अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१७) खण्ड पाँच

आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मानिसहरूले प्रायजसो नकारात्मक र विद्रोही स्थितिहरू अनुभव गर्छन्। यदि तिनीहरूले यी समस्याहरू सम्बोधन र समाधान गर्न सत्यताको खोजी गर्न र सत्यता सिद्धान्तहरू प्रयोग गर्न सक्छन् भने, तिनीहरूका नकारात्मक भावनाहरू गुनासो, प्रतिरोध, अवज्ञा, होहल्ला, वा ईशनिन्दामा परिवर्तन हुनेछैनन्। तर यदि मानिसहरूले यी कुराहरूलाई आफ्नो तुच्छ चलाकी, मानव आत्मसंयम, मानव प्रयास, लगनशीलता, अनि आफ्नो शरीर अनुशासित गर्ने, र अरू त्यस्तै शैलीहरूमा मात्रै भर परेर सामना गर्छन् भने, ढिलोचाँडो यी मानव कल्पना, मूल्याङ्कन, र अनुमानहरू परमेश्‍वरविरुद्धका गुनासो, अवज्ञा, प्रतिरोध, होहल्ला, र ईशनिन्दासमेतमा परिणत हुनेछन्। जब मानिसहरू त्यस्ता नकारात्मक भावनाहरूमा फसेका हुन्छन्, तब तिनीहरूले परमेश्‍वरविरुद्ध अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासाहरू, र अरू यस्तै भावना वा विचारहरू विकास गर्ने गर्छन्। जब समयसँगै यी विचारहरू मानिसहरूको हृदयमा थुप्रन्छन् र तिनीहरूले अझै पनि सत्यताको खोजी गर्दैनन् वा तिनलाई समाधान गर्न सत्यता प्रयोग गर्दैनन्, तब तिनीहरूको अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासाहरू ठाडो प्रतिरोधमा परिणत हुन्छन्; तिनीहरूले आफ्नो अनाज्ञाकारिता र असन्तुष्टि व्यक्त गर्न र यसरी परमेश्‍वरलाई ठाडो चुनौती दिने आफ्नो उद्देश्य हासिल गर्न झाराटारुवा रूपमा कर्तव्य निर्वाह गर्ने वा मण्डलीको काममा जानीजानी बाधा दिने र अन्तर्ध्वंस गर्ने, र अन्य नकारात्मक व्यवहार जस्ता विद्रोही व्यवहारहरूमा संलग्न हुन्छन्। कति मानिसहरूले अरूको कर्तव्य निर्वाहलाई बर्बाद पार्छन् र बाधा दिन्छन्। तिनीहरूको कार्यपछाडि रहेको अर्थ यस्तो हुन्छ: “यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ, वा परमेश्‍वरले मलाई मेरो कर्तव्यमा आशिष् दिनुहुन्‍न भने, म तिमीहरू कसैले पनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न नसक्‍ने कुरा सुनिश्‍चित गर्नेछु!” अनि त्यसपछि तिनीहरूले बाधाहरू पैदा गर्न थाल्छन्। कति मानिसहरूले यो कुरा शब्दहरूद्वारा गर्छन्, जबकि अरूले केही व्यवहारद्वारा गर्छन्। यसरी अरूलाई आफ्नो व्यवहारद्वारा बाधा दिनेहरूले केकस्ता कुराहरू गर्न सक्छन्? उदाहरणका लागि, तिनीहरूले अरूको कर्तव्यका परिणामहरूमा असर पार्न उनीहरूको कम्प्युटरबाट जानीजानी फाइलहरू मेटिदिन सक्छन्, वा तिनीहरूले जानीजानी अनलाइन भेलाहरूमा बाधा दिन सक्छन्। यो दियाबलस र शैतानहरूले मानिसहरूलाई बाधा दिने काम हो। मानिसहरूले यो कुरा बुझ्दैनन्: “त्यस्तो उमेरको व्यक्तिले कसरी यस्ता फोहोरी कुराहरू गर्न सक्छ? आखिर ऊ किशोर होइन; उसले कसरी यसरी मान्छेलाई झुक्याउँदै मजाक गर्न सक्छ र?” वास्तवमा, तीस, चालीस, पचास, वा साठी वर्षको उमेरका मानिसहरूले पनि यी कुराहरू गर्न सक्छन्। यी विभिन्‍न व्यवहारहरू अकल्‍पनीय कुरा हुन्; यी विवेक र समझ भएको व्यक्तिले गर्ने कार्यहरू होइनन्, यी त दियाबलस र शैतानहरूका कार्यहरू हुन्। अरूलाई कुनै असर नपरेको र आफ्‍नो उद्देश्य हासिल नभएको देखेर, त्यस्तो व्यक्तिले धेरै मानिसहरू उपस्थित हुँदा वा भेलाहरूमा हुँदा नकारात्मकता पोखाउँछ र बाधाहरू पैदा गर्छ। जब तिनीहरूले व्यवहारमार्फत आफ्नो असन्तुष्टि प्रकट गर्न थाल्छन्, तब परिस्थिति नियन्त्रण गर्न गाह्रो भइसकेको हुन्छ; तिनीहरूलाई काबुमा ल्याउन निकै अप्ठ्यारो हुन्छ, र यदि परिस्थिति निरन्तर विकास भइरह्यो भने, यो बढ्दै गएर, झन्झन् गम्भीर प्रकृतिको हुँदै जान सक्छ। तिनीहरूले आफ्नो व्यवहारमार्फत मात्रै बाधा दिँदैनन्, तिनीहरूले त अरूलाई कर्तव्य निभाउने क्रममा बाधा दिन आक्रामक र आलोचनात्मक भाषा प्रयोग गर्दै विभिन्‍न माध्यम र विधिहरू प्रयोग गर्नेसमेत गर्छन्। तिनीहरूले आफ्नो उद्देश्य हासिल गरे नि वा नगरे नि हृदयमा परमेश्‍वरको प्रतिरोध गर्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्ने वा भजनहरू सिक्‍ने गर्दैनन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू वा सत्यतासँग सम्बन्धित कुनै पनि पुस्तक पढ्न अस्वीकार गर्छन्। तिनीहरूले घरमा के गर्छन्? तिनीहरूले उपन्यासहरू पढ्छन्, टिभी शृङ्खलाहरू हेर्छन्, खाना पकाउने विधिहरू सिक्छन्, मेकअप र हेयरस्टाइलसम्बन्धी कुराहरू अध्ययन गर्छन्…। भेलाहरूमा, तिनीहरूले परमेश्‍वरका वचनहरूसम्बन्धी आफ्नो बुझाइबारे सङ्गति गर्दैनन्, न त तिनीहरूले भ्रष्ट स्वभाव र भ्रष्टताका प्रकटीकरणहरू कसरी समाधान गर्ने भनेर नै सङ्गति गर्छन्। जब अरूले सङ्गति गर्छन्, तब तिनीहरूले जानीजानी कुराकानी