अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१७) खण्ड चार

मण्डली जीवनमा, अरू कसले नकारात्मकता पोखाउने गर्छ? कति मानिसहरूले परिणाम नै प्राप्त नगरी कर्तव्य निर्वाह गर्छन्, तिनीहरूले सधैँ गल्ती गर्छन्; तिनीहरूले आत्मचिन्तन गर्दैनन्, बरु सधैँ परमेश्‍वर धर्मी वा निष्पक्ष हुनुहुन्न, परमेश्‍वरले सधैँ अरूसँग दयालु व्यवहार गर्नुहुन्छ तर तिनीहरूलाई गर्नुहुन्‍न, परमेश्‍वरले तिनीहरूलाई हेला गर्नुहुन्छ, र कहिल्यै अन्तर्दृष्टि दिनुहुन्न, त्यसकारण तिनीहरूले कर्तव्य निर्वाह गर्दा कहिल्यै कुनै परिणामहरू आउँदैनन्, र तिनीहरूले कहिल्यै अरूभन्दा माथि हुने र आदर पाउने आफ्नो उद्देश्य हासिल गर्न सक्दैनन् भन्‍ने अनुभव गर्छन्। तिनीहरूले हृदयमा परमेश्‍वरबारे गुनासा पाल्न पुग्छन्, र यसो गर्ने क्रममा, तिनीहरूले बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूलाई डाहा, तिरस्कार, र घृणा गर्न थाल्छन्। त्यस्ता मानिसहरूमा कस्तो मानवता हुन्छ? के तिनीहरू तुच्छ मनका हुँदैनन् र? यसअलावा, के तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा कसरी सत्यता पछ्याउने भनेर बुझ्न असफल भएका हुँदैनन् र? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेकै हुँदैनन्। तिनीहरूले सोच्छन् कि परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य निर्वाह गर्नु भनेको विद्यार्थीले विश्‍वविद्यालयमा परीक्षा दिनुजस्तै हो, जहाँ सधैँ स्कोर र दर्जा तुलना गर्नुपर्छ। त्यसैले, तिनीहरूले यी कुराहरूमा ठूलो महत्त्व दिन्छन्। के तिनीहरूको स्थिति त्यस्तै हुँदैन र? सर्वप्रथम, सत्यता बुझ्ने दृष्टिकोणबाट हेर्दा, के त्यस्ता मानिसहरूमा आत्मिक बुझाइ हुन्छ? हुँदैन, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु र सत्यता पछ्याउनु भनेको के हो भनेर बुझेकै हुँदैनन्। एक हिसाबमा, तिनीहरूले अरूमाझ रहेको आफ्नो दर्जालाई ठूलो महत्त्व दिन्छन्; अर्को हिसाबमा, तिनीहरूले सधैँ अरूले आफ्नो कर्तव्य कति राम्ररी निर्वाह गर्छन् र तिनीहरू आफैले कति राम्ररी निर्वाह गर्छन् भनेर मूल्याङ्कन गर्न स्कूले विद्यार्थीहरूलाई मूल्याङ्कन गरेजस्तै स्कोर विधि प्रयोग गर्छन्, र यही विधि अपनाउँदै तिनीहरूले परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास र आफ्नो कर्तव्यनिर्वाहको कार्यसम्पादन मापन गर्छन्। के यसमा केही कुरा गलत कुरा छैन र? यसको साथै, के तिनीहरूको आफ्नो कर्तव्य निर्वाह गर्ने मेहनतशील तरिका गलत छैन र? के तिनीहरूले अध्ययन र परीक्षा दिने किसिमले मेहनत गर्दै आफ्नो कर्तव्य निर्वाह गर्दैनन् र? (गर्छन्।) हामी किन यसो भन्छौं? के त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी सिद्धान्तहरू खोजी गर्ने भनेर बुझेका हुन्छन्? के तिनीहरूले सिद्धान्तहरू खोजी गर्न सक्छन्? एक हिसाबमा, तिनीहरूलाई सिद्धान्तहरू कसरी खोजी गर्ने भन्‍ने नै थाहा हुँदैन। मानिसहरूले कसरी परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, कसरी सत्यता सङ्गति गर्नुपर्छ, र कसरी आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नुपर्छ—यी कुराहरू तिनीहरूले बुझ्दैनन्, न त तिनीहरूलाई यसको वास्ता नै हुन्छ। तिनीहरूलाई आफूले सिद्धान्तहरू खोज्नुपर्छ र तीअनुसार काम गर्नुपर्छ भन्‍ने मात्रै थाहा हुन्छ, तर सिद्धान्तहरूले के भन्छन्, परमेश्‍वरको के मापदण्ड छ, वा अरूले कसरी सिद्धान्तहरूअनुसार काम गर्छन् भन्‍नेबारे तिनीहरूसँग बुझाइको कमी हुन्छ। तिनीहरूले यो कुरा बुझ्दै बुझ्दैनन्। अनि अर्को हिसाबमा, के तिनीहरूले मानिसहरूको कर्तव्यनिर्वाह मानकअनुरूप छ कि छैन भनेर मापन गर्ने परमेश्‍वरका मापदण्डहरू, र कर्तव्य निर्वाह गर्न उहाँले मानिसहरूलाई दिनुहुने सिद्धान्तहरूको आधारमा कर्तव्यको मूल्याङ्कन गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सङ्गतिबाट यी कुराहरू बुझ्न सक्छन्? सर्वप्रथम त, तिनीहरूले परमेश्‍वरका वचनहरू नै बुझ्दैनन्, न त तिनीहरूले कर्तव्य निर्वाह गर्ने विषय नै बुझ्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निर्वाह गर्न थालेपछि यस्तो मनन गर्छन्: “म स्कूलमा हुँदा, मैले एउटा नियम पत्ता लगाएँ: मेहनत गर्न र अझै बढी अध्ययन गर्न इच्छुक भएमा, उच्च स्कोर हासिल गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरमाथिको मेरो विश्‍वासमा पनि म त्यस्तै