अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१६) खण्ड तीन
ख. धारणाहरू फैलाउने मानिसहरूसँग कसरी व्यवहार गर्ने
मण्डलीमा कसैले परमेश्वरबारे धारणाहरू र असन्तुष्टि फैलाउँदा केकस्ता परिणामहरू निस्किन्छन्? के यसले मण्डली जीवनका नतिजाहरूमा प्रत्यक्ष रूपमा असर गर्छ? के यसले सामान्य मण्डली जीवन र मण्डलीको काममा बाधा दिन्छ? (दिन्छ।) यसले परमेश्वरमाथिको मानिसहरूको आस्थामा असर गर्छ र आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्ने तिनीहरूको क्षमतामा असर गर्छ। त्यसकारण, धारणाहरू फैलाउनेहरूलाई प्रतिबन्धित गरिनुपर्छ। तिनीहरूले कहिलेकहीँ मात्रै त्यस्ता कुराहरू उल्लेख गरे पनि, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ र खुट्ट्याइनुपर्छ; तिनीहरूसँग कस्तो मानवता छ, र तिनीहरूले धारणाहरू फैलाउनु अस्थायी नकारात्मकता र कमजोरीका कारण हो कि तिनीहरूको प्रकृति सारको समस्याका कारण हो, त्यो हेर—तिनीहरूले निरन्तर सत्यता पछ्याइरहेका छन् कि छैनन् र अझै धेरै मानिसहरूलाई बहकाउन र मण्डली जीवनमा बाधा र हानि गर्न जानीजानी धारणाहरू फैलाइरहेका छन् कि छैनन्, त्यो हेर। यदि त्यो कहिलेकहीँ आउने नकारात्मकता र कमजोरी मात्रै हो भने, सत्यता सङ्गति गरेर तिनीहरूलाई साथ र सहयोग दिनु नै पर्याप्त हुन्छ। यदि तिनीहरूले सल्लाह मान्दैनन् र धारणाहरू फैलाउन र मण्डली जीवनमा बाधा दिन जारी राख्छन्—र अरूलाई नकारात्मक र कमजोर बन्ने तुल्याउँछन्, र आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्ने तिनीहरूको क्षमतामा असर पार्छन् भने—त्यसको अर्थ तिनीहरू शैतानका नोकरहरू हुन् र तिनीहरूलाई सिद्धान्तहरूअनुसार सफाइ गरी निकाल्नुपर्छ। तिनीहरूलाई अर्को मौका किन नदिने त? के तिमीहरूलाई त्यस्ता मानिसहरू अविश्वासीहरू हुन् भन्ने लाग्छ? (लाग्छ।) तिनीहरूको मानवता जस्तोसुकै भए पनि, त्यस्ता मानिसहरू अविश्वासीहरू नै हुन्। अविश्वासीहरू गहुँबीचका सामाजस्तै हुन्—तिनीहरूलाई उखेल्नुपर्छ। यदि तिनीहरूले अविश्वासीहरूका केही प्रकटीकरणहरू मात्रै प्रदर्शन गर्छन् र मण्डली जीवनमा बाधाहरू दिएका छैनन्, र अझै पनि मण्डलीका साथीहरूका रूपमा सेवा दिन र सेवा प्रदान गर्न सक्छन् भने, तिनीहरूलाई त्यतिकै छोडिदिन सकिन्छ। तर निरन्तर धारणाहरू फैलाउनेहरू सधैँ अविश्वासीहरूका दृष्टिकोण र टिप्पणीहरू व्यक्त गर्छन्। तिनीहरू लापरवाह रूपमा कुराहरू बोलिरहेका हुँदैनन्; तिनीहरूको उद्देश्य त अझै धेरै मानिसहरूलाई परमेश्वरबाट टाढा लैजानका लागि उक्साउनु, बहकाउनु, र आकर्षित गर्नु हो। तिनीहरूको अभिप्राय यस्तो हुन्छ: “यदि मैले आशिष्हरू प्राप्त गर्न सकिनँ भने, म उप्रान्त विश्वास गर्नेछैनँ। तिमीहरूमध्ये कसैले पनि आशिष्हरू प्राप्त गर्ने आशा गर्नु हुँदैन, र तिमीहरूले विश्वास पनि गर्नु हुँदैन! यदि तिमीहरूले विश्वास गरिरह्यौ भने, यदि तिमीहरूले अडिग भएर कुनै दिन आशिष्हरू प्राप्त गर्यौ भने के गर्ने—के त्यसले मलाई कठिन स्थितिमा पार्नेछैन र? त्यसपछि मलाई कसरी भित्री सन्तुलन महसुस हुन सक्छ र? त्यसरी हुँदैन। भावी पछुतोबाट जोगिन, म तिमीहरूलाई बाधा दिनेछु र तिमीहरूको आस्था डगमगाइदिनेछु, र तिमीहरूलाई परमेश्वरबाट टाढा जाने, परमेश्वरलाई धोका दिने, र मसँगै मण्डली छोडिजाने तुल्याउनेछु—त्यो नै सबैभन्दा राम्रो हुनेछ।” तिनीहरूको उद्देश्य यही हुन्छ। के त्यस्ता अविश्वासीहरूलाई निकाल्नुपर्दैन र? (पर्छ।) तिनीहरूलाई निकाल्नुपर्छ। यदि केही अविश्वासीहरूले विश्वास गर्न छोडे भने, मण्डलीले बस तिनीहरूसँग भएका परमेश्वरका वचनका पुस्तकहरू