नियन्त्रण गर्छन्, बोल्ने जोकोहीको कुरा बीचैमा रोक्छन्, जानीजानी विषय परिवर्तन गर्छन्, र यस्तै आदि इत्यादि कुराहरू गर्छन्, अनि यसरी सधैँ अन्तर्ध्वंस गर्ने र बाधा पुर्‍याउने कुराहरू बोल्छन्। तिनीहरूले किन यस्तो व्यवहार गर्छन्? यसको कारण के हो भने, तिनीहरूलाई आफूसँग मुक्तिको कुनै आशा छैन भन्‍ने विश्‍वास हुन्छ, र यसले गर्दा तिनीहरूले हरेस खाएर लापरवाही व्यवहार गर्न थाल्छन्; तिनीहरू आफूलाई मण्डलीबाट निकालिनु वा निष्कासित गरिनुभन्दा पहिले केही साथीहरू खोज्‍न चाहन्छन्—यदि तिनीहरूले आशिष् पाउन सक्दैनन् भने, अरूले पनि नसकून् भन्‍ने कुरा तिनीहरू सुनिश्‍चित गर्न चाहन्छन्। तिनीहरूले किन यस्तो सोच्छन्? तिनीहरूलाई लाग्छ कि तिनीहरूले विश्‍वास गरेको परमेश्‍वर तिनीहरूले सुरुमा कल्पना गरेको परमेश्‍वरजस्तो हुनुहुन्न; तिनीहरूले कल्पना गरेजसरी उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्न र उहाँ धर्मी पनि हुनुहुन्न, र उहाँले निश्‍चय नै तिनीहरूले कल्पना गरेजसरी मानिसहरूप्रति इमानदार स्नेह पनि देखाउनुहुन्न। अरूलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ तर तिनीहरूलाई गर्नुहुन्न; अरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ तर तिनीहरूलाई दिनुहुन्‍न। अहिले तिनीहरूले आफ्‍नो कुनै आशा देख्‍न सक्दैनन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्‍ने महसुस गर्छन्, त्यसैले तिनीहरूले हरेस खान्छन् र लापरवाही व्यवहार गर्न थाल्छन्। तर यो कुरा त्यतिमै सीमित हुँदैन; तिनीहरूले आफ्नो निम्ति कुनै आशा नभएकाले, अरूसँग पनि कुनै आशा छैन भन्‍ने कुरा देखून् भन्ने चाहन्छन्, र तिनीहरू सबैलाई परमेश्‍वरमाथिको आफ्नो विश्‍वास त्याग्‍न र आफ्नो विश्‍वासबाट पछि हट्न लगाएपछि मात्रै सन्तुष्ट हुन्छन्। यसो गर्नुपछाडिको तिनीहरूको उद्देश्य यस्तो हुन्छ: “यदि मैले स्वर्गको राज्यका आशिष्‌हरू प्राप्त गर्न सक्दिनँ भने, तिमीहरूले पनि ती प्राप्त गर्ने सपना समेत नदेख्‍नु नै राम्रो हुन्छ!” त्यस्तो व्यक्ति कस्तो दुष्ट हो? के तिनीहरू दियाबलस होइनन् र? तिनीहरू नरकतिर लागेका दियाबलस हुन्, जसले अरूलाई पनि परमेश्‍वरमा विश्‍वास गर्न र स्वर्गको राज्यमा प्रवेश गर्नबाट रोक्छन्; तिनीहरू सीधै विनाशकोबाटोतर्फ हिँडिरहेका हुन्छन्! थोरै विवेक र परमेश्‍वरप्रति डर मान्‍ने थोरै हृदय भएको कुनै पनि व्यक्तिले यसरी व्यवहार गर्नु हुँदैन; यदि उसले साँच्‍चै नै ठूलो दुष्कर्म गर्‍यो र उसलाई प्रकाश गरियो, र उसलाई आफूसँग कुनै आशा छैन भन्‍ने महसुस भयो भने पनि, उसले अझै पनि अरूलाई सफल हुन सहयोग गरेर अरूलाई परमेश्‍वरमा इमानदारपूर्वक विश्‍वास गर्न र उसको उदाहरण नपछ्याउन लगाउनेछ। उसले यसो भन्‍न सक्छ, “म अत्यन्तै कमजोर छु, मेरा देहगत इच्छाहरू प्रबल छन्, र म संसारदेखि अत्यन्तै मोहित छु। यो मेरो आफ्नै गल्ती हो; म यसको योग्य छु! तपाईँहरू इमानदार विश्‍वासी बनिरहनुहोस्; मेरो प्रभावमा नपर्नुहोस्। भेलाहरूमा, म सतर्क रहनेछु, र यदि ठूलो रातो अजिङ्गरका पुलिसहरू गाउँ प्रवेश गरे भने, म तपाईँहरूलाई सजग गराउनेछु।” मानवताको थोरै अंश भएको जोकोहीले कम्तीमा यति त गर्नैपर्छ, र अरूको सत्यता पछ्याइमा बाधा दिनुहुँदैन। तर मानवताविनाका मानिसहरूले परिस्थितिहरू आफूले भनेअनुसार नहुँदा वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले आफूलाई हेला गरेको र उनीहरू आफूदेखि टाढिएको देख्दा, तिनीहरूले परमेश्‍वरले आफूलाई प्रकाश गर्नुभएको र हटाउनुभएको छ, र आफूसँग मुक्ति पाउने कुनै आशा छैन भन्‍ने महसुस गर्छन्। जब तिनीहरूले त्यस्ता सोच र विचारहरू बोक्छन्, तब तिनीहरूले हरेस खान्छन् र लापरवाही रूपमा काम गर्न थाल्छन्, र बिनाकुनै सङ्कोच नकारात्मकता पोखाउन र मण्डली जीवनमा बाधा दिन थाल्छन्। कस्तो प्रकारका मानिसहरूले यसो गर्छन्? के तिनीहरू दियाबलसहरू होइनन् र? (हुन्।) जो मानिसहरू दियाबलसहरू हुन्, के तिनीहरूलाई शिष्टता देखाउनुपर्छ र? (पर्दैन।) त्यसोभए यो कुरा कसरी सम्हाल्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “तपाईँ भेलाहरूमा आउनु त हुन्छ, तैपनि परमेश्‍वरका वचनहरू पढ्नुहुन्‍न, न त सत्यता नै स्विकार्नुहुन्छ। त्यसोभए तपाईँ यहाँ केका लागि आउनुहुन्छ? बाधाहरू पैदा गर्नका लागि, होइन र? तपाईँलाई तपाईँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ; वास्तवमा, हामीलाई पनि हामीसँग धेरै आशा छ भन्‍ने लाग्दैन, तैपनि हामी लागिपर्छौँ। हामीलाई त परमेश्‍वरले पक्षपात गर्नुहुन्न, उहाँ भरोसायोग्य हुनुहुन्छ, मानिसहरूलाई मुक्ति दिनुमा उहाँको हृदय इमानदार छ, र उहाँको हृदय परिवर्तन हुँदैन भन्ने विश्‍वास छ। आशाको थोरै किरण बाँकी रहेसम्‍म, हामी