अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५) खण्ड चार
हामीले भर्खरै सङ्गति गरेको आपसी आक्रमण र मौखिक कलहका विषयमा, के तिमीहरूले अब खुट्ट्याउने सिद्धान्तहरू बुझ्यौ? के तिमीहरूले कुनकुन परिस्थितिहरूमा आपसी आक्रमण र मौखिक कलह समावेश हुन्छ भनेर छुट्याउन सक्छौ? मानिसहरूको समूहमाझ प्रायजसो आपसी आक्रमण र मौखिक कलहहरू देखा पर्छन् र ती प्राय देख्न सकिन्छ। आपसी आक्रमणहरूमा मुख्य रूपमा बदला लिने, प्रतिकार गर्ने, व्यक्तिगत द्वेष पोख्ने, र आदि इत्यादि उद्देश्यले कसैलाई व्यक्तिगत रूपमै आक्रमण गर्न, आलोचना गर्न, निन्दा गर्न, र सराप्नका लागि समेत जानीजानी उसका समस्याहरूलाई निसाना बनाउने कार्य समावेश हुन्छ। चाहे जे भए नि, आपसी आक्रमण र मौखिक कलह सत्यता सङ्गति गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्, न त ती सत्यता अभ्यास गर्ने कार्यसँग सम्बन्धित नै हुन्छन्, र ती सामञ्जस्यपूर्ण सहकार्यका प्रकटीकरण पनि निश्चित रूपमा नै होइनन्। बरु, ती उग्रता र शैतानको भ्रष्ट स्वभावका कारण मानिसहरूमाथि प्रतिकार गर्ने र प्रहार गर्ने प्रकटीकरणहरू हुन्। आपसी आक्रमण र मौखिक कलहको उद्देश्य स्पष्ट रूपमा सत्यता सङ्गति गर्नु पटक्कै होइन, सत्यता बुझ्नका लागि बहस गर्नु त झन् हुँदै होइन। बरु, यसको उद्देश्य त आफ्ना भ्रष्ट स्वभाव, महत्त्वाकाङ्क्षा, स्वार्थी कामना, र देहगत रुचिहरू सन्तुष्ट पार्नु हो। स्पष्टतः आपसी आक्रमणहरू सत्यता सङ्गति गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्, र ती निश्चित रूपमा नै मानिसहरूलाई प्रेमसाथ सहयोग र व्यवहार गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्; बरु, ती त मानिसहरूलाई कष्ट दिने, तिनीहरूसँग खेलबाड गर्ने, र तिनीहरूलाई मूर्ख बनाउने शैतानका रणनीति र विधिहरूमध्ये एउटा हुन्। मानिसहरू भ्रष्ट स्वभावभित्र जिउँछन् र तिनीहरू सत्यता बुझ्दैनन्। यदि तिनीहरूले सत्यता अभ्यास गर्ने छनौट गरेनन् भने, तिनीहरू त्यस्ता पासो र परीक्षाहरूमा, र आपसी आक्रमण र मौखिक कलहका लडाइँमा सहजै फस्छन्। तिनीहरूको अनुहार रातो हुन्जेल बहस गर्छन् र अटुट रूपमा लागिरहन्छन्, एउटै शब्द, वाक्यांश, वा हेराइबारे बहस गर्दै, एकअर्कालाई जित्न वर्षौँसम्म लडाइँ गर्छन्, यहाँसम्म कि जाबो एउटै कुराका लागि दुवै पक्ष हार्ने अवस्थामा पुग्छन्। भेट हुनेबित्तिकै, तिनीहरूले अटुट रूपमा बहस गर्छन्, र कतिले कम्प्युटर च्याट समूहमा एकअर्कालाई आक्रमण गर्छन्, सराप्छन्, र निन्दासमेत गर्छन्। यो घृणा कति गम्भीर बनेको हुन्छ! तिनीहरूले भेलाहरूमा एकअर्कालाई पर्याप्त रूपमा सरापिसकेका हुँदैनन्, तिनीहरूले अझै पनि आफ्नो घृणा विसर्जित गरिसकेका हुँदैनन्, तिनीहरूले आफ्नो उद्देश्य हासिल गरिसकेका हुँदैनन्, र घर गएपछि, तिनीहरू यसबारे जति विचार गर्छन्, त्यति नै रिसाउँछन्, र त्यहाँ एकअर्कालाई सराप्न जारी राख्छन्। यो कस्तो मिजास हो? के यो प्रवर्धन गर्न लायक छ, के यो पैरवी गर्न लायक छ? (छैन।) यो कस्तो “दुस्साहसी मिजास” हो? यो केही कुराको डर नमान्ने मिजास हो, यो निमय-कानुनविहीनताको मिजास हो, यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउनुको परिणाम हो। अवश्य नै, त्यस्ता व्यवहार र कार्यहरूले यी व्यक्तिहरूको जीवन प्रवेशमा ठूला अवरोध र बाधाहरू ल्याउँछन्, र तिनले मण्डली जीवनमा पनि अवरोध र बाधाहरू दिन्छन्। त्यसकारण, यी परिस्थितिहरू सामना गर्दा, यदि अगुवा र कामदारहरूले दुई मानिसहरूले एकअर्काविरुद्ध आक्रमण र मौखिक कलह गरिरहेको, र अन्त्यसम्म लड्ने कसम खाइरहेको पत्ता लगाए भने, तिनीहरूलाई तुरुन्तै सफाइ गरी हटाउनुपर्छ, र तिनीहरूलाई सहनु हुँदैन र तिनीहरूलाई निश्चय नै रिझाउनु हुँदैन। तिनीहरूले अरू दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नुपर्छ र सामान्य मण्डली जीवन कायम राख्नुपर्छ, हरेक भेलाले नतिजाहरू हासिल