अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०) खण्ड तीन

बाह्रौँ जिम्मेवारीका सम्बन्धमा झूटा अगुवाहरूका प्रकटीकरणहरू चिरफार गर्ने

अ. झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले बाधा र अवरोधका समस्याहरू पहिचान गर्न सक्दैनन्

बाह्रौँ जिम्मेवारीमा उल्लेख गरिएअनुसार अगुवा र कामदारहरूले गर्नैपर्ने कामहरू यिनै हुन्; अब हामी थप खास उदाहरणहरूबारे सङ्गति गर्नेछैनौँ। आजको सङ्गतिको मूल विषय भनेको झूटा अगुवाहरूले यी कामहरू पूरा गर्ने क्रममा देखा पर्ने तिनीहरूका खास प्रकटीकरणहरू खुलासा गर्नु, र झूटा अगुवाहरूको सार प्रतिबिम्बित गर्ने र व्यक्तिलाई झूटो अगुवाका रूपमा चित्रण गर्नका लागि प्रयोग गर्न सकिने व्यवहारहरू कुन-कुन हुन् भनेर पहिचान गर्नु हो। आजको सङ्गतिको मुख्य विषय यही हो। पहिलो कुरा त, यस कामका अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने कुरा भनेको परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै पहिचान गर्नु हो। तुरुन्तै पहिचान गर्नु भनेको अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने एउटा मानक हो। जब केही कुरा आइपर्छ, जब कुनै कुरा गलत भएको अलिकति मात्र पनि सङ्केत देखिन्छ, जस्तै दुष्ट मानिसहरूले चलखेल गर्न थालेको, वा कसैले समस्या सिर्जना गर्न लागेको सङ्केत देखिन्छ, त्यसलगत्तै अगुवा र कामदारहरूले यसलाई महसुस गर्नुपर्छ र सतर्क हुनुपर्छ। यदि तिनीहरू बोधो र अबुझ छन् भने, यो समस्याजनक हुनेछ। विशेषगरी, दुष्ट मानिसहरूले बाधाहरू सिर्जना गरिरहेको अवस्थामा, यो समस्या देखा पर्न थाल्नेबित्तिकै र यी मानिसहरूले के गर्ने अभिप्राय राख्छन् वा परिस्थिति कसरी अघि बढ्छ भन्‍ने कुरा स्पष्ट नहुनेबित्तिकै, अर्थात् अगुवा र कामदारहरूले अझै पनि यो कुरा छर्लङ्ग देख्‍न नसकेको अवस्थामा, तिनीहरूले अन्धाधुन्ध काम गर्ने वा यी मानिसहरूलाई चाहिनेभन्दा पहिले नै सतर्क तुल्याउने गर्नु हुँदैन ताकि गलत मूल्याङ्कनबाट जोगिन सकियोस्। तर यसको अर्थ परिस्थिति देख्‍दै नदेख्‍नु र त्यसबारे अनजान रहनु भन्‍ने होइन। बरु, यसको अर्थ परिस्थितिहरू कसरी विकसित हुन्छन् र यी मानिसहरूका अभिप्राय, उद्देश्य, र मनसायहरू के-के हुन् भनेर हेर्न प्रतीक्षा र अवलोकन गर्नु हो। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो। जब परिस्थिति निश्‍चित हदसम्म विकसित हुन्छ, र यी मानिसहरूले नकारात्मकता पोखाउन र भ्रमहरू फैलाउन थाल्छन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा पुग्छ, तब अगुवा र कामदारहरूले तुरुन्तै काम गर्नुपर्छ। तिनीहरू हिचकिचाहटबिना यी व्यक्तिहरूका दुष्ट कार्यहरू खुलासा, चिरफार, र प्रतिबन्ध गर्न खडा हुनुपर्छ, र तिनीहरूले अरूलाई पाठहरू सिक्न र दुष्ट मानिसहरू खुट्ट्याउन र छर्लङ्ग देख्‍न मद्दत गर्नुपर्छ। बाधा र अवरोधहरू सिर्जना गर्ने विभिन्‍न मानिस, घटना, र कामकुराहरू तुरुन्तै र सही रूपमा पहिचान गर्ने प्रक्रिया यही हो—अगुवा र कामदारहरूले यो काम गर्नु भनेकै यही हो। यो कामको मुख्य उद्देश्य भनेको मण्डलीको काममा बाधा र अवरोध ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू पहिचान गर्नु, र त्यसपछि तिनलाई तुरुन्तै समाधान गर्नु हो। अगुवा र कामदारहरूले हासिल गर्न सक्‍ने कुरा यही हो। त्यसोभए, यस काममा झूटा अगुवाहरूका प्रकटीकरणहरू के-के हुन्? हामी झूटा अगुवाहरूलाई कसरी चिरफार गर्न र खुट्ट्याउन सक्छौँ? प्रस्ट रूपमा, झूटा अगुवाहरूले मण्डलीका काममा दुष्ट मानिसहरूद्वारा निम्त्याइएका बाधाहरू तुरुन्तै र सही रूपमा पहिचान गर्न सक्दैनन्। झूटा अगुवाहरूले मण्डलीको काम गर्दा त्यसमा हुने सबैभन्दा स्पष्ट समस्या यही हो—तिनीहरूमा दुष्ट मानिसहरूले मण्डलीका काममा सिर्जना गर्ने बाधाहरू खुट्ट्याउने क्षमता हुँदैन। झूटा अगुवाहरूले समस्याहरू पहिचान गर्न वा समस्याहरूको सार छर्लङ्गै देख्‍न सक्दैनन् भनेर किन भन्‍ने? कति मानिसहरूका कार्यहरूले स्पष्ट रूपमै मण्डलीका काममा बाधा र अवरोधहरू सिर्जना गर्छन्, तर झूटा अगुवाहरूले ती समस्याहरू खुट्ट्याउन वा महसुस गर्न सक्दैनन्; तिनीहरू अन्धा हुन्छन्। कति मानिसहरूले मण्डलीमा नकारात्मकता पोखाउँछन्, अरूलाई बहकाउँछन्, र बाधा दिन्छन्। अरूचाहिँ गुटबन्दी गर्छन्, गुप्त रूपले साँठगाँठ गर्छन्, र निश्‍चित व्यक्तिहरूको तिनीहरूको पिठ्युँपछाडि प्रायः दोष लगाइरहन्छन्। अझै अरूले लापरवाही ढङ्गले एकअर्कालाई प्रलोभनमा पार्छन् र एकअर्कासँग जिस्किन्छन्। झूटा अगुवाहरूले यी कुराहरू नदेखेको नाटक गर्छन्; तिनीहरू ती समस्याहरू कति गम्भीर छन् र ती समस्याहरू समाधान नभएमा कति जना मानिसहरूको सत्यताको खोजी र कर्तव्य निर्वाहमा असर पर्छ, साथै ती समस्याहरूले के-कस्ता परिणामहरू ल्याउँछन् भन्‍नेबारे पूर्ण रूपमा अनजान हुन्छन्, त्यसैले तिनीहरूले तिनलाई बेवास्ता गर्छन्। जब केही मानिसहरूले समस्याहरू देख्छन् र कुनै झूटो अगुवालाई तिनका बारेमा रिपोर्ट गर्छन्, तब उक्त झूटो अगुवाले यसो भन्‍न सक्छ, “तिनीहरू सबै दाजुभाइ-दिदीबहिनी हुन्—केही भ्रष्टता त कसले प्रकट गर्दैन र? भावना र चाहनाहरू कोसँग हुँदैनन् र? अरूलाई हल्का रूपमा आलोचना वा निन्दा गर्ने नगर्नू!” मण्डलीमा कुनै कुरा जति नै हास्यास्पद, दुष्ट, वा सत्यताविपरीत भए पनि, झूटा अगुवाहरूले यो देख्दै देख्दैनन्। कति मानिसहरूले भेलाहरूमा सधैँ यसो भन्दै नकारात्मक कुरा गर्छन्, “तिनीहरू परमेश्‍वरको दिन नजिक छ भनेर भनिरहन्छन्—त्यो दिन वास्तवमा कहिले आउँछ?” कति दाजुभाइ-दिदीबहिनीहरूलाई त यसले थाहै नपाई असर पारेको हुन्छ, तर झूटो अगुवाको प्रतिक्रिया के हुन्छ? तिनीहरूले यसलाई