अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०) खण्ड चार

आ. झूटा अगुवाहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने मानिसहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्दैनन्

अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीमा उल्लेख गरिएको दोस्रो कामको सन्दर्भमा, हामी झूटा अगुवाहरूका प्रकटीकरणहरू खुलासा र चिरफार गर्नेछौँ। यो दोस्रो काम भनेको अगुवा र कामदारहरूले समस्याहरू पहिचान भएपछि तिनलाई तुरुन्तै समाधान गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुपर्छ भन्‍ने कुरा हो। तर, झूटा अगुवाहरू यो काममा पनि अयोग्य हुन्छन्। त्यसकारण, हामीले चिरफार गर्न लागेको झूटा अगुवाहरूको दोस्रो प्रकटीकरण भनेको तिनीहरूलाई परमेश्‍वरको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र अवरोध ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू सम्हाल्ने सिद्धान्तहरू थाहा हुँदैन भन्‍ने कुरा हो। जब झूटा अगुवाहरू मण्डली जीवनमा सहभागी हुन्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन्-पिउँछन् र परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्छन्, तैपनि तिनीहरूले परमेश्‍वरका वचनहरूको अर्थ के हो भनेर कहिल्यै बुझ्दैनन्, परमेश्‍वरले भन्‍नुभएका सबै कुराका सिद्धान्तहरू कहिल्यै बोध गर्दैनन्, र विभिन्‍न मामलाहरूका लागि परमेश्‍वरले तोक्‍नुभएका सिद्धान्त र मानकहरू जान्दैनन्। यसले झूटा अगुवाहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ र तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ भनेर थप प्रमाणित गर्छ। कति मानिसहरू भन्छन्, “तपाईंले तिनीहरूको क्षमता कमजोर छ भनेर कसरी भन्‍न सक्‍नुहुन्छ? तिनीहरूले धेरै राम्रो खाना बनाउँछन्, स्टाइलिस लुगा लगाउँछन्, र अरूसँग अन्तरक्रिया गर्दा मिठो तरिकाले बोल्छन्; र सबैलाई तिनीहरूको कुरा सुन्‍न मनपर्छ।” के व्यक्तिको रूपले उसको सारको प्रतिनिधित्व गर्न सक्छ? के केही बाहिरी कुराहरू राम्ररी गर्न सक्‍नुको अर्थ तिनीहरूमा राम्रो क्षमता छ भन्‍ने हुन्छ? कुनै पनि कुरालाई मूल्याङ्कन, मापन, र चित्रण गर्नका लागि, सधैँ सही मानक हुनैपर्छ। व्यक्तिको क्षमता मापन गर्ने मानक भनेको उसले शुद्ध रूपमा परमेश्‍वरका वचनहरू बुझ्छ कि बुझ्दैन भन्‍ने कुरा हो। यी मानिसहरूको क्षमता कमजोर छ भन्‍नाले मुख्यतया सत्यता बुझ्ने तिनीहरूको क्षमताको कमी जनाउँछ। हामी व्यक्तिको क्षमतालाई परमेश्‍वरका वचनहरू बुझ्ने उसको क्षमताका आधारमा मापन गर्छौं। के यो अत्यन्तै वस्तुगत र निष्पक्ष कुरा होइन र? (हो।) सृजित प्राणीका रूपमा, यदि तैँले सृष्टिकर्ताका वचनहरू बुझ्न सक्दैनस् भने, तँसँग के क्षमता हुन्छ? के तेरो दिमागले काम गर्छ? त्यस्तो व्यक्तिसँग मानव क्षमताको कमी हुन्छ; उसको क्षमता यति कमजोर हुन्छ कि उसले परमेश्‍वरका वचनहरूसमेत बुझ्न सक्दैन—के त्यस्तो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा सत्यता प्राप्त गर्न सक्छ?

