अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१८) खण्ड तीन

इतिहासभरि, मानवजातिले निरन्तर परमेश्‍वरको मानहानि र ईश्वरनिन्दा गरेको छ, र आखिरी दिनहरूमा, परमेश्‍वरको प्रतिरोध गर्ने सारा मानवजातिमाझका शक्तिहरू अझै बलिया हुँदै गएका छन्, र परमेश्‍वरको मानहानि र निन्दा गर्ने आवाजहरू झन्-झन् बढिरहेका छन्। मानवजातिले परमेश्‍वरलाई मानहानि र आक्रमण गर्नका लागि पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट, र अन्य मिडियामार्फत विभिन्‍न विधिहरू प्रयोग गर्छ। तर के हामीले हाम्रा सबै भेलाहरूमा यी अफवाहहरू कहिल्यै चिरफार गरेका छौँ? (छैनौँ।) किन छैनौँ? कतिपय मानिसहरू भन्छन्, “के निर्दोषहरू निर्दोष नै रहने, र अफवाहहरू बुद्धिमानी मानिसहरूकहाँ पुगेपछि मर्ने हुनाले हो?” के त्यही कारणले हो? (यी अफवाहहरूले आधारभूत रूपमा परमेश्‍वरको काममा असर गर्न सक्दैनन्। शैतानले जति बाधा दिए पनि, यसले परमेश्‍वरको काम र योजनाको प्रगतिलाई खल्बल्याउन वा बिथोल्न सक्दैन।) शैतान त्यस्तै कुरा हो; जबसम्म परमेश्‍वरले कार्य गर्नुहुन्छ, जबसम्म परमेश्‍वरले काम गर्नुहुन्छ, तबसम्म यो बाधा दिन आइरहन्छ। यसले खेल्ने भूमिका ठीक यही हो। के तैँले यसलाई यो भूमिका खेल्नबाट रोक्नु ठीक हुन्छ? तैँले यसलाई भूमिका निर्वाह गर्ने पर्याप्त ठाउँ, पर्याप्त मञ्च, पर्याप्त अवसर दिनुपर्छ। जब यसले पर्याप्त रूपमा भूमिका निर्वाह गरेको हुन्छ, त्यो आफूले ल्याएको उथलपुथलबाट थकित भएको हुन्छ, र त्यसले पर्याप्त दुष्टता गरेको हुन्छ, तब यसका दिनहरू समाप्त हुन्छन्। हामीले यी अफवाहहरू भन्डाफोर गर्नका लागि यसका विभिन्‍न अफवाह र दुष्कर्महरूको चिरफार र विश्लेषण गरेर बहुमूल्य समय खेर फाल्नु पर्दैन; त्यसो गर्नु व्यर्थ र बेकार हो। ती कुराहरू चिरफार गरेर के फाइदा हुन्छ र? के यसले मानिसहरूले सत्यता बुझ्नुलाई प्रतिनिधित्व गर्न सक्छ? मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू अति धेरै छन्; तिनीहरूले यी सबै सत्यता सुन्नसमेत सक्दैनन्, यी अफवाहहरूलाई भन्डाफोर गर्नु त परको कुरा हो। के मानिसहरूसँग त्यस्तो खाली समय हुन्छ? इमानदारीपूर्वक भन्दा, मलाई ती कुराहरूमा साँच्‍चै रुचि छैन, न त म तिनलाई उल्लेख गर्न वा तीप्रति ध्यान दिन नै इच्छुक छु। कतिपय मानिसहरू भन्छन्, “यी वर्षहरूमा, के तपाईँले कहीँ जाने आँट नगर्नुभएको हो र? के यति धेरै अफवाहहरू फैलिरहेका हुनाले तपाईँ जहाँ गए पनि सधैँ चिन्तित हुनुभएको र डराउनुभएको हो र?” म आफूलाई बिलकुलै केही महसुस हुँदैन भनेर भन्छु। कतिपय मानिसहरू भन्छन्, “के तपाईँ आफूले नगरेका कामकुराविरुद्ध आफ्नो बचाउ गर्न चाहनुहुन्‍न र?” बचाउ गर्नुपर्ने के नै छ र? म आफूले गर्नुपर्ने काम गर्न त भ्याउँदिनँ! म दियाबलसहरूसँग नभई मानिसहरूसँग, सृजित प्राणीहरूसँग कुरा गर्छु। कतिपय मानिसहरूले सोध्छन्, “यी अफवाहहरू सुन्दा तपाईँलाई रिस उठ्दैन?” म आफूलाई तिनीहरूप्रति केही महसुस हुँदैन, तिनीहरूले मलाई केही महसुस गराउँदैनन्; म यी मामलालाई वास्ता गर्दिनँ भनेर भन्छु। कतिपय मानिसहरूले सोध्छन्, “के तपाईँलाई अन्यायमा परेको महसुस हुँदैन?” म भन्छु, मलाई आफू अन्यायमा परेको छु जस्तो लाग्दैन, अन्यायमा परेको जस्तो महसुस गर्नुपर्ने के नै छ र? जे गर्न सकिन्छ त्यो गर्छु, आफूले गर्नुपर्ने काम गर्छु, आफूले गर्न सक्‍ने र गर्नुपर्ने काम राम्ररी गर्छु, आफ्‍ना जिम्मेवारीहरू पूरा गर्छु—त्यो नै सबैभन्दा राम्रो कुरा हो, त्यो अर्थपूर्ण कुरा हो। म ती अर्थहीन र बेकारका कुराहरूद्वारा विचलित हुँदिनँ वा ती कुरामा समय खर्च गर्दिनँ। मसँग ती कुरालाई वास्ता गर्ने समय छैन। कतिपय मानिसहरूले भन्छन्, “तपाईँसँग खाली समय हुँदा चाहिँ, के तपाईँ ती कुरालाई वास्ता गर्नुहुन्छ?” अहँ, खाली समय हुँदा पनि गर्दिनँ। म दियाबलसहरूसँग कुरा गर्नुभन्दा मेरो कुकुरसँग कुरा गर्छु। यदि तँलाई यो दियाबलसले आफ्नो दुष्ट कुरा फलाकिरहेको हो भन्‍ने स्पष्ट रूपमा थाहा छ भने, यसलाई किन वास्ता गर्ने त? तैँले बिलकुलै वास्ता गर्नु हुँदैन; दियाबलसलाई