अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२१) खण्ड दुई

विषयवस्तु तेह्र: परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्‍भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्‍न सक्‍ने बनाउने

ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहेका छन् भन्‍ने कुरा पहिचान भएपछि अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने विभिन्‍न कामहरू

अब, हामी मुख्य विषयबारे सङ्गति गर्नेछौँ। अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे हाम्रो सङ्गति पूरा भएको छ। यो सङ्गतिका लागि, हामी तेह्रौँ जिम्मेवारीबारे छलफल गर्नेछौँ: “परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्‍भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्‍न सक्‍ने बनाउने।” तेह्रौँ जिम्मेवारीमा अगुवा र कामदारहरूले ख्रीष्टविरोधीहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने विषय समावेश छ। मण्डलीमा ख्रीष्टविरोधीहरू देखा पर्दा अगुवा र कामदारहरूले के काम गर्नुपर्छ? पहिला त, यो जिम्मेवारीले के भन्छ भने, त्यस्ता समस्याहरू समाधान गर्दा, अगुवा र कामदारहरू दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूको बाधा, बहकाउ, नियन्त्रण, र गम्भीर हानिबाट जोगाउन अघि सर्नुपर्छ। तिनीहरूले गर्नुपर्ने पहिलो काम यही हो। जहाँसम्‍म ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कसरी बाधा दिन्छन्, बहकाउँछन्, नियन्त्रण गर्छन्, र गम्भीर रूपमा हानि गर्छन् भन्‍ने कुरा छ, यो विषयमा पहिले धेरै कुरा सङ्गति गरिएको छ, त्यसकारण आजको सङ्गतिको मुख्य विषय यो हुनेछैन। आज, हामी ख्रीष्टविरोधीहरूका यी व्यवहार र कार्यहरू सामना गर्दा अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानिबाट जोगाउनका लागि के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ र तिनीहरूले के-कस्ता काम गर्नैपर्छ भन्‍ने कुरामा ध्यान दिनेछौँ। सर्वप्रथम, अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको बाधा, बहकाउ, नियन्त्रण, र गम्भीर हानिबाट जोगाउनैपर्छ—यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूमध्ये एक हो। “जिम्मेवारीहरूमध्ये एक” भन्‍नुको अर्थ के हो? यसको अर्थ अगुवा र कामदारहरूले गर्ने धेरै कामहरूमध्ये, परमेश्‍वरका चुनिएका मानिसहरू ख्रीष्टविरोधीहरूको बाधा र गम्भीर हानिविना सामान्य मण्डली जीवन जिउन सकून् भनेर तिनीहरूलाई सुरक्षा दिनु एउटा महत्त्वपूर्ण काम हो। यो एउटा अपरिहार्य काम पनि हो, र तिनीहरू यो जिम्मेवारीबाट पन्छिन मिल्दैन। अगुवा र कामदारहरूले यसलाई महत्त्व दिनुपर्छ र बेवास्ता गर्नु हुँदैन। मण्डली जीवनका कार्य-प्रक्रियाहरू सामान्य रूपमै चलिरहने अवस्था कायम राख्‍नु अत्यन्तै महत्त्वपूर्ण काम हो र यो मण्डलीको सबै काममध्ये सबैभन्दा महत्त्वपूर्ण काम हो। यो पनि अगुवा र कामदारहरूको एउटा जिम्मेवारी नै हो। अगुवा र कामदारहरूको आधारभूत काम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउनु हो। जब शैतान अर्थात् ख्रीष्टविरोधीहरू मानिसहरूलाई बाधा दिन र बहकाउन, र परमेश्‍वरसँग उहाँका चुनिएका मानिसहरूका लागि उहाँसँग प्रतिस्पर्धा गर्न आउँछन्, तब अगुवा र कामदारहरू ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न खडा हुनुपर्छ ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सकून्, ख्रीष्टविरोधीहरूलाई तिनीहरूको साँचो रूप प्रकट गर्न लगाउन सकून्, र त्यसपछि तिनीहरूलाई मण्डलीबाट निकाल्न सकून्। यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको नियन्त्रणमा पर्न र गम्भीर रूपमा हानि हुनबाट जोगाउनका लागि हो। मण्डलीको काम गर्दा अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। त्यसोभए यी कुराहरू रोकथाम गर्नुको अर्थ के हो? ती कुराहरूलाई कसरी रोकथाम गर्नुपर्छ? “रोकथाम गर्नु” भन्‍ने शब्दले शाब्दिक रूपमा केही कुरा हुनबाट सक्दो हदसम्म रोक्‍नु भन्‍ने अर्थ दिन्छ। यसको मुख्य आशय के हो? घटनाहरू हुनबाट रोक्दा यसले रोकथाम हासिल गर्छ। ख्रीष्टविरोधीहरूका घटनाहरू सम्हाल्दा, अगुवा र कामदारहरूको प्रमुख काम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन, बहकाउन, नियन्त्रण गर्न, र गम्भीर रूपमा हानि पुऱ्याउनबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्‍म रोक्‍नु हो। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको हानिबाट जतिसक्दो बढी जोगाउनुपर्छ। अगुवा र कामदारहरूले गर्नुपर्ने मुख्य काम यही हो, र तेह्रौँ जिम्मेवारीका सम्बन्धमा हामीले स्पष्ट रूपमा सङ्गति गर्नुपर्ने कुरा यही हो। त्यसोभए परमेश्‍वरका चुनिएका मानिसहरूलाई कसरी जोगाउन सकिन्छ? ख्रीष्टविरोधीहरूले गर्ने यी दुष्ट कार्यहरूलाई देखा पर्नबाट रोकेर। ती कुराहरू रोक्‍ने धेरै तरिका र विधिहरू छन्, जस्तै खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, र प्रतिबन्धित गर्ने। अरू के छ? (निष्कासित गर्ने।) यो अन्तिम चरण हो। जब दाजुभाइ-दिदीबहिनीहरूमा अझै पनि समझशक्तिको कमी हुन्छ र तिनीहरूलाई कुनै व्यक्ति ख्रीष्टविरोधी भनेर थाहा हुँदैन, तर अगुवा र कामदारहरूले पहिले नै उसलाई त्यस्तो व्यक्तिका रूपमा पहिचान गरिसकेका हुन्छन्, तब यदि तिनीहरूले उसलाई सिधै निष्कासित गरे भने, खुट्ट्याउने क्षमताको कमी भएका मानिसहरूले धारणा र आलोचनाहरू विकास गर्न सक्छन्, र कत्तिले त ठेस खान सक्छन्। त्यस्ता अवस्थामा, अगुवा र कामदारहरूले के गर्नुपर्छ? मैले भर्खरै के कुरा उल्लेख गरेँ? (खुलासा गर्नु, काटछाँट गर्नु, चिरफार गर्नु, र प्रतिबन्धित गर्नु।) के ख्रीष्टविरोधीहरूलाई दुष्टता गर्नबाट रोक्नका लागि तिमीहरूसँग कुनै राम्रा विधिहरू छन्? के तिनीहरूको निगरानी गर्नु राम्रो विधि हो? के यसलाई सिद्धान्तहरूअनुरूप रहेको प्रभावकारी तरिका र विधि मानिन्छ? (मानिन्छ।) ख्रीष्टविरोधीहरूलाई व्यवहार गर्ने उचित तरिका के हो? के ख्रीष्टविरोधीहरूमा न्याय, सजाय, परीक्षा, र शोधनले काम गर्न सक्छ? (सक्दैन।) किन सक्दैन? (ख्रीष्टविरोधीहरूले सत्यता स्विकार्दैनन्; तिनीहरू यसप्रति वितृष्ण हुन्छन्।) ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्णा राख्छन् र यसलाई स्विकार्दैनन्, त्यसकारण ख्रीष्टविरोधीहरूलाई निराकरण गर्न परीक्षा, शोधन, न्याय, र सजाय प्रयोग गर्नु उचित हुँदैन। यसका साथै, परमेश्‍वरले पनि तिनीहरूमा यो काम गर्नुहुन्‍न। यो कुरा उचित छैन, त्यसकारण यो विधिले अवश्य नै काम गर्नेछैन। त्यसोभए कुन विधि उचित हुन्छ त? ख्रीष्टविरोधीहरूको हानिबाट धेरै कष्ट भोगेका धेरै मानिसहरूले ख्रीष्टविरोधीहरूलाई गहन रूपमा घृणा गर्छन् र तिनीहरूलाई न्याय गरिनुपर्छ, दोषी ठहराइनुपर्छ, र सार्वजनिक रूपमै उदाङ्गो पारिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू मण्डलीमा ख्रीष्टविरोधीहरूलाई आफ्ना गल्तीहरू मान्‍न र खुलेर पाप स्वीकार गर्न लगाइनुपर्छ र तिनीहरूलाई पूर्ण रूपमा लज्‍जित पारिनुपर्छ भन्‍ने सोच्छन्। के तिमीहरूलाई यी विधिहरू अपनाउनु उचित हुन्छ भन्‍ने लाग्छ? (लाग्दैन।) यदि हामीले ख्रीष्टविरोधीहरूको सारलाई ख्याल गर्‍यौँ भने, त्यस्ता कार्यहरू गर्नु वास्तवमा अत्यधिक हुँदैन—दियाबलसहरूलाई जे-जस्तो व्यवहार गरे पनि ठीकै हुन्छ; यो कुरा कीरा कुल्चिनु जत्तिकै सामान्य रूपमा गर्न सकिन्छ। त्यसकारण अगुवा र कामदारहरूले यसो गर्नुको उद्देश्य अत्यन्तै उचित र सही देखिन्छ, तर के यी विधिहरूमा कुनै समस्याहरू छन्? के यो काम अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र पर्छ? यसरी काम गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ कि हुँदैन? (हुँदैन।) यो सिद्धान्तहरूअनुरूप हुँदैन भन्‍ने प्रस्टै छ। सिद्धान्तहरू कहाँबाट आएका हुन्छन्? (परमेश्‍वरका वचनहरूबाट।) ठीक भन्यौ। यस्ता कार्यका निसाना ख्रीष्टविरोधीहरू—दियाबलसहरू—नै भए पनि यसका विधिहरू सिद्धान्त र परमेश्‍वरका मागहरूअनुरूप पनि हुनुपर्छ, किनभने यो काम गर्दा अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छन्, पारिवारिक मामला वा व्यक्तिगत मामलाहरू सम्‍हालिरहेका हुँदैनन्।