सामान्य कमजोरी ठान्छन् र यो नकारात्मकता पोखाउनु, अरूलाई बहकाउनु, र बाधा दिनु हो भन्‍ने कुरा देख्‍न सक्दैनन्। कति दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा स्पष्ट रूपमै असर परेको हुन्छ। तिनीहरू अबदेखि सुसमाचार प्रचार गर्न चाहँदैनन् र सकारात्मक वा सक्रिय रूपमा भेलाहरूमा सहभागी हुन छाड्छन्। हरेकपटक भेला हुँदा, तिनीहरूलाई सहभागी हुन बोलाउनुपर्छ। तैपनि, झूटो अगुवाले यसलाई समस्याको रूपमा हेर्दैन। यो समस्या पैदा हुँदा मण्डलीका सबै जनामा के-कस्ता परिवर्तनहरू देखा पर्छन् भन्‍ने कुरा तिनीहरूले देख्दैनन्। तिनीहरूले पर्दापछाडि के भइरहेको छ, मानिसहरूका स्थितिमा कस्ता परिवर्तनहरू आएका छन्, मानिसहरूमा के-कस्ता समस्याहरू छन्, ती कसले निम्त्याएको हो, मुख्य दोषीहरू को-को हुन्, समस्याहरू कोबाट सुरु भएका हुन्, र के-कस्ता समस्याहरू समाधान गरिनुपर्छ भन्‍ने कुरा केही पनि थाहा नपाई परम्पराका रूपमा यान्त्रिक तरिकाले मात्रै भेलाहरू आयोजना गर्छन्—तिनीहरूले यी कुनै पनि कुराको भेउ पाउन सक्दैनन्। के तिनीहरूमा दृष्टिको कमी भएकाले तिनीहरूले यी कुराहरू देख्‍न नसकेका हुन्? (होइन।) तिनीहरूमा दृष्टिको कमी छैन भने मण्डलीभित्र यस्ता गम्भीर बाधा, अवरोध, र स्पष्ट भ्रमहरू देखा पर्दा, तिनीहरूले किन तिनलाई देख्‍न वा पहिचान गर्न सक्दैनन् त? स्पष्ट रूपमा, यस्तो अगुवा अन्धो हुन्छ र उसमा आत्मिक बुझाइको कमी हुन्छ। कति मानिसहरूले भन्छन्, “तिनीहरूले यी समस्याहरू पहिचान गर्न नसके पनि, तिनीहरूले भेलाहरूमा मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउन सक्छन्। तिनीहरूले पढेर सुनाउँदा मानिसहरूको बुझाइ जे-जस्तो भए पनि वा यसले कुनै परिणामहरू ल्याए पनि नल्याए पनि, तिनीहरूले अथक रूपमा परमेश्‍वरका वचनहरू पढिरहन्छन्। यही कारणले मात्रै पनि, तिनीहरूलाई असल अगुवा मान्न सकिन्छ।” तिनीहरू परमेश्‍वरका वचनहरू पढ्नमा मात्र ध्यान दिन्छन्—यदि यसले कुनै परिणाम ल्याउँदैन भने, के यो झारा टार्नु होइन र? यदि तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन् भने, मानिसहरूले भेलाहरूबाट के फाइदा लिन सक्छन् र? त्यसोभए के यस्तो अगुवा झूटो अगुवा हो? (हो।) यो काम गर्दा झूटो अगुवाको एउटा प्रकटीकरण भनेको अन्धोपन हो। तिनीहरू अन्धो हुन्छन्—तिनीहरूकै अगाडि वा वरिपरि समस्या जति नै स्पष्ट भए पनि, तिनीहरूले यसलाई देख्‍न वा पहिचान गर्न सक्दैनन्। बाहिरी रूपमा हेर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई औसत व्यक्तिले भन्दा बढी प्रिय ठानेजस्तो देखिन्छ, तर तिनीहरूले परमेश्‍वरका वचनहरू केका बारेमा छन्, तिनले कुन-कुन मानिसहरूलाई इङ्गित गर्छन्, वा कुन-कुन परिस्थितिहरूलाई सम्बोधन गर्छन् भन्‍ने कुरा बुझ्दैनन्—तिनीहरूले परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनसँग जोडेर हेर्न सक्दैनन्। त्यसोभए, तिनीहरूले सङ्गति गर्ने बुझाइ कस्तो हुन्छ? के ती सत्यताअनुरूप हुन्छन्? के तिनले वास्तविक समस्याहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) जब तिनीहरूले प्रचार गर्छन्, तब तिनीहरूले आफूमा सत्यताको राम्रो बुझाइ भएजस्तो गरी खोक्रो भाषण फलाक्छन्, तर तिनीहरूले मण्डलीमा दुष्ट मानिसहरूले ल्याएका स्पष्ट बाधाहरू पहिचान गर्न सक्दैनन्, बरु केही पनि भएको छैन जस्तो व्यवहार गर्छन्। के यसले तिनीहरूले सत्यता बुझ्छन् र तिनीहरूमा समझशक्ति छ भन्‍ने देखाउँछ? के तिनीहरूसँग परमेश्‍वरका वचनहरूको साँचो बुझाइ हुन्छ? (हुँदैन।) यदि तिनीहरूले परमेश्‍वरका वचनहरू सामान्य रूपमा पढ्न सक्छन् भने, तिनीहरूले तिनलाई किन समस्याहरू हेर्न र समाधान गर्नका लागि प्रयोग गर्न सक्दैनन्? परमेश्‍वरका वचनहरू पढ्दा किन तिनीहरूको दिमाग कहिल्यै खुल्दैन? परमेश्‍वरका वचनहरू पढ्दा किन तिनीहरूमा पारखी हृदय हुँदैन? यो समस्याको जड के हो? तिनीहरू किन अन्धा हुन्छन्? तिनीहरूको अन्धोपनको कारण के हो? (कारण यो हो कि, तिनीहरूमा परमेश्‍वरको वचन बुझ्ने क्षमताको कमी हुन्छ र तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ।) ठीक भन्यौ। तिनीहरूको आँखा अन्धो हुँदैन, तर तिनीहरूको हृदय अन्धो हुन्छ। अन्धो हृदय हुनु भन्नुको अर्थ के हो? यसको अर्थ अत्यन्तै कमजोर क्षमता हुनु र परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता नहुनु हो। तिनीहरूले परमेश्‍वरका जति धेरै वचनहरू पढे पनि सतही स्तरमा मात्रै बुझ्छन्। तिनीहरूले यसलाई मण्डलीमा देखा पर्ने विभिन्‍न मानिस, घटना, कामकुरा, र परिस्थितिहरूसँग जोडेर हेर्न सक्दैनन्, न त तिनीहरूले विभिन्‍न समस्याहरूलाई सत्यता सिद्धान्तहरूअनुसार हेर्न, सम्हाल्न, र समाधान गर्न नै सक्छन्। तिनीहरूको अन्धोपनको जड यही हो—तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले यो काम गर्न सक्दैनन्। त्यसकारण, तिनीहरूले जति नै लगनका साथ अध्ययन गरे पनि र कडाइका साथ तालिम लिए पनि, र आफ्नो क्षमताको कमी पूर्ति गर्न जति नै मेहनत गरे पनि, के तिनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छन् त? सक्दैनन्। यी मानिसहरू निकै दयनीय हुन्छन्। तिनीहरूले आफूलाई शब्द र धर्मसिद्धान्तहरूद्वारा जति नै सुसज्जित गरे पनि, तिनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न वा यो काम गर्न सक्दै सक्दैनन्।

