अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१९) खण्ड एक

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग सात)

मण्डली जीवनमा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू

अनुचित सम्बन्धमा संलग्‍न हुनेहरूलाई सम्हाल्ने सिद्धान्तहरू

परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान दिने विभिन्‍न मानिस, घटना, र कुराहरूको हकमा, हामीले तिनलाई जम्‍मा एघार वटा समस्याहरूमा विभाजन गरेका छौं। यसभन्दा पहिले, हामीले छैटौं समस्याबारे सङ्गति गरेका थियौँ, र त्यो थियो—अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु। यसले मुख्य रूपमा केलाई जनाउँछ? अरूलाई बेपर्वाहसित प्रलोभनमा पार्नु र यौनिच्छाका सम्बन्धहरूमा संलग्‍न हुनु। यो पक्षबारे के सङ्गति गरिएको थियो? जब त्यस्ता मानिसहरू मण्डलीमा देखा पर्छन्, तब तिनीहरूलाई कसरी निराकरण गरिनुपर्छ? के-कस्ता समाधानहरू छन्? हामीले आँखा चिम्लिएर यसलाई बेवास्ता गर्नुपर्छ कि हामीले सत्यता सिद्धान्तहरूअनुसार समस्या समाधान गर्नुपर्छ? हामी यसबाट टाढा बस्‍नुपर्छ कि संलग्‍न भएकाहरूलाई प्रेमसहित प्रभाव पार्नुपर्छ? हामीले तिनीहरूलाई सत्यता सङ्गति गर्नुपर्छ कि चेतावनी दिनु र निकाल्नुपर्छ? यसलाई सम्हाल्ने सबैभन्दा उचित तरिका के हो? (संलग्‍न मानिसहरूलाई चेतावनी दिनुपर्छ र प्रतिबन्धित गर्नुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्ध गर्न सकिँदैन भने, निकाल्नुपर्छ।) तिनीहरूलाई कसरी प्रतिबन्धित गर्नुपर्छ? के यो गर्न सजिलो छ? जब यस्ता कुराहरू देखा पर्छन्, तब संलग्‍न व्यक्तिहरूलाई प्रतिबन्धित गर्नु सामान्यतया त्यति सजिलो हुँदैन। कति मानिसहरूले यस्तो परिस्थिति देख्छन् र यसलाई अनुचित ठान्छन्, तर बोल्न लाज मान्छन्। कति मानिसहरूले अप्रत्यक्ष रूपमा यसबारे सङ्केत दिन सक्छन्, तर संलग्‍न व्यक्तिहरूले सुन्छन् नै भन्‍ने जरुरी छैन। बेपर्वाहसित अरूलाई प्रलोभनमा पार्न सक्‍ने सबै मानिसहरूको मानवता कस्तो हुन्छ? के तिनीहरू इज्जतदार र सीधा मानिसहरू हुन्? के तिनीहरू सन्तहरूको शिष्टता भएका मानिसहरू हुन्? के तिनीहरू मर्यादा र लज्‍जाबोध भएका मानिसहरू हुन्? (होइनन्।) यदि कसैले तिनीहरूलाई शब्दहरूले मात्रै सम्झायो वा सामान्य रूपमा सत्यता सङ्गति गर्‍यो भने, के यसले समस्या समाधान गर्न सक्छ? सक्दैन। जब यस्तो मामला आउँछ, तब यसको अर्थ तिनीहरूको हृदयमा यो कुरा लामो समयदेखि उब्जिरहेको छ भन्‍ने हुन्छ। त्यो बेला, के यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ? तिनीहरूलाई सहयोग गर्दै प्रेमपूर्ण रूपले प्रभाव पार्ने प्रयास गर्दा समस्या हल हुन सक्छ? (सक्दैन।) त्यसोभए, सर्वोत्तम समाधान के हो? यस्ता मानिसहरूलाई निकाल्‍नु, र तिनीहरूलाई परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र कर्तव्य निर्वाह गर्नेहरूबाट अलग्याउनु, र अरूमाथि बाधा पुर्‍याइरहन र हानि गरिरहन नदिनु हो।

अहिले, कतिपय मण्डलीहरूमा, पुरुष र महिलाले एकअर्कालाई प्रलोभनमा पार्ने घटनाहरू निरन्तर देखा परिरहेका छन्। यी मानिसहरूले, मौका पाए भने एकअर्कालाई प्रलोभनमा पारिहाल्छन्, निकै मनमौजी रूपमा र बिनाकुनै लज्जाबोध व्यवहार गर्छन्। मैले धेरै महिलाहरूलाई प्रलोभनमा पार्ने एउटा पुरुषबारे सुनेको थिएँ; ऊ गम्भीर प्रेममा संलग्‍न हुँदैनथ्यो, तर आफूले भेटेको कुनै पनि महिलालाई उसले बेपर्वाहसित प्रलोभनमा पार्थ्यो र पछिपछि लाग्थ्यो। कति मानिसहरू भन्छन्, “उसले सामान्य अन्तरक्रिया मात्रै गरिरहेको छ; उसको अन्तरक्रिया गर्ने शैली नै त्यस्तै हो।” धेरैजसो मानिसहरूले अन्तरक्रिया गर्ने त्यो तरिकालाई आत्मिक वृद्धि नगर्ने, बीभत्स, र घृणास्पद ठान्छन्। के यो समस्या होइन र? के यसले त्यस्ता सम्बन्धहरू अनुचित छन् भन्‍ने प्रमाणित गर्न सक्छ? यदि दुई जनाको डेटिङले तिनीहरूको आफ्नै कर्तव्यमा मात्र नभई, अरूको कर्तव्यमा पनि असर पार्छ भने, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ। तिनीहरूलाई मण्डली जीवनभित्र डेट गर्न दिइनु हुँदैन विशेष गरी पूर्णकालीन कर्तव्य मण्डलीमा, किनभने यसले अरूको कर्तव्य निर्वाहमा असर पार्छ र मण्डलीको काममा हानि गर्छ। जब तिनीहरूले आफ्नो कर्तव्यमा ध्यान दिन सक्छन्, तब तिनीहरू कर्तव्य निर्वाह गर्न पूर्णकालीन कर्तव्य मण्डलीमा फर्केर आउन सक्छन्। कति मानिसहरू गम्भीर डेटिङमा संलग्‍न हुँदैनन्, केवल बेपर्वाहसित अरूलाई प्रलोभनमा पार्ने र पछिपछि लाग्‍ने गर्छन्, कामुक इच्छाहरूसँग खेल्छन्, मण्डली जीवनमा बाधा दिन्छन्, मानिसहरूको मुडमा असर पार्छन्, र यसरी अरूलाई बाधा दिन्छन्। यो परिस्थितिले मण्डलीको काममा बाधा दिन्छ र यसलाई सिद्धान्तहरूअनुसार सुल्झाउनुपर्छ र सम्हाल्नुपर्छ; यी मानिसहरूलाई समयमै अलग गर्नुपर्छ र निकाल्‍नुपर्छ। के यो समस्या सम्हाल्न सजिलो छ? कसैलाई पनि मण्डली जीवन र मण्डलीको काममा बाधा र व्यवधान ल्याउन दिनु हुँदैन, र त्यस्ता समस्याहरू सिद्धान्तहरूअनुसार सुल्झाउनुपर्छ। कति मानिसहरू भन्छन्, “त्यस्ता परिस्थितिहरूमा तिनीहरूलाई निराकरण गरियो भने, तिनीहरूको कर्तव्य सम्हाल्ने कोही हुँदैन, र त्यसैले तिनीहरूलाई निराकरण गर्न सकिँदैन; तिनीहरूलाई चाहेअनुसार अघि बढ्न र अरूलाई प्रलोभनमा पार्न दिनुपर्छ। तिनीहरूले अरूलाई जे-जसरी प्रलोभनमा पारे पनि, यसलाई अनुमति दिनुपर्छ।” के परमेश्‍वरको घरमा त्यस्तो