अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२) खण्ड चार
विषयवस्तु तीन: हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्ने (भाग एक)
झूटा अगुवाहरू मानिसहरूलाई अर्ती दिन शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्
अब, हामी अगुवा र कामदारहरूको तेस्रो जिम्मेवारी—हरेक कर्तव्य उचित तरिकाले पालना गर्नको निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्ने—भन्नेबारे सङ्गति गर्नेछौँ। यो अगुवा र कामदारहरूको महत्त्वपूर्ण र आधारभूत काम हो, र हामी यस जिम्मेवारीका आधारमा झूटा अगुवाहरूका प्रकटीकरणहरूमा सङ्गति र तिनलाई चिरफार गर्नेछौँ। मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा कुनै अगुवा वा कामदारले स्पष्टसँग सङ्गति गर्ने क्षमता नै ऊसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुराको सर्वोत्तम सूचक हो, र त्यो उसले वास्तविक काम राम्रोसँग गर्न सक्छ कि सक्दैन भनेर निर्धारण गर्ने कडी हो। अब, झूटा अगुवाहरूले यस कामलाई कसरी सम्हाल्छन् भनेर हेरौँ। झूटा अगुवाहरूको एउटा विशेषता भनेको सत्यता सिद्धान्तहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू राम्रोसँग व्याख्या गर्न वा प्रस्ट पार्न नसक्नु हो। यदि कसैले तिनीहरूसँग सोधखोज गरेमा, तिनीहरूले उसलाई केही खोक्रा शब्द र धर्मसिद्धान्तहरू मात्र बताउन सक्छन्। समाधान गर्न आवश्यक समस्याहरू सामना गर्नुपर्दा, तिनीहरूले बारम्बार जवाफमा यस्तो वाक्य फर्काउँछन्, “तिमीहरू सबै जना यो कर्तव्य निर्वाह गर्नमा निपुण छौ। यदि तिमीहरूलाई समस्याहरू छ भने, तिमीहरू आफैले तिनको समाधान गर्नुपर्छ। मलाई नसोध; म कुनै विज्ञ होइन, र म बुझ्दिनँ। त्यसलाई तिमीहरू आफैले सम्बोधन गर।” कतिपय मानिसहरूले यसो भन्दै प्रतिवाद गर्न सक्छन्, “हामीले समस्या समाधान गर्न नसक्ने भएरै तपाईँलाई सोधेका हौँ; हामीले समाधान गर्न सक्ने भए तपाईँलाई सोध्ने नै थिएनौँ। हामी सत्यता सिद्धान्तहरूसम्बन्धी यो समस्या बुझ्दैनौँ।” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “के मैले तिमीलाई सिद्धान्तहरू बताइसकेको छैन र? आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर, अनि बाधा वा अवरोधहरू सिर्जना नगर। तिमी अझै पनि केका बारेमा सोधिरहेका छौ? तिमीलाई जसरी उचित लाग्छ, त्यसलाई त्यसरी नै सम्हाल! परमेश्वरका वचनहरू बोलिसकिएका छन्: परमेश्वरको घरका हितहरूलाई प्राथमिकता देऊ।” ती मानिसहरू पूर्णतया अन्योलमा पर्छन्, र यस्तो सोच्छन्, “यो त समस्याको समाधान होइन!” झूटा अगुवाहरूले कामप्रति यस्तो व्यवहार गर्छन्; तिनीहरूले त्यसको निरीक्षण मात्र गर्छन्, झारा टार्छन्, र समस्याहरूलाई कहिल्यै सम्बोधन गर्दैनन्। मानिसहरूले जस्तोसुकै मामलाहरू उठाए पनि, झूटा अगुवाहरूले उनीहरूलाई आफै सत्यताको खोजी गर्न भन्छन्। तिनीहरूले मानिसहरूलाई प्रायः सोध्छन्, “के तिमीलाई कुनै समस्या