फिर्ता लिएर तिनीहरूको नाम काटिदिनेछ। अनि केही अरू अविश्वासीहरू यस्ता हुन्छन्, जोसित परमेश्वरमा विश्वास गर्नेबारे र विश्वासीहरूप्रति केही सकारात्मक भावनाहरू हुन्छन्। तिनीहरू मण्डलीमा सकारात्मक भूमिका खेल्दैनन्; तिनीहरू कहिलेकहीँ मण्डलीका साथीहरूका रूपमा मात्रै सहयोग गर्छन्। त्यस्ता मानिसहरूले सत्यता नपछ्याए पनि वा सत्यता सङ्गति नगरे पनि धारणाहरू फैलाउने वा मण्डली जीवन बिथोल्ने गर्दैनन्। तिनीहरूले थोरथोरै सेवा दिन सकेसम्म तिनीहरूलाई मण्डलीमा रहन दिनुपर्छ र निकाल्नुपर्दैन। तर, निरन्तर धारणाहरू फैलाउने ती अविश्वासीहरूका हकमा भने कुनै दया देखाउनु हुँदैन। तिनीहरू परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू फैलाउँछन्, मण्डली जीवनमा बाधा दिन्छन् र मण्डलीको काममा बाधा र अवरोधहरू दिन्छन्। यी अविश्वासीहरू शैतानका नोकरहरू हुन्। तिनीहरूसँग धारणाहरू हुन्छन्; तर, तिनलाई समाधान गर्न तिनीहरू सत्यता खोजी नगर्ने मात्र होइन, बरु उल्टै परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउन आफ्ना धारणाहरूसमेत फैलाउँछन्। तिनीहरू परमेश्वरलाई धोका दिन्छन् र अरूलाई पनि आफूसँगै बरबादीमा तान्न चाहन्छन्। यस्ता अभिप्रायहरू लिएर तिनीहरूले मण्डलीको काममा बाधा दिन्छन्। के परमेश्वरले तिनीहरूलाई क्षमा दिन सक्नुहुन्छ? अहँ, तिनीहरूलाई त्यतिकै छोड्नु हुँदैन। यो मामला तिनीहरूलाई प्रतिबन्धित गर्ने वा अलग्याउने होइन, कुनै दया नदेखाई, तिनीहरूलाई सफाइ गरेर हटाएर सधैँका लागि तिनीहरूको नामसमेत काटिदिनुपर्छ।
मण्डलीमा, कतिपय मानिसहरू कहिल्यै सत्यता पछ्याउँदैनन् र परमेश्वरले मानिसहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ भन्ने कुरा कहिल्यै बुझ्दैनन्। निश्चित कुराहरू अनुभव गरेपछि, तिनीहरू परमेश्वरबारे गलतफहमी, प्रतिरोध, र गुनासाहरू विकास गर्छन्; तिनीहरूले भन्ने र गर्ने केही कुराहरूले धारणाहरू फैलाउने काम गर्छन्। तिनीहरूले फैलाउने धारणाहरू परमेश्वरको वचन र कामप्रतिको बुझाइमा हुने विचलनहरू वा परमेश्वरबारे गलतफहमीहरू मात्रै हुँदैनन्। तीमध्ये कतिपय त अझै गम्भीर हुन्छन्, तिनले परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरा सीधै इन्कार्छन्—तिनले परमेश्वरलाई पूर्ण रूपमा आलोचना र ईश्वरनिन्दा गर्छन्। अनि तिनीहरूले फैलाउने अरू धारणाहरूले परमेश्वरलाई खुल्लमखुल्ला आक्रमण र ईश्वरनिन्दासमेत गर्छन्। तिनीहरू सृजित प्राणी वा परमेश्वरको अनुयायीका दृष्टिकोणमा उभिएर समर्पित हृदयले आफ्नो भ्रष्टता र विद्रोह चिरफार गर्ने वा चिन्ने प्रयास गरिरहेका हुँदैनन्, न त तिनीहरू सत्यता नै स्विकारिरहेका र परमेश्वरको कामबारे आफ्नो बुझाइ र उहाँका अभिप्रायहरूबारे आफ्नो बुझाइ नै सङ्गति गरिरहेका हुन्छन्। तिनीहरूले व्यक्त गर्ने धारणाहरू यी सकारात्मक बुझाइहरूको ठ्याक्कै विपरीत हुन्छन्। जब अरूले तिनीहरूका धारणाहरू सुन्छन्, तब तिनीहरूले परमेश्वरबारे बुझाइ प्राप्त गर्दैनन्, न त साँचो आस्था नै विकास गर्छन्, अनि अवश्य नै परमेश्वरमाथिको तिनीहरूको आस्था पनि बढ्दैन। बरु, परमेश्वरमाथिको तिनीहरूको आस्था अस्पष्ट बन्छ, घट्छ, वा पूरै हराउने समेत हुन्छ। त्योसँगसँगै, परमेश्वरको कामको दर्शन पनि तिनीहरूलाई अस्पष्ट हुन्छ। तिनीहरूले फैलाउने धारणाहरू मानिसहरूले जति सुन्छन्, त्यति नै उनीहरूको हृदय अन्योलग्रस्त हुन्छ, यहाँसम्म कि उनीहरूलाई परमेश्वरमा किन विश्वास गर्नुपर्छ भन्ने कुरा पनि स्पष्ट हुँदैन र उनीहरूले परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारे शङ्का गर्न