अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१९) खण्ड तीन

अवरोध र बाधाहरू ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूको सारांश

अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारी परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूसँग सम्बन्धित छ। हामीले सङ्गतिको लागि यी कुराहरू एघार वटा समस्याहरूमा विभाजित गरेका छौं। हरेक समस्या अन्तर्गत सूचीमा राखिएका अवरोध र बाधाहरूका समस्या वा घटनाहरू मानिसहरूले कर्तव्य निर्वाह गर्ने कार्य र परमेश्‍वरमाथिको तिनीहरूको साँचो विश्‍वाससँग सम्बन्धित छन्। तिनीहरूलाई किन यति मिहिनतासाथ विभाजित गरिएको छ? मैले हरेक मामिलालाई किन सङ्गति र चिरफारको लागि उठाउँछु? हरेक समस्याको शीर्षकबाट हेर्दा, यी कामकुराहरू गर्ने मानिसहरूको मानवता राम्रो हुँदैन। पहिलो समस्याबाहेक—सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु, जुन कुरा त्यति गम्भीर मानिँदैन—त्यो बाहेक, अरू सबै कुराको प्रकृति निकै गम्भीर छ। यी सबै प्रकटीकरणहरूमा अवरोध र बाधाहरू निम्त्याउने प्रकृति हुन्छ, र ती सबैले मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउँछन्, र त्यसकारण हामीले ती सबैलाई एकएक गरी सङ्गति र चिरफारको लागि उठायौँ। जब मण्डली जीवनमा वा आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा यी समस्याहरू देखा पर्छन्, तब मानिसहरू विशेष रूपमा सतर्क हुनुपर्छ र तिनलाई खुट्याउनुपर्छ र तिनको भित्री रूप छर्लङ्गै देख्‍नुपर्छ। जब मानिसहरूले अवरोध र बाधा ल्याउने यस्ता घटनाहरू घटेको देख्छन्, तब तिनीहरू तिनलाई रोक्न र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। “सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु” भन्‍ने पहिलो समस्याको हकमा, मानिसहरूले कहिलेकहीँ अनजानमै यसो गर्छन्, र संलग्‍न परिस्थिति र यसको प्रकृति त्यति गम्भीर हुँदैन; तर यदि तिनीहरू बारम्बार विषयभन्दा बाहिर जान्छन् र अमिल्दो रूपमा बोल्छन्, जसले गर्दा सुन्‍नेहरूलाई झिजो लाग्छ, र यसरी मण्डली जीवनमा कुनै असल परिणामहरू हासिल हुँदैनन् भने, यसले मण्डलीको काममा अवरोध र बाधा ल्याउने दुष्परिणामहरू ल्याउँछ। बाँकी समस्याहरूबारे त उल्लेखसमेत गर्नुपर्दैन; तीमध्ये जुनसुकै कुराले पनि मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा अवरोध र बाधा ल्याउन पर्याप्त छ। त्यसकारण, ती प्रत्येक समस्याहरूबारे विस्तृत रूपमा सङ्गति, समालोचना, र चिरफार गर्नु अत्यावश्यक हुन्छ। जब दुर्भावपूर्ण घटनाहरू देखा पर्छन्, तब यदि तँसँग मण्डलीमा बाधा दिने दुष्ट कार्यहरूबारे समझ र ज्ञान छ भने, तँ तिनलाई रोक्न र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। व्यापक अर्थमा भन्दा, यो सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो; संकुचित अर्थमा भन्दा, कम्तीमा पनि, यो मण्डली सदस्यको कर्तव्य र जिम्मेवारी पूरा गर्नु हो। के यो तैँले गर्न सक्‍नुपर्ने कुरा होइन र? (हो।) यदि तैँले यसो गर्न सक्दैनस् भने, परिणामहरू के हुन्छन्? तैँले त्यसो गर्न नसक्‍नुलाई हामीले कसरी चित्रण गर्नुपर्छ? कम्तीमा पनि, यसको अर्थ हुन्छ तँ एक भ्रमित व्यक्ति होस्; साथै, तँ शैतानको डर मान्‍ने व्यर्थको कायर व्यक्ति होस्। यसअलावा, जब शैतान र दियाबलसहरू परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा दिन देखा पर्छन्, तब तँ उदासीन र शक्तिहीन हुन्छस्, कुनै प्रतिक्रिया दिँदैनस्, र तँसँग शैतानविरुद्ध लड्नका लागि खडा हुने र परमेश्‍वरको गवाहीमा दृढ रहने विश्वास र साहसको कमी हुन्छ। त्यस्तो अवस्थामा, तँ व्यर्थको व्यक्ति होस्, तँ परमेश्‍वरको अनुयायी बन्‍न लायक होइनस्।

अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीमा परमेश्‍वरको काममा अवरोध र बाधा ल्याउने मण्डलीका विभिन्‍न प्रकारका घटनाहरू सूचीबद्ध गरिएको छ। हरेक घटनामा अगुवा र कामदारहरू, साथै साधारण दाजुभाइ-दिदीबहिनीहरूको परमेश्‍वरप्रतिको मनोवृत्ति संलग्‍न हुन्छ। यसमा हरेक व्यक्तिको कर्तव्य र जिम्मेवारीहरूप्रतिको मनोवृत्ति, साथै परमेश्‍वरको घरको काममा बाधा दिने यी नकारात्मक घटना र परिस्थितिहरूप्रतिको तिनीहरूको अडान र दृष्टिकोण पनि संलग्‍न हुन्छ। अवश्य नै, यो कुरा धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको र प्रवचन सुनेको व्यक्तिमा शैतानसँग लड्ने र यी नकारात्मक घटना र परिस्थितिहरू देखा पर्दा परमेश्‍वरको गवाही दिनको लागि पर्याप्त कद र विश्‍वास छ कि छैन भन्‍ने कुरासँग पनि सम्बन्धित हुन्छ। के यसले प्रमुख समस्याहरू छुन्छ? यसले व्यक्तिको अडान र उसले हिँड्ने मार्ग, साथै परमेश्‍वर, सत्यता, र आफ्नो कर्तव्यप्रतिको उसको मनोवृत्ति छुन्छ। त्यसकारण, यी वचनहरू सुनेपछि, तिमीहरूले यी कुराहरू मानिसहरूको लागि परमेश्‍वरले दिनुभएका मागहरू हुन् भन्‍ने कुरा बुझ्नुपर्छ। तिनलाई केवल लागू र कार्यान्वयन गर्नुपर्ने धर्मसिद्धान्त, नियम, वा प्रावधानहरूको रूपमा नहेर, तर सत्यता बुझ्नको लागि तिनको बारेमा अझै बढी मनन गर, र त्यसपछि तिनमा अभ्यास र प्रवेश गर, अनि परमेश्‍वरका मागहरू पूरा गर। जब दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधा ल्याउँछन्, तब चुपचाप नबस्‍नू, तैँले परमेश्‍वरमा विश्‍वास गरेको छोटो समय मात्र भएको छ, तेरो कद सानो छ, वा तँ अझै जवान छस्, आदि इत्यादि भनेर बहानाहरू बनाउँदै आफ्ना जिम्मेवारीहरूबाट पछि नहट्नू। जब परमेश्‍वरले कामको जाँच गर्नुहुन्छ, जब उहाँले तेरो मनोवृत्ति हेर्न वातावरणहरू खडा गर्नुहुन्छ, तब उहाँले तेरो उमेर, तैँले उहाँमा विश्‍वास गरेको कति वर्ष भयो, वा तैँले कुनै बेला के मूल्य चुकाएको छस् र के-कस्ता योग्यताहरू हासिल गरेको छस् भन्‍ने कुरा हेर्नुहुन्‍न; परमेश्‍वरले तैँले त्यो क्षणमा देखाउने तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यदि तैँले प्रायजसो यी कुराहरूबारे कहिल्यै मनन वा खोजी गरेको छैनस्, र तैँले कुनै कुरालाई मनमा नलिई, सत्यता खोजी नगरी, आफ्नो पाठ नसिकी, वा परमेश्‍वरले खडा गर्नुभएका विभिन्‍न वातावरणहरूलाई गम्भीरतापूर्वक नलिई, भ्रमित स्थितिमा तँ हरेक मामला पार गर्छस् भने, यदि दुष्ट मानिसहरूले बाधा र व्यवधानहरू ल्याइरहेको देख्दा तँ भाग्छस्, र यसबारेमा परमेश्‍वरको घरलाई कहिल्यै रिपोर्ट गर्दैनस् वा आफ्नो मनोवृत्ति देखाउँदैनस् भने, तैँले दुष्कर्ममा सहभागिता नजनाएको भए नि, यो मामलाप्रतिको तेरो व्यवहारले पहिले नै तेरो अडान र दृष्टिकोणलाई प्रकट गरिसकेको हुन्छ—तँ शैतानको पक्षमा खडा हुने रमिते व्यक्ति होस्। परमेश्‍वरले सबै कुरा सूक्ष्मजाँच गर्नुहुन्छ, र तैँले उहाँलाई छल्न सक्दैनस्। त्यसकारण, जब यी नकारात्मक कुराहरू घटित हुन्छन्, जब तैँले मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र अवरोध ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरू पत्ता लगाउँछस्, तब यसले परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति स्पष्ट रूपमा प्रकट गर्छ। सायद तैँले परमेश्‍वरमा विश्‍वास गरेको थोरै समय मात्रै भएको होला, तँ अझै जवान होलास्, र तेरो कद सानो छ होला, तर यदि यी कुराहरू आइपर्दा, तैँले सिद्धान्तहरूअनुसार काम गर्छस् भने, र तैँले दुष्ट मानिसहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने, वा खुलासा गर्ने प्रयास गर्छस्, र खडा भएर परमेश्‍वरको घरका हितहरू रक्षा गर्न आफ्नै सुरक्षा जोखिममा पार्छस् र बेवास्ता गर्छस् भने—यदि तँसँग यस्तो हृदय छ भने, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, साथै परमेश्‍वरको गवाही दिने र शैतानविरुद्ध लड्ने तेरो सङ्कल्प मानिसहरू र परमेश्‍वरले देख्‍ने गवाही बन्छ। मानिसहरूका दुष्ट कार्यहरू, परमेश्‍वरलाई छक्याउने र उहाँबाट लुकाउने काम, तिनीहरूको जिम्मेवारीबाट पछि हट्ने कार्य, दुष्टता गर्दा शैतानप्रति समर्पित हुने र त्यससँग तिनीहरूले गर्ने सम्झौता—परमेश्‍वरले यी सबै कुरा देख्‍नुहुनेछ, र यी दुष्ट कार्यहरूलाई एक दिन राफसाफ गरिनेछ र तिनको बारेमा फैसला दिइनेछ। तर त्यसरी नै, यदि शैतानले अवरोध र बाधा पुर्‍याउँदा परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका लागि बोल्न कोही खडा हुन्छ, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न शैतानको विरुद्ध लडाइँ लड्छ, परमेश्‍वरका लागि गवाही दिने सङ्कल्पका साथ सत्यताको खोजी गर्छ भने—उसले कहिलेकाहीँ आफू शक्तिहीन र एकलो भएको, आफूमा बुद्धिको कमी भएको, अनि सत्यताबारे सतही बुझाइ मात्रै भएको महसुस गरे पनि, र उसले सत्यताबारे सङ्गति गर्न चाहनुका बाबजुद आफूलाई स्पष्ट रूपमा व्यक्त गर्न नसके पनि, र यसले गर्दा कतिपयले उसलाई गिल्ला र हेला गरे पनि—परमेश्‍वरको नजरमा उहाँले उसको इमानदारी देख्‍नुहुन्छ, र यी कार्य र व्यवहारहरूलाई असल कार्यहरू ठान्नुहुन्छ। जसरी दुष्ट कार्यहरूले परमेश्‍वरअघि एकदिन फैसला र निष्कर्ष प्राप्त गर्नेछन्, त्यसरी नै असल कार्यहरूले पनि फैसला र निष्कर्ष प्राप्त गर्नेछन्—तर यी दुई प्रकारका व्यवहारहरूको अन्तिम निष्कर्ष पूर्ण रूपमा फरक हुनेछ। दुष्ट कार्यहरूले उचित दण्ड प्राप्त गर्नेछन्, जबकि असल कार्यहरूलाई असल व्यवहारद्वारा प्रतिफल दिइनेछ। परमेश्‍वरले हरेक व्यक्तिको लागि यो कुरा धेरै पहिले नै निर्धारित गर्नुभएको हुन्छ, तर असललाई इनाम र दुष्टलाई दण्ड दिनुभन्दा पहिले परमेश्‍वरको कामको अवधिमा मानिसहरूले देखाउने विभिन्‍न प्रकटीकरणहरू स्थापित तथ्यहरू बनुन्जेलसम्‍म उहाँले प्रतीक्षा गरिरहनुहुन्छ।

अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीमा मण्डलीको काममा अवरोध र बाधा ल्याउने मानिस, घटना, र कुराहरूसँग सम्बन्धित एघार वटा समस्याहरू सूचीबद्ध गरिएको छ। के यी एघार वटा समस्याहरू महत्त्वपूर्ण छन्? के तिनले मानिसहरूलाई स्पष्ट रूपमा प्रकाश गर्छन्? जब तिमीहरू हरेक समस्याबारे सङ्गति गर्छौ, तब तिमीहरूले स्पष्ट रूपमा सत्यता बुझ्नको लागि यसमा अझै धेरै मेहनत लाउनुपर्छ। यसमा मानिसहरूले कसरी न्याय र सकारात्मक कुराहरूको प्रतिरक्षा गर्छन्, र तिनीहरूले कसरी परमेश्‍वरको गवाही परिपालन गर्छन् भन्‍ने कुरा संलग्‍न हुन्छ; यसमा मानिसहरू कसरी शैतानसँग लडाइँ लड्न, शैतानको रूप खुलासा र पर्दाफास गर्न, र शैतानका दुष्ट कार्यहरू रोक्न र प्रतिबन्धित गर्न खडा हुन्छन् भन्‍ने कुरा पनि संलग्‍न हुन्छ—यसमा संलग्‍न दुई पक्षहरू यिनै हुन्। जब शैतानले मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछ, तब के तैँले कुनै भूमिका खेल्छस्? तैँले कस्तो भूमिका खेल्छस्? के तैँले परमेश्‍वरले तेरो लागि तोक्‍नुभएको कुरा गरेको छस्? के तैँले परमेश्‍वरको अनुयायीले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू पूरा गरेको छस्? जब यी समस्याहरू देखा पर्छन्, तब के तैँले मान्छे खुशी पार्नेहरूले जसरी नै सम्झौता गर्छस्, सबै कुरालाई सानो बनाउँछस्, र मान्छे खुशी पारिहिँड्ने मध्यमार्गी बाटो लिन्छस्, कि परमेश्‍वरको घरका हितहरू रक्षा गर्न अझै धेरै साँचो दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्दै शैतानका दुष्ट कार्यहरू रोक्न र प्रतिबन्धित गर्न खडा हुन्छस्? तैँले के रक्षा गर्छस्? तैँले दुष्ट मानिसहरूका हितहरू, शैतानका हितहरू रक्षा गर्छस् कि परमेश्‍वरको घरका हितहरू रक्षा गर्छस्? यदि मण्डलीको काममा बाधा वा व्यवधान ल्याउने कुनै कुरा भयो, र तँ केही गर्दैनस्, केवल मान्छे खुशी पार्ने र आफ्‍नो रक्षा गर्ने व्यक्तिको रूपमा मात्रै काम गर्छस्, आफ्ना अन्तरव्यक्तिगत सम्बन्धहरू सफलतापूर्वक सम्हाल्न र हानिरहित रहने सुनिश्‍चित गर्छस्, र मण्डलीको काममा बाधा आएको छ भन्‍नेबारे कहिल्यै चिन्ता वा तनाव नलिई, दुष्ट मानिसहरूको दुष्ट कार्यहरूप्रति कुनै घृणा वा रिस नमानी, परमेश्‍वरको घर र सबै दाजुभाइ-दिदीबहिनीहरूका हितहरूको लागि कुनै बोझ नलिई, परमेश्‍वरप्रति ऋणी भएको कुनै अनुभूति नलिई, र कुनै आत्मधिक्‍कार महसुस नगरी बस्छस् भने, तँ खतरामा हुन्छस्। यदि परमेश्‍वरको नजरमा तँ पूर्ण रूपमा मान्छे खुशी पार्ने व्यक्ति होस्, र तँ जेसुकै भए नि निष्क्रिय रूपमा हात बाँधेर अवलोकन गर्छस् र यसबाट टाढै बस्छस्, र आफ्नो कुनै पनि जिम्मेवारी वा दायित्वहरू पूरा गर्दैनस् भने, तँ साँच्‍चै नै खतरामा छस् र तँलाई परमेश्‍वरले हटाउनुहुने सम्भावना हुनेछ। यदि परमेश्‍वरले तँलाई श्रमसमेत गर्न नदिने अभिप्राय राख्‍नुभयो भने, र उहाँ तँप्रति दिक्क हुनुभयो भने, यो विन्दुमा, तँलाई हटाइने पक्‍का हुन्छ, जुन अत्यन्तै खतरनाक कुरा हो! जब परमेश्‍वरले उहाँले अबदेखि तँजस्ता मानिसहरूलाई हेर्न चाहन्‍नँ, र तँजस्ता मानिसहरूले परमेश्‍वरको घरमा कुनै कर्तव्य निभाउँदा वा परिश्रम गर्दा त्यसलाई महत्त्व दिन्‍नँ भनेर भन्‍नुहुन्छ, तब लामो समय कुर्नै नपरी भविष्यमा कुनै दिन र कुनै क्षण तँलाई मण्डलीले हटाउन सक्छ, जसले तेरो नियति परिवर्तन गरिदिनेछ। यस्तो किन हुन्छ भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन वा तैँले आफूलाई परमेश्‍वरबाट टाढा राखेर उहाँलाई धोका दिएको छस् र यसले त्यो परिणाम ल्याएको छ। के तैँले यो तथ्य देख्‍न सक्छस्? जब तैँले यो तथ्य महसुस गर्छस्, तब तैँले यसलाई स्विकार गरे पनि नगरे पनि, तेरो हृदयका सबै सुन्दर आशाहरू क्षणभरमै बिलाइजानेछन्।

