अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५) खण्ड दुई
२. आपसी खुलासा र आक्रमणहरू
कतिपय मानिसहरूमा परमेश्वरको वचन खाने-पिउने कार्यमा बुझ्ने क्षमताको कमी हुन्छ र परमेश्वरको वचनबारेको आफ्नो अनुभवात्मक बुझाइ कसरी सङ्गति गर्ने भनी तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूलाई मानिसहरूको खुलासा गर्ने परमेश्वरका वचनहरूलाई अरूसँग जोड्न मात्रै आउँछ। र त्यसकारण, जब तिनीहरूले परमेश्वरका वचनहरूमा रहेका सत्यताबारे सङ्गति गर्छन्, तब तिनीहरूसँग सधैँ व्यक्तिगत मनसाय हुन्छन्; तिनीहरू सधैँ अवसरको फाइदा उठाएर अरूलाई खुलासा गर्न र आक्रमण गर्न चाहन्छन्, जसले गर्दा मण्डलीमा अशान्ति पैदा हुन्छ। यदि खुलासा गरिएका मानिसहरूले यी परिस्थितिहरूलाई सही रूपमा लिन, र ती परमेश्वरबाट आएका हुन् भनेर बुझ्न, अनि समर्पण र धैर्यता अपनाउन सक्छन् भने, कुनै विवाद हुनेछैन। तर, अरूले आफ्ना समस्याहरूबारे सङ्गति र खुलासा गरेको सुन्दा व्यक्तिमा प्रतिरोधको अनुभूति हुनु अपरिहार्य नै हुन्छ। ऊ मनमनै सोच्छ, “तपाईंले परमेश्वरका वचनहरू पढिसकेपछि, तीबारे किन आफ्नो अनुभवात्मक बुझाइ बाँड्नुहुन्न, वा किन आफूलाई चिन्नेबारे कुरा गर्नुहुन्न, र किन मलाई मात्रै आक्रमण गर्नुहुन्छ र निसाना बनाउनुहुन्छ? के तपाईं मलाई अप्रिय मान्नुहुन्छ? ममा भ्रष्ट स्वभाव छ भन्ने कुरा परमेश्वरका वचनहरूले स्पष्ट पारिसकेका छन्—के तपाईंले साँच्चै यसो भनिरहनु आवश्यक छ र? ममा भ्रष्ट स्वभाव हुन सक्छ, तर के तपाईंमा पनि भ्रष्ट स्वभाव छैन र? तपाईंले सधैँ मलाई निसाना बनाउनुहुन्छ, छली भन्नुहुन्छ, तर तपाईंमा पनि धूर्तताको कमी त छैन!” आक्रोश र अवज्ञाले भरिएर, तिनीहरू एक-दुईपटक धैर्यता अभ्यास गर्लान्, तर समय बित्दै जाँदा, र तिनीहरूका गुनासाहरू जम्मा भएपछि, ती विस्फोट हुन्छन्। अनि ती विस्फोट भएपछि, कुरो विपत्तिजनक बन्छ। तिनीहरू भन्छन्, “जब केही मानिसहरू व्यवहार गर्छन् र बोल्छन्, तब तिनीहरू सतहमा अत्यन्तै इमानदार र खुलस्त भएको ढोँग गर्छन्, तर वास्तवमा, तिनीहरू हरकिसिमका युक्तिहरूले भरिएका हुन्छन्, र सधैँ अरूविरुद्ध षड्यन्त्र गरिरहेका हुन्छन्। तिनीहरूसँग कुरा गर्दा कसैले पनि तिनीहरूका विचार वा अभिप्राय बुझ्न सक्दैन; तिनीहरू छली मानिसहरू हुन्। जब हामी त्यस्ता व्यक्तिहरू भेट्छौँ, तब हामी तिनीहरूसँग कुराकानी वा अन्तरक्रिया गर्न सक्दैनौँ; तिनीहरू अत्यन्तै डरलाग्दा हुन्छन्। यदि तिमी होसियार भएनौ भने, तिमी तिनीहरूको पासोमा पर्नेछौ र तिमीलाई तिनीहरूले धोका दिनेछन् र प्रयोग गर्नेछन्। त्यस्ता मानिसहरू सबैभन्दा दुष्ट हुन्, परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुने र घिनाउनुहुने मानिसहरू