अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०) खण्ड पाँच

झूटा अगुवाहरूले परमेश्‍वरका वचनहरूअनुसार नभई आफ्नै अभिरुचिहरूअनुसार मानिसहरूलाई व्यवहार गर्छन्। तिनीहरूले बिनाकुनै सिद्धान्त काम गर्छन्, र जे मन लाग्‍यो त्यही गर्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहेको देख्दा, झूटा अगुवाहरूले तिनीहरूलाई घृणा गर्दैनन्। तिनीहरू त ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाए तिनीहरूको बाधा र अवरोधहरू रोक्न सकिन्छ भन्‍ने विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरू कस्ता किसिमका मानिस हुन्? तिनीहरू दियाबलस हुन्, तिनीहरू शैतान हुन्! ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा जतिसुकै वर्ष विश्‍वास गरेका भए पनि सत्यता पटक्‍कै स्विकार्दैनन् र तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउन र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा दिन सक्छन्। तिनीहरू वास्तविक जीवनका दियाबलस र शैतानहरू हुन्। झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका वचनहरूका केही खण्ड पढेर सुनाएपछि तिनीहरूले पछुतो मान्ने र तिनीहरूको मन बदलिने आशा गर्छन्। के यो अत्यन्तै मूर्खतापूर्ण कुरा होइन र? ख्रीष्टविरोधीजस्ता मानिसहरूले सत्यता पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले जतिसुकै दुष्ट कार्यहरू गरे पनि आत्मचिन्तन गर्दैनन् वा आफूलाई चिन्दैनन्, र तिनीहरूले जतिसुकै गल्तीहरू गरे पनि ती गल्तीहरू स्विकार्दैनन्। तिनीहरू नरक जाने नियति भएका अलच्छिना हुन्, तैपनि तँ परमेश्‍वरका वचनहरूका केही खण्ड पढेर सुनाउँदा र केही अर्तीका वचन दिँदा तिनीहरूलाई परिवर्तन गर्न सकिन्छ भन्‍ने सोच्छस्—के यो दिवास्वप्न होइन र? यदि भ्रष्ट मानवजातिले यति सजिलै सत्यता स्विकार्न सक्थ्यो भने, परमेश्‍वरले न्याय र सजायको काम नै गर्नुपर्दैनथ्यो। परमेश्‍वरले आफ्नो काममा किन यति धेरै वचनहरू बोल्नुहुन्छ र यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ? किनभने मानिसहरूलाई मुक्ति दिनु सजिलो छैन, किनभने मानिसहरूका कठिनाइहरू धेरै छन् र तिनीहरूको विद्रोह अत्यन्तै ठूलो छ! सत्यता स्विकार्न सक्‍नेहरूले मात्रै मुक्ति पाउन सक्छन्। सत्यताप्रति वितृष्णा राख्‍ने र त्यसलाई घृणा गर्नेहरूले मुक्ति पाउन सक्दैनन्। तर, झूटा अगुवाहरूले यो विश्‍वास गर्छन् कि, यदि तिनीहरूले अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूलाई केही कठोर शब्दहरू भनेमा, ती व्यक्तिहरूले पछुतो मान्‍नेछन् र आफूलाई चिन्‍नेछन्, र त्यसपछि यदि तिनीहरूले तिनीहरूलाई केही अर्ती र सान्त्वनाका शब्दहरू भनेमा, तिनीहरूले पश्‍चात्ताप गर्नेछन्, र यसरी तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा ध्यान दिन, बफादार बन्‍न, र स्वभाव परिवर्तन गर्न सक्‍नेछन्, अनि तिनीहरूले ख्रीष्टविरोधीहरूलाई आज्ञाकारी भेडामा परिणत गर्न सक्‍नेछन्। के यो मूर्ख विचार होइन र? यो अत्यन्तै मूर्ख विचार हो! यो त पागलले बरबराउनुजस्तै हो—कुराहरू कसरी यति सरल हुन सक्छन् र! परमेश्‍वरले तीस वर्षभन्दा पहिलेदेखि न्यायको काम गर्दै आउनुभएको छ, र पनि मानिसहरूले कति नै आत्मज्ञान र रूपान्तरण हासिल गरेका छन् र? अल्पसङ्ख्यक मानिसहरूले मात्रै केही परिणामहरू हासिल गरेका छन्। जसले सत्यतालाई प्रेम गर्दैनन् तिनीहरूले जतिसुकै प्रवचन सुने पनि बढीमा केही धर्मसिद्धान्तहरू मात्र बुझ्छन्। तिनीहरूको जीवन स्वभाव पटक्‍कै परिवर्तन भएको हुँदैन, र तिनीहरूमा असल व्यवहार र असल कार्यहरूसमेत बिरलै देखिन्छन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू धित मरुञ्जेल खाने हुन्—तिनीहरूले सत्यता पटक्‍कै स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरको अनुग्रह लिनमा मात्रै ध्यान दिन्छन् र आशिष्‌हरू मात्रै पछ्याउँछन्; तिनीहरू कपडा लाएका पशुबाहेक अरू केही होइनन्! मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ; तिनीहरू भ्रष्ट स्वभावहरूले भरिएका छन्, र तिनीहरूका हाड र रगत शैतानका विषहरूले भरिएका छन्। यदि तिनीहरू सत्यता, वा परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्दैनन् भने, तिनीहरू कसरी परमेश्‍वरमा साँचो रूपमा समर्पित हुन सक्छन्? तिनीहरूले कसरी बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? तिनीहरू कसरी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छन्? के मुक्ति प्राप्ति मानिसहरूले कल्पना गरेजस्तो सरल हुन सक्छ र? शैतानले मानिसहरूलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याएको छ, यहाँसम्म कि तिनीहरू दियाबलस नै बनिसकेका छन्। अहिले परमेश्‍वर तिनीहरूलाई मुक्ति दिन आउनुभएको छ, तर उहाँले जति धेरै वचनहरू बोल्नुभए पनि, दियाबलस बनिसकेका मानिसहरूलाई साँचो मानवमा परिणत गर्नु अत्यन्तै गाह्रो कार्य हो। परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुपर्ने मात्र होइन, मानिसहरूले पनि सत्यता पछ्याएर, स्विकारेर, अनि अभ्यास गरेर सहकार्य गर्न सक्दो गर्नुपर्छ—त्यसपछि मात्रै तिनीहरूले शैतानको प्रभावबाट उन्मुक्ति पाएर परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्। परमेश्‍वरले एकपटक भन्‍नुभएको छ, “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ।” धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, साँचो रूपमा परमेश्‍वरको न्याय र सजाय अनुभव गर्ने, र उहाँको काममा पूर्ण रूपमा समर्पित हुनेहरू मात्रै शुद्ध गरिन र सिद्ध पारिन सक्छन्। अलिकति पनि सत्यता नस्विकार्ने ती अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरू हृदयमा सत्यताप्रति वितृष्ण हुन्छन्; तिनीहरूले कहिल्यै परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनन्, र तिनीहरू परमेश्‍वरको कामद्वारा प्रकाश गरिन र हटाइन मात्रै सक्छन्। झूटा अगुवाहरूमा परमेश्‍वरको कामसम्बन्धी कुनै बुझाइ हुँदैन। तिनीहरू मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कामबारे यति सरल तरिकाले सोच्छन्, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाइयो र काटछाँटका केही कठोर शब्दहरू भनियो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने र तिनीहरू परिवर्तन हुने, साथै कर्तव्य निभाउँदा तिनीहरू बफादार हुने विश्‍वास गर्छन्। यसमा के समस्या छ? सत्यता नपछ्याउने र सत्यता नबुझ्‍नेबाहेक, झूटा अगुवाहरूको क्षमता अत्यन्तै कमजोर भएकाले पनि यस्तो हुन्छ; त्यसकारण, परमेश्‍वरको काम र परमेश्‍वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भन्‍नेबारे तिनीहरूले बिलकुलै बुझेका हुँदैनन्। व्यक्तिको सार के हो, उसमा सत्यता वास्तविकता छ कि छैन, र उसलाई कसरी व्यवहार गर्नुपर्छ भनेर हेर्न, उसको क्षमता र सत्यताप्रतिको उसको मनोवृत्तिलाई ख्याल गर्नु आवश्यक हुन्छ—तैँले सत्यताबारे उसको बुझाइ कस्तो छ र उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्‍ने कुरा अवलोकन गर्नैपर्छ। त्यसकारण, व्यक्तिले सत्यता बुझ्न सक्छ कि सक्दैन भनेर मापन गर्ने आधार के हो? यो मुख्य रूपमा उसको क्षमताको गुणस्तरमा र परमेश्‍वरका वचनहरूबारे उसको बुझाइ शुद्ध छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। कति मानिसहरू पचाससाठी वर्षसम्म जिएका हुन्छन् र पनि तिनीहरूले अझै मानवजातिको भ्रष्टताको सार र वास्तविकता छर्लङ्ग देख्‍न सक्दैनन्। तिनीहरूले अझै पनि मानव समाज सुन्दर छ भन्‍ने कल्पना गर्छन् र तिनीहरू अरूसँग शान्ति र सद्भावमा जिउन चाहन्छन्। के यो अत्यन्तै मूर्ख र भोलाभाला कुरो