अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१८) खण्ड एक
विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग छ)
मण्डली जीवनमा बाधा र अवरोध ल्याउने विभिन्न मानिस, घटना, र कामकुराहरू
औ. आधारहीन अफवाह फैलाउनु
पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीका बारेमा सङ्गति गर्यौँ: “परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून्।” परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र अवरोध ल्याउने विभिन्न मानिस, घटना, कामकुराहरू जुन मण्डली जीवनमा देखा पर्छन्, हामीले यी कुराहरूलाई एघार वटा समस्यामा विभाजित गरेका छौँ। तिनलाई फेरि पढ। (पहिलो, सत्यतामा सङ्गति गर्दा बारम्बार विषयभन्दा बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको सम्मान जित्नका लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु; तेस्रो, घरायसी मामलाहरूका बारेमा बकबक गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाँचौँ, हैसियतका लागि प्रतिस्पर्धा गर्नु; छैटौँ, अनुचित सम्बन्धहरूमा संलग्न हुनु; सातौँ, एक-अर्कालाई आक्रमण र गालीगलौज गर्नु; आठौँ, धारणाहरू फैलाउनु; नवौँ, नकारात्मकता पोखाउनु; दशौँ, आधारहीन अफवाह फैलाउनु; र एघारौँ, निर्वाचनमा धाँधली र अवरोध गर्नु।) पछिल्लो पटक, हामीले नवौँ समस्याबारे सङ्गति गर्यौँ। आज, हामी दशौँ समस्या—आधारहीन अफवाह फैलाउनु—बारे सङ्गति गर्नेछौँ।
क. आधारहीन अफवाह फैलाउनुका प्रकटीकरणहरू
मण्डलीमा आधारहीन अफवाह फैलाउने घटनाहरू भएका छन्। कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता अभ्यास गर्नमा ध्यान दिँदैनन्; चाहे सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा होस् वा आफ्नो व्यक्तिगत पछ्याइमा होस्, तिनीहरू सत्यताको खोजी गर्नमा ध्यान दिँदैनन्—यी कुराले तिनीहरूका हृदयमा कुनै स्थान पाउँदैनन्। परमेश्वरमाथि विश्वास गर्दा, तिनीहरू गफगाफ र व्यक्तिगत जानकारीका बारेमा सोधपुछ गर्न, र अनौठा र असामान्य कथाहरू सङ्कलन गर्न मात्र मन पराउँछन्। अवश्य नै, तिनीहरू परमेश्वर र परमेश्वरको कामसँग सम्बन्धित मामिलाहरूका बारेमा, साथै परमेश्वरको घरसँग र मण्डलीका अगुवा र कामदारहरूसँग सम्बन्धित मामिलाहरूका बारेमा चियोचर्चो गर्नमा बढी उत्साहित हुन्छन्। यसका साथै, तिनीहरू आधारहीन रूपमा हल्ला फैलाउन, आफूले सुनेका वा कल्पना गरेका त्यस्ता कुराहरू फैलाउन मन पराउँछन्, जुन पटक्कै साँचो हुँदैनन्। त्यस्ता मानिसहरूलाई परमेश्वरका वचनहरू पढ्न मन पर्दैन, तिनीहरू बिरलै प्रार्थना गर्छन्, र भेलाहरूमा बिरलै सत्यतामा सङ्गति गर्छन् र आफ्नो स्थिति, व्यक्तिगत पछ्याइ र प्रवेश, वा परमेश्वरको कामबारे आफ्नो बुझाइ, इत्यादिबारे बिरलै कुरा गर्छन्। अवश्य नै, तिनीहरूलाई सत्यतामा सङ्गति गर्ने वा आफ्नो अनुभवात्मक गवाहीमा सङ्गति गर्ने मानिसहरूमा रुचि हुँदैन, न त यी मामलाहरूमा नै रुचि हुन्छ। तर, तिनीहरूले कसैले परमेश्वरको काम कुन विन्दुमा पुगेको छ भन्नेबारे बोलेको सुन्नेबित्तिकै, वा परमेश्वरका वचनहरूमा विपत्तिहरू, मानिसहरूको गन्तव्य, परमेश्वरले आफ्नो स्वरूप परिवर्तन गर्नु, इत्यादि कुराहरूबारे विषयवस्तु देख्नेबित्तिकै, तिनीहरूको आँखा अचानक धपक्क बल्छ, र तिनीहरूले विशेष रूपमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले यी वचनहरू पढ्ने वा सुन्नेबित्तिकै, तिनीहरूको रुचि तुरुन्तै जाग्छ। यी मानिसहरूका प्रकटीकरणहरूलाई मूल्याङ्कन गर्दा, तिनीहरूले सत्यता पछ्याउन, वा आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरलाई पछ्याउन, र अवश्य नै परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्नका लागि परमेश्वरमा विश्वास गर्दैनन् भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरू परमेश्वरका घरमा आउँछन् र कुनै कर्तव्य पूरा गर्नेबारे बिलकुलै सोच्दैनन्। तिनीहरू चियोचर्चो गर्न र अरूका बारेमा गफ बटुल्न वा अफवाह फैलाउन मात्रै चाहन्छन्। तिनीहरू यी क्रियाकलापहरूमा आनन्द लिन्छन् र परमेश्वरको घरका अनुभवात्मक गवाही, भजन, वा चलचित्रहरूमा कुनै किसिमको रुचि राख्दैनन्। तिनीहरू अनलाइन गएर परमेश्वरको घर, मण्डलीको काम, र देहधारी परमेश्वरबारे धार्मिक संसारका ख्रीष्टविरोधी शक्तिहरूले दिने अभिव्यक्ति र गर्ने मूल्याङ्कनहरू सङ्कलन गर्न मात्रै मन पराउँछन्। तिनीहरूले कहिलेकाहीँ परमेश्वरको घरका भिडियोहरू हेरे पनि, यो आफ्ना समस्याहरू समाधान गर्न सत्यता पछ्याउने आन्तरिक तृष्णाबाट आएको हुँदैन। त्यसोभए, तिनीहरूले के हेर्छन्? तिनीहरूले भिडियोमा गरिएका टिप्पणीहरू हेर्छन्, र तीमध्ये छानीछानी पढ्छन्। तिनीहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका टिप्पणीलाई छोडिदिन्छन् तर धार्मिक संसार र गैरविश्वासीहरूका टिप्पणीप्रति विशेष रुचि राख्छन्। तिनीहरूले विशेष गरी ठूलो रातो अजिङ्गरका टिप्पणी र अभिव्यक्तिहरू समेत हेर्छन्, र तीबाट केही कुरा पत्ता लगाउने प्रयास