हुन्। तिनीहरूलाई त अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा फालिदिनुपर्छ!” यो सुनेपछि, अर्को व्यक्तिले सोच्छ, “तिमीमा भ्रष्ट स्वभावहरू छन् तर तिमी किन अरूलाई तिम्रो खुलासा गर्न दिँदैनौ? तिमी निकै अहङ्कारी र आत्मधर्मी छौ, त्यसकारण म तिम्रो खुलासा गर्न परमेश्वरका वचनहरूको अर्को खण्ड खोज्छु; हेरौँला, त्यसपछि तिमीले के भन्ने रहेछौ!” आफ्नो खुलासा भएपछि त्यो अर्को व्यक्ति अझै रिसाउँछ, र ऊ यसो सोच्छ: “त्यसोभए, तिमीले यो कुरा छाड्नेवाला छैनौ, होइन त? तिमी यो कुरा बिर्सिँदैनौ, होइन त? तिमी मलाई मनै पराउँदैनौ, र ममा भ्रष्ट स्वभाव छ भन्ठान्छौ, होइन र? ठीक छ, त्यसोभए म पनि तिम्रो खुलासा गर्नेछु!” त्यसकारण ऊ यसो भन्छ, “कति मानिसहरू त बस ख्रीष्टविरोधी हुन्छन्; तिनीहरू हैसियत र अरूको प्रशंसा मन पराउँछन्, अरूलाई भाषण दिन, अरूलाई खुलासा गर्न र निन्दा गर्न परमेश्वरका वचनहरू प्रयोग गर्छन्, जसले गर्दा अरूले तिनीहरूमाचाहिँ भ्रष्ट स्वभाव छैन भन्ने सोच्छन्। तिनीहरू पूरै उच्च र शक्तिशाली हुन्छन्, र तिनीहरूलाई पवित्रीकरण गरिएको छ भन्ने सोच्छन्, तर के तिनीहरू फोहोरी पिशाचहरू मात्रै होइनन् र? के तिनीहरू शैतान र दुष्टात्माहरू मात्रै होइनन् र? ख्रीष्टविरोधीहरू के हुन्? ख्रीष्टविरोधीहरू शैतानहरू हुन्!” तिनीहरूले कतिपटक झगडा गरेका हुन्छन्? के कसैले जित्छ? (जित्दैन।) के तिनीहरूले अरूका लागि ज्ञानवर्धक कुनै कुरा बोलेका छन्? (छैनन्।) त्यसोभए, यी शब्दहरू के हुन्? (आलोचना, निन्दा।) ती आलोचना हुन्। तिनीहरू वास्तविक परिस्थिति वा तथ्यहरूप्रति ध्यान नदिई, लापरवाह रूपमा बोल्छन्, स्वेच्छाचारी ढङ्गले अरूलाई आलोचना र निन्दा गर्छन्, र श्रापसमेत दिन्छन्। के अर्को व्यक्तिलाई ख्रीष्टविरोधी भनेर भन्ने तथ्यगत आधार तिनीहरूसँग हुन्छ? त्यो व्यक्तिले ख्रीष्टविरोधीका केकस्ता दुष्कर्म र प्रकटीकरणहरू प्रदर्शन गरेको छ? के उसको भ्रष्ट स्वभाव ख्रीष्टविरोधीको सारको स्तरसम्म पुग्छ? जब परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूले त्यो अर्को व्यक्तिको खुलासा गरिरहेको सुन्छन्, तब के उनीहरूले, यो वस्तुगत र साँचो हो भन्ने सोच्नेछन्? के यी दुई मानिसहरूले बोलेका शब्दहरूमा कुनै दया वा असल अभिप्रायहरू हुन्छन्? (हुँदैनन्।) के तिनीहरूको उद्देश्य आफूलाई चिन्न एकअर्कालाई सहयोग गर्नु, र आफूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न र सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउनु हो? (होइन।) त्यसोभए तिनीहरूले किन यसो गरिरहेका हुन्छन्? यो तिनीहरूको व्यक्तिगत द्वेष पोख्नका लागि, अर्को पक्षलाई प्रहार गर्न र बदला लिनका लागि हो, त्यसकारण तिनीहरू