गर्छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ, र त्यस्ता व्यक्तिहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको परमेश्वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने समय लिन, सामान्य मण्डली जीवनमा बाधा पुर्याउन दिनु हुँदैन। यदि भेलाहरूमा तिनीहरूले एकअर्काविरुद्ध आक्रमण र मौखिक कलह गरिरहेको पत्ता लाग्यो भने, यसलाई तुरुन्तै रोक्नु र समाधान गर्नुपर्छ। यदि यसलाई प्रतिबन्धित गर्न सकिँदैन भने, यी मानिसहरूलाई भेलामार्फत तुरुन्तै खुलासा र चिरफार गर्नुपर्छ, र तिनीहरूलाई सफाइ गरी हटाउनुपर्छ। मण्डली परमेश्वरका वचनहरू खानेपिउने, परमेश्वरको आराधना गर्ने ठाउँ हो; यो एकअर्कालाई आक्रमण गर्ने वा व्यक्तिगत द्वेष पोख्न मौखिक कलह गर्ने ठाउँ होइन। मण्डली जीवनमा बारम्बार बाधा दिने, र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर गर्ने जोकोहीलाई सफाइ गरी हटाइनुपर्छ। मण्डलीले त्यस्ता मानिसहरूलाई स्वागत गर्दैन, यसले दियाबलसहरूबाट आउने बाधा वा दुष्ट मानिसहरूको उपस्थितिलाई अनुमति दिँदैन—यी मानिसहरूलाई सफाइ गरेर हटाओ, अनि समस्या समाधान हुनेछ।
मण्डलीमा, यदि केही मानिसहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्न भएको पत्ता लाग्यो भने, तिनीहरूका बहाना र कारणहरू जेसुकै भए पनि, र तिनीहरूको छलफलको केन्द्रबिन्दु जेसुकै भए पनि—यो सबैले वास्ता गर्ने कुरा भए पनि वा नभए नि—मण्डली जीवनमा अवरोध र बाधाहरू पैदा भइरहेका छन् भने, यो समस्यालाई तुरुन्तै र कुनै हिचकिचाहटविना समाधान गरिनुपर्छ। यदि यसमा संलग्न व्यक्तिहरूलाई रोक्न वा प्रतिबन्धित गर्न सम्भव छैन भने, तिनीहरूलाई सफाइ गरी हटाइनुपर्छ। त्यस्ता परिस्थितिहरू सामना गर्दा अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो। यसमा मुख्य सिद्धान्त के हो भने, तैँले यी मानिसहरूको खराब व्यवहार सहेर वा तिनलाई रिझाएर तिनीहरूलाई बढावा दिनुहुँदैन, न त तैँले यी मानिसहरूका लागि सही र गलतबारे निर्णय गरेर “सोझो अधिकारी” बन्ने, को सही छ र को गलत छ, को ठीक हो र को बेठीक हो भनेर हेर्ने, को सही छ र को गलत छ भनेर स्पष्ट रूपमा छुट्याउने, त्यसपछि दुवै पक्षलाई समान दण्ड तोक्ने, वा तैँले दोषी ठानेकोलाई दण्ड दिने र अर्कोलाई इनाम दिने कार्य गर्नु नै हुन्छ—समस्या समाधान गर्ने तरिका यो होइन। यो मामला सम्हाल्दा, तैँले यसलाई कानुनअनुसार मापन गर्नुपर्ने होइन, तैँले यसलाई नैतिक मानकहरूअनुसार मापन र मूल्याङ्कन गर्नुपर्ने त झनै होइन, बरु तैँले यसलाई मण्डलीका कामका सिद्धान्तहरूअनुसार मापन गर्नु र सम्हाल्नुपर्छ। आपसी आक्रमणमा संलग्न दुवै पक्षहरूका हकमा, तिनीहरूले मण्डली जीवनमा अवरोध र बाधा दिएसम्म, मण्डलीका अगुवा र कामदारहरूले तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुलाई, वा तिनीहरूलाई अलग गर्नु वा सफाइ गरी हटाउनुलाई आफ्नो अपरिहार्य कर्तव्यका रूपमा लिनुपर्छ, तिनीहरूले के भयो भनेर सुन्ने र तिनीहरूको हरेक कारण र बहाना बताएको सुन्ने, र अर्को व्यक्तिविरुद्ध आक्रमण गर्नु र मौखिक कलहमा संलग्न हुनुको अभिप्राय, उद्देश्य, र मूलजडबारे कुरा गरेको ध्यान दिएर सुन्ने गर्नु हुँदैन—तिनीहरूले उनीहरूको सम्पूर्ण कथा बुझ्नुपर्ने होइन, बरु समस्या समाधान गर्नुपर्छ, र मण्डली जीवनमा आएका यी अवरोध र बाधाहरू हटाउनुपर्छ, र ती पैदा गर्नेहरूलाई तह लगाउनुपर्छ। मानौँ कि अगुवा र कामदारहरूले कुरो मिलाउने काम गर्छन् र “मध्यमार्गी” शैली अपनाउँछन्, आपसी आक्रमणमा संलग्न हुने दुवै मानिसहरूप्रति मिलापपूर्ण नीति अपनाउँछन्, र यसरी तिनीहरूलाई मण्डली जीवनमा जथाभाबी अवरोध र बाधाहरू ल्याउन दिइरहन्छन्, यसमा हस्तक्षेप गर्ने वा यसलाई सम्हाल्ने गर्दैनन्—तिनीहरू यी मानिसहरूलाई रिझाइरहन्छन्। तिनीहरूले हरेकपटक तिनीहरूलाई अर्ती र सल्लाह मात्रै दिइरहन्छन्, र समस्या पूर्ण रूपमा समाधान गर्नै सक्दैनन्। त्यस्ता