थाल्छन्। परमेश्वरका वचनहरू सत्यता हुन् कि होइनन्, परमेश्वरका वचन र कामले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सक्छन् कि सक्दैनन्, र अरू त्यस्तै मामलाहरू—ती सबै कुरा तिनीहरूका लागि अस्पष्ट र शङ्कास्पद बन्छन्। जब मानिसहरूले त्यस्ता व्यक्तिहरूले फैलाउने धारणा र गलतफहमीहरू सुन्छन्, तब तिनीहरू परमेश्वरप्रति शङ्का गर्न र सतर्क हुन थाल्छन्; तिनीहरू आफ्नो हृदयमा परमेश्वरलाई सीमित गर्न, परमेश्वरविरुद्ध गलतफहमी र गुनासाहरू विकास गर्न, र भित्री रूपमा परमेश्वरबाट टाढिनसमेत थाल्छन्। यो अत्यन्तै समस्याजनक कुरा हो। तिनीहरूसँग यी नकारात्मक विचार, दृष्टिकोण, योजना, र युक्तिहरू भएपछि, तिनीहरूले स्विकारेका जानकारी र टिप्पणीहरू सामान्य मानवताका आवश्यकताअनुरूप हुँदैनन्, र सत्यतासँग पनि मिल्दैनन् भन्ने कुरा स्पष्ट हुन्छ—ती कुराहरू शैतानबाट आउँछन् भन्ने कुरा शतप्रतिशत निश्चित हुन्छ। धारणाहरू फैलाउने मानिसहरूको अभिप्राय वा मनसाय जेसुकै भए पनि, तिनीहरूले भ्रम र आधारहीन अफवाहहरू जानीजानी फैलाए पनि अनजानमा फैलाए नि, तिनीहरूले मण्डलीमा हानिकारक असर पार्छन् भने, तिनीहरूलाई प्रतिबन्धित गर्नुपर्छ। अवश्य नै, यदि त्यस्ता मानिसहरूलाई मण्डली जीवनभन्दा बाहिर पत्ता लगाइयो र खुट्ट्याइयो भने, तिनीहरूलाई पनि तुरुन्तै रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि सत्यता बुझेको व्यक्तिले त्यस्ता कुराहरू फैलाउनेहरूलाई खण्डन र खुलासा गर्न, दाजुभाइ-दिदीबहिनीहरूलाई ती कुराहरू खुट्ट्याउन सहयोग गर्न परमेश्वरका वचनहरू वा आफ्नै बुझाइ प्रयोग गर्न सक्छ भने, यो अझै राम्रो कुरा हो। यो शैतानविरुद्ध लड्नु हो। यदि तँसँग कदको कमी छ भने, तैँले तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूबाट टाढा बस्न सिक्नुपर्छ। यदि तँसँग कद छ भने, तैँले तिनीहरूलाई खुलासा गर्नुपर्छ। के तिमीहरू यसो गर्ने आँट गर्छौ? के यो कसरी गर्ने तिमीहरूलाई थाहा छ? यो कुराले नै कसैसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा सबैभन्दा बढी प्रकाश गर्छ। जब केही नयाँ विश्वासीहरूले त्यस्ता मानिसहरूले परमेश्वरबारे फैलाएका धारणा र गलतफहमीहरू सुन्छन्, तब तिनीहरू छक्क पर्छन् र भन्छन्, “परमेश्वरमा विश्वास गर्ने व्यक्तिले कसरी यसरी बोल्न सक्छ?” यदि जगविनाका मानिसहरूले यी धारणा र भ्रमहरू सुने भने, के तिनीहरू नकारात्मक र कमजोर बन्नेछैनन् र? के तिनीहरूले यी भ्रमहरू स्विकार्नेछैनन् र? के तिनीहरू बहकाउमा पर्ने अनि मण्डली छोड्नेछैनन् र? यी सबै कुराहरू हुने सम्भावना हुन्छ। जब धारणाहरू फैलाउने कुनै व्यक्तिले “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ” भनेर भन्छ, तब उसले यसो भन्दा ऊ जस्तोसुकै स्थितिमा भए पनि, यसले उसले परमेश्वरमाथिको आस्था पूर्ण रूपमा गुमाएको छ र ऊ अविश्वासी हो भनी जनाउँछ। त्यस्ता शब्दहरू फैलाउनुको तिनीहरूको उद्देश्य जेसुकै भए नि, के तैँले तिनलाई सुनेर कुनै सुधार प्राप्त गर्न सक्छस्? (सक्दिनँ।) जब तँ कमजोर हुन्छस् र यी शब्दहरू सुन्छस्, तब तँलाई यस्तो महसुस हुन सक्छ, “यो व्यक्तिले मेरो पीडा बुझ्छ; जब ऊ आफ्ना धारणाहरूबारे कुरा गर्छ, तब उसले मेरो आफ्नै भित्री विचारहरूलाई आवाज दिइरहेको छ जस्तै लाग्छ।” तर, यदि आस्था भएको कसैले यी शब्दहरू सुन्यो भने, उसले यसो सोच्नेथियो, “यो अत्यन्तै विद्रोही कार्य हो! त्यस्ता शब्दहरू कसरी बोल्न सकेको? के यो परमेश्वरको निन्दा गर्नु होइन र? म त यस्ता कुराहरू भन्ने आँट नै गर्नेथिइनँ, किनभने यसले परमेश्वरको स्वभाव चिढ्याउँछ!” तिनीहरूले