अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१६) खण्ड पाँच
सत्यता नबुझ्नेहरूले सर्वप्रथम त तिनीहरूसँग धारणाहरू हुँदा तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ भन्ने कुरा याद गर्नुपर्छ। तिनीहरूले ती धारणाहरू कहिल्यै फैलाउनु हुँदैन वा लापरवाही रूपमा बोल्दै यसो भन्नु हुँदैन, “मसँग वाक् स्वतन्त्रता छ। आखिर यो मेरो आफ्नै मुख हो; म आफूले चाहेको कुरा, आफूले चाहेको व्यक्तिलाई, र आफूले चाहेको जुनसुकै वातावरणमा बताउन सक्छु।” यसरी बोल्नु गलत कुरा हो। कतिपय असल वा सही शब्दहरू बोल्दा त्यसबाट अरूलाई फाइदा पुग्छ नै भन्ने हुँदैन, अनि जुन शब्दहरू धारणाहरू वा शैतानका परीक्षाहरू हुन्, ती शब्दहरू बोलिँदा तिनले असीम परिणामहरू ल्याउन सक्छन्। ती परिणामहरूका आधारमा हेर्दा, यदि तँसँग धारणा छ र तँ त्यसलाई व्यक्त गर्न जिद कस्छस्, र त्यसो गर्दा तँलाई राम्रो लाग्छ र त्यसले तँलाई खुसी पार्छ भन्ने तँलाई लाग्छ भने, तेरा कार्यहरूलाई दुष्ट कार्यहरूका रूपमा चित्रण गरिनुपर्नेछ, र परमेश्वरले तेरो विरुद्ध ती कुराहरू अभिलेख गर्नुहुनेछ। ती कुराहरू किन तेरो विरुद्ध अभिलेख गरिनेछन्? तँलाई अभ्यासका धेरै सकारात्मक विधि, मार्ग, र सिद्धान्तहरू बताइएको छ, तर तैँले ती छनौट गरिनस्; बरु, तैँले मानिसहरूलाई हानि गर्ने मार्ग छनौट गरिस्—यो जानीजानी गरिएको थियो, होइन र? त्यसोभए, के तेरा कार्यहरूलाई दुष्ट कार्यहरू भन्नु बढी हुन्छ त? (हुँदैन।) अरूलाई बाधा दिन र बहकाउन आफ्ना धारणाहरू बाहिर ल्याउनुभन्दा पनि तैँले अनुभवद्वारा र परमेश्वरलाई प्रार्थना गरेर अनि खोजी गरेर, यो समस्या आफै समाधान गर्ने निर्णय गर्न सक्छस्। विवेक र समझ भएको व्यक्तिले छनौट गर्नुपर्ने मार्ग यही हो। त्यसोभए तँ किन यो मार्ग छनौट गर्दैनस्? किन अरूलाई हानि गर्ने र चोट पुर्याउने मार्ग छनौट गर्छस्? के शैतानले यही गर्दैन र? दुष्ट मानिसहरूले अरूलाई र आफूलाई हानि गर्ने कुराहरू गर्छन्। यदि तँ पनि त्यस्ता कुराहरू गर्छस् भने, के परमेश्वरले यसलाई घृणा गर्नुहुन्छ? (हुन्छ।) परमेश्वरले तेरा धारणाहरूलाई निन्दा नगर्नुभए पनि, तैँले आफ्ना धारणाहरू समाधान गर्न आफै सत्यता खोजी गर्नुपर्छ र तँसँग सत्यता अभ्यास गर्ने मार्ग हुनुपर्छ। यदि धारणाहरू निराकरण गर्ने तेरो तरिका अरूलाई जानीजानी बहकाउन र हानि गर्न, मण्डली जीवन र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र सामान्य स्थिति बिथोल्न ती धारणाहरू फैलाउनु हो भने, तेरा कार्यहरू दुष्ट कार्यहरू हुन्। यस्तो परिस्थिति सामना गर्दा, व्यक्तिले के छनौट गर्नुपर्छ? सत्यता पछ्याउने मानवता भएको व्यक्तिले अरूलाई बहकाउने र हानि गर्ने मार्ग छनौट गर्नेछैन; उसले सक्रिय, सकारात्मक सिद्धान्तहरू अभ्यास र पालना गर्ने छनौट गर्नेछ, अनि प्रार्थना गर्न र सत्यता खोजी गर्न परमेश्वरअघि आउनेछ, र समस्या समाधान गर्न परमेश्वरलाई मद्दत गर्न अनुरोध गर्नेछ। कतिपयले भन्छन्, “जब म परमेश्वरलाई मद्दत माग्छु, तब मलाई सधैँ उहाँको मद्दत अमूर्त र अदृश्य छ भन्ने लाग्छ। के मैले यसको सट्टा मानिसहरूको मद्दत खोज्ने छनौट गर्न सक्छु?” सक्छस्, तैँले अझै धेरै सत्यता बुझ्ने र तँ भन्दा बढी कद भएको व्यक्ति, तेरो धारणाहरूको बाधा र प्रभावमा परेर कमजोर नबनी तेरो समस्या समाधान गर्न सक्छ भन्ने तैँले विश्वास गरेको व्यक्ति, यस्तै समस्याहरू अनुभव गरेको र तिनलाई कसरी समाधान गर्ने भनेर बताउन सक्ने