अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५) खण्ड तीन
३. मौखिक कलह
मण्डलीमा, अर्को प्रकारको व्यक्ति पनि हुन्छ—यस प्रकारको व्यक्तिले आफूलाई सही साबित गर्न निकै मन पराउँछ। उदाहरणका लागि, यदि उसले कुनै गलत काम गरेमा वा गलत बोलेमा, अरूले ऊबारे खराब राय राख्न सक्छन्, र यसले अधिकांशका नजरमा उसको छविमा असर गर्नेछ भनी उसलाई डर लाग्छ, त्यसकारण ऊ आफूलाई सही साबित गर्ने प्रयास गर्छ र भेलाहरूका अवधिमा यो मामलाको स्पष्टीकरण दिन्छ। ऊबारे खराब राय निर्माण गर्नबाट मानिसहरूलाई रोक्नु नै यसरी स्पष्टीकरण दिनुपछाडि रहेको उसको उद्देश्य हुन्छ, त्यसकारण ऊ दिनभरि यही कुरामा धेरै मेहनत र विचार लगाइरहन्छ: “म यो कुरालाई कसरी स्पष्ट पार्न सक्छु? म त्यो व्यक्तिलाई कसरी स्पष्ट रूपमा बताउन सक्छु? तिनीहरूले मेरो बारे निर्माण गरेका खराब रायहरू म कसरी खण्डन गर्न सक्छु? आजको भेला यो मामलाबारे कुरा गर्ने राम्रो अवसर हो।” अनि भेलामा, ऊ यसो भन्छ, “मैले यसअघि गरेको काम कसैलाई चोट पुर्याउने वा खुलासा गर्ने उद्देश्यले गरिएको थिएन; मेरो अभिप्राय असल थियो, त्यो मानिसहरूलाई मद्दत गर्नु थियो। तैपनि, कतिपय मानिसहरू सधैँ मलाई गलत बुझ्छन्, सधैँ मलाई निसाना बनाउन चाहन्छन्, र सधैँ मलाई लोभी र महत्त्वाकाङ्क्षी ठान्छन्, र मेरो मानवता खराब छ भन्ने सोच्छन्। तर वास्तवमा म त्यस्तो पटक्कै छैनँ, छु त? मैले त्यस्ता कुराहरू गरेको वा भनेको छैनँ। जब मैले कोही उपस्थित नहुँदा ऊबारे कुरा गरेँ, तब मैले जानीजानी उसलाई समस्यामा पारिरहेको थिएँ भन्ने त होइन। जब मानिसहरूले खराब काम गरेका हुन्छन्, तब तिनीहरूले कसरी अरूलाई यसबारे कुरा गर्न दिन सक्दैनन् र?” ऊ आफूलाई सही साबित गर्ने र आफ्नो प्रतिरक्षा गर्ने दुवै तरिकाले धेरै कुरा बोल्छ, साथै उसले अर्को पक्षका धेरै समस्याहरू खुलासा गर्छ, र त्यो सबै उसले उसलाई त्यो मामलाबाट अलग गर्नका लागि, र उसले प्रकाश गरेको कुरा भ्रष्ट स्वभाव होइन, र उसमा खराब मानवता छैन वा सत्यतालाई घृणा गर्दैन, र दुर्भावनापूर्ण अभिप्राय त झनै छैन, र उसले असल अभिप्राय राखेको छ, तर उसको असल अभिप्रायलाई प्रायजसो गलत रूपमा बुझिन्छ, र अरूका गलतफहमीहरूको कारण ऊ प्रायजसो निन्दित हुन्छ भनेर सबैलाई विश्वस्त तुल्याउनका लागि गर्छ। प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा, उसको शब्दले सुन्नेहरूलाई ऊ निर्दोष छ, र ऊ गलत र खराब छ भनेर सोच्ने मानिसहरूचाहिँ दुष्टहरू र सत्यतालाई प्रेम नगर्नेहरू हुन् भन्ने महसुस गराउँछ। यो सुनेपछि, अर्को पक्षले यस्तो बुझ्छ: “के तिमीमा भ्रष्ट स्वभाव छैन भनेर भन्नु नै तिम्रा शब्दहरूको तात्पर्य होइन र? के यो तिमीले आफूलाई राम्रो देखाउनका लागि मात्रै होइन र? के यो आफूलाई नचिन्नु, सत्यता नस्विकार्नु, र तथ्यहरू नस्विकार्नु मात्रै होइन र? यदि तिमी यी कुराहरू स्विकार्दैनौ भने, ठीकै छ, तर किन मलाई निसाना बनाउनु? मैले तिमीलाई निसाना बनाउने अभिप्राय राखेको थिइनँ, न त म तिमीलाई प्रहार नै गर्न चाहन्थेँ। तिमी जे मन लाग्यो त्यही सोच्न सक्छौ; मसँग यसको के सम्बन्ध छ र?” त्यसकारण ऊ आफूलाई नियन्त्रण गर्न सक्दैन र यसो भन्छ, “जब केही मानिसहरूले सानातिना समस्या सामना गर्छन्, थोरै अनुचित व्यवहार वा पीडा भोग्छन्, तब तिनीहरू त्यो स्विकार्न अनिच्छुक हुन्छन्, र आफूलाई सही साबित गर्न र स्पष्टीकरण दिन चाहन्छन्; तिनीहरू सधैँ आफूलाई समस्याबाट अलग गर्ने प्रयास गर्छन्, र सधैँ आफूलाई राम्रो देखाउन, र आफ्नो छवि सुन्दर बनाउन चाहन्छन्। तिनीहरू त्यस्तो व्यक्ति नै होइनन्, त्यसोभए तिनीहरू किन आफूलाई राम्रो देखाउने, र आफूलाई सिद्ध देखाउने प्रयास गर्छन्? साथै, म सत्यता सङ्गति गर्छु, म कसैलाई निसाना बनाउँदिनँ, न त म कसैलाई प्रहार गर्ने वा कसैसँग बदला लिनेबारे नै विचार गर्छु। अरूले जेसुकै सोचे पनि सोचून्!” के यी दुई मानिसहरूले सत्यता सङ्गति गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए, तिनीहरूले के गरिरहेका हुन्छन्? एउटा पक्षले भन्छ, “मैले ती कुराहरू मण्डलीको कामका लागि गरेँ। तिमी के सोच्छौ मलाई मतलब छैन।” अर्कोले