अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१७) खण्ड तीन
४. आशिष्हरू प्राप्त गर्ने आफ्नो इच्छा नष्ट हुँदा नकारात्मकता पोखाउनु
नकारात्मकता पोखाउनुको अर्को प्रकटीकरण पनि छ। कति मानिसहरू भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भयो, तर मैले के प्राप्त गरेको छु र?” जब त्यस्ता मानिसहरूले नकारात्मकता पोखाउँछन्, तब तिनीहरूले मुख्य रूपमा बोल्ने कुरा हो, “मैले के प्राप्त गरेको छु र?”—त्यसको मतलब हो, तिनीहरूले केही पनि प्राप्त गरेका छैनन्। तिनीहरूलाई के विश्वास लाग्छ भने, परमेश्वरमा विश्वास गर्दा परमेश्वरको घरबाट वा परमेश्वरबाट केही फाइदा वा आशिष्हरू प्राप्त गर्नु विशेष गाह्रो हुन्छ, र मानिसहरूले ठूलो प्रेम दिनुपर्छ र असाधारण सहनशीलता देखाउनुपर्छ, र तुरुन्तै परिणामहरू प्राप्त गर्न उत्सुक हुनु हुँदैन। मानिसहरूलाई खुलासा गर्ने, मानिसहरूलाई काटछाँट गर्ने, मानिसहरूलाई शोधन गर्ने, र मानिसहरूको भ्रष्टता धुने परमेश्वरका वचनहरूको हकमा, तिनीहरूले यो सतही, उच्च सुनिने अलङ्कार मात्र हो र यसमा पूर्ण रूपमा भरोसा गर्न सकिँदैन भन्ने विश्वास गर्छन्; तिनीहरूले परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेमा आफूलाई साँच्चै ठूलो घाटा हुनेछ भन्ने सोच्छन्। तिनीहरूले लाभ र फाइदाहरू प्राप्त गर्नु र आफ्ना आकाङ्क्षा र इच्छाहरू पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तिनीहरूले सत्यता अभ्यास गरे नि नगरे नि त्यो महत्त्वपूर्ण कुरा होइन भन्ने सोच्छन्—तिनीहरूले दुष्कर्म गरेनन् भने, त्यो नै पर्याप्त हुन्छ, र तिनीहरूलाई मण्डलीले हटाउनेछैन भन्ने तिनीहरूले विश्वास गर्छन्। यी नकारात्मक शब्दहरू सुनेपछि धेरैजसो मानिसहरूले कस्तो महसुस गर्छन्? के तिनीहरूले यी शब्दहरूप्रति आन्तरिक रूपमा अनुमोदन र सहमति प्रदान गर्छन्, कि यी शब्दहरूलाई केही हदसम्म घृणा गर्छन्, र यी मानिसहरू स्वार्थी, घृणित, दुष्ट र घिनलाग्दा छन् भन्ने सोच्दै, र तिनीहरूलाई पहिचान, खुलासा, र प्रतिबन्ध गर्दै, तिनीहरूलाई नकारात्मकता र मृत्यु फैलाउनबाट रोक्न सक्छन्? के धेरैजसो मानिसहरूले त्यस्ता नकारात्मक शब्दहरूलाई घृणा र निन्दा गर्न सक्छन्, कि तिनीहरू तीद्वारा बहकिएर आफै नकारात्मक बन्छन्? कति मानिसहरू त यी शब्दहरू सुनेपछि र तिनीहरूको हात खाली हुन्छ भन्ने देखेपछि यस्तो सोच्छन्, “के त्यो साँचो होइन र! मैले नि केही प्राप्त गरेको छैनँ। परमेश्वरको घरमा, म दिनमा तीनपटक खान मात्रै पाउँछु, म सधैँ व्यस्त हुन्छु, र मैले अरू केही प्राप्त गरेको छैनँ।” के तिमीहरूमा यस्ता विचारहरू छन्? के तिमीहरूलाई पनि त्यस्तै अनुभूति हुन्छ? सत्यता बुझेका मानिसहरूले भन्छन्, “तिमीले केही प्राप्त गरेको छैनौ भनेर भन्नुको अर्थ के हो? हामीले परमेश्वरबाट यति धेरै कुरा पाएका छौं! हामीले यति धेरै सत्यता बुझेका छौं!” तर कति मानिसहरू यसो भन्दै तिनीहरूको कुरामा असहमत हुन सक्छन्, “हामीले ‘यति धेरै कुरा’ प्राप्त गरेका छौं भनेर भन्नु त्यति यथार्थपूर्ण हुन्छ जस्तो लाग्दैन। हामीले बस थोरथोरै अनुग्रह प्राप्त गरेका छौं, कर्तव्य निर्वाह गर्ने केही अवसरहरू प्राप्त गरेका छौं, आफूलाई आचरणमा कसरी ढाल्ने भन्नेबारे केही धर्मसिद्धान्तहरू बुझेका छौं, फरकफरक ठाउँका धेरै विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेका र चिनेका छौं, र हाम्रो दृष्टिकोण अलिक बढाएका छौं। यसलाई त थोरथोरै कुरा प्राप्त गरेको रूपमा मात्रै गन्ती गर्न सकिन्छ।” तिमीहरू यीमध्ये कुन वर्गमा पर्छौ? यी सबै वर्गका मानिसहरू हुन्छन्, होइन र? (हो।) हामी दुई दृष्टिकोणबाट यो विषय छलफल गर्नेछौं। सुरुमा, हामी सधैँ अनुग्रह प्राप्त गर्नको लागि परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई के भइरहेको हुन्छ भन्नेबारे कुरा गरौँ—के तिनीहरूले मुक्ति प्राप्त गर्न सकूँ भनेर सत्यता पछ्याउन परमेश्वरमा विश्वास गर्छन्? (होइन, तिनीहरूले आशिष् पाउनको लागि विश्वास गर्छन्।) त्यसोभए, के परमेश्वरले तिनीहरूलाई थोरै मात्र अनुग्रह, सुरक्षा, दया, अन्तर्दृष्टि, र ज्योति दिनुभएको हुन्छ? (परमेश्वरले तिनीहरूलाई यी कुराहरू धेरै मात्रामा दिनुभएको हुन्छ।) यो भन्न सकिन्छ कि परमेश्वरमा विश्वास गर्ने हरेक व्यक्तिले परमेश्वरको सुरक्षा प्राप्त गरेको हुन्छ। के परमेश्वरको सुरक्षा ठोस छ? के यसको कुनै वास्तविक जीवनका उदाहरणहरू छन्? मानिसहरूले कस्तो सुरक्षा प्राप्त गरेका छन्? (तुलनात्मक रूपमा स्पष्ट सुरक्षाचाहिँ के हो भने, परमेश्वरमा विश्वास गरेपछि, हामी संसारका दुष्ट प्रचलनहरूको प्रभावमा पर्न छोड्छौँ। हामी पतनमा पर्दैनौँ वा रात्रिक्लबमा जाने, धूम्रपान गर्ने, पिउने, र आदि इत्यादि दुष्ट कुराहरूको पछि लाग्ने गर्दैनौँ। कम्तीमा पनि, हामी यी कुराहरूमा संलग्न हुँदैनौँ र यस सन्दर्भमा मलाई लाग्छ हामी निकै सुरक्षित हुन्छौँ।) यो मानिसहरूले देख्न र व्यक्तिगत रूपमा अनुभव गर्न सक्ने अत्यन्तै ठोस पक्ष हो। संसारका दुष्ट प्रचलनहरूको प्रभाव र बहकाउमा नपर्नु, मानवजस्तै रूपमा जिउनु, र मानव स्वरूपमा सामान्य मानवतामा जिउनु—यो परमेश्वरको सुरक्षाको व्यावहारिक उदाहरण र प्रमाण हो। अरू के छन्? (दुष्ट आत्माहरूको बाधामा नपर्नु र परमेश्वरको सुरक्षामा जिउन सक्नु।) यो पनि व्यावहारिक उदाहरण नै हो। के धेरैजसो मानिसहरूले यस्तो अनुभव गरेका छन्? के तिमीहरूले यसभित्र रहेको अर्थ बुझ्न सक्छौ? कति मानिसहरू भन्छन्, “गैरविश्वासीहरू