व्यक्ति रोज्न सक्छस्—यो मार्ग पनि उचित हुन्छ। यदि तैँले सामान्यतया निकै अलमल्ल हुने र कुनै कुरा छर्लङ्ग देख्न नसक्ने व्यक्ति रोज्छस् र, यो मामलाबारे सुनेपछि, उसले तुरुन्तै खैलाबैला मच्चाउँछ, र जताततै धारणाहरू फैलाउन र बाधाहरू पैदा गर्न चाहन्छ, र विश्वास गर्न छोड्न चाहन्छ भने—तेरा कार्यले अनजानमा मण्डली जीवनमा बाधा दिएका हुनेछन्। त्यसपछि के तेरा कार्यहरू दुष्ट कार्यहरूका रूपमा चित्रित हुनेछैनन् र? (हुनेछन्।) त्यसकारण, जब धारणाहरू कसरी सम्हाल्ने भन्ने कुरा आउँछ, तब तँ होसियार र सतर्क हुनुपर्छ, तैँले अलमल्ल वा आवेगपूर्ण तरिकाले व्यवहार गर्नु हुँदैन, र तैँले धारणाहरूलाई सत्यताका रूपमा किमार्थ लिनु हुँदैन—मानव विचारहरू चाहे जति नै सही भए पनि, ती सत्यता होइनन्। यस्तो तरिका अपनाउँदा, तँलाई निकै शान्ति हुनेछ, र तेरा धारणाहरूले कुनै समस्या पैदा गर्न सक्नेछैनन्। धारणाहरू हुनु डर मान्नुपर्ने कुरा होइन—तैँले सत्यता खोजी गरेसम्म, ती अन्ततः समाधान हुने नै छन्। कतिपय मानिसहरू भन्छन्, “तर धारणाहरू समाधान गर्न सजिलो छैन।” कतिपय धारणाहरू समाधान गर्न वास्तवमै गाह्रो हुन्छ, त्यसोभए के गर्नुपर्छ त? सरल छ। कतिपय मानिसहरूको विचार र मनमा कतिपय धारणाहरू कहिल्यै समाधान हुँदैनन्। यो पहिले नै तथ्य हो, तर कुनै धारणा समाधान गर्न चाहे जति नै गाह्रो भए पनि, त्यो अझै पनि सत्यताचाहिँ हुँदैन। तैँले यो बुँदा बुझेसम्म, समस्या सम्हाल्न सजिलो हुन्छ। यहाँ एउटा तथ्य छ जुन मैले तिमीहरूलाई बताउनैपर्छ: परमेश्वरले उहाँले गर्नुहुने सबै कुरा सबैले पूर्ण रूपमा बुझून् वा स्पष्ट रूपमा बोध गरून् भन्ने माग गर्नुहुन्न; उहाँले सबैले यसभित्र रहेको सत्यता के हो वा उहाँ किन कुनै निश्चित तरिकाले कार्य गर्नुहुन्छ भनेर जानून् भन्ने माग गर्नुहुन्न। परमेश्वरले चाहनुहुने कुरा यो होइन; उहाँले मानिसहरूबाट यी माग गर्नुहुन्न। यदि तेरो क्षमता पर्याप्त रूपमा असल छ भने, तैँले हासिल गर्ने कुनै पनि स्तरको बुझाइ असल हुन्छ—बस तँ सक्दो प्रयास गर्। यदि तँ बुझ्न सक्दैनस् भने, तँ वृद्ध हुँदै जाँदा, र तेरा अनुभवहरू निरन्तर झन्झन् गहन हुँदै जाँदा, र तैँले अझै धेरै अनुभवहरू बटुल्दै जाँदा, सत्यताबारे तेरो बुझाइ पनि बिस्तारै गहन हुँदै जानेछ, र तेरा धारणाहरू घट्दै जानेछन्। तर, धेरैजसो मानिसहरू केही विशेष कुराहरू बुझ्न नसक्ने हुन्छन् र तिनलाई तिनीहरू कहिल्यै बुझ्दैनन्। के परमेश्वरले तिनीहरूलाई ती कुराहरू बुझ्न जबरजस्ती गर्नुहुन्छ र? गर्नुहुन्न; परमेश्वरले जबरजस्ती तिनीहरूमा बुझाइ घुसाइदिने गर्नुहुन्न। उदाहरणका लागि, परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोकमाझ मानिसहरूले जान्न चाहने तर जान्न नसक्ने धेरै रहस्यहरू छन्। तर, परमेश्वर, उहाँका वचनहरू र काममा मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नमा मात्रै ध्यान दिनुहुन्छ। उहाँले अरू मामलाहरू बिरलै उल्लेख गर्नुहुन्छ, र कहिलेकहीँ उल्लेख गर्दा पनि, छोटो रूपमा मात्रै उल्लेख गर्नुहुन्छ; परमेश्वरले मानिसहरूलाई यी कुराहरू विस्तारमा कहिल्यै व्याख्या गर्नुहुन्न। किन गर्नुहुन्न? किनभने मानिसहरूले यी कुराहरू बुझ्नु जरुरी छैन। परमेश्वरले मानिसहरूमा गर्नुहुने काममा, एक हिसाबमा, उहाँले आफ्नो स्वभाव सार प्रकाश गर्नुहुन्छ; अर्को हिसाबमा, परमेश्वरसँग उहाँले गर्नुहुने कुराहरूबारे उहाँकै विचार, योजना, स्रोत र उद्देश्यहरू, र