अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२३) खण्ड दुई

अवसरवादीहरूका विशेषताहरूलाई सारांश गरौँ। उनीहरूको पहिलो विशेषता भनेको उनीहरू परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने मामलालाई धेरै गम्भीर रूपमा लिँदैनन्। यदि तैँले उनीहरूलाई परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधिस् भने, उनीहरू यसो भन्नेछन्, “सायद हुनुहुन्छ। तर नहुनुभए पनि ठिकै छ। म त परमेश्‍वरले गर्नुभएका अगमवाणीहरू साकार हुन्छन् कि हुँदैनन्, र महाविपत्तिहरू आउनेछन् कि आउनेछैनन् भनेर हेर्नकै लागि मात्र आएको हुँ।” उनीहरूका विचार र दृष्टिकोणभित्र, उनीहरूमा परमेश्‍वर हुनुभए पनि वा नहुनुभए पनि फरक पर्दैन भन्ने मनोवृत्ति हुन्छ। त्यसोभए के परमेश्‍वरमा विश्‍वास गरेर मण्डलीमा आबद्ध हुनु उनीहरूका लागि ठट्टा होइन र? (हो।) परमेश्‍वरमाथिको उनीहरूको आस्था एउटा सरल विश्‍वास हो, यो एउटा खेल जस्तै हो, र यो सत्यता वा उनीहरूको जीवन मार्गसित असम्बन्धित हुन्छ। उनीहरू वास्तवमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको वास्ता गर्दैनन्; उहाँ हुनुभए पनि ठिकै छ, र नहुनुभए पनि ठिकै छ। कतिपय मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्न भन्दै उनीहरूलाई खण्डन गर्छन्, र उनीहरू निराश हुने वा त्यस्ता मानिसहरूलाई घृणा गर्ने गर्दैनन्। यदि मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेमा, उनीहरू यसो भन्छन्, “यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने हुनुहुन्छ। जे भए पनि, यदि तिमीलाई विश्‍वास लाग्छ भने, उहाँ अस्तित्वमा हुनुहुन्छ; यदि तिमीलाई विश्‍वास लाग्दैन भने, उहाँ हुनुहुन्न।” यो नै उनीहरूको दृष्टिकोण हो। के यस्ता मानिसहरू साँचो विश्‍वासी हुन्? उनीहरू अविश्‍वासी हुन्, होइनन् र? (हुन्।) परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा उनीहरूका लागि महत्त्वपूर्ण हुँदैन, त्यसोभए के परमेश्‍वरमाथि उनीहरूको विश्‍वासमा निष्कपटता हुन्छ? उनीहरू सम्भवतः निष्कपट हुन सक्दैनन्। अवसरवादी मानिसहरूको पहिलो विशेषता के हो? (उनीहरू परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने मामलालाई गम्भीर रूपमा लिँदैनन्।) यो नै पहिलो विशेषता हो।

अवसरवादी मानिसहरूको दोस्रो विशेषता के हो? त्यो के हो भने, उनीहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे धेरै गम्भीर हुँदैनन्। उनीहरूले कुन भनाइ, मानिस, घटना, र कामकुराहरू सकारात्मक हुन् र कुन नकारात्मक हुन् भनेर खुट्ट्याउँदैनन्, र उनीहरूले यसलाई गम्भीर रूपमा लिँदैनन्। उनीहरू, असल कुरालाई खराब र खराब कुरालाई असल बनाइदिन सकिन्छ भन्ने मान्यता राख्छन्, ठ्याक्कै गैरविश्‍वासीहरूको भनाइ जस्तै, “एउटा झूट हजार पटक भनियो भने त्यो सत्य बन्छ”; उनीहरूका लागि यो भनाइ मान्य हुन्छ। यदि तैँले उनीहरूलाई सत्यता भनेको के हो भनेर सोधिस् भने, उनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर पक्कै पनि भन्नेछैनन्, किनभने उनीहरू यो कुरा मान्दैनन्। उनीहरूले के भन्नेछन्? उनीहरूको साँचो दृष्टिकोण एउटा झूट हजार वा दश हजार पटक भनियो भने त्यो सत्य बन्छ भन्ने हो, जसको अर्थ, यदि धेरै मानिसहरूले केही कुरा भन्छन् भने, उनीहरूले त्यो साँचो हो भनेर विश्‍वास गर्नेछन्। जसरी गैरविश्‍वासीहरूले भन्ने गर्छन् नि: “सुरुमा त संसारमा मार्ग नै थिएन, तर धेरै मानिसहरू हिँडेपछि एउटा मार्ग बन्यो।” उनीहरूले के सही के गलत, के न्यायोचित वा के दुष्ट छ भन्नेबारे वास्ता गर्दैनन्; उनीहरू जसमा ठूलो क्षमता छ ऊ नै सही हो, र जो बेकार र अदक्ष छ ऊ नकारात्मक हो भन्ने विश्‍वास गर्छन्। उनीहरूले परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै सकारात्मक कुराहरू हुन् भनेर कदापि