अब हामी झूटा अगुवाहरूको दोस्रो प्रकटीकरणको सङ्गति र चिरफार गर्नेछौँ। झूटा अगुवाहरूलाई मण्डलीको काममा बाधा र अवरोध ल्याउनेहरूलाई कसरी निराकरण गर्ने भन्‍ने कुरा थाहा हुँदैन र तिनीहरूले विभिन्‍न मानिस, घटना, र कामकुराहरू खुट्ट्याउन सक्दैनन्। झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ, र परमेश्‍वरका वचनहरू बोध गर्ने क्षमता हुँदैन भन्‍ने कुरा देखाउन यो नै पर्याप्त छ। उदाहरणका लागि, कुनै व्यक्तिले जो अगुवा हो ऊप्रति सधैँ अवज्ञा गर्छ। झूटा अगुवाहरूले पनि यस व्यक्तिमा समस्याहरू भएको देख्न सक्छन् र ऊ दुष्ट व्यक्ति र ख्रीष्टविरोधीजस्तो देखिन्छ भन्‍ने महसुस गर्न सक्छन्। तिनीहरूले कामकुराबारे केही सुरागहरू पत्ता लगाउन सक्छन्, जुन त्यति खराब कुरा होइन। तर यदि तैँले तिनीहरूलाई “के कुराले गर्दा तपाईंले ऊ ख्रीष्टविरोधी र दुष्ट व्यक्तिजस्तो देखिन्छ भनेर भन्‍नुभयो? के प्रमाणका रूपमा खास प्रकटीकरणहरू छन्? के तपाईँले ऊ सधैँ जोसुकै अगुवाविरुद्ध अवज्ञाकारी हुने भएकै कारण ऊ ख्रीष्टविरोधी र दुष्ट व्यक्ति हो भनेर निर्धारित गर्न मिल्छ? उसलाई यसरी चित्रण गर्न त्यो मात्रै पर्याप्त हुँदैन; यो त स्वभावको कुरा मात्र हो, अहङ्कार र आत्म-धार्मिकताको समस्या मात्रै हो। के उसमा ख्रीष्टविरोधीको प्रकृति छ? के ऊ सत्यताप्रति वितृष्ण र सत्यतालाई घृणा गर्ने व्यक्ति हो? के उसले मण्डलीको काममा बाधा दिएको छ? के उसले सबै अगुवा र कामदारहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीका रूपमा दोषी ठहर्‍याएको छ? के उसले यीमध्ये कुनै काम गरेको छ?” भनेर सोधिस् भने, तिनीहरूले “त्यस्तै देखिन्छ” भनेर जबाफ दिन्छन्। त्यसपछि, यदि तैँले “त्यसोभए हामीले उसलाई कसरी चित्रण गर्नु र सम्हाल्नुपर्छ?” भनेर सोधिस् भने, तिनीहरूले थाहा छैन भन्छन्। यदि तैँले “यस्तो व्यक्तिका हकमा, के हामीले उसलाई चेतावनी दिनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति प्राप्त गर्न मद्दत गर्न, के उसको खुलासा गर्नुपर्छ?” भनेर सोधिस् भने तिनीहरूलाई त्यो पनि थाहा हुँदैन। यो त अनभिज्ञ हुने र कुनै पनि कुरा छर्लङ्ग देख्‍न नसक्‍ने अवस्था हो। तिनीहरूले केही सुरागहरू देख्‍न त सक्छन् तर तिनीहरूलाई त्यस्ता मानिसहरूलाई सिद्धान्तहरूअनुसार कसरी चित्रण गर्ने वा सम्हाल्ने भन्‍ने थाहा हुँदैन। के तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पाठहरू सिक्न मद्दत गर्न सक्छन्? त्यस्ता व्यक्तिहरू दुष्ट मानिस र ख्रीष्टविरोधी हुने हुनाले, तिनीहरूलाई ढिलोचाँडो निष्कासित गरिनेछ। तर, यदि तैँले तिनीहरूलाई कुनै दुष्ट कार्यहरू गर्नुभन्दा पहिले नै निकालिस् वा अलग गरिस् भने, तिनीहरूले अवज्ञा गर्नेछन्, र तैँले किन त्यसो गरिस् भनेर दाजुभाइ-दिदीबहिनीहरूले बुझ्न सक्‍नेछैनन्। त्यसकारण, तिनीहरूलाई केही समयका लागि आफ्नो चलखेल देखाउन दिनु आवश्यक हुन्छ। जब तिनीहरूका दुष्ट कार्यहरू झन्झन् स्पष्ट हुँदै जान्छन्, र जब तिनीहरूले भ्रम र आधारहीन अफवाहहरू फैलाउन, दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र आफ्नो पक्षमा पार्न खोज्न, शक्ति र प्रभावका लागि प्रतिस्पर्धा गर्न, स्वतन्त्र राज्य स्थापना गर्न, र मण्डलीको काम भत्काउने प्रयास गर्न