गर्छन्। जब तिनीहरूले यी नकारात्मक प्रचारबाजी, अभिव्यक्ति, र बनावटी अफवाहहरू देख्छन्, तब तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनलाई खुट्ट्याउँदैनन्; बरु, तिनीहरूले यीमध्ये केही नकारात्मक टिप्पणी र अभिव्यक्तिहरूलाई स्विकार्न, र तिनलाई तथ्यका रूपमा मान्न पनि सक्छन्। चाहे त्यहाँ जति नै सकारात्मक टिप्पणीहरू भए पनि, तिनीहरू ती पढ्न अनिच्छुक हुन्छन् र ती साँचो हुन् भनेर विश्वास गर्दैनन्; ती नकारात्मक टिप्पणी वा अफवाहहरूले मात्रै तिनीहरूको ध्यान आकर्षित गर्छन् र तिनीहरूको भोक बढाउँछन्। हरेक पटक यी नकारात्मक टिप्पणीहरू देख्दा, तिनीहरूलाई भित्री रूपमा निकै खुसी र सान्त्वना महसुस हुन्छ। तिनीहरू संसारमा, धार्मिक संसारमा, वा अनलाइनमा फैलिरहेका पूर्ण रूपमा झूटा अफवाह र मूल्याङ्कनहरू, र परमेश्वरविरुद्धका आक्रमण र निन्दाहरूप्रति समेत विशेष रुचि राख्छन्, र तिनीहरूले सधैँ यी कुराहरू लगनशीलताका साथ अध्ययन र सङ्कलन गर्छन्। यसको विपरीत, तिनीहरूलाई परमेश्वरका वचनहरू, प्रवचन र सङ्गतिहरू, दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरू, र यस्तै अन्य कुराहरूमा पटक्कै रुचि हुँदैन। त्यसकारण, अरूले भेलाहरूमा परमेश्वरका वचनहरू पढ्दा, सत्यतामा सङ्गति गर्दा, र अनुभवात्मक गवाही बाँड्दा, तिनीहरूलाई वितृष्ण महसुस हुन्छ, र यी कुराहरू झर्कोलाग्दो र वाहियात लाग्छ। हृदयमा तिनीहरू सत्यतामा सङ्गति गर्नेप्रति र आफूलाई चिन्नेबारेमा कुरा गर्नेप्रति विशेष रूपमा वितृष्ण हुन्छन्। त्यसोभए, तिनीहरू के सुन्न चाहन्छन्? तिनीहरू अनौठा र विचित्र कुराहरू मात्र सुन्न चाहन्छन्, चाहे ती आत्मिक क्षेत्रका रहस्यहरू होऊन् वा धार्मिक संसारले फैलाउने अफवाह र गफ होऊन्—तिनीहरू यी कुराहरू मात्रै सुन्न इच्छुक हुन्छन्। तिनीहरूको हृदय यी नकारात्मक कुराहरूले भरिएको र ओगटिएको हुन्छ, र कसैले पनि तिनीहरूबाट यी नकारात्मक कुराहरू लिन वा खोस्न सक्दैन। किन यस्तो हुन्छ? किनभने तिनीहरूले ती कुराप्रति अत्यन्तै रुचि राख्छन् र तिनलाई प्रिय ठान्छन्। त्यसकारण, जब तिनीहरू विशेष गरी भेलाहरूको दौरान दाजुभाइ-दिदीबहिनीहरूमाझ हुन्छन्, तिनीहरू केही आधारहीन गफबारे कुरा गर्न, र परमेश्वरको घर र मण्डलीबारे आफूले अनलाइनमा भेट्टाएका केही नकारात्मक टिप्पणीहरू फैलाउनसमेत मन पराउँछन्। यी मानिसहरू यी अफवाहहरूमा अत्यन्तै रुचि राख्छन्। यी कुराहरू फैलाउनु अरूका लागि फाइदाजनक छैन भन्ने कुरा तिनीहरूलाई स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन् र ती फैलाउन अड्डी कस्छन्। तिनीहरूले यी अफवाह र नकारात्मक प्रचारबाजी फैलाउनका लागि अवसरहरू खोज्नु परे पनि, वा त्यस्ता कुराहरू सङ्कलन गर्न समय खर्चनु परे पनि, वा त्यस्ता कुराहरू रच्न आफ्नो दिमाग प्रयोग गर्नुपरे पनि, तिनीहरू यसप्रति अथक रूपमा उत्साहित नै हुन्छन्। यदि कुनै मण्डलीमा, मण्डली अगुवाहरूको क्षमता कमजोर छ र तिनीहरूले वास्तविक काम गर्न वा मानिसहरूलाई खुट्ट्याउन सक्दैनन् भने, अफवाह र भ्रमहरू फैलाउने मानिसहरू भएपछि, मण्डली जीवनमा बाधा र असर पर्छ, र कतिपय मानिसहरू त यी व्यक्तिहरूको बहकाउ र नियन्त्रणमा समेत पर्नेछन्। किन धेरै मानिसहरूलाई प्रायजसो अरूले बाधा दिन र बहकाउन सक्छन्? एउटा कारण के हो भने, तिनीहरूले सत्यता बुझेका हुँदैनन् र परमेश्वरको घरको निन्दा गर्ने अफवाहहरू खुट्ट्याउन सक्दैनन्। अर्को के हो भने, थोरै समय मात्रै विश्वास गरेका कतिपय दाजुभाइ-दिदीबहिनीहरूको कद अपरिपक्व हुन्छ, तिनीहरूले दर्शनहरू सम्बन्धी सत्यता बुझ्दैनन्, र तिनीहरू परमेश्वरको देहधारण, परमेश्वरको आखिरी दिनहरूको न्यायको काम, र मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्रायबारे अस्पष्ट हुन्छन्, तिनीहरूले यी कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनन्, र तिनीहरू कामको यो चरण परमेश्वरको देखापराइ र काम हो कि होइन भन्ने कुरामा पक्का हुँदैनन्। परिणामस्वरूप, तिनीहरूमा साँचो आस्था हुँदैन र तिनीहरूलाई आफूले कति लामो समयसम्म परमेश्वरलाई पछ्याउन सक्छु भन्ने समेत थाहा हुँदैन। स्वाभाविक रूपमा, तिनीहरूलाई अफवाह फैलाउने मानिसहरूले सजिलै भ्रममा पार्न, बहकाउन, र नियन्त्रण गर्न पनि सक्छन्।
ख. आधारहीन अफवाह फैलाउनुको सार भनेको शैतानको सेवकका रूपमा काम गर्नु हो