मान्नेछैनन्, न त उनीहरूले परमेश्‍वरले मानिसहरूबाट उनीहरू सकारात्मक कुराहरूका वास्तविकताहरू जिऊन् भनी माग गर्नुहुन्छ भन्ने कुरा नै मान्नेछन्। यी मानिसहरूले भ्रामक कुराहरू समेत भन्नेछन्, जस्तै, “तिमी परमेश्‍वर नै सत्यता हुनुहुन्छ, र परमेश्‍वरका वचनहरू सबै सकारात्मक कुराका वास्तविकता हुन् भन्छौ। के यसको अर्थ संसारमा सकारात्मक कुराहरू नै छैनन् भन्ने हो? के संसारमा पनि सकारात्मक कुराहरू र सत्यताहरू छैनन् र?” के यो वाहियात कुरा होइन र? के यो भ्रम होइन र? (हो।) यी मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना बोली वा कार्यका मापदण्डका रूपमा लिँदैनन्। उदाहरणका लागि, जब उनीहरूले कुनै भ्रामक कुरा व्यक्त गर्छन् र तैँले उनीहरूको खण्डन गर्छस्, तब उनीहरूले भन्नेछन्, “तिमीलाई तिमी नै सही छौ भन्ने लाग्छ, र मलाई म नै सही छु भन्ने लाग्छ, त्यसकारण असहमत हुन सहमत होऊँ। जसलाई जे असल लाग्छ, त्यो नै सही हो।” यो कस्तो दृष्टिकोण हो? के यो केवल कुरा सोझ्याउने प्रयास गर्नु होइन र? (हो।) यो मूर्खतापूर्ण र अलमल्ल दृष्टिकोण हो; यी मानिसहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे गम्भीर हुँदैनन्। यसबारे गम्भीर नहुनुको अर्थ के हो? यसको अर्थ उनीहरूले परमेश्‍वरले भन्नुहुने सबै सकारात्मक कुराहरू सत्यतासँग सम्बन्धित छन्, सत्यताअनुरूप छन्, र परमेश्‍वरबाट आउँछन्, र परमेश्‍वरले बताउनुहुने नकारात्मक कुराहरू सत्यता विपरीत छन् र ती शैतानबाट आउँछन् भनेर हृदयबाट मान्न सक्दैनन्। उनीहरूले यो तथ्यलाई स्विकार्दैनन् र सधैँ अवधारणाहरूलाई धमिल्याउन चाहन्छन्। अरूको खुट्ट्याइ र निन्दाबाट जोगिनका लागि उनीहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे कहिल्यै गम्भीर हुँदैनन्, उनीहरूले आफ्ना साँचो विचारहरू कहिल्यै खुलासा गर्दैनन्, र सधैँ अनेकार्थक तरिकाले बोल्छन्, आफूलाई साँच्चिकै के लाग्छ भनेर मानिसहरूलाई कहिल्यै भन्दैनन्। उनीहरू जोसँग कुरा गरिरहेका छन् त्यहीअनुसार फरक-फरक कुराहरू भन्छन्, र आवश्यकताअनुसार पूर्ण रूपमा परिस्थितिमा समायोजित हुन्छन्। यी मानिसहरू, सबै हिसाबले सत्यतामा वा परमेश्‍वरको अस्तित्वमा रुचि राख्दैनन्। यो नै अवसरवादी मानिसहरूको दोस्रो प्रकटीकरण हो: उनीहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे धेरै गम्भीर हुँदैनन्।

यी अवसरवादी मानिसहरूमा अरू के-कस्ता विशेषताहरू हुन्छन्? यी मानिसहरूले सधैँ, कामकुराहरू कसरी अघि बढ्दैछन् भन्ने आधारमा बस्ने कि छोडेर जाने भनेर निर्णय गर्छन्, तिनीहरू परिस्थितिहरू अनुकुल आफूलाई ढाल्न निकै सिपालु हुन्छन्। जब उनीहरू मण्डलीमा आबद्ध हुन्छन्, उनीहरूले आफ्नो बाहिरिने रणनीति र सम्भाव्यताहरूका लागि पर्याप्त तयारीहरू गरिसकेका हुन्छन्, प्रत्येक कदमको योजना बनाएका हुन्छन्। उनीहरूले हृदयमा, परमेश्‍वरका वचनहरू पूरा भएमा के गर्ने र निश्चित वर्षपछि ती पूरा नभएमा के गर्ने भन्नेबारे लेखाजोखा गर्छन् र योजनाहरू बनाउँछन्। यस प्रकारको व्यक्ति मण्डलीमा प्रवेश गरेपछि कहिल्यै पूर्ण रूपमा मण्डलीको काममा समर्पित हुँदैन। बरु, उसले उसका आगामी कदमहरूबारे निर्णय गर्न मण्डलीको विकासक्रम, ऊप्रति मण्डलीको मनोवृत्ति र त्यसले उसलाई गर्ने व्यवहार, र अन्य तत्त्वहरूलाई लगातार नियाल्छ। के यी मानिसहरूका सोच निकै जटिल हुँदैनन् र? (हुन्छन्।) उनीहरू मण्डलीमा आबद्ध भएका भए पनि, उनीहरू सधैँ अस्थायी दृष्टिकोण राख्छन्, एउटा करारका कामदारजस्तो जो सधैँभरि “ज्यान एकातिर, मन अर्कोतिर” भन्ने स्थितिमा हुन्छ, र उसको मन युक्ति र षड्यन्त्रहरूले भरिएको हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने र मण्डलीमा आबद्ध हुने उनीहरूको निर्णय केवल अनिच्छापूर्वक गरिएको सम्झौता हो, आत्मिक जरुरत वा परमेश्‍वरको