होइन र? यदि परमेश्‍वरमा विश्‍वास गर्दा सबै मानिसहरू असल बन्छन् भने, के मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्‍वरको न्याय र सजायको काम आवश्यक हुन्थ्यो र? झूटा अगुवाहरूले विभिन्‍न मानिसहरूलाई परमेश्‍वरका वचनहरूका आधारमा चित्रण गर्दैनन्, बरु तिनीहरूको बाहिरी व्यवहार र व्यक्तिगत प्रभावहरूअनुसार मात्रै चित्रण गर्छन्। तिनीहरूले गर्ने काम पनि केटाकेटीले भाँडाकुटी खेलेजस्तै अत्यन्तै सतही हुन्छ। तिनीहरूले सोच्छन् कि कहिलेकहीँ तिनीहरूले निश्‍चित परिस्थितिमा लागू गर्नका लागि परमेश्‍वरका सही वचनहरू भेट्टाउन सक्छन्, र मानिसहरूलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाउँदा मात्रै पनि यसले तिनीहरूलाई परिवर्तन गर्नेछ: “हेर, मेरो अगुवाइ र अर्तीमा, मेरो प्रेमिलो सहयोगमा, परमेश्‍वरका वचनहरूले मानिसहरूमा प्रभाव पारेका छन्। तिनीहरू अबदेखि ख्रीष्टविरोधी बन्‍न चाहँदैनन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नेबारे आफ्नो दृष्टिकोण परिवर्तन गर्न इच्छुक छन्। तिनीहरूले अबदेखि शक्ति र लाभका लागि प्रतिस्पर्धा गर्नेछैनन्, न त तिनीहरूले स्वतन्त्र राज्यहरू स्थापना नै गर्नेछन्; तिनीहरूले अबदेखि मण्डलीको काममा बाधा र अवरोध ल्याउनेछैनन्, र अबदेखि दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउमा पार्ने वा आफूतिर तान्‍नेछैनन्!” के तैँले तिनीहरूलाई प्रतिबन्धित गर्न सक्छस्? बाधा र अवरोधहरू सिर्जना गर्ने साँच्चिकै दुष्ट मानिसहरूलाई तैँले कहिल्यै प्रतिबन्धित गर्न सक्दैनस्। तिनीहरूमा दुष्ट मानिसहरूको सार हुने हुनाले, तिनीहरूले दिन वा रात कुनै पनि समयमा दुष्ट कार्यहरू गर्छन्; मौका मिल्नेबित्तिकै तिनीहरूले दुष्टता गरिहाल्छन्। के तैँले तिनीहरूलाई मण्डलीबाट ननिकाल्नु ठीक हो? के तिनीहरूले स्वेच्छाले आफ्ना दुष्ट कार्यहरू रोक्नेछन्? तिनीहरू मानव होइनन्; तिनीहरू दियाबलस र शैतान हुन्! दियाबलस र शैतानले कति वर्षदेखि परमेश्‍वरको प्रतिरोध गर्दैआएको छ? तिनीहरूले आजको दिनसम्म पनि परमेश्‍वरको प्रतिरोध गर्छन्। परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र अवरोध ल्याउने ख्रीष्टविरोधी र यावत् किसिमका दुष्ट मानिसहरू वास्तविक जीवनका दियाबलस र शैतान हुन्; तिनीहरू वास्तविक जीवनका शत्रु हुन्। के तैँले बोलेका केही शब्दहरूका कारण वा तेरो प्रेमिलो हृदयका कारण तिनीहरूले आफ्नो सार परिवर्तन गर्न सक्छन्? तँ कति मूर्ख छस्! के तँलाई तैँले थोरै धर्मसिद्धान्त बुझेको छस् भन्दैमा मानिसहरूलाई पापबाट मुक्ति दिन सक्छु भन्‍ने लाग्छ? के तैँले तिनीहरूलाई मुक्ति दिन सक्छस्? तिनीहरूको नियति नै नरक जाने हो, तर तँ केही राम्रा शब्दहरूले तिनीहरूलाई परिवर्तन गर्न सक्छु भन्‍ने सोच्छस्। के यो कुरा त्यति सजिलो छ? यदि मानिसहरूलाई मुक्ति दिन यति सजिलो भएको भए, परमेश्‍वरले यति धेरै वचनहरू बोल्नु वा न्याय र सजायको काम गर्नु नै पर्दैनथ्यो। के उहाँले मानिसहरूलाई मुक्ति दिन यति धेरै समय र रगत-पसिना खर्चनुपर्थ्यो र?

अहिले, मण्डलीमा विभिन्‍न मानिसहरूलाई प्रकाश गर्ने र आफ्‍नो प्रकारअनुसार छुटाउने काम भइसकेको छ। हरेक व्यक्तिलाई आ-आफ्नो प्रकारअनुसार वर्गीकरण गरिनुपर्छ, र परमेश्‍वरको घरमा फरक-फरक प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्ने र तह लगाउने भन्‍नेबारे यसका सिद्धान्त र प्रशासनिक आदेशहरू छन्। परमेश्‍वरसँग धैर्य र सहनशीलता, कृपा र प्रेमिलोदयालुपन, र धर्मी स्वभाव छ—तर यो पनि नबिर्सनू कि परमेश्‍वरसँग क्रोध र प्रताप पनि छ। कति मानिसहरू भन्छन्, “परमेश्‍वर हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र कसैले पनि सर्वनाश भोग्नु परोस् भन्ने चाहनुहुन्‍न।” यो साँचो हो, तर परमेश्‍वरले “हरेक व्यक्तिले” मुक्ति