अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१८) खण्ड दुई

ग. परमेश्‍वरलाई मानहानि र आक्रमण गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका र धार्मिक संसारका आधारहीन अफवाहहरूलाई कसरी लिने

चिनियाँ कम्युनिस्ट सरकार र धार्मिक संसारले परमेश्‍वरको घरका बारेमा धेरै आधारहीन अफवाहहरू सृजना गरेका छन्, दाजुभाइ-दिदीबहिनीहरूले मानिसहरूलाई सुसमाचार स्वीकार गर्न जबरजस्ती गर्छन् भन्ने जस्ता झूटो दाबी गरेका छन्। यी अफवाहहरू सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? (रिस उठ्छ, क्रोध जाग्छ।) यी तिमीहरू बारेका अफवाहहरू हुन्, र तिमीहरूमा क्रोध जाग्छ। तिमीहरू कुन हदसम्‍म क्रोधित हुन्छौ? के तिमीहरू अफवाहहरू सृजना गर्ने मानिसहरूलाई खोजेर तिनीहरूसँग तर्क गर्न, तिनीहरूलाई पाठसमेत सिकाउन चाहन्छौ? (चाहन्छौँ।) यी अफवाहहरूले सतही रूपमा मण्डलीलाई निशाना बनाउँछन्, तर वास्तवमा, ती मण्डलीका हरेक सदस्य र उसको प्रतिष्ठा र निष्ठासँग सम्बन्धित हुन्छन्। ती सुनेपछि तिमीहरू क्रोधित हुन्छौ, र यसो भन्छौ, “हामीले त्यसो गरेका छैनौँ! हामी सत्यता सिद्धान्तहरूअनुसार सुसमाचार प्रचार गर्छौँ। परमेश्‍वरमा विश्‍वास गर्न नचाहनेहरूलाई हामी कहिल्यै जबरजस्ती गर्दैनौँ। विश्वास भनेको स्वैच्छिक कुरा हो। हामी कसैलाई कहिल्यै जबरजस्ती गर्दैनौँ, हामीले मानिसहरूलाई हानि वा प्रतिकार गर्नु त झन् परको कुरा हो। बरु उल्टै, सुसमाचार प्रचार गर्ने हामीलाई धार्मिक मानिसहरूले निर्घात कुटपिट गरेका छन् र पुलिसलाई रिपोर्ट गरेका छन्, यातना भोगाउन ठूलो रातो अजिङ्गरको हातमा सुम्पेका छन्; हामीमध्ये धेरैलाई जेल हालिएको छ, र धेरैलाई धार्मिक मानिसहरूले स्थापना गरेका निजी जेलहरूमा समेत थुनामा राखिएको छ। अन्यायमा पर्ने त हामी हौँ!” यी अफवाहहरू सुनेपछि, तिमीहरू क्रोधित हुन्छौ र सधैँ तिनीहरूसँग तर्क गर्न चाहन्छौ। यी अफवाहहरूले मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सिधै आक्रमण र बदनाम गर्ने हुनाले तिमीहरूले यस्तो प्रतिक्रिया दिन्छौ। परमेश्‍वरको बदनाम र आलोचना गर्ने अफवाहहरू सुन्दा तिमीहरूलाई कस्तो लाग्छ? यी कुराहरू तिमीहरूका व्यक्तिगत स्वार्थ वा तिमीहरूको निष्ठा र इज्जतसँग सम्बन्धित हुँदैनन्; ती त परमेश्‍वरसँग सम्बन्धित अफवाहहरू हुन्। उदाहरणका लागि, जब तैँले पहिले येशूमा विश्‍वास गरेको थिइस्, तब कतिपय मानिसहरूले येशू कन्याबाट जन्मनुभएको हो र उहाँको बुबा हुनुहुन्न भनेर भन्थे। त्यो सुन्दा तँलाई कस्तो लाग्थ्यो? के तँ तिनीहरूसँग तर्क गर्न चाहन्थिस्? “हामीले त परमेश्‍वरमा विश्‍वास गर्ने हो!” त्यसपछि तैँले यसबारे विचार गरिस्: “मरियम एउटी कन्या थिइन्, र येशू पवित्र आत्माद्वारा गर्भधारण गराइएर एउटी कन्याबाट जन्मनुभयो। यो तथ्य हो, तर गैरविश्‍वासीहरूले यसबारे अशिष्ट रूपमा बोल्छन्, र मलाई त्यो सुन्न मन लाग्दैन!” बढीमा तँमा त्यस्ता भावनाहरू आए होलान्, तर तैँले हृदयमा अझै पनि पवित्र आत्माद्वारा गराइने गर्भधारण मानव धारणाहरूको ठूलो विरोधाभास हो भन्‍ने महसुस गरिस्। तैँले विज्ञानमा विश्‍वास गर्ने हुनाले यस कुरामा विश्‍वास गर्न सकिनस्; तँ हृदयदेखि