अ. खुलासा गर्ने

ख्रीष्टविरोधीहरूलाई निराकरण गर्नु र तिनीहरूलाई दुष्टता गर्नबाट र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन र हानि गर्नबाट रोक्‍नु अगुवा र कामदारहरूको जिम्मेवारी हो। यसको उद्देश्य भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानिबाट जोगाउनु हो, कसैलाई कष्ट दिनु वा कसैविरुद्ध प्रतिकार गर्ने अवसरको फाइदा लिनु होइन, र अवश्य नै कसैविरुद्ध कुनै अभियान चलाउनु पनि होइन। त्यसकारण, ख्रीष्टविरोधीहरूलाई सकेसम्म दुष्टता गर्नबाट रोक्नका लागि अगुवा र कामदारहरूले गर्नुपर्ने कामहरू के-के हुन्? पहिलो काम भनेको तिनीहरूलाई खुलासा गर्नु हो। खुलासा गर्नुको उद्देश्य के हो? (मानिसहरूलाई खुट्ट्याउने क्षमताको विकास गर्न मद्दत गर्नु।) ठीक भन्यौ। यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको सार खुट्ट्याउन मद्दत गर्नु हो, ताकि तिनीहरू आन्तरिक रूपमा ख्रीष्टविरोधीहरूबाट टाढा बस्न सकून् र तिनीहरूको बहकाउमा नपरून्, र ताकि—जब ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहकाउने र नियन्त्रण गर्ने प्रयास गर्छन्—तब तिनीहरूले ख्रीष्टविरोधीहरूलाई आफूलाई चालबाजी गरेर खेलौना बनाउन दिनुको सट्टा सक्रिय रूपमा इन्कार्न सकून्। त्यसोभए, के तिनीहरूलाई खुलासा गर्नु महत्त्वपूर्ण हुन्छ? (हुन्छ।) तिनीहरूलाई खुलासा गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तर तैँले तिनीहरूलाई सही रूपमा खुलासा गर्नुपर्छ। त्यसोभए तैँले तिनीहरूलाई कसरी खुलासा गर्नुपर्छ? तेरो खुलासाको आधार के हुनुपर्छ? के तिनीहरूलाई स्वेच्छाचारी रूपमा संज्ञा दिनु ठीक हुन्छ? के आधारविना लापरवाही ढङ्गले तिनीहरूलाई दोष दिनु ठीक हुन्छ? (हुँदैन।) त्यसोभए परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने उद्देश्य हासिल गर्न तैँले तिनीहरूलाई कसरी सही रूपमा खुलासा गर्नुपर्छ? (एउटा कुरा त, हामीले तिनीहरूका दुष्ट कार्यहरूको तथ्यका आधारमा तिनीहरूलाई वस्तुगत र साँचो रूपमा खुलासा गर्नुपर्छ। अर्को कुरा, हामीले परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूलाई खुट्ट्याउनु र चिरफार गर्नुपर्छ।) यी दुई अभिव्यक्तिहरू सही छन्; दुवै पक्ष अपरिहार्य छन्। एक हिसाबमा, तथ्यगत प्रमाण हुनैपर्छ। तैँले ख्रीष्टविरोधीहरूले प्रकट गरेका गलत शब्द, कार्यव्यवहार, र हास्यास्पद विचार र दृष्टिकोणहरूका आधारमा तिनीहरूको सारलाई मूल्याङ्कन र चित्रण गर्नुपर्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूलाई खुट्ट्याउनु र चिरफार गर्नु हो। तैँले परमेश्‍वरका कुन-कुन वचनहरूलाई सन्दर्भका रूपमा लिनुपर्छ? कुन-कुन वचनहरू सबैभन्दा सिधा र तीक्ष्ण छन्? (ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने वचनहरू।) ठीक भनिस्; तैँले ख्रीष्टविरोधीहरूको मुखौटो उतार्ने केही वचनहरू खोजेर तिनीहरूलाई खुलासा गर्नुपर्छ र उचित र निष्पक्ष रूपमा तुलना गर्नुपर्छ ताकि पूर्ण सटीकता सुनिश्‍चित होस्। दाजुभाइ-दिदीबहिनीहरूले यो सुनेपछि कुरा बुझ्नेछन्; तिनीहरूले तुरुन्तै संलग्‍न व्यक्तिबारे खुट्ट्याउने क्षमता प्राप्त गर्नेछन्, र ऊविरुद्ध सतर्कता अपनाउनेछन्। हृदयमा खुट्ट्याउने क्षमता पाएपछि, तिनीहरूले त्यो व्यक्तिलाई घिनाउनेछन्: “त्यसकारण, ऊ आखिर ख्रीष्टविरोधी नै हो! उसले मलाई पहिले सहयोग गरेको थियो र मलाई निगाहसमेत गरेको थियो। मलाई ऊ असल व्यक्ति हो भन्‍ने लागेको थियो। यो चिरफार र सङ्गतिमार्फत, उसको पाखण्डीपन र उसका सारगत ख्रीष्टविरोधी प्रकटीकरणहरू खुलासा भएका छन्, जसले सबैलाई यो व्यक्ति खतरनाक छ भन्‍ने कुरा देख्‍न मद्दत गरेको छ। परमेश्‍वरका वचनहरूले उसलाई अत्यन्तै सही रूपमा खुलासा गरेका छन्! ऊ असल व्यक्ति होइन। उसले राम्रा कुराहरू बोल्छ र उसको व्यवहारमा कुनै समस्याहरू छैनन् जस्तो देखिन्छ, तर उसको सार खुलासा गरेर हेर्दा, ऊ वास्तवमै ख्रीष्टविरोधी हो भन्‍ने कुरा अब प्रस्ट भएको छ।” मानिसहरूको सोचाइमा हुने रूपान्तरणका आधारमा हेर्दा, जब अगुवा र कामदारहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने काम गरिरहेका हुन्छन्, तब तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन र बाधा दिनबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्म रोकिरहेका हुन्छन्। अवश्य नै, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको नियन्त्रण र गम्भीर हानिबाट रक्षा गर्ने जिम्मेवारी पनि पूरा गरिरहेका हुन्छन्। तिनीहरूले आफ्नो एउटा काम व्यावहारिक तरिकाले गरिरहेका हुन्छन्। यो कुन काम हो? ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नु। ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने काम परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नका लागि अगुवा र कामदारहरूले गर्नैपर्ने कामहरूमध्ये एक हो। अगुवा र कामदारहरूले गर्नैपर्ने विभिन्‍न कामहरूको कुरा आउँदा, हामी तिनलाई तिनको मात्रा वा तिनले हासिल गर्ने परिणामहरूअनुसार क्रमबद्ध गर्नेछैनौँ; सुरुमा “खुलासा गर्ने” कार्यबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्ने कार्यमा यस्ता कार्यहरू पर्छन्: मण्डलीको काममा बाधा र अवरोध ल्याउने तिनीहरूका निरन्तरका दुष्ट कार्यहरूका अभिप्राय, उद्देश्य, र परिणामहरू खुलासा गर्नु; ख्रीष्टविरोधीहरूले अगुवा र कामदारका रूपमा सेवा गर्दा कसरी मण्डलीको वास्तविक काम बिलकुलै गर्दैनन् र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई बेवास्ता गर्छन् भन्‍ने कुरा खुलासा गर्नु; ख्रीष्टविरोधीहरू आफूलाई पटक्‍कै नचिन्‍ने, सत्यता कहिल्यै अभ्यास नगर्ने, र मानिसहरूलाई बहकाउन केवल शब्द र धर्मसिद्धान्तहरू बोल्ने मानिसहरू भनेर तिनीहरूको कुरूप अनुहार खुलासा गर्नु; अनि मानिसहरूका अगाडि र पिठ्युँपछाडि तिनीहरूका फरक-फरक भनाइ र गराइ खुलासा गर्नु। यी पक्षहरू राम्ररी खुलासा गर्दा, यसले शैतान र दुष्ट दियाबलसहरूका रूपमा ख्रीष्टविरोधीहरूको साँचो रूप देखाउँछ। यो अगुवा र कामदारहरूले जिम्मेवारी लिनैपर्ने महत्त्वपूर्ण काम हो। त्यसोभए, यो काम गर्न अगुवा र कामदारहरूमा के कुरा हुनु आवश्यक छ? सर्वप्रथम, तिनीहरूसँग निश्‍चित बोझको बोध हुनुपर्छ, होइन र? (हो।) जब अगुवा र कामदारहरूले यो जिम्मेवारी वहन गर्छन्, तब तिनीहरूले प्राय यस्तो सोच्छन्, “त्यो व्यक्ति ख्रीष्टविरोधी हो। कतिपय दाजुभाइ-दिदीबहिनीहरू प्रश्‍नहरू लिएर बारम्बार तिनीहरूकहाँ जान्छन्, सधैँ तिनीहरूसँग नजिक हुन्छन् र तिनीहरूसँग राम्रो सम्बन्ध राख्छन्। यो व्यक्तिको बहकाउमा परेपछि, धेरै मानिसहरूले उसलाई विशेष आदर्शका रूपमा लिन्छन्। यसबारे के गर्नुपर्छ होला?” तिनीहरू प्रार्थना गर्न परमेश्‍वरसामु आउँछन् र प्रायजसो सचेत रूपमा ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू खोजी गर्छन्, र यस विषयमा आफूलाई सत्यताले सुसज्जित गर्छन्। त्यसपछि तिनीहरूले यस विषयमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्न परमेश्‍वरलाई सही समय तयार गर्न अनुरोध गर्छन् वा आफैले उपयुक्त समय र अवसर खोज्छन्। तिनीहरूले यसलाई आफ्नो बोझ र यसपछि आफूले लिनुपर्ने महत्त्वपूर्ण कामका रूपमा लिन्छन्। तिनीहरूले निरन्तर तयारी गरिरहेका, खोजी गरिरहेका, र मार्गदर्शनका लागि परमेश्‍वरलाई प्रार्थना गरिरहेका हुन्छन्; तिनीहरू सधैँ यस्तो मानसिक स्थिति र अवस्थामा हुन्छन्। बोझको बोध हुनु भनेको यही हो। यस्तो बोझ लिएर केही समय तयारी गरेपछि तिनीहरूले उपयुक्त अवस्था नआएसम्म पर्खनुपर्छ। कम्तीमा पनि, तिनीहरूले कुनै ख्रीष्टविरोधीलाई खुलासा गर्न सुरु गर्नुभन्दा पहिले दुईतीन जना मानिसहरूले उसलाई वास्तविक रूपमा नखुट्ट्याएसम्म पर्खनुपर्छ। यदि तिनीहरूले केवल आफ्नो भावनाका आधारमा कसैलाई ख्रीष्टविरोधी जस्तो देखिन्छ भनी निर्धारण गर्छन्, तर त्यो व्यक्ति वास्तवमा ख्रीष्टविरोधी हो कि होइन भनेर छर्लङ्ग देख्‍न सक्दैनन् भने, तिनीहरूले हतारमा काम गर्नु हुँदैन। छोटकरीमा भन्‍नुपर्दा, यो काम गर्दा, तिनीहरूले अवश्य नै परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछन्। वास्तविक काम गर्नु र अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्नु भनेको यही हो।

