अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१९) खण्ड दुई
ख. मण्डली निर्वाचनमा धाँधली गर्ने दुष्ट मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू
जब दुष्ट मानिसहरूले निर्वाचनमा धाँधली गर्ने घटना घट्छन्, तब अर्को निर्वाचन गर्नु अत्यावश्यक हुन्छ। यसलाई कसरी अभ्यास गर्नुपर्छ? (चुनाव परिणामहरू खारेज गरिनुपर्छ र अर्को निर्वाचन गरिनुपर्छ।) यो एउटा तरिका हो। दुष्ट मानिसहरूले यो निर्वाचनमा कसरी धाँधली गरेका थिए भन्नेबारे भित्री जानकारी खुला र सार्वजनिक गरिनुपर्छ ताकि निर्वाचन प्रक्रिया कस्तो थियो र परिणामहरू कसरी प्रस्तुत भएका थिए भनेर सबैलाई थाहा होस्। यो भित्री जानकारी थाहा भएपछि, निर्वाचन परिणामहरू रद्द गरेर फेरि निर्वाचन गरिनुपर्छ। त्यस्तो निर्वाचनलाई परमेश्वरका चुनिएका मानिसहरूको बहुमतले अनुमोदन गरिनु हुँदैन; अनि जोकोही निर्वाचित भएको भए नि त्यसले केही फरक पार्दैन—त्यो परिणाम स्विकार्न सकिँदैन। सामान्य परिस्थितिहरूमा, सत्यता सङ्गति गरेर अनि भित्री कुरा खुलासा गरेर, निर्वाचन परिणामहरू इन्कार्न, र अर्को निर्वाचन गर्न सकिन्छ। तर कहिलेकहीँ, निश्चित विशेष परिस्थितिहरूमा, यदि मानिसहरूको सानो वर्गले निर्वाचन परिणामहरू शैतानका नोकरहरूद्वारा धाँधली गरिएका हुन् र निर्वाचित व्यक्तिले काम गर्न सक्दैन र ऊ कठपुतली मात्रै हो भनेर थाहा पाए पनि, मण्डलीका धेरैजसो मानिसहरू दुष्ट मानिसहरूद्वारा बहकिएका हुन्छन् र अझै पनि शैतानका सेवकहरूकै पक्षमा उभिन्छन्, जबकि एउटा सानो समूहमा मात्रै केही समझशक्ति हुन्छ र तिनीहरूलाई मात्रै भित्री जानकारी थाहा हुन्छ—र यो सानो समूह बोल्दा कसैले पनि विश्वास गर्दैन वा कसैले तिनीहरूको कुरा सुन्दैन—तिनीहरू अलग पारिएका र शक्तिहीन हुन्छन्, र तिनीहरूसँग आधारभूत रूपमा परिस्थिति उल्ट्याउने शक्ति नै हुँदैन। त्यस्ता परिस्थितिहरूमा, तिमीहरूलाई निर्वाचन धाँधलीको भित्री कथा खुलासा गर्न मन लाग्न सक्छ, तर परिस्थिति स्पष्ट रूपमा बुझ्न सजिलो हुँदैन। त्यस्तो अवस्थामा, माथिल्लो तहका अगुवा र कामदारहरूलाई यसबारे रिपोर्ट गर्नेबाहेक, तिमीहरूले अरू के-के गर्न सक्छौ? यदि तिमीहरूले मण्डली जीवन जिउन जारी राख्यौ भने, तिमीहरू बहिष्कृत गरिनेछौ। अर्को मण्डलीका भेलाहरूमा सहभागी हुनु पनि उचित लाग्दैन, किनभने त्यहाँका मानिसहरूले जथाभाबी रूपमा अपरिचितहरूलाई स्वागत गर्न सक्दैनन्। यसले तिमीहरूलाई साँच्चै नै धर्मसङ्कटमा पार्छ! तैँले निर्वाचित मण्डली अगुवाको मानवता खराब छ, ऊ दियाबलस हो, र ऊ निर्वाचित हुनुपर्ने व्यक्ति होइन भन्ने देख्छस्, त्यसैले उसलाई देख्दा मात्रै पनि तँलाई रिस उठ्छ। भेलाहरूमा जाँदा तँलाई असहज लाग्छ, तर नजानुको विकल्प हुँदैन। यदि तँ नगएर मण्डलीसँगको तेरो सम्बन्ध तोड्छस् भने, तैँले आफ्नो मण्डली जीवन गुमाउनेछस्, जुन तैँले गर्न सक्ने कुरा होइन। त्यसोभए के यो समस्याको कुनै राम्रो समाधान छ? यसको लागि बुद्धि चाहिन्छ। यदि तैँले हतारहतार तिनीहरूलाई खुलासा गरिस् भने परिणाम के हुनेछ? ती मानिसहरू एकजुट भएर तँलाई दमन गर्न र लखेट्न सक्छन्, वा यदि परिस्थिति साँच्चै राम्ररी अघि बढ्न सकेन भने, तिनीहरूले तँलाई निकालेर तँलाई अन्यायको सिकारसमेत बनाउन सक्छन्। सबैभन्दा सम्भावित परिणाम यही हो। त्यसोभए सबैभन्दा राम्रो समाधान के हो त? (समझशक्ति भएका केही विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर यी मानिसहरूले गुप्त रूपले निर्वाचनमा हेराफेरी गरेको दुष्ट कार्यहरूका सबै प्रमाणहरू सङ्कलन गर्ने। यसलाई माथिल्लो स्तरका अगुवा र कामदारहरूलाई रिपोर्ट गर्ने, र बहकाउमा परेका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई फर्काइल्याउन तुरुन्तै सत्यता सङ्गति गर्ने।) के यसलाई राम्रो समाधान मानिन्छ? के हतारमा त्यस्ता कुराहरू गर्नु ठीक हुन्छ? हतारमा काम गर्नुको परिणाम के हुन्छ? (यसले अनजानमा सजिलै शत्रुलाई सचेत गराउँछ।) जब तिमीहरूले यस्ता कुराहरू सामना गर्छौ, तब के तिमीहरू डराउँछौ वा अत्तालिन्छौ? के तिमीहरू डराउनु वा अत्तालिनुपर्छ? (पर्दैन।) सिद्धान्तगत हिसाबमा, तँ डराउनु हुँदैन—तेरो समझशक्तिले तँलाई यही भन्छ। तर वास्तविकतामा मानिसहरूको अवस्था कस्तो हुन्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूले सत्यता बुझेका छन् कि छैनन् भन्ने हो। यदि मानिसहरूले सत्यता बुझेका छैनन् र तिनीहरूमा आफ्नो सङ्कल्प मात्रै छ भने, तिनीहरू अझै पनि भित्री रूपमा डराउनेछन्। जब तँ डराउँछस्, तब के तैँले जे गरे नि वा जसरी गरे नि के परिणामहरू हासिल गर्न सजिलो हुन्छ त? (हुँदैन।) जब तँ डराउँछस्, तब तँ कस्तो स्थितिमा हुन्छस्? तँलाई यी मानिसहरूको शक्तिको डर लाग्छ, र तँलाई तैँले तिनीहरूलाई खुट्याउनेछस् र तँ तिनीहरूबाट सतर्क छस् भनेर तिनीहरूले थाहा पाउलान् भन्ने डर लाग्छ, र तँ तिनीहरूको पक्षमा छैनस् भन्ने देख्दा तिनीहरूले तँलाई दमन र बहिष्कार गर्लान्, र अन्त्यमा तँलाई मण्डलीबाट निकाल्लान् भन्ने डर लाग्छ। तेरो हृदयमा यी चिन्ताहरू हुन्छन्। जब तँसँग यस्ता चिन्ताहरू हुन्छन्, तब के तँसँग यी मानिसहरूसँग अन्तरक्रिया गर्ने, तिनीहरूले पैदा गरेका समस्याहरू समाधान गर्ने, वा हाम्रा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमा समझशक्ति आओस् र तिनीहरू भ्रममा नपरून् भनेर तिनीहरूको दुष्ट कार्यहरू खुलासा गर्न बुद्धि, साहस, र माध्यमहरू हुन सक्छन्? व्यवहार गर्ने सबैभन्दा उचित तरिका के हो? जब तँ डराउँछस्, तब के तँ कमजोर स्थितिमा हुँदैनस् र? सर्वप्रथम त, तँ कमजोर र निष्क्रिय हुन्छस्। एकातिर, तँमा परमेश्वरमाथिको दृढ विश्वासको कमी हुन्छ, र अर्कोतिर, तैँले यस्तो