आधारहीन अफवाह फैलाउने यी मानिसहरूले सत्यता र परमेश्वरका वचनहरूमा विश्वास नगर्ने मात्र होइन, तिनीहरूले सही र गलत खुट्ट्याउन पनि सक्दैनन्। तिनीहरू सधैँ सकारात्मक कुराहरूलाई शङ्का गर्छन् अनि अफवाह र दुष्ट शब्दहरूद्वारा सजिलै विश्वस्त हुन्छन्। यी मानिसहरू परमेश्वरमा विश्वास गर्छु र परमेश्वरलाई पछ्याउँछु भनेर दाबी गर्छन्, तर अझै पनि परमेश्वर र मण्डलीको मानहानि हुने अफवाहहरू फैलाउँछन्, र तिनीहरू आफूले सङ्कलन गरेका विभिन्न अफवाहहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ फैलाउँछन्, यहाँसम्म कि स्वेच्छाचारी रूपमा र बारम्बार ती फैलाउँछन् र जताततै प्रचार गर्छन्। यसबाट के स्पष्ट हुन्छ भने, यी मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र गैरविश्वासीहरूका दुष्ट शब्दहरूमा मात्रै विश्वास गर्छन्। ठ्याक्कै भन्नुपर्दा, तिनीहरू परमेश्वरका चुनिएका मानिस हुँदै होइनन् र परमेश्वरको घरका सदस्य पनि होइनन्। त्यसोभए, तिनीहरू के हुन्? किटेरै भन्दा, यी मानिसहरू अविश्वासी हुन्, तिनीहरू शैतानका सेवक हुन्। कतिपय मानिसहरूले भन्छन्, “के शैतानका सेवकहरू चिनियाँ कम्युनिस्ट पार्टीले पठाएका जासूस हुन्? के तिनीहरू परमेश्वरका घरमा घुसपैठ गर्ने एजेन्ट हुन्?” हुन् नै भन्ने छैन। ती एजेन्ट र जासूसहरूलाई खुट्ट्याउन सजिलो हुन्छ, तर अफवाह फैलाउने यी मानिसहरू झट्ट हेर्दा साँचो विश्वासी जस्ता देखिन्छन्। तर, तिनीहरू सत्यता पछ्याउँदैनन् र प्रायजसो शैतानका मुखपात्रका रूपमा काम गर्छन्, र शैतानको सट्टा तिनीहरूले परमेश्वरलाई मानहानि र आक्रमण गर्ने शब्दहरू फैलाउँछन्, र मण्डली र परमेश्वरको घरबारे त्यसले रचेका अफवाहहरू फैलाउँछन्। यसका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूलाई जसले पठाएका भए पनि, के यी मानिसहरू शैतानका सेवक होइनन् र? (हुन्।) यी अफवाहहरू चाहे तिनीहरूले सक्रिय रूपमा सङ्कलन गरेका होऊन् वा निष्क्रिय रूपमा सुनेका होऊन्, यी मानिसहरू सत्यताको खोजी गर्ने र यी कुराहरूलाई खुट्ट्याउने बारेमा सोच्दैनन्, बरु तिनलाई नै तथ्य मान्छन्। तिनीहरूले ती कुराहरू नैतिकहीन र अनियन्त्रित रूपमा मानिसहरूका बीचमा फैलाउन र प्रसार गर्न पनि सक्छन्, र त्यो पनि एउटा ठाउँमा वा एक प्रकारको अवसरमा मात्र होइन। यी अफवाहहरू फैलाउनु पछाडिको तिनीहरूको उद्देश्य भनेको धेरै मानिसहरूलाई ती कुराबारे सचेत गराउनु, कमजोरहरूलाई अझै कमजोर बनाउनु, र जो बलिया छन् र परमेश्वरमा आस्था राख्छन् तिनीहरूलाई अफवाहहरूका कारण उहाँ र उहाँको काममा शङ्का गर्न लगाउनु हो—यो सबैलाई सत्यता, परमेश्वरका वचनहरू, परमेश्वरको काम, र मुक्तिमा रुचि नराख्ने बनाउनु हो, बरु तिनीहरूलाई यी व्यक्तिहरू जस्तै विभिन्न अफवाह र नकारात्मक प्रचारबाजीमा रुचि राख्न लगाउनु हो, ताकि त्यसपछि मानिसहरू भेला हुँदैपिच्छे, तिनीहरूले यी नकारात्मक कामकुराका बारेमा कुरा गरून्। के सामान्य मानिसहरू र मानवता र समझ भएका मानिसहरूले यस्ता कामकुरा गर्लान्? जब धेरैजसो मानिसहरूले अफवाह वा विभिन्न नकारात्मक प्रचारबाजी सुन्छन्, तब तिनीहरूलाई ती अफवाहहरू साँचो हुन् कि झूटा हुन् भन्ने थाहा नभए पनि, परमेश्वरमाथिको आस्था र परमेश्वरको थोरै डर मान्ने तिनीहरूको हृदयका कारण, तिनीहरू प्रार्थना गर्न र सत्यताको खोजी गर्न परमेश्वरसामु आउँछन्। तिनीहरू अफवाहहरूद्वारा प्रभावित भए पनि र अलिक कमजोर र शङ्का महसुस भए पनि, यसले तिनीहरूको कर्तव्य निर्वाहलाई वा परमेश्वरलाई पछ्याउने कार्यलाई असर गर्नेछैन। तिनीहरूले आफ्नो जिब्रोलाई काबुमा राख्न र परमेश्वरलाई विरोध गर्ने वा चिढ्याउने कामकुरा गर्नबाट जोगिन आफूलाई चेतावनी समेत दिनेछन्। यस्तो शैली धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले हासिल गर्न सक्ने कुरा हो। मानिसहरूसँग केही मानवता, थोरै साँचो आस्था, र थोरै परमेश्वरको डर मान्ने हृदय हुन्जेल, तिनीहरूले यो हासिल गर्न सक्छन्। मानिसहरूले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने विश्वास गर्ने हुनाले, तिनीहरूले परमेश्वरले गर्नुहुने सबै कुरा सही छन् भन्ने कुरामा विश्वास गर्नुपर्छ। यो परमेश्वरले गर्नुभएको कुरा हो, त्यसकारण मानिसहरूले यसबारे कुनै मूल्याङ्कन गर्नु हुँदैन। तिनीहरू निश्चित हुनुपर्छ कि: “मण्डली बाहिरका अफवाहहरूले जे भने पनि, म ती कुरामा विश्वास गर्न सक्दिनँ, र म पक्कै पनि ती फैलाउन सक्दिनँ। यदि मलाई हृदयमा अलिक कमजोर र खलबलिएको महसुस भयो भने पनि, मैले परमेश्वरको अस्तित्वलाई इन्कार गर्नु हुँदैन!” यदि कसैले परमेश्वरको अस्तित्वमा विश्वास गर्छ भने, उसले परमेश्वरले गर्नुहुने सबै कुरा सही छन् भन्ने कुरामा विश्वास गर्नुपर्छ; यदि उसले परमेश्वरको अस्तित्वमा विश्वास गर्छ भने, उसमा परमेश्वरदेखि भयभीत हुने र उहाँको डर मान्ने हृदय हुनुपर्छ—यो पूर्ण रूपमा सही कुरा हो। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय भएको हुनाले, तिनीहरूले जेसुकै अफवाह सुने पनि, तिनीहरूले आफ्नो जिब्रोलाई काबुमा राख्नेछन्, अफवाह फैलाउनेछैनन्, शैतानका चालहरूमा पर्नेछैनन्, र शैतानका षड्यन्त्रहरूमा फस्नेछैनन्। के यो धेरैजसो मानिसहरूले सजिलै हासिल गर्न सक्ने कुरा होइन र? (हो।) तँसँग सामान्य सोचाइ र समझ छ, त्यसकारण जब तैँले अफवाहहरू सुन्छस्, तब तैँले ती फैलाउँछस् कि फैलाउँदैनस् भन्ने कुरा पूर्ण रूपमा तँद्वारा नै निर्धारित हुन्छ। के अरू कसैले तँलाई नियन्त्रण गरिरहेको छ? (छैन।) त्यसकारण, यी अफवाहहरू सुनेपछि, के मानिसहरू तिनलाई कसरी सम्हाल्ने, र तिनलाई कसरी व्यवहार गर्दा र अभ्यास गर्दा