आ. काटछाँट गर्ने

ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने काम गरिएपछि, दाजुभाइ-दिदीबहिनीहरूले केही खुट्ट्याउने क्षमता प्राप्त गरे पनि, ख्रीष्टविरोधीहरू पूर्ण रूपमा पर्दाफास हुनुअघि, तिनीहरूले अवश्य नै दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र बाधा दिन अझै धेरै काम गर्छन्, जसले गर्दा अझै धेरै मानिसहरूले तिनीहरूलाई आदर्श ठान्छन्, आदर गर्छन्, र पछ्याउँछन्। यसले परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्नमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई निकै ढिलाइ गराउँछ, र तिनीहरूको जीवन प्रवेशमा बाधा दिएर ठूलो हानि पुर्‍याउँछ। त्यसकारण अगुवा र कामदारहरूले लिनुपर्ने दोस्रो काम के हो भने, जब ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउँछन् र बाधा दिन्छन्, वा जब तिनीहरूको बोलीवचन र व्यवहारले स्पष्ट रूपमा सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छन्, तब अगुवा र कामदारहरू प्रमाणहरू हातमा लिएर तुरुन्तै तिनीहरूलाई काटछाँट गर्न अघि सर्नुपर्छ, र परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूका दुष्ट कार्यहरू खुलासा गर्नुपर्छ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूको साँचो अनुहार खुट्ट्याउन र छर्लङ्ग देख्‍न सकून्। यो त परमेश्‍वरका चुनिएका मानिसहरू जोगाउने र परमेश्‍वरको घरको कामको रक्षा गर्ने पन्छाउन नमिल्ने जिम्मेवारी हो। अगुवा र कामदारहरूले केही नगरी बस्‍ने वा आँखा चिम्लने गर्नु हुँदैन; तिनीहरूले तुरुन्तै अवसरहरू छोप्नुपर्छ, घटनाहरू औँल्याउनुपर्छ, र ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्न अघि आउनुपर्छ, र सही रूपमा तिनीहरूका कार्य, महत्त्वाकाङ्क्षा, चाहना, र सार खुलासा गर्नुपर्छ। अवश्य नै, ख्रीष्टविरोधीहरू कस्ता व्यक्ति हुन् भनेर अझै सही रूपमा चित्रण गर्नु पनि आवश्यक हुन्छ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा स्पष्ट रूपमा देख्‍न सकून्, ख्रीष्टविरोधीहरू आफैले पनि यो कुरा थाहा पाऊन्, र सचेत होऊन् कि हरेक व्यक्ति तिनीहरूलाई खुट्ट्याउन नसक्‍ने र तिनीहरूद्वारा मूर्ख पार्न सकिने हुँदैन—कम्तीमा पनि केही मानिसहरूले ख्रीष्टविरोधीहरूका कार्य र व्यवहार छर्लङ्ग देख्‍न सक्छन्, र तिनीहरूका गुप्त महत्त्वाकाङ्क्षा र चाहनाहरू, साथै तिनीहरूका सार देख्‍न सक्छन्। अवश्य नै, ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्नुको उद्देश्य शब्दहरूमार्फत तिनीहरूको सार खुलासा गर्नु मात्रै होइन। अझै महत्त्वपूर्ण उद्देश्य के हो? (एक हिसाबमा, त्यो दाजुभाइ-दिदीबहिनीहरूलाई खुट्ट्याउने क्षमता विकास गर्न सहयोग गर्नु, र ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूलाई प्रतिबन्धित गर्नु पनि हो।) ठीक भनिस्। त्यो तिनीहरूलाई प्रतिबन्धित गर्नु हो, ताकि तिनीहरूले मानिसहरूलाई बहकाउने र बाधा दिने कुराहरू गर्दा, तिनीहरूलाई केही हिचकिचाहट होस् र केही डर महसुस होस्; यो तिनीहरूलाई प्रतिबन्धमा राख्‍नु, केही रोक लगाउनु, र लापरवाही काम गर्ने आँट नगर्ने बनाउनु हो; यो परमेश्‍वरको घरमा सत्यता छ, र सत्यताले शक्ति चलाउँछ भन्‍ने मात्रै होइन, यसमा त प्रशासनिक आदेशहरू पनि छन्, र परमेश्‍वरको घरमा अत्याचारी र मनोमानी ढङ्गले लापरवाही काम गर्नु, परमेश्‍वरको घरका हितहरूमा क्षति पुर्‍याउनु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु सम्भव छैन भनेर तिनीहरूलाई थाहा दिनु हो; र यो तिनीहरूले मण्डलीको काममा बाधा दिने र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्ने लापरवाह दुष्कर्म गरे, तिनीहरूलाई जवाफदेही तुल्याइनेछ भनेर तिनीहरूलाई थाहा दिनु पनि हो। ख्रीष्टविरोधीहरूलाई तुरुन्तै काटछाँट गर्ने क्रममा, अगुवा र कामदारहरू तिनीहरूलाई खुलासा गर्न पनि खडा हुनुपर्छ, जसले गर्दा मानिसहरूलाई खुट्ट्याउने क्षमता विकास गर्न र ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा, चाहना, अभिप्राय, र उद्देश्यहरू देख्‍न मद्दत मिलोस्। यसको उद्देश्य अवश्य नै परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षा गर्नु र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु पनि हो। यी सबै कुराहरू अगुवा र कामदारहरूले ख्याल गर्नुपर्ने कुरा हुन्, र यो काम अघि बढाउनु तिनीहरूको जिम्मेवारीको दायराभित्रै पर्छ; तिनीहरूले यसलाई बेवास्ता गर्नु वा यसप्रति लापरवाह हुनु हुँदैन। यदि अगुवा र कामदारहरूले मण्डलीमा ख्रीष्टविरोधीहरू पत्ता लगाए भने, तिनीहरू सधैँ तिनीहरूको बोली र व्यवहार र तिनीहरूले पर्दापछाडि फैलाउने भ्रमहरूबारे सतर्क हुनुपर्छ, र तिनीहरूलाई काटछाँट र खुलासा गर्ने अभ्यास गर्नुपर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको बाधा र हानिबाट जोगाउन अगुवा र कामदारहरूले गर्नुपर्ने एउटा काम हो।