हरेस खानेछैनौँ। हामी तपाईँजस्तो निरन्तर नकारात्मक हुनेछैनौँ र परमेश्‍वरलाई गलत बुझ्नेछैनौँ। यदि तपाईँ हामीलाई बाधा दिन वा रोक्न सक्नुहुन्छ भन्‍ने सोच्‍नुहुन्छ भने, तपाईँले सपना देखिरहनुभएको छ! यदि तपाईँ जिद्दी भएर यसैमा लागिरहनुहुन्छ, यसरी नै विश्‍वास गरिरहनुहुन्छ, र दुर्भावनासाथ हामीलाई बाधा दिन चाहिरहनुहुन्छ भने, हामीले तपाईँसँग रूखो व्यवहार गरेमा हामीलाई दोष नदिनुहोस्। आजदेखि, तपाईँलाई हटाइन्छ; मण्डलीमा तपाईँका लागि अबदेखि ठाउँ छैन। अब गइहाल्नुहोस्!” यसरी, के यो समस्या सम्हालिँदैन र? यो सरल छ, बस केही शब्दहरू बोलेर तिनीहरूलाई पखालिन्छ। यो कार्य गर्न यति सजिलो छ! किन यो कुरालाई यसरी सम्हाल्ने? किनभने त्यस्ता मानिसहरूको प्रकृति सार परिवर्तन हुन सक्दैन; तिनीहरूले सत्यता स्विकार्नेछैनन्। तिनीहरूले आफूसँग मुक्तिको कुनै आशा छैन भन्‍ने सोच्छन्; परमेश्‍वरले यसो भन्‍नुभएको छैन, न त विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले नै यसो भनेका छन्, तैपनि तिनीहरूले यसरी दुष्कर्म गर्छन् र बाधाहरू ल्याउँछन्। यदि कुनै दिन दुष्कर्म गरेकोमा र मण्डलीको काममा बाधा दिएकोमा साँच्‍चै नै तिनीहरूलाई निष्कासन गरियो भने, वा सत्यता नपछ्याएकोमा तिनीहरूलाई परमेश्‍वरले ताडना दिनुभयो भने, तिनीहरूले के गर्नेछन्? के तिनीहरू परमेश्‍वरका शत्रुहरू बन्‍न सक्छन्, वा तिनीहरूले बदला लिन सक्छन्? त्यो सम्भावना धेरै छ! त्यस्ता मानिसहरूले कुनै दुष्कर्म गर्न वा कुनै ठूलो दुष्ट्याइँ गर्न पाउनुभन्दा पहिले नै प्रकाश हुनु राम्रो कुरा हो। यो परमेश्‍वरको काम हो; परमेश्‍वरले तिनीहरूको प्रकाश गर्नुभएको छ। अब, तिनीहरूलाई पखालिदिनु सही कुरा हो; अरू मानिसहरूले अझै पनि कुनै घाटा भोगेका हुँदैनन्। यसलाई यसरी सम्हाल्नु सामयिक र उचित हुन्छ; सबैले सुझबुझ प्राप्त गर्छन्, र दुष्ट मानिसहरूलाई निराकरण गरिन्छ। प्रतिभारका रूपमा तिनीहरूको भूमिका पर्याप्त रूपमा पूरा भएको छ।

आधारभूत रूपमा, नकारात्मकता पोखाउने मानिसहरूका विभिन्न स्थिति र प्रकटीकरणहरू यिनै हुन्। जब प्रतिष्ठा, ख्याति, र लाभ पछ्याउने तिनीहरूको चाहना पूरा भएको हुँदैन, जब परमेश्‍वरले तिनीहरूका धारणा, र कल्पनाका विपरीत हुने, र तिनीहरूका हितहरूसँग सम्बन्धित कामकुरा गर्नुहुन्छ, तब तिनीहरू अनाज्ञाकारिता र असन्तुष्टिका भावनाहरूको पासोमा पर्छन्। अनि जब तिनीहरूमा यस्ता भावनाहरू हुन्छन्, तब तिनीहरूको मस्तिष्कले बहाना, निहुँ, स्पष्टीकरण, प्रतिरक्षा, र अन्य गुनासोका विचारहरू पैदा गर्न थाल्छ। यस्तो बेला, तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दैनन्, वा तिनीहरू उहाँमा समर्पित हुँदैनन्, तिनीहरूले आफूलाई चिन्‍न सत्यताको खोजी गर्नु त परै जाओस्; बरु, तिनीहरू आफ्ना धारणा, कल्पना, विचार र दृष्टिकोण, वा अविवेकीपन प्रयोग गरेर परमेश्‍वरविरुद्ध लडाइँ गर्छन्। अनि तिनीहरूले परमेश्‍वरविरुद्ध कसरी लडाइँ गर्छन्? तिनीहरूले अनाज्ञाकारिता र असन्तुष्टिका आफ्ना भावना फैलाउँछन्, आफ्ना विचार र दृष्टिकोणहरू परमेश्‍वरलाई स्पष्ट पार्न त्यसको प्रयोग गर्छन्, र आफ्ना चाहनाहरू पूरा गर्नका लागि परमेश्‍वरलाई आफ्ना इच्छा र मागहरूअनुसार व्यवहार गर्न लगाउने प्रयास गर्छन्; त्यसपछि मात्रै तिनीहरूका भावनाहरू शान्त हुन्छन्। खास गरी, परमेश्‍वरले मानिसहरूलाई न्याय गर्न र सजाय दिन, तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न, र मानिसहरूलाई शैतानको प्रभावबाट मुक्त गर्न धेरै सत्यता व्यक्त गर्नुहुन्छ, र यी सत्यताहरूले कति जनाको आशिष्‌ पाउने सपनालाई समाप्त गरेका छन् अनि स्वर्गको राज्यमा उठाइ लगिने दिनरातको कल्पना कसरी चकनाचुर पारेका छन्, कसलाई थाहा छ र! तिनीहरू परिस्थितिहरू बदल्न सबथोक गर्न चाहन्छन्—तर तिनीहरू शक्तिहीन छन्, नकारात्मकता र द्वेषसाथ विपत्तिमा पर्न मात्र सक्छन्। तिनीहरू परमेश्‍वरले तय गर्नुभएका यो सबै कुराप्रति अनाज्ञाकारी हुन्छन्, किनभने परमेश्‍वरले गर्नुहुने काम तिनीहरूका धारणा, हित र सोचसँग बाझिन्छ। विशेष गरी, जब मण्डलीले पखाल्ने काम गर्छ र धेरै मानिसहरूलाई निष्कासन गर्छ, तब यी मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न, उहाँले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ, तिनीहरूसँग अनुचित व्यवहार गरिएको छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरू परमेश्‍वरको अवज्ञा गर्न एक हुनेछन्; तिनीहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेछन्, परमेश्‍वरको पहिचान र सार इन्कार गर्नेछन्, र परमेश्‍वरको धर्मी स्वभाव इन्कार गर्नेछन्। अवश्य नै, तिनीहरूले यावत् थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्य