गर्नेछु। म अझै धेरै परमेश्‍वरका वचनहरू पढ्नेछु र अझै धेरै प्रार्थना गर्नेछु। अरूहरू कुराकानी गरिरहेको वा खाना खाइरहेको बेला, म भजनहरू सिक्‍नेछु र परमेश्‍वरका वचनहरू कण्ठ पार्नेछु। त्यस्तो प्रयासपछि, मेरो परिश्रम, लगनशीलता, र मेहनतको आधारमा, परमेश्‍वरले अवश्य नै मलाई आशिष् दिनुहुनेछ, र मेरो कर्तव्यनिर्वाह अवश्य नै फलदायी हुनेछ। मैले अवश्य नै अरूहरूमाझ उच्च स्कोर गर्नेछु, र मलाई बहुमूल्य ठानिनेछ र बढुवा दिइनेछ।” तर त्यसो गरे पनि, तिनीहरूले अझै आफ्ना चाहनाहरू पूरा गर्न सक्दैनन्: “म किन आफ्नो कर्तव्य निर्वाह गर्दा अरूको तुलनामा अझै प्रभावकारी छैनँ? मैले कसरी बढुवा पाउनेछु वा म कहिले महत्त्वपूर्ण कामहरूमा प्रयोग हुनेछु? के यसको अर्थ मेरो लागि कुनै आशा छैन भन्‍ने हुन्‍न र? म प्रतिस्पर्धी भएरै जन्मेको हुँ, र म अरूभन्दा पछि पर्न चाहँदिनँ। म स्कूलमा यस्तै थिएँ, र अहिले परमेश्‍वरमाथिको मेरो विश्‍वासमा पनि त्यस्तै छु। मलाई जसले उछिने नि तिनीहरूलाई फेरि उछिन्‍ने ममा सङ्कल्प छ। तिनीहरूलाई नउछिनेसम्‍म म आराम गर्नेछैनँ!” तिनीहरूलाई यो विश्‍वास हुन्छ कि तिनीहरूले सही विधि र शैली अपनाएर—परमेश्‍वरका अझै धेरै वचनहरू पढ्न र अझै धेरै भजनहरू सिक्न कठिन अध्ययनको प्रयास गरेर; अल्छे कुराकानीमा संलग्‍न नभएर; सजिनेधजिने कुरामा ध्यान नदिएर; थोरै सुतेर अनि थोरै मनोरञ्जन गरेर; आफ्नो शरीरलाई काबुमा राखेर अनि देहगत सहजतामा लिप्त नभएर—तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्‍नेछन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा परिणामहरू पक्‍कै हासिल गर्नेछन्। तैपनि, परिस्थितिहरू सधैँ तिनीहरूले अपेक्षा गरेभन्दा फरक हुन्छन्: “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा किन अझै सधैँ गल्तीहरू गर्छु, र मैले किन अझै अरूले जस्तै राम्ररी काम गर्न सक्दिनँ? अरूले कामहरू चाँडै र राम्ररी गर्छन्, र अगुवाले सधैँ तिनीहरूलाई प्रशंसा र आदर गर्छन्। मैले धेरै कष्ट र कठिनाइ भोगेको छु। मैले किन अझै परिणामहरू हासिल गरिरहेको छैनँ?” यसबारे मनन गर्ने क्रममा, अन्ततः तिनीहरूले महत्त्वपूर्ण कुरा पत्ता लगाउँछन्: “परमेश्‍वर त अधर्मी रहेछन्। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भयो, र अहिले मात्रै मैले यो कुरा थाहा पाएँ! परमेश्‍वर उहाँले चाहनुभएको हरकोहीसित अनुग्रही हुनुहुन्छ। त्यसोभए, उहाँ किन मलाई कृपा गर्न चाहनुहुन्न? के म मूर्ख भएकोले, मैले चापलुसी गर्न र प्रखर रूपमा बोल्‍न नसक्‍ने भएकोले, र म चलाख नभएकोले हो? कि म अत्यन्तै साधारण देखिने भएकोले, र म त्यति शिक्षित नभएकोले हो? यो त परमेश्‍वरले मलाई प्रकाश गर्नुभएको हो, होइन र? मैले परमेश्‍वरका धेरै वचनहरू पढेको छु—किन परमेश्‍वरले मलाई कृपा गर्नुहुन्न, बरु मलाई प्रकाश गर्नुहुन्छ?” यसबारे विचार गर्ने क्रममा, तिनीहरू नकारात्मक बन्छन्: “म अबदेखि आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरले आशिष् दिनुभएको छैन, र मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ, तर उहाँले मलाई अन्तर्दृष्टि दिनुभएको छैन। परमेश्‍वरका वचनहरूमा भनिएको छ: परमेश्‍वर उहाँले चाहनुभएको हरकोहीसित अनुग्रही हुनुहुन्छ र जसलाई दया गर्न चाहनुहुन्छ उसलाई दया गर्नुहुन्छ। म परमेश्‍वरले दया वा कृपा गर्नुहुने व्यक्ति होइनँ। अनि, किन मैले यो कष्ट भोग्ने?” तिनीहरूले जति विचार गर्छन्, त्यति नै तिनीहरू नकारात्मक बन्छन्, र त्यति नै कम तिनीहरूलाई आफूसँग अघि बढ्ने बाटो छ भन्‍ने लाग्छ। अन्यायमा परेको महसुस भएर तिनीहरूलाई उकुसमुकुस हुन्छ, र तिनीहरूलाई अबउप्रान्त कर्तव्य निर्वाह गर्न मन लाग्दैन; अनि कर्तव्य निर्वाह गर्दा, तिनीहरूले झारा टार्छन्। अरूले जे-जसरी सिद्धान्तहरू सङ्गति गरे नि, त्यो तिनीहरूको मनमा छिर्दैन। तिनीहरूभित्र कुनै प्रतिक्रिया पैदा हुँदैन। जब तिनीहरू यस्तो स्थितिमा हुन्छन्, तब के तिनीहरूसँग जीवन प्रवेश हुन्छ? के कर्तव्य निर्वाह गर्दा तिनीहरूमा कुनै बफादारिता हुन्छ? अब कुनै बफादारिता हुँदैन, र तिनीहरूले कुनै बेला देखाउने थोरै मेहनत र लगनशीलता पनि हराएको हुन्छ। त्यसोभए, तिनीहरूको हृदयमा के बाँकी हुन्छ? “म अघि बढ्दै जाँदा नै योजना बनाउनेछु, र परिस्थितिहरू जे-जसरी आइपर्छन् त्यसरी नै अँगाल्नेछु। अब मलाई परमेश्‍वरले जुनसुकै दिन प्रकाश गरेर हटाउन