पनि दुष्ट आत्माहरूको बाधामा पर्दैनन्। कति गैरविश्वासीहरूलाई दुष्ट आत्माहरूले बाधा दिन्छन् र?” के यो अभिव्यक्ति सही छ? के तिमीहरूलाई यो अभिव्यक्ति तथ्यहरूसँग मिल्छ जस्तो लाग्छ? (मेरा धेरै सहपाठीहरूलाई दुष्ट आत्माहरूले बाधा दिएका छन्। कतिलाई निद्रामा ऐँठन हुन्छ, र कति अरूले आवाजहरू सुन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्दैनन् र के भइरहेको छ भन्ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले जताततै उपचार खोज्छन् तर यसलाई निको पार्न सक्दैनन्, तिनीहरू डर र भयमा जिउँछन्; यो पीडादायी कुरा हो। तैपनि, मैले सानैदेखि परमेश्वरमा विश्वास गरेको हुनाले, मलाई कहिल्यै यस्तो बाधा वा कष्ट भएको छैन। प्रायजसो, मेरो हृदय तुलनात्मक रूपमा स्थिर र शान्त हुन्छ।) परमेश्वरका साँचो विश्वासीहरूलाई यस्तो कुराको चिन्ता हुँदैन। हामी विकृत तनाव वा दुष्टात्माहरूको बाधा वा दुष्टात्माहरू लाग्ने समस्याबारे चिन्ता गर्दैनौँ; हामीसँग परमेश्वर हुनुहुन्छ त्यसकारण हामी डराउँदैनौँ। यसअलावा, वास्तविक जीवनमा गैरविश्वासीहरूले निरन्तर मुख ज्योतिष हेर्ने, चिना हेर्ने, र भाग्य हेर्नेबारे कुरा गर्छन्—पश्चिममा त ज्योतिषशास्त्रसमेत छ। कति मानिसहरूले प्रसिद्ध बुद्ध मूर्तिहरू, दुष्ट आत्माहरू, र मूर्तिहरूलाई पूजा गर्छन्, र कति अरूले पूजा गर्दैनन्, तर तिनीहरूले पूजा गरे नि नगरे नि, तिनीहरू सबै नै केही हदसम्म यी कुराहरूको प्रभाव र पावन्दीमा हुन्छन्। उदाहरणको लागि, घरबाट निस्कनुपहिले, तिनीहरूले कुन दिशा शुभ छ र कुन दिशा अशुभ छ भनेर थाहा पाउन जोखाना नै हेर्नुपर्छ। पसल खोल्दा, तिनीहरूले काउन्टरलाई कुन स्थानमा राख्दा पैसा आउँछ र कुन स्थानमा राख्दा आउँदैन, सम्पत्ति आकर्षित गर्न पसलमा के-कस्ता कुराहरू राख्ने र के-कस्ता मूर्तिहरूको पूजा गर्ने, र चिनामा बाधा नहोस् भनेर निश्चित कुराहरू कहाँ राख्ने भनेर निर्धारित गर्नुपर्छ। बसाइँ सर्दा, तिनीहरूले परिवारको भावी समृद्धि सुनिश्चित गर्न र दुर्घटनाहरूबाट बच्न सर्ने उचित समय निर्धारित गर्नुपर्छ, र कुन-कुन समयहरू अशुभ छन् भनेर निर्धारित गर्नुपर्छ। विद्यार्थीहरू पनि प्रवेश परीक्षा दिँदा यी विश्वासहरूद्वारा प्रभावित हुन्छन्। परीक्षाको दिनमा, तिनीहरूले असफलता जनाउने शब्दहरू बोल्नबाट जोगिन्छन्, अनि त्यसको साटो तिनीहरूले “उत्कृष्ट” र “सफलता” जस्ता शब्दहरू बोल्नुपर्छ। जीवनको हरेक पक्ष—छोराछोरी स्कूल पढ्नेदेखि, आमाबुबा आफ्नो दैनिक जीवन जिउनेसम्मका, अनि पैसा कमाउने, घर सर्ने, जागिर खोज्ने, साथै छोराछोरीको विवाह, आदि इत्यादिसम्मका सबै कुरा—चिना र भाग्य हेर्ने कार्यद्वारा प्रभावित हुन्छन्। त्यसैले, जब मानिसहरूलाई यी कुराहरूले प्रभाव पार्छन्, तब तिनीहरूलाई के कुराले सीमित पारिरहेको हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नियन्त्रण गरिरहेका हुन्छन्; यी सबै कुराहरू दुष्ट आत्माहरूले नियन्त्रण गरिरहेका हुन्छन्। त्यसोभए मानिसहरूले किन ती दुष्ट आत्माहरूलाई पूजा गर्छन् त? तिनीहरू किन यी कुराहरूद्वारा प्रभावित हुन्छन्? घर सर्नुजस्तो सरल कुराको हकमा पनि, मानिसहरूले किन सधैँ कुन समय सर्नको लागि शुभ छ र कुन समय शुभ छैन, र कुन कुरा सुरुमा सार्नको लागि शुभ छ, र कुन कुरा सुरुमा सार्न शुभ छैन भनेर मनन गर्नुपर्छ? तिनीहरूले किन सधैँ यी कुराहरू विचार गर्नुपर्छ? तिनीहरूले यी कुराहरू विचार गर्नुपर्छ, किनभने यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूलाई दुष्ट आत्माहरूले काम गर्दै कष्ट दिनेछन् र यातना दिनेछन्। तिमीहरूले यी कुराहरूबाट के देख्न सक्छौ? सारा मानवजाति दुष्टहरूको नियन्त्रणमा जिउँछन्। दुष्टहरू को हुन्? ठूला दुष्टहरू शैतान र दियाबलसहरू हुन्, र साना दुष्टहरू फरकफरक स्थानका दुष्ट आत्माहरू हुन्, जसले फरकफरक जातिका मानिसहरूलाई नियन्त्रण गर्छन्। मानव जीवनको हरेक पक्ष यी दुष्ट आत्माहरूद्वारा प्रतिबन्धित र नियन्त्रित हुन्छ। घर बनाउने क्रममा पनि, मूल खम्बा गाड्दा, मानिसहरूले अलिकति भए पनि शुभ होस् भनेर रातो कपडा झुन्ड्याउँछन् र पटाकाहरू पड्काउँछन्, र आर्थिक समृद्धि ल्याउन, र दुर्घटनाहरूबाट बच्नको लागि कर्मीहरू सबैले रातो कपडा लगाउँछन्। यी सबै कुराहरूबारे केही निश्चित मापदण्ड र भनाइहरू हुन्छन्, र सँगसँगै वर्जित मान्यताहरू हुन्छन्, र तिनीहरू यी वर्जित मान्यताहरू उल्लङ्घन गर्नबाट जोगिनुपर्छ र तिनीहरूले यी भनाइहरू पालना गर्नुपर्छ। उदाहरणको लागि, कति मानिसहरू प्रायजसो कठिनाइमा परिरहन्छन् र तिनीहरूको परिस्थिति सहज रूपमा अघि बढ्दैन—तिनीहरूले जागिर गुमाउँछन्, श्रीमतीले छोड्छे, र तिनीहरूको घरमा केही बाँकी हुँदैन। तिनीहरूले घरको ऋणसमेत तिर्न सक्दैनन्, र केही पनि सही भइरहेजस्तो देखिँदैन। तिनीहरूले कुनै नराम्रो काम गरेका हुँदैनन्, तैपनि किन यी कुराहरू तिनीहरूको जीवनमा आइपर्छन्? अरू कुनै विकल्प नभएर, तिनीहरूले झूटा देवताहरू र दुष्ट आत्माहरूको पूजा गर्छन्, वा आफ्नो भाग्य परिवर्तन गर्नको लागि चिना हेर्ने मान्छे खोज्छन्, र त्यसो गरेपछि, तिनीहरूको जीवनमा क्रमिक रूपमा अवस्था राम्रो हुन थाल्छ। तिनीहरूले पहिले यी कुराहरूमा विश्वास गर्दैनथे, तर अहिले समस्याहरू देखा पर्दा, तिनीहरूले सच्चा रूपमा झूटा देवता र दुष्ट आत्माहरूको पूजा गर्छन्, र तिनीहरूले कुनै पनि काम गर्नुभन्दा पहिले जोखाना वा भाग्य हेर्नेबारे विचार गर्नुपर्छ। के यसरी जिउनु थकाइलाग्दो कुरा