उहाँले फरकफरक मानिसहरूमा काम गर्न प्रयोग गर्नुहुने तरिका र विधिहरू, उहाँले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुने तरिका र विधिहरू, र आदि इत्यादि कुराहरू हुन्छन्। मुक्ति पाएका मानिनका लागि मानिसहरूले सबै सत्यताहरू बुझ्नैपर्छ र तिनीहरू ती सबैमा प्रवेश गर्नैपर्छ भनेर परमेश्वरले कहिल्यै भन्नुभएको छैन। किनभने परमेश्वर अत्यन्तै सर्वशक्तिमान् हुनुहुन्छ! यावत् थोकमाथि उहाँले व्यवहार गर्ने, बोल्ने, काम गर्ने, र सार्वभौमिकता राख्ने तरिकाले स्वाभाविक रूपमै उहाँको स्वभाव, सार, पहिचान, र आदि इत्यादि कुराहरू प्रकाश गर्छन्। परमेश्वरले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ यी सबै कुराहरू स्वाभाविक रूपमै प्रकट गर्नुभए पनि उहाँले मानिसहरूबाट ती सबै कुरा बुझून् वा जानून् भन्ने माग गर्नुहुन्न, किनभने परमेश्वर सधैँ परमेश्वर नै हुनुहुनेछ, र उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, जबकि सृजित मानवजाति अत्यन्तै सानो छ र उसमा शक्तिको पूर्ण कमी छ; मानिस र परमेश्वरबीच ठूलो भिन्नता छ! त्यसैले, मानिसहरूले परमेश्वरबारे केही धारणा र कल्पनाहरू विकास गर्नु अत्यन्तै सामान्य कुरा हो। परमेश्वरले यसलाई हृदयमा लिनुहुन्न, तर तैँले सधैँ यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन्छस् र जिद्दीपूर्वक यसमा घोत्लिन्छस्। यो शैलीले काम गर्नेछैन। यदि तँ सत्यता पछ्याउने र उच्च क्षमता भएको व्यक्ति होस् भने, तैँले सत्यता बुझेसम्म र तँसँग परमेश्वरबारे साँचो ज्ञान भएसम्म, यी धारणा र कल्पनाहरू स्वाभाविक रूपमै सुल्झिनेछन्। यदि तँ सत्यता पछ्याउँदैनस्, र तँसँग जोसुकैले सत्यता सङ्गति गरे पनि त्यो तँ स्विकार्दैनस् र सधैँ आफ्ना धारणाहरू पक्रिरहन्छस् भने, यसको परिणाम के हुनेछ? परिणाम के हुनेछ भने तँ आफ्नो जीवनको अन्त्यमा पुगे पनि वा परमेश्वरको काम पूर्ण रूपमा समाप्त हुने विन्दुमा पुगे पनि, तैँले सत्यता प्राप्त गरेको हुँदैनस्, बरु तेरा धारणा र कल्पनाहरूद्वारा तँ मृत्युतर्फ डोर्याइएको हुनेछस्। तैँले परमेश्वरको आत्मिक शरीर देखा परेको देखे पनि, परमेश्वरबारे आफ्ना धारणा र कल्पनाहरू समाधान गर्न अझै पनि सक्नेछैनस्। के तैँले यी धारणाहरू समाधान गर्न नसक्ने भएकोले नै परमेश्वरले तँलाई सबै तथ्य र सत्य के हो भनेर भन्नुहुनेथियो र? एक हिसाबमा, उहाँका लागि त्यसो गर्नु अनावश्यक छ; अर्को हिसाबमा, एउटा तथ्य छ, र त्यो के हो भने, मानव मस्तिष्क र मनमा यी कुराहरू ग्रहण गर्ने विशाल क्षमता हुँदैन। परमेश्वरले गर्नुहुने काम मानव कल्पनाभन्दा र सबै थोकभन्दा बाहिर हुन्छ। सबै थोकको तुलनामा, मानिसहरू समुद्रतटको बालुवाको एउटा कणजस्तै हुन्। यो वर्णन तथ्यहरूको नजिक छ र यसलाई उचित ठान्न सकिन्छ। यदि परमेश्वरले तँलाई सबै कुरा बताउन चाहनुभयो भने पनि, के तँसँग यो सबै कुरा ग्रहण गर्ने क्षमता छ र? कतिपय मानिसहरू भन्छन्, “म किन यो सब ग्रहण गर्न सक्दिनँ? यदि परमेश्वरले अझै धेरै भन्नुभयो भने, मैले अझै धेरै बुझ्न र अझै धेरै प्राप्त गर्न सक्छु। त्यस्तो अवस्थामा, मैले निगाह पाउनेथिएँ!” त्यो त हावादारी सपना मात्रै हो; तैँले तेरो आफ्नै क्षमतालाई बढी आँकिरहेको छस्। कामकुराहरू वास्तवमा त्यस्तो छैनन्। परमेश्वरका नजरमा, उहाँले तँलाई भन्नुहुने कुराहरू सबै अत्यन्तै सरल र स्पष्ट छन्; ती मानिसहरूले बुझ्न सक्ने कुराहरू हुन्। वास्तवमा, यस्ता धेरै कुराहरू छन् जसबारे