स्वेच्छाचारी ढङ्गले तथ्यहरूसँग मिल्दै नमिल्ने आरोप लगाउँछन्। तिनीहरूले परमेश्वरका वचनहरू र अर्को व्यक्तिका प्रकटीकरण र सारहरूअनुसार, एकअर्कालाई सही रूपमा मूल्याङ्कन र चित्रण गरिरहेका हुँदैनन्, बरु तिनीहरूले एकअर्कालाई प्रहार गर्न, बदला लिन, र आफ्नो व्यक्तिगत द्वेष पोख्न मात्रै परमेश्वरका वचनहरू प्रयोग गरिरहेका हुन्छन्; तिनीहरूले सत्यता पटक्कै सङ्गति गरिरहेका हुँदैनन्। यो गम्भीर समस्या हो। तिनीहरू सधैँ अर्को व्यक्तिसँग अहङ्कारी स्वभाव भएकोमा उसलाई आक्रमण गर्न र निन्दा गर्न उसका विभिन्न कुराहरू पकड्छन्—यो मनोवृत्ति कुटिल र दुर्भावनापूर्ण छ, र यो निश्चित रूपमा नै असल अभिप्रायले गरिएको खुलासा होइन। फलस्वरूप यसले आपसी शत्रुता र घृणामा मात्रै डोऱ्याउँछ। यदि खुलासा गर्ने कार्य अरूलाई प्रेमसाथ सहयोग गर्ने मनोवृत्तिले अघि बढाइन्छ भने, मानिसहरूले त्यो महसुस गर्न सक्छन् र त्यसलाई सही रूपमा लिन सक्छन्। तर यदि कसैले अर्को व्यक्तिलाई निन्दा गर्न र आक्रमण गर्न त्यो अर्को व्यक्तिको अहङ्कारी स्वभाव प्रयोग गर्छ भने, त्यो त विशुद्ध रूपमा त्यो व्यक्तिलाई प्रहार गर्न र कष्ट दिनका लागि हुन्छ। हरेकमा अहङ्कारी स्वभाव हुन्छ, त्यसोभए किन सधैँ एउटै व्यक्तिलाई निसाना बनाउनु? किन सधैँ एउटै व्यक्तिलाई छोड्दै नछोडी उसैमा केन्द्रित हुनु? त्यो व्यक्तिको अहङ्कारी स्वभाव निरन्तर खुलासा गर्नु—के यसको उद्देश्य साँच्चै उसलाई त्यो स्वभाव फाल्न मदत गर्नु हो त? (होइन।) त्यसोभए यसको कारण के हो त? किनभने तिनीहरूलाई अर्को व्यक्ति अप्रिय लाग्छ, त्यसकारण तिनीहरू उसलाई प्रहार गर्ने र ऊसँग बदला लिने अवसरहरू खोज्छन्, सधैँ उसलाई कष्ट दिन चाहन्छन्। त्यसकारण, जब तिनीहरू अर्को व्यक्ति ख्रीष्टविरोधी, शैतान, दियाबलस, छली र कुटिल व्यक्ति हो भनेर भन्छन्, तब के त्यो तथ्यगत हुन्छ? यसले तथ्यहरूलाई अलिकति छुन सक्छ, तर तिनीहरूले ती कुराहरू भन्नुको उद्देश्य त्यो अर्को व्यक्तिलाई सहयोग गर्नु वा सत्यताबारे सङ्गति गर्नु होइन बरु आफ्नो व्यक्तिगत द्वेष पोख्नु र बदला लिनु हो। तिनीहरूलाई कष्ट दिइएको हुन्छ, त्यसकारण तिनीहरू प्रतिआक्रमण गर्न चाहन्छन्। तिनीहरू प्रतिआक्रमण कसरी गर्छन् त? त्यो अर्को व्यक्तिलाई खुलासा गरेर, निन्दा गरेर, दियाबलस, शैतान, दुष्टात्मा, ख्रीष्टविरोधी भनेर—तिनीहरूलाई सबैभन्दा नराम्रो संज्ञा दिएर, अनि सबैभन्दा गम्भीर आरोप लगाएर। के यो स्वेच्छाचारी मूल्याङ्कन र निन्दा होइन र? यी कुराहरू भन्नुपछाडि दुवै पक्षको अभिप्राय, उद्देश्य, र प्रेरणा अर्को व्यक्तिलाई आफैलाई चिन्न र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न मदत गर्नु होइन, उसलाई परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्न