होइन र? (हो।) यो साँच्चै थकाइलाग्दो कुरा हो! तिनीहरूले चाहेर पनि स्वतन्त्र र सहज रूपमा जिउन, वा यी भनाइ र नियमहरूको बन्धनबाट उम्कन सक्दैनन्। यदि तिनीहरूले यी नियमहरू तोडे भने, दुष्ट आत्माहरूले काम गर्छन् र तिनीहरूलाई बाधा दिन्छन्, र ती दुष्ट आत्माहरूले तिनीहरूलाई जबरजस्ती अधीनमा पार्छन्, र तिनीहरूको जीवन सहज रूपमा अघि बढ्नको लागि तिनीहरूले दैनिक रूपमा ती दुष्ट आत्माहरूको पूजा गर्नुपर्छ। तर परमेश्वरमा विश्वास गर्ने मानिसहरू यी सामन्ती अन्धविश्वास वा दुष्ट आत्माहरूको कामको बन्धनमा पर्दैनन्। तिनीहरूले कुनै पनि वर्जना पालना नगरी आफूलाई मन लागेको बेला घर सर्न वा जहाँसुकै जान सक्छन्। मूलभूमि चीनमा, कम्युनिस्ट पार्टीले सधैँ धार्मिक आस्थाहरूलाई दबाउँछ र सताउँछ। यदि कुनै विश्वासी कुनै ठाउँमा बस्न सक्दैन भने, ऊ तुरुन्तै स्थानान्तर हुनुपर्छ—के तिनीहरूले यसको लागि शुभ दिन वा शुभ घण्टा छनौट गर्ने वा कुनै कुराको पूजा गर्ने गर्नुपर्छ र? पर्दैन। तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्छन्, अनि परमेश्वरले तिनीहरूलाई रक्षा गर्नुहुन्छ। सबै कुरा परमेश्वरकै हातमा हुन्छ—तिनीहरू यी कुराहरूमा बाँधिदैनन्। जब तिनीहरूले केही खान वा घरबाहिर जान चाहन्छन्, तब के तिनीहरूले पात्रो हेर्ने वा यसले वर्जित मान्यता उल्लङ्घन हुन्छ कि हुँदैन भनेर हेर्ने गर्नुपर्छ र? पर्दैन, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्छन्, र सबै कुरा परमेश्वरकै हातमा हुन्छ। जब मानिसहरू परमेश्वरको प्रभुत्व र सार्वभौमिकताअन्तर्गत परमेश्वरको सुरक्षा र अगुवाइमा जिउँछन्, तब ठूलासाना सबै दुष्टात्मा र अशुद्ध आत्माहरू मार्गबाट पन्छाइन्छन्; तिनीहरूले परमेश्वरमा विश्वास गर्नेहरूमाथि काम गर्ने आँट गर्दैनन्। के यी मानिसहरू सुरक्षित भएका हुँदैनन् र? के यिनीहरू स्वतन्त्र र सहज रूपमा जिइरहेका हुँदैनन् र? (हुन्छन्।) के यो अनुग्रह महान् छ? (छ।) चाहे तैँले सत्यता प्राप्त गरेको भए नि नभए नि, तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति होस् भने, तँ परमेश्वरले पूर्वनिर्धारित गरी छनौट गर्नुभएको व्यक्ति नै हुन्छस्, र जब तँ परमेश्वरअघि आउँछस्, तब उहाँले तँलाई यसरी नै रक्षा गर्नुहुन्छ, र तँलाई यस्तै अनुग्रह दिनुहुन्छ। यो कति ठूलो अनुग्रह हो! तेरो व्यक्तिगत सुरक्षा र तेरा सबै चालहरू सकुशल र सुरक्षित राखिएका हुन्छन्, परमेश्वरले ती कुराहरूको जिम्मेवारी लिनुहुन्छ र तिनको रक्षा गर्नुहुन्छ, त्यसकारण तैँले चिन्ता गर्नुपर्दैन। धेरैजसो मानिसहरूले प्रार्थनासमेत गर्दैनन् वा सचेत रूपमा मनमनै यस्तोसमेत सोच्दैनन्, “म परमेश्वरलाई प्रार्थना गर्नेछु, र मलाई रक्षा गर्नुहोस् भनेर परमेश्वरलाई अनुरोध गर्नेछु। आशा छ सबै कुरा ठीक हुनेछ र केही नराम्रो हुनेछैन।” तैँले प्रार्थनासमेत गर्नुपर्दैन। यदि तेरो हृदयमा “म परमेश्वरमा विश्वास गर्छु; सबै कुरा परमेश्वरको हातमा छ” भन्ने सरल विश्वास छ भने, परमेश्वरले काम गर्नुहुनेछ। मानिसहरूले परमेश्वरबाट यस्तो असीम अनुग्रह प्राप्त गर्छन्—के यो थोरै प्राप्त गर्नु हो र? (यो त धेरै प्राप्त गर्नु हो।) परमेश्वर नै संसारका एकमात्र सार्वभौम हुनुहुन्छ। तेरो जीवन र तेरो स्वामित्वको सबै कुरा परमेश्वरको हातमा छ, यो सार्वभौमको हातमा छ, अनि तेरो हृदय शान्त, स्थिर, र ढुक्क छ, र तैँले कुनै कुराको चिन्ता गर्नुपर्दैन। तँसँग परमेश्वरबारे जतिसुकै ज्ञान भए नि वा तैँले जतिसुकै सत्यता बुझे नि, तँ आफ्नो हृदयमा यो कुराप्रति पूर्ण रूपमा निश्चित हुन सक्छस्: सबै कुरा परमेश्वरको हातमा छ। यदि परमेश्वरका विश्वासीहरूको हृदयमा उहाँको लागि ठाउँ छ र तिनीहरूले सत्यता बुझेका छन् भने, दुष्ट आत्माहरूले तिनीहरूलाई बाधा दिने, हानि गर्ने, वा तिनीहरूको नजिक आउने आँट गर्दैनन्। परिणामस्वरूप, विश्वासीहरू ती अनावश्यक प्रक्रियाहरूमा संलग्न हुनुपर्दैन। यो यति ठूलो अनुग्रह हो—परमेश्वरमा विश्वास गरेर तैँले केही पनि प्राप्त गरेको छैनस् भनेर कसरी भन्न सक्छस्? के तँमा विवेकको कमी छैन र? अरू केही नहेरी, आफूले केही प्राप्त गरेको छैन भनेर मात्रै दाबी गर्नु भनेको व्यक्तिमा विवेकको पूर्ण कमी छ भन्ने कुरा प्रमाणित गर्नु हो, र यसले व्यक्तिको विवेक पूर्ण रूपमा खराब छ भन्ने कुरा पनि प्रमाणित गर्छ; बाँकी कुराबारे त थप केही भन्नुपर्दैन।
परमेश्वर मानिसहरूलाई उदार रूपमा सत्यता र जीवन प्रदान गर्नुहुन्छ, अनि बदलामा केही नमागी मानिसहरूलाई आफ्ना वचनहरू प्रदान गर्नुहुन्छ। मानिसहरूलाई तिनीहरूको कद अझै अपरिपक्व छ, तिनीहरूले धेरै सत्यता बुझेका छैनन्, र तिनीहरूले बुझेको थोरै कुरा पनि स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन् भन्ने महसुस हुन सक्छ, तर परमेश्वरले तिनीहरूलाई दिनुभएका यी कुराहरू, यो स्नेह र प्रेम—यो नै कति ठूलो अनुग्रह हो! परमेश्वरले मानिसहरूलाई सबैभन्दा अमूल्य कुराहरू दिनुभएको छ; मानिसहरूले परमेश्वरबाट संसारका सबैभन्दा मूल्यवान् कुराहरू प्राप्त गरेका छन्। तैँले यो अनुभव गरे नि नगरे नि, परमेश्वरले मानिसलाई यी कुराहरू दिइसक्नुभएको छ। मानिसहरूले अझै केको गुनासो गर्नुपर्ने? के तिनीहरू यी कुराहरू प्राप्त गर्न लायक छन्? परमेश्वरले चुन्नुभएका मानिसहरू संसारका सबैभन्दा खुशी मानिसहरू हुन्। तँलाई परमेश्वरले छनौट गर्नुभएको र चुन्नुभएको छ; तँ संसारको सबैभन्दा सुखी र भाग्यमानी व्यक्तिहरूमध्येको एक होस्। तैँले केही प्राप्त