुपर्छ—यी संस्थाहरू मानिसहरूको सेवा गर्न, उनीहरूलाई दान दिन र अरूलाई मदत गर्नमा चासो राख्छन्। तिमीसित जस्तोसुकै गुनासा वा मागहरू भए पनि, तिमीले उनीहरूलाई भन्न वा सरकारलाई निवेदन दिन सक्छौ। तिम्रा लागि ती नै सबैभन्दा उचित ठाउँहरू हुन्।” मण्डलीले कुनै पनि अविश्वासी र गैरविश्वासीहरू स्विकार्दैन। यदि कोही अत्यन्तै “प्रेमिलो” छ भने, उनीहरूलाई यस्ता मानिसहरू व्यक्तिगत रूपमा स्विकार्न दे र यो कुरालाई त्यतिमै सक्का; उनीहरू आफैले यस्ता मानिसहरूको रखवारी गर्न सक्छन्, र परमेश्वरको घरले यसमा हस्तक्षेप गर्नेछैन। कतिपय मानिसहरूले सोध्लान्, “त्यसोभए मण्डलीले किन सुसमाचार प्रचार गर्छ? सुसमाचार प्रचार गर्नुको उद्देश्य के हो?” सुसमाचार प्रचार गर्नु परमेश्वरको आज्ञा हो। सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू तिनै हुन्, जो परमेश्वर र साँचो मार्गको खोजी गर्छन्, जो परमेश्वरको देखापराइको तृष्णा गर्छन्, जो सत्यतालाई प्रेम गर्छन् र सत्यता स्विकार्न सक्छन्, र जो साँचो रूपमा परमेश्वरमा विश्वास गर्छन्—यी मानिसहरूलाई मात्र सुसमाचार प्रचार गर्न सकिन्छ। परमेश्वरको खोजी नगर्ने, सत्यता स्विकार्नका लागि नभएर शरण खोज्न आउनेहरूलाई सुसमाचार प्रचार गरिँदैन। कतिपय अलमल्ल मानिसहरूले यो कुरा छर्लङ्गै देख्न सक्दैनन् र परिस्थितिहरू आइपर्दा उनीहरू अन्योलग्रस्त हुन्छन्—यिनीहरू अलमलमा परेकाहरू हुन्, जसले परमेश्वरका अभिप्रायहरू कहिल्यै बुझ्नेछैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।