पूर्ण रूपमा लज्जित हुन दिनु नै सही कुरा हो। छोटकरीमा भन्दा, यी अफवाहहरूप्रति परमेश्‍वरको मनोवृत्ति यस प्रकार छ: कुनै पनि काम गर्दा वा हरेक वाक्य बोल्दा, परमेश्‍वरले आफूलाई सही साबित गरिरहनुभएको हुँदैन, मानवजातिसामु आफूलाई प्रमाणित गरिरहनुभएको हुँदैन, र अवश्य नै उहाँको शत्रु शैतानसामु उहाँ शुद्ध र निर्दोष हुनुहुन्छ, र उहाँमा कुनै दोष छैन भनेर आफूलाई सही साबित गरिरहनुभएको हुँदैन। परमेश्‍वरले गर्नुहुने सबै कुरा उहाँको व्यवस्थापनका लागि, उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मुक्ति दिनका लागि हो। उहाँले आफ्नो व्यवस्थापन योजनालाई चरणबद्ध रूपमा पालना गर्नुहुन्छ; उहाँले यसो गर्नुको उद्देश्य कसैलाई केही देखाउनु होइन, न त आफ्नो पहिचान पुष्टि गर्नु नै हो। मानव भाषामा भन्दा, परमेश्‍वरले गर्नुहुने सबै कुरा कुनै पनि निष्ठाहीनता वा निष्क्रियताविना स्वस्फूर्त रूपमै गरिएको हुन्छ। परमेश्‍वरले स्वस्फूर्त रूपमा यी सबै कामहरू अघि बढाउनुले उहाँको पहिचान र सारलाई पुष्टि गर्छ। मानवजातिले परमेश्‍वरको योजना परिवर्तन गर्न सक्दैन, न त तिनीहरूले परमेश्‍वरको अख्तियार र शक्तिलाई उछिन्न सक्छन्; यो तथ्य हो। त्यसकारण, परमेश्‍वरले मानवजातिको कुनै पनि पक्षबाट आएका उहाँलाई आक्रमण र मानहानि गर्ने अफवाह र दुष्ट शब्दहरूलाई बेवास्ता गर्नुहुन्छ। भन त, के परमेश्‍वरलाई परमेश्‍वरविरुद्ध संसारका नास्तिक शासक दलहरू र धार्मिक संसारले गरेका आक्रमण र प्रतिरोधविरुद्ध प्रतिकार गर्नका लागि एउटा अध्याय बोल्न वा निन्दा लेख्‍न निकै सजिलो छैन र? तर परमेश्‍वरले शैतानप्रति यसरी व्यवहार गर्नुहुन्न। परमेश्‍वर सिद्धान्तहरूअनुसार चल्नुहुन्छ; परमेश्‍वरले शैतानका दुष्ट शक्तिहरूलाई नष्ट गर्नलाई, उहाँको आफ्नै समय हुन्छ। परमेश्‍वरका लागि, कार्य गर्नु अत्यन्तै सजिलो कुरा हो। परमेश्‍वरले स्वर्गमा केही अद्भुत कामहरू गर्न सक्नुहुन्छ, र अचानक स्वर्ग चिरिएर यस्तो आवाज आउँछ, “तिमीहरूले मानहानि, आक्रमण, र ईश्‍वरनिन्दा गर्ने एउटै साँचो परमेश्‍वर म नै हुँ; तिमीहरूले अहिले मानहानि र ईश्‍वरनिन्दा गरिरहेका सर्वशक्तिमान् म नै हुँ!” यो सुनेपछि, मानवजाति तुरुन्तै स्तब्ध र अलमल्ल हुनेथिए, र तिनीहरूले रुँदै र दाह्रा किट्दै भुईँमा लम्पसार पर्न मात्र सक्‍नेथिए। यो एउटा वाक्यले सबै कुरा समाधान गर्नेथ्यो, सबै कुरा प्रमाणित गर्नेथ्यो; के त्यतिबेला कसैले परमेश्‍वरलाई अपमान गर्ने आँट गर्नेथ्यो? के धार्मिक संसारका ती दियाबलसहरूलाई नामनिसाना नरहने गरी हराउने डर हुनेथिएन र? शैतानले परमेश्‍वरबारे अफवाहहरू सृजना गर्छ, यसले परमेश्‍वरलाई मानहानि र आक्रमण गर्छ, जसले गर्दा परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई रिस उठ्छ र घृणा लाग्छ, तिनीहरू खान वा सुत्न सक्दैनन्, त्यसलाई खण्डन गर्नका लागि लेखहरू लेख्‍न र कार्यक्रमहरू बनाउन चाहन्छन्, जबकि परमेश्‍वरले सरल रूपमा कार्य गर्नुहुन्छ—उहाँले केही वाक्य मात्र बोल्न सक्नुभयो भने सारा मानवजाति पूर्ण रूपमा झुक्छन्, र उहाँलाई उप्रान्त आक्रमण वा ईश्वरनिन्दा गर्ने आँट गर्दैनन्। पावललाई कसरी आज्ञाकारी बनाइयो? (दमस्कस जाने बाटोमा परमेश्‍वर ऊकहाँ देखा पर्नुभयो।) परमेश्‍वर ऊकहाँ देखा पर्नुभयो। वास्तवमा उसले केही पनि देखेन; त्यहाँ एउटा ज्योति मात्रै थियो, जसले पावललाई यति त्रसित बनायो कि ऊ भुइँमा लम्पसार परेर लड्यो, र त्यसउप्रान्त उसले येशूलाई सताउने आँट गरेन। शैतानलाई सम्हाल्न त्यति सजिलो छ; वास्तवमा, परमेश्‍वरका लागि यो अत्यन्तै सजिलो छ। परमेश्‍वरले यसलाई एउटै शब्दमा समाधान गर्न सक्नुहुन्छ। दशकौँसम्म तिमीहरूसँग कुरा गर्नु र तिमीहरूमा यो सब मेहनत लगाउनुभन्दा यो काम गर्नु निकै सजिलो हुनेथ्यो, तर परमेश्‍वरले यसरी कार्य गर्नुहुन्न। किन? मैले तिमीहरूलाई एउटा रहस्य बताउनै पर्छ: परमेश्‍वरले मानव, अर्थात्, आफूले चुनेका मानिसहरूलाई नै मुक्ति दिनुहुन्छ; बाँकी, परमेश्‍वरद्वारा नचुनिएकाहरूलाई मानव नभई पशु, दियाबलस मानिन्छ, र तिनीहरू परमेश्‍वरको