अस्तित्वलाई मानेका आधारमा परमेश्‍वरलाई पछ्याउने र मानव जीवनको सही मार्गमा हिँड्ने चाहना होइन। उनीहरूमा यसका लागि आस्थाको कमी हुन्छ। यी मानिसहरू पर्ख र हेरको मनोवृत्तिका साथ परमेश्‍वरमा विश्‍वास गर्छन्, हृदयमा लेखाजोखा गर्छन्: “यदि परमेश्‍वरमा विश्‍वास गर्दा मलाई यस जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन, अनि मुक्ति प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका मिल्छ भने, म पछ्याउनेछु र विश्‍वास गर्नेछु। यदि मैले यी कुराहरू पाउन सकिनँ भने, म जुनसुकै बेला र जस्तोसुकै परिस्थितिमा मण्डलीबाट निस्कनेछु र विश्‍वास गर्न छोड्नेछु।” उनीहरू पूर्णतया आशिष्‌हरू प्राप्त गर्ने अवसरवादी आशामा परमेश्‍वरमा विश्‍वास गर्न आउँछन्। यदि उनीहरूले आशिष्‌हरू पाउन सकेनन् भने, उनीहरूले जुनसुकै बेला र जस्तोसुकै परिस्थितिमा आफ्ना कर्तव्यहरू त्याग्न र आफ्ना लागि अर्को मार्ग रच्न सक्छन्, किनभने उनीहरूको हृदय कहिल्यै मण्डलीमा गढिएको हुँदैन, न त उनीहरूले साँच्चिकै परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउने मार्ग रोजेका हुन्छन्।

यी अवसरवादी मानिसहरूका मुख्य विशेषताहरू यिनै तीनवटा हुन्: उनीहरू परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई गम्भीर रूपमा लिँदैनन्, सकारात्मक र नकारात्मक कुराहरूलाई गम्भीर रूपमा छुट्ट्याउँदैनन्, र जुनसुकै समयमा र जस्तोसुकै परिस्थितिमा मण्डली छाड्न सक्छन्। दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूलाई जति राम्रो व्यवहार गरे पनि, कामकुराहरू उनीहरूका स्वार्थसँग नमिलेसम्म वा तिनले उनीहरूका वर्तमान आवश्यकताहरू पूरा नगरेसम्म, उनीहरू मण्डली छाडेर जान सक्छन्। तर उनीहरूसँग जाने ठाउँ कतै नहुँदा, उनीहरू फर्केर आउने निर्णय गर्छन्। फर्केर आएपछि, उनीहरू अझै पनि सत्यता पछ्याउँदैनन् र उनीहरू फेरि जुनसुकै बेला मण्डली छाडेर जान सक्छन्। उनीहरू कस्ता खालका दुराचारी चीजहरू हुन्? उनीहरू आउनु र जानु अत्यन्तै सामान्य देखिन्छ; उनीहरू निष्कपटताका साथ परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अवसरवादी मानिसहरूका विशेषताहरू यिनै हुन्; सारका हिसाबले, उनीहरू अविश्‍वासी हुन्। कतिपय मानिसहरू तीनदेखि पाँच वर्षसम्म विश्‍वासमा टिक्न सक्छन्, कतिपय चाहिँ आठ-दस वर्ष टिक्न सक्छन्, तर उनीहरूको उद्देश्य अवसरवादी तरिकाले आशिष्‌हरू खोज्ने मात्र हुन्छ। त्यस्ता मानिसहरू सरल हुँदैनन्। उनीहरूले अहिलेसम्म पनि मुलभूमि चीनको कठोर, सतावटपूर्ण वातावरण सहेका छन्—के त्यो अलि “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” जस्तो भएन र? कतिपय मानिसहरू दस वर्षसम्म विश्‍वास गरेपछि त्यसउप्रान्त टिक्नै सक्दैनन्, त्यसैले उनीहरू गुनासो गर्छन्: “दस वर्ष भइसक्यो। मेरो जवानी मण्डलीमै खेर गयो। यदि मैले यी दस वर्ष संसारमा मेहनत गरेको भए, मैले कति पैसा कमाउन सक्नेथिएँ? सायद म एक प्रबन्धक बनेको हुनेथिएँ, र मैले सम्भवतः धेरै धनसम्पत्ति जोडेको हुनेथिएँ।” त्यसपछि उनीहरू बेचैन हुन्छन्। उनीहरूले आफ्नो झिनो जिज्ञासा र आशिष्‌हरूको चाहना पूरा गर्नकै लागि मात्र दस वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, तर उनीहरूले कहिल्यै सत्यता पछ्याएका हुँदैनन्। फलस्वरूप, उनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन्। उनीहरू परमेश्‍वरमा विश्‍वास गरेकोमा पछुताउँछन्, र यसो भन्दै आफैलाई गालीसमेत गर्छन्, “तँ मूर्ख, तँ बेकुफ! तैँले फराकिलो, सजिलो बाटोमा नहिँडेर यो कठिन बाटोमा हिँड्ने जिद कसिस्। कसैले पनि तँलाई जबरजस्ती गरेको थिएन; त्यो तेरो आफ्नै रोजाइ थियो!” कतिपय मानिसहरूले दस वर्षसम्म विश्‍वास गरेपछि पनि झटपट छोडेर जान सक्छन्। समाजमा दुई-तीन वर्ष मात्र जसोतसो गुजारा