नियम छ? त्यस्ता मानिसहरूलाई कसरी निराकरण गर्ने भन्‍ने विषयमा गरिएको पछिल्‍लो भेलाको सङ्गतिमा त्यस्तो सिद्धान्त थियो? (थिएन।) त्यस्ता परिस्थितिहरू सामना गर्दा, मण्डली अगुवा र सुपरिवेक्षकहरू अन्योलमा पर्छन् र तिनलाई कसरी सम्हाल्ने भनेर जान्दैनन्, जसले गर्दा यी मानिसहरूले बेपर्वाहसित मण्डलीमा अरूलाई प्रलोभनमा पार्छन्, अनि धेरैजसो मानिसहरूलाई असहज महसुस हुन्छ र तिनीहरू हृदयमा आत्मिक वृद्धि रहित नै रहन्छन्, र तिनीहरूको हृदयमा घृणा त हुन्छ तर तिनीहरूले बोल्‍न हिचकिचाउँछन्, र त्यसकारण यसलाई सहन तिनीहरू बाध्य हुन्छन्। अगुवा र सुपरिवेक्षकहरूले के विश्‍वास गर्छन् भने, मण्डलीको काम र परमेश्‍वरको घर यी मानिसहरूविना अघि बढ्न सक्दैन, र यदि यी बेपर्बाह प्रलोभनकर्ताहरूलाई हटाइयो भने, काम गर्ने हातहरू थोरै हुनेछन्। के यो तर्क सही छ? (छैन।) यो कसरी गलत छ? (यी मानिसहरूले काम गर्न सक्दैनन्; तिनीहरूमा काम गर्ने दिमागै हुँदैन।) ठीक भन्यौ। तिमीहरूलाई के लाग्छ, अरूलाई बेपर्बाहसित प्रलोभनमा पार्न सक्‍ने मानिसहरू कस्ता हुन्छन्? तिनीहरूमा कुनै संयम हुँदैन; तिनीहरू अविश्‍वासी, गैरविश्‍वासीहरू हुन्। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने, सत्यताप्रति वितृष्ण रहने, तिनीहरूमा थोरै विश्‍वास हुने, तिनीहरू कलिला हुने, र तिनीहरूको जग सतही हुने मात्र होइन—यसमा अरू धेरै कुरा पनि हुन्छन्। के परमेश्‍वरमा विश्‍वास नगर्ने गैरविश्‍वासीहरू सबैले बेपर्बाहसित अरूलाई प्रलोभनमा पार्न सक्छन्? के तिनीहरू सबैले व्यभिचार गर्न सक्छन्? तिनीहरूमध्ये केही मात्र त्यस्ता हुन्छन्; तिनीहरूको एउटा सानो जमातले त अझै पनि निष्ठा र गरिमालाई महत्त्व दिन्छन्, आफ्नो प्रतिष्ठाबारे वास्ता गर्छन्, र तिनीहरूमा आत्मआचरणको एउटा आधारबिन्दु हुन्छ। परमेश्‍वरका यी तथाकथित विश्‍वासीहरू गैरविश्‍वासीहरूभन्दा असल छैनन्, त्यसकारण के तिनीहरूलाई गैरविश्‍वासी र अविश्‍वासीहरू भन्‍नु अतिशयोक्ति हो त? (होइन।) यी मानिसहरूले परमेश्‍वरको घरमा केही श्रम गर्न सक्‍ने भए पनि, तिनीहरूको प्रकृतिको हिसाबमा, तिनीहरू अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्। तिनीहरूले गर्ने कुनै पनि कुरामा तिनीहरूसँग सिद्धान्तहरू हुँदैनन्, र कुनै आधार, कुनै इज्जत, र कुनै लज्‍जाबोधविनै तिनीहरूले आफ्‍नो आनीबानी प्रस्तुत गर्छन्। गैरविश्‍वासीहरूसमेत “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्‍ने विचारमा चल्छन्; तर यी मानिसहरू भने आफ्नो अभिमानसमेत जोगाउन चाहँदैनन्, त्यसकारण के तिनीहरूले सत्यता चाहन सक्छन् त? के तिनीहरू परमेश्‍वरको लागि इमानदारीसाथ समर्पित हुन सक्छन् त? के तिनीहरूले आफ्नो कर्तव्यमा सिद्धान्तहरूअनुसार काम गर्न सक्छन् त? अवश्य नै सक्दैनन्! तिनीहरूले श्रम मात्रै गरिरहेका हुन्छन्। श्रम मात्रै गर्ने मानिसहरूमा कुनै सत्यता हुँदैन; तिनीहरूको श्रमले बाधा र व्यवधान दिन्छ, र कर्तव्य पूरा गर्ने मापदण्ड पूरा गर्दैन। बाहिरी रूपमा तिनीहरूले कर्तव्य निर्वाह गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूसँग सिद्धान्तहरूबारे जे-जसरी सङ्गति गरे नि तिनीहरूले सुन्दैनन्। तिनीहरूले जे मन लाग्छ त्यही गर्छन्, सिद्धान्तहरूअनुसार काम गर्दैनन्। जब यी मानिसहरूले प्रवचनहरू सुन्छन्, तब तिनीहरूको आनीबानी र अभिव्यक्तिले अविश्‍वासीको रूपमा तिनीहरूको सार खुलासा गर्छन्। अरू मानिसहरू सीधा बसेर, गम्भीरतापूर्वक र ध्यान दिएर सुन्छन्, तर यी मानिसहरूले कसरी सुन्छन्? कति मानिसहरू त टेबलमा अडेस लागेर बस्छन्, बारम्बार जिउ तन्काउँछन् र हाइ काड्छन्, र तिनीहरू राम्ररी बस्दैनन्, र मानवजस्तो देखिँदैनन्। मानवजस्तो नदेखिने मानिसहरू कस्ता मानिसहरू हुन्? तिनीहरू बिलकुलै मानव होइनन्; तिनीहरूले मानवको जस्तो वस्‍त्र मात्रै लगाउँछन्। यी “सरीसृपहरू” को समूह प्रवचन सुन्न आउँदा तिमीहरूलाई कस्तो लाग्छ? के तिमीहरूलाई यो कुराले असहज तुल्याउँदैन? (तुल्याउँछ।) यो समूह घृणित देखिन्छ, र तिनीहरूलाई देख्दा मलाई बोल्न पनि मन लाग्दैन। म “सरीसृपहरू” सँग नभई मानवसँग बोल्छु। के यसरी प्रवचन सुन्‍ने मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको स्थितिमा सुधार आउन सक्छ? के तिनीहरूले आफ्नो कर्तव्य जति धेरै निर्वाह गर्छन्, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास त्यति नै बढ्न सक्छ र के तिनीहरूले त्यति नै स्पष्ट रूपमा सत्यता बुझ्न सक्छन्? अवश्य नै सक्दैनन्! तिनीहरूले आफ्नो कर्तव्य जे-जसरी पूरा गरे नि, तिनीहरूको कद र विश्‍वास बढ्दैन। तिनीहरूले लापरवाही ढङ्गले र बिनाकुनै संयम सबै कुरा गर्छन्, र कुनै चेतना, आत्मनिन्दा, वा अनुशासनविना देहका वासना र भ्रष्ट स्वभावहरूमा जिउँछन्—तिनीहरू गैरमानवहरू हुन्! त्यस्ता मानिसहरूको हकमा त, तिनीहरूले गरेका अरू खराब कुराहरू वा तिनीहरूले गरेका सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने कार्यहरूसमेत विचार गर्नुपर्दैन, तिनीहरूलाई निकाल्‍नका लागि तिनीहरू अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु नै पर्याप्त हुन्छ। यो अत्यन्तै सरल मामला हो, तैपनि यसलाई कसरी सम्हाल्ने भन्‍ने नजानेर मण्डली अगुवा र सुपरिवेक्षकहरू टाउको कन्याउँछन्। यो कुरा सम्हाल्न निकै सजिलो छ; यो विषयमा पहिल्यै सङ्गति गरिएको छ। यसलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ, र