पाओस् भन्‍ने चाहनुहुन्छ, हरेक चीज वा हरेक दियाबलसले होइन। जब मानिसहरूले अनन्त विनाश भोग्छन्, तब परमेश्‍वरले दुःख र शोक महसुस गर्नुहुन्छ। जब दियाबलसहरूले अनन्त विनाश भोग्छन्, तब यो तिनीहरूको उचित अन्त्य र तिनीहरूले पाउनुपर्ने दण्ड हुन्छ; परमेश्‍वरले तिनीहरूका लागि शोक मनाउनुहुन्‍न। परमेश्‍वरको स्वभाव र मानिसहरूसँग व्यवहार गर्ने उहाँको सिद्धान्त यही हो। मानिसहरू सधैँ ती अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरू पनि मानव हुन् भन्‍ने सोचेर परमेश्‍वरको खण्डन गर्न चाहन्छन्। तिनीहरू मण्डलीका काममा निरन्तर बाधा र अवरोध ल्याउनेहरू पनि मानव नै हुन्, हैसियतका लागि प्रतिस्पर्धा गर्ने र स्वतन्त्र राज्यहरू स्थापना गर्नेहरू पनि मानव नै हुन्, र निरन्तर व्यभिचारमा लाग्नेहरू पनि मानव नै हुन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले यी सबै दियाबलस प्रकारका मानिसहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूमा सूचीबद्ध गर्छन्। के यो हास्यास्पद कुरा होइन र? के यो परमेश्‍वरको चाहनाविरुद्ध हुँदैन र? मामलाहरूबारे तिनीहरूको दृष्टिकोण परमेश्‍वरका वचनहरू र सत्यतासँग पूर्ण रूपमा बाझिने हुनाले, विभिन्‍न नकारात्मक व्यक्तित्वहरू, दियाबलसहरू, र शैतानहरूबारे तिनीहरूका रायहरू परमेश्‍वरका वचनहरू भन्दा पूर्ण विपरीत, र अचाक्ली फरक हुन्छन्। परमेश्‍वरले शैतानलाई पछ्याउने दियाबलसहरूलाई कहिल्यै मानवका रूपमा व्यवहार गर्नुभएको छैन। परमेश्‍वरले यी मानिसहरूलाई कसरी चित्रण गर्नुहुन्छ? तिनीहरू दियाबलस शैतानका नोकर हुन्; तिनीहरू पशु हुन्। झूटा अगुवाहरूले आफ्ना असल अभिप्रायहरू र भ्रमित प्रेमका आधारमा, र आफ्नै मनगढन्ते सोचद्वारा बाध्य भएर यी अविश्‍वासी, दियाबलस, र शैतानका नोकरहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छन्। त्यसकारण, तिनीहरूले तिनीहरूलाई ठूलो प्रेम र दया देखाउँछन्, र निरन्तर सहयोग र साथ दिन्छन्। परिणामस्वरूप, झूटा अगुवाहरूले ती मानिसहरूलाई साथ, सहयोग, र अगुवाइ प्रदान गर्ने हुनाले, परमेश्‍वरले मुक्ति दिन चाहनुहुने साँचो दाजुभाइ-दिदीबहिनीहरू गम्भीर रूपमा बिथोलिन्छन्; मण्डली जीवन कहिल्यै पनि सही मार्गमा प्रवेश गर्न सक्दैन, र दाजुभाइ-दिदीबहिनीहरूले कहिल्यै पनि दुष्ट मानिसहरूको कुनै बाधाविना सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन र सत्यता सङ्गति गर्न सक्दैनन्। के यो झूटा अगुवाहरूको “उपलब्धि” होइन र? तिनीहरूको “उपलब्धि” निकै उल्लेखनीय छ: तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन असफल हुने मात्र नभई, बरु उल्टै ती दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई अनुचित आदर र सुरक्षा पनि दिन्छन्। के यो मण्डलीको काममा अवरोध पुर्याउनु होइन र? झूटा अगुवाहरूले यसो गर्दा यो अवरोध दिने प्रकृतिको हुन्छ, तैपनि तिनीहरू आफूले मण्डलीको काम परिपालन गरिरहेको र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सहयोग र साथ दिइरहेको सोच्छन्। परमेश्‍वरले झूटा अगुवाहरूका यी कार्यहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तिनलाई तिरस्कार गर्नुहुन्छ, विशेष रूपमा तिरस्कार गर्नुहुन्छ! झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, बरु दुष्ट मानिसहरूको रक्षा गर्नमा ध्यान दिन्छन्, र शैतानका नोकरहरूका रूपमा काम गर्छन्। यसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरू—अर्थात्, सत्यतालाई प्रेम गर्ने मानिसहरूले—मण्डली जीवन जिउनुका बाबजुद मण्डलीको साथ र भरणपोषण प्राप्त गर्न सक्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न त चाहन्छन्, तर तिनीहरूको सुरक्षाको प्रत्याभूति हुन सक्दैन। झूटा अगुवाहरू यी कुराहरूबारे पूर्ण रूपमा अनजान हुन्छन् र