अगुवा र कामदारहरू आफ्ना जिम्मेवारीमा विमुख हुन्छन्। यदि मण्डलीमा मानिसहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने समस्या देखा पर्यो, मण्डली जीवनमा गम्भीर बाधा र हानि भयो, र यसले गर्दा अधिकांश मानिसहरूमा द्वेष र विकर्षण पैदा भयो भने, अगुवा र कामदारहरूले तुरुन्तै प्रतिक्रिया जनाउनुपर्छ, र मण्डली सफाइ गर्ने परमेश्वरको घरका कामका प्रबन्ध र सिद्धान्तहरूअनुसार दुवै पक्षलाई अलग गर्नुपर्छ वा सफाइ गरी हटाउनुपर्छ। तिनीहरूले यसमा संलग्न व्यक्तिहरूका मामलामा फैसला गर्ने र यी व्यक्तिगत कलहहरूबारे मूल्याङ्कन गर्ने “सोझा अधिकारीहरू” का रूपमा कार्य गर्नु हुँदैन, तिनीहरूले को सही छ र को गलत छ, को ठीक छ र को बेठीक छ भनेर हेर्न यी मानिसहरूले फोहोर फलाकेको, र घुमाइफिराइ वाहियात कुरा गरेको ध्यानपूर्वक सुन्ने गर्नु हुँदैन, र यी कुराहरूबारे मूल्याङ्कन गरेपछि, अझै धेरै मानिसहरूलाई यी कुराहरूबारे छलफल र सङ्गति गर्ने तुल्याउने, र यसरी अझै धेरै मानिसहरूलाई हृदयमा विकर्षण र घृणा बोक्ने तुल्याउनु हुँदैन। यसले मानिसहरूले परमेश्वरका वचनहरू खान, पिउन, र सङ्गति गर्न प्रयोग गर्नुपर्ने समय बरबाद गर्नेछ। यो त अझ बढी रूपमा अगुवा र कामदारहरूको जिम्मेवारी विमुखता हुन्छ, र अभ्यासको यो सिद्धान्त गलत हुन्छ। यदि प्रतिबन्धित गरिएका पक्षहरूले कुनै बेला पश्चात्ताप गर्छन्, र उप्रान्त आपसी आक्रमण र मौखिक कलहद्वारा भेलाको समय सक्दिने काम गर्दैनन् भने, तिनीहरूमाथि आदेशरत अलग्याउने कारबाही हटाउन सकिन्छ। यदि तिनीहरूलाई दुष्ट मानिसहरूका रूपमा हटाइएको छ, र कसैले तिनीहरू परिवर्तन भएर असल भएका छन् भनेर दाबी गर्छ भने, तिनीहरूले पश्चात्तापका वास्तविक प्रकटीकरणहरू देखाउँछन् कि देखाउँदैनन् भनेर हेर्नु, र यो विषयमा बहुमतको राय माग्नु पनि आवश्यक हुन्छ। तिनीहरूलाई फिर्ता स्विकारिए पनि, तिनीहरूको नजिकबाट निगरानी गर्नुपर्छ, र तिनीहरूको बोल्ने समय कडाइपूर्वक प्रतिबन्धित गर्नुपर्छ, र पछि तिनीहरूलाई तिनीहरूको प्रकटीकरणका आधारमा सम्हाल्नुपर्छ। मण्डली अगुवा र कामदारहरूले बुझ्नुपर्ने र ध्यान दिनुपर्ने सिद्धान्तहरू यिनै हुन्। अनि अवश्य नै, यो मामला सम्हाल्ने कार्य व्यक्तिपरक आकलनहरूमा आधारित हुनु हुँदैन; दुवै पक्षको आपसी आक्रमणमा अवरोध र बाधा दिने प्रकृति समावेश हुनैपर्छ। तिनीहरूमध्ये एक जनाले क्षणिक रूपमा अर्कोलाई चोट पुर्याउने कुरा बोलेको, र त्यसपछि त्यो व्यक्तिले आफ्नो टिप्पणीद्वारा प्रतिकार गरेकोले मात्रै मानिसहरूलाई बोल्नबाट रोक्ने र अलग गर्ने गर्नु हुँदैन। मानिसहरूलाई त्यसरी सम्हाल्ने कार्य वास्तवमा सिद्धान्तहरूअनुरूप हुँदैन! अगुवा र कामदारहरूले सिद्धान्तहरू राम्ररी बुझ्नुपर्छ, र आफ्ना कार्यहरू सिद्धान्तहरूअनुरूप छन् भनेर बहुमत सहमति हुने कुरा सुनिश्चित गर्नुपर्छ, र बेकाबु भएर खराब कामकुराहरू गर्ने वा समस्याको गम्भीरतालाई सक्दो हदसम्म बढाइचढाइ गराउने गर्नु हुँदैन। कामको यो पक्षको कुरा आउँदा, एक हिसाबले, अधिकांशले आक्रमणमा के समावेश हुन्छ भनेर खुट्ट्याउन सिक्नुपर्छ, र अर्को हिसाबले, मण्डली अगुवा र कामदारहरूले पनि यो काम गर्दा बुझ्नुपर्ने सिद्धान्तहरू र पूरा गर्नुपर्ने जिम्मेवारीहरू जान्नुपर्छ।
४. मानिसहरूलाई स्वेच्छाचारी रूपमा निन्दा गर्नु
आपसी आक्रमणको अर्को प्रकटीकरण पनि छ। कतिपय मानिसहरूलाई केही आत्मिक शब्दहरू थाहा हुन्छ, र तिनीहरू आफ्नो बोलीवचनमा सधैँ “दुष्ट,” “शैतान,” “सत्यता अभ्यास नगर्नु,” “सत्यतालाई प्रेम नगर्नु,” “फरिसी,” र आदि इत्यादिजस्ता केही शब्दहरू प्रयोग गर्छन्—तिनीहरू निश्चित मानिसहरूलाई स्वेच्छाचारी ढङ्गले आलोचना गर्न यी शब्दहरू प्रयोग गर्छन्। के यसमा आक्रमणको प्रकृति थोरै हुँदैन र? पहिले, एउटा व्यक्ति थियो जसले दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा उसका चाहनाअनुसार कार्य नगर्ने जोकोहीलाई सराप्न