अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१६) खण्ड चार
ग. धारणाहरू समाधान गर्ने सिद्धान्त र मार्गहरू
धारणाहरू फैलाउनेबारे अझै पनि केही कुरा छन् जसबारे सङ्गति गरिनु आवश्यक छ। कतिपय मानिस भन्छन्: “धारणाहरू फैलाउने कुरा आउँदा, मण्डली जीवनका अवधिमा हामीले खुलासा र चिरफार गर्ने अभ्यास गर्नुपर्छ, र यसलाई हामीले प्रतिबन्धित गर्नुपर्छ। तर, परमेश्वरमाथिको विश्वासको दौरान, हामीले विभिन्न धारणा विकास गर्ने सम्भावना हुन्छ; यो हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो। त्यसकारण, धारणाहरूको कुरा आउँदा, हामीले सही रूपमा अभ्यास गर्न सक्न, र मण्डली जीवनमा बाधा र अवरोधहरू नल्याउन, अरूलाई हानिकारक असर नपार्न, वा अरूको जीवनमा घाटा नल्याउनका लागि हामीले अभ्यासको कस्तो मार्ग पछ्याउनुपर्छ? व्यवहार गर्ने उचित तरिका के हो?” के मानिसहरूमा धारणाहरू हुन्छन् भन्ने कुरा तथ्य होइन र? के यो अपरिहार्य कुरा होइन र? (हो।) कतिपय मानिस भन्छन्, “सत्यता नपछ्याउनेहरूले मात्रै धारणाहरू विकास गर्नेछन्।” के यो अभिव्यक्ति सही छ? यो आंशिक रूपमा मात्रै सही छ। सत्यता पछ्याउनेहरूले पनि कहिलेकाहीँ विशेष परिस्थितिहरू सामना गर्दा परमेश्वरबारे धारणाहरू विकास गर्न सक्छन्, किनभने मानिसहरूले सत्यता र परमेश्वरका अभिप्रायहरू बुझ्नुभन्दा पहिले, र परमेश्वरबारे ज्ञान प्राप्त गर्नुभन्दा पहिले, परमेश्वरका वचन र कामबारे केही धारणा विकास गर्नेछन्। यी धारणाहरू सत्यताअनुरूप नभएका केही भ्रमपूर्ण मानव विचारहरू हुन्। कतिपय धारणा नैतिकता, दर्शन, परम्परागत संस्कृति, नैतिक सिद्धान्तहरू, र आदि इत्यादि कुराहरूअनुरूप हुन सक्छन्, र झट्ट हेर्दा, यी विचारहरू सही पनि देखिन सक्छन्। तर, यी विचारहरू सत्यताअनुरूप हुँदै हुँदैनन्, बरु त्यसको विपरीत हुन्छन्। यो तथ्य हो। मानिसहरूले यी धारणाहरूलाई कसरी सामना गर्नुपर्छ? मानिसहरूले सत्यता पछ्याउनुअघि नै, आफूसँग कैयौँ धारणा बोकिरहेका हुन्छन्; यी अन्तर्निहित धारणाहरू हुन्। मानिसहरूले सत्यता पछ्याउने प्रक्रियाको दौरान, वातावरण र विभिन्न प्रसङ्ग परिवर्तन हुने हुनाले तिनीहरूमा निकै धेरै नयाँ धारणाहरू पैदा हुनेछन्; यीचाहिँ आर्जित धारणाहरू हुन्। दुवै प्रकारका धारणाहरू मानिसहरूले परमेश्वरमा विश्वास गर्ने आफ्नो यात्रामा सामना गर्नुपर्ने कुरा हुन्। त्यसोभए, के धारणाहरू समाधान गर्ने कुनै उपाय छ? के अभ्यासको कुनै मार्ग छ? कतिपयले भन्छन्, “यो कुरा सम्हाल्न सजिलो छ। हामीले हाम्रा अन्तर्निहित धारणाहरूविरुद्ध विद्रोह गर्न सक्छौँ; हामीले तीप्रति कुनै ध्यान दिनु आवश्यक छैन। हामीले सत्यता पछ्याउने प्रक्रियामा, र सत्यता बुझ्दै गर्दा यी धारणाहरू बिस्तारै समाधान हुनेछन् र हट्नेछन् भन्नेमा हामी निश्चित छौँ। आर्जित धारणाहरूको हकमा चाहिँ, हामी तिनलाई समाधान गर्न परमेश्वरमा भर पर्छौँ, र हामी तिनको बन्धनमा पनि पर्दैनौँ। त्यसकारण, आजसम्म, हामीले हृदयमा परमेश्वरविरुद्ध प्रतिरोध, निन्दा, वा ईश्वरनिन्दाजस्ता कुराहरूमा डोऱ्याउन सक्ने धारणाहरू निर्माण गरेका छैनौँ।” अभ्यासको यो विधि, धारणाहरू सामना गर्ने र सम्हाल्ने यो तरिका कस्तो छ? के यसले धारणाहरू समाधान गर्न सक्छ? के यसमा केही कमीकमजोरी छन्? के धारणाहरूप्रतिको यो मनोवृत्ति सक्रिय र सकारात्मक हो? (होइन।) के यो मनोवृत्तिले मानिसहरूमा कुनै सकारात्मक प्रभाव पार्छ? यदि तँ यी धारणाहरूलाई बेवास्ता गर्ने निष्क्रिय विधि प्रयोग गर्छस्, र तिनलाई आफ्नो हृदयको सबैभन्दा गुप्त भागमा भण्डारण गर्छस्, र ती बाहिर आउँदा तिनलाई कुल्चीमिल्ची गर्छस् अनि प्रार्थना गर्छस् र त्यसपछि ती समाधान भएको ठान्छस्, ती फेरि देखा पर्दा