अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१७) खण्ड दुई
२. काटछाँट स्विकार्न नमान्ने तर नकारात्मकता पोख्ने
मानिसहरूले नकारात्मकता पोख्ने सम्भावना भएको अर्को परिस्थिति पनि छ: जब तिनीहरू काटछाँट सामना गर्छन् र काटछाँटका केही शब्दहरू स्विकार्न सक्दैनन्, तिनीहरूले हृदयमा अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासो बोक्नेछन्, र कहिलेकहीँ त आफूलाई गलत गरिएकोसमेत महसुस गर्छन्। तिनीहरू अन्याय भएको विश्वास गर्छन्: “मलाई किन आफ्नो कुरा बताउने वा स्पष्ट पार्ने अनुमति दिइँदैन? किन मलाई निरन्तर काटछाँट गरिरहिएको छ?” यी मानिसहरूले प्राय कस्तो खालको नकारात्मकता पोख्छन्? तिनीहरूले आफूलाई सही साबित गर्ने र प्रतिरक्षा गर्ने कारणहरू खोज्छन्। तिनीहरूले आफ्नो गल्ती चिरफार गर्नु, त्यसको परिपूर्ति गर्नु, वा त्यसलाई सच्याउनुको सट्टा, बरु तिनीहरू आफ्नै पक्षबारे बहस गर्छन्, र तिनीहरूले किन कुनै निश्चित काम राम्ररी गरेनन्, यसपछाडि के-कस्ता कारणहरू, र के-कस्ता वस्तुगत कारकतत्त्व र परिस्थितिहरू थिए, र तिनीहरूले कसरी जानीजानी त्यसो गरेका थिएनन् भन्नेजस्ता कुराहरू गर्छन्; तिनीहरू काटछाँट इन्कार्ने आफ्नो उद्देश्य हासिल गर्न आफूलाई सही साबित गर्ने र प्रतिरक्षा गर्ने यी बहानाहरू प्रयोग गर्छन्। यी मानिसहरू काटछाँट सही हो भन्ने कुरा स्विकार्दैनन्, र तिनीहरू काटछाँटको घटनाबारे अरू धेरै मानिसहरूसँग विश्लेषण गर्छन्, र सबैको सामु मामलालाई स्पष्ट व्याख्या गर्ने प्रयास गर्छन्। तिनीहरू यस्ता विचार फैलाउने समेत गर्छन्: “यस्तो प्रकारको काटछाँटले त मानिसहरूलाई कर्तव्य पूरा गर्नबाट निरुत्साहित गर्नेछ। अबउप्रान्त कोही पनि कर्तव्य पूरा गर्न इच्छुक हुनेछैन। मानिसहरूलाई कसरी अघि बढ्ने भन्ने थाहा हुनेछैन र तिनीहरूसँग अभ्यासको मार्ग हुनेछैन।” कतिपय मानिसहरूले त आफूले काटछाँट कसरी स्विकार्छन् भनेर सतही रूपमा सङ्गतिसमेत गर्छन्, तर वास्तवमा तिनीहरूले आफूलाई सही साबित गर्न र आफ्नो प्रतिरक्षा गर्नहेतु सङ्गति प्रयोग गरिरहेका हुन्छन्, जसले गर्दा अझै धेरै मानिसहरूले परमेश्वरको घरले तिनीहरूप्रति व्यवहार गर्दा मानिसहरूको भावनालाई ख्याल गर्दैन र सानो गल्तीले पनि काटछाँट हुन सक्छ भनेर विश्वास गर्छन्। नकारात्मकता पोख्ने प्रवृत्तिका मानिसहरूले कहिल्यै आत्मचिन्तन गर्दैनन्। काटछाँट सामना गर्दा पनि, तिनीहरूले आफ्ना गल्तीहरूको प्रकृति वा त्यसको कारण के हो भनेर चिन्तन गर्दैनन्। तिनीहरूले यी समस्याहरू चिरफार गर्दैनन्, बरु निरन्तर बहस गर्छन्, आफूलाई सही साबित गर्छन् र आफ्नो प्रतिरक्षा गर्छन्। कतिपय मानिसहरू यसोसमेत भन्छन्, “काटछाँट हुनुभन्दा पहिले, मलाई पछ्याउनुपर्ने बाटो छ भन्ने लाग्थ्यो। तर जब मलाई काटछाँट गरियो, तब म अन्योलमा परेँ। अब कसरी अभ्यास गर्ने वा परमेश्वरमा कसरी विश्वास गर्ने मलाई थाहै छैन, र म अगाडि बढ्ने मार्ग देख्नै सक्दिनँ।” तिनीहरू अरूलाई पनि यसो भन्छन्, “तिमीहरू काटछाँट नहोस् भनेर अत्यन्तै होसियार हुनुपर्छ; यो अत्यन्तै पीडादायी कुरा हो, यो छाला काढिनुजस्तै हो। मेरो पुरानो मार्ग नपछ्याओ। काटछाँट भएपछि म कस्तो बनेको छु, हेर। म अड्किएको छु, अघि बढ्न नि सक्दिनँ, पछि सर्न नि सक्दिनँ; मैले गर्ने कुनै कुरा सही हुँदैन!” के यी शब्दहरू सही छन्? के तिनमा कुनै समस्या छ? (छ। तिनीहरूले आफूले केही गल्ती गरेको थिएनन् भनेर आफूलाई सही साबित गर्ने प्रयास र बहस गरिरहेका छन्।) यस्तो आफूलाई सही साबित गर्ने प्रयास र बहसद्वारा के सन्देश सञ्चार हुन्छ? (तिनीहरू मानिसहरूलाई काटछाँट गर्नु परमेश्वरको घरको गल्ती हो भनेर भनिरहेका छन्।) कतिपय मानिसहरू भन्छन्, “काटछाँट गरिनुभन्दा पहिले, मलाई पछ्याउनुपर्ने बाटो छ जस्तो लाग्थ्यो, तर काटछाँट गरिएपछि, के गर्ने भन्ने नै थाहा छैन।” काटछाँटमा परेपछि, किन तिनीहरूलाई के गर्ने भनी थाहा हुँदैन? यसको कारण के हो? (काटछाँट सामना गर्दा, तिनीहरू सत्यता स्विकार्दैनन् वा आफूलाई चिन्ने प्रयास गर्दैनन्। तिनीहरूले केही धारणाहरू पालेका हुन्छन्, र तिनलाई समाधान गर्न सत्यता खोजी गर्दैनन्। यसले गर्दा तिनीहरू मार्गविहीन बन्छन्। कारण आफैभित्र खोज्नुको सट्टा, तिनीहरू उल्टो दाबी गर्छन्, अर्थात् काटछाँट