चाहन्थ्यो। तर उसले मनमनै सोच्यो: “अहिले मैले परमेश्वरमा विश्वास गरेपछि, मानिसहरूलाई सराप्ने कार्य अनुचित देखिन्छ। यसले मलाई सन्तको शिष्टताबाहिर रहेजस्तो देखाउँछ। मैले सराप्ने शब्द वा फोहोरी भाषा प्रयोग गर्न मिल्दैन, तर यदि मैले सरापिनँ भने, मलाई छटपटी हुनेछ, म आफ्नो घृणा निकास गर्न सक्नेछैनँ—मलाई सधैँ मानिसहरूलाई सराप्न मन लाग्नेछ। त्यसैले मैले तिनीहरूलाई कसरी सराप्नुपर्ला?” त्यसकारण उसले नयाँ शब्द आविष्कार गऱ्यो। जसले उसलाई चिढ्यायो, कुनै व्यवहारमार्फत चोट पुर्यायो, वा उसको कुरा सुनेन, त्यो व्यक्तिलाई उसले यसरी सराप्नेछ: “दुष्ट दियाबलस!” “तँ दुष्ट दियाबलस होस्!” “फलानो-ढिस्कानो दुष्ट दियाबलस हो!” उसले “दियाबलस” भन्ने शब्दअगाडि “दुष्ट” भन्ने शब्द थप्यो—मैले कसैले पनि यो वाक्यांश प्रयोग गरेको कहिल्यै सुनेको थिइनँ। के यो निकै नयाँ शब्द होइन र? दाजुभाइ-दिदीबहिनीहरू ऊद्वारा “दुष्ट दियाबलसहरू” भनेर त्यत्तिकै सरापिन्थे—त्यो सुन्दा कसलाई पो सहज लाग्नेथियो र? उदाहरणका लागि, यदि उसले कुनै विश्वासी दाजुभाइ-दिदीबहिनीलाई एक गिलास पानी माग्यो, र त्यो व्यक्ति अत्यन्तै व्यस्त भएकोले उसले आफै खानुहोस् भनेर भन्यो भने, उसले त्यो व्यक्तिलाई सराप्नेथियो: “दुष्ट दियाबलस!” यदि ऊ भेलाबाट फर्केर आयो र उसको खाना अझै तयार भइनसकेको देख्यो भने, ऊ रिसाउनेथ्यो: “दुष्ट दियाबलसहरू, तिमीहरू सबै अति अल्छी छौ। म आफ्नो कर्तव्य पूरा गर्न बाहिर जान्छु, र फर्केर आउँदा मेरा लागि खानासमेत तयार भएको हुँदैन!” ऊसँग अन्तरक्रिया गर्ने जोकोही ऊद्वारा “दुष्ट दियाबलस” भनेर सरापिन सक्थ्यो। यो कस्तो प्रकारको व्यक्ति हो? (दुष्ट व्यक्ति।) ऊ कसरी दुष्ट हो? उसका नजरमा, उसलाई चिढ्याउने वा उसको चाहनाअनुरूप नहुने जोकोही व्यक्ति दुष्ट दियाबलस हो—ऊ आफै दुष्ट हुँदैन, तर अरू सबै दुष्ट हुन्छन्। के उसले यसो भन्नुको पछाडि कुनै आधार हुन्छ? पटक्कै हुँदैन; उसले मानिसहरूलाई सराप्नका लागि स्वेच्छाचारी ढङ्गले एउटा शब्द छनौट गर्यो, जसले उसलाई आफ्नो घृणा निकास गर्न र आफ्ना भावनाहरू पोख्न मद्दत गर्यो। ऊ के विश्वास गर्छ भने यदि उसले साँच्चै नै कसैलाई सराप्यो भने, अरूले ऊ परमेश्वरको विश्वासीजस्तो छैन भनेर भन्नेछन्, तर उसले के सोच्छ भने यदि उसले कसैलाई दियाबलस भनेर बोलायो भने, त्यो सराप्नु होइन, र अरूका लागि त्यो उचित नै देखिनुपर्छ, यसरी उसका आफ्नै कामनाहरू पनि पूरा हुन्छन् र साथसाथै अरूलाई उसमा गल्ती भेट्टाउने कुनै ठाउँ पनि हुँदैन। यो व्यक्ति निकै धूर्त र निकै दुष्ट हो, उसले मानिसहरूसँग बदला लिन र तिनीहरूलाई निन्दा गर्न सबैभन्दा दुर्भावपूर्ण भाषा, मानिसहरूलाई कुनै प्रतिरोध गर्ने ठावैँ नदिने भाषा प्रयोग गर्छ, र तैपनि मानिसहरूले उसलाई सरापेको वा अनुचित रूपमा बोलेको आरोप लगाउन सक्दैनन्। त्यस्तो व्यक्ति सामना गर्दा, के धेरैजसो मानिसहरू ऊबाट टाढा बस्नेथिए कि उसको नजिक आउनेथिए? (तिनीहरू ऊबाट टाढा बस्नेथिए।) किन? तिनीहरूले उसलाई उक्साउन मिल्दैन, त्यसकारण तिनीहरू ऊबाट टाढा बस्न मात्रै सक्छन्; चलाख मानिसहरूले यही गर्नेथिए।
कुनै व्यक्तिलाई स्वेच्छाचारी रूपमा निन्दा गर्ने, संज्ञा दिने, र कष्ट दिने घटना प्रायजसो हरेक मण्डलीमा घट्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले निश्चित अगुवा वा कामदारप्रति पूर्वाग्रह राख्छन् र बदला लिनका लागि, तिनीहरूको पिठ्यूँपछाडि तिनीहरूबारे टिप्पणी गर्छन्, र सत्यताबारे सङ्गति गर्ने बहानामा तिनीहरूको खुलासा र चिरफार गर्छन्। त्यस्ता कार्यहरूका पछाडिका अभिप्राय र लक्ष्यहरू गलत हुन्छन्। यदि कुनै व्यक्तिले साँच्चै नै परमेश्वरको गवाही दिन र अरूलाई फाइदा पुऱ्याउनका लागि सत्यताबारे सङ्गति गरिरहेको छ भने, उसले आफ्ना साँचो अनुभवहरूबारे सङ्गति गर्नुपर्छ, र आफूलाई चिरफार गरेर अनि चिनेर अरूलाई फाइदा पुर्याउनुपर्छ। यस्तो अभ्यासले