निकालिनुपर्नेहरूलाई निकालिनुपर्छ। यसबारेमा अनावश्यक विचार नगर्; तिनीहरू नहुँदा परमेश्‍वरको घरको काम राम्ररी अघि बढ्छ। मलाई भन् त, कसैले कहीँ कुकुरको दिसा वा मल भेट्टाए भने के गर्नुपर्छ? तिनीहरूले तुरुन्तै सफा गर्नुपर्छ; समयमै सफाइ गरिएन भने, तुरुन्तै झिँगा र लाम्खुट्टेहरू आउनेछन्, र यस्तो ठाउँमा मानिसहरूलाई शान्ति हुन सक्दैन। मैले यो सब भन्‍नुको अर्थ के हो? (मण्डलीमा अनुचित सम्बन्धमा संलग्‍न हुने समस्या सुल्झाउने पहिलो कदम भनेको ती दुष्ट अविश्‍वासीहरूलाई सफा गर्नु हो।) हो, मेरो मतलब ठीक त्यही हो। यदि मण्डलीमा “दुर्गन्धित कुकुरको दिसा” जस्ता मानिसहरू छन् भने, तिनीहरूले अवश्य नै केही “दुर्गन्धित झिँगाहरू” आकर्षित गर्नेछन्। कुकुरको दुर्गन्धित दिसा सफा गरेपछि, यी झिँगाहरू आफै हराउनेछन्। के यो समाधान होइन र? के यो समाधान उचित छ? (छ।) त्यस्ता समस्या सुल्झाउने क्रममा, कति मण्डली अगुवाहरू सधैँ यस्तो चिन्ता गर्छन्, “यदि हामीले अरूलाई बेपर्वाहसित प्रलोभनमा पार्नेहरूलाई सफा गर्‍यौँ भने, के काम गर्ने मानिसहरू थोरै हुनेछैनन् र?” के यो समस्या हो? (होइन।) किन होइन? यो चिन्तालाई कसरी समाधान गर्नुपर्छ? मानिसहरूप्रतिका मापदण्डहरू अत्यन्तै कडा भएकाले, यदि काम गर्न सक्‍नेहरूलाई सफा गरियो भने, कामको यो भाग पूरा गर्नको लागि कोही हुनेछैन भन्‍ने सोच्दै तिनीहरूले गरेको चिन्ता उचित नै भए नि, के तिनीहरूको स्थानमा अरू सक्षम मानिसहरू भेट्टाउनु सजिलो हुँदैन र? (हुन्छ।) अनि यदि तुरुन्तै प्रतिस्थापनको लागि मानिसहरू भेट्टाउन सकिएन भने, उपयुक्त मानिसहरू भेटिएपछि परमेश्‍वरको घरको काममा असर नपारी त्यो पछि पनि गर्न सकिन्छ। उचित काम नगर्ने यी मानिसहरूलाई परमेश्‍वरको घरले समर्थन गर्दैन। यदि तिनीहरूले पश्‍चात्ताप गर्न र उचित काममा ध्यान दिन सक्छन् भने, तिनीहरूले काम जारी राख्‍न सक्छन्, तर यदि तिनीहरूले पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूलाई कर्तव्य निर्वाह गर्नबाट अयोग्य तुल्याइनुपर्छ। के यो उचित र तर्कसङगत कुरा होइन र? परमेश्‍वरको घरले अविश्‍वासी र गैरविश्‍वासीहरूलाई समर्थन गर्नुभन्दा श्रमिकहरूलाई समर्थन गर्छ। के यो सिद्धान्त सही छ? (छ।) यो कुन हिसाबमा सही छ? श्रमिकले सत्यता नपछ्याए नि, ऊ अझै पनि श्रम गर्न तयार हुन्छ, र उसले परमेश्‍वरको घरमा राम्रो र आज्ञाकारी व्यवहार गर्दै मेहनत गर्न सक्छ। उसले मेहनत मात्रै गरिरहेको भए नि, ऊ बफादार हुन्छ, र कम्तीमा पनि ऊ खराब मानिस हुँदैन। परमेश्‍वरको घरले राख्‍ने मानिसहरू यिनीहरू नै हुन्। यदि कुनै व्यक्ति खराब र नीच छ, सधैँ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्‍न हुन्छ भने, र यदि उसले राम्ररी श्रम समेत गर्न सक्दैन र ऊ श्रमिकको मानकअनुरूपको अवस्थामा पुगेको छैन भने, त्यस्ता मानिसहरू गैरविश्‍वासीहरू हुन्, र परमेश्‍वरको घरले तिनीहरूलाई राख्दैन। त्यसकारण, तिनीहरू श्रमिकहरू भएर परमेश्‍वरको घरले तिनीहरूलाई नराख्‍ने होइन, बरु तिनीहरूको श्रम मानकअनुरूप नभएर, अनि तिनीहरूको श्रम लेनदेनपूर्ण समेत हुने भएर यस्तो हुन्छ। यस्तो किन हुन्छ भने, तिनीहरूले सधैँ दुष्कर्म गर्न र बाधाहरू पैदा गर्न चाहन्छन्, र सधैँ मण्डलीमा कुटिल र दुष्ट अभ्यासहरूमा संलग्‍न हुने प्रयास गर्छन्, मण्डलीको कामको सुव्यवस्था बिथोल्छन् र धेरैजसो मानिसहरूको कर्तव्यमा असर पार्छन्। तिनीहरूले मण्डलीको वातावरण भ्रष्ट तुल्याउँछन् र परमेश्‍वरको नामको बेइज्जत गर्छन्—तिनीहरूलाई सफा गर्नुभन्दा उपयुक्त कुरा अरू केही पनि हुन सक्दैन। जहाँ “कुकुरको दुर्गन्धित दिसा” जस्ता मानिसहरू हुन्छन्, तिनीहरूलाई तुरुन्तै सफा गर्नुपर्छ। कुरो बुझ्यौ? (बुझ्यौँ।)

औ. निर्वाचनमा हेराफेरी र अवरोध गर्नु

आज, हामी अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति जारी राख्‍नेछौं: “परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून्।” यो बाह्रौँ जिम्मेवारीको एघाह्रौँ समस्या के हो? (निर्वाचनमा हेराफेरी र अवरोध गर्नु।) हामीले पहिले पनि ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे सङ्गति र खुलासा गर्दा निर्वाचनमा हेराफेरी र अवरोध गर्नेबारे केही सङ्गति गरेका छौँ, होइन र? (हो।) परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूमा मण्डली निर्वाचनका नियमहरू समावेश छन्। वर्षमा एकपटक निर्वाचन गर्न सकिन्छ, र विशेष परिस्थितिहरूमा पनि निर्वाचन गर्न सकिन्छ। सबै मण्डलीहरूले परमेश्‍वरको घरले तय गरेका सिद्धान्तहरूअनुसार सबै स्तरका अगुवा र कामदारहरू छनौट गर्नुपर्छ। निर्वाचनका नियमहरूमा निर्वाचन सिद्धान्तहरू, मानिसहरूलाई छनौट गर्ने मापदण्डहरू, निर्वाचनका विधि र शैलीहरू, र निर्वाचनको बेला दाजुभाइ-दिदीबहिनीहरूले सचेत हुनुपर्ने र ध्यान दिनुपर्ने विभिन्‍न कुराहरू समावेश छन्। अवश्य नै, हरेक निर्वाचनभन्दा पहिले, सबै स्तरका अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले स्पष्ट रूपमा यी सिद्धान्तहरू बुझ्न सक्छन् भन्‍ने सुनिश्‍चित गर्न निर्वाचन सिद्धान्तहरूका सबै पक्षहरूबारे सङ्गति गर्नुपर्छ। यो तरिकाले निर्वाचनका परिणामहरू अझै राम्रा हुनेछन्। आज हामी निर्वाचनका विस्तृत विवरणहरूबारे सङ्गति गर्नेछैनौँ; आजको सङ्गतिको मुख्य विषय निर्वाचनमा हेराफेरी र अवरोध गर्नुका केही प्रकटीकरणहरू रहेको छ।

