अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२१) खण्ड चार
ई. ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका मानिसहरूका बारेमा वास्ता नगर्नु वा नसोध्नु
झूटा अगुवाहरूको अर्को प्रकटीकरण पनि छ जसले झनै क्रोधित तुल्याउँछ। कति झूटा अगुवाहरूले अन्तरक्रिया गर्ने क्रममा केही हदसम्म ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छन् तर तिनीहरूलाई तुरुन्तै निराकरण गर्न सक्दैनन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र इन्कार्न सकून् भनेर ख्रीष्टविरोधीहरूका विभिन्न व्यवहारहरूमार्फत तिनीहरूका दुष्ट कार्यहरू र सार तुरुन्तै खुलासा र चिरफार गर्न पनि असफल हुन्छन्। यो आफैमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा नगरेको ठहर्छ। केही दाजुभाइ-दिदीबहिनीहरू बहकाउमा पर्दा र ख्रीष्टविरोधीहरूको पछि लाग्दा, यी झूटा अगुवाहरू उदासीन रहन्छन्, मानौँ तिनीहरूसँग यसको कुनै सम्बन्ध नै छैन। यसका साथै, तिनीहरूले हृदयमा कुनै आत्मग्लानि वा आत्मदोष महसुस गर्दैनन्। तिनीहरू आफू परमेश्वर वा दाजुभाइ-दिदीबहिनीहरूको ऋणी भएको महसुस गर्दैनन्। बरु, तिनीहरूले प्रायजसो यो “पुरानै” हरफ बोलिरहन्छन्: “यी मानिसहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका थिए। तिनीहरू यसैको लायक थिए! समझशक्तिको कमी हुनु तिनीहरूको दोष हो। तिनीहरूले ख्रीष्टविरोधीहरूलाई नपछ्याएकै भए पनि, तिनीहरू परमेश्वरको घरले निकाल्ने निसाना बन्नेथिए।” ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएपछि यी झूटा अगुवाहरूले कुनै आत्मग्लानि वा दोष महसुस नगर्ने मात्र होइन, अझै बढी त तिनीहरूले चिन्तन वा पश्चात्ताप समेत गर्दैनन्। बरु, तिनीहरूले यस्ता अमानवीय कुराहरू भन्छन्, र यी दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न लायक छन् भनेर दाबी गर्छन्। यी शब्दहरूबाट के देख्न सकिन्छ? के यी मानिसहरूसँग कुनै मानवता छ? (छैन।) तिनीहरूमा मानवताको कमी छ भन्ने कुरा निश्चित हो। त्यसोभए तिनीहरूले किन यी कुराहरू भन्छन्? (जिम्मेवारीबाट पछि हट्नलाई।) पहिलो, यो जिम्मेवारीबाट पछि हट्न, मानिसहरूलाई बहकाउन र संवेदनशून्य तुल्याउनलाई हो। तिनीहरूले यस्तो विश्वास गर्छन्: “ती मानिसहरूमा समझशक्तिको कमी भएकाले ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहकाएका हुन्, र मसँग यसको कुनै सम्बन्ध छैन। तिनीहरूले सत्यता पछ्याएनन्, त्यसकारण तिनीहरू बहकाउमा पर्न लायक थिए!” “लायक थिए” भन्नुको अर्थ के हो? यसको अर्थ यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाउनुपर्छ र नियन्त्रण गर्नुपर्छ, र ख्रीष्टविरोधीहरूले तिनीहरूलाई गम्भीर रूपमा हानि गर्नुपर्छ—तिनीहरूले ख्रीष्टविरोधीहरूबाट जस्तोसुकै व्यवहार पाए पनि, तिनीहरू यसका लायक छन्; तिनीहरू ख्रीष्टविरोधीहरूलाई पछ्याउन लायक छन्। यसको तात्पर्य के हो भने यी मानिसहरूले परमेश्वरलाई पछ्याउनु हुँदैन बरु ख्रीष्टविरोधीहरूलाई पछ्याउनुपर्छ, परमेश्वरलाई पछ्याउनु तिनीहरूको गल्ती थियो, र परमेश्वरले तिनीहरूलाई छनौट गर्नु पनि गल्ती थियो, र तिनीहरू परमेश्वरको घरमा प्रवेश गरेका भए पनि, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहकाउनु अपरिहार्य नै थियो। के झूटा अगुवाहरूको तात्पर्य यही होइन र? तिनीहरूले दाजुभाइदिदीबहिनीहरूको निन्दा गर्ने मात्र होइन, परमेश्वरको पनि ईश्वरनिन्दा गर्छन्। के त्यस्ता मानिसहरू घृणास्पद हुँदैनन् र? (हुन्छन्।) तिनीहरू अत्यन्तै घृणास्पद हुन्छन्! तिनीहरू जिम्मेवारीबाट पछि हट्ने र आफूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा नगरेको तथ्य र सत्यतालाई ढाकछोप गर्ने बाहेक, तिनीहरूले यी मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न लायक छन् र परमेश्वरमा विश्वास गर्न र परमेश्वरको मुक्ति प्राप्त गर्न लायक छैनन् भनेर तिनीहरूलाई आक्रमण समेत गर्छन्। यो एउटा अभिव्यक्तिले तिनीहरूको चरित्र कति दुष्ट छ भन्ने कुरा प्रकट गर्छ! तिनीहरूले ख्रीष्टविरोधीहरूले जस्तो प्रत्यक्ष रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिएनन्, बहकाएनन्, वा दमन गरेनन्, तर दाजुभाइ-दिदीबहिनीहरूप्रति, परमेश्वरको आज्ञाप्रति, र परमेश्वरको घरले तिनीहरूलाई सुम्पिएको बगालप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरू साँच्चै कति निर्दयी र क्रूर छन् भन्ने कुरा देखाउँछ! परमेश्वरको कामलाई स्वीकार गर्ने कसैले पनि त्यो त्यति सजिलै गरेको हुँदैन; यसमा सुसमाचार प्रचार गर्ने मानिसहरूको त्याग र सहकार्य समावेश हुन्छ। यसका लागि धेरै जनशक्ति र स्रोतसाधनहरू खर्च हुन्छ, र, अझै बढी, यसमा परमेश्वरको रगत-पसिना लागेको हुन्छ। मानिसहरूलाई परमेश्वरसामु ल्याउनका लागि उहाँले नै विभिन्न मानिस, घटना, कामकुरा, र वातावरणहरू मिलाउनुहुन्छ। झूटा अगुवाहरूले यीमध्ये कुनै पनि कुरालाई ध्यान दिँदैनन्। ख्रीष्टविरोधीहरूले जोसुकैलाई