अझै राम्रा नतिजाहरू दिन्छ, र परमेश्वरका चुनिएका मानिसहरूले यसलाई अनुमोदन गर्नेछन्। यदि कसैको सङ्गतिले अर्को व्यक्तिलाई आक्रमण गर्ने वा बदला लिने प्रयासमा उसको खुलासा गर्छ, उसलाई आक्रमण र हेला गर्छ भने, सङ्गतिको अभिप्राय गलत हुन्छ, यो न्यायोचित हुँदैन, परमेश्वरले यस कुरालाई तिरस्कार गर्नुहुन्छ र यो दाजुभाइ-दिदीबहिनीहरूका लागि ज्ञानवर्धक हुँदैन। यदि कसैको अभिप्राय अरूलाई निन्दा गर्नु वा कष्ट दिनु हो भने, ऊ दुष्ट व्यक्ति हो र उसले दुष्टता गरिरहेको हुन्छ। दुष्ट मानिसहरूको कुरा आउँदा परमेश्वरका चुनिएका सबै मानिसहरूसँग सुझबुझ हुनुपर्छ। यदि कसैले जानी-जानी मानिसहरूलाई प्रहार गर्छ, खुलासा गर्छ, वा हेला गर्छ भने, उसलाई प्रेमपूर्ण ढङ्गले सहयोग गर्नुपर्छ, सङ्गति दिनुपर्छ र चिरफार, वा काटछाँट गर्नुपर्छ। यदि उसले सत्यतालाई स्विकार्न सक्दैन, र जिद्दी भएर आफ्नो मार्ग सच्याउन मान्दैन भने, यो पूर्ण रूपमा फरक मामला हो। प्रायजसो स्वेच्छाचारी ढङ्गले अरूलाई निन्दा गर्ने, संज्ञा र कष्ट दिने दुष्ट मानिसहरूका हकमा, तिनीहरूको राम्ररी खुलासा गरिनुपर्छ, ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सिकून्, त्यसपछि तिनीहरूलाई मण्डलीबाट प्रतिबन्धित वा निष्कासित गर्नुपर्छ। यो अत्यावश्यक कुरा हो, किनभने त्यस्ता मानिसहरूले मण्डली जीवन र मण्डलीको काममा बाधा दिन्छन्, र तिनीहरूले मानिसहरूलाई भ्रममा पार्ने र मण्डलीमा अराजकता ल्याउने सम्भावना हुन्छ। विशेषगरी, कतिपय दुष्ट मानिसहरूले प्रायजसो अरूलाई आक्रमण गर्ने र निन्दा गर्ने गर्छन्, बस आफूलाई प्रदर्शन गर्ने र अरूलाई उच्च मान्न लगाउने आफ्नो लक्ष्य हासिल गर्नका लागि। यी दुष्ट मानिसहरूले अप्रत्यक्ष रूपमा अरूको खुलासा गर्न, चिरफार गर्न र अरूलाई दमन गर्नका लागि प्रायजसो भेलाहरूमा सत्यताबारे सङ्गति गर्ने अवसरको प्रयोग गर्छन्। तिनीहरूले मानिसहरूलाई सहयोग गर्न र मण्डलीमा रहेका समस्याहरू समाधान गर्नका लागि यसो गरिरहेका छन् भनेर यसलाई सही साबित समेत गर्छन्, र यी बहानाहरूलाई आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि ढाकछोपका रूपमा प्रयोग गर्छन्। तिनीहरू अरूलाई आक्रमण गर्ने र कष्ट दिने खालका मानिसहरू हुन्, र तिनीहरू सबै प्रस्ट रूपले दुष्ट मानिसहरू हुन्। सत्यता पछ्याउने मानिसहरूलाई आक्रमण गर्ने र निन्दा गर्ने सबै मानिसहरू अत्यन्तै क्रूर हुन्छन्, र परमेश्वरको घरको कामको संरक्षण गर्नका लागि दुष्ट मानिसहरूको खुलासा र चिरफार गर्ने मानिसहरूमा मात्रै इन्साफको बोध हुन्छ र तिनीहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ। दुष्ट मानिसहरू प्रायजसो आफ्नो दुष्कर्ममा अत्यन्तै धूर्त हुन्छन्; तिनीहरू सबै आफूलाई सही साबित गर्न र अरूलाई भ्रममा पार्ने लक्ष्य हासिल गर्नका लागि धर्मसिद्धान्त प्रयोग गर्न सिपालु हुन्छन्। यदि परमेश्वरका चुनिएका मानिसहरूले यी दुष्ट मानिसहरूलाई खुट्ट्याउन र रोक्न सकेनन् भने, मण्डली जीवन र मण्डलीको काम पूर्ण रूपमा अस्तव्यस्त हुनेछ—वा हङ्गामा समेत मच्चिनेछ। दुष्ट मानिसहरूले समस्याहरूबारे सङ्गति गर्दा र तिनलाई चिरफार गर्दा, तिनीहरूसँग सधैँ अभिप्राय र लक्ष्य हुन्छ, र यो सधैँ कोहीप्रति लक्षित हुन्छ। तिनीहरूले आफूलाई चिरफार गरिरहेका वा चिनिरहेका हुँदैनन्, न त तिनीहरू आफ्ना समस्याहरू समाधान गर्न खुलस्त बनिरहेका र आफूलाई उदाङ्गो पारिरहेका नै हुन्छन्—बरु, तिनीहरू अरूको खुलासा गर्ने, चिरफार गर्ने, र अरूलाई आक्रमण गर्ने अवसरको फाइदा उठाइरहेका हुन्छन्। तिनीहरू प्रायजसो अरूको चिरफार गर्न र अरूलाई निन्दा गर्नका लागि आफ्नो आत्मज्ञान सङ्गति गर्ने कार्यको फाइदा लिन्छन्, र परमेश्वरका वचनहरू र सत्यताबारे सङ्गति गर्ने विधिद्वारा, तिनीहरू मानिसहरूको खुलासा गर्छन्, साथै उनीहरूलाई हेला र बदनाम गर्छन्। तिनीहरू सत्यता पछ्याउने, मण्डलीको कामका निम्ति बोझ वहन गर्ने, र