नै परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनस्, न त तँ परमेश्‍वरले भन्‍नुहुने र गर्नुहुने सबै कुरा सत्यता हो भनेर नै विश्‍वास गर्छस्, अनि त्यसपछि तँ अविश्‍वासीहरूका दुष्ट शब्दहरूलाई खण्डन गर्न जाँदैनस्। तँसँग सत्यता नभएकाले र तैँले सत्यता नबुझ्ने हुनाले, बढीमा, तँलाई मानिसहरूले कुरा गर्ने अफवाहहरू सुन्न अप्रिय लाग्छ, र तँलाई यी अफवाहहरू तेरो प्रतिष्ठासँग सम्बन्धित भएकाले मानिसहरूले त्यसरी बोल्नु हुँदैन भन्‍ने लाग्छ; तैँले सोच्छस्, “गैरविश्‍वासीहरू कति घिनलाग्दा र नीच हुन्छन्! तिनीहरू कुनै पनि फोहोरी शब्दहरू प्रयोग गर्ने दुस्साहस गर्छन्; तिनीहरू साँच्‍चै नै अविश्‍वासी हुन्! तिनीहरू साँच्‍चै नै दियाबलस हुन्!” यति मात्र हो, र बढीमा तैँले हासिल गर्न सक्‍ने कुरा यति नै हो। गैरविश्‍वासीहरूले यस्ता अफवाहहरू बोलेको सुन्दा तँ किन उद्वेलित हुन्छस् र तँलाई तिनीहरू किन नीच र घिनलाग्दा लाग्छ? किनभने ती कुराहरू तेरो प्रतिष्ठासँग सम्बन्धित छन्; यी अफवाहहरूले तेरो हृदयलाई उक्साउँछन्, तँलाई लज्जित महसुस गराउँछन्, त्यसकारण तिनले तेरो रिसलाई भड्काउँछन्, र तैँले खण्डन गर्न उठेर केही सकारात्मक शब्दहरू बोल्छस्। के त्यसरी खण्डन गर्नु पूर्ण रूपमा परमेश्‍वरको पक्षमा खडा हुनु हो? के यो परमेश्‍वरको गवाहीको रक्षा गर्नका लागि हो? होइन, यो पूर्ण रूपमा तेरो आफ्नै इज्जत र गरिमाको रक्षा गर्नका लागि हो। किन यसो भन्ने? किनभने तैँले समस्याको सार छर्लङ्गै देखेको छैनस्; त्योभन्दा बढी, तैँले परमेश्‍वरका अभिप्रायहरू के हुन् वा परमेश्‍वरले तँबाट के माग गर्नुहुन्छ भन्‍ने कुरा बुझेको छैनस्। तैँले बुझेको र अनुभव गरेको कुरा परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दैन; यो त मानवको आवेशीपन र मानवको असल व्यवहार मात्रै हो। मानवको असल व्यवहारले परमेश्‍वरका लागि तैँले दिने गवाहीलाई प्रतिनिधित्व गर्दैन। तँ आफ्नो गवाहीमा दह्रिलो गरी खडा भएको छैनस्; तैँले केवल आफ्नो इज्जत र गरिमाको रक्षा गरिरहेको छस्, तैँले आफ्नो विवेकलाई अलिक शान्त पार्नका लागि अफवाहहरूलाई खण्डन गरिरहेको छस्—तँ परमेश्‍वरका लागि बोल्‍न उहाँको पक्षमा खडा भइरहेको छैनस्, न त तँ अफवाहहरूलाई खण्डन गर्न र परमेश्‍वरको गवाही दिन सत्यता वा तथ्यहरूको प्रयोग नै गरिरहेको छस्। तँ परमेश्‍वरका लागि बोलिरहेको छैनस्, र तैँले भन्ने कुरा पक्कै पनि सत्यतासँग मिल्दैन; यो तेरो दैहिक स्वार्थहरूसँग मात्रै मिल्छ—यो तेरो हृदयलाई कम दुःखी तुल्याउनका लागि मात्रै हो, र तँलाई प्रभु येशूमा विश्‍वास गर्नु लाजमर्दो कुरा हो भन्‍ने नलागोस् भनेर मात्रै हो। त्यति नै हो। त्यसकारण, जब तिमीहरूले कसैले परमेश्‍वरलाई आक्रमण र निन्दा गरेको, परमेश्‍वरको मण्डलीको मानहानि र आलोचना गरेको, वा तिमीहरूलाई समेत निन्दा गरेको सुन्छौ, तब तिमीहरू निकै क्रोधित हुन्छौ र तिनीहरूसँग तर्क र बहस गर्न, आफ्नो प्रतिष्ठालाई पुनर्स्थापित गर्न र यी मामलाहरू प्रस्ट्याउन चाहन्छौ। तर के यसको अर्थ तिमीहरू आफ्नो गवाहीमा दह्रिलो गरी खडा भएका छौ भन्‍ने हुन्छ? कुरा त्यहाँसम्म पुग्दैन; सत्यता नबुझी, कुनै गवाही हुँदैन!