सोच्छन्, “म सबैलाई समान रूपमा व्यवहार गर्छु, तैपनि तिमीहरू किन गुनासो गरिरहेका छौ? तिमीहरूलाई सन्तुष्ट पार्न मैले के गर्नुपर्ने हो? मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु भनेको यही हो। तिमीहरू नाटीकुटी मात्रै गरिरहेका छौ र सजिलै खुसी हुँदैनौ! जे भए पनि, म परमेश्‍वरप्रति जबाफदेही छु; म सबै कुरा परमेश्‍वरसामु गरिरहेको छु!” के तिनीहरूले यस्तो शब्दजाल फलाक्न सक्‍नु भनेको तिनीहरूमा समझ नछिर्ने भएकाले होइन र? के तिनीहरू चरम रूपमा मूर्ख छैनन् र? तिनीहरू साँच्‍चै नै समझ नछिर्ने र चरम रूपमा मूर्ख छन्। परमेश्‍वरको घरले हरदिन परमेश्‍वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्‍नेबारे कुरा गर्छ, तर झूटा अगुवाहरूले परमेश्‍वरका वचनहरू कहिल्यै बुझ्दैनन्। तिनीहरूले सोच्छन् कि चाहे व्यक्ति जोसुकै होस्, उसको सार जस्तोसुकै होस्, उसले गरेका कामकुरा जतिसुकै दुष्ट होऊन्, र उसको मानवता जतिसुकै दुर्भावपूर्ण होस्, परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा र मानिसहरूको प्रेमपूर्ण सहयोगमा, उसले अन्ततः पश्‍चात्ताप गर्नेछ र ऊ फर्केर आउनेछ। के यो दृष्टिकोण पूर्ण रूपमा गलत छैन र? (छ।) परमेश्‍वरका वचनहरूबारे गम्भीर रूपमा गलत बुझाइ राख्नेबाहेक, झूटा अगुवाहरूले परमेश्‍वरका अभिप्रायहरू बुझेको नाटक पनि गर्छन् र एकतर्फी रूपमा सोच्दै र आफ्नै स्वार्थी चाहनाहरूअनुसार काम गर्दै, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई दया र प्रेम देखाउँछन्। अनि परिणाम के हुन्छ? तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको ढाल बन्छन्, तिनीहरूका मतियार बन्छन्, र तिनीहरूलाई मण्डलीको काम र मण्डली जीवनमा बाधा र अवरोध ल्याउने अवसर र स्थान प्रदान गर्छन्। तर यसैबीच, साँच्‍चै नै सुरक्षाको खाँचोमा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई झूटा अगुवाहरूले बेवास्ता गर्छन्, र कहिल्यै पनि यसरी सोध्दैनन्, “मण्डलीमा यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू भएको, र नकारात्मकता पोखाउने र धारणाहरू फैलाउनेहरूबारे, तिमीहरूलाई कस्तो लाग्छ? के तिमीहरू तिनीहरूलाई मण्डलीमा राखिराख्‍न सहमत छौ? के तिमीहरू तिनीहरूसँगै आफ्नो कर्तव्य निर्वाह गर्न र मण्डली जीवन जिउन तयार छौ?” तिनीहरूले यीमध्ये कुनै पनि कुराबारे दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो लाग्छ भनेर कहिल्यै सोध्दैनन्। तिमीहरूलाई के लाग्छ—के त्यस्ता अगुवा र कामदारहरू निकै घृणित हुँदैनन् र? तिनीहरूले अगुवा र कामदार भएको नाममा काम गर्छन्, त्यस्ता पदहरू धारण गर्छन्, तर तिनीहरूले वास्तवमा शैतान र शैतानका नोकरहरूको रक्षा गर्ने काम गरिरहेका हुन्छन्। यो साँच्‍चै नै दुःखको कुरा हो! यदि तैँले त्यस्ता अगुवा र कामदारहरूको क्षमता कमजोर छ र तिनीहरूले वास्तविक काम गर्दैनन् भनेर भनिस् भने, तिनीहरू विश्‍वस्त नहुन सक्छन्। तिनीहरूले आफूलाई अन्याय गरिएको महसुस गर्नेछन्, र सोच्नेछन्—आफू हरदिन व्यस्त छु र त्यतिकै बसिरहेको छैनँ, त्यसैले यसलाई कसरी वास्तविक काम नगरेको भन्‍न मिल्छ? तर मानिसहरूका दुवै समूह महत्त्वपूर्ण छन् भन्‍ने महसुस गर्ने, दुवै समूहलाई समान रूपमा व्यवहार गरिनुपर्छ भन्‍ने सोच्ने, दुष्ट मानिसहरू र बाधा र अवरोध ल्याउनेहरूलाई मण्डलीमा प्रभुत्व जमाउन, र मण्डलीमा विभिन्‍न दुष्ट कार्यहरू गर्न दिनका लागि निष्पक्ष व्यवहारलाई बहानाका रूपमा प्रयोग गर्नेजस्ता तिनीहरूका प्रकटीकरणहरूका आधारमा यी अगुवा र कामदारहरू के हुन्? तिनीहरूका प्रकटीकरणहरू, तिनीहरूको काम गर्ने तरिका र सिद्धान्तहरू, र काम गर्नुपछाडिको मनसायका आधारमा हेर्दा, तिनीहरू पक्कै पनि झूटा अगुवा र अन्योलमा परेका मूर्खहरू हुन्। के यसो भन्‍नु सही हुन्छ? (हुन्छ।)