छ? तिम्रो जीवन प्रवेश कस्तो छ? के तिमी आफ्ना कर्तव्यहरू झाराटारुवा तरिकाले गरिरहेका छौ?” ती मानिसहरूले यसो भन्दै जवाफ दिन्छन्, “कहिलेकाहीँ, म आफूलाई झाराटारुवा स्थितिमा पाउँछु, अनि प्रार्थनामार्फत, म त्यसलाई समाधान गर्छु र आफूलाई सुल्ट्याउँछु, तर म अझै पनि आफ्नो कर्तव्य पूरा गर्नुका सत्यता सिद्धान्तहरू बुझ्दिनँ।” झूटा अगुवाहरू भन्छन्, “के मैले यसअघिको भेलामा तिमीसँग ठोस सिद्धान्तहरूमा सङ्गति गरिनँ र? मैले तिमीलाई परमेश्वरका वचनहरूका कैयौँ खण्डहरूसमेत प्रदान गरेँ। अहिलेसम्ममा त तिमीले बुझिसक्नुपर्ने होइन र?” वास्तवमा, उनीहरूले सबै धर्मसिद्धान्त बुझ्छन् तर अझै पनि आफ्ना समस्याहरू समाधान गर्न असक्षम नै रहन्छन्। झूटा अगुवाहरू ठूल्ठूला वचनहरूसमेत ओकल्ने गर्छन्, “तिमी त्यसलाई किन समाधान गर्न सक्दैनौ? तिमीले परमेश्वरका वचनहरू राम्रोसँग पढेकै छैनौ। यदि तिमीले अझ धेरै प्रार्थना गर्यौ र परमेश्वरका वचनहरू अझ धेरै पढ्यौ भने, तिम्रा सारा समस्याहरू समाधान हुनेछन्। तिमीहरूले सँगै छलफल गर्न अनि उपाय पत्ता लगाउन सिक्नुपर्छ, त्यसपछि अन्ततः तिमीहरूका समस्याहरू समाधान हुनेछन्। पेशागत समस्याहरूका सम्बन्धमा भने मलाई नसोध; मेरो जिम्मेवारी भनेको कामको निरीक्षण गर्नु हो। मैले आफ्नो कार्य पूरा गरेको छु, र बाँकी कुरा पेशागत मामलाहरूसँग सम्बन्धित छन्, जुन म बुझ्दिनँ।” झूटा अगुवाहरू मानिसहरूलाई टार्न र प्रश्नहरू छल्न प्रायः “म बुझ्दिनँ, मैले यो कुरा कहिल्यै सिकिनँ, म कुनै विज्ञ होइन” भन्ने जस्ता कारण र बहानाहरू प्रयोग गर्छन्। तिनीहरू अत्यन्तै विनम्र देखिएलान्; तर, यसले झूटा अगुवाहरूको एउटा गम्भीर समस्या खुलासा गर्छ—तिनीहरूसँग निश्चित कार्यहरूमा पेशागत ज्ञानसम्बन्धी समस्याहरूबारे कुनै बुझाइ हुँदैन, तिनीहरू निरीह महसुस गर्छन् र अत्यन्तै अफ्ठ्यारो र लज्जित महसुस गरिरहेको देखिन्छन्। त्यसोभए तिनीहरूले के गर्छन्? तिनीहरूले भेलाहरूका दौरान सबैसँग सङ्गति गर्न परमेश्वरका वचनका कैयौँ खण्डहरू जम्मा गर्न, र मानिसहरूलाई अर्ती दिन केही धर्मसिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्छन्। अलिकति दया भएका अगुवाहरूले मानिसहरूप्रति चासो देखाउन र बेलाबेलामा उनीहरूलाई यस्तो सोध्न सक्छन्, “के तिमीहरूले आफ्नो जीवनमा हालसालै कुनै कठिनाइहरू सामना गरेका छौ? के तिमीहरूसँग लगाउनका लागि पर्याप्त कपडाहरू छन्? के तिमीहरूमध्ये कसैले गलत व्यवहार गर्दै आएका छौ?” यदि सबैले उनीहरूलाई ती समस्याहरू छैनन् भनेमा, तिनीहरूले “त्यसोभए कुनै समस्या छैन। आ-आफ्नो काम जारी राख; मैले अरू मामलाहरूमा सम्हाल्नु छ” भनेर जवाफ दिन्छन्, र कसैले प्रश्नहरू सोध्ला र तिनलाई समाधान गर्न भन्ला, र तिनीहरूलाई लाजमर्दो परिस्थितिमा पार्ला भन्ने डरले हतारहतार त्यहाँबाट जान्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले कसरी मण्डलीको काम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन् त? फलस्वरूप, समाधान नभएका समस्याहरूको थुप्रोले अन्ततः मण्डलीको कामलाई रोकावट पैदा गर्छ। यो झूटा अगुवाहरूले काम गर्ने तरिकाको प्रमुख विशेषता र प्रकटीकरण हो।