आवाज सुन्न, परमेश्‍वरको अनुहार देख्‍न लायक हुँदैनन्, वा परमेश्‍वरबारे कुनै जानकारी थाहा पाउन लायक त झनै हुँदैनन्। त्यसकारण, परमेश्‍वरले यसरी कार्य गर्नुहुन्न। परमेश्‍वरको पहिचान आदरणीय छ; उहाँलाई हेर्न चाहने जोकोहीले हेर्न पाउँदैनन्, र कसैले सधैँ ध्यान दिएर, उत्सुकतापूर्वक, र पूर्ण हृदयले आकाशको निश्‍चित स्थानमा हेर्ने गरेको छ भन्दैमा उहाँ ऊसामु देखा पर्नुहुनेछैन। के तँलाई परमेश्‍वरलाई हेर्न चाहने जोकोहीले उहाँलाई देख्‍न सक्छ भन्‍ने लाग्छ? परमेश्‍वरसँग इज्जत छ; परमेश्‍वर उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरूसामु देखा पर्नुहुन्छ, पवित्र स्थानहरूमा देखा पर्नुहुन्छ र फोहोरी स्थानहरूबाट लुक्‍नुहुन्छ। समस्त मानवजाति फोहोरी छ कि पवित्र छ भन्‍नेबारे छलफल गरिरहनु आवश्यक छैन। यो मानवजाति परमेश्‍वरलाई हेर्न लायक छैन; तिनीहरू एउटा परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्दैनन्, त्यसकारण परमेश्‍वर किन तिनीहरूसामु देखा पर्नुहुन्थ्यो र? तिनीहरू त्यसका लायक छैनन्! परमेश्‍वरले कामकुरा गर्न सक्नुहुन्छ तर गर्नुहुन्न; यसले परमेश्‍वरको विनम्रता र गुप्तता, साथै उहाँको पहिचान सम्मानयोग्य भएको पुष्टि गर्छ। मलाई भन, यदि शैतानले ती कुराहरू गर्न सक्थ्यो भने, यसले दिनमा कति पटक ती कुराहरू गर्थ्यो होला, कति पटक धाक लगाउँथ्यो होला? जब शैतानले भ्रष्ट तुल्याएका मानिसहरू कुनै सानो पदमा पुग्छन् र थोरै शक्ति हात पार्छन्, तब तिनीहरूले कुन हदसम्म यो शक्तिको धाक लगाउनेछन्, कसलाई थाहा हुन्छ—शैतानको कुरा त परै जाओस्, जसले आफूसँग भएको थोरै मात्र शक्तिलाई पनि अकल्पनीय तरिकाले दुरुपयोग गर्नेछ र धाक लगाउनेछ। परमेश्‍वर यसरी कार्य गर्नुहुन्न; शैतानको तर्कले परमेश्‍वरको मापन नगर, त्यो ठूलो गल्ती हुनेछ। परमेश्‍वरले के गर्न सक्नुहुन्छ, त्यो उहाँले त्यो गर्न चाहनुहुन्छ कि चाहनुहुन्‍न भन्‍ने कुरामा भर पर्छ; यदि परमेश्‍वरले चाहनुभयो भने, यो एकै क्षणमा गर्न सकिन्छ, र उहाँले चाहनुभएन भने, कसैले पनि उहाँलाई जबरजस्ती गर्न सक्दैन। अफवाहहरूप्रति परमेश्‍वरको मनोवृत्ति यही हो—उहाँले तिनलाई बेवास्ता गर्नुहुन्छ। परमेश्‍वर अझै पनि आफूले जे गर्नुपर्ने हो, आफ्नो अभिप्राय जे हो, त्यो गर्नुहुन्छ; कुनै पनि व्यक्तिले, कुनै पनि शक्तिले उहाँको योजनालाई बिथोल्न वा परिवर्तन गर्न सक्दैन। परमेश्‍वरलाई आक्रमण गर्ने, उहाँको मानहानि गर्ने, र उहाँलाई बदनाम गर्ने यी अफवाहहरूले केही पनि परिवर्तन गर्दैनन्। आखिर अफवाहहरू अफवाह मात्रै हुन् र ती कहिल्यै तथ्य बन्‍न सक्दैनन्। ती मानव दर्शन, विज्ञान, नैतिकता, सिद्धान्त, आदि इत्यादि कुरासँग मिले पनि, सबै मानवजाति परमेश्‍वरलाई आक्रमण गर्न खडा भए भने पनि, सत्यता मानवजातिको पक्षमा खडा हुनेछैन, न त मानवजाति सत्यताको वाहक नै बन्‍नेछ। परमेश्‍वर सदासर्वदा परमेश्‍वर नै हुनुहुन्छ; उहाँको पहिचान र हैसियत कहिल्यै परिवर्तन हुँदैन। त्यसकारण, शैतानले जति बाधा दिए पनि, परमेश्‍वरको काम अझै पनि व्यवस्थित रूपमा अघि बढ्छ, किनभने यो परमेश्‍वरको काम हो। यदि यो मानवको काम भएको भए, शैतानको शासनले खडा गर्ने यस्तो व्यवधान र विभिन्‍न सामाजिक शक्तिहरूको यस्ता आक्रमण र मानहानिले यसलाई ढालिसक्नेथ्यो र यो अस्तित्वमा रहनेथिएन। जब परमेश्‍वरले बोल्नुहुन्छ र काम गर्नुहुन्छ, जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मात्रै मण्डली झन्-झन् समृद्ध बन्छ। के यो तथ्य होइन र? के तिमीहरूले यो तथ्य देखेका छौ? (हजुर, देखेका छौँ।) के देखेका छौ? (राज्यको सुसमाचार दर्जनौँ देशमा फैलिसकेको छ, र शैतानले सृजना गरेका र फैलाएका ती अफवाहहरूले सत्यतालाई प्रेम गर्नेहरूलाई परमेश्‍वरतर्फ फर्कनबाट रोकेका छैनन्।) यो परमेश्‍वरको काम हो; परमेश्‍वरको कामले यो नतिजा हासिल गर्न सक्छ, परमेश्‍वरका वचनहरूले यो नतिजा हासिल गर्न सक्छन्—यो शैतानका अपेक्षाहरूभन्दा बाहिरको कुरा हो। परमेश्‍वरका वचनहरूमा यस्तो असीम शक्ति हुन्छ; सुसमाचार राम्रो दिशातिर फैलिँदैछ र सबै कुरा परमेश्‍वरको योजनाअनुसार, कुनै गडबडीविना व्यवस्थित रूपमा अघि बढिरहेको छ। परमेश्‍वरको काम र परमेश्‍वरका वचनहरू परमेश्‍वरका चुनिएका मानिसहरूमाझ फैलिरहेका छन्, जुन कुरा धेरै पहिले नै पूर्वनिर्धारित गरिएको थियो। सुसमाचार प्रचार गरेर प्राप्त भएका मानिसहरूको सङ्ख्या र साँचो मार्गको अनुसन्धान गर्ने मानिसहरूको सङ्ख्या महिनैपिच्छे वृद्धि भइरहेका छन्। के यसले सुसमाचारको काम कसरी फैलिएको छ भन्‍ने कुरा देखाउँदैन र? यदि त्यो परमेश्‍वरको काम नभएको भए, जति धेरै मानिसहरूले जति नै ठूलो मूल्य चुकाए पनि, तिनीहरूले यो नतिजा हासिल गर्न सक्नेथिएनन्। यो परमेश्‍वरको तागत हो, परमेश्‍वरका वचनहरूको शक्तिले हासिल गरेको नतिजा हो।

मानिसहरूले विभिन्‍न अफवाहहरूलाई कसरी लिन्छन् भन्‍नेबारे फेरि फर्केर कुराकानी गरौँ। मानिसहरूले विभिन्‍न अफवाहहरूप्रति परमेश्‍वरको जस्तो मनोवृत्ति अपनाउन सक्दैनन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, र अफवाह सुनेपछि, तिनीहरू सधैँ यस्तो महसुस गर्छन्: “यदि मैले केही गरिनँ भने, मैले मेरो विवेक खेर फालिरहेको हुन्छु। यदि अफवाहहरू बनाउने मानिसहरू हाबी भए भने, मलाई असहज, असन्तुष्ट, र आक्रोशित महसुस हुनेछ, अनि मलाई असन्तुलित महसुस हुनेछ, त्यसकारण तिनको खण्डन गर्नैपर्छ। मैले अफवाहहरूलाई स्पष्ट पार्न भिडियो बनाउनुपर्छ, वा लेख लेख्‍नुपर्छ।” यस्तो मानसिकता बोकेर काम गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ कि हुँदैन, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ कि हुँदैन भनेर मनन गर्नु सार्थक हुन्छ। यदि तिमीहरूले मण्डलीको काम र आफ्‍नो कर्तव्य पूरा गर्नुको उद्देश्य र उत्प्रेरणा भनेको अफवाहहरू स्पष्ट पार्नु र तिमीहरू साँचो परमेश्‍वरमै विश्वास गर्छौ, तिमीहरू जीवनमा सही बाटोमा छौ, र सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन तिमीहरूले गरेको सबै कुरा न्यायसङ्गत छन्—अनि संसारले यी सबै तथ्यहरूको सत्यता नजानेकाले वा नबुझेकाले मात्रै तिनीहरूले तिमीहरूलाई धेरै आधारहीन अपराधहरूको आरोप लगाएका छन्भन्‍ने कुरा स्पष्ट रूपमा व्याख्या गर्नु हो—र सबै कुरा स्पष्ट पारिएपछि, संसारले तिमीहरूलाई निर्दोष मान्नेछ, संसारका सबै पक्षहरूले “तिमीहरू साँचो परमेश्‍वरमै विश्वास गर्छौ, तिमीहरू जीवनको सही बाटोमा छौ, र परमेश्‍वरले तिमीहरूलाई गर्न लगाउनुभएका सबै कुरा सही छन् र न्यायपूर्ण हुन्” भनेर विश्‍वव्यापी रूपमा स्विकार्छन् भने, त्यसपछि के त? के त्यसपछि तिमीहरूलाई आफ्नो विश्‍वासमा सहजता र न्यायसङ्गतता महसुस हुनेछ? के तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा हिँडेका हुनेछौ? के तिमीहरू कुनै बाहिरी हस्तक्षेपविना मुक्तिको मार्गमा अघि बढेका हुनेछौ? के तिमीहरूले परमेश्‍वरको डर मान्ने हृदय विकास गरेका हुनेछौ? के तिमीहरूले त्यसपछि परमेश्‍वरप्रति समर्पण हासिल गर्न सक्छौ? के तिमीहरूले त्यसपछि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौ? (सक्दैनौँ।) के मानिसहरूले तँप्रति कुनै गलतफहमी नराखी तँलाई प्रशंसा र आदर मात्रै गर्न थालेपछि तैँले शुद्ध विवेकको साथ परमेश्‍वरमा विश्‍वास गर्न सक्छस् भन्‍ने कुरा सम्भव छ? बिलकुलै छैन! अवश्य नै, अफवाहहरूप्रति परमेश्‍वरको जस्तो मनोवृत्तिमा पुग्न सक्दैनन्, तर व्यक्तिमा सही दृष्टिकोण, सही मनोवृत्ति र अडान हुनुपर्छ, र उसले यसो भन्‍नुपर्छ: “यी अफवाहहरू वास्तवमै घृणास्पद र घिनलाग्दा छन्। यी अफवाहहरूबाट, यो भ्रष्ट मानवजाति वास्तवमै परमेश्‍वरको शत्रु हो भन्‍ने कुरा देख्‍न सकिन्छ; यो पूर्ण रूपमा सही हो! मैले शैतानका अफवाहहरूका आधारमा परमेश्‍वरको काम साँचो हो कि झूटो हो भनेर मूल्याङ्कन गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू पढेको आधारमा र आफ्नो कर्तव्य पूरा गर्दाका अनुभवहरूमार्फत म परमेश्‍वरका सबै वचन सत्यता हुन्, र उहाँले गर्नुहुने सबै कुराले मानिसहरूलाई मुक्ति पाउन सक्षम बनाउँछन् भन्‍ने कुरा पुष्टि गर्छु। आज परमेश्‍वरको मुक्ति स्वीकार गर्न