जब मानिसहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरू सबैमा उत्साही हृदय हुन्छ। तिनीहरूले आफ्नो भावी गन्तव्य वा सम्भाव्यताहरू देख्‍न नसक्‍ने भए नि, तिनीहरूलाई सधैँ परमेश्‍वरमाथि एकप्रकारको भरोसा हुन्छ। तिनीहरूले सधैँ सुन्दर र सकारात्मक कुराहरूको आकाङ्क्षा राख्छन्। यो शक्ति कहाँबाट आउँछ? मानिसहरूलाई थाहा हुँदैन; तिनीहरूले पत्ता लगाउन सक्दैनन्: “मानिसहरू सबै उस्तै हुन्छन्, सबैजना एउटै हावामा र एउटै घाममुनि जिउँछन्। त्यसोभए, हामीसँग यी कुराहरू हुँदा गैरविश्‍वासीहरूमा किन यी कुराहरूको कमी हुन्छ?” के यो रहस्य होइन र? यो शक्ति परमेश्‍वरबाट आउँछ। यो अत्यन्तै बहुमूल्य कुरा हो; यो मानिसहरूले जन्मजातै लिएर आउने कुरा होइन। यदि हरेक व्यक्तिमा जन्मैदेखि यो कुरा हुने हो भने, तिनीहरू उस्तै हुन्छन्; मानवजातिमाझ उचो वा निचो, कुलीन वा निमुखाको कुनै भिन्‍नता हुँदैन, र परमेश्‍वरमा विश्‍वास गर्ने र नगर्ने मानिसहरूबीच पनि कुनै भिन्‍नता हुँदैन। तिनीहरूसँग नभएको कुरा, तँसँग हुन सक्छ; तँसँग मानवजातिमाझ अस्तित्वमा रहेको सबैभन्दा बहुमूल्य कुरा हुन सक्छ। यसलाई किन सबैभन्दा बहुमूल्य कुरा भनिन्छ? यही आशा र अपेक्षाको कारण, तैँले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा ध्यान दिन सक्छस्। व्यक्तिले मुक्ति प्राप्त गर्न सक्‍नको लागि सबैभन्दा आधारभूत सर्त यही हो। यही अपेक्षाका कारण नै, तँसँग परमेश्‍वरमा समर्पित हुने, सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्ने र एक असल व्यक्ति, एक मुक्ति पाएको व्यक्ति बन्‍ने अवसर, र अलिकति सङ्कल्प हुन्छ। यसले ल्याउने फाइदाहरू अत्यन्तै ठूला छन्। त्यसोभए, यो कुरा कहाँबाट आउँछ? यो परमेश्‍वरबाट आउँछ; यो परमेश्‍वरले दिनुहुने कुरा हो। तैपनि, जब परमेश्‍वरले कसैलाई चाहनुहुन्‍न, तब यो कुरा उसबाट खोसेर लगिन्छ। तिनीहरूले अबउप्रान्त सुन्दर कुराहरूको तृष्णा वा आशा गर्दैनन्; तिनीहरूले अबदेखि ती कुराहरूमा आशा राख्दैनन्। तिनीहरूको हृदय अन्धकारमा पर्छ र डुब्न थाल्छ। तिनीहरूले कुनै पनि सुन्दर वा सकारात्मक कुरा, साथै परमेश्‍वरका प्रतिज्ञाहरू पछ्याउने उत्साह गुमाउँछन्। तिनीहरू गैरविश्‍वासीजस्तै बनेका हुन्छन्। यो कुरा गुमेपछि, के तिनीहरूले परमेश्‍वरको घरमा रहन र परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन सक्छन् त? के परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको मार्ग समाप्त भएको हुँदैन र? जब तैँले पछ्याउने सङ्कल्प हुनुपर्ने यो पूर्वसर्त गुमाउँछस्, तब तँ जिउँदो लास बन्छस्। “जिउँदो लास” हुनु भनेको के हो? यसको अर्थ तैँले अब परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनस् भन्‍ने हुन्छ। जब तँसँग यो पूर्वसर्त हुन्छ, तब तैँले परमेश्‍वरका वचनहरू बुझ्न सक्छस्, तँसँग आशा हुन सक्छ, तेरो विश्‍वास उत्प्रेरित हुन सक्छ, र यो पूर्वसर्तले तँलाई सत्यता पछ्याउने उत्प्रेरणा दिन सक्छ। तैपनि, जब तैँले यो आधारभूत पूर्वसर्त गुमाउँछस्, तब यो उत्प्रेरणा हराउँछ। तँसँग परमेश्‍वरका वचनहरू सुन्‍ने कुनै जोश वा चासो हुँदैन। प्रतिज्ञा र अपेक्षाहरूले अबउप्रान्त तेरो चासो जगाउने वा तँलाई उत्प्रेरित गर्ने गर्दैनन्। तेरो हकमा, परमेश्‍वरका वचनहरू उच्च स्तरका सिद्धान्त बनेका हुन्छन्। तँ ती कुराहरूप्रति लागिपर्दैनस्, र परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुन्‍न। तैँले परमेश्‍वरका वचनहरूबाट कुनै सत्यता प्राप्त गर्न सक्दैनस्। के परमेश्‍वरमाथिको विश्‍वासको यो मार्ग तेरो लागि समाप्त भएको हुँदैन र? जब यो कुरा यस विन्दुमा पुग्छ, तब परमेश्‍वरले तँलाई पहिले नै तिरस्कार गरिसक्नुभएको हुन्छ; के तैँले अझै पनि परमेश्‍वरलाई उहाँको विचार परिवर्तन गर्न लगाउन सक्छस् र? यो कुरा सजिलो हुनेछैन। जब परमेश्‍वरले कुनै निश्‍चित व्यक्तिलाई अबदेखि चाहँदिनँ भनेर निर्धारित गरिसक्‍नुभएको हुन्छ, तब त्यो व्यक्तिले भित्री रूपमा यही महसुस गर्छ। जब यो कुरा खोसिन्छ, तब परमेश्‍वरमा विश्‍वास गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने, र मुक्ति पाउने जस्ता विभिन्‍न कुराहरूप्रति तेरो मनोवृत्ति पहिलेको भन्दा पूर्ण रूपमा फरक हुनेछ। तेरो पहिलेको जोशिलो पछ्याइबारे मनन गर्दा, तँलाई त्यो व्याख्या गर्न नसकिने, बुझ्न नसकिने, र अविश्‍वसनीय लाग्‍नेछ। जब तँलाई यो अविश्‍वसनीय लाग्छ, तब तँ अहिले जुन अवस्थामा छस् त्यसलाई तेरो पहिलेको अवस्थासँग तुलना गर्दा, तेरो भित्री स्थितिमा गुणात्मक परिवर्तन आएको हुनेछ; तँ पूर्ण रूपमा फरक व्यक्ति हुनेछस्, तँ पहिलेको जस्तो व्यक्ति हुनेछैनस्। किन यस्तो हुनेछ? वातावरण परिवर्तन भएकोले यस्तो भएको हुँदैन; तँ वृद्ध भएकोले र तँ अझै षड्यन्त्रकारी भएकोले पनि यस्तो भएको हुँदैन; तैँले अझै धेरै अनुभव र जीवनको अन्तर्ज्ञान प्राप्त गरेकोले, र आफ्ना विचार र दृष्टिकोणहरू परिवर्तन गरेकोले पनि यस्तो भएको हुँदैन। बरु, यो त परमेश्‍वरले आफ्नो सोचाइ परिवर्तन गर्नुभएकोले, उहाँका विचारहरू परिवर्तन भएकाले, र तँप्रतिको उहाँको मनोवृत्ति र अपेक्षाहरू परिवर्तन भएकाले यस्तो भएको हुनेछ। त्यसकारण, तँ आफ्‍नो इच्छाको बाबजुद पनि फरक व्यक्ति बनेको हुनेछस्। अहिले यसलाई हेर्दा, यदि कुनै व्यक्तिले परमेश्‍वरले उसलाई दिनुभएको तर उसले सबैभन्दा सानो र महत्त्वहीन ठानेको कुरा गुमायो भने, त्यो व्यक्ति यस विन्दुमा, कुनै खुशी नभएको कष्टको पासोमा पर्छ। त्यसकारण, कहिल्यै पनि