गरेको छैनस् भनेर कसरी भन्न सक्छस्? परमेश्वरले तँलाई छनौट गर्नुभएको र चुन्नुभएको हुनाले तँ सबैभन्दा खुशी र भाग्यमानी मानिसहरूमध्ये एक बनेको छस्, त्यसकारण दुष्टात्माहरू र अशुद्ध आत्माहरू तेरो नजिक आउने आँट गर्दैनन्। कति मानिसहरू सोध्छन्, “के यसको अर्थ मेरो हैसियत र पहिचान सम्मानजनक भएको छ भन्ने हो?” के यसो भन्न सकिन्छ? सकिँदैन, किनभने यो सबै परमेश्वरको प्रेम र परमेश्वरका कार्यहरूले गर्दा भएको हो। मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्! यो जीवनमा मात्रै, मानिसहरूले यति धेरै कुरा प्राप्त गरेका छन्; मानिसहरू यो सब प्राप्त गर्न कसरी योग्य छन्? परमेश्वरमा विश्वास गर्ने कति मानिसहरू सत्यता पटक्कै पछ्याउँदैनन् र पनि यसो भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्षको अवधिमा के पाएँ त?” के तैँले आफै हिसाब गर्न सक्दैनस् र? तैँले सत्यता बुझेको छस् कि छैनस्, तैँले कति कम दुष्टता गरेको छस् त्यो तँलाई हृदयमा थाहा हुन्छ, र अझै बढी रूपमा, तैँले कति धेरै अनुग्रह प्राप्त गरेको छस् भनेर तँलाई हृदयमा थाहा हुन्छ। यदि हृदयमा तँ यी कुराहरूप्रति स्पष्ट छस् भने, तैँले यति विवेकहीन कुराहरू बोल्नेछैनस्। कतिले त यसो पनि भन्छन्, “परमेश्वरको घरले मलाई गाँस, बास, र कपास पनि दिन्छ।” के परमेश्वरको अनुग्रह र सुरक्षाको तुलनामा यो अत्यन्तै सानो कुरा होइन र? यो कुरा उल्लेख गर्नसमेत लायक छैन, होइन र? तैपनि, विवेक भएका मानिसहरूलाई लाग्छ यो कुरा उल्लेख गर्न लायक नभए नि, यो परमेश्वरको अनुग्रहकै भाग हो। परमेश्वरको अनुग्रह अपरिमेय छ; परमेश्वरले मानिसहरूलाई यति धेरै कुरा दिनुभएको छ! जहाँसम्म ती भौतिक कुराहरूको कुरा छ, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँले ती कुराहरू गन्तीसमेत गर्नुहुन्न।
परमेश्वरका कार्यहरूको एउटा पक्ष भनेको मानिसहरूलाई रक्षा गर्नु हो, र अर्को पक्ष भनेको तिनीहरूले मुक्ति पाउन सकून् भनेर तिनीहरूलाई मुक्तिको मार्गमा डोर्याउनु हो। मानिसहरूले परमेश्वरको यो अभिप्रायको आनन्द लिएका छन् र तिनीहरूप्रतिको उहाँको प्रेम प्राप्त गरेका छन्, र परमेश्वरले तिनीहरूलाई प्रशस्त अनुग्रह दिनुभएको छ! यसको साथै, अर्को एउटा कुरा छ जुन सबैभन्दा महत्त्वपूर्ण छ, र त्यो हो, परमेश्वरले मानिसहरूलाई दिनुभएको सत्यता, अर्थात् मानव इतिहासको कुनै पनि युगमा कसैले कहिल्यै नसुनेका वा प्राप्त नगरेका वचनहरू। परमेश्वरले मानवजातिलाई जतिपटक सृष्टि गर्नुभएको भए पनि, उहाँले यो काम कहिल्यै गर्नुभएको वा यी वचनहरू बोल्नुभएको थिएन। मानवजातिसँग सम्बन्धित सबै रहस्यहरू, मानिसहरूले सहन, अर्थ लगाउन, र बुझ्न सक्ने कुराहरू—परमेश्वरले तिमीहरूलाई यी सबै कुरा बताउनुभएको छ। के यी रहस्यहरू, यी सत्यताहरू कुनै पनि मात्रामा मापन गर्न सकिन्छ? तिनलाई मापन गर्न सकिँदैन; मानिसहरूले आफ्नो धेरै जीवनकालमा पनि आनन्द उपभोग गरेर ती रित्याउन सक्दैनन्। मैले किन यसो भनेँ? किनभने परमेश्वरका यी वचनहरू मानिसहरूको अस्तित्वका जग हुन्, र यी अनन्तकालसम्म अस्तित्वमा रहन सक्छन्। यदि तैँले साँच्चै नै बाँचिरहन र अनन्तसम्म जीवन जिइरहन पाइस् भने, परमेश्वरका यी वचन र सत्यताहरूले तँलाई अनन्त रूपमै भरणपोषण गर्न सक्छन्। अनन्तको अर्थ के हो? यसको अर्थ समयले सीमित नहुनु हो, यसको अर्थ असीमित हुनु हो। यदि हामीले यसलाई शाब्दिक रूपमा अर्थ लगायौँ भने, यसको अर्थ अन्त नहुनु हो—परमेश्वर स्वयम्ले जस्तै अनन्त रूपमा जिउनु हो। परमेश्वरका यी वचन र सत्यताहरू त्यो समयसम्मै अस्तित्वमा रहन सक्छन्। “त्यो समय” मानव भाषामा व्यक्त गरिने समयको अवधारणा र परिभाषा हो, तर यसको अर्थ साँच्चै नै अनिश्चितकालीन हुन्छ। मलाई भन् त, परमेश्वरका यी वचनहरूको मूल्य ठूलो छ कि छैन? अत्यन्तै ठूलो छ! यदि तैँले तिनलाई पछ्याउँदैनस् भने, यो तेरो घाटा हो; यो तँ मूर्ख हुनु हो। तर यदि तैँले तिनलाई पछ्याउँछस् भने, यी वचनहरूको मूल्य तेरो यो जीवनकालभन्दा पनि धेरै अघि जान्छ; यो अनन्तसम्म जान्छ। यी सधैँ तेरो लागि प्रभावकारी र उपयोगी हुनेछन्, र यिनको मूल्य र अर्थ अनन्तको लागि हुनेछ, र यिनले तेरो लागि अनन्त रूपमै भरणपोषण दिनेछन्। यदि तैँले यी वचनहरू बुझ्छस्, प्राप्त गर्छस्, र तीअनुसार जिउँछस् भने, तैँले अनन्त रूपमा जिउन सक्नेछस्। यसलाई सरल रूपमा भन्नुपर्दा, तैँले कहिल्यै मृत्यु नचाखी सदासर्वदा जिउनेछस्। के यो मानिसहरूले सपना देख्ने कुरा होइन र? अनगिन्ती युगहरू बितिसकेका हुनेछन्, अनगिन्ती मानिसहरू मरिसकेका हुनेछन्, तर तँ अझै जीवित हुनेछस्। तँ कुन माध्यममार्फत जीवित रहनेछस्? परमेश्वरका वचनहरूमार्फत, सत्यतामार्फत, तँसँग यसरी जिउने योग्यताहरू हुनेछन्। तैँले यो अनवरत जीवनमा के गर्नेछस्? तँसँग परमेश्वरको आज्ञा हुन्छ, परमेश्वरको अगुवाइ हुन्छ, र तँसँग एउटा मिसन पनि हुन्छ। तेरो मिसन के हो? परमेश्वर तैँले उहाँका वचनहरूअनुसार जिएर, उहाँलाई महिमित तुल्याएको र तँ उहाँको गवाही बनेको चाहनुहुन्छ। परमेश्वरका वचनहरूको मूल्य यही हो। मानिसहरूले यो युगमा सुन्ने, सम्पर्कमा आउने, र अनुभव गर्ने सत्यता र वचनहरूको मूल्य र महत्त्व अनन्तकालसम्म कायम रहनेछ। ती किन अनन्तकालसम्म अस्तित्वमा रहनेछन्? परमेश्वरका यी वचनहरू धर्मशास्त्र, सिद्धान्त, नारा, वा कुनै प्रकारको ज्ञान होइनन्, बरु जीवनका वचनहरू हुन्। तैँले यी वचनहरू प्राप्त गरिस्, यीअनुसार जिइस्, र यिनमा बाँचिस् भने, परमेश्वरले तँलाई जिइरहन