अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२१) खण्ड एक

ख्रीष्टविरोधीहरूलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबाट कसरी छुट्ट्याउने

तिनीहरूलाई सत्यताप्रति तिनीहरूको मनोवृत्तिका आधारमा छुट्ट्याउने

आज हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे सङ्गति गर्न जारी राख्‍नेछौँ। औपचारिक रूपमा सङ्गति सुरु गर्नुभन्दा पहिले, अब हामी यसअघि सङ्गति गरिएको ख्रीष्टविरोधीहरूसँग सम्बन्धित एउटा विषयको पुनरावलोकन गरौँ: ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूबाट कसरी छुट्ट्याउने, र यी दुई प्रकारका मानिसहरूबीचका भिन्‍नताहरू के-के हुन्। सुरुमा, हामी ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने भन्‍नेबारे सङ्गति गर्नेछौँ; यो त्यति गाह्रो छैन। सर्वप्रथम, तैँले ख्रीष्टविरोधीहरूले प्रदर्शन गर्ने स्पष्ट विशेषतापूर्ण प्रकटीकरणहरू के-के हुन् भन्‍ने कुरा स्पष्ट देख्‍नुपर्छ, ताकि तैँले छोटो समयमा साँचो ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्‍नेछस्, र ऊ अवश्य नै ख्रीष्टविरोधीहरूको स्वभाव भएको वा ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने व्यक्ति मात्रै होइन भन्‍ने कुरा निर्धारित गर्न सक्‍नेछस्। यसरी, तँसँग ख्रीष्टविरोधीहरूबारे खुट्ट्याउने क्षमता हुनेछ र तँ तिनीहरूको बहकाउ, पासो, र नियन्त्रणमा पर्न छोड्नेछस्। अब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ख्रीष्टविरोधीहरूको प्रकृति सार भएका मानिसहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीचका स्पष्ट भिन्‍नताहरू छुट्ट्याउन सक्‍नु हो। यी दुई प्रकारका मानिसहरूलाई खुट्ट्याउनका लागि, तैँले सुरुमा तिनीहरूका मुख्य विशेषताहरू बुझ्नैपर्छ। कति मानिसहरूले ख्रीष्टविरोधीहरूले दैनिक जीवनमा प्रकट गर्ने भ्रष्टताका प्रकटीकरणहरू, जस्तै आफ्नो हैसियत दाबी गर्ने र अरूलाई भाषण छाट्ने तिनीहरूको प्रवृत्ति मात्रै बुझ्छन्, तर ख्रीष्टविरोधीहरूको प्रकृति सार खुट्ट्याउन सक्दैनन्। के यो ठीक हो? (होइन।) ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रमुख प्रकटीकरणहरू तिनीहरूको अहङ्कार र अभिमान हुन् भनेर भन्‍नेहरू पनि छन्, र तिनीहरूले सबै अहङ्कारी र अभिमानी मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छन्। के यो सही हो? (होइन।) यो किन सही होइन? किनभने अहङ्कार र अभिमान ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रमुख प्रकटीकरणहरू होइनन्; ती त सबै भ्रष्ट मानिसहरूमा साझा रूपमा हुने भ्रष्ट स्वभावहरू हुन्। हरेक व्यक्तिमा अहङ्कारी र अभिमानी स्वभाव हुन्छ, त्यसकारण सबै अहङ्कारी र अभिमानी मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्नु गम्भीर गल्ती हो। त्यसोभए, ख्रीष्टविरोधीहरूका सारगत प्रकटीकरणहरू के-के हुन्, जसले ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका अपरिहार्य भिन्‍नताहरू झलक्‍क हेर्दा नै स्पष्ट पार्न सक्छन्, र यी दुई प्रकारका मानिसहरूको सार फरक छ, र त्यस्ता मानिसहरूलाई फरक तरिकाले व्यवहार गर्नुपर्छ भन्‍ने कुरा खुट्ट्याउन सहयोग गर्छ? कार्य, व्यवहार, र स्वभावजस्ता निश्‍चित पक्षहरूमा, के यी दुई प्रकारका मानिसहरूमा समानता र मिल्दोजुल्दो कुराहरू हुन्छन्? (हुन्छन्।) यदि तैँले यी दुई प्रकारका मानिसहरूको स्वभाव र सार ध्यान दिएर अवलोकन गर्दैनस्, गम्भीरतापूर्वक छुट्ट्याउँदैनस्, वा तीबारे तेरो हृदयमा सही बुझाइ र खुट्ट्याउने क्षमता छैन भने, तिनीहरूलाई एउटै प्रकारका हुन् भनेर व्यवहार गर्न निकै सजिलो हुन्छ। तैँले ख्रीष्टविरोधीलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएको व्यक्ति भनेरसमेत सोच्न सक्छस् र ख्रीष्टविरोधीको स्वभाव भएकोलाई ख्रीष्टविरोधी भनेर सोच्न सक्छस्, अर्थात्, तैँले सजिलै यस्ता गलत मूल्याङ्कनहरू गर्न सक्छस्। त्यसोभए, यी दुई प्रकारका मानिसहरूबीच रहेका मुख्य विशेषता र भिन्‍नताहरू के-के हुन्, जसबाट ख्रीष्टविरोधी को हो र ख्रीष्टविरोधीहरूको स्वभाव भएको व्यक्ति को हो भनेर ठोस प्रमाण सहित छुट्ट्याउन मद्दत मिल्छ? तिमीहरू यो विषयसँग अपरिचित छैनौ होला, त्यसकारण अब तिमीहरूका विचारहरू सुनौँ। (ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू छुट्ट्याउन प्रयोग गरिने एउटा पक्ष सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो; अर्को पक्ष तिनीहरूको मानवता हो। सत्यताप्रतिको आफ्नो मनोवृत्तिमा, ख्रीष्टविरोधीहरूले सत्यतालाई घृणा गर्छन् र पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले बाधा र अवरोधहरू निम्त्याउने जति धेरै दुष्ट कार्यहरू गरे पनि, र हामीले तिनीहरूसँग जे-जसरी सङ्गति गरे पनि वा तिनीहरूलाई जे-जसरी काटछाँट गरे पनि, तिनीहरू त्यो स्विकार्दैनन् र तिनीहरू दृढ रूपमा अपश्‍चात्तापी रहन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले पनि सत्यता नबुझ्दा वा सिद्धान्तहरूलाई आत्मसात् गर्न नसक्दा गलत कुराहरू गर्न सक्छन्, तर तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले सत्यता स्विकार्न, आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न सक्छन्, साथै पछुतो महसुस गर्न र पश्‍चात्ताप गर्न सक्छन्। सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूको सार के हो भने, तिनीहरूले सत्यतालाई घृणा गर्छन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सक्छन्। ख्रीष्टविरोधीहरूको मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरू विवेकको बोध वा लाजको बोध नभएका दुष्ट मानिसहरू हुन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा विवेकको बोध र लाजको बोध हुन्छ।) तैँले दुई वटा विशेषताहरू उल्लेख गरिस्; के यो विषयवस्तुबारे पहिले सङ्गति गरिएको थियो? के यी कुराहरूलाई स्पष्ट विशेषता मानिन्छ? (मानिन्छ।) सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छन्। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो, र यो स्पष्ट विशेषताहरू भएको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र तिनीहरूले यसलाई पटक्‍कै स्विकार्दैनन्। तिनीहरू बरु मर्न तयार हुन्छन् तर तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्विकार्दैनन्। तैँले सत्यताबारे जे-जसरी सङ्गति गरे पनि, तिनीहरूले भित्री रूपमा यसको प्रतिरोध गर्छन् र तिनीहरू यसप्रति वितृष्ण हुन्छन्। तिनीहरूले तँलाई भित्री रूपमा सराप्‍न, गिल्ला गर्न, र तुच्छ ठान्नसमेत सक्छन्, र तँलाई तिरस्कारपूर्ण व्यवहार गर्न सक्छन्। ख्रीष्टविरोधीहरू सत्यताप्रति शत्रुवत्‌ हुन्छन्; यो एउटा स्पष्ट विशेषता हो। अनि ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका विशेषताहरूचाहिँ के-के हुन्? सही र वस्तुगत रूपमा भन्दा, ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर केही विवेक र समझ पनि भएका मानिसहरूले अरूले तिनीहरूसँग सत्यता सङ्गति गरेपछि आफ्ना धारणाहरू परिवर्तन गर्न र सत्यता स्विकार्न सक्छन्। यदि तिनीहरूलाई काटछाँट गरियो भने, तिनीहरू समर्पित पनि हुन सक्छन्। अर्थात्, जबसम्‍म ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले परमेश्‍वरमा सच्चा रूपमा विश्‍वास गर्छन्, तबसम्‍म तिनीहरूमध्ये धेरैजसोले फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। सारांशमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले परमेश्‍वरका वचनहरू आफैले पढेर, परमेश्‍वरको ताडना र अन्तर्दृष्टि स्विकारेर, वा दाजुभाइ-दिदीबहिनीहरूको काटछाँट, सहयोग, र साथद्वारा सत्यता स्विकार्न र समर्पित हुन सक्छन्। यो एउटा स्पष्ट विशेषता हो। तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्। जोसुकैले सत्यता सङ्गति गरे पनि, न त तिनीहरूले सुन्छन् न त तिनीहरू समर्पित नै हुन्छन्। तिनीहरूसँग एउटै मनोवृत्ति हुन्छ: तिनीहरू बरु मर्न तयार हुन्छन् तर तिनीहरूले सत्यता स्विकार्दैनन्। तैँले तिनीहरूलाई जे-जसरी काटछाँट गरे पनि त्यो व्यर्थ हुन्छ। तैँले सक्दो स्पष्ट रूपमा सत्यता सङ्गति गरे पनि तिनीहरूले त्यो स्विकार्दैनन्; सत्यताप्रति तिनीहरूले आन्तरिक रूपमा प्रतिरोधसमेत गर्छन् र तिनीहरू यसप्रति वितृष्णसमेत हुन्छन्। के सत्यतालाई घृणा गर्ने यस्तो स्वभाव भएको व्यक्ति परमेश्‍वरमा समर्पित हुन सक्छ? अवश्य नै सक्दैन। त्यसकारण, ख्रीष्टविरोधीहरू परमेश्‍वरका शत्रु हुन्, र तिनीहरू छुटकारा दिन नसकिने मानिसहरू हुन्।

तिनीहरूलाई मानवताका आधारमा छुट्ट्याउने

भर्खरै, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबाट छुट्ट्याउने अर्को विशेषता पनि उल्लेख गर्‍यौ, र त्यो मानवताको दृष्टिकोणबाट छुट्ट्याउनु हो। कसलाई यो विशेषताबारे थप सङ्गति गर्न मन छ? (ख्रीष्टविरोधीहरूमा विशेष रूपमा दुर्भावपूर्ण मानवता हुन्छ; तिनीहरूले मानिसहरूलाई दमन गर्न र कष्ट दिन सक्छन्, र तिनीहरूले जति नै धेरै दुष्टता गरे पनि पश्‍चात्ताप गर्न जान्दैनन्।) ठीक भनिस्, ख्रीष्टविरोधीहरूको मुख्य विशेषता भनेको तिनीहरूको दुर्भावपूर्ण मानवता, तिनीहरूको निर्लज्जता, र तिनीहरूमा हुने विवेक र समझको कमी हो। तिनीहरूले मण्डलीमा जति धेरै दुष्ट कार्यहरू गरे पनि वा मण्डलीको कामलाई जति धेरै हानि गरे पनि, तिनीहरूले यसलाई लाजमर्दो ठान्दैनन्, न त तिनीहरूले आफूलाई पापी नै ठान्छन्। चाहे परमेश्‍वरको घरले तिनीहरूलाई खुलासा गरोस् वा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गरून्, तिनीहरू विचलित हुँदैनन्, र तिनीहरूले धिक्‍कार वा व्याकुलता महसुस गर्दैनन्। मानवताको हिसाबमा ख्रीष्टविरोधीहरूको प्रकटीकरण यही हो। तिनीहरूको मुख्य विशेषता विवेक र समझको कमी हुनु, र लाजको कमी हुनु, र अत्यन्तै क्रूर स्वभाव हुनु हो। तिनीहरूका हितहरूमा हात हाल्ने जोकोहीलाई तिनीहरूले आलोचना गर्छन् र सास्ती दिन्छन्, र तिनीहरूमा बदला लिने अत्यन्तै तीव्र इच्छा हुन्छ, र तिनीहरूले कसैलाई पनि छोड्दैनन्, चाहे ती आफ्ना आफन्तहरू नै किन नहोऊन्। ख्रीष्टविरोधीहरू यति क्रूर हुन्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले भने जति नै धेरै भ्रष्टता प्रकट गरे पनि, तिनीहरू दुष्ट मानिस नै हुन् भन्‍ने हुँदैन। तिनीहरूको मानवतामा तिनीहरूसँग जुनसुकै कमीकमजोरी वा खोटहरू भए पनि, तिनीहरूले जुनसुकै गल्तीहरू गर्न सक्ने भए पनि, वा जुनसुकै हिसाबमा तिनीहरूले असफल हुन र ठेस खान सक्ने भए पनि, तिनीहरूले पछि आत्मचिन्तन गर्न र पाठहरू सिक्न सक्छन्। काटछाँट सामना गर्नुपर्दा, तिनीहरूले आफ्ना गल्तीहरू स्विकार्न र पछुतो महसुस गर्न सक्छन्; अनि जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको आलोचना वा खुलासा गर्छन्—त्यो समयमा तिनीहरूले आफूलाई अलिक बचाउने प्रयास गर्न सक्ने र तिनीहरू स्विकार्न अनिच्छुक हुन सक्ने भए पनि—तिनीहरूले वास्तवमा हृदयमा आफ्नो गल्ती स्विकारिसकेका र तिनीहरू समर्पित भइसकेका हुन्छन्। यसले प्रमाणित गर्छ कि, अझै पनि तिनीहरूले सत्यता स्विकार्न सक्छन् र तिनीहरूलाई सुधार्न सकिन्छ। जब तिनीहरूले गल्ती गर्छन् वा कुनै पनि समस्याहरू सामना गर्छन्, तब पनि तिनीहरूको विवेक र समझले अझै काम गर्न सक्छ; तिनीहरू सचेत हुन्छन्, संवेदनशून्य र असंवेदनशील, वा हठी र कुराहरू स्विकार्न नमान्‍ने हुँदैनन्। यसका साथै, यस्तो व्यक्तिमा ख्रीष्टविरोधीहरूको स्वभाव हुने भए पनि, ऊ तुलनात्मक रूपमा सहानुभूतिपूर्ण र अलिक दयालु हुन्छ। जब तिनीहरूलाई विभिन्‍न कुराहरू आइपर्छन्, तब मानवताको हिसाबमा तिनीहरूले देखाउने विशेषताहरूलाई—सबैभन्दा उपयुक्त र बुझ्न सजिलो तरिकाले भन्‍नुपर्दा—तुलनात्मक रूपमा समझदार भनेर व्याख्या गर्न सकिन्छ। यदि तिनीहरूलाई गम्भीर रूपमा काटछाँट गरियो भने, बढीमा तिनीहरूले हृदयमा अलिक विकर्षित महसुस गर्न सक्छन्, तर तिनीहरूको मानवताको प्रकटीकरणबाट हेर्दा देख्‍न सकिन्छ कि तिनीहरूलाई अझै पनि लाज लाग्छ, तिनीहरूलाई तिनीहरूको विवेकले घोच्‍न सक्छ, र तिनीहरूको समझले तिनीहरूमा निश्‍चित प्रतिबन्धात्मक प्रभाव पार्न सक्छ। यदि तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा घाटा पुर्‍याउँछन् वा कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुर्‍याउँछन् भने, तिनीहरूले भित्री रूपमा सधैँ असहज महसुस गर्छन् र आफू परमेश्‍वरप्रति ऋणी भएको छु भन्‍ने अनुभूति गर्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले फरक-फरक मात्रामा यी प्रकटीकरणहरू प्रकट गर्छन्। घटना घटेपछि यी मानिसहरूले तुरुन्तै परिपूर्ति नगर्ने वा सही छनौटहरू नगर्ने र सही तरिकाले अभ्यास नगर्ने भए पनि, तिनीहरूको हृदयमा अझै पनि चेतनाको बोध हुन्छ। तिनीहरूको विवेकले तिनीहरूलाई घोच्छ; तिनीहरूलाई आफूले गलत काम गरेको छु र अब फेरि त्यसरी व्यवहार गर्नु हुँदैन भन्‍ने थाहा हुन्छ, र तिनीहरूलाई आफू असल मानिस होइन भन्‍ने पनि महसुस हुन्छ—सूक्ष्म रूपमा तिनीहरू सबैमा यी भावनाहरू हुन सक्छन्। यति मात्र होइन, समय बित्दै जाँदा, तिनीहरूको