भन्छ, “जब मानिसले काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ। परमेश्वरलाई मानिसहरूका विचारहरू थाहा हुन्छ। तिमीसँग केही सद्भाव, क्षमता, र वाक्पटुता छ, र तिमीले खराब कामकुरा गर्दैनौ भन्दैमा, परमेश्वरले तिम्रो छानबिन गर्नुहुनेछैन भन्ने नसोच; तिमीले आफ्ना विचारहरू गहिरो गरी लुकाउँदा परमेश्वरले ती विचार देख्न सक्नुहुन्न भन्ने नसोच। परमेश्वरले मात्र होइन, दाजुभाइ-दिदीबहिनीहरू सबैले समेत ती विचारहरू देख्न सक्छन्! के तिमीलाई परमेश्वरले मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ भन्ने थाहा छैन र?” तिनीहरू दुई जनाले केबारे बहस गरिरहेका हुन्छन्? एक पक्षले आफूलाई सही साबित गर्न, आफूलाई दोषमुक्त गर्न, अरूले ऊबारे खराब धारणा नराखून् भनेर ठूलो प्रयास गरिरहेको हुन्छ, जबकि अर्को पक्षले यसलाई त्यतिकै नछोड्ने जिद्दी गर्छ, र त्यो व्यक्तिलाई आफूलाई राम्रो देखाउन दिँदैन, साथै उसलाई हप्कीमार्फत खुलासा गर्ने र निन्दा गर्ने उद्देश्य राख्छ। सतहमा, यी दुईले एकअर्कालाई प्रत्यक्ष रूपमा सरापिरहेका वा एकअर्कालाई प्रत्यक्ष रूपमा खुलासा गरिरहेका हुँदैनन्, तर तिनीहरूको बोलीमा उद्देश्य हुन्छ: एउटा पक्षले उसलाई गलत बुझ्नबाट अर्को व्यक्तिलाई रोक्ने प्रयास गर्छ, र उसले आफ्नो नाममा सफाइ दियोस् भन्ने माग गर्छ, जबकि अर्को पक्षले त्यसो गर्न इन्कार्छ, बरु उसलाई संज्ञा दिन र निन्दा गर्न जिद कस्छ, र पहिलो पक्षले मानोस् भन्ने माग गर्छ। के यो कुराकानी सामान्य रूपमा सत्यताबारे सङ्गति गर्नु हो? (होइन।) के यो विवेक र समझमा आधारित कुराकानी हो? (होइन।) त्यसोभए यस्तो कुराकानीको प्रकृति के हो? के यस्तो कुराकानी आपसी आक्रमणमा संलग्न हुनु हो? (हो।) के आफूलाई सही साबित गर्ने व्यक्तिले कसरी परमेश्वरबाट कुराहरू स्विकार्न, आफूलाई चिन्न, र अभ्यास गर्नुपर्ने सिद्धान्तहरू भेट्टाउन सकिन्छ भन्नेबारे सङ्गति गरिरहेको हुन्छ? होइन, उसले अरूसामु आफूलाई सही साबित गरिरहेको हुन्छ। ऊ अरूलाई आफ्ना विचार, दृष्टिकोण, अभिप्राय, र उद्देश्यहरू स्पष्ट पार्न, अर्को पक्षसामु आफूलाई स्पष्ट पार्न, र अर्को पक्षलाई आफ्नो नाममा सफाइ दिन लगाउन चाहन्छ। यसको साथै, ऊ अर्को पक्षले उसलाई खुलासा गरेको र निन्दा गरेको कुरा इन्कार्न चाहन्छ, र अर्को पक्षले भनेको कुरा तथ्यहरू वा सत्यतासँग मिले पनि वा नमिले पनि, उसले यसलाई पहिचान नगरेसम्म, वा यसलाई स्विकार्न अनिच्छुक भएसम्म, अर्को पक्षले भनेको कुरालाई गलत नै ठान्छ, र त्यसलाई सच्याउन चाहन्छ। जबकि अर्को पक्षले उसको नाममा सफाइ दिन चाहँदैन बरु उसको खुलासा गर्न, र उसलाई आफ्नो निन्दा स्विकार्न बाध्य पार्न चाहन्छ। एउटाचाहिँ स्विकार्न अनिच्छुक हुन्छ, र अर्कोले उसलाई स्वीकार गराउन जिद कस्छ, र यसले तिनीहरूबीच आक्रमणहरू पैदा गर्छ। यस्तो कुराकानीको प्रकृति भनेको आपसी आक्रमणमा संलग्न हुनु हो। त्यसोभए, यस्तो आक्रमणको प्रकृति के हो? के यो कुराकानीमा आपसी इन्कार, आपसी गुनासो, र आपसी निन्दाको विशेषता हुन्छ? (हुन्छ।) के मण्डली जीवनमा पनि यस्तो कुराकानी हुन्छ? (हुन्छ।) यस्ता कुराकानीहरू सबै मौखिक कलह हुन्।
यस्तो कुराकानीलाई किन मौखिक कलह भनिन्छ? (किनभने यसमा संलग्न मानिसहरूले सही र गलतबारे बहस गरिरहेका हुन्छन्, कसैले पनि आफूलाई चिन्ने प्रयास गरिरहेका हुँदैन, र कसैले पनि केही प्राप्त गर्दैन; तिनीहरू निरन्तर यही मामलामा अडिग रूपमा घोत्लिइरहन्छन्, र कुराकानीहरू अर्थहीन हुन जान्छन्।) तिनीहरूले को सही छ वा गलत छ, को श्रेष्ठ छ वा कनिष्ठ छ भनेर बहस गर्दै धेरै कुरा गरिरहेका र धेरै ऊर्जा बरबाद गरिरहेका हुन्छन्। तिनीहरू निरन्तर बहस गर्छन् तर कसैले जित्दैन, तर त्यसपछि पनि तिनीहरू बहस गरिरहन्छन्। तिनीहरू अन्ततः यसबाट के प्राप्त गर्छन्? के सत्यताको बुझाइ, परमेश्वरका अभिप्रायहरूको बुझाइ प्राप्त गर्छन्? के यो पश्चात्ताप गर्ने र परमेश्वरको छानबिन स्विकार्ने क्षमता हो? के यो परमेश्वरबाट कुराहरू स्विकार्ने र आफूलाई अझै बढी चिन्ने क्षमता हो? तिनीहरू यीमध्ये कुनै पनि कुरा प्राप्त गर्दैनन्। यी अर्थहीन विवादहरू र सही र गलतबारे हुने