तिनलाई त्यसरी नै निराकरण गर्छस्, र पछि तीबारे विचार नगरी ती समस्यै होइनन् जस्तो व्यवहार गर्छस्, र “जे भए पनि मैले विश्वास गरेको परमेश्वर अझै मेरै परमेश्वर हुनुहुन्छ, म अझै परमेश्वरकै सृजित प्राणी हुँ, र परमेश्वर अझै मेरै सृष्टिकर्ता हुनुहुन्छ; यो कुरा परिवर्तन भएकै छैन” भन्ने विश्वास गर्छस् भने, के धारणाहरू समाधान गर्ने सबैभन्दा प्रभावकारी तरिका यही हो त? के यसले सकारात्मक नतिजा हासिल गर्छ त? के यस्तो अभ्यासले धारणाहरू जरैबाट पूरै समाधान गर्छ त? अवश्य नै गर्दैन। यी धारणाहरू जति नै ठूला वा साना भए पनि, वा जति नै धेरै वा थोरै भए पनि, मानिसहरूको हृदयमा यी धारणाहरू अस्तित्वमा रहेसम्म, तिनीहरूको जीवन प्रवेश र परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा केही न केही नकारात्मक असर पर्नेछ, यसरी बाधाहरू पैदा हुनेछन्। विशेषगरी जब मानिसहरू कमजोर हुन्छन्; जब तिनीहरूले विजय गर्न नसकिने वातावरण सामना गर्छन्; जब तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, र तिनीहरूसँग अभ्यासको मार्ग हुँदैन, र परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने भनी तिनीहरूलाई थाहा हुँदैन; अनि जब तिनीहरूलाई आफूसँग मुक्तिको कुनै आशा छैन भन्ने लाग्छ, तब यी धारणाहरू तुरुन्तै तिनीहरूभित्र देखा पर्छन्, तिनीहरूको विचारमा हाबी हुन्छन्, तिनले तिनीहरूको हृदयमा डेरा जमाइ बस्छन्, र यसरी यी धारणाहरूले तिनीहरू बस्छन् वा छोडिजान्छन् भन्ने कुरामा समेत असर पार्न सक्छन्, र तिनीहरूले छनौट गर्ने मार्गमा पनि प्रभाव पार्न सक्छन्। अनि सायद तैँले कहिल्यै वास्ता नगरेको र तँलाई कहिल्यै असर नगरेको वा तँलाई कहिल्यै निराश नतुल्याएको कुनै धारणा पनि हुन सक्छ—तैँले सधैँ आफू त्यसको मालिक हुँ, त्यसलाई नियन्त्रण गर्न सक्छु भन्ने विश्वास गरेको थिइस्—तर कुनै निश्चित असफलता, बर्खासी वा हटाइ, वा परमेश्वरबाट आएको कठोर अनुशासन र ताडना अनुभव गरेपछि, वा तँलाई तँ अतल कुण्डमा परेको छस् जस्तो महसुस भएपछि, त्यस्तो समयमा त्यो धारणा उप्रान्त तेरा लागि कुनै गौण वस्तु मात्रै रहँदैन। तैँले त्यसलाई बेवास्ता गरे पनि, त्यसले तेरा विचारहरू बिथोल्न र बहकाउन सक्छ, त्यो तेरा विचार र दृष्टिकोणहरू, परमेश्वरप्रतिको तेरो मनोवृत्ति, र परमेश्वरमाथिको तेरो आस्थामा समेत हाबी हुन सक्छ। यदि तँसँग ती धारणाहरू सम्हाल्ने उचित विधि वा अभ्यासको सिद्धान्त छैन भने, वा तँसँग ती कुराहरूबारे स्पष्ट बुझाइ छैन भने, ती धारणाहरूले बीचबीचमा तेरो जीवन प्रवेश वा तेरा तत्कालीन छनौटहरूमा असर गर्नेछन्। तिनले परमेश्वरसँगको तेरो सम्बन्ध र परमेश्वरप्रतिको तेरो मनोवृत्तिमा समेत प्रभाव पार्न सक्नेछन्। त्यसकारण, कुनै पनि प्रसङ्गमा पैदा हुने विभिन्न धारणा सामना गर्दा, हानि हुनबाट जोगिन र सकारात्मक नतिजा हासिल गर्नका लागि मानिसहरूले तिनलाई सामना गर्न र सम्हाल्न कस्तो मनोवृत्ति र विधि अपनाउनुपर्छ? यो एउटा प्रश्न हो जसबारे स्पष्ट रूपमा सङ्गति गर्नुपर्ने हुन्छ।
देहमा जिउने मानिसहरूमा स्वतन्त्र इच्छा र विचार हुन्छन्। तिनीहरू शिक्षित भए पनि नभए पनि, तिनीहरूको क्षमता जस्तोसुकै भए पनि, वा तिनीहरूको लैङ्गिकता जे भए पनि, मानिसहरूमा विचारहरू भएसम्म, तिनीहरूले धारणाहरू पैदा गर्ने नै छन्। यदि कुनै धारणाले तेरो भ्रष्ट स्वभावमा प्रभुत्व जमायो भने, तैँले त्यस धारणाका कारण परमेश्वरलाई अवज्ञा गर्नेछस्। त्यसकारण, मानिसहरूमा धारणाहरू हुनुको यो समस्या समाधान गरिनुपर्छ। धारणाहरू फैलाउनेहरूले मात्रै धारणाहरू पैदा गर्दैनन्; यति मात्र हो, तिनीहरू आफ्ना धारणाहरू फैलाउँछन्, तिनीहरू लापरवाह रूपमा परमेश्वरको विरोधमा खडा हुन्छन् र