सोच्छस्, “यसरी, यी दुष्ट मानिसहरू सफल भएका छन्। अहिले यो कुरा बुझ्ने म मात्रै कसरी भएँ? के अरूसँग कुनै समझशक्ति छ? यदि मैले अरूलाई साँचो परिस्थितिबारे बताएँ भने, के तिनीहरूले मलाई विश्वास गर्नेछन्? यदि तिनीहरूले मलाई विश्वास गरेनन् भने, के तिनीहरूले मलाई खुलासा गर्नेछन्? यदि तिनीहरू सबै मेरो निराकरण गर्न एकजुट भए, र म एकलै र शक्तिहीन भएँ भने, के ती दुष्ट मानिसहरूले मलाई निकाल्न हरकिसिमका बहानाहरू बनाउनेछन्?” के तँमा त्यस्ता चिन्ताहरू हुनेछैनन् र? जब तँसँग त्यस्ता चिन्ताहरू हुन्छन्, तब तैँले ती मानिसहरूलाई कसरी निराकरण गर्न सक्छस्? तैँले तिनीहरूसँग सबैभन्दा उचित र बुद्धिमानी तरिकाले कसरी अन्तरक्रिया गर्न सक्छस्? त्यो बेला, के तँसँग पछ्याउने कुनै पनि दिशा वा मार्ग नहुने हुँदैन र? यसलाई ठ्याक्कै भन्दा, जब तँ सबैभन्दा बढी डराएको र सबैभन्दा कमजोर हुन्छस्, तब तैँले तिनीहरूसँग प्रतिस्पर्धा गर्न वा तिनीहरूसँग अन्तरक्रिया गर्न र तिनीहरूले पैदा गरेका समस्याहरू सम्हाल्न सक्दैनस्। त्यसोभए त्यो बेला तेरो लागि सबैभन्दा राम्रो शैली के हुन्छ? के यो आफूलाई रक्षा गर्नकै लागि अग्रसरता जनाएर पहिले आक्रमण गर्नु, तिनीहरूसित भिड्नु र तिनीहरूका दुष्ट कार्यहरू खुलासा गर्नु हो? के यो विधि उचित छ? (छैन।) किन यो उचित छैन? किनभने तैँले कसरी व्यवहार गर्ने भनेर राम्ररी विचार गरेको हुँदैनस्, र त्यसैले तैँले तिनीहरूको सार देख्न सक्दैनस्, र तिनलाई कसरी खुलासा गर्ने तँलाई थाहा हुँदैन, झन् बहकाउमा परेकाहरूले सत्यता स्विकार्न र आफ्नो बाटो सुल्ट्याउन सक्छन् कि सक्दैनन् भनेर थाहा हुनु त परै जाओस्। तँलाई यी विभिन्न कुराहरूमध्ये कुनै पनि कुरा थाहा हुँदैन, र तेरो लागि सबैभन्दा फाइदाजनक र प्रभावकारी समाधान के हो भन्नेबारे तँ स्पष्ट हुँदैनस्। तँ अझै निश्चित स्तरको नकारात्मकतामा पुग्नु बाँकी नै भए नि, कम्तीमा तेरो वर्तमान स्थिति कमजोरी र डरको स्थिति हुन्छ, र तँभित्र धेरै चिन्ताहरू हुन्छन्। यी चिन्ताहरू उचित भए नि नभए नि वा तेरो कमजोरी र डरले गर्दा आएका भए नि नभए नि, छोटकरीमा भन्दा, यी तथ्यहरू हुन्। जब यी तथ्यहरू देखा पर्छन्, तब सबैभन्दा राम्रो समाधान भनेको प्रतीक्षा गर्न सिक्नु र केही नगरी बस्नु हो। केही नगर्नु भनेको के हो? यसको अर्थ भ्रममा परेका मानिसहरूलाई निर्वाचनको साँचो परिस्थिति खुलासा गर्न हतार नगर्नु, र नवनिर्वाचित मण्डली अगुवाहरूको वा निर्वाचनमा हेराफेरी र अवरोध गरेका मानिसहरूको समूहको विरोध गर्न हतार नगर्नु हो। तिनीहरूलाई खुलासा नगर्; यो बेला, तैँले प्रतीक्षा गर्न सिक्नुपर्छ। कति मानिसहरू भन्छन्, “प्रतीक्षा गर्नु अत्यन्तै निष्क्रिय कार्य हो; मैले कति लामो समय प्रतीक्षा गर्नुपर्छ?” यसको लागि धेरै प्रतीक्षा गर्नुपर्दैन। प्रतीक्षा गर्ने क्रममा, प्रार्थना गर्न, परमेश्वरका वचनहरू पढ्न, र सत्यता खोजी गर्न परमेश्वरअघि आउने गर्। त्यस्ता परिस्थितिहरूमा, जब तँ सबैभन्दा बढी डराउँछस् र कमजोर हुन्छस्, तब तेरा प्रार्थनाहरू सबैभन्दा सच्चा र इमानदार हुन्छन्। तँलाई अगुवाइ र सुरक्षा गर्न परमेश्वरको आवश्यकता हुन्छ; तैँले परमेश्वरमा भरोसा गर्नुपर्छ। तैँले प्रार्थना गर्ने क्रममा, तेरो डर अलिअलि गर्दै घटेर जान्छ। जब तेरो डर हराउँछ, तब के तेरो कमजोरी पनि कम हुनेछैन र? (हुनेछ।) तेरा चिन्ताहरू पनि झन्झन् कम हुँदै जानेछन्। यी डर, कमजोरी, र चिन्ताहरू त्यतिकै हराउँदैनन्; बरु, परिवर्तनको यो प्रक्रिया अवधिमा, तैँले बिस्तारै निश्चित कुराहरू बुझ्न थाल्नेछस्। तैँले के-कस्ता कुराहरू बुझ्न थाल्नेछस्? एकातिर, तँलाई यी मानिसहरूको निराकरण कसरी गर्ने, कसलाई पहिले खुलासा गर्ने, र परमेश्वरको घरको काममा फाइदा हुने किसिमले कसरी बोल्ने र व्यवहार गर्ने भन्ने कुरा थाहा हुनेछ। यसको साथै, तैँले यी मानिसहरूको व्यवहारको प्रकृति पनि जान्नेछस्। तैँले अन्ततः यी कुराहरू कसरी बुझ्छस्? तैँले प्रतीक्षा गर्ने प्रक्रियाको अवधिमा सत्यता खोजी गरेर मात्रै तिनलाई क्रमिक रूपमा बुझ्न सक्छस्। जब तैँले यो कुरा स्पष्ट रूपमा देख्छस्, तब तैँले स्वाभाविक रूपमै कसरी बुद्धि प्रयोग गर्नुपर्छ, कोसँग कुरा गर्नु उचित हुन्छ, र तिनीहरूलाई प्रभावित पार्ने तरिकाले, दुष्ट मानिसहरूले निर्वाचनमा हेराफेरी गरेका छन् भन्ने तथ्यहरू तिनीहरूलाई थाहा दिलाउने तरिकाले, र तिनीहरूलाई आफ्नो मार्ग सुल्ट्याउन, निर्वाचनमा हेराफेरी र अवरोध गर्नेहरूको साँचो अनुहार खुट्ट्याउन, र ती तथाकथित निर्वाचित अगुवाहरू वास्तवमा कस्ता मानिस हुन् भनेर खुट्ट्याउन मद्दत गर्ने तरिकाले कसरी बोल्ने भनेर मनन गर्नेछस्। तँसँग यस्तो बुद्धि हुनेछ, र तेरो व्यवहार पनि विधिवत् हुनेछ। त्यसोभए यी सकारात्मक लाभहरू कसरी प्राप्त हुन्छन् त? यी सबै कुरा तैँले प्रतीक्षा गर्ने प्रक्रियाको अवधिमा परमेश्वरले तँलाई दिनुभएको हुन्छ। तीमध्ये कतिपय पवित्र आत्माको काम र अन्तर्दृष्टिको कारण आएका हुन्छन्, र कतिपयचाहिँ परमेश्वरले तँलाई आफ्ना वचनहरूमा देखाउनु र बुझाउनुहुने कुराहरू हुन्। परमेश्वरका वचनहरूले तयार नभई युद्ध नलड्नू भन्छन्। यसको अर्थ के हो? यसको अर्थ तैँले शैतानसँग लडाइँ गरिरहेको भए नि वा शैतानका नोकरहरूका दुष्ट कार्यहरू खुलासा गरिरहेको भए नि, तैँले शैतानसँग जे-जसरी युद्ध गरे नि, तँ आफै दह्रिलो हुनुपर्छ, तैँले सत्यता सिद्धान्तहरू बुझेको हुनुपर्छ, र तँ शैतान र दुष्ट मानिसहरूको सार र दुष्ट कार्यहरू देख्न सक्ने र त्यसपछि तिनलाई खुलासा गर्न सक्ने हुनुपर्छ। त्यसो गरेर मात्रै तैँले अन्त्यमा असल परिणामहरू हासिल गर्नेछस्। तैँले यी कुराहरू बुझेपछि, के तेरा डर, कमजोरी, र चिन्ताहरू कम तीव्र र कम