परमेश्वर बोल्नुभएको छैन किनभने मानिसहरूले ती कुरा बुझ्न सक्दैनन्। त्यसकारण, तेरा केही धारणाहरू अन्त्यमा समाधान हुन नसक्नु अत्यन्तै सामान्य कुरा हो। परमेश्वरले तँलाई बुझाउन जरुरी रहेका र बताउन चाहनुभएका, वा तैँले सहन र बुझ्न सक्ने कुराहरू, तैँले बुझ्नेछस्। तैँले सहन वा बुझ्न नसक्ने, तेरा शारीरिक आँखाले छर्लङ्ग देख्न नसक्ने कुराहरूका हकमा, परमेश्वरले तँलाई ती कुराहरू बताउनुभयो नै भने पनि, त्यो व्यर्थ हुनेथियो र मेहनत खेर जानेथियो। फलस्वरूप, परमेश्वरले तँलाई यी कुराहरू बताउनुहुन्न। त्यस्ता धारणाहरूका हकमा, तँ मर्ने बेला वा परमेश्वरको काम पूरा हुँदासम्म पनि तैँले अझै कुरा बुझेको हुँदैनस् भने, त्यसले केमा असर गर्छ? के त्यसले परमेश्वरप्रतिको तेरो समर्पणमा असर गर्छ? के त्यसले सृजित प्राणीको भूमिका स्विकार्ने तेरो कार्यमा असर गर्छ? के यसले परमेश्वरको पहिचान र सार चिन्ने तेरो कार्यमा असर गर्छ? यदि तँलाई यी कुनै पनि रूपमा असर हुँदैन भने, तँलाई मुक्ति दिइएको हुनेछ। त्यसोभए, के यस्तो धारणालाई अझै पनि समाधान गरिनुपर्छ त? पर्दैन। यो अन्तिम प्रकारको धारणा हो, जुन मृत्युको क्षणमा समेत समाधान गर्न सकिँदैन। कतिपय मानिसहरू भन्छन्, “हे परमेश्वर, तपाईंले गर्नुभएको यो काम, तपाईंले भन्नुभएका यी वचनहरू, र तपाईंले खडा गर्नुभएको यो वातावरण मैले अझै बुझेको छैनँ। के म मर्नुभन्दा पहिले मलाई यो कुरा भन्न सक्नुहुन्छ, ताकि म शान्तिले मर्न सकूँ?” परमेश्वर त्यस्ता अनुरोधहरूलाई बेवास्ता गर्नुहुन्छ। तँ शान्तिमै जान सक्छस्; तैँले आत्मिक क्षेत्रमा सबै कुराहरू बुझ्नेछस्।
मानिसहरूलाई मुक्ति दिने परमेश्वरको आफ्नै मानक छ; यो तैँले आफ्ना धारणाहरू कति राम्ररी समाधान गरेको छस् वा तीमध्ये कतिलाई त्यागेको छस् भन्ने कुरामा आधारित हुँदैन। बरु, तँ परमेश्वरको कति डर मान्छस् भन्ने कुरामा आधारित हुन्छ र तँ उहाँप्रति कति समर्पित छस्, तैँले उहाँको डर वास्तवमै मान्छस् कि मान्दैनस् र तँ उहाँप्रति साँचो रूपमा समर्पित हुन्छस् कि हुँदैनस् भन्ने कुरामा यो आधारित हुन्छ। परमेश्वरले गर्नुहुने सबै कुरामा अर्थ हुन्छ, र तँलाई त्यो स्विकार्न सजिलो भए पनि, वा तँलाई त्यो स्विकार्न गाह्रो भए पनि र यसले तँमा धारणाहरू पैदा गर्ने सम्भावना भए पनि, जेसुकै भए पनि, यसको नतिजास्वरूप परमेश्वरको पहिचान परिवर्तन हुँदैन; उहाँ सधैँ सृष्टिकर्ता नै हुनुहुनेछ, र तँ सधैँ सृजित प्राणी नै रहनेछस्। यदि तँ कुनै पनि धारणाद्वारा सीमित नहुन, र अझै पनि सृजित प्राणी र सृष्टिकर्ताका रूपमा परमेश्वरसँगको सम्बन्ध कायम गर्न सक्छस् भने, तँ परमेश्वरको साँचो सृजित प्राणी होस्। यदि तँ कुनै पनि धारणाको प्रभाव वा बाधामा नपर्न सक्षम छस्, र हृदयदेखि नै परमेश्वरप्रति साँचो समर्पण गर्न सक्छस् भने, र यदि सत्यताबारे तेरो बुझाइ गहन भए पनि वा सतही भए पनि, तँ धारणाहरू पन्छाउन सक्छस्, र तीद्वारा बन्धनमा नपरी बस्न सक्छस्, र परमेश्वर नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ, परमेश्वर सदासर्वदा परमेश्वर नै हुनुहुनेछ, र परमेश्वरले गर्ने कुरा गलत कहिल्यै हुँदैन भनेर विश्वास गर्छस् भने, तैँले मुक्ति पाउन सक्छस्। वास्तवमा, हरेकको कद सीमित हुन्छ। मानिसहरूका दिमागमा कतिवटा कुराहरू अटाउन सक्छ र? के तिनीहरू परमेश्वरलाई बुझ्न सक्छन् र? त्यो त कामना मात्र हो! यो कुरा नबिर्सी: परमेश्वरअघि मानिसहरू सदैव शिशुहरू