यी कुराकानीहरू मौखिक कलह हुन्। सरल रूपमा भन्दा, मौखिक कलहहरू पूर्ण रूपमा अर्थहीन कुराकानीहरू हुन्, जहाँ भनिएको सबै कुरा वाहियात हुन्छ, र अरूका लागि एउटा शब्द पनि ज्ञानवर्धक वा फाइदाजनक हुँदैन, बरु, बोलिएका सबै शब्दहरू चोट पुर्याउने किसिमका हुन्छन्, र ती सबै मानव इच्छा, गरम मिजास र मानिसहरूको मनबाट, र अवश्य नै अझै बढी रूपमा मानिसहरूको भ्रष्ट स्वभावबाट उत्पन्न भएका हुन्छन्। बोलिने हरेक शब्द आफ्नै हित, आफ्नै छवि र प्रतिष्ठाका लागि बोलिएको हुन्छ, अरूको सुधार वा सहयोगका लागि होइन, सत्यताको कुनै पक्षबारेको आफ्नो बुझाइ वा परमेश्वरका अभिप्रायहरू बुझ्ने उद्देश्यका लागि हुँदैन, र अवश्य नै परमेश्वरका वचनहरूमा व्यक्तिको कुन भ्रष्ट स्वभाव खुलासा गरिएको छ, व्यक्तिको भ्रष्ट स्वभाव परमेश्वरका वचनहरूसँग मिल्छ कि मिल्दैन, वा व्यक्तिको बुझाइ सही छ कि छैन भनेर छलफल गर्नका लागि पनि हुँदैन। यी अर्थहीन स्वस्पष्टीकरण र व्याख्याहरू जति नै मनमोहक, निष्कपट, वा भक्तिपूर्ण सुनिए पनि ती सबै मौखिक कलह र आपसी आक्रमण र आलोचनाहरू हुन्, जसले न त अरूलाई फाइदा गर्छ, न त आफूलाई नै। तिनले अरूलाई हानि गर्ने र व्यक्तिको सामान्य अन्तरव्यैयत्तिक सम्बन्धमा असर गर्ने मात्र नभई, व्यक्तिको जीवन वृद्धिमा पनि बाधा दिन्छन्। छोटकरीमा भन्दा, उपयोग गरिएका बहाना, अभिप्राय, मनोवृत्ति, भाव, वा उपयोग गरिएका माध्यम र विधिहरू जेसुकै भए पनि यसमा अरूलाई स्वेच्छाचारी रूपमा आलोचना र निन्दा गर्ने कार्य संलग्न भएसम्म, यी सबै शब्द, विधि, र आदि इत्यादि कुराहरू अरूलाई आक्रमण गर्ने वर्गमा पर्छन्, ती सबै मौखिक कलह हुन्। के यो दायरा फराकिलो छ? (यो निकै फराकिलो छ।) त्यसोभए, जब तिमीहरूले मानिसहरूको आक्रमण, आलोचना, र निन्दा सामना गर्छौ, तब के तिमीहरू अरूलाई आक्रमण गर्ने र निन्दा गर्ने व्यवहारमा संलग्न हुनबाट आफूलाई रोक्न सक्छौ? तिमीहरूले यस्ता परिस्थितिहरू सामना गर्दा कसरी अभ्यास गर्नुपर्छ? (हामी प्रार्थनामार्फत परमेश्वरअघि शान्त हुनु आउनुपर्छ; त्यस उप्रान्त हाम्रो हृदयमा घृणा हुनेछैन।) व्यक्ति बुझ्ने र समझदार भएसम्म, उसले परमेश्वरअघि शान्त हुन र उहाँलाई प्रार्थना गर्न, र सत्यता स्विकार्न सकेसम्म, उसले आफ्ना अभिप्राय र कामनाहरू नियन्त्रण गर्न सक्छ, र त्यसपछि ऊ अरूलाई आलोचना नगर्ने वा आक्रमण नगर्ने अवस्थामा पुग्न सक्छ। कसैको अभिप्राय र उद्देश्य व्यक्तिगत द्वेष पोख्नु वा बदला लिनु होइन भने, र निश्चय नै अर्को पक्षलाई आक्रमण गर्नु होइन भने, र बरु उसले सत्यता नबुझ्ने वा यसलाई अत्यन्तै सतही रूपमा बुझ्ने हुनाले, र ऊ अलिक मूर्ख र अज्ञानी वा स्वेच्छाचारी भएकोले अनजानमा अर्को पक्षलाई चोट पुर्याउने गर्छ भने, अरूको सहयोग, साथ, र सङ्गतिमार्फत, सत्यता बुझेपछि, उसको बोलीवचन अझै सही हुनेछ, साथै उसले अरूबारे गर्ने मूल्याङ्कन र दृष्टिकोणहरू पनि अझै सही हुनेछन्, र उसले अरूले प्रकाश गर्ने भ्रष्ट स्वभाव र गलत कार्यहरूलाई सही रूपमा लिन सक्नेछ, यसरी उसले अरूमाथि गर्ने आफ्ना आक्रमण र आलोचनाहरूलाई बिस्तारै घटाउँदै लानेछ। तर, यदि व्यक्ति सधैँ आफ्नो भ्रष्ट स्वभावभित्र जिउँछ, र उसले अप्रिय ठानेको वा उसलाई पहिले चिढ्याएको वा हानि गरेको जोकोहीविरुद्ध बदला लिने अवसरहरू खोज्छ, र सधैँ त्यस्ता अभिप्रायहरू पाल्छ, र सत्यता खोजी गर्ने वा परमेश्वरलाई प्रार्थना गर्ने वा उहाँमा भर पर्ने पटक्कै गर्दैन भने, ऊ कुनै पनि बेला र कुनै पनि ठाउँमा अरूलाई आक्रमण गर्न सक्छ, र यसलाई समाधान गर्न गाह्रो हुन्छ। अनजानमा अरूलाई आक्रमण गर्ने समस्या समाधान गर्न सजिलो हुन्छ, तर जानीजानी र अभिप्रायका साथ आक्रमण गर्ने समस्या समाधान गर्न सजिलो हुँदैन। यदि कुनै व्यक्तिले कहिलेकाहीँ र अनजानमा अरूलाई आक्रमण र आलोचना गर्छ भने, अरूले उसलाई साथ दिन र सहयोग गर्न गर्ने सत्यता सङ्गतिमार्फत, उसले सत्यता बुझेपछि आफ्नो मार्ग परिवर्तन गर्न सक्नेछ। तर, यदि कसैले निरन्तर बदला लिने र व्यक्तिगत द्वेष पोख्ने प्रयास गर्छ, र सधैँ अरूलाई कष्ट दिन वा ढाल्न चाहन्छ, र उसले त्यस्ता अभिप्रायहरू लिएर अरूलाई आक्रमण गर्छ, जुन कुरालाई सबै मानिसहरूले महसुस गर्न र देख्न सक्छन् भने, त्यस्तो व्यवहार मण्डली जीवनका लागि अवरोध र बाधा बन्छ; यो पूर्ण रूपमा जानीजानी ल्याइने अवरोध र बाधा हो। त्यसकारण, अरूलाई आक्रमण गर्ने यस्तो स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ।