पनि इन्कार गर्नेछन्। अनि, कुन माध्यमद्वारा तिनीहरूले यी सबै कुरा इन्कार गर्छन्? अवज्ञा र प्रतिरोधद्वारा। यसको निष्कर्ष के हुन्छ भने, “परमेश्‍वरले गर्नुहुने काम मेरा धारणाहरूविपरीत हुन्छन्, त्यसकारण म समर्पित हुँदिनँ, र तपाईँ सत्यता हुनुहुन्छ भन्ने विश्‍वास गर्दिनँ। म तपाईँविरुद्ध कोलाहल मच्चाउनेछु, र म मण्डलीमा र मानिसहरूमाझ यी कुराहरू फैलाउनेछु! म जे चाहन्छु त्यही भन्नेछु, र परिणाम जेसुकै होस्, मलाई त्यसको मतलब छैन। मसँग वाक्‌ स्वतन्त्रता छ; तपाईँले मेरो मुख बन्द गर्न सक्नुहुन्न—म जे चाहन्छु त्यही भन्नेछु। तपाईँले के गर्न सक्नुहुन्छ?” जब यी मानिसहरूले आफ्‍ना गलत विचार र दृष्टिकोणहरू फैलाउन जिद्दी गर्छन्, तब के तिनीहरूले आफ्नै बुझाइबारे कुरा गरिरहेका हुन्छन् त? के तिनीहरूले सत्यताबारे सङ्गति गरिरहेका हुन्छन् त? बिलकुलै हुँदैनन्। तिनीहरूले नकारात्मकता फैलाइरहेका हुन्छन्; तिनीहरूले विधर्म र भ्रमहरूको आवाज उठाइरहेका हुन्छन्। तिनीहरूले आफ्नो भ्रष्टता चिन्‍ने वा यसलाई खुलासा गर्ने प्रयास गरिरहेका हुँदैनन्; तिनीहरूले आफूले सत्यताविपरीत गरेका कुराहरू खुलासा गरिरहेका हुँदैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू नै खुलासा गरिरहेका हुन्छन्। बरु, तिनीहरूले आफूलाई सही प्रमाणित गर्न आफ्ना गल्तीहरूको औचित्य पुष्टि गर्न र प्रतिरक्षा गर्न सक्दो प्रयास गरिरहेका हुन्छन्, र यसका साथै तिनीहरूले वाहियात निष्कर्षहरू निकालिरहेका, अनि नकारात्मक र विकृत दृष्टिकोणहरू, साथै बङ्ग्याइएका तर्क र विधर्महरू उठाइरहेका हुन्छन्। मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूमा यसले पार्ने प्रभाव भनेको तिनीहरूलाई बहकाउनु र बाधा दिनु हो; यसले कतिपय मानिसहरूलाई नकारात्मकता र अन्योलमा समेत डुबाउन सक्छ। यी सबै नै मानिसहरूले नकारात्मकता पोखाएर पैदा गर्ने प्रतिकूल प्रभाव र बाधाहरू हुन्। त्यसकारण, नकारात्मकता पोखाउनेहरू, साथै तिनीहरूका बोलीवचन र व्यवहारलाई प्रतिबन्धित गर्नुपर्छ—तिनीहरूलाई सहने वा अनुमति दिने गर्नु हुँदैन। यी मानिसहरूलाई निराकरण गर्न मण्डलीसँग उचित विधि र सिद्धान्तहरू हुनुपर्छ। एक हिसाबमा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यी मानिसहरू र यिनीहरूका नकारात्मक टिप्पणीहरूलाई खुट्ट्याउनुपर्छ। अर्को हिसाबमा, जब परमेश्‍वरका चुनिएका मानिसहरूमा समझशक्ति हुन्छ, तब मण्डलीले अझै धेरै मानिसहरूलाई प्रभावमा पर्न र बाधापुग्नबाट रोक्नका लागि सत्यता सिद्धान्तहरूअनुसार यी व्यक्तिहरूलाई तुरुन्तै निकाल्नुपर्छ वा निष्कासन गर्नुपर्छ। नकारात्मकता पोखाउने कार्यका विभिन्‍न पक्षहरूबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

ग. नकारात्मकता समाधान गर्ने सिद्धान्त र मार्गहरू

मानिसहरूमा शैतानी प्रकृति हुन्छ; शैतानी स्वभावअनुसार जिउँदा, नकारात्मक स्थितिबाट पन्छिन गाह्रो हुन्छ। विशेषगरी जब व्यक्तिले सत्यता बुझ्दैन, तब नकारात्मकता एउटा आम घटना बन्छ। हरेक व्यक्तिमा नकारात्मकताका क्षणहरू हुन्छन्; कतिमा ती धेरै आउँछन्, कतिमा ती थोरै आउँछन्, कतिमा ती लामो समय रहन्छन्, र कतिमा ती छोटो समय रहन्छन्। मानिसहरूको कद फरकफरक हुन्छ, र तिनीहरूको नकारात्मकताका स्थितिहरू पनि फरकफरक नै हुन्छ। ठूलो कद भएकाहरू परीक्षा सामना गर्दा अलिअलि नकारात्मक मात्र बन्छन्, जबकि कम कद भएकाहरू, अझै पनि सत्यता नबुझ्‍नेहरू अरूले केही धारणाहरू फैलाउँदा वा बेतुके कुराहरू बोल्दा त्यो चिन्‍न सक्दैनन्; तिनीहरू बाधामा पर्न, प्रभावित हुन, र नकारात्मक बन्‍न सक्छन्। कुनै पनि समस्या पैदा हुँदा, त्यसले तिनीहरूलाई नकारात्मकतामा पुर्‍याउन सक्छ, सानातिना उल्लेख गर्न पनि लायक नरहेका कुराहरूले समेत तिनीहरूलाई नकारात्मकतामा पुर्‍याउन सक्छन्। बारम्बार आउने नकारात्मकताको यो समस्या कसरी समाधान गरिनुपर्छ? यदि कसैलाई कसरी सत्यता खोजी गर्ने, कसरी परमेश्‍वरका वचनहरू खाने र पिउने, वा कसरी परमेश्‍वरलाई प्रार्थना गर्ने भन्‍ने थाहा छैन भने, यो अत्यन्तै समस्याजनक हुन्छ; तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको साथ र सहयोगमा मात्रै भर पर्न सक्छन्। यदि कसैले सहयोग गर्न सक्दैन, वा उसले सहयोग स्विकार्दैन भने, तिनीहरू यति नकारात्मक रहन सक्छन् कि तिनीहरू यसबाट मुक्त हुनै सक्दैनन् र तिनीहरूले विश्‍वाससमेत त्याग्‍न सक्छन्। हेर, कसैसँग सधैँ धारणाहरू हुनु र सजिलै नकारात्मक बन्‍नु अत्यन्तै खतरनाक कुरा हो। त्यस्ता मानिसहरूलाई जेजसरी सत्यता सङ्गति गरिए पनि, तिनीहरूले स्विकार्दैनन्, र सधैँ आफ्ना धारणा र कल्पनाहरू नै सही छन् भनेर जिद्दी गर्छन्; तिनीहरू अत्यन्तै समस्याग्रस्त मानिसहरू