दिनुहुनेछ र मर्न दिनुहुनेछैन। अर्थात्, उहाँले तँलाई नष्ट गर्नुहुनेछैन वा तेरो जीवन खोस्नुहुनेछैन—उहाँले तँलाई जिइरहन दिनुहुनेछ। के यो ठूलो आशिष् होइन र? (हो, यो ठूलो आशिष हो।) यी वचनहरूद्वारा परमेश्वरले तँलाई यो जीवनमा यो आशिष्को पूर्वस्वाद लिन र आउने संसारमा यो कुरा प्राप्त गर्न दिनुहुन्छ। यो परमेश्वरको प्रतिज्ञा हो। परमेश्वरले मानवजातिलाई दिनुभएको यो ठूलो प्रतिज्ञालाई ध्यानमा राख्दा, के मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्? (छन्।) परमेश्वरले मानवजातिलाई यस्तो ठूलो प्रतिज्ञा गर्नुभएको छ, र सबैलाई यो कुरा थाहा दिनुभएको छ। उहाँले तँलाई यसबारे बताउनुभएको छ, र तँलाई आएर यो कुरा स्वतन्त्र रूपमा लिन दिनुभएको छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा आफ्नो सबै सम्पत्ति सुम्पनुपर्दैन; तैँले परमेश्वरका वचनहरू सुन्नु मात्र पर्छ, र परमेश्वरका मापदण्डहरू र उहाँका इच्छाहरूअनुसार काम मात्र गर्नुपर्छ, अनि तैँले परमेश्वरबाट यो प्रतिज्ञा प्राप्त गर्न सक्छस्। के परमेश्वरले मानवजातिलाई धेरै कुरा दिनुभएको छैन र? तँ अहिले यो प्रतिज्ञा प्राप्त गर्ने मार्गमा छस्: तैँले अझै यो कुरा पूर्ण रूपमा प्राप्त गरेको त छैनस् होला, तर के तैँले थोरथोरै प्राप्त गरेको छस्? परमेश्वरले मानवजातिलाई दिनुभएको प्रतिज्ञा हेर्दा, मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्। तिनीहरूले महत्त्वपूर्ण फाइदा प्राप्त गरेका छन्; तिनीहरूले नोक्सानी वा घाटा बिलकुलै भोगेका छैनन्। तिनीहरूले थोरै समय मात्रै लगानी गरेका छन्, र तिनीहरूको देहले केही मेहनत गरेको हुन सक्छ। तिनीहरूले केही व्यक्तिगत घरायसी आशिष्, व्यक्तिगत देहगत रुचि र इच्छाहरू बलिदान गरेर, आफ्ना केही आकाङ्क्षा, हित, र चाहनाहरू, र आदि इत्यादि कुराहरू त्यागेका हुन सक्छन्। तर सत्यता बुझ्नु, मुक्ति प्राप्त गर्नु, र परमेश्वरको प्रतिज्ञा प्राप्त गर्नुसँग तुलना गर्दा, ती सबै व्यक्तिगत सम्भाव्यता, उद्देश्य, र आकाङ्क्षाहरू उल्लेख गर्न लायक नै छैनन्, किनभने तिनले तँलाई नरक मात्रै लैजान सक्छन्, र परमेश्वरले ती कुराहरूको लागि तँलाई आफ्नो प्रतिज्ञा प्रदान गर्नुहुन्न। यसविपरीत, जब मानिसहरूले केही सीमित समय लगानी गर्छन्, आफू इच्छुक रहेको र आफूले चुकाउन सक्ने मूल्य चुकाउँछन्, तब तिनीहरूले अन्ततः सत्यता बुझ्छन्, र आत्म-आचरणका केही रहस्यहरू, सिद्धान्तहरू, सबै घटना र कामकुराहरूका र आदि-इत्यादिका निश्चित सार र मूल जड बोध गर्छन्, जुन परमेश्वरले सृष्टि गर्नुभएदेखि मानवजातिले बुझेका छैनन्। अझै महत्त्वपूर्ण कुरा, तिनीहरूले परमेश्वरबारे केही ज्ञान प्राप्त गर्छन् र उहाँको डर मान्न सक्छन्। यो सब प्राप्त गरिसकेपछि, के यस्तो मूल्य चुकाउनु सार्थक हुँदैन र? मानिसहरूलाई के कुरामा चित्त दुखेको हुन्छ? तिनीहरूले किन परमेश्वरमा विश्वास गरेर केही प्राप्त गर्दैनन् भनेर भन्छन्? के तिनीहरूको विवेक पूर्ण रूपमा कुहिएको छैन र? तैँले धेरै कुरा प्राप्त गरेको छस्, र पनि तँ सन्तुष्ट हुँदैनस्। तँ अरू के चाहन्छस्? यदि तँलाई राष्ट्रपति वा अरबपति बनाइयो भने के तँ सन्तुष्ट हुनेछस्? यदि परमेश्वरले तँलाई ती कुराहरू दिनुभयो भने, तँ उहाँद्वारा चुनिएको हुनेछैनस्। परमेश्वरले यस्ता मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्न।
मानिसहरूले सधैँ परमेश्वरमा विश्वास गरेर केही पनि प्राप्त गरेका छैनौँ भनेर भन्छन्, जसले तिनीहरूमा विवेकको कमी छ, तिनीहरूसित सत्यता बुझ्ने कुनै क्षमता छैन, तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरूको चरित्र अत्यन्तै नीच छ भन्ने देखाउँछ। त्यस्ता मानिसहरूसँग परमेश्वरले के गर्नुहुन्छ, परमेश्वरले मानिसहरूबाट के माग गर्नुहुन्छ, र परमेश्वरले मानिसहरूलाई के दिनुभएको छ, र यस्तै अन्य कुराहरूबारे कुनै शुद्ध बुझाइ हुँदैन। अन्त्यमा, जब परिस्थितिहरूले तिनीहरूलाई अलिक असन्तुष्ट तुल्याउँछन्, तब तिनीहरूले जम्मा गरेर राखेको प्रचुर रिस तुरुन्तै विस्फोट हुन्छ: “परमेश्वरमा विश्वास गरेर मैले के पाएँ? मेरो देहले धेरै कष्ट भोगेको छ। मैले मण्डलीले मलाई दिएको जुनसुकै कर्तव्य निर्वाह गरेको छु। जति नै कठिन वा थकाइलाग्दो भए नि, मैले कहिल्यै गुनासो गरेको छैनँ; कठिनाइ जति नै ठूलो भए नि, मैले कहिल्यै केही भनेको छैनँ। मैले परमेश्वरको घरलाई कहिल्यै पनि कुनै माग गरेको छैनँ। मैले ठूलो प्रेम र ठूलो बफादारिता दिँदा पनि, मैले के नै प्राप्त गरेको छु र? यदि मैले नै केही प्राप्त गरेको छैनँ भने, झन् अरूसँग त कुनै कुरा प्राप्त गर्ने आशा अझै कम हुन्छ!” यसको अर्थ के हो भने: “तिमीहरूले मैले जति धेरै कुरा अर्पण गरेका छैनौ, तिमीहरूले मैले चुकाएजति मूल्य चुकाएका छैनौ; यदि मैले नै त केही प्राप्त गरेको छैनँ भने, तिमीहरूले के प्राप्त गर्न सक्छौ र? तिमीहरू सबै होसियार हुनुपर्छ; मूर्ख नबन!” के त्यस्ता मानिसहरूमा विवेकको कमी हुँदैन र? विवेकहीन व्यक्तिले सधैँ मूर्ख र जिद्दी शब्दहरू बोल्छ। तिनीहरूले परमेश्वरले बोल्नुभएका यति धेरै सत्यताहरू, वा यति धेरै शुद्ध र सकारात्मक कुराहरू र अभिव्यक्तिहरूमध्ये एउटा पनि बुझ्न सक्दैनन्, बरु तिनीहरू जिद्दी भएर आफ्नै दृष्टिकोणहरूमा अडिग भइरहन्छन्: “म परमेश्वरको लागि कठिनाइहरू भोग्छु र मूल्य चुकाउँछु, त्यसकारण परमेश्वरले मलाई आशिष् दिनुपर्छ, र मलाई अरूले भन्दा बढी प्राप्त गर्न दिनुपर्छ। होइन भने, म आवेग पोखाउनेछु, म