अब, के तिमीहरूले अरूलाई आक्रमण गर्ने र निन्दा गर्ने समस्या कसरी समाधान गर्नुपर्छ भन्ने कुरा बुझ्यौ? एउटै मात्र तरिका छ—व्यक्तिले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, अनि त्यसपछि उसको घृणा बिस्तारै हराउनेछ। अरूलाई आक्रमण गर्न सक्ने मानिसहरू मुख्य रूपमा दुई प्रकारका हुन्छन्। एउटा प्रकारचाहिँ आफूलाई अप्रिय लाग्ने मानिसहरू भेट्दा, सोच्दै नसोची प्याच्चै बोल्ने, मुखमा जे आयो त्यही बोल्ने र ठाडो बोल्ने, चोट पुर्याउने कुराहरू बोल्ने मानिसहरू हुन्। तर धेरैजसो समय, तिनीहरू उद्देश्यपूर्ण रूपमा वा जानी-जानी मानिसहरूलाई आक्रमण गर्दैनन्—तिनीहरू बस आफूलाई नियन्त्रण गर्न मात्र सक्दैनन्, र यो तिनीहरूको स्वभाव मात्रै हो, र तिनीहरूले अनजानमै अरू मानिसहरूलाई आक्रमण गर्छन्। यदि तिनीहरूलाई काटछाँट गरियो भने, तिनीहरू स्विकार्न सक्छन्, त्यसकारण यी दुष्ट मानिसहरू होइनन्, र सफाइ गरेर हटाइनुपर्ने पात्रहरू होइनन्। तर दुष्ट मानिसहरू काटछाँट स्विकार्दैनन्, र तिनीहरू प्रायजसो मण्डली जीवनमा अवरोध र बाधाहरू ल्याउँछन्, तिनीहरू बारम्बार अरूलाई आक्रमण गर्छन्, आलोचना गर्छन्, प्रहार गर्छन्, र अरूविरुद्ध प्रतिकार गर्छन्, र अलिकति पनि सत्यता स्विकार्दैनन्। तिनीहरू दुष्ट मानिसहरू हुन्, र मण्डलीले सम्बोधन गर्नुपर्ने र सफाइ गरेर हटाउनुपर्ने मानिसहरू तिनीहरू नै हुन्। किन तिनीहरूलाई सम्बोधन गरिनु र सफाइ गरेर हटाइनुपर्छ? तिनीहरूको प्रकृति सार मूल्याङ्कन गर्दा, अरूलाई आक्रमण गर्ने तिनीहरूको व्यवहार अनजानमा हुँदैन, बरु जानीजानी गरिएको हुन्छ। किनभने यी मानिसहरूमा दुर्भावपूर्ण मानवता हुन्छ—कसैले पनि तिनीहरूलाई चिढ्याउनु वा आलोचना गर्नु हुँदैन, र कसैले तिनीहरूलाई गल्तीले अलिकति चोट पुर्याउने कुरा भन्यो भने, तिनीहरू बदला लिने अवसरहरू खोज्नेबारे सोच्नेछन्—र त्यसैले, त्यस्ता मानिसहरूले अरूविरुद्ध आक्रमण गर्न सक्छन्। मण्डलीले सम्बोधन गर्नुपर्ने र सफाइ गरी हटाउनुपर्ने एक प्रकारको व्यक्ति यही हो। आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने जोकोही व्यक्ति—ऊ जुनसुकै पक्षमा भए नि, उसले सक्रिय रूपमा आक्रमण गरिरहेको भए पनि वा निष्क्रिय रूपमा आक्रमण गरिरहेको भए पनि—ऊ यस्ता आक्रमणहरूमा सहभागी भएसम्म, ऊ कुटिल अभिप्रायहरू भएको दुष्ट व्यक्ति हो, जसले थोरै अप्रसन्नता हुँदा पनि अरूलाई कष्ट दिनेछ। त्यस्ता मानिसहरूले मण्डली जीवनमा गम्भीर अवरोध र बाधा पैदा गर्छन्। तिनीहरू मण्डलीभित्रका एकप्रकारका दुष्ट व्यक्ति हुन्। अलिक कम गम्भीर मामलाहरू समाधान गर्नका लागि संलग्न व्यक्तिलाई आत्मचिन्तन गर्न लगाउन अलग गर्न सकिन्छ; अझै गम्भीर अवस्थामा, संलग्न व्यक्तिलाई सफाइ गरी हटाइनु वा निष्कासित गरिनुपर्छ। यो मामला सम्हाल्दा अगुवा र कामदारहरूले बुझ्नुपर्ने सिद्धान्त यही हो।
यो सङ्गतिमार्फत, के अब तिमीहरूले अरूलाई आक्रमण गर्नु भनेको के हो भन्ने कुरा बुझ्यौ? के तिमीहरू यो कुरा खुट्ट्याउन सक्छौ? मैले आक्रमण भनेको के हो भनेर परिभाषित गरेपछि, कति मानिसहरू यसो सोच्छन्, “अरूलाई आक्रमण गर्ने कार्यको परिभाषा यति व्यापक भएकाले, भविष्यमा कसले बोल्ने आँट गर्छ र? हामी मानिसहरू कसैले पनि सत्यता बुझेका छैनौँ, त्यसकारण हामीले मुख खोल्यौँ भने मात्रै पनि अरूलाई आक्रमण गर्नेछौँ, जुन भयानक कुरा हो! भविष्यमा, हामी अरूलाई आक्रमण गर्नबाट जोगिन बिहान उठेदेखि हामी केवल खाना खाने र पानी पिउने अनि चुपचाप बस्ने गर्नुपर्छ, मुखमा टेप लगाउनुपर्छ र लापरवाह रूपमा बोल्नु हुँदैन। त्यो त निकै राम्रो हुनेथियो, अनि हाम्रा दिनहरू अझै शान्तिपूर्ण हुनेथिए।” के यस्तो सोचाइ सही हो? मुखमा टेप लगाउँदा समस्या समाधान हुँदैन; अरूलाई आक्रमण गर्ने समस्याको सार भनेको व्यक्तिको हृदयको समस्या हो, यो व्यक्तिको भ्रष्ट स्वभावका कारण हुन्छ, र