यस्तो विन्दुमा नपुग्। यदि तैँले यसो गरिस् भने, तँलाई लाग्‍न सक्छ कि तेरो काँधबाट बोझ उठाइएको छ, तँलाई मुक्त गरिएको छ, तँलाई आराम मिलेको छ, र तैँले अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नु वा आफ्नो कर्तव्य निभाउनुपर्दैन, र तँ गैरविश्‍वासीहरू जस्तै, र पिँजडाबाट निस्केको चरो जस्तै स्वतन्त्र र मनमौजी रूपमा जिउन सक्छस्। तर त्यो त क्षणिक सहजता, आनन्द, र आत्मसन्तुष्टि मात्रै हो। अघि बढ्ने क्रममा, अगाडिको बाटो हेर्ने गर्—के तँ अझै पनि यतिकै खुशी रहनेछस् त? अहँ, रहनेछैनस्। कठिन समयहरूले तँलाई पर्खिरहेको हुन्छ! जब तँ सृष्टिकर्ताको प्रभुत्वमा जिउँछस्, तब सृष्टिकर्ताले तेरो लागि परिस्थितिहरू जे-जसरी योजनाबद्ध गर्नुभए नि, उहाँले तँलाई जे गर्नुभए नि र जसरी गर्नुभए नि, उहाँले जति नै धेरै परीक्षा र संकष्टहरू ल्याउनुभए नि, तैँले जति नै धेरै कष्टहरू भोग्‍नुपरे नि, वा बुझाइहीनता, गलतफहमी, र अरू कुराहरू देखा परे नि, कम्तीमा तैँले आफू परमेश्‍वरको हातमा छु, परमेश्‍वर तेरो भर हुनुहुन्छ, र तेरो हृदय शान्तिमा छ भन्‍ने महसुस गर्नेछस्। तर जब परमेश्‍वरले तँलाई अब उप्रान्त चाहनुहुन्‍न, र जब तैँले परमेश्‍वरले तँसँग कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा महसुस गर्न छोड्छस्, र तैँले यो भरोसा गुमाउँछस्, तब तेरो वरिपरिको संसार तहसनहस भएको जस्तै हुनेछ। यो त तँ सानो हुँदाको बेला तैँले यस्तो मात्रै सोचिरहेजस्तो हुन्छ, “आमा सबैभन्दा प्रिय हुनुहुन्छ, आमाले मलाई सबैभन्दा बढी वास्ता गर्नुहुन्छ र सबैभन्दा बढी प्रेम गर्नुहुन्छ, आमा मर्न सक्‍नुहुन्‍न।” आफ्नी आमा बिरामी हुनुहुन्छ भन्‍ने सुनेपछि तैँले यो कुरा सहन पनि सकिनस्। तँलाई यदि आफ्नी आमा साँच्‍चै नै मर्नुभयो भने, आकाश खस्नेछ, र तँसित बाँच्ने कुनै उपाय हुनेछैन भन्‍ने लाग्थ्यो। परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा पनि यही तर्क लागू हुन्छ। परमेश्‍वरमाथिको व्यक्तिको विश्‍वासमा सबैभन्दा ठूलो शान्ति र आनन्द परमेश्‍वरमा भरोसा गर्ने कार्यबाट, र आफ्नो नियति सृष्टिकर्ताको हातमा छ भन्‍ने विश्‍वास गर्ने कार्यबाट आउँछ। व्यक्तिमा स्थिरताको बोध यो साँचो भरोसा र निर्भरताबाट आउँछ। जब तँलाई यो भरोसा र निर्भरता गुमेको छ भन्‍ने लाग्छ, र तेरो हृदय भर्खरै खनिएको खाल्डोजस्तै खोक्रो भएको महसुस हुन्छ, तब के त्यो तेरो आकाश खसेसरह हुँदैन र? के तैँले आफ्नो निर्भरता गुमाएपछि तँसँग जिउने शक्ति हुन्छ र? त्यस्ता मानिसहरू त जिउँदा लासहरूजस्तै हुन्, जो आफ्नो अन्त्यको प्रतीक्षा गर्दा पेट भर्दै बसिरहेका हुन्छन्।

अहिले, कतिपय मानिसहरूले निरन्तर खराब व्यवहार प्रदर्शन गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर दुष्कर्म गर्छन् र मण्डलीको काममा बाधा, व्यवधान, र हानि गर्छन्, यहाँसम्म कि परमेश्‍वरको घरका हितहरूमा ठूलो घाटासमेत पुर्‍याउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति इमानदारिता वा बफादारिता देखाएका हुँदैनन्, झन् समर्पणता देखाउने त कुरै नगरौँ। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई कहिल्यै पनि स्वीकार गर्नुभएको हुँदैन। तिनीहरू आशिष्‌हरू पाउने अभिप्राय लिएर परमेश्‍वरको घरमा घुसपैठ भएका दुष्ट मानिसहरू हुन्। परमेश्‍वरका चुनिएका मानिसहरूले पाठहरू सिकून् र तिनीहरू समझशक्तिमा वृद्धि होऊन् भनेर परमेश्‍वरले तिनीहरूलाई प्रवेश गर्न दिनुहुन्छ। तिनीहरू बोलाइएका मानिसहरू नै भए नि, तिनीहरूले निरन्तर देखाउने व्यवहारको कारण तिनीहरूलाई छनौट गरिएको हुँदैन। तिनीहरूको स्थिति कस्तो हुन्छ? तिमीहरूले सोधपुछ गर्न सक्छौ; तिनीहरूमध्ये कसैको जीवन पनि राम्ररी अघि बढिरहेको हुँदैन। परमेश्‍वरमा भरोसा गर्ने र कुनै पनि बेला, कुनै पनि ठाउँमा उहाँको भरणपोषण प्राप्त गर्ने मानिसहरूको जीवनको गुणस्तर परमेश्‍वरको भरणपोषण र सहयोग नपाउने र परिस्थितिहरू आइपर्दा सधैँ अतल कुण्डमा पर्ने मानिसहरूको भन्दा निकै फरक हुन्छ। परमेश्‍वरको भरणपोषण प्राप्त नगर्ने मानिसहरूसँग कुनै शान्ति वा आनन्द हुँदैन, तिनीहरूले दिनभर डर, असहजता, बेचैनी, र चिन्ता अनुभव गर्छन्। तिनीहरूले कस्तो दिन बिताउँछन्? के आफ्नो दिन अतल कुण्डमा बिताउनु सजिलो हुन्छ? अहँ, यो सजिलो हुँदैन। यो अतल कुण्डको त कुरा छोडौँ, तैँले यदि एकपछि अर्को नकारात्मकतामा केही दिन बिताइस् नै भने पनि, तँलाई धेरै नै कष्ट हुनेछ। त्यसकारण, वर्तमान समयलाई बहुमूल्य ठान्, र यो महान् अवसरलाई नगुमा। परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको काममा आफ्नो कर्तव्य निर्वाह गर्नु सम्मानको कुरा हो। यो हरेक व्यक्तिको लागि सम्मानको कुरा हो। यो अपमानको कुरा होइन; मुख्य कुरा भनेको तैँले परमेश्‍वरबाट प्राप्त गरेको यो सम्मानलाई कसरी लिन्छस् र यसको ऋण कसरी चुकाउँछस् भन्‍ने हो। परमेश्‍वरले तँलाई उत्थान गर्नुभएको छ; उहाँको दयाप्रति आभारी हुन नचुक्। परमेश्‍वरको अनुग्रहको ऋण कसरी तिर्ने त्यो तैँले जान्‍नुपर्छ। तैँले यो ऋण कसरी तिर्नुपर्छ? परमेश्‍वरले तेरो पैसा वा जीवन चाहनुहुन्‍न, र उहाँले तेरो परिवारबाट प्राप्त भएका कुनै पनि सरसम्पत्ति चाहनुहुन्‍न। परमेश्‍वरले के चाहनुहुन्छ? परमेश्‍वरले तेरो इमानदारिता र बफादारिता चाहनुहुन्छ। यो इमानदारी र बफादारी कसरी प्रकट हुन्छ? परमेश्‍वरले जे भन्‍नुभए पनि, तैँले इमानदार हृदय प्रस्तुत गर्न र उहाँका वचनहरूअनुसार काम गर्न सक्दो प्रयास गर्दा यो प्रकट हुन्छ। परमेश्‍वरका वचनहरू के हुन्? ती सत्यता हुन्। तैँले सत्यतालाई सत्यता मानेपछि र स्वीकार गरेपछि, तैँले यसलाई कसरी लागू गर्नुपर्छ? तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ, ठ्याक्‍कै त्यही गर्। सत्यता अभ्यासमा ओठेसेवा गर्ने र त्यसपछि परिस्थितिहरूको सामना गर्नुपर्दा आफ्नै इच्छाअनुसार काम गर्ने, पछि बहाना बनाउने र छद्मभेषी र छली कुरा गर्ने काम नगर्—यो इमानदारी र बफादारी नहुनु हो—, र परमेश्‍वरले यस्तो कुरा हेर्न चाहनुहुन्‍न। व्यक्तिको सबैभन्दा बहुमूल्य कुरा इमानदारी हो। इमानदारी भएको व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ? तैँले ठ्याक्‍कै परमेश्‍वरले माग गर्नुभए अनुसार गर्नुपर्छ, र निरन्तर परमेश्‍वरका वचनहरू पालना