इ. चिरफार गर्ने

अगुवा र कामदारहरूको अर्को काम के हो? चिरफार गर्नु। चिरफार गर्नु भनेको लगभग खुलासा गर्नुजस्तै हो, तर तिनका मात्रामा भिन्‍नताहरू छन्। चिरफार गर्ने कुरा आउँदा, यसमा एउटा तथ्य, साँचो अवस्था, वा पृष्ठभूमि खुलासा गर्ने कार्य मात्रै गरिँदैन; यसमा त चरित्र चित्रण गर्ने कुरा, अर्थात् ख्रीष्टविरोधीहरूको स्वभाव संलग्न हुन्छ, जुन आधारभूत र मूल समस्या हो। परमेश्‍वर, सत्यता, आफ्‍नो कर्तव्य, र परमेश्‍वरको घरको कामप्रतिको तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूले भ्रमहरू फैलाउनुपछाडिका तिनीहरूका मनसाय, अभिप्राय, र उद्देश्यहरू—तिनीहरूले यसो गर्नुका कारणहरू—चिरफार गर्नुपर्छ र तिनीहरूले प्रकट गर्ने विचार, दृष्टिकोण, बोली, व्यवहार, र स्वभाव र प्रकटीकरणहरूबाट तिनीहरूको सार के हो भनेर खुट्ट्याउनुपर्छ। यी कुराहरूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरेर व्याख्या गर्नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूबारे अझै गहन बुझाइ प्राप्त गर्न सकून् र तिनीहरूसामु ख्रीष्टविरोधीहरूले किन यी कुराहरू भन्छन् र गर्छन्, त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको दृष्टिकोण के हुन्छ, र उहाँले तिनीहरूलाई कसरी चित्रण गर्नुहुन्छ भन्‍नेबारे व्यावहारिक दृष्टिकोणबाट स्पष्ट रूपमा देख्‍न सकून्। अवश्य नै, अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूबाट टाढा बस्न र तिनीहरूलाई इन्कार्न, र ख्रीष्टविरोधीहरूका कार्य, व्यवहार, बोलीवचन, र दृष्टिकोणहरूद्वारा बहकाउमा पर्नबाट पनि सतर्क हुन भन्‍नुपर्छ, र यसरी तिनीहरूलाई परमेश्‍वरबारे गलत बुझ्‍न, परमेश्‍वरबाट सतर्क हुन, परमेश्‍वरबाट आफूलाई टाढा राख्‍न, परमेश्‍वरलाई इन्कार्न, र ख्रीष्टविरोधीहरूले जस्तै परमेश्‍वरलाई भित्री रूपमा आलोचना र निन्दा गर्नबाट जोगिन लगाउनुपर्छ। खुलासा र काटछाँटजस्ता अरू कामहरूजस्तै, चिरफार गर्नुको उद्देश्य पनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन, बाधा दिन, र हानि गर्नबाट ख्रीष्टविरोधीलाई रोक्‍नु हो। यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूले गम्भीर रूपमा हानि नगरून् र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गबाट तिनीहरू विचलित नहोऊन् भनेर तिनीहरूको रक्षा गर्नु हो। जब परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डलीमा ख्रीष्टविरोधीहरूले कसरी बाधा दिन्छन् भन्‍ने तथ्य र साँचो अवस्था स्पष्ट रूपमा देख्छन् र जब तिनीहरूले ख्रीष्टविरोधीहरूको सार स्पष्ट रूपमा देख्छन्, तब तिनीहरू ख्रीष्टविरोधीहरूको बहकाउ र नियन्त्रणमा पर्न छोड्नेछन्। यदि कतिपय अन्योलमा परेका र मूर्ख मानिसहरूले अझै तिनीहरूलाई भित्री रूपमा आदर गर्छन्, आदर्श मान्छन्, साथै तिनीहरूसँग अन्तरक्रिया गर्छन् र नजिकिन्छन् भने पनि, ख्रीष्टविरोधीहरूले अबदेखि ठूला समस्याहरू पैदा गर्न सक्‍नेछैनन्। तिनीहरूले मूर्ख मानिसहरूलाई मात्रै केही कुराहरू गर्नेछन्, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूको जीवन प्रवेशमा बिलकुलै असर पुर्‍याउनेछैनन्, त्यसैले तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउन सक्‍नेछैनन्। यो स्तरमा पुग्‍नु नै अगुवा र कामदारहरूले हासिल गर्न सक्‍नुपर्ने कुरा हो। अर्थात्, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्ने र सत्यतालाई प्रेम गर्नेहरूले सामान्य मण्डली जीवन जिउन र आफ्नो कर्तव्य पूरा गर्न सक्‍ने कुरा तिनीहरूले सुनिश्‍चित गर्नैपर्छ। यसका साथै, तिनीहरूले यी मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउ र बाधाहरूबाट जोगिन सकून्, र तिनीहरूले ख्रीष्टविरोधीहरूलाई इन्कार्न सकून् भन्‍ने कुरा पनि सुनिश्‍चित गर्न सक्‍नैपर्छ। यो भनेको ख्रीष्टविरोधीहरूको दुष्कर्म र बाधाहरूलाई सबैभन्दा बढी हदसम्म रोक्‍नु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने प्रभाव पूर्ण रूपमा हासिल गर्नु हो। अवश्य नै, तैँले आफ्नो काम जति नै प्रभावकारी रूपमा गरे पनि र तैँले जति नै पूर्ण रूपमा बोले पनि, अपरिहार्य रूपमै केही मूर्ख मानिसहरू, कमजोर क्षमता भएका मानिसहरू, र भ्रमित मानिसहरू हुने नै छन्, जो ख्रीष्टविरोधीहरूलाई इन्कार्न सक्दैनन् र जसले अझै हृदयमा ख्रीष्टविरोधीहरूलाई आदर गर्छन् र आदरभावले हेर्छन्। तर, धेरैजसो मानिसहरू ख्रीष्टविरोधीहरूलाई इन्कार्न सक्ने विन्दुमा पुगेका हुनेछन्। यदि अगुवा र कामदारहरूले यो कुरा हासिल गर्न सके भने, तिनीहरूले पहिले नै परमेश्‍वरका चुनिएका मानिसहरूलाई सबैभन्दा बढी हदसम्म रक्षा गरिसकेका हुनेछन्, र चाहेको परिणाम पूर्ण रूपमा हासिल गरिसकेका हुनेछन्। जहाँसम्म सत्यता जति सङ्गति गरे पनि बुझ्न नसक्‍ने ती मूर्खहरूको कुरा छ, यदि तिनीहरूले अझै थोरै परिश्रम गर्न सक्छन् भने, तिनीहरूलाई केही हेरचाह र सहयोग, साथै थप केही प्रेम, धैर्य, र सहनशीलता प्रदान गरिनुपर्छ। यो आफूले गर्नुपर्ने सबै कुरा गर्नु हो, र यसरी काम गर्नु सिद्धान्तअनुरूप हुन्छ। के यस्तो मानक पूरा गर्न सक्‍ने धेरै अगुवा र कामदारहरू हुन्छन्? (हुँदैनन्।) त्यसकारण, सक्दो प्रयत्‍न लाउनैपर्छ; तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई अथक रूपमा र अधिकतम हदसम्म रक्षा गर्नैपर्छ। “अधिकतम हदसम्म” भन्‍नुको अर्थ के हो? यसको अर्थ आफूले बुझेका सत्यता सिद्धान्तहरू सङ्गति गर्न, पहिले नै प्राप्त भएका प्रमाणहरू—ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूका विभिन्‍न प्रकटीकरणहरू—प्रस्तुत गर्न, तिनलाई ख्रीष्टविरोधीहरूको खुलासा गर्ने परमेश्‍वरका वचनहरूसँग जोडेर हेर्न, र ती सङ्गति र चिरफार गर्न सम्भव भएजति सबथोक गर्नु हो। यो यसैले गरिन्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले वास्तविक र साँचो अवस्था स्पष्ट रूपमा देख्‍न सकून्, ख्रीष्टविरोधीहरूको सार खुट्ट्याउन र छर्लङ्ग देख्‍न सकून्, र ख्रीष्टविरोधीहरूप्रति परमेश्‍वरको मनोवृत्ति जानून्। यो अगुवा र कामदारहरूले जिम्‍मा लिनैपर्ने महत्त्वपूर्ण काम हो।