यो व्यक्तिको मुखको समस्या होइन। मानिसहरूले मुखले बोल्ने कुरा तिनीहरूको भ्रष्ट स्वभाव र तिनीहरूको विचारद्वारा शासित हुन्छ। यदि व्यक्तिको भ्रष्ट स्वभावहरू समाधान भए, र उसले साँच्चै नै केही सत्यता बुझ्छ, र उसको बोली पनि अलिक सिद्धान्तअनुरूप र संयमित बन्छ भने, अरूलाई आक्रमण गर्ने उसको समस्या आंशिक रूपमा समाधान हुनेछ। अनि अवश्य नै, मण्डली जीवनमा मानिसहरूबीच सामान्य अन्तरव्यैयत्तिक सम्बन्धहरू हुनका लागि, र तिनीहरू आपसी आक्रमण वा मौखिक कलहमा संलग्न नहुनका लागि, तिनीहरूले बारम्बार प्रार्थना गर्न परमेश्वरअघि आउनु, परमेश्वरको मार्गदर्शन माग्नु, र धार्मिकताका लागि भोकाउने र तिर्खाउने भक्त हृदय लिएर परमेश्वरअघि शान्त हुनु आवश्यक हुन्छ। त्यसरी, जब कसैले अनजानमा तँलाई चोट पुर्याउने कुरा भन्छ, तब परमेश्वरअघि तेरो हृदय शान्त हुन सक्छ, तैँले यसलाई तिनीहरूविरुद्ध ईख बनाउनेछैनस्, र तँ अर्को व्यक्तिसँग बहस गर्न चाहनेछैनस्, आफ्नो प्रतिरक्षा गर्न र आफूलाई सही साबित गर्न त झनै चाहनेछैनस्। बरु, तैँले यसलाई परमेश्वरबाट स्विकार्नेछस्, आफूलाई चिन्ने राम्रो अवसर दिनुभएकोमा परमेश्वरलाई धन्यवाद दिनेछस्, र अरूका शब्दहरूद्वारा तँसँग अझै पनि फलानो र ढिस्कानो समस्या छ भन्ने कुरा थाहा गराएकोमा उहाँलाई धन्यवाद दिनेछस्। यो तैँले आफूलाई चिन्ने राम्रो अवसर हो, यो परमेश्वरको अनुग्रह हो, र तैँले यसलाई परमेश्वरबाट स्विकार्नुपर्छ। तँलाई चोट पुर्याउने व्यक्तिप्रति तैँले आक्रोश पाल्नु हुँदैन, न त तैँले अनजानमै तेरा गल्तीहरू उठाउने वा तेरा कमीकमजोरी खुलासा गर्ने व्यक्तिप्रति विकर्षण र घृणा अनुभूत गर्नु नै हुन्छ, जानीजानी वा अनजानमा तिनीहरूबाट टाढा बस्ने वा तिनीहरूलाई प्रतिकार गर्न हरकिसिमका उपायहरू प्रयोग गर्ने पनि गर्नु हुँदैन। यीमध्ये कुनै पनि शैलीले परमेश्वरलाई प्रसन्न पार्दैन। बारम्बार प्रार्थना गर्न परमेश्वरअघि आइज, अनि तेरो हृदय शान्त भएपछि, अरूले अनजानमा तँलाई हानि गर्दा तँ यसलाई सही रूपमा लिन सक्नेछस्, तिनीहरूप्रति सहनशील र धैर्य हुन सक्नेछस्। यदि कसैले तँलाई जानीजानी हानि गर्यो भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई कसरी लिनेथिइस्—तैँले उग्र भएर ऊसँग तर्क गर्नेथिइस् कि परमेश्वरअघि शान्त भएर सत्यता खोजी गर्नेथिइस्? पक्कै पनि, मैले भनिरहनुपर्दैन, प्रवेश गर्ने कुन मार्ग सही हो भन्ने कुरा तिमीहरू सबैलाई स्पष्ट रूपमै थाहा छ।
मानव शक्ति, मानव आत्मसंयम, र मानव धैर्यमा भर परेर मण्डली जीवनमा आपसी आक्रमण र मौखिक कलहबाट टाढा रहनु निकै गाह्रो हुन्छ। तेरो मानवता चाहे जति नै राम्रो भए पनि, तँ चाहे जति नै कोमल र दयालु भए पनि, वा चाहे जति नै उदार भए पनि, तैँले तेरो गरिमा, निष्ठा, र आदि इत्यादिमा चोट पुर्याउने केही मानिस वा कामकुराहरू सामना गर्नु अपरिहार्य नै हुन्छ। यस्ता समस्याहरूलाई कसरी सम्हाल्ने र लिने भन्नेबारे तँसँग सिद्धान्त हुनुपर्छ। यदि तैँले यी समस्याहरूलाई गरम मिजासको साथ लिइस् भने, कुरो निकै सजिलो भइदिन्छ: तिनीहरू तँलाई सराप्छन्, र तँ तिनीहरूलाई सराप्छस्, तिनीहरू तँलाई आक्रमण गर्छन्, र तँ तिनीहरूलाई आक्रमण गर्छस्, खुनको बदला खुन, ज्यानको बदला ज्यान लिन्छस्, तिनीहरू तँलाई जे कुराले प्रहार गर्छन्, तँ त्यही विधिहरू प्रयोग गरेर तिनीहरूलाई प्रहार गर्छस्, र आफ्नो गरिमा, निष्ठा, र इज्जतको रक्षा गर्छस्। यो हासिल गर्न निकै सजिलो छ। तर, तैँले यो विधि उचित छ कि छैन, यो तेरा र अरू, दुवैका लागि फाइदाजनक छ कि छैन, र यसले परमेश्वरलाई प्रसन्न पार्छ कि पार्दैन भनेर हृदयमा तौलनुपर्छ। प्रायजसो, जब मानिसहरूले यो समस्याको सार पत्ता लगाएका हुँदैनन्, तब तिनीहरूका तात्कालिक विचार यस्ता हुन्छन्, “ऊ मलाई कृपा देखाउँदैन, त्यसैले म किन उसलाई कृपा देखाउने? ऊ मलाई कुनै प्रेम देखाउँदैन, त्यसैले म किन उसलाई प्रेमसाथ व्यवहार गर्ने? ऊ मप्रति कुनै धैर्यता देखाउँदैन र मलाई सहयोग गर्दैन, त्यसैले म किन ऊप्रति धैर्यता देखाउने वा उसलाई सहयोग गर्ने? ऊ मसँग निर्दयी व्यवहार गर्छ, त्यसैले म उसलाई दुर्व्यवहार गर्नेछु। मैले किन खुनको