हुन्। तँ जति नै नकारात्मक भए पनि, तैँले हृदयमा के बुझ्नुपर्छ भने, धारणाहरू हुनुको अर्थ ती सत्यताअनुरूप नै हुन्छन् भन्‍ने हुँदैन; यसको अर्थ तेरो बुझाइमा समस्या छ भन्‍ने हुन्छ। यदि तँसँग केही समझ छ भने, तैँले यी धारणाहरू फैलाउनु हुँदैन; मानिसहरूले कम्तीमा पनि पालना गर्नुपर्ने कुरा यही हो। यदि तँसँग थोरै भए पनि परमेश्‍वरको डर मान्ने हृदय छ र तँ परमेश्‍वरको अनुयायी हुँ भनेर स्विकार्न सक्छस् भने, तैँले आफ्ना धारणाहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ, सत्यतामा समर्पित हुनुपर्छ, र बाधा र व्यवधानहरू पैदा गर्नबाट टाढा बस्‍नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् र धारणाहरू फैलाउन जिद्दी गर्छस् भने, तैँले आफ्नो समझ गुमाएको छस्; तँ मानसिक रूपमा असामान्य भएको छस्, तँ भूतहरूद्वारा ग्रसित छस्, र तँ आफ्नो नियन्त्रणमा छैनस्। भूतहरूद्वारा नियन्त्रित भएर, तैँले जेसुकै भए पनि यी धारणाहरू बोल्‍ने र फैलाउने गर्छस्—यसमा केही गर्न सकिँदैन, यो दुष्ट आत्माहरूको काम हो। यदि तँसँग केही विवेक र समझ छ भने, तैँले यसो गर्न सक्नुपर्छ: धारणाहरू फैलाउनु हुँदैन, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनु हुँदैन। तँ नकारात्मक बने पनि, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने कुराहरू गर्नु हुँदैन; तैँले केवल आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ, र तँ आत्म-आलोचनाको अवस्थाभन्दा बाहिर छस् भन्‍ने कुरा सुनिश्‍चित गर्नुपर्छ—आफूलाई आचरणमा ढाल्ने न्यूनतम मापदण्ड यही हो। यदि तँ कहिलेकहीँ नकारात्मक बनिस् नै भने पनि, तैँले सीमा नाघ्‍ने किसिमको केही पनि गरेको छैनस् भने, परमेश्‍वरले तेरो नकारात्मकतालाई ठूलो कुरा बनाउनुहुनेछैन। जबसम्‍म तँसँग विवेक र समझ हुन्छ, र जबसम्‍म तैँले परमेश्‍वरसँग प्रार्थना गर्न, उहाँमा भर पर्न, र सत्यता खोजी गर्न सक्छस्, तबसम्‍म अन्त्यमा तैँले सत्यता बुझ्नेछस् र आफूलाई परिवर्तन गर्नेछस्। यदि तैँले अगुवाको रूपमा वास्तविक काम नगरेकोमा बर्खास्त गरिने र हटाइनेजस्ता महत्त्वपूर्ण घटनाहरू सामना गर्नुपर्‍यो, र तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्यो, र तँ नकारात्मक बनिस्—यति धेरै नकारात्मक कि तँ त्यसबाट मुक्त हुन सक्दैनस्, तँलाई दोषी ठहराइएको र श्रापित तुल्याइएको छ जस्तो लाग्यो, र तँमा परमेश्‍वरविरुद्ध गलतफहमी र गुनासाहरू पैदा भयो भने—तैँले के गर्नुपर्छ? यसलाई सम्हाल्न निकै सजिलो छ: सङ्गति र खोजी गर्नका लागि सत्यता बुझ्‍ने केही मानिसहरू खोज् र यी मानिसहरूसँग आफ्नो हृदय खोलेर कुरा गर्। अझै महत्त्वपूर्ण, आफ्नो नकारात्मकता र कमजोरीबारे, साथै तैँले नबुझेका र पार पाउन नसकेका केही कुराहरूबारे साँचो रूपमा प्रार्थना गर्न परमेश्‍वरअघि आइज—परमेश्‍वरसँग सङ्गति गर्, कुनै पनि कुरा नलुका। यदि तैँले अरूलाई व्यक्त गर्न नसक्‍ने कुराहरू छन् भने, तँ प्रार्थना गर्न परमेश्‍वरअघि आउनु अझै अपरिहार्य हुन्छ। कतिपय मानिस सोध्छन्, “के यसबारे परमेश्‍वरसँग कुरा गर्दा आफू दोषी ठहरिँदैन र?” के तैँले परमेश्‍वरको विरोध गर्ने र उहाँद्वारा दोषी ठहराइने धेरै कुराहरू गरिसकेको छैनस् र? यो थप एउटा कुराबारे किन चिन्ता गरेको? के तँलाई तैँले यसबारे बोलिनस् भने, परमेश्‍वरलाई थाहा हुँदैन भन्‍ने लाग्छ? तैँले सोच्‍ने सबै कुरा परमेश्‍वरलाई थाहा हुन्छ। तैँले खुलस्त रूपमा परमेश्‍वरसँग सङ्गति गर्नुपर्छ, आफ्नो हृदय खोल्‍नुपर्छ, र आफ्ना समस्या र स्थितिहरू उहाँअघि साँचो रूपमा प्रस्तुत गर्नुपर्छ। तेरा कमजोरी, विद्रोहीपन, र तेरा गुनासाहरूलगायत सबै कुरा परमेश्‍वरलाई बताउन सकिन्छ; तँलाई आफ्‍नो कुरा पोखाउन मन छ भने पनि ठीकै छ—परमेश्‍वरले यो कुरालाई दोषी ठहराउनुहुनेछैन। परमेश्‍वरले किन यो कुरालाई दोषी ठहर्‍याउनुहुन्‍न? परमेश्‍वरलाई मानिसको कद थाहा हुन्छ; तैँले उहाँसँग कुरा नगरे पनि, उहाँलाई तेरो कद थाहा हुन्छ। परमेश्‍वरसँग कुरा गर्दा, एक हिसाबमा यो परमेश्‍वरअघि आफैलाई उदाङ्गो पार्ने र खुलस्त बोल्ने तेरो अवसर हो। अर्को हिसाबमा, यसले परमेश्‍वरप्रतिको तेरो समर्पणको मनोवृत्ति पनि देखाउँछ; कम्तीमा पनि, तैँले परमेश्‍वरलाई के देखाउँछस् भने तेरो हृदय उहाँप्रति बन्द छैन, तँ कमजोर मात्र होस्, र यो कुराबाट पार पाउन तेरो कद पर्याप्त छैन। तैँले अवज्ञा गर्ने अभिप्राय राख्दैनस्; तेरो मनोवृत्ति समर्पित हुनु हो, यति हो कि तेरो कद अत्यन्तै सानो छ, र तैँले यो मामला सहन सक्दैनस्। जब तैँले परमेश्‍वरअघि आफ्नो हृदय पूर्ण रूपमा खोल्छस् र उहाँसँग आफ्नो गहनतम विचार बताउन सक्छस्, तब तैँले बोल्ने कुरामा कमजोरी र गुनासाहरू, र खासगरी धेरै नकारात्मक