अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२) खण्ड एक

सुरुमा हामी हाम्रो पछिल्लो भेलाको सङ्गतिको मुख्य विषयवस्तुको समीक्षा गरौँ। (पछिल्लो समय, तपाईँले अगुवा र कामदारहरूका पन्ध्र वटा जिम्मेवारीहरू सूचीबद्ध गर्नुभयो, र मुख्यतः पहिलो दुई जिम्मेवारीहरूबारे सङ्गति गर्नुभयो: पहिलो थियो, मानिसहरूलाई परमेश्‍वरका वचन खान र पिउन तथा बुझ्‍न, अनि परमेश्‍वरका वचनहरूका वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्ने; दोस्रो थियो, हरेक किसिमका मानिसहरूको स्थितिबारे परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने। तपाईँले यी दुई कुराका आधारमा झूटा अगुवाहरूका सान्दर्भिक प्रकटीकरणहरू चिरफार गर्नुभयो।) यदि तिमीहरू अगुवा भएका भए, तिमीहरूले यी दुई जिम्मेवारीमध्ये कुनचाहिँ निर्वाह गर्न सक्थ्यौ भनेर कहिल्यै विचार गरेका छौ? धेरै मानिसहरू सधैँ आफूसँग केही क्षमता, बुद्धि, र बोझको बोध छ भन्ने सोच्छन्, परिणामस्वरूप अगुवा बन्नका निम्ति होड गर्न चाहन्छन्, र साधारण अनुयायी हुन चाहँदैनन्। त्यसैले, पहिला तैँले यी दुई जिम्मेवारी निर्वाह गर्न सक्छस् कि सक्दैनस्, र कुनचाहिँ जिम्मेवारी निभाउन तँ बढी सक्षम छस् र तैँले कुनचाहिँ सम्हाल्न सक्छस् भनी हेर्। तँमा अगुवा बन्ने क्षमता छ कि छैन, वा तँमा कार्य क्षमता वा कुनै बोझको बोध छ कि छैन भन्ने बारेमा अहिले कुरा नगरौँ, बरु पहिले तैँले यी दुई जिम्मेवारी राम्ररी निर्वाह गर्न सक्छस् कि सक्दैनस् भनी हेरौँ। के तिमीहरूले यो प्रश्‍नबारे कहिल्यै मनन गरेका छौ? कतिले भन्‍न सक्छन्, “मेरो अगुवा बन्ने कुनै योजना छैन, त्यसैले किन मैले यसबारे मनन गर्ने र? मैले केवल आफ्नो काम राम्ररी गर्नुपर्छ—यो प्रश्‍नको मसँग कुनै सम्बन्ध छैन। यो जीवनकालमा, म कहिल्यै अगुवा बन्न चाहन्नँ, अनि म कहिल्यै अगुवा वा कामदारका जिम्मेवारी लिन चाहन्नँ, त्यसैले मैले यस्ता प्रश्‍नहरूबारे कहिल्यै मनन गर्नुपर्दैन।” के यो भनाइ सही हो? (होइन।) तँ अगुवा हुन चाहँदैनस् भने पनि, तँलाई अगुवाइ गर्ने व्यक्तिले यी दुई जिम्मेवारी कति राम्ररी पूरा गरिरहेको छ, उसले आफ्ना जिम्मेवारी पूरा गरेको छ कि छैन, ऊसँग आवश्यक क्षमता, योग्यता, र बोझको बोध छ कि छैन, अनि उसले यी दुई माग पूरा गर्छ कि गर्दैन भनेर के तैँले जान्नुपर्दैन र? यदि तँ यी कुरा बुझ्दैनस् वा छर्लङ्ग देख्न सक्दैनस्, र उसले तँलाई खाल्डोमा हाल्यो भने, के तँलाई त्यो थाहा हुनेछ र? यदि तँ केवल उसलाई अन्योलग्रस्त तरिकाले पछ्याउँछस् र तँ केवल मन्दबुद्धिको होस् भने, यदि तँलाई ऊ झूटो अगुवा हो, वा उसले तँलाई गलत बाटोतिर लगिरहेको छ वा कतातिर लगिरहेको छ भन्ने थाहा भएन भने, तँ खतरामा पर्नेछस्। तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायरा नबुझ्ने हुनाले, अनि झूटा अगुवाहरूलाई खुट्ट्याउन नसक्ने हुनाले, तैँले तिनीहरूलाई अन्योलग्रस्त तरिकाले पछ्याउनेछस्, र तिनीहरूले जे अह्रायो त्यही गर्नेछस्, र तिनीहरूले तँसँग परमेश्‍वरका वचनहरूको सत्यताअनुरूप