ई. प्रतिबन्धित गर्ने

अगुवा र कामदारहरूले गर्नैपर्ने अर्को काम के हो? यो प्रतिबन्धित गर्नु हो। यो “प्रतिबन्धित” गर्ने काम गर्न सजिलो छ; यसमा प्रतिबन्धको परिणाम हासिल गर्न केही विशेष उपायहरू अपनाउने कार्य समावेश हुन्छ। उदाहरणका लागि, ख्रीष्टविरोधीहरूले सधैँ शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, सधैँ आफूलाई उच्च पार्छन्, कहिलेकाहीँ अरूलाई होच्याउँछन्, भेलाहरूमा प्रायजसो तिनीहरूले कति कष्ट सहेका छन् र परमेश्‍वरको घरमा के-कस्ता योगदानहरू दिएका छन् भन्‍नेबारे गवाही दिन्छन्, र अरूले तिनीहरूलाई कसरी आदर गर्छन्, तिनीहरू कसरी अरूभन्दा राम्रा छन्, तिनीहरू कसरी अद्वितीय छन्, आदि इत्यादि कुराहरू गर्दै लाजमर्दो रूपमा आफ्नै गवाही दिन्छन्। अगुवा र कामदारहरूले निरन्तर ख्रीष्टविरोधीहरूलाई आड दिनुको सट्टा परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूका विभिन्‍न दुष्ट कार्यहरू प्रतिबन्धित गर्न सक्दो गर्नुपर्छ। तिनीहरूले ख्रीष्टविरोधीहरूको बोल्ने समय र छलफल गर्ने विषयहरूलाई प्रतिबन्धित गर्नुपर्छ। यसका साथै, ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमा र व्यक्तिगत रूपमा गर्ने कार्यहरूका सम्बन्धमा, जस्तै मानिसहरूलाई आफ्नो पक्षमा तान्न स-साना निगाहहरू प्रयोग गर्नु, कलह फैलाउनु, धारणा र नकारात्मक टिप्पणीहरू फैलाउनु, आदि इत्यादि कुराहरूका सम्बन्धमा, अगुवा र कामदारहरूले बहिरा वा अन्धाले जस्तो व्यवहार गर्नु हुँदैन। तिनीहरूले तुरुन्तै ख्रीष्टविरोधीहरूका कार्यहरू बोध गर्नुपर्छ; तिनीहरूले अरूलाई बहकाउने र बाधा दिने व्यवहारहरू पत्ता लगाएपछि ती व्यवहारहरूलाई तुरुन्तै खुलासा र चिरफार गर्नुपर्छ र ख्रीष्टविरोधीहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ, र तिनीहरूलाई मानिसहरूलाई बहकाउने र मण्डलीको काममा बाधा दिने काम गर्न दिनु हुँदैन। के यो अगुवा र कामदारहरूले गर्नुपर्ने महत्त्वपूर्ण कामहरूमध्ये एउटा हो? (हो।) के तैँले ख्रीष्टविरोधीहरूलाई काटछाँट, खुलासा, र चिरफार मात्र गरेर तिनीहरूका दुष्ट कार्यहरूलाई प्रतिबन्धित गर्न सक्छस्? (सक्दिनँ।) तैँले तिनीहरूलाई यसरी प्रतिबन्धित गर्न सक्दैनस् किनभने तिनीहरू शैतान र दुष्ट दियाबलस हुन्। तिनीहरूको हातखुट्टा बाँधिएको छैन, र मुखमा टेप लगाइएको छैन भने, तिनीहरूले भ्रमहरू फैलाइरहन्छन् र मानिसहरूलाई बाधा दिने दुष्ट शब्दहरू बोलिरहन्छन्। अगुवा र कामदारहरूले तिनीहरूलाई प्रतिबन्धित गर्न तुरुन्तै कारबाही चलाउनुपर्छ; विशेषगरी जब तिनीहरूले मानिसहरूलाई बहकाउन र बाधा दिन भ्रमहरू फैलाउँछन्, तब अगुवा र कामदारहरूले तिनीहरूलाई समयमै हस्तक्षेप गर्ने र रोक्‍ने गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई समझशक्ति प्राप्त गर्न र ख्रीष्टविरोधीहरूको साँचो अनुहार स्पष्ट रूपमा देख्‍न पनि सक्षम तुल्याउनुपर्छ। अगुवा र कामदारहरूले गर्नुपर्ने वास्तविक काम यही हो।