जब तिमीहरूले बाहिरी संसारमा परमेश्‍वरको मानहानि गर्ने र उहाँलाई आक्रमण गर्ने अफवाहहरू सुन्छौ, चाहे तिनीहरूले स्वर्गका परमेश्‍वरलाई आक्रमण गरेका होऊन् वा पृथ्वीका देहधारी परमेश्‍वरलाई, तिमीहरूलाई कस्तो लाग्छ? तिमीहरू उदासीन हुन्छौ कि तिमीहरूलाई अलिक पीडा हुन्छ? के तिमीहरू यसलाई सहन सक्दैनौ र स्वीकार गर्दैनौ, कि तिमीहरू लाचार हुन्छौ? यी अफवाहहरू सुनेपछि कतिपय मानिसहरूले सोच्छन्, “परमेश्‍वर निर्दोष हुनुहुन्छ; परमेश्‍वरले ती कुराहरू गर्नुभएको छैन। उहाँलाई किन संसार र धार्मिक संसारद्वारा यसरी आक्रमण र मानहानि गरिँदै छ? हामीले लगनशीलताका साथ आफूलाई समर्पित गर्नुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र परमेश्‍वरको नामको रक्षा गर्नुपर्छ। जब परमेश्‍वरको महान् काम पूरा हुन्छ, तब सबै कुराको सत्यता प्रकाशमा आउनेछ, र हामीले विश्‍वास गर्ने देहधारी परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर, स्वर्गका परमेश्‍वर हुनुहुन्छ, र यो पटक्‍कै गलत होइन भन्‍ने कुरा संसारका सबै मानिसहरूले देख्‍नेछन्!” अरूले सोच्छन्, “परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र यी गैरविश्‍वासी दुष्ट मानिसहरू र दियाबलसहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरा राम्ररी थाहा छ, तैपनि तिनीहरू अझै पनि परमेश्‍वरलाई मानहानि र आक्रमण गर्छन्। परमेश्‍वरले कहिलेसम्म कष्ट भोग्‍नुपर्ने हो?” अझै अरूले भन्छन्, “मानिसहरूले आफूलाई जे मन लाग्यो त्यही भन्‍न सक्छन्; हामी तिनीहरूको कुरामा ध्यान दिँदैनौँ। परमेश्‍वरले उहाँको मानहानि गर्ने अफवाहहरूलाई कहिल्यै खण्डन गर्नुभएको छैन; उहाँले ती कुराको जवाफ दिनुहुन्न। त्यसोभए, हामी जस्तो यति सानो मानवजातिले के गर्न सक्छौँ र? के मानवजातिले परमेश्‍वरलाई सधैँ यसरी नै गलत रूपमा बुझ्ने, आक्रमण गर्ने, ईश्‍वरनिन्दा गर्ने, र इन्कार गर्ने गरेको छैन र? परमेश्‍वरले बिलकुलै गुनासो गर्नुहुन्न, र उहाँ अझै पनि मानिसहरूलाई मुक्ति दिनुहुन्छ। समयले सबै कुरा प्रकाश गरोस्; परमेश्‍वरले आफ्‍नो गवाही आफै दिनुहुनेछ!” तिमीहरूको दृष्टिकोण के हो? भर्खरै मैले नडगमगाउने, क्रोधित हुने, यस्तो कुरा स्वीकार नगर्ने, लाचार हुनेबारे कुरा गरेँ—तिमीहरूलाई कुन महसुस हुन्छ? कुन भावना सबैभन्दा सही छ? यी मामलाहरूलाई सत्यता सिद्धान्तहरूअनुसार कसरी लिइनुपर्छ? यी अफवाहहरू सुन्दा तिमीहरूलाई कस्तो लाग्छ? (क्रोधित।) क्रोधित, अनि त्यसपछि तँ यी अफवाह सृजना गर्नेहरू, यी धार्मिक ठगहरू र धर्मका दुष्ट मानिसहरूका विरुद्धमा निन्दा लेख्‍न चाहन्छस्। के तँमा यस्ता विचारहरू आउँछन्? तँलाई रिसले मुट्ठी कसेर बसे पुग्छ भन्‍ने लाग्‍नेछैन, होइन र? के तँलाई यसबारे केही गर्ने हुटहुटी हुन्छ? कि यो खोक्रो क्रोध मात्रै हो? (घृणा र इन्कार पनि हुन्छ।) क्रोध, घृणा, इन्कार—यी निश्चित शब्द, व्यवहार, वा कार्यहरूविना मानसिक क्रियाकलापहरूबाट पैदा हुने भावनाहरू हुन्; ती भावना मात्रै हुन्, र तिनले अवश्यै निश्चित मनोवृत्तिहरूलाई पनि प्रतिनिधित्व गर्छन्। (क्रोधित हुनुबाहेक, कहिलेकाहीँ हामी तथ्यहरूलाई स्पष्ट पार्न र