प्रायजसो आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूप्रति अत्यन्तै विकर्षण र तिरस्कार महसुस गर्छन्। दुष्ट मानिसहरूले यी मानिसहरूको प्रेरणालाई प्रहार गर्न र तिनीहरूलाई मण्डलीको काम गर्नबाट रोक्नका लागि हरकिसिमका बहाना र निहुँहरू प्रयोग गर्नेछन्। तिनीहरू एकातिर त्यस्ता मानिसहरूप्रति डाहा र घृणा महसुस गर्छन्; अर्कोतिर, यी मानिसहरू काम गर्न उठे भने, त्यसले तिनीहरूको ख्याति र प्राप्ति अनि हैसियतलाई जोखिममा पार्छ भन्ने डर मान्छन्। त्यसकारण, तिनीहरू यी मानिसहरूलाई चेतावनी दिने, दमन गर्ने, र प्रतिबन्ध गर्ने उपायहरू प्रयोग गर्न बेचैन हुन्छन्, यहाँसम्म कि तिनीहरूलाई फसाउने उपायहरू बटुल्न र तिनीहरूलाई निन्दा गर्नका लागि तथ्यहरू बङ्ग्याउने समेत गर्छन्। यसले यी दुष्ट मानिसहरूको स्वभाव सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्ने स्वभाव हो भन्ने कुरा पूर्ण रूपमा प्रकट गर्छ। सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र निष्कपट, सभ्य, र सोझा मानिसहरूप्रति तिनीहरूमा विशेष घृणा हुन्छ। तिनीहरू यसो नभन्न सक्छन्, तर तिनीहरूसँग यस्तै मानसिकता हुन्छ। त्यसोभए तिनीहरू किन सत्यता पछ्याउने, अनि असल र इमानदार मानिसहरूलाई नै खुलासा गर्न, हेला गर्न, दमन गर्न, र बहिष्कार गर्नका लागि निर्दिष्ट रूपमा लक्षित गर्छन् त? यो स्पष्ट रूपमा नै तिनीहरूको तर्फबाट असल मानिसहरू र सत्यता पछ्याउनेहरूलाई ढाल्न, प्रहार गर्न, र कुल्चनका लागि गरिएको प्रयास हो, ताकि तिनीहरू मण्डलीलाई नियन्त्रण गर्न सकून्। कतिपय मानिसहरूले कुरा यस्तो हो भनेर विश्वास गर्दैनन्। तिनीहरूलाई, म एउटा प्रश्न सोध्छु: सत्यताबारे सङ्गति गर्दा, यी दुष्ट मानिसहरू किन आफ्नो खुलासा वा चिरफार गर्दैनन्, र सधैँ अरूलाई निसाना बनाउँछन् र खुलासा गर्छन्? के साँच्चै तिनीहरूले भ्रष्टता प्रकाश नगर्ने, वा तिनीहरूमा भ्रष्ट स्वभावहरू नहुने हुन सक्छ? निश्चय नै त्यस्तो होइन। त्यसोभए, तिनीहरू किन खुलासा र चिरफारका लागि अरूलाई निसाना बनाउन जिद कस्छन्? तिनीहरू ठ्याक्कै के हासिल गर्ने कोसिस गरिरहेका हुन्छन्? यो प्रश्नबारे गहन रूपमा सोच्नुपर्ने हुन्छ। यदि व्यक्तिले मण्डलीलाई बाधा दिने दुष्ट मानिसहरूका दुष्ट कार्यहरू खुलासा गर्छ भने उसले आफूले गर्नुपर्ने कुरा नै गरिरहेको हुन्छ। तर यसको सट्टा, यी मानिसहरूले सत्यताबारे सङ्गति गर्ने बहानामा, असल मानिसहरूको खुलासा गरिरहेका र उनीहरूलाई कष्ट दिइरहेका हुन्छन्। तिनीहरूको अभिप्राय र उद्देश्य के हो? के तिनीहरू परमेश्वरले असल मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्ने देखेर क्रोधित भएका हुन्? वास्तवमा कुरा त्यही हो। परमेश्वर दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्न, त्यसकारण दुष्ट मानिसहरू परमेश्वर र असल मानिसहरूलाई घृणा गर्छन्—यो सब निकै स्वभाविक कुरा हो। दुष्ट मानिसहरू सत्यता स्विकार्दैनन् वा यसलाई पछ्याउँदैनन्; तिनीहरू आफै मुक्ति पाउन सक्दैनन्, तैपनि तिनीहरू सत्यता पछ्याउने र मुक्ति पाउन सक्ने असल मानिसहरूलाई कष्ट दिन्छन्। समस्या के हो? यदि यी मानिसहरूसँग आफूबारे र सत्यताबारे ज्ञान भएको भए, तिनीहरू खुलस्त भएर सङ्गति गर्न सक्थे, तैपनि तिनीहरू सधैँ अरूलाई निसाना बनाइरहेका र उक्साइरहेका हुन्छन्—तिनीहरूसँग सधैँ अरूलाई आक्रमण गर्ने प्रवृत्ति हुन्छ—र तिनीहरूले सत्यता पछ्याउने मानिसहरूलाई सधैँ आफ्ना काल्पनिक शत्रुहरूको रूपमा राखिरहेका हुन्छन्। दुष्ट मानिसहरूका पहिचानहरू यिनै हुन्। त्यस्ता दुष्टता गर्न सक्ने मानिसहरू असली दियाबलस र शैतानहरू हुन्, प्रतिबन्धित गरिनुपर्ने मुख्य ख्रीष्टविरोधीहरू हुन्, र यदि तिनीहरूले धेरै दुष्टता गरे भने, तिनीहरूलाई तुरुन्तै तह लगाइनुपर्छ—तिनीहरूलाई मण्डलीबाट निष्कासन गरिदे। असल मानिसहरूलाई प्रहार गर्ने र बहिष्कार गर्ने सबै मानिसहरू कुहिएका स्याउ हुन्। म किन तिनीहरूलाई कुहिएका स्याउ भन्छु? किनभने तिनीहरूले मण्डलीमा अनावश्यक विवाद र द्वन्द्व उक्साएर, त्यहाँको स्थिति झन्-झन् खराब बनाउने सम्भावना हुन्छ। तिनीहरू एक दिन एउटा व्यक्तिलाई र अर्को दिन अर्को व्यक्तिलाई निसाना बनाउँछन्, र तिनीहरू सधैँ अरूलाई, सत्यतालाई प्रेम गर्ने र पछ्याउनेहरूलाई निसाना बनाइरहेका हुन्छन्। यसले मण्डली जीवनमा बाधा पुर्याउने सम्भावना हुन्छ र परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्य रूपमा खाने-पिउने कार्यमा, साथै सत्यताबारे तिनीहरूले गर्ने सामान्य सङ्गतिमा पनि असर पार्न सक्छ। यी दुष्ट मानिसहरूले प्रायजसो सत्यताबारे सङ्गति गर्ने नाममा अरूलाई आक्रमण गर्नका लागि मण्डली जीवनको जियाइबाट फाइदा लिन्छन्। तिनीहरूले भन्ने हरेक कुरामा शत्रुता हुन्छ; तिनीहरू सत्यता पछ्याउने र परमेश्वरप्रति आफूलाई समर्पित गर्ने मानिसहरूलाई आक्रमण र निन्दा गर्न भड्किला टिप्पणीहरू गर्छन्। यसका परिणामहरू के-के हुन्छन्? यसले मण्डलीको जीवनमा बाधा र अवरोध ल्याउनेछ, र मानिसहरूलाई हृदयमा असहज तुल्याउनेछ र परमेश्वरको अघि मौन हुन असक्षम तुल्याउनेछ। किटेरै भन्नुपर्दा, यी दुष्ट मानिसहरूले अरूलाई निन्दा गर्न, प्रहार गर्न, र चोट पुऱ्याउनका लागि भन्ने नैतिकताहीन कुराहरूले प्रतिरोध उक्साउन सक्छन्। यसले समस्याहरू समाधान गर्न सहयोग गर्दैन; उल्टै, यसले मण्डलीमा डर र बेचैनी पैदा गर्छ र मानिसहरू बीचको सम्बन्ध बिगार्छ, जसले गर्दा तिनीहरूका बीचमा तनाव सिर्जना हुन्छ र तिनीहरू भनावैरीमा फस्छन्। यी मानिसहरूको व्यवहारले मण्डली जीवनमा असर गर्ने मात्र होइन, मण्डलीमा द्वन्द्व पनि खडा गर्छ। यसले समग्र मण्डलीको काम र सुसमाचार फैलाउने कार्यमा समेत असर पार्न सक्छ। त्यसकारण, अगुवा र कामदारहरूले यस्तो प्रकारको व्यक्तिलाई चेतावनी दिन, साथै उनीहरूलाई रोक्न र तह लगाउन पनि आवश्यक हुन्छ। एक हिसाबमा, दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई बारम्बार आक्रमण गर्ने र निन्दा गर्ने यी दुष्ट मानिसहरूमाथि कडा प्रतिबन्ध लगाउनैपर्छ। अर्को हिसाबमा, मण्डली अगुवाहरूले अरूलाई स्वेच्छाचारी रूपमा प्रहार गर्ने र निन्दा गर्नेहरूलाई तुरुन्तै खुलासा गरेर तिनीहरूलाई रोक्नुपर्छ, र यदि तिनीहरू साँच्चि नै सच्चिँदैनन् भने, तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। दुष्ट मानिसहरूलाई भेलाहरूमा मण्डलीको जीवनमा बाधा दिनबाट रोक्नैपर्छ, र साथसाथै, अन्योलमा परेका मानिसहरूलाई मण्डली जीवनमा असर गर्ने तरिकाले बोल्नबाट रोक्नुपर्छ। यदि दुष्ट व्यक्तिले दुष्टता गरेको पाइएमा, उसको खुलासा गर्नैपर्छ। तिनीहरूलाई मनोमानी रूपमा कार्य गर्न, र आफूले चाहे अनुसार दुष्टता गर्न पटक्कै दिनु हुँदैन। सामान्य मण्डली जीवन कायम राख्न र परमेश्वरका चुनिएका मानिसहरूले सामान्य रूपमा भेला हुन, परमेश्वरका वचनहरू खान-पिउन, र सामान्य रूपमा सत्यता सङ्गति गर्न सक्छन्, जसले गर्दा तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भन्ने कुरालाई सुनिश्चित गर्नका लागि यो आवश्यक हुन्छ। त्यसपछि मात्रै मण्डलीमा परमेश्वरको इच्छा कार्यान्वयन हुन सक्छ, र यसरी मात्रै उहाँका चुनिएका मानिसहरूले सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, र परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्। के तिमीहरूले मण्डलीमा यस्ता प्रकारका दुष्ट मानिसहरू पत्ता लगाएका छौ? तिनीहरू सधैँ असल मानिसहरूप्रति ईर्ष्यालु घृणा बोक्छन्, र सधैँ उनीहरूलाई निसाना बनाउँछन्। आज तिनीहरू एउटा असल व्यक्तिलाई घृणा गर्छन्, अनि भोलि अर्कोलाई; तिनीहरू जोसुकैलाई आलोचना गर्न र तिनीहरूमा रहेका कैयौँ त्रुटिहरू खोतल्न सक्ने हुन्छन्, र त्यसमाथि, तिनीहरूले भन्ने कुरा पनि अत्यन्तै आधारपूर्ण र समझपूर्ण सुनिन्छ, र अन्ततः तिनीहरू व्यापक आक्रोश जगाउँछन्, र तिनीहरू समूहका लागि अभिशाप