क. निर्वाचनमा हेराफेरी र अवरोध गर्नुका प्रकटीकरणहरू

मण्डलीको निर्वाचनमा अगुवा र कामदारहरू हुन सबैभन्दा उपयुक्त उम्मेदवारहरू छनौट गर्नको लागि परमेश्‍वरको घरले तय गरेका निर्वाचन सिद्धान्तहरू कडाइसाथ पालना गरिनुपर्छ। यदि निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गरियो र अरू निर्वाचन विधिहरू प्रयोग गरियो भने, यो झूटा अगुवा र ख्रीष्टविरोधीहरूले गरेको काम हुन्छ। परमेश्‍वरको घरले यस्ता उल्लङ्घनहरूलाई निषेध गर्नुपर्छ र निर्वाचनमा हेराफेरी गर्ने मुख्य व्यक्तिहरूलाई अनुसन्धान गरी निराकरण गर्नुपर्छ। मण्डली निर्वाचनको बेला, विभिन्‍न मानिसहरू प्रकट हुनेछन्, र मानिसहरूका विभिन्‍न मानसिकताहरू खुलासा हुनेछन्। कति मानिसहरूले आफूलाई अगुवाको रूपमा निर्वाचित गराउन वा आफ्नो लागि फाइदाका मानिसहरूलाई निर्वाचित गराउन पर्दापछाडि धेरै कपटी चालहरू चाल्छन्। उदाहरणको लागि, कति मानिसहरू सत्यता पछ्याउनेहरूलाई अगुवा निर्वाचित गरिनेछ र तिनीहरूको हैसियत खतरामा पर्नेछ भन्‍ने डर मान्छन्, र त्यसैले तिनीहरूले यी मानिसहरूले देखाएका कमजोरी र गरेका गल्तीहरूबारे आलोचना गर्न हरप्रयास गर्छन्, र यसरी तिनीहरूलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका अहङ्कारी र आत्मधर्मी भनेर दोष दिने, र आदि इत्यादि गर्ने प्रयास गर्छन्, र यो सबै कार्य तिनीहरूलाई निर्वाचनमा हराउने प्रयासमा गरिएको हुन्छ। अरूहरूले चाहिँ अगुवाको रूपमा निर्वाचित हुनको लागि, निर्वाचन अवधिमा मानिसहरूलाई घुस दिन राम्राराम्रा कुराहरू किनेर दिन्छन् वा मीठामीठा शब्दहरूद्वारा प्रतिज्ञाहरू गर्छन्, र विभिन्‍न माध्यमहरू प्रयोग गरेर कसको पक्ष वा विपक्षमा मतदान गर्ने भनेर अरूलाई उक्साउने र बहकाउने पनि गर्छन्। तिनीहरूले जुनसुकै माध्यम र विधिहरू प्रयोग गरे पनि, ती सबै निर्वाचनमा हेराफेरी गर्न र निर्वाचन परिणामहरू प्रभावित पार्नलाई गरिएका हुन्छन्। मण्डलीले बारम्बार निर्वाचन सिद्धान्तहरू—जस्तै असल मानवता भएका, सत्यता पछ्याउने, र दाजुभाइ-दिदीबहिनीहरूलाई सामान्य रूपमा कर्तव्य पूरा गर्न, परमेश्‍वरका वचनहरू सामान्य रूपमा पढ्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न डोर्‍याउन सक्‍ने मानिसहरूलाई निर्वाचित गर्नेसम्बन्धी, र अरू यस्तै सिद्धान्तहरू—सङ्गति गरे नि यी मानिसहरूले सुन्दैनन् र कपटी चालहरू चाल्न चाहन्छन्। कपटी चालहरू चाल्नु भनेको के हो? यसको अर्थ तिनीहरूले सधैँ धोका दिन चाहन्छन् भन्‍ने हो। तिनीहरूले कहिल्यै पनि को असल छ र को खराब छ भनेर खुलेर मूल्याङ्कन गर्दैनन्, र पर्दापछाडि सधैँ कपटी चालहरू चाल्न र धूर्त युक्ति एवं कपटहरूमा संलग्‍न हुन चाहन्छन्। तिनीहरूले कसलाई निर्वाचित गर्ने र कसलाई निर्वाचित नगर्ने भनेर पर्दापछाडि षड्यन्त्रसमेत गर्छन्, र यसरी सबैलाई सहमतिमा ल्याउने प्रयास गर्छन्। के यी कपटी चालहरू होइनन् र? के यो धोका दिनु होइन र? (हो।) के यो सत्यता सिद्धान्तहरूअनुसार खुल्‍ला र स्पष्ट रूपमा निर्वाचनको रक्षा गर्नु हो? अहँ, होइन—तिनीहरूले त निर्वाचनमा हेराफेरी गर्न दुस्साहसी प्रयासमा मानव युक्ति र विधिहरू प्रयोग गरिरहेका छन्। निर्वाचनमा हेराफेरी गर्नुपछाडिको तिनीहरूको उद्देश्य के हो? तिनीहरूले निर्वाचन परिणामहरू नियन्त्रण गर्न, र आफैलाई निर्वाचित गर्न चाहन्छन्, र आफू निर्वाचित हुन नसक्‍ने भएमा कसलाई निर्वाचित गर्ने भनेर निर्णय गर्न चाहन्छन्, र त्यसकारण तिनीहरूले पर्दापछाडि कपटी चालहरू चाल्छन्। तिनीहरूले मण्डलीको काम वा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशबारे विचार गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूबारे विचार गर्दैनन्; तिनीहरूले आफ्नो व्यक्तिगत हितहरूबारे मात्रै विचार गर्छन्। जब निर्वाचन हुन्छ, तब तिनीहरूका आफ्नै अभिप्राय र इच्छाहरू नै तिनीहरूको सर्वोच्च प्राथमिकता बन्छन्। त्यसोभए तिनीहरूले किन निर्वाचनमा हेराफेरी गर्न चाहन्छन्? यदि कसैले साँचो रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरअघि र सत्यता वास्तविकतामा ल्याउन चाहन्छ भने, के उसले यसरी व्यवहार गर्छ र? के तिनीहरूसँग त्यस्ता महत्त्वाकाङ्क्षाहरू हुन्छन् र? के तिनीहरूले त्यस्तो व्यवहार देखाउँछन् र? अहँ, देखाउँदैनन्। मण्डली निर्वाचनमा धाँधली गर्न चाहने गुप्त मनसाय, महत्त्वाकाङ्क्षा र इच्छा भएकाहरूले मात्रै यसरी व्यवहार गर्छन्। मण्डलीभित्र, तिनीहरूले आफूसँग मित्रता गर्ने, आफूसँग दृष्टिकोण मिल्‍ने, र आफ्‍नो जस्तै मनसाय र उद्देश्य भएका कतिपय मानिसहरूलाई आफ्नो गुटमा तान्छन्, र सामान्यतया कमजोर रहने, त्यति धेरै सत्यता नपछ्याउने, र भ्रमित, अज्ञानी, र सहजै बहकाउ र हेराफेरीमा पर्ने कतिपय मानिसहरूलाई पनि फन्दामा पार्छन् र मण्डली निर्वाचनको काममा बाधा दिने शक्ति निर्माण गर्छन्। तिनीहरूले मण्डलीको विरोध गर्नुको उद्देश्य भनेको आफैलाई निर्वाचित गराउनु, निर्वाचन परिणामहरूमा आफैलाई अन्तिम निर्णय गर्ने बनाउनु हो। तिनीहरू आफूले पूर्वनिर्धारित गरेका मानिसहरू, र आफ्नो लागि फाइदाजनक मानिसहरू नै निर्वाचित गर्न चाहन्छन्। यी मानिसहरू निर्वाचित भए भने, तिनीहरूको षड्यन्त्र सफल भएको हुन्छ। त्यस्तो निर्वाचनको परिणाम सही हुन्छ कि गलत? (गलत।) यो अवश्य नै गलत हुन्छ। दुष्ट मानिसहरूले धाँधली गरेको निर्वाचनबाट निर्वाचित हुनेहरू अवश्य नै दुष्ट मानिसहरूकै लागि