यी धारणाहरू फैलाउन सक्छन् भन्ने तथ्यले के जनाउँछ भने यी विचारहरू धेरै पहिले नै विकास भएका हुन् र तिनले तिनीहरूको हृदयमा जरा गाडिसकेका छन्। यदि त्यस्ता विचारहरू भर्खरै निर्माण हुन थालेका हुन् र ती अझै पनि उम्रिने चरणमै छन्, र ती धारणाहरूमा पूर्ण रूपमा विकसित भएका छैनन् भने, अनि व्यक्तिले ती कुरालाई शब्दमा नउतारेसम्म र अरूलाई नबहकाए वा बाधा नदिएसम्म, यसले उसमा थोरथोरै समझ छ भन्ने देखाउँछ; उसले आफ्नो जिब्रो काबुमा राख्न सक्छ र यसरी निकालिने परिणामबाट जोगिन सक्छ। तर यदि ऊ ती कुरा बोल्छ र मण्डली जीवन बिथोल्छ भने, उसलाई थप शिष्टता देखाउन सकिँदैन; उसलाई खुलासा गर्नु र निकाल्नुपर्छ। सत्यतालाई प्रेम नगर्ने र सत्यता बुझ्ने क्षमता नभएका मानिसहरूमा बारम्बार धारणाहरू विकास हुने प्रवृत्ति हुन्छ। तर, बारम्बार परमेश्वरका वचनहरू पढ्ने र बुझ्ने क्षमता भएका मानिसहरूले आफूमा धारणाहरू देखा परे पनि तिनलाई हल गर्न सत्यता खोजी गर्नेछन्। बारम्बार धारणाहरू फैलाउनेहरूलाई परमेश्वरको कामले प्रकाश गर्छ र हटाउँछ; तिनीहरू सत्यतालाई पटक्कै प्रेम नगर्ने र सत्यता स्विकार्न नसक्ने मानिसहरू हुन्, तिनीहरू सबै सत्यताप्रति वितृष्ण र सत्यतालाई घृणा गर्ने मानिसहरू हुन्। यसमा कुनै शङ्का छैन।
विभिन्न देश र स्थानहरूको मण्डली जीवनमा, धारणाहरू फैलाउने समस्या निश्चय नै अस्तित्वमा हुन्छ किनभने सत्यतालाई प्रेम नगर्ने मानिसहरू जताततै हुन्छन्। सत्यता नपछ्याउने, सत्यताप्रति वितृष्ण हुने, र देहगत सुख खोज्नेहरू, साथै अविश्वासी, दुष्ट मानिसहरू, र यस्तै अरूहरूले सत्यता नपछ्याउने हुनाले, सधैँ परमेश्वरका वचनहरू र देहधारी परमेश्वरबारे धारणाहरू पाल्छन्। तिनीहरूको हृदय धारणाहरूले भरिएको हुन्छ, परमेश्वरबारेका कल्पनाहरूले भरिएको हुन्छ र उहाँप्रतिका मागहरूले भरिएको हुन्छ, र तिनीहरूले परमेश्वरले बोल्नुहुने हरेक वचन विशुद्ध रूपमा बोध गर्न र बुझ्न सक्दैनन्; ती वचनहरूलाई तिनीहरू आफ्नै धारणा, प्राथमिकता, र आफ्नै व्यक्तिगत फाइदा, र घाटाहरूको आधारमा मात्रै बुझ्छन्। तिनीहरूको हृदय परमेश्वरप्रतिका विभिन्न धारणा, कल्पना, र अनुचित मागहरू, साथै परमेश्वरबारे विभिन्न गलतफहमी र मूल्याङ्कनहरू, र आदि इत्यादिले भरिएको हुन्छ। त्यसकारण, ती मानिसहरूले धारणाहरू फैलाउनु स्वाभाविकै कुरा हो—त्यो नयाँ कुरा होइन। त्यस्ता मानिसहरू अस्तित्वमा भएसम्म, बेलाबेलामा धारणाहरू फैलिने घटनाहरू घट्न सक्छन् र यो कुनै पनि क्षणमा हुन सक्छ। जब परमेश्वर तिनीहरूका धारणा र चाहनाहरूअनुरूप नहुने कुनै कुरा बोल्नुहुन्छ वा गर्नुहुन्छ, र जब त्यसले तिनीहरूको हितमा हानि गर्छ, तब तिनीहरू रिसले चुर हुन्छन् र आफ्नै हितहरूका खातिर बोल्न र परमेश्वर एवं उहाँको कामविरुद्ध होड गर्न थाल्छन्। यी मानिसहरू सधैँ सत्यता र परमेश्वरको विरोधमा खडा हुन्छन्, तिनीहरू परमेश्वरका वचनहरू, परमेश्वरको स्वभाव, र परमेश्वरको कामको विश्लेषण र छानबिन गर्छन्। तिनीहरू निरन्तर परमेश्वरका वचनहरू र काम सही छन् कि छैनन् भनेर छानबिन गर्ने र जाँच्ने गर्छन्, र तिनीहरू परमेश्वरको देहधारी देह परमेश्वरको पहिचान र हैसियतसँग मिल्छ कि मिल्दैन भनेर पुष्टि गर्न पनि निरन्तर चाहन्छन्। तिनीहरूले पुष्टि गर्ने प्रक्रिया दौरान, ठ्याक्कै मिल्ने उत्तरहरू प्राप्त गर्न तिनीहरूलाई निकै गाह्रो हुन्छ; तिनीहरूका नजरमा, परमेश्वरका वचनहरू पूरा हुन र साकार हुन निकै गाह्रोसमेत हुन्छ। त्यसकारण, धारणाहरू फैलाउँदा तिनीहरूसँग भन्नका लागि धेरै कुरा हुन्छ। तिनीहरूले समय, स्थान, वा प्रसङ्ग जेसुकै भए