समाजमा, मानिसहरू जुनसुकै समूह वा वर्गका भए पनि, तिनीहरूले दुष्ट मानिसहरू र असल मानिसहरूबीच भिन्‍नता छुट्ट्याउँदैनन्, शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याउँछ वा भ्रष्ट मानवजातिको सार के हो भनेर त झनै छलफल गर्दैनन्; तिनीहरूले असल र दुष्टबीच समेत भिन्‍नता छुट्ट्याउँदैनन्। तर परमेश्‍वरका घरमा, सबै कुरा परमेश्‍वरका वचनहरूमा आधारित हुन्छन्; सत्यता कहिल्यै परिवर्तन हुँदैन, र परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्छन्। मण्डलीमा, परमेश्‍वरका वचनहरूले सबै प्रकारका मानिसहरू प्रकाश गर्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमै आ-आफ्नो प्रकारअनुसार वर्गीकृत गरिन्छ। सबै प्रकारका मानिसहरूलाई तिनीहरूको मानवता, पछ्याइ, र सारको आधारमा सबैभन्दा राम्रो तरिकाले प्रयोग गरिनुपर्छ। के यो मानिसहरूलाई दर्जाअनुसार छुट्ट्याउनु हो त? यो मानिसहरूलाई दर्जाअनुसार छुट्ट्याउनु होइन, बरु तिनीहरूलाई वर्गीकरण गर्नु हो। हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनुपर्छ—तिनीहरूलाई आ-आफ्‍नो ठाउँमा राखिनुपर्छ। सँगै मिसाउनु स्वीकार्य हुँदैन; मिसाउने भनेको अस्थायी कुरा हो र यसको निश्‍चित अवधि हुन्छ। उदाहरणका लागि, जब सामा र गहुँ मिसिएको हुन्छ, तब यदि सामा उखेल्दा यसले गहुँलाई असर गर्छ र गहुँ मर्न सक्छ भने, सामा अहिले नै उखेल्नु हुँदैन। तर तिनलाई नउखेल्नुको अर्थ तिनलाई वर्गीकरण गरिएको छैन भन्‍ने होइन—त्यसोभए तिनलाई कहिले उखेल्‍नुपर्छ त? सही समयमा; परमेश्‍वरले समय तयार गर्नुहुनेछ। हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने समय यही हो; सबै प्रकारका मानिसहरूलाई वर्गीकरण गरिनुपर्छ। यो जरुरी कुरा हो। यो काम किन गर्नैपर्छ? सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरका वचनहरूको आधार छ; वास्तविक परिस्थितिको दृष्टिकोणबाट हेर्दा, यो गर्न जरुरी छ—यसको व्यावहारिक मूल्य छ, र त्यसो गर्नु अत्यावश्यक हुन्छ। जब सामा उखेल्दा यसले गहुँलाई असर गर्दैन, तब सामा उखेल्‍नैपर्छ र यसलाई गहुँबाट अलग गर्नैपर्छ। यदि अविश्‍वासी र दुष्ट मानिसहरू—जो सामा हुन्—तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूजस्तै व्यवहार गरिन्छ भने, परमेश्‍वरका लागि सच्चा रूपमा आफूलाई समर्पित गर्ने सबै दाजुभाइ-दिदीबहिनीहरूलाई यो अति अन्याय हुन्छ। एक हिसाबमा, यी मानिसहरूलाई प्रायजसो मण्डलीको काममा बाधा र अवरोध ल्याउने दुष्ट मानिसहरूले बाधा, प्रभाव, र हानि पुर्‍याउनेछन्। अर्को हिसाबमा, सानो कदका कति मानिसहरूले सत्यता बुझ्दैनन्, र बाधा र अवरोध ल्याउने दुष्ट मानिसहरूको सम्पर्कमा आउँदा, तिनीहरू बन्धनमा पर्छन्, नकारात्मक र कमजोर बन्छन्, वा तिनीहरूले ठेससमेत खान्छन्। अझ भन्‍ने हो भने, बाधा र अवरोध ल्याउनेहरूले गर्ने हरेक कुरा र तिनीहरूले बोल्ने हरेक शब्दले अराजकता, अस्तव्यस्तता र उच्छृङ्खल अवस्थाहरू ल्याउँछन्। सबैभन्दा वास्तविक अवस्था के हो भने, जब तिनीहरूले कर्तव्य निर्वाह गर्छन् वा कुनै काम गर्छन्, तब तिनीहरूले लापरवाही रूपमा दुष्कर्म गर्छन् र सिद्धान्तहरू पालना गर्दैनन्, र त्यसले गर्दा तिनीहरूले प्रशस्त जनशक्ति, भौतिक स्रोतसाधन, र आर्थिक स्रोतसाधन खेर फाल्छन्, तर कुनै नतिजा हासिल गर्दैनन्। अन्त्यमा के हुन्छ? जब तिनीहरूलाई बर्खास्त गरिन्छ, तब सबैले तिनीहरूका दुष्ट कार्यहरूको मूल्य चुकाउनुपर्छ। काम पुनः दोहोर्‍याएर गरिनुपर्छ, र ती व्यक्तिहरू बर्खास्त हुनुभन्दा पहिले लगाइएको जनशक्ति, भौतिक स्रोतसाधन, समय, र सबैले खर्चेको सबैभन्दा बहुमूल्य ऊर्जा तिनीहरूको लापरवाह दुष्कर्मका कारण खेर जान्छन् र यसको पूर्ति हुन सक्दैन। तिनीहरूले यो काममा ल्याएको नकारात्मक प्रभाव अत्यन्तै ठूलो हुन्छ! कसैले पनि यो जिम्मेवारी