सङ्गति गर्छन् कि गर्दैनन्, वा त्यो वास्तविकता हो कि होइन भनेर जान्नेछैनस्। तैँले तिनीहरू उत्सासित हुने हुनाले, तिनीहरूले बिहानदेखि बेलुकीसम्म दौडधुप र कडा मेहनत गर्ने हुनाले अनि मूल्य चुकाउन सक्ने हुनाले, र कुनै व्यक्ति कठिनाइमा पर्दा तिनीहरूले उसलाई मद्दत गर्न हात अघि बढाउने, र बेवास्ता नगर्ने हुनाले, तिनीहरू अगुवाका रूपमा योग्य छन् भन्ने सोच्छस्। तँ के जान्दैनस् भने, झूटा अगुवाहरूसँग परमेश्‍वरका वचनहरू बुझ्ने क्षमतै हुँदैन, तिनीहरूले मानिसहरूलाई जति नै लामो समयसम्‍म काम गरे पनि परमेश्‍वरका अभिप्रायहरू बुझ्नेछैनन् वा परमेश्‍वरका मागहरू के हुन् भनेर जान्नेछैनन्, तिनीहरूले धर्मसिद्धान्त के हुन् र सत्यता वास्तविकताहरू के हुन् भनेरसमेत खुट्ट्याउन सक्नेछैनन्, तिनीहरूले शुद्ध रूपमा परमेश्‍वरका वचन र सत्यता बोध गर्न जान्नेछैनन्, न त आफूले कसरी परमेश्‍वरका वचन खानु र पिउनुपर्छ भनेर नै जान्‍नेछन्—यसले तिनीहरू झूटा अगुवा हुन् भन्ने कुरा स्पष्ट पार्छ। झूटा अगुवाहरूले आफूले गर्ने काममा कुनै नतिजा हासिल गर्दैनन्। तिनीहरूले तँसँग सङ्गति गर्नेछन् र झारा टार्नेछन्, तर तँ कस्तो स्थितिमा छस्, तैँले के-कस्ता कठिनाइहरू सामना गर्दै छस्, र ती वास्तवमा समाधान गरिएका छन् कि छैनन् भनेर तिनीहरू प्रस्ट हुनेछैनन्, अनि तँ आफैलाई पनि यी कुराहरू थाहा हुनेछैन। बाहिरबाट हेर्दा त, तिनीहरूले परमेश्‍वरका वचनहरू पढेर तँसँग सत्यताबारे सङ्गति गरेकै हुनेछन्, तर तँ अझै पनि गलत स्थितिमै जिइरहेको हुनेछस्, र तेरो स्थिति सुल्टिएकै हुँदैन। तँलाई जेजस्ता कठिनाइहरू आइपरे पनि, तिनीहरूले आफ्ना जिम्मेवारी पूरा गरेझैँ नै देखिनेछ, तर तिनीहरूको सङ्गति वा सहयोगद्वारा तेरा कुनै पनि कठिनाइहरू हल हुनेछैनन्, र समस्याहरू ज्यूँका त्यूँ रहिरहनेछन्। के यस्तो अगुवा मानकअनुरूपको हुन्छ? (हुँदैन।) त्यसोभए, तैँले यी मामिला खुट्ट्याउन के-कस्ता सत्यताहरू बुझ्नुपर्छ? तैँले अगुवा र कामदारहरूले परमेश्‍वरका वचनका मापदण्डअनुसार हरेक काम गर्ने र हरेक समस्या सुल्झाउने गर्छन् कि गर्दैनन्, तिनीहरूले बोल्ने हरशब्द व्यावहारिक छ कि छैन र परमेश्‍वरका वचनको सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर बुझ्नुपर्छ। यसका साथै, तैँले आफूलाई विभिन्न कठिनाइ आइपर्दा, समस्या हल गर्ने तिनीहरूको शैलीले तँलाई परमेश्‍वरका वचन बुझ्न र अभ्यास मार्ग प्राप्त गर्नतर्फ डोर्‍याउँछ कि डोर्‍याउँदैन, कि तिनीहरू केही शब्द र धर्मसिद्धान्त मात्र बोल्ने, नारा मात्र फलाक्‍ने, वा तँलाई अर्तीउपदेश मात्र दिने गर्छन् भनेर बुझ्नुपर्छ। कति अगुवा र कामदारहरूले अर्तीउपदेश दिएर, र कतिले भने प्रेरणा दिएर, अनि अरू कतिले चाहिँ खुलासा, दोषारोपण, र काटछाँट गरेर मानिसहरूलाई मद्दत गर्न मन पराउँछन्। तिनीहरूले जे विधि प्रयोग गरे पनि, यदि त्यसले तँलाई साँच्चै सत्यता वास्तविकतामा प्रवेश गर्न, तेरा वास्तविक कठिनाइहरू समाधान गर्नतर्फ डोर्‍याउन, र तँलाई परमेश्‍वरका अभिप्रायहरू के हुन् भनेर