बहकाए पनि, तिनीहरूले यसलाई एउटै वाक्यांशले खारेज गर्छन्: “तिनीहरू यसका लायक थिए!” त्यसो गरेर, तिनीहरूले संलग्न हुने सबैको मेहनत र परमेश्वरको रगत-पसिनालाई माटोमा मिलाउँछन्, र यसलाई व्यर्थ तुल्याउँछन्। “तिनीहरू यसका लायक थिए” भन्नुको अर्थ के हो? यसको अर्थ, “तिनीहरूलाई सुसमाचार प्रचार गर्न तिमीलाई कसले भन्यो? तिनीहरू परमेश्वरमा विश्वास गर्न लायक छैनन्। तिनीहरूलाई सुसमाचार प्रचार गर्नु गल्ती थियो। ख्रीष्टविरोधीहरूलाई पछ्याउनू भनेर तिनीहरूलाई कसले भनेको थियो? मैले कुनै वास्तविक काम नगरे पनि, मैले तिनीहरूलाई ख्रीष्टविरोधीहरूलाई पछ्याउन पनि लगाइनँ। तिनीहरूले आफै जिद्दी गरे; तिनीहरू ख्रीष्टविरोधीहरूलाई पछ्याउन लायक थिए!” यस्तो व्यक्तिमा कस्तो मानवता हुन्छ? के उसमा कुनै हृदय हुन्छ? ऊ त निर्दयी पशु हो, जो पाल्तु कुकुरभन्दा खराब हुन्छ, तैपनि ऊ अगुवा हो? ऊ अयोग्य छ! तिमीहरूसँग खुट्ट्याउने शक्ति हुनैपर्छ: त्यस्ता मानिसहरूमा विवेक र चेतनाको कमी छ र तिनीहरू यति निर्दयी छन् भन्ने देखेपछि, तैँले तिनीहरूलाई अगुवाका रूपमा छनौट गर्नु हुँदैन। अलमल्ल नहो! तिनीहरूले घाटा पूर्ति गर्न र ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका मानिसहरूलाई फिर्ता ल्याउन सक्दो प्रयास गर्न नसक्ने मात्र होइन, तिनीहरूले यस्ता निर्दयी कुराहरू पनि भन्छन्—तिनीहरू अत्यन्तै दुर्भावपूर्ण हुन्छन्! यस्तो व्यक्तिको समस्या औसत झूटो अगुवाको भन्दा पनि गम्भीर प्रकृतिको हुन्छ। तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा लिन नसकिने भए पनि, तिनीहरूका प्रकटीकरणहरूका आधारमा हेर्दा, तिनीहरूमा कुनै मानवता हुँदैन र तिनीहरू अगुवा वा कामदार बन्न लायक हुँदैनन् भन्ने कुरा स्पष्ट छ। तिनीहरू कुरूप र अकृतज्ञ विश्वासघाती बाहेक केही पनि होइनन्! तिनीहरूलाई परमेश्वरको आज्ञा के हो भन्ने थाहा हुँदैन, न त तिनीहरूलाई आफूले कुन काम गर्नुपर्छ भन्ने बारेमा नै कुनै सचेतना हुन्छ। तिनीहरूले यसलाई विवेक र समझका साथ लिँदैनन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूको अगुवा बन्न र परमेश्वरको आज्ञा स्वीकार गर्न लायक हुँदैनन्। विशेष गरी, झूटा अगुवाहरूमा परमेश्वरका चुनिएका मानिसहरूप्रति कुनै प्रेम हुँदैन। जब दाजुभाइ-दिदीबहिनीहरू बहकाउमा पर्छन्, तब उनीहरू निराश हुँदा तिनीहरूले उनीहरूलाई लात समेत मार्छन् र “तिनीहरू यसका लायक थिए” भन्ने जस्ता कुराहरू भन्छन्, र कुनै सहानुभूति देखाउँदैनन्। त्यस्तो व्यक्तिले, यदि कोही दुर्भाग्य वा कठिनाइहरूमा परिरहेको देख्यो भने, ऊ निराश हुँदा उसलाई मदत गर्दैन बरु लात हान्छ। तिनीहरूको विवेकले कुनै आत्मग्लानि महसुस गर्नेछैन, र तिनीहरू सधैँ जस्तै अगुवा बनिरहन्छन्। के यो लाजमर्दो कुरा होइन र? (हो।) दाजुभाइ-दिदीबहिनीहरूको त के कुरा गर्नु, यदि कुनै असल गैरविश्वासीलाई दियाबलसहरूले गम्भीर रूपमा हानि गरेको छ भने पनि, परमेश्वरको विश्वासी र सृजित प्राणी भएको नाताले, सामान्य मानवता भएको जोकोही व्यक्तिले सहानुभूति महसुस गर्छ; परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूलाई नै ख्रीष्टविरोधीहरूले बहकाएका र हानि गरेका छन् भने त झन् तिनीहरूको हृदयमा कति धेरै पीडा हुनुपर्ने हो। ख्रीष्टविरोधीहरूले दुष्टता गर्दा र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्दा यी झूटा अगुवाहरूले कुनै वास्तविक काम गर्दैनन्। तिनीहरूले ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू र सारलाई खुलासा वा काटछाँट गर्दैनन्, तिनीहरूमा ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र हृदयबाट इन्कार गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्ने बोझको बोध त झनै हुँदैन। तिनीहरूले यस विषयमा कुनै जिम्मेवारीको बोध महसुस गर्दैनन्। कतिपय मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाउँदा पनि, तिनीहरूले कठोर भएर यस्तो निर्दयी टिप्पणी मात्रै गर्छन्, “तिनीहरू यसका लायक छन्।” यो साँच्चै नै क्रोधित पार्ने कुरा हो! जिम्मेवारीबाट पछि हट्न, आफूलाई रक्षा गर्न, अझै धेरै मानिसहरूलाई बहकाउन र संवेदनशून्य बनाउन, र परमेश्वरद्वारा दोषी ठहरिनबाट जोगिनका लागि, तिनीहरूले यस्ता अमानवीय कुराहरू भन्छन्। के यो घृणास्पद कुरा होइन र? (हो।) तैँले जे भने पनि, तैँले आफ्नो जिम्मेवारी पूरा गरिनस्, र तैँले आफ्नो काम उचित रूपमा पूरा गरिनस्—यी झूटा अगुवाका प्रकटीकरणहरू हुन्; तैँले जति नै धेरै प्रयास गरे पनि यी कुराहरूलाई नकार्न सक्दैनस्। तँ झूटो अगुवा होस्।