बदला खुन, ज्यानको बदला ज्यान लिन सक्दिनँ?” मानिसहरूका मनमा आउने पहिलो विचारहरू यिनै हुन्। तर जब तँ साँच्चै नै त्यसरी व्यवहार गर्छस्, तब तँलाई भित्री शान्ति महसुस हुन्छ कि असहज र पीडा महसुस हुन्छ? जब तँ साँच्चै नै यो छनौट गर्छस्, तब तँ के प्राप्त गर्छस्? तैँले के हासिल गर्छस्? धेरै मानिसहरूले यसरी व्यवहार गर्दा, तिनीहरूलाई भित्री रूपमा असहज महसुस हुन्छ भन्ने अनुभव गरेका छन्। अवश्य नै, धेरैजसो मानिसहरूलाई विवेकले नै दोष दिँदैन, झन् तिनीहरू परमेश्वरप्रति ऋणी छन् भन्ने भावनाले मनमा यो असहजता आउने त कुरै नगरौँ; मानिसहरूसँग त्यस्तो कद हुँदैन। तिनीहरूमा यो असहजता केले पैदा गर्छ? यो मानिसहरूको घृणा, तिनीहरू अपमानित हुँदा तिनीहरूको गरिमा र निष्ठामा आउने चुनौती, साथै मौखिक रूपमा तिनीहरूलाई उक्साइएपछि तिनीहरूलाई महसुस हुने चोट र तिनीहरूको हृदयमा उत्पन्न हुने रिस, घृणा, अवज्ञा, र आक्रोशबाट आउँछ, र यी सबै कुराले मानिसहरूलाई असहज महसुस गराउँछ। यो असहजताका परिणामहरू के-के हुन्? यो असहजता अनुभव गरेपछि, तुरुन्तै तँ तँसँग गरिमा र निष्ठा छ र तँलाई हेप्न सजिलो छैन भनेर देखाउनका लागि त्यो व्यक्तिलाई तह लगाउन भाषा कसरी प्रयोग गर्ने, उसलाई ढाल्न कसरी कानुनी र उचित माध्यमहरू प्रयोग गर्ने भनेर चिन्तन गर्न थाल्नेछस्। जब तँलाई असहज महसुस हुन्छ, जब तँमा घृणा पैदा हुन्छ, तब तँ त्यो व्यक्तिलाई धैर्यता र सहनशीलता देखाउने, वा उसलाई सही रूपमा व्यवहार गर्ने, वा अरू सकारात्मक कुराहरू सोच्दैनस्, बरु डाहा, विकर्षण, आवेग, शत्रुता, घृणा, र निन्दाजस्ता सबै नकारात्मक कुराहरू सोच्छस्, र तँ उसलाई हृदयमा अनगिन्ती रूपमा सराप्ने, र, तैँले खाइरहेको वा तँ सुतिरहेको बेला—जुनसुकै बेला उसलाई कसरी प्रतिकार गर्ने भन्नेबारे सोच्ने, र उसले तँलाई आक्रमण वा निन्दा गर्यो भने उसलाई कसरी तह लगाउने र त्यस्ता परिस्थितिहरू कसरी सम्हाल्ने र आदि इत्यादि कसरी गर्ने भन्ने हदसम्म सोच्छस्। तैँले अर्को व्यक्तिलाई कसरी ढाल्ने, आफ्नो द्वेष र घृणा कसरी पोख्ने, र अर्को व्यक्तिलाई कसरी तेरो अघि झुक्न र तेरो डर मान्न लगाउने, र फेरि तँलाई उक्साउने आँट नगर्ने बनाउने भनेर दिनभरि मनन गर्छस्। तँ प्रायजसो अर्को व्यक्तिलाई कसरी पाठ सिकाउने, तँ कति शक्तिशाली छस् भनेर उसलाई कसरी थाहा दिने भन्नेबारे पनि विचार गर्छस्। जब त्यस्ता विचारहरू पैदा हुन्छन्, र जब कल्प दृश्यहरू तेरो मनमा बारम्बार देखा पर्छन्, तब तिनले तँलाई दिने बाधा र दुष्परिणामहरू अतुलनीय हुन्छन्। तँ मौखिक कलह र आपसी आक्रमण गर्ने स्थितिमा परेपछि, परिणामहरू के-के हुन्छन्? के त्यसपछि परमेश्वरअघि शान्त हुनु सजिलो हुन्छ? के यसले तेरो जीवन प्रवेशमा ढिलाइ गराउँदैन र? (गराउँछ।) मामलाहरू सम्हाल्ने गलत तरिका छनौट गर्दा व्यक्तिमा पर्ने असर यही हो। यदि तैँले सही मार्ग रोजिस् भने, जब कसैले तेरो छवि वा अभिमानमा हानि गर्ने तरिकाले बोल्छ, वा तेरो निष्ठा र गरिमालाई अपमान गर्छ, तब तँ सहनशील बन्ने छनौट गर्न सक्छस्। तँ कुनै पनि प्रकारको भाषा प्रयोग गरेर तिनीहरूसँग बहसमा संलग्न हुने वा जानीजानी आफूलाई सही साबित गर्ने र अर्को पक्षलाई खण्डन र आक्रमण गर्ने, र यसरी आफूमा घृणा पैदा गर्ने गर्नेछैनस्। सहनशील हुनुको सार र महत्त्व के हो? तैँले भन्छस्, “उसले भन्ने कतिपय कुराहरू तथ्यहरूसँग मिल्दैनन्, तर सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्नुपहिले सबै यस्तै हुन्छन्, र म पनि कुनै समय यस्तै थिएँ। अहिले सत्यता बुझेपछि, म सही र गलतबारे बहस गर्ने गैरविश्वासीहरूको मार्गमा हिँड्ने वा झैझगडाको दर्शनमा संलग्न हुने गर्दिनँ—म त सहनशीलता र अरूलाई प्रेमसाथ व्यवहार गर्ने छनौट गर्छु। उसले भन्ने कतिपय कुराहरू तथ्यहरूसँग मिल्दैनन्, तर म तीप्रति ध्यान दिँदिनँ। म आफूले पहिचान गर्न र बुझ्न सक्ने कुराहरू स्विकार्छु। म तिनलाई परमेश्वरबाट स्विकार्छु र तिनलाई प्रार्थनामा परमेश्वरअघि ल्याउँछु, र मेरा भ्रष्ट स्वभावहरू प्रकाश गर्ने परिस्थितिहरू खडा गर्न उहाँलाई अनुरोध गर्छु, ताकि म यी भ्रष्ट स्वभावहरूको सार जान्न सकूँ र यी समस्याहरू