तिनीहरूको कार्यको सार सत्यता र परमेश्‍वरप्रति घृणाको सार हो भनेर खुलासा गर्नका लागि लेखहरू लेख्छौँ वा कार्यक्रमहरू बनाउँछौँ, ताकि मानिसहरूले साँचो तथ्यहरू देख्न सकून्।) के ती मानिसहरूले साँचो तथ्यहरू देखेपछि यसलाई स्वीकार गर्नेछन्? यदि तिनीहरूले तिमीहरूले भनेको कुरा सही छ भनेर स्वीकार गरे र त्यसपछि “तिमीहरूको विश्‍वास सही छ; विश्‍वास गरिराख, हामी तिमीहरूलाई साथ दिन्छौँ!” भनेर निष्पक्ष टिप्पणी गरे अनि धार्मिक ठगहरूलाई लाज लाग्यो र तिनीहरूले “माफ गर, हामी गलत थियौँ, हामीले भनेको कुरा तथ्यगत थिएन; अबदेखि, तिमीहरू आफ्नै तरिकाले विश्‍वास गर, र हामी हाम्रै तरिकाले विश्‍वास गर्नेछौँ” भनेर भने पनि, के त्यस कुराले तिमीहरूलाई ढुक्क बनाउँछ? के तिमीहरूले पूरा गर्न खोजेको उद्देश्य यही मात्रै हो? (हामी परमेश्‍वरसामु गवाही दिन पनि चाहन्छौँ ताकि साँचो मार्गको अनुसन्धान गरिरहेका र सत्यताको तृष्णा गर्नेहरूले सही र गलतबीच स्पष्ट रूपमा भिन्‍नता खुट्टयाउन र साँचो मार्गलाई स्विकार्न सकून्।) यो एउटा मार्ग हो; यो अभ्यासको सकारात्मक तरिका हो। के रिस र घृणा मात्र गरेर काम लाग्छ? तिमीहरूको रिस र घृणाको कारण के हो? किन रिसाउने र घृणा गर्ने? (परमेश्‍वर मानिसहरूलाई मुक्ति दिन देह बन्‍नुभएको छ, जुन सबैभन्दा न्यायवान् कुरा हो, तर तिनीहरू परमेश्‍वरलाई आलोचना र बदनाम गर्न अफवाहहरू फैलाउँछन्। तिनीहरूले साँच्‍चै नै सही र गलतलाई उल्ट्याइरहेका र बकवास गरिरहेका छन् भन्‍ने सोचेर हामी निकै क्रोधित हुन्छौँ।) के तिमीहरूलाई मानवजाति र संसारले परमेश्‍वरलाई गरेको इन्कार र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति परमेश्‍वरको यो देहधारणको अवधिमा मात्रै यस्तो हुन्छ भन्‍ने लाग्छ? परमेश्‍वरप्रतिको मानवजाति र संसारको मनोवृत्ति सुरुदेखि अन्त्यसम्मै सधैँ उस्तै निन्दा गर्ने, मानहानि गर्ने, आक्रमण गर्ने, र ईश्‍वरनिन्दा गर्ने किसिमको रहिआएको छ। परमेश्‍वरले आफ्नो काम सुरु गर्नुभएदेखि अहिलेसम्म, परमेश्‍वरले गर्नुभएका सबै कुराप्रति, र देहधारी परमेश्‍वरप्रति मानवजातिको मनोवृत्ति परिवर्तन भएको छैन। परमेश्‍वरको पहिलो देहधारणपछि मात्रै मानवजातिले परमेश्‍वरलाई आक्रमण गर्न र उहाँको ईश्‍वरनिन्दा गर्न र देहधारी परमेश्‍वरबारे विभिन्‍न अफवाहहरू सृजना गर्न थालेको होइन—परमेश्‍वरले आफ्नो काम सुरु गर्नुभएको र मानवजाति परमेश्‍वर र उहाँको कामको सम्पर्कमा आएको समयदेखि नै यो सब हुँदै आइरहेको छ, र अहिलेसम्म जारी रहेको छ। अनि परमेश्‍वरलाई पछ्याउने मानिसहरूले सधैँ परमेश्‍वर र मण्डलीका विरुद्धमा रहेका शैतानका शासन र धार्मिक ख्रीष्टविरोधी शक्तिहरूबाट बदनाम, आक्रमण, आलोचना, ईश्‍वरनिन्दा, विभिन्‍न अफवाह, र अरू धेरै कुरा सहनु परेको छ। के परमेश्‍वरका अनुयायीहरूले यी कुराहरू सहनैपर्छ भन्‍ने हुन सक्छ? कतिपयले भन्छन्, “यी अफवाहहरूदेखि हामीलाई अत्यन्तै घिन लागेको छ किनभने तिनले तथ्यहरूलाई पूर्ण रूपमा बङ्ग्याउँछन् र सही र गलतलाई उल्ट्याउँछन्। ती कुरा सुन्‍नेबित्तिकै हाम्रो पारो तात्छ, र अफवाहहरू सृजना गर्ने र फैलाउनेहरूलाई हामी हृदयको गहिराइदेखि