गर्नुपर्छ। तैँले बढी नै गरिस् र प्रावधानहरू पालना गरेझैँ व्यवहार गरिस्—अनि यो देखेर अरूले तँलाई अलि मूर्ख ठाने भने पनि—तैँले त्यसको पर्वाह नगरी परमेश्‍वरका वचनहरू पालना गरिरहिस् भने, परमेश्‍वरले मानिसहरूबाट चाहनुभएको इमानदारी यही नै हो। यदि तँ सधैँ षड्यन्त्र गरिरहन्छस् र धूर्त हुन्छस्, र अरूको नजरमा मूर्खजस्तो देखिन र आफ्ना हितहरूमा अलिकति पनि घाटा भोग्‍न कहिल्यै चाहँदैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्दैनस् किनभने तँमा इमानदारीको कमी छ। इमानदारीको कमी भएका र अझै पनि छली चालहरू चाल्न प्रयास गर्ने मानिसहरू अत्यन्तै धूर्त हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्‍न। जब तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्छन्, तब तिनीहरूले रोज्‍ने र छान्‍ने गर्छन्, र आफूलाई फाइदा हुने कुरा मात्रै अभ्यास गर्छन् र फाइदा नहुने कुराबाट टाढै बस्छन्। तिनीहरूले प्रायजसो मिठो बोल्छन्, भव्य सुनिने विचारहरूबाहेक अरू केही बोल्दैनन्, तर जब समस्याहरू देखा पर्छन्, तब तिनीहरू लुक्छन्, नामनिशानै नरहने गरी हराउँछन्, र ती समस्याहरू अरूले नै समाधान गरेपछि मात्रै तिनीहरू फेरि देखा पर्छन्। त्यस्तो व्यक्ति कस्तो दुष्ट हो? जब कुनै कुरा तिनीहरूको लागि फाइदाजनक हुन्छ, तब तिनीहरूले अग्रसरता जनाउँछन् र अघि बढ्छन्, तिनीहरू अरूभन्दा बढी सक्रिय हुन्छन्। तैपनि, जब तिनीहरूको व्यक्तिगत हितहरूमा खतरा पर्छ, तब तिनीहरू पछि हट्छन् र नकारात्मक बन्छन्। तिनीहरूले आफ्ना सबै मिठा शब्दहरू, आफ्ना अडान, र दृष्टिकोणहरू गुमाउँछन्। परमेश्‍वरले यस्ता व्यक्ति मन पराउनुहुन्‍न। उहाँले यस्ता धूर्त व्यक्तिभन्दा अरूको नजरमा मूर्ख देखिने व्यक्ति मन पराउनुहुन्छ।

अं. राजनीतिबारे छलफल गर्नु

हामीले अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीभित्र समावेश रहेका एघार वटा समस्याहरूबारे सङ्गति गरिसकेका छौं। एघार वटा समस्याबाहेक, यसमा एउटा अर्को समस्या थपौँ। मण्डली जीवनमा यो कुरा सामान्य रूपमा नदेखिने भए नि, यसलाई यहाँ उठाउनुपर्छ, र यसलाई बाह्रौं समस्या बनाउनुपर्छ—राजनीतिबारे छलफल गर्नु। के राजनीतिक विषयहरूबारे छलफल गर्नु मण्डली जीवनमा उचित हुन्छ? (हुँदैन।) मण्डली जीवन भनेको परमेश्‍वरको वचन पढ्नको लागि, परमेश्‍वरको आराधना गर्नको लागि, र परमेश्‍वरबारेको आफ्नो बुझाइ र परमेश्‍वरका वचनहरूको अनुभवात्मक ज्ञान बाँड्नको लागि हो। तैपनि, यो अवधिमा कति मानिसहरूले त राजनीतिक परिस्थितिहरू, राजनीतिक व्यक्तित्वहरू, राजनीतिक परिदृश्य, राजनीतिक दृष्टिकोणहरू, र राजनीतिक अडानहरूजस्ता राजनीतिका कुराहरूबारे विस्तृत रूपमा बोल्छन्। के यो उचित छ? परमेश्‍वरले सबैथोक र मानवजातिमाथि सार्वभौमिकता राख्‍नुभएको विषयबारे छलफल गर्दा, कति मानिसहरूले राजनीतिक व्यक्तिहरू पनि परमेश्‍वरको हातमा छन् भन्‍ने विचार यान्त्रिक रूपमा लागू गर्छन्, र यस क्रममा तिनीहरूले निश्‍चित राजनीतिक व्यक्तिहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन्, उहाँलाई पछ्याउँछन्, र आत्मिक नोटहरू लेख्छन् र यस्तै अरू के-के हो के-के गर्छन् भनेरसमेत बताउँछन्। के यो अरूलाई अन्योलमा पार्नु होइन र? कति मानिसहरूले त यसोसमेत भन्छन्, “हामी इसाईहरूले यो राजनीतिज्ञलाई साथ दिनुपर्छ किनभने ऊ विश्‍वासी मात्र होइन, उसले त विश्‍वासीहरूका हितहरूको रक्षासमेत गर्छ। ऊ हाम्रै पक्षमा छ, र हामीले उसलाई साथ दिनु र निर्वाचित गर्नुपर्छ।” मण्डली जीवनमा, तिनीहरूले त्यो राजनीतिक व्यक्तित्वबारे व्यापक रूपमा प्रचारसमेत गर्छन्। के यो उचित छ? के इसाईहरू राजनीतिमा सहभागी हुन्छन्? (हुँदैनन्।) सहभागी हुनबाट जोगिन तैँले के गर्न सक्छस्? पहिलो कुरा, तैँले जुनसुकै पार्टीलाई समर्थन गरे नि, वा तेरा राजनीतिक दृष्टिकोणहरू जे भए नि, ती कुरालाई छलफलको लागि मण्डली जीवनमा नले। अनि अवश्य नै, अझै महत्त्वपूर्ण कुराचाहिँ के हो भने, फरकफरक राजनीतिक दृष्टिकोण भएका मानिसहरूबीच हुने बहसहरू मण्डली जीवनमा कदापि देखा पर्नु हुँदैन। उदाहरणको लागि, यदि तेरो र अरू कसैको दृष्टिकोण फरक छ र तिमीहरूले फरकफरक राजनीतिक व्यक्तित्वहरूलाई समर्थन गर्छौ भने, तिमीहरूले एकअर्कालाई भेट्दा यसबारे छलफल गर्न चाहन सक्छौ; यो अनुमतियोग्य छ, तर भेलाहरूमा भने तिमीहरूले कहिल्यै कदापि त्यसो गर्न सक्नेछैनौ। तिमीहरू दुई जनाले व्यक्तिगत मेसेज पठाउन सक्छौ, भेटेर कुरा गर्न सक्छौ, वा तिमीहरूको अनुहार रातो नभएसम्म तर्कसमेत गर्न सक्छौ, र कसैले पनि हस्तक्षेप गर्नेछैन; यो लोकतान्त्रिक प्रणालीमा रहेको नागरिक अधिकार हो। तर मण्डली जीवनको अवधिमा, तँ देशको नागरिक मात्रै हुँदैनस्; तर त्योभन्दा महत्त्वपूर्ण रूपमा, तँ सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको सदस्य हुन्छस्। यो परिवेशमा, तेरो पहिचान त्यही हो। राजनीतिक विषय वा राजनीतिक व्यक्तित्वहरूसँग सम्बन्धित विषयहरू मण्डलीमा नल्याओ। तैँले छलफल गर्ने कुराले मण्डलीको नभई, तेरो व्यक्तिगत अडान र दृष्टिकोण मात्रै प्रतिनिधित्व गर्छ। मण्डलीलाई न त राजनीतिप्रति, न त कुनै पनि राजनीतिक प्रणाली, व्यक्तित्व, नेता, वा समूहप्रति नै चासो हुन्छ, किनभने यी कुराहरू सत्यतासँग सम्बन्धित हुँदैनन् र ती परमेश्‍वरमा विश्‍वास गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्। राजनीतिसँग सम्बन्धित कुनै पनि विषय मण्डली जीवनमा उठाइनु हुँदैन। कतिले सोध्छन्, “त्यसोभए मण्डली जीवनभन्दा बाहिर सबैले भेला भएर यसबारे छलफल गर्नु ठीक हुन्छ?” त्यसो नगर्नु नै बेस हुन्छ। यदि तँ फरक-फरक राजनीतिक दृष्टिकोण भएका गैरविश्‍वासीहरूबीच हुने छलफलमा सहभागी हुन चाहन्छस् भने, त्यो तेरै हातमा छ; त्यो तेरो स्वतन्त्रता हो, र परमेश्‍वरको घरले हस्तक्षेप गर्नेछैन। तर मण्डली सदस्यहरू भेला हुँदा, वा औपचारिक भेलाको समयमा, यी राजनीतिक दृष्टिकोण वा तर्कहरूलाई मुख्य विषयहरूको रूपमा नउठा, र तेरा राजनीतिक दृष्टिकोणहरू परमेश्‍वरका वचनहरू, सत्यता, वा परमेश्‍वरको सार्वभौमिकतासँग सम्बन्धित छन् भन्‍ने झूटो नाटक नगर्। तेरा राजनीतिक दृष्टिकोणहरू सत्यतासँग पूरै असम्बन्धित हुन्छन्, तिनको सत्यतासित थोरैसमेत सम्बन्ध हुँदैन, त्यसकारण सम्बन्ध हुन्छ भन्‍ने नाटक नगर्!