कुराहरू समावेश हुने भए पनि, यसमा एउटा कुरा सही हुन्छ: तैँले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरा स्विकार्छस्, तँ सृष्टि गरिएको प्राणी होस् भन्‍ने कुरा स्विकार्छस्, सृष्टिकर्ताको रूपमा रहेको परमेश्‍वरको पहिचान इन्कार्दैनस्, न त तँ र परमेश्‍वरबीचको सम्बन्ध सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको सम्बन्ध हो भन्‍ने कुरा नै इन्कार्छस्। तैँले आफूलाई पार पाउन गाह्रो लाग्‍ने, र आफूलाई सबैभन्दा कमजोर बनाउने कुराहरू परमेश्‍वरको हातमा सुम्पन्छस्, र तैँले परमेश्‍वरलाई आफ्ना सबैभन्दा भित्री भावनाहरू पूरै बताउँछस्—यसले तेरो मनोवृत्ति देखाउँछ। कति मानिसहरूले भन्छन्, “मैले एकपटक परमेश्‍वरलाई प्रार्थना गरेँ, र यसले मेरो नकारात्मकता समाधान गरेन। म अझै पनि यसलाई जित्न सक्दिनँ।” यसले केही फरक पार्दैन, तैँले बस इमानदारीसाथ सत्यता खोजी मात्रै गर्नुपर्छ। तैँले जति नै धेरै कुरा बुझे पनि, परमेश्‍वरले तँलाई क्रमिक रूपमा सामर्थ्य दिनुहुनेछ, र त्यसउप्रान्त तँ सुरुमा जत्तिको कमजोर हुनेछैनस्। तँसँग जति नै धेरै कमजोरी र नकारात्मकता भए पनि, वा तँसँग जति नै धेरै गुनासो र नकारात्मक भावनाहरू भए पनि, परमेश्‍वरसँग कुरा गर्; परमेश्‍वरलाई बाहिरिया व्यक्तिजस्तो व्यवहार नगर्। तैँले जोसुकैबाट कुराहरू लुकाउन सके पनि, परमेश्‍वरबाट केही पनि नलुका, किनभने परमेश्‍वर तेरो एकमात्र भरोसा र तेरो एकमात्र मुक्ति हुनुहुन्छ। परमेश्‍वरअघि आएर मात्रै यी समस्याहरू समाधान गर्न सकिन्छ; मानिसहरूमा भरोसा गर्नु व्यर्थ हुन्छ। त्यसकारण, जब मानिसहरूले नकारात्मकता र कमजोरी सामना गर्छन्, तब परमेश्‍वरअघि आउने र उहाँमा भरोसा गर्ने मानिसहरू सबैभन्दा चलाख हुन्छन्। मूर्ख र जिद्दी मानिसहरू मात्रै महत्त्वपूर्ण र नाजुक घटनाहरू सामना गर्दा र परमेश्‍वरअघि आफ्‍नो हृदयको कुरा बताउनुपर्ने बेला, परमेश्‍वरबाट टाढा जान्छन् र उहाँबाट झनै तर्किन्छन्, र मनमा विविध योजना बनाउँछन्। अनि यो सबै योजनाको परिणाम के हुन्छ? तिनीहरूका नकारात्मकता र गुनासाहरू प्रतिरोधमा परिणत हुन्छन्, र अवज्ञा परमेश्‍वरविरुद्धको प्रतिरोध र होहल्लामा परिणत हुन्छ; यी मानिसहरू पूर्ण रूपमा परमेश्‍वरको कट्टर विरोधी बन्छन्, र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध पूर्ण रूपमा तोडिएको हुन्छ। तर जब तैँले त्यस्तो नकारात्मकता र कमजोरी सामना गर्छस्, तब यदि तँ अझै पनि सत्यता खोजी गर्न परमेश्‍वरअघि आउन, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने निर्णय गर्न सक्छस्, र तैँले सच्चा समर्पित मनोवृत्ति अपनाउँछस् भने, तँ नकारात्मक र कमजोर हुँदा पनि तँ उहाँमा समर्पित हुन चाहन्छस् भन्‍ने देखेर, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्ने, तेरो नकारात्मकता र कमजोरीबाट तँलाई कसरी निकाल्ने भन्‍ने कुरा जान्नुहुनेछ। यी अनुभवहरू प्राप्त गरेपछि, तैँले परमेश्‍वरमाथिको साँचो विश्‍वास विकास गर्नेछस्। तँलाई के महसुस हुन्छ भने, तैँले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, जबसम्‍म तैँले परमेश्‍वरलाई खोज्छस् र उहाँको प्रतीक्षा गर्छस्, तँलाई थाहै नभई तेरा लागि उहाँले उम्कने बाटो मिलाइदिनुहुन्छ, जसले गर्दा तैँले थाहै नपाई, महसुससमेत नभई परिस्थितिहरू परिवर्तन भएका छन् भनेर देख्‍न सक्‍नेछस्, तँ अबउप्रान्त कमजोर हुनेछैनस् बरु दह्रिलो हुनेछस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वास बढ्नेछ। जब तैँले यी घटनाहरूबारे मनन गर्छस्, तब तँलाई त्यो बेलाको तेरो कमजोरी कति बचकना थियो भन्‍ने महसुस हुनेछ। वास्तवमा, मानिसहरू त्यति नै बचकना हुन्छन्, र परमेश्‍वरको सहाराविना, तिनीहरू कहिल्यै पनि आफ्नो बचकना र अज्ञानताबाट परिपक्‍व हुँदैनन्। यी कुराहरू अनुभव गर्ने क्रममा परमेश्‍वरको सार्वभौमिकतालाई क्रमिक रूपमा स्विकारेर अनि त्यसमा समर्पित भएर, यी तथ्यहरूलाई सकारात्मक र सक्रिय रूपमा सामना गरेर, सिद्धान्तहरू खोजी गरेर, परमेश्‍वरका अभिप्रायहरू खोजी गरेर, परमेश्‍वरबाट तर्किन वा टाढा हुन छोडेर, परमेश्‍वरविरुद्ध विद्रोही बन्‍न छोडेर, बरु झन्-झन् समर्पित बनेर, झन्-झन् कम विद्रोही बनेर, परमेश्‍वरको झन्-झन् नजिक गएर, अनि परमेश्‍वरमा समर्पित हुन झन्-झन् सक्षम भएर मात्र—यसरी अनुभव गरेर मात्र व्यक्तिको जीवन क्रमिक रूपमा वृद्धि र परिपक्‍व हुँदै जान्छ, र बढ्दै गएर पूर्ण रूपमा वयस्कका कदमा पुग्छ।