गरिएकाले तिनीहरूले बाटो गुमाउनुपर्यो भन्ने दाबी गर्छन्।) के यो प्रतिदोषारोपण होइन र? यो त यस्तो भन्नुजस्तै हो, “मैले जे गरेँ त्यो सिद्धान्तहरूअनुसार थियो, तर तिमीले मलाई काटछाँट गरेकाले तिमी मलाई सिद्धान्तहरूअनुसार काम गर्न दिइरहेका छैनौ भन्ने कुरा स्पष्ट हुन्छ। त्यसोभए, भविष्यमा मैले कसरी अभ्यास गर्ने?” त्यस्ता कुराहरू बोल्ने मानिसहरूको तात्पर्य यही हुन्छ। के तिनीहरूले काटछाँट स्विकारिरहेका हुन्छन्? के तिनीहरूले गल्तीहरू गरेका छन् भन्ने तथ्य स्विकार्छन्? (स्विकार्दैनन्।) के यो अभिव्यक्तिले वास्तवमा, तिनीहरू लापरवाही रूपमा दुष्कर्म कसरी गर्ने भनेरचाहिँ जान्दछन्, तर काटछाँट गर्दा र सिद्धान्तहरूअनुसार काम गर्न लगाउँदा, तिनीहरूलाई के गर्ने भन्ने नै थाहा हुँदैन र तिनीहरू अन्योलमा पर्छन् भन्ने अर्थ दिँदैन र? (दिन्छ।) त्यसोभए, तिनीहरूले पहिले कसरी कामकुरा गरे त? जब कसैले काटछाँट सामना गर्छ, तब के त्यसको अर्थ उसले सिद्धान्तहरूअनुसार काम नगरेका कारण त्यसो भएको हो भन्ने हुँदैन र? (हो।) उसले लापरवाही रूपमा दुष्कर्म गर्छ, सत्यता खोजी गर्दैन, र परमेश्वरको घरका सिद्धान्तहरू वा नियमहरूअनुसार कामकुरा गर्दैन, त्यसकारण उसलाई काटछाँट गरिन्छ। काटछाँटको उद्देश्य मानिसहरूलाई सत्यता खोजी गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम तुल्याउनु, र तिनीहरूलाई फेरि लापरवाह रूपमा दुष्कर्म गर्नबाट रोक्नु हो। तर, काटछाँट सामना गर्दा, ती मानिसहरू अब त कसरी कार्य गर्ने वा कसरी अभ्यास गर्ने थाहै हुन छोड्यो भनेर भन्छन्—के यी शब्दहरूमा आत्मज्ञानको कुनै तत्त्व छ? (छैन।) तिनीहरू आफूलाई चिन्ने वा सत्यता खोजी गर्ने कुनै अभिप्राय राख्दैनन्। बरु, तिनीहरू यस्तो आशय राख्छन्: “म आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने गर्थेँ, तर तिमीले मलाई काटछाँट गरेर मेरो सोचाइ भताभुङ्ग पाऱ्यौ र कर्तव्यप्रतिको मेरो शैली अलमल्यायौ। अहिले मेरो सोचाइ सामान्य छैन, र म पहिलेजस्तो निर्णायक वा निडर छैनँ, म त्यति साहसी छैनँ, र यो सबै काटछाँटका कारण हो। मलाई काटछाँट गरिएदेखि, मेरो हृदयमा गहिरो घाउ लागेको छ। त्यसकारण, मैले अरूलाई आफ्नो कर्तव्य पूरा गर्दा अत्यन्तै होसियार हुनुपर्छ भनेर भन्नैपर्छ। तिनीहरूले आफ्ना कमीकमजोरीहरू खुलासा गर्नु वा गल्ती गर्नु हुँदैन; तिनीहरूले गल्ती गरे भने, तिनीहरूलाई काटछाँट गरिनेछ, र त्यसपछि तिनीहरू डरपोक बन्नेछन् र तिनीहरूले आफ्नो पहिलेको जोस गुमाउनेछन्। तिनीहरूको निडर मिजास निकै निस्तेज बन्नेछ, र आफ्नो सक्दो गर्ने तिनीहरूको युवा साहस र कामना हराउनेछ, जसले गर्दा तिनीहरू दयनीय रूपमै कमजोर हुनेछन्, र आफ्नै छायासँग डराउनेछन्, र आफूले गर्ने कुनै पनि कार्य सही हुँदैन भन्ने महसुस गर्नेछन्। तिनीहरूले उप्रान्त आफ्नो हृदयमा परमेश्वरको उपस्थिति महसुस गर्नेछैनन्, र तिनीहरू उहाँबाट झन्झन् टाढा महसुस गर्नेछन्। परमेश्वरलाई गरिने प्रार्थना र पुकारसमेत प्रतिक्रियारहित जस्ता लाग्नेछन्। तिनीहरूले आफूसँग पहिलेजस्तो जीवनशक्ति, उत्साह, र प्रेमिलोपन नभएको महसुस गर्नेछन्, र आफैलाई हेयको दृष्टिले समेत हेर्न थाल्नेछन्।” के यी अनुभवी व्यक्तिले सङ्गति गरेका हार्दिक शब्दहरू हुन्? के ती साँचो हुन्? के तिनले मानिसहरूलाई सुधार वा फाइदा प्रदान गर्छन्? के यो केवल तथ्यहरू बङ्ग्याउनु होइन र? (हो, यी शब्दहरू निकै अतार्किक छन्।) तिनीहरू भन्छन्, “मेरो पाइला नपछ्याओ वा मेरो पुरानो बाटो नहिँड! अहिले तिमीहरू मलाई निकै शिष्ट व्यवहार गर्नेजस्तो देख्छौ, तर वास्तवमा त्यो काटछाँटमा परेपछि म भयभीत मात्रै छु र पहिलेजस्तो मुक्त र स्वतन्त्र छैनँ।” यी शब्दहरूले सुन्नेहरूलाई कस्तो प्रभाव पार्छन्? (तिनले मानिसहरूलाई परमेश्वरविरुद्ध अझै सतर्क तुल्याउँछन्, जसले गर्दा काटछाँटमा पर्ने डरले तिनीहरूले सतर्कतापूर्वक व्यवहार गर्छन्।) तिनले यस्तो नकारात्मक प्रभाव पार्छन्। ती कुरा सुनेपछि, मानिसहरू यसो सोच्छन्, “मलाई थाहा छ! सानो हेलचेक्र्याइँ मात्र हुनुपर्छ अनि काटछाँटमा परिहालिन्छ—यसलाई रोक्न केही गर्न सकिँदैन! परमेश्वरको घरमा कर्तव्य पूरा गर्नु किन यति गाह्रो हुन्छ? सधैँ सत्यता सिद्धान्तहरू पालना गर्नुपर्ने—यो