वा सत्यता सिद्धान्तहरू बुझ्न मदत गर्न त झनै होइन। बरु, तिनीहरू अर्को व्यक्तिलाई आक्रमण र प्रहार गर्ने प्रयास गरिरहेका हुन्छन्, उसलाई खुलासा गर्ने प्रयास गरिरहेका हुन्छन्, ताकि तिनीहरूले आफ्नो व्यक्तिगत द्वेष पोख्ने र बदला लिने आफ्नो उद्देश्य हासिल गर्न सकून्। यो आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु हो। अरूलाई आक्रमण गर्ने यो विधिमा आपसी कमीकमजोरीहरूको खुलासामा भन्दा बढी आधार भएजस्तो देखिए पनि, र यो अर्को व्यक्तिमा भ्रष्ट स्वभाव छ र ऊ दियाबलस र शैतान हो भनेर भन्नका लागि परमेश्वरका वचनहरूलाई अर्को व्यक्तिसँग जोड्ने कार्य भए पनि, र सतही रूपमा यो निकै आत्मिक देखिए पनि, यी दुई विधिहरूको प्रकृति उस्तै छ। यी दुवै विधिहरू सामान्य मानवतामा रहेर परमेश्वरको वचन र सत्यताबारे सङ्गति गर्ने कार्यबारे होइनन्, बरु व्यक्तिगत रुचिहरूका आधारमा गैरजिम्मेवार र स्वेच्छाचारी ढङ्गले अर्को व्यक्तिलाई आलोचना गर्ने, निन्दा गर्ने, श्राप दिने, र व्यक्तिगत आक्रमणहरूमा संलग्न हुनेबारे हो। यस्तो प्रकृतिका कुराकानीहरूले मण्डली जीवनमा अवरोध र बाधाहरू पनि ल्याउँछन्, र तिनले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हस्तक्षेप गर्छन् र हानि पुर्याउँछन्।
जब तिमीहरूले दुई मानिसहरू एकअर्काको भ्रष्ट स्वभाव खुलासा गर्दै आपसी आक्रमणमा संलग्न भइरहेको देख्छौ, तब तिमीहरूले के गर्नुपर्छ? के टेबल ठटाएर तिनीहरूलाई भाषण दिनु आवश्यक हुन्छ? के तिनीहरूमाथि एक बाल्टिन चिसो पानी खन्याएर तिनीहरूलाई शान्त पार्नु, अनि तिनीहरू गलत छन् भन्ने महसुस गराउनु र एकअर्कासँग माफी माग्न लगाउनु आवश्यक हुन्छ? के यी विधिहरूले समस्या समाधान गर्न सक्छन्? (सक्दैनन्।) ती दुई व्यक्तिहरू हरेक भेलामा सधैँ झगडा गर्छन्, र हरेक भेला समाप्त भएपछि, तिनीहरू अर्को झगडाका लागि तयार हुन्छन्। घरमा, तिनीहरू आक्रमणमा प्रयोग गर्नका लागि परमेश्वरका वचन र आधारहरू खोज्छन्, तिनीहरूले मस्यौदासमेत लेख्छन्, र अर्को पक्षलाई कसरी आक्रमण गर्ने, उसका कुन-कुन पक्षहरूमा आक्रमण गर्ने, उसलाई कसरी आलोचना गर्ने र निन्दा गर्ने, कुन भाव प्रयोग गर्ने, र सबैभन्दा प्रभावशाली आक्रमण र निन्दा गर्नका लागि परमेश्वरका कुन-कुन वचनहरू उपयोग गर्ने भनेर खोजीनिधो गर्छन्। तिनीहरू अर्को पक्षलाई निन्दा र प्रहार गर्नका लागि विभिन्न आत्मिक शब्दहरू पनि खोज्छन् र अर्को पक्षलाई परिस्थिति परिवर्तन गर्नबाट रोक्दै, अभिव्यक्तिका विभिन्न विधिहरू प्रयोग गर्छन्, र तिनीहरू अर्को झगडामा उसलाई ढाल्न, र फेरि खडा हुन असम्भव तुल्याउन लागिपर्छन्। यी सबै व्यवहारहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने कार्यसँग सम्बन्धित छन्। के त्यस्ता समस्याहरू समाधान गर्न सजिलो हुन्छ? यदि तिनीहरूले, सल्लाह र सहयोग प्राप्त गरेपछि, र अधिकांश मानिसहरूबाट सत्यताबारे सङ्गति प्राप्त गरेपछि पनि, तिनीहरू अझै पश्चात्ताप वा मार्ग परिवर्तन गर्दैनन् भने—अर्थात्, भेट हुँदा तिनीहरू बहस गर्छन् र एकअर्कालाई सराप्छन्, कसैको सल्लाह सुन्दैनन्, र तिनीहरूलाई कसैले सत्यताबारे सङ्गति दिँदा वा काटछाँट गर्दा त्यो स्विकार्दैनन् भने—के गर्नुपर्छ? यसलाई सम्हाल्न सजिलो छ: तिनीहरूलाई सफाइ गरी हटाइनुपर्छ। के यसले समस्या समाधान गर्नेथिएन र? के यो सजिलो छैन र? के तिनीहरूसँग सङ्गति गरिरहनु जरुरी छ र? के तिनीहरूलाई अबदेखि प्रेमसाथ सहयोग गर्नु जरुरी छ र? भन त, के त्यस्ता मानिसहरूलाई प्रेमसाथ सहनशीलता र धैर्यता देखाउनु उचित हुन्छ? (यो उचित हुँदैन।) यो किन उचित हुँदैन? (तिनीहरू सत्यता स्विकार्दैनन्—तिनीहरूसँग सङ्गति गर्नुको कुनै अर्थ हुँदैन।) ठीक भन्यौ, तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू मौखिक कलहमा संलग्न हुन मात्रै भेलाहरूमा सहभागिता जनाउँछन्। तिनीहरू सत्यता पछ्याउनका लागि परमेश्वरमा विश्वास गर्दैनन्, र तिनीहरूलाई मौखिक कलहमा संलग्न हुन मात्रै मन पर्छ। के यो सामान्य मानवताको प्रकटीकरण र प्रकाश हो? के तिनीहरूसँग सामान्य मानवतामा हुनुपर्ने चेतना हुन्छ? (हुँदैन।) तिनीहरूमा सामान्य मानवताको चेतना हुँदैन। भेलाहरूका अवधिमा, यस्ता मानिसहरूले परमेश्वरका वचनहरूबाट सत्यता बुझ्न र प्राप्त गर्नका लागि, र यसरी आफ्ना भ्रष्ट स्वभाव र समस्याहरू समाधान गर्नका लागि ध्यानपूर्वक र उचित तरिकाले परमेश्वरका वचनहरू पढ्दैनन्। बरु, तिनीहरू सधैँ अरूका समस्याहरू समाधान गर्न चाहन्छन्। तिनीहरूको ध्यान निरन्तर अरूमा केन्द्रित हुन्छ, तिनीहरूले अरूमा गल्तीहरू खोजिरहन्छन्; तिनीहरू सधैँ परमेश्वरका वचनहरूमा अरूका समस्याहरू भेट्टाउने उद्देश्य राख्छन्। परमेश्वरका वचनहरू पढ्ने र सङ्गति गर्ने अवसरलाई तिनीहरू अरूलाई खुलासा र आक्रमण गर्न प्रयोग गर्छन्, र तिनीहरू परमेश्वरका वचनहरू अरूलाई आलोचना गर्न, हेला गर्न, र निन्दा गर्न प्रयोग गर्छन्। र तैपनि तिनीहरू आफूलाई चाहिँ परमेश्वरका वचनहरूबाट अलग राख्छन्। तिनीहरू कस्ता व्यक्ति हुन्? के यी मानिसहरू सत्यता स्विकार्ने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू एउटा कुरामा निकै सिपालु हुन्छन् र तिनीहरूलाई एउटा कुराप्रति निकै रुचि हुन्छ: तिनीहरू परमेश्वरका वचनहरू पढिसकेपछि, उहाँका वचनहरूले खुलासा गर्ने विभिन्न समस्या, स्थिति, र प्रकटीकरणहरू बारम्बार अरू मानिसहरूमा पहिचान गर्छन्। तिनीहरू ती समस्याहरू जति धेरै पहिचान गर्छन्, त्यति नै