र त्याग्‍न सक्‍नुहुन्छ। जब मलाई कर्तव्य निर्वाह गर्न नदिइने दिन आउँछ, तब म यो काम गर्नेछैनँ। म पर्याप्त असल छैनँ भन्‍ने मलाई थाहा छ। परमेश्‍वरले मलाई अहिलेसम्‍म हटाएका छैनन्, तर उनले मलाई मन पराउँदैनन् भन्‍ने थाहा छ। म हटाइने नै छु, तर कहिले भन्‍ने मात्रै हो।” तिनीहरूको हृदयमा यी विचार र दृष्टिकोणहरू उत्पन्न हुन्छन्, र तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा, कहिलेकहीँ यस्ता टिप्पणीहरू बाहिर आउँछन्: “तपाईंहरू सबै इमानदारितासाथ विश्‍वास गर्नुहोस्। तपाईंहरूको विश्‍वास र तपाईंहरूको कर्तव्यनिर्वाहको निम्ति परमेश्‍वरले अवश्य नै आशिष् दिनेछन्। मेरो चाहिँ कुनै आशा छैन। म त मेरो बाटोको अन्त्यमा पुगेको छु। म जति नै लगनशील वा मेहनती भए नि, यसको कुनै काम छैन। यदि परमेश्‍वरले कसैलाई मन पराएनन् भने, उसले गरेको कुनै पनि प्रयासको कुनै काम हुँदैन। म आफूले सक्‍नेजति मेहनत गरेर कर्तव्य निर्वाह गर्छु; यदि मेरो प्रयासको कुनै स्थान छैन भने, यसबारे केही गर्न सकिँदैन। के परमेश्‍वरले मानिसहरूलाई उनीहरूको हदभन्दा बाहिरका कुराहरू गर्न बाध्य गर्न सक्छन् र? परमेश्‍वरले माछालाई जमिनमा जिउन बाध्य पार्न सक्दैनन्!” यहाँ के भनिएको हो? यसको अर्थ के हो भने: “म यस्तै छु। परमेश्‍वरले मलाई जे-जसरी व्यवहार गरे नि, मेरो मनोवृत्ति यही हुनेछ।” मलाई भन् त, यस्तो मनोवृत्ति र अभिप्राय भएको व्यक्तिले किन अझै परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न चाहन्छ? के तिनीहरूले विकास गरेको यो स्थिति र मनोवृत्तिले अरूलाई असर गर्न सक्छ? यसले सजिलै नकारात्मक र प्रतिकुल प्रभाव पार्न सक्छ, जसले अरूहरूलाई नकारात्मकता र कमजोरीमा पार्छ। के यो अरूलाई बहकाउनु र हानि गर्नु होइन र? यस्तो हदसम्म नकारात्मकता भएका मानिसहरू दियाबलसहरू हुन्, होइनन् र? दियाबलसहरूले कहिल्यै सत्यतालाई प्रेम गर्दैनन्।

कति मानिसहरूले त लामो भाषणमा पनि आफ्नो नकारात्मकता पोखाउँदैनन्; तिनीहरूले केही वाक्यांशहरू मात्रै बोल्छन्: “तपाईंहरू सबै मभन्दा असल हुनुहुन्छ। तपाईंहरू सबै अत्यन्तै आशिषित हुनुहुन्छ। म आशाविहीन छु। मैले जति नै प्रयास गरे नि त्यो व्यर्थ छ। परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्ने मेरो कुनै आशा छैन।” यी शब्दहरू सरल र समस्यारहित देखिए नि, तिनीहरूले आफूलाई जाँच्ने, आफ्नै चिरफार गर्ने, र आफ्नै कमजोर क्षमता र कमीकमजोरीजस्ता तथ्यहरू स्विकार्ने कार्य गरिरहेजस्तो सुनिए नि, वास्तवमा तिनीहरूले एकप्रकारको अदृश्य नकारात्मकता पोखाइरहेका हुन्छन्। यी शब्दहरूमा व्यङ्ग्य र गिल्ला, साथै प्रतिरोध हुन्छ, र अवश्य नै, तिनमा परमेश्‍वरप्रति असन्तुष्टि, साथै नकारात्मक र खिन्न मुड हुन्छ। यी नकारात्मक शब्दहरू थोरै होलान्, तर यो मुडले सरुवा रोगले जस्तै अरूलाई असर पार्न सक्छ। तिनीहरूले “म अबदेखि आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ, मसँग मुक्ति पाउने कुनै आशा छैन, र तपाईंहरू सबै खतरामा हुनुहुन्छ” भनेर स्पष्ट रूपमा नबोले नि, तिनीहरूले मानिसहरूलाई यस्तो व्यक्तिसँग त आफ्नो प्रयासको बाबजुद मुक्ति पाउने कुनै आशा छैन भने, प्रयास नगर्ने मानिसहरूमा त आशा पाउने सम्भावना झनै कम हुन्छ भन्‍ने सङ्केत गर्छन्। यो सङ्केत गरेर, तिनीहरूले सबैलाई यसो भनिरहेका हुन्छन्, “आशा महत्त्वपूर्ण छ। यदि परमेश्‍वरले तपाईंलाई आशा दिनुभएन भने, यदि परमेश्‍वरले तपाईंलाई आशिष् दिनुभएन भने, तपाईंले जति नै मेहनत गरे नि, त्यो सबै व्यर्थ छ।” धेरैजसो मानिसहरूले यो सङ्केत स्विकारेपछि, तिनीहरूको हृदयको गहिराइमा रहेको परमेश्‍वरमाथिको विश्‍वास कमजोर नभई सक्दैन, र कर्तव्य निर्वाह गर्दा तिनीहरूले प्रदर्शन गर्नुपर्ने बफादारिता र सच्चाइ निकै कम हुन्छ। तिनीहरूले मानिसहरूलाई बहकाउने वा आफूतिर तान्‍ने स्पष्ट अभिप्रायविनै यो नकारात्मकता पोखाए नि, यो नकारात्मक मुडले अरूलाई तुरुन्तै असर पार्छ, जसले गर्दा तिनीहरूलाई सङ्कट अनुभूत हुन्छ, र तिनीहरूको प्रयास सजिलै व्यर्थ हुन्छ भन्‍ने लाग्छ; यसले मानिसहरूलाई आफ्ना भावनाहरूमा जिउन लगाउँछ, परमेश्‍वरबारे अनुमान गर्न भावनाहरू प्रयोग गर्ने, र देखावटी रूपको आधारमा मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति र इमानदारिता विश्‍लेषण र सूक्ष्मजाँच गर्ने बनाउँछ। जब यो नकारात्मक मुड अरूमा सर्छ, तब तिनीहरू