भर्खरै, हामीले यी झूटा अगुवाहरूको एउटा प्रकटीकरणबारे सङ्गति गर्‍यौँ, र त्यो के हो भने तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूका कार्यहरूले मण्डलीमा बाधाहरू ल्याउँछन् भन्‍ने कुरा देख्‍न सक्दैनन्, न त तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको सार छर्लङ्गै देख्‍न नै सक्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोधहरू ल्याउने मामलाहरू आइपर्दा, कहिलेकहीँ तिनीहरूले थोरथोरै सुराग देख्‍न सक्छन्, वा तिनीहरूले आफ्नो अनुभव, भावना, वा अन्तर्ज्ञान जेमार्फत भए पनि, केही कुरा अलिक ठीक छैन, यो व्यक्तिको हाउभाउ, उसको आँखाको हेराइ, र उसको बोलीवचन अलिक असामान्य छ भन्‍ने मात्रै महसुस गर्न सक्छन्। तिनीहरूमा थोरै भए पनि भावना होला, तर तिनीहरूले धेरै कुराहरू छर्लङ्ग देख्‍न सक्दैनन्, र धेरैजसो समस्याहरू पहिचान गर्न सक्दैनन्। तिनीहरूले समस्याहरूको सार छर्लङ्ग देख्‍न नसक्‍नुको कारण के हो? यसमा अर्को समस्या पनि संलग्‍न हुन्छ। तिनीहरू अत्यन्तै लगनशील हुन्छन्, दिनभरि कोठामै बसेर प्रवचन लेख्छन्, आफ्नो आत्मिक भक्तिबारे नोटहरू बनाउँछन्, परमेश्‍वरका वचनहरूसम्बन्धी आफ्‍ना बुझाइ र अनुभवहरू लेखेर राख्छन्, भजनहरू सिक्छन्, अनि कति पटक प्रार्थना गर्ने, परमेश्‍वरका वचनहरू कति पढ्ने, र हरेक दिन कति वटा प्रवचन सुन्‍ने, र अनुभवात्मक गवाही लेख लेख्‍नका लागि कति समय छुट्याउने भन्‍ने उद्देश्यहरू तय गर्छन्—तिनीहरूले यी सबै कामहरू पूरा गर्छन्, तर पनि किन तिनीहरूले परिस्थितिहरू आइपर्दा अझै पनि तिनलाई छर्लङ्ग देख्‍न सक्दैनन्? तिनीहरूले सत्यता बुझ्दैनन्। तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू फलाक्न मात्रै सक्छन् तर वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। कति मानिसहरूले अरूलाई बहकाउन सधैँ शब्द र धर्मसिद्धान्तहरू बोलिरहेका हुन्छन्, तर झूटा अगुवाहरूले यो कुरा छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले कहिलेकाहीँ केही गडबड छ, समस्या रहेको हुन सक्छ भन्‍ने महसुस त गर्छन्, तर ती मानिसहरू दुष्ट देखिँदैनन् भन्‍ने देखेर तिनीहरूले अन्योलमा परेर समस्यालाई त्यतिकै छोडिदिन्छन्। तिनीहरूले त्यस्ता समस्याहरू खुट्ट्याउनका लागि सत्यता सिद्धान्तहरू खोजी गर्न सक्दैनन्, र तिनीहरूले त्यस्ता मानिसहरूको स्थिति र सार खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढेका भए पनि तिनलाई यी परिस्थितिहरूसँग कसरी जोड्ने भनेर जान्दैनन्। तिनीहरूको मन धूमिल हुन्छ र तिनीहरूले यी कुराहरू छर्लङ्ग देख्‍न सक्दैनन्। जब तिनीहरूले खोजी गर्न चाहन्छन्, तब यसलाई कसरी व्यक्त गर्ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले समस्याको सार व्याख्या नगरी, र त्यस्ता मानिसहरूका समग्र प्रकटीकरणहरू कस्ता छन्, तिनीहरूको मानवता, पछ्याइ, कर्तव्य निर्वाह, र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने सङ्कल्प कस्ता छन्, वा सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो छ, र तिनीहरू सत्यता स्विकार्ने मानिस हुन् कि होइनन् भन्‍ने कुरा स्पष्ट रूपमा व्याख्या नगरी लामो समयसम्म कुरा मात्र गरिरहन्छन्। यी झूटा अगुवाहरूले यी कुराहरूलाई छर्लङ्ग देख्‍न वा स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरूलाई समस्या छ भन्‍ने महसुस त हुन्छ, तर तिनीहरूले धेरै थोक बताउँदै बकबक मात्र गरिरहन्छन्, र आफ्नो कुरा प्रस्ट पार्दैनन्। तिनीहरूको कुरा सुन्‍ने व्यक्तिहरूले तिनीहरूले सोधिरहेका प्रश्‍नहरू र व्याख्या गरिरहेको व्यक्तिको समग्र स्थिति जान्‍नका लागि तिनीहरूका शब्दहरू खुट्ट्याउन, मुख्य बुँदाहरू निकाल्न र विश्‍लेषण गर्न सक्‍नुपर्छ, अनि अन्त्यमा त्यो व्यक्तिको सार चित्रण गर्न सक्‍नुपर्छ—ऊ दुष्ट छ कि असल छ, ऊ सत्यता पछ्याउने व्यक्ति हो कि श्रमिक मात्रै हो भन्‍ने कुरा। जब तैँले कुनै झूटो अगुवालाई कुनै समस्या व्याख्या गर्न वा प्रश्‍न उठाउन लगाउँछस्, तब उसले समस्याको जड र सार वा यसको निचोड स्पष्ट रूपमा कहिल्यै व्याख्या गर्न सक्दैन। छोटकरीमा भन्दा, झूटा अगुवाहरूसँग आफूले छर्लङ्ग देख्‍न नसक्‍ने समस्याहरूप्रति कुनै खास मनोवृत्ति हुँदैन, र तिनीहरूले केही सुरागहरू देख्‍न सक्‍ने मामलाहरूमा पनि तिनीहरूले ती समस्याहरूको सार छर्लङ्ग देख्‍न सक्दैनन्। कति मानिसहरूले मण्डली जीवनमा प्रतिकूल असर पर्नेगरी नकारात्मकता पोखाउँदा र धारणाहरू फैलाउँदा पनि, तिनीहरूले यो कुरा छर्लङ्ग देख्‍न सक्दैनन्। तिनीहरूले सतहबाटै वा सुरुवाती चरणबाटै समस्याको सार छर्लङ्ग देख्‍न वा चित्रण गर्न सक्दैनन्। समस्याको सार छर्लङ्ग देख्‍नु अवश्य नै सरल कुराचाहिँ होइन। मण्डलीको काममा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरूका आधारमा विभिन्‍न मानिसहरूको सार छर्लङ्ग देख्‍नु हो। यो कुरा सत्यता बुझेका मानिसहरूले हासिल गर्न सक्छन्, तर झूटा अगुवा र झूटा कामदारहरूले हासिल गर्न सक्दैनन्। मण्डलीका काममा ख्रीष्टविरोधीहरूले बाधा दिइरहेका देख्दा, तिनीहरूले समस्याको सार छर्लङ्ग देख्‍न सक्दैनन् र यसो भन्दै ख्रीष्टविरोधीहरूको बचाउसमेत गर्छन्, “बस तिनीहरूले केही भ्रष्ट स्वभाव प्रकट गरिरहेका छन्, र तिनीहरू अलिक अहङ्कारी, मनोमानी, र स्वेच्छाचारी भइरहेका छन्। तिनीहरूले अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट सहन सक्छन्। त्यसकारण हामीले तिनीहरूलाई आलोचना र निन्दा गर्नु हुँदैन; हामीले यसलाई ठूलो कुरा बनाउनु हुँदैन।” अरूले सोध्छन्, “यदि तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट सहन सक्छन् भने, के तिनीहरू सत्यता पछ्याउने मानिस हुन्? के तिनीहरूले पर्दापछाडि अरूलाई उक्साएका, बहकाएका, वा आफ्नो पक्षमा उभ्याएका छन्? के तिनीहरूले आफूलाई उच्च पारेका र आफ्नै गवाही दिएका छन्?” झूटा अगुवाहरूले यी कुराहरू छर्लङ्ग देख्‍न सक्दैनन्। कति मानिसहरू त यस्ता पनि छन्, जो परमेश्‍वरको गवाही