फाइदाजनक हुन्छन्। ती दुष्ट मानिसहरूकै लागि किन फाइदाजनक हुन्छन्? किनभने त्यसपछि ती दुष्ट मानिसहरू स्वेच्छाचारी र लापरवाही रूपमा व्यवहार गर्न, र मण्डलीमा उन्मत्त हुन सक्छन्, र कसैले पनि तिनीहरूलाई खुलासा वा प्रतिबन्ध गर्ने आँट गर्दैनन्। तिनीहरूलाई निकालिँदैन, जबकि सत्यता पछ्याउनेहरूलाई तिनीहरूले बहिष्कार गर्छन् र दमन गर्छन्, र मण्डली दुष्टहरूको क्षेत्र बन्‍छ। स्पष्ट रूपमै, दुष्ट मानिसहरूले धाँधली गरेको निर्वाचनको अन्तिम परिणाम अवश्य नै गलत हुन्छ; यो अवश्य नै जनमतविरुद्ध जान्छ र यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ। निर्वाचनको बेला, मण्डली अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरू यी मानिसहरूको सबै व्यवहार र कार्यप्रति सचेत र सतर्क हुनुपर्छ। तिनीहरू यसबारे अन्योलमा रहनु हुँदैन। निर्वाचनमा हेराफेरी र अवरोधका सङ्केतहरू पत्ता लागेपछि, संलग्‍न व्यक्तिहरूलाई प्रतिबन्धित गर्न तुरुन्तै कदमहरू चालिनुपर्छ, र प्रतिबन्धित गर्न सकिँदैन भने, यी मानिसहरूलाई अलग्‍गै राख्‍नुपर्छ। यी मानिसहरू विशेष रूपमा दुस्साहसी र बेलगाम हुन्छन्, र तिनीहरूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। निर्वाचनमा अवरोध गर्न र परिणामहरूमा हेराफेरी गर्न, तिनीहरूले अवश्य नै पर्दापछाडि कपटी चालहरू चाल्छन्, र धेरै कुरा बोल्छन् र गर्छन्। यसबारे के गरिनुपर्छ? यो कुरा सम्हाल्न सजिलो छ। यदि मण्डली अगुवाहरूले समस्या पत्ता लगाए भने, तिनीहरूले यसलाई खुलासा गरेर सार्वजनिक गर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई यो मामलाको गम्भीरता र परिणामहरूबारे, र त्यस्ता कार्यहरूको प्रकृति के हो भन्‍नेबारे सङ्गति गर्न लगाउनुपर्छ। अन्त्यमा, तिनीहरूले निश्‍चित कारबाहीहरू चाल्नुपर्छ। के-कस्ता कारबाहीहरू चाल्नुपर्छ? जसले सधैँ पर्दापछाडि कपटी चालहरू चालिरहेको र निर्वाचनमा हेराफेरी र अवरोध गर्ने प्रयास गरिरहेको हुन्छ, उसलाई ठाडै निप्टाउनुपर्छ र निर्वाचनमा भाग लिनबाट रोक्‍नुपर्छ। यसको अर्थ के हो? यसको अर्थ तिनीहरूको भोट गन्ती हुँदैन। निर्वाचनमा हेराफेरी र अवरोध गर्ने कार्यमा जति जना मानिसहरू संलग्‍न भए पनि, तिनीहरू सबैको भोट खारेज गरिनुपर्छ, र तिनीहरूलाई निर्वाचनमा भाग लिन दिइनु हुँदैन। बहकाउ र बाधामा पारिएको व्यक्ति जो भए नि, जबसम्‍म तिनीहरूले निर्वाचनमा हेराफेरी गर्ने र जानीजानी निर्वाचनमा हानि गर्न दुष्ट मानिसहरूसँग साँठगाँठ गर्ने मानिसहरूको मार्ग पछ्याउँछन्, तबसम्‍म परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुलासा गर्नुपर्छ र निर्वाचनमा भाग लिने तिनीहरूको अधिकार खारेज गर्नुपर्छ। के यो राम्रो तरिका हो? (हो।) यो पूर्णतया मण्डलीको काम रक्षा गर्नको लागि गरिन्छ। के तँ प्रतिबन्धहरू स्विकार्न इन्कार गर्दैनस् र? के तँ परमेश्‍वरको घरका निर्वाचनका सिद्धान्तहरू स्विकार्न इन्कार गर्दैनस् र? के तँ अन्तिम निर्णय आफै गर्न चाहँदैनस् र? यदि अन्तिम निर्णय तेरै हुन्छ भने, त्यो अन्तिम निर्णय शैतानले गरिरहेको हुन्छ। परमेश्‍वरको घर र मण्डली सत्यताले शासन गर्ने ठाउँहरू हुन्; शैतानलाई निर्णय गर्न दिइनु हुँदैन। तैँले कपटी चालहरू चाल्‍न र जानीजानी निर्वाचनमा हेराफेरी र अवरोध गर्न चाहने हुनाले, कुरा सरल छ—तेरो भोट रद्द हुन्छ। तैँले जसलाई भोट दिए पनि, त्यसको कुनै काम हुँदैन; तेरा कुनै पनि विचारहरू मान्य हुँदैनन्, र तैँले निर्वाचनमा उठ्न जिद्दी गरे पनि, त्यसले काम गर्दैन। परमेश्‍वरको घरमा प्रशासनिक आदेश र नियमहरू छन्, र यस निर्वाचनमा भाग लिने तेरो अधिकार खोसिएको र रद्द गरिएको छ। यदि तैँले अझै पनि अर्को निर्वाचनमा बाधा दिइस् भने, निर्वाचनमा भाग लिने तेरो अधिकार पूर्ण रूपमा खारेज गरिनेछ, र उप्रान्त तँलाई बिलकुलै सहभागी हुन दिइनेछैन। निर्वाचनमा हेराफेरी र अवरोध गर्न सधैँ कपटी चालहरू चाल्‍नेहरूलाई यसरी नै तह लगाइनुपर्छ।

जब मण्डली निर्वाचन हुन्छ, तब सधैँ केही न केही दुष्ट मानिसहरू पक्‍कै हुन्छन्, जसलाई खटपट हुन थाल्छ: कतिपयले निर्वाचनमा हेराफेरी र अवरोध गर्ने प्रयासमा पर्दापछाडि कपटी चालहरू चाल्छन्, जबकि कतिले नेतृत्वको पदको लागि अरूसँग खुल्‍लमखुल्ला प्रतिस्पर्धा गर्ने इच्छा गर्छन्, अनुहार रातो नभएसम्म तर्क गर्छन्, अनि आवेशमा आएर काम गर्ने, हिंसाको सहारा लिने, र हानाहान गर्ने अवस्थामा समेत पुग्छन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूलाई कसको कुरा सुन्‍ने वा कसलाई छनौट गर्ने भन्‍ने नै थाहा हुँदैन। निर्वाचनको बेला, तिनीहरूले सत्यता सङ्गति गर्दैनन्, न त मण्डलीको काम कसरी अघि बढाउने, काममा के-कस्ता मार्गहरू हुनेछन्, वा अगुवाको रूपमा निर्वाचित भए तिनीहरूले के-कस्ता कामका विचार र योजनाहरू प्रस्तावित गर्नेछन् भनेर नै छलफल गर्छन्। बरु, तिनीहरूले अरू उम्मेदवारहरूका कमीकमजोरीहरू खुलासा गर्ने र तिनीहरूमाथि आक्रमण गर्ने सुनिश्‍चित गर्छन्, र सँगसँगै अर्को समूहविरुद्ध विरोध खडा गर्न मानिसहरूको एउटा समूहलाई आफ्नो गुटमा तान्छन्, र यसरी मण्डलीमा विभाजनको स्थिति पैदा गराउँछन्। अनि त्यस्तो निर्वाचन के बन्छ? त्यो मण्डली विभाजित गर्ने कुरा बन्छ। निर्वाचनका परिणामहरू आउनुभन्दा पहिले नै मण्डली विभाजित भइसकेको हुन्छ। के यो मण्डली निर्वाचनको बेला देखा पर्नुपर्ने घटना हो? के यो सामान्य घटना हो? अहँ, होइन। यदि तँ अगुवा बन्‍न चाहन्छस् र तँलाई आफूसँग केही क्षमताहरू र बोझको बोध छ र आफू यो कामको लागि योग्य छु भन्‍ने विश्‍वास लाग्छ भने, तैँले परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार निर्वाचनमा भाग लिन सक्छस्। अनि अवश्य नै, तैँले आफ्ना सबल पक्ष र योग्यताहरू पनि व्यक्त गर्न र आफ्ना बुझाइ र अनुभवहरू सङ्गति गर्न सक्छस्, ताकि दाजुभाइ-दिदीबहिनीहरू विश्‍वस्त हुन सकून् र मण्डली नेतृत्वको काम लिनको लागि तँलाई भरोसा गर्न सकून्। तर तैँले निर्वाचित हुने तेरो उद्देश्य अरूलाई आक्रमण गरेर हासिल गर्नु हुँदैन, किनभने यसले सजिलै मानिसहरू बहकाउन र नकारात्मक परिणामहरू ल्याउन सक्छ। सानो कद भएका र समझशक्ति नभएका दाजुभाइ-दिदीबहिनीहरू सजिलै तेरो बहकाउमा पर्न सक्छन् र कसलाई छनौट गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन, र मण्डली अराजकता र विभाजनको चपेटामा पर्न पनि सक्छ। के त्यो शैतानलाई फाइदा उठाउने मौका दिनु होइन र? छोटकरीमा भन्दा, सिद्धान्तहरू नपछ्याई निर्वाचनमा भाग लिनु, र सधैँ महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्‍नु र निर्वाचित हुने आफ्नो उद्देश्य हासिल गर्न घृणित उपायहरू प्रयोग गर्नु सबै नै निर्वाचनमा हेराफेरी र अवरोध गर्ने प्रकृतिका हुन्छन् र यी अनुचित निर्वाचन व्यवहार हुन्। अवश्य नै, कतिपय मानिसहरूसँग उचित व्यवहारहरू हुन्छन् र तिनलाई यसबाट छुट्याइनुपर्छ। उदाहरणको लागि, यदि कुनै उम्मेदवारले सुसमाचारको काम, लेखन-पठनको काम, र सामान्य मामलाहरूको काम, वा मण्डली जीवनलाई कसरी सुधार्ने, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका कठिनाइहरू कसरी समाधान गर्ने, र आदि इत्यादि कुराहरूबारे सङ्गति गर्छ भने, यो सबै उचित नै हुन्छ। आफ्ना दृष्टिकोण र बुझाइहरू उचित रूपमा व्यक्त गर्नु, मण्डलीको कामबारे आफ्ना विचार र योजनाहरू बाँड्नु, र यस्तै अन्य कुराहरू बताउनु—यी सबै सामान्य भाषण र व्यवहारका भाग हुन्, र यी मण्डलीले तय गरेका निर्वाचन सिद्धान्तहरूअनुरूप हुन्छन्। यीबाहेक, निर्वाचन अवधिमा देखा पर्ने निकै स्पष्ट रूपमा अनुचित व्यवहारहरू पनि हुन्छन्, र यस्ता हरकुनै व्यवहारहरूले मानिसहरूको ध्यान खिच्नुपर्छ। यी कुराहरूप्रति मानिसहरू सतर्क हुनुपर्छ र तिनलाई खुट्याउनुपर्छ—यसमा लापरवाही नबन।

कतिपय मानिसहरूले प्रायजसो काममा व्यस्त हुनु, आफ्नो परिवारमा धेरै समस्याहरू हुनु, वा अनुचित वातावरण हुनुलाई आफ्नो कर्तव्य पूरा नगर्ने र मण्डली जीवनमा सहभागी नहुने बहानाको रूपमा उल्लेख गर्छन्। तैपनि, मण्डली अगुवाहरू निर्वाचित गर्ने बेलामा, यी कठिनाइहरू अचानक अस्तित्वमा रहन छोड्छन्, र तिनीहरू यो अवसरको लागि आफूलाई राम्ररी सिँगारेर निर्वाचनमा सहभागी हुन आउँछन्। तिनीहरू धेरै समयदेखि देखा परेका हुँदैनन्, तर मण्डली निर्वाचनको ठूलो खबर सुनेपछि, तिनीहरू उत्सुकतासाथ हतारहतार आउँछन्। तिनीहरू केको लागि आएका हुन्छन्? तिनीहरू निर्वाचनको लागि, मण्डली अगुवा पदको लागि, यो “आधिकारिक पद” को लागि आएका हुन्छन्। त्यस्ता मानिसहरू आफ्नो व्यवहारमा विशेष रूपमा चतुर हुन्छन्। अरूले तिनीहरू मण्डली अगुवा बन्‍न चाहन्छन् भन्‍ने शङ्का गर्लान् भनेर, तिनीहरू निर्वाचनबारे उल्लेख गर्नबाट टाढै बस्‍छन् र मानिसहरूको आदर पाउन आफ्नो बुझाइ र अनुभवहरूमा सङ्गति गर्नमा मात्रै ध्यान दिन्छन्। तिनीहरूले सार्वजनिक रूपमा परमेश्‍वरका वचनहरू खानेपिउने पनि गर्छन्, सबैलाई परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्न अगुवाइ गर्छन्, र आफ्नो अनुभवात्मक गवाही बाँड्छन्। वास्तवमा, तिनीहरूले साधारणतया मण्डली जीवनमा बिरलै सहभागिता जनाउँछन् र बिरलै सत्यतामा सङ्गति गर्छन्, न त तिनीहरूले कुनै अनुभवात्मक बुझाइबारे नै कुरा गर्न सक्छन्। तैपनि, निर्वाचन नजिकिँदै जाँदा, तिनीहरू निकै फरक बन्छन्। तिनीहरू मण्डली जीवनमा सक्रिय रूपमा सहभागी हुन्छन् र प्रार्थना गर्न, भजन गाउन, र सङ्गति गर्न उत्कट इच्छा गर्छन्, र विशेष रूपमा उत्साहित र सक्रिय अनि भीडभन्दा एकदमै अलग देखिन्छन्। भेलाहरूपछि, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग पारिवारिक मामलाहरूबारे कुराकानी गर्ने र सम्बन्ध बढाउने अवसरहरू खोजिहिँड्छन्। जब तिनीहरूले मण्डली अगुवालाई भेट्छन्, तब तिनीहरूले भन्छन्, “आजभोलि तपाईं राम्रो देखिनुहुन्‍न। मेरो घरमा केही खजुर छन्; म ल्याइदिन्छु है।” जब तिनीहरूले कुनै निश्‍चित दिदीबहिनीलाई भेट्छन्, तब तिनीहरूले भन्छन्, “तपाईंको परिवारमा आर्थिक समस्या भइरहेको छ भन्‍ने सुनेको छु। तपाईंलाई कुनै सहयोग चाहिन्छ? म तपाईंलाई केही लुगा दिन सक्छु।” तिनीहरू हरेक भेलामा विशेष सक्रिय हुन्छन्, जुन पहिलेको भन्दा निकै फरक हुन्छ। विगतमा, तिनीहरू कहिलेकहीँ जाँच गर्न मात्रै देखा पर्थे, र भेलामा जोसुकैले बोलाए नि, तिनीहरू व्यस्त छु भनेर बहाना गर्थे। तर निर्वाचनको अवधिमा, तिनीहरू अचानक देखा पर्छन् र एउटा पनि नछुटाई हरेक भेलामा सहभागी हुन्छन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले हरेक भेलामा निर्वाचनसँग सम्बन्धित विषय र सिद्धान्तहरूबारे सङ्गति गर्छन्, र अवश्य नै, तिनीहरू पनि सहभागी हुन्छन्। यो अवधिमा, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग राम्रो सम्बन्ध निर्माण गर्न, तिनीहरूमध्ये केहीलाई आफ्‍नो गुटमा तान्‍न सक्दो प्रयास