परमेश्‍वरबाट आफूलाई टाढा नराखी र परमेश्‍वरले भन्‍नुभएका कुराहरूलाई गलत नबुझी र शङ्का नगरी बस्न सक्दैनन्, र त्यसउप्रान्त तिनीहरूले उहाँका वचनहरूमा विश्‍वास गर्न छोड्छन्। यसको साथै, तिनीहरूमा अबदेखि आफ्नो कर्तव्यप्रति इमानदारिता हुँदैन; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र कुनै पनि बफादारिता देखाउन अनिच्छुक हुन्छन्। यो नै यी नकारात्मक टिप्पणीहरूले मानिसहरूमा पार्ने असर हो। यो असरको परिणाम के हुन्छ? यी शब्दहरू सुनेपछि, मानिसहरूले आत्मिक उन्नति प्राप्त गर्दैनन्, झन् तिनीहरूले आत्मज्ञान प्राप्त गर्ने, आफ्ना कमीकमजोरी पत्ता लगाउने, वा सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्न सक्‍ने त कुरै नगरौँ—तिनीहरूले यीमध्ये कुनै पनि सकारात्मक परिणाम प्राप्त गर्दैनन्। बरु, यो असरले मानिसहरूलाई अझै नकारात्मक बनाउँछ, सत्यता पछ्याउन छोड्नेबारे सोच्ने तुल्याउँछ, र अबउप्रान्त तिनीहरूमा कर्तव्य निर्वाह गर्नेप्रति कुनै सङ्कल्प हुँदैन। तिनीहरूले किन विश्‍वास गुमाएका हुन्छन्? (तिनीहरूलाई आफूसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ।) हो, तैँले यो सन्देश स्विकारेको हुन्छस् र तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने महसुस गर्छस्, त्यसकारण, तँ कर्तव्य पूरा गर्ने प्रयत्‍न लाउन अनिच्छुक हुन्छस्। यो व्यवहारले देखाउँछ कि तैँले निष्कपट रूपमा सत्यता पछ्याइरहेको छैनस्, बरु सधैँ परमेश्‍वर तँप्रति प्रसन्न हुनुहुन्छ कि हुनुहुन्न, तँसँग मुक्तिको आशा छ कि छैन, र तेरो कर्तव्य निर्वाहलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्न भनेर भावना, मुड, र अनुमानका आधारमा राय बनाइरहेको हुन्छस्। जब मानिसहरूले अनुमानका आधारमा यी कुराहरूबारे राय बनाउँछन्, तब तिनीहरूसँग सत्यता अभ्यास गर्ने खासै उत्प्रेरणा हुँदैन। किन यस्तो हुन्छ? के मानिसहरूले अनुमानको आधारमा परमेश्‍वरलाई मूल्याङ्कन गर्दा सही रूपमा मूल्याङ्कन गर्न सक्छन्? के मानिसहरूले परमेश्‍वरको हरेक सोच र विचारबारे सही रूपमा अनुमान गर्न सक्छन्? (सक्दैनन्।) मानिसहरूको मन छल, लेनदेन, सांसारिक व्यवहारका दर्शन, शैतानको तर्क, आदि इत्यादि कुराले भरिएको हुन्छ। यी कुराहरूको आधारमा मानिसहरूले परमेश्‍वरबारे अनुमानहरू गर्नुका परिणामहरू के हुन्छन्? यसले परमेश्‍वरबारे शङ्का गर्ने, परमेश्‍वरबाट आफूलाई टाढा राख्‍ने, र परमेश्‍वरमाथिको विश्‍वास पूर्ण रूपमा गुमाउने बनाउँछ। जब व्यक्तिले परमेश्‍वरमाथिको विश्‍वास पूर्ण रूपमा गुमाउँछ, तब परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्‍नेबारे उसको हृदयमा अपरिहार्य रूपमै ठूलो प्रश्‍नचिन्ह लाग्‍छ। त्यो बेला, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको समय समाप्त हुन्छ—तिनीहरू पूर्ण रूपमा बरबाद हुन्छन्। यसअलावा, के मानिसहरूले परमेश्‍वरबारे अनुमान गर्नु सही हुन्छ? के सृजित प्राणीले सृष्टिकर्ताप्रति राख्‍नुपर्ने मनोवृत्ति यही हो? स्पष्ट रूपमै, होइन। मानिसहरूले परमेश्‍वरबारे अनुमानहरू गर्नु हुँदैन, न त परमेश्‍वरको सोचाइ वा मानिसहरूप्रतिका उहाँका विचारहरूबारे नै अनुमान गर्न मिल्छ। यो आफैमा गलत छ; मानिसहरूले गलत दृष्टिकोण र अडान लिएका छन्।

मानिसहरूले परमेश्‍वरसँग अनुमान, अड्कल, शङ्का, वा अविश्‍वासको आधारमा व्यवहार गर्नु हुँदैन, न त तिनीहरूले मानव विचार र दृष्टिकोण, सांसारिक व्यवहारका दर्शनहरू, वा शैक्षिक ज्ञानका आधारमा उहाँबारे राय बनाउनु नै हुन्छ। त्यसैले, मानिसहरूले परमेश्‍वरसँग कसरी व्यवहार गर्नुपर्छ? सर्वप्रथम त, मानिसहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गर्नुपर्छ। मानिसहरूप्रतिका परमेश्‍वरका मागहरू, मानिसहरूप्रतिका उहाँका अभिप्रायहरू, मानिसहरूप्रतिको उहाँको प्रेम र घृणा, र विभिन्‍न प्रकारका मानिसहरूप्रतिका उहाँका बन्दोबस्त, सोच, र विचारहरू, र यस्तै अन्य कुराहरूको हकमा समेत तेरो अनुमान आवश्यक छैन; यी कुराहरूबारे परमेश्‍वरका वचनहरूमा स्पष्ट व्याख्या र अर्थहरू छन्। तैँले परमेश्‍वरका वचनहरूअनुसार विश्‍वास गर्नु, खोजी गर्नु, र अभ्यास गर्नु मात्रै आवश्यक छ—यो कुरा यति सरल छ। परमेश्‍वरले तँलाई के गर्न चाहनुहुन्छ वा उहाँले तँलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुराबारे भावनाहरूको आधारमा तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्न। त्यसोभए, तँलाई तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ—यो भावना हो कि तथ्य हो? के परमेश्‍वरका वचनहरूले त्यसो भनेका छन्? (छैनन्।) त्यसोभए, परमेश्‍वरका वचनहरूले के भन्छन्? परमेश्‍वरले मानिसहरूलाई कुनै पनि समस्या सामना गर्दा वा भ्रष्ट स्वभावहरू प्रकट गर्दा समाधानहरूको लागि सत्यता कसरी खोजी गर्ने र सत्यता अभ्यास गर्ने बाटो कसरी पहिल्याउने भनेर बताउनुहुन्छ। यसले एउटा कुरा पुष्टि गर्छ: यो साँचो हो, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन र तिनीहरूको भ्रष्ट स्वभाव रूपान्तरित गर्न चाहनुहुन्छ; परमेश्‍वरले तँलाई छल गरिरहनुभएको छैन, र यो खोक्रो कुरा होइन। तँलाई तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ, तर त्यो अल्पकालिक मुड, निश्‍चित वातावरणमा पैदा हुने भावना मात्रै हो। तेरा भावनाहरूले परमेश्‍वरका इच्छा वा अभिप्रायहरू प्रतिनिधित्व गर्दैनन्, उहाँका विचारहरू प्रतिनिधित्व गर्नु त झन् परको कुरा हो, र तिनले सत्यता पनि प्रतिनिधित्व गर्दैनन्। त्यसकारण, यदि तँ यो भावनाअनुसार जिउँछस् भने, यदि तैँले यो भावनाको आधारमा परमेश्‍वरबारे अनुमानहरू गर्दै परमेश्‍वरका इच्छाहरूको सट्टा आफ्ना भावनाहरू प्रयोग गर्छस् भने, तँ अत्यन्तै गलत छस् र तँ शैतानको पासोमा परेको छस्। यस्तो परिस्थितिमा के गर्नुपर्छ? भावनाहरूमा भरोसा नगर्। कति मानिसहरू भन्छन्, “यदि हामीले भावनाहरूमा भरोसा गर्नु हुँदैन भने, केमा भरोसा गर्ने?” आफ्नो कुनै पनि कुरामा भरोसा गर्नु व्यर्थ छ; मानव भावनाहरूले सत्यता प्रतिनिधित्व गर्दैनन्। तेरो भावना कसरी पैदा भयो, यो साँच्‍चै कहाँबाट आयो, कसलाई के थाहा र—यदि यो शैतानको बहकाउमा परेर पैदा भएको हो भने, यो समस्याजनक हुन्छ। चाहे जे भए नि, र भावना जसरी आए नि, यसले सत्यता प्रतिनिधित्व गर्दैन। कसैका भावना र अन्तर्बोधहरू जति तीव्र हुन्छन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरअघि आउन र आत्मचिन्तन गर्न सत्यता खोजी गर्न आवश्यक छ। मानव भावनाहरू, अनि तथ्य र सत्यता दुई फरक कुरा हुन्। के भावनाहरूले तँलाई सत्यता प्रदान गर्न सक्छन्? के तिनले तँलाई अभ्यासको मार्ग दिन सक्छन्? सक्दैनन्। परमेश्‍वरका वचनहरूले मात्र, र सत्यताले मात्र तेरो लागि अभ्यासको मार्ग दिलाउन, परिवर्तन ल्याउन, र निस्कने बाटो खुलाउन सक्छन्। त्यसकारण, तैँले अभ्यास गर्नुपर्ने कुरा भनेको आफ्ना भावनाहरू खोजी गर्नु होइन—तेरा भावनाहरू महत्त्वपूर्ण छैनन्। तैँले गर्नुपर्ने भनेको सत्यता खोजी गर्न, परमेश्‍वरका वचनहरूमार्फत उहाँका अभिप्रायहरू बुझ्न परमेश्‍वरअघि आउनु हो। तँ भावनाहरूमा जति भर पर्छस्, तँसँग अगाडि बढ्ने बाटो त्यति नै कम हुन्छ, र तँ नकारात्मकतामा त्यति नै गहन रूपमा डुब्छस्, र परमेश्‍वर अनुचित हुनुहुन्छ, परमेश्‍वरले तँलाई आशिष् दिनुभएको छैन भनेर तैँले त्यति नै विश्‍वास गर्छस्। यसविपरीत, यदि तैँले सत्यता सिद्धान्तहरू खोजी गर्न, र कर्तव्य निर्वाह गर्ने प्रक्रियामा के-कस्ता कार्यहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेका छन्, के-कस्ता कार्यहरू तेरो आफ्नै इच्छाअनुसार गरिएका छन् र सत्यता सिद्धान्तहरूसँग पूरै असम्बन्धित छन् भनेर हेर्न यी भावनाहरू पन्छाउँछस् भने, तैँले खोजी गर्ने प्रक्रियामा तँसँग अत्यन्तै धेरै इच्छाहरू, र अत्यन्तै धेरै कल्पनाहरू रहेको कुरा पत्ता लगाउनेछस्। यति थोरै गम्भीरता लागू गरेर मात्रै पनि, तैँले धेरै समस्याहरू पत्ता लगाउनेछस्: “म अत्यन्तै विद्रोही, स्वेच्छाचारी, अत्यन्तै अहङ्कारी छु! मसँग मुक्तिको कुनै आशा छैन भन्‍ने होइन; बरु मेरा भावनाहरू गलत छन्। कुरा के हो भने, मैले परमेश्‍वरका वचनहरूलाई गम्भीरतापूर्वक लिइनँ, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गरिनँ। म सधैँ परमेश्‍वरले मलाई आशिष् दिनुहुन्न, अगुवाइ गर्नुहुन्न, र पक्षपात गर्नुहुन्छ भनेर गुनासो गर्छु, तर वास्तवमा मैले कर्तव्य निर्वाह गर्दा म झाराटारुवा, स्वेच्छाचारी, र जथाभावी व्यवहार गर्छु भन्‍ने कुरा पहिचान गरिनँ—यो मेरो गल्ती हो। अब मलाई महसुस भयो, परमेश्‍वरले पक्षपात गर्नुहुन्न। जब मानिसहरूले सत्यता खोजी गर्दैनन् वा तिनीहरू परमेश्‍वरअघि आउँदैनन्, तब परमेश्‍वरले कर्तव्य निर्वाह गर्ने तिनीहरूको योग्यता खारेज नगरेर तिनीहरूप्रति पहिले नै नरम व्यवहार गरिरहनुभएको