उहाँबारे विभिन्न दृष्टिकोण र मूल्याङ्कनहरू फैलाउँछन्। तर के धारणाहरू नफैलाउनेहरूमा कुनै धारणा हुँदैन भन्ने हो त? हरेक व्यक्तिमा धारणाहरू हुन्छन्; यो तथ्य हो। भिन्नता के हो भने जानीजानी धारणाहरू फैलाउनेहरूमा अन्तर्निहित रूपमै सत्यताप्रति वितृष्ण प्रकृति सार हुन्छ। तिनीहरूले सत्यता नस्विकार्ने हुनाले र बरु आफ्ना धारणाहरू सही छन् र पूर्ण रूपमा सत्यताअनुरूप छन् भन्नेसमेत विश्वास गर्ने हुनाले, यदि तिनीहरूका धारणाहरू सत्यतासँग बाझिन्छन् भने, तिनीहरू सत्यता होइन बरु आफ्ना धारणाहरू स्विकार्ने निर्णय गर्छन्। तिनीहरू यहीँनेर असफल हुन्छन् र यहीँनेर तिनीहरू प्रतिबन्धित र निन्दित हुन्छन्। त्यसोभए साधारण र सामान्य मानिसहरूले धारणाहरू पैदा गर्दा चाहिँ किन तिनीहरूको निन्दा गरिँदैन त? किनभने तिनीहरूमध्ये धेरैजसो चेतनाका साथ बोल्छन् र व्यवहार गर्छन्, र तिनीहरूलाई हृदयमा, मानव धारणाहरू सत्यताअनुरूप हुँदैनन् र ती गलत हुन्छन् भन्ने थाहा हुन्छ; तिनीहरूले तुरुन्तै आफ्ना धारणाहरू समाधान गर्न नसक्ने भए पनि ती त्याग्न तिनीहरू इच्छुक हुन्छन्। जब तिनीहरू सत्यता स्विकार्ने निर्णय गर्छन्, तब तिनीहरूका भित्री धारणाहरू यसर्थ सत्यताद्वारा प्रतिस्थापित हुन्छन् र समाधान गरिन्छन्; तिनीहरू आफ्ना धारणाहरू त्याग्छन् र त्यसउप्रान्त तिनीहरू तिनको प्रभाव, प्रतिबन्ध, वा प्रभुत्वमा पर्दैनन्। त्यसकारण, यी मानिसहरू आफूमा धारणाहरू भए पनि, ती फैलाउने काम गर्दैनन्। तिनीहरू अझै पनि आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न, परमेश्वरलाई सामान्य रूपमा पछ्याउन, परमेश्वरका वचनहरू र परमेश्वरको काम स्विकार्न, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन, र परमेश्वरको मुक्तिमा समर्पित हुन सक्छन्। अनि तिनीहरू सधैँ आफू सृजित प्राणी हुँ र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्छन्। तिनीहरूले हृदयमा जुनसुकै धारणाहरू पाले पनि, तिनीहरू परमेश्वरसँगको सामान्य सम्बन्ध कायम राख्न र सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध कायम राख्न सक्छन्, अनि आफ्नो कर्तव्य त्याग्नबाट, परमेश्वरको नाम त्याग्नबाट तर्किन सक्छन्, अनि परमेश्वरमाथिको तिनीहरूको आस्था अपरिवर्तित नै रहिरहन्छ। कुरा यही भए पनि, यदि धारणाहरू कहिल्यै समाधान भएनन् भने, तिनले अझै पनि मानिसहरूलाई बरबाद पार्न र विनाशमा डोऱ्याउन सक्छन्। त्यसकारण, हामीले धारणाहरू कसरी सामना र समाधान गर्ने भन्नेबारे अझै पनि सङ्गति गर्नु जरुरी छ।
तिमीहरूलाई कुन चाहिँ समाधान गर्न सजिलो छ भन्ने लाग्छ: परमेश्वरमा विश्वास गर्नुभन्दा पहिलेदेखि मानिसहरूमा रहेका अन्तर्निहित धारणाहरू कि परमेश्वरमा विश्वास गरेपछि विशेष वातावरण र प्रसङ्गहरूमा मानिसहरूले विकास गर्ने धारणाहरू? (अन्तर्निहित धारणाहरू समाधान गर्न सजिलो हुन्छ।) मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा परमेश्वरबारे तिनीहरूमा भएका कल्पना र धारणाहरू समाधान गर्न सजिलो हुन्छ, जबकि उहाँमा विश्वास गर्न थालेपछि परमेश्वरको काम अनुभव गर्दै गर्दा तिनीहरूमा विकसित हुने धारणाहरू समाधान गर्न त्यति सजिलो हुँदैन—यो सैद्धान्तिक अभिव्यक्ति हो, तर अन्त्यमा यो तथ्यहरूसँग मिल्दैन। “सैद्धान्तिक” को अर्थ के हो? यसको अर्थ यस्ता प्रकारका निष्कर्षहरू मानिसहरूद्वारा दर्शन र तर्कका आधारमा निकालिएका हुन्छन्। मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न र दर्शनहरूका सत्यता बुझ्न थालेपछि, तिनीहरूका केही धारणा त्यागिन्छन् र समाधान हुन्छन्। वास्तवमा, यो समाधान धर्मसैद्धान्तिक स्तरमा मात्रै हासिल हुन्छ; यी धारणाहरू समाधान भएजस्तो देखिन्छन्, तर