निकै थकाइलाग्दो कुरा हो! के केवल सरल र स्थिर जीवन जिउनु नै ठीक हुँदैन र? यो त्यति ठूलो माग वा विलासी आशा त होइन, तर किन यो हासिल गर्न यति गाह्रो हुन्छ? म त मलाई काटछाँट नगरियोस् भन्ने आशा निकै गर्छु। म अत्यन्तै डरपोक व्यक्ति हुँ; सामान्यतया, जब मानिसहरू मलाई तिखो नजरले हेर्छन् र ठूलो आवाजमा बोल्छन्, तब मेरो मुटु धड्कन थाल्छ। यदि मैले साँच्चै नै काटछाँट सामना गरेँ र शब्दहरू कठोर भए, तिनले त्यसरी विश्लेषण गरे भने, मैले यो कुरा कसरी सम्हाल्न सक्थेँ होला? के यसले मलाई मानसिक तनाव दिनेथिएन र? सबैले काटछाँट राम्रो हो भनेर भन्छन्, तर त्यो कसरी हो भन्ने मलाई थाहा छैन। के त्यो व्यक्ति त्यसबाट डराएको थिएन र? यदि मलाई काटछाँट गरियो भने, मलाई पनि डर लाग्नेथियो।” के नकारात्मकता पोख्ने मानिसहरूका शब्दहरूले पैदा गर्ने प्रभाव यही होइन र? यो प्रभाव सकारात्मक छ कि नकारात्मक छ? (नकारात्मक छ।) यी नकारात्मक अभिव्यक्तिहरूले सत्यता पछ्याउन इच्छुक मानिसहरूलाई ठूलो हानि गर्न सक्छन्! त्यसोभए, मलाई भन त, बारम्बार नकारात्मकता पोख्ने र मृत्यु फैलाउने मानिसहरू शैतानका नोकरहरू हुन्? के तिनीहरू मण्डलीको काममा बाधा दिने मानिसहरू हुन्? (हुन्।)
कतिपय मानिसहरू आफ्नै विचारअनुसार काम गर्छन् र सिद्धान्तहरूविरुद्ध जान्छन्। काटछाँट गरिएपछि, तिनीहरूलाई आफूले यति धेरै मेहनत गरेर मूल्य चुकाए पनि, आफूलाई काटछाँट गरियो भन्ने लाग्छ, त्यसकारण तिनीहरूको हृदय अनाज्ञाकारिताले भरिन्छ, र तिनीहरूले खुलासा वा चिरफार स्विकार्दैनन्। तिनीहरूलाई के विश्वास लाग्छ भने, परमेश्वर अधर्मी हुनुहुन्छ र परमेश्वरको घरले तिनीहरूप्रति अन्यायपूर्ण व्यवहार गरेको छ, अर्थात् तिनीहरूजस्ता उपयोगी प्रतिभा, जो यति धेरै कष्ट सहन्छ र यति धेरै मूल्य चुकाउँछ, त्यसलाई परमेश्वरको घरले प्रशंसा गर्दैन, बरु उल्टै काटछाँटसमेत गर्छ। तिनीहरूको अनाज्ञाकारिताबाट गुनासाहरू पैदा हुन्छन्, र तिनीहरू आफ्नो नकारात्मकता पोख्छन्: “मेरो दृष्टिकोणमा, परमेश्वरमा विश्वास गर्नुभन्दा गाह्रो कुरा अरू केही छैन; केही आशिष्हरू प्राप्त गर्न र अलिकति अनुग्रहको आनन्द उठाउन पनि निकै गाह्रो छ। मैले यति उच्च मूल्य चुकाएको छु, तर एउटा मात्र कुरा नराम्ररी गरेकोमा मलाई काटछाँट गरियो। यदि मजस्तो व्यक्ति कार्यको लागि योग्य व्यक्ति होइन भने, कसरी अरू कोही त्यस्तो व्यक्ति हुन सक्छ र? के परमेश्वर धर्मी हुनुहुन्न र? म किन उनको धार्मिकता पहिचान गर्न सक्ने स्थितिमा छैनँ? परमेश्वरको धार्मिकता कसरी मानिसहरूका धारणाहरूसँग यति अमिल्दो हुन्छ?” तिनीहरू आफूले गरेका कुन-कुन कार्य सिद्धान्तहरूविपरीत छन् वा तिनीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकाश गरेका छन् भनेर चिरफार गर्दैनन्। तिनीहरूमा अलिकति पछुतो वा समर्पणको कमी मात्रै हुने होइन—तिनीहरू त खुल्लमखुल्ला आलोचना र प्रतिरोधसमेत गर्छन्। तिनीहरूले यस्तो अभिव्यक्ति दिएको सुनेपछि, धेरैजसो मानिसहरू तिनीहरूप्रति केही सहानुभूति देखाउन थाल्छन् र तिनीहरूको प्रभावमा पर्छन्: “यो साँचो हो, होइन र? तिनीहरूले परमेश्वरमा विश्वास गरेको बीस वर्ष भयो र अझै पनि तिनीहरूले यस्तो काटछाँट सामना गरिरहेका छन्। यदि बीस वर्षदेखि विश्वास गरेको व्यक्तिले त मुक्ति पाउँछ भन्ने छैन भने, हामीजस्ता मानिसहरूको त आशा झनै कम छ।” के तिनीहरू विषाक्त भएका छैनन् र? नकारात्मकता पोखिएपछि, मानिसहरूको हृदयमा बीउ रोपिएजसरी नै विष रोपिन्छ, जसले तिनीहरूको मनमा जरा गाड्छ, अनि उम्रिन्छ, फुल्छ, र फल फलाउँछ। मानिसहरूलाई थाहै नभई, तिनीहरू विषले भरिन्छन्, र तिनीहरूभित्र परमेश्वरविरुद्ध प्रतिरोध र गुनासा पैदा हुन्छन्। जब ती मानिसहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू परमेश्वरप्रति अनाज्ञाकारी बन्छन् र परमेश्वरको घरले तिनीहरूलाई जे-जसरी सम्हालेको छ त्यसमा असन्तुष्ट बन्छन्। तिनीहरू पश्चात्ताप र स्वीकारोक्तिको मनोवृत्ति अपनाउनुको सट्टा, बहस गर्छन्, औचित्य प्रस्तुत गर्छन्, र आफ्नो प्रतिरक्षा गर्छन्। तिनीहरूले कति कष्ट सहेका छन्, के काम गरेका छन्, र आफ्नो धेरै वर्षको आस्थामा के-कस्ता कर्तव्यहरू पूरा गरेका छन्, र अहिले इनामहरू प्राप्त गर्नुको सट्टा, काटछाँट