कतिपय झूटा अगुवाहरूले कतिपय दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि, यी मानिसहरू बहकाउमा पर्न लायक छन् भन्दै कठोर, निर्दयी, र गैरजिम्मेवार व्यवहार गर्ने मात्र होइन, परमेश्वरको घरको कामका बन्दोबस्तहरूले तुलनात्मक रूपमा असल मानवता भएका र तिनीहरूका बीचमा पुनर्स्थापित हुने आशा भएकाहरूलाई जति सक्दो हदसम्म फर्काउने आफ्नो जिम्मेवारी पूरा गर्न लगाउँदा पनि, यी झूटा अगुवाहरूले अझै पनि कुनै वास्तविक काम गर्दैनन्। कतिपय मानिसहरूले मण्डलीमा फर्केर आउँछु भनेर अनुरोध गर्दा पनि, तिनीहरू उदासीन रहन्छन् र बेवास्ता गरेर बस्छन्, र मानिसहरूको जीवनलाई प्रिय मान्नुपर्ने सबैभन्दा बहुमूल्य कुराको रूपमा लिँदैनन्। तिनीहरू ती बहकाउमा परेका दाजुभाइ-दिदीबहिनीहरूलाई जति सक्दो हदसम्म फिर्ता ल्याउन असफल हुन्छन्। तिनीहरूले यो जिम्मेवारी पूरा गर्न सक्दैनन्, र त्यसो गर्न कुनै मेहनत गर्दैनन्। परमेश्वरको घरको कामका बन्दोबस्तहरूले यो काम राम्ररी पूरा गरिनुपर्छ भनेर बारम्बार माग गरे पनि, झूटा अगुवाहरू चलमल गर्दैनन्, तिनीहरूले कुनै कदम चाल्दैनन् र कुनै काम गर्दैनन्। परिणामस्वरूप, ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका र अलग गरिएका वा निकालिएका कतिपय मानिसहरू अझै पनि परमेश्वरको घरमा फर्केर आउन सक्दैनन् र तिनीहरूले फेरि सामान्य मण्डली जीवन सुरु गरेका हुँदैनन्। अवश्य नै, कतिपय मानिसहरूले साँच्चै नै विभिन्न पक्षहरूमा परमेश्वरको घरले पुनर्प्राप्त गर्नका लागि तय गरेका सर्तहरू पूरा गर्दैनन्, तर अरू पनि छन् जसलाई पुनर्स्थापित गर्न सकिन्छ। यदि, प्रेमपूर्ण सहयोग र धैर्यवान् साथद्वारा, तिनीहरूले सत्यता बुझ्न, ख्रीष्टविरोधीहरूलाई खुट्याउन, र इन्कार गर्न सक्छन् भने, तिनीहरू पुनर्स्थापित हुन सक्छन्। तर, अगुवा र कामदारहरूले वास्तविक काम नगर्ने हुनाले, परमेश्वरको घरका कामका बन्दोबस्तहरू लागू नगर्ने, र यी मानिसहरूको जीवनलाई महत्त्वपूर्ण नठान्ने हुनाले, कतिपय मानिसहरू अझै पनि बाहिर डुलिहिँड्नुपर्ने अवस्थामा छन्। यी अगुवा र कामदारहरूले विभिन्न बहानाहरू प्रयोग गरेर परमेश्वरको घरको कामका बन्दोबस्तहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले मण्डलीमा फर्केर आउन चाहने र स्वीकार गरिनका लागि मण्डलीका सर्तहरू पूरा गर्ने ती दाजुभाइ-दिदीबहिनीहरूलाई समेत बेवास्ता गर्छन्। तिनीहरूले यी मानिसहरूको मानवता खराब छ, तिनीहरूले सुरक्षा जोखिमहरू सामना गर्छन्, तिनीहरू राम्रो लुगा लगाउन मन पराउँछन्, देहसुखमा रमाउँछन्, तिनीहरूमा हैसियतप्रति अनुराग हुन्छ, आदि इत्यादि भन्दै यावत् किसिमका बहानाहरू बनाउँछन्। तिनीहरूले यी बनावटी बहाना र कारणहरू प्रयोग गरेर, उनीहरूलाई मण्डलीमा फर्केर आउन दिन मान्दैनन्। यी मानिसहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाएका र नियन्त्रण गरिएका हुन्छन्, तर उनीहरू हराउँछन् भन्ने बारेमा झूटा अगुवाहरूलाई कुनै चिन्ता हुँदैन। तिनीहरूमा कुनै जिम्मेवारीको बोध वा विवेकको बोध हुँदैन। सायद तिनीहरूले यी मानिसहरूलाई पुनर्स्थापित गर्नु गाह्रो वा खतरनाक हुन्छ भन्ने सोच्छन् होला, वा सायद तिनीहरू भित्री रूपमा अनिच्छुक हुन्छन् र असहमत हुन्छन् होला। जे भए पनि, विभिन्न कारणले गर्दा, तिनीहरूले माथि उल्लिखित परमेश्वरको घरको कामको बन्दोबस्तलाई पटक्कै लागू गर्दैनन्। त्यस्ता झूटा अगुवाहरूका प्रकटीकरणहरू यिनै हुन्। तिनीहरूले परमेश्वर वा परमेश्वरको घरले अह्राएको कुनै पनि काममा सक्रिय रूपमा सहकार्य गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने मात्र होइन, जब कसैले तिनीहरूको जिम्मेवारीमा भएको बेवास्तालाई खुलासा गर्छ, तब तिनीहरूले आफ्नो रक्षा गर्छन्, आफ्नो बेवास्ताको सत्यतालाई ढाकछोप गर्नका लागि आफ्नो जिम्मेवारीबाट उम्कने कुराहरू भन्छन् र आफूलाई सही साबित गर्छन्। के त्यस्ता झूटा अगुवाहरू झनै घृणास्पद हुँदैनन् र? (हुन्छन्।) सारांशमा भन्दा, यी झूटा अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई गम्भीर रूपमा हानि गर्ने ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने कार्यमा पनि लापरवाह गर्छन्, र कुनै वास्तविक काम गर्दैनन्। तिनीहरूले परमेश्वरको घरले माग गरेको यो कामको हरेक विवरणलाई बेवास्ता गर्छन्। तिनीहरू कष्ट सहन वा मूल्य चुकाउन अनिच्छुक हुन्छन्, आफूलाई जे मन लाग्यो त्यही गर्न र आफूले चाहे अनुसार काम गर्न मात्रै रुचाउँछन्—मन लाग्दा थोरै काम गर्छन् र मन नलाग्दा केही गर्दैनन्। तिनीहरूले परमेश्वरको घरको कामका बन्दोबस्तहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, परमेश्वरको घरद्वारा सुम्पिएका कर्तव्य र जिम्मेवारीहरूलाई बेवास्ता गर्छन्, र विशेष गरी परमेश्वरका अभिप्राय र मागहरूलाई बेवास्ता गर्छन्। यी मानिसहरूसँग कुनै मानवता र विवेक हुँदैन; तिनीहरू जिउँदा लास हुन्। के तिमीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा मुक्ति पछ्याउने आफ्नो जीवनको यो ठूलो मामलालाई मानवताविनाका मानिसहरूको हातमा सुम्पने आँट गर्छौ? (गर्दैनौँ।) तिनीहरूले तँलाई ख्रीष्टविरोधीहरूका हातमा नसुम्पे पनि, के ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउँदा र गम्भीर रूपमा हानि गर्दा तिनीहरूले ख्रीष्टविरोधीहरूका विरुद्धमा लडाइँ गर्न सक्दो प्रयास गर्नेछन्? अहँ, गर्नेछैनन्, किनभने त्यस्ता मानिसहरू जिम्मेवारीको बोध नभएका निर्दयी पशु हुन्। तिनीहरूले आफ्ना लागि फाइदाहरू सुरक्षित गर्नका लागि मात्रै अगुवाका रूपमा काम गर्छन्।