झूटा अगुवाहरू आफ्नो काममा प्रचार गर्न मात्र उत्साहित हुन्छन्, र तिनीहरू शब्द र धर्मसिद्धान्तहरू बोल्न अनि मानिसहरूसित अर्ती र सान्त्वनाका शब्दहरू भन्न सबैभन्दा बढी मन पराउँछन्, र मानिसहरूलाई कर्तव्य निर्वाहमा ऊर्जाशील र व्यस्त बनाइयो भने, त्यो आफूले राम्रो काम गरेजस्तै हो भन्ने सोच्छन्। त्यसबाहेक, झूटा अगुवाहरू प्रत्येक व्यक्तिको दैनिक जीवनको स्थितिप्रति ध्यान दिन मरिमेट्छन्। त्यस सम्बन्धमा उनीहरूले कुनै कठिनाइहरू सामना गरिरहेका छन् कि भनेर तिनीहरूले मानिसहरूलाई सोधिरहने गर्छन्, र यदि कसैले साँच्चै कठिनाइ सामना गरिरहेको छ भने, तिनीहरू यी कठिनाइ सुल्झाउन मद्दत गर्न इच्छुक हुन्छन्। तिनीहरू यी सामान्य मामिलाहरूमा एकदमै व्यस्त हुन्छन्, कहिलेकाहीँ त खाना खान पनि भ्याउँदैनन्, र प्रायः राती अबेरसम्म जागै बस्छन् र बिहान चाँडै उठ्छन्। तर तिनीहरूको व्यस्तता र कडा परिश्रमका बाबजुद, किन मण्डलीको काममा हुने समस्याहरू र परमेश्वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य निर्वाहमा सामना गर्ने कठिनाइहरू समाधान हुँदैनन्? किनभने झूटा अगुवाहरूले कर्तव्य निर्वाहसँग सम्बन्धित सत्यता सिद्धान्तहरू कहिल्यै स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरूले बोल्ने शब्द र धर्मसिद्धान्त, अनि अर्तीहरू पूरै प्रभावहीन हुन्छन् र तिनले वास्तविक समस्याहरू कत्ति पनि समाधान गर्न सक्दैनन्। तिनीहरूले जति नै धेरै बोले पनि वा तिनीहरू जति नै व्यस्त भए पनि वा जति नै लखतरान परे पनि मण्डलीको काममा कहिल्यै कुनै प्रगति हुँदैन। यसो हेर्दा सबैले आफ्नो कर्तव्य निर्वाह गरिरहेजस्तो देखिए पनि, तिनीहरूले त्यति धेरै वास्तविक परिणामहरू प्राप्त गर्दैनन्, किनभने झूटा अगुवाहरू कर्तव्य निर्वाहसँग सम्बन्धित सत्यता सिद्धान्तहरूमा सङ्गति गर्न, वा वास्तविक समस्याहरू सुल्झाउन सत्यता प्रयोग गर्न सक्दैनन्—त्यसैले तिनीहरू कर्तव्य निर्वाहमा रहेका कैयौँ समस्या सुल्झाउनै सक्दैनन्। उदाहरणका लागि, एक पटक परमेश्वरको घरलाई परमेश्वरका वचनका पुस्तकहरू छाप्न आवश्यक पर्यो, र एउटा अगुवाले यो कामको जिम्मेवारी लिने दुई व्यक्ति चुन्नुपर्ने भयो। मानिसहरू चुन्ने मानकहरू केके हुन्? तिनीहरूको मानवता तुलनात्मक रूपले राम्रो हुनुपर्छ, तिनीहरू भरपर्दो हुनुपर्छ, र जोखिम उठाउन सक्षम हुनुपर्छ। ती व्यक्तिहरू छनौट गरिएपछि, त्यो अगुवाले तिनीहरूलाई भन्यो, “आज, मैले तिमीहरू दुवैलाई एउटा कुरा सुम्पन बोलाएको हुँ: परमेश्वरको घरको एउटा पुस्तक छाप्नुपर्ने भयो, र तिमीहरूले छापाखाना खोजिदिनुपर्यो, र सबै प्रति छापिएपछि, तिमीहरूले ती तुरुन्तै परमेश्वरका चुनिएका