चलाएपछि, उनीहरूले समाज आफूले कल्पना गरे जस्तो सहज वा अनुगमनयोग्य नभएको, र गैरविश्‍वासी संसार देखिए जस्तो रङ्गीन र आदर्श नभएको पाउँछन्; बाहिरी संसारमा उनीहरूलाई गुजारा चलाउन कहीँ पनि सजिलो हुँदैन। त्यसबारे सोच-विचार गरेपछि, उनीहरूले अझै पनि मण्डली नै राम्रो भएको पाउँछन्, त्यसैले उनीहरू निर्लज्ज रूपमा फर्केर आउँछन्। फर्किँदा उनीहरू यसो भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु असल कुरा हो; गैरविश्‍वासीहरू खराब छन्, जो सधैँ मानिसहरूलाई हेप्छन्। संसारमा ज्यादै दुःख छ। परमेश्‍वरका वचनहरू नपढेका र मण्डली जीवन नजिएका यी वर्षहरूमा, म अन्धकारमा फसेँ, म हरेक दिन रुन्थेँ र दाह्रा किट्थेँ; मलाई यति गलाइएको छ कि अब म मानव जस्तो देखिन नै छोडेको छु। परमेश्‍वरमा विश्‍वास गर्नु नै राम्रो हो!” उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु नै राम्रो हो भनेर उद्घोष गर्छन्, तर वास्तवमा उनीहरूले संसारमा अति धेरै प्रकोपहरू छन्, र मानवजातिले चाँडै नै एउटा महाविपत्ति अनुभव गर्न लागेको छ भन्ने सुनेकाले मात्र त्यसो गरेका हुन्छन्। पैसा, जग्गा, गाडी, र घरहरू हुनु बेकार हो; आस्था बोकेकाहरूलाई मात्र मुक्ति दिन सकिन्छ। त्यसैले, उनीहरू फेरि परमेश्‍वरमा विश्‍वास गर्न फर्किन्छन्। के यो एउटा अवसरवादी होइन र? (हो।) अवसरवादी मानिसहरूले जुनसुकै बेला मण्डली छाड्न सक्छन्। यदि उनीहरूले मण्डलीमा फर्केर आशिष्‌हरू प्राप्त गर्ने आशा देखेमा, उनीहरू जुनसुकै बेला फर्केर आउन पनि सक्छन्। फर्केर आएपछि, उनीहरूले पछुतोका केही शब्दहरू भन्न र फेरि कहिल्यै परमेश्‍वरलाई छोड्नेछैनन् भनी व्यक्त गर्न सक्छन्, तर संसारमा परिस्थितिहरू निश्चल र शान्तिपूर्ण छन् र उनीहरूले अझै पनि केही राम्रा दिनहरूको आनन्द उठाउन सक्छन् भन्ने देखेपछि, उनीहरूले फेरि जुनसुकै बेला मण्डली छाड्न सक्छन्। उनीहरूले परमेश्‍वरको घर र मण्डलीलाई के ठान्छन्? उनीहरूले त्यसलाई खुला बजार ठान्छन्, र मन लागेअनुसार आउने र जाने गर्छन्। ल भन्, यदि त्यस्ता मानिसहरूलाई निकालिएको वा उनीहरू आफै निस्केर गएको खण्डमा, यदि उनीहरू फर्केर आउन चाहन्छन् भने, के मण्डलीले उनीहरूलाई फिर्ता लिनुपर्छ? (पर्दैन।) उनीहरूलाई फिर्ता लिनु हुँदैन। उनीहरूलाई फिर्ता लिनु भूल हो र त्यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ। यी मानिसहरूले मण्डलीका सदस्यका मानकहरू पूरा गर्दैनन्। उनीहरूले जुनसुकै बेला मण्डली छाड्न सक्छन्, अनि आशिष्‌हरू प्राप्त गर्नका निम्ति उनीहरू जुनसुकै बेला लुसुक्क मण्डलीमा पुनः प्रवेश गर्न सक्छन्, तर यस अवधिभर उनीहरूले कहिल्यै सत्यता स्विकार्दैनन्। यसले उनीहरू साँचो विश्‍वासी होइनन् भन्ने प्रमाणित गर्छ। त्यस्ता मानिसहरू सदैव निकाला र निष्कासनको निसाना हुनेछन्। मण्डलीले उनीहरूलाई निकाल्नुपर्छ र यसो भन्नुपर्छ: “नपछुताउनू। एक पटक गइसकेपछि, तिमी फर्केर आउन मिल्दैन। मण्डलीले तिम्रा लागि दोस्रो पटक ढोका खोल्नेछैन। सिद्धान्त नै यही हो।” कतिपय मानिसहरू भन्छन्: “त्यसबेला उनीहरू मूर्ख थिए, तर अहिले उनीहरू निकै असल व्यवहार गर्छन्। उनीहरू सानो थुमा जत्तिकै आज्ञाकारी, घरबारविहीन घुमन्ते जस्तै दयनीय छन्। जब पनि उनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई देख्छन्, तब पछुतो र ऋणीपन व्यक्त गर्छन्, पछुतोले रोएर उनीहरूका आँखा राता भएका छन्। उनीहरू निकै दयनीय देखिन्छन्, र उनीहरूको गल्ती स्विकार्ने मनोवृत्ति अत्यन्तै असल छ। उनीहरूलाई फर्केर आउन दिऊँ न।” के यसमा सिद्धान्तहरूसँग मिल्ने कुनै वाक्य छ? (छैन।) तीन वर्ष वा दस वर्षसम्म विश्‍वास गरेपछि पनि उनीहरूले दृढताका साथ हिचकिचाहटविना मण्डली छाड्न सक्छन्। उनीहरू कस्ता खालका दुराचारी चीज हुन्? के उनीहरू साँचो विश्‍वासी