झूटा अगुवाहरूले कहिलेकहीँ दाजुभाइ-दिदीबहिनीहरूप्रति चासो देखाउँछन्; तिनीहरूले तिनीहरूलाई कुनै कुरा चाहिन्छ कि, तिनीहरूको खाना र बस्ने ठाउँको अवस्था कस्तो छ, आदि इत्यादि कुरा सोध्छन्। दैनिक जीवनसँग सम्बन्धित मामलाहरूमा तिनीहरूले निकै ध्यान दिन्छन्, तर परमेश्वरको आज्ञा, दाजुभाइ-दिदीबहिनीहरूको जीवन र मृत्यु, र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा, तिनीहरू उदासीन हुन्छन् र तिनीहरूलाई जसले अह्राए पनि तिनीहरूले केही गर्दैनन्। तिनीहरूले मानिसहरूको देहगत आनन्द, गाँस, बास, कपास, यातायात, वा भौतिक लाभहरूका बारेमा मात्रै वास्ता गर्छन्, र तिनीहरूले त्यस्ता कुराहरू मात्रै सम्हाल्छन्। कतिपय मानिसहरूले भन्छन्, “तपाईँका वचनहरू विरोधाभासपूर्ण छन्। के तपाईँले तिनीहरू निर्दयी हुन्छन् भनेर भन्नुभएको होइन र? के निर्दयी व्यक्ति अरूका लागि यी कुराहरू गर्न तयार हुन्छ?” के निर्दयी व्यक्ति यति दयालु हृदयको हुन्छ कि उसले सबैका लागि यी कुराहरू गर्छ? (हुँदैन।) वास्तवमा, कतिपय निर्दयी मानिसहरूले साँच्चै नै यी कुराहरू गर्छन्, र यसका दुई वटा कारण छन्। एउटा के हो भने, तिनीहरूले सबैका लागि काम गरिरहेका बेला, तिनीहरूले आफ्नै लागि पनि काम गरिरहेका हुन्छन्, र तिनीहरूले यसबाट लाभ लिन्छन्। यदि तिनीहरूले केही काम गरेर कुनै लाभ प्राप्त गर्न सक्दैनन् भने, तिनीहरूले अझै पनि यो काम गर्छन् कि गर्दैनन् भनेर हेर्—तिनीहरूले तुरुन्तै आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछन् र यो कार्य रोक्नेछन्। यसका साथै, तिनीहरूले यी कुराहरू गर्न र सबैका लागि फाइदाहरू खोज्नका लागि कसको पैसा प्रयोग गरिरहेका हुन्छन्? बिल तिर्ने त परमेश्वरको घरले नै हो। परमेश्वरको घरका स्रोतसाधनहरू प्रयोग गरेर उदारता देखाउनु यी मानिसहरूको विशेषज्ञता हो। तिनीहरूलाई व्यक्तिगत फाइदाहरू प्राप्त हुन्छ भने तिनीहरूले कसरी यी कुराहरू नगर्न सक्छन् र? तिनीहरूले सबैका फाइदा खोजिरहँदा वास्तवमा आफ्नै लागि काम गरिरहेका हुन्छन्। तिनीहरू अरू सबैका खातिर फाइदाहरू खोज्ने गरी दयालु हृदयका हुँदैनन्! यदि तिनीहरूले साँच्चै नै सबैका लागि फाइदाहरू खोजिरहेका थिए भने, तिनीहरूसँग कुनै स्वार्थी मनसाय हुनु हुँदैन, र तिनीहरूले परमेश्वरको घरका सिद्धान्तहरू अनुसार मामलाहरू सम्हाल्नुपर्छ। तर, तिनीहरूले सधैँ आफ्नै लागि फाइदाहरू खोजिरहेका हुन्छन्, र तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको बारेमा कुनै विचार गर्दैनन्। यसका साथै, तिनीहरूले सबैका लागि कामकुरा गर्छन् ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून् र यसो भनून्, “यो व्यक्तिले हाम्रा फाइदा खोज्छ र हाम्रा हितहरूको रक्षा गर्न लागिपर्छ। यदि हामीमा कुनै कुराको कमी छ भने, हामीले उसलाई नै यो कुरा सम्हाल्न लगाउनुपर्छ। ऊ साथमा छ भने, हामीले कुनै खराब व्यवहार झेल्नु पर्दैन।” तिनीहरूले यी कुराहरू गर्छन् ताकि सबैले तिनीहरूलाई धन्यवाद दिऊन्। यसरी व्यवहार गरेर, तिनीहरूले ख्याति र फाइदा दुवै प्राप्त गर्छन्, त्यसकारण तिनीहरूले किन यी कुराहरू गर्दैनन् र? यदि तिनीहरूले सबैका लागि फाइदाहरू खोजे, तर यो तिनीहरूको काम हो भन्ने कसैलाई थाहा भएन, र सबैले परमेश्वरलाई धन्यवाद दिए, र कोही पनि तिनीहरूप्रति कहिल्यै कृतज्ञ भएन भने, के तिनीहरूले अझै पनि त्यसो गर्नेछन्? तिनीहरू अवश्य नै त्यसो गर्ने मुडमा हुनेथिएनन्; तिनीहरूको साँचो सत्त्व खुलासा हुनेथियो। जब यस्ता मानिसहरूले कुनै पनि कुरा गर्छन्, तब तिनीहरूको प्रकृति सार पूर्ण रूपमा खुलासा हुन्छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूले मण्डलीलाई बाधा दिन्छन्, तब तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई रक्षा गर्न कहिल्यै पनि कुनै वास्तविक काम गर्नेछैनन्।
परमेश्वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको बहकाउ, नियन्त्रण, र हानि भोगेपछि, झूटा अगुवाहरूले अझै पनि यसप्रति आँखा चिम्लिन्छन् भनेर हामीले भर्खरै सङ्गति गरेका थियौँ। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई पुनर्स्थापित गर्न कुनै उपाय सोच्दैनन्, न त तिनीहरूले आफ्ना दायित्व र जिम्मेवारीहरू नै पूरा गर्छन्। तिनीहरूले आफ्नै भावना, मनस्थिति, र हितहरूको मात्रै ख्याल गर्छन्। तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दैनन् र आफूलाई जवाफदेही तुल्याउँदैनन्; बरु, तिनीहरू आफ्नो जिम्मेवारीबाट पछि हट्छन् र तीबाट पन्छिन्छन्। अनि तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाएपछि र नियन्त्रण गरेपछि, यिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गर्दैनन् भनेर आलोचना गर्दै आफ्नो जिम्मेवारीबाट पछि हट्छन् र यस क्रममा तिनीहरूले विवेकको कुनै दोष महसुस गर्दैनन्। यी झूटा अगुवाहरू सबैभन्दा घृणित हुन्छन्। हामीले छलफल गरेका झूटा अगुवाहरूका विभिन्न प्रकारका प्रकटीकरणहरू सबै निकै घृणित छन्, तर यो अन्तिममा उल्लेख गरिएको प्रकारको व्यक्तिसँग पटक्कै मानवता हुँदैन। यस्तो व्यक्ति निर्दयी जनावर हो, मानव वस्त्र धारण गरेको पशु हो; उसलाई मानवजातिको हिस्सा मान्न सकिँदैन, बरु पशुहरूको वर्गमा राखिनुपर्छ। तिनीहरूले किन आफ्ना जिम्मेवारी पूरा गर्दैनन्? किनभने तिनीहरूसँग कुनै मानवता, विवेक वा समझ हुँदैन। जिम्मेवारी, दायित्व, प्रेम, धैर्यता, करुणा, दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नु—यीमध्ये कुनै पनि कुरा तिनीहरूको हृदयमा हुँदैन; तिनीहरूमा यी गुणहरू हुँदैनन्। तिनीहरूको मानवतामा यी गुणहरू नहुनु मानवता नहुनुसरह हो। चौथो प्रकारको झूटा अगुवाका प्रकटीकरणहरू यिनै हुन्।
अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीभित्र खुलासा गरिनुपर्ने झूटा अगुवाहरूका चार प्रकारका प्रकटीकरणहरू लगभग यिनै हुन्। अवश्य नै, अरू केही यस्तै प्रकटीकरणहरू पनि छन्, तर यी चार प्रकारले नै मूलतः यो काम गर्ने क्रममा झूटा अगुवाहरूले देखाउने विभिन्न प्रकटीकरणहरू, साथै तिनीहरूको मानवता सारलाई प्रतिनिधित्व गर्न सक्छन्। हामीले तिनीहरूका प्रकटीकरणहरूलाई जति वटा वर्गमा विभाजन गरे पनि, झूटा अगुवाहरूका दुई प्रमुख प्रकटीकरणहरू अझै पनि यी चार वर्गभित्रै पाउन सकिन्छ: तीमध्ये एउटा वास्तविक काम नगर्नु हो, र अर्को वास्तविक काम गर्न नसक्नु हो। झूटा अगुवाहरूका सबैभन्दा प्रमुख दुई वटा प्रकटीकरणहरू यिनै हुन्। झूटा अगुवाहरूको मानवता र क्षमता जस्तो भए पनि, र तिनीहरूले सत्यतालाई जसरी लिए पनि, कुनै पनि अवस्थामा, यी दुई प्रकटीकरणहरू यी चार वर्गभित्र नै समावेश हुन्छन्। अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीको बारेमा रहेको आजको हाम्रो सङ्गतिको झूटा अगुवाहरूलाई खुलासा गर्ने विषयवस्तु यहीँ समाप्त हुन्छ।
पूरक: प्रश्नहरूको जबाफ दिनु
के तिमीहरूसँग कुनै प्रश्नहरू छन्? (परमेश्वर, म एउटा प्रश्न सोध्न चाहन्छु। भेलाको सुरुमा, परमेश्वरले हामीलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू र वास्तविक ख्रीष्टविरोधीहरूका बीचमा के भिन्नता छ, र ख्रीष्टविरोधीहरूको सारका आम विशेषताहरू के-के हुन् भनेर सोध्नुभयो। त्यो बेला, हामीले आफ्नो दिमाग शून्य भएको महसुस गर्यौँ, र केही समयसम्म मनन गरेपछि, हामीले केही अत्यन्तै सरल शब्द र धर्मसिद्धान्तहरू मात्रै सोच्न सक्यौँ। परमेश्वरले एक वर्षभन्दा बढी समयदेखि ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नेबारे सत्यताहरू सङ्गति गर्दै आउनुभएको छ, तर हामीले तीमध्ये थोरै कुरा मात्रै बुझ्न र अभ्यास गर्न सकेका छौँ। यसको एउटा कारण के हो भने हामीले यी सत्यताहरूमा मेहनत गरेका छैनौँ, र अर्को के हो भने हामीले तुलनात्मक रूपमा थोरै ख्रीष्टविरोधीहरूको सामना गरेका छौँ र ती वास्तविक परिस्थितिहरूसँग कसरी सम्बन्धित छन् भनी हेरेर यी सत्यताहरूलाई बुझेका छैनौँ। त्यसकारण, अहिले पनि हामीसँग यी सत्यताहरूमा कुनै प्रवेश छैन, हामीसँग ख्रीष्टविरोधीहरूबारे त्यति धेरै समझशक्ति छैन, र हामीभित्रै ख्रीष्टविरोधीहरूको स्वभावका धेरै प्रकटीकरणहरू छन् जसलाई हामीले अझै पहिचान गरेका छैनौँ। म यो समस्यालाई कसरी समाधान गर्ने भनेर सोध्न चाहन्छु।) सत्यताको कुनै पनि पक्षका सम्बन्धमा, सत्यताका वचनहरू तेरो हृदयमा गडिनका लागि तँसँग केही वास्तविक अनुभवहरू र अनुभवात्मक ज्ञान हुनैपर्छ, र तैँले साँचो बुझाइ हासिल गर्नुपर्छ। सत्यता प्राप्त गर्ने प्रक्रिया सधैँ यस्तै हुन्छ। तैँले याद गर्न सक्ने कुराहरू तिनै हुन् जुन तैँले आफ्ना अनुभवहरूमार्फत प्राप्त गरेको छस्; ती सबैभन्दा गहन प्रभावहरू हुन्। त्यसकारण, आज हामीले ख्रीष्टविरोधीहरूका विषयमा सङ्गति गरिरहेका बेला, मैले तिमीहरूलाई सुरुमा यो विषयवस्तु पुनरावलोकन गर्न लगाएँ। तिमीहरूले यसको केही भाग सम्झन सकेका थियौ। तिमीहरूले सम्झन सकेका कुराहरूमध्ये, तिमीहरूका लागि केही कुरा सैद्धान्तिक छन्, तर स्वाभाविक रूपमै ख्रीष्टविरोधीहरूका केही प्रकटीकरणहरू पनि छन् जसलाई तिमीहरूले वास्तविक जीवनसँग लगभग मिलाउन सक्छौ—सबैले यसलाई यसरी अनुभव गर्नैपर्छ। मानिसहरूको सामान्य अवस्था यस्तो हुन्छ कि प्रवचनहरू सुन्दा तिनीहरूले जति नै राम्ररी बुझेका जस्तो देखिए पनि, तिनीहरूले सैद्धान्तिक हिसाबमा र धर्मसिद्धान्तको हिसाबमा मात्रै बुझेका हुन्छन्, र तिनीहरूसँग सत्यताको ज्ञान हुँदैन। व्यक्तिले सत्यतालाई कहिले बुझ्न सक्छ? व्यक्तिले यी कुराहरू अनुभव गरिसकेपछि मात्रै केही व्यावहारिक ज्ञान प्राप्त गर्न सक्छ। वास्तविक परिस्थितिहरूको अनुभव नगरी, कसैले पनि ज्ञान प्राप्त गर्न सक्दैन। त्यसकारण, आज हामीले