सिद्धान्तहरूअनुरूप, र मानवता र समझअनुरूप हुन्छ भन्ने बारेमा स्पष्ट हुनु पर्दैन र? हरेक व्यक्तिमा यो सानो मूल्याङ्कन क्षमता हुनुपर्छ र अरूले नसिकाई तिनीहरूले अभ्यासको यो विधि र मार्ग बुझ्नुपर्छ। हल्ला फैलाउनु हुँदैन, र यो अनादरणीय, अनैतिक कुरा हो, र यसले मतभेद पैदा गर्छ, र कोही पनि यस्तो खालको व्यक्ति हुनु हुँदैन भन्ने कुरा बालबालिकालाई समेत थाहा हुन्छ; सामान्य समझ भएका मानिसहरूमा हुनुपर्ने सोच र व्यवहार यिनै हुन्। तर, एक प्रकारको व्यक्तिमा यस्तो समझको कमी हुन्छ र यस्तो मानवताको झनै कमी हुन्छ। यसले गर्दा तिनीहरूले यी कुराहरू सुनेपछि सक्दो चाँडो आफ्ना नजिकका मानिसहरूलाई अफवाह र नकारात्मक प्रचारबाजी फैलाउन चाहन्छन्, ताकि सबैले तिनलाई सँगै विश्लेषण, मूल्याङ्कन, र सुशोभित गर्न, र त्यसपछि यी अफवाहहरू व्यापक श्रोतामाझ फैलाउन सकून्। तिनीहरूले सोच्छन्, “के यो गजबको कुरा होइन र? के यो जीवन्त छैन र? यदि मण्डली जीवन यो विषयवस्तुले भरिएको हुन्थ्यो भने, यो कति सम्पन्न हुनेथियो! मानिसहरूले कति धेरै ज्ञान प्राप्त गर्नेथिए!” यी कस्ता प्रकारका विचार र दृष्टिकोणहरू हुन्? के यी खराब व्यक्तिका विचार र दृष्टिकोणहरू होइनन् र? यो कस्तो तर्क हो? के तिनीहरू अराजकता भनेपछि हुरुक्कै हुने मानिस होइनन् र? के तिनीहरूले अरूले राम्रो गरेको देख्न नसक्ने होइन र? हृदयमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई गिल्ला समेत गर्छन्: “तिमी मूर्खहरू, मण्डलीबाहिर सबैतिर अफवाहहरू फैलिइरहेका छन्; परमेश्वरको घरविरुद्ध, विशेष गरी ख्रीष्ट र परमेश्वरको कामविरुद्ध नकारात्मक मूल्याङ्कन, आक्रमण, र मानहानि जताततै भइरहेका छन्। धार्मिक संसारका मण्डलीहरूमा, सबै किसिमका नकारात्मक प्रचार सामग्रीहरू झुन्ड्याइएका हुन्छन्। त्यहाँका मानिसहरूले ‘पूर्वीय ज्योति’ सुन्नेबित्तिकै, तिनीहरूले निन्दा गर्न र आफूलाई टाढा राख्न थाल्छन्। सबैले तिमीहरूलाई आलोचना र निन्दा गरिरहेका छन्, तैपनि तिमी मूर्खहरू अझै पनि यहीँ परमेश्वरमा विश्वास गरेर सत्यता पछ्याइरहेका छौ!” यी मानिसहरूले परमेश्वरलाई यस्तो दृढ विश्वासका साथ पछ्याएको देख्दा तिनीहरूलाई असहज हुन्छ र निकै खिन्न पनि लाग्छ। विशेष गरी, जब तिनीहरूले सत्यतामा गरिएको कसैको सङ्गतिले साँचो बुझाइ र स्वभावमा आएको परिवर्तन देखाएको, र सबैले त्यस व्यक्तिलाई आदर गरेको देख्छन्, तब तिनीहरूले त्यो व्यक्तिलाई घृणा गर्छन्। यदि तिनीहरूले परमेश्वरका घरमा कसैले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू पालना गरेको, नतिजा निकालेको, र बफादारी देखाएको देखे भने, तिनीहरू रिसाउँछन् र भन्छन्, “तिमी किन मण्डली बाहिरका अफवाह वा प्रचारबाजी सुन्दैनौ? तिमी किन यति मूर्ख र इमानदार हुन्छौ? म कति चलाख छु, हेर त—मैले दुवै डुङ्गामा खुट्टा टेकेको छु। म परमेश्वरको घरको मण्डली जीवनमा सहभागी हुन्छु र म परमेश्वरमा विश्वास गर्दिनँ भनेर भन्दिनँ, र मलाई कर्तव्य पूरा गर्न अनुमति दिइएको थिएन भने, म त्यस कुरामा सहमति हुनेथिइनँ, तर म मण्डली बाहिरका समाचारहरूको पनि चियोचर्चो गर्छु। म धार्मिक संसार, गैरविश्वासी संसार, र इन्टरनेटका नकारात्मक प्रचारबाजी र टिप्पणीहरूलाई ध्यान दिइरहन्छु।” तिनीहरूसँग सधैँ अनुचित दृष्टिकोण हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूले सत्यता पछ्याइरहेका र आफ्नो कर्तव्य पूरा गरिरहेका देख्दा तिनीहरूलाई भित्री रूपमा असन्तुष्ट महसुस हुन्छ। तिनीहरू सधैँ तीमध्ये एक-दुई जनालाई बहकाउन र त्यहाँबाट निकाल्न चाहन्छन्, र तिनीहरूमध्ये केहीलाई निरन्तर बाधा दिन र प्रभाव पार्न समेत चाहन्छन्। तिनीहरू कतिपय मानिसहरूलाई अफवाह फैलाएर “जगाउन” निरन्तर कामना पनि गर्छन्, ताकि तिनीहरू अफवाहहरूमा विश्वास गरेर बहकिऊन्। ल भन्, यो ठ्याक्कै कस्तो व्यक्ति हो? के त्यस्ता मानिसहरूलाई परमेश्वरको घरको हिस्सा र दाजुभाइ-दिदीबहिनी ठान्नु उचित हुन्छ? (हुँदैन।) त्यसोभए तिनीहरूलाई के ठान्दा सबैभन्दा उचित हुन्छ? तिनीहरूलाई अविश्वासी, शैतानका सेवक ठान्नु नै सबैभन्दा उचित हुन्छ। यो आधारहीन निन्दा वा तिनीहरूलाई अन्याय गर्नु होइन; यो तथ्य हो।
आधारहीन अफवाह फैलाउने यी मानिसहरूको घिनलाग्दो कुरा के हो? तिनीहरूले जुनसुकै माध्यमबाट नकारात्मक प्रचारबाजी सुने पनि, तिनीहरूलाई यो कुनै तथ्यगत आधारविनाका अफवाह र दुष्ट शब्दहरू हुन् भन्ने स्पष्ट रूपमा थाहा हुँदा पनि, तिनीहरूले ती कुरा अथक जोसका साथ अरूमाझ फैलाउँछन्। यसको प्रकृति के हो? परमेश्वरको डर मान्ने हृदय भएको व्यक्तिलाई अफवाह सुनेपछि खिन्न महसुस हुनेछ। विशेष गरी परमेश्वरलाई आक्रमण र अपमान गर्ने शब्दहरूको कुरा आउँदा, तिनीहरूले आफ्नो मुख अपवित्र नहोस् भनेर तिनको पटक्कै उल्लेख गर्दैनन्, जसले तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय छ भन्ने प्रमाणित गर्छ। तिनीहरूले भन्छन्, “अरूले परमेश्वरलाई आलोचना र मानहानि गर्नु, र मण्डलीलाई आक्रमण र अपमान