पनि आफ्ना धारणाहरू फैलाउँछन्। जब पनि तिनीहरूलाई परमेश्वरप्रति कुनै पनि तरिकामा असन्तुष्टि महसुस हुन्छ, तब तिनीहरू आफ्ना धारणाहरू प्रयोग गरेर कुराहरू मापन गर्छन्। यदि परमेश्वरका वचन र काम तिनीहरूका धारणाहरूअनुरूप छैनन् भने, तिनीहरू तुरुन्तै आफ्ना धारणाहरू व्यक्त गर्छन्। हामी यस्तो अभिव्यक्ति दिनुलाई फैलाउने कार्यका रूपमा चित्रित गर्छौँ। यसलाई किन “फैलाउने” कार्य भनिन्छ? किनभने तिनीहरूले व्यक्त गर्ने कुराहरूले परमेश्वरका चुनिएका मानिसहरू, मण्डली जीवन, वा परमेश्वरको घरको काममा सकारात्मक असर पार्दैनन्। बरु, ती कुराहरूले बाधा, अवरोध, र हानि मात्रै ल्याउँछन्। त्यसकारण, त्यस्ता टिप्पणीहरू बोल्नुलाई “फैलाउने कार्य” भनेर भन्दा सही नै हुन्छ।
धारणाहरू फैलाउने समस्याबारे केही आधारभूत सुझबुझ प्राप्त गरेपछि, तैँले सत्यताका आधारमा मानिसहरूका विभिन्न त्रुटिपूर्ण धारणा र टिप्पणीहरू चिरफार गर्नुपर्छ र खुट्ट्याउनुपर्छ, र त्यसपछि परमेश्वरको घरका प्रावधानहरूअनुसार तिनलाई सम्हाल्नु र समाधान गर्नुपर्छ। अवश्य नै, त्यस्ता समस्याहरू समाधान गर्नु अगुवा र कामदारहरूको पन्छाउन नसकिने जिम्मेवारी हो। यसको साथै, यो सङ्गति सुनेपछि, परमेश्वरका चुनिएका सबै मानिसहरूसँग, धारणाहरू फैलाउने मानिसहरू र तिनीहरूका शब्द र व्यवहारहरू खुलासा र चिरफार गर्ने दायित्व र जिम्मेवारी हुन्छ। यदि तँसँग तिनीहरूलाई रोक्ने वा प्रतिबन्धित गर्ने साहस छैन भने, तैँले परमेश्वरका वचनहरू र आफूले बुझ्ने सत्यताका आधारमा तिनीहरूसँग सङ्गति र बहस गर्न सक्छस्। यस्तो बहस गर्नुको उद्देश्य के हो? यो सानो कद भएका र सत्यताको कुनै बुझाइ नभएका मानिसहरूलाई कतिपय मानिसहरूद्वारा फैलाइने धारणा र भ्रमहरूका कारण अन्योलपूर्ण रूपमा बहकाउमा पर्न दिनुको सट्टा, त्यो बहस सुनेर कसका शब्दहरू सत्यताअनुरूप छन् भनेर अनुभूत गर्न सक्षम तुल्याउनु हो। यो परमेश्वरका चुनिएका मानिसहरूका लागि र मण्डली जीवनका लागि फाइदाजनक हुन्छ। जब कसैले सत्यताअनुरूप नरहेका शब्दहरू बोल्दैछन् भन्ने कुरा पत्ता लगाइन्छ—चाहे ती मानव धारणाहरू होऊन् वा भ्रमहरू होऊन्—तब बहस हुनुपर्छ। त्यस्ता बहसहरू मानिसहरूका लागि ज्ञानवर्धक हुन्छन्। कम्तीमा पनि, यी बहसहरू सुनेपछि, हेर्नेहरूले धारणाहरू फैलाउने मानिसहरूका शब्दहरू साँच्चै नै धारणाहरू हुन् भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्, र तिनीहरूले यी धारणाहरूका कुन-कुन पक्षहरू सत्यतासँग मिल्दैनन्, ती धारणाहरूको सार के हो, ती किन सत्यताअनुरूप छैनन्, तिनलाई किन धारणाका रूपमा चित्रण गरिन्छ, तिनलाई फैलाउने मानिसहरूलाई किन प्रतिबन्धित गरिनुपर्छ, र आदि इत्यादि कुराहरू बुझ्न सक्छन्—तिनीहरूले बहकिनु र अलमल्ल रूपमा खेलबाड गरिनुको सट्टा यी मामलाहरूबारे सही अन्तर्ज्ञान प्राप्त गर्न सक्छन्। मानिसहरूले फैलाउने धारणाहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा र मण्डली जीवनमा केही बाधा र हानि ल्याउन सक्ने भए पनि, यी कुराहरू अनुभव गर्नु मानिसहरूका लागि वास्तवमा खराब कुरा होइन। कम्तीमा पनि, यसले तिनीहरूको सुझबुझ वृद्धि गराउन, धारणाहरू फैलाउने मानिसहरूको साँचो रङ्ग के हो, धारणाहरू फैलाउँदा तिनीहरूले केकस्ता स्वभावहरू प्रकाश गर्छन्, र तिनीहरूले फैलाउने धारणा र सत्यताबीचको भिन्नता के हो भनेर देख्न सहयोग गर्छ। एक हिसाबमा, मानिसहरूले ती टिप्पणीहरू खुट्ट्याउन सक्नेछन् र तीविरुद्ध प्रतिरक्षा क्षमता पाउन सक्नेछन्। अर्को हिसाबमा, तिनीहरूले त्यस्ता मानिसहरूलाई पनि केही मात्रामा खुट्ट्याउन सक्नेछन्, र