व्यक्तिले नकारात्मक स्थितिहरूलाई कसरी लिनु र समाधान गर्नुपर्छ? नकारात्मकताबाट डर मान्नु हुँदैन; यसको कडी भनेकै समझ हुनु हो। निरन्तर नकारात्मक हुँदा मूर्खतापूर्ण व्यवहार गर्नु सजिलो हुँदैन र? जब व्यक्ति नकारात्मक हुन्छ, तब उसले या त गुनासो गर्छ या त आफूलाई त्याग्छ, अनि कुनै समझविना बोल्छ र व्यवहार गर्छ—के यसले उसको कर्तव्य निर्वाहमा असर गर्दैन र? यदि व्यक्ति निराशामा पर्न र नकारात्मकतामा डुबेर ढिलासुस्ती गर्न सक्छ भने, के यो परमेश्‍वरलाई धोका दिनु होइन र? गम्भीर नकारात्मकता भनेको मानसिक रोग हुनुजस्तै हो, यो पिशाच लाग्‍नुजस्तै हो; यो समझको कमी हुनु हो। समाधानहरूको लागि सत्यता खोजी नगर्नु साँच्‍चै खतरनाक कुरा हो। जब मानिसहरू नकारात्मक हुन्छन्, तब तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय पटक्‍कै छैन भने, तिनीहरूले सजिलै समझ गुमाउनेछन्; तिनीहरू यताउता आफ्नो नकारात्मकता, असन्तुष्टि, र धारणाहरू फैलाउँदै हिँड्नेछन्। यो त जानाजानी परमेश्‍वरको विरोध गर्नु हो र यसले मण्डलीका काममा सहजै अवरोध गर्न र बाधा दिन सक्छ, यसको परिणामबारे त सोच्दासमेत भयानक लाग्छ, अनि तिनीहरू परमेश्‍वरको तिरस्कारमा समेत पर्न सक्छन्। तैपनि, यदि कुनै व्यक्ति आफ्नो नकारात्मकताको बेला सत्यता खोजी गर्न सक्षम हुन्छ, र उसले परमेश्‍वरको डर मान्ने हृदय कायम राख्छ, नकारात्मक रूपमा बोल्दैन, आफ्‍नो नकारात्मकता र धारणाहरू फैलाउँदैन, र परमेश्‍वरमाथिको आफ्नो विश्‍वास र उहाँप्रतिको समर्पित मनोवृत्ति कायम राख्छ भने, त्यस्तो व्यक्ति सजिलै नकारात्मकताबाट बाहिर आउन सक्छ। हरेक व्यक्तिसँग नकारात्मकताका क्षणहरू हुन्छन्; ती केवल तीव्रता, अवधि, र कारणहरूको हिसाबमा फरकफरक हुन्छन्। कति मानिसहरू सामान्यतया नकारात्मक नै हुँदैनन्, तर कुनै काममा असफलता सामना गर्दा वा डगमगाउँदा तिनीहरू नकारात्मक बन्छन्; अरू मानिसहरू सानातिना कुराहरूबारेमै नकारात्मक बन्‍न सक्छन्, चाहे त्यो तिनीहरूको अभिमानमा चोट पुर्‍याउने कसैले बोलेको कुरा नै किन नहोस्। अनि कति मानिसहरू त अलिअलि प्रतिकूल परिस्थितिहरूको कारण नै नकारात्मक बन्छन्। के त्यस्ता मानिसहरूले जीवन कसरी जिउने भनेर बुझेका हुन्छन्? के तिनीहरूसँग अनुभवजन्य ज्ञान हुन्छ? के तिनीहरूसँग सामान्य व्यक्तिको जस्तो फराकिलो मन र उदारता हुन्छ? हुँदैन। परिस्थिति जेसुकै भए पनि, यदि व्यक्ति आफ्नो भ्रष्ट स्वभावमा जिउँछ भने, ऊ बारम्बार केही नकारात्मक स्थितिमा पर्नेछ। अवश्य नै, यदि व्यक्तिले सत्यता बुझ्छ र परिस्थितिहरूलाई छर्लङ्गै देख्‍न सक्छ भने, उसको नकारात्मक स्थिति झन्-झन् दुर्लभ हुँदै जानेछ र उसको कद बढ्दै जाँदा उसको त्यो नकारात्मकता बिस्तारै हराउनेछ, र अन्ततः पूरै बिलाउनेछ। सत्यतालाई प्रेम नगर्ने, सत्यतालाई पटक्‍कै नस्विकार्ने मानिसहरूमा झन्झन् बढी नकारात्मक भावनाहरू, नकारात्मक स्थितिहरू, र नकारात्मक विचार र मनोवृत्तिहरू हुन्छन्, र ती कुराहरू जति धेरै जम्मा हुन्छन् त्यति नै गम्भीर हुन्छन्, र ती कुराहरूले तिनीहरूलाई अभिभूत गरेपछि, तिनीहरू बिउँतिन सक्दैनन्, र त्यो अत्यन्तै खतरनाक कुरा हो। त्यसकारण, नकारात्मकतालाई तुरुन्तै समाधान गर्नु महत्त्वपूर्ण हुन्छ। नकारात्मकता समाधान गर्नको लागि, व्यक्तिले सक्रिय रूपमा सत्यता खोजी गर्नुपर्छ; परमेश्‍वरको उपस्थितिमा शान्त स्थिति कायम राख्दै परमेश्‍वरका वचनहरू पढ्दा र मनन गर्दा यसले अन्तर्दृष्टि र ज्योति प्रदान गर्नेछ, र यसबाट व्यक्तिले सत्यता बुझ्न र नकारात्मकताको सार देख्‍न सक्‍नेछ, र यसरी उसले नकारात्मकताको समस्या समाधान गर्नेछ। यदि तँ अझै पनि आफ्नै धारणा र बहानाहरूमा टाँसिरहन्छस् भने, तँ अत्यन्तै मूर्ख होस्, र तँ आफ्नो मूर्खता र अज्ञानताबाट मर्नेछस्। चाहे जेसुकै भए पनि, नकारात्मकता समाधान गर्ने कार्य सक्रिय हुनुपर्छ, निष्क्रिय हुनु हुँदैन। कति मानिसहरू के सोच्छन् भने, नकारात्मकता देखा पर्दा, तिनीहरूले यसलाई बेवास्ता गर्नुपर्छ; तिनीहरूलाई फेरि खुशी लाग्दा, तिनीहरूको नकारात्मकता स्वाभाविक रूपमै आनन्दमा परिणत भइहाल्नेछ। यो एउटा कल्पना हो; सत्यता खोजी नगरी वा सत्यता स्वीकार नगरी, नकारात्मकता आफै हट्दैन। तैँले यसलाई बिर्सिए पनि र हृदयमा केही अनुभव नगरे पनि, यसको अर्थ तेरो नकारात्मकताको जड समाधान भएको छ भन्‍ने हुँदैन। सही परिस्थितिहरू देखा परेपछि, यो फेरि देखा पर्नेछ, र यो सामान्य रूपमा हुने कुरा हो। यदि कुनै व्यक्ति चलाख छ र ऊसँग समझ छ भने, नकारात्मकता देखा पर्दा उसले तुरुन्तै सत्यता खोजी गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यता स्विकार्ने विधि प्रयोग गर्नुपर्छ, र यसरी नकारात्मकताको समस्या यसको जडबाटै समाधान हुन्छ। बारम्बार नकारात्मक हुने सबै मानिसहरूले सत्यतालाई स्वीकार गर्न नसक्ने हुनाले तिनीहरू नकारात्मक हुन्छन्। यदि तैँले सत्यता स्वीकार गरिनस् भने, नकारात्मकताले तँलाई दियाबलसले जस्तै गाँज्नेछ, तँलाई जीवनभर नकारात्मक