थाल्छन्, तब धेरैजसो मानिसहरूले स्पष्ट रूपमै तिनीहरूको प्रकृति सार पहिचान गर्न सक्‍नेछन्, र स्वाभाविक रूपमै तिनीहरू उनीहरूलाई खुलासा गर्न, खुट्ट्याउन, र इन्कार गर्न खडा हुन सक्‍नेछन्। त्यसपछि, तैँले तिनीहरूलाई निकाल्न र सत्यता सिद्धान्तहरूअनुसार तह लगाउन सक्‍नेछस्। यसरी काम गर्दा मात्रै दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति विकास गर्न मद्दत मिल्‍नेछ। के झूटा अगुवाहरूले समस्याहरूलाई यसरी सम्हाल्न र समाधान गर्न सक्छन्? झूटा अगुवाहरूमा यो क्षमता र बुद्धिको कमी हुन्छ। के तैँले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै निराकरण गर्न सक्‍ने कुनै झूटा अगुवा देख्छस्? एउटा पनि देख्दैनस्। त्यसकारण, झूटा अगुवाहरूले दुष्ट मानिसहरूको बाधा र ख्रीष्टविरोधीहरूको बहकाउबाट दाजुभाइ-दिदीबहिनीहरूलाई बिलकुलै सुरक्षा दिनेछैनन्। धेरैजसो झूटा अगुवाहरूले बर्खास्त भएपछि आफूलाई चिन्‍न नसक्‍ने मात्र होइन, तिनीहरूले धेरै गुनासोसमेत गर्छन्, र परमेश्‍वरको घरले तिनीहरूसँग अनुचित व्यवहार गर्‍यो भनेर गनगन गर्छन्, यो त “नदी तरेपछि पुल नभत्काऊ; भारी झारेपछि गधा नमार” भनेजस्तै भयो भनेर भन्छन्, र तिनीहरूले मेहनत गरे पनि कुनै कदर प्राप्त नगरेको र तिनीहरू अन्यायमा परेको दाबी गर्छन्। यदि तैँले तिनीहरूलाई झूटा अगुवाका रूपमा खुलासा गरिस् भने, तिनीहरू अवज्ञाकारी नै रहन्छन्, र यस्तो सोच्छन्: “मैले अगुवाका रूपमा धेरै वर्ष सेवा गरेँ; मैले कुनै उपलब्धि हासिल नगरे पनि कम्तीमा कठिनाइ त सहेँ। मलाई किन बर्खास्त गरियो? यो त नदी तरेपछि पुल नभत्काऊ; भारी झारेपछि गधा नमार भनेजस्तै भयो!” तैँले तिनीहरूलाई जसरी खुलासा गरे पनि तिनीहरू अवज्ञाकारी नै रहन्छन्। तिनीहरूले यसोसमेत भन्छन्, “जब मैले ख्रीष्टविरोधी पत्ता लगाउँथेँ, तब म यति चिन्तित हुन्थेँ कि मुखमा प्राय घाउ आउँथ्यो र म राम्ररी सुत्न सक्दिनथेँ। यदि म झूटो अगुवा भएको भए मैले कसरी यस्तो बोझ लिन सक्थेँ?” तिनीहरूले कुनै पनि आवश्यक काम गर्थेनन्, तिनीहरू कुनै पनि काम गर्न सक्‍ने अवस्थामा हुन्थेनन्, र तिनीहरूलाई के गर्ने भनेरसमेत थाहा हुन्थेन, तैपनि तिनीहरूले अझै आफूलाई सराहना गर्न भ्याएका छन्। के यो समस्याग्रस्त कुरा होइन र? कति घिनलाग्दो कुरो!

मण्डलीमा पैदा हुने विभिन्‍न समस्याहरूका सम्बन्धमा, झूटा अगुवाहरूलाई ती समस्याहरू मण्डलीको काममा बाधा र अवरोध ल्याउने प्रकृतिका हुन् भन्‍ने कुरा स्पष्ट रूपमै थाहा हुन्छ, तैपनि तिनीहरूले तिनलाई बेवास्ता गर्छन्। स्पष्ट समस्याहरू देख्दा, तिनीहरूले झारा मात्र टार्छन् र अत्यन्तै महत्त्वपूर्ण, सारभूत समस्याहरू खुलासा गर्ने आँट गर्दैनन्। तिनीहरूले समस्याहरूलाई ठोस रूपमा सम्बोधन नगरी, केवल घुमाउरो पाराले सङ्केतहरू दिँदै र केही अर्तीहरू दिँदै धर्मसिद्धान्त प्रचार गर्छन्, र कुरो त्यतिमै सक्‍किन्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू सामना गर्दा, तिनीहरू अन्योलमा पर्छन्, र तिनीहरूसँग यसको कुनै सम्बन्ध नै नभएजसरी उदासीनताको मनोवृत्ति अपनाउँछन्। तिनीहरूलाई यी समस्याहरूलाई कुन रूपमा लिने भन्नका लागि सबैभन्दा उचित तरिका के हो, समस्याहरू समाधान गर्न के भन्‍ने, दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी सुरक्षा दिने भन्‍ने थाहै हुँदैन, र तिनीहरूसँग कुनै बोझ पनि हुँदैन। तिनीहरूसँग अलिकति सद्भाव मात्रै हुन्छ: “मलाई तिमी दुष्ट व्यक्ति हौ भन्‍ने थाहा छ। म तिमीलाई दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन र हानि गर्न दिनेछैनँ। म यो पदमा रहुन्जेलसम्‍म, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिनुपर्छ र अन्त्यसम्मै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।” यसको के फाइदा? के तैँले समस्या समाधान गरेको छस् र? तँ चिन्ता गर्नमा व्यस्त हुँदा, के ख्रीष्टविरोधीहरू निष्क्रिय नै रहनेछन् र? के तिनीहरूले मण्डलीको काममा बाधा दिन छोड्नेछन् र? जब तिनीहरूले तँ व्यर्थको कायर अगुवा होस्, कुनै बुद्धि नभएको र पक्कै कार्य सामर्थ्य नभएको सास फेर्न मात्र जन्मेको व्यक्ति होस् भन्‍ने देख्छन्, तब तिनीहरूले तँलाई बिलकुलै गम्भीर रूपमा लिनेछैनन्। धेरैजसो ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू अत्यन्तै चतुर र कुटिल हुन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउँछन् र बाधा दिन्छन्, र तँसित तिनीहरूलाई रोक्‍ने वा प्रतिबन्धित गर्ने कुनै उपाय हुँदैन। न त तँलाई समस्याहरू समाधान गर्न कोबाट मद्दत खोज्ने भन्‍ने नै थाहा हुन्छ; तँ बस चिन्तित र व्याकुल हुन्छस्, र प्रार्थना गर्दै रुन्छस्। तँ अत्यन्तै दयनीय देखिन्छस्; तैँले परमेश्‍वरका अभिप्रायहरूको अत्यन्तै ख्याल गर्ने र दाजुभाइ-दिदीबहिनीहरूको अत्यन्तै वास्ता गर्ने जस्तो देखिन्छ। ख्रीष्टविरोधीहरूजस्ता यति स्पष्ट दुष्ट मानिसहरूलाई समेत तैँले सम्बोधन गर्न सक्दैनस्। तैँले सत्यताअनुसार ख्रीष्टविरोधीहरूका कार्य र व्यवहारहरू चिरफार गर्न सक्दैनस्, न त तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति विकास गर्न मद्दत गर्नका लागि ख्रीष्टविरोधीहरूका अभिप्राय, मनसाय, र व्यवहारहरू सार्वजनिक रूपमा खुलासा गर्न नै सक्छस्। तैँले यीमध्ये कुनै पनि काम गर्न सक्दैनस्। कति झूटा अगुवाहरूले त यसोसमेत भन्छन्, “कसैले पनि ख्रीष्टविरोधीहरूको खुलासा गर्नु हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरू ख्रीष्टविरोधी हुन् भन्‍ने थाहा भयो र तिनीहरू टाढा बसे भने, ख्रीष्टविरोधीहरूले बदला लिन खोज्नेछन्।” के यो बेकामे कायर हुनु होइन र? के त्यस्ता मानिसहरूले मण्डलीको काम सम्हाल्न सक्छन्? के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सामान्य मण्डली जीवन जिउन सक्ने गरी सुरक्षा दिन सक्छन् र? यो समस्या समाधान गर्ने कस्तो विधि हो? केही नभइरहेको अवस्थामा तिनीहरूले अनवरत रूपमा धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन्, तर जब केही आइपर्छ, तब तिनीहरू अन्योलमा पर्छन् र भ्रमित हुन्छन्, र रुन मात्रै सक्छन्। के तिनीहरू व्यर्थका कायर होइनन् र? दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूले बहकाएको र दुष्ट मानिसहरूले बाधा दिएको देख्दा, तिनीहरूले केही सोच्नै सक्दैनन्, र तिनीहरूसँग प्रतिक्रिया जनाउने कुनै उपाय हुँदैन। तिनीहरूलाई तुलनात्मक रूपमा अलिक इन्साफको बोध भएका, मानवता भएका, अनि सत्यता स्विकार्न सक्ने दाजुभाइ-दिदीबहिनीहरूसँग एकताबद्ध हुने, सँगै सङ्गति गर्ने, यी समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्ने, र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने र खुट्याउने सबैभन्दा आधारभूत कामसमेत गर्न आउँदैन। के त्यस्तो व्यक्ति खत्तम होइन र? (हो।) कति झूटा अगुवाहरू अत्यन्तै सतर्क, कायर, र काम नलाग्‍ने हुन्छन्। तिनीहरू कति हदसम्म कायर र काम नलाग्‍ने हुन्छन्? जब दुष्ट मानिसहरू मण्डलीको काममा बाधा र अवरोध दिन आउँछन्, र अत्यन्तै कठोर र अहङ्कारी रूपमा बोल्छन्, तब तिनीहरू यति डराउँछन् कि तिनीहरू काँप्छन्, र सोच्छन्, “म तिनीहरूलाई निराकरण गर्ने आँट गर्दिनँ। तिनीहरू खतरनाक छन्; तिनीहरू संसारका दुष्ट व्यक्ति हुन्। यदि मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन तिनीहरूको खुलासा गरेँ भने, तिनीहरूले अवश्य नै मेरो विरुद्ध केही न केही फेला पार्नेछन् र प्रतिकार गर्नेछन्। त्यसपछि त म कसरी अगुवा रहिरहन सक्छु र? तिनीहरूलाई म कहाँ बस्छु भन्ने थाहा छ। के तिनीहरूले मेरो परिवारलाई हानि गर्नेछन्? के तिनीहरूले मलाई परमेश्‍वरमा विश्‍वास गरेकोमा रिपोर्ट गर्नेछन्?” त्यस्ता झूटा अगुवाहरूले मण्डलीको कामको जिम्मेवारी लिन सक्दैनन्। तिनीहरू चरम डरका कारण निष्क्रियतामा डुबिरहन्छन्; स्वाभाविक रूपमा, तिनीहरूले त्यस्ता समस्याहरू र त्यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू पनि बिलकुलै बुझ्न सक्दैनन्। मण्डलीको काममा बाधा र अवरोध ल्याउने व्यक्ति भनेर चित्रण गरिएको कुनै पनि व्यक्ति कहिलेकाहीँ मात्र गल्ती गर्ने व्यक्ति हुँदैन। बरु, तिनीहरूको मानवता यति दुष्ट हुन्छ कि तिनीहरूले सधैँ लापरवाह रूपमा गलत कार्यहरू गरिरहेका हुन्छन् र धेरै किसिमका दुष्ट कार्यहरू गरिरहेका हुन्छन्। त्यस्ता व्यक्तिहरूमा निस्सन्देह दुष्ट मानिसहरूको सार हुन्छ। दुष्ट मानिसहरू सम्हाल्न पनि केही बुद्धिमानी विधिहरू चाहिन्छ। तैँले पृष्ठभूमि र वातावरण के छ र दुष्ट मानिसहरूले निराकरण भएपछि के-कस्ता कार्यहरू गर्न सक्छन्, र यसले मण्डलीमा समस्या ल्याउन सक्छ कि सक्दैन भन्ने कुरा ख्याल गर्नुपर्छ। यी पक्षहरूलाई ध्यान दिएर विचार गरेपछि मात्रै तैँले उक्त मामलालाई सत्यता सिद्धान्तहरूअनुरूप र बुद्धि प्रयोग हुनेगरी उचित रूपमा सम्हाल्न सक्छस्। सत्यता बुझेका मानिसहरूले त्यस्ता समस्याहरू सम्हाल्दा अचेतन रूपमै सिद्धान्तहरू बुझ्छन्। यो काम गर्ने क्रममा, तिनीहरूले विभिन्‍न मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर विस्तारै बुझ्दै जान्छन्, र तरिका र विधिहरू विकास गर्छन्, र तिनीहरूको हृदयमा बुद्धि पलाउँछ। तर झूटा अगुवाहरूमा यी तरिका, विधि, र बुद्धि हुँदै हुँदैन। किनभने तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्दैनन्; तिनीहरूले परमेश्‍वरको घरको काममा असर पर्छ कि पर्दैन, वा अगुवा र कामदारहरूले खतरा सामना गर्नेछन् कि छैनन् भन्‍ने कुरालाई ख्याल गर्दैनन्। तिनीहरूले यी कुराहरूलाई ख्याल नगर्ने हुनाले, तिनीहरूले सिद्धान्तहरूबिना र अझ बुद्धिबिना मामलाहरू सम्हाल्छन्। झूटा अगुवाहरूले यी समस्याहरू सम्हाल्न सक्दैनन् र ती कुराहरूबाट पाठहरू सिक्दैनन्, र यसले प्रमाणित गर्छ कि तिनीहरू सिक्न अनिच्छुक छन्, अयोग्य छन्, र तिनीहरू उचित कामहरूलाई बेवास्ता गर्छन्, र कुनै