सामना गरेका छन् भनेर व्यापक प्रचार गर्छन्। काटछाँटमा परेपछि तिनीहरूले आफ्नो भ्रष्टता र आफूले गरेका गल्तीहरू पहिचान गर्न नसक्ने मात्र नभई, परमेश्वरको घरले तिनीहरूप्रति गरेको व्यवहार अन्यायपूर्ण र तर्कविसङ्गत छ, तिनीहरूलाई त्यसरी व्यवहार गर्नु हुँदैन, र तिनीहरूलाई त्यसरी व्यवहार गरिन्छ भने, परमेश्वर धर्मी हुनुहुन्न भन्ने विचारसमेत फैलाउँछन्। तिनीहरूले यो नकारात्मकता पोख्नुको कारण के हो भने, तिनीहरू काटछाँट वा आफूले गल्तीहरू गरेको तथ्य स्विकार्न सक्दैनन्, झन् तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र मण्डलीको काममा हानि गरेको तथ्य स्विकार्नु वा मान्नु त परै जाओस्। तिनीहरू के विश्वास गर्छन् भने तिनीहरूले सही काम गरे र तिनीहरूलाई काटछाँट गर्नु परमेश्वरको घरले गरेको गल्ती हो। नकारात्मकता पोखेर, तिनीहरूले मानिसहरूलाई परमेश्वरको घरले मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्छ भनेर भन्न चाहन्छन्: कसैले गल्ती गरेपछि, परमेश्वरको घरले यसलाई तिनीहरूविरुद्ध हतियारका रूपमा प्रयोग गर्नेछ, यो समस्यालाई लिएर तिनीहरूलाई निर्दयी रूपमा काटछाँट गर्नेछ, यहाँसम्म कि तिनीहरू आज्ञाकारी बन्छन् र तिनीहरूले कुनै योगदान दिएका छैनन् भन्ने सोच्छन्, र तिनीहरूलाई उप्रान्त आदर्श मान्ने कोही हुँदैन, तिनीहरू उप्रान्त आफूलाई सम्मान गर्दैनन्, र उप्रान्त परमेश्वरसँग इनाम माग्ने आँट गर्दैनन्—तब मात्रै परमेश्वरको घरले आफ्नो उद्देश्य हासिल गरेको हुनेछ। यो नकारात्मकता पोख्नुपछाडि रहेको तिनीहरूको उद्देश्य अझै धेरै मानिसहरूलाई तिनीहरूको प्रतिरक्षामा ल्याउनु, अझै धेरै मानिसहरूलाई “मामलाको सत्यता” बुझ्न लगाउनु र तिनीहरूले परमेश्वरमा विश्वास गरेको कैयौँ वर्षको अवधिमा कति धेरै कष्ट सहेका छन्, तिनीहरूको योगदान कति महत्त्वपूर्ण रहेका छन् र तिनीहरू कति योग्य छन्, र तिनीहरू कति अनुभवी विश्वासी हुन् भनेर देखाउनु हो। यसमार्फत, तिनीहरूले अरूहरूलाई परमेश्वरको घरका नियमहरू र परमेश्वरको घरले तिनीहरूलाई गरेको काटछाँटविरुद्ध आफ्नो पक्षमा उभिन लगाउन चाहन्छन्। के यो मानिसहरूलाई आफूतिर तान्ने प्रकृति होइन र? (हो।) यसरी नकारात्मकता पोख्नुपछाडि तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई आफूतिर तान्नु र बहकाउनु हो, र तिनीहरूले आफ्नो आक्रोश पोख्न मण्डलीको काममा बाधा दिन्छन्। तिनीहरूले आफ्नो नकारात्मकता पोखेपछि मानिसहरूमा यसले अन्ततः जस्तोसुकै असर गरे पनि, यसको प्रभाव र परिणाम भनेको मानिसहरू बहकाइन्छ र बाधा दिइन्छ, तिनीहरूलाई हानि पुग्छ। यो ज्ञानवर्धक हुँदैन। यसको प्रभाव नकारात्मक नै हुन्छ।
जब मानिसहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूले पोख्ने नकारात्मकताहरू आधारभूत रूपमा यिनै हुन्। तिनीहरूले काटछाँट स्विकार्न सक्दैनन् र तिनीहरू हृदयमा असन्तुष्ट र अनाज्ञाकारी हुन्छन्, यसलाई परमेश्वरबाट स्विकार्न सक्दैनन्। तिनीहरूको पहिलो प्रतिक्रिया तिनीहरूले के गलत गरे, तिनीहरूको कार्य सिद्धान्तहरूअनुरूप थियो कि थिएन, परमेश्वरको घरले तिनीहरूलाई किन काटछाँट गर्यो, र तिनीहरूलाई यस्तो व्यवहार गरिनुको कारण व्यक्तिगत आक्रोश थियो कि यो निष्पक्ष र उचित कुरा थियो भनेर हेर्नका लागि काटछाँटबारे सत्यता खोजी गर्नु र आत्मचिन्तन गर्नु, आफूलाई चिन्नु, र चिरफार गर्नु हुँदैन। तिनीहरूको पहिलो प्रतिक्रिया यी कुराहरूको खोजी गर्नु हुँदैन—बरु, काटछाँटको विरोध गर्न आफ्नो योग्यता, आफूले सहेका कष्ट, र आफ्नो अर्पणमा भर पर्नु हुन्छ। त्यसो गर्दा, तिनीहरूको हृदयमा पैदा हुने हरकुरा नकारात्मक हुन्छ, र कुनै पनि कुरा सकारात्मक हुँदैन। त्यसकारण, काटछाँटमा परेपछि तिनीहरूले आफ्नो भावना र बुझाइबारे सङ्गति गर्दा, तिनीहरूले निश्चय नै नकारात्मकता पोखिरहेका र धारणाहरू फैलाइरहेका हुन्छन्। नकारात्मकता पोख्ने र धारणाहरू फैलाउने कार्यलाई तुरुन्तै रोक्नु र प्रतिबन्धित गर्नुपर्छ, यसलाई आड दिने र बेवास्ता गर्ने गर्नु हुँदैन। यी नकारात्मक कुराहरूले हरेक व्यक्तिको जीवन प्रवेशमा व्यवधान, बाधा, र क्षय पुर्याउँछन्, र तिनले सकारात्मक भूमिका खेल्न सक्दैनन्, झन् तिनले परमेश्वरप्रतिको मानिसहरूको बफादारी वा तिनीहरूको कर्तव्यको निष्ठापूर्वक निर्वाहलाई प्रेरित त झनै गर्दैनन्। त्यसकारण, जब त्यस्ता मानिसहरूले नकारात्मकता पोख्छन्, तब तिनीहरूले मण्डली जीवनमा बाधा दिइरहेका हुन्छन् र तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ।