दिने नाममा जानीजानी परमेश्‍वरको बदनाम र ईश्वरनिन्दा गर्छन् र उहाँबारे तिनीहरूका आफ्नै धारणाहरू चिरफार गर्दै र ती थाहा भएको भन्दै जानीजानी आधारहीन अफवाह फैलाउँछन्। तिनीहरूले यसो गरेको सुनेपछि, झूटा अगुवाहरूलाई तिनीहरूले भनेको कुरा अलिक अनौठो लाग्न सक्छ, तर तिनीहरूले यो समस्याको गम्भीरता छर्लङ्ग देख्‍न सक्दैनन्, झन् यी शब्दहरूले ल्याउने नकारात्मक प्रभाव र गम्भीर परिणामहरू देख्‍न सक्‍नु त परको कुरा हो। त्यसकारण, झूटा अगुवाहरूको आँखा अगाडि नै आउने विभिन्‍न बाधा र अवरोधहरू पनि या त तिनीहरूको दृष्टिमा पर्दै पर्दैनन्, या त तिनीहरूको दृष्टिमा परे नि, तिनलाई कसरी चित्रण गर्ने वा परमेश्‍वरका वचनहरू र यी अवस्थाहरूलाई कसरी जोड्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। यी अत्यन्तै स्पष्ट कुराहरू पनि तिनीहरूका लागि अन्योलमय गोलमाल बन्छन्। झूटा अगुवाहरू बुद्धु हुन्छन्। मण्डलीमा, तिनीहरूले कुन-कुन मानिसहरूले सत्यता पछ्याइरहेका छन्, र कुन-कुन मानिसहरू सत्यता स्विकार्न सक्‍ने साँचो विश्‍वासी हुन् भनेर खुट्ट्याउन सक्दैनन्। तिनीहरूले कुन-कुन मानिसहरूले सत्यता पछ्याउँदैनन्, तर पनि श्रम गर्न सक्छन् र जो प्रायजसो मूल्य चुकाउन र सिद्धान्तहरूअनुसार काम गर्न तयार हुन्छन्, र कहिलेकाहीँ केही नकारात्मक शब्दहरू बोले पनि तुलनात्मक रूपमा आज्ञाकारी र समर्पित नै हुन्छन् भनेर खुट्ट्याउन सक्दैनन्। तिनीहरूले कुन-कुन मानिसहरूले नकारात्मक भूमिका खेल्ने, नकारात्मकता पोखाउने र अरूलाई आलोचना गर्ने काम मात्र गर्छन् भनेर पनि खुट्ट्याउन सक्दैनन्, र तिनीहरूसँग सधैँ परमेश्‍वरको घरका सबै कार्य बन्दोबस्तहरूबारे र परमेश्‍वरको घरका सबै कामहरूसँग सम्बन्धित नियम र मागहरूबारे धारणाहरू बोकेका हुन्छन्, तिनीहरूले स्वीकारको भन्दा पनि प्रतिरोधको मनोवृत्ति बोकेका हुन्छन्, र यी कुराहरूप्रति अत्यन्तै अनादरपूर्ण व्यवहार देखाउँछन्, र यी कुराहरूको आलोचनासमेत गर्छन्। छोटकरीमा भन्दा, झूटा अगुवाहरूले कुनै पनि प्रकारका मानिसहरू छर्लङ्ग देख्‍न सक्दैनन्। अझै खराब कुरा त, मण्डलीमा केही त्यस्ता मानिसहरू हुन्छन् जो बारम्बार धारणाहरू फैलाउँछन्, नकारात्मकता पोखाउँछन्, र भेलाहरूमा परमेश्‍वरका वचनहरूसमेत पढ्दैनन्। तिनीहरूले सधैँ गुटबन्दी गर्छन्, र तिनीहरू डाहा र कलहमा संलग्‍न हुन्छन्। कति मानिसहरू सधैँ अगुवा बन्‍न चाहन्छन्, सधैँ मण्डलीकै भरमा बाँच्न चाहन्छन्, र सधैँ परमेश्‍वरको घरको सम्पत्ति हत्याउन चाहन्छन्। कति मानिसहरू यस्ता पनि हुन्छन् जसले बाहिरी रूपमा केही असल व्यवहार देखाए पनि आफ्नो कर्तव्यमा कुनै सकारात्मक भूमिका खेल्दैनन्। झूटा अगुवाहरूले यी नकारात्मक पात्रहरूलाई छर्लङ्ग देख्‍न र वर्गीकरण गर्न सक्दैनन्। तिनीहरूले यी मानिसहरूले कुन मार्ग लिइरहेका छन्, तिनीहरूको सार के हो, र तिनीहरू सत्यता स्विकार्ने मानिस हुन् कि होइनन् भन्‍ने कुरा छर्लङ्ग देख्‍न सक्दैनन्। के यो झूटा अगुवाहरूको क्षमताको समस्या होइन र? यी झूटा अगुवाहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। तिनीहरूले जे गरे पनि त्यो पूरै गन्जागोल हुन्छ, र तिनीहरूले गर्ने जुनसुकै काम पनि पूरै अस्तव्यस्त हुन्छ।

परमेश्‍वरको घरका लागि सरसामान किन्दा कति मानिसहरूले सिद्धान्तहरूविना भेटीहरू खर्च गर्छन्, र अनुमति नलिई स्वेच्छाचारी ढङ्गले सामानहरू किन्छन्। झूटा अगुवाहरूले यो देखेपछि यसोसमेत भन्छन्, “तिनीहरूले अलिक बढी पैसा खर्च गरेका भए पनि तिनीहरूको अभिप्राय राम्रै थियो। परमेश्‍वरको घरका लागि सामानहरू किन्दा, हामीले सबैभन्दा राम्रो किन्‍नुपर्छ; यो पैसा बरबाद गर्नु होइन। के भेटीहरू यसरी नै प्रयोग गर्नुपर्ने होइन र?” के तिनीहरूका शब्दहरूमा सिद्धान्तहरू छन्? (छैनन्।) त्यसोभए, यी कस्ता शब्दहरू हुन्? के ती अलमल्ल छैनन् र? सिद्धान्तबिनाका शब्दहरू अलमल्ल शब्द हुन्, र आधारहीन शब्दहरू पनि अलमल्ल शब्द हुन्। कति मानिसहरूले मण्डली जीवनको अवधिमा बारम्बार शब्द र धर्मसिद्धान्तहरू बोल्छन्; तिनीहरू बोल्न विशेष सिपालु हुन्छन्, र तिनीहरूले व्यवस्थित तरिकाले एकदमै मिलाएर कुरा गर्छन्, र तिनीहरूमा बोल्ने उत्कृष्ट सीप हुन्छ। झूटा अगुवाहरूले त्यस्ता मानिसहरूबारे के भन्छन्? “हाम्रो मण्डली जीवन पूर्ण रूपमा फलानोमा निर्भर छ। तिनीहरू सबैभन्दा स्पष्ट बोल्ने मानिसहरू हुन् र तिनीहरूसँग परमेश्‍वरका वचनहरूको सबैभन्दा राम्रो बुझाइ छ। तिनीहरूबिना, हाम्रो मण्डली जीवन अत्यन्तै सुक्खा र न्यास्रो हुनेथ्यो।” यी मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू मात्रै बोलिरहेका छन् भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन। कुनै व्यक्तिले तिनीहरूको कुरा जति धेरै सुने पनि, उसले कुनै आत्मिक लाभ प्राप्त गर्नेछैन, उसले सत्यता बुझ्नेछैन, वा आफ्नो स्थिति बुझ्न र आफ्ना समस्याहरू समाधान गर्न सत्यतालाई कसरी आफूसँग जोडेर हेर्ने भनेर जान्‍नेछैन। झूटा अगुवाहरूको चापलुसी र उक्साहटमा, शब्द र धर्मसिद्धान्तहरू बोल्ने मानिसहरू, चर्चामा रहन मन पराउने मानिसहरू, र आफ्नो भाषणमा प्रायजसो विषयभन्दा बाहिर जाने, हरेक भेलामा अतिरञ्जित, अर्थहीन र व्यापक विषयहरूबारे व्यर्थ कुरा गर्ने मानिसहरू सबैलाई आफ्नो प्रस्तुति दिने ठाउँ दिइन्छ। झूटा अगुवाहरूले तिनीहरूलाई खुट्ट्याउन सक्दैनन् र तिनीहरूलाई प्रतिभाशाली मानिससमेत ठान्छन्, र यसो भन्दै तिनीहरूको चापलुसी गर्छन्, “तिमीहरू यति राम्रो बोल्छौ; तिमीहरू किन अनुभवात्मक गवाही लेखहरू लेख्दैनौ? यो त नराम्रो भयो नि!” मण्डलीमा, ती झूटा अगुवाहरूले विश्‍वविद्यालयका विद्यार्थीहरू, प्राध्यापकहरू, र