बनाउनेछ, र तँमा परमेश्‍वरप्रति अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोका भावनाहरू विकास गर्नेछ, यहाँसम्म कि तँ परमेश्‍वरविरुद्ध प्रतिरोध गर्ने र लडाइँ गर्ने र कोलाहल मच्चाउने अवस्थामा पुग्‍नेछस्—त्यो बेला तँ अन्त्यमा पुगेको हुनेछस्, र तेरो कुरूप साँचो अनुहार खुलासा हुनेछ। मानिसहरूले तँलाई खुलासा गर्न, चिरफार गर्न, र चित्रण गर्न थाल्छन्, र अब मात्रै, भयानक वास्तविकताको सामना गर्दा, तँ आँसु बगाउन थाल्छस्; यति बेला मात्रै तँ ढलेर निराशमा छाती पिट्नेछस्—पर्खी, अनि तैँले परमेश्‍वरको दण्ड स्वीकार गर्नुपर्छ! नकारात्मकताले मानिसहरूलाई कमजोर मात्र पार्दैन, यसले त तिनीहरूलाई परमेश्‍वरबारे गुनासो गर्ने, परमेश्‍वरको आलोचना गर्ने, परमेश्‍वरलाई इन्कार गर्ने, र परमेश्‍वरविरुद्ध प्रत्यक्ष लडाइँ गर्ने र कोलाहल मच्चाउने समेत तुल्याउँछ। त्यसकारण, यदि कसैको नकारात्मकताको समाधानमा ढिलाइ भयो भने, तिनीहरूले ईश्‍वरनिन्दाका शब्दहरू प्रकट गरेपछि र परमेश्‍वरको स्वभाव चिढ्याएपछि, परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्। यदि तँ कुनै एउटै घटना, वाक्यांश, वा विचार वा दृष्टिकोणको कारण नकारात्मकतामा पर्छस् र तैँले गुनासो गर्छस् भने, यसले देखाउँछ कि यो विषयमा तेरो बुझाइ विकृत छ, र तँसँग यसबारे धारणा र कल्पनाहरू छन्; यो विषयमा तेरा दृष्टिकोणहरू अवश्य नै सत्यतासँग मिल्दैनन्। यो विन्दुमा, तैँले सत्यता खोजी गर्नुपर्छ र यसलाई सही रूपमा सामना गर्नुपर्छ, यी गलत धारणा र विचारहरू जतिसक्दो चाँडो सुधार्ने प्रयास गर्नुपर्छ, र यी धारणाहरूद्वारा बन्धन र भ्रममा परेर आफूलाई परमेश्‍वरप्रतिको अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोको स्थितिमा पुग्‍नु हुँदैन। नकारात्मकता तुरुन्तै समाधान गर्नु महत्त्वपूर्ण हुन्छ, र यसलाई पूर्ण रूपमा समाधान गर्नु पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, नकारात्मकता समाधान गर्ने सबैभन्दा राम्रो तरिका भनेको सत्यता खोजी गर्नु, परमेश्‍वरका वचनहरू अझै धेरै पढ्नु, र परमेश्‍वरको अन्तर्दृष्टि खोज्न उहाँअघि आउनु हो। कहिलेकहीँ, तैँले आफ्‍ना विचार र दृष्टिकोणहरू क्षणिक रूपमा परिवर्तन गर्न असक्षम हुन सक्छस्, तर कम्तीमा पनि, तैँले आफू गलत छु र तेरा यी विचारहरू विकृत छन् भन्‍ने कुराचाहिँ जान्नुपर्छ। यसरी, न्यूनतम परिणाम के हुनेछ भने, यी गलत विचार र दृष्टिकोणहरूले तेरो कर्तव्य पूरा गर्ने बफादारितामा असर गर्नेछैनन्, परमेश्‍वरसँगको तेरो सम्बन्धमा असर गर्नेछैनन्, र तेरो हृदय खोल्न र प्रार्थना गर्न परमेश्‍वरअघि आउने कार्यमा पनि असर गर्नेछैनन्—कम्तीमा पनि, हासिल गरिनुपर्ने परिणाम यही हो। जब तँ नकारात्मकतामा डुब्छस् अनि अनाज्ञाकारी र असन्तुष्ट हुन्छस्, र परमेश्‍वरप्रति गुनासाहरू पाल्छस् तर समाधानको लागि तँ सत्यता खोजी गर्न चाहँदैनस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्यै छ भन्‍ने सोच्छस्, जबकि वास्तवमा तेरो हृदय परमेश्‍वरबाट टाढा हुन्छ र तँ अब उहाँका वचनहरू पढ्न वा प्रार्थना गर्न चाहँदैनस्, तब के समस्या गम्भीर भइसकेको हुँदैन र? तँ भन्छस्, “म जति नै नकारात्मक भए पनि, कर्तव्य पूरा गर्ने मेरो कार्यमा बाधा पुगेको छैन र मैले आफ्नो काम त्यागेको छैनँ। म बफादार छु!” के यी शब्‍दहरू मान्य छन्? यदि तँ प्रायजसो नकारात्मक हुन्छस् भने, यो भ्रष्ट स्वभावसँग सम्बन्धित हुँदैन; अरू अझै गम्भीर समस्याहरू हुन्छन्: तँसँग परमेश्‍वरबारे धारणाहरू छन्, तँ उहाँलाई गलत रूपमा बुझ्छस्, र तैँले आफू र परमेश्‍वरबीच पर्खालहरू निर्माण गरेको छस्। यदि तैँले यसलाई समाधान गर्न सत्यता खोजी गरिनस् भने, त्यो अत्यन्तै खतरनाक हुन्छ। यदि व्यक्ति प्रायजसो नकारात्मक हुन्छ भने, उसले आफ्नो कर्तव्य अन्त्यसम्‍मै बफादार रूपमा र झारा नटारी पूरा गर्ने कुरा कसरी सुनिश्‍चित गर्न सक्छ? यदि नकारात्मकता समाधान गरिएन भने, के यो आफै हट्न वा हराउन सक्छ र? यदि कसैले समयमै समाधानको लागि सत्यता खोजी गर्दैन भने, नकारात्मकता निरन्तर विकास हुँदै जान्छ र यो झन्झन् खराब हुँदै जान्छ। यसले ल्याउने परिणामहरू झन्-झन् हानिकारक मात्र हुनेछन्। ती अवश्य नै सकारात्मक दिशामा अघि बढ्नेछैनन्, ती प्रतिकूल दिशामा मात्रै अघि बढ्नेछन्। त्यसकारण, जब नकारात्मकता पैदा हुन्छ, तब तैँले यसलाई समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नुपर्छ; यसले मात्रै तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् भन्‍ने कुरा सुनिश्‍चित गर्छ। नकारात्मकता समाधान गर्नु महत्त्वपूर्ण छ, र यसमा ढिलाइ गर्नु हुँदैन!

जून २६, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्