मानिसहरूले परमेश्वरलाई पछ्याउँदा विकास गर्ने धेरै धारणाहरू तिनीहरूका अन्तर्निहित धारणाहरूसँग सम्बन्धित हुन्छन्। सैद्धान्तिक रूपमा, यी दुई प्रकारका धारणामध्ये अन्तर्निहित धारणाहरू समाधान गर्न सजिलो हुन्छ, तर वास्तवमा, मानिसहरूले सत्यता स्विकार्न र सकारात्मक कुराहरूलाई प्रेम गर्न सकेसम्म, र तिनीहरू सत्यताको बुझाइमा पुगेसम्म, दुवै प्रकारका धारणाहरू समाधान गर्न सजिलै हुन्छन्। उदाहरणका लागि, तिमीहरूमध्ये कतिपयले अन्तर्निहित धारणाहरू समाधान गर्न सजिलो छ भनेर भन्छौ, तर तिमीहरूले विकृत बुझाइ भएका मानिसहरू भेट्टाउन सक्छौ, जो अत्यन्तै जिद्दी हुन्छन् र महत्त्वहीन विवरणहरूमा अति नै घोत्लिन्छन्, जो बाइबल, उत्कृष्ट आत्मिक लेखहरू, र बाइबल व्याख्याकारहरूका अर्थ्याइहरूको जाँचपड्ताल गर्छन्; यी मानिसहरू आफूले भेट्टाएका कुराहरू तँलाई दोहोर्याउँदै सुनाउँछन्, र तैँले सत्यताबारे जसरी सङ्गति गरे पनि त्यो तिनीहरू स्विकार्दैनन्। तिनीहरू विशुद्ध प्रवचन, सत्यता, वा सही शब्दहरू स्विकार्न सक्दैनन्; तिनीहरू ती कुराहरू सुन्दा तिनलाई आत्मसात् गर्दैनन्। एक हिसाबमा, तिनीहरूको बुझ्ने क्षमतामा समस्या हुन्छ; अर्को हिसाबमा, तिनीहरू सकारात्मक कुराहरू वा सत्यतालाई प्रेम गर्दैनन्, बरु तिनीहरू जिद्दी हुन र महत्त्वहीन विवरणहरूमा घोत्लिन, र भाषाको खेल खेल्न मन पराउँछन्, र तिनीहरूलाई सिद्धान्त र ईश्वरशास्त्र मन पर्छ। के त्यस्ता मानिसहरूले आफ्ना धारणाहरू त्याग्न सक्छन् त? (सक्दैनन्।) तथ्यहरूबाट मूल्याङ्कन गर्दै, त्यस्ता मानिसहरूको स्वभाव र रुचिहरूका आधारमा हेर्दा, तिनीहरू सत्यता स्विकार्न सक्दैनन्। मानिसहरूका प्रारम्भिक धारणाहरू वास्तवमा अत्यन्तै गहिराइ विनाको र सतही किसिमका हुन्छन्, र तिनलाई समाधान गर्न निकै सजिलो हुन्छ। यदि कुनै व्यक्तिमा सामान्य सोचाइ र सामान्य बुझ्ने क्षमता छ भने, जब तँ तिनीहरूसँग दर्शनहरूसँग सम्बन्धित सत्यताबारे सङ्गति गर्छस्, तिनीहरूले त्यो कुरा बुझेसम्म, सजिलै आफ्ना धारणाहरू त्याग्न सक्छन्। तर एकप्रकारका मानिसहरूमा सामान्य सोचाइ हुँदैन, तिनीहरू सत्यता बुझ्न सक्दैनन्, र सत्यता स्विकार्दैनन्। के त्यस्ता मानिसहरूले आफ्ना धारणाहरू त्याग्न सक्छन् त? (सक्दैनन्।) त्यसकारण, त्यस्ता मानिसहरूका धारणाहरू समाधान गर्न गाह्रो हुन्छ। यदि कुनै व्यक्तिसँग सामान्य समझ छ र ऊ सत्यता स्विकार्न सक्छ भने, उसले परमेश्वरमा विश्वास गरेपछि परमेश्वरबारे जेसुकै धारणाहरू विकास गरे पनि, र यी धारणाहरू जुनसुकै वातावरण वा प्रसङ्गमा पैदा भए पनि, उसले परमेश्वरसँग बहस गर्दैन। ऊ यसो भन्छ, “म मानव हुँ, ममा भ्रष्ट स्वभाव छन्, अनि मेरो सोचाइ र व्यवहार गलत हुन सक्छ। परमेश्वर सत्यता हुनुहुन्छ, र परमेश्वर कहिल्यै गलत हुनुहुन्न। मेरा विचारहरू जति नै तर्कसङ्गत भए पनि ती अझै पनि मानव विचार नै हुन्, ती मानवबाट आउँछन् र ती सत्यता होइनन्। यदि ती विचारहरू परमेश्वरका वचनहरू वा सत्यतासँग बाझिन्छन् भने, जति नै तर्कसङ्गत भए पनि गलत हुन्छन्।” अहिले यी धारणाहरू ठ्याक्कै कहाँ गलत छन् भन्ने कुरा तिनीहरूलाई थाहा नहुन सक्छ, त्यसोभए तिनीहरू कसरी अभ्यास गर्छन् त? तिनीहरू समर्पण अभ्यास गर्छन्, तिनीहरू जिद्दी हुँदैनन् र तिनीहरू निश्चित विवरणहरूमा मात्रै घोत्लिँदैनन्, र परमेश्वरले कुनै दिन यो कुरा प्रकट गर्नुहुनेछ भन्ने विश्वास गर्दै यसलाई त्याग्दिन्छन्। कसैले तिनीहरूलाई सोध्छ, “परमेश्वरले यो कुरा प्रकट गर्नुभएन भने के गर्ने?” तिनीहरू जवाफ दिन्छन्, “तब म सदाका लागि समर्पित हुनेछु। परमेश्वर कहिल्यै गलत हुनुहुन्न, र परमेश्वर जे गर्नुहुन्छ त्यो कहिल्यै गलत हुँदैन। यदि परमेश्वरले गर्ने कुरा मानव