कति मानिसहरू राजनीतिबारे कुरा गर्न चाहन्छन् तर घरमा यो विषयमा छलफल गर्ने कोही हुँदैन, त्यसकारण कुराकानी कहिल्यै हुन सक्दैन। दाजुभाइ-दिदीबहिनीहरू सबै वयस्क छन् भन्‍ने देखेर, तिनीहरूले राजनीतिबारे छलफल गर्ने र आफ्नो राजनीतिक दृष्टिकोणहरू पोखाउने माध्यम भेटेको विश्‍वास गर्छन्। तिनीहरूले यो राम्रो अवसर भेटेकोमा उत्साहित हुन्छन्, अनि राजनीतिक दृष्टिकोण, वर्तमान घटनाहरू, र अन्तर्राष्ट्रिय परिस्थितिबारे कुरा गर्न चाहन्छन्। यी कुराहरूबारे छलफल गर्दा, तिनीहरूले यसो भन्दै सुरु गर्छन्, “यी सबै कुरा परमेश्‍वरको सार्वभौमिकतामा छन्। मानवजातिको राजनीति र यी राजनीतिज्ञहरू पनि परमेश्‍वरको सार्वभौमिकतामा छन्। तिनीहरूलाई परमेश्‍वरले नै तय गर्नुभएको हो।” यो प्रस्तावनापछि, तिनीहरूले राजनीति र वर्तमान घटनाहरूबारे विस्तृत रूपमा छलफल गर्न थाल्छन्, र “राजनीति परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन सक्दैन; यो सबैमा परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्” भनेर निष्कर्ष निकाल्छन्। यदि मानिसहरूले छर्लङ्गैसित यी कुराहरू देख्‍न सक्दैनन् भने, तिनीहरूले यी कुराहरूबारे लापरवाह रूपमा बोल्नु हुँदैन। सत्यता सङ्गति गर्नु भनेको सत्यता सङ्गति गर्नु नै हो; राजनीति वा राजनीतिक व्यक्तित्वहरूबारे छलफल नगर्। राजनीतिबारे छलफल गर्नु भनेको सत्यता सङ्गति गर्नु होइन, बरु यो त मानिसहरूलाई बहकाउनु हो। यदि तँ राजनीतिबारे कुरा गर्न चाहन्छस् भने, राजनीतिलाई प्रेम गर्ने मानिसहरूको समूह खोज्, अनि गएर तिनीहरूसँग आफै कुरा गर्; तैँले आफ्नो धीत मर्ने गरी कुरा गर्न सक्‍नेछस्। मण्डलीमा सधैँ यी विषयहरूबारे कुरा गरेर तैँले के लक्ष्य राखिरहेको हुन्छस्? के तैँले जानीजानी मानिसहरूलाई तँप्रति आदर गर्न लगाउने र तँलाई अगुवाको रूपमा छनौट गर्न लगाउने प्रयास त गरिरहेको छैनस्? यो त गुप्त मनसाय राख्‍नु हो! राजनीतिबारे बोल्न मन पराउने मानिसहरू आफ्ना उचित कामहरूमा संलग्‍न नहुने र अवश्य नै सत्यता नपछ्याउने मानिसहरू हुन्। मण्डली भेलाहरूमा कहिल्यै पनि राजनीतिक विषयहरूबारे छलफल नगर्। कति मानिसहरू भन्छन्, “यदि हामीले स्वतन्त्र देशका लोकतान्त्रिक निर्वाचन, राजनीतिक प्रणाली, र नीतिहरूबारे कुरा गर्न सक्दैनौँ भने, के त्यसोभए ठूलो रातो अजिङ्गरको देशमा रहेका माथिल्ला अधिकारीहरूका राजनीति र घोटालाहरू, जस्तै कुनै भ्रष्ट अधिकारीले कति धेरै सुन लिएको छ, र उसले कति प्रेमिका राखेको छ भन्‍नेबारे पनि कुरा गर्न सकिँदैन, हो? के हामीले यी कुराहरूबारे छलफल गर्न सक्छौँ?” के यी विषयहरूप्रति तँलाई घिन लाग्दैन र? तँलाई किन यी घृणित कुराहरूप्रति यति धेरै चासो हुन्छ? मलाई किन यी कुराहरूबारे वास्ता गर्नु र पढ्नु घृणित लाग्छ? कति मानिसहरूलाई त यी कुराहरूप्रति नै विशेष चासो हुन्छ, र यी कुराहरूलाई घृणित ठान्दैनन्। तिनीहरू यी कुराहरूबारे अनलाइन पढ्न तयार हुन्छन्, र तिनीहरूले जब-जब समय हुन्छ तब-तब पढ्ने गर्छन्। यी कुराहरूबारे पढ्दा तिनीहरूलाई हृदय सहज, सुरक्षित, र पूर्ण भएको महसुस हुन्छ। तिनीहरूले कसरी परमेश्‍वरको वचन पढ्दाचाहिँ यस्तो पूर्ण भएको महसुस नभएको हो? के यो अलिक नीच कुरा होइन र? के यो उचित कामहरू बेवास्ता गर्नु होइन र? त्यस्ता महान् समयहरूमा त आँगनमा हिँड्दा, केही ताजा हावा लिँदा, र दृश्यावलोकन गर्दासमेत तेरो मुड उज्यालो हुनेथ्यो। तर कतिले त यी कुराहरू गर्नै मान्दैनन्; बरु, जब-जब तिनीहरूसँग केही खाली समय हुन्छ, तब-तब तिनीहरूले कम्प्युटर हेर्छन्, समाचारहरू हेर्छन्, र अफवाहहरू सङ्कलन गर्छन्, जस्तै कुन भ्रष्ट अधिकारीको कति प्रेमिका छन्, कुन भ्रष्ट अधिकारीको कति सम्पत्ति खोसियो, ठूलो रातो अजिङ्गरको कुन ठूलो नेताले कसलाई ढलायो, वा कसले कसको हत्या गर्‍यो। तिनीहरूले प्रायजसो ध्यान दिने कुराहरू यिनै हुन्। तिनीहरूले यो जानकारी सङ्कलन गरेपछि ज्ञानले भरिएको महसुस गर्छन्, र त्यसपछि तिनीहरूले भेलाहरूमा सबैलाई जानकारी दिन्छन्। के यो विष फैलाउनु होइन र? के ती दुष्ट दियाबलसहरूले दुष्कर्म गर्नु अत्यन्तै सामान्य कुरा होइन र? कति मानिसहरूले भन्छन्, “तिनीहरूले दुष्कर्म गर्नु सामान्य कुरा हो, तर तिनीहरूले गर्ने केही भयानक कुराहरू त तिमीले कल्पनासमेत गर्न सक्दैनौ।” ती कुराहरू कल्पना गर्नुको के फाइदा? के तिनीहरूले के-कस्ता दुष्ट कुराहरू गर्छन् भनेर कल्पना गर्न भनेर तँलाई दिमाग दिइएको हो? के यो आफ्नो उचित कामहरू बेवास्ता गर्नु होइन र? के तँलाई केही कल्पना गर्न नसकिने दुष्टताबारे जानेर तँ श्रेष्ठ हुन्छस् भन्‍ने लाग्छ? यसबाट तैँले के प्राप्त गर्न सक्छस्? के यसले तँलाई अझै घिन महसुस गराउँदैन र? आफ्नो उचित काम बेवास्ता गर्ने यी मानिसहरूले सधैँ राजनीतिक दृश्यका यी फोहोरी र नीच कुराहरूबारे वास्ता गर्छन्। के तिनीहरू सरल-मनका छैनन् र? आफ्नो जीवन जिउनुको सट्टा किन सधैँ तिनीहरूका मामलाहरूबारे चिन्ता गर्ने? के यो मूर्खता होइन र? के यो त गर्नलाई अरू कुनै राम्रो कुरा नभएजस्तो भएन र? कति मानिसहरू भन्छन्, “विश्‍वासीहरूलाई ठूलो रातो अजिङ्गरले सताउँछ। तिनीहरूले ठूलो रातो अजिङ्गरलाई घृणा गर्नैपर्छ। अवश्य नै विश्‍वासीहरूलाई ठूलो रातो अजिङ्गरका माथिल्ला अधिकारीहरूका घोटाला, भ्रष्टता, दुर्व्यवहार, र व्यभिचार, साथै तिनीहरूले