बुद्धिजीवीहरूलाई खजानाका रूपमा लिन्छन्। तिनीहरूले भन्छन्, “यी बुद्धिजीवी र प्राध्यापकहरू प्रतिभाशाली व्यक्तिहरू हुन्। यिनीहरूसँग अथाह अनुभव छ र समाजमा यिनीहरूको ख्याति छ। यदि यिनीहरू मण्डलीका अगुवा र कामदार बने भने, अझै धेरै काम गर्न सकिन्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले अझ बढी लाभ लिन र अझै धेरै कुरा प्राप्त गर्न सक्छन्। भविष्यमा, मण्डलीको काम पूर्ण रूपमा यिनीहरूमै निर्भर हुनेछ। यी बुद्धिजीवीहरूले हामीलाई अगुवाइ गरेपछि, परमेश्‍वरमाथिको हाम्रो आस्थाले अवश्य नै आशिष्‌हरू ल्याउनेछ।” त्यसकारण, झूटा अगुवाहरूको उपस्थिति रहेका मण्डलीहरूमा, समाजमा हैसियत भएका, ज्ञान भएका, बोल्न सिपालु, शब्द र धर्मसिद्धान्तहरूबारे खोक्रा कुरा गर्ने, केही प्रतिष्ठा भएका, आदि इत्यादिले—अर्थात् कुनै पनि सत्यता वास्तविकता नभएका यी सबै मानिसहरूले—मण्डलीमा प्रमुख पदहरू ओगट्छन् र झूटा अगुवाहरूले तिनीहरूलाई प्रमुख शक्ति र मण्डलीका तथाकथित खम्बाका रूपमा समेत लिन्छन्। जब मण्डलीमा कुनै घटना घट्छ, तब झूटा अगुवाहरूले भन्छन्, “जाओ, फलानोलाई सोध; उनी एउटा कम्पनीका सिईओ थिए,” वा “जाओ, फलानीलाई सोध; उनी फलानो विश्‍वविद्यालयकी प्राध्यापक थिइन्,” वा “जाओ, फलानोलाई सोध; उनी एउटा ल फर्मको प्रमुख वकिल थिए।” झूटा अगुवाहरूले यी मानिसहरूलाई मण्डलीका खम्बा र प्रमुख शक्तिका रूपमा लिन्छन्। के त्यस्ता परिस्थितिहरूमा मण्डली जीवन राम्रो हुन सक्छ? (सक्दैन।) त्यसोभए, नतिजा के हुन्छ? ती तथाकथित प्रमुख शक्ति र खम्बाहरूले गुप्त वा खुला रूपमा समेत हैसियतका लागि प्रतिस्पर्धा गर्छन् र गुटबन्दी गर्छन्, साथै बारम्बार धारणा र आधारहीन अफवाहहरू फैलाउँछन्। मण्डलीका ती दाजुभाइ-दिदीबहिनीहरू जो साँचो विश्वासीहरू हुन्, जो सत्यतालाई प्रेम गर्छन्, जो सत्यता स्विकार्न सक्छन्, र जसमा सत्यताबारे शुद्ध बुझाइ हुन्छ, तिनीहरूलाई प्रायजसो तिनीहरूले बहिष्कार र दमन गर्छन्। ती तथाकथित प्रतिष्ठित सामाजिक व्यक्तित्वहरू, चाहे तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा होस् वा कुनै पनि कामको जिम्मेवारी लिँदा होस्, तिनीहरूमा कुनै बफादारी हुँदैन र तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार कहिल्यै काम गर्दैनन्—तिनीहरूले पूर्ण रूपमा गैरविश्‍वासी समाजका मार्गहरू पछ्याउँछन्। त्यसकारण, यस्तो मण्डलीमा, जो साँचो रूपमा सत्यता पछ्याउँछन्, जोसँग शुद्ध बुझाइ छ, र जोसँग केही मानवता र इन्साफको बोध छ तिनीहरूसँग बोल्ने ठाउँ र बोल्ने अधिकार हुँदैन, र अवश्य नै निर्णय गर्ने अधिकार पनि हुँदैन। मण्डलीमा जस्तोसुकै कुरा आइपरे पनि अन्तिम निर्णयकर्ताहरू सधैँ तिनै तथाकथित मुख्य सदस्यहरूकै समूह हुन्छन्। झूटा अगुवाहरूले यी मानिसहरूलाई आदर्श ठान्छन् र अन्धाधुन्ध विश्‍वास गर्छन्, त्यसकारण कुनै कुरा आइपर्दा तिनीहरू अन्ततः समाधानका लागि तिनीहरूमै भर पर्छन्। यदि यी मानिसहरूले सत्यता पछ्याए र सत्यता सिद्धान्तहरूअनुसार काम गरे भने, त्यो राम्रो कुरा हुनेथियो। तर, यी धेरैजसो मानिसहरूले सत्यता पछ्याउँदैनन्। तिनीहरूसँग केही ज्ञान र शिक्षा हुन्छ, तिनीहरूसँग सामाजिक हैसियत हुन्छ, र त्यसमाथि, तिनीहरूसँग छली र कुटिल मानवता पनि हुन्छ, र तिनीहरू बोल्‍न सिपालु र अरूलाई बहकाउन माहिर हुन्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार ठ्याक्कै यही हो। झूटा अगुवाहरू यी मानिसहरूमाथि भर पर्नुको परिणाम के हुन्छ? तिनीहरूले मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थालाई पूर्ण रूपमा अस्तव्यस्त पार्छन्, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश बरबाद गर्छन्, जसले गर्दा मण्डलीले आफ्नो गवाही पूर्ण रूपमा गुमाउँछ। कति झूटा अगुवाहरूले त मण्डलीमा राजनीति र समसामयिक घटनाहरू सबै बुझ्ने प्रभावशाली व्यक्ति राख्‍न पाए हुन्थ्यो भन्‍ने आशासमेत गर्छन्, र यस्तो सोच्छन्, “यदि मण्डली बिस्तार गर्ने, यसको प्रभाव बढाउने, र यसको प्रतिष्ठा सुदृढ बनाउने कोही यस्तो व्यक्ति भएको भए त, सुसमाचार प्रचारको काममा आशा हुनेथियो। त्यो साँच्‍चै नै खुसीको कुरा हुनेथियो!” झूटा अगुवाहरूको नियन्त्रणमा रहेका मण्डलीहरूमा, मण्डली जीवनको अवधिमा कति मानिसहरूले राजनीति, समसामयिक घटनाहरू, अन्तर्राष्ट्रिय अवस्था, र आन्तरिक मामलाहरूबारे व्यापक रूपमा कुरा गर्छन्; तिनीहरूले उच्च राजनीतिक व्यक्तित्वहरूको निजी जीवनबारे छलफल गर्छन् र यी राजनीतिक व्यक्तित्वहरूका षड्यन्त्र र खुलेआम युक्तिहरूको स्पष्ट र तार्किक रूपमा विश्‍लेषणसमेत गर्छन्। झूटा अगुवाहरू डाहाले र्‍याल काढ्दै यसो भन्छन्, “बल्‍ल, हाम्रो मण्डलीले हाम्रो इज्जत जोगाउने प्रभावशाली व्यक्ति पाएको छ! मलाई सधैँ निराश, हताश, र आफ्नो शिर ठाडो पारेर हिँड्न सक्दिनँ भन्‍ने महसुस हुन्थ्यो, किनभने हाम्रो मण्डलीमा यस्तो प्रभावशाली व्यक्तिको कमी थियो। तर अब हामीले मण्डलीमा त्यस्तो व्यक्ति पाएका छौँ। त्यसकारण, हामीले यो व्यक्तिलाई चाहेको काम गर्न र चाहेको कुरा भन्‍न दिनुपर्छ, र उसलाई स्वतन्त्रता दिनुपर्छ। के परमेश्‍वरको घरले स्वतन्त्रता र मानव अधिकार अभ्यास गर्दैन र? के राज्यको युगले मानव अधिकारमा जोड दिँदैन र?” झूटा अगुवाहरूले राजनीतिको कुरा गर्न र प्रसिद्ध मानिसहरूमाथि टिप्पणी गर्न मन पराउने, मानिसहरूमाझ प्रायजसो उच्च र खोक्रा विचारहरू बोलेको बोल्यै गर्ने मानिसहरूलाई दुर्लभ खजानाका रूपमा लिन्छन् र तिनीहरूलाई मण्डलीका खम्बा र मुख्य आधारका रूपमा संवर्धन गर्न चाहन्छन्। त्यसकारण, तिनीहरूले यिनीहरूलाई बारम्बार प्रोत्साहन र प्रशंसा गर्छन्, किनभने