धारणाहरूअनुरूप छैन भने, यसको अर्थ परमेश्वर गलत हुनुहुन्छ भन्ने होइन, बरु मानिसहरूले त्यसलाई बोध गर्न वा बुझ्न सक्दैनन् भन्ने हो। त्यसकारण, मानिसहरूले सबैभन्दा बढी गर्नुपर्ने कुरा भनेको छानबिन नगर्नु हो, तिनीहरू आफ्ना धारणाहरूमा अडिग रहिरहनु हुँदैन, र परमेश्वरमा गल्तीहरू पत्ता लगाउन आफ्ना धारणाहरू प्रयोग गर्नु हुँदैन, परमेश्वरमा समर्पित नहुन र उहाँलाई अवज्ञा गर्नका लागि तर्क र बहानाका रूपमा आफ्ना धारणाहरू प्रयोग गर्नु हुँदैन।” तिनीहरू आफ्ना धारणाहरूलाई यसरी नै लिन्छन्। के यस्तो अभ्यास सत्यता अभ्यास गर्नु हो? यो वास्तवमै सत्यता अभ्यास गर्नु हो। जब तिनीहरू धारणाहरू विकास गर्छन्, तब परमेश्वरलाई ती धारणाका कुराहरूसँग तुलना गर्न वा ती धारणाहरूलाई परमेश्वरबारे छानबिन गर्न, र परमेश्वर साँचो हुनुहुन्छ कि हुनुहुन्न वा उहाँ अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर पुष्टि गर्न प्रयोग गर्ने गर्दैनन्। बरु, तिनीहरू आफ्ना ती धारणाहरू त्याग्छन् र सत्यता स्विकार्न र परमेश्वर चिन्न लागिपर्छन्। तर तिनीहरूले परमेश्वर चिन्न सक्दो प्रयास गरे पनि, उहाँलाई चिन्न सक्दैनन्। अनि त्यसपछि तिनीहरू के गर्छन्? तिनीहरू अझै पनि समर्पित हुन्छन्। तिनीहरू भन्छन्, “परमेश्वर कहिल्यै गलत हुनुहुन्न। परमेश्वर सधैँ परमेश्वर नै हुनुहुन्छ। सत्यता व्यक्त गर्ने परमेश्वर नै हुनुहुन्छ। परमेश्वर नै सत्यताको स्रोत हुनुहुन्छ।” यी धारणाहरू सम्हाल्दा, सबभन्दा पहिले त तिनीहरू परमेश्वरलाई परमेश्वरको स्थानमा र आफूलाई सृजित प्राणीका स्थानमा राख्छन्। त्यसकारण, तिनीहरूले आफ्ना धारणाहरू पन्छाएका वा समाधान गरेका छैनन् भने पनि, परमेश्वरप्रतिको तिनीहरूको समर्पणको मनोवृत्ति परिवर्तन हुँदैन। यस मनोवृत्तिले तिनीहरूलाई सुरक्षा दिन्छ, जसले गर्दा तिनीहरू परमेश्वरले तिनीहरूलाई उहाँसामु रहेका सृजित प्राणीका रूपमा चिन्नुहुन्छ। त्यसकारण, के त्यस्ता मानिसहरूका धारणाहरू समाधान गर्न सजिलो हुन्न र? (हुन्छ।) यो कसरी हासिल हुन्छ? मानौँ तिनीहरूले कुनै परिस्थिति सामना गर्दा यसरी बोलेका छन् अरे: “परमेश्वरले गर्ने सबै कुरा सत्यता हो र यो सही हुन्छ, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँले गल्ती गर्न सक्नुहुन्न भनेर भन्नु—के त्यो गलत होइन र? परमेश्वरले गल्ती गर्न सक्नुहुन्न भनेर भनिए पनि, यो त सैद्धान्तिक अभिव्यक्ति मात्रै हो। वास्तवमा, परमेश्वरले गर्ने कतिपय कुरा असंवेदनशील हुन्छन् र ती मानव भावनाहरूअनुरूप हुँदैनन्। मलाई लाग्छ यो मामला पूर्ण रूपमा सही छैन। पूर्ण रूपमा सही नभएका कामकुराका हकमा भन्दा, म समर्पित हुनु वा मैले तिनलाई स्विकार्नु जरुरी हुँदैन, होइन र? मैले परमेश्वरको नाम वा उहाँको पहिचान इन्कार नगरे पनि, आफूले अहिले विकास गरेका धारणाहरूले मलाई परमेश्वरबारे अझै धेरै अन्तर्ज्ञान र अझै राम्रो बुझाइ दिएका छन्—परमेश्वरले पनि केही गलत कुरा गर्नुहुन्छ र उहाँका पनि कहिलेकहीँ गल्तीहरू गर्ने समयहरू हुन्छन्। त्यसकारण, अबदेखि, मानिसहरूले परमेश्वर धर्मी, सिद्ध, र पवित्र हुनुहुन्छ भनेर भन्दा म विश्वास गर्नेछैनँ। म यी अभिव्यक्तिहरूमा सानो प्रश्नचिन्ह लगाउनेछु। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र म उहाँको सार्वभौमिकता स्विकार्न सक्छु, तैपनि भविष्यमा मैले छानेर स्विकार्नुपर्छ र म अन्योलग्रस्त र अन्धाधुन्ध रूपमा समर्पित हुनु हुँदैन। यदि म गलत रूपमा समर्पित भएँ भने के गर्ने? के मैले घाटा बेहोर्नेछैनँ र? म मूर्खतापूर्वक समर्पित हुने व्यक्ति बन्न सक्दिनँ।” यदि तिनीहरूले धारणाहरू र परमेश्वरलाई यस मनोवृत्तिले लिन्छन् भने, के तिनीहरू सजिलै आफ्ना धारणाहरू त्याग्न सक्छन् र? के यस्तो अभ्यास सत्यता अभ्यास गर्नु हो त? (होइन।) के तिनीहरू र परमेश्वरबीच रहेको सम्बन्ध समस्याग्रस्त भइसकेको हुँदैन र? के तिनीहरूले निरन्तर परमेश्वरको छानबिन गरिरहेका हुँदैनन् र? परमेश्वर त तिनीहरूको नियतिमाथि शासन गर्ने सार्वभौम हुनुहुन्न बरु तिनीहरूको छानबिनको विषय बनिसक्नुभएको हुन्छ। तिनीहरूले आफू सृष्टिकर्ताको प्रभुत्वमा रहेको सृजित प्राणी हुँ भनेर स्विकारे पनि, तिनीहरूले जे गरिरहेका हुन्छन्, त्यो सृजित प्राणीका कर्तव्य र दायित्वहरू पूरा गर्नु होइन। तिनीहरू सृजित प्राणीका रूपमा आफ्नो मूल स्थानमा रहेर सृष्टिकर्तालाई लिइरहेका हुँदैनन्, बरु आफूलाई सृष्टिकर्ताको विरोधमा उभ्याइरहेका हुन्छन्, र सृष्टिकर्तालाई छानबिन गरिरहेका र सृष्टिकर्ताका कार्य र व्यवहारहरू विश्लेषण गरिरहेका हुन्छन्, आफ्नो इच्छाअनुसार समर्पित हुने कि नहुने र स्विकार गर्ने कि नगर्ने भनेर छनौट गरिरहेका हुन्छन्। के यो मनोवृत्ति र अभ्यास शैली सत्यता स्विकार्ने व्यक्तिमा हुनुपर्ने प्रकटीकरणहरू हुन्? के तिनीहरूका धारणाहरू समाधान गर्न सकिन्छ? (अहँ, ती समाधान गर्न सकिँदैन।) तिनलाई कहिल्यै समाधान गर्न सकिँदैन। किनभने परमेश्वरसँगको तिनीहरूको सम्बन्ध विकृत भएको हुन्छ; यो सामान्य सम्बन्ध हुँदैन, यो सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध हुँदैन। तिनीहरूले परमेश्वरलाई छानबिन गरिनुपर्ने वस्तुका रूपमा लिन्छन्, र उहाँलाई निरन्तर छानबिन गर्छन्। तिनीहरू आफूले सही र असल ठानेको कुरा स्विकार्छन्, तर मानव धारणा र कल्पनाहरू वा मानव रुचिहरूअनुरूप नरहेका कुराबारे भित्री रूपमा परमेश्वरको प्रतिरोध गर्छन् र उहाँसँग होड गर्छन्, र तिनीहरू परमेश्वरबाट टाढिन्छन्। के त्यस्तो व्यक्ति सत्यता स्विकार्ने व्यक्ति हो त? सतही रूपमा हेर्दा, कुनै घटनाहरू नभएको र परमेश्वरबारे कुनै धारणाहरू नभएको अवस्थामा, ऊ परमेश्वरले बोल्ने वचनहरूमा समर्पित हुन सक्छ। तर उसले धारणाहरू विकास गरेपछि, उसको समर्पण हराउँछ; यो कहीँकतै देख्न सकिँदैन, र यसलाई व्यवहारमा उतार्न सकिँदैन। यहाँ के भइरहेको हुन्छ? के स्पष्ट छ भने तिनीहरू सत्यता अभ्यास गर्ने मानिस होइनन्। तिनीहरू परमेश्वरलाई सत्यताको स्रोत वा सत्यता स्वयमका रूपमा स्विकार्दैनन्। सत्यता स्वीकार नगर्ने मानिसहरूमा ती धारणाहरू जहिलेसुकै देखा परे पनि ती धारणाहरू त्याग्न वा समाधान गर्न तिनीहरूलाई गाह्रो हुन्छ।
माथिको सङ्गतिको विषयवस्तुबाट मूल्याङ्कन गर्दा, कुन प्रकारको धारणा समाधान गर्न बढी सजिलो छ भन्ने तिमीहरूलाई लाग्छ? त्यो परिस्थितिमा निर्भर हुन्छ। सत्यता स्विकार्न सक्ने, समझ भएका र सही मानिसहरूका हकमा, तिनीहरूका धारणाहरू जुनसुकै बेला पैदा भए पनि तिनलाई समाधान गर्न सजिलो हुन्छ। सत्यता स्विकार्न नसक्नेहरूका हकमा, तिनीहरूका धारणाहरू जुनसुकै बेला पैदा भए पनि तिनलाई समाधान गर्न गाह्रो हुन्छ। कतिपय मानिसहरूले परमेश्वरमा बीसतीस वर्ष विश्वास गरेका हुन्छन्, र अहिले पनि, तिनीहरूले भन्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन; त्यो सब शब्द र धर्मसिद्धान्तहरू, अनि मानव धारणाहरू मात्रै हुन्छ। तिनीहरूले कुनै पनि सत्यता बुझ्दै बुझेका हुँदैनन्—के तिनीहरूका धारणाहरू पैदा हुँदा तिनीहरूले ती त्याग्न सक्छन् त? यो भन्न गाह्रो छ। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् भने, तिनीहरूले आफ्ना धारणाहरू त्याग्न सक्नेछैनन्। मानिसहरूमा धारणाहरू हुनु अपरिहार्य नै हुन्छ। हरेकको मस्तिष्कले कुनै पनि बेला विभिन्न धारणाहरू पैदा गर्न सक्छ, चाहे ती अन्तर्निहित वा चाहे आर्जित नै किन नहोऊन्। हरेकको हृदयमा धारणाहरू हुन्छन्, चाहे तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै धेरै वर्ष भएको किन नहोस्। त्यसोभए यसमा के गरिनुपर्छ? के यो समस्या बस समाधान गर्न नसकिने नै हो त? यसलाई समाधान गर्न सकिन्छ; यसमा याद राख्नुपर्ने केही सिद्धान्तहरू छन्। यी सिद्धान्तहरू अत्यन्तै महत्त्वपूर्ण छन्। जब तँ त्यस्ता परिस्थितिहरू सामना गर्छस्, तब यी सिद्धान्तहरूअनुसार अभ्यास गर्। केही समयसम्म अभ्यास गरेपछि, तैँले नतिजाहरू देख्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। जब धारणाहरू पैदा हुन्छन्, तब धारणा जेसुकै भए पनि, सुरुमा यो सोचाइ सही छ कि छैन भनेर आफ्नो हृदयमा मनन र विश्लेषण गर्। यदि तँलाई यो सोचाइ गलत र विकृत छ, र यसले परमेश्वरको ईश्वरनिन्दा गर्छ भन्ने स्पष्ट रूपमा लाग्छ भने, तुरुन्तै प्रार्थना गर्, र परमेश्वरलाई यो समस्याको सार पहिचान गर्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनेर अनुरोध गर्, र त्यसपछि, भेलामा आफ्नो बुझाइबारे छलफल गर्। अनि परिस्थितिलाई बुझ्ने र अनुभव गर्दै गर्दा, आफ्ना धारणाहरू समाधान गर्नमा ध्यान दे। यदि यसरी अभ्यास गर्दा स्पष्ट नतिजाहरू प्राप्त हुँदैनन् भने, तैँले सत्यता बुझ्ने व्यक्तिसँग सत्यताको यो पक्षबारे सङ्गति गर्नुपर्छ, र अरूबाट सहयोग र परमेश्वरका वचनहरूबाट समाधानहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ। परमेश्वरका वचनहरू र तेरा अनुभवहरूमार्फत, तैँले परमेश्वरका वचनहरू सही छन् भन्ने कुरा बिस्तारै पुष्टि गर्नेछस्, र तैँले आफ्ना धारणाहरू समाधान गर्ने सन्दर्भमा ठूला नतिजाहरू प्राप्त गर्नेछस्। परमेश्वरका त्यस्ता वचन र कामहरू स्वीकार र अनुभव गरेपछि, तैँले अन्ततः परमेश्वरका अभिप्रायहरू बुझ्नेछस् र तँसँग परमेश्वरको स्वभावबारे केही ज्ञान हुनेछ, जसले तँलाई आफ्ना धारणाहरू त्याग्न र समाधान गर्न सक्षम बनाउनेछ। तैँले परमेश्वरलाई उप्रान्त गलत रूपमा बुझ्नेछैनस् वा तँ उहाँविरुद्ध सतर्क हुनेछैनस्, न त तैँले अनुचित मागहरू नै गर्नेछस्। यो सहजै समाधान गर्न सकिने धारणाहरूको कुरा हो। तर एउटा अर्को प्रकारको धारणा पनि छ जसलाई बुझ्न र समाधान गर्न मानिसहरूलाई गाह्रो हुन्छ। समाधान गर्न गाह्रो रहेका धारणाहरूका हकमा, तैँले पालना गर्नुपर्ने एउटा सिद्धान्त छ: तिनलाई व्यक्त गर्ने वा फैलाउने नगर्, किनभने त्यस्ता धारणाहरू व्यक्त गर्दा त्यसले अरूलाई फाइदा गर्दैन; यो त परमेश्वरलाई अवज्ञा गरेको तथ्य हो। यदि तँ धारणाहरू फैलाउनुका प्रकृति र परिणामहरू बुझ्छस् भने, तैँले यसलाई स्पष्ट रूपमा आफै राम्ररी मापन गर्नुपर्छ र जथाभाबी भन्नबाट टाढा बस्नुपर्छ। यदि तँ “मण्डलीमा मेरा शब्दहरू रोकेर राख्दा साह्रै नराम्रो लाग्छ; मलाई त म विस्फोट हुन्छु जस्तो लाग्छ” भनेर भन्छस् भने, तैँले अझै पनि यी धारणाहरू फैलाउँदा परमेश्वरका चुनिएका मानिसहरूका लागि साँच्चै फाइदाजनक हुन्छ कि हुँदैन भनेर ख्याल गर्नुपर्छ। यदि यो फाइदाजनक छैन र यसले गर्दा अरूले परमेश्वरबारे धारणाहरू राख्छन्, वा परमेश्वरलाई अवज्ञा र आलोचना गर्नसमेत सक्छन् भने, के तैँले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेको हुँदैनस् र? तैँले मानिसहरूलाई हानि गरिरहेको हुन्छस्; यो महामारी फैलाउनुभन्दा केही फरक हुँदैन। यदि तँसँग साँच्चै नै समझ छ भने, तँ धारणाहरू फैलाएर अरूलाई हानि गर्नुको सट्टा आफै पीडा सहन चाहनेथिइस्। तर, यदि तँलाई आफ्ना शब्दहरूलाई भित्रै रोकेर राख्दा पीडा हुन्छ भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। यदि समस्या समाधान भयो भने, के त्यो राम्रो कुरा होइन र? यदि तँ परमेश्वरलाई प्रार्थना गर्दासमेत आफ्ना धारणाहरूद्वारा उहाँलाई आलोचना गर्छस् र