गर्ने कपटी कर्तुतहरूप्रति चासो हुनेछ। के यी घोटालाहरू पर्दाफास हुँदा विश्‍वासीहरूले आनन्दसाथ ताली बजाउनुपर्दैन र?” के तैँले यी कुराहरू प्राप्त गर्नलाई परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँलाई पछ्याउँछस्? मण्डलीमा राजनीतिक मामलाहरूबारे कुरा गर्नु, विशेष गरी ठूलो रातो अजिङ्गरका माथिल्ला अधिकारीहरूका खुलासा गरिएका घोटालाहरूबारे कुरा गर्नु अत्यन्तै घृणित कुरा हो। तैँले यी कुराबारे पटक्‍कै छलफल गर्नु हुँदैन! अनि यी कुराबारे मसँग पनि कुरा नगर्; मलाई यस्ता कुरा घिन लाग्छ! म तँलाई भन्छु, यी कुराबारे कुरा नगर्‌ र यी कुराबारे नपढ्, नत्र ढिलोचाँडो तैँले यी कुराहरू पढेकोमा एकदिन पछुतो गर्नेछस्। जब तँलाई पछुतो हुन्छ, तब कस्तो महसुस हुन्छ भनेर तैँले थाहा पाउनेछस्; यी कुराहरू कति घृणित हुन सक्छन् भन्‍ने कुराको कुनै अन्तिम बिन्दु हुँदैन। यी कुराहरूबारे धेरै सुन्दा र पढ्दा कुनै फाइदा हुँदैन। यसले कुनै फाइदा हुँदैन भनेर मैले किन भनेँ? किनभने यी घृणित कुराहरूले आफ्नो मन भर्दा तँलाई परमेश्‍वरका वचनहरू सुन्‍न कुनै इच्छा हुँदैन। यी विषयहरू राजनीतिसँगै सम्बन्धित भए नि, यी कुराहरू झनै घृणित हुन्छन्। यदि तँ यी कुराहरूबारे कुरा गर्न चाहन्छस् भने, केही गैरविश्‍वासीहरूसँग गएर धीत मर्ने गरी कुरा गर्, तिनीहरूलाई जे मन लाग्यो त्यही भन्, तर मण्डली जीवनमा वा दाजुभाइ-दिदीबहिनीहरूमाझ यी कुराहरूबारे पटक्‍कै कुरा नगर्। कति मानिसहरू भन्छन्, “ठूलो रातो अजिङ्गरका माथिल्ला अधिकारीहरूका फोहोरी र दुष्ट कार्यहरूबारे कुरा गर्दा, यसले दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्तिमा वृद्धि हुन र आफ्नो रिस पोखाउन मद्दत गर्छ।” रिस पोखाउनुको के फाइदा छ? के रिस पोखाउनु गवाही दिनु हो? के यो तेरो दायित्व वा कर्तव्य हो? यी कुराहरूबारे कुरा गर्नु व्यर्थ छ, र यसको कुनै मूल्य छैन। तैँले ठूलो रातो अजिङ्गरका दुष्ट कार्यहरूलाई जति नै पर्दाफास गरे नि, परमेश्‍वरले यसलाई याद गर्नुहुनेछैन। यसविपरीत, यदि तैँले कसरी ठूलो रातो अजिङ्गरको देशमा त्यसको सतावट भोगिस्, र यसको त्रास र धम्कीहरूबाट मुक्त भइस् र यसमाथि विजय प्राप्त गरिस्, र तैँले यस्तो वातावरणमा कसरी परमेश्‍वरमा भरोसा गरिस् र आफ्नो गवाहीमा दृढ रहिस् भन्‍नेबारे कुरा गरिस् भने, परमेश्‍वरले यो कुरा स्वीकार गर्नुहुन्छ। तर राजनीतिबारे कुरा गर्ने कार्यसँग जीवन प्रवेशको कुनै सम्बन्ध हुँदैन, र परमेश्‍वरले यसलाई स्वीकार गर्नुहुन्‍न। कति मानिसहरू भन्छन्, “मैले ठूलो रातो अजिङ्गरका अधिकारीहरूको भ्रष्टता, तिनीहरूले कसरी एक छाक खानाको लागि दशौँ हजार युआन खर्च गर्छन्, वा तिनीहरूले विलासी होटलहरूमा कति पैसा खर्च गर्छन् भन्‍ने कुरा पर्दाफास गर्छु; के यो ठीक हुन्छ?” यीमध्ये कुनै पनि कुरासँग तेरो के सम्बन्ध छ र? के यो संसार र यो समाज यस्तै छैन र? तँ कसको प्रतिरक्षा गरिरहेको छस्? यो परमेश्‍वरको गवाही दिनु होइन, न त यो ठूलो रातो अजिङ्गरको सार खुलासा गर्नु नै हो, अनि न त यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर्नुको प्रकटीकरण नै हो। मानिसहरूलाई अन्योलमा नपार् वा ढोँगी नबन्; यीमध्ये कुनै पनि कुरा सत्यता अभ्यास गर्नु होइन। भ्रष्ट अधिकारी र राजनीतिज्ञहरूको घुसखोरीपनसँग हाम्रो कुनै सम्बन्ध हुँदैन, न त यो हामीले पर्दाफास गर्नुपर्ने कुरा नै हो। यी कुराहरूबारे चिन्ता नगर्। यी कुराहरू त शैतानको शासनमा इतिहासभरि नै अस्तित्वमा रहँदै आएका छन्, र तिनीहरूले गर्ने कुराहरूसँग हामीले परमेश्‍वरको काम अनुभव गर्ने वा परमेश्‍वरको गवाही दिने कार्यको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, चाहे जेसुकै भए नि, ती विषयहरूलाई “परमेश्‍वरलाई गवाही दिनका लागि ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर्नु र त्यसको खुलासा गर्नु” भन्‍ने विषयमा नमिसा, र यी अनौठा, घृणित, र दुष्ट कुराहरूलाई मण्डली जीवनमा वा दाजुभाइ-दिदीबहिनीहरूमाझ छलफलको लागि नले। यदि तँ साँच्‍चै नै राजनीतिबारे छलफल गर्न चाहन्छस् भने, गैरविश्‍वासीहरूसँग छलफल गर्। तैँले त्यस्ता रुचि र चासोहरू भएका मानिसहरूसँग यसबारे जे-जसरी व्यक्तिगत रूपमा छलफल गरे नि त्यो ठीकै हुन्छ। त्यो तेरो व्यक्तिगत रुचि र चासो हो; त्यो तेरो स्वतन्त्रता र अधिकार हो, र त्यसमा कसैले पनि हस्तक्षेप गर्दैन। तर भेलाको बेला र दाजुभाइ-दिदीबहिनीहरूको अघि, यी कुराहरूबारे छलफल नगर्। कोही सुन्‍न तयार भए नि, यसबारे नबोल्, किनभने यसले मण्डली जीवनमा असर पार्छ र परमेश्‍वरका चुनिएका मानिसहरूको सत्यताप्रतिको बुझाइमा असर पार्छ।