तिनीहरूलाई यी मानिसहरू नकारात्मक बने भने यसले मण्डलीको काममा असर गर्नेछ भन्‍ने डर हुन्छ। छोटकरीमा भन्दा, यी झूटा अगुवाहरू संवेदनशून्य र अन्धा हुन्छन्। तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने विभिन्‍न मानिसहरूलाई तुरुन्तै पहिचान गर्न सक्दैनन्। तिनीहरूले यिनीहरूलाई पहिचान गरिहाले पनि, दुष्ट मानिसहरूको सार छर्लङ्गै देख्‍न सक्दैनन्। तिनीहरूले गुटबन्दी गर्ने र स्वतन्त्र राज्यहरू स्थापना गर्नेजस्ता ख्रीष्टविरोधीहरूको वर्गमा पर्ने स्पष्ट रूपका दुष्ट मानिसहरूलाई समेत छर्लङ्ग देख्‍न सक्दैनन्। ख्रीष्टविरोधीहरूले गुटबन्दी गरिरहेको, आफ्नो सान देखाइरहेको, र आफूसँग भएको ठूलो शक्ति प्रयोग गरेर आफूले चाहेअनुसार गरिरहेको देख्दा, झूटा अगुवाहरूले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छन्? “यो व्यक्ति असाधारण छ, ऊ साँच्‍चै नै उल्लेखनीय छ! मैले यस्तो प्रतिभा पहिले देखेको थिइनँ; यो व्यक्ति मभन्दा निकै प्रतिभाशाली छ, र उसले मलाई साँच्‍चै लज्जित तुल्याएको छ। यिनीहरूको क्षमता हेर त—यिनीहरूले कुनै कुरा लिन पनि सक्छन् र त्याग्‍न पनि सक्छन्, यिनीहरू स्तरीय रूपमा बोल्न सक्छन्, र आफूले बोलेको कुरा पूरा गर्छन्। अर्कोतर्फ, म त्यति राम्रो छैनँ; म त डरपोक बच्‍चीजस्तै छु।” तिनीहरूले ख्रीष्टविरोधीहरूलाई निकै सराहना गर्छन्, तिनीहरू तिनीहरूसामु झुक्छन्, र स्वेच्छाले तिनीहरूका अनुयायी बन्छन्। झूटा अगुवाहरूको यो प्रकटीकरणको एउटा विशेषता अन्धोपन हो, र अर्को विशेषता संवेदनशून्यता हो। समग्रमा भन्नुपर्दा, झूटा अगुवाहरूको यो समस्याको सार कमजोर क्षमता हो।

मानिसहरूसँग आँखा हुन्छ ताकि तिनीहरूले वस्तुहरू देख्‍न सकून्। व्यक्तिले कुनै कुरा देखेपछि, उसको मनले प्रतिक्रिया दिन्छ र मूल्याङ्कन गर्छ, र मूल्याङ्कन गरेपछि, उसले दृष्टिकोण विकास गर्छ र अभ्यासको मार्ग प्राप्त गर्छ। यसले तिनीहरू अन्धा होइनन् भन्‍ने कुरा प्रमाणित गर्छ—तिनीहरूले जेसुकै देखे पनि, तिनीहरूको प्रतिक्रिया सामान्य हुन्छ र यसलाई कसरी सामना गर्ने र सम्हाल्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। यो सामान्य सोचाइ भएको व्यक्ति हो। आफूले देखेको कुराप्रति प्रतिक्रिया दिने मानिसहरूको एउटा प्रक्रिया हुन्छ; तिनीहरूले यसबारे धेरथोर मात्रामा मनन र विचार गर्ने गर्छन्। तिनीहरूको विचार उजागर हुने क्रममा, तिनीहरूको मनमा त्यो कुराले विस्तारै चित्रको रूप लिन्छ, र तिनीहरूले आफ्नै दृष्टिकोण, मनोवृत्ति, र शैलीहरू विकास गर्छन्। त्यसोभए, यी कुराहरू पैदा गर्ने पूर्वसर्त के हो? व्यक्तिको आँखाले वस्तुहरू देख्‍न सक्‍नुपर्छ, र त्यसपछि सङ्कलित जानकारीलाई चिन्तनमननका लागि आफ्नो दिमाग र मनमा स्थानान्तर गर्न सक्नुपर्छ। यदि कुनै व्यक्तिले आफ्नो आँखाले वस्तुहरू देख्‍न सक्छ भने, ऊ अन्धो होइन, र उसले त्यसपछि सोच्न र मनन गर्न सक्छ, र ऊसँग चेतना, मनोवृत्ति, र दृष्टिकोणहरू हुन्छन्, र उसले अन्त्यमा सही निष्कर्ष निकाल्न सक्छ। अवश्य नै, यी निष्कर्षहरूमा पुग्‍नका लागि केही समय लाग्छ। यी निष्कर्षहरूमा पुग्नुपहिले चेतना, दृष्टिकोण, र मनोवृत्तिहरू हुनु भनेको के हो? यसको अर्थ व्यक्तिको मन सक्रिय छ, संवेदनशून्य छैन भन्‍ने हुन्छ, जसले यो व्यक्ति जीवित छ, मरेको छैन भन्‍ने प्रमाणित गर्छ। झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ। यो कुन तरिकाले कमजोर हुन्छ? झूटा अगुवाहरूमा यी दुवै गुणहरूको कमी हुन्छ। तिनीहरूको आँखा खुला हुन्छ तर तिनीहरूले घटनाहरू घटिरहेको वा उजागर भइरहेको देख्‍न सक्दैनन्, जुन अन्धोपन हो। यसका साथै, जब तिनीहरूले विभिन्‍न कुराहरू देख्छन्, तब तिनीहरूको मनमा कुनै प्रतिक्रिया हुँदैन, तिनीहरूले कुनै दृष्टिकोण वा विचारहरू निर्माण गर्दैनन्, र तिनीहरूसँग मूल्याङ्कन गर्ने र यसरी निष्कर्ष निकाल्ने माध्यम वा सही तरिका हुँदैन। यो आत्माको संवेदनशून्यता हो। संवेदनशून्य आत्मा भएका मानिसहरूले केही पनि खुट्ट्याउन सक्दैनन्, तिनीहरूसँग कुनै ठीक मूल्याङ्कन वा सही निर्णय हुँदैन, र अन्ततः तिनीहरूले सही निष्कर्ष निकाल्न सक्दैनन्, र तिनीहरूलाई आफ्नो हातमा रहेका मामलाहरू कसरी सामना गर्ने, सम्हाल्ने, वा समाधान गर्ने भन्‍ने कुरा थाहै हुँदैन। यो संवेदनशून्य र मोटो बुद्धिको हुनु हो। जब कुनै व्यक्ति आत्मामा यति संवेदनशून्य र मोटो बुद्धिको हुन्छ र उसले कुनै घटना घट्दा पटक्कै प्रतिक्रिया दिँदैन, तब यो मृत हुनु हो—ठ्याक्‍कै भन्दा कुरो यही हो। अहिलेका लागि झूटा अगुवाहरू साँच्‍चै मृत हुन्छन् कि हुँदैनन् भन्‍ने कुरालाई थाती राखौँ, र तिनीहरूको क्षमता कमजोर हुन्छ भनेर मात्रै भनौँ। ठ्याक्कै भन्नुपर्दा, यो कति कमजोर हुन्छ? जति नै महत्त्वपूर्ण घटना घटे पनि तिनीहरूले त्यो देख्‍न सक्दैनन्, र देखे नै भने पनि त्यो छर्लङ्ग देख्‍न सक्दैनन्। उदाहरणका लागि, झूटा अगुवाहरूले जति लामो समयसम्म काम गरे पनि, तिनीहरूले कुनै मामलाको सार के हो, यसलाई कसरी वर्गीकरण गर्ने, यसलाई कसरी चित्रण गर्ने, वा चित्रणको आधार के हो भन्‍नेबारे निष्कर्ष निकाल्न सक्दैनन्; तिनीहरूलाई यी कुराहरू कसरी मूल्याङ्कन गर्ने भन्‍ने थाहै हुँदैन, र तिनीहरूसँग तिनलाई मूल्याङ्कन गर्ने कुनै मानक वा सिद्धान्त हुँदैन। तिनीहरू आत्मिक बुझाइ नभएका अलमल्ल मानिसहरू हुन्। पहिलो काममा झूटा अगुवाहरूले देखाउने प्रमुख प्रकटीकरण यही हो। तिनीहरू अन्धा, मूर्ख, बेवकुफ, र संवेदनशून्य हुन्छन्, तैपनि तिनीहरू अगुवा नै बन्‍न चाहन्छन्। के यसले काममा ढिलाइ गरिरहेको हुँदैन र? के यो अत्यन्तै कष्टदायक कुरा होइन र? यदि कसैले पहिले कहिल्यै अगुवाका रूपमा सेवा