गर्छन्। तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अगाडि धेरै भेटीसमेत चढाउँछन्, जसले गर्दा धेरैजसो मानिसहरू छक्क पर्छन् र यस्तो सोच्छन्, “तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको यति लामो समय भयो, तर तिनीहरूले पहिले भेटी चढाएको हामीले कहिल्यै देखेका छैनौँ। यसपटक तिनीहरू किन यति उदार भएका हुन्? के तिनीहरू साँच्‍चै नै परिवर्तन भएर राम्रा भएका र सच्‍चिएका हुन्?” परिस्थितिहरू मूल्याङ्कन गर्न नसक्‍ने कति मूर्ख र अज्ञानी मानिसहरूले त यी व्यक्तिहरू वास्तवमै असल भएका छन्, र यी व्यक्तिहरूलाई पहिले गलत रूपमा मूल्याङ्कन गरिएको हो भन्‍ने सोच्छन्, र तिनीहरूले अनजानमा तिनीहरूप्रति हृदयमा सकारात्मक विचार बनाउँछन्, र यस्तो सोच्छन्, “यो व्यक्तिको परिवार धनी छ; ऊसँग कामहरू पूरा गर्ने चिनजान र पहुँच छ। यदि ऊ मण्डली अगुवा बन्यो भने, उसले मण्डलीको लागि धेरै काम पूरा गर्न सक्छ। के यसले हाम्रो मण्डलीलाई खेदो र कठिनाइमा परेका हाम्रा केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्न र खानबस्‍न दिन मद्दत गर्दैन र? यदि ऊ यति सक्रिय रहन सक्यो भने, यो राम्रो हुनेछ, तर उसले यो काम जारी राख्‍न सक्छ कि सक्दैन वा ऊ हाम्रो मण्डली अगुवा बन्‍न तयार हुन्छ कि हुँदैन भन्‍नेमा म निश्‍चित छैनँ।” के कतिपय मानिसहरू बहकाउमा परेका र मूर्ख बनेका छैनन् र? यो व्यक्तिले गरिरहेको सबै कुराले फल दिन थालेको छ, होइन र? सबै कुराहरू मिलिरहेका छन् र परिणामहरू चाँडै आउन लागेका छन्। के तिनीहरूले चाहेको यही होइन र? (हो।) यसअलावा, तिनीहरूले एउटालाई दुइटा लुगा, अर्कोलाई एक डालो सागसब्जी, र अर्को व्यक्तिलाई केही स्वास्थ्य सामग्री दिन्छन्, र यसरी सबैलाई हेरचाह गरिएको देखिने सुनिश्‍चित गर्छन्। यसले मानिसहरूलाई यस्तो सोचाउँछ, “यदि यो व्यक्ति मण्डली अगुवा बन्यो भने, के ऊ राम्रो गोठालो बन्‍नेछैन र? के ऊ धेरैजसो मानिसहरूले भरोसा गर्न चाहने व्यक्ति होइन र?” के अहिले ठ्याक्‍कै समय मिलेको छैन र? के विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सहजै यस्तो व्यक्तिलाई छनौट गर्दैनन् र? यो व्यक्ति शिक्षित, र स्पष्टवक्ता छ, र समाजमा उसले निश्‍चित स्थान पाएको छ। यदि मण्डलीले पक्राउ सामना गर्‍यो भने, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई जोगाउन सक्छन्। यदि कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूको परिवारमा कठिनाइहरू छन् भने, तिनीहरूले सहयोगको हात बढाउन सक्छन्, र काम गर्ने थप हात चाहिँदा तिनीहरूले मण्डलीको काममा पनि सहयोग गर्न सक्छन्। तैपनि, धेरैजसो मानिसहरूलाई एउटा कुराबारे अनिश्‍चितता हुन्छ: “तिनीहरूले पहिले सत्यता खोजी गर्ने गर्दैनथे, र लामो समयसम्म बिरलै मात्र भेलाहरूमा सहभागी हुन्थे। तर अहिले, निर्वाचनको समय आएपछि, तिनीहरू हतारहतार केही भेलाहरूमा सहभागी भइरहेका छन्। यदि तिनीहरू अगुवाको रूपमा निर्वाचित भए भने, के तिनीहरूले सत्यता बुझ्नेछन्? यदि तिनीहरूले सत्यता बुझ्दैनन् र यी मानिसहरूलाई जोगाउन वा केही फाइदाहरू प्रदान गर्न मात्रै सक्छन् भने, के तिनीहरूले मानिसहरूलाई सत्यता बुझ्न मद्दत गर्न सक्छन्? के तिनीहरूले मानिसहरूलाई परमेश्‍वरअघि ल्याउन सक्छन्? यो कुरा शङ्कास्पद छ।” कतिले हृदयमा शङ्का गर्छन्, जबकि कति अरूलाई त यो व्यक्तिका फाइदाहरूले पहिले नै प्रभावित र विश्‍वस्त पारिसकेका हुन्छन्। के यो अवस्था अत्यन्तै खतरनाक छैन र? एउटै मात्र भोटले पनि तिनीहरू निर्वाचित हुन सक्छन्। अन्तिम निर्वाचन परिणाम जेसुकै भए नि, के त्यस्ता मानिसहरूको कार्य र व्यवहार उचित हुन्छ त? (हुँदैन।) सबैभन्दा उचित समय पारेर, तिनीहरूले दान दिन्छन्, भेटी चढाउँछन्, र केही वास्तविक कठिनाइहरू समाधान गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत गर्छन्। जब कति दाजुभाइ-दिदीबहिनीहरू घर सर्छन्, तब तिनीहरूले यातायात व्यवस्था गर्छन्, र जब कति दाजुभाइ-दिदीबहिनीहरूको परिवारमा पैसाको कमी हुन्छ, तब तिनीहरूलाई केही ऋण दिन्छन्। कसैसँग फोन छैन भने, तिनीहरूले फोन किनिदिन्छन्, र कसैसँग कम्प्युटर छैन भने, तिनीहरूले आफ्नै कम्प्युटर दिन्छन्। … तिनीहरूले यी कुराहरू सबैभन्दा उचित समय, र सबैभन्दा महत्त्वपूर्ण अवस्था पारेर गर्छन्। यो कस्तो व्यवहार हो? के यो उल्लेख गर्न नसकिने रहस्य र उद्देश्यसाथ नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने अभिप्रायले यी कुराहरू गर्नु निर्वाचनमा हेराफेरी र अवरोध गर्नु होइन र? (हो।) तिनीहरू ढिलो वा चाँडो नभई, ठ्याक्‍कै नेतृत्व निर्वाचनको समयमै देखा पर्छन्। के तिनीहरूले उल्लेख गर्न नसकिने रहस्यहरू लुकाएर राखेका हुँदैनन् र? यो कुरा योभन्दा अझै स्पष्ट हुन सक्दैन; तिनीहरूले अवश्य नै उल्लेख गर्न नसकिने रहस्यहरू लुकाएर राखेका हुन्छन्। तिनीहरूलाई अचानक विवेकले घोचेको र तिनीहरूले केही राम्रो गर्न चाहेको होइन; तिनीहरूको उद्देश्य भनेको मण्डली नेतृत्वको लागि उम्मेदवारी दिनु, मण्डलीको इन्चार्ज बन्‍नु, मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हेराफेरीमा पार्नु हो। के तिनीहरूले यी मानिसहरूको लागि साँच्‍चै नै काम गर्न भनेर तिनीहरूलाई हेराफेरीमा पार्न चाहन्छन् त? (होइन।) त्यसोभए तिनीहरूले के गर्न चाहन्छन् त? तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, मण्डलीलाई नियन्त्रण गर्न, र मण्डलीमा अधिकारीको रूपमा काम गर्न र निर्णय गर्न सकिने पद हात पार्न चाहन्छन्। के यी असामान्य विधि र अभ्यासहरू निर्वाचनमा हेराफेरी र अवरोध गर्ने कार्यमा पर्दैनन् र? (पर्छन्।)