देखिँदो हुन छोड्दैनन् र? तँलाई अब डर लाग्न छोड्नेछ। तैँले अनुभव गर्ने यी कुराहरू क्रमिक रूपमा परिवर्तन हुनेछन्; तैँले परिस्थिति सुरुमा देखा परेको बेलामा जत्ति आफू कमजोर छैन भन्ने कुरा पत्ता लगाउनेछस्। बरु, तँलाई पहिलेको भन्दा अलिक दह्रिलो भएको र आत्मविश्वास आएको महसुस हुनेछ, र तँलाई आफूले के गर्ने भन्ने थाहा हुनेछ। यो विन्दुमा, फेरि परमेश्वरलाई प्रार्थना गर् र सही अवसर तयार गर्न उहाँलाई अनुरोध गर्, र त्यसपछि काम गर्। माथिल्लो तहका अगुवा र कामदारहरूलाई परिस्थितिबारे रिपोर्ट गर् र सँगसँगै असल मानवता भएका र परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने तर सत्यता नबुझेको कारण भ्रम र बहकाउमा पारिएका मानिसहरूसँग सङ्गति गर्, अनि दुष्ट मानिसहरूले निर्वाचनमा हेराफेरी गरेका छन् भन्नेबारे तिनीहरूलाई भित्री जानकारी खुलासा गर्। तैँले यीमध्ये एकदुई जनालाई आफ्नो पक्षमा पारिसकेपछि, तेरो डर आफै हराउनेछ। तैँले यो सबै कुरा मानव शक्तिमा भरोसा गरेर गर्न सकिँदैन, र आवेशमा भरोसा गरेर त झनै गर्न सकिँदैन भन्ने महसुस गर्नेछस्; तैँले क्षणिक आवेग वा रिसमा, वा अस्थायी, तथाकथित इन्साफको बोधमा पनि भरोसा गर्न सक्दैनस्—यी सबै व्यर्थ छन्। परमेश्वरले तेरो लागि सही समय तयार गर्नुहुनेछ र के भन्ने भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले बुझेको कुराको आधारमा, उहाँले तँलाई चरणबद्ध रूपमा मार्गदर्शन गर्नुहुनेछ, र यसरी तँलाई पछ्याउने मार्ग दिनुहुनेछ। सुरुमा कमजोर रहेको र डराएको अवस्थादेखि सिद्धान्तहरू र मार्ग खोजी गरेको र बुझेको अवस्थासम्मको—यो अवधिमा, तैँले अझै पनि यी दुष्ट मानिसहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छस्। सामान्य अन्तरक्रियाको बेला, मानिसहरूको मन खाली हुँदैन; तिनीहरूको आफ्नै विचार हुन्छ। तैँले खोजी र प्रार्थना गरिरहेको बेला, यी मानिसहरूलाई अवलोकन गर्। तैँले के अवलोकन गर्छस्? तैँले तिनीहरूले कस्तो बाटो लिइरहेका छन् र तिनीहरूको सार साँच्चै के हो भन्ने कुरा हेर्। यदि तिनीहरूले भनेको कुरा सही छ र मण्डलीको कामका सिद्धान्तहरूअनुरूप छ भने, तैँले तिनीहरूको कुरा सुन्न सक्छस्; यदि तिनीहरूले भनेको कुराले मण्डलीको काममा अवरोध र बाधा दिन्छ भने, तैँले तिनीहरूलाई सतर्क नपारी “मित्रवत् रूपमा” तिनीहरूसँग अन्तरक्रिया गर्ने बुद्धिमानी तरिका प्रयोग गर्दै त्यो कुरा नसुन्ने वा तत्कालको लागि रोक्ने कुनै बहाना बनाउन सक्छस्। तिनीहरूसँग “मित्रवत् रूपमा” अन्तरक्रिया गर्दा, तैँले तिनीहरूका दुष्ट कार्यहरूको प्रमाण सङ्कलन गर्, र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने तिनीहरूका विभिन्न व्यवहार र भ्रमहरूको आधारमा तिनीहरूलाई खुट्या र यी मानिसहरू शैतानका नोकरहरू हुन् भनेर थप पुष्टि गर्। यसरी अभ्यास गर्दा, तँ तिनीहरूको बन्धनमा पर्न छोड्छस् र तैँले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्छस्—बुद्धिमान् व्यक्तिले यही गर्छ। मानवता, बुद्धि, र सत्यताप्रति प्रेम भएका मानिसहरू मात्रै सही मार्ग हिँड्न सक्छन्। लापरवाही र कच्चापनसाथ काम गर्ने, जे गरे नि वा आफूले सामना गरिरहेका परिस्थितिहरू जे भए नि सधैँ हतार र आवेगमा भर पर्ने बुद्धिहीन मानिसहरूको हकमा भन्नुपर्दा, तिनीहरूको कार्यले प्रायजसो खराब परिणामहरू नै निम्त्याउँछ। त्यस्ता मानिसहरूले मण्डलीको काममा अवरोध र बाधा मात्रै ल्याउने नभई, आफैमाथि पनि अनेकौँ अनावश्यक समस्या र झमेलाहरू निम्त्याउँछन्। यसैबीच, बुद्धिमानी मानिसहरू भने फरक हुन्छन्। तिनीहरूले जे गरे नि, तिनीहरूले परमेश्वरका बन्दोबस्तहरू र योजनाबद्ध कार्यहरूको सही समय कुर्दै प्रतीक्षा गर्छन्, अवलोकन गर्छन्, र खोजी गर्छन्। यो प्रतीक्षा अवधिमा, तिनीहरूले परमेश्वरका अभिप्रायहरू खोजी गर्न, उद्देश्यपूर्ण तरिकाले परमेश्वरका वचनहरू खानपिउन, सत्यता सिद्धान्तहरू अझै सही रूपमा बुझ्न, र परमेश्वरका अभिप्रायहरूअनुसार काम गर्न सक्छन्। तिनीहरूले आवेशमा आएर मानिसहरूसँग लडाइँ गर्नु वा मौखिक वादविवाद गर्नुको सट्टा, परमेश्वरका वचनहरू र सत्यताको पक्षमा राम्रो लडाइँ लड्छन् र परमेश्वरको लागि गवाही दिन्छन्।
जब दुष्ट मानिसहरूले निर्वाचनमा हेराफेरी र अवरोध गर्ने कुरा आउँछ, तब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तैँले यी मानिसहरूलाई भित्रैसम्म चिन्न सक्छस् कि सक्दैनस् वा तैँले तिनीहरूलाई कसरी खुलासा गर्ने योजना बनाउँछस् भन्ने होइन; महत्त्वपूर्ण भनेको त परिस्थितिबारे समयमै माथितिर रिपोर्ट गर्नु हो। तैँले आफ्नो कर्तव्यमा बाधा हुन नदिई, तिनीहरूसित जुध्न बुद्धि प्रयोग गर्नुपर्छ, परमेश्वरको समयको प्रतीक्षा गर्नुपर्छ, परमेश्वरका अभिप्रायहरू खोजी गर्नुपर्छ, अनि सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ। यसो गर्नुको अन्तिम परिणाम के हुन्छ? तैँले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्छस्। परिस्थितिबारे माथि रिपोर्ट गरेर अनि समाधान खोजी गरेर, समस्या समाधान हुने मात्र होइन, तैँले अन्तर्ज्ञान पनि प्राप्त गर्छस्, आफ्नो समझशक्ति र बुद्धि पनि बढाउँछस्, कदमा वृद्धि पनि हुन्छस्, र परमेश्वरमाथिको तेरो विश्वासलाई दह्रिलो पनि बनाउँछस्। शैतानसँगको भिडन्तबाट मानिसहरूले धेरै कुरा प्राप्त गर्छन् र यो तिनीहरूको लागि निकै फाइदाजनक हुन्छ। यसविपरीत, मानौँ तैँले आवेश र आवेगमा आएर काम गरिस्, यी मानिसहरूसँग तीव्र लडाइँ गरिस् र तिनीहरूसँग आमनेसामने तर्क गरिस्, र यसो भनिस्, “तिमीहरूले निर्वाचनमा हेराफेरी र अवरोध गरिरहेका छौ। तिमीहरूसँग ठूलो शक्ति भए नि, म तिमीहरूको अघि झुक्नेछैनँ, र मलाई तिमीहरूको डर लाग्दैन!” यो