घृणा गर्छौँ। यी अफवाहहरू चाहे धार्मिक संसारबाट आएका होऊन् वा चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट सरकारबाट आएका होऊन्, हामीसँग एउटै मनोवृत्ति हुन्छ, र त्यो घृणा र रिसको मनोवृत्ति हो; अनि त्यसपछि हामी तिनलाई खण्डन गर्न र सबै कुरा स्पष्ट पार्न चाहन्छौँ।” कतिपयले यसो समेत भन्छन्, “हामी यी दुष्ट दियाबलसहरू, ख्रीष्टविरोधीहरूसँग बहस गर्न चाहन्छौँ, ताकि हामी शैतानलाई लज्जित पार्न र अपमानित गर्न सकौँ!” के धेरैजसो मानिसहरूको दृष्टिकोण यही हो? के यो दृष्टिकोण सही छ? सामान्य मानवताको दृष्टिकोणबाट हेर्दा, यो उचित छ। मानिसहरूमा केही सिधापन र भावनाहरूको सामान्य दायरा हुनुपर्छ; तिनीहरूले स्पष्ट रूपमा प्रेम र घृणा गर्नुपर्छ, प्रेम गर्नुपर्ने कुरालाई प्रेम गर्नुपर्छ र घृणा गर्नुपर्ने कुरालाई घृणा गर्नुपर्छ। सामान्य मानवता भएका मानिसहरूमा यी गुणहरू हुनुपर्छ। तर, के सत्यता सिद्धान्तहरूअनुरूप हुनका लागि सामान्य मानवताको दृष्टिकोणबाट खडा हुनु मात्रै पर्याप्त हुन्छ? यसलाई अझै स्पष्ट रूपमा भन्दा, के यो शैली परमेश्‍वरका अभिप्रायहरू अनुरूप छ? वा अझ भन्नुपर्दा, कि यो त्यस्तो मनोवृत्ति र शैली हो जसमा परमेश्‍वर प्रसन्न हुनुहुन्छ? मैले यसो भन्दा, धेरैजसो मानिसहरूले केही कुरा बुझेर यस्तो सोच्न सक्छन्, “तपाईँले यो सामान्य मानवताको दृष्टिकोणबाट हेर्नु मात्रै हो भनेर भन्‍नुभयो। तपाईँले भन्‍नुभएका कुराहरूको आशयलाई हेर्दा, यो आवेशीपनको शैली हो, यो सत्यता सिद्धान्तहरूअनुरूप छैन, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छैन भन्‍ने कुरा प्रस्टै छ।” परमेश्‍वरका अभिप्रायहरूअनुरूप नहुनु भनेको के हो? यसको अर्थ परमेश्‍वर मानिसहरूले यसरी व्यवहार गरेको चाहनुहुन्न भन्‍ने हुन्छ; परमेश्‍वरका कामनाहरू र मानिसहरूप्रति उहाँले माग गर्नुभएका मानकहरू यस्ता हुँदैनन्। यदि तैँले यसरी व्यवहार गरिस् भने, परमेश्‍वरले यसलाई निन्दा नगर्नुहुने भए पनि, उहाँको दृष्टिकोणबाट हेर्दा, यसको अर्थ तैँले उहाँको इच्छालाई पछ्याइरहेको छस् भन्‍ने हुँदैन, र उहाँले यो स्वीकार गर्नुहुन्न। झट्ट हेर्दा, तैँले यी कुराहरू गर्दा समझका साथ व्यवहार गरिरहेको छस्, तँसँग घृणा र प्रेम दुवै छ, तँ परमेश्‍वरका लागि यी तथ्यहरू स्पष्ट पार्न चाहन्छस्, ताकि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, परमेश्‍वर सम्पूर्ण मानवजातिको परमेश्‍वर हुनुहुन्छ, र सबैले परमेश्‍वरको आराधना गर्नुपर्छ र परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ भनेर सारा संसारले थाहा पाऊन्। झट्ट हेर्दा, तैँले गरिरहेको काम खोटरहित, उचित, कानुनअनुरूप, मानवताअनुरूप, नैतिकताअनुरूप, र अझै बढी, सबै मानिसहरूको स्वादअनुरूप छ जस्तो देखिन्छ। तर के तैँले यसबारे परमेश्‍वरलाई सोधेको छस्? के तैँले परमेश्‍वरलाई खोजेको छस्? के तैँले परमेश्‍वरका वचनहरूमा उहाँले मानिसहरूबाट माग गर्नुहुने कार्यका सिद्धान्तहरू भेट्टाएको छस्? परमेश्‍वरका अभिप्रायहरू ठ्याक्कै के-के हुन्? कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरका वचनहरू धेरै छन्; हरेक मामलामा