गरेको छैन, र यदि उसले भर्खरै पहिलो पटक कुनै कुरा सामना गरिरहेको छ, तर यो मामला परमेश्‍वरका वचनहरूमा उल्लेख गरिएको छैन र यो मानिसहरूमाझ कहिल्यै सुनिएको छैन—अर्थात्, यदि ऊसँग यो मामलाको कुनै अनुभव वा ज्ञान छैन भने—यस्ता परिस्थितिहरूमा त्यो व्यक्तिले सही अन्तर्दृष्टिहरू, मनोवृत्ति, र दृष्टिकोणहरू विकास गर्न समय लाग्छ। तर किन झूटा अगुवाहरूलाई संवेदनशून्य र अन्धा भनेर भनिन्छ? किनभने मैले धेरै वचनहरू बोलेको छु, तर मैले जति नै धेरै कुरा खुलासा र चिरफार गरे पनि, वा जति धेरै उदाहरणहरू दिए पनि, मेरा वचनहरू सुनेपछि झूटा अगुवाहरूलाई केवल मामलाहरूको जानकारी हुन्छ, तर ती वचनहरूबाट तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्। यसका साथै, म जति बोल्छु, तिनीहरू त्यति नै अन्योलमा पर्छन्। तिनीहरूले भन्छन्, “त्यति धेरै मामलाहरू, त्यति धेरै वचनहरू, त्यति धेरै कथाहरू छन्, त्यसकारण कसले पो ती सबै कुरा याद गरेर वास्तविक जीवनसँग जोड्न सक्छ र? त्यति धेरै कुरा नभन्‍नुहोस्, मलाई त्यो सब ग्रहण गर्न र बुझ्न अलिक गाह्रो भइरहेको छ। यो व्यक्तिलाई कसरी सम्हाल्ने, त्यति मात्रै बताउनुहोस्: उसलाई निष्कासन गर्ने कि राख्‍ने?” के यो संवेदनशून्यता होइन र? यो चरम संवेदनशून्यता हो! वास्तवमा, तिनीहरू संवेदनशून्य छन् भनेर भन्‍नु भनेको तिनीहरूलाई केही छुट दिनु हो, किनभने यो व्यक्ति जवान हुन सक्छ, वा सायद अशिक्षित हुन सक्छ, वा ऊ अत्यन्तै वृद्ध र अलिक अलमल्ल हुन सक्छ—यसरी भन्दा उसको अभिमानमा चोट पुग्दैन। तर वास्तवमा, यो कमजोर क्षमता र सत्यता बुझ्ने क्षमताको कमी हुनु हो। यो व्याख्याले यो कुरा स्पष्ट पार्छ।

यदि मण्डलीमा गम्भीर बाधा र अवरोधहरू देखा पर्छन्, तर झूटा अगुवाहरूले यी समस्याहरूको सार छर्लङ्ग देख्‍न सक्दैनन् भने, के तिनीहरू अगुवाइको कामका लागि योग्य हुन्छन्? के तिनीहरूको अगुवाइमा दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन सकिन्छ? के मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण, र मण्डली जीवनको सामान्य सुव्यवस्थाको रक्षा गर्न र त्यसलाई कायम राख्‍न सकिन्छ? अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने सबैभन्दा आधारभूत कुराहरू यिनै हुन्। के झूटा अगुवाहरूले यी कुराहरू हासिल गर्न सक्छन्? अहँ, सक्दैनन्। तिनीहरूले बाधा र अवरोधहरू ल्याउने मानिस, घटना, र कामकुराहरू पहिचान गर्न वा तिनलाई छर्लङ्ग देख्‍न त सक्दैनन् भने, तिनीहरूले आफ्नो कामका अरू चरणहरूलाई कसरी अघि बढाउन सक्छन् र? तिनीहरूले असल व्यक्ति भनेको के हो, खराब व्यक्ति भनेको के हो, छली व्यक्ति भनेको के हो, वा पाखण्डी भनेको के हो भन्‍नेजस्ता सबैभन्दा आधारभूत कुराहरूसमेत खुट्ट्याउन सक्दैनन्—तिनीहरूले कसरी मण्डलीको काम सम्हाल्न सक्छन् र? तिनीहरू यो काम गर्न असक्षम हुन्छन्। यो होइन कि तिनीहरूले जानीजानी वास्तविक काम गर्दैनन्, वा तिनीहरू अल्छी हुन्छन् र हैसियतका लाभहरूमा लिप्त हुन्छन्; यति मात्र हो कि, तिनीहरूको क्षमता नै कमजोर हुन्छ र तिनीहरू आफ्नो काम गर्न नै असक्षम हुन्छन्। समस्याको सार यही हो। अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू फलाक्न, र प्रावधानहरू पालना गर्न मात्रै सक्छन्; भेलाहरूमा, तिनीहरूले अरूलाई यस्ता कुराहरू भनेर ललाइफकाइ गर्न र अर्ती दिन मात्रै सक्छन्, “परमेश्‍वरमा उचित तरिकाले विश्‍वास गर! यस्तो बेला तिमी कसरी दैहिक सहजतामा लिप्त हुन सक्छौ? तिमीले कसरी अझै पनि पैसा र सांसारिक कुराहरूको लोभ गर्न सक्छौ? परमेश्‍वरको हृदय कत्ति टुटेको हुनुपर्छ!” तिनीहरूले यस प्रकारका प्रवचनहरू मात्रै दिन सक्छन्। बाधा, अवरोध, र नकारात्मकता पोखाउने जस्ता विभिन्‍न दुष्ट कार्यहरू देखा पर्दा, तिनीहरूले तिनलाई देख्‍न वा पहिचान गर्न सक्दैनन्। दाजुभाइ-दिदीबहिनीहरू सामान्य मण्डली जीवन जिउन चाहन्छन् तर सक्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि उपयुक्त वातावरण होस् भन्ने चाहन्छन् तर पाउन सक्दैनन्। झूटा अगुवाहरूले यी समस्याहरू समाधान गर्न सक्दैनन्, त्यसकारण तिनीहरूको के काम? दाजुभाइ-दिदीबहिनीहरू मण्डली जीवन जिउन, सत्यता बुझ्न र आफ्ना कठिनाइ र नकारात्मक स्थितिहरू समाधान गर्न चाहन्छन्। तिनीहरू यी वास्तविक समस्याहरू समाधान गर्न अगुवा र कामदारहरूले स्पष्टसित र पूर्ण रूपमा सत्यता सङ्गति गर्न सकून् भन्‍ने उत्कट आशा गर्छन्। यदि कुनै मण्डली झूटा अगुवाहरूले शक्ति चलाउने मण्डली हुन्छ भने, के यी वास्तविक समस्याहरूलाई समाधान गर्न सकिन्छ? झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको हृदय बुझ्दैनन्, न त तिनीहरूले यी मानिसहरूका कठिनाइहरू नै देख्‍न सक्छन्। बरु, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोलिरहन्छन् र उच्च र खोक्रा विचारहरूबारे फलाकिरहन्छन्, जसले परमेश्‍वरका चुनिएका मानिसहरूमा ठूलो निराशा सिर्जना गर्छ। अझै को चाहिँ नियमित रूपले भेलाहरूमा सहभागी हुन चाहन्छ र? के झूटा अगुवाहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल राख्न सक्छन्, र दुष्ट मानिसहरू, अविश्‍वासीहरू, अवसरवादीहरू, र छाडा मानिसहरू, जो दुष्ट छन् र सांसारिक कुराहरू मन पराउँछन्, तिनीहरूलाई परमेश्‍वरका वचन र मागहरूअनुसार मण्डलीबाट सफा गर्न, परमेश्‍वरका चुनिएका मानिसहरूलाई हस्तक्षेप गर्न र बाधा दिनबाट रोक्न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सामान्य मण्डली जीवन जिउन सक्षम बनाउन सक्छन्? के झूटा अगुवाहरूले यो कुरा हासिल गर्न सक्छन्? सक्दैनन्। जब कसैले यस्तो अनुरोध गर्छ, तब झूटा अगुवाहरूले के भन्छन्? “तिमी कति