विस्फोट हुनेछु, र गाली गर्नेछु! मैले जे चाहे नि, त्यो परमेश्वरले मलाई दिनैपर्छ, र त्यो मैले प्राप्त गरिनँ भने, परमेश्वर धर्मी हुनुहुन्न, र मैले केही पाएको छैनँ भनेर भन्नेछु—यो स्पष्टतः सत्यता बोलेको हो!” के तिनीहरूमा मानवताको कमी हुँदैन र? मानवताको कमी भएको व्यक्तिका शब्दहरू निश्चय नै टिक्नसमेत सक्दैनन्, झन् ती सत्यताअनुरूप हुनु त धेरै परको कुरा हो; तिनीहरूका शब्दहरू सत्यताअनुरूप हुनुपर्छ भनेर भन्नु त तिनीहरूलाई सक्नेभन्दा बढी काम गर्न लगाउनु हो। व्यक्तिले बोल्ने शब्दहरू उचित अनुरोध र उचित अभिव्यक्तिहरू हुनुपर्छ, बङ्ग्याइएका तर्कहरू हुनु हुँदैन; उसको कुरा जसले सुने नि वा उसको मूल्याङ्कन जसले गरे नि, ती कुरा टिक्न सक्ने हुनुपर्छ। तर कमजोर मानवता भएका मानिसहरूका शब्दहरू र व्यवहार टिक्न सक्ने हुँदैनन्। जब तिनीहरूले रिसको झोँक देखाउँछन् र गुनासो पोख्छन्, तब कति मानिसहरूले यस्तो सोच्छन्, “तिनीहरूले किन केही पाएको छैन भनेर भन्छन्? के परमेश्वरको घरले तिनीहरूलाई कुनै किसिमले अन्याय गरेको हो? के परमेश्वरको घरका कतिपय कार्यहरू सिद्धान्तहरूअनुरूप छैनन् र तिनलाई खुलासा गर्न सकिँदैन भन्ने हो? त्यो व्यक्ति प्रायजसो कठिनाइहरू सहने र मूल्य चुकाउने क्षमता भएको जस्तो देखिन्छ, तर आज ऊ केही पनि पाएको छैनँ भन्दै उग्र रूपमा विस्फोट भयो; उसले वास्तवमै केही पनि प्राप्त गरेको छैन जस्तो देखिन्छ। के यो निष्कपट व्यक्तिलाई रिस उठाउनु होइन र? त्यसोभए म होशियार हुनुपर्छ; मैले कर्तव्य निर्वाह गर्दा पहिलेजस्तो कठिनाइ भोग्नु वा यस्तो मूल्य चुकाउनु हुँदैन!” समझशक्ति नभएका कति भ्रमित मानिसहरू यसरी नै प्रभावित हुन्छन्।
प्रायजसो नकारात्मकता पोखाउने मानिसहरूको हकमा, यदि तिनीहरूमा साँच्चै नै व्यक्त गर्ने दृष्टिकोण वा विचारहरू छन् भने, तिनीहरूले नै पहिले बोलून् र आफ्नो दृष्टिकोण खुलासा गरून्। तिनीहरूले यसो गरेपछि, सबैले कुरा बुझ्नेछन्: “तिनीहरूलाई तिनीहरूले चुकाएको मूल्य तिनीहरूले प्राप्त गरेको कुरासँग मिल्दैन भन्ने लाग्छ। तिनीहरूलाई तिनीहरूले कुनै लाभ प्राप्त गरेका छैनन् र तिनीहरूले घाटा भोगेका छन् भन्ने लाग्छ, त्यसकारण तिनीहरू अनिच्छुक बनेका छन्। तिनीहरूले परमेश्वरबारे गुनासो गरिरहेका छन्, परमेश्वरसँग मोलमोलाइ गर्ने आशा गरिरहेका छन्, अनुग्रह र लाभहरू माग गरिरहेका छन्!” के त्यस्तो व्यक्ति बोलेको सुनेपछि औसत व्यक्तिले उसलाई खुट्ट्याउनै सक्दैन र? अनि सबैजना त्यो व्यक्तिलाई चिन्न सक्ने भएपछि, उसलाई यसो भन, “बोलिसक्नुभयो? यदि तपाईंसँग भन्ने अरू केही छैन भने, चुप लाग्नुहोस्, नत्र तपाईंले आफूलाई मूर्ख तुल्याउनुहुनेछ। यदि तपाईंको दुष्ट प्रकृति सबैसामु खुलासा भयो र यसलाई तुरुन्तै नियन्त्रण गरिएन भने, यसले आम आक्रोश पैदा गर्नेछ। जब सबैले तपाईंलाई खुलासा र इन्कार गर्छन्, तब पछुतो गर्नको लागि ढिला हुनेछ।” यसरी तिनीहरूलाई चेतावनी देओ, अनि त्यसो गरेर, तैँले तिनीहरूलाई प्रतिबन्धित गरेको हुनेछस्। वा, तैँले यसो पनि भन्न सक्छस्: “यदि तपाईंलाई घाटा भएको छ भन्ने लाग्छ भने, तपाईंले परमेश्वरमा विश्वास गर्नुपर्दैन। यदि केही प्राप्त भएको छैन जस्तो लाग्छ भने, वास्तवमा तपाईं के प्राप्त गर्न चाहनुहुन्छ? यदि यो सम्पत्ति कमाउनु र धनी बन्नु, वा उच्च पदमा बस्नु हो भने, मलाई माफ गर्नुहोस्, यी कुराहरू तपाईँ आफूले चाहेकै भरमा मात्र प्राप्त गर्न सकिने कुराहरू होइनन्; यी कुराहरू परमेश्वरले तोक्नुभएका कुराहरू हुन्। परमेश्वरको देखापराइ र मानिसलाई मुक्ति दिने उहाँको काम मानिसहरूलाई यी कुराहरू दिनुसँग सम्बन्धित छैन। यी कुरा जहाँ पाउन सक्नुहुन्छ, त्यहीँ जानुहोस्; परमेश्वरको घर बाह्य संसार होइन, यसले दियाबलस र शैतानहरूलाई सन्तुष्ट पार्न सक्दैन। तपाईंले परमेश्वरको घरबाट, वा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूबाट यस्ता कुराहरू माग नगर्नु नै राम्रो हुन्छ; यदि तपाईंले परमेश्वरलाई यी कुराहरू माग्ने दुस्साहस गर्नुभयो भने, तपाईंले उहाँको स्वभाव चिढ्याउनुहुनेछ र उहाँको रिस उठाउनुहुनेछ, किनभने परमेश्वरले मानिसहरूलाई प्रशस्त अनुग्रह दिनुभएको छ, र उहाँले मानिसहरूलाई तिनीहरूको जीवन बन्नका लागि अझै धेरै सत्यता दिनुभएको छ। तपाईंले सत्यता प्राप्त गर्नुलाई बहुमूल्य ठान्नुहुन्न भने त्यो तपाईंको मूर्खता र अज्ञानता हो।” सबैले तिनीहरूलाई यसरी नै हप्की लाउनु र काटछाँट गर्नुपर्छ। यो अभ्यासबारे तिमीहरूलाई के लाग्छ? अथवा, तैँले यसो भन्न सक्छस्: “परमेश्वरको घर तपाईंप्रति केही कुराको ऋणी छैन। परमेश्वरको लागि तपाईंले खर्चनुभएको मेहनत र निर्वाह गर्नुभएको कर्तव्य सबै स्वेच्छिक थियो। तपाईंले परमेश्वरमा विश्वास गर्न र कर्तव्य निभाउन थालेपछि, तपाईंले परमेश्वरबाट कति धेरै अनुग्रह प्राप्त गर्नुभएको छ, के तपाईंलाई थाहा छ? यदि तँसँग अलिकति पनि विवेक छ भने, तैँले केही पनि प्राप्त गरेको छैन भनेर परमेश्वरलाई भन्नु हुँदैन; तैँले परमेश्वरअघि आएर आफ्ना समस्याहरू पहिचान गर्नुपर्छ। यदि तपाईंले परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वरले गर्नुहुने सबै कुरा सत्यता हो र उहाँका वचनहरू सत्यता हुन् भनेर साँचो विश्वास गर्नुहुन्छ भने, तपाईंले यस्तो कुरा भन्नु हुँदैन; तपाईंले गुनासो गरिरहनु हुँदैन। तपाईंको वर्तमान मनोवृत्ति परमेश्वरमा विश्वास गर्ने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति होइन, न त यो सत्यता खोजी