उ. निगरानी गर्ने

ख्रीष्टविरोधीहरूलाई प्रतिबन्धित गरेपछि, गर्नुपर्ने अर्को काम तिनीहरूलाई निगरानी गर्नु हो। ख्रीष्टविरोधीहरूले कसलाई बहकाएका छन् र तिनीहरूले पर्दापछाडि के-कस्ता भ्रम र दुष्ट शब्दहरू फैलाएका छन् भनी हेर्, तिनीहरू ठूलो रातो अजिङ्गरको पक्षमा छन् कि छैनन् र तिनीहरूले यससँग साँठगाँठ गरिरहेका छन् कि छैनन्, तिनीहरूले धार्मिक संसारसँग हात मिलाएका छन् कि छैनन्, तिनीहरूले गुप्त रूपमा आफ्ना गिरोहका सदस्यहरूसँग मिलेर कालो चाल चलिरहेका छन् कि छैनन्, तिनीहरूले परमेश्‍वरको घरका केही महत्त्वपूर्ण जानकारीमा विश्वासघात गर्न सक्छन् कि सक्दैनन्, आदि इत्यादि कुराहरू जाँच गर्। यो पनि अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी नै हो। ख्रीष्टविरोधीहरूका कार्यहरू प्रकाशमा आउनुभन्दा पहिले, अगुवा र कामदारहरूले “आफूलाई सन्तहरूका पुस्तक पढ्नमा पूर्ण समर्पित गर्ने र बाह्य मामलाहरूमा कुनै ध्यान नदिने” गर्नु हुँदैन, बरु तिनीहरू सर्पजस्तै चलाख हुनुपर्छ। अगुवा र कामदारहरूले कुनै व्यक्ति ख्रीष्टविरोधी हो भन्‍ने पत्ता लगाएपछि, यदि त्यो व्यक्तिलाई निकाल्ने वा निष्कासित गर्ने समय अझै आएको छैन भने, तिनीहरूले उसलाई दुष्कर्म गर्नबाट रोक्नका लागि नजिकबाट निगरानी गर्नुपर्छ, र उसका बोली र व्यवहारहरू परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा निगरानी गरिने सुनिश्‍चित गर्नुपर्छ। ख्रीष्टविरोधीहरूले शक्ति र शक्तिशाली मानिसहरूसँग सम्पर्क निर्माण गर्न मन पराउने हुनाले, अगुवा र कामदारहरूले ख्रीष्टविरोधीहरूले पर्दापछाडि सधैँ कोसँग अन्तरक्रिया गरिरहेका हुन्छन् र तिनीहरू धार्मिक मानिसहरूसँग सम्पर्कमा छन् कि छैनन् भनेर नजिकबाट हेर्नुपर्छ। कति ख्रीष्टविरोधीहरू प्रायजसो धार्मिक पाष्टर र एल्डरहरूसँग सङ्गत गर्छन्, र कतिले त युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मानिसहरूसँग समेत हिमचिम गर्छन्। त्यस्ता घटनाहरू देखा पर्दा, अगुवा र कामदारहरूले यसप्रति आँखा चिम्लिनु हुँदैन, बरु ती ख्रीष्टविरोधीहरूप्रति सतर्क हुनुपर्छ र सावधानी अपनाउनुपर्छ। यदि कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउने र आफ्नो पक्षमा तान्ने आफ्‍ना विधिहरूले परमेश्‍वरको घरमा काम गर्दैनन् र आफ्‍ना दुष्ट कार्यहरू खुलासा भएका छन् भन्ने देखे, र उसलाई आफ्‍नो अन्त्य राम्रो हुनेछैन भन्‍ने थाहा भयो भने, उसले के गर्न सक्छ वा उसको दुष्टता कति हदसम्म जान्छ भनेर तैँले अनुमान गर्न सक्दैनस्। त्यसकारण, कुनै व्यक्ति ख्रीष्टविरोधी हो भन्‍ने कुरामा तँ हृदयमा निश्‍चित भएपछि, तैँले उसलाई सधैँ नजिकबाट निगरानी गर्नु र नियाल्‍नुपर्छ र यसमा कमी हुन दिनु हुँदैन। यो तेरो जिम्मेवारी हो। यसो गर्नुको के अर्थ? यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्नका लागि मण्डली र दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध गलत कार्यहरू गर्नबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्‍म रोक्‍नु हो। कति ख्रीष्टविरोधीहरूले सधैँ भेटीहरूबारे सोधपुछ गर्छन्: “परमेश्‍वरको घरको पैसा कसले व्यवस्थापन गर्छ? यसको लेखा कसले राख्छ? के लेखाहरू सही रूपमा राखिएका हुन्छन्? के हिनामिना भइरहेको हुनसक्छ? मण्डलीको पैसा कहाँ राखिन्छ? के यी कुराहरू सार्वजनिक गरेर सबैलाई जान्‍ने अधिकार दिनुपर्दैन र? परमेश्‍वरको घरसँग कति वटा सम्पत्ति छन्? सबैभन्दा बढी भेटी कसले दिएको छ? मलाई किन यी कुराहरू थाहा नभएको?” तिनीहरूको कुराले त तिनीहरू परमेश्‍वरको घरका आर्थिक मामलाहरूबारे चिन्तित छन् जस्तो सुनिन्छ, तर वास्तवमा तिनीहरूको मनसाय बेग्लै हुन्छ। पैसाको लोभ नगर्ने ख्रीष्टविरोधी एउटा पनि हुँदैन। त्यसोभए त्यस्ता अवस्थामा अगुवा र कामदारहरूले के गर्नुपर्छ? पहिलो कुरा, तैँले भेटीहरू उचित रूपमा व्यवस्थापन गर्नुपर्छ, र तिनलाई सुरक्षित राख्‍न भरपर्दो मानिसहरूलाई जिम्‍मा लाउनुपर्छ, र तैँले ख्रीष्टविरोधीहरूलाई आफ्नो उद्देश्य हासिल गर्न बिलकुलै सफल हुन दिनु हुँदैन—यो कुरामा तँ अन्योलमा पर्नु हुँदैन। यस्तो परिस्थिति उत्पन्न हुनेबित्तिकै, तैँले महसुस गर्नुपर्छ: “केही कुरा गलत छ। ख्रीष्टविरोधीले केही गर्न लागेको छ। त्यसले मण्डलीको पैसा ताकिरहेको छ। त्यसले मण्डलीको पैसामाथि षड्यन्त्र रच्न र त्यसलाई कब्जा गर्न ठूलो रातो अजिङ्गरसँग सहकार्य गर्ने योजना बनाइरहेको हुन सक्छ। हामीले यसलाई तुरुन्तै सार्नुपर्छ!” एउटा कुरा त, तैँले परमेश्‍वरको घरको आर्थिक पक्ष कसले व्यवस्थापन गर्छ भनेर ख्रीष्टविरोधीहरूलाई थाहा दिनु हुँदैन। अर्को कुरा, यदि पैसा व्यवस्थापन गर्ने मानिसहरूलाई सुरक्षा खतरा छ भन्‍ने लाग्छ भने, पैसा अनि पैसा व्यवस्थापन गर्ने मानिसहरू दुवैलाई तुरुन्तै अन्यत्र सार्नुपर्छ। के यो अगुवा र कामदारहरूले ध्यान दिनुपर्ने कुरा र गर्नुपर्ने काम होइन र? (हो।) तर यसविपरीत, मूर्ख अगुवाहरू ख्रीष्टविरोधीहरूले यी कुराहरू बोलेको सुन्छन् र पनि यस्तो सोच्छन्, “यो व्यक्तिले बोझ लिन्छ र परमेश्‍वरको घरको पैसाबारे चासो देखाउन जान्दछ, त्यसकारण हामी उसलाई केही जिम्मेवारी दिऊँ र लेखाको काममा सहयोग गर्न लगाऊँ।” यसो गरेर, के तिनीहरू यहूदा बनेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरू भेटीहरूको रक्षा गर्न असफल मात्र भएका हुँदैनन्, यहाँसम्म कि तिनीहरूले विश्वासघात गरेर ती भेटीहरू नै ख्रीष्टविरोधीहरूलाई सुम्पिदिएका हुन्छन्, र वास्तविक रूपमा यहूदा बनेका हुन्छन्। यी अगुवा र कामदारहरूबारे तिमीहरूलाई के लाग्छ? के तिनीहरू दुष्ट मानिस होइनन् र? के तिनीहरू दियाबलस होइनन् र? तिनीहरू आफ्नो जिम्मेवारी पूरा गर्न असफल मात्र भएका हुँदैनन्, तिनीहरूले त परमेश्‍वरका भेटीहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई पनि ख्रीष्टविरोधीहरूका हातमा सुम्पेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू रहेका स्थानहरूमा, अगुवा र कामदारहरूले यसबारे कुनै सुराग पत्ता लगाएपछि, तिनीहरूले अनुसन्धान सुरु गर्नैपर्छ र केही निश्‍चित काम गर्नैपर्छ, र त्यो कामअन्तर्गत “निगरानी गर्ने” काम छुट्नै हुँदैन।