मानिसहरूप्रति परमेश्‍वरका निश्चित मागहरू भेट्टाउन सजिलो छैन।” तैँले परमेश्‍वरका स्पष्ट वचनहरू भेट्टाएको छैनस्, त्यसकारण तैँले यस्ता अफवाहहरूप्रति परमेश्‍वरको मनोवृत्तिबाट सुरागहरू खोज्न सक्छस्। त्यसपछि के तिमीहरूले यस मामलाप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ र तिनीहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरालाई यस मामलाप्रति परमेश्‍वरको मनोवृत्तिका आधारमा निर्धारित गर्न सक्दैनौ र? (सक्छौँ।) त्यसोभए, यस मामलाप्रति परमेश्‍वरको मनोवृत्ति ठ्याक्कै कस्तो छ, हेरौँ।

मानवजातिले परमेश्‍वरको कामसँग साक्षात्कार गर्न थालेदेखि नै मानिसहरूले परमेश्‍वरप्रति गुनासो गरेका छन् र तिनीहरू उहाँसँग असन्तुष्ट भएका छन्, र यहाँसम्म कि तिनीहरूले परमेश्‍वरप्रति शङ्का, अविश्‍वास, र इन्कार गर्ने धेरै घृणित शब्दहरूका साथै अन्य कुराहरू गुप्त रूपमा बोल्दै आएका छन्। सत्ताधारी दल र धार्मिक संसारबाट विभिन्‍न अफवाहहरू पनि आउने गरेका छन्, जो तथ्यहरूसँग पटक्‍कै मेल खाँदैनन् न त सत्यतासँग नै मिल्छन्। परमेश्‍वरका लागि यी शब्दहरू के हुन्? ती शङ्का, गलतफहमी हुन्, वा गुनासा जे भए पनि, ती सबै परमेश्‍वरविरुद्धका आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाहरूले भरिएका हुन्छन्, र तिनले अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदयलाई प्रतिबिम्बित गर्दैनन्; यो सुरुदेखि नै यस्तै रहिआएको छ। मण्डलीमा सधैँ सत्यतालाई प्रेम नगर्ने कोही न कोही हुन्छन्। यिनीहरू परमेश्‍वरका वचनहरू र सत्यतामाथि शङ्का गर्ने, परमेश्‍वरप्रति यस्तो मनोवृत्ति देखाउने अविश्‍वासीहरू हुन्। अझै बढी त, ती गैरविश्‍वासी र नास्तिक शासक दलहरू, सत्यताप्रति वितृष्ण हुने ती मानिसहरू—परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति व्याख्या गरिरहनु पर्दैन; तिनीहरू जे मन लाग्यो त्यो भन्दै नैतिकहीन तरिकाले आक्रमण र आलोचना गर्छन्। विशेष गरी, धार्मिक संसारका ती फरिसीहरूले अझै बढी यो अवसरलाई प्रयोग गरेर स्वेच्छाचारी रूपमा आलोचना र निन्दा गर्छन्। यी सबै टिप्पणीहरू सकारात्मक हुँदैनन्, र ती अवश्य नै वस्तुगत र सटीक हुँदैनन्। त्यसोभए यी टिप्पणीहरूको सार के हो त? परमेश्‍वरका लागि, यी शब्दहरू केवल अभिव्यक्ति वा दृष्टिकोण होइनन्, बरु उहाँविरुद्ध गरिएका बदनाम, आक्रमण, मानहानि, र ईश्‍वरनिन्दा हुन्। म किन “परमेश्‍वरका लागि” भनेर भन्छु? किनभने परमेश्‍वरले यी सबै कुरालाई सबैभन्दा सटीक रूपमा मापन गर्नुहुन्छ, हामी त एउटा उपसर्ग मात्रै थप्न सक्छौँ। इतिहासभरि, परमेश्‍वरप्रति मानवजातिको मनोवृत्ति यस्तै रहिआएको छ; परमेश्‍वरलाई आक्रमण र अपमान गर्ने मानिसहरूका शब्दहरू अति धेरै छन्, र एउटा शब्दले पनि राम्रो अभिप्राय बोकेको हुँदैन। आज पनि, तिमीहरूको कानले सुन्ने र तिमीहरूको आँखाले देख्ने कुरा उही हो। सुरुदेखि नै, परमेश्‍वरप्रति समस्त मानवजातिको मनोवृत्ति परिवर्तन भएको छैन। परमेश्‍वरले यी मामलाहरूलाई कसरी सम्हाल्नुहुन्छ? के परमेश्‍वरसँग आफूलाई रक्षा गर्न, आफ्नो कामका वास्तविक तथ्यहरू स्पष्ट पार्न, मानवजातिसामु आफूलाई सही साबित गर्नका लागि एउटा विश्‍वव्यापी धार्मिक महाधिवेशन आयोजना गर्ने अवस्था वा सामर्थ्य छ? के परमेश्‍वरले यसो गर्नुभएको छ? छैन, परमेश्‍वर मौन रहनुहुन्छ, उहाँले सम्पूर्ण अवस्था स्पष्ट पार्नुहुन्न, न त उहाँले कहिल्यै आफूलाई रक्षा गर्नुहुन्छ वा सही साबित गराउनुहुन्छ। तर, परमेश्‍वरलाई निकै दुष्ट तरिकाले आक्रमण गर्नेहरूलाई परमेश्‍वरले केही दण्ड दिनुभएको छ, र तिनीहरूमाथि केही वास्तविक घटनाहरू घट्न दिनुभएको छ। जहाँसम्‍म सर्वसाधारणको आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाको कुरा आउँछ, त्यसप्रति परमेश्‍वरको मनोवृत्ति के हो? परमेश्‍वरले यसलाई कसरी सम्हाल्नुहुन्छ? उहाँले यसलाई बेवास्ता गर्नुहुन्छ; उहाँले जे गर्नुपर्ने हो त्यही गर्नुहुन्छ, जसरी गर्नुपर्ने हो त्यसरी गर्नुहुन्छ, जसलाई छनौट गर्नुपर्ने हो उसैलाई छनौट गर्नुहुन्छ, जसलाई मार्गदर्शन गर्नुपर्ने हो उसलाई मार्गदर्शन गर्नुहुन्छ। सारा संसार परमेश्‍वरको हातमा व्यवस्थित छ; उहाँले मानव आक्रमण, मानहानि, वा ईश्‍वरनिन्दाका कारण कहिल्यै आफ्ना योजनाहरू बिथोल्नुभएको वा बदल्नुभएको छैन। शैतानका दुष्ट शक्तिहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन र पक्राउ गर्दा, तिनीहरू जति नै उन्मत्त भए पनि, परमेश्‍वरले आफ्ना योजना वा आफ्नो मन कहिल्यै परिवर्तन गर्नुभएको छैन। उहाँका सोचविचारहरू पूर्णतया अपरिवर्तित रहन्छन्; उहाँ सधैँझैँ आफूले गर्न चाहेको काम गर्न जारी राख्नुहुन्छ, र आफ्नो मानवजातिलाई व्यवस्थापन गर्नुहुन्छ। परमेश्‍वरका लागि, यी आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाहरूले कहिल्यै कुनै हस्तक्षेप गरेका छैनन्; परमेश्‍वरले तिनलाई ध्यान नै दिनुहुन्न। परमेश्‍वरले किन आफूलाई सही साबित गराउनुहुन्न वा आफ्नो रक्षा गर्नुहुन्न? परमेश्‍वरका लागि, यी कुराहरू पूर्ण रूपमा सामान्य हुन्। मानवजाति भनेको मानवजाति नै हो, र शैतान भनेको शैतान नै हो। सत्यता वा वास्तविक तथ्यहरू नबुझ्ने मानिसहरूले यस्ता कामकुरा गर्नु निकै सामान्य हो। के यसले परमेश्‍वरको कामका चरणहरूमा असर गर्छ? गर्दैन। परमेश्‍वरसँग ठूलो शक्ति छ; उहाँले सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ। यावत् थोक र सब थोक परमेश्‍वरका वचनहरूभित्र, परमेश्‍वरका विचारहरूभित्र, र परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत विधिवत् रूपमा सञ्चालित हुन्छन्; मानवजातिले जेसुकै भनून् वा गरून्, यसले परमेश्‍वरको काममा कुनै पनि रूपमा प्रभाव पार्न सक्दैन—दिव्य सार भएको परमेश्‍वरले गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरले समय आएपछि काम गर्नुहुन्छ, र अलिकति पनि तलमाथि नगरीकन आफ्ना योजनाहरू पूरा गर्नुहुन्छ, र कसैले पनि यीमध्ये केहीलाई परिवर्तन गर्न सक्दैन। चाहे त्यो परमेश्‍वरको काम बिथोल्न र त्यसलाई नष्ट गर्नका लागि जानी-जानी गरिएको प्रयास होस् वा परमेश्‍वरको काममा अनजानमा बाधा दिने र त्यसलाई तोड्ने अभिप्रायले त्यो गरिएको होस्, मानव टिप्पणी र मानवले गर्ने परमेश्‍वरमाथिको कुनै पनि आक्रमण वा उहाँको मानहानिले कहिल्यै आफ्नो उद्देश्य पूरा गरेका