बुझाउन सक्छ र यसरी तँलाई आफूलाई चिन्न र अभ्यास मार्ग प्राप्त गर्न सक्षम पार्छ भने, तँलाई भविष्यमा त्यस्तै परिस्थिति आइपर्दा, तँसँग पछ्याउने मार्ग हुनेछ। तसर्थ, कुनै अगुवा वा कामदार मानकअनुरूपको छ कि छैन भनेर मापन गर्ने सबैभन्दा आधारभूत मानक भनेको उसले मानिसहरूका समस्या र कठिनाइहरू हल गर्न सत्यता प्रयोग गर्न सक्छ कि सक्दैन, र तिनीहरूलाई सत्यता बुझ्न र अभ्यासको मार्ग प्राप्त गर्न सक्षम पार्न सक्छ कि सक्दैन भन्ने हो।

पछिल्लो समय, हामीले मोटामोटी रूपमा अगुवा र कामदारहरूका पहिलो र दोस्रो जिम्मेवारीहरूबारे सङ्गति गर्‍यौँ, अनि यी दुई जिम्मेवारीसँग सम्बन्धित झुटा अगुवाहरूका निश्‍चित प्रकटीकरणहरू चिरफार गर्‍यौँ। तिनीहरूका प्रमुख प्रकटीकरणहरू परमेश्‍वरका वचनहरूलाई सतही र बाहिरी रूपमा बुझ्नु र सत्यता बुझ्न नसक्नु हुन्। फलस्वरूप, तिनीहरू अरूलाई परमेश्‍वरका वचन बुझ्न र उहाँका अभिप्राय बोध गर्न डोर्‍याउन सक्दैनन् भन्ने स्पष्टै छ। मानिसहरूलाई कठिनाइहरू आइपर्दा, झूटा अगुवाहरू आफ्ना अनुभवात्मक ज्ञान प्रयोग गरेर ती मानिसहरूसित पछ्याउने मार्ग होस् भनेर उनीहरूलाई सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न डोर्‍याउन सक्दैनन्, न त तिनीहरू उनीहरूलाई विभिन्न कठिनाइहरूबीच आत्मचिन्तन गर्न र आफूलाई चिन्न, र सँगसँगै यी कठिनाइहरू समाधान गर्न लगाउन नै सक्छन्। त्यसैले आज हामी पहिले जीवन प्रवेशका कठिनाइहरू केके हुन्, र मानिसहरूलाई दैनिक जीवनमा प्रायः आइपर्ने जीवन प्रवेशसित सम्बन्धित विभिन्न प्रकारका कस्ता सामान्य कठिनाइहरू हुन्छन् भन्नेबारे सङ्गति गरौँ। यी कुराहरूको विशिष्ट सारांश निकालौँ। के यसबारे सङ्गति गरिनुपर्छ? (पर्छ।) तिमीहरू अब जीवन प्रवेशसँग सम्बन्धित यी विषयहरूमा केही हदसम्म चासो राख्छौ, होइन त? मैले सुरुमा तिमीहरूसँग अन्तरक्रिया र कुराकानी गर्दा, जे भनिएको भए नि, तिमीहरू भावशून्य र बोधो, सुस्त, र प्रतिक्रिया दिन ढिला थियौ। तिमीहरूले कुनै पनि कुरा नबुझेजस्तो, र तिमीहरूमा कुनै कद नभएजस्तो देखिन्थ्यो, झन् जीवन प्रवेश हुनु त परै जाओस्। अहिले, हामीले व्यक्तिको जीवन स्वभाव परिवर्तन गर्नेसम्बन्धी मामिलाहरूबारे कुरा गर्दा, तिमीहरूमध्ये धेरैजसोले तुलनात्मक रूपमा यो विषयमा अलि चासो राख्छौ, र यसप्रति केही प्रतिक्रिया जनाउँछौ। यो सकारात्मक घटना हो। यदि तिमीहरूले आफ्नो कर्तव्य निर्वाह नगरिरहेका भए, के यी कुराहरू प्राप्त गर्न सक्थ्यौ? (अहँ, हामीले प्राप्त गर्न सक्थेनौँ।) यो परमेश्‍वरको अनुग्रह हो; यो सब उहाँको कृपाले गर्दा हो।

विषयवस्तु दुई: हरेक किसिमका मानिसहरूको स्थितिबारे परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने (भाग दुई)

जीवन प्रवेशसम्बन्धी आठ प्रकारका कठिनाइहरू

अ. आफ्नो कर्तव्य निर्वाहसित सम्बन्धित कठिनाइहरू