३. आफ्नो प्रतिष्ठा, हैसियत, र हितहरूमा हानि हुँदा नकारात्मकता पोख्नु
बर्खास्त भएपछि वा काटछाँटमा परेपछि नकारात्मकता पोख्नेबाहेक, मानिसहरूले अरू कुन-कुन परिस्थितिहरूमा नकारात्मकता पोख्छन्? (जब मानिसहरूका हितहरूमा हानि हुन्छ र तिनीहरूले घाटा भोगेको महसुस गर्छन्।) (कतिपय मानिसहरूले तिनीहरूको कर्तव्य धेरै वर्षदेखि पूरा गरेका हुन्छन्, तर जब तिनीहरू बिरामी हुन्छन् वा तिनीहरूको परिवारमा आपत् आइपर्छ, तब तिनीहरू “मैले यति धेरै वर्ष परमेश्वरमा विश्वास गरेर के प्राप्त गरेको छु र?” भनेर भन्ने गर्छन्।) नकारात्मक मानिसहरूको सामान्य “थेगो” भनेकै “मैले के प्राप्त गरेको छु र?” भन्ने हुन्छ। अरू के-कस्ता परिस्थितिहरू छन्? (कतिपय मानिसहरूले आफ्नो कर्तव्यमा नतिजाहरू हासिल गर्न नसक्ने मात्र नभई, तिनीहरू प्राय गल्ती पनि गरिरहन्छन्, त्यसकारण तिनीहरू भन्छन्, “परमेश्वरले किन अरूलाई अन्तर्दृष्टि दिनुहुन्छ तर मलाई दिनुहुन्न? परमेश्वरले किन तिनीहरूलाई यति असल क्षमता दिनुभयो जबकि मेरो क्षमताचाहिँ यति कमजोर छ?” तिनीहरूले आफ्नै समस्याहरूबारे चिन्तन गर्नुको सट्टा, परमेश्वरले तिनीहरूलाई अन्तर्दृष्टि वा मार्गदर्शन प्रदान गर्नुभएको छैन भन्दै जिम्मेवारी परमेश्वरलाई नै थोपरिदिन्छन्, अनि त्यसपछि परमेश्वरबारे गुनासो गरिरहन्छन्।) तिनीहरू परमेश्वर अन्यायपूर्ण हुनुहुन्छ भनेर दाबी गरिरहन्छन्, र उहाँले अरूलाई अन्तर्दृष्टि र अनुग्रह प्रदान गर्नुहुन्छ तर किन तिनीहरूलाईचाहिँ दिनुहुन्न भनेर सोधिरहन्छन्, र तिनीहरूले किन तिनीहरूका कर्तव्यमा नतिजाहरू हासिल गर्दैनन् भनेर गनगन गरिरहन्छन्—तिनीहरूले गुनासो गरिरहेका हुन्छन्। तिमीहरूले प्रदान गरेका उदाहरणहरू राम्रा छन्। अरू केही छ कि? (कतिपय मानिसहरू तिनीहरूका कर्तव्य समायोजन हुँदा आक्रोशले भरिन्छन्, तिनीहरू किन यस्तो भयो भनेर प्रश्न गर्छन्, र अगुवाहरू र कामदारहरूले तिनीहरूलाई निसाना बनाइरहेका छन् र तिनीहरूका लागि परिस्थिति कठिन बनाइरहेका छन् भन्ने शङ्का गर्छन्।) के तिनीहरूलाई परमेश्वरको घरले तिनीहरूलाई हेयको दृष्टिले हेर्छ भन्ने लाग्छ? (लाग्छ।) वास्तविक काम नगर्ने कतिपय मानिसहरूलाई बर्खास्त गरिन्छ र हटाइन्छ, अनि तिनीहरूलाई तिनीहरूको प्रतिष्ठा र हैसियतमा क्षति भएको छ भन्ने लाग्छ। आफ्नो असन्तुष्टि पोख्न, तिनीहरू सधैँ गोप्य रूपमा गनगन गरिरहेका हुन्छन्: “मैले परमेश्वरमा विश्वास गरेको त्यति धेरै समय भएको छैन, मेरो बुझ्ने क्षमता असल छैन, र मेरो क्षमता कमजोर छ। म अरूको स्तरमा पुगेको छैनँ। यदि तिनीहरूले म सक्षम छैनँ भनेर भन्छन् भने, म पक्कै सक्षम छैनँ!” झट्ट हेर्दा, तिनीहरूले आफ्ना कमीकमजोरी स्विकारिरहेका छन् जस्तो देखिन्छ, तर वास्तवमा, तिनीहरू तिनीहरूले गुमाएका फाइदाहरू प्राप्त गर्ने प्रयास गरिरहेका हुन्छन्, र मानिसहरूको सहानुभूति पाउन र तिनीहरूलाई परमेश्वरको घर अन्यायपूर्ण छ भन्ने महसुस गराउन निरन्तर गनगन गरिरहेका, कुराहरू भनिरहेका हुन्छन्। तिनीहरूको हितमा हानि हुनेबित्तिकै, तिनीहरू अनिच्छुक बन्छन्, र सधैँ आफ्नो घाटा भरपाई गर्ने र क्षतिपूर्ति पाउने आशा गर्छन्। यदि तिनीहरूले त्यसो गर्न सकेनन् भने, तिनीहरूले परमेश्वरमाथिको आस्था गुमाउँछन् र त्यसउप्रान्त तिनीहरूलाई उहाँमा कसरी विश्वास गर्ने भन्ने नै थाहा हुँदैन, अनि तिनीहरू यस्ता कुराहरू भन्छन्, “म त सोच्थेँ, परमेश्वरमा विश्वास गर्नु ठूलो कुरा हो, र मण्डलीमा अगुवा वा कामदारका रूपमा काम गर्दा अवश्य नै ठूला आशिष्हरू प्राप्त हुनेछन्। मैले मलाई बर्खास्त गरिनेछ र हटाइनेछ, र अरूले मलाई इन्कार गर्नेछन् भनेर कहिल्यै सोचेको थिइनँ। परमेश्वरको घरमा यस्तो घटना पनि घट्न सक्छ! परमेश्वरमा विश्वास गर्ने सबैजना असल व्यक्ति नै हुन्छन् भन्ने हुन्न रहेछ, र परमेश्वरको घरले गर्ने हरकुराले परमेश्वर वा इन्साफ प्रतिनिधित्व गर्छ नै भन्ने पनि हुन्न रहेछ।” यस्ता अभिव्यक्तिहरूको प्रकृति के हो? तिनीहरूका शब्दहरूले, प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा आक्रमण व्यक्त गर्छन्। तिनले आलोचना र प्रतिरोध व्यक्त गर्छन्। सतहमा, तिनीहरूले निश्चित अगुवा वा मण्डलीलाई लक्षित गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा हृदयभित्र तिनीहरूले यी शब्दहरू परमेश्वर, उहाँका वचनहरू, र उहाँको घरका प्रशासनिक आदेश र नियमहरूप्रति लक्षित गरिरहेका हुन्छन्। तिनीहरूले विशुद्ध रूपमा आफ्नो आक्रोश पोखिरहेका हुन्छन्। तिनीहरूले किन आक्रोश पोखिरहेका हुन्छन्? तिनीहरूलाई घाटा भएको अनुभूति हुन्छ; तिनीहरूलाई हृदयमा अन्याय र असन्तुष्टि महसुस हुन्छ, र तिनीहरू याचना गर्न र क्षतिपूर्ति प्राप्त गर्न चाहन्छन्। त्यस्ता मानिसहरूले पोख्ने नकारात्मकताले धेरैजसो मानिसहरूलाई त्यति ठूलो खतरा त पुर्याउँदैन, तैपनि यी फोहोर शब्दहरू मानिसहरूको मनमा मध्यम बाधाहरू पैदा गराउने झिजो लाग्दा झिँगा वा उडुसहरूजस्तै हुन्छन्। यी शब्दहरू सुन्दा धेरैजसो मानिसहरूलाई विकर्षण र वितृष्णा लाग्छ, तर यस्ता मानिसहरूको जस्तै उही स्वभाव, सार, र झुकाव भएका, यी मानिसहरूको जस्तै फोहोरी गुण भएका, र यी मानिसहरूको बहकाउ र बाधामा पर्ने व्यक्तिहरू पनि अपरिहार्य रूपमा नै हुनेछन्। यो अपरिहार्य कुरा नै हो। अझ के भने, सुझबुझ नभएका सानो कदका मानिसहरूलाई पनि यी नकारात्मक टिप्पणीहरूले बाधा दिन सक्छन्, र परमेश्वरमाथिको तिनीहरूको आस्थामा असर पर्न सक्छ। परमेश्वरमाथिको विश्वास केका लागि हो भन्ने कुरा नै यी मानिसहरूलाई थाहा भइसकेको हुँदैन, र तिनीहरू दर्शनहरूका सत्यताहरूबारे पनि स्पष्ट हुँदैनन्, र सत्यता बुझ्ने तिनीहरूको क्षमता पनि कमजोर हुन्छ। जब तिनीहरूले यी नकारात्मक अभिव्यक्तिहरू सुन्छन्, तब तिनीहरूले अनजानमै यी कुराहरू आत्मसात् गर्ने, र फलस्वरूप यी कुराहरूको प्रभाव भोग्ने सम्भावना अत्यधिक हुन्छ। यी शब्दहरू विष हुन्। तिनलाई सहजै मानिसहरूको हृदयमा रोप्न सकिन्छ। कसैले यी नकारात्मक टिप्पणीहरू स्विकारेपछि, तिनीहरूलाई जब परमेश्वरको घरले कर्तव्य पूरा गर्न लगाउँछ, तब तिनीहरू उदासीन प्रतिक्रिया दिन्छन्। जब कुनै कार्यमा परमेश्वरको घरले तिनीहरूको सहकार्य माग्छ, तब तिनीहरू उत्साहरहित हुन्छन्। तिनीहरूलाई मन लाग्यो भने मात्रै तिनीहरूले त्यो काम लिनेछन्; अन्यथा, तिनीहरूले सधैँ सबै किसिमका कारण र बहानाहरू बनाएर त्यो काम लिनेछैनन्। तिनीहरूले ती नकारात्मक टिप्पणीहरू सुन्नुभन्दा पहिले, परमेश्वरमाथिको तिनीहरूको विश्वासमा निष्कपटता हुन्थ्यो, र तिनीहरूले आफ्ना कर्तव्य पूरा गर्दा सकारात्मक र सक्रिय मनोवृत्ति राख्थे। तर ती नकारात्मक टिप्पणीहरू सुनेपछि, तिनीहरू उदासीन बन्छन्, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूप्रति पनि कठोर बन्छन्। तिनीहरू उनीहरूप्रति सतर्क हुन्छन्। जब मण्डलीले तिनीहरूलाई कर्तव्य पूरा गर्ने प्रबन्ध गर्छ, तब तिनीहरू यसबाट पछि हट्ने र बारम्बार यसलाई पर धकेल्ने गरिरहन्छन्, र ठूलो निष्क्रियता देखाउँछन्। पहिले, तिनीहरू नियमित रूपमै भेलाहरूमा सहभागी हुन्थे, तर ती टिप्पणीहरू सुनेपछि, तिनीहरूको सहभागिता घट्छ—तिनीहरू राम्रो मुडमा हुँदा आउँछन्, तर नहुँदा आउँदैनन्। यदि घरमा कुनै अप्रिय घटना घट्यो भने, तिनीहरूले कुनै आपत् आइपर्न सक्छ भन्ने चिन्ता गर्छन्, र त्यसकारण तिनीहरू थप भेलाहरूमा सहभागी हुन्छन् र परमेश्वरका थप वचनहरू पढ्छन्। यदि तिनीहरू परमेश्वरका वचनहरू पढिसकेपछि उत्साहित, खुसी, र उत्प्रेरित भए भने, तिनीहरू केही पैसासमेत चढाउँछन्। तर घरमा स्थिति शान्त भएपछि, तिनीहरू फेरि पनि भेलाहरूमा सहभागिता जनाउन छोड्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मद्दत गर्ने आशामा तिनीहरूसँग सङ्गति गर्ने प्रयास गर्छन्, तब तिनीहरू इन्कार्ने बहाना खोज्छन्; अनि जब दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूका घरमा जान्छन्, तब तिनीहरू स्पष्टता घरमै हुँदा पनि ढोका खोल्दैनन्। यहाँ के भइरहेको हुन्छ? तिनीहरू ती नकारात्मक टिप्पणीहरूद्वारा प्रभावित भएका हुन्छन्—तिनीहरूलाई विष लागिसकेको हुन्छ र तिनीहरू परमेश्वरका विश्वासीहरू भर पर्न नसकिने मानिसहरू हुन् भन्ने विश्वास गर्छन्। सुरुमा, तिनीहरूले यी मानिसहरूलाई निकै धेरै भरोसा गर्थे, र परमेश्वरका वचनहरू पढ्दा यस्तो