अविश्वासीहरूले, सत्यता पटक्कै नभएका र परमेश्वरबारे प्रायजसो धारणाहरू पाल्ने मानिसहरूले केकस्ता शब्दहरू बोल्छन् भन्ने कुरा जान्नेछन्, र तिनीहरूको आस्था साँचो छैन भन्ने कुरा पनि जान्नेछन्—कम्तीमा पनि, मानिसहरूले यस प्रकारको सुझबुझ प्राप्त गर्न सक्नेछन्। अवश्य नै, यदि तैँले अझै पनि यी समस्याहरू सामना गरेको छैनस् भने, “हे परमेश्वर, बिन्ती छ, मेरा लागि वातावरण प्रबन्ध गरिदिनुहोस् ताकि मैले ‘मानिसहरूले फैलाउने धारणाहरू’ को अर्थ के हो भन्ने कुरा बुझ्न सकूँ” भन्दै लापरवाही रूपमा प्रार्थना नगर्। धारणाहरू फैलिने घटनाको प्रत्यक्षदर्शी बन्नु कुनै खेल होइन र यसले तँलाई सजिलै बहकाउन सक्छ। अनि जब त्यस्ता कामकुराहरू देखा पर्छन्, तब तैँले तिनलाई सही रूपमा सम्हाल्नुपर्छ। तिनलाई फुत्किन नदे वा तीबाट जोगिने काम नगर्; तिनलाई सही रूपमा सामना गर्, र परमेश्वरले तेरा लागि खडा गर्नुभएका हरेक वातावरणलाई गम्भीर र कठोर मनोवृत्तिले लिने गर्। सत्यता प्राप्त गर्नका लागि सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही हो। जब तैँले कसैले धारणाहरू फैलाएको भेट्छस्, तब तैँले परमेश्वरलाई प्रार्थना गर्न सिक्नुपर्छ: “हे परमेश्वर, कृपया मसँग रहनुहोस्, मलाई अन्तर्दृष्टि दिनुहोस्, र मार्गदर्शन गर्नुहोस्, ताकि मैले यी शब्दहरू र यस्तो प्रकारको व्यक्तिलाई खुट्ट्याउन सकूँ, र मभित्र यी मानिसहरूका कुनै पनि धारणाहरू छन् कि छैनन् भनेर पहिचान गर्न पनि मलाई सक्षम तुल्याउनुहोस्।” अनि प्रार्थना गरेपछि, गएर यो मामला अनुभव गर्। अवश्य नै, यो समय तैँले कति सत्यता साँच्चै बुझेको छस् र तेरो कद कति ठूलो छ भन्नेबारे जाँच गरिने समय पनि हुनेछ। जब कसैले धारणाहरू फैलाइरहेको हुन्छ, तब यदि तँ ती कुरा सुन्छस् र तँसँग कुनै आन्तरिक प्रतिक्रिया वा विचारहरू हुँदैनन्, बरु तँ रेडियोजस्तै हुन्छस् र—तिनीहरूले जुनसुकै धारणाहरू व्यक्त गरे पनि र फैलाए पनि, तिनलाई कुनै प्रतिरोध वा इन्कार गर्ने क्षमताविना, र अझ बढी, तिनलाई खुट्ट्याउने कुनै क्षमताविना स्विकार्छस् भने—के यो अत्यन्तै समस्याजनक कुरा होइन र? कतिपय मानिसहरू, कसैले धारणाहरू व्यक्त गरिरहेको सुन्दा, बोल्दै गरिएको कुरा गलत छ भन्ने कुरा हृदयमा महसुस गर्छन्, र तिनीहरू त्यो व्यक्तिसँग सङ्गति र बहस गर्न चाहन्छन्, तर तिनीहरू आफूलाई कसरी उचित रूपमा व्यक्त गर्ने, वा त्यो व्यक्तिलाई कसरी खुलासा र चिरफार गर्ने भनी जान्दैनन्। अनि तिनीहरू, यदि तिनीहरूले प्रभावकारी रूपमा बहस गर्न सकिएन भने, तिनीहरूको अनुहार रातो हुनेछ, र त्यसपछि तिनीहरू अन्ततः हार्दा तिनीहरूको इज्जत गुम्नेछ र तिनीहरू अप्ठ्यारो परिस्थितिमा पर्नेछन् भनेर पनि डराउँछन्। तर, तिनीहरू यस्तो सोच्दै, बहस नगरी यो कुरालाई त्यतिकै छोड्न इच्छुक पनि हुँदैनन्: “मैले धेरै प्रवचन सुनेको छु र निकै कुरा बुझेको छु, तर पनि किन मसँग तिनीहरूलाई खण्डन गर्ने शब्दहरू छैनन्? मसँग परमेश्वरबारे कुनै धारणाहरू छैनन्, र मसँग परमेश्वरमाथिको साँचो आस्था छ, त्यसोभए तिनीहरूका भ्रमहरू खण्डन गर्ने समय आएको भए पनि म किन अहिले स्पष्ट रूपमा कुराहरू व्याख्या गर्न सक्दिनँ?” तिनीहरू धारणाहरू फैलाउने व्यक्तिले झन्झन् बढी बोलिरहेको, तिनीहरूका शब्दहरू झन्झन् घोर र घृणित हुँदै गएको देख्छन्, तर तिनलाई खण्डन वा चिरफार गर्न नै सक्दैनन्, र तिनीहरू खडा भएर तिनीहरूलाई खुलासा गर्न सक्दैनन्, तिनीहरूलाई रोक्न सक्नु त झन् धेरै परको कुरा हो, जसले तिनीहरूलाई भित्री रूपमा अत्यन्तै बेचैन र चिन्तित महसुस गराउँछ। यस क्षणमा मात्रै तिनीहरू