गर्ने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति नै हो। तपाईंले विद्रोह गर्ने, र परमेश्वरसँग आफ्ना पुरानै समस्याहरू लाद्ने प्रयास गरिरहनुभएको छ! तपाईंले परमेश्वरसँग अलग हुने, र अन्तिम हिसाब राफसाफ गर्ने प्रयास गरिरहनुभएको छ! तर परमेश्वर तपाईंप्रति केही कुराको पनि ऋणी हुनुहुन्न, न त परमेश्वरको घर नै तपाईंप्रति ऋणी छ। यदि तपाईंले परमेश्वरको घरसँग हिसाब पूरा गर्न लाग्नुभएको हो भने, हतार गर्नुहोस् र उहाँको घर छोडिहाल्नुहोस्। परमेश्वरको घरलाई झिजो नलाउनुहोस्, नत्र तपाईंले उहाँको क्रोध भड्काउनुहुनेछ र उहाँले तपाईंलाई प्रहार गर्नुहुनेछ। त्यो राम्रो परिणाम होइन। यदि तपाईंसँग विवेक वा समझ छ भने, तपाईं प्रार्थना र खोजी गर्न शान्त हुनुपर्छ, परमेश्वरमाथिको विश्वास पछ्याइपछाडिको तपाईंको दृष्टिकोणमा केही गलत छ कि छैन, र तपाईं जुन मार्गमा हुनुहुन्छ त्यो परमेश्वरले तपाईंलाई हिँड्न लगाउनुभएको मार्ग हो कि होइन भनेर हेर्नुपर्छ। तपाईंसँग परमेश्वरप्रति यति धेरै अनुचित मागहरू छन्, उहाँप्रति यति ठूलो आक्रोश छ; यसले तपाईंले गर्नुभएको पछ्याइमा केही गलत भएको छ भन्ने जनाउँछ। तपाईंले त्यस्तो गहन आक्रोश एकदुई दिनमै त निर्माण गर्नुभएको होइन; यो त लामो समयदेखि निर्माण भइरहेको थियो। अथवा सायद परमेश्वरमा विश्वास गर्न थालेदेखि नै तपाईं गलत दृष्टिकोण लिएर परमेश्वरअघि आइरहनुभएको छ, र उहाँले जे भन्नुभए नि भावशून्य रहँदै आउनुभएको छ, र परिणामस्वरूप तपाईंलाई कुनै पछुतो वा ऋणी महसुस पनि नभएको हो। सायद यही कारणले गर्दा नै आज परिस्थितिहरू यस्तो अवस्थामा पुगेका छन्। तपाईंले तुरुन्तै पाप स्वीकार गरी पश्चात्ताप गर्नु राम्रो हुन्छ; पश्चात्ताप गर्ने समय अझै छ। यदि तपाईंले त्यसो गर्नुभएन, र दुष्कर्म गरिरहनुभयो र नकारात्मकता पोखाइरहनुभयो भने, तपाईं एक दियाबलस, एक ख्रीष्टविरोधी बन्नुहुनेछ। जब परमेश्वरको घरले तपाईंलाई निकाल्छ, तब तपाईंसँग मुक्ति पाउने कुनै मौका हुनेछैन—परमेश्वरको घरले दोषी ठहर्याएको कुरालाई परमेश्वरले पनि दोषी ठहर्याउनुहुन्छ। हामीले तपाईंलाई परमेश्वरमा विश्वास गरेको धेरै वर्षको अवधिमा कठिनाइ भोग्ने र मूल्य चुकाउने तपाईंको क्षमता हेरेर यो चेतावनी दिइरहेका छौँ। हामीले तपाईंलाई मौका दिइरहेका छौँ। यदि तपाईं आफ्नै मार्गमा जिद्दी गर्नुहुन्छ र सल्लाह सुन्न इन्कार्नुहुन्छ, र परमेश्वरको घरले तपाईंलाई निकाल्ने निर्णय गर्यो भने, तपाईं अब विश्वासी दाजुभाइ-दिदीबहिनीको रूपमा रहनुहुनेछैन। तपाईंसँग मुक्ति पाउने कुनै आशा हुनेछैन। जब त्यो समय आउनेछ, तब तपाईंले साँच्चै नै केही प्राप्त गर्नुहुनेछैन। त्यो बेला पछुतो नगर्नुहोला। अहिले तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईंका विचार, दृष्टिकोण, र पछ्याइको दिशा परिवर्तन गर्नु हो। अबदेखि सधैँ केही न केही प्राप्त गर्ने प्रयास गरिरहने नगर्नुहोस्। परमेश्वरका वचनहरू सुन्नुहोस्; परमेश्वरले मानिसहरूको भ्रष्ट स्वभावबारे खुलासा गर्नुभएका कुराहरूमध्ये कतिबारे तपाईंले चिन्तन गरेर आफैलाई चिन्न सक्नुहुन्छ, त्यो हेर्नुहोस्। के तपाईंले आफूभित्र आफैले पहिचान गर्न र स्पष्ट देख्न सक्ने समस्याहरू समाधान गर्नुभएको छ? के तपाईंले परमेश्वरविरुद्धको आफ्नो विद्रोह पहिचान गर्नुभएको छ? के तपाईंले यसलाई समाधान गर्नुभएको छ? अहिले तपाईंले सामना गर्ने सबैभन्दा ठूलो समस्या भनेको सधैँ परमेश्वरसँग हिसाबकिताब गर्न चाहनु हो—यो समस्या के हो? के यो समाधान गर्नुपर्ने समस्या होइन र? तपाईंले सधैँ कुनै न कुनै अभिप्राय लिएर, लेनदेन गर्नेबारे सोच्दै परमेश्वरमा विश्वास गर्नुहुन्छ; तपाईं सधैँ आशिष्हरू प्राप्त गर्ने उत्कट इच्छा गर्नुहुन्छ, र स्वर्गको राज्यका आशिष्हरूको लागि आफ्ना प्रयत्न, योगदान, र देहगत कष्टहरू साट्ने आशा गर्नुहुन्छ—के यो डाँकुको तर्क होइन र? परमेश्वरले कस्ता मानिसहरूलाई आशिष् दिनुहुन्छ, मानिसहरूप्रतिका परमेश्वरका मागहरू के-के हुन्, परमेश्वरले मानिसहरूलाई के भन्नुभएको छ, र परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्न मानिसहरूले के हासिल गर्नैपर्छ भनेर किन हेर्नुहुन्न? यदि तपाईंले साँच्चै नै परमेश्वरमा विश्वास गर्नुहुन्छ र साँच्चै नै मुक्ति पाउन चाहनुहुन्छ भने, सधैँ परमेश्वरबाट केही न केही प्राप्त गर्ने प्रयास नगर्नुहोस्। तपाईंले परमेश्वरका कति वचनहरू अभ्यास गर्नुभएको छ, तपाईं परमेश्वरका वचनहरू पछ्याउने व्यक्ति हो कि होइन भनेर हेर्नुपर्छ। परमेश्वरका वचनहरू पछ्याउनु भनेको परमेश्वरका मागहरू र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नु र जिउनु हो, थोरथोरै शारीरिक कष्ट भोग्नु र थोरथोरै मूल्य चुकाउनु मात्र होइन। तपाईंको भ्रष्ट स्वभाव समाधान भएको छैन, र तपाईंले चुकाउने सबै मूल्य र भोग्ने सबै कठिनाइहरूमा अभिप्रायहरू लुकेका छन्। परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न; उहाँले यस्तो मूल्य चाहनुहुन्न। यदि तपाईं परमेश्वरसँग हिसाबकिताब मिलाउन जिद्दी गर्नुहुन्छ, यदि तपाईं परमेश्वरसँग तर्क र संघर्ष गर्न जिद्दी गर्नुहुन्छ भने, तपाईंले उहाँको स्वभाव चिढ्याइरहनुभएको छ, र उहाँले तपाईंलाई आफ्नै बाटो लागेर दण्डित हुन नरक जान दिनुहुनेछ। दुष्कर्म गरेको दण्ड यही हो। तपाईंले परमेश्वरबाट धेरै आशिष् र अनुग्रहहरू प्राप्त गर्नुभएको छ, र उहाँले तपाईंलाई केही विशेष भौतिक सुविधा दिनुभएको छ। तपाईंले पाउनुपर्ने कुरा पहिले नै प्राप्त