हुन्छ; यो विषयमा परमेश्‍वरले पहिले नै अत्यन्तै दयालु व्यवहार गरिरहनुभएको हुन्छ। तैपनि, अझै म गुनासोले भरिएँ, र मैले परमेश्‍वरसँग सङ्घर्ष र तर्कसमेत गरेँ। पहिले, मलाई म निकै राम्रो छु भन्‍ने लाग्थ्यो, तर अहिले मलाई त्यो पटक्‍कै साँचो होइन भन्‍ने थाहा भयो। मैले जे-जे गरेँ त्यो सिद्धान्तहरूमा आधारित थिएन; परमेश्‍वरले मलाई ताडना नदिनु त उहाँको अनुग्रह थियो—उहाँले मेरो सानो कद चिन्‍नुभयो!” यस्तो खोजीद्वारा, तैँले केही सत्यता बुझ्नेछस् र सत्यता सिद्धान्तहरूअनुसार सक्रिय रूपमा अभ्यास गर्न अग्रसरता लिन सक्‍नेछस्। बिस्तारै, तँसँग आफूलाई आचरणमा ढाल्ने र आफ्नो कर्तव्य पूरा गर्ने केही सिद्धान्तहरू छन् भन्ने महसुस हुनेछ। यो बेला, के तँलाई आफ्नो विवेकमा अझै शान्ति हुनेछैन र? “पहिले, मसँग मुक्ति पाउने कुनै आशा छैन भन्‍ने लाग्थ्यो, तर अहिले यो भावना, यो चेतना किन झन्झन् मन्द हुँदै गएको छ? यो स्थिति कसरी परिवर्तन भयो? पहिले, मलाई मसँग कुनै आशा छैन भन्‍ने लाग्थ्यो; के त्यो नकारात्मकता र प्रतिरोध, र परमेश्‍वरविरुद्ध लड्ने कार्य मात्रै थिएन र? म त अत्यन्तै विद्रोही रहेछु!” समर्पित भएपछि, कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले अनजानमै केही सिद्धान्तहरू बुझ्न थाल्नेछस्, र तैँले आफूलाई अरूसँग तुलना गर्न छोड्नेछस्; तैँले बस झाराटारुवापनबाट कसरी जोगिने र सिद्धान्तहरूअनुसार कसरी कर्तव्य निर्वाह गर्ने भन्‍ने कुरामा मात्रै ध्यान दिनेछस्। अचेतन रूपमै, तैँले अब मुक्ति पाउन सक्दिनँ भन्‍ने महसुस गर्न छोड्नेछस्, र तँ अब त्यो नकारात्मक स्थितिमा फस्नेछैनस्; तैँले सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नेछस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको महसुस गर्नेछस्। जब तँसँग यो भावना हुन्छ, तब तैँले यस्तो सोच्नेछस्, “परमेश्‍वरले मलाई त्याग्‍नुभएको छैन; मैले परमेश्‍वरको उपस्थिति अनुभूत गर्न सक्छु, र मैले कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्‍वरलाई खोज्दा परमेश्‍वरको अगुवाइ र आशिष्‌हरू अनुभूत गर्न सक्छु। मलाई बल्ल महसुस भयो, परमेश्‍वरले अरूलाई पनि र मलाई पनि आशिष् दिनुहुन्छ, र परमेश्‍वरले पक्षपात गर्नुहुन्न; मलाई मसँग अझै पनि मुक्ति पाउने आशा छ जस्तो लाग्छ। मैले पहिले हिँड्ने मार्ग गलत थियो; कर्तव्य निर्वाह गर्दा म सधैँ झारा टार्थेँ र बेपर्बाह दुष्कर्महरू गर्दै हिँड्थेँ, र म आफ्नै सानो संसारमा जिउँदै र आत्मरतिमा रमाउँदै म ठिक छु भन्‍नेसमेत सोच्थेँ। अहिले मलाई त्यसो गर्नु ठूलो गल्ती थियो भन्‍ने थाहा भयो! म त पूर्ण रूपमा परमेश्‍वरविरुद्ध होहल्ला र प्रतिरोध गर्ने स्थितिमा जिउँथेँ—मैले परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त नगर्नु कुनै अचम्म थिएन। मैले सिद्धान्तहरूअनुसार काम नगर्दा, मैले कसरी परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्थेँ र?” हेर् त, अभ्यास गर्ने र आफ्ना विचारहरू सम्हाल्ने पूरै फरक यी दुई तरिकाहरू, यी दुई तरीकाले अन्ततः फरकफरक परिणामहरू ल्याएका छन्।

परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरू आफ्ना भावनाहरूअनुसार जिउन सक्दैनन्। मानिसहरूका भावनाहरू क्षणिक मुडहरू मात्रै हुन्—के तिनीहरूको परिणामसँग ती भावनाहरूको कुनै सम्बन्ध हुन्छ? तथ्यहरूसँग कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) जब मानिसहरू परमेश्‍वरदेखि तर्किन्छन्, जब तिनीहरू परमेश्‍वरलाई गलत रूपमा बुझ्‍ने र उहाँविरुद्ध होहल्ला गर्ने मनस्थितिमा जिउँछन्, वा उहाँको प्रतिरोध र विरोध गर्छन्, अनि उहाँसित विवाद गर्छन्, तब तिनीहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा पूर्ण रूपमा छाडेका हुन्छन्, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति अब कुनै ठाउँ हुँदैन। जब मानिसहरू यस्तो स्थितिमा जिउँछन्, तब तिनीहरू आफ्नै भावनामा नजिईकन बस्नै सक्दैनन्। कुनै सानोतिनो सोचले नै तिनीहरूलाई यति चिढ्याउँछ कि तिनीहरू खान वा सुत्नसमेत सक्दैनन्, कसैले लापर्बाहीसाथ केही टिप्‍पणी गर्‍यो भने तिनीहरू अनुमान गर्ने र दुबिधाको अवस्थामा पर्न सक्छन्, एउटा दुःस्वप्नले नै तिनीहरूलाई नकारात्मक तुल्याउन र परमेश्‍वरलाई गलत बुझ्‍ने तुल्याउन सक्छ। यस्तो दुष्चक्रले ठोस रूप लिएपछि, मानिसहरू आफू सक्किएको, आफूले मुक्ति पाउने सबै आशा