मानिसहरूलाई वितरण गर्नुपर्छ, ताकि उनीहरूले कुनै ढिलाइ नगरी परमेश्वरका वचनहरू खान र पिउन सकून्। के तिमीहरू यो काम पूरा गर्न दृढ छौ? के तिमीहरू यो बोझ र यो जोखिम उठाउन इच्छुक छौ?” ती दुई व्यक्तिले यो त परमेश्वरले तिनीहरूलाई उचाल्नुभएको हो भन्ठाने, त्यसैले तिनीहरूले हुन्छ भने। त्यसपछि अगुवाले तिनीहरूलाई सोध्यो, “के तिमीहरूसँग परमेश्वरको आज्ञा पूरा गर्ने सङ्कल्प छ? के तिमीहरू शपथ खान इच्छुक छौ?” त्यसपछि ती दुई व्यक्तिले यसो भन्दै शपथ खाए, “यदि हामीले परमेश्वरको आज्ञा पूरा गर्न सकेनौँ र यो काम बिगार्यौँ, जसले गर्दा परमेश्वरको घरका काममा नोक्सानी भयो भने, हामीलाई स्वर्गबाट बिजुली र चट्याङ प्रहार गरियोस्। आमेन!” अगुवाले भन्यो, “साथै, हामीले सत्यतामा सङ्गति पनि गर्नुपर्छ। अहिले यो काम गर्दा के तिमीहरूले व्यवसाय सञ्चालन गरिरहेका हुन्छौ? के तिमीहरूलाई कर्मचारीका रूपमा काम गर्न भनिएको छ?” ती दुई व्यक्तिले जवाफ दिए, “होइन, यो हाम्रो कर्तव्य हो।” अगुवाले भन्यो, “यो तिमीहरूको कर्तव्य भएकाले, तिमीहरूले परमेश्वरको प्रेमको ऋण तिर्नैपर्छ। तिमीहरूले परमेश्वरलाई दुःखित वा चिन्तित तुल्याउन मिल्दैन। जोखिम उठाउन इच्छुक हुनु काफी छैन; तिमीहरूले आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नुपर्छ। तिमीहरूले आफूलाई समस्याहरू आइपर्दा, अझ धेरै प्रार्थना गर्नुपर्छ र एकअर्कासँग परामर्श गर्नुपर्छ। मनमानी गर्ने वा आफूखुसी काम गर्ने नगर्नू। किन तिमीहरू दुई जनालाई एकअर्कासँग सहकार्य गर्न लगाएँ? त्यो तिमीहरूले समस्याहरू उत्पन्न हुँदा छलफल गर्न सक भनेर हो, जसले गर्दा तिमीहरूलाई कदम चाल्न सजिलो हुन्छ। यदि तिमीहरू सहमतिमा पुग्न सकेनौ भने, प्रार्थना गर। प्रत्येक व्यक्तिले आफ्नो राय त्याग्नुपर्छ, र सहमतिमा पुगेपछि मात्र कदम चाल्नुपर्छ। मलाई आशा छ, तिमीहरू दुई जनाले यो काम सफलतापूर्वक पूरा गर्न सक्नेछौ!” अन्ततः, यो अगुवाले आफ्नो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भन्नेबारे परमेश्वरका वचनहरूको एउटा अंश भेट्टायो, र ती तीनै जनाले त्यसलाई धेरै पटक प्रार्थना गर्दै पढे। त्यति गरेपछि, त्यो मामिला तिनीहरूलाई सुम्पिइएको, र अगुवाको जिम्मेवारी पूरा भएको मानियो। त्यो अगुवाको यो कामको कार्यसम्पादन कस्तो थियो? अगुवालाई निकै सन्तुष्ट महसुस भयो, र ती दुई व्यक्तिलाई पनि त्यस्तै महसुस भयो। देख्नेहरूले भने, “यो अगुवालाई वास्तवमै काम सम्पन्न गर्नेबारे केही कुरा थाहा छ; उसको बोली सुव्यवस्थित र तार्किक छ, र ऊ चरणबद्ध रूपमा काम गर्छ। पहिले, उसले ती दुईलाई काम तोक्यो, र त्यसपछि विचार र दृष्टिकोणसँग सम्बन्धित तिनीहरूका समस्या समाधान गर्यो, र अन्त्यमा, उसले केही कठोर वचनहरू बोल्यो, र तिनीहरूलाई शपथ खान र प्रतिज्ञा गर्न लगायो। उसले यो काम साँच्चै विधिवत् तरिकाले गर्यो, र ऊ साँच्चै अगुवा पदवीको हकदार छ—ऊ अनुभवी छ र