झमेलामय छौ! के तिमीलाई लाग्छ कि परमेश्‍वरलाई प्रेम गर्ने र कर्तव्य निभाउँदा बफादार हुन चाहने एउटै व्यक्ति तिमी मात्र हौ? त्यस्तो चाहना कसलाई हुँदैन र? तिनीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरू पनि परमेश्‍वरद्वारा चुनिएका हुन्। तिनीहरूसँग केही समस्याहरू भए पनि हामीले तिनीहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ। सधैँ अरूको गल्ती नकोट्याऊ। अवसरको फाइदा लिएर आत्मचिन्तन गर, र आफूलाई अझै राम्ररी चिन; तिमीले सहनशील र धैर्य हुन सिक्‍नैपर्छ।” झूटा अगुवाहरू अलमल्ल र अन्धा हुन्छन्, र फरक-फरक प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे तिनीहरूसित कुनै सिद्धान्त हुँदैन। तिनीहरूले प्रतिबन्धित गरिनुपर्ने वा निकालिनुपर्ने मानिसहरूलाई छर्लङ्गै देख्‍न सक्दैनन्, बरु यी मानिसहरूलाई मण्डलीमा आफूले चाहेको कुरा गर्न र तानासाही व्यवहार गर्न छूट दिन्छन्, तिनीहरूलाई आफ्नो कार्यव्यवहार सञ्चालन गर्न प्रशस्त ठाउँ दिन्छन्, जसले गर्दा मण्डली गन्जागोल बन्छ, यहाँसम्म कि कति मण्डलीहरूमा रहेको विविधताको स्तरलाई त एउटै वाक्यांशले व्याख्या गर्नसमेत सकिन्छ: ती साँच्चिकै खिच्रिमिच्रिको झोला बन्छन्। दुष्ट मानिसहरू, अविश्‍वासीहरू, व्यभिचारीहरू, स्थानीय तानासाहहरू, र अलिकति खतरा आइपर्दा मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्ने कति मानिसहरूसमेत यी मण्डलीहरूमा सँगै मिसिएका हुन्छन्। झूटा अगुवाहरूले यी मानिसहरू छर्लङ्ग देख्‍न सक्दैनन्, र तिनीहरूलाई तह लगाउने वा सम्बोधन गर्ने गर्दैनन्। त्यसकारण, त्यस्ता अन्धा र संवेदनशून्य झूटा अगुवाहरूको अगुवाइमा, परमेश्‍वरका चुनिएका मानिसहरू सुरक्षित हुन सक्दैनन्, र मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्था पनि अवश्य नै कायम राख्‍न सकिँदैन। सत्यतालाई प्रेम गर्ने र सत्यतालाई स्विकार्न इच्छुक हुनेहरूले यस्तो मिश्रित मण्डली जीवनमा कसरी सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् र? के ती मानिसहरूलाई हृदयमा पीडा महसुस हुनेछैन र? यदि मण्डली अगुवाले मण्डलीको काम, मण्डली जीवनको सामान्य सुव्यवस्था, वा दाजुभाइ-दिदीबहिनीहरूका लागि कर्तव्य निर्वाह गर्ने वातावरण उचित रूपमा कायम राख्‍न सक्दैन, वा यी कुराहरूको सुरक्षा सुनिश्‍चित गर्न सक्दैन भने, यो अगुवा निस्सन्देह झूटो अगुवा हो। तिनीहरूलाई किन झूटो अगुवाको उपाधि दिइन्छ? किनभने तिनीहरू अन्धा र संवेदनशून्य हुन्छन्, जसले गर्दा दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने घटनाहरू बारम्बार घटित हुन्छन्; अझ भन्‍ने हो भने, यसले परिणामहरू ल्याइसकेको हुँदा पनि, तिनीहरूले तुरुन्तै र सही रूपमा समस्याहरू सम्हाल्न र समाधान गर्न सक्दैनन्, न त तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवनलाई उचित रूपमा कायम राख्‍न नै सक्छन्। नम्र रूपमा भन्दा, त्यस्ता अगुवाहरू आफ्नो काममा सक्षम हुँदैनन्; ठ्याक्‍कै भन्दा, तिनीहरू आफ्नो जिम्मेवारीमा गम्भीर रूपमा असफल भइरहेका हुन्छन्। अगुवाका रूपमा सेवा गरे पनि, तिनीहरूले दुष्ट मानिसहरूका हित र शैतानका नोकरहरूका हितहरूको रक्षा गर्छन्, तर मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई बेवास्ता गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि हुने गरी मण्डली जीवनमा बाधा र अवरोध ल्याउने ती दुष्ट मानिसहरूको रक्षा गर्छन् र तिनीहरूलाई छूट दिन्छन्। तिनीहरूको क्षमता र प्रकटीकरणहरूका आधारमा हेर्दा, तिनीहरू क्षमतामा कमजोर र आफ्नो काममा अयोग्य मात्र हुन्छन्, र तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन, तर मण्डलीका काममा तिनीहरूका कार्यका परिणामहरू गम्भीर हुन्छन्। तिनीहरूका कार्यहरूको प्रकृति ख्रीष्टविरोधीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्ने र दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गर्ने कार्यको जस्तै नै हुन्छ। दुवैले दुष्ट मानिसहरूलाई संरक्षण र छूट दिन्छन्, र शैतानका नोकरहरूलाई मण्डलीमा आफूले चाहेअनुसारका क्रियाकलाप गर्न छूट दिन्छन्। यति मात्र हो कि झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूले जस्तो खुलस्त र निर्लज्ज रूपमा दुष्कर्म गर्ने र मण्डलीको काममा बाधा दिने गर्दैनन्। तिनीहरूले जानीजानी मानिसहरूलाई आफूतिर आकर्षित गर्ने र आफ्नो कुरा पालन गर्न लाउने गर्दैनन्, तर अन्तिम परिणाम ख्रीष्टविरोधीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्ने कार्यको जस्तै नै हुन्छ। दुवैको परिणामस्वरूप सत्यतालाई प्रेम गर्ने र इमानदारीका साथ कर्तव्य निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरूले नै हानि र बरबादी भोग्नुपर्छ, र बाँच्नका लागि तिनीहरूसँग कुनै उपाय बाँकी रहँदैन। यस्तो वातावरण र मण्डली जीवनमा, इमानदारीका साथ कर्तव्य निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरूलाई जीवनमा प्रगति गर्न निकै गाह्रो हुन्छ, र तिनीहरूलाई आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न पनि निकै गाह्रो हुन्छ। स्वाभाविक रूपमा, सुसमाचार फैलाउने काम र मण्डलीका विभिन्‍न कामहरूमा पनि ठूलो बाधा पुग्छ र ती सामान्य रूपमा अघि बढ्न सक्दैनन्। बाह्रौँ जिम्मेवारीका सम्बन्धमा हामीले चिरफार गरिरहेको झूटा अगुवाहरूको पहिलो प्रकटीकरण यो हो—आफ्नो वरपर देखा पर्ने मानिस, घटना, र कामकुराहरूलाई ध्यान नदिनु र छर्लङ्गै देख्‍न नसक्नु। त्यस्ता मानिसहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्न यो प्रकटीकरण नै पर्याप्त छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्