हुन्? (होइनन्।) उनीहरूले सुरुमा परमेश्‍वरलाई पछ्याउने छनोट गर्दा के उनीहरूमा कुनै निष्कपटता थियो? थिएन। यदि उनीहरूमा अलिकति पनि निष्कपटता भएको भए, उनीहरू मण्डली छाड्न यति दृढ हुने थिएनन्। सामान्यतया, मानिसहरूलाई बढीमा उनीहरू कमजोर र हतोत्साहित हुँदा, वा उनीहरूका लागि कामकुराहरू असल नहुँदा, यस्ता सोचहरू आउन सक्छन्, तर उनीहरूले अर्को मार्ग खोज्न तीन, पाँच वा दस वर्षसम्म समेत परमेश्‍वरमा विश्‍वास गरेपछि मण्डली छाड्ने दृढ निर्णय कहिल्यै गर्नेथिएनन्। यदि उनीहरूले इच्छाअनुसार मण्डली छाड्न सक्छन् भने, यसले सुरुमा उनीहरूले साँचो मार्ग स्विकारेर मण्डलीमा सामेल हुँदा उनीहरू निष्कपट थिएनन् भन्ने देखाउँछ; उनीहरूसँग गोप्य मनसाय र उद्देश्यहरू थिए—यसलाई भन्ने अरू कुनै तरिका छैन। यस्ता मानिसहरूलाई प्रस्ट रूपमा खुट्ट्याउनैपर्छ। उनीहरू साँचो विश्‍वासी होइनन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरलाई पछ्याउनु भनेको आशिष्‌हरू प्राप्त गर्ने अवसरवादी आशाका लागि हो। यस्ता मानिसहरूलाई अवसरवादी भनेर चित्रण गरिन्छ र उनीहरूलाई खुट्ट्याइसकेपछि मण्डलीबाट बाहिर निकाल्नुपर्छ। यदि उनीहरूले मण्डली छाड्दैनन् र मण्डलीभित्र आफ्नो व्यक्तिगत लाभका लागि परिस्थितिको फाइदा उठाइरहन्छन् भने, त्यो उनीहरू के हुन् भनेर कसैले खुट्ट्याउन नसक्ने भएकाले हो। तर, यी अवसरवादीहरूका विभिन्न प्रकटीकरणहरूबारे आज गरिएको सङ्गतिमार्फत, अगुवा र कामदारहरू अनि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता मानिसहरूलाई प्रस्ट रूपमा बुझ्नुपर्छ र खुट्ट्याउनुपर्छ। उनीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू पढ्ने वा परमेश्‍वरलाई प्रार्थना गर्ने गर्दैनन्, उनीहरूले परमेश्‍वरको काम वा परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतामा रुचि राख्दैनन्, सकारात्मक कुराहरूमा रुचि राख्दैनन्, र तिनलाई गम्भीर रूपमा लिँदैनन् भन्ने पत्ता लगाएपछि, उनीहरूप्रति अत्यन्तै सावधानी अपनाउनुपर्छ। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुका मनसाय र उद्देश्य नियाल्न, र मण्डलीप्रति, सत्यताप्रति र परमेश्‍वरप्रति उनीहरूको मनोवृत्ति निश्चित गर्न जरुरी हुन्छ। यदि उनीहरूमा सही मनोवृत्ति छैन, उनीहरू सत्यता पछ्याउने र कर्तव्य पूरा गर्नेप्रति निकै उदासीन छन्, उनीहरूले अलिकति पनि रुचि देखाउँदैनन्, र परमेश्‍वरका वचनहरूप्रति सधैँ शङ्कालु मनोवृत्ति राख्छन् भनी स्पष्ट भयो भने, यी मानिसहरू अवसरवादी र अविश्‍वासी हुन् भनेर पुष्टि गर्न सकिन्छ। त्यस अवस्थामा, उनीहरूलाई दाजुभाइ-दिदीबहिनी मान्नु हुँदैन; उनीहरू मण्डलीका हिस्सा होइनन्। बरु, उनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। उनीहरूले वर्षौँ विश्‍वास गरेका छन् र अझै पनि सत्यता स्विकार्दैनन्; के उनीहरूसँग सत्यता सङ्गति गर्न जारी राख्नु उपयोगी हुन सक्छ? के उनीहरूले पश्चात्ताप गर्लान् भनेर पर्खिरहनु व्यावहारिक हुनेछ? उप्रान्त त्यस्ता मानिसहरूमाथि काम नगर्नू, र उनीहरूले पश्चात्ताप गर्लान् भनेर नपर्खनू। यदि उनीहरू आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छैनन् र अझै पनि ननिस्की मण्डलीमा आफ्नो बसाइँ लम्ब्याउन चाहन्छन् भने, मण्डली अगुवाहरूले बुद्धिमानीपूर्वक उनीहरूलाई एक्ल्याउने उपाय खोज्नुपर्छ। के यो उचित हो? (हो।) यी मानिसहरूलाई अवसरवादीका रूपमा खुट्ट्याइसकेपछि, उनीहरू विभिन्न दुष्ट मानिसहरू र अविश्‍वासीहरूका दर्जामा वर्गीकृत भइसकेका हुन्छन्। उनीहरू दुष्ट मानिस र अविश्‍वासीहरू भएकाले, उनीहरूले मण्डलीबाट निकाला वा निष्कासित गरिने सिद्धान्त र सर्तहरू पूरा गर्छन्। उनीहरूलाई चाँडो निकाल्नु पक्कै पनि ढिलो निकाल्नुभन्दा राम्रो हो। उनीहरूलाई चाँडो निकाल्दा धेरै समस्याबाट