गलत रूपमा बुझ्छस् भने, तैँले केवल आफूलाई समस्यामा पारिरहेको हुन्छस्। तैँले परमेश्वरलाई यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर, ममा यी विचारहरू छन्, र म तिनलाई त्याग्न चाहन्छु, तर सक्दिनँ। बिन्ती छ मलाई अनुशासित गर्नुहोस्, विभिन्न वातावरणहरूद्वारा मलाई खुलासा गर्नुहोस्, र मलाई मेरा धारणाहरू गलत छन् भनेर पहिचान गर्ने तुल्याउनुहोस्। तपाईँले मलाई चाहे जसरी अनुशासित गर्नुभए पनि, म त्यो स्वीकार गर्न इच्छुक छु।” यो मानसिकता सही हुन्छ। यस्तो मानसिकता लिएर परमेश्वरसँग प्रार्थना गरेपछि, के तँलाई कम उकुसमुकुस हुनेछैन र? यदि तैँले प्रार्थना र खोजी जारी राख्छस्, परमेश्वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छस्, परमेश्वरका अभिप्रायहरू बुझ्छस्, अनि तेरो हृदय उज्यालो हुन्छ भने, तँलाई उप्रान्त उकुसमुकुस महसुस हुनेछैन। अनि, के समस्या समाधान हुनेछैन र? परमेश्वरप्रतिको तेरो धारणा, प्रतिरोध, र विद्रोहीपन लगभग हराउनेछ; कम्तीमा पनि, तँलाई ती कुरा व्यक्त गर्ने आवश्यकता महसुस हुनेछैन। यदि त्यसले अझै पनि काम गरेन र समस्या पूर्ण रूपमा समाधान भएन भने, तेरा धारणाहरू समाधान गर्न मद्दत गर्ने अनुभव भएको कुनै व्यक्ति खोज्। तिनीहरूलाई तँसँग भएका धारणाहरू समाधान गर्नेसँग सम्बन्धित परमेश्वरका वचनहरूका केही खण्डहरू खोज्न लगा, र तिनलाई दर्जनौँ वा सयौँपटक पढ्; सायद तेरा धारणाहरू पूर्ण रूपमा समाधान हुनेछन्। कतिपयले यसो भन्न सक्छन्, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूसँगका भेलामा धारणाहरू व्यक्त गरेँ भने, त्यो धारणाहरू फैलाउनु हुनेछ, त्यसकारण म त्यसो गर्न सक्दिनँ। तर ती कुरा भित्रै राख्दा साह्रै नराम्रो लाग्छ। के म मेरो परिवारसँग यसबारे कुरा गर्न सक्छु?” यदि तेरो परिवारका सदस्यहरू पनि आस्थामा रहेका दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तिनीहरूको वरपर यी धारणाहरू व्यक्त गर्दा तिनीहरूलाई पनि बाधा हुनेछ। के यो उचित हुन्छ त? (हुँदैन।) यदि तैँले भनेको कुराले अरूलाई हानिकारक असर पार्छ, तिनीहरूलाई हानि गर्छ र बहकाउँछ भने, तैँले त्यो कुरा कदापि भन्नु हुँदैन। बरु, समस्या समाधान गर्न परमेश्वरलाई प्रार्थना गर्। तैँले भक्त हृदयले, धार्मिकताका लागि भोकाउने र तिर्खाउने हृदयले प्रार्थना गरेसम्म र परमेश्वरका वचनहरू खाने-पिउने गरेसम्म, तेरा धारणाहरू समाधान हुन सक्छन्। परमेश्वरका वचनहरूमा समग्र सत्यता हुन्छ; तिनले कुनै पनि समस्या समाधान गर्न सक्छन्। यो तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस् र तँ परमेश्वरका वचनहरू अभ्यास गर्न इच्छुक छस् कि छैनस्, र तँ आफ्ना धारणाहरू त्याग्न सक्छस् कि सक्दैनस् भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तँलाई परमेश्वरका वचनहरूमा समग्र सत्यता हुन्छ भन्ने विश्वास छ भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र समस्याहरू पैदा हुँदा तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यदि, केही समयसम्म प्रार्थना गरेपछि, तँलाई अझै पनि परमेश्वरले अन्तर्दृष्टि दिनुभएको अनुभव हुँदैन र तैँले के गर्ने भन्नेबारे परमेश्वरबाट स्पष्ट वचनहरू प्राप्त गरेको हुँदैनस्, तर त्यसउप्रान्त अचेतन रूपमै तेरा धारणाहरूले तँलाई आन्तरिक रूपमा असर गर्दैनन्, उप्रान्त तेरो जीवनमा बाधा दिँदैनन्, र ती बिस्तारै हराउँदै जान्छन्, र तिनले परमेश्वरसँगको तेरो सामान्य सम्बन्धमा असर गर्दैनन्, र अवश्य नै तेरो कर्तव्य निर्वाहमा पनि असर गर्दैनन् भने, के यो धारणा लगभग समाधान भएको हुँदैन र? (हुन्छ।) अभ्यासको मार्ग भनेकै यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।