हुनेछन्। यदि तँलाई तँ चलाख छस् भन्ने लाग्छ भने, यदि तँ सधैँ चलाख बन्ने प्रयास गर्छस्, र सबै कुरा पत्ता लगाउने प्रयास गर्छस्, र “यदि मैले यो कुरा बुझ्न सकिनँ भने, म तपाईं मेरो परमेश्वर हुनुहुन्छ भनेर मान्न सक्दिनँ, म तपाईं मेरो परमेश्वर हुनुहुन्छ भनेर स्विकार्न सक्दिनँ, र म तपाईं सृष्टिकर्ता हुनुहुन्छ भनेर मान्न सक्दिनँ। यदि तपाईंले मेरा धारणाहरू समाधान गर्नुभएन भने, म तपाईं परमेश्वर हुनुहुन्छ भनेर स्विकार्नेछु, मैले तपाईंको सार्वभौमिकता स्विकार्नेछु, र म तपाईंमा समर्पित हुनेछु भनेर तपाईँ सपना मात्रै देख्दै हुनुहुन्छ।” भनेर सोच्छस् भने, यो समस्याजनक कुरा हो। कसरी? परमेश्वरले तँसँग त्यस्ता कुराहरूबारे बहस गर्नुहुन्न। मानिसप्रति उहाँ जहिल्यै यस्तो हुनुहुनेछ: यदि तँ परमेश्वर तेरो परमेश्वर हुनुहुन्छ भनेर स्विकार्दैनस् भने, उहाँले तँ उहाँको सृजित प्राणीमध्ये एक होस् भनेर स्विकार्नुहुनेछैन। जब परमेश्वर तँलाई उहाँको सृजित प्राणीका रूपमा स्विकार्नुहुन्न, तब परमेश्वरप्रतिको तेरो मनोवृत्तिको नतिजास्वरूप परमेश्वरसँगको तेरो सम्बन्धमा बदलाव आउँछ। यदि तँ परमेश्वरमा समर्पित हुन, र परमेश्वरको पहिचान र सार, अनि परमेश्वरले गर्नुहुने सबै कुरा स्विकार्न सक्दैनस् भने, तेरो पहिचानमा बदलाव आउनेछ। अनि के तँ अझै पनि सृजित प्राणी हुन्छस् र? परमेश्वरले तँलाई अनुमोदन गर्नुहुन्न; बहस गर्नुको कुनै अर्थ छैन। अनि यदि तँ सृजित प्राणी होइनस्, र परमेश्वर तँलाई चाहनुहुन्न भने, के तँसँग अझै मुक्ति पाउने आशा हुन्छ र? (हुँदैन।) परमेश्वरले किन तँलाई सृजित प्राणीका रूपमा लिनुहुन्न? तँ सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न सक्दैनस्, र तँ सृष्टिकर्तासँग सृजित प्राणीको स्थानबाट व्यवहार गर्दैनस्। त्यसोभए परमेश्वरले तँसँग कसरी व्यवहार गर्नुहुनेछ? उहाँले तँलाई कसरी हेर्नुहुनेछ? परमेश्वरले तँलाई मानकअनुसारको सृजित प्राणीका रूपमा हेर्नुहुनेछैन, बरु एउटा पतित, दियाबलस र शैतानका रूपमा हेर्नुहुनेछ। के तैँले आफूलाई चलाख ठानेको थिइनस् र? तैँले कसरी आफूलाई दियाबलस र शैतान बनाइस् त? यो चलाखीपन होइन, यो त मूर्खता हो। यी वचनहरूले मानिसहरूलाई के बुझ्न मद्दत गर्छन्? मानिसहरू परमेश्वरसामु नियमअनुसार चल्नैपर्छ भनेर बुझ्न मद्दत गर्छन्। यदि तँसँग तेरा धारणाहरूको कारण नै छ भने पनि, तैँले आफूसँग सत्यता छ, र तँसँग परमेश्वरविरुद्ध होहल्ला गर्ने र उहाँलाई सीमित गर्ने पुँजी छ भन्ने नसोच्। तँ अरू जेसुकै गर्, तर त्यस्तो नबन्। तैँले सृजित प्राणीको रूपमा रहेको आफ्नो पहिचान गुमाएपछि, तँ नष्ट हुनेछस्—यो कुनै मजाक होइन। यो ठ्याक्कै किन हो भने, जब मानिसहरूसँग धारणाहरू हुन्छन्, तब तिनीहरू फरक-फरक शैली लिन्छन्, र फरक-फरक समाधान अपनाउँछन्, त्यसकारण परिणामहरू पूर्ण रूपमा फरक हुन्छन्।
धारणाहरूका हकमा कसरी अभ्यास गर्ने भन्नेबारेमा, के तिमीहरूसँग सिद्धान्तहरू छन्? के ती सिद्धान्तहरूले तिमीहरूलाई उचित रूपमा सृजित प्राणीका रूपमा आफूलाई आचरणमा ढाल्न सक्ने गरी सुरक्षा दिन्छन्? के त्यो मार्ग असल छ? (छ।) त्यसोभए त्यसलाई सारांश गर त। (यदि त्यो तुलनात्मक रूपमा समाधान गर्न सजिलो धारणा हो भने, हामीले प्रार्थना र खोजी गर्नैपर्छ, परमेश्वरका वचनहरूबाट यस्तो प्रकारको धारणालाई चिरफार गर्ने सत्यता खोज्नैपर्छ, र हामीले सत्यता बुझ्ने दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति पनि गर्न सक्छौँ; यसरी, हामीले धारणाका भ्रामक पक्षहरू छर्लङ्गै देख्न सक्नेछौँ, र यसरी यसलाई समाधान गर्न सक्नेछौँ। कतिपय धारणाहरू त्यस्ता पनि हुन्छन् जसलाई समाधान गर्न सजिलो हुँदैन, तर हामीले तिनलाई पक्रिराख्नु हुँदैन। हामीमा सत्यता स्वीकार गर्ने र परमेश्वरमा समर्पित हुने मनोवृत्ति हुनुपर्छ, हामीले हामी सृजित प्राणी हौँ र परमेश्वरले जे गर्नुहुन्छ त्यो निश्चित रूपमा नै सही हुन्छ, र यो त हामीलाई महसुस नभएको मात्र हो भन्ने कुरा जान्नुपर्छ। हामीले बुझे पनि वा नबुझे पनि, हामीले धारणाहरू फैलाउन मिल्दैन। हामीले बारम्बार परमेश्वरसँग प्रार्थना र खोजी गर्न सिक्नुपर्छ, अनि बिस्तारै यी धारणाहरूलाई पनि समाधान गर्न सकिन्छ। तेस्रो परिस्थिति के हो भने, कतिपय धारणाहरू अन्त्यसम्मै समाधान नभई रहन्छन्। त्यस्ता परिस्थितिहरूमा, हामी यी धारणाहरूको बन्धनमा नपरेसम्म र हामीले तिनलाई नफैलाएसम्म ठीकै हुन्छ। यदि यी धारणाहरू अन्त्यमा समाधान भएनन् भने पनि, हामीले तिनलाई नपक्रिरहेसम्म र तिनको कारण हामीले दुष्टता नगरेसम्म, परमेश्वरले हामीलाई निन्दा गर्नुहुनेछैन, र यसले हाम्रो मुक्तिमा असर गर्नेछैन।) समग्रमा कति वटा सिद्धान्तहरू छन्? (तीन वटा।) समग्रमा तीन वटा सिद्धान्तहरू छन्। तिमीहरूले ती सबै टिपोट गर्यौ, होइन त? तिमीहरूले सत्यता र सिद्धान्तहरू बुझेपछि, स्वाभाविक रूपमै तिमीहरूका धारणाहरू समाधान हुनेछन्। तैँले तेरा धारणाहरूलाई तँलाई व्यवधान दिन वा ठेस पुर्याउन दिनु हुँदैन; समाधान गर्न सकिने धारणाहरू समाधान गर्न सक्दो गर्, र अस्थायी रूपमा समाधान गर्न नसकिने धारणाहरूका हकमा, कम्तीमा पनि तिनलाई तँमाथि असर पुर्याउन नदे। तिनले तँलाई कर्तव्य निर्वाह गर्नबाट छेक्नु हुँदैन, न त तिनले परमेश्वरसँगको तेरो सम्बन्धमै असर पुर्याउनु हुन्छ। तैँले ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने, तैँले कम्तीमा पनि धारणाहरू फैलाउनु हुँदैन, दुष्कर्म गर्नु हुँदैन, अवरोध वा बाधाहरू पैदा गर्नु हुँदैन, र तैँले शैतानको नोकर वा शैतानको वाहकका रूपमा काम गर्नु हुँदैन। यदि, तैँले चाहे जति नै प्रयास गरे पनि, केही धारणालाई सतही रूपमा मात्रै समाधान गर्न सकिन्छ तर पूर्ण रूपमा समाधान गर्न सकिँदैन भने, त्यसलाई बस बेवास्ता गर्। धारणाहरूलाई तेरो सत्यता खोजी वा तेरो जीवन प्रवेशमा असर पुर्याउन नदे। यी सिद्धान्तहरूमा निपुण बन्, अनि सामान्य परिस्थितिहरूमा, तँ सुरक्षित हुनेछस्। यदि तँ सत्यता स्वीकार गर्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने व्यक्ति होस्, दुष्ट व्यक्ति होइनस्, र तँ अवरोध र बाधाहरू दिन अनिच्छुक छस्, र जानीजानी अवरोध र बाधाहरू दिँदैनस् भने, जब तैँले सामान्यतया धारणाहरू उत्पन्न हुने समस्या सामना गर्छस्, तब तँ सामान्यतया सुरक्षित नै हुनेछस्। अभ्यासको सबैभन्दा आधारभूत सिद्धान्त यही हो: यदि समाधान गर्न कठिन हुने धारणा देखा पर्यो भने, त्यो धारणाअनुसार काम गर्न हतार नगर्। पहिला, प्रतीक्षा गर् र त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, परमेश्वरले गर्नुहुने कुरा गलत हुन सक्दैन भन्ने विश्वास गर्। यो सिद्धान्त याद राख्। यसका साथै, आफ्नो कर्तव्य पन्छ्याउने नगर् वा आफ्ना कर्तव्य निर्वाहमा धारणालाई असर पुर्याउन नदे। यदि तँसँग धारणाहरू छन् र तँ “म यो कर्तव्यमा झारा टारिदिनेछु; म खराब मुडमा छु, त्यसकारण म तपाईंका लागि राम्ररी काम