जीवन प्रवेशका कठिनाइहरूका सम्बन्धमा, पहिले आफ्नो कर्तव्य निर्वाहसित सम्बन्धित कठिनाइहरूलाई अझ व्यापक रूपमा हेरौँ। तैँले सत्यताको अभ्यास संलग्‍न हुने आफ्नो कर्तव्य निर्वाहमा समस्याहरू सामना गर्दा, र सिद्धान्तअनुसार कामकुरा सम्हाल्न नसक्दा, के यो जीवन प्रवेशमा हुने कठिनाइ होइन र? (हो।) स्पष्ट शब्दमा भन्नुपर्दा, यी त आफ्नो कर्तव्य निर्वाह गर्दा उत्पन्न हुने विभिन्न स्थिति, विचार, दृष्टिकोण, र सोचाइका निश्‍चित बेठीक तरिकाहरू हुन्। त्यसोभए, यस हिसाबमा केकस्ता विशिष्ट कठिनाइहरू हुन्छन्? उदाहरणका लागि, आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारूवा, धूर्त र सुस्त हुने—के यो कर्तव्य निर्वाहको क्रममा सामान्यतया देखिने र प्रकट हुने स्थिति होइन र? त्यसैगरी, आफ्नो उचित काममा ध्यान पनि नदिने र आफ्नो कर्तव्य निर्वाह गर्दा आफूलाई अरूसँग निरन्तर तुलना गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने स्थानलाई खेलमैदान वा युद्धभूमि ठान्ने, अनि कसैले कर्तव्य निर्वाह गरेपिच्छे “मानक” खोज्नेबारे सोच्ने, र मनमनै यसो भन्ने कुरा पनि छ: “मभन्दा राम्रो को छ र कसले मेरो लड्ने भावना उद्वेलित गर्न सक्छ भनी हेर्नेछु, त्यसपछि आफ्नो कर्तव्य निर्वाहमा कसले राम्रो नतिजा र उच्च दक्षता हासिल गर्छ, र मानिसहरूको हृदय जित्नमा को राम्रो छ भनेर हेर्न, म ऊसँग प्रतिस्पर्धा गर्नेछु, होड गर्नेछु र आफूलाई ऊसँग दाँज्नेछु।” अनि त्यसपछि, आफ्नो कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझ्ने तर ती पालन गर्न, वा परमेश्‍वरका वचनको सत्यता वा परमेश्‍वरको घरका मागअनुसार कार्य गर्न नचाहने, र सधैँ यसो भन्दै आफ्नो कर्तव्य निर्वाहलाई व्यक्तिगत प्राथमिकताहरूले दूषित पार्न चाहने कुरा पनि छ, “मलाई यो यसरी गर्न मन पर्छ, मलाई यो त्यसरी गर्न मन पर्छ; म यो यसरी गर्न चाहन्छु, म यो त्यसरी गर्न चाहन्छु।” यो जिद्दी मनमौजीपन हो, यो सधैँ आफ्नै इच्छा पछ्याउन चाहनु, र आफ्नै प्राथमिकताअनुसार जसरी मन लाग्छ त्यसरी नै कार्य गर्न चाहनु, परमेश्‍वरको घरका सबै मागलाई बेवास्ता गर्नु, र सही मार्गबाट तर्किन चाहनु हो। के यी कुरा धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य निर्वाहमा देखाउने वास्तविक प्रकटीकरण होइनन् र? स्पष्ट रूपमै यी सबै समस्याहरूमा आफ्नो कर्तव्य निर्वाहमा आउने कठिनाइहरू समावेश छन्। कृपया यिनमा अरू कुरा थप त। (अफ्नो कर्तव्य निर्वाह गर्दा अरूसँग मिलेर सहकार्य गर्न नसक्नु, र सधैँ आफ्नै नियमकानुनअनुसार चल्नु।) यो पनि कठिनाइ नै हो। आफ्नो कर्तव्य निर्वाह गर्दा अरूसँग मिलेर सहकार्य गर्न नसक्नु, र सधैँ आफ्नै नियमकानुनअनुसार चल्न र अन्तिम निर्णय आफै गर्न चाहनु; समस्याहरू आइपर्दा सुझाव खोज्न र अरूका राय सुन्न आफूलाई नम्र बनाउन चाहनु, तर यसलाई अभ्यास गर्न नसक्नु, र कसैले यो अभ्यास गर्ने कोसिस गर्दा असहज महसुस हुनु—यो एउटा समस्या हो। (कर्तव्य निर्वाह गर्दा आफ्नै हित जोगाउनु, स्वार्थी र नीच हुनु, अनि समस्या पैदा हुँदा त्यो कसरी समाधान गर्ने भनी वास्तवमै आफूलाई थाहा हुनु, तर त्यसको आफूसँग कुनै सम्बन्ध नभएको लाग्नु, त्यसमा केही गलत भएमा त्यसको जिम्मेवारी लिन डराउनु, र