अगुवा र कामदारहरूले गर्ने निगरानीको काम गुप्तचर वा कुनै जासुसी गतिविधिहरू सञ्चालन गर्ने कुरा होइन; यो त आफ्नो जिम्मेवारी पूरा गर्ने, बढी चासो राख्ने, बढी ध्यान दिने, र ख्रीष्टविरोधीहरूले के गरिरहेका छन् र तिनीहरू के गर्ने अभिप्राय राख्छन् भनेर ध्यान दिने कुरा मात्र हो। यदि तिनीहरूले दुष्टता गरिरहेका र मण्डलीमा बाधा दिइरहेका छन् भन्‍ने कुनै सङ्केतहरू तैँले पत्ता लगाइस् भने, तैँले जतिसक्दो चाँडो प्रतिकदमहरू चाल्नुपर्छ; तैँले तिनीहरूलाई पटक्कै सफल हुन दिनु हुँदैन। यो ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिने घटनाहरू घटित हुनबाट सबैभन्दा बढी हदसम्‍म रोक्‍नु हो। स्वाभाविक रूपमै, यसले मण्डलीको कामको पनि सबैभन्दा राम्रो रक्षा गर्छ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई पनि सबैभन्दा राम्रो सुरक्षा दिन्छ। यो अगुवा र कामदारहरूले जिम्मेवारी पूरा गर्नुको प्रकटीकरण हो। निगरानी गर्नु भनेको केही मानिसहरूलाई गुप्त एजेन्टका रूपमा काम गर्न लगाउनु, र जासूसलेझैँ मानिसहरूलाई पछ्याउन, चियो गर्न, र नजर लाउन लगाउनु, वा तिनीहरूका घरहरू खोजतलास गर्न र कठोर सोधपुछ विधिहरू प्रयोग गर्न लगाउनु होइन। परमेश्‍वरको घर त्यस्ता गतिविधिहरूमा संलग्‍न हुँदैन। तर, तैँले ख्रीष्टविरोधीहरूको अवस्था तुरुन्तै बुझ्नुपर्छ। तैँले तिनीहरूको परिवारका सदस्यहरू वा तिनीहरूलाई खुट्ट्याउन सक्ने वा तिनीहरूसँग परिचित दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गरेर तिनीहरूको हालैको अवस्थाबारे सोधपुछ गर्न सक्छस्। के यी सबै यो काम गर्ने विधि र तरिकाहरू होइनन् र? यदि अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारीको दायराभित्र पर्ने र परमेश्‍वरले तोक्‍नुभएका सिद्धान्तहरूअनुरूपका कामहरू गर्छन् भने, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेका हुन्छन्। अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको उद्देश्य के हो? यो बाधा र अवरोधहरू ल्याउनबाट ख्रीष्टविरोधीहरूलाई रोक्‍नका लागि सम्भव भएको हदसम्‍म तैँले सक्दो गर्नु, र यसरी ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्न र परमेश्‍वरको घरका हितहरूमा विश्वासघात गर्नबाट रोक्‍नु हो। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। के यसले ख्रीष्टविरोधी घटनाहरू घटित हुनबाट सबैभन्दा बढी हदसम्‍म रोक्दैन र? के यी कार्यहरू गर्ने अगुवा र कामदारहरूले मानवले गर्न सम्भव हुने सबै कुरा गरिरहेका हुँदैनन् र? (हुन्छन्।) के यो गर्न गाह्रो छ? (छैन।) यो गाह्रो छैन; यो सत्यता बुझेका मानिसहरूले हासिल गर्न सक्‍ने कुरा हो। मानिसहरूले आफूले हासिल गर्न सक्‍ने कुरा हासिल गर्न सक्दो गर्नुपर्छ; बाँकी कुरा परमेश्‍वरले नै गर्नुहुन्छ, अर्थात् उहाँले आफ्‍नो सार्वभौमिकता प्रयोग गर्नुहुन्छ, योजनाबद्ध गर्नुहुन्छ, र मार्गदर्शन गर्नुहुन्छ। हामी यही कुराबारे सबैभन्दा कम चिन्ता लिन्छौँ। हाम्रो पछाडि परमेश्‍वर हुनुहुन्छ। हाम्रो हृदयमा मात्रै परमेश्‍वर हुनुहुन्‍न, हामीमा साँचो आस्था पनि छ। यो कुनै आत्मिक साथ होइन; वास्तवमा, परमेश्‍वर गुप्तमा हुनुहुन्छ, र उहाँ मानिसहरूको पक्षमा हुनुहुन्छ, सधैँ तिनीहरूको छेउमै उपस्थित हुनुहुन्छ। मानिसहरूले कुनै पनि काम गर्दा वा कुनै पनि कर्तव्य निभाउँदा, उहाँले हेरिरहनुभएको हुन्छ; उहाँ तँलाई कुनै पनि समय र स्थानमा सहयोग गर्न, र जोगाउन र रक्षा गर्नका लागि त्यहीँ रहनुहुन्छ। मानिसहरूले गर्नुपर्ने कुरा भनेको आफूले हासिल गर्नुपर्ने कुरा हासिल गर्न सक्दो प्रयास गर्नु हो। जबसम्म यो तैँले गर्नुपर्ने कुरा हो, यो परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा हो भन्‍ने कुरा तँलाई थाहा हुन्छ, तैँले हृदयमा महसुस गर्छस्, परमेश्‍वरका वचनहरूमा देख्छस्, तेरो वरिपरिका मानिसहरूले तँलाई याद दिलाउँछन्, वा तँलाई थाहा दिन परमेश्‍वरले कुनै सङ्केत वा साइत जुराउनुहुन्छ, तबसम्‍म तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र तँ निष्क्रिय भएर बस्नु हुँदैन वा तैँले हेरेर बस्‍नु हुँदैन। तँ रोबोट होइनस्; तँसँग दिमाग र विचारहरू छन्। जब कुनै कुरा घटित हुन्छ, तब तैँले के गर्नुपर्छ भन्‍ने कुरा तँलाई अवश्यै थाहा हुन्छ, र तँसँग अवश्यै भावना र चेतना छन्। त्यसकारण, यी भावना र चेतनाहरूलाई वास्तविक अवस्थाहरूमा लागू गर्, तीअनुसार जिउने गर् र तिनलाई आफ्नो कार्यमा रूपान्तरण गर्, र यसरी, तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। तँलाई थाहा हुन सक्‍ने कुराहरूका हकमा, तैँले आफूले बुझेका सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य पूरा गर्न आफूले सक्‍ने जति काम गरिरहेको र सक्दो प्रयास गरिरहेको हुन्छस्। अगुवा वा कामदारका रूपमा, जब तैँले सक्दो प्रयास गर्छस्, अर्थात् जब तैँले ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू देखा पर्नबाट सबैभन्दा बढी हदसम्‍म रोक्छस्, तब तैँले यसरी अभ्यास गर्न सक्छस् भन्‍ने कुरामा परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। परमेश्‍वर किन सन्तुष्ट हुनुहुनेछ? परमेश्‍वरले त्यस्ता अगुवा र कामदारहरूबारे यस्तो अठोट गर्नुहुनेछ: तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् र आफ्नो भूमिकासँग सम्बन्धित काम गर्न सक्दो प्रयास गरिरहेका छन्। के यो परमेश्‍वरको अनुमोदन हो? (हो।)