तिनीहरूको कद अत्यन्तै सानो छ भन्ने महसुस गर्छन् र सत्यताबारे तिनीहरूको बुझाइ अझै पूर्ण र सही दृष्टिकोणमा रूपान्तरण भएको छैन, यो केही टुक्राटुक्री वाक्यांशहरू, ज्योतिका छरपस्ट कुट्काकुट्की र विचारहरू मात्रै हुन्, र सत्यताको साँचो ज्ञान पटक्कै होइनन् भन्ने कुरा देख्छन्। यो व्यक्तिले धारणाहरू फैलाइरहेको र मानिसहरूलाई बहकाइरहेको छ, र ऊ अविश्वासी हो भन्ने तिनीहरूलाई राम्ररी थाहा हुन्छ, र तिनीहरू उसलाई खुलासा गर्न र उसको दृष्टिकोण खण्डन गर्न चाहन्छन्, तर यति हो कि तिनीहरूसँग त्यसो गर्नका लागि उचित र शक्तिशाली भाषा नै हुँदैन। तिनीहरू यसो मात्रै भन्न सक्छन्, “परमेश्वरले गर्नुहुने सबै कुरा असल हुन्छ; तिमीले यसलाई स्विकार्नैपर्छ। परमेश्वर पवित्र र सिद्ध हुनुहुन्छ; उहाँ तिमीले भनेजस्तो पटक्कै हुनुहुन्न। परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, र मानिसहरू सृजित प्राणीहरू हुन्। तिनीहरू परमेश्वरमा समर्पित हुनुपर्छ। परमेश्वरमा समर्पित भएर मानिसहरूलाई घाटा हुँदैन।” तिनीहरूले यी सतही सिद्धान्तहरू मात्रै व्यक्त गर्न सक्छन् जसले महत्त्वपूर्ण बुँदाहरू पटक्कै छुँदैनन्। यो विशेष घटना अनुभव गरेपछि, तिनीहरूले तिनीहरूको कद अत्यन्तै सानो छ भन्ने महसुस गर्छन् र सोच्छन्, “म किन यति असमर्थ छु? सामान्यतया, म भव्य धर्मसिद्धान्तहरूबारे निरन्तर कुरा गर्न सक्छु, र निकै कुशलतापूर्वक बोल्न सक्छु; म कुनै समस्याविना भेलामा एक घण्टासम्म बोल्न सक्छु, र आँखा झिमिक्क नपारी तीनदेखि पाँच पेज प्रवचन नोटहरू लेख्न सक्छु, यो विषयमा निकै आत्मविश्वास महसुस गर्छु। तर जब म कसैले यसरी धारणाहरू फैलाएको, र यसरी परमेश्वरलाई आलोचना र निन्दा गरेको घटना सामना गर्छु, तब ममा किन कुनै सजगता हुँदैन, किन कुनै प्रतिक्रिया हुँदैन? किन म शक्तिशाली खुलासा र खण्डन गर्न सक्दिनँ?” यसबाट तिनीहरूले के पत्ता लगाउँछन्? के तिनीहरू आफूले सत्यता बुझेको छैन भनी महसुस गर्दैनन् र? के यो महसुस गर्नु राम्रो कुरा हो कि नराम्रो कुरा हो? (राम्रो कुरा।) अन्त्यमा, तिनीहरूले आफ्नो वास्तविक कद पत्ता लगाउँछन्। यदि तिनीहरूले धारणाहरू फैलाउने कसैलाई नभेट्टाएका भए, तिनीहरूले अझै पनि तिनीहरूसँग कद छ, तिनीहरूले सत्यता बुझेका छन्, तिनीहरूमा सुझबुझ छ, र तिनीहरूले सबै कुरा छर्लङ्ग देख्न सक्छन्, विभिन्न आत्मिक सिद्धान्तहरू प्रचार गर्न सक्छन्, र ठूलो जानकारीताका साथ हरेक सत्यताबारे अलिअलि सङ्गति गर्न सक्छन् भन्ने सोच्न सक्थे। तर, जब तिनीहरू कसैले धारणाहरू फैलाइरहेको घटना सामना गर्छन्, तब तिनीहरूलाई यो कुरा गलत हो भन्ने थाहा भए पनि तिनीहरू असहाय हुन्छन्, केही गर्न सक्दैनन्, र अन्ततः पराजित हुन्छन्। के यो लाजमर्दो कुरा होइन र? के यो महिमित कुरा हो र? (होइन।) त्यसोभए, यसलाई कसरी समाधान गर्नुपर्छ? यदि तँसँग तिनीहरूसँग विवाद गर्ने सही शब्दहरू छैनन्, र तँ लाजमा पर्नबाट जोगिन चाहन्छस् र शैतानलाई पूर्ण रूपमा लज्जित तुल्याउन र जित्न आफ्नो गवाहीमा दृढ रहन पनि चाहन्छस् भने, तैँले के गर्नुपर्छ? म तिमीहरूलाई एउटा प्रभावकारी विधि बताउँछु: यदि तँ तिनीहरूले अटुट रूपमा धारणाहरू फैलाएको देख्छस्, र धेरैजसो मानिसहरूमा सुझबुझको कमी छ र उनीहरू तिनीहरूको प्रभावमा पर्छन्, तर तैँले तिनीहरूलाई तर्क गरेर जित्न सक्दैनस् भने, पाखुरा सुर्कनुपर्ने समय आएको छ; टेबल ठटाएर यसो भन्, “चुप लाग! तिमी के कुरा गरिरहेको छौ? म तिमीसँग तर्क गरेर जित्न सक्दिनँ होला, तर तिमी अविश्वासी हौ भन्ने मलाई थाहा छ! तिमी के भनिरहेको छौ हेर; के त्यसमा