फलस्वरूप अघि बढ्ने आँट नगर्नु।) समस्या देख्दा त्यो समाधान नगर्नु, त्यसलाई आफूसँग असम्बन्धित ठान्नु, र त्यसलाई बेवास्ता गर्नु—यो पनि निष्ठाविना आफ्नो कर्तव्य निर्वाह गर्नु नै हो। तँ कुनै कामका लागि जिम्मेवार भए पनि वा नभए पनि, यदि तैँले कुनै समस्यालाई छर्लङ्गै देख्न र समाधान गर्न सक्छस् भने, त्यो जिम्मेवारी निर्वाह गर्नुपर्छ। त्यो तँमाथि आइपर्ने तेरो कर्तव्य र काम हो। यदि सुपरिवेक्षकले त्यो समाधान गर्न सक्छ भने, तैँले त्यसको चिन्ता गर्नु पर्दैन, तर यदि उसले समाधान गर्न सक्दैन भने, तैँले अघि बढेर त्यो समाधान गर्नुपर्छ। समस्याहरूलाई ती कसको जिम्मेवारीको दायराअन्तर्गत पर्छ भन्ने आधारमा विभाजन नगर्—यो परमेश्‍वरप्रति अबफादारी हो। अरू केही छ? (आफ्नो कर्तव्य निर्वाह गर्दा, काम गर्न आफ्नो बुद्धि र प्रतिभामा भर पर्नु, अनि सत्यता नखोज्नु।) यस्ता मानिसहरू धेरै हुन्छन्। तिनीहरू सधैँ आफूसँग बुद्धि र क्षमता छ भन्ने सोच्छन्, अनि तिनीहरू आफूलाई आइपर्ने हरकुराप्रति उदासीन हुन्छन्; तिनीहरू पटक्कै सत्यता खोज्दैनन्, र केवल आफ्नै इच्छाअनुसार कार्य गर्छन्, अनि परिणामस्वरूप, तिनीहरू कुनै पनि कर्तव्य उचित ढङ्गले निर्वाह गर्न सक्दैनन्। यी सब कुरा मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सामना गर्ने कठिनाइहरू हुन्।

आ. व्यक्तिले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छ भन्ने कुरासित सम्बन्धित समस्याहरू

व्यक्तिले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छ भन्ने कुरा पनि जीवन प्रवेशसित सम्बन्धित ठूलो समस्या हो। कति मानिसहरूलाई आफूले मुक्ति पाउने आशा छ भन्ने लागेमा तिनीहरू मूल्य चुकाउन इच्छुक हुन्छन्, तर आशा छैन भन्ने लागेमा नकारात्मक बन्छन्। यदि परमेश्‍वरको घरले तिनीहरूलाई बढुवा र संवर्धन गरेन भने, तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, अनि जिम्मेवारी नलिई केवल झारा टारेर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले जे गरे पनि, सधैँ आफ्ना सम्भाव्यता र नियतिबारे ख्याल गर्छन्, र आफूलाई सोध्छन्, “के मैले वास्तवमै असल गन्तव्य पाउनेछु? के परमेश्‍वरका प्रतिज्ञाहरूमा मजस्तो व्यक्तिका सम्भाव्यता र गन्तव्य कस्तो हुनेछ भनेर बताइएको छ?” यदि तिनीहरूले सही जवाफ पाएनन् भने, तिनीहरूमा कुनै कामकुरा गर्ने उत्साह हुँदैन। यदि परमेश्‍वरको घरले तिनीहरूलाई बढुवा र संवर्धन गर्‍यो भने, तिनीहरूमा ऊर्जा भरिन्छ, र तिनीहरू आफूले गर्ने हरकुरामा एकदमै सक्रिय हुन्छन्। तथापि, यदि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी गर्न सकेनन् र तिनीहरू बरखास्त भए भने, तिनीहरू तुरुन्तै नकारात्मक बन्छन्, र आफ्नो कर्तव्य त्याग्छन्, सबै आशा मार्छन्। काटछाँटमा पर्दा, तिनीहरू सोच्छन्, “के परमेश्‍वरले मलाई मन पराउन छोड्नुभएको हो? यदि हो भने, उहाँले मलाई संसारलाई पछ्याउनबाट रोक्नुको सट्टा, त्यो कुरा पहिल्यै भन्नुपर्थ्यो!” यदि तिनीहरू बरखास्त भएमा, यस्तो सोच्छन्, “के तिनीहरूले