जोगिइन्छ, र उनीहरूले उप्रान्त आहत महसुस गर्नु पर्दैन। तैँले यस्ता मानिसहरूलाई प्रस्ट रूपमा यसो भन्नुपर्छ: “तिमीले कहिले छाड्ने वा कसरी छाड्ने भनेर हृदयमा लेखाजोखा गरिरहनु पर्दैन, र बस्ने कि जाने भनेर लेखाजोखा गरिरहनु पर्दैन। परमेश्‍वरको घरले मानिसहरूलाई जबरजस्ती गर्दैन र परमेश्वर पनि त्यसो गर्नुहुन्न; यदि तिमी छोडेर जान चाहन्छौ भने, मण्डलीले तिमीलाई बस्न आग्रह गर्ने कोसिस गर्नेछैन। तर तिमीलाई एउटै कुरा प्रस्ट पार्नैपर्छ। यदि तिमी आफू परमेश्‍वरको घरको व्यक्ति नभएको र मण्डलीको सदस्य हुन इच्छुक नभएको व्यक्ति हौ भनी निश्चित छौ भने, चाँडोभन्दा चाँडो गइहाल; ढिलाइ नगर। यो सबैको भलाइका लागि हो। यदि तिमी परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छौ, परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्विकार्न सक्छौ, र साँच्चिकै मण्डलीमा आबद्ध हुन इच्छुक छौ भने, तिमी न्यायसङ्गत रूपमा मण्डलीका सदस्य हौ। तर अहिले होइनौ। तिमी अवसरवादका लागि आयौ, र सायद तिमी आफैलाई यो कुरा थाहा छैन, तर हामीले परमेश्‍वरका वचनहरू, सत्यता, र सबै किसिमका मानिसहरूलाई व्यवहार गर्ने मण्डलीका सिद्धान्तहरूअनुसार तिमी एक अवसरवादी हौ भनेर खुट्ट्याएका छौँ। तिमी मण्डली छाड्ने सही समयको लेखाजोखा गरिरहन्छौ; यो अत्यन्तै झन्झटिलो कुरा हो। तिमीले सही समय खोज्नै पर्दैन; तिमी अहिले नै जान सक्छौ। यदि तिमी परमेश्‍वरको देखापराइ र कामबारे सधैँ अनिश्चित हुन्छौ भने, म अहिले नै तिमीलाई स्पष्ट रूपमा भन्छु: तिमीले उप्रान्त कामकुराबारे मनन वा छानबिन गर्न आवश्यक छैन, तिमीले कामकुराहरू आफ्ना लागि कठिन पारिरहनु पर्दैन—तिमीले अहिले नै मण्डली छोड्न सक्छौ, परमेश्‍वरको घरको ढोका खुला छ, र परमेश्‍वरको घरले तिमीलाई राख्नेछैन, त्यसले मानिसहरूलाई जबरजस्ती गर्दैन।” के यसो गर्नु उचित हो? (हो।) उनीहरूलाई “बाहिर निस्कने बाटो” दे; उनीहरूलाई यहाँ प्रत्येक दिन तातो तावामाथिका कमिलाझैँ यातना भोग्न नदे, जसलाई उनीहरूका भावना, देह, सम्भाव्यताहरू, साथै बस्ने कि जाने भन्ने विषयले लगातार यातना दिइरहेका हुन्छन्। यी कुराहरूले उनीहरूलाई जति नै यातना दिए पनि, यसले कहीँ पुऱ्याउँदैन। उनीहरू हृदयमा अझै पनि कहिले जाने, कसरी जाने, चाँडै गएमा उनीहरूले घाटा र दुर्भाग्य बेहोर्नुपर्छ कि पर्दैन, र यदि उनीहरूले बसाइ लम्ब्याएमा आशिष्‌हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भनेर मनन गरिरहेका हुन्छन्। यदि उनीहरू निस्केर गए अनि परमेश्‍वरका वचनहरू पूरा भए भने के हुन्छ? यदि उनीहरू निस्केर गएनन् र परमेश्‍वरका वचनहरू पूरा भएनन् भने के हुन्छ? उनीहरूले यी कुराहरूबारे लगातार चिन्ता गर्नुपर्ने र बेचैन हुनुपर्ने आवश्यकता छैन। उनीहरूले साँचो इच्छुकताका साथ परमेश्‍वरमा विश्‍वास नगरिरहेको हुनाले, उनीहरू सकेसम्म चाँडो निस्केर जानुपर्छ। उनीहरू यहाँ आफ्नो व्यक्तिगत लाभका लागि परिस्थितिको फाइदा उठाउने कोसिस गर्दै, आफू जे होइन त्यो भएको नाटक गर्दै बस्नु हुँदैन। ल भन्, के उनीहरूलाई यस्तो सल्लाह दिनु र यसलाई यसरी सम्हाल्नु राम्रो हो? (हो।) के अवसरवादीहरूलाई निकाला वा निष्कासन गरिनुपर्ने विभिन्न किसिमका दुष्ट मानिसहरूमा वर्गीकरण गर्नु अति गर्नु हुन्छ र? (हुँदैन।) कतिपय मानिसहरू भन्छन्: “यस्ता मानिसहरूलाई कसरी दुष्ट मानिस मान्न मिल्छ?” अविश्‍वासीहरूमध्ये कति जना चाहिँ राम्रा हुन्छन्? परमेश्‍वरका नजरमा, परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरको अस्तित्वलाई मान्नेहरूको स्वभाव सारलाई त दुष्ट मानिन्छ, झन् परमेश्‍वरमा पटक्कै विश्‍वास नगर्ने र परमेश्‍वरको अस्तित्वलाई मान्दै नमान्नेहरूको त कुरै छाडौँ। त्यसकारण के उनीहरूलाई दुष्ट मानिसहरूमा वर्गीकृत गर्नु अति गर्नु हुन्छ र? (हुँदैन।) जे भए पनि, उनीहरूलाई कम्तीमा अझै पनि मानिस—दुष्ट मानिस—भनेर बोलाइन्छ। उनीहरू दुष्ट पिशाचहरूमा वर्गीकृत नहुनु नै पर्याप्त हो। उनीहरूलाई दुष्ट मानिसहरूमा वर्गीकरण गर्नु पूर्ण रूपमा उचित र सुहाउँदो हुन्छ; त्यो बिलकुलै अति गर्नु हुँदैन। त्यस्ता दुष्ट मानिसहरू पनि परमेश्‍वरको घरद्वारा निकाला वा निष्कासन गरिनुपर्ने विभिन्न प्रकारका मानिसहरूमध्ये एक हुन्। यो चौथो प्रकारको अविश्‍वासी हो, जसको परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य अवसरवादी हुन्छ।