शैलीको परिणामस्वरूप तँलाई मण्डलीबाट निकालिन्छ, र तँ महिनौँसम्म घरमा रुन र कष्ट भोग्न बाध्य हुन्छस्; तैपनि तैँले परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्: “म किन यो बरबादीमा परेँ? परमेश्वर, के तपाईं मलाई चाहनुहुन्न? के तपाईंले मेरो वास्ता गर्नुहुन्न?” महिनौँसम्म, तैँले नयाँ प्रवचन र भजनहरू छुटाउँछस्, मण्डलीले के काम गरिरहेको छ भन्ने पत्तै पाउँदैनस्, र आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस्, र तँ पूर्ण रूपमा एक्लो हुन्छस्, र पूर्ण रूपमा अन्धकारमा पर्छस्। हरदिन, रुनेबाहेक, तैँले चिन्ता मात्रै गर्छस्। तैँले यस वातावरणमा परमेश्वरलाई प्रार्थना गर्न वा उहाँका सान्दर्भिक वचनहरू खान-पिउन सिक्दैनस्, झन् जटिल परिस्थितिहरूमा सत्यता सिद्धान्तहरूको खोजी गर्न सिक्नु त धेरै परको कुरा हो; तेरो बुद्धि फिटिक्कै बढ्दैन। केही महिनासम्म रोएपछि, बल्ल एकदिन, कसैले तँलाई मण्डलीमा फिर्ता ल्याउँछ र यो अवधिमा तैँले गरेको अनुभव सुनाउन लगाउँछ, तर तैँले आँसु झार्दै गुनासो मात्रै गर्छस्: “मलाई कति अन्याय गरिएको छ! मैले मण्डलीमा बाधा दिएको थिइनँ। म दुष्ट व्यक्ति होइनँ; मलाई दुष्ट मानिसहरूले षड्यन्त्रमा पारेका हुन्।” अनि “यो अवधिमा तिमीले के-कस्ता पाठहरू सिक्यौ? के तिमीले केही प्राप्त गर्यौ?” भनेर सोधियो भने तैँले जवाफ दिन्छस्, “मैले के प्राप्त गर्न सक्छु र? तिनीहरूले मलाई अलग राखे, परमेश्वरका वचनहरूका पुस्तक र भजनहरू खोसे, र मैले कुनै प्रवचन सुन्न सकिनँ। मैले विश्वासबारे कुरा गर्न र याद भएका केही भजनहरू कहिलेकहीँ गाउन मात्रै सक्थेँ। मैले केही प्राप्त गरिनँ। धन्न, परमेश्वरले मलाई फर्काउने समय तय गर्नुभयो; नत्र त म पैसा कमाउन बाहिर गएर व्यापार गर्ने योजना बनाइरहेको थिएँ, किनभने मुक्ति पाउने कुनै आशा थिएन। परमेश्वरले मलाई अबदेखि चाहनुहुन्नथ्यो, र मैले विश्वास गरिरहन सक्दिनथेँ। मेरो हृदय पूर्ण रूपमा अन्धकारमा परेको थियो।” अनि अन्त्यमा, तैँले कुरा थप्दै यस्तो निष्कर्ष निकाल्छस्, “परमेश्वरको भेडालाई परमेश्वरले कहिल्यै त्याग्नुहुन्न।” यस्तो महत्त्वपूर्ण र विशेष घटनाको अनुभव गरेर पनि यति थोरै कुरा प्राप्त गर्नु—के यो अलिक दयनीय कुरा होइन र? के यो अनुचित कुरा होइन र? यस्तो ठूलो परिस्थिति सामना गर्दा, तैँले कुनै पाठहरू सिकिनस् र आफ्नो बुद्धि वा आस्था बढाइनस्; तैँले हृदयमा अझै पनि परमेश्वरमा विश्वास गर्ने भए पनि, तँलाई शैतान, दियाबलस, र ख्रीष्टविरोधीहरूले यतिसम्म सास्ती दिएका थिए कि तैँले झन्डै विश्वास गर्नै छोडिस्। के तैँले अझै परमेश्वरको गवाही दिन सक्छस्? के तँ व्यर्थको कायर होइनस् र? घरमा रुनुको के फाइदा? तँ अन्धो भइन्जेल रोए पनि, के यसले मद्दत गर्नेछ र? के यसले ख्रीष्टविरोधीहरूको समस्या समाधान गर्न सक्छ र? दुष्ट मानिसहरू सफल भएका छन्, र अन्त्यमा, तँसित “परमेश्वरको भेडालाई परमेश्वरले कहिल्यै त्याग्नुहुन्न” भन्ने भनाइ मात्रै हुन्छ, र तैँले अरू केही प्राप्त गरेको हुँदैनस्। तँसित बुद्धि हुँदैन, तँसित कुनै कार्यदिशा हुँदैन, र तैँले परमेश्वरले दिनुभएको मार्गअनुसार परमेश्वरको खोजी गर्न, शैतानविरुद्ध लड्नका लागि परमेश्वरका वचनहरू र सत्यता लिन परमेश्वरअघि आउन जान्दैनस्। तैँले प्राय फलाक्ने त्यो थोरै धर्मसिद्धान्तले तँलाई कुनै फाइदा गर्दैन; यस्ता मामलाहरू सामना गर्ने क्रममा, रुने बाहेक, तैँले अन्यायमा परेको महसुस गर्ने र गुनासो गर्ने काम मात्रै गर्छस्—यो त व्यर्थको कायर व्यक्ति हो। व्यर्थका कायरहरूमा प्रायजसो धेरै प्रकटीकरणहरू हुन्छन्, जुन तिनीहरूका मुख्य विशेषता पनि हुन्। पहिलो विशेषता, तिनीहरू रुन्छन्। दोस्रो विशेषता, तिनीहरूलाई अन्यायमा परेको छु भन्ने लाग्छ। तेस्रो विशेषता, तिनीहरूले हृदयमा गुनासो गर्छन्। तिनीहरूले हृदयमा यसो पनि भन्छन्, “हे परमेश्वर तपाईं कहाँ हुनुहुन्छ? तपाईंले किन मेरो वास्ता गर्नुहुन्न? मलाई शैतानले भयानक रूपमा हानि गरेको छ, र म जिइरहन सक्दिनँ। बिन्ती छ, मलाई तुरुन्तै बचाउनुहोस्!” परमेश्वरले भन्नुहुन्छ, “तँ व्यर्थको कायर होस्, मानव खाल ओडेको कसिङ्गर होस्। यदि तैँले परमेश्वरमा विश्वास गर्छस् भने, तँ केको डर मान्छस्? शैतानको डर मान्नुपर्ने कुरा के छ र?” शैतानले काम गर्दा जुनसुकै षड्यन्त्र र युक्तिहरू प्रयोग गरे नि हामी डराउँदैनौं। हामीसँग परमेश्वर हुनुहुन्छ, हामीसँग सत्यता छ। परमेश्वरले हामीलाई बुद्धि दिनुहुनेछ। परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ; सबै कुरा परमेश्वरको योजनाबद्ध कार्यअन्तर्गत पर्छ। तँलाई केको डर हो? रुँदा त के मात्र देखिन्छ भने, तँ कायर र अयोग्य छस्; तँ कसिङ्गर र धर्तीको बोझ मात्रै होस्! रुनुको अर्थ तैँले शैतानसँग सम्झौता गरिरहेको छस् र शैतानबाट कृपा मागिरहेको छस् भन्ने हुन्छ। के परमेश्वर त्यस्ता व्यर्थका कायरहरूलाई मन पराउनुहुन्छ? (मन पराउनुहुन्न।) परमेश्वरले तँलाई कुनै गवाही र कुनै बुद्धि नभएको व्यर्थको कायर, मूर्ख, कसिङ्गरको रूपमा हेर्नुहुन्छ। तैँले बुझेको सत्यता के भयो? के तैँले परमेश्वरले खुलासा गर्नुभएका ख्रीष्टविरोधी र शैतानका प्रकटीकरणहरूबारे पर्याप्त सुनेको छैनस् र? तैँले यी कुराहरू बुझ्दैनस् वा देख्दैनस् र? के तँलाई तिनीहरू शैतान हुन् भन्ने थाहा छैन र? यदि तँलाई तिनीहरू शैतान हुन् भन्ने थाहा छ भने, तँलाई केको डर हो? तैँले किन परमेश्वरको डर र भय मान्दैनस्? के तँलाई शैतानको डर मानेर परमेश्वरलाई चिढ्याउँछु भन्ने डर लाग्दैन? के त्यो दुष्टताको कार्य होइन र? जब त्यस्ता परिस्थितिहरू देखा पर्छन्, तब तँ डराउँछस् र तँसँग कुनै समाधान, कुनै बुद्धि वा प्रतिरक्षाको उपाय हुँदैन। यति