मलाई तुच्छ ठानिरहेका छैनन् र? कसले मेरो रिपोर्ट गर्‍यो? के मलाई हटाइँदै छ? यदि त्यसो हो भने, तिनीहरूले पहिल्यै त्यसो भन्नुपर्थ्यो!” त्यति मात्र होइन, तिनीहरूको हृदय परमेश्‍वरसँगको लेनदेन, माग, र अनुचित अनुरोधहरूले भरिएको हुन्छ। मण्डलीले तिनीहरूलाई जे गर्ने बन्दोबस्त मिलाए पनि, त्यो काम गर्नका लागि पूर्वशर्तका रूपमा आफूले राम्रो सम्भाव्यता र असल गन्तव्य, साथै परमेश्‍वरका आशिष्‌हरू पाउनुपर्ने ठान्छन्। कम्तीमा पनि राम्रो भाव र मनोवृत्तिले व्यवहार गरिनु, अनि अनुमोदित हुनु नै तिनीहरूले स्वीकार र समर्पण गर्नुका पूर्वशर्तहरू हुन्। के यी कुरा तिनीहरूले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने कुराका प्रकटीकरण होइनन् र? यिनमा अरू कुरा थप त। (आफ्नो कर्तव्य निर्वाह गर्दा विचलन वा समस्याहरू उत्पन्न भएमा र आफूलाई काटछाँट गरिएमा, तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन् र उहाँदेखि सावधान हुन्छन्; तिनीहरू आफूलाई प्रकाश गरिएला र हटाइएला भनेर डराउँछन्, अनि तिनीहरू सधैँ एउटा उम्कने बाटो तयार राख्छन्।) आफूलाई प्रकाश गरिएला र हटाइएला भनेर डराउनु, अनि सधैँ एउटा उम्कने बाटो तयार राख्नु—यी पनि तिनीहरू आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने कुराका प्रकटीकरण हुन्। (जब व्यक्तिले परमेश्‍वरको वचनको खुलासा र चरित्रचित्रण आफूमा लागू हुने देख्छ, वा जब ऊ काटछाँटमा पर्छ र लज्जित महसुस गर्छ, तब उसले आफू भ्रमित, दियाबलस र शैतान हुँ, अनि आफू सत्यता स्विकार्न सक्षम छैनँ भन्ने निष्कर्ष निकाल्छ। अनि आफूसँग मुक्ति पाउने आशा छैन भन्ने निर्धारित गर्दै ऊ नकारात्मक बन्छ।) आफ्नो सम्भाव्यता र नियतिको हकमा, मानिसहरू आफ्ना अभिप्राय र चाहनाहरू पूर्णतया त्याग्न सक्दैनन्। तिनलाई तिनीहरू सबैभन्दा महत्त्वपूर्ण कुराका रूपमा लिन्छन् र सोहीअनुरूप तिनलाई पछ्याउँछन्, र तिनलाई आफूले पछ्याउने हरकुराका लागि प्रेरक शक्ति र पूर्वशर्त मान्छन्। तिनीहरूले न्याय, सजाय, परीक्षा, र शोधनको सामना गर्दा, वा तिनीहरूलाई प्रकाश गरिँदा, वा तिनीहरूलाई खतरनाक परिस्थितिहरू आइपर्दा, तिनीहरू तुरुन्तै सोच्छन्, “के परमेश्‍वर अब मलाई चाहनुहुन्न? के उहाँ मलाई तिरस्कार गर्दै हुनुहुन्छ? उहाँ मसँग एकदमै गम्भीर लबजमा बोल्नुहुन्छ; के उहाँ मलाई मुक्ति दिन चाहनुहुन्न? के उहाँ मलाई हटाउन चाहनुहुन्छ? यदि उहाँ मलाई हटाउन चाहनुहुन्छ भने, मलाई संसारको पछि लाग्नबाट नरोक्नका लागि उहाँले त्यो सक्दो चाँडो, म जवान छँदै बताउनुपर्छ।” यसले तिनीहरूमा नकारात्मकता, प्रतिरोध, विरोध र सुस्तता उत्पन्न गराउँछ। यी कुरा मानिसहरूले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्नेसम्बन्धी केही स्थिति र प्रकटीकरण हुन्। यो जीवन प्रवेशसित सम्बन्धित ठूलो कठिनाइ हो।

इ. पारस्परिक सम्बन्धहरूसित सम्बन्धित कठिनाइहरू