गर्नु, त्यो तिनीहरूको चासोको कुरा हो। म तिनीहरूको पापमा सामेल हुनु हुँदैन। तिनीहरूले गरेको परमेश्वरको मानहानि पहिले नै एउटा भयानक विद्रोह र जघन्य पाप हो—म आफ्नो मुखले यी शब्दहरू बोल्न सक्दिनँ। तिनीहरूले जे भन्छन् मैले तिनै कुराहरू भन्नु हुँदैन। म बिलकुलै यसो गर्नेछैनँ!” तर, जो शैतानका सेवकहरू हुन्, तिनीहरूले आफूले सुनेका नकारात्मक प्रचारबाजी र अफवाहहरू हुबहु भन्न सक्छन्, र तिनीहरूले बारम्बार र कुनै सन्देहविना त्यसो गर्छन्, र ती कुराहरू जताततै फैलाउने कामसमेत गर्छन्। के यी मानिसहरूमा अलिकति पनि परमेश्वरको डर मान्ने हृदय हुन्छ? के तिनीहरूलाई परमेश्वरको डर लाग्छ? अहँ, लाग्दैन। झट्ट हेर्दा, तिनीहरूले पनि परमेश्वरको अस्तित्वमा विश्वास गर्छन्, तर विश्वास गर्नु भनेको परमेश्वर यावत् थोकमाथि सार्वभौमिकता राख्ने सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गर्नु बराबर होइन। शैतानले पनि संसारमा र ब्रह्माण्डमा र यावत् थोकमाझ परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छ, तर परमेश्वरले त्योसँग बोल्दा त्यसले उहाँलाई कस्तो व्यवहार गर्छ? त्यसले परमेश्वरसँग कसरी कुराकानी गर्छ? के त्यससँग परमेश्वरको डर मान्ने हृदय छ? के त्यसले परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्छ? गर्दैन। परमेश्वरसँग कुराकानी गर्न यसले कस्तो विधि प्रयोग गर्छ? त्यसले उहाँलाई जाँच्छ, छल गर्छ, र गिल्ला गर्छ, मानौँ त्यसले ठट्टा गरिरहेको छ। जब परमेश्वरले “तँ कहाँबाट आइस्?” भनेर सोध्नुभयो, तब शैतानले कस्तो जवाफ दियो? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) के यी मानव शब्दहरू हुन्? (होइनन्।) त्यसोभए, यी शब्दहरूको अर्थ के हो? शैतानले किन यसरी बोल्यो? कस्तो मनोवृत्तिले त्यस्ता शब्दहरू पैदा गर्छ? गिल्लाको मनोवृत्तिले होइन र? (हो।) गिल्ला गर्नु भनेको के हो? यो कसैलाई जिस्काउनु हो, होइन र? “म तिमीलाई म कहाँबाट आएको हुँ भनेर भन्नेछैनँ। तिमीले यसमा के गर्न सक्छौ?” यी शब्दहरू तँलाई नै भनिएका हुन्, तर त्यसले वास्तवमा के भइरहेको छ भनेर तँलाई थाहा दिने अभिप्राय राखेको हुँदैन—वक्ताले तँलाई त्यो कुरा बताउन इन्कार गर्छ, बरु त्यो तँसित केवल जिस्किरहन्छ। यो गिल्ला गर्नु हो। के यो मनोवृत्तिले परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्ने कुनै आभास देखाउँछ? के यसमा परमेश्वरलाई आदर गर्ने वा उहाँको डर मान्ने कुनै आभास छ? पटक्कै छैन—यो शैतानको अनुहार हो। जो अफवाह फैलाउँछन् तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका बीचमा यी कुराहरू यत्तिकै प्रसार गर्न सक्छन्। यी अफवाहहरू तथ्यगत होइनन् भन्ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले ती फैलाउन सक्दो प्रयास गर्छन्, र त्यसो गर्ने हरेक अवसर र मौका खोज्छन्। के यो शैतानको व्यवहार र शैली होइन र? शैतानले यसरी नै काम गर्छ। त्यसले परमेश्वरको अस्तित्वलाई स्वीकार गर्छ र परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा जानेको हुन्छ, तर त्यसलाई उहाँको अलिकति पनि डर हुँदैन। यो शैतानको अनुहार हो, यो शैतानको प्रकृति सार हो। कतिपय दाजुभाइ वा दिदीबहिनीहरूले यसो भन्लान्, “यो व्यक्तिले सत्यता नपछ्याए पनि, परमेश्वरमाथिको उसको विश्वास निष्कपट छ। मण्डलीले उसलाई एकल्याउन वा निकाल्न लागेको छ भन्ने सुन्दा, ऊ यति व्याकुल भयो कि ऊ रुन थाल्यो र निकै चिन्तित भयो; उसको मुखमा घाउसमेत आयो! ऊ परमेश्वरको घर छोडेर जान इच्छुक छैन; उसले परमेश्वरको अस्तित्वमा विश्वास गर्छ। त्यसकारण, उसले जे गरे पनि, हामीले उसलाई एक जना दाजुभाइका रूपमा व्यवहार गर्नुपर्छ, प्रेम र सहिष्णुता दिनुपर्छ, र उसले अफवाह फैलाउँदा पनि, उसलाई सहयोग गर्न र साथ दिन हामीले उसलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ।” के यी शब्दहरू सही छन्? के ती सत्यता हुन्? (होइनन्।) परमेश्वरले धेरै वचनहरू बोल्नुभएको छ, तर यी मानिसहरूले अझै पनि तिनमा विश्वास गर्दैनन्। तैपनि, दियाबलस र शैतानहरूले जति धेरै अफवाहहरू फैलाए पनि, यी मानिसहरूले ती सबैमा विश्वास गर्छन्, र यहाँसम्म कि परमेश्वरलाई आक्रमण र मानहानि गर्नका लागि नैतिकहीन रूपमा यी अफवाहहरू फैलाउने गर्छन्। यसका आधारमा मात्रै पनि, तिनीहरू दाजुभाइ-दिदीबहिनी कहलिन लायक छैनन्। के यो सही हो? (हो।) तिनीहरूले नैतिकहीन रूपमा अफवाह फैलाउन, परमेश्वरको मानहानि गर्न, परमेश्वरलाई आक्रमण गर्न, र परमेश्वरको घर र मण्डलीको मानहानि गर्न सक्ने हुनाले, हामीसँग तिनीहरूलाई शैतानका सेवक, शैतान मान्ने जायज कारण छ। तिनीहरू परमेश्वरका शत्रु र परमेश्वरका चुनिएका सबै मानिसहरूका शत्रु हुन्। त्यसोभए, हामीले हाम्रा शत्रुहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) ठीक भन्यौ, हामीले तिनीहरूलाई इन्कार गर्नुपर्छ।
कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्। अफवाहहरू सुनेपछि, तिनीहरूले मण्डलीमा खुल्लमखुल्ला ती नफैलाए पनि, पर्दापछाडि आफ्ना नजिकका मानिसहरूमाझ फैलाउँछन्। यी अफवाहहरू सुनेपछि कतिपय सुझबुझविहीन मानिसहरू नकारात्मक र कमजोर बन्छन्; कतिले भेलाहरूमा सहभागिता जनाउन छोड्छन्, र कति मण्डलीबाट अलग हुन्छन्—तैपनि अफवाह फैलाउनेले उसले अफवाह फैलाएका कारण यसो भएको हो भनेर अझै स्वीकार गर्दैन। बारम्बारको चेतावनी र सङ्गतिका बाबजुद, तिनीहरूले यस्ता कुराहरू सामना गर्दा यसै गरिरहन्छन्, आफ्नै खुलासा होला, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको इन्कारमा परिएला, वा मण्डलीद्वारा निकाला गरिएला भन्ने डरले मात्र भेलाहरूमा वा सार्वजनिक रूपमा खुल्लमखुल्ला र निर्लज्ज रूपमा अफवाह फैलाउनबाट आफूलाई रोक्छन्, बरु अरूलाई खबर पठाएर वा मानिसहरूसँग सम्पर्क गरेर गुप्त रूपमा केही अफवाहहरू फैलाउने निर्णय गर्छन्। त्यसोभए के त्यस्ता मानिसहरू दुष्ट होइनन् र? वास्तवमा, तिनीहरू झनै घातक हुन्छन्। तिनीहरूले जति नै गुप्त रूपमा कार्य गरे पनि, तिनीहरूको मनसाय र तिनीहरूको कार्यको प्रकृति शैतानका सेवकहरूको जस्तै हुन्छ। अफवाह फैलाउनुमा तिनीहरूको उद्देश्य भनेको मानिसहरूको कर्तव्य निर्वाहमा बाधा दिनु, मानिसहरूलाई नकारात्मक र कमजोर बनाउनु, मानिसहरूलाई परमेश्वरलाई इन्कार गर्न, आफूलाई परमेश्वरबाट टाढा राख्न, र आफ्नो कर्तव्य त्याग्न लगाउनु हो। “अफवाह फैलाउनुमा मेरो उद्देश्य भनेको मानिसहरूको कर्तव्य निर्वाहमा बाधा दिनु वा तिनीहरूको अग्रसरतालाई कमजोर पार्नु होइन, बरु तिनीहरूलाई समझशक्ति विकास गर्न र तिनीहरूको प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्नु हो, ताकि तिनीहरूले अफवाह सुन्दा, तिनीहरू त्यसबाट प्रभावित नहोऊन्, तिनीहरूले त्यसलाई विश्वास नगरून्, तिनीहरूले उचित रूपमा सत्यता पछ्याउन सकून्, र शान्तिसाथ आफ्नो कर्तव्य पूरा गर्न सकून्” भनेर कसैले कहिल्यै भनेको छ? के कसैले कहिल्यै यस्तो अभिप्राय लिएर अफवाह फैलाएको छ? (छैन।) के यो दाबी टिक्छ? वास्तवमा, यो टिक्दैन। तिनीहरूले जबसम्म अफवाह फैलाउन सक्छन्, विशेष गरी त्यस्ता अफवाह, जसले परमेश्वरलाई आक्रमण, मानहानि, र ईश्वरनिन्दा गर्छन्—आफ्नो मुख खोलेपिच्छे यत्तिकै यी कुराहरू बोल्छन् र कुनै हिचकिचाहटविना चारैतिर यी कुरा फैलाउँछन्—तिनीहरूले जतिसुकै अफवाहहरू फैलाए पनि, अफवाहहरू खुल्लमखुल्ला फैलाइए पनि वा पर्दा पछाडि फैलाइए पनि, र मानिसहरूमा यसले जस्तोसुकै असर पारे पनि, छोटकरीमा भन्दा, अफवाह फैलाउनुमा तिनीहरूको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न र समझशक्ति विकास गर्न सहयोग गर्नु नभई मानिसहरूलाई बाधा दिनु र बहकाउनु, र परमेश्वरलाई शङ्का गर्न र उहाँबाट टाढा हुन लगाउनु हो—तिनीहरूले मण्डलीको काममा बाधा दिइरहेका र यसलाई भताभुङ्ग पारिरहेका हुन्छन्। यस दृष्टिकोणबाट हेर्दा, जुनसुकै कारण वा प्रसङ्गमा अफवाह फैलाइएको भए पनि, अफवाह फैलाउने मानिसहरूको सार निस्सन्देह नै शैतानका सेवकहरूको सार हो। परमेश्वरलाई मानहानि, आक्रमण, र ईश्वरनिन्दा गर्ने अफवाह फैलाउने जोकोहीले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्छ र ऊ परमेश्वरको शत्रु हो। के यो सही कुरा हो? (हो।) अफवाहहरू तैँले सुरु गरेको नभए पनि, तैँले ती फैलाउन सक्ने तथ्यले तँलाई ती अफवाहहरू साँचो हुन् भन्ने विश्वास छ वा भित्री रूपमा तँ ती कुरामा विश्वास गर्न अत्यन्तै इच्छुक छस् भन्ने कुरा प्रमाणित गर्छ। “यदि अफवाहहरू साँचो मात्रै भएका भए, मैले परमेश्वरमा विश्वास गर्नुपर्थेन, परमेश्वर परमेश्वर हुनुहुनेथिएन, र परमेश्वरको देहधारणको तथ्य अस्तित्वमा हुनेथिएन। उहाँ त व्यक्ति मात्रै हुनुहुनेथियो, र मैले उहाँका बारेमा स्वतन्त्र रूपमा अफवाहहरू रच्न, उहाँलाई बदनाम गर्न, र उहाँलाई आक्रमण र मानहानि गर्न सक्नेथिएँ।” उद्देश्य त्यही होइन र? यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर सधैँ स्वेच्छाचारी ढङ्गले बोल्न र व्यवहार गर्न चाहन्छस् भने, के यो परमेश्वरको विरोध गर्न चाहनु होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्, “के यो परमेश्वरविरुद्ध विद्रोह गर्नु हो? के यो परमेश्वरमाथि कुनै आस्था नहुनु हो?” यसको प्रकृति झनै गम्भीर छ। यो परमेश्वरको प्रतिरोध र विरोध गर्नु हो। परमेश्वरका शत्रुहरूले मात्रै यसरी परमेश्वरको प्रतिरोध र विरोध गर्छन्। शैतानको भ्रष्ट स्वभाव भएको र सत्यता र परमेश्वरबारे ज्ञानको बुझाइ नभएका कारण भ्रष्ट मानवजातिले परमेश्वरविरुद्ध विद्रोह गर्न सक्छ। तर, शैतानले परमेश्वरविरुद्ध विद्रोहबाहेक अरू धेरै कुरा गर्छ; यसले परमेश्वरलाई विश्वासघात गर्छ, परमेश्वरको प्रतिरोध र विरोध गर्छ। यसले गर्दा त्यो परमेश्वरको शत्रु हो। परमेश्वरका शत्रुहरू र परमेश्वरबीच विरोधी सम्बन्ध हुन्छ। विरोध भनेको के हो? यसको अर्थ मिल्न नसक्ने हुनु हो। परिस्थिति वा वातावरण जस्तोसुकै भए पनि, समय वा भूगोलसँगै परमेश्वरप्रतिको शैतानको विरोध परिवर्तन हुँदैन। शैतानको सार