वहन गर्न सक्दैन। पछि काम राम्ररी नै गरिए पनि, पहिलेको घाटालाई कसैले पूर्ति गर्न सक्दैन। कति मानिसहरू त तिनीहरूलाई पैसा तिराउनुपर्छ भन्छन्; यो पनि गर्नुपर्छ, तर के पैसाले समय किन्‍न सकिन्छ? के पैसाले दाजुभाइ-दिदीबहिनीहरूको समय र ऊर्जा, वा तिनीहरूले चुकाएको सच्चा मूल्य किन्‍न सकिन्छ? अहँ, सकिँदैन—ती अमूल्य छन्! मण्डलीमा जति नै मानिसहरूले बाधा र अवरोधहरू सिर्जना गरे पनि त्यसका परिणामहरू अथाह हुन्छन्। कैयौँ दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश प्रभावित हुनेछ। घाटा ठूलो हुन्छ र यसको पूर्ति गर्न सकिँदैन। के दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा भएको यो घाटा पूर्ति गर्न सकिन्छ? यो घाटाको मूल्य कसले तिर्छ? त्यसकारण, यी दुष्ट मानिसहरूलाई सफा गर्नैपर्छ। तिनीहरू सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीजस्ता हुँदैनन्। तिनीहरू दियाबलसहरू र शैतानको समूहमा पर्छन्, जो बाधा दिन र विनाश गर्न परमेश्‍वरको घर आउँछन्। यदि यी दुष्ट मानिसहरूलाई मण्डलीबाट निकालिएन भने, मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्था कहिल्यै प्रत्याभूत हुन सक्दैन। कुनै निश्‍चित समूहमा जति जना मानिसहरू भए पनि, जबसम्‍म तिनीहरूमध्ये बाधा र अवरोध ल्याउने एक जना व्यक्ति हुन्छ—त्यस्तो व्यक्ति जसले लापरवाही रूपमा दुष्कर्म गर्छ, सिद्धान्तहरूअनुसार मामलाहरू कहिल्यै सम्हाल्दैन, सकारात्मक कुराहरू वा सत्यता कहिल्यै स्विकार्दैन, कसैको कुरा सुन्दैन, आफूसँग कुनै हैसियत वा शक्ति भए पनि नभए पनि मनोमानीपूर्ण स्वेच्छाचारीका साथ काम गर्छ, र जो सारगत रूपमा जीवित शैतान हुन्छ—जबसम्‍म त्यस्तो व्यक्ति मण्डलीमा बस्छ, तबसम्‍म उसले ढिलोचाँडो मण्डलीको काममा ठूलो बाधा र विनाश ल्याउने नै छ। जब तिनीहरूलाई निकाल्ने र तह लगाउने दिन आउँछ, तब कति जना मानिसहरूले तिनीहरूले निम्त्याएका दुष्ट परिणामहरू र अव्यवस्थित अवस्थाहरू सफा गर्नुपर्छ! त्यसकारण, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई निकाल्ने वा निष्कासन गर्ने काम अगुवा र कामदारहरूले जिम्मेवारी लिनुपर्ने महत्त्वपूर्ण काम हो र यसमा तिनीहरू लापरवाह हुनु हुँदैन। तर, झूटा अगुवाहरूले निकाला वा निष्कासित गरिनुपर्ने मानिसहरूप्रति दया र प्रेम देखाउँछन्, तिनीहरूका दुष्ट कार्यहरूप्रति आँखा चिम्लिन्छन्, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा सहन्छन् र स्विकार्छन्, र तिनीहरूका लागि उपयोगी हुनेहरूलाई प्रतिभाशाली मानिससमेत ठान्छन् र तिनीहरूलाई संवर्धन र प्रयोग गर्छन्। तिनीहरूले जे-जस्ता खराब कामकुरा गरे पनि, झूटा अगुवाहरूले तिनीहरूलाई दोषमुक्त गर्ने बहानाहरू भेट्टाउँछन्, र तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथसमेत दिन्छन्। केही हदसम्‍म, के यो जानीजानी अवरोध दिनु होइन र? (हो।) झूटा अगुवाहरूले आफ्नै विचार साथै आफ्नै दया र जोशअनुसार काम गर्छन्, जसले गर्दा अन्त्यमा मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई ठूलो समस्या आइपर्छ! यदि यी दुष्ट मानिसहरूले शक्ति हातमा लिए भने, तिनीहरूले मण्डलीमा ल्याउने विपत्ति र परिणामहरू अकल्पनीय हुन्छन्।

अहिले परमेश्‍वरको घरमा जसले दुष्कर्म गरे पनि, यदि यसले परमेश्‍वरको घरलाई घाटा तुल्याउँछ भने, उसले क्षतिपूर्ति तिर्नैपर्ने प्रावधान रहेको छ। यदि घाटा अत्यन्तै ठूलो छ र परिणामहरू गम्भीर छन् भने, के पैसाले क्षतिपूर्ति तिरेर मात्रै समस्या समाधान गर्न सकिन्छ? कतिपय घाटाहरू जतिसुकै रकमको क्षतिपूर्तिले पनि पूर्ति गर्न सकिँदैन; ती अपूरणीय र पुनर्प्राप्त गर्न नसकिने हुन्छन्। अहिले हरेक दिन अत्यन्तै बहुमूल्य र महत्त्वपूर्ण छ। के एकपटक दिन बितिसकेपछि त्यो समय फिर्ता पाउन सकिन्छ? त्यो पनि