अब अर्को पक्ष हेरौँ—पारस्परिक सम्बन्धहरू। यो पनि जीवन प्रवेशसित सम्बन्धित ठूलो कठिनाइ हो। तँ आफूलाई मन नपर्ने, तेरो भन्दा फरक राय राख्ने, तँसित परिचित र तँसँग पारिवारिक सम्बन्ध भएका वा तँलाई मद्दत गरेका, अनि तँलाई सधैँ तुरुन्तै चेतावनी दिने, र तँसँग साँचो बोल्ने, र तँलाई मद्दत गर्ने मानिसहरूलाई कस्तो व्यवहार गर्छस्, अनि तँ प्रत्येक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्न सक्छस् कि सक्दैनस्, साथै तँ अरू मानिसहरूसँग विवाद खडा हुँदा, र तिमीहरूमाझ ईर्ष्या र द्वन्द्व उत्पन्न हुँदा, र तैँले सौहार्दपूर्ण अन्तरक्रिया गर्न नसक्दा, वा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा मिलेर सहकार्य गर्नसमेत नसक्दा केकसरी अभ्यास गर्छस्—यी कुरा पारस्परिक सम्बन्धहरूसित सम्बन्धित केही स्थिति र प्रकटीकरण हुन्। अरू कुनै कुरा छन्? (मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनु र अर्को व्यक्तिका समस्या पत्ता लाग्दा ऊ चिढिने डरले बताउने आँट नगर्नु।) यो अरूलाई चिढ्याइएला कि भनेर डराउँदा उत्पन्न हुने स्थिति हो। (साथै, कुनै व्यक्तिले अगुवा र कामदारहरूलाई, अनि शक्ति र हैसियत भएकाहरूलाई कसरी व्यवहार गर्छ भन्‍ने कुरा पनि हो।) तँ अगुवा र कामदारहरू, वा शक्ति र हैसियत भएका मानिसहरूलाई कसरी व्यवहार गर्छस्—चिप्लो घसेर वा चापलुसी गरेर कि तिनीहरूलाई सही तरिकाले व्यवहार गरेर—यो तैँले शक्ति र प्रभाव भएकाहरूलाई कसरी व्यवहार गर्छस् भन्ने कुराको विशेष प्रकटीकरण हो। मोटामोटी रूपमा यी कुराहरू नै पारस्परिक सम्बन्धहरूका कठिनाइहरू हुन्।

ई. मानव भावनाहरूसित सम्बन्धित समस्याहरू

मानव भावनाहरूबारे अलिकति कुरा गरौँ। कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्‍ने हो। यहाँ “तिनीहरूले गर्ने कामकुरा” मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूको आलोचना गर्ने, तिनीहरू अविश्‍वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वतः समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्‍ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ आफूसँग मिल्ने वा आफूलाई पहिला मदत गरेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुर्‍याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्? साथै, के तैँले तुलनात्मक रूपमा आफूनिकटका, वा तेरोजस्तै रुचिहरू बोकेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू राख्छस्? के तँसँग तिनीहरूका क्रियाकलाप र व्यवहारलाई निष्पक्ष र वस्तुगत मूल्याङ्कन, परिभाषा, अनि व्यवहार गर्ने तरिका छ? मानौँ, तँसित भावनात्मक सम्बन्ध भएका यी मानिसहरूलाई मण्डलीले सिद्धान्तहरूअनुसार तह लगायो, र यसको परिणाम तेरा आफ्ना धारणाहरूअनुरूप भएनन् भने—तैँले यसलाई कसरी लिनेथिइस्? के तैँले पालन गर्न सक्नेथिइस्? के तँ सुटुक्क तिनीहरूसित अल्झिरहनेथिइस्, अनि के तँ तिनीहरूको बहकाउ र उक्साहटमा समेत परेर तिनीहरूका लागि बहानाहरू बनाउने, तिनीहरूलाई जायज ठहराउने र तिनीहरूको प्रतिरक्षा गर्नेथिइस्? के तँ सत्यता सिद्धान्तहरूलाई उपेक्षा गर्दै र परमेश्‍वरको घरका हितहरूलाई बेवास्ता गर्दै आफूलाई मदत