तिनीहरू आफूले ठूलो जिम्मेवारी वहन गरेको सोच्छन् र आफूले गर्न सक्ने कुरा धेरै छन् भन्ने विश्वास गर्छन्, र यी समस्याहरू तिनीहरूले खुलासा गर्नुपर्छ भन्ने सोच्छन्। तिनीहरूले यी समस्याहरू भएका एकै जनालाई पनि छोड्नेछैनन्। तिनीहरू कस्ता व्यक्ति हुन्? के त्यस्ता मानिसहरूसँग समझ हुन्छ? के तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुन्छ? (हुँदैन।) मण्डलीमा, यदि त्यस्ता मानिसहरू बोल्ने वा बाधा दिने गर्दैनन् भने, तिनीहरूलाई तह लगाउनु जरुरी हुँदैन। तर यदि तिनीहरू निरन्तर यसरी व्यवहार गर्छन्, सधैँ अरूलाई आक्रमण गर्छन्, आलोचना गर्छन्, र निन्दा गर्छन् भने, मण्डलीले तिनीहरूलाई तह लगाउन, उपयुक्त कारबाही चाल्नुपर्छ, तिनीहरूलाई सफाइ गरेर हटाउनुपर्छ। मानिसहरूले खुलासा गरेपछि पनि, उही विधि र माध्यमहरू प्रयोग गरेर तिनीहरूलाई आक्रमण गर्ने, आलोचना गर्ने, र निन्दा गर्नेहरूको हकमा भन्नुपर्दा, यदि परिस्थितिहरू गम्भीर छन् र तिनीहरूले मण्डली जीवनमा अवरोध र बाधा दिएका छन् भने, तिनीहरूलाई पनि सफाइ गरी हटाइनुपर्छ र परमेश्वरका चुनिएका मानिसहरूबाट अलग राखिनुपर्छ—तिनीहरूप्रति कुनै पनि नरमी देखाइनु हुँदैन।
आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने अरू कुनकुन प्रकटीकरणहरू मण्डली जीवनमा अवरोध र बाधा दिने प्रकृतिमा गणना हुन्छन्? आपसी कमीकमजोरीहरू खुलासा गर्नु, र व्यक्तिगत द्वेष पोख्न र एकअर्कासँग बदला लिनका लागि एकअर्काको भ्रष्ट स्वभाव खुलासा गर्नु, मण्डली जीवनमा अवरोध र बाधा दिने स्पष्ट प्रकटीकरणहरू हुन्। यी दुई प्रकटीकरणहरूबाहेक, अरूलाई जानीजानी खुलासा र चिरफार गर्नका लागि खुलस्त कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने र आफ्नो विश्लेषण गर्ने ढोँग गर्नु पनि हो—यस्तो प्रकारको आक्रमण पनि मण्डली जीवनमा अवरोध र बाधा दिने प्रकटीकरण हो। त्यसकारण, व्यक्तिले भनेको कुरा चाहे निर्दिष्ट गरेर भनिएको होस् वा अप्रत्यक्ष रूपमा चलाख तरिकाले भनिएको होस्, त्यो कुरा उसका आफ्नै समस्याहरूबारे नभई अरूका समस्याहरूबारे भएसम्म, के त्यो आक्रमण हुन्छ? (हुँदैन।) त्यसोभए, आक्रमणहरूमा कुनकुन परिस्थितिहरू समावेश हुन्छन्? यो भनिएको कुरापछाडि रहेको अभिप्राय र उद्देश्यमा निर्भर हुन्छ। यदि कुनै कुरा मानिसहरूलाई आक्रमण गर्न र बदला लिन, वा व्यक्तिगत द्वेष पोख्न भनिएको हो भने, यो आक्रमण हो। यो एउटा परिस्थिति हो। त्यसमाथि, तथ्यहरू र सत्य के हो भन्ने कुरासँग बाझिने गरी मानिसहरूलाई आलोचना र निन्दा गर्न समस्याका साना सतही पक्षहरूलाई ठूलो बनाउनु, समस्याको सार के हो भनेर नहेरी गैरजिम्मेवार रूपमा निष्कर्षमा पुग्नु—यो पनि व्यक्तिगत द्वेष पोख्नु र बदला लिनु हो, यो