पनि काम गर्न सक्षम हुँदैनन्। जब तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्टता गरिरहेका र बाधाहरू ल्याइरहेका देख्छन्, तब तिनीहरूले न त यी मानिसहरूको खुलासा गर्छन् न त समस्याहरू नै समाधान गर्छन्। तिनीहरूले मण्डलीको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशप्रति कुनै ध्यान नदिई आफ्नै हितहरूको रक्षा गर्नेबारे मात्रै विचार गर्छन्। कति झूटा अगुवाहरूले आफूभन्दा शक्तिशालीहरूको डर मान्दामान्दै पनि कमजोरहरूलाई हेप्छन्; तिनीहरूले तुलनात्मक रूपमा सोझा मानिसहरूलाई अथक रूपमा हेप्छन् र आफ्नो शक्तिको धाक देखाउँछन्, तर दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू भेट्दा, तिनीहरू मुस्कुराउने र चापलुसी गर्ने मात्र गर्छन्। के परमेश्‍वरले त्यस्ता सिद्धान्तहीन झूटा अगुवा र झूटा कामदारहरूलाई मन पराउन सक्‍नुहुन्छ? अवश्य नै सक्‍नुहुन्‍न। के परमेश्‍वरको घरले कमजोरलाई हेप्ने र बलियाको डर मान्‍ने, र इन्साफको बोध नभएका मानिसहरूलाई अगुवा र कामदार बन्न संवर्धन गर्न सक्छ? अवश्य नै सक्दैन! यी सबै मानिसहरू कुनै विवेक वा समझ नभएका र सत्यता पटक्‍कै नस्विकार्ने अविश्‍वासी र गैरविश्‍वासी हुन्, र परमेश्‍वरको घर तिनीहरूलाई चाहँदैन।

जब कुनै झूटो अगुवाको काममा समस्याहरू देखा पर्छन्, तब उसको प्रतिक्रिया सधैँ जिम्मेवारीबाट पछि हट्नु नै हुन्छ। उसको सबैभन्दा आम भनाइ यस्तो हुन्छ, “मैले तिनीहरूसँग सङ्गति गरेको छु।” यसको तात्पर्य “मैले आफूले बताउनुपर्ने सबै कुरा बताइसकेको छु, त्यसकारण केही गडबड भयो भने त्यो तिनीहरूको जिम्मेवारी हो। त्योसँग मेरो कुनै सम्बन्ध हुँदैन” भन्ने हुन्छ। त्यसकारण “मैले तिनीहरूसँग सङ्गति गरेको छु” भन्‍ने वाक्य झूटा अगुवाहरूको मन्त्र र आदर्श वाक्य हो। यदि कुनै ख्रीष्टविरोधीले नियम आफ्‍नो हातमा लिएको, मनोमानी काम गरेको, र मण्डलीमा बाधा ल्याएको कुरा कुनै झूटा अगुवाले देख्यो भने, उसले सङ्गति र सहयोगको विधि पनि प्रयोग गर्छ। केही अर्ती र चेतावनीका शब्‍दहरू बोलेपछि, उसले अब ख्रीष्टविरोधी आज्ञाकारी र समर्पित हुनेछ, र उसले अबदेखि मानिसहरूलाई बहकाउने वा मण्डली जीवनमा बाधा दिने गर्नेछैन भन्‍ने अनुमान गर्छ। के यो मूर्ख अनुमान होइन र? ख्रीष्टविरोधीहरूका बाधाहरू प्रतिबन्धित गर्न यस्तो मूर्ख शैली प्रयोग गर्नु नै झूटा अगुवाले गर्ने काम हो, र यो साँच्‍चै नै पूर्ण रूपमा मूर्खतापूर्ण कुरा हो! झूटा अगुवाहरू व्यस्त काममा अन्धाधुन्ध लाग्नेबाहेक अरू केही गर्दैनन्। तिनीहरू आफूलाई सामान्य मामलाहरूमा मात्र व्यस्त राख्छन् तर आधारभूत काम गर्न असक्षम हुन्छन्। तिनीहरूले सत्यता स्विकार्न सक्‍नेहरूलाई मलजल गर्दैनन्, बाधा र अवरोध ल्याउनेहरूलाई प्रतिबन्धित गर्दैनन्, र बारम्बार चेतावनी दिँदा पनि लापरवाही रूपमा दुष्कर्म गरिरहने र परिवर्तन हुन नमान्‍नेहरूलाई निकाल्दैनन्। तिनीहरूले खासगरी ख्रीष्टविरोधीहरूले कसरी दुष्टता गर्छन् र बाधाहरू निम्त्याउँछन् भन्‍नेप्रति ध्यान दिँदैनन्। तिनीहरू उनीहरूलाई न त खुलासा गर्छन् न त खुट्ट्याउँछन्, न त तिनीहरू उनीहरूलाई निकाला वा निष्कासन नै गर्छन्, जसले गर्दा ख्रीष्टविरोधीहरूले दुष्टता गर्न र मण्डलीको काममा बाधा दिन पाउँछन्। तिनीहरूले वास्तै गर्दैनन् र ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूसँग आफ्नो कुनै सम्बन्ध छैन भन्‍ने सोच्छन्। झूटा अगुवाहरूले आफ्नो काममा झारा टार्न मात्रै सक्छन्; तिनीहरूले सामान्य मामलाहरूको थोरै काम गर्छन् र त्यसपछि आफूले वास्तविक काम गरेको छु र अगुवा र कामदारका रूपमा मानकअनुरूप छु भन्‍ने सोच्छन्। मण्डलीको काममा जसले बाधा र अवरोध ल्याए पनि तिनीहरूले केवल केही धर्मसिद्धान्तहरू सुनाउँछन्, केही अर्तीहरू दिन्छन् र सम्झाउँछन्, अनि समस्या समाधान भयो भन्‍ने सोच्छन्। तिनीहरूले आफूलाई दिनभरि ठूलासाना दुवै कुराहरूमा व्यस्त राख्छन्, र आफूले राम्रो काम गरिरहेको भन्ठान्छन्। तिनीहरूले यसो भन्दै फुइँ लाउनेसमेत गर्छन्, “हाम्रो मण्डलीलाई हेर त। सबैलाई राम्रोसित प्रयोग गरिएको छ: सुसमाचार प्रचार गर्न सक्‍नेहरूले सुसमाचार प्रचार गरिरहेका छन्, भिडियो बनाउन सक्‍नेहरूले भिडियो बनाइरहेका छन्, गीत गाउन सक्‍नेहरूले भजन रेकर्ड गरिरहेका छन्—हाम्रो मण्डली जीवन फस्टाइरहेको छ!” तर, तिनीहरूले मण्डलीका धेरै गुप्त समस्याहरू फिटिक्‍कै देख्दैनन्। तिनीहरूले मण्डली जीवनमा निरन्तर बाधा र अवरोध ल्याउने ती दुष्ट मानिसहरू र अविश्‍वासीहरूलाई तह लाउने आँट गर्दैनन्, त्यसकारण तिनीहरू उनीहरूलाई बेवास्ता गर्छन्। मानिसहरूलाई आफूतिर आकर्षित गरेर आफ्नै साना समूहहरू बनाउने प्रयास गर्दै आफ्नै तरिकाले काम गर्ने ख्रीष्टविरोधीहरूप्रति तिनीहरूले आँखा चिम्लिन्छन्। तिनीहरूले धार्मिकताका लागि भोकाउने र तिर्खाउने नयाँ विश्‍वासीहरूले उठाउने धेरै प्रश्‍नहरूलाई सम्बोधन गर्न सक्दैनन्। यी वास्तविक समस्याहरू समाधान गर्ने उपायहरू खोज्नुको सट्टा, झूटा अगुवाहरू सधैँ यी कुराबाट तर्किन खोज्छन्, र अझै पनि “मण्डली जीवन फस्टाइरहेको छ” भन्‍ने दाबी गर्छन्। के यो ढोँग र ठगीमा संलग्‍न हुनु होइन र? झूटा अगुवाहरूले यी अविश्‍वासीहरू, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई ननिकाली वा निराकरण नगरी त्यतिकै मण्डलीमा छोड्छन्, र यसरी तिनीहरूलाई लापरवाही रूपमा दुष्कर्म गर्न र मण्डली जीवन पूरै अस्तव्यस्त पार्न दिन्छन्, र तिनीहरूले त्यो नदेखेको नाटक गर्छन्। त्यस्ता झूटा अगुवाहरू अत्यन्तै अन्धा हुन्छन्! तिनीहरूले अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूका लागि सुरक्षा-छाताको काम गर्छन्, र यी पतित मानिसहरूलाई ननिकाल्नु भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई प्रेम गर्नु र सुरक्षा दिनु हो भन्‍ने सोच्दै यसप्रति गर्व पनि गर्छन्। के यो मण्डलीको काममा बाधा र अवरोध ल्याउनु होइन र? के यो जानीजानी परमेश्‍वरको प्रतिरोध गर्नु र उहाँविरुद्ध जानु होइन र? तर झूटा अगुवाहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। यदि तैँले तिनीहरूलाई यी वास्तविक समस्याहरू समाधान भएका छन् कि छैनन् भनेर सोधिस् भने, तिनीहरूले “मैले तिनीहरूलाई काटछाँट गरेको छु; मैले तिनीहरूसँग सङ्गति गरेको छु” भनेर भन्छन्, जसको आशय समस्याहरू समाधान भएका छन् र अब ऊसँग यी कुराहरूको कुनै सम्बन्ध छैन भन्‍ने हुन्छ। के यो जिम्मेवारीबाट पछि हट्नु होइन र? कुनै झूटो अगुवाका लागि, जब कसैले कुनै दुराचरण गर्छ, तब उसले सो उत्पीडकलाई झाराटारुवा तरिकाले काटछाँट गरेको