सम्बोधन गर्न, तिनलाई बिस्तारै जित्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सुरु गर्ने अवसर पाउन सकूँ। आफ्नो बोलीवचनद्वारा मलाई चोट पुर्याउने मानिसहरूका हकमा र तिनीहरूले भन्ने कुराहरू सही छन् कि छैनन् भन्ने कुराका हकमा, वा तिनीहरूको अभिप्राय चाहे जे भए पनि, एक हिसाबले म यसबारे सुझबुझ अभ्यास गर्छु, र अर्को हिसाबले म तिनीहरूलाई सहन्छु।” यदि यो व्यक्ति सत्यता स्विकार्ने व्यक्ति हो भने, तँ ऊसँग शान्तिसाथ बस्न र सङ्गति गर्न सक्छस्। यदि ऊ त्यस्तो होइन भने, यदि ऊ दुष्ट व्यक्ति हो भने, ऊप्रति ध्यान नदे। उसले पर्याप्त हदसम्म काम गरुन्जेल, र सबै दाजुभाइ-दिदीबहिनीहरूले उसलाई राम्ररी खुट्ट्याउन्जेल, र तैँले पनि खुट्ट्याउन्जेल, र अगुवा र कामदारहरूले उसलाई सफाइ गर्न र सम्हाल्न लागुन्जेल पर्खी—त्यो बेला नै परमेश्वरले उसलाई सम्बोधन गर्ने समय आएको हुन्छ, र अवश्य नै, तँलाई पनि खुसी लाग्नेछ। तर, तैँले छनौट गर्नुपर्ने मार्ग भनेको दुष्ट मानिसहरूसँग मौखिक कलह गर्नु वा तिनीहरूसँग बहस गर्नु र आफूलाई सही साबित गर्ने प्रयास गर्नु भन्ने पटक्कै होइन। बरु, कुनै घटना घट्दा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो। चाहे यो तँलाई चोट पुर्याएका मानिसहरूसँग व्यवहार गर्ने कार्य होस् वा तँलाई चोट नपुर्याएका र तँलाई फाइदा दिने मानिसहरूसँग व्यवहार गर्ने कार्य होस्, अभ्यासका सिद्धान्तहरू उही हुनुपर्छ। जब तँ यो मार्ग रोज्छस्, के तेरो हृदयमा कुनै घृणा हुनेछ? थोरै असहजता हुन सक्छ। आफ्नो गरिमामा चोट पुग्दा कसलाई असहज महसुस हुनेथिएन र? यदि कसैले असहज महसुस भएको छैन भनेर दाबी गर्छ भने, त्यो झूट हुनेछ, त्यो छली कुरा हुनेछ, तर तँ सत्यता अभ्यास गर्नहेतु यो कष्ट सहन र भोग्न सक्नेछस्। जब तँ यो मार्ग रोज्छस्, तब तँ फेरि परमेश्वरअघि आउँदा तँसँग सफा विवेक हुनेछ। तेरो विवेक किन सफा हुनेछ? किनभने तँलाई स्पष्टै यो थाहा हुन्छ कि तेरा शब्दहरू उग्रताबाट आउँदैनन्, तेरा स्वार्थी कामनाहरूका खातिर तँ आफ्नो अनुहार रातो हुन्जेल अरूसँग विवादमा संलग्न हुँदैनस्, र सत्यता बुझ्ने जगका आधारमा, तँ बरु परमेश्वरको मार्ग पछ्याउँछस् र आफ्नै मार्ग हिँड्छस्। तँलाई हृदयमा के स्पष्ट हुन्छ भने तैँले रोजेको मार्ग परमेश्वरले निर्देशित गर्नुहुने मार्ग हो, त्यो परमेश्वरले माग गर्नुहुने मार्ग हो, र त्यसैले तँलाई भित्री रूपमा निकै शान्ति महसुस हुनेछ। जब तँसँग त्यस्तो शान्ति हुन्छ, तब के तँ र अरूबीचको घृणा र व्यक्तिगत ईखले तँलाई बाधा दिनेछ? (दिनेछैन।) जब तैँले साँच्चै नै यसलाई त्यागेर स्वेच्छाले सकारात्मक मार्ग रोज्छस्, तब तेरो हृदय मौन र शान्त हुनेछ। तँलाई उप्रान्त द्वेष, घृणा, र त्यस घृणाबाट पैदा हुने प्रतिकारी मानसिकता र युक्तिहरूजस्ता अरू कुराहरूले बाधा दिनेछैनन्, जुन सबै उग्रताका कुरा हुन्। तैँले रोजेको मार्गले तँलाई शान्ति र मौन हृदय दिनेछ, र ती उग्रताका कुराहरूले उप्रान्त तँलाई बाधा दिन सक्नेछैनन्। जब ती कुराले तँलाई उप्रान्त बाधा दिन सक्दैनन्, के तैँले अझै पनि तँलाई आफ्ना बोलीद्वारा चोट पुर्याउनेहरूलाई आक्रमण गर्ने वा तिनीहरूसँग मौखिक कलहमा संलग्न हुने तरिकाहरू सोच्नेछस्? सोच्नेछैनस्। अवश्य नै, कहिलेकाहीँ तेरो सानो कदका कारण वा केही विशेष प्रसङ्गहरूका कारण तँमा उग्रता, आवेग, र घृणा पैदा हुनेछ। तर, तेरो अठोट, सङ्कल्प, र सत्यता अभ्यास गर्ने तेरो इच्छाले यी कुराहरूलाई तेरो हृदयलाई बाधा दिनबाट रोक्नेछ। अर्थात्, यी कुराहरूले तँलाई बाधा दिन सक्दैनन्। तँमा अझै पनि उग्रताका विस्फोटनहरू हुन सक्छन्, जस्तै, तँ यस्तो सोच्न सक्छस्, “उसले निरन्तर मेरा लागि कामकुराहरू कठिन बनाइरहेको छ। मैले कुनै दिन उसलाई मज्जाले भन्नुपर्छ, र उसले किन मलाई सधैँ निसाना बनाइरहेको र सधैँ कठिन अवस्थामा पारिरहेको छ भनेर उसलाई सोध्नुपर्छ। उसले मलाई किन सधैँ हेयको दृष्टिले हेर्छ र अपमान गर्छ भनेर मैले उसलाई सोध्नुपर्छ।” तँमा कहिलेकाहीँ यस्ता विचारहरू आउन सक्छन्। तर, केही समय सोचेपछि, तैँले ती गलत छन्, र त्यसरी काम गर्दा परमेश्वर अप्रसन्न हुनुहुनेछ भन्ने महसुस