गुमाएको, आफू परमेश्‍वरद्वारा त्यागिएको, र परमेश्‍वरले आफूलाई मुक्ति दिनुहुनेछैन भन्ने निष्कर्षमा पुग्छन्। तिनीहरू जति बढी यसरी सोच्छन्, र तिनीहरूलाई जति धेरै यस्तो महसुस हुन्छ, तिनीहरू त्यति नै नकारात्मकतामा डुब्छन्। मानिसहरूलाई यस्तो महसुस हुनुको वास्तविक कारण के हो भने तिनीहरू सत्यता खोज्दैनन् वा सत्यता सिद्धान्तअनुसार अभ्यास गर्दैनन्। जब आफूलाई केही आइपर्छ, तब मानिसहरूले सत्यता खोजी गर्दैनन्, सत्यता अभ्यास गर्दैनन्, बरु सधैँ आफ्नै तरिकामा चल्छन्, र यसरी आफ्नै तुच्छ योजनाहरूमा जिउँछन्। हरेक दिन आफूलाई अरूसित तुलना गर्दै र उनीहरूसित प्रतिस्पर्धा गर्दै बिताउने, आफूभन्दा राम्रा लागेकाहरूप्रति डाहा र घृणा गर्ने, र आफूभन्दा तुच्छ लागेका जोकोहीलाई खिसी र उपहास गर्ने, शैतानको स्वभावमा जिउने, सत्यता सिद्धान्तअनुसार कामकुरा नगर्ने, अनि जोकसैको सल्‍लाह स्विकार्न नमान्ने गर्दै दिन बिताउँछन्। अन्त्यमा यसले गर्दा तिनीहरूले अनेकथरीका भ्रम, अनुमान र आलोचना विकास गर्छन्, अनि तिनीहरूले आफूलाई सदाको लागि चिन्तित तुल्याउँछन्। अनि के तिनीहरू यसका लायक हुँदैनन् र? यस्तो तितो फल तिनीहरू आफैले मात्रै फलाउन सक्छन्—र तिनीहरू साँच्चै यसैका लायक हुन्छन्। यो सब किन हुन्छ? किनभने मानिसहरू सत्यता खोज्दैनन्, अति अहङ्कारी र आत्मधर्मी हुन्छन्, तिनीहरूले सधैँ आफ्नै विचारहरूअनुसार कार्य गर्छन्, तिनीहरू सधैँ देखावटी गर्छन् र आफूलाई अरूसित दाँज्छन्, सधैँ आफूलाई फरक देखाउन खोज्छन्, तिनीहरू परमेश्‍वरलाई सधैँ अनुचित मागहरू गर्छन्, र यस्तै आदि इत्यादि कुराहरू गर्छन्—यी सबै कुराले मानिसहरूलाई बिस्तारै परमेश्‍वरबाट तर्काउँछन्, र बारम्बार परमेश्‍वरको प्रतिरोध गर्न र सत्यता उल्लङ्घन गर्न लगाउँछन्। अन्त्यमा, तिनीहरू अन्धकार र नकारात्मकतामा डुब्छन्। यस्तो बेला, मानिसहरूले आफ्नो विद्रोह र विरोधबारे साँचो बुझाइ पाएका हुँदैनन्, तिनीहरूले यी कुराहरूलाई सही मनोवृत्तिले लिनु त असम्भव हुन्छ। बरु, तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन्, परमेश्‍वरलाई गलत बुझ्छन्, र उहाँबारे अनुमान गर्ने प्रयास गर्छन्। जब यस्तो हुन्छ, तब मानिसहरू अन्ततः आफ्नो भ्रष्टता निकै गहिरो रहेछ र म समस्याको ठूलो पोको रहेछु भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरू आफू परमेश्‍वरको विरोध गर्ने किसिमको व्यक्ति हुँ भन्‍ने निष्कर्ष निकाल्छन्, र नकारात्मकतामा नगई धर पाउँदैनन्, तिनीहरू आफूलाई त्यसबाट बाहिर निकाल्न सक्दैनन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “परमेश्‍वर मलाई तिरस्कार गर्नुहुन्छ, परमेश्‍वर मलाई चाहनुहुन्न। म अति विद्रोही छु, म यसको लायक छु, परमेश्‍वरले मलाई पक्कै पनि पटक्कै मुक्ति दिनुहुनेछैन।” तिनीहरू यी सबै तथ्य हुन् भन्ने विश्वास गर्छन्। तिनीहरू आफूले हृदयमा गरेका अनुमानहरू तथ्य हुन् भन्ने निष्कर्षमा पुग्छन्। जसले तिनीहरूसित सत्यताबारे सङ्गति गरे पनि, त्यो बेकार हुन्छ, तिनीहरू त्यो स्विकार्नै सक्दैनन्। तिनीहरू सोच्छन्, “परमेश्‍वरले मलाई आशिष् दिनुहुनेछैन, उहाँले मलाई मुक्ति दिनुहुनेछैन, त्यसैले परमेश्‍वरमा विश्वास गर्नुको के अर्थ?” जब परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासको मार्ग यो हदमा पुगेको हुन्छ, तब के तिनीहरू विश्‍वास गर्न अझै सक्षम हुन्छन्? हुँदैनन्। तिनीहरू किन उप्रान्त विश्‍वास जारी राख्न सक्दैनन्? यसमा एउटा तथ्य छ। जब मानिसहरूको नकारात्मकता निश्चित हदमा पुगेर तिनीहरूको हृदय प्रतिरोध र गुनासोले भरिन्छ, र तिनीहरूले परमेश्‍वरसँगको आफ्‍नो सम्बन्ध सदासदाको लागि टुटाउन चाहन्छन्, तब यो कुरा तिनीहरूले परमेश्‍वरको डर नमान्नु, उहाँमा समर्पित नहुनु, सत्यतालाई प्रेम नगर्नु र सत्यता नस्विकार्नु जस्तो सामान्य कुराको रूपमा बिलकुलै रहँदैन। बरु यो के हुन्छ? तिनीहरूले हृदयमा परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास छोड्ने सक्रिय निर्णय गर्छन्। तिनीहरू हटाइनलाई निष्क्रिय भई पर्खनु लज्जास्पद कुरा हो, र आफ्‍नो मौका त्याग्‍न रोज्नुमै बढी इज्जत हुन्छ भन्ने सोच्छन्, त्यसैले तिनीहरू आफै अग्रसर भएर कुरा समाप्त गर्छन्। तिनीहरू परमेश्‍वरप्रतिको आस्थालाई खराब कुरा भन्दै निन्दा गर्छन्, सत्यतालाई मानिस परिवर्तन गर्न नसक्ने भनेर निन्दा गर्छन्, र परमेश्‍वरलाई अधर्मी भन्दै