वर्ष प्रवचन सुनेर तैँले के प्राप्त गरेको छस्? के यो सबै व्यर्थ भएको हो? के त्यस्ता व्यर्थका कायरहरू आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छन्? (सक्दैनन्।) जब शैतान र दुष्ट मानिसहरूले निर्वाचनमा हेराफेरी र अवरोध गर्ने अवस्थाहरूको कुरा आउँछ, तब तँ एकलै र शक्तिहीन भए नि वा तेरो साथमा एउटै मन भएका केही दाजुभाइ-दिदीबहिनीहरू भए नि, हतारहतार कारबाही नचाल्। पहिलो कुरा, प्रतीक्षा गर्न सिक्। दोस्रो कुरा, खोजी गर्न सिक्। अनि प्रतीक्षा र खोजीको अवधिमा, कर्तव्य नत्याग्। प्रतीक्षा गर्नु भनेको के हो? यसको अर्थ परमेश्वरले तयार गर्नुहुने सही समय र अवसर प्रतीक्षा गर्नु हो। अनि तैँले के कुरा खोजी गर्नुपर्छ? परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने क्रममा, तैँले अभ्यास गर्नुपर्ने सिद्धान्त र मार्गहरू खोज्नुपर्छ; परमेश्वरका अभिप्रायहरूअनुरूप कसरी व्यवहार गर्ने, र शैतान र ख्रीष्टविरोधीहरूका शक्तिहरूसँग कसरी लड्ने, र अन्त्यमा विजेता बन्नको लागि शैतानका शक्तिहरूलाई कसरी जित्ने भनेर खोजी गर्नुपर्छ। यदि तँ एकलै छस् भने, तैँले परमेश्वरलाई अझै धेरै प्रार्थना गर्नुपर्छ, पर्खनुपर्छ, र खोजी गर्नुपर्छ। यदि अरू दुईतीन जना मानिसहरू तँसँग एउटै विचारका छन् भने, तैँले सँगै सङ्गति, प्रार्थना, प्रतीक्षा, र खोजी गर्न सक्छस्। जब परमेश्वरले उपयुक्त समय तयार गर्नुहुन्छ, तब परमेश्वरसित शक्ति र बुद्धि माग्, ताकि तैँले गर्ने सबै कुरा र तैँले बोल्ने हरेक शब्द उचित होस्। त्यसो गरेर, एउटा हिसाबमा, तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्छस्, र अर्को हिसाबमा, तैँले शैतानलाई दृढ र प्रभावकारी रूपमा खुलासा गर्न सक्छस्, जसले गर्दा शैतानका नोकरहरू र ख्रीष्टविरोधीहरूका षड्यन्त्रहरू पूर्ण रूपमा खुलासा र असफल हुन्छन्। के यो उचित छ? यी विधि, तरिका, मार्ग, र सिद्धान्तहरू तिमीहरूलाई बताइएको छ, त्यसैले तिनलाई तिमीहरू कसरी लागू गर्छौ त्यो तिमीहरूमै निर्भर हुन्छ। के यो मार्ग पर्याप्त रूपमा स्पष्ट छ? (छ।) त्यसोभए, जब तिमीहरूले त्यस्ता कुराहरू सामना गर्छौ, तब यो सिद्धान्तअनुसार अभ्यास गर। यो हासिल गर्न सजिलो छ।
हरेक मण्डली निर्वाचनको बेला, अगुवा र कामदारहरू, साथै परमेश्वरका चुनिएका मानिसहरू दुवैसँग निर्वाचन रक्षा गर्ने जिम्मेवारी र दायित्व हुन्छ। अगुवा र कामदारहरूले सत्यता र निर्वाचन सिद्धान्तहरू सङ्गति गर्ने जिम्मा लिनुपर्छ; परमेश्वरका चुनिएका मानिसहरूले आफूसँग रहेका कुनै पनि समस्याहरू उठाउनुपर्छ, र त्यसपछि ती समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्नुपर्छ। यसरी मात्रै निर्वाचन सहज रूपमा अघि बढ्ने सुनिश्चित गर्न सकिन्छ। एकतर्फ, अगुवा र कामदारहरूले परमेश्वरको घरका निर्वाचन सिद्धान्तहरू कडाइसाथ पालना गर्नुपर्छ र यिनै सिद्धान्तहरूको आधारमा परमेश्वरको घरका हरेक निर्वाचन अघि बढाउनुपर्छ। अर्कोतर्फ, तिनीहरू निर्वाचनमा हेराफेरी र अवरोध गर्ने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूप्रति पनि सतर्क हुनुपर्छ। ती व्यक्तिहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानका हूल हुन्। अगुवा र कामदारहरू कडाइसाथ तिनीहरूविरुद्ध रक्षात्मक बन्नुपर्छ र तिनीहरूसँग होसियार हुनुपर्छ, निर्वाचनको बेला पर्दापछाडि कामकुराहरूमा हेराफेरी गर्ने र गुप्त रूपमा प्रक्रियामै धाँधली गर्न केही कपटी र धूर्त कार्यहरूमा संलग्न हुने तिनीहरूको प्रयासहरूप्रति सतर्क हुनुपर्छ। मानौँ निर्वाचनमा साँच्चै नै दुष्ट मानिसहरूले धाँधली गरेका छन्, जसले गर्दा योग्य निर्वाचित व्यक्तिलाई बहिष्कार गरियो र धेरैजसो मानिसहरूलाई बहकाइयो ताकि पदका लागि अयोग्य, गलत व्यक्तिलाई अगुवाका रूपमा निर्वाचित गरियो। यदि त्यस्तो परिस्थिति पैदा भयो भने, अझै पनि त्यसको समाधान हुन्छ। त्यस्तो निर्वाचित व्यक्तिको साँचो परिस्थिति खुलासा गरिनुपर्छ। यदि धेरैजसो मानिसहरू सहमत भए भने, अर्को निर्वाचन गर्न सकिन्छ। शैतान र दुष्ट मानिसहरूले धाँधली गरेको निर्वाचन सत्यता सिद्धान्तहरूको आधारमा मण्डलीले सामान्य रूपमा गरेको निर्वाचनको परिणाम होइन। यो सकारात्मक कुरा होइन, र ढिलोचाँडो, यो उदाङ्गो, खुलासा, र खारेज हुनेछ। यसमा विश्वास गरेपछि, यदि तैँले यस्ता परिस्थितिहरू सामना गरिस् भने, तैँले कस्तो व्यवहार गर्नुपर्छ? तँ कुनै पनि बेला र कुनै पनि ठाउँमा शैतानसँग लड्न तयार हुनुपर्छ, र हात बाँधेर बस्नु हुँदैन। यदि तँ एक कमजोर, भ्रमित, वा व्यर्थको कायर व्यक्ति होस् भने, तैँले तिनीहरूसँग सम्झौता गरेर तिनीहरूसँग साँठगाँठ गर्न सक्छस्, वा तँ तिनीहरूद्वारा हदैसम्म पिटिएर नकारात्मक बन्न र त्यसपछि ठीक नहुन सक्छस्। कति मानिसहरू त यसो भन्दै चुपचाप बस्छन्, “म त मण्डली अगुवा बन्न सक्दिनँ। जसले सेवा गरे नि, सबै उस्तै त हो। क्षमता भएको व्यक्तिले नै अघि बढेर सेवा गरोस्! यदि ख्रीष्टविरोधीले सेवा गर्न चाहन्छ भने, मसँग यसको कुनै सम्बन्ध हुँदैन, र उसले मलाई निकालेन भने, ठीकै हुन्छ।” यसो भन्नेहरू पटक्कै असल हुँदैनन्। यदि ख्रीष्टविरोधीले अगुवाको रूपमा काम गर्यो भने परिणामहरू के हुनेछन् भनेर तिनीहरूले कल्पनै गर्न सक्दैनन्, न त यसले परमेश्वरमाथिको तिनीहरूको विश्वासमा र तिनीहरूको मुक्तिमा पार्ने असर के हुनेछ भनेर नै कल्पना गर्न सक्छन्। सत्यता बुझेका मानिसहरूले मात्रै वास्तविक रूपमा यो के हो भनेर देख्न सक्छन्। तिनीहरूले यसो भन्नेछन्: “यदि ख्रीष्टविरोधी मण्डली अगुवा बन्यो भने, परमेश्वरका चुनिएका मानिसहरूले कष्ट भोग्नेछन्। खासगरी, सत्यता पछ्याउनेहरू, न्यायबोध भएकाहरू, र तत्पर रूपमा कर्तव्य निर्वाह गर्नेहरू सबै दमन र बहिष्कारमा पर्नेछन्। ती भ्रमित मानिसहरू र अरूलाई खुशी पार्नेहरू मात्रै तिनीहरूको निगाहमा हुनेछन्, र तिनीहरू ख्रीष्टविरोधी शक्तिको पिँजडामा राखिएका र नियन्त्रणमा पारिएका हुनेछन्।” तर सत्यता नपछ्याउनेहरूले यी कुराहरू कहिल्यै विचार गर्दैनन्। तिनीहरूले सोच्छन्: “मानिसहरूले मुक्ति पाउनको लागि परमेश्वरमा विश्वास गर्छन्। हरेक व्यक्ति आफ्नै बाटो हिँड्छ। ख्रीष्टविरोधी अगुवा बने नि, यसले मलाई असर गर्नेछैन। मैले खराब कुराहरू गरिनँ भने, तिनीहरूले मलाई दबाउन वा एक्ल्याउन, वा मण्डलीबाट निकाल्न सक्दैनन्।” के यो सही दृष्टिकोण हो? (होइन।) यदि परमेश्वरका चुनिएका मानिसहरूले मण्डली निर्वाचनबारे कुनै चिन्ता गर्दैनन् भने, तिनीहरूले ख्रीष्टविरोधीलाई शक्ति लिन दिएपछि, परिणामहरू के हुनेछन्? के यो साँच्चै नै मानिसहरूले कल्पना गरेजस्तो सरल हुनेछ र? मण्डली जीवनमा के-कस्ता परिवर्तनहरू आउँछन्? यो कुरा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सीधै सम्बन्धित छ। यदि ख्रीष्टविरोधीले मण्डलीमा शक्ति लियो भने, के हुनेछ? त्यो मण्डलीमा अबदेखि सत्यताको हातमा शक्ति हुनेछैन, न त परमेश्वरका वचनहरूमा नै शक्ति हुनेछ—त्यहाँ त अविश्वासीहरू र शैतानको हातमा शक्ति हुनेछ। अनि भेलाहरूमा परमेश्वरका वचनहरू अझै पढिने भए नि, बोल्ने अधिकार ख्रीष्टविरोधीद्वारा नियन्त्रित हुन्छ। के ख्रीष्टविरोधीले स्पष्ट रूपमा सत्यता सङ्गति गर्न सक्छ? के ख्रीष्टविरोधीले परमेश्वरका चुनिएका मानिसहरूलाई स्वतन्त्र रूपमा र कुनै बन्धनविना सत्यता सङ्गति गर्न दिन सक्छ? त्यो असम्भव छ। ख्रीष्टविरोधीले शक्ति लिएपछि, झन्झन् धेरै अवरोध र बाधाहरू हुनेछन्, मण्डली जीवनका परिणामहरू झन्झन् घट्नेछन्, र परमेश्वरका चुनिएका मानिसहरू भेला हुँदा तिनीहरूले त्यति धेरै प्रतिफल प्राप्त गर्नेछैनन्, जसले गर्दा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कठिनाइहरू हुनेछन्। परमेश्वरका चुनिएका मानिसहरूका समस्याहरू वृद्धि पनि हुनेछन् र ती समाधान हुनेछैनन्, र सत्यता अभ्यास गर्न सक्ने कतिपय मानिसहरू पनि व्याकुल हुनेछन्; मण्डली जीवनको वातावरण पूर्ण रूपमा परिवर्तन हुनेछ, यस्तो लाग्छ मानौँ अँध्यारो बादलले घामलाई ढाकेको छ। के त्यसपछि पनि मण्डली जीवनमा आनन्द हुनेछ र? यो कुरामा निश्चय नै सम्झौता भएको हुनेछ, र यो सानोतिनो रूपमा हुनेछैन। मण्डलीमा, सत्यता पछ्याउनेहरू अल्पसङ्ख्यक हुन्छन्। यदि यो अल्पसंख्यक दमन र निष्कासनमा पर्यो भने, यो भन्न सकिन्छ कि अब उप्रान्त मण्डली जीवन नै रहनेछैन। यदि मानिसहरूले यो परिणाम देख्न सक्दैनन् भने, तिनीहरूले निर्वाचनलाई ध्यान दिने वा वास्तै गर्नेछैनन्। यदि धेरैजसो मानिसहरूले निर्वाचनलाई गम्भीरतासाथ लिँदैनन्, सिद्धान्तहरू पालना गर्दैनन्, निर्वाचनलाई यति नकारात्मक रूपमा लिन्छन्, अनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूको इशारामा चल्छन् भने, दुष्ट मानिसहरू वा सत्यतालाई प्रेम नगर्ने मानिसहरू मण्डली अगुवा बनेपछि, परमेश्वरका चुनिएका धेरैजसो मानिसहरूले आफ्नो जीवन प्रवेशमा घाटा भोग्नेछन्। त्यसकारण, मण्डली निर्वाचनका परिणामहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन वृद्धि र मण्डलीको भविष्यमा सीधै असर पार्छन्। यो कुरा परमेश्वरका चुनिएका मानिसहरूले स्पष्ट रूपमा बुझ्नुपर्छ र नकारात्मक मनोवृत्ति पटक्कै अपनाउनु हुँदैन। कतिपय भ्रमित मानिसहरूले यो कुरा देख्न सक्दैनन्; तिनीहरू सधैँ आफ्नै कल्पनाहरूमा भर पर्छन्, र यस्तो सोच्छन्, “मण्डलीको हरेक व्यक्ति इमानदार विश्वासी हो, त्यसकारण जोसुकै व्यक्ति निर्वाचित हुन सक्छ; दाजुभाइ वा दिदीबहिनी जोसुकै अगुवा हुन सक्छ।” तिनीहरूले मण्डली निर्वाचनलाई अत्यन्तै सरल रूपमा हेर्छन्, जसले गर्दा धेरै नकारात्मक र गलत विचार र दृष्टिकोणहरू पैदा हुन्छन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरू साँच्चै नै अगुवा र कामदारहरूको रूपमा निर्वाचित भए भने, मण्डलीको काममा हानि हुनेछ, र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा अपरिहार्य रूपमै हानि हुनेछ। त्यो बेला, मानिसहरूले सिद्धान्तहरूअनुसार निर्वाचन गरिनु कति महत्त्वपूर्ण छ भनेर महसुस गर्नेछन्।
हरेक मण्डलीमा केही मान्छे खुसी पार्दै हिँड्ने मानिस हुन्छन्। यी मान्छे खुसी पार्दै हिँड्ने मानिसहरूलाई निर्वाचनमा हेराफेरी र अवरोध गर्ने दुष्ट मानिसहरूबारे कुनै समझ हुँदैन। तिनीहरूमा थोरै समझ भए पनि, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। मण्डली निर्वाचनमा देखा पर्ने कुनै पनि समस्याहरूप्रतिको तिनीहरूको मनोवृत्ति “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन” भन्ने हुन्छ। तिनीहरूले अगुवा को बन्छ त्यसले फरक पार्दैन र त्यस कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्ने सोच्छन्। खुशीसाथ आफ्नो दैनिक जीवन बिताउन पाउन्जेलसम्म, तिनीहरूलाई ठिकै लाग्छ। यस्ता मानिसहरू तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू मान्छे खुसी पार्दै हिँड्ने मानिसहरू हुन्, र तिनीहरूलाई अविश्वासी पनि भन्न सकिन्छ। यी मानिसहरू सत्यता पछ्याउँदैनन्; तिनीहरूले देहसुखको लालसा गर्दै सहज जीवन जिउने प्रयास मात्रै गर्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र अत्यन्तै धूर्त हुन्छन्। के समाजमा त्यस्ता मानिसहरू धेरै छन्? जुनसुकै राजनीतिक पार्टी सत्तामा भए पनि, तिनीहरू एकदमै प्यारा हुन्छन्, तिनीहरू आफ्ना सामाजिक सम्बन्धहरूलाई एकदम राम्ररी सम्हाल्न सक्छन्, र तिनीहरू आरामपूर्वक जिउँछन्; जुनसुकै राजनीतिक अभियान उत्पन्न भए पनि, तिनीहरू त्यसमा