पुनर्प्राप्त गर्न नसकिने हुन्छ। केही निश्‍चित कुराहरू गुमाउनु भनेको जीवनभरिको पछुतो हो भनेर हामी किन भन्छौँ? ठ्याक्‍कै किन हो भने, समय फेरि प्राप्त गर्न सकिँदैन। मैले यसो भन्‍नुको अर्थ के हो? समस्याहरू देखा परेपछि तिनलाई समाधान गर्न पैसा खर्च गर्नुको सट्टा, ती समस्याहरू देखा पर्नुभन्दा पहिले नै तिनलाई रोक्‍नु उत्तम हुन्छ; समस्याहरू समाधान गर्ने सबैभन्दा राम्रो तरिका यही हो। “रोगले च्यापेपछि ओखती गर्नु” त अन्तिम उपाय मात्र हो। समस्या आउनुभन्दा पहिले नै रोकथाम गर्नु सबैभन्दा राम्रो हुन्छ। यसको अर्थ कुनै पनि बाधा वा अवरोधहरू देखा पर्नुभन्दा पहिले, अगुवा र कामदारहरूले मण्डलीका विभिन्‍न प्रकारका मानिसहरूलाई प्रस्ट रूपमा खुट्ट्याएको र राम्ररी बुझेको हुनुपर्छ, र विभिन्‍न प्रकारका मानिसहरूको स्थिति, स्वभाव, र पछ्याइहरू, साथै कर्तव्य निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति र दृष्टिकोणहरू ध्यान दिएर अवलोकन गर्नुपर्छ र तुरुन्तै बुझ्नुपर्छ, ताकि सबै दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि सामान्य मण्डली जीवन र वातावरण पाएका छन् भन्‍ने कुरा सुनिश्‍चित होस्। यसरी, मण्डलीको काम व्यवस्थित रूपमा अघि बढ्न सक्छ। यी अगुवा र कामदारहरूका जिम्मेवारी हुन्। अवश्य नै, झूटा अगुवाहरू यो काम गर्न सक्‍ने अवस्थामा हुँदैनन्; तिनीहरू अन्योलमा परेका मूर्ख र काम नलाग्‍ने मानिस हुन्। अब तिनीहरूमा एउटा चलाख विचार उब्जेको छ: “सिद्धान्तहरू नपछ्याउने र काम बिगार्ने जोकोहीलाई जरिबाना तिराइनेछ! यदि कुनै ख्रीष्टविरोधीले केही गलत काम गर्‍यो भने, उसलाई जरिबाना तिराइनेछ!” तिनीहरूले जरिबाना तिराउनु नै उत्तम समाधान र उत्तम अभ्यासको सिद्धान्त हो भन्‍ने सोच्छन्। यदि सबै समस्याहरू जरिबाना तिराएर समाधान गर्न सकिन्थ्यो भने, सत्यता पछ्याउनुको के फाइदा हुन्थ्यो र? झूटो अगुवालाई किन झूटो भनिन्छ? किनभने तिनीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरूले प्रावधानहरू पालना गर्नुलाई सत्यता अभ्यास गर्नुका रूपमा लिन्छन् र आफूले बुझेका शब्द र धर्मसिद्धान्तहरूलाई सत्यताका रूपमा लिन्छन्, अनि जब परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले सही सिद्धान्तहरू वा दिशा भेट्टाउन पटक्कै सक्दैनन् र समस्याहरूलाई जराबाटै समाधान गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पटक्‍कै बुझेका हुँदैनन् र परमेश्‍वरले के भन्‍न चाहनुभएको हो भन्‍ने कुरा पटक्‍कै बुझ्न सक्दैनन्, तर पनि तिनीहरू काम गर्न र अगुवा वा कामदार बन्‍न चाहन्छन्—कस्तो मूर्खता! यस सम्बन्धमा, झूटा अगुवाको मुख्य प्रकटीकरण के हो? तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने विभिन्‍न प्रकारका मानिसहरूको सार छर्लङ्ग देख्‍न सक्दैनन्, तिनीहरूलाई वर्गीकरण गर्न सक्दैनन्, र अवश्य नै तिनीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्न र सम्हाल्न पनि सक्दैनन्। झूटा अगुवाको मनमा, यी सबै अन्योलपूर्ण कुराहरू हुन्। तिनीहरूले आफ्नो जोश र आफ्नै धारणा र कल्पनाहरूका आधारमा परमेश्‍वरका वचनहरू र उहाँको तात्पर्य के हो भन्‍नेबारे अनुमान लगाउँछन्। सँगसँगै, तिनीहरूले यी कुराहरू सत्यतासँग मेल खान्छन्, परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छन्, र यी कुराले परमेश्‍वरले चाहनुहुने कुराहरू प्रतिनिधित्व गर्न सक्छन् भन्‍ने विश्‍वास गर्दै परमेश्‍वरमा आफ्नो दया, जोश, र व्यक्तिगत कल्पना र धारणाहरू थोपर्छन्। तसर्थ, तिनीहरू काम गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवाइ गर्न यी कुराहरूमाथि भर पर्छन्। झूटो अगुवाको मुख्य प्रकटीकरण यही हो। हामी झूटा अगुवाहरूको दोस्रो प्रकटीकरणबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्