गर्नेछैनँ” भनेर भन्छस् भने, यो राम्रो कुरा होइन। तेरो मनोवृत्ति नकारात्मक र झाराटारुवा बनेपछि, यो समस्याजनक बन्छ; यो तँभित्र धारणाहरूले उधुम मच्चाएको हो। जब धारणाहरूले तँभित्र उधुम मच्चाउँछन् र तेरो कर्तव्य निर्वाहमा असर पुर्याउँछन्, तब यसको अर्थ यो बेला परमेश्वरसँगको तेरो सम्बन्ध वास्तवमा परिवर्तन भइसकेको छ भन्ने हुन्छ। कतिपय धारणाहरूले तेरो कर्तव्य निर्वाहमा असर पुर्याउन सक्छन्, जुन गम्भीर समस्या हो, र तिनलाई तुरुन्तै समाधान गरिनुपर्छ। अरू धारणाहरूले तेरो कर्तव्य निर्वाहमा वा परमेश्वरसँगको तेरो सम्बन्धमा असर पुर्याउँदैनन्, त्यसकारण ती मुख्य समस्याहरू होइनन्। यदि तैँले विकास गर्ने धारणाहरूले तेरो कर्तव्य निर्वाहमा असर पार्न सक्छन्, जसले गर्दा तैँले परमेश्वरलाई शङ्का गर्छस्, आफ्नो कर्तव्य लगनशील भई पूरा गर्दैनस्—र आफ्नो कर्तव्य पूरा नगर्दा कुनै दुष्परिणाम आउनेछैन भन्नेसमेत सोच्छस्—र तँमा कुनै त्रास वा परमेश्वरको डर मान्ने हृदय छैन भने, यो खतरनाक कुरा हो। यसको अर्थ तँ परीक्षामा पर्नेछस्, र शैतानले तँलाई छल्नेछ र बन्दी बनाउनेछ। तेरा धारणाहरू र तैँले गर्ने छनौटहरूप्रतिको तेरो मनोवृत्ति निर्णायक हुन्छ; धारणाहरू समाधान गर्न सकिए पनि वा नसकिए पनि, र तिनीहरूको समाधान जुनसुकै हदसम्म गर्न सकिने भए पनि, तँ र परमेश्वरबीचको सामान्य सम्बन्ध परिवर्तन हुनु हुँदैन। एक हिसाबमा, तैँले परमेश्वरले योजनाबद्ध गर्नुभएका सबै वातावरणमा समर्पित हुन सक्नुपर्छ, र परमेश्वरले गर्नुहुने सबै कुरा सही र अर्थपूर्ण हुन्छ भनेर पक्का हुन सक्नुपर्छ, र यो ज्ञान र सत्यताको यो पक्ष तेरा लागि कहिल्यै हिसाबमा परिवर्तन हुनु हुँदैन। अर्को कुरो, तँलाई परमेश्वरले सुम्पनुभएको कर्तव्यलाई तैँले पाखा लगाउनु हुँदैन, यसको बोझ तैँले आफूबाट हटाउनु हुँदैन। यदि, आन्तरिक वा बाहिरी रूपमा, तँसँग परमेश्वरप्रति कुनै प्रतिरोध, विरोध वा विद्रोहीपन छैन भने, परमेश्वरले तेरो समर्पण, र तँ पर्खिरहेको छस् भनेर मात्रै देख्नुहुनेछ। तँसँग अझै पनि धारणाहरू हुन सक्छन्, तर परमेश्वरले तेरो विद्रोहीपन देख्नुहुन्न। तँभित्र कुनै विद्रोहीपन र विरोध नभएकाले, परमेश्वरले अझै पनि तँलाई आफ्नो सृजित प्राणी मान्नुहुन्छ। यसविपरीत, यदि तेरो हृदय गुनासा र अवज्ञाले भरिएको छ, तँ प्रतिकार गर्ने मौका खोजिरहेको छस्, र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छैनस्, यसको बोझ आफूबाट हटाउन खोजिरहेको छस्—यहाँसम्म कि, तेरो हृदयमा, परमेश्वरबारे सबै प्रकारका गुनासाहरू छन्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तँमा निश्चित अवज्ञा र आक्रोशका प्रकटीकरणहरू प्रकाश हुन्छन् भने—त्यो बेला, परमेश्वरसँगको तेरो सम्बन्धमा धेरै ठूलो परिवर्तन आइसकेको हुन्छ। तैँले पहिले नै परमेश्वरको सृजित प्राणीका रूपमा रहेको स्थान छोडिसकेको हुन्छस्; तँ उप्रान्त सृजित प्राणी हुँदैनस्, बरु तँ दियाबलसहरू र शैतानको वाहक बनेको हुन्छस्—र त्यसैले परमेश्वरले तँलाई कुनै दया देखाउनुहुनेछैन। जब कुनै व्यक्ति यो बिन्दुमा आइपुग्छ, ऊ डरलाग्दो क्षेत्रतर्फ अघि बढिरहेको हुन्छ। यदि परमेश्वरले केही गर्नुभएन भने पनि, ऊ मण्डलीमा दृढ रहन सक्नेछैन। र त्यसैले, तिनीहरूले गर्ने प्रत्येक कुरामा—विशेषगरी धारणाहरू समाधान गर्ने जस्ता कुराहरू समावेश हुँदा—मानिसहरूले परमेश्वरलाई चिढ्याउने, वा परमेश्वरले निन्दा गर्नुभएका, वा अरूलाई चोट वा हानि पुर्याउने कुरा गर्नबाट जोगिन सचेत हुनुपर्छ। यो नै सिद्धान्त हो।