मण्डली निर्वाचनको बेला, पर्याप्त भोटहरू पाउँदिनँ भन्‍ने डरले कतिपय मानिसहरूले आफ्नै लागि भोट हाल्छन्। के यो हास्यास्पद र अनौठो कुरा होइन र? कसैले आफ्नै लागि भोट हाल्नुको प्रकृति के हुन्छ? के यो आत्मविश्‍वासको कमी, निर्लज्‍जता, वा अति महत्त्वाकाङ्क्षाको प्रकटीकरण होइन र? यो यी सबै हो। तिनीहरूलाई निर्वाचित हुँदिनँ कि भन्‍ने डर हुन्छ, त्यसकारण तिनीहरूसँग आफूलाई नै भोट दिनेबाहेक अरू कुनै विकल्प हुँदैन—यो आत्मविश्‍वासको कमी हो। तिनीहरूसँग चाहिने कुरा हुँदैन तैपनि तिनीहरू अगुवा बन्‍न चाहन्छन्; अरूले तिनीहरूलाई भोट नदेलान् भन्‍ने डरले, तिनीहरूले आफैलाई भोट दिन्छन्। के यो निर्लज्‍जता होइन र? अझ भन्‍ने हो भने, तिनीहरूको चरम महत्त्वाकाङ्क्षाले तिनीहरूको निर्णय क्षमता यति धूमिल बनाइदिन्छ कि तिनीहरू आफ्नो स्वाभिमानलाई एकातिर पन्छाएर सत्यनिष्ठा र इज्जतविहीन बन्छन्: “यदि तिमीले मलाई भोट दिएनौ भने, म त्यो मान्दिनँ; मैले मण्डली अगुवा बन्‍नैपर्छ। यदि म अगुवा बन्‍न सकिनँ भने, म उप्रान्त परमेश्‍वरमा विश्‍वास गर्नेछैनँ!” तिनीहरूले अगुवा बन्‍न, र अधिकारीको रूपमा काम गर्न जिद्दी गर्छन्, र तिनीहरूले हैसियत हुँदा मात्रै जीवनमा सहजता र सन्तुष्टि अनुभव गर्छन्—तिनीहरूमा कति ठूलो महत्त्वाकाङ्क्षा र इच्छाहरू हुन्छन्! तिनीहरूले हैसियतलाई मनमुटुमा सजाउँछन्, र अगुवा बन्‍नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। अगुवा बन्‍नुमा त्यस्तो ठूलो कुरा के छ र? यदि तैँले हैसियतका फाइदाहरूलाई महत्त्व दिँदैनथिस् र यसले दिने सबै अधिमान्य व्यवहारको आनन्द लिँदैनथिस् भने, के तैँले अझै पनि यो पदको लोभ गर्थिस्? के तैँले अझै पनि आफैलाई भोट हाल्थिस्? के तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू अझै पनि यति ठूला हुन्थे? के तैँले अझै पनि हैसियतलाई यति धेरै मनमुटुमा सजाउँथिस्? अहँ, तैँले त्यसो गर्नेथिइनस्। त्यस्ता मानिसहरूले सधैँ चुनावमा हस्तक्षेप गर्न र जोडबल लगाउन कुनै पनि धूर्त कार्यहरूको सहारा लिन चाहन्छन्। तिनीहरूलाई त्यस्तो व्यवहार गर्नु लाजमर्दो कुरा हो, खुलस्त वा निष्कपट हुनु होइन, र त्यो अलिक अपमानजनक कुरा हो भन्‍नेसमेत लाग्छ, तैपनि केही विचार गरेपछि, तिनीहरूले सोच्छन्, “जेसुकै होस्, महत्त्वपूर्ण कुरा त अगुवाको रूपमा निर्वाचित हुनु नै हो!” यो निर्लज्‍जता हो। तिनीहरूले लोकतान्त्रिक देशहरूका निर्वाचनहरूमा प्रयोग गरिने बहस विधिहरूसमेत अनुकरण गर्न चाहन्छन्, जहाँ उम्मेदवारहरूले एकअर्काका कमीकमजोरीहरू पर्दाफास गर्छन्, एकअर्कालाई आलोचना र आक्रमण गर्छन्, र यसरी मण्डली निर्वाचनमा यी रणनीतिहरू लागू गर्दै, तिनीहरू मौखिक वादविवादमा समेत संलग्‍न हुन्छन्—के यो गम्भीर गल्ती होइन र? के यस्ता रणनीतिहरूको लागि यो गलत क्षेत्र होइन र? यदि तँ यी कुटिल र नीच कार्यहरूमा संलग्‍न हुन र निर्वाचनमा हेराफेरी र अवरोध गर्ने प्रयास गर्न मण्डली आउँछस् भने, म तँलाई भन्छु, तैँले त्यसो गर्नको लागि गलत ठाउँ छनौट गरेको छस्! यो परमेश्‍वरको घर हो, समाज होइन; निर्वाचनमा हेराफेरी र अवरोध गर्ने हरकसैलाई, हरव्यक्तिलाई दोषी ठहराइनेछ। मण्डलीभित्र, निर्वाचनमा हेराफेरी र अवरोध गर्ने प्रयासमा जुनसुकै कारण, बहाना, वा विधिहरू प्रयोग गरिए पनि, यो सब असमर्थनीय हुन्छ, र यो एक दुष्ट कार्य हो—यो सधैँ दुष्ट कार्य नै रहन्छ! निर्वाचनमा हेराफेरी र अवरोध गर्ने प्रयास गर्ने सबैलाई दोषी ठहराइन्छ। त्यस्ता मानिसहरूलाई परमेश्‍वरको घरका सदस्य वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा मान्यता दिइँदैन, बरु शैतानका नोकर भनी चित्रण गरिन्छ। शैतानका नोकरहरूले के-कस्ता कुराहरू गर्छन्? तिनीहरूले परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउने हरकिसिमका कामहरूमा विशेषज्ञता हासिल गरेका हुन्छन्। निर्वाचनमा हेराफेरी र अवरोध गर्नेहरूले शैतानका नोकरहरूले गर्ने कुराहरू गर्दै यी नकारात्मक भूमिकाहरू खेलिरहेका हुन्छन्। मण्डलीले जुनसुकै काम अघि बढाए पनि, यी मानिसहरू यसलाई अवरोध गर्न र नष्ट पार्न खडा हुन्छन्, र तिनीहरूले परमेश्‍वरको घरका कार्य बन्दोबस्त र नियमहरूलाई बेवास्ता गर्छन्, परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई बेवास्ता गर्छन्, र परमेश्‍वरलाई अझै बढी बेवास्ता गर्छन्। तिनीहरूले परमेश्‍वरको घरमा आफूले चाहेको हरकाम गर्ने प्रयास गर्छन्, मण्डलीका विभिन्‍न मामलाहरूमा हेराफेरी गर्छन्, र मण्डली सदस्यहरूप्रति हेराफेरी गर्ने कार्य त अझै बढी गर्छन्, र तिनीहरू मण्डलीको निर्वाचनमा हेराफेरी र अवरोधसमेत गर्ने हदसम्म पुग्छन्। तिनीहरूले कुन माध्यमद्वारा मण्डलीको जनशक्तिमाथि हेराफेरी गर्ने प्रयास गर्छन्? तिनीहरूले मण्डलीको निर्वाचनमा हेराफेरी र अवरोध गर्ने अवसरहरू खोज्छन्। शैतानका यी नोकरहरूले निर्वाचनमा हेराफेरी र अवरोध गरेपछि, निर्वाचन असफल हुन्छ। अनि, शैतानका यी नोकरहरूले भनेजस्तो भयो र तिनीहरू मण्डली अगुवा बने भने, निर्वाचन परिणाम सही हुन्छ कि गलत? अवश्य नै यो गलत हुन्छ। सत्यता सङ्गति गरेपछि अनि पाठहरू सिकेपछि पुनः निर्वाचन गरिनुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्