चाहे यी कुराहरू राजनीतिसँग सम्बन्धित होऊन् वा राजनीतिज्ञहरूका व्यक्तिगत जीवनका घोटालाहरूसँग सम्बन्धित होऊन्, यी विषयहरूलाई छलफलको लागि मण्डली जीवनमा नले। यदि कसैलाई मण्डली जीवनका भेलाहरूको विषयवस्तुप्रति चासो छैन र उसलाई सधैँ यी कुराहरूबारे छलफल गर्न, हरेक भेलामा यिनैबारे कुरा गर्न मन पर्छ भने, दाजुभाइ-दिदीबहिनीहरूले के गर्नुपर्छ? तिनीहरूले त्यस्ता मानिसहरूलाई यसो भन्दै प्रतिबन्धित गर्नुपर्छ, “यो भेलाको समय हो, ती फोहोरी कुराहरूबारे नबोल। यदि तिमी ती कुराहरूबारे कुरा गर्न चाहन्छौ भने, घर गएर त्यहीँ नै कुरा गर!” यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सकिँदैन र पनि तिनीहरूले यसबारे कुरा गर्छन् भने के गर्ने? तिनीहरूलाई बाहिर निकालिदे, र यस्तो कुरा गर्न छोडेपछि आउनू भनेर भन्। अझै प्रभावकारी अर्को तरिका पनि छ: तिनीहरूले राजनीतिबारे कुरा गर्न मुख खोल्नेबित्तिकै, दाजुभाइ-दिदीबहिनीहरू उठेर अर्को कोठामा जानुपर्छ, र तिनीहरूलाई एकलै बोल्न छोडिराख्‍नुपर्छ। छोटकरीमा भन्दा, राजनीतिबारे कुरा गर्न मन पराउने मानिसहरू अवश्य नै अस्तित्वमा हुन्छन्। त्यस्ता मानिसहरूले उचित कामहरू बेवास्ता गर्छन्, सत्यता पछ्याउँदैनन्, आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर मनन गर्दैनन्, मण्डलीको काममा के-कस्ता कठिनाइहरू छन् वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले के-कस्ता कठिनाइहरू सामना गर्छन् भनेर मनन गर्दैनन्, र तिनीहरूले आफ्नै बारेका के-कस्ता वास्तविक समस्याहरू समाधान गर्नुपर्छ भनेर मनन गर्दैनन्—तिनीहरूले यी उचित मामलाहरूबारे मनन गर्दै गर्दैनन्। बरु यसको साटो, तिनीहरूले ती दुष्ट र कुटिल कुराहरूबारे मात्रै मनन गर्छन्, र ती कुराहरूप्रति विशेष उत्साहित हुन्छन्। खासगरी अहिले, हरप्रकारका माध्यमहरूबाट जानकारी व्यापक रूपमा फैलिने र पहुँचयोग्य हुने हुनाले—यसले यी मानिसहरूलाई आफ्ना रुचि र चासोहरू सन्तुष्ट पार्न मद्दत गर्छ। हामी तिनीहरूको रुचि र चासोहरूमा हस्तक्षेप गर्दैनौँ, तर परमेश्‍वरको घरको एउटा नियम छ, जसले भेलाहरूमा राजनीतिक विषयहरूबारे छलफल गर्नुलाई मण्डलीको काममा बाधा र व्यवधान ल्याउने समस्याको रूपमा सूचीकृत गर्छ। त्यसकारण, मण्डली जीवनमा र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको भेलामा यी विषयहरूलाई कडाइसाथ निषेध गरिएको छ। कत्ति मानिसहरू भन्छन्, “यी विषयहरू निषेधित छन्, तर हाम्रा विभिन्‍न राजनीतिक दृष्टिकोणहरू, हामीलाई कुन पार्टी मन पर्छ वा कुन मन पर्दैन, कसलाई भोट दिन्छौं वा कसलाई दिँदैनौँ भन्‍नेबारेमा के हुन्छ—के मण्डलीले यी कुराहरूमा हस्तक्षेप गर्छ?” यसलाई स्पष्ट पारौँ: तँ जसलाई चाहन्छस्, त्यसैलाई भोट दे, र जसलाई चाहन्छस्, त्यसैलाई मन परा—मण्डलीले यी मामलाहरूमा हस्तक्षेप गर्दैन, यो तेरो स्वतन्त्रता हो। के यो हस्तक्षेप नगर्नु पनि आफैमा उदारता होइन र? तैँले नागरिकको रूपमा आफ्ना दायित्व र मानव अधिकारहरू पूर्ण रूपमा उपभोग गरेको छस्; के त्यो आदर नै पर्याप्त हुँदैन र? यो पहिले नै पर्याप्त रूपमा राम्रो कुरा हो; तैपनि के तँ अझै मण्डलीमा स्वतन्त्र रूपमा र धीत मर्ने गरी बोल्न चाहन्छस्? त्यो नियमविपरीत हुन्छ। यदि तैँले त्यस्ता मानिसहरूलाई भेटिस् भने, तिनीहरूलाई प्रतिबन्धित गर्ने कुनै उपाय खोज्। पहिला, तिनीहरूसँग स्पष्ट रूपमा यसो भन्दै सङ्गति गर्, “के तिमी विश्‍वासमा नयाँ छौ? के तिमी भेलामा आएको यो पहिलोपटक हो, र तिमीलाई परमेश्‍वरको घरका नियमहरू थाहा छैन? त्यसोभए मैले तिमीलाई यो कुरा भन्‍नैपर्छ: यो ठाउँ भेला हुने ठाउँ हो, र यो भेला हुने समय हो। तिमीसँग जे-जस्ता राजनीतिक दृष्टिकोण वा विचारहरू भए नि, तिमीले ती कुरा मण्डलीमा फैलाउनु हुँदैन, र तीबारे भेलाहरूमा छलफल गर्नु हुँदैन। हामी यस्तो कुरा सुन्‍न चाहँदैनौँ, न त हामी तिमीले यी कुराहरूबारे बोलेको सुन्‍न नै बाध्य छौं। तिमीले गलत ठाउँ छनौट गर्‍यौ। भेलापछि, जब तिमी यो ठाउँबाट बाहिर जान्छौ, तब तिमीले आफूलाई जे मन लाग्यो त्यही भन्‍न सक्छौ; कसैले पनि हस्तक्षेप गर्दैन। त्यो तिम्रो स्वतन्त्रता हो।” यदि तिनीहरूले तैँले भनेको कुरा बुझे, अनि त्यो याद गरेर अर्कोपटक यसबारे कुरा गरेनन् भने, त्यो ठीकै हुन्छ, र यसरी तिनीहरूले आफैलाई केही समझशक्ति दिलाएका हुन्छन्। तर यदि सङ्गति गरेपछि पनि तिनीहरूले त्यसरी नै कुरा गरिरहन्छन्, हरेक भेलामा सधैँ राजनीतिक दृष्टिकोणहरू बताइरहन्छन् भने, के तिनीहरूलाई बोल्नबाट प्रतिबन्धित गर्नुपर्छ? (हो।) कुनै व्यक्ति राजनीतिमा संलग्‍न भए नि नभए नि, यदि उसले राजनीतिक विषयहरूबारे कुरा गर्छ भने, यसलाई गुटबन्दी गर्ने, हैसियतको लागि प्रतिस्पर्धा गर्ने, नकारात्मकता पोखाउने, र यस्तै अन्य व्यवहारहरूसँगै परमेश्‍वरको घरको काममा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूको रूपमा वर्गीकरण गर्नुपर्छ। त्यस्ता मानिसहरूप्रति कुनै शिष्टता देखाउन सकिँदैन; तिनीहरूलाई रोक्‍नुपर्छ र प्रतिबन्धित गर्नुपर्छ। अवश्य नै, राजनीतिबारे कुरा गर्ने मानिसहरू दुष्ट वा असल नै हुन्छन् भन्‍ने हुँदैन; तिनीहरूलाई यी समस्या र विषयहरू मन परेको हुन सक्छ। तर यी मानिसहरूले साँच्‍चै सत्यता पछ्याउँदैनन् भन्‍ने कुरामा चाहिँ हामी निश्‍चित हुन सक्छौँ। छोटकरीमा भन्दा, यी मानिसहरूलाई निराकरण गर्ने सिद्धान्तबारे स्पष्ट रूपमा सङ्गति गरिसकिएको छ: तिनीहरूलाई परमेश्‍वरको घरका नियमहरू बताओ। यदि तिनीहरूलाई स्पष्ट रूपमा व्याख्या गरेपछि तिनीहरूले राजनीतिक विषयहरूबारे कुरा गरिरहन्छन् र चेतावनीहरू मान्दैनन् भने, तिनीहरूलाई अलग राख्‍नुपर्छ। तिनीहरूले पश्‍चात्ताप गरेपछि मात्रै मण्डली जीवन जिउन सक्छन्। यदि तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेनन् भने, तिनीहरूलाई भेलाहरूमा आउन नदेओ। यो मामला सम्हाल्नु त्यति सरल हुनुपर्छ। सरल कुरालाई जटिल नबनाओ, यसले कसैलाई फाइदा गर्दैन।

जुलाई २४, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्