निन्दा गर्छन्, परमेश्‍वरले तिनीहरूलाई मुक्ति नदिनुभएकोमा उहाँबारे गुनासो गर्छन्: “म अति लगनशील थिएँ, मैले अरूले भन्दा धेरै कष्ट भोगेँ, र अरू सबैले भन्दा धेरै मूल्य चुकाएँ, म आफ्‍नो कर्तव्य सच्चा मनले पूरा गर्छु, तैपनि परमेश्‍वरले मलाई आशिष् दिनुभएको छैन। अहिले मैले स्पष्ट रूपमा परमेश्‍वर मलाई मन पराउनुहुन्‍न, परमेश्‍वरले मानिसहरूसँग असमान व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा देखेँ।” तिनीहरूसँग परमेश्‍वरप्रतिको आफ्‍नो शङ्कालाई परमेश्‍वरप्रतिको दोषारोपण र उहाँविरुद्धको ईशनिन्दामा परिणत गर्ने दुस्साहस हुन्छ। जब यस्ता कुराहरूले ठोस रूप लिन्छन्, तब के तिनीहरू परमेश्‍वरप्रतिको आस्थाको मार्गमा हिँडिरहन सक्छन्? तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने, अनि सत्यता नस्विकार्ने वा बिलकुलै आत्मचिन्तन नगर्ने हुनाले, तिनीहरू बरबाद भएका हुन्छन्। के कसैले आफ्नै पहलमा परमेश्‍वरलाई त्याग्‍ने अनि आफूलाई परमेश्‍वरले आशिष् दिनुहुन्न वा अनुग्रह देखाउनुहुन्न भनेर गुनासो गर्नु बेतुके हुँदैन र? हरेकले आफ्नै बाटो रोज्छ र आफै हिँड्छ; कसैले पनि तिनीहरूको लागि यो काम गर्न सक्दैन। तैँले नै बन्द बाटो रोजेको होस्, तैँले नै परमेश्‍वरलाई त्यागेको र उहाँलाई इन्कारेको होस्। सुरुदेखि अन्त्यसम्मै, परमेश्‍वरले कहिल्यै पनि उहाँले तँलाई चाहनुहुन्‍न, वा उहाँले तँलाई त्याग्‍नुभएको छ, वा तँलाई मुक्ति दिन इन्कार्नुभएको छ भनेर भन्‍नुभएको छैन; तैँले नै अनुमानको आधारमा परमेश्‍वरलाई निर्धारित गरेको होस्। यदि तैँले साँच्‍चै नै परमेश्‍वरमा विश्‍वास गर्थिस्, र उहाँले तँलाई नचाहे नि तैँले अझै परमेश्‍वरमा विश्‍वास गर्थिस्, र तैँले अझै उहाँमा भरोसा गर्थिस्, र उहाँका वचनहरू निरन्तर पढिरहन्थिस्, र उहाँले तँलाई घृणा गर्नुभए नि तँ सत्यता स्विकार्थिस् र सामान्य रूपमै कर्तव्य निभाउँथिस् भने, तँलाई कसले प्रतिबन्ध लगाउन वा रोक्न सक्थ्यो र? के यो सबै तेरो आफ्नै निर्णय र खोजीहरूसँग सम्बन्धित कुरा होइन र? तँ आफैमा आस्थाको कमी छ र पनि उल्टै परमेश्‍वरबारे गुनासो गर्छस्; यो अनुचित हुनु हो। तैँले परमेश्‍वरसँगको तेरो सम्बन्ध कायम राख्दैनस् र यसलाई नष्ट गर्न जिद्दी गर्छस्; एकपटक दरार परेपछि, के यसलाई टाल्‍न सकिन्छ र? टुक्रिएको ऐना जोड्नु गाह्रो हुन्छ, र यसलाई जोडे नि यसमा चिरैचिरा हुन्छ। अहिले सम्बन्ध तोडिएपछि, यसलाई पुरानो स्थितिमा फर्काउन कहिल्यै सकिँदैन। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा मानिसहरूले जस्तोसुकै वातावरण सामना गरे नि तिनीहरूले समर्पित हुन सिक्‍नुपर्छ र तिनीहरूले सत्यता खोजी गर्नुपर्छ—त्यसपछि मात्रै तिनीहरू दह्रिलो गरी खडा हुन सक्छन्। यदि तँ परमेश्‍वरलाई यात्राको अन्त्यसम्मै पछ्याउन चाहन्छस् भने, सत्यता पछ्याउनु महत्त्वपूर्ण छ; चाहे तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा होस् वा अरू कुनै काम गर्दा होस्, सत्यता सिद्धान्तहरू बुझ्नु र तिनलाई अभ्यास र लागू गर्नु अत्यावश्यक छ, किनभने सत्यता बुझ्ने र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने प्रक्रियामार्फत नै तैँले परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरलाई बुझ्ने, परमेश्‍वरलाई बोध गर्ने, अनि परमेश्‍वरका अभिप्रायहरू बोध गर्ने, आफू परमेश्‍वरसँग मिल्ने, अनि उहाँको सारको बुझाइ र स्वीकार प्राप्त गर्ने हो। यदि तैँले सत्यता सिद्धान्तहरू अभ्यास गर्दैनस् र आफ्नो इच्छाअनुसार मात्रै काम गर्ने वा कर्तव्य निभाउने गर्छस् भने, तँ कहिल्यै पनि सत्यताको सम्पर्कमा आउनेछैनस्। सत्यताको सम्पर्कमा कहिल्यै नआउनु भनेको के हो? यसको अर्थ तँ सबै कुराप्रतिको परमेश्‍वरको मनोवृत्ति, उहाँका मागहरू, वा उहाँका विचारहरूको सम्पर्कमा कहिल्यै आउनेछैनस् भन्‍ने हो; अनि तँ परमेश्‍वरको काममा प्रकट हुने उहाँको स्वभाव र सारको सम्पर्कमा आउने सम्भावना अझै कम हुनु हो। यदि तँ परमेश्‍वरको कामका यी तथ्यहरूको सम्पर्कमा आउन चुकिस् भने, परमेश्‍वरबारेको तेरो बुझाइ मानव कल्पना र धारणाहरूमै सधैँ सीमित हुनेछ। यो कल्पना र धारणाहरूको क्षेत्रमै रहनेछ र यो कहिल्यै पनि परमेश्‍वरको सार र साँचो स्वभावसँग मिल्नेछैन। यो तरिकाले, तँ परमेश्‍वरबारे साँचो बुझाइ हासिल गर्न सक्षम हुनेछैनस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्