उसले बोझ बोक्छ।” अन्त्यमा, अगुवाले तिनीहरूलाई भन्यो, “यो कुरा याद गर: पुस्तक छाप्नु सजिलो काम होइन, यो साधारण व्यक्तिले गर्न सक्ने कुरा होइन। यो काम मैले वा परमेश्वरको घरले तिमीहरूलाई सुम्पेको होइन; यो परमेश्वरको आज्ञा हो। तिमीहरूले उहाँलाई कदापि निराश पार्नु हुँदैन। तिमीहरूले यो काम राम्रोसँग पूरा गर्यौ भने, तिमीहरूको जीवनले प्रगति गर्नेछ, र तिमीहरूसँग वास्तविकता हुनेछ।” सिद्धान्ततः, यी शब्दहरूमा सिद्धान्तको कुनै समस्या थिएन; तिनलाई लगभग सही मान्न सकिन्थ्यो। त्यसोभए, त्यो मामिलालाई विश्लेषण गरौँ र त्यो झूटो अगुवामा “झूटो” कहाँ प्रकट भयो, त्यो हेरौँ। के अगुवाले त्यो कार्यसँग सम्बन्धित व्यावसायिक र प्राविधिक पक्षजस्ता विभिन्न विस्तृत मामिलाहरूबारे कुनै निर्देशनहरू दियो? के उसले कुनै निर्दिष्ट सत्यता सिद्धान्त वा आवश्यक मानकहरूमा सङ्गति गर्यो? (गरेन।) उसले केही खोक्रा र अर्थहीन शब्दहरू—धेरैजसो मानिसले बारम्बार बोल्ने शब्दहरू, कुनै वजन नभएका शब्दहरू मात्र उच्चारण गर्यो। त्यो अगुवाले व्यक्तिगत रूपमै बोलिरहेको र निर्देशन दिइरहेको हुनाले, मानिसहरूले यी शब्दहरूलाई सामान्यभन्दा बढी वजन भएको ठाने, तर वास्तवमा ती केही असान्दर्भिक कुराकानी थिए र तिनले पुस्तक छपाइसम्बन्धी कुनै पनि वास्तविक समस्याहरू समाधान गर्नमा कुनै प्रभाव पार्दैनथे। त्यसोभए, पुस्तक छपाइमा समावेश केही विशेष कुराहरू के हुन् त? हामीले तीबारे छलफल गर्नुपर्छ र त्यो अगुवाले गरेको काम झूटो अगुवाको काम थियो कि थिएन भनेर हेर्नुपर्छ।
सबभन्दा पहिले त, किताब छाप्दा टाइपसेटिङ गर्नुपर्छ, र त्यसपछि पाठको प्रुफरिडिङ गर्नुपर्छ, र विषयसूची र मुख्य पाठको प्रारूप मिलाउनुपर्छ, साथमा कागजको वजन, रङ, र गुणस्तर पनि मिलाउनुपर्छ। त्यसैगरी आवरण सामग्रीको पनि कुरा आँउछ, त्यो नरम हुनुपर्छ कि कडा भन्ने कुरा, अनि आवरणको डिजाइन, रङग, ढाँचा, र फन्ट पनि हेर्नुपर्छ। अन्त्यमा, बँधाइको कुरा आउँछ, र टँसाइ गर्ने कि सिलाइ गर्ने भनी हेर्नुपर्छ। यी सबै मामिला पुस्तक छपाइका दायराअन्तर्गत पर्छन्। के त्यो अगुवाले यीमध्ये कुनै कुराबारे छलफल गर्यो? (गरेन।) अर्को मामिला छापाखाना खोज्नु हो: छपाइ र बाइन्डिङ मेसिनहरू अत्याधुनिक छन् कि छैनन्, छपाइ र बँधाइको गुणस्तर कस्तो छ, र मूल्य कति पर्छ—के उसले यी सबै कुराका लागि, साथै सिद्धान्त र दायराका लागि निर्देशन दिनु पर्दैनथ्यो र? यदि त्यो अगुवाले “म यी कुराहरू बुझ्दिनँ; जे छ आफै खोज,” भनेर भनेको भए, के ऊ उपयोगी अगुवा हुन्थ्यो र? के उसले बोलेका असान्दर्भिक शब्दहरूले पुस्तक छपाइमा संलग्न हुने विभिन्न विस्तृत कुराहरूलाई प्रतिस्थापित गर्न सक्छन् र? (सक्दैनन्।) तैपनि त्यो झूटो अगुवाले तिनले प्रतिस्थापित गर्न सक्छन् नै भन्ठान्यो। उसले सोच्यो, “मैले यतिका धेरै सत्यता सङ्गति गरिसकेको छु, र मैले तिनीहरूलाई सबै सिद्धान्त बताएको