अवसरवादीहरूका मुख्य विशेषताहरू के-के हुन्? तिमीहरूले यी मानिसहरूसँग गरेको अन्तरक्रियामार्फत र उनीहरूले प्रकट गर्ने स्वभाव, दृष्टिकोण, मनोवृत्ति, वा मानवता हेर्दा, तिमीहरूले के-के मुख्य विशेषताहरू पायौ? तिनलाई सारांशमा भन। (अवसरवादीहरू सुरुमा सत्यता पछ्याउनका लागि परमेश्‍वरमा विश्‍वास गर्न आउँदैनन्। उनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डली फस्टाइरहेको छ भन्ने कुरा सुन्छन्, त्यसैले उनीहरू केवल परमेश्‍वरको घरबाट केही फाइदा र आशिष्‌ पाउने आशा बोकेर परमेश्‍वरमा विश्‍वास गर्न आउँछन्, नाफा खोज्छन्। अनि यदि केही समयपछि उनीहरूले यी कुराहरू पाएनन् भने, उनीहरू निस्केर जान चाहन्छन्। यी मानिसहरूले निष्कपटतासाथ परमेश्‍वरमा विश्‍वास गर्दैनन् र परमेश्‍वरमा विश्‍वास गर्नमा बिलकुलै रुचि राख्दैनन्।) अवसरवादीहरूमा भएको सबैभन्दा ठूलो समस्या के हो? मुख्य समस्या के हो भने, उनीहरूलाई सत्यतामा रुचि हुँदैन तर आशिष्‌हरू प्राप्त गर्नमा सबैभन्दा बढी रुचि हुन्छ, त्यसकारण उनीहरूका लागि सत्यतालाई स्विकार्नु सबैभन्दा कठिन हुन्छ। कतिपय मानिसहरू भन्छन्: “उनीहरूले सत्यतामा रुचि नराखेकै कारण तपाईँले उनीहरूलाई निकाल्न वा निष्कासित गर्न त मिल्दैन नि, होइन र?” यी मानिसहरूलाई सत्यतामा रुचि नहुने कुरा मुख्य गरी उनीहरूले परमेश्‍वरका वचनहरू कहिल्यै नपढ्नु वा सत्यताबारे सङ्गति नगर्नुमा देखिन्छ। यदि उनीहरूले कसैले सत्यताबारे सङ्गति गरिरहेको र आफूलाई चिन्नेबारे कुरा गरिरहेको, वा समस्याहरू समाधान गर्नका लागि सत्यता खोजिरहेको सुनेमा, उनीहरूलाई हृदयमा विशेष प्रकारको वितृष्णा हुन्छ र पूर्ण रूपमा अरुचि हुन्छ, अनि उनीहरू उँघ्न थाल्छन्। उनीहरू यी कुराहरूप्रति अत्यन्तै वितृष्ण हुन्छन्, र अरूको सत्यता सङ्गतिमा बाधा दिनका लागि बेकारका कुरा, प्रकोपहरूबारे कुरा, र परमेश्‍वरले चिन्ह र चमत्कारहरू देखाउनेबारे छलफल समेत गर्छन्। फलस्वरूप, यी विषयहरू सुन्दा सत्यता नपछ्याउने कतिपय मानिसहरू उत्साहित हुन्छन् र छलफलमा जोडिन्छन्। के यो खुल्लमखुल्ला मण्डली जीवनमा बाधा दिनु होइन र? उनीहरू दैनिक जीवनमा परमेश्‍वरका वचनहरू बिरलै पढ्छन्, र कहिलेकाहीँ पढ्दा पनि, सायद उनीहरूलाई भित्र केही कुराले सताइरहेकाले उनीहरू त्यसो गर्छन्। उनीहरू भेलाहरूमा, परमेश्‍वरका वचनहरू खान र पिउनमा, वा परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्नमा रुचि राख्दैनन्। उनीहरू यस्ता कुरामा मात्र ध्यान दिन्छन्: “परमेश्‍वरको दिन कहिले आउला? महाविपत्तिहरू कहिले सक्किएलान्? हामीले कहिले स्वर्गको राज्यका आशिष्‌हरूको आनन्द उठाउन पाउँछौँ होला?” उनीहरू सधैँ यी कुराहरूबारे सोचिरहेका हुन्छन्। यदि कसैले पनि यी विषयहरूबारे छलफल गरेन भने, उनीहरू अनलाइनमा गएर खोज्छन्, र खोजेपछि, उनीहरूले भेलाहरू दौरान यी कुराहरू फैलाउन थाल्छन्। उनीहरूको हृदय यी कुराहरूले भरिएको हुन्छ। उनीहरूले अरूले आफूलाई रुचि भएका विषयहरूमा सङ्गति गरेको सुनुन्जेल, उनीहरू बीचमा बोल्न र सङ्गतिमा सामेल हुन सक्छन्। तर उनीहरूले सत्यता वा परमेश्‍वरका वचनहरूसँग सम्बन्धित विषयवस्तु सुन्नेबित्तिकै उनीहरू सुन्नै चाहँदैनन्। उनीहरू उँघ्न थाल्छन्, र कति त