ख्रीष्टविरोधीहरूका विषयमा सङ्गति गरिरहँदा, हामीले तुरुन्तै पुनरावलोकन गरेर तँलाई सरल रूपमा सम्झना गराउनु आवश्यक थियो। यसपछि, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूका बारेमा सङ्गति गरे पनि वा झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूका बारेमा सङ्गति गरे पनि, यो कम्तीमा पनि तिमीहरूका लागि अत्यन्तै खोक्रो हुँदैनथियो—त्यति मात्रै हो। तर, तिमीहरूले अझै पनि ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूसँग परिचित हुनुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “यदि परमेश्वरले केही वास्तविक मानिस, घटना, र कामकुराहरू खडा गर्नुभएन भने, हामी कहाँ यी कुराहरूप्रति परिचित हुन सक्छौँ र? हामी आफैले ख्रीष्टविरोधीहरू खोजेर भेट्टाउन सक्दैनौँ, सक्छौँ त?” तैँले तिनीहरूलाई खोजेर भेट्टाउनु पर्दैन। सबैभन्दा सरल समाधान के हो भने जब तैँले ख्रीष्टविरोधीहरूको सामना गर्छस्, तब तिनीहरूलाई परमेश्वरका वचनहरूसँग तुलना गर्ने सक्दो प्रयास गर्। तिनीहरूका बाहिरी प्रकटीकरण, अभिव्यक्ति, व्यवहार, र स्वभावहरू, साथै तिनीहरूका विचार र दृष्टिकोणहरू, र आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने तिनीहरूको तरिका, तिनीहरूको जीवनशैली, इत्यादि कुराहरूलाई तुलना गर्—अर्थात्, तिनलाई हामीले छलफल गरेका ख्रीष्टविरोधीहरूका पन्ध्र वटा प्रकटीकरणहरूसँग तुलना गर्। तीमध्ये जति धेरै तुलना गर्न सक्छस्, गर्। मानिसहरूको बुझाइ यस्तै हुन्छ: तिनीहरूले धेरै कुरा स्मरण गर्न सक्दैनन् किनकि मानवको स्मरण शक्ति सीमित हुन्छ। मानिसहरूले साँच्चिकै प्रत्यक्ष अनुभवबाट प्राप्त गरेका कुराहरूका बारेमा अति राम्ररी बोल्न सक्छन्। तिनीहरूले जतिसुकै कुरा भने पनि, यो स्मरणमा आधारित हुँदैन, यो अनुभव र तिनीहरूको भोगाइमा आधारित हुन्छ। तिनीहरूले प्राप्त गरेका यी कुराहरू सत्यता र तथ्यगत रूपमा साँचो कुरासँग सबैभन्दा नजिक हुन्छन्—मानिसहरूले अनुभवमार्फत प्राप्त गर्ने कुराहरू यिनै हुन्। ती बाहेक, मानव धारणा र कल्पनाहरू अनुरूपका कुराहरू र ज्ञानमा आधारित कुराहरू सत्यता अनुरूप हुँदैनन्, चाहे ती कुराहरू सुरुमा तेरो दिमागमा प्रवेश गरेपछि तिनले तेरो दिमागमा जतिसुकै वर्षसम्म प्रमुख स्थान ओगटेको किन नहोस्। जब तैँले साँचो रूपमा सत्यता बुझ्छस्, तब यी कुराहरू हट्नेछन् र त्यागिनेछन्। तर, सत्यतासँग नजिक रहेका र सत्यता अनुरूप रहेका, र तैँले अनुभवमार्फत प्राप्त गरेका कुराहरू नै मूल्यवान् हुन्छन्। आज मैले सोधेका प्रश्नहरू तिमीहरूले पूर्ण रूपमा बुझे पनि नबुझे पनि, अवश्यै नै ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने सम्बन्धी विषयको एउटा भाग छ जुन तिमीहरूले बुझ्न सक्छौ, किनभने तिमीहरू सबैले ख्रीष्टविरोधीहरूबाट केही बहकाउ र बाधा अनुभव गरेका छौ। यसले तिमीहरूलाई अलिकति भए पनि समझशक्ति दिएको छ, र जब तिमीहरूले ख्रीष्टविरोधीहरूले दुष्टता गरिरहेका र मण्डलीको काममा बाधा दिइरहेका देख्छौ, तब यी सत्यताहरू तिमीहरूको लागि प्रभावकारी हुन सक्छन्। तिमीहरूले वास्तविक वातावरणहरू सामना गर्दा मात्रै यी वचनहरू प्रभावकारी हुन्छन्। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूको बहकाउको अनुभव गरेका छैनौ र मनले मात्र तिनीहरूको कार्यको कल्पना गरेका छौ भने, यो व्यर्थ हुन्छ। तेरो कल्पना जति नै राम्रो भए पनि, यसको अर्थ तैँले ती कुराहरू खुट्ट्याउन सक्नेछस् भन्ने हुँदैन। वास्तविक वातावरणहरू सामना गर्दा मात्रै मानिसहरूले स्वस्फूर्त रूपमा प्रतिक्रिया दिन्छन्, यी कुराहरू सामना गर्न र तिनलाई सम्हाल्नका लागि आफ्नै विचार र दृष्टिकोणहरू, आफूले सुनेका केही सिद्धान्तहरू, र आफूले सिकेका केही धर्मसिद्धान्त, विधि, र तरिकाहरू प्रयोग गर्छन्, र अन्तिममा विभिन्न निर्णयहरू गर्छन्। तर मानिसहरूले यी अवस्थाहरू सामना गर्नुभन्दा पहिले नै, तिनीहरूसँग विभिन्न सिद्धान्तहरूका बारेमा शुद्ध बुझाइ र धारणा छ भने त्यो नै धेरै राम्रो हो। कतिपय मानिसहरूले भन्छन्, “हामीले ख्रीष्टविरोधीहरूलाई भेट्नुभन्दा पहिले तपाईँले यति धेरै कुरा भन्नुको के फाइदा छ र?” यो काम लाग्छ। के ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने वचनहरू पुस्तकमा छापिएका हुँदैनन् र? के ती वचनहरू तैँले एक-दुई दिनमा पूर्ण रूपमा अनुभव गर्न र छर्लङ्गै देख्न सक्ने कुरा हुन्? होइनन्। तिनलाई पुस्तकमा छाप्नुको उद्देश्य भनेको तिमीहरूलाई मुक्ति दिनु हो र तिमीहरूलाई यी वचनहरू बारम्बार पढ्न, र यी सत्यताहरू बुझ्न, साथै भविष्यमा तिमीहरूले विभिन्न अवस्थाहरू सामना गर्दा परमेश्वरका वचनहरू पढ्न र जीवनको भरणपोषण प्राप्त गर्न सहयोग गर्नु हो—चाहे यो ख्रीष्टविरोधीको घटना होस्, तिमीहरूको आफ्नै स्वभाव परिवर्तन गर्ने कार्यमा आएका कठिनाइहरू होस्, वा अरू जेसुकै होस्। यो पुस्तकमा समावेश गरिएका परमेश्वरका वचनहरू तँलाई यी कुराहरूको अनुभव गर्ने र तिनलाई