छैनन्। किन? यो परमेश्‍वरको अख्तियार हो; यसले परमेश्‍वरको अख्तियार अद्वितीय छ, यसलाई कुनै पनि शक्तिले प्रतिस्थापन गर्न सक्दैन, र कुनै पनि शक्तिले जित्न सक्दैन भन्‍ने कुरा पुष्टि गर्छ। यो तथ्य हो। परमेश्‍वरसँग यो अख्तियार र शक्ति छ, परमेश्‍वरसँग उहाँको साँचो पहिचान छ, र कुनै पनि शक्तिले केही पनि परिवर्तन गर्न सक्दैन, त्यसकारण मानिसहरूले गर्ने सानातिना आक्रमण र मानहानिलाई परमेश्‍वरले किन वास्ता गर्नुपर्‍यो र? परमेश्‍वरका लागि, मानवजातिबीच रहेका जति महत्त्वपूर्ण व्यक्तिहरू वा जति शक्तिशाली तागतहरूले उहाँलाई हस्तक्षेप गर्ने, उहाँको मानहानि गर्ने, उहाँलाई आक्रमण गर्ने, वा ईश्‍वरनिन्दा गर्ने प्रयास गरे पनि, यसले परमेश्‍वरका काममा अलिकति पनि बाधा दिन सक्दैन। बरु, यी कार्यहरूले परमेश्‍वरको धर्मी स्वभाव र सर्वशक्तिमान्‌तालाई अझ प्रस्ट रूपमा देखाउने काम मात्र गर्छन्। शैतानका दुष्ट शक्तिहरूले दिने बाधाहरू मानव इतिहासको क्रममा आइपर्ने एउटा सानो घटना मात्रै हो। सारा मानवजातिमाथि सार्वभौमिकता राख्‍न, सारा मानवजातिलाई प्रभाव पार्न, र सारा मानवजातिलाई रूपान्तरण गर्न सक्‍ने भनेको परमेश्‍वरको काम, परमेश्‍वरको योजना, र परमेश्‍वरको महान् शक्ति र अख्तियारले नै हो। तथ्य यही हो। यसविपरीत, के परमेश्‍वरले उहाँविरुद्ध मानिसहरूले गर्ने बदनाम, आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाको वास्ता गर्नु आवश्यक छ? छैन। परमेश्‍वरसँग अख्तियार भएको हुनाले, परमेश्‍वरका लागि, “म जे भन्छु मेरो तात्पर्य त्यही हुन्छ, म जे भन्छु त्यो पूरा हुनेछ, र मैले जे गर्छु त्यो सदासर्वदा रहिरहनेछ” भन्‍ने उहाँको अभिव्यक्ति सधैँ साकार हुनेछ; यो हरेक दिन साकार भइरहेको र पूरा भइरहेको हुन्छ। यो परमेश्‍वरको अख्तियार हो। कतिपय मानिसहरूले सोध्छन्, “के यो परमेश्‍वरको आत्मविश्‍वास हो, उहाँको आस्था हो?” तँ गलत छस्! मानिसहरूमा आत्मविश्‍वास हुन्छ, मानिसहरूलाई आस्था चाहिन्छ, तर परमेश्‍वरलाई चाहिँदैन। किन? किनभने परमेश्‍वरसँग अख्तियार र शक्ति छ, र मानवजातिले उहाँको जति मानहानि वा निन्दा गरे पनि, शैतानका शत्रुवत् शक्तिहरूले जति बाधा दिए पनि र अन्तरध्वंस गरे पनि, केही पनि परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरले आफ्नो काम अघि बढाउनुभन्दा पहिले उहाँलाई आक्रमण गर्ने, उहाँको मानहानि, र ईश्वरनिन्दा गर्ने भ्रष्ट मानवजातिबीच रहेका शत्रुवत् शक्तिहरूलाई हटाउनु पर्दैन। परमेश्‍वरले कस्ता परिस्थितिहरूमा काम गर्नुहुन्छ? उहाँले कस्ता परिस्थितिहरूमा विजय हासिल गर्नुहुन्छ? उहाँले कस्ता परिस्थितिहरूमा आफ्नो काम पूरा गर्नुहुन्छ? यसलाई सारा मानवजाति र सबै शत्रुवत् शक्तिहरूको आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाको कोलाहलबीच पूरा गरिन्छ; उहाँले यस्तो वातावरण र पृष्ठभूमिमा आफ्नो काम पूरा गर्नुहुन्छ। के यो परमेश्‍वरको महान् शक्तिको प्रदर्शन होइन र? के यो परमेश्‍वरको अख्तियार होइन र? (हो।) यो तथ्यलाई कसले इन्कार गर्न सक्छ? के तँसँग यो तथ्य हो भनेर नस्विकार्ने आँट छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्