निस्केर जाने पनि गर्छन्, जबकि अरू चाहिँ छटपटाउन थाल्छन्—उनीहरूले हरप्रकारका कुरूप मुखाकृतिहरू देखाउँछन्। तँ भन्छस्, “परमेश्‍वरका वचनहरूबारे सङ्गति गरौँ।” उनीहरू भन्छन्, “मलाई तिर्खा लागेको छ, मैले अलिकति पानी पिउनु पर्छ।” तँ भन्छस्, “आफूलाई चिन्ने बारेमा सङ्गति गरौँ” वा “कर्तव्य पूरा गर्नुका विवरणहरूबारे सङ्गति गरौँ; यसका बारेमा परमेश्‍वरका वचनहरूले के भन्छन्, र सत्यता सिद्धान्तहरू के हुन् भनेर हेरौँ।” उनीहरू भन्छन्, “मेरो केही काम छ। म निस्किन लागेको। तिमीहरू राम्रोसँग गफगाफ गर।” उनीहरूले परमेश्‍वरका वचनहरू र सत्यताबारे सङ्गति गर्न अस्वीकार र इन्कार गर्नका लागि अनेक प्रकारका बहानाहरू भेट्टाउँछन्। यसले उनीहरूले सत्यतालाई प्रेम नगर्ने मात्र नभई, उनीहरू हृदयको गहिराइबाट नै सत्यताप्रति वितृष्ण छन् र त्यसको प्रतिरोध गर्छन् भन्ने तथ्य प्रस्ट रूपमा खुलासा गर्छ। जब पनि परमेश्‍वरका वचनहरू, सत्यता उल्लेख हुन्छ, उनीहरूले खुलेआम विरोध वा बहस गर्दैनन्, तर तिनलाई अस्वीकार गर्ने र पन्छाउने विभिन्न बहानाहरू भेट्टाउँछन्। के यी व्यवहारहरूले उनीहरू अवसरवादी हुन् भन्ने कुरा प्रस्ट रूपमा देखाउन सक्दैनन् र? के यसले उनीहरू कुनै निश्चित उद्देश्यका लागि, अवसरवादका लागि परमेश्‍वरमा विश्‍वास गरिरहेका अविश्‍वासीहरू हुन् भनेर प्रस्ट रूपमा जनाउँदैन र? (जनाउँछ।) कतिपय मानिसहरू भन्छन्: “तपाईँले उनीहरू अविश्‍वासी हुन् र उनीहरूले निष्कपटताका साथ परमेश्‍वरलाई पछ्याइरहेका छैनन् भनेर भन्नुहुन्छ, त्यसोभए उनीहरू किन अहिलेसम्म विश्‍वास गर्न सक्षम छन् र मण्डलीको कामका लागि परिश्रम गर्छन् र कठिनाइ सहन्छन् त?” के यस प्रश्नको जवाफ दिनका लागि हामीले भर्खरै उल्लेख गरेका व्यवहारहरू नै काफी छैनन् र? हामीले उनीहरूलाई सही रूपमा खुट्ट्याएका र चित्रण गरेका छौँ भनेर प्रमाणित गर्न यी व्यवहारहरू नै काफी छन्। त्यसकारण, कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य अवसरवादी छ कि छैन भनी मापन गर्नका लागि, तैँले त्यो कुरालाई परमेश्‍वर, परमेश्‍वरको काम, सत्यताप्रति, साथै सकारात्मक र नकारात्मक कुराहरूप्रति उसको मनोवृत्तिका आधारमा मापन गर्नुपर्छ र खुट्ट्याउनुपर्छ। यो सबैभन्दा सही हुन्छ। उनीहरूका बाहिरी व्यवहार र क्रियाकलापका आधारमा मापन गर्नु सही र वस्तुगत हुँदैन। उनीहरूका साँचो भित्री सोचहरू, साथै परमेश्‍वर र सत्यताप्रति उनीहरूको मनोवृत्तिले मात्र समस्याहरू प्रकाश गर्छन्; उनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भनी चित्रण गर्नका लागि यी मात्र सबैभन्दा सही मानकहरू हुन्। अब, के तिमीहरू अवसरवादी उद्देश्यले परमेश्‍वरमा विश्‍वास गर्नेहरूको सारबारे मूलतः प्रस्ट भयौ? के तिमीहरू सबैले यस्ता केही मानिसहरू सामना गरेका छौ? (गरेका छौँ।) यस्ता मानिसहरू चाँडोभन्दा चाँडो निस्केर जानु नै राम्रो हुन्छ। यदि उनीहरू साँच्चिकै सेवा प्रदान गर्न इच्छुक छन् भने, उनीहरूलाई अनिच्छापूर्वक राख्न सकिन्छ। तर, यदि उनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दैनन् र कुनै सेवा प्रदान गर्न सक्दैनन्, तर मण्डलीको काम र मण्डली जीवनमा बाधा सिर्जना गर्छन् र नकारात्मक असर पार्छन् भने, उनीहरूलाई चाँडोभन्दा चाँडो निस्केर जान लगाउनुपर्छ। अविश्‍वासीहरूलाई निकाल्ने सिद्धान्त यही हो। परमेश्‍वरको घरलाई निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्ने मानिसहरू चाहिन्छ; त्यसलाई वफादार सेवाकर्ताहरू चाहिन्छ। त्यसलाई सङ्ख्या पुर्‍याउनका लागि मात्र अविश्‍वासीहरू वा छेउमा बसेर हेर्नेहरू बिलकुलै चाहिँदैन। मण्डलीलाई सङ्ख्या पुर्‍याउनका लागि पनि कोही पनि चाहिँदैन। हामी यो विषयको सङ्गतिलाई यहीँ टुङ्ग्याउँछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्