बन्छन्। तिनीहरू मण्डलीमा यति हदसम्म बाधा दिन्छन् कि मानिसहरूको हृदय पूरै अस्तव्यस्त बन्छ, र धेरै मानिसहरू नकारात्मक र कमजोर बन्छन्, र भेलाहरूबाट कुनै फाइदा वा सुधार प्राप्त हुँदैन, र कतिपयले त भेलाहरूमा सहभागी हुने चाहनासमेत गुमाउँछन्। के त्यस्ता दुष्ट मानिसहरू कुहिएका आलु होइनन् र? यदि तिनीहरू निकालिनुपर्ने स्तरमा पुगिसकेका छैनन् भने, तिनीहरूलाई अलग्याइनु वा प्रतिबन्धित गरिनुपर्छ। उदाहरणका लागि, भेलाहरूका अवधिमा तिनीहरूलाई अरूलाई प्रभाव पार्नबाट रोक्नका लागि अलग ठाउँमा बस्न लगाओ। यदि तिनीहरू बोल्ने र मानिसहरूलाई आक्रमण गर्ने अवसरहरू खोज्ने जिद कस्छन् भने, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ—व्यर्थका कुराहरू बोल्नबाट रोकिनुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न असम्भव भयो र तिनीहरू विस्फोट हुने वा प्रतिरोध गर्ने सँघारमा पुगे भने, तिनीहरूलाई तुरुन्तै निकालिनुपर्छ। अर्थात्, जब तिनीहरू प्रतिबन्धित हुन इच्छुक हुँदैनन्, र यसो भन्छन्, “तिमीले मेरो बोल्ने क्षमतालाई कुन आधारमा प्रतिबन्धित गरिरहेका छौ? अरू सबैले किन पाँच मिनेट बोल्न पाउँछन्, र मैले एक मिनेट मात्रै बोल्न पाउँछु?”—जब तिनीहरू निरन्तर यी प्रश्नहरू सोध्छन्, तब यसको अर्थ तिनीहरूले प्रतिरोध गर्नेवाला छन् भन्ने हुन्छ। जब तिनीहरू प्रतिरोध गर्नै लागेका हुन्छन्, तब के तिनीहरूले अवज्ञा गरिरहेका हुँदैनन् र? के तिनीहरूले समस्या पैदा गर्ने, र अशान्ति मच्चाउने प्रयास गरिरहेका हुँदैनन् र? के तिनीहरूले मण्डली जीवनमा बाधा दिन लागेका हुँदैनन् र? तिनीहरूले वास्तवमा तिनीहरू को हुन् भनेर प्रकाश गर्न लागेका हुन्छन्; तब तिनीहरूलाई तह लगाउने समय आएको हुन्छ—तिनीहरूलाई तुरुन्तै सफाइ गरी हटाइनुपर्छ। के यो समझपूर्ण हुन्छ? हो, समझपूर्ण हुन्छ। अधिकांश मानिसहरूले सामान्य मण्डली जीवन जिउन सकून् भन्ने कुरा सुनिश्चित गर्नु साँच्चै सजिलो हुँदैन, हरकिसिमका दुष्ट मानिसहरू, दुष्ट आत्माहरू, फोहोरी पिशाचहरू, र “विशेष प्रतिभाहरू” ले विभिन्न कुराहरू बरबाद गर्न खोजिरहेका हुन्छन्। के हामीले तिनीहरूलाई प्रतिबन्धित नगरेर हुन्छ त? कतिपय “विशेष प्रतिभाहरूले” त मुख खोलेर बोल्नेबित्तिकै अरूलाई होच्याउन र आक्रमण गर्न थाल्छन्—यदि तैँले चस्मा लगाइस् वा तेरो कपाल झरेको छ भने, तिनीहरू तँलाई आक्रमण गर्छन्; यदि तैँले भेलाहरूमा आफ्नो अनुभवात्मक गवाही बताइस् वा आफ्नो कर्तव्य पूरा गर्दा सक्रिय र जिम्मेवार भइस् भने, तिनीहरू तँलाई आक्रमण र आलोचना गर्छन्; यदि परीक्षाको बेला तँसँग परमेश्वरमाथिको आस्था हुन्छ भने, यदि तँ कमजोर छस्, वा यदि तैँले परमेश्वरबारे गुनासो नगरी आफ्नो आस्था उपयोग गरेर पारिवारिक कठिनाइहरूमाथि पार पाउँछस् भने, तिनीहरू तँलाई आक्रमण गर्छन्। यहाँ आक्रमणको अर्थ के हो? यसको अर्थ अरूले चाहे जे गरे पनि त्यो कुरा यी मानिसहरूलाई कहिल्यै मन पर्दैन; त्यो कुरालाई तिनीहरू सधैँ घृणा गर्छन्, तिनीहरूले सधैँ हुँदै नभएका गल्तीहरू खोज्छन्, र सधैँ अरूलाई दोष दिन खोज्छन्, र अरूले गर्ने कुनै पनि कुरा तिनीहरूका नजरमा कहिल्यै सही हुँदैन। तैँले सत्यताबारे सङ्गति गरे पनि र परमेश्वरको घरका कामका प्रबन्धहरूअनुसार समस्याहरू सम्बोधन गरिस् भने पनि, तिनीहरूले तेरो गल्ती खोतल्नेछन् र आलोचना गर्नेछन्, र तैँले गर्ने सबै कुरामा गल्तीहरू भेट्टाउँछन्। तिनीहरूले जानीजानी समस्याहरू पैदा गर्छन्, र सबै जना तिनीहरूका आक्रमणमा पर्छन्। मण्डलीमा हरेक पटक यस्तो व्यक्ति देखा पर्दा, तैँले त्यसलाई तह लगाइहाल्नुपर्छ; यदि यस्ता दुई जना देखा परे भने, तैँले दुवैलाई तह लगाउनुपर्छ। किनभने तिनीहरूले मण्डली जीवनमा ल्याउने हानि ठूलो हुन्छ, र तिनीहरूले मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउँछन्, र यसका परिणामहरू भयानक हुन्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।