उहाँको अघि आएको हुनाले, मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र परमेश्‍वरका वचनहरू प्रचार गर्न, उहाँको नाम उद्घोष गर्न, र परमेश्‍वरको काम र उहाँका अभिप्रायहरूको गवाही दिनका लागि मैले मेरा दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्छ, ताकि परमेश्‍वरले चुन्नुभएका मानिसहरू परमेश्‍वरका घरमा फर्केर आउन सकून्, तिनीहरूले उहाँको आवाज सुन्न सकून्, र उहाँबाट वचन र जीवनको आपूर्ति जति सक्दो चाँडो र छिटो प्राप्त गर्न सकून्। यो मेरो दायित्व हो, मेरो जिम्मेवारी हो। म परमेश्‍वरका काममा सहकार्य गरिरहेको छु, तर मैले पछ्याउने मार्ग सही छ वा मैले सुरु गरेको अभियान न्यायसङ्गत छ भनेर पुष्टि गर्नका लागि होइन—यी कुराका लागि होइन। मैले परमेश्‍वरविरुद्ध शैतानका आक्रमण र मानहानिको प्रतिकार गर्नका लागि आफ्नो कर्तव्य पूरा गरिरहेको छैनँ। बरु, म परमेश्‍वरको प्रेमको ऋण तिर्न, परमेश्‍वरको आज्ञा स्वीकार गर्न, र परमेश्‍वरका काममा सहकार्य गर्नका लागि मेरा आफ्नै दायित्व र जिम्मेवारीहरू, र अवश्य नै, मेरो आफ्नै बफादारी पूरा गरिरहेको छु।” के यो सही दृष्टिकोण हो? के मानिसहरूमा हुनुपर्ने दृष्टिकोण यही हो? (हो।) यो कोणबाट हेर्दा, विभिन्‍न कार्यक्रमहरू बनाउने क्रममा, चाहे त्यो भजन गाउने, नाच्ने, चलचित्र बनाउने, वा अनुभवात्मक गवाहीहरूका बारेमा नाटकहरू बनाउने कार्य होस्, के मानिसहरूको अडान, तिनीहरू खडा हुने कोण, र तिनीहरूले निकाल्ने केही निश्‍चित अभिव्यक्तिहरूमा केही परिवर्तन आउनु पर्दैन र? (पर्छ।) तर, धेरैजसो मानिसहरूले यी सबै कामहरू गर्दा, ती काम आवेशमा र घृणाका साथ गरेका हुन्छन्, र जसमा मानव भावनाहरू मिश्रित हुन्छन्। त्यसकारण, तिनीहरूले गैरविश्‍वासीहरू, सत्ताधारी दल, र धार्मिक संसारका कार्य र व्यवहारहरूका बारेमा अति धेरै कुरा खुलासा गरेका छन्, र तिनीहरूका शब्दहरू अत्यन्तै कठोर रहिआएका छन्, जसले गर्दा त्यस्ता कार्यक्रमहरू हेरेपछि तिनीहरूले अरूमा अलिक नकारात्मक प्रभाव पारेका छन्। कारण सामान्य छ: मानिसहरू यी सबै क्रियाकलापहरूमा निश्‍चित भावनाका साथ लाग्छन्, सही दृष्टिकोण बोकेर लागेका हुँदैनन्। अनि मानिसहरूले अझै पनि यसो भन्दै यो कुरालाई निकै उचित ठान्छन्: “तिनीहरूले हामीलाई आक्रमण गर्छन्, बदनाम गर्छन्, र हाम्रा बारेमा अफवाहहरू सृजना गर्छन्; तिनीहरूलाई खुलासा गर्दा के बिग्रिन्छ र? यो वैधानिक आत्मरक्षा हो! वैधानिक रूपमा आत्मरक्षा गर्नु गैरकानुनी होइन, न त हामीले नभएको कुरा नै गरिरहेका छौँ; हामी सबैले तथ्यहरूका आधारमा कुराहरू चिरफार गरिरहेका छौँ। तिनीहरूले हाम्रा बारेमा बिनाआधार अफवाहहरू सृजना गर्छन्; के हामीले तिनीहरूको खुलासा र चिरफार गर्नु गलत हो? के हामीले प्रतिकार गर्न मिल्दैन?” प्रतिकार गरेर के फाइदा हुन्छ? दियाबलसहरू झूटले भरिएका हुन्छन् र तिनीहरूले कहिल्यै एउटा पनि सत्य अभिव्यक्ति बोल्दैनन्; तिनीहरूले भन्ने कुरा झूट हो भनेर तिनीहरूलाई पहिचान गर्न लगाउनका लागि, र तिनीहरूले झूट बोलेको कुरालाई स्वीकार गरेपछि तिनीहरूले फेरि कहिल्यै झूट नबोलून् भन्नका लागि निरन्तर तिनीहरूका झूटहरूको चिरफार गर्नु—के त्यसमा कुनै मूल्य छ? के तिनीहरूले यो कुरा हासिल गर्न सक्छन्? (सक्दैनन्।) के त्यो शैली मूर्ख र अज्ञानी छैन र? हाम्रो मुख्य काम भनेको परमेश्‍वरको काम, उहाँको कामले हासिल गरेका परिणामहरू, उहाँका वचनहरू, र उहाँका वचनहरूले मानिसहरूमा पार्ने प्रभावहरूको गवाही दिनु हो, र सत्ताधारी दलले गरेको दमन र सतावट, र धार्मिक संसारले गरेको प्रतिरोध र निन्दाका सन्दर्भमा, तिनमा संलग्‍न केही पृष्ठभूमिलाई संक्षिप्त रूपमा उल्लेख गर्दा पर्याप्त हुन्छ भनेर मैले धेरै पहिले नै भनेको छु। तर मानिसहरूले यसलाई जति सुने पनि बुझ्न सक्दैनन्। तिनीहरूले सधैँ यी समस्याहरूलाई आवेशका साथ सम्हाल्छन् र तर्क गर्न चाहन्छन्। अनि नतिजा के हुन्छ? यसले पटक्‍कै कुनै नतिजा दिँदैन, किनभने शैतानका दुष्ट शक्तिहरूसँग तर्क गर्न सकिँदैन। के यो मानिसहरूको मूर्खता र अज्ञानता होइन र?