स्थिति उल्टिनेछ, र तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्नेछन्। तिनीहरूले सुरुमा सही छनौटहरू नगरेकोमा वा सही रूपमा अभ्यास नगरेकोमा गहन पछुतो महसुस गर्नेछन्, र तिनीहरूलाई ग्लानि हुनेछ। यी प्रकटीकरणहरू भ्रष्ट मानिसहरूका सबैभन्दा आम र साधारण प्रकटीकरणहरू हुन्। तर ख्रीष्टविरोधीहरू विशेष हुन्छन्; तिनीहरू मानिसहरू होइनन्, दियाबलसहरू हुन्। तिनीहरूले दुष्टता वा पाप गरेपछि जति धेरै समय बित्दा पनि, तिनीहरूलाई बिलकुलै पछुतो हुँदैन; तिनीहरू जिद्दी भइरहन्छन्, र अन्त्यसम्मै त्यसैमा लागिरहन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू साधारण काटछाँट सामना गर्दा समर्पित हुन सक्छन्। गम्भीर काटछाँट सामना गर्दा, त्यो समयमा तिनीहरूले आफ्नो पक्षमा तर्क गर्न, कुराहरू इन्कार्न, र यसलाई स्विकार्न नमान्‍न सक्छन्, तर पछि गएर तिनीहरूले आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न, अनि पछुताउन र पश्‍चात्ताप गर्न सक्छन्। कसैले तिनीहरूलाई कुनै मानवता नभएको भनी गिल्ला र आलोचना गरे पनि, तिनीहरूले हृदयमा पीडा महसुस त गर्लान् तर त्यो व्यक्तिसँग लड्ने वा उसलाई शत्रुझैँ व्यवहार गर्ने गर्दैनन्। तिनीहरूले अर्को व्यक्तिलाई पनि बुझ्न सक्छन्, र यस्तो सोच्छन्, “त्यो गल्ती गरेकोमा म मात्रै दोषी छु; अरूले मलाई जे-जसरी व्यवहार गर्छन् त्यो म जेको लायक छु त्योभन्दा बढी होइन।” यी प्रकटीकरणहरू फरक-फरक मानिसहरूमा फरक-फरक मात्रामा प्रकट हुन्छन्। छोटकरीमा भन्‍नुपर्दा, यी प्रकटीकरणहरू ख्रीष्टविरोधीहरूको स्वभाव भएका, भ्रष्ट स्वभाव भएका मानिसहरूका सामान्य र प्राकृतिक प्रकटीकरण हुन्, र यही कुरामा तिनीहरू ख्रीष्टविरोधीहरूभन्दा प्रस्ट रूपमा फरक हुन्छन्। यी दुई स्थितिहरूका फरक-फरक प्रकटीकरणहरूबाट, कुन-कुन मानिसहरू दुष्ट मानिस र ख्रीष्टविरोधी हुन्, र कुन-कुन चाहिँ ख्रीष्टविरोधीहरूको स्वभाव मात्र भएका मानिस हुन् तर दुष्ट मानिस होइनन् भन्‍ने कुरा तुरुन्तै प्रस्ट हुन्छ।

तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन् कि गर्दैनन् भन्‍ने आधारमा तिनीहरूलाई छुट्ट्याउने

ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका भिन्‍नताहरूका दुई वटा पक्षहरूबारे भर्खरै उल्लेख गरियो: पहिलो पक्ष सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो; सत्यताप्रतिको मानिसहरूको मनोवृत्ति भनेको परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति हो। यो पक्षमा, यी दुई प्रकारका मानिसहरूबीच स्पष्ट भिन्‍नता रहेको छ। दोस्रो कुरा, मानवताको हिसाबमा भन्दा, यी दुई प्रकारका मानिसहरूमा स्पष्ट रूपमा सारगत भिन्‍नता पनि रहेको छ। यी दुई विशेषताहरू अत्यन्तै स्पष्ट छन्; तिनीहरू पूर्ण रूपमा फरक प्रकारका मानिसहरू हुन्। यी दुई भिन्‍नताहरूबाहेक, अर्को पक्ष भनेको दुष्टता गरेपछि पश्‍चात्तापको कुनै प्रकटीकरण हुन्छ कि हुँदैन भन्‍ने कुरा हो। ख्रीष्टविरोधीहरूको हकमा भन्दा, तिनीहरूले जस्तोसुकै दुष्ट कार्यहरू गरे पनि—तिनीहरूले मानिसहरूलाई सास्ती दिए पनि, स्वतन्त्र राज्यहरू स्थापना गरे पनि, हैसियतका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरे पनि, भेटीहरू वा अरू जे चोरे पनि—तिनीहरूलाई सिधै खुलासा गरिए पनि, तिनीहरूले यी कार्यहरू गरेको स्विकार्दैनन्। यदि तिनीहरूले ती स्विकार्दैनन् भने, के तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन् त? तिनीहरू पश्‍चात्ताप गर्नुभन्दा बरु मर्न चाहन्छन्। तिनीहरू आफूले दुष्ट कार्यहरू गरेको तथ्य स्विकार्दैनन्। खुलासा पूर्ण रूपमा सही छ भन्‍ने महसुस भए पनि, तिनीहरूले यसको प्रतिरोध र विरोध गर्छन्। तिनीहरूले कदापि आफू गलत मार्गमा पो छु कि भनेर चिन्तन गर्ने वा “मलाई ख्रीष्टविरोधीको रूपमा चित्रण गरिएको छ। यो धेरै खतरनाक हो, र मैले पश्‍चात्ताप गर्नुपर्छ” भनेर भन्‍ने गर्दैनन्। तिनीहरूका मनमा यस्ता विचारहरू पटक्‍कै हुँदैनन्। तिनीहरूको मानवतामा यी गुणहरू हुँदैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूमा एउटा स्पष्ट विशेषता हुन्छ: तिनीहरूले परमेश्‍वरमा जति वर्ष विश्‍वास गरे पनि, तिनीहरूले सत्यता पटक्‍कै स्विकार्दैनन् र कुनै वास्तविक परिवर्तन देखाउँदैनन्। तिनीहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा, तिनीहरू भीडभन्दा अलग हुन, शक्ति र नाफाका लागि प्रतिस्पर्धा गर्न, मानिसहरूलाई सास्ती दिन, र गुटबन्दी गरेर मण्डलीलाई विभाजित गर्न मन पर्छ। शक्ति हातमा लिने प्रयास गर्नुपछाडिको तिनीहरूको उद्देश्य मण्डलीको भरमा बाँच्नु र स्वतन्त्र राज्य स्थापना गर्नु हो। तीनदेखि पाँच वर्षसम्म विश्‍वास गरेपछि, जब तैँले तिनीहरूलाई फेरि भेट्छस्, तब पनि तिनीहरूले बिनाकुनै परिवर्तन यिनै प्रकटीकरण र विशेषताहरू प्रदर्शन गर्छन्। आठदश वर्षपछि पनि तिनीहरू उस्तै रहन्छन्। कति मानिसहरू भन्छन्, “२० वर्ष विश्‍वास गरेपछि तिनीहरू परिवर्तन होलान्!” के तिनीहरू परिवर्तन हुन सक्छन् त? (सक्दैनन्।) तिनीहरू परिवर्तन हुनेछैनन्। चाहे तिनीहरूले केही व्यक्तिहरूसँग अन्तरक्रिया गरिरहेका होऊन् वा बहुसङ्ख्यकसँग, साधारण कर्तव्य निर्वाह गरिरहेका होऊन् वा अगुवा वा कामदारका रूपमा काम गरिरहेका होऊन्, तिनीहरूले यिनै प्रकटीकरणहरू प्रदर्शन गर्छन्। तिनीहरू कहिल्यै पश्‍चात्ताप गर्दैनन् वा पछाडि फर्कँदैनन्, र अन्त्यसम्म एउटै मार्गमा जिद्दीपूर्वक लागिरहन्छन्। तिनीहरूले किमार्थ पश्‍चात्ताप गर्नेछैनन्। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको कुरा गर्नुपर्दा, कतिपय दुष्ट मानिस नहोलान्, तर तिनीहरूमा पनि भ्रष्ट स्वभावहरू हुन्छन्। तिनीहरूले अहङ्कार, छल, स्वार्थ, नीचता, र अन्य प्रकारका भ्रष्टता प्रकट गर्छन्। तिनीहरूले खराब मानवता पनि देखाउँछन्। जब तिनीहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तब तिनीहरूले ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्न, मानिसहरूको आदर पाउनहेतु आफूलाई अलग देखाउन पनि चाहन्छन्, र अगुवा बन्‍ने र शक्ति हत्याउने महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्छन्। यी प्रकटीकरणहरू भ्रष्ट मानिसहरूमा फरक-फरक मात्रामा रहेका हुन्छन् र ख्रीष्टविरोधीहरूका भन्दा त्यति फरक हुँदैनन्। तर, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय र खुलासा अनुभव गरेर केही सत्यताहरू बुझ्छन्, र तिनीहरूले झन्झन् कम मात्रामा यी भ्रष्ट स्वभावहरू प्रकट गर्छन्। यी भ्रष्ट स्वभावहरू