सम्हाल्ने र सत्यताका यी पक्षहरूमा प्रवेश गर्ने तेरा स्रोत हुन्। प्रवचनहरू सुन्दा तैँले कति बुझ्न सक्छस् भन्ने कुराले तँसँग कति वास्तविकता छ भन्ने कुरालाई प्रतिनिधित्व गर्दैन। यदि तैँले कुनै कुरा एकै पटकमा बुझ्न वा याद गर्न सक्दैनस् भने, यसको अर्थ तैँले यो कुरा कहिल्यै अनुभव गर्नेछैनस् वा भविष्यमा यसलाई कहिल्यै बुझ्नेछैनस् भन्ने हुँदैन। छोटकरीमा भन्दा, तिमीहरूले के बुझ्नुपर्छ भने मानिसहरूले अनुभवमार्फत् प्राप्त गर्ने र परमेश्वरका वचनहरूका आधारमा जानेका कुराहरू मात्रै सत्यतासँग सम्बन्धित हुन्छन्। मानिसहरूले याद गर्ने र आफ्नो मनमा बुझेका कुराहरू प्रायजसो सत्यतासँग सम्बन्धित हुँदैनन्; ती त धर्मसैद्धान्तिक मात्रै हुन्छन्। सत्यताका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू के-के हुन्? सबैभन्दा महत्त्वपूर्ण कुराहरू अनुभव र प्रवेश हुन्। सत्यताको कुनै पनि पक्षको सम्बन्धमा, जब मानिसहरूले वास्तवमै यसको अनुभव गर्छन्, तब तिनीहरूको अन्तिम फसल सत्यताको फल र तिनीहरूको अस्तित्वको मार्ग हुन्छ। त्यसकारण, याद नहुनु समस्या होइन।
यदि मैले भेलाको सुरुमा नै मुख्य विषयको बारेमा छलफल गर्न थालेको भए, के तिमीहरू समयमा नै प्रतिक्रिया दिन असमर्थ हुनेथिएनौ र? त्यसकारण, मैले केही विधिहरू प्रयोग गर्नुपर्थ्यो, र सुरुमा “के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू बीचको भिन्नता याद छ?” तिमीहरूलाई सोध्नुपर्थ्यो। सुरुमा यो प्रश्न गर्नुको पछाडि मेरो उद्देश्य तिमीहरूलाई स्तब्ध पार्नु वा उदाङ्गो पार्नु होइन, बरु तिमीहरूलाई सङ्केत दिनु हो। त्यसपछि, हामीले पुनरावलोकन गर्यौँ, र कतिपय मानिसहरूले बिस्तारै सम्झिन थाले: “हामीले यसअघि ख्रीष्टविरोधीहरूले सत्यतालाई कसरी लिन्छन्, र ख्रीष्टविरोधीहरूको मानवता कस्तो हुन्छ भन्ने बारेमा सङ्गति गरेका छौँ।” ख्रीष्टविरोधीहरूबारे कतिपय विषयवस्तुहरूले पहिले नै तँमाथि गहिरो छाप पारेका छन्; यो विषयवस्तु तैँले त्यस्ता कुराहरू अनुभव गर्दा प्रयोग होस् भन्ने प्रतीक्षामा छ, जसले तेरो अभ्यासका लागि मार्गदर्शन र दिशा प्रदान गर्छ। तर अझै बढी विषयवस्तुहरू छन् जसको तँमाथि पहिलो पटक सुनेपछि पटक्कै छाप परेको थिएन। यो विषयवस्तुलाई पनि अनुभव गर्नुपर्छ। जब तँ यी अनुभवहरूबाट गुज्रन्छस् र त्यसपछि तैँले यी वचनहरू खाने-पिउने, र प्रार्थनार्थ पढ्ने काम गर्छस्, तब तैँले अझै धेरै कुरा प्राप्त गर्नेछस्। यो विषयवस्तुबारे तँलाई छाप परेको भए पनि नभए पनि, यी कुराहरूबाट गुज्रेपछि, यी सबै मिश्रित हुनेछन्। तैँले याद भएका धर्मसिद्धान्तहरूलाई अनुभव गरेपछि ती तेरो व्यावहारिक बुझाइ र तेरा फाइदाहरू बन्छन्। जहाँसम्म तँलाई छाप परेको विषयवस्तुको कुरा छ, तैँले यसलाई एक पटक अनुभव गरेपछि, तँमा यसको केही छाप पर्न सक्छ, तर यो अलिकति धारणागत ज्ञान मात्रै हुनेछ। यो धारणागत ज्ञान धर्मसिद्धान्तको स्तरमा मात्रै रहन सक्छ। तैँले फेरि यस्तै कुराहरू अनुभव गर्नुपर्छ, त्यसपछि यसले तँलाई मार्गदर्शन गर्नेछ, दिशा दिनेछ, र अभ्यासको मार्ग प्रदान गर्नेछ। परमेश्वरका वचनहरू अनुभव गर्नु र सत्यता अनुभव गर्नु भनेको यस्तै प्रक्रिया हो। के तिमीहरूलाई मैले सोधेको प्रश्नको उत्तर कसरी दिने भन्ने थाहा नहुनु लाजमर्दो कुरा हो? यो लाजमर्दो कुरा होइन। यदि तिमीहरूले मलाई अचानक एउटा प्रश्न सोध्यौ भने, मैले पनि तुरुन्तै यसको अर्थ के हो र यसमा सत्यताका कुन-कुन पक्षहरू समावेश छन् भन्ने कुरालाई ख्याल गर्दै यसको बारेमा मनन गर्नुपर्छ। मानव मस्तिष्क र मनले यसरी नै काम गर्छन्—प्रतिक्रिया दिनका लागि तिनलाई समय चाहिन्छ। यो तेरो लागि निकै परिचित कुरा भए पनि, यदि तैँले धेरै वर्षदेखि यसको सामना गरेको छैनस् भने, तैँले फेरि अचानक यसको सामना गर्दा प्रतिक्रिया दिन तँलाई अझै पनि समय चाहिन्छ। तिमीहरूले कुनै कुरा जति नै गहन रूपमा अनुभव गरेका भए पनि, यदि धेरै दिन वा वर्षपछि तिमीहरूले फेरि यसको सामना गर्यौ भने, तिमीहरूलाई प्रतिक्रिया दिन अझै पनि समय लाग्छ—ख्रीष्टविरोधीहरूको विषयको बारेमा तिमीहरूको बुझाइ शब्द र धर्मसिद्धान्तहरूको स्तरमा मात्रै छ, तिमीहरूले वास्तविक जीवनमा सामना गर्ने ख्रीष्टविरोधीहरूसँग यसलाई अझै पनि तुलना गर्न सक्दैनौ, र यो भन्न सकिन्छ कि तिमीहरूले अझै पनि आधारभूत रूपमा ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनौ। त्यसकारण, यी सत्यताहरू तिमीहरूले व्यावहारिक रूपमा अनुभव गरून् भन्ने प्रतीक्षामा छन्—त्यसपछि मात्रै तिमीहरूले परमेश्वरका वचनहरूको आधिकारिकता र सटीकतालाई पुष्टि गर्न सक्छौ। उदाहरणका लागि, हामीले यसभन्दा पहिले ख्रीष्टविरोधीहरू कट्टर रूपमा अपश्चात्तापी हुन्छन् भनेर सङ्गति गरेका थियौँ। मानौँ तैँले यो कुरा याद गरेको छस् र यसो भन्छस्, “परमेश्वरले ख्रीष्टविरोधीहरू कट्टर रूपमा अपश्चात्तापी हुन्छन् भनेर भन्नुभएको छ। तिनीहरूले अन्त्यसम्मै परमेश्वरलाई अवज्ञा गर्नेछन् र