कतिपय मानिसहरू मानिसहरूलाई अफवाहहरू स्पष्ट पारिदिने र साँचो कुरा के हो भनेर बुझाउने, अँध्यारो संसारसँग र परमेश्‍वरको विरोध गर्ने दुष्ट मानिसहरूसँग युद्ध घोषणा गर्ने उत्प्रेरणाले मात्र सुसमाचार प्रचार गर्छन्, केही प्राविधिक पेसा सिक्छन्, वा निश्‍चित प्रकारको कर्तव्य पूरा गर्छन्। के यो इन्साफको काम हो? तैँले यसो गर्नु सही भए पनि वा गलत भए पनि, तैँले यो कुरा बुझ्नुपर्छ: के परमेश्‍वरले उहाँसँग शत्रुता राख्‍ने ती दुष्ट मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? के तैँले यसो गर्नुको कुनै मूल्य हुन्छ? यदि तैँले परमेश्‍वरले कस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुरा बुझेको छैनस् र सधैँ सही जस्तो देखिने तर वास्तवमा गलत रहेका केही दृष्टिकोणहरू व्यक्त गर्छस् भने, के यो तेरो आफ्नै मुक्तिमा रोकावट ल्याउनु होइन र? कतिपय मानिसहरूले परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरूसँग लड्न र सांसारिक प्रचलनहरूको विरोध गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्छन्। “तिनीहरू हामीले आफ्नो परिवारलाई बेवास्ता गरेको र सामान्य जीवन नजिएको भनेर भन्छन्, त्यसकारण म आफ्नो कर्तव्य राम्ररी पूरा गरेर आफूलाई प्रमाणित गर्न चाहन्छु। भविष्यमा, जब म स्वर्ग जान्छु र राज्यमा प्रवेश गर्छु र तिनीहरूलाई न्याय गरिन्छ, तब तिनीहरूले म सही भएको देख्‍नेछन्!” त्यसरी आफूलाई प्रमाणित गरेर के फाइदा हुन्छ र? तैँले आफूलाई प्रमाणित गरिस् भने पनि, यसले के फाइदा गर्न सक्छ र? यसले के कुरालाई प्रतिनिधित्व गर्छ? त्यसको मूल्य के हो? यदि यसले तँलाई साँच्‍चै नै राज्यमा प्रवेश गर्न र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न दिन सक्ने भए, यो सार्थक हुनेथ्यो, र तेरो मार्ग सही हुनेथ्यो। तर दुर्भाग्यवश, यो मार्ग व्यवहार्य छैन। यो परमेश्‍वरले मानिसहरूका लागि पूर्वनिर्धारित गर्नुभएको मार्ग होइन, र परमेश्‍वरले मानिसहरूबाट यस्तो व्यवहारको माग गर्नुहुन्न। मानिसहरू सधैँ मूर्ख हुन्छन्, र तिनीहरू सत्यताका पक्षमा उभिएका र तिनीहरूसँग सत्यता भएका हुनाले, तिनीहरूले न्यायसङ्गत अभियानहरूमा लाग्नुपर्छ, र यो दुष्ट संसार र अफवाहहरू सृजना गर्ने सबैमाथि युद्ध घोषणा गर्नुपर्छ भन्‍ने सोच्छन्: “हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र परमेश्‍वरलाई पछ्याउँछौँ, हामी आफ्‍नो कर्तव्य पूरा गर्छौँ—हामी तिमीहरूलाई को चाहिँ सही मार्गमा छ भनेर देखाउनेछौँ!” के यो आवेशीपन होइन र? के यी कुराका बारेमा तर्क गर्नुको कुनै फाइदा छ? यसको कुनै मूल्य छँदै छैन। यदि तँसँग साँच्‍चै समय र ऊर्जा छ भने, कुनै पेसाबारे अझै धेरै सिक्‍नु, कुनै पेसासँग सम्बन्धित थप ज्ञान र सामान्य ज्ञान अध्ययन गर्नु नै राम्रो हुन्छ। यो तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नका लागि फाइदाजनक र सहयोगी हुन्छ। तँ सधैँ संसारका दुष्ट शक्तिहरूसँग किन सङ्घर्ष गरिरहेको हुन्छस्? किन सधैँ अफवाहहरूसँग सङ्घर्ष गरिरहन्छस्? के यो नचाहिने काममा मेहनत लगाउनु होइन र? अरूले तँलाई जति आक्रमण गरे पनि, तैँले तिनीहरूलाई ध्यान दिनु पर्दैन। तिनीहरू दुष्ट प्रकृतिका हुन्छन्, र तिनीहरू पशुहरू हुन्, तिनीहरू त्यस्तै किसिमका चिज हुन्; परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न, परिवर्तन गर्नुहुन्न, र तिनीहरूसँग बोल्नुहुन्न। परमेश्‍वरले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ, त्यसकारण के तैँले तिनीहरूलाई ध्यान दिनुपर्छ? यदि मानिसहरू परमेश्‍वरले नगर्ने कुरा जिद्दीपूर्वक गर्न अड्डी कस्छन् भने, के यो अलिक मूर्खतापूर्ण र बुद्धिहीन हुनु होइन र? कम्तीमा पनि, तँ परमेश्‍वरप्रति समर्पित हृदय नभएको व्यक्ति होस्, र तँ परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्दैनस्, वा परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्दैनस्। तैँले यी कुराहरूप्रति परमेश्‍वरको मनोवृत्ति के हो भन्‍ने देख्दैनस्—परमेश्‍वरले तिनलाई बेवास्ता गर्नुहुन्छ; तैँले किन त्यस्तो हो भन्‍ने कुरासमेत बुझ्दैनस्। परमेश्‍वरको कामका तीनवटै चरणमा, परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ। परमेश्‍वर र मानवजातिका बीचमा धेरै संवादहरू भएका छन्, र यी संवादहरूबाट परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको स्वभाव, र सार देख्‍न सकिन्छ। तर, परमेश्‍वरले केही निश्‍चित मामलाहरूमा शैतानसँग कसरी संवाद गर्नुहुन्छ भन्‍ने बारेमा उहाँले कहिल्यै कुरा गर्नुहुन्न, र