किन झन्झन् कम प्रकट हुँदै जान्छन्? किनभने सत्यता बुझेपछि, तिनीहरूले यी व्यवहार र प्रकटीकरणहरू भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् भन्‍ने महसुस गर्छन्। यस विन्दुमा मात्रै तिनीहरूको विवेक सचेत हुन्छ, र तिनीहरूले आफू गहन रूपमा भ्रष्ट रहेछु र वास्तवमै आफूमा मानवको रूप रहेनछ भन्‍ने देख्छन्। त्यसपछि तिनीहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र तिनीहरूले यी भ्रष्ट स्वभावहरू कसरी फाल्ने, र तिनको बन्धनबाट कसरी मुक्त हुन, अनि सत्यता पछ्याउने र अभ्यास गर्ने व्यक्ति बन्‍न सकिन्छ भनेर सोच्छन्। यो प्रकटीकरण के हो? के यो क्रमिक रूपमा पश्‍चात्ताप गर्नु होइन र? (हो।) परमेश्‍वरको काम अनुभव गर्ने क्रममा, तिनीहरूले आफ्नै समस्याहरू पत्ता लगाउँछन्, आफ्ना भ्रष्ट स्वभावहरू पहिचान गर्छन्, र आफ्ना विभिन्‍न स्थितिहरू बुझ्छन्। तिनीहरूले आफ्नो मानवता सार पनि थाहा पाउँछन्, र तिनीहरूको विवेक झन्झन् सचेत हुन्छ; तिनीहरूलाई आफू गहन रूपमा भ्रष्ट छु र परमेश्‍वरद्वारा प्रयोग गरिन अयोग्य छु र आफू परमेश्‍वरको तिरस्कारको लायक बनेको छु भन्‍ने झन्झन् महसुस हुन्छ, र तिनीहरूले भित्री रूपमा आफैलाई तिरस्कार गर्छन्। अचेतन रूपमा, तिनीहरूले हृदयको गहिराइमा बिस्तारै पश्‍चात्ताप गर्छन्, र यो पश्‍चात्तापपछि, केही थोरै परिवर्तनहरू आउँछन्, र तिनीहरूको व्यवहारमा अलिअलि परिवर्तनहरू देख्‍न सकिन्छ। उदाहरणका लागि, सुरुमा जब कसैले तिनीहरूको समस्या खुलासा गर्थ्यो, तब तिनीहरू विकर्षित हुन्थे, तिनीहरू लज्‍जित रूपमा क्रोधित हुन्थे, र तिनीहरूले आफ्‍नो कुरा बुझाउने र आफूलाई सही साबित गर्ने प्रयास गर्थे, र आफूलाई रक्षा गर्न विभिन्‍न बहाना र कारणहरू खोज्ने सक्दो प्रयास गर्थे। तर निरन्तरको अनुभवहरूमार्फत, तिनीहरूले यो व्यवहार गलत छ भन्‍ने महसुस गर्छन् र यो स्थिति र व्यवहार सुधार्न थाल्छन्, सही दृष्टिकोणहरू स्विकार्न मेहनत गर्छन्, र अरूसँग सद्भावपूर्ण सहकार्य गर्न लागिपर्छन्। तिनीहरू आफूलाई केही हुँदा अरूबाट मद्दत खोज्न र अरूसँग सङ्गति गर्न सिक्छन्, साथै तिनीहरू हृदयदेखि कुराकानी गर्न र अरूसँग मैत्रीपूर्ण तरिकाले मिलेर बस्न सिक्छन्। के यी पश्‍चात्तापका प्रकटीकरणहरू हुन्? (हुन्।) परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूले आफूले प्रकट गर्ने ख्रीष्टविरोधीहरूका केही स्वभाव, व्यवहार र प्रकटीकरणहरूबारे क्रमिक रूपमा साँचो बुझाइ प्राप्त गर्छन्। त्यसपछि तिनीहरूले क्रमिक रूपमा आफ्ना भ्रष्ट स्वभावहरू फाल्छन्, र तिनीहरू आफ्नो पहिलेको गलत जीवनशैली त्याग्‍न, र ख्याति र हैसियतको पछ्याइ त्याग्‍न सक्षम बन्छन्, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न, आफूलाई आचरणमा ढाल्न, र आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम बन्छन्। यस्तो परिवर्तन कसरी हासिल हुन्छ? के यो सत्यता स्विकारेर अनि निरन्तर आफूलाई परिवर्तन गर्दै पश्‍चात्ताप गरेर हासिल हुने हो? (हो।) यी सबै कुराहरू निरन्तर पश्‍चात्ताप गर्ने क्रममा हासिल हुन्छन्। त्यसपछि, तिनीहरूको स्थिति अवश्यै सुधार हुन्छ, तिनीहरूको अनुभव गहन हुँदै जाँदा तिनीहरूको कद पनि बढ्दै जान्छ, र तिनीहरू आफूलाई केही हुँदा आत्मचिन्तन गर्न सक्षम हुन्छन्। तिनीहरूले बाधा वा असफलता सामना गर्दा होस्, वा तिनीहरू काटछाँटमा पर्दा होस्, तिनीहरूले यी मामलाहरू परमेश्‍वरसामु ल्याउँछन् र उहाँलाई प्रार्थना गर्छन्, साथै परमेश्‍वरका वचनहरू पढ्दा तिनीहरूले आफ्नो भ्रष्ट स्थितिलाई यी वचनहरूसँग जोड्न, चिरफार गर्न, र बुझ्न पनि सक्छन्। तिनीहरूले आफूलाई केही हुँदा अझै भ्रष्टता प्रकट गर्न र गलत विचारहरू विकास गर्न सक्‍ने भए पनि, तिनीहरूले आत्मचिन्तन गर्न र आफूविरुद्ध विद्रोह गर्न सक्छन्। तिनीहरू यी समस्याहरूबारे सचेत हुन्जेल, तिनीहरूले तिनलाई समाधान गर्नहेतु निरन्तर सत्यता खोजी गर्न सक्छन् र पश्‍चात्ताप अभ्यास गर्न सक्छन्। यो प्रगति अत्यन्तै ढिलो र परिणामहरू न्यून हुने भए पनि, तिनीहरू हृदयको अन्तस्करणमा निरन्तर परिवर्तन भइरहेका हुन्छन्। यस्ता मानिसहरूले सधैँ सक्रिय, सकारात्मक, र स्वउत्प्रेरित मनोवृत्ति र आफूलाई बदल्ने र पश्‍चात्ताप गर्ने स्थिति कायम राख्छन्। तिनीहरूले कहिलेकाहीँ ख्याति र हैसियतका लागि अरूसँग प्रतिस्पर्धा गर्ने र ख्रीष्टविरोधीहरूका केही प्रकटीकरण र कार्यहरू फरक-फरक मात्रामा प्रकट गर्ने भए पनि, केही काटछाँट, न्याय, र सजाय, वा परमेश्‍वरको ताडना अनुभव गरेपछि, यी भ्रष्ट स्वभावहरू फरक-फरक मात्रामा फालिन्छन् र रूपान्तरित हुन्छन्। यी परिणामहरू हासिल हुनुको मुख्य कारण भनेको यस्तो व्यक्तिले आफ्नो हृदयको गहिराइमा आफ्ना भ्रष्ट स्वभावहरू र आफूले लिएका गलत मार्गहरूबारे चिन्तन गर्न र बुझ्न सक्नु, र आफूलाई बदल्न सक्नु हो। तिनीहरूको परिवर्तनबाट आउने परिवर्तन, वृद्धि, र प्राप्तिहरू अत्यन्तै साना हुने, प्रगति तिनीहरू आफैले नदेख्ने गरी अत्यन्तै ढिलो हुने भए पनि, तीनदेखि पाँच वर्ष त्यस्ता अनुभवहरू प्राप्त गरेपछि, तिनीहरूले आफूमा केही परिवर्तनहरू आएको महसुस गर्न सक्छन्, र तिनीहरूका छेउछाउका मानिसहरूले पनि यो कुरा देख्‍न सक्छन्। जे होस्, ख्रीष्टविरोधीहरूको स्वभाव भएका त्यस्ता मानिसहरू र ख्रीष्टविरोधीहरूबीच एउटा भिन्‍नता हुन्छ। यस सन्दर्भमा मुख्य विशेषताचाहिँ के हो? (ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले पश्‍चात्ताप गर्न सक्छन्।) जब तिनीहरूले कुनै गलत काम गर्छन्, अपराध गर्छन्, वा काटछाँट, न्याय र सजाय, ताडना वा अनुशासन सामना गर्छन्, तब तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन्। आफूले गलत काम वा गल्ती गरेको महसुस हुँदा पनि, तिनीहरूले आत्मचिन्तन गर्न सक्छन् र हृदयमा आफूलाई बदल्ने र पश्‍चात्ताप गर्ने मनोवृत्ति अपनाउन सक्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूबाट पूर्ण रूपमा छुटाउने विशेषतापूर्ण भिन्‍नता हो।

ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका भिन्‍नताहरूको सारांश