गर्नेछस्। जब त्यस्ता विचारहरू उत्पन्न हुन्छन्, तब तँ त्यो स्थिति सुल्ट्याउन तुरुन्तै परमेश्वरअघि फर्किआउनेछस्, त्यसैले ती त्रुटिपूर्ण विचारहरूले तँमा प्रभुत्व जमाउनेछैनन्। फलस्वरूप, तँभित्र केही सकारात्मक कुराहरू देखा पर्न थाल्नेछन्—जस्तै आत्मज्ञान, साथै परमेश्वरले दिनुहुने केही अन्तर्दृष्टि र ज्योति, जसले तँलाई मानिसहरूलाई खुट्ट्याउन र मामलाहरूलाई छर्लङ्गै देख्न सक्षम तुल्याउनेछ—अनि, तैँले थाहै नपाई, यी सकारात्मक कुराहरूले तँलाई सत्यता वास्तविकताबारे अझै बढी बुझ्ने र त्यसमा प्रवेश गर्ने तुल्याउनेछन्। यो अवस्थामा, घृणा, स्वार्थी कामना, र उग्रता धपाउने तेरो प्रतिरोध, अर्थात्, “प्रतिरक्षात्मक तत्त्वहरू” झन्झन् दह्रिलो हुँदै जानेछन्, र तेरो कद झन्झन् ठूलो हुँदै जानेछ। उग्रताका ती कुराहरूले उप्रान्त तँलाई नियन्त्रण गर्न सक्नेछैनन्। तँमा कहिलेकाहीँ केही गलत सोच, विचार, र आवेगहरू हुन सक्ने भए पनि यी कुराहरू तुरुन्तै बिलाउनेछन्, तेरो प्रतिरोध र कदले तिनलाई हटाउनेछ र नष्ट गर्नेछ। यो बेला, तँभित्र सकारात्मक कुराहरू, सत्यताको वास्तविकता, र परमेश्वरका वचनहरू हाबी हुनेछन्। जब यी सकारात्मक कुराहरू हाबी हुन्छन्, तब तँलाई बाहिरी मानिस, घटना, र कामकुराहरूले प्रभाव पार्नेछैनन्। तेरो कद बढ्नेछ, तेरो स्थिति झन्झन् सामान्य हुँदै जानेछ, र तँ उप्रान्त भ्रष्ट स्वभावअनुसार जिउनेछैनस् र तँ दुष्चक्रको दिशातर्फ विकसित हुनेछैनस्, र यसरी, तेरो कद निरन्तर वृद्धि भइरहनेछ।
जब तँ मण्डलीमा वा मानिसहरूको समूहमाझ हुन्छस्, तब तँ आफ्नो गरिमा र निष्ठालाई हानि गर्ने व्यक्तिगत आक्रमणहरू सामना गर्दा सहनशील र धैर्य हुने छनौट गर्न सक्छस् र अभ्यासको सही मार्ग रोज्न सक्छस् भने, यो फाइदाजनक हुन्छ। तैँले यो फाइदा नदेख्न पनि सक्छस्, तर जब तँ यस्तो प्रकारको घटना अनुभव गर्छस्, तब तैँले अचेतन रूपमै थाहा पाउनेछस् कि परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरू र उहाँले तिनीहरूलाई प्रदान गर्नुहुने मार्ग एउटा उज्यालो बाटो र साँचो एवं जिउँदो मार्ग हो, र तिनले मानिसहरूलाई सत्यता प्राप्त गर्न र मानिसहरूलाई फाइदा लिन सक्षम तुल्याउँछन्, र ती सबैभन्दा अर्थपूर्ण मार्ग हुन्। जब तँ मानिसहरूको समूहमाझ हुन्छस्, विशेषगरी जब तँ मण्डली जीवनमा हुन्छस्, तब तँ विभिन्न परीक्षा र प्रलोभनहरूलाई जित्न सक्छस्। जब कसैले तँलाई दुर्भावपूर्ण रूपमा आक्रमण गर्छ र चोट पुर्याउँछ वा जानीजानी तँसँग बदला लिन र तँमाथि आफ्नो घृणा पोख्न खोज्छ, तब तैँले यो कुरालाई सत्यता सिद्धान्तहरूअनुसार लिन र अभ्यास गर्न सक्नु महत्त्वपूर्ण हुन्छ। परमेश्वरले मानिसहरूको भ्रष्ट स्वभावलाई घृणा गर्नुहुने हुनाले, उहाँ मानिसहरूलाई आफूले सामना गर्ने कुराहरूलाई गरम मिजासका साथ नलिन, बरु परमेश्वरअघि शान्त हुन अनि सत्यता र परमेश्वरका अभिप्रायहरू खोज्न, र त्यसपछि परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरू वास्तवमा के-के हुन् भनेर बुझ्न भन्नुहुन्छ। मानव धैर्यता सीमित हुन्छ, तर व्यक्तिले सत्यता बुझेपछि, उसको धैर्यतामा सिद्धान्तहरू हुनेछन्, र यो त्यस व्यक्तिका लागि सत्यता अभ्यास गर्ने उत्प्रेरणा शक्ति र सहयोगमा परिणत हुन सक्छ। तर, यदि व्यक्ति सत्यतालाई प्रेम गर्दैन, सही र गलतबारे बहस गर्न र अरूलाई आक्रमण गर्न मन पराउँछ, र उसमा आफ्नो गरम मिजासमा जिउने प्रवृत्ति छ भने, जब उसलाई आक्रमण गरिन्छ, तब उसमा मौखिक कलह र आपसी आक्रमणमा संलग्न हुने प्रवृत्ति हुनेछ। यसले यसमा संलग्न हुने सबैलाई हानि गर्छ, र कसैलाई पनि सुधार वा सहयोग प्रदान गर्दैन। जब पनि व्यक्ति आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुन्छ, तब पछि गएर ऊ थकित हुन्छ, अत्यन्तै लखतरान पर्छ, र दुवै पक्षलाई चोट पुग्छ; र तिनीहरू कुनै पनि सत्यता किमार्थ प्राप्त गर्न सक्दैनन्, र अन्त्यमा तिनीहरू केही पनि हासिल गर्दैनन्। मौका पाउँदा घृणा र प्रतिकार गर्ने अभिप्राय मात्रै बाँकी रहन्छ। आपसी आक्रमण र मौखिक कलहले अन्ततः मानिसहरूमा ल्याउने प्रतिकूल परिणाम यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।