गरेकाहरूलाई सहायता गर्ने र तिनीहरूका लागि गोली थाप्नेथिइस्? के यी विभिन्‍न समस्याहरू भावनासँग सम्बन्धित होइनन् र? कतिपय मानिसहरू भन्छन्, “के भावनाहरू नातागोता र परिवारका सदस्यहरूसँग मात्र सम्बन्धित हुँदैनन् र? के भावनाको दायरामा आफ्ना आमा-बुबा, दाजुभाइ-दिदीबहिनी, र परिवारका अन्य सदस्यहरू मात्र पर्दैनन् र?” होइन, भावनाले मानिसहरूको ठूलो दायरालाई समेट्छ। आफ्नै परिवारका सदस्यहरूलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्ने कुरा बिर्सिदे—कतिपय मानिसहरूले त आफ्ना असल साथी र मित्रहरूलाई समेत निष्पक्ष रूपमा मूल्याङ्कन गर्न सक्दैनन्, र यी मानिसहरूबारे बोल्दा तिनीहरूले तथ्यहरू बङ्ग्याउँछन्। उदाहरणका लागि, यदि तिनीहरूको मित्रले आफ्नो उचित काममा ध्यान दिँदैन र आफ्नो कर्तव्यमा सधैँ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न रहन्छ भने, तिनीहरूले उसलाई अलिक चुलबुले भनेर व्याख्या गर्नेछन्, र उसको मानवता अपरिपक्व र अझै स्थिर भइनसकेको भनेर भन्‍नेछन्। के यी शब्दहरूभित्र भावनाहरू छैनन् र? यो भावनाहरूले ओतप्रोत भएका शब्दहरू बोल्नु हो। यदि आफूसँग कुनै सम्बन्ध नभएको व्यक्तिले आफ्नो उचित काममा ध्यान दिएन र ऊ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न भयो भने, तिनीहरूले उसका बारेमा निकै कठोर कुराहरू भन्‍नेछन्, र उसलाई निन्दा समेत गर्न सक्छन्। के यो भावनाहरूका आधारमा बोल्नु र कार्य गर्नुको प्रकटीकरण होइन र? के आफ्ना भावनाहरूअनुसार जिउने मानिसहरू निष्पक्ष हुन्छन्? के तिनीहरू इमानदार हुन्छन्? (हुँदैनन्।) आफ्ना भावनाहरूअनुसार बोल्ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले अरूलाई किन निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्? तिनीहरू किन सत्यता सिद्धान्तहरूमा आधारित भएर बोल्न सक्दैनन्? दुईजिब्रे र आफ्ना शब्दहरूलाई कहिल्यै पनि तथ्यमा आधारित नगर्ने मानिसहरू दुष्ट हुन्छन्। बोल्दा निष्पक्ष नहुनु, सत्यता सिद्धान्तहरूअनुसार नभई सधैँ आफ्ना भावनाहरूअनुसार अनि आफ्नै निम्ति बोल्नु, परमेश्‍वरको घरको कामबारे नसोच्नु, अनि आफ्ना व्यक्तिगत भावना, ख्याति, लाभ, र हैसियतको मात्र रक्षा गर्नु—यो ख्रीष्टविरोधीहरूको चरित्र हो। ख्रीष्टविरोधीहरू यसरी नै बोल्छन्; तिनीहरूले भन्‍ने सबथोक दुष्ट, अनि बाधा र अवरोध ल्याउने खालको हुन्छ। देहका प्राथमिकता र रुचिहरूमाझ जिउने मानिसहरू आफ्ना भावनाहरूमाझ जिउँछन्। आफ्ना भावनाहरूअनुसार जिउने मानिसहरू सत्यतालाई पटक्कै नस्विकार्ने र अभ्यास नगर्ने मानिसहरू हुन्। आफ्ना भावनाहरूका आधारमा बोल्ने र कार्य गर्ने मानिसहरूमा सत्यता वास्तविकता पटक्कै हुँदैन। यदि यस्ता मानिसहरू अगुवा बनेमा, तिनीहरू निस्सन्देह नै झूटा अगुवा वा ख्रीष्टविरोधीहरू हुनेछन्। तिनीहरू वास्तविक काम गर्न असक्षम हुने मात्र होइन, विभिन्‍न दुष्ट कार्यहरूमा पनि संलग्न हुन सक्छन्। तिनीहरू पक्कै पनि हटाइनेछन् र दण्डित हुनेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्