छु। तिनीहरूले यी कुराहरू बुझ्नुपर्छ!” यो “पर्छ” भन्ने कुरा नै यो झूटा अगुवाको तर्क र समस्या समाधान गर्ने विधि हो। अन्त्यमा, पुस्तकहरू छापिएपछि, कागज एकदमै खराब गुणस्तरको र धेरै पातलो भएर अक्षर दुवैतर्फ देखिने भयो, र यसले गर्दा वृद्ध व्यक्ति र कमजोर दृष्टि भएकाहरूलाई ती पुस्तकहरू पढ्न एकदमै श्रमसाध्य र गाह्रो भयो। अन्तिम चरणको पनि एउटा मामिला थियो, अर्थात् बँधाइ प्रक्रियाको पनि कुरा थियो—मानकअनुसारको बँधाइ छ कि छैन भन्ने कुराले पुस्तकको समग्र गुणस्तर र आयुमा असर पार्छ। त्यो अगुवाले निर्देशन नै नदिएकाले, अनि त्यो काम गर्नेहरूमा सिद्धान्त र अनुभवको कमी भएकाले, र उनीहरू गैरजिम्मेवार तर्क-वितर्कमा संलग्न भएकाले, छापाखानाले घटिया काम गर्यो र लागत उठाउन निम्नस्तरका सामग्रीहरू प्रयोग गर्यो, र अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गरिएपछि, ती पुस्तकहरू दुई महिनाभित्रै बिग्रन थाले। आवरण र पन्नाहरू उप्किएर निस्किए, र सम्पूर्ण छपाइको काम व्यर्थ भयो। त्यो कसको जिम्मेवारी थियो? यदि कसैलाई जवाफदेही ठहराइन्थ्यो भने, पुस्तक छाप्ने जिम्मेवारी दिइएका ती दुई व्यक्तिहरू प्रत्यक्ष जिम्मेवार हुन्थे, र अप्रत्यक्ष जिम्मेवार त्यो झूटो अगुवा हुन्थ्यो। त्यो झूटो अगुवाले यसो भन्दै बहानासमेत बनायो: “यो काम नराम्रो भएकोमा तिमीहरूले मलाई दोष दिन मिल्दैन; मलाई पनि यो थाहा छैन! मैले कहिल्यै किताब छापेको छैनँ, र म छापाखानाको मालिक होइन। मलाई यी कुराहरूबारे कसरी थाहा हुन्छ र?” के यो बहानाले काम चल्छ? यो काम एक अगुवाका रूपमा तेरो जिम्मेवारीको दायराभित्र पर्छ। चाहे त्यो कुनै पेशा र सीप, वा कुनै प्रकारको ज्ञान, वा सत्यतासँग सम्बन्धित काम नै भए पनि, तैँले यसको हरेक भाग बुझ्नु आवश्यक छैन, तैपनि के तैँले आफूलाई थाहा नभएको कुरा सिक्ने प्रयास गरेको छस् त? के तैँले आफ्नो जिम्मेवारी गम्भीरतासाथ र सावधानीपूर्वक पूरा गरेको छस् त? कति मानिसले भन्लान्, “म आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहन्छु, तर म पनि यो बुझ्दिनँ। मैले जति नै सिक्ने प्रयास गरे पनि सिक्नै सक्दिनँ!” यसको अर्थ, अगुवाका रूपमा तँ मानकअनुरूपको छैनस्; तँ हरदृष्टिले झूटा अगुवा होस्। पुस्तकको गुणस्तर कमजोर भएकाले दाजुभाइ-दिदीबहिनीहरू केही हदसम्म आक्रोशित भए, र भने, “यी किताबहरू किन्न पैसा नपरे पनि गुणस्तर एकदमै खतम छ! यो अगुवाले आफ्नो काम कसरी गर्यो? उसले यो काम कसरी पूरा गर्यो?” अगुवाले यो कुरा सुनेपछि, यस्तो जवाफ दियो, “के तिमीहरूले त्यसको दोष मलाई दिन मिल्छ? म छापाखानाको मालिक होइन, र म अन्तिम निर्णय गर्दिनँ। त्यसबाहेक, के यो परमेश्वरको घरको पैसा बचाउनु होइन र? के परमेश्वरको घरको पैसा बचाउनु गलत हो र?” अगुवाको कुरा सही थियो, ऊ गलत थिएन; अगुवाले कानुनी जिम्मेवारी लिनुपर्दैनथ्यो। तथापि, त्यसमा एउटा समस्या थियो, त्यो के हो भने, पुस्तक