मानिसहरूमा परमेश्वरबारे धारणाहरू हुनु सानो-तिनो मामला होइन! मानिसहरूले परमेश्वरसँगको सामान्य सम्बन्ध कायम राख्नु महत्त्वपूर्ण हुन्छ, तर यो सम्बन्धमा सबैभन्दा बढी असर पार्ने कुरा भनेको मानिसहरूका धारणाहरू हुन्। परमेश्वरबारे मानिसहरूका धारणाहरू समाधान भएपछि मात्रै परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सकिन्छ। हाल, धेरै मानिसहरूमा गम्भीर समस्या छ। तिनीहरूले परमेश्वरमा विश्वास गरेको चाहे जति नै धेरै वर्ष भएको भए पनि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट सहन र मूल्य चुकाउन सक्षम नै भए पनि, पूरै अवधिमा, तिनीहरूका धारणाहरू पूर्ण रूपमा समाधान गर्न सकिँदैन। यसले परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा गम्भीर असर पार्छ र परमेश्वरप्रतिको तिनीहरूको प्रेम र उहाँप्रतिको तिनीहरूको समर्पणमा सीधै असर पार्छ। त्यसकारण, मानिसहरूले परमेश्वरबारे चाहे जे धारणाहरू विकास गरे पनि, यो एउटा गम्भीर मामला हो, जसलाई बेवास्ता गरिनु हुँदैन। धारणाहरू पर्खालजस्तै हुन्; तिनले परमेश्वरसँग मानिसहरूको सम्बन्धलाई छेक्छन्, जसले तिनीहरूलाई परमेश्वरको मुक्तिको कामसँग असम्बन्धित बनाउँछ। त्यसकारण, मानिसहरूसँग परमेश्वरबारे धारणाहरू हुनु अत्यन्तै गम्भीर समस्या हो, जसलाई बेवास्ता गर्न सकिँदैन! यदि मानिसहरूमा धारणाहरू छन् र तिनीहरूले तुरुन्तै सत्यता खोजी गरेर ती समस्या समाधान गर्न सक्दैनन् भने, यसले सजिलै नकारात्मकता, परमेश्वरप्रतिको प्रतिरोध, र उहाँविरुद्ध शत्रुतासमेत पैदा गर्न सक्छ। के त्यसपछि तिनीहरूले अझै सत्यता स्विकार्न सक्छन् र? तिनीहरूको जीवन प्रवेश ठप्प हुनेछ। परमेश्वरको काम अनुभव गर्ने मार्ग असमान र खाल्टाखुल्टी परेको हुन्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकोले, तिनीहरूले कैयौँ छड्के बाटो लिन सक्छन्, र तिनीहरू कुनै पनि परिस्थितिमा धारणाहरू निर्माण गर्न पुग्न सक्छन्। यदि सत्यता खोजी गरेर यी धारणाहरू समाधान गरिएन भने, मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँलाई अवज्ञा गर्न सक्छन्, उहाँप्रति शत्रुताको बाटो हिँड्न सक्छन्। मानिसहरूले ख्रीष्टविरोधीहरूको बाटो लिएपछि, तिमीहरूलाई के लाग्छ, के तिनीहरूका लागि मुक्तिको मौका बाँकी हुन्छ? त्यो अवस्थामा सम्हाल्न सजिलो हुँदैन, र कुनै मौका बाँकी रहनेछैन। त्यसैले, परमेश्वरले तँलाई आफ्नो सृजित प्राणीका रूपमा इन्कार्नुभन्दा पहिले, तैँले परमेश्वरको सृजित प्राणी कसरी बन्ने भनेर सिक्नुपर्छ। सृष्टिकर्ताको छानबिन गर्ने वा तैँले विश्वास गर्ने परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर कसरी प्रमाणित र पुष्टि गर्ने भनेर पत्ता लगाउने प्रयास नगर्। यो तेरो दायित्व वा जिम्मेवारी होइन। तैँले हृदयमा हरदिन सोच्नु र मनन गर्नुपर्ने भनेको आफ्ना कर्तव्य कसरी पूरा गर्ने र मानकअनुसारको सृजित प्राणी कसरी बन्ने भन्ने कुरा हुनुपर्छ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्न, वा उहाँ वास्तवमै परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनेर कसरी प्रमाणित गर्ने, वा परमेश्वरले के गर्नुभएको छ र उहाँका कार्यहरू सही छन् कि छैनन् भनेर छानबिन गर्ने गर्नु हुँदैन। यी तैँले छानबिन गर्नुपर्ने कुराहरू होइनन्।
जुन १९, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।