जो ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू जीवित शैतान हुन्। यो भन्‍न सकिन्छ कि तिनीहरू शैतान भएर जिउँछन्; तिनीहरू मानिसहरूले देख्‍न सक्‍ने दियाबलस र शैतान हुन्। त्यसैले, अब हामी ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका सारगत भिन्‍नताहरू सारांशीकृत गरौँ। एउटा पक्ष सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो। ख्रीष्टविरोधीहरूले सत्यता पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, सकारात्मक कुरा हुन्, मानिसहरूलाई फाइदा गर्ने वचन हुन्, र सबै सकारात्मक कुराका मापदण्ड हुन्, र मानिसहरूले ती वचनहरू स्विकार्नुपर्छ, तिनमा समर्पित हुनुपर्छ, र तिनलाई अभ्यास गर्नुपर्छ भनेर मौखिक रूपमा स्विकार्न सक्छन्—तिनीहरूले यो सबै कुरा भन्‍न सक्छन्—तर तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न पटक्‍कै सक्दैनन्। तिनीहरूले किन तिनलाई अभ्यास गर्दैनन्? किनभने तिनीहरूले हृदयमा सत्यता स्विकार्दैनन्। मुखले त तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर भन्छन्, तर त्यो पूर्णतया फरक मनसायले भन्छन्: तिनीहरू आफूले सत्यता नस्विकार्ने तथ्य ढाकछोप गर्न र मानिसहरूलाई बहकाउन मात्रै यसो भन्छन्। ख्रीष्टविरोधीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन् भन्दैमा, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर हृदयमा स्विकार्छन् भन्‍ने हुँदैन। तिनीहरूले आधारभूत रूपमा आफ्नो हृदयमा परमेश्‍वरका वचनहरूको सत्यता नस्विकार्ने हुनाले सत्यता अभ्यास गर्न सक्दैनन्; तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि सत्यता स्विकार्न र अभ्यास गर्न अनिच्छुक हुन्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूचाहिँ ख्रीष्टविरोधी नै हुन् भन्‍ने हुँदैन। तिनीहरूमध्ये कतिले फरक-फरक मात्रामा सत्यता, सकारात्मक कुराहरू, र सही वचनहरू स्विकार्न र तिनमा समर्पित हुन सक्छन्—एउटा भिन्‍नता यही हो। ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरू सत्यताप्रति शत्रुवत्‌ हुन्छन्, र तिनीहरूले सत्यताप्रति पिठ्यूँ फर्काउँछन्, तर ख्रीष्टविरोधीहरूको स्वभाव भएका कतिपय मानिसहरूले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्। परमेश्‍वरका वचनहरू पढेर, अनि परमेश्‍वरको काम केही वर्ष अनुभव गरेपछि, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति अलिअलि परिवर्तन हुन सक्छ। तिनीहरूले सत्यता अभ्यास गर्न नसके पनि हृदयको गहिराइमा सत्यता राम्रो हो र यो सही हो भन्‍ने अनुभूति गर्छन्। यति हो कि तिनीहरूले सत्यतालाई प्रेम गर्ने वा यसमा त्यति चासो लिने गर्दैनन्, त्यसैले सत्यता अभ्यास गर्न केही मेहनत र सङ्घर्ष चाहिन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर केही विवेक र समझ भएका मानिसहरूले फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। कम्तीमा पनि, तिनीहरू हृदयको गहिराइमा सत्यताप्रति प्रतिरोधी वा त्यसलाई घिनाउने किसिमका हुँदैनन्, र तिनीहरू सत्यताप्रति वितृष्ण हुँदैनन्। धेरैजसो मानिसहरू यस्तो स्थितिमा हुन्छन् र तिनीहरूले सत्यताप्रति यस्तो प्रकटीकरण देखाउँछन्। त्यस्ता मानिसहरूलाई व्याख्या गर्ने यो तरिकाले तिनीहरूलाई न त राम्रो देखाउँछ न त दुत्कार्छ। यो निकै वस्तुगत छ, होइन र? (हो।) अर्को पक्ष भनेको तिनीहरूलाई मानवताको दृष्टिकोणबाट छुट्ट्याउनु हो, अर्थात् तिनीहरूको विवेक, समझ, र तिनीहरूको मानवताको असलपन वा दुष्टताका आधारमा छुट्ट्याउनु हो। जोसँग दुष्ट मानवता छ, जसले सत्यता स्विकार्दैन, र जो सत्यताप्रति अत्यन्तै वितृष्ण हुन्छ, ऊ अवश्य नै अविश्‍वासी वा ख्रीष्टविरोधी हो। कति मानिसहरूले सत्यतालाई त्यति प्रेम गर्दैनन् र तिनीहरूलाई यसमा रुचि हुँदैन। जब अरूले सत्यता सङ्गति गर्छन्, तब तिनीहरू झुल्छन् र तिनीहरूको जोस हराउँछ। तर, यस्ता मानिसहरूमा दुष्ट मानवता हुँदैन र तिनीहरूले अरूलाई कष्ट दिँदैनन्। यदि तैँले परमेश्‍वरका अभिप्रायहरू, सत्यता सिद्धान्तहरू, वा परमेश्‍वरको घरका नियमहरूबारे सङ्गति गरिस् भने, तिनीहरूले सुन्‍न सक्छन् र तिनीहरू सत्यता स्विकार्न र यसमा लागिपर्न तयार हुन्छन्, तर तिनीहरूले सत्यता अभ्यास गर्न सकिहाल्छन् भन्‍नेचाहिँ हुँदैन। यदि तिनीहरू अगुवा बने भने, तिनीहरूले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न वा परमेश्‍वरसामु ल्याउन नसक्‍ने हुन सक्छ, तर तिनीहरूले तँलाई कष्टचाहिँ कदापि दिनेछैनन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मानवता यही हो। जे होस्, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मानवता त्यति दुष्ट हुँदैन; तिनीहरूले फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। यसविपरीत, ख्रीष्टविरोधीहरूमा विवेक र समझको कमी हुने मात्र होइन, तिनीहरूमा अत्यन्तै क्रूर मानवता पनि हुन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा विवेकको बोध, र केही समझ हुन्छ, र तिनीहरूले निश्‍चित मामलाहरू तर्कसङ्गत रूपमा सम्हाल्न सक्छन्। उदाहरणका लागि, परमेश्‍वरको घरका मागहरू सम्हाल्ने, मण्डलीका विभिन्‍न मानिसहरू सम्हाल्ने, र सकारात्मक र नकारात्मक कुराहरू सम्हाल्ने क्रममा कसरी छनौट गर्ने, कुन पक्ष लिने भन्‍ने सन्दर्भमा, तिनीहरूले यी र यस्तै अन्य मामलाहरू छुट्ट्याउन सक्छन् र, अन्त्यमा, तिनीहरूले आफ्नो विवेकका आधारमा सही निर्णय गर्न सक्छन्। यस प्रकारका मानिसहरूमा त्यस्तो दुष्ट मानवता हुँदैन र तिनीहरू तुलनात्मक रूपमा दयालु हृदयका हुन्छन्। अर्को भिन्‍नता पनि छ, जसबारे हामीले भर्खरै सङ्गति गरेका छौँ, र त्यो के हो भने, ख्रीष्टविरोधीहरूको स्वभाव भएका कति मानिसहरू सत्यता स्विकार्न सक्‍ने हुन्छन्, र जब तिनीहरूले गलत काम गर्छन्, तब तिनीहरूले यसबारे मनन गर्न सक्छन् र तिनीहरूमा पश्‍चात्ताप गर्ने हृदय हुन्छ। यसको उल्टो, ख्रीष्टविरोधीहरूले यी दुई प्रकटीकरणहरू पटक्‍कै प्रदर्शन गर्दैनन्। तिनीहरू जिद्दी र अपरिवर्तनशील हुन्छन् किनभने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरूले सत्यता स्विकार्दैनन्, र तिनीहरूमा अत्यन्तै क्रूर मानवता हुन्छ। यस्ता मानिसहरूले आफूलाई सुल्ट्याएर पश्‍चात्ताप हासिल गर्नु असम्भव हुन्छ। कुनै व्यक्तिले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा मुख्य रूपमा ऊसँग विवेक र समझ छ कि छैन भन्‍ने कुरामा, र सत्यताप्रतिको उसको मनोवृत्तिमा निर्भर हुन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा दुष्ट मानवता नहुने, र तिनीहरूमा केही विवेक र समझ हुने, र तिनीहरूले केही सत्यताहरू फरक-फरक मात्रामा स्विकार्न सक्‍ने हुनाले, तिनीहरूले आफूलाई सुल्ट्याउने सम्भावना हुन्छ। जब तिनीहरूले गल्ती वा अपराधहरू गर्छन्, तब काटछाँटमा परेपछि तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन्। यसले ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूसँग मुक्ति पाउने आशा हुन्छ भन्‍ने कुरा निर्धारित गर्छ, जबकि ख्रीष्टविरोधीहरू छुटकारा पाउन नसक्‍ने हुन्छन्; तिनीहरू दियाबलस र शैतानको खालका हुन्छन्। ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका सारगत भिन्‍नताहरू यी केही विशेषताहरू नै हुन्। के यो सारांश निकै वस्तुगत छ? (छ।) ख्रीष्टविरोधीहरूका यी केही विशेषताहरूका सम्बन्धमा, हामीले सङ्गति गरेका विस्तृत प्रकटीकरणहरू वस्तुगत छन् र तथ्यहरूसँग मिल्दो छन्, र तिनमा कुनै पनि दुत्कारको तत्त्व छैन। परमेश्‍वरका चुनिएका मानिसहरू सबैले यसको सामना गरेका र यसलाई देखेका छन्; ख्रीष्टविरोधीहरू यस्तै हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका हकमा, हामीले विभिन्‍न प्रकटीकरणहरू पनि खुलासा गरेका छौँ, र ती सबै मानिसहरूले देख्न सक्ने र तथ्यहरूअनुरूप छन्, जसमा कुनै मिठो बनावट गरिएको छैन।

ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मानवतामा धेरै खोट र त्रुटिहरू हुन्छन्, र तिनीहरूले फरक-फरक मात्रामा विभिन्‍न भ्रष्ट स्वभावहरू पनि प्रकट गर्छन्। हरेक व्यक्तिमा यी भ्रष्ट स्वभावहरूका केही स्पष्ट गुणात्मक विशेषताहरू हुन्छन्। उदाहरणका लागि, कति मानिसहरू एकदमै अहङ्कारी हुन्छन्, कति मानिसहरू एकदमै षड्यन्त्रकारी र छली हुन्छन्, कति मानिसहरू एकदमै हठी हुन्छन्, कति मानिसहरू एकदमै अल्छी हुन्छन्, र यस्तैयस्तै अरूहरू हुन्छन्। यी अभिव्यक्तिहरू ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका प्रकटीकरण हुन्, र यी त्यस्ता मानिसहरूको मानवताका विशेषताहरू हुन्। यी मानिसहरूका हृदयमा केही न केही दया त हुन्छ—सरल रूपमा भन्दा, तिनीहरू अलिक राम्रो हृदयका हुन्छन्—तर समस्याहरू सामना गर्दा, तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा हानि भइरहेको स्पष्ट रूपमै देखे पनि तिनीहरू अरूलाई चिढ्याउँछु भन्‍ने डरले कछुवा आफ्नै खोलमा लुकेझैँ लुक्छन्, र शैतानको दर्शनअनुसार जिउँछन्, र सत्यता सिद्धान्तहरू पालना गर्न अनिच्छुक हुन्छन्। तिनीहरूले यस्तो व्यवहार गर्नु हुँदैन र यसरी काम गरेर तिनीहरूले परमेश्‍वरमाथि अन्याय गरिरहेका हुन्छन् भनेर तिनीहरूलाई भित्री मनमा महसुस हुने भए पनि तिनीहरू मान्छे खुसी पारिहिँड्ने व्यक्ति नबनी बस्‍न सक्दैनन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले आफू बाँच्न र अस्तित्वमा रहनका लागि शैतानको दर्शनमा भरोसा गर्नुपर्छ, र यसरी मात्रै तिनीहरूले आफूलाई रक्षा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, तिनीहरूले मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍ने निर्णय गर्छन् र सत्यता अभ्यास गर्दैनन्। हृदयमा तिनीहरूले यसरी काम गर्दा आफूमा विवेक र मानवता नभएको; आफू मानव नभएको र गार्ड कुकुरभन्दा खराब भएको महसुस गर्छन्। तर, आफूलाई धिक्‍कारेपछि, अर्को परिस्थिति सामना गर्दा, तिनीहरूले अझै पनि पश्‍चात्ताप गर्दैनन् र फेरि उस्तै व्यवहार गर्छन्। तिनीहरू सधैँ कमजोर हुन्छन् र तिनीहरूले सधैँ दोषी महसुस गर्छन्। यसले के प्रमाणित गर्छ? यसले यो प्रमाणित गर्छ कि, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू आफैमा ख्रीष्टविरोधी नहुने भए पनि तिनीहरूको मानवतामा समस्या र कमीकमजोरी हुन्छन्, त्यसकारण तिनीहरूले निश्‍चित रूपमा धेरै भ्रष्टता प्रकट गर्छन्। त्यस्ता व्यक्तिका समग्र प्रकटीकरणहरू हेर्दा, तिनीहरू शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको अवस्थामा अपरिवर्तित रहने व्यक्ति हुन्; परमेश्‍वरले शैतानको सन्तान भनेर भन्‍नुभएका मानिसहरू तिनीहरू नै हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू कसरी ख्रीष्टविरोधीहरूभन्दा असल हुन्छन्? ठ्याक्‍कै भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर ख्रीष्टविरोधीहरूको सार नभएका मानिसहरूले शैतानका विभिन्‍न भ्रष्ट स्वभावहरू प्रकट गरे पनि तिनीहरू अवश्यै दुष्ट मानिस होइनन्। तिनीहरूको अवस्था कुनै व्यक्ति विश्‍वासघाती र दुष्ट पनि छैन र असल पनि छैन भनेजस्तै हुन्छ; यति मात्र हो कि तिनीहरूले सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरू पश्‍चात्ताप गर्न तयार हुन्छन्, र काटछाँटमा परेपछि तिनीहरूले केही समर्पण देखाएर सत्यता स्विकार्न सक्छन्। तिनीहरू दुष्ट मानिस नभए पनि र तिनीहरूसँग अझै परमेश्‍वरको मुक्ति पाउने आशा भए पनि, तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने भनेर परमेश्‍वरले बताउनुहुने मानकभन्दा निकै टाढा हुन्छन्! कति मानिसहरूले तीनदेखि पाँच वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन् र केही परिवर्तन र प्रगति हासिल गर्छन्। कति मानिसहरूले आठदेखि दश वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन् तर बिलकुलै प्रगति हासिल गर्दैनन्। कति मानिसहरूले त परमेश्‍वरमा विश्‍वास गरेको २० वर्ष भएको हुन्छ तैपनि तिनीहरूमा कुनै उल्लेखनीय परिवर्तन आएको हुँदैन; तिनीहरू अझै पहिलेका जस्तै हुन्छन्। तिनीहरू जिद्दी भएर आफ्ना धारणाहरूमा टाँसिरहन्छन्। यति मात्र हो, तिनीहरूले परमेश्‍वरका वचनहरू सुनेका हुनाले र तिनीहरू परमेश्‍वरको घरका विभिन्‍न नियम र प्रावधानहरूद्वारा बाँधिएका हुनाले, तिनीहरूले ठूला गल्तीहरू गरेका हुँदैनन्, र परमेश्‍वरका घरमा गम्भीर घाटा ल्याउने दुष्ट कार्यहरू गरेका हुँदैनन् र ठूला प्रकोपहरू सिर्जना गरेका हुँदैनन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू सबैले अन्त्यमा परमेश्‍वरमार्फत मुक्ति पाउन सक्दैनन्। तिनीहरूमध्ये धेरैजसो सायद श्रमिक हुन्, र तिनीहरूमध्ये कतिलाई अवश्य नै हटाइनेछ। तर जे होस् तिनीहरू दुष्ट मानिस नभए पनि खराब मानवता भएकै मानिस हुन्। तिनीहरूका परिणाम र गन्तव्य अवश्यै उस्तै हुनेछैनन्। यो सबै तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् र तिनीहरूले आफ्नो मार्ग कसरी रोज्छन् भन्‍ने कुरामा निर्भर हुन्छ। कति मानिसहरू भन्छन्, “तपाईंका वचनहरू विरोधाभासपूर्ण छन्। के तपाईंले यी मानिसहरूले आफूलाई सुल्ट्याउन र पश्‍चात्ताप गर्न सक्छन् भनेर भन्‍नुभएको होइन र?” मेरो तात्पर्य के हो भने, यी मानिसहरूले निश्‍चित प्रसङ्ग र फरक-फरक वातावरणमा फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। “फरक-फरक मात्रामा” भन्‍नुको अर्थ के हो? यसको अर्थ के हो भने, कति मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेको तीनदेखि पाँच वर्षपछि थोरथोरै परिवर्तन भएका