छपाइमा लागेको खर्च खेर गयो। दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गरिएका पुस्तकहरू दुई महिनाभित्रै च्यातिएर पन्नाहरू निस्कन थाले। त्यसका परिणामहरू कसले भोग्नुपर्छ? के त्यो अगुवाको जिम्मेवारी थिएन र? त्यो घटना तेरै कामको दायराभित्र, र तैँले अगुवाका रूपमा काम गरिरहँदा घट्यो, त्यसैले के तैँले जिम्मेवारी लिनुपर्दैन र? तैँले त्यसको दोष लिनैपर्छ; तैँले आफ्नो जिम्मेवारी अस्वीकार गर्न मिल्दैन! कति मानिसहरू यसो भन्दै अनुचित तरिकाले बोल्नसमेत सक्छन्, “मैले यो काम पहिले कहिल्यै गरेको छैनँ। के आफूले कहिल्यै नगरेको काममा गल्ती गर्न पाइँदैन र?” यो भनाइका आधारमा नै तँ आफ्नो कामका लागि योग्य छैनस्, र तँलाई बर्खास्त गरिनुपर्छ। तँ अगुवा हुन लायक छैनस्; तँ खाँटी झूटो अगुवा होस्। अनेकौँ मिठामिठा शब्दहरू बोल्नु, तर कुनै वास्तविक काम नगर्नु—झूटो अगुवाको सबैभन्दा स्पष्ट प्रकटीकरण नै यही हो।
कतिपय झूटा अगुवाहरू वास्तविक कामको हरपक्ष व्यावहारिक तरिकाले अनि उचित र ठोस रूपमा गर्नै सक्दैनन्। तिनीहरू केही सामान्य मामिला मात्र सम्हाल्न सक्छन्, र त्यसपछि तिनीहरू आफूलाई मानकअनुरूपको एक अगुवा, एक गजबको व्यक्ति ठान्छन्, र तिनीहरू प्रायः यसो भन्दै धाक देखाउँछन्, “मैले मण्डलीका सबै कुराबारे चिन्ता लिनुपर्छ, र हरेक समस्या सम्हाल्नुपर्छ। के मण्डली मविना चल्न सक्छ र? यदि मैले तिमीहरूका लागि भेलाहरू आयोजना नगरेको भए, के तिमीहरू छरिएको बालुवाको थुप्रो जस्तो हुनेथिएनौ र? यदि मैले चलचित्र निर्माण कार्यमा निगरानी गरेर यसलाई सुचारु राख्न मद्दत नगरेको भए, के मानिसहरूले यसमा निरन्तर बाधा पुर्याउनेथिएनन् र? के चलचित्र निर्माण कार्य सहज रूपमा अगाडि बढ्न सक्थ्यो र? म भजन कार्यमा भुइँमान्छे भए पनि, यदि म तिमीहरूको कामको निरीक्षण गर्न बारम्बार नआएको भए, मैले तिमीहरूलाई स्थिरता प्रदान नगरेको भए, र तिमीहरूका लागि भेलाहरू आयोजना नगरेको भए, के तिमीहरूले ती भजनहरू निर्माण गर्न सक्थ्यौ र? तिमीहरूलाई त्यो कुरा पत्ता लगाउन कति समय लाग्थ्यो होला?” यी भनाइहरू उचित र सही लाग्लान्, तर यदि तिमीहरूले ध्यान दिएर हेर्यौ भने, यी झूटा अगुवाहरूले सुपरिवेक्षण गरेको व्यावसायिक कामका विभिन्न पक्षहरूको प्रगति कसरी भइरहेको हुन्छ? के तिनीहरू सत्यता सिद्धान्तहरूमा स्पष्टसँग सङ्गति गर्न सक्छन्? (सक्दैनन्।) एक पटक, एउटा चलचित्र निर्माण टोलीलाई पोशाकको रङसम्बन्धी समस्या आइपर्यो। उनीहरूले धेरै तस्बिरहरू खिचे, अनि तस्बिरमा भएका पृष्ठभूमि र मानिसहरू फरक थिए, तर पोशाकका रङहरू मूलतः एउटै थिए—ती सबै माटो रङका खैरा र पहेँला थिए। मैले सोधेँ, “यो के भएको? तिनीहरूले किन यी रङका लुगा लगाएका?” तिनीहरूले यो रङ जानीजानी छनौट गरिएको, र धेरै परिश्रम र प्रयास गरेर ती लुगाहरू बजारबाट ल्याइएको हो भनेर भने। मैले भनेँ, “तिमीहरूले किन यो रङ छनोट गरेको? के