सत्यताअनुरूप एउटा शब्द पनि छ? तिमीले परमेश्वरको अनुग्रहको आनन्द लिएको धेरै वर्ष भएको छ—के तिमीले कहिल्यै परमेश्वरका लागि प्रशंसाको एक शब्द बोलेको वा कुनै गवाही दिएको छौ? तिमीसँग परमेश्वरविरुद्ध गुनासाहरू छन्; यदि तिमीसँग तागत छ भने, सीधै तेस्रो स्वर्ग जाऊ र परमेश्वरसँग सीधै कुरा गर। यहाँ बाधाहरू दिन छोड। अब म औपचारिक रूपमै तिमी भागिहाल भनेर आदेश दिन्छु!” के तिमीहरूले यसो भन्ने आँट गर्नेथियौ? के यो उग्र हुनु हो? (अहँ, होइन।) यो शैतानका लागि घोषणा जारी गर्नु हो। बस यस्तो गर। तिनीहरूलाई यसो भन, “ए अविश्वासी, गइहाल! तिमीले केही नगरी यति धेरै परमेश्वरको अनुग्रह प्राप्त गरेको छौ, ए विवेकहीन दुष्ट व्यक्ति; तिमी मानव हुन लायक छैनौ!” बस एउटै शब्द: “गइहाल!” कस्तो लाग्यो? यो शक्तिशाली छ, तर यसलाई लापरवाह रूपमा प्रयोग गर्नु हुँदैन। तैँले अझै सत्यता नबुझेका नयाँ विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्नु हुँदैन, तर अविश्वासीहरू र शैतानका नोकरहरूलाई भने, तँ निर्दयी रूपमा यस्ता आदेशहरू दिन सक्छस्: “यो परमेश्वरको घर हो, साँचो दाजुभाइ-दिदीबहिनीहरूको घर हो, परमेश्वरलाई पछ्याउनेहरूको घर हो। यो दियाबलस र शैतानहरूको घर होइन। यहाँ दियाबलस र शैतानहरूको आवश्यकता पर्दैन। तिमी दियाबलस र शैतान हौ, त्यसकारण गइहाल!” के यो उचित हुन्छ? (हुन्छ।) यो सबैभन्दा राम्रो विधि होइन; तिमीहरूको कद सानो भएकोले, शैतानसँग लड्न तिमीहरूमा पर्याप्त कद नभएकोले मात्रै, मैले तिमीहरूलाई यो विधि सिकाइरहेको छु। वास्तवमा, यो आदर्श विधि होइन। आदर्श विधि के हो भने—यदि तिमीहरू धेरै सत्यता बुझ्छौ र तिमीहरूमा परमेश्वरमाथिको साँचो आस्था र साँचो ज्ञान छ भने—तिमीहरूले तिनीहरूलाई खण्डन गर्न सक्छौ, र तिमीहरूले तिनीहरूलाई यति राम्रोसित खण्डन गरिदिन्छौ कि तिनीहरू अत्यन्तै लज्जित हुन्छन्, जसले गर्दा तिनीहरू अन्ततः सबैलाई यसो भन्छन्: “म आफ्नो आस्था कायम राख्न सक्दिनँ; म लाजले तिमीहरू कसैलाई अनुहार देखाउन सक्दिनँ। म दियाबलस र शैतान हुँ; म आफै मण्डली छोड्छु।” अहिले तिमीहरूसँग यो क्षमता नभएको हुनाले, तिमीहरूले बारम्बार धारणाहरू फैलाउनेहरूलाई मैले तिमीहरूलाई सिकाएको विधिअनुसार नै व्यवहार गर्नुपर्छ।
के तिमीहरूले मण्डलीमा बारम्बार धारणाहरू फैलाउनेहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा अब जान्यौ? के तिमीहरू अहिले मानिसहरूलाई बहकाउन धारणाहरू फैलाउनेहरूलाई खुट्ट्याउन सक्छौ? (सक्छौँ।) धारणाहरू फैलाउने मुख्य प्रकारका बोलीवचनहरू के-के हुन्? एउटा प्रकारले परमेश्वरका वचनहरूलाई लक्षित गर्छ, अर्को प्रकारले परमेश्वरको कामलाई लक्षित गर्छ, र अर्को प्रकारले परमेश्वरको स्वभाव र सारलाई लक्षित गर्छ। यस्ता बोलीवचनहरू परमेश्वरबारे हल्का कल्पना र गलतफहमीहरूदेखि, परमेश्वरबारे आलोचना, निन्दा, र ईश्वरनिन्दा गर्ने गम्भीर कार्यसम्म हुन्छन्। यीबाहेक, मानिसहरूले परमेश्वरप्रतिका आफ्ना गुनासा, अवज्ञा, र असन्तुष्टिजस्ता कुराहरू व्यक्त गर्ने नकारात्मक र प्रतिरोधी टिप्पणीहरू पनि हुन्छन्। सारांशमा भन्दा, धारणाहरू फैलाउने सबै शब्दहरू परमेश्वरलाई अवज्ञा गर्ने, आलोचना गर्ने, निन्दा गर्ने, र ईश्वरनिन्दा गर्ने प्रकृतिका हुन्छन्, र तिनले पैदा गर्ने परिणाम भनेको मानिसहरूलाई परमेश्वरप्रति शङ्का गर्ने र उहाँविरुद्ध सतर्क हुने, उहाँलाई गलत बुझ्ने र आफूलाई उहाँबाट टाढा राख्ने, र उहाँलाई इन्कार्नेसमेत बनाउनु हो। यी कुराहरू खुट्ट्याउन सजिलै हुनुपर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।