हुन्छन्, र १० देखि २० वर्षपछि उल्लेखनीय रूपमा परिवर्तन भएका हुन्छन्। कति मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको १० देखि २० वर्ष भएको हुन्छ तर तिनीहरू अझै पनि पहिलोपल्ट विश्‍वास गर्न थाल्दाको अवस्थामा जस्तै हुन्छन्, र तिनीहरू सधैँ “मैले पश्‍चात्ताप गर्नैपर्छ, मैले परमेश्‍वरको प्रेमको चुक्ता गर्नैपर्छ!” भनेर चिच्याउँदै बस्छन् तर वास्तवमा तिनीहरूमा कुनै परिवर्तन आएको हुँदैन। तिनीहरूमा विवेकको बोध हुने भएकाले मात्र तिनीहरूको हृदयमा यस्तो कामना हुन्छ र तिनीहरू सुल्टिएर पश्‍चात्ताप गर्न इच्छुक हुन्छन्। तर, इच्छुक हुनु भनेको सत्यता अभ्यास गर्न सक्‍नुसरह होइन, न त यो वास्तविकतामा प्रवेश गर्नुसरह नै हो। इच्छुक हुनु भनेको त सत्यताको प्रतिरोध नगर्नु, सत्यताप्रति वितृष्ण नहुनु, सत्यतालाई खुलेआम बदनाम नगर्नु, परमेश्‍वरलाई खुलेआम आलोचना नगर्नु, दोष नदिनु, वा ईश्‍वरनिन्दा नगर्नु मात्रै हो—इच्छुक हुनु भनेको यी प्रकटीकरणहरू मात्रै हुन्। तर यसको अर्थ साँचो रूपमा समर्पित हुन र सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍नु भन्‍ने होइन, न त यसको अर्थ देह र आफ्नै चाहनाहरूविरुद्ध विद्रोह गर्न सक्‍नु नै हो। के यो वस्तुगत तथ्य हो? (हो।) कुरा ठ्याक्कै त्यही हो। आफ्नो मानवतामा केही विवेक र समझ र अलिकति पश्‍चात्ताप गर्ने हृदय हुनुको अर्थ व्यक्तिमा भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू सारगत रूपमा ख्रीष्टविरोधीहरूभन्दा फरक हुन्छन्, तर यसको अर्थ तिनीहरू सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्‍ने मानिस हुन् भन्‍ने होइन। यसको अर्थ तिनीहरू सत्यता वास्तविकता भएका मानिस हुन्, वा तिनीहरू परमेश्‍वरले प्रेम गर्नुहुने मानिस हुन् भन्‍ने पनि होइन। यी दुई पक्षहरूबीच सारगत भिन्‍नताहरू छन्; यी पूर्ण रूपमा फरक छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू मानवताको हिसाबमा, सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको हिसाबमा, र तिनीहरूको पश्‍चात्तापको मात्राको हिसाबमा ख्रीष्टविरोधीहरूका तुलनामा निश्चय नै निकै राम्रा हुन्छन्। तर, मानिसहरूलाई मापन गर्ने परमेश्‍वरको मानक तिनीहरू ख्रीष्टविरोधीहरूभन्दा कसरी फरक छन् भन्‍ने कुरामा आधारित हुँदैन; मानक यो होइन। परमेश्‍वरले व्यक्तिको मानवता मापन गर्नुहुन्छ, ऊसँग विवेक र समझ छ कि छैन, उसले सत्यतालाई प्रेम र स्वीकार गर्छ कि गर्दैन, उसले आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्छ कि गर्दैन, ऊ परमेश्‍वरमा समर्पित हुन्छ कि हुँदैन, र उसले सत्यता प्राप्त गर्न र मुक्ति हासिल गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा मापन गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई मापन गर्ने मानकहरू यिनै हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका लागि परमेश्‍वरले विभिन्‍न मागहरू अघि सार्नुभएको छ। परमेश्‍वरले ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई मुक्ति दिने उद्देश्यले तिनीहरूलाई मापन गर्न यी मागहरू प्रयोग गर्नुहुन्छ। यो कुरालाई यसरी भनिएको सुनेपछि, तिमीहरूले कुरा बुझ्छौ नि, होइन र? पहिलो कुरा त, तँमा ख्रीष्टविरोधीहरूको स्वभाव जति नै धेरै भए पनि, यदि तैँले सत्यता स्विकार्न सक्छस् भने, तँ ख्रीष्टविरोधी होइनस् भन्‍ने कुरामा तँ प्रस्ट हुनुपर्छ। तँ ख्रीष्टविरोधी नभए पनि यसको अर्थ तँ परमेश्‍वरमा समर्पित व्यक्ति होस् भन्‍नेचाहिँ हुँदैन। सत्यतालाई घिन नमान्‍नु वा सत्यताप्रति वितृष्ण नहुनुको अर्थ तँ सत्यता अभ्यास गर्ने र त्यसमा समर्पित हुने व्यक्ति होस् भन्‍ने हुँदैन। केही विवेक र समझ हुनु, तुलनात्मक रूपमा दयालु हृदयको हुनु, र ख्रीष्टविरोधीहरूको भन्दा राम्रो मानवता हुनुको अर्थ तँ असल व्यक्ति नै होस् भन्‍ने हुँदैन। कुनै व्यक्ति असल हो कि खराब हो भनेर मापन गर्ने मानक ख्रीष्टविरोधीहरूको मानवतामा आधारित हुँदैन। ख्रीष्टविरोधीहरूले जति नै धेरै खराब कामकुरा गरे पनि तिनीहरूले न त ती कुरा कहिल्यै स्विकार्छन् न कहिल्यै पश्‍चात्ताप गर्छन्, बरु तिनीहरू त्यसरी नै काम गर्न जारी राख्छन्; तिनीहरू कहिल्यै पछाडि फर्कँदैनन्, र तिनीहरूले अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका कति मानिसहरूले इमानदारीका साथ आफूलाई सुल्ट्याउन र पश्‍चात्ताप गर्न चाहने भए पनि तिनीहरूले आफूलाई अलिकति सुल्ट्याउँदैमा तिनीहरूमा साँचो पश्‍चात्ताप छ भन्‍ने हुँदैन। पश्‍चात्ताप गर्ने सङ्कल्प हुनुको अर्थ सत्यता बुझ्न, सत्यता प्राप्त गर्न, र जीवन प्राप्त गर्न सक्‍नु होइन।

कति मानिसहरू भन्छन्, “म ख्रीष्टविरोधी होइनँ, त्यसकारण म ख्रीष्टविरोधीहरूभन्दा असल छु र ख्रीष्टविरोधीहरूजति गहन रूपमा भ्रष्ट छैनँ।” के यी शब्दहरू सही छन्? के यो विकृत बुझाइ हो? (हजुर, हो।) ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू आफ्नो भ्रष्ट स्वभावमा ख्रीष्टविरोधीहरूसरह हुन्छन्, तर तिनीहरूको प्रकृति सार फरक हुन्छ। विचार गर त—के यो अभिव्यक्ति सही छ? (छ।) त्यसोभए यसलाई व्याख्या गर त। (ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा पनि ख्रीष्टविरोधीहरूसरहको भ्रष्ट स्वभाव हुन्छ। तिनीहरू दुवैमा अहङ्कारी र दुष्ट स्वभाव हुन्छ, र तिनीहरू दुवैले हैसियत पछ्याउँछन्। तर, तिनीहरूको मानवता सार फरक हुन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा केही विवेकको बोध हुन्छ, र तिनीहरूले विभिन्‍न मात्रामा सत्यता स्विकार्न सक्छन्। तिनीहरूले सत्यताप्रति वितृष्णा राख्दैनन् र सत्यतालाई घृणा गर्दैनन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूमा दुर्भावपूर्ण मानवता सार हुन्छ। तिनीहरूसँग विवेकको कुनै बोध हुँदैन, र तिनीहरूले सत्यताप्रति वितृष्णा राख्छन् र सत्यतालाई घृणा गर्छन्। तिनीहरूले पश्‍चात्ताप गर्दैनन्।) तिनीहरू सबैमा भ्रष्ट स्वभावहरू हुन्छन्, त्यसोभए परमेश्‍वरले किन ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूलाई ख्रीष्टविरोधी र उहाँका शत्रुका रूपमा चित्रण गर्नुहुन्छ? (यो मुख्य रूपमा सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिमा आधारित हुन्छ। ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्णा राख्छन् र सत्यतालाई घृणा गर्छन्, र सत्यतालाई घृणा गर्नु भनेको वास्तवमा परमेश्‍वरलाई घृणा गर्नु हो।) अरू केही छ? (ख्रीष्टविरोधीहरूको सार दियाबलसहरूको सार हो।) के दियाबलसहरूको सार भएका मानिसहरूसँग मुक्ति पाउने कुनै आशा हुन्छ? (हुँदैन।) यी मानिसहरूले सत्यता पटक्‍कै स्विकार्दैनन् र मुक्ति पाउन सक्दैनन्। दुवै प्रकारका मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ भने, मुक्ति पाउन सक्‍ने र मुक्ति पाउन नसक्‍ने मानिसहरूबीच के भिन्‍नता हुन्छ? यी दुई प्रकारका मानिसहरूको भ्रष्ट स्वभाव मात्रै हेर्ने हो भने, तिनीहरू उस्तै हुन्छन्, त्यसकारण किन ख्रीष्टविरोधीहरूले मुक्ति पाउन सक्दैनन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर ख्रीष्टविरोधीहरूको सार नभएका मानिसहरूसँग मुक्ति पाउने झिनो आशा हुन्छ? (ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू ख्रीष्टविरोधीहरूजस्तो सत्यता र सकारात्मक कुराहरूप्रति अत्यन्तै शत्रुवत्‌ हुँदैनन्। तिनीहरूले सत्यतालाई विशेष रूपमा प्रेम नगरे पनि सत्यतालाई घिनाउँदैनन्, बरु त्यसलाई विभिन्‍न मात्रामा स्विकार्न सक्छन्, र तिनीहरू अलिअलि गर्दै परिवर्तन हुँदै जान्छन्। यसका साथै, तिनीहरूको मानवतामा केही विवेकको बोध हुन्छ, जुन कुनै लाजको बोध नहुने ख्रीष्टविरोधीहरूको विपरीत कुरा हो।) मुक्ति पाउने आशा यसैमा निहित हुन्छ; सारगत भिन्‍नता यही हो। ख्रीष्टविरोधीहरूको सारलाई हेर्दा, यस्ता व्यक्तिहरूलाई छुटकारा दिन सकिँदैन र तिनीहरूसँग मुक्ति पाउने कुनै आशा हुँदैन। तैँले तिनीहरूलाई मुक्ति दिन चाहे पनि सक्दैनस्; तिनीहरू परिवर्तन हुनै सक्दैनन्। तिनीहरू शैतानको भ्रष्ट स्वभाव भएको साधारण प्रकारका व्यक्ति होइनन्, बरु दियाबलस र शैतानको जीवन सार भएका व्यक्ति हुन्। यस्ता व्यक्तिहरूलाई कदापि मुक्ति दिन सकिँदैन। तर अर्कोतर्फ, भ्रष्ट स्वभाव भएका साधारण मानिसहरूको सार के हो? तिनीहरूमा भ्रष्ट स्वभाव मात्रै हुन्छ; तर, तिनीहरूमा निश्‍चित मात्रामा विवेक र समझ हुन्छ, र तिनीहरूले केही सत्यताहरू स्विकार्न सक्छन्। यसको अर्थ सत्यताले यी मानिसहरूमा निश्‍चित प्रभाव पार्न सक्छ, जसले गर्दा तिनीहरूले मुक्ति पाउने आशा प्राप्त गर्न सक्छन्। यस प्रकारको व्यक्तिलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। ख्रीष्टविरोधीहरूलाई कदापि मुक्ति दिन सकिँदैन, तर के ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (सकिन्छ।) यदि हामीले तिनीहरूले मुक्ति पाउन सक्छन् भनेर भन्यौँ भने, यो वस्तुगत हुँदैन। हामीले तिनीहरूसँग मुक्ति पाउने आशा हुन्छ भनेर मात्रै भन्‍न सक्छौँ—यो तुलनात्मक रूपमा अलि वस्तुगत हुन्छ। अन्त्यमा, व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा व्यक्तिमै निर्भर हुन्छ। यो उसले साँचो रूपमा सत्यता स्विकार्न र अभ्यास गर्न, साथै सत्यतामा समर्पित हुन सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। त्यसकारण, यस्तो व्यक्तिसँग मुक्ति पाउने आशा हुन्छ भनेर मात्रै भन्‍न सकिन्छ। त्यसोभए ख्रीष्टविरोधीहरूसँग चाहिँ किन मुक्ति पाउने कुनै आशा हुँदैन? किनभने तिनीहरू ख्रीष्टविरोधी हुन्; तिनीहरूमा शैतानको प्रकृति हुन्छ। तिनीहरू सत्यताप्रति शत्रुवत्‌ हुन्छन्, तिनीहरूले परमेश्‍वरलाई घृणा गर्छन्, र सत्यता पटक्‍कै स्विकार्दैनन्। के परमेश्‍वरले अझै पनि तिनीहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ? (सक्‍नुहुन्‍न।) परमेश्‍वरले भ्रष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्छ, शैतान र दियाबलसहरूलाई होइन। परमेश्‍वरले त सत्यता स्विकार्नेहरूलाई मुक्ति दिनुहुन्छ, सत्यतालाई घृणा गर्ने फोहोरीहरूलाई होइन। कुरा प्रस्ट भयो? (भयो।) कति मानिसहरूमा विकृत बुझाइ नहोस् भनेर हामी यसरी सङ्गति गर्छौँ। ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच भिन्‍नता छुट्याएपछि, कति मानिसहरूले आफू ख्रीष्टविरोधी नभएको र यसको अर्थ आफू सुरक्षित क्षेत्रमा रहेको, आफूले आफ्ना लागि साँच्‍चै आश्रय सुनिश्चित गरिसकेको र भविष्यमा अवश्य नै आफूलाई निकाला र निष्कासन नगरिने वा नहटाइने सोच्छन्। के यो विकृत बुझाइ हो? मुक्ति पाउने आशा हुनुको अर्थ व्यक्तिले मुक्ति पाउँछ नै भन्‍ने हुँदैन। यो आशा पूरा गर्नका लागि अझै पनि मानिसहरूले अघि बढेर यो आशा पक्रिनुपर्ने हुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति ख्रीष्टविरोधीहरूको भन्दा फरक छ। तँ सत्यताप्रति वितृष्ण छैनस्, वा तेरो मानवता ख्रीष्टविरोधीहरूको भन्दा अलिक राम्रो छ; तँसँग केही विवेकको बोध छ, तँ तुलनात्मक रूपमा दयालु हृदयको छस्, तँ अरूलाई हानि गर्दैनस्, कुनै गल्ती गर्दा तँ पश्‍चात्ताप गर्न जान्दछस्, र तँ आफूलाई परिवर्तन गर्न सक्छस्। यी थोरै गुणहरू मात्र हुनु भनेको तैँले सत्यता स्विकार्ने, सत्यता अभ्यास गर्ने, र मुक्ति प्राप्त गर्ने आधारभूत सर्तहरू पूरा गरेको छस् भन्‍ने हो। तर तँ ख्रीष्टविरोधी होइनस् भनेर भन्‍नुको अर्थ तैँले मुक्ति पाउँछस् भन्‍नेचाहिँ होइन। तँ ख्रीष्टविरोधी होइनस्, तर तँ अझै पनि भ्रष्ट मानव होस्। के सबै भ्रष्ट मानिसहरूले मुक्ति पाउन सक्छन्? सक्छन् नै भन्‍ने छैन। व्यक्ति ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति नभए पनि, उसले सत्यता पछ्याउँदैन भने मुक्ति पाउन सक्दैन। मानिसहरूले सत्यता स्विकारेर र पछ्याएर परमेश्‍वरको मुक्ति प्राप्त गर्छन्। मानिसहरूको भ्रष्ट स्वभाव परमेश्‍वरविरोधी हुन्छ। कसैमा भ्रष्ट स्वभावहरू छन् भने, उसले अझै पनि परमेश्‍वरविरुद्ध विद्रोह गर्न, परमेश्‍वरको अवज्ञा गर्न, परमेश्‍वरलाई धोका दिन, आदि इत्यादि गर्न सक्छ। त्यसकारण, तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, परीक्षा, र शोधनहरू स्विकार्नुपर्छ; तिनीहरूलाई परमेश्‍वरका वचनहरूको आपूर्ति र मार्गदर्शन, परमेश्‍वरको काटछाँट, अनुशासन, र दण्ड, आदि इत्यादि कुराको आवश्यकता हुन्छ—परमेश्‍वरले गर्नुहुने यो कुनै पनि काममा कमी हुनु हुँदैन। त्यसकारण, मुक्ति हासिल गर्नका लागि, पहिलो कुरा, परमेश्‍वरको काम चाहिन्छ, र यसका साथै, मानिसहरूमा सहकार्य गर्ने सङ्कल्प हुनुपर्छ। तिनीहरूले कठिनाइ भोग्‍न र मूल्य चुकाउन, सत्यता बुझेपछि सत्यता वास्तविकतामा प्रवेश गर्न, आदि इत्यादि कुराहरू गर्न सक्‍नुपर्छ। परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति प्राप्त गर्ने, र सत्यतासम्बन्धी बुझाइका आधारमा देहधारी परमेश्‍वरद्वारा सिद्ध पारिने अत्यन्तै दुर्लभ आशिष् प्राप्त गर्ने एउटै मात्र तरिका यही हो। यो कुरा यति सरल छ। हुन्छ, ल यो विषयको सङ्गति यहीँ समाप्त गरौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्