यसरी उहाँले शैतानको खुलासा गर्नुहुन्छ, जसले गर्दा मानवजातिले शैतानको साँचो अनुहार स्पष्ट रूपमा देख्न, र शैतानले परमेश्‍वरसँग कसरी व्यवहार गर्छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्न सक्छ। त्यस्ता धेरै मामलाहरू छन्, तर परमेश्‍वरले ती उल्लेख गर्नुहुन्न। परमेश्‍वरले किन ती उल्लेख गर्नुहुन्न? किनभने ती कुराहरूका बारेमा कुरा गरेर तँलाई कुनै फाइदा हुँदैन। तेरा लागि सबैभन्दा फाइदाजनक कुरा परमेश्‍वरको जीवनका वचनहरू हुन्; तँलाई परमेश्‍वरसामु आउन र परमेश्‍वरमा समर्पित हुने, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍न सक्षम बनाउने यी वचनहरू नै तेरा लागि सबैभन्दा फाइदाजनक छन्। परमेश्‍वरले तँलाई कसरी जिउने र कसरी बोल्ने भनेर बताउनुहुन्छ, साथै कसरी मानिस र मामलाहरूलाई खुट्ट्याउने र सत्यता अभ्यास गर्न सिक्ने र विभिन्‍न वातावरण र अवस्थाहरूमा बुद्धिमानी हुने भनेर बताउनुहुन्छ—यी सबै तेरा लागि फाइदाजनक छन्। परमेश्‍वरले तँलाई जे कुराले फाइदा गर्छ त्यही भन्‍नुहुन्छ र गर्नुहुन्छ। परमेश्‍वरले तँलाई कुनै फाइदा नगर्ने एउटा पनि वचन बोल्नुहुन्न। के परमेश्‍वरलाई ती वचनहरू बोल्नु अत्यन्तै सजिलो हुँदैन होला र? त्यसोभए उहाँले किन ती वचन बोल्‍नुहुन्‍न? किनभने भ्रष्ट मानवजातिलाई ती वचनहरूको आवश्यकता पर्दैन। यी अफवाहहरू दियाबलस र शैतानका वचनहरू बराबर हुन्, र परमेश्‍वरले तिनलाई बेवास्ता गर्नुहुन्छ, त्यसकारण तैँले पनि तिनीहरूसँग सङ्घर्ष गर्नु हुँदैन। बुझिस्? (बुझेँ।) बुझिसकेपछि, कसरी अभ्यास गर्ने भनेर तँलाई थाहा भयो, होइन र? अफवाहहरू चिरफार गर्न, अफवाहहरूलाई खण्डन गर्न, अफवाहहरूको स्रोत खोज्न, आदि इत्यादिमा मेहनत नगर्। यदि तँसँग साँच्‍चै नै परमेश्‍वरको गवाही दिने हृदय छ र तँ आफ्नो गवाहीमा दह्रिलो खडा हुन र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, तैँले भन्‍न सक्‍ने धेरै शब्दहरू छन् र तैँले गर्न सक्‍ने धेरै कुराहरू छन्। परमेश्‍वरले मानिसहरूलाई आपूर्ति गर्नुहुने वचन र सत्यताहरू तैँले मनन र अनुभव गर्नुपर्ने हुन्छ, ताकि ती तेरा आफ्नै सिद्धान्त र अभ्यासका मार्ग बनून्, र अन्तिममा तेरो आफ्नै जीवन बनून्। तैँले यसलाई लागू गर्न समय र ऊर्जा लगाउनु जरुरी हुन्छ। यदि तँ मूर्ख र अबुझ छस्, सधैँ अफवाहहरूमा मेहनत लगाउँछस्, सधैँ आफ्नो नाम सफा राख्‍न र आफूलाई संसारको अगाडि प्रस्ट पार्न चाहन्छस् भने, त्यसले समस्या निम्त्याउँछ; तैँले सत्यता प्राप्त गर्नेछैनस्, र यी सांसारिक अफवाहहरूले तँलाई पूर्ण रूपमा अल्झाउनेछन् र थकित बनाउनेछन्। अन्तमा, तैँले कुराहरू स्पष्ट रूपमा बुझाउन सक्‍नेछैनस्। तैँले किन ती कुरा स्पष्ट रूपमा बुझाउन सक्‍नेछैनस्? किनभने तैँले दियाबलसको सामना गरिरहेको छस्, र यसले खुलेआम झूट बोल्छ। अहिले दियाबलसले के भन्छ? ठूलो रातो अजिङ्गरले भन्छ, “चीन विश्‍व व्यवस्थाको रक्षक, विश्‍व शान्तिको रक्षक हो, र विश्‍व शान्ति र सुव्यवस्था कायम राख्‍नमा यसको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ।” यसले भन्‍ने कुन-कुन शब्दहरू तथ्य हुन्? के यी शब्दहरू तथ्य हुन्? यी शब्दहरू सुन्दा तँलाई रिस उठ्दैन? यो सुनेपछि, तैँले शैतानलाई यस्तो कुरा बोल्न लाज पनि लाग्दैन भन्‍ने सोच्छस्। तैँले त्योसँग किन तर्क गर्ने? के तँ मूर्ख भइरहेको छैनस् र? यो यस्तै कुरा हो—परमेश्‍वरले यसलाई सेवा प्रदान गराउनका लागि मात्रै प्रयोग गर्नुहुन्छ, र उहाँले यसलाई मुक्ति दिने वा परिवर्तन गर्ने अभिप्राय बिलकुलै राख्‍नुहुन्न। के योसँग तर्क गर्नु मूर्खता होइन र? त्यस्तो मूर्ख काम नगर्। बुद्धिमानी मानिसहरूले यी अफवाहहरू सुन्दैनन्, न त तिनीहरू तिनको बन्धनमा नै पर्छन्। कतिपय मानिसहरूले भन्छन्, “अफवाह सुनेपछि, मलाई बाधा पुग्छ!” त्यसो हो भने तैँले हृदयमा प्रार्थना गर्नुपर्छ, ती दियाबलस र शैतानलाई खुट्ट्याउन, अनि त्यसपछि तिनीहरूलाई श्राप दिन सत्यता प्रयोग गर्नुपर्छ, अनि यी अफवाहहरूले तेरो हृदयमा कुनै असर पार्नेछैनन्। अर्को उपाय पनि छ: तैँले सारलाई छर्लङ्गै देख्‍नुपर्छ। तैँले यसो भन्, “परमेश्‍वरका कार्यहरू मेरा धारणाहरू अनुरूप नभए पनि र भ्रष्ट मानवजातिले तिनलाई निन्दा र इन्कार गरे पनि, म उहाँ सत्यता हुनुहुन्छ, र दियाबलसहरू र शैतानसँग कुनै सत्यता हुँदैन भन्‍ने देख्छु। म परमेश्‍वरमा विश्‍वास गर्न दृढ छु! परमेश्‍वरले मात्रै मलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँमा परमेश्‍वरको सार छ, उहाँ परमेश्‍वर हुनुहुन्छ, र उहाँको सार कहिल्यै परिवर्तन हुँदैन। दियाबलसहरू र शैतानले परमेश्‍वरलाई जति प्रतिरोध गरे पनि, तिनीहरूसँग कुनै सत्यता हुँदैन, र म दियाबलस र शैतानका शब्दहरूमा विश्‍वास गर्दिनँ!” के तँसँग यो विश्‍वास छ? (छ।) यदि तँसँग यो विश्‍वास छ भने, तँ कुनै पनि मानिस, घटना, वा कामकुराहरूद्वारा विचलित हुनु हुँदैन, शैतानको बहकाउ वा आक्रमणमा पर्नु त झनै हुँदैन। त्यसोभए तैँले के गर्नुपर्छ? त्यसलाई बेवास्ता गर्नुपर्छ; बस सत्यता पछ्याउने र आफ्नो गवाहीमा खरो उत्रिने कार्यमा ध्यान दे, अनि शैतान लज्जित हुनेछ।