फस्दैनन्। यिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? यिनीहरू सबैभन्दा छली, सबैभन्दा धूर्त मानिस हुन्, यिनीहरू “चिप्ले माछाहरू” र “बूढो सर्पहरू” भनेर चिनिन्छन्। तिनीहरू अलिकति पनि सिद्धान्त नपछ्याई शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू जोसँग शक्ति छ, त्यसैलाई ध्यान दिन्छन्, त्यसैको चापलुसी गर्छन्, र त्यसैको गुनगान गाउँछन्। तिनीहरू आफूभन्दा माथिकाहरूलाई बचाव गर्नेबाहेक अरू केही गर्दैनन्, र तिनीहरूलाई कहिल्यै चिढ्याउँदैनन्। तिनीहरूका वरिष्ठहरूले जति धेरै दुष्कर्म गरे पनि, तिनीहरूले विरोध पनि गर्दैनन् वा समर्थन पनि गर्दैनन्, बरु आफ्ना विचारहरू भित्री रूपमा लुकाएर राख्छन्। शक्तिमा जो भए पनि तिनीहरू एकदमै प्यारा हुन्छन्। शैतान र दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्। किन दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्? किनभने तिनीहरूले दियाबलस राजाहरूका मामलाहरू बरबाद पार्दैनन् र तिनीहरूको लागि कुनै खतरा पैदा गर्दैनन्। यस्तो व्यक्ति सिद्धान्तअनुसार चल्दैन, उसको आचरणको कुनै आधार हुँदैन, र उसमा निष्ठा र मर्यादाको कमी हुन्छ; उसले समाजका प्रचलनहरू पछ्याउँछ र ऊ शैतानका राजाहरूसामु झुक्छ, र उसले आफूलाई तिनीहरूको रुचिअनुसार समायोजित गर्छ। के मण्डलीमा त्यस्ता मानिसहरू पनि हुँदैनन् र? के त्यस्ता मानिसहरू विजेता हुन सक्छन्? के तिनीहरू ख्रीष्टका असल सिपाहीहरू हुन्? के तिनीहरू परमेश्वरका साक्षी हुन्? जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले टाउको उठाउँछन् र मण्डलीको काममा बाधा दिन्छन्, तब के त्यस्ता मानिसहरूले खडा भएर यिनीहरूविरुद्ध युद्ध गर्न, यिनीहरूलाई खुलासा गर्न, चिन्न, र त्याग्न, र यिनीहरूका दुष्कर्महरू रोक्न र परमेश्वरको गवाही दिन सक्छन्? अवश्य नै सक्दैनन्। यी चिप्ले माछाहरू परमेश्वरले सिद्ध पार्नुहुने वा मुक्ति दिनुहुने मानिसहरू होइनन्। तिनीहरूले परमेश्वरको गवाही दिने वा उहाँको घरका हितहरू कायम गर्ने कहिल्यै गर्दैनन्। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, ती मानिसहरू उहाँलाई पछ्याउने वा उहाँमा समर्पित हुने मानिस होइनन्, बरु भीडको पछि लागेर अन्धाधुन्ध समस्या खडा गर्ने मानिस, शैतानको गिरोहका सदस्यहरू हुन्—उहाँले आफ्नो काम पूरा गरेपछि हटाउने मानिसहरू ती नै हुन्। परमेश्वर यस्ता नीचहरूलाई कदर गर्नुहुन्न। तिनीहरूसँग न त सत्यता हुन्छ न त जीवन नै; तिनीहरू पशु र दियाबलसहरू हुन्; तिनीहरू परमेश्वरको मुक्ति पाउन र उहाँको प्रेमको आनन्द लिन लायक हुँदैनन्। त्यसकारण, परमेश्वर त्यस्ता मानिसहरूलाई सहजै त्याग्नुहुन्छ र हटाउनुहुन्छ, अनि मण्डलीले तिनीहरूलाई अविश्वासी मानेर तुरुन्तै निकाल्छ। तिनीहरूसँग परमेश्वरको लागि साँचो हृदय हुँदैन, त्यसैले के परमेश्वरले तिनीहरूलाई वास्तविक भरणपोषण दिनुहुनेछ? के उहाँले तिनीहरूलाई अन्तर्दृष्टि र मद्दत दिनुहुनेछ? दिनुहुनेछैन। जब मण्डली निर्वाचनको बेला हस्तक्षेप र बाधाहरू आउँछन्, र दुष्ट मानिसहरूले निर्वाचनको नतिजा नियन्त्रित र प्रभावित पार्छन्, तब ती मानिसहरू परमेश्वरको घरका हितहरू रक्षा गर्न परमेश्वरको पक्षमा खडा हुँदै हुँदैनन्। तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधीहरूसँग अन्त्यसम्म लड्न, र शैतानका शक्तिहरूसँग भिड्न सत्यता सिद्धान्तहरू पटक्कै पालना गर्दैनन्। तिनीहरूले अवश्यै यसो गर्दैनन्, तिनीहरूमा साहसको कमी हुन्छ। त्यसैले, परमेश्वरको गवाही दिन सक्नेहरूले ती मानिसहरूलाई खुट्ट्याउनुपर्छ र आफूले बुझेका सत्यताहरू वा शैतानबारे आफूले प्राप्त गरेका खुट्ट्याउने क्षमताबारे ती मानिसहरूसँग सङ्गति गर्नु हुँदैन। यदि तैँले तिनीहरूसँग यी कुराहरूबारे सङ्गति गरिस् नै भने पनि, यो व्यर्थ हुन्छ; तिनीहरू सत्यताको पक्षमा खडा हुँदैनन्। सहकर्मी र साझेदारहरू छनौट गर्दा, तैँले त्यस्ता मानिसहरूलाई बहिष्कार गर्नुपर्छ र छनौट गर्नु हुँदैन। तैँले किन तिनीहरूलाई छनौट गर्नु हुँदैन? किनभने तिनीहरू चिप्ले माछाहरू हुन्; तिनीहरू परमेश्वरको पक्षमा खडा हुँदैनन्, सत्यताको पक्षमा खडा हुँदैनन्, र शैतानविरुद्ध लड्न तँसँग हृदय र मनमा एक हुँदैनन्। यदि तैँले तिनीहरूलाई आफ्नो हृदयदेखि आएका शब्दहरू भनिस् भने, तँ मूर्ख र शैतानको हाँसोको पात्र बन्छस्। त्यस्ता मानिसहरूसँग सत्यता सङ्गति गर्ने वा अर्ती दिने नगर्, र तिनीहरूप्रति कुनै आशा नराख्, किनभने परमेश्वरले ती मानिसहरूलाई पटक्कै मुक्ति दिनुहुन्न। तिनीहरू परमेश्वरसँग एउटै हृदय र मन भएका मानिसहरू होइनन्; तिनीहरू टाढैबाट युद्ध मच्चिएको हेर्ने रमितेहरू हुन्, तिनीहरू चिप्ले माछाहरू हुन्। यस्ता मानिसहरू उत्साह हेर्न र भीडको पछि लागेर अन्धाधुन्ध समस्या खडा गर्न मात्रै परमेश्वरका घरमा घुसपैठ गर्छन्। तिनीहरूसँग कुनै इन्साफको बोध हुँदैन र कुनै जिम्मेवारीबोध हुँदैन; तिनीहरूमा दुष्ट मानिसहरूले हानि गरेका असल मानिसहरूप्रति सहानुभूतिसमेत हुँदैन। त्यस्ता मानिसहरूलाई दियाबलस र शैतानहरू भन्नु सबैभन्दा उचित कुरा हो। यदि इन्साफको बोध भएको कसैले दुष्ट मानिसहरूलाई खुलासा गर्यो भने, तिनीहरू उसलाई हौसला वा साथसमेत दिँदैनन्। त्यसकारण, यी मानिसहरूलाई कहिल्यै भरोसा नगर्; तिनीहरू चिप्ले माछा, छेपारो, बूढो स्याल हुन्। तिनीहरू परमेश्वरका इमानदार विश्वासी होइनन् बरु शैतानका नोकरहरू हुन्। यी मानिसहरूलाई कहिल्यै मुक्ति दिन सकिँदैन, र परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न; यो परमेश्वरको स्पष्ट इच्छा हो। सम्भवतः धेरैजसो मण्डलीहरूमा त्यस्ता मानिसहरू पक्कै हुन्छन्। तिनीहरू को हुन् भनेर देख्नको लागि आफ्नो मण्डलीको वरपर हेर्। जब परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूसँग सत्यतामा कहिल्यै सङ्गति नगर्, र तँलाई वास्तवमा के भइरहेको छ भनेर तिनीहरूलाई नदेखा। त्यस्ता मानिसहरूप्रति सावधान बन् र तिनीहरूसँग संलग्न नहो। परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने र इन्साफको बोध भएका मानिसहरू खोज्—जब तिनीहरूले परमेश्वरको घरका हितहरूमा हानि भइरहेको, मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा वा हेराफेरी भइरहेको देख्छन्, तब तिनीहरू चिन्तित र क्रोधित हुन्छन्; मण्डलीमा बाधा दिने यी दुष्ट मानिसहरूलाई तिनीहरूले गहन रूपमा घृणा गर्छन्; तिनीहरू खडा भएर दुष्ट मानिसहरूलाई खुलासा गर्न चाहन्छन् र सत्यता बुझेका मानिसहरूसँग मिलेर दुष्ट पिशाचहरूसँग लड्ने उत्कट इच्छा गर्छन्। त्यस्ता मानिसहरूसँग सङ्गति गर् र शैतानविरुद्ध लड्न तिनीहरूसँग हातेमालो गर्। यी मानिसहरू विजेताहरू हुन्, ख्रीष्टका असल सिपाहीहरू हुन्; यी मानिसहरूले मात्रै ख्रीष्टको राज्यमा भागीदारी पाउँछन्। मान्छे खुसी पार्दै हिँड्ने मानिसहरू, वृद्ध सर्पहरू, छेपाराहरू, र भावशून्य र मूर्ख मानिसहरू सबै खुलासा भएका छन्; तिनीहरू हटाइनुपर्ने पात्रहरू हुन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्, तिनीहरू परमेश्वरको घरका मानिसहरू होइनन्, तर भरोसा गर्न लायक नरहेका अविश्वासी र अवसरवादीहरू हुन्। यी मानिसहरूलाई व्यवहार गर्ने तरिका यही हो: यदि तिनीहरूले दुष्कर्म गर्न सक्छन् भने, तिनीहरूलाई पखालेर फालिदे; यदि तिनीहरू दुष्ट मानिसहरू होइनन् र मण्डलीमा बाधा दिन दुष्ट मानिसहरूलाई पछ्याउँदैनन् भने, तिनीहरू मण्डलीमा अस्थायी रूपमा रहन सक्छन्, र यसबीच तिमीहरूले तिनीहरूको पश्चात्ताप कुर्नुपर्छ। एक हिसाबमा, यी मानिसहरूको स्वभाव, मानवता, र विभिन्न मामलाहरूप्रतिको दृष्टिकोण र मनोवृत्ति अवलोकन गर्ने र बुझ्ने गर, र त्यस्ता मानिसहरूको सार पत्ता लगाउँदै समझशक्तिको अभ्यास गर। यसको साथै, जब दुष्ट मानिसहरूले निर्वाचनमा हेराफेरी र अवरोध गर्छन्, तब मान्छे खुसी पार्दै हिँड्ने यी मानिसहरूले दुष्ट मानिसहरूको पक्षमा खडा भएर, तिनीहरूको सेवक र मतियारको रूपमा काम गर्दा सतर्क होओ। छोटकरीमा भन्दा, दुष्ट मानिसहरूले निर्वाचनमा हेराफेरी र अवरोध गर्ने सबै अनुचित व्यवहारहरूका हकमा, परमेश्वरका वचनहरूअनुसार समझशक्ति प्रयोग गर्नु अत्यावश्यक छ; जब तैँले तिनीहरूको सार स्पष्ट रूपमा देख्नेछस्, तब सिद्धान्तहरूअनुसार तिनीहरूलाई कसरी उचित रूपमा सम्हाल्ने भन्ने तँलाई थाहा हुनेछ।
भर्खरै, हामीले निर्वाचनमा हेराफेरी र अवरोध गर्ने केही घटनाहरू र कतिपय मानिसहरूका कार्यहरूबारे सङ्गति गर्यौँ। हरेक पक्ष त समेटिएन, तर यी समस्याहरू समाधान गर्ने सिद्धान्तहरूबारे आधारभूत रूपमा सङ्गति गरियो। मण्डलीभित्र निर्वाचनमा हेराफेरी र अवरोध गर्ने मानिसहरू पत्ता लगाएपछि, तिमीहरूले खडा भएर तिनीहरूलाई प्रतिबन्धित गर्नुपर्छ। जे पनि मान्ने वा मान्छे खुशी पार्ने मानिसहरूजस्तो व्यवहार गर्ने नगर। यदि कसैले सधैँ निर्वाचनमा हेराफेरी र अवरोध गर्ने प्रयास गर्छ भने, यो प्रवृत्ति देखा पर्नेबित्तिकै, दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा खडा भएर तिनीहरूलाई रोक्नुपर्छ र खुलासा गर्नुपर्छ। यदि तिनीहरूले अन्योलतामा यसो गरिरहेका छन्, र यसलाई निर्वाचनमा हेराफेरी र अवरोध गरेको मानिन्छ भन्ने कुरा तिनीहरूलाई थाहा छैन भने, तिमीहरूले तिनीहरूलाई यसो भनेर व्याख्या गरिदिन सक्छौ: “तिमीले निर्वाचनमा हेराफेरी र अवरोध गरिरहेका छौ। शैतानको नोकरको भूमिका नखेल। यो मण्डली अगुवाहरूको निर्वाचन हो, मेयर वा नगरप्रमुखहरूको निर्वाचन होइन। यो कामको लागि परमेश्वरको घरका आफ्नै नियमहरू र आफ्नै सिद्धान्तहरू छन्। मानव अभिप्रायहरू यसमा मिसिनु हुँदैन; हामीले यो कामको लागि सत्यता सिद्धान्तहरू कडाइसाथ पालना गर्नुपर्छ। यदि तिम्रो क्षमता कमजोर छ र तिमीले सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनौ, वा यदि तिमी वृद्ध र भ्रमित छौ, र तिमीसँग निर्वाचनमा सहभागी हुनको लागि चाहिने बुद्धिको कमी छ भने, तिमी यसबाट अलग बस्न र परिणाम कुरेर बस्न सक्छौ, तर तिमीले कुनै पनि हालतमा निर्वाचनमा हेराफेरी वा अवरोध गर्नु, वा हस्तक्षेप गर्नु र बाधाहरू निम्त्याउनु हुँदैन; यी दुष्ट कार्यहरू हुन्, र परमेश्वरले यी कुरा घिनाउनुहुन्छ। यस्ता दुष्ट कार्यहरूलाई सधैँको लागि दोषी ठहराइन्छ; कहिल्यै यस्तो व्यक्ति नबन वा यो मार्ग नपछ्याऊ। यदि तिमी साँच्चै नै मानव हौ भने, निर्वाचनमा हेराफेरी र अवरोध गर्नमा संलग्न नहोऊ, किनभने यो तथ्य बनेपछि, तिमीलाई शैतानको नोकर भनेर चित्रण गरिनेछ र मण्डलीबाट निकालिनेछ।” यदि निर्वाचनमा हेराफेरी र अवरोध गर्ने मानिसहरू पत्ता लागे भने, तिनीहरूमध्ये के भयो भन्ने कुरा नबुझ्ने कमजोर क्षमता भएका मानिसहरूलाई प्रेमसाथ सङ्गति, साथ, भरणपोषण र मद्दत प्रदान गर्न सकिन्छ। तर सत्यता सिद्धान्तहरू पूर्ण रूपमा थाहा पाए नि, जानीजानी निर्वाचनमा हेराफेरी र अवरोध गर्ने, र यसविरुद्ध दिइएका चेतावनीहरूसमेत बेवास्ता गर्नेहरूबारे के भन्न सकिन्छ? तिनीहरूको लागि पनि एउटा समाधान छ: तिनीहरूलाई अबदेखि निर्वाचनमा सहभागी हुन दिनु हुँदैन; तिनीहरूको निर्वाचन अधिकार खोस्नुपर्छ। छोटकरीमा भन्नुपर्दा, परिस्थिति सुल्ट्याउन निर्वाचनमा हेराफेरी र अवरोध गर्ने सबै कार्यहरूलाई समान रूपमा खुट्याउनु, रोक्नु, र प्रतिबन्धित गर्नुपर्छ। निर्वाचनमा गलत परिणामहरू आउन नदिन र मण्डलीको काममा बाधा र हानि हुन नदिनको लागि मण्डलीमा त्यस्ता व्यवहार र कार्यहरूलाई अस्तित्वमा रहन दिनु हुँदैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।