उहाँको विरोध गर्नेछन्। तिनीहरूले कुनै पनि हालतमा सत्यतालाई स्वीकार गर्दैनन् र परमेश्वरका वचनहरू सत्यता हुन् भनेर कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्।” तैँले यो अभिव्यक्तिलाई धर्मसिद्धान्तको हिसाबले मात्रै बुझ्छस्, स्वीकार गर्छस्, वा यसबारे केही धारणा बनाउँछस्; यो थोरै धारणागत ज्ञान मात्र हो। तेरो अवचेतनमा, तँलाई यो अभिव्यक्ति सही छ भन्ने लाग्छ, तर ख्रीष्टविरोधीहरूले बोल्ने कुन-कुन निश्चित शब्दहरू, तिनीहरूले प्रकट गर्ने कुन-कुन भ्रष्ट स्वभावहरू, तिनीहरूलाई उत्प्रेरित गर्ने कुन प्रकृति, इत्यादि कुराहरू ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरूसँग मिल्छन् र तीसँग सम्बन्धित हुन्छन्? तीमध्ये कुनले परमेश्वरले गर्नुहुने खुलासा तथ्यगत छ भनेर देखाउन सक्छन्? यसका लागि तैँले कि त ख्रीष्टविरोधीलाई व्यक्तिगत रूपमा भेट्नुपर्छ, कि त अवलोकनकर्ताहरूबाट ख्रीष्टविरोधीका कार्य र शब्दहरूका बारेमा सुन्नुपर्छ, र अन्त्यमा, तैँले यस्तो महसुस गर्छस्, “परमेश्वरका वचनहरू अत्यन्तै व्यावहारिक छन्, ती पूर्ण रूपमा सही छन्। यो व्यक्ति धेरै पटक ख्रीष्टविरोधीको रूपमा चित्रण भएको र बर्खास्त भएको छ। उसलाई अझै निष्कासित नगरिएको वा ननिकालिएको भए पनि, उसका प्रकटीकरण र प्रकाशहरूले उसले सत्यतालाई पटक्कै स्वीकार गर्दैन, ऊ दृढ रूपमा अपश्चात्तापी छ, र ऊसँग ख्रीष्टविरोधीहरूको स्वभाव मात्रै होइन, ख्रीष्टविरोधीहरूको प्रकृति सार पनि हुन्छ भन्ने देखाउँछन्—ऊ साँच्चै नै पूर्ण रूपमा ख्रीष्टविरोधी हो।” अनि एक दिन, जब यो व्यक्तिलाई निष्कासित गरिन्छ, तब तैँले हृदयमा यो कुरा पुष्टि गर्छस्: “परमेश्वरका वचनहरू कति सटीक छन्! ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू परिवर्तन हुन सक्छन्, तर ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरू परिवर्तन हुँदैनन्।” यी वचनहरूले तेरो हृदयमा जरा गाड्छन्। यो स्मरण वा सानो बुझाइ मात्रै हुँदैन, न त यो एक प्रकारको धारणात्मक ज्ञान मात्रै हुन्छ। बरु, तैँले परमेश्वरका वचनहरूलाई गहन रूपमा बुझ्छस् र स्वीकार गर्छस्: “ख्रीष्टविरोधी परिवर्तन हुनेछैन; उसले अन्त्यसम्मै परमेश्वरको विरोध गर्नेछ। परमेश्वरले उसलाई मुक्ति नदिनु अनौठो कुरा होइन; परमेश्वरले त्यस्ता मानिसहरूमा काम नगर्नु अनौठो कुरा होइन। उसले आफ्नो कर्तव्य पूरा गर्दा कहिल्यै अन्तर्दृष्टि वा ज्योति प्राप्त नगर्नु र कुनै वृद्धि नदेखाउनु अनौठो कुरा होइन—ऊ आफ्नै बाटोमा हिँड्न दृढ हुन्छ। यो साँच्चै नै ख्रीष्टविरोधी हो!” जब तैँले परमेश्वरका वचनहरूको सटीकतालाई पुष्टि गर्छस्, तब तैँले मनमनै सोच्छस्: “परमेश्वरका वचनहरू साँच्चै नै सत्यता हुन्। यी वचनहरू सही छन्। आमेन!” तैँले आमेन भन्नुको अर्थ के हो? यसको अर्थ यो हो कि, तेरा अनुभवहरूमार्फत, तैँले परमेश्वरका वचनहरू यावत् थोकलाई मापन गर्ने मापदण्ड हुन्, परमेश्वरका वचनहरू सत्यता हुन्, र यो युग र यो मानवजाति बितेर जाँदा पनि, परमेश्वरका वचनहरू बितेर जाँदैनन् भन्ने कुरा बुझेको छस्। ती किन बितेर जाँदैनन्? किनभने जहिलेसुकै होस्, ख्रीष्टविरोधीहरूको सार कहिल्यै परिवर्तन हुँदैन, र ख्रीष्टविरोधीहरूको सारलाई खुलासा गर्ने परमेश्वरका वचनहरू कहिल्यै परिवर्तन हुँदैनन्। यो युग बितेर जाने भए पनि, यो भ्रष्ट मानवजाति बितेर जाने भए पनि, परमेश्वरका यी वचनहरू सधैँ तथ्यको सत्यता नै रहनेछन्—यसलाई कसैले पनि नकार्न सक्दैन। यो परमेश्वरको वचन हो! जब तँलाई परमेश्वरका वचनहरू तैँले देख्ने र सामना गर्ने तथ्यहरू अनुरूप छन् र तीसँग मिल्छन् भन्ने लाग्छ, र तेरो हृदयलाई पुष्टि हुन्छ, र यो परमेश्वरका वचनहरू सही हुनुपर्छ वा परमेश्वरका वचनहरू गलत छैनन् भन्ने भावना मात्रै हुँदैन, बरु तैँले व्यक्तिगत रूपमा यो कुरा देखेको र अनुभव गरेको हुन्छस्, तब तैँले स्वाभाविक रूपमै परमेश्वरका वचनहरूलाई आमेन भन्नेछस्। त्यो बेला, यदि मैले फेरि “ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्?” भनेर सोधेँ भने, तेरो भित्री बुझाइ तुरुन्तै बाहिर आउनेछ। तँसँग एउटा छाप परेको, सम्झना भएको वाक्यांश, वा एक प्रकारको सचेतना वा धारणागत ज्ञान मात्रै हुनेछैन। तैँले तुरुन्तै भन्नेछस्, “ख्रीष्टविरोधीहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् र तिनीहरू दृढ रूपमा अपश्चात्तापी हुन्छन्!” यो अभिव्यक्तिको संरचना त्यति तर्कसंगत नहोला, यो कुरा निकै अचानक रूपमा बोलिएको होला, र मानिसहरूले सुरुमा यो कुरा नबुझ्लान्, तर तैँले यसको अर्थ बुझेको हुन्छस् किनभने तैँले यसलाई अनुभव गरेको र आफ्नै आँखाले देखेको हुन्छस्। ख्रीष्टविरोधीहरू त्यस्ता नीच कुरा हुन्—तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन्। यी वचनहरू अनुभव गरिनुपर्छ; ती अनुभव नगर्ने जोकोहीले केही पनि प्राप्त गर्नेछैन।
अक्टोबर २, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।