भर्खरै, हामीले मण्डलीभित्र अफवाह फैलाउने कार्यसँग सम्बन्धित केही समस्याहरूका बारेमा सङ्गति गर्‍यौँ। धेरैजसो मानिसहरूले चिनियाँ कम्युनिस्ट सरकार र धार्मिक संसारबाट केही अफवाहहरू सुनेका छन्; हामीले भर्खरै यी अफवाहहरूलाई कसरी लिने र सम्हाल्ने भन्‍ने बारेमा पनि सङ्गति गर्‍यौँ। मानिसहरूले सत्यता सिद्धान्तहरू बुझेपछि, तिनीहरू त्यसउप्रान्त अफवाहहरूको बहकाउमा वा बाधामा पर्नेछैनन्। मण्डलीमा अफवाह फैलाउने व्यक्ति देखा पर्दा, उसले जुनसुकै शैली वा लबजले जस्तोसुकै किसिमका अफवाह फैलाए पनि, हामीले यसलाई कसरी लिनुपर्छ? हामीले हस्तक्षेप नगरी यसलाई हुन दिनुपर्छ, कि त्यो व्यक्तिलाई खुलासा र चिरफार गर्नुपर्छ, र तह लगाउनुपर्छ? कुन विधि सिद्धान्तहरू अनुरूप छ? कतिपयले यसो भन्छन्, “के अभिव्यक्तिको स्वतन्त्रता छैन र? त्यो व्यक्तिलाई किन बोल्‍न नदिने? उसलाई खुरुक्क बोल्न दिनुहोस्। अफवाहहरू सुनेपछि, जब सबैले ती के हुन् भनेर खुट्ट्याउन सक्छन्, तब तिनीहरूले यी दुष्ट शब्दहरूको विश्‍वास गर्न छोड्नेछन्, र अफवाहहरू स्वतः धरमराएर ढल्नेछन्।” अरूले भन्छन्, “तिनीहरूले अफवाहहरू फैलाउनु र परमेश्‍वरको मानहानि गर्नु स्वीकार्य छैन। हामीले तिनीहरूलाई परमेश्‍वरको मानहानि गर्ने कामकुरा गर्न दिनु हुँदैन। हामीले तिनीहरूलाई बिउँझाउनका लागि पाठ सिकाउनुपर्छ। परमेश्‍वरले हामीलाई मुक्ति दिनका लागि बोल्न र काम गर्न धेरै कष्ट सहनुभएको छ, तैपनि तिनीहरूले अफवाह फैलाइरहेका छन्। तिनीहरूसँग कुनै विवेक छैन! तिनीहरूलाई श्राप दिएर मात्रै हामी हाम्रो घृणालाई कम गर्न सक्छौँ; यदि हामीले तिनीहरूलाई तह लगाएनौँ भने, हामीले परमेश्‍वरलाई निराश तुल्याइरहेका हुनेछौँ।” कुन तरिका राम्रो हो? यी सबै शैलीहरू राम्रा छैनन्। हामीले यसभन्दा पहिले सङ्गति गरेझैँ, अफवाह फैलाउनेहरू पक्कै पनि असल हुँदै हुँदैनन्, र त्यस्ता व्यक्तिहरूलाई खुट्ट्याउनु आवश्यक छ। यदि तिनीहरूले कहिलेकाहीँ मात्रै अफवाह फैलाउँछन् भने, तिनीहरूलाई चेतावनी दिनुपर्छ। यदि तिनीहरूले निरन्तर अफवाह फैलाउँछन् भने, तिनीहरूको खुलासा, चिरफार गर्नुपर्छ, र त्यसपछि तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ, ताकि तिनीहरूले अबदेखि मानिसहरूलाई भ्रममा पार्न वा हानि गर्न नसकून्। के यो कुरालाई सम्हाल्न सजिलो छ? के तिमीहरूले यसलाई यसरी सम्हाल्ने थियौ, कि मण्डली अगुवाहरूले आदेश दिऊन् भनेर पर्खने थियौ? कसैले निरन्तर अफवाह फैलाइरहेको छ, र तिनीहरू भेलामा आउँदा हरेक पटक यी कामकुराका बारेमा कुरा गर्छन्, परमेश्‍वरका वचनहरू कहिल्यै पढ्दैनन्, कहिल्यै प्रार्थना गर्दैनन्, भजनहरू सिक्दैनन्, र अझ बढी, तिनीहरूले परमेश्‍वरका वचनहरूबारे आफ्नो अनुभवात्मक बुझाइ बाँड्दैनन्, र जब कसैले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्छ र अनुभवात्मक गवाही बाँड्छ, तब तिनीहरूलाई यसदेखि घिन लाग्छ र वितृष्णा हुन्छ, तर गैरविश्‍वासीहरूको अफवाहप्रति त्यस्तो वितृष्णा महसुस हुँदैन, र तिनीहरू ती कुराप्रति निकै उत्साहित हुन्छन्—यी सबै कुरा पत्ता लागेपछि, त्यस्तो व्यक्तिलाई किन कुनै शिष्टता देखाउनु? तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरलाई पछ्याउनबाट रोक्न मण्डलीमा घुसपैठ गरेका शैतानका सेवकहरू हुन् भन्‍ने कुरा स्पष्ट छ। के तँ तिनीहरूले दिएको बाधा सहन्छस्? (सहँदिनँ।) यदि तँ यसलाई सहँदैनस् भने, खडा भएर यसो भन्, “फलानो व्यक्ति मण्डलीमा आउँछ र सधैँ अफवाह फैलाउँछ, परमेश्‍वरका वचनहरू पढ्दैन, र परमेश्‍वरका वचनहरूबारे आफ्नो अनुभवात्मक बुझाइ बाँड्दैन। ऊ अविश्‍वासी हो र उसलाई मण्डलीबाट निकाल्नुपर्छ। कसैलाई कुनै आपत्ति छ?” यदि सबैले कुनै आपत्ति छैन भनेर भन्छन्, र हात उठाएर सहमति जनाउँछन् भने, त्यो व्यक्तिलाई निकाल्नुपर्छ। के अफवाह फैलाउनेलाई यसरी तह लगाउनु सन्तोषजनक हुँदैन र? (हुन्छ।) त्यस्ता मानिसहरूलाई यसरी नै तह लगाउनुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्