माथिले त्यसबारे तिमीहरूलाई निर्देशन दिएका हुन्? के माथिले तिमीहरूलाई विभिन्न रङ प्रयोग गर्न, र मर्यादित र शालीन रङहरू छान्न निर्देशन दिएका होइनन् र? यस्तो नतिजा कसरी आउन पुग्यो?” अन्त्यमा, सोधपुछपछि केही मानिसहरूले भने, “अरू रङहरू त्यति मर्यादित र शालीन, वा परमेश्वर वा सन्तहरूमा विश्वास गर्नेहरूले लाउनेजस्तो देखिँदैनन्। यो रङ मात्र विश्वासीहरूले लाउनुपर्नेजस्तो देखिन्छ। त्यसैले, सबैले यस्ता रङका लुगा लाउँदा परमेश्वरको सबैभन्दा बढी महिमा हुन्छ र यसैले नै परमेश्वरको घरको छविलाई सबैभन्दा राम्रोसित प्रतिनिधित्व गर्छ भन्ने विचार राखे।” मैले भनेँ, “मैले तिमीहरू सबैलाई कहिल्यै यी रङका लुगा लाउनू भनेर भनेको छैनँ। मर्यादित र शालीन रङहरू प्रशस्तै छन्। सोच त, परमेश्वरले मानवजातिसँग आफ्नो करारको चिन्हका रूपमा स्थापित गर्नुभएको इन्द्रेणी कति सुन्दर छ। त्यसमा रातो, सुन्तले, पहेँलो, हरियो, नीलो, नीर, र बैजनी रङगहरू छन्—त्यसमा तिमीहरूले लगाइरहेको रङबाहेक सबै रङ छन्। किन तिमीहरूले ती रङहरू छनौट गरेको?” के तिनीहरूको अगुवाले यी मामिलामा जाँच गर्ने ठोस काम गर्यो? म ठोकेरै भन्छु, उसले त्यसो गरेन। यदि त्यो अगुवासँग शुद्ध बुझाइ भएको भए अनि उसले सत्यता र परमेश्वरका मागहरू साँच्चै बुझेको भए, चलचित्र निर्माण टोलीका सदस्यहरूले त्यस्ता पोशाक छनौट गर्नेथिएनन् र त्यसबारे माथिसँग परामर्श गर्नेथिएनन्। पोशाकको समस्या तल्लो तहमै समाधान गर्न सकिनेथ्यो, तर त्यो झूटो अगुवाले त्यसलाई समाधान गर्न सकेन। बरु, उसले लाज पचाएर माथिसँग त्यसबारे सोध्यो। के त्यस्तो व्यक्तिलाई काटछाँट गर्नुपर्दैन र? त्यो झूटो अगुवाले त्यस्तो सबैभन्दा साधारण समस्या पनि समाधान गर्न सकेन—उसको के काम छ र? तँ त केवल कसिङ्गरको टुक्रा मात्र होस्! तँलाई परमेश्वरलाई महिमित पार्न र उहाँको गवाही दिन भनिएको थियो, तर तैँले परमेश्वरलाई बदनाम गरिस्। के तैँले धेरै कुरा बुझ्दैनस् र? के तैँले ज्ञान र धर्मसिद्धान्तहरूको भण्डार स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनस् र? तैपनि किन ती सबै धर्मसिद्धान्त र ती सबै ज्ञान यो परिस्थितिमा प्रभावहीन भए त? कसरी तैँले पोशाकको समस्या सुल्झाउन र जाँच्नसमेत सकिनस्? के तैँले अगुवाका रूपमा पार्नुपर्ने प्रभाव पारेको छस्? के तैँले अगुवाका रूपमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको छस्? यो त झूटो अगुवाको एउटा प्रकटीकरण हो। कुनै पनि निर्दिष्ट कार्यमा झूटा अगुवाहरूमा सिद्धान्तको बुझाइको कमी हुन्छ। तिनीहरू सत्यताको विकृत बुझाइको कुनै पनि समस्या समयमै सच्च्याउन र समाधान गर्न, र यसमार्फत मानिसहरूलाई दिशा र मार्ग खोज्न सक्षम बनाउन सक्दैनन्। झूटा अगुवाहरू केवल शब्द र धर्मसिद्धान्तहरू बोल्छन् र नारा फलाक्छन्; तिनीहरू कुनै पनि ठोस काम गर्न सक्षम हुँदैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।