भनेको परमेश्वरको विरोध गर्नु हो, र यो अपरिवर्तनशील हुन्छ; शैतान बस परमेश्वरको शत्रु हो। परमेश्वरप्रतिको शैतानको प्रतिरोध र उहाँसँगको यसको बेमेल एक दिन वा केही वर्ष वा दशकसम्म मात्रै रहेन; त्यसले परमेश्वरलाई विश्वासघात गरेदेखि नै उहाँको विरोध गर्न थालेको हो। त्यसोभए यो विरोध कहिले समाप्त हुनेछ? के शैतान कहिल्यै परमेश्वरद्वारा प्रभावित हुनेछ र सुधारिनेछ? के समय बित्दै जाँदा परमेश्वरप्रतिको यसको विरोध बिस्तारै घट्नेछ? घट्नेछैन। यसले परमेश्वरको विरोध गर्न जारी राख्नेछ। यो विरोध कहिले अस्तित्वमा रहन छोड्नेछ? जब परमेश्वरको काम समाप्त भएको हुन्छ, र शैतानले सेवा प्रदान गर्ने आफ्नो काम पूरा गरिसकेको हुन्छ र यसको कुनै काम हुँदैन, र परमेश्वरले यसलाई नष्ट गर्नुभएको हुन्छ—त्यो बेला विरोध समाप्त हुनेछ। अनि शैतानका सेवकहरूका हकमा चाहिँ के हुन्छ? तिनीहरू मण्डलीमा रहुञ्जेल, तिनीहरूले मण्डली, परमेश्वरको घर, र परमेश्वरको विरोध गर्न जारी राख्नेछन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरू परमेश्वरमा विश्वास गर्छन्, कहिलेकाहीँ भेटी चढाउँछन्, दान दिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाससमेत दिन्छन्। तिनीहरूले कसरी परमेश्वरको विरोध गरिरहेका छन्? तिनीहरूले उहाँको विरोध गरिरहेका छैनन्; तिनीहरूले केही असल कार्यहरूसमेत गर्छन्।” के यी शब्दहरू सही छन्? के दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिने र गरिब दाजुभाइ-दिदीबहिनीहरूलाई थोरै पैसा दिने कार्यले परमेश्वरप्रतिको तिनीहरूको विरोधलाई खारेज गर्न सक्छ? के यसले तिनीहरू परमेश्वरसँग मिल्ने किसिमका छन् भन्ने कुरा प्रमाणित गर्न सक्छ? (सक्दैन।) त्यसोभए, यो विरोध कसरी पैदा हुन्छ? (यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ।) ठीक भन्यौ, तिनीहरूको प्रकृति सार भनेको परमेश्वरको प्रतिरोध गर्नु र उहाँसँग वैरभाव राख्नु हो। तिमीहरूले त्यस्ता मानिसहरूलाई परमेश्वरका वचनहरूमा आधारित भएर खुट्ट्याउनुपर्छ: विभिन्न माध्यमहरूबाट परमेश्वरको घर र मण्डलीलाई आक्रमण र मानहानि गर्ने नकारात्मक प्रचारबाजी वा अफवाहहरू सङ्कलन गर्न कसलाई मन पर्छ, र यी नकारात्मक कुराहरूमा कसले रुचि राख्छ र यी अफवाह र दुष्ट शब्दहरू विश्वास गर्न को इच्छुक छ, हेर। यसो गरेर तैँले यी अविश्वासीहरूको साँचो अनुहार देख्न सक्नेछस्। यी मानिसहरू सामान्यतया परमेश्वरका वचनहरू पढ्दैनन्, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले सत्यता सङ्गति गरेको सुन्दा उत्साहित हुँदैनन्, र आफ्नो कर्तव्य पूरा गर्नमा उदासीन हुन्छन्। तिनीहरूलाई सधैँ परमेश्वरमा विश्वास गर्नु चाखलाग्दो कुरा होइन भन्ने लाग्छ। परमेश्वरको घरका भिडियो र कार्यक्रमहरू हेर्दा तिनीहरूले के कुरामा ध्यान दिन्छन्? जब तिनीहरूले धार्मिक मानिसहरूले छोडेका सकारात्मक टिप्पणीहरू देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ र तिनीहरूले ती कुरालाई बेवास्ता गर्छन्। तर जब तिनीहरूले धार्मिक मानिसहरू र गैरविश्वासीहरू ठूलो रातो अजिङ्गरको साथ उभिइरहेको, मण्डलीको अपमान गरेको, परमेश्वरको घरको अपमान गरेको, र आफ्ना दुष्ट शब्दहरूद्वारा दाजुभाइ-दिदीबहिनीहरूको अपमान गरेको देख्छन्, तब तिनीहरूलाई अत्यन्तै खुसी र उत्साहित महसुस हुन्छ। जब तिनीहरूले यी नकारात्मक प्रचार र अफवाहहरू सुन्छन्, तब तिनीहरू यति उत्साहित हुन्छन् मानौँ तिनीहरूलाई कसैले एड्रेनालिनको सुइ लगाइदिएको छ, तिनीहरू बुरुकबुरुक उफ्रँदै हिँड्छन् निद्राबाट समेत खुसी हुँदै उठ्छन्। के यो दुष्ट कुरा होइन र? यस्तो व्यक्तिमा को पर्छ भनेर हेर्नका लागि तेरो वरिपरिका मानिसहरूलाई नियालेर हेर्; तिनीहरूसँग सत्यतालाई घृणा गर्ने र परमेश्वरलाई घृणा गर्ने स्वभाव छ कि छैन भनी हेर्। यदि तैँले वास्तवमै त्यस्तो व्यक्ति भेट्टाइस् भने, तँ विशेष रूपमा सतर्क हुनुपर्छ र तैँले उसलाई खुट्ट्याउनुपर्छ; उसको बोलीवचन, व्यवहार, र चालढाललाई नियालेर हेर्। ऊ दुष्ट व्यक्ति, शैतानको सेवक हो भन्ने कुरा पुष्टि गरेपछि, तैँले उसलाई इन्कार गर्नुपर्छ र उसलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्नु हुँदैन। त्यस्ता मानिसहरू जति सक्दो चाँडो मण्डलीबाट निकालिनुपर्छ। कतिपय मानिसहरू भन्छन्, “हामीले किन यी मानिसहरूलाई निकाल्ने हो र? परमेश्वरका घरमा थप एक जना व्यक्ति हुनु भनेको काम गर्न बलको एउटा थप स्रोत हुनु हो; थप एक जना व्यक्ति हुँदा यसले परमेश्वरको घरलाई अलिक जीवन्त पनि बनाउँछ। तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका छन्, र तिनीहरूले सत्यतालाई प्रेम वा अभ्यास नगरे पनि, तिनीहरूले बाल्यकालदेखि नै परमेश्वरका अस्तित्वमा विश्वास गरेका छन्, र आकाशका वृद्ध मानिसमा विश्वास गरेका छन्। तिनीहरूले आफूभन्दा तीन फिटमाथि परमेश्वर हुनुहुन्छ भन्ने पनि विश्वास गर्छन्, र त्योभन्दा बढी, तिनीहरूले असल र दुष्टको प्रतिफल हुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरू सामान्यतया स्पष्ट रूपमा खराब कार्यहरू गर्ने आँट गर्दैनन् र अरूलाई सहयोग गर्न इच्छुक हुन्छन्। यति मात्र हो कि तिनीहरूमा यो सानो सोख हुन्छ; तिनीहरूलाई अफवाह र हल्ला फैलाउन मन पर्छ। विशेष गरी, तिनीहरूले परमेश्वरलाई बदनाम गर्ने ठूलो रातो अजिङ्गरबाट आउने अफवाहहरू फैलाउँछन्, र सायद तिनीहरू अज्ञानी र अबोध भएकाले यी कुराहरूका बारेमा धेरै विचारसमेत नगरी यी कुराहरू दोहोर्याउँछन्।” झट्ट हेर्दा, तिनीहरू दुष्ट मानिस जस्ता देखिँदैनन् र तिनीहरूले मण्डलीका काममा बाधा वा अवरोध ल्याएका हुँदैनन्, तर तिनीहरू अफवाह फैलाउने कार्यमा विशेष रूपमा सक्रिय हुन्छन् र सधैँ ती कुराहरू फैलाउने पहिलो व्यक्ति बन्न चाहन्छन्। के मानिसहरू त्यस्ता व्यक्तिहरूप्रति सतर्क हुनु पर्दैन र? के तिनीहरू शैतानका सेवक होइनन् र? त्यस्ता मानिसहरूको सार अत्यन्तै स्पष्ट हुन्छ! तिनीहरूलाई परमेश्वरका वचनहरू वा सत्यताप्रति कहिल्यै रुचि हुँदैन, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै सत्यता सिद्धान्तहरूको खोजी गर्दैनन्। तिनीहरूले गर्ने कुनै पनि कुरामा, तिनीहरू इमानदारी देखाउँदैनन्, आफ्नो हृदय लगाउँदैनन्, र कष्ट सहन अनिच्छुक हुन्छन्। तिनीहरूले केवल लापरवाह रूपमा काम गर्छन् र झारा टार्छन्, निरन्तर ठट्टा गरिहिँड्छन्। तिनीहरूले आफ्नो बोलीवचन र व्यवहारमा कसैलाई चिढ्याउँदैनन् र तिनीहरू सबैसँग मिलेर बस्न सक्छन्, अरूप्रति मिलनसार देखिन्छन्—यति मात्र हो कि, तिनीहरू अफवाह बटुल्न र फैलाउन मन पराउँछन्। यी कार्यहरूबाट, के हामी यी मानिसहरूलाई शैतानका सेवकका रूपमा चित्रण गर्न सक्छौँ? (सक्छौँ।) किन सक्छौँ? के यो कुरालाई बढाइचढाइ गर्नु हो? (होइन।) सत्यता पछ्याउने कार्यमा तिनीहरूलाई कुनै रुचि हुँदैन। तिनीहरू प्रवचन सुन्नेबित्तिकै निन्द्राले लट्ठ हुन्छन्; परमेश्वरका वचनहरूमा सङ्गति हुनेबित्तिकै, तिनीहरूलाई खिन्न र बेचैन महसुस हुन्छ, तिनीहरू पानी पिउन वा शौचालय जान बारम्बार उठ्छन्, तिनीहरूले भित्री रूपमा सधैँ असहज महसुस गर्छन्—सङ्गति सुन्नु तिनीहरूलाई यातना भोग्नुजत्तिकै अत्यन्तै गाह्रो लाग्छ। तर, तिनीहरूले शैतानका अफवाहहरू वा गैरविश्वासीहरूका दुष्ट शब्दहरू सुन्नेबित्तिकै, तिनीहरूको रुचि जाग्छ, तिनीहरू उत्साहित हुन्छन्, र तिनीहरूले ठूलो अग्रसरताका साथ यी अफवाह र दुष्ट शब्दहरू फैलाउन थाल्छन्। के त्यस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनी हुन्? होइनन्। तिनीहरू अन्तस्करणबाट नै सत्यताप्रति वितृष्ण हुन्छन् र सत्यतालाई तिरस्कार गर्छन्। परमेश्वर र उहाँको कामसँग सम्बन्धित कुराहरूका सन्दर्भमा, चाहे त्यो परमेश्वरको पहिचान र सार होस्, परमेश्वरको हैसियत होस्, परमेश्वरको इज्जत होस्, वा परमेश्वर देहधारी हुनुभएको देह होस्, तिनीहरूले यी कुराहरूलाई हृदयमा अवहेलना गर्छन्। तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। त्यसकारण, तिनीहरूले सधैँ परमेश्वर र उहाँको कामबारे धारणाहरू बोकेका हुन्छन्। तिनीहरूले सजिलै शैतानका यावत् प्रकारका अफवाह र दुष्ट शब्दहरू दोहोर्याउन सक्छन्, यसरी तिनीहरूले विवेकहीन रूपमा यस्तो कुरा फैलाउने आफ्नो उद्देश्य हासिल गर्न सक्छन्। यो कस्तो नीच व्यक्ति हो? के तिनीहरू परमेश्वरका विश्वासी हुन्? (होइनन्।) यी तिनै मानिसहरूका कार्यहरू हुन् जो मौखिक रूपमा परमेश्वरलाई स्वीकार गर्छन् र परमेश्वरलाई पछ्याउने दाबी गर्छन्, जो आकासमा एक वृद्ध मानिस छन्, र आफूभन्दा तीन फिट माथि परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छन्, र असल र दुष्टको आफ्नै प्रतिफल हुन्छ भन्ने विश्वास गर्छन्। परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति यही हो। यदि कसैले तिनीहरूका आमाबुबालाई अपमान गरेका वा पिठ्युँ पछाडि तिनीहरूका आमाबुबाका बारेमा अफवाह फैलाएका भए, तिनीहरूले अवश्य नै मरुञ्जेल लडाइँ गर्नेथिए। तर, कसैले परमेश्वरलाई अपमान गर्दा, परमेश्वरलाई आक्रमण गर्दा, वा परमेश्वरको मानहानि गर्दा, तिनीहरू दुःखी हुँदैनन्, बरु तिनीहरूले यसलाई एउटा मजाकका रूपमा दोहोर्याएर जताततै फैलाउन पनि सक्छन्। के यो परमेश्वरको अनुयायीले गर्नुपर्ने कुरा हो? (होइन।) त्यसोभए, के धेरै मानिसहरूले यी अविश्वासीहरूलाई दाजुभाइ-दिदीबहिनीझैँ व्यवहार गर्नु उचित हुन्छ? (हुँदैन।) त्यसकारण, जब त्यस्ता मानिसहरू शैतानका सेवक भएको शङ्का गरिन्छ, तब अरू सतर्क हुनुपर्छ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई यी मानिसहरूप्रति सावधान हुन तुरुन्तै जानकारी दिनुपर्छ, ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सकून्। तिनीहरू शैतानका सेवक, दियाबलस भएको पुष्टि भएपछि, सबैले तिनीहरूलाई सामूहिक रूपमा इन्कार गर्नुपर्छ र मण्डलीबाट निकाल्नुपर्छ। के यसो गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ? (हुन्छ।) त्यसोभए यसै गर्नुपर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।