छ र केही कुरा सम्झाएको र अर्ती दिएको छ भने, उसको काम पूरा भएको हुन्छ र उसले समस्या समाधान गरेको जस्तो गर्छ। के यो छलमा संलग्‍न हुनु होइन र? झुटा अगुवाहरू अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूलाई पक्कै पनि समयमै निकाल्दैनन्, अनि यसो भन्दै भ्रामक बहाना बनाउँछन्, “मैले तिनीहरूसँग परमेश्‍वरका वचनहरू सङ्गति गरेँ, तिनीहरू सबैले आफूले गरेका कुरा चिनेर अफसोस माने, र तिनीहरू सबैले नै रुँदै अवश्य पश्‍चात्ताप गर्ने र अबदेखि आफ्‍नै स्वतन्त्र राज्य स्थापित गर्ने प्रयास नगर्ने भनेर भने।” के यी झूटा अगुवाहरूले बच्‍चाले नाटक गरेजसरी आफूलाई धोका दिइरहेका हुँदैनन् र? यी अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरू सबै सत्यताप्रति वितृष्ण मानिसहरू हुन्। तिनीहरू कसैले पनि सत्यता बिलकुलै स्विकार्दैनन्, र तिनीहरू परमेश्‍वरको मुक्तिका लक्षित पात्र होइनन्, बरु परमेश्‍वरका घिन र घृणाका लक्षित पात्र हुन्। तर झुटा अगुवाहरू यी अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्छन्, र तिनीहरूलाई प्रेमपूर्वक सहयोग गर्छन्। यहाँ, समस्याको प्रकृति के हो? के मूर्खता र अज्ञानताले तिनीहरूलाई स्पष्टसित यी मानिसहरू चिन्‍नबाट रोकिरहेको हो, कि तिनीहरूले ती मानिसहरू चिढिएलान् भन्ने डरले तिनीहरूलाई खुसी पार्न खोजिरहेका हुन्? कारण जेसुकै भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र सत्यता स्विकार्दैनन् वा काटछाँटमा पर्दा आफ्‍नो गल्ती स्विकार्दैनन्। झूटा अगुवाहरूमा सत्यता वास्तविकता पटक्कै हुँदैन भनेर प्रमाणित गर्न यो नै काफी छ। तिनीहरूले परमेश्‍वरको घरका कार्य प्रबन्धहरूअनुसार काम गर्दैनन्, र विशेष गरी मण्डलीलाई सफा गर्ने काममा, तिनीहरूले झाराटारुवा तरिकाले काम गर्छन्। तिनीहरूले स्पष्ट रूपमै दुष्कर्मी देखिएका थोरैलाई सफा गरेर झारा मात्र टार्छन्। खुलासा र काटछाँटमा पर्दा तिनीहरू जिम्‍मेवारीबाट पन्छिन र आफ्‍नो पक्षमा तर्क गर्नका लागि अनेक कारण र बहाना बनाउँछन्। त्यसकारण, वास्तविक काम नगर्ने झूटो अगुवा परमेश्‍वरको इच्‍छालाई अघि बढाउन नदिने बाधक हो। झूटा अगुवाहरूले सतही, सामान्य काम मात्र सम्हाल्छन्, जसको कुनै मूल्य हुँदैन। तिनीहरूले मण्डलीमा देखा पर्ने विभिन्‍न समस्याहरू कहिल्यै समाधान गर्दैनन्; तिनीहरू केवल तीबाट पन्छिन्छन्। यसले गर्दा मण्डलीको कामको सामान्य प्रगतिमा ढिलाइ मात्रै हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि असर पुग्छ। झूटा अगुवाहरूले प्रस्ट रूपमै मण्डलीको काममा बाधा र अवरोध ल्याउँछन्, र अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूको सुरक्षा छाताका रूपमा काम गर्छन्। आत्मिक युद्धको महत्त्वपूर्ण घडीमा, तिनीहरू परमेश्‍वरलाई प्रतिरोध र छल गर्न दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको पक्षमा उभिन्छन्। के यो परमेश्‍वरलाई धोका दिनुको प्रकटीकरण होइन र? झूटा अगुवाहरूका दृष्टिकोण र व्यवहारहरूलाई हेर्दा, तिनीहरू सत्यता खोजी गर्ने मानिस हुँदै होइनन्, तिनीहरूले सत्यता पटक्‍कै बुझ्दैनन्, र तिनीहरू अगुवाइको काम गर्न पूर्ण रूपमा असमर्थ हुन्छन् भन्‍ने कुरा स्पष्ट हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्