ऊ. निष्कासित गर्ने

अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीमा तिनीहरूले गर्नुपर्ने निश्‍चित कामहरू पर्छन्, जसमध्ये धेरैलाई हामीले सूचीबद्ध गरेका छौँ: तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, प्रतिबन्धित गर्ने, र निगरानी गर्ने अभ्यास गर्नैपर्छ। यी आधारभूत सिद्धान्तहरूबारेको सङ्गति समाप्त भएको छ। विशेष अवस्थाहरूमा अगुवा र कामदारहरूले जे-जस्ता विशिष्ट कार्यहरू गरे पनि ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने सिद्धान्तहरू परिवर्तन हुँदैनन्। यसका साथै, यी कामहरूको मुख्य उद्देश्य भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नु हो। मानौँ कि परमेश्‍वरका चुनिएका मानिसहरूले पहिले नै सर्वसम्मत रूपमा कुनै व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चिनेका छन् र त्यो ख्रीष्टविरोधीले सधैँ मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न खोज्छ भन्‍ने कुरा खुट्ट्याएका र राम्ररी बुझेका छन्; ख्रीष्टविरोधीको उपस्थितिमा, कुनै पनि राम्रो दिन वा राम्रो मण्डली जीवन हुन सक्दैन भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, र सबैले सर्वसम्मतिले ख्रीष्टविरोधीलाई मण्डलीबाट निकाल्न माग गर्छन्। यी परिस्थितिहरूमा, कति अगुवा र कामदारहरूले अझै पनि ख्रीष्टविरोधीलाई खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, प्रतिबन्धित गर्ने, र निगरानी गर्ने अभ्यास तालिममा प्रयोग गर्नका लागि उसलाई रहन दिनुपर्छ भनेर वकालत गर्छन्—के अझै पनि यी प्रक्रियाहरूमा जानु आवश्यक छ? कति अगुवा र कामदारहरूले यसो भन्‍न सक्छन्, “यदि हामी यी प्रक्रियाहरूमा गएनौँ भने, के मैले आफ्ना जिम्मेवारीहरूलाई बेवास्ता गरिरहेको हुँदिनँ र? यी प्रक्रियाहरूमा जाँदा मात्रै अगुवाको रूपमा रहेको मेरो भूमिकाप्रति विशेष ध्यान आकर्षित हुन्छ। मैले यो काम गर्नैपर्छ। दाजुभाइ-दिदीबहिनीहरू सहमत भए पनि नभए पनि, मैले सुरुमा ख्रीष्टविरोधीलाई रहन दिनैपर्छ। म सुरुमा उसलाई खुलासा गर्नेछु, त्यसपछि उसलाई काटछाँट र चिरफार गर्नेछु, र ऊ ख्रीष्टविरोधी हो भन्‍ने कुरा दाजुभाइ-दिदीबहिनीहरूलाई थप पुष्टि गर्न लगाउनेछु। सर्वसम्मतिमा पुगेपछि, हामी उसलाई निकाल्नेछौँ वा निष्कासित गर्नेछौँ। के यो अझै प्रभावकारी हुँदैन र?” परिणामस्वरूप, यो अवधिमा फेरि पनि ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउन र मण्डलीको काममा बाधा दिन धारणाहरू फैलाउन थाल्छ, जसले गर्दा सबै जना अत्तालिन्छन्, र कतिले त भेलाहरूमा आउनसमेत इन्कार गर्छन्। आफ्नो दृढता देखाउन र आफ्नो जिम्मेवारीलाई बेवास्ता नगरेको कुरा प्रमाणित गर्नका लागि, यी अगुवा र कामदारहरूले सतही रूपमा झारा टार्छन् र कामलाई लम्ब्याउँछन्। परिणामस्वरूप, तिनीहरूले धेरै अनावश्यक घुमाउरो बाटोहरू अपनाउँछन्, मण्डली जीवनको सुव्यवस्थामा बाधा दिन्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको सत्यता पछ्याउने बहुमूल्य समय बरबाद पार्छन्, र त्यसपछि मात्रै ख्रीष्टविरोधीलाई निकाल्छन्। के यो शैली स्वीकार्य छ? (छैन।) यसमा के गलत छ? (यो प्रावधानहरू पालना गर्नु र झारा टार्नु मात्रै हो।) अगुवा र कामदारहरूले यी कामहरू गर्नुको उद्देश्य के हो? (परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नु।) त्यसोभए, यदि कति मानिसहरूले अझै पनि ख्रीष्टविरोधीलाई खुट्ट्याएका छैनन् र अझै पनि तिनीहरूलाई ऊप्रति निकै मोह छ, र जब अगुवा र कामदारहरूले मण्डलीबाट ख्रीष्टविरोधीलाई निष्कासन गर्ने निर्णय गर्छन्, तब कतिपय मानिसहरू परमेश्‍वरको घर मानिसहरूप्रति प्रेमिलो वा निष्पक्ष छैन, यसको काम गर्ने तरिकामा सिद्धान्तहरूको कमी छ, आदि इत्यादि कुराहरू भन्दै आक्रोशित हुन्छन्, र कतिपय अन्योलमा परेका मानिसहरू ख्रीष्टविरोधीको बहकाउ र प्रभावमा समेत पर्छन् र उसको पछि लागेर मण्डलीबाट निस्केर जान चाहन्छन् भने, यस्तो अवस्थामा के गर्नुपर्छ? यो बेला, अगुवा र कामदारहरूले केही सारगत काम गर्नुपर्छ, जस्तै ख्रीष्टविरोधीलाई काटछाँट गर्ने र उसलाई खुलासा र चिरफार गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्ने अभ्यास गर्नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले व्यावहारिक रूपमा पाठहरू सिकेर अन्ततः ख्रीष्टविरोधीलाई खुट्ट्याउन सकून्। एक दिन, तिनीहरूले भन्छन्, “यो व्यक्ति अत्यन्तै घृणास्पद छ। ऊ वास्तवमै दुष्ट व्यक्ति र ख्रीष्टविरोधी हो। हामी उसलाई तुरुन्तै सफाइ गरी हटाऔँ!” यो एक व्यक्तिको मात्र आवाज होइन, बरु धेरै दाजुभाइ-दिदीबहिनीहरूको आवाज हो। यस्तो अवस्थामा, के अझै पनि ख्रीष्टविरोधीलाई प्रतिबन्धित र निगरानी गर्ने काम गर्नु आवश्यक हुन्छ? हुँदैन, तिनीहरूलाई सिधै निष्कासन गर्। आफ्नो काममा यो स्तरसम्‍म पुग्‍ने अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको हानिबाट रक्षा गर्ने परिणाम हासिल गरेका हुन्छन्। यसले के प्रमाणित गर्छ? एक हिसाबमा, यसले यस मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूमा समझशक्ति, क्षमता, र इन्साफको बोध छ भन्‍ने कुरा प्रमाणित गर्छ। अर्को हिसाबमा, अगुवा र कामदारहरूले वास्तविक काम गर्न सक्छन् भन्‍ने हुन सक्छ, वा यो ख्रीष्टविरोधीका कार्यहरू अत्यन्तै निर्लज्ज छन्, उसको मानवता जनआक्रोश नै पैदा गर्ने खालको अत्यन्तै खराब र दुष्ट छ, र ऊ आफैले चाँडै आफ्नो मार्ग तोडेको छ, र यसले गर्दा अगुवा र कामदारहरूले उसलाई निराकरण गर्ने धेरै प्रक्रिया चलाउनु नै परेन भन्‍ने हुन सक्छ। के यसले धेरै मेहनत बचाउँदैन र? यस्तो अवस्थामा, तिनीहरूलाई निकाल्नु वा निष्कासित गर्नु राम्रो कुरा हो, होइन र? यसबाहेक, अगुवा र कामदारहरूले गर्नुपर्ने काम व्यापक छ र यो एउटा काममा मात्रै सीमित छैन। के तँलाई ख्रीष्टविरोधीलाई निष्कासित गर्नु नै यसको अन्त्य हो भन्‍ने लाग्छ? के तँलाई आफूले सबै कुरा पूर्ण रूपमा सफल तुल्याएको छु भन्‍ने लाग्छ? यो त धेरै टाढाको कुरा हो! तैँले अरू पनि काम गर्नु छ। ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको हानिबाट रक्षा गर्नेबाहेक, अगुवा र कामदारहरूसँग परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवाइ गरेर परमेश्‍वरका वचनहरूको वास्तविकतामा पुर्‍याउने, तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्न, र तिनीहरूको ख्रीष्टविरोधी स्वभाव समाधान गर्न अगुवाइ गर्ने, र अरू धेरै महत्त्वपूर्ण कामहरू गर्ने जिम्‍मेवारी पनि हुन्छ। तर, यदि यी कामहरू गर्ने क्रममा कुनै ख्रीष्टविरोधी देखा पर्‍यो भने, उक्त ख्रीष्टविरोधीलाई निराकरण गर्नु नै सर्वोच्च प्राथमिकता बन्छ। तिनीहरूले सुरुमा ख्रीष्टविरोधीलाई खुलासा र सम्बोधन गर्नैपर्छ, र सत्यताका अन्य पक्षहरूबारे पनि सङ्गति गर्नुपर्छ। यदि कुनै ख्रीष्टविरोधीको बाधा देखा परेको छ र अरू काम अघि बढ्न निकै गाह्रो भएको छ, र त्यस काममा बाधा र हस्तक्षेप आइपरेको छ र ख्रीष्टविरोधीले दाजुभाइ-दिदीबहिनीहरूको जीवनवृद्धि, मण्डली जीवनको सुव्यवस्था, र कर्तव्य निर्वाह गर्ने वातावरणमा गम्भीर असर पारेको छ भने, अवश्य नै सुरुमा यो महामारी र विपत्तिको जडलाई सम्बोधन गर्नु अत्यावश्यक हुन्छ। ख्रीष्टविरोधीलाई निकालिएपछि र निराकरण गरिएपछि मात्रै अरू काम सामान्य र व्यवस्थित रूपमा अघि बढ्न सक्छ। त्यसकारण, यदि मण्डलीमा कुनै ख्रीष्टविरोधी देखा पर्‍यो र दाजुभाइ-दिदीबहिनीहरूले छोटो अवधिमा नै उसलाई तुरुन्तै खुट्ट्याए र “ए ख्रीष्टविरोधी, गइहाल्!” भनेर सर्वसम्मतिले भन्छन् भने, के यसले अगुवा र कामदारहरूको धेरै मेहनत बचाउँदैन र? के तँ मनमनै प्रसन्न हुनुपर्दैन र? तैँले यसो भन्‍न सक्छस्, “मलाई म यो ख्रीष्टविरोधी, यो दियाबलसलाई प्रतिबन्धित गर्न सक्दिनँ भन्‍ने चिन्ता लागेको थियो। मलाई त तिनीहरूले कति दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउमा पार्नेछन् र गम्भीर रूपमा हानि गर्नेछन्, तर ख्रीष्टविरोधीको सार खुलासा गर्न, यी कुराहरू राम्ररी चिरफार गर्न, र यो समस्या समाधान गर्नका लागि मेरो कद अत्यन्तै सानो छ भन्‍ने पनि चिन्ता लागेको थियो।” अब चिन्ता गर्नुपर्दैन। दाजुभाइ-दिदीबहिनीहरूको यो एउटा अभिव्यक्तिद्वारा, समस्या समाधान हुन्छ, र अगुवा र कामदारहरूको “बोझ” हट्छ। कति अद्भुत कुरा! तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ; यो परमेश्‍वरको अनुग्रह हो! यस्तो कुरा मण्डलीमा हुने सम्भावना हुन्छ, किनभने ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने विषयबारे धेरै छलफल भएको छ, र तैँले अनुमान गरेजस्तो दाजुभाइ-दिदीबहिनीहरू अगुवा र कामदारहरूभन्दा निकै निकृष्ट हुँदैनन्। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा, तिनीहरूसँग पनि स्वतन्त्र रूपमा सत्यता बुझ्ने र समस्याहरू समाधान गर्ने केही क्षमता हुन्छ। जब तिनीहरू ख्रीष्टविरोधीलाई भोट गरेर निष्कासित गर्नका लागि एकजुट हुन्छन्, तब यो राम्रो कुरा हो, र यो राम्रो घटना हो! अगुवा र कामदारहरूले यसबारे दुःखित, निराश, वा नकारात्मक महसुस गर्नुपर्दैन। यी अवरोधहरू, अर्थात् यी ख्रीष्टविरोधीहरूलाई निकालिएपछि त्यसपछिको कामको हरेक चरण अगुवा र कामदारहरूका लागि अझै पनि गम्भीर परीक्षा नै रहन्छ। तिनीहरूले गर्नुपर्ने हरेक काम तिनीहरूको जिम्मेवारी र तिनीहरूको क्षमता र कार्य सामर्थ्यसँग सम्बन्धित समस्याहरूसँग जोडिएको हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्