सोच्थे, “यी परमेश्वरका वचनहरू हुन्, यी मानिसहरू मेरा दाजुभाइ-दिदीबहिनीहरू हुन्, यो परमेश्वरको घर हो—आहा, कति अद्भुत!” तर केही निश्चित मानिसहरूले फैलाएका नकारात्मक टिप्पणीहरू सुनेपछि, तिनीहरू परिवर्तन भए। के तिनीहरूलाई प्रभावित पारिएको छैन र? के तिनीहरूको जीवन प्रवेशमा क्षति भएको छैन र? (छ।) तिनीहरूलाई कसले प्रभाव पारेको हो? नकारात्मकता पोख्ने मानिसहरूले, ती टिप्पणीहरू गर्ने मानिसहरूले। यदि कसैले अझै पनि साँचो मार्गमा ठोस जग बसालेको छैन वा उसले परमेश्वरका वचनहरू खाएको र पिएको छैन जसले गर्दा उसले सत्यता बुझेको होस् भने, उसलाई सजिलै नकारात्मक कामकुराहरूले प्रभाव पार्न सक्छ। अनि विशेष गरी, सत्यता बुझ्ने क्षमता नहुने, तर प्रचलनहरू हेर्ने, परिस्थितिहरू अवलोकन गर्ने, र सतही घटनाहरू हेर्ने मानिसहरू—तिनीहरू नकारात्मक शब्दहरूद्वारा अझ सजिलै बहकिन्छन्। विशेष गरी जब तिनीहरूले “परमेश्वरको घर निष्पक्ष हुन्छ नै भन्ने छैन, र परमेश्वरको घरले गर्ने सबै कुरा सकारात्मक हुन्छ नै भन्ने छैन” भन्नेजस्ता भ्रमहरू कसैले बोलेको सुन्छन्, तब तिनीहरूको सतर्कता झनै बढ्छ। सत्यताअनुरूपको अभिव्यक्ति सदैव तत्परताका साथ स्विकारिँदैनन्, तर नकारात्मक अभिव्यक्ति, हास्यास्पद अभिव्यक्ति, सत्यतासँग बाझिने अभिव्यक्ति—यी कुराले मानिसहरूको हृदयमा सहजै जरा गाड्न सक्छन्, र यिनलाई हटाउन सजिलो छैन। मानिसहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ तर भ्रमहरू स्विकार्न अत्यन्तै सजिलो हुन्छ!
खराब मानवता भएका कतिपय मानिसहरू आफ्नो प्रतिष्ठा, ख्याति, देहगत आनन्द, अनि व्यक्तिगत सम्पत्ति र हितहरूलाई ठूलो महत्त्व दिन्छन्। जब तिनीहरूको प्रतिष्ठा, हैसियत, र प्रत्यक्ष हितहरूमा घाटा हुन्छ, तब तिनीहरूले यसलाई परमेश्वरबाट स्विकार्दैनन्, वा परमेश्वरले तिनीहरूको लागि खडा गर्नुभएको वातावरण स्विकार्दैनन्, र तिनीहरूले यी कुराहरू त्याग्न र तिनीहरूको व्यक्तिगत लाभ र घाटालाई बेवास्ता गर्न सक्दैनन्। बरु, तिनीहरू तिनीहरूको असन्तुष्टि र अनाज्ञाकारिता पोख्न, र आफ्ना नकारात्मक संवेगहरू पोख्न विभिन्न अवसरहरू प्रयोग गर्छन्, जसको नतिजास्वरूप कतिपय मानिसहरूले अत्यन्तै धेरै कष्ट भोग्छन्। त्यसकारण, जब त्यस्ता मानिसहरूले नकारात्मकता पोख्छन्, तब मण्डली अगुवाहरूले सुरुमा तुरुन्तै परिस्थिति बुझ्नुपर्छ, र ती मानिसहरूलाई समयमै रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। अवश्य नै, मण्डली अगुवाहरूले सक्रिय रूपमा ती मानिसहरूलाई खुलासा पनि गर्नुपर्छ, र तिनीहरूलाई कसरी खुट्ट्याउने, र तिनीहरूले किन यी नकारात्मक र हास्यास्पद कुराहरू बोल्छन्, साथै आफूलाई तिनीहरूद्वारा बहकाउमा पर्न र गम्भीर रूपमा हानि गरिनबाट रोक्न यी शब्दहरूलाई कसरी लिने र खुट्ट्याउने भन्नेबारेमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नुपर्छ। त्यस्ता मानिसहरूलाई खुट्ट्याउन र चिरफार गर्न सक्नु अत्यावश्यक हुन्छ, र यसरी तिनीहरूबाट टाढा बस्नु र तिनीहरूलाई इन्कार्नु, र उप्रान्त तिनीहरूको बहकाउमा नपर्नु अत्यावश्यक हुन्छ। मण्डली अगुवाहरूले गर्नुपर्ने काम यही हो। अवश्य नै, यदि साधारण दाजुभाइ-दिदीबहिनीहरूले त्यस्ता मानिसहरू पत्ता लगाउँछन् र तिनीहरूको मानवताको सार खुट्ट्याउँछन् भने, तिनीहरू पनि त्यस्ता मानिसहरूबाट टाढा बस्नुपर्छ। यदि तँसँग तिनीहरूलाई प्रतिरोध गर्ने, वा तिनीहरूलाई साथ, सहयोग दिएर परिवर्तन गर्ने पर्याप्त क्षमता वा कद छैन, र तँलाई तँ तिनीहरूको नकारात्मक टिप्पणी र तिनीहरूको असन्तुष्टि र अनाज्ञाकारिताका शब्दहरू सहन सक्दैनस् जस्तो लाग्छ भने, सबैभन्दा राम्रो तरिका भनेको टाढा बस्नु नै हो। यदि तँलाई तँ अत्यन्तै दह्रिलो छस्, तँसँग केही कद छ, र तैँले सुझबुझ अभ्यास गर्न सक्छस् र अरूले जे भने पनि तँलाई त्यसले असर गर्दैन, तिनीहरूले जति नै गम्भीर नकारात्मकता पोखे पनि, यसले परमेश्वरमाथिको तेरो आस्था परिवर्तन गर्नेछैन, तैँले त्यस्ता मानिसहरूलाई खुट्ट्याउन सक्छस्, र तिनीहरूले नकारात्मकता पोख्दा तैँले तिनीहरूलाई खुलासा गर्न र रोक्न पनि सक्छस् भन्ने लाग्छ भने—तँ त्यस्ता मानिसहरूबाट तर्किनु वा तिनीहरूप्रति सतर्क हुनुपर्दैन। तर यदि तँलाई तँसँग त्यस्तो कद छैन