गरिसक्नुभएको छ—परमेश्वरबाट तपाईंलाई थप के चाहिएको हो?” यदि तैँले यी वचनहरू सङ्गति गरिस् भने, के यो सुन्दा थोरै विवेक र समझ भएको व्यक्तिको गुनासो गर्ने मनस्थिति अलिक साम्य हुनेछैन र? के यी वचनहरू सत्यताअनुरूप हुने शुद्ध बुझाइका वचनहरू हुन्? (हुन्।) यदि कुनै व्यक्तिमा मानवता र समझ छ भने, उसले यी कुराहरू बुझ्न र स्विकार्न सक्छ। मानवताविनाका, विवेक र समझविनाका मानिसहरूले मात्रै यी वचनहरूले तिनीहरूलाई छल्ने प्रयास गरिरहेका छन्, ती उच्च सुनिने भाषणहरू मात्र हुन्, ती विश्वास गर्न लायक छैनन्, र ती देख्न सकिने अनुग्रह वा भौतिक आशिष्हरूजत्ति ठोस फाइदाजनक छैनन् भन्ने सोच्नेछन्। त्यसकारण, तिनीहरूले ती ठोस फाइदाहरू देख्नुपहिले, तैँले जे भने नि त्यो व्यर्थ नै हुन्छ; त्यो तिनीहरूले स्विकार्नेछैनन्। तिनीहरूले तेरो मुखैमा यसको विरोध नगर्न सक्छन्, तर तेरो पिठ्युँपछाडि, तिनीहरूले हृदयमा अझै पनि विरोध गर्दै बस्नेछन्, बेलाबेला नकारात्मकता पोखाउनेछन्, आफ्नो योगदान प्रदर्शित गर्नेछन्, र आफूले भोगेका कठिनाइहरू, साथै परमेश्वरको घरले तिनीहरूलाई कसरी व्यवहार गर्छ, तिनीहरूले परमेश्वरको घरलाई कसरी सहे भन्ने कुराको गन्ती गर्नेछन्—तिनीहरूले हृदयमा सधैँ यी कुराहरू राख्नेछन्। तिनीहरूको जीवनमा जेसुकै आइपरे नि, तिनीहरूले आफूले चाहेको कुरा प्राप्त गरेनन् भने, तिनीहरूको जङ्गलीपन प्रकट भइहाल्छ, र तिनीहरूले क्रोधित हुँदै आफ्नो लाजमर्दो व्यवहार उदाङ्गो पार्छन्, र नकारात्मकता पोखाउँछन्। के तैँले अझै पनि त्यस्ता व्यक्तिलाई मनाउने प्रयास गर्नुपर्छ? यदि सरल अनुरोधपछि पनि अझै तिनीहरूले उस्तै चरित्र देखाउँछन्, र तिनीहरूका पुराना समस्याहरू फर्केर आउँछन्, र तिनीहरूको दियाबलसरूपी गुण फेरि देखा पर्छ भने, के गर्नुपर्छ? त्यस्तो भयो भने, प्रतिबन्ध गर्ने समय आएको हुन्छ। तिनीहरूलाई पश्चात्ताप गर्ने मौका नदेओ। तिनीहरू कुहिएका काठजस्तै हुन्; तिनीहरू मूर्ख र जिद्दी दुष्टहरू हुन्। तिनीहरू कुन अर्थमा “मूर्ख र जिद्दी दुष्टहरू हुन्”? तिनीहरू शुद्ध मार्ग र सकारात्मक कुराहरू स्विकार्दैनन् भन्ने अर्थमा। बरु, तिनीहरू विकृत तर्क, विधर्म, र भ्रमहरू अँगाल्छन्, र ठोस लाभहरू प्राप्त गर्ने, फाइदा लिने, र घाटा नभोग्ने आफ्नै दृष्टिकोणहरूमा अडिग रहन्छन्। परमेश्वरको घरले जे-जसरी सत्यता सङ्गति गरे नि, तिनीहरूले सधैँ यसो भन्छन्, “यी सबै राम्रा सुनिने शब्दहरू हुन्। कसले पो केही राम्रा कुराहरू बोल्न सक्दैन र? यदि तपाईं घाटामा पर्नुभएको भए, तपाईंले त्यसो भन्नुहुन्थेन।” तिनीहरू जिद्दी भएर त्यस्ता दृष्टिकोणहरूमा लागिरहन्छन्, र जब कुनै अप्रिय घटना घट्छ वा तिनीहरूलाई घाटा हुन्छ, तब तिनीहरूलाई परमेश्वरमा विश्वास गरेर केही पनि पाएको छैन भन्ने लाग्छ, र तिनीहरूले फेरि नकारात्मकता पोखाउनेछन्। के तिनीहरूलाई अझै पनि मौका दिइनुपर्छ त? कुनै मौका दिइनु हुँदैन। यदि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनन्, बरु अरूलाई बाधा दिन्छन् भने, तुरुन्तै तिनीहरूलाई रोक र प्रतिबन्धित गर। तिनीहरूलाई स्वतन्त्र रूपमा बोल्न नदेओ। यदि तिनीहरूले नकारात्मकता पोखाउने र अरूलाई बाधा दिने कार्य जारी राख्छन् भने, तिनीहरूलाई थप शिष्टता नदेखाओ। तिनीहरूलाई तुरुन्तै पखालिदेओ। यो प्रेमरहित हुनु होइन, हो त? (होइन।) सङ्गतिमा तिनीहरूलाई हातैले खुवाएझैँ सत्यता खुवाइएको हुन्छ, तर जसरी सङ्गति गरे नि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन्—यसले के इङ्गित गर्छ? झट्ट हेर्दा, यो व्यक्ति अविश्वासीजस्तो देखिन्छ, तर सारगत रूपमा, ऊ दियाबलस हो। ऊ परमेश्वरबाट अनुग्रह र आशिष्हरू माग्न, र लाभहरू प्राप्त गर्न परमेश्वरको घर आएको हुन्छ, र ती प्राप्त नगरुन्जेल उसले विश्राम लिँदैन। उसले केही समय विश्वास गरेपछि कुनै फाइदा प्राप्त गरेन भने, उसको शैतानी स्वभाव प्रकट हुनेछ; उसले परमेश्वरप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्नेछ, दुष्टता गर्नेछ, र बाधाहरू ल्याउनेछ। यो दियाबलस हो। उसले भोगेको थोरै कष्ट र चुकाएको थोरै मूल्य परमेश्वरका वचनहरूका अभ्यास होइनन्। ती त पूर्णतया सौदा गर्दै फाइदा र आशिष्हरू प्राप्त गर्नको लागि हुन्। जब परमेश्वरमाथिको आफ्नो विश्वासबाट सधैँ केही कुरा प्राप्त गर्न चाहने ती मानिसहरूलाई केही हुन्छ, र जब तिनीहरू नकारात्मक र कमजोर हुन्छन्, तब तिनीहरूले सधैँ भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेर केही पाइनँ।” त्यसपछि, तिनीहरूले हरेस खान्छन् र लापरवाही व्यवहार गर्न थाल्छन्, बदला लिन खोज्छन्, र आफ्नो असन्तुष्टिका भावनाहरू प्रकट गर्न प्रायजसो नकारात्मकता पोखाउँछन्। त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर हामीले पहिल्यै सङ्गति गरिसकेका छौं: तिनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ। यदि तिनीहरूले सत्यता स्विकार्न सक्छन् र भविष्यमा थप बाधाहरू नल्याउने ग्यारेन्टी दिन सक्छन् भने, तिनीहरूलाई मण्डलीमा रहन अर्को मौका दिन सकिन्छ। यदि तिनीहरूले सधैँ मण्डलीको काम र जीवनमा बाधा र हानि गर्न खोजिरहेका हुन्छन् भने, तिनीहरूलाई सफाइ गरी हटाओ। यो मण्डलीको काम रक्षा गर्न र परमेश्वरका चुनिएका मानिसहरूले मण्डली जीवन निर्बाध रूपमा जिउन सक्ने कुरा सुनिश्चित गर्नको लागि हो। यही सिद्धान्तको आधारमा यो निर्णय गरिन्छ र यो विधि अपनाइन्छ। यो उचित छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।