भन्ने लाग्छ भने, त्यस्ता मानिसहरूसँग व्यवहार गर्ने तरिका र सिद्धान्त भनेको तिनीहरूबाट टाढा बस्नु नै हो। के यो कुरा हासिल गर्न सजिलो छ? (छ।) कतिपय मानिसहरू यसो भन्छन्, “के म तिनीहरूलाई सहन, झेल्न, र क्षमा दिन सक्छु?” त्यो पनि ठीकै छ, र त्यो गलत होइन, तर त्यो सबैभन्दा महत्त्वपूर्ण वा सर्वोत्तम अभ्यास होइन। मानौँ तँ तिनीहरूलाई सहन्छस्, झेल्छस्, र गल्ती गर्न दिन्छस्, र अन्त्यमा, तँ तिनीहरूको बहकाउमा पर्छस् र तिनीहरूको पक्षमा तानिन्छस्। अनि मानौँ परमेश्वरको घरले तँलाई जसरी आपूर्ति र साथ दिए पनि, तँलाई त्यो महसुस हुँदैन; वा जब तैँले परमेश्वरका वचनहरू पढ्छस्, तब तँ प्रायजसो तिनीहरूका विचार र टिप्पणीहरूद्वारा प्रभावित हुन्छस्, र तिनीहरूले भनेको कुनै कुराबारे सोच्नेबित्तिकै, तेरो मनमा असर पर्छ, र तँ पढ्न जारी राख्न सक्दैनस्। अनि जब दाजुभाइ-दिदीबहिनीहरूले सत्यताप्रतिको आफ्नो बुझाइबारे सङ्गति गर्छन्—विशेष गरी जब तिनीहरूले त्यस्ता मानिसहरूको टिप्पणीहरू खुट्ट्याउनेबारे सङ्गति गर्छन्—तब फेरि पनि तिनीहरूको शब्दहरूद्वारा तँ बहकिन्छस् र प्रभावित हुन्छस्, जसले गर्दा तेरो मन अन्योलमा पर्छ। यदि त्यसो हुन्छ भने, तँ त्यस्ता मानिसहरूबाट टाढा बस्नुपर्छ। तेरो सहिष्णुता र सहनशीलता प्रभावकारी हुनेछैन, र त्यस्ता मानिसहरूविरुद्ध प्रतिरक्षा गर्ने सर्वोत्तम तरिका त्यो होइन। मानौँ तेरो सहिष्णुता र सहनशीलता देखावटी, बाहिरी व्यवहार होइन, बरु तँसँग यस्ता मानिसहरू सामना गर्नका लागि पर्याप्त कद वास्तवमै छ। तिनीहरूले जे भने पनि, तैँले मुख नखोले पनि, तैँले हृदयमा तिनीहरूलाई खुट्ट्याउन सक्छस्; तैँले तिनीहरूप्रति सहनशीलता अभ्यास गर्न र तिनीहरूलाई बेवास्ता गर्न सक्छस्, र तिनीहरूले परमेश्वरबारे गलतफहमी र गुनासो गर्ने कुनै पनि नकारात्मक शब्दहरूले परमेश्वरमाथिको तेरो आस्थामा अलिकति पनि असर पार्दैन, र यसले कर्तव्य पूरा गर्दा तेरो बफादारी वा परमेश्वरप्रतिको तेरो समर्पणमा पनि असर पार्दैन। त्यस्तो अवस्थामा, तैँले तिनीहरूलाई सहन र झेल्न सक्छस्। सहिष्णुता र सहनशीलता अभ्यास गर्ने सिद्धान्त के हो? हानिमा नपर्नु। तिनीहरूलाई बेवास्ता गर्, तिनीहरूलाई जे मन लाग्यो त्यही बोल्न दे—आखिर, त्यस्ता मानिसहरू समस्या पैदा गर्ने अनुचित मानिसहरू मात्रै हुन्, र तिनीहरू लाजमर्दो रूपमा जिद्दी मात्रै हुन्छन्। तैँले तिनीहरूसँग चाहे जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्विकार्नेछैनन्; तिनीहरू दियाबलस र शैतानहरूका हुन्, र तिनीहरूसँग सङ्गति गर्नु व्यर्थ हुन्छ। त्यसकारण, परमेश्वरको घरले तिनीहरूलाई सफाइ गरी हटाउनु र निराकरण गर्नुभन्दा पहिले, यदि तँसँग हानिमा नपरी तिनीहरूलाई सहन र झेल्न सक्ने कद छ भने, त्यो नै सबैभन्दा राम्रो कुरा हो। के तिमीहरूले सामान्यतया सहनशीलता देखाउने र झेल्ने यो सिद्धान्त अपनाउँछौ? तिमीहरू हरप्रकारका मानिसहरूलाई सहन्छौ, तर कहिलेकहीँ तिमीहरू सावधान हुँदैनौ र अलिक भ्रममा पर्छौ; पछि तिमीहरूलाई यसबारे थाहा हुन्छ, परमेश्वरप्रति ऋणी महसुस हुन्छ, केही दिनसम्म प्रार्थना गर्छौ, र आफ्नो स्थिति सुल्ट्याउँछौ, र तिमीहरू परमेश्वरको नजिक आउँछौ। धेरैजसो समय, तिमीहरूले त्यस्ता मानिसहरू असल हुँदैनन्, र तिनीहरू दियाबलसहरूका हुन् भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छौ। तैँले तिनीहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सके पनि, तँ भित्री रूपमा तिनीहरूबाट टाढा र विकर्षित हुन्छस्। तिनीहरूले चाहे जे भने पनि वा जस्तोसुकै नकारात्मक टिप्पणी र दृष्टिकोणहरू व्यक्त गरे पनि, तैँले यसलाई बेवास्ता गर्दै नसुनेजस्तो गर्छस्, र सोच्छस्, “जे मन लाग्यो त्यही भन। म तिमीलाई खुट्ट्याउन सक्छु। म बस तिमीजस्तो मानिसहरूसँग सङ्गत नै गर्दिनँ।” के त्यस्ता मामलाहरू सम्हाल्दा धेरैजसो समय तिमीहरूले पालना गर्ने सिद्धान्त यही हो? यो हासिल गर्नु पनि नराम्रो होइन; यो सजिलो छैन र यसका लागि केही सत्यताहरू बुझ्नु र निश्चित कद हुनु आवश्यक हुन्छ। यदि तँसँग यो स्तरको कदसमेत छैन भने, तँ दृढ रहन सक्नेछैनस्, र तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछैनस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।