आलोचना र निन्दा गर्नु हो, र यस्तो प्रकारको परिस्थिति पनि आक्रमणमा समावेश हुन्छ। अरू के छ? (मानिसहरूबारे आधारहीन अफवाहहरू सिर्जना गर्ने, के त्यो पनि हो?) यसमा आधारहीन अफवाहहरू सिर्जना गर्ने कार्य अवश्य नै, अझै बढी नै, पर्छ। आक्रमणमा कति वटा परिस्थितिहरू समावेश हुन्छन्? (तीन वटा।) यी परिस्थितिहरूलाई सारांश गर त। (पहिलो भनेको निश्चित उद्देश्य लिएर अरूलाई प्रहार गर्नु हो। दोस्रो भनेको तथ्यहरू र सत्यविपरीत हुने गरी अरूलाई आलोचना र निन्दा गर्नु हो, जुन गैरजिम्मेवार रूपमा जथाभाबी अरूको चरित्र चित्रण गर्नु हो। तेस्रो भनेको मानिसहरूबारे आधारहीन अफवाहहरू सिर्जना गर्नु हो।) यी तीन परिस्थितिहरूको प्रकृतिले तिनलाई व्यक्तिगत आक्रमणहरू भनेर भन्न योग्य तुल्याउँछ। कुनकुन परिस्थितिहरू व्यक्तिगत आक्रमणका रूपमा गणना हुन्छन् र कुनकुन परिस्थितिहरू व्यक्तिगत आक्रमणका रूपमा गणना हुँदैनन् भनेर हामीले कसरी छुट्याउने? आक्रमण गर्नेहरूका हकमा भन्नुपर्दा, आक्रमणमा कुनकुन कार्य वा शब्दहरू समावेश हुन्छन्? मानौँ कि व्यक्तिका शब्दहरूमा अलिक अगुवाइ गर्ने प्रकृति समावेश छ, र तिनले अरूलाई गलत मार्गदर्शन गर्न सक्छन्, र तिनमा अफवाह सृजना गर्ने गुण पनि छ। त्यो व्यक्तिले मानिसहरूलाई बहकाउन र गलत मार्गदर्शन गर्न हावामा केही सिर्जना गरिरहेको हुन्छ र अफवाह र झूटहरू निर्माण गरिरहेको हुन्छ। उसको अभिप्राय र उद्देश्य भनेको अझै धेरै मानिसहरूलाई उसले भनेको कुरा सही छ भनेर मान्न र विश्वास गर्न लगाउनु, र उसले भनेको कुरा सत्यताअनुरूप छ भनेर सहमत गराउनु हो। यसको साथै, उसले अरू कसैमाथि बदला लिन, उसलाई नकारात्मक र कमजोर बनाउन पनि चाहन्छ। उसले सोच्छ, “तिम्रो चरित्र यति खराब छ—मैले तिम्रो वास्तविक परिस्थिति खुलासा गर्नैपर्छ, र तिम्रो त्यो अहङ्कार कुच्च्याउनुपर्छ, अनि त्यसपछि तिमीले केको धाक र रवाफ लाउँछौ, हेरौँला! म कसरीचाहिँ तिम्रो छेउमा उभिन सक्छु र? तिमीलाई नकारात्मकतामा डुबाएर नढालेसम्म मेरो घृणा कम हुनेछैन। म सबैलाई तिमी नकारात्मक हुन सक्छौ र तिमीमा पनि कमजोरीहरू छन् भनेर देखाइदिनेछु!” यदि उसको उद्देश्य यही हो भने, उसका शब्दमा आक्रमण समावेश हुन्छ। तर मानौँ उसको अभिप्राय कुनै मामलाबारे तथ्यहरू के हुन् र के कुरा साँचो हो भनेर स्पष्ट पार्नु मात्रै हो रे—यसबारे सही अन्तर्ज्ञान प्राप्त गरेपछि र अनुभवको केही अवधिपछि समस्याको सार पत्ता लगाएपछि, उसलाई यो कुराबारे सङ्गति गरिनुपर्छ भन्ने लाग्छ ताकि अधिकांशले यसलाई बुझ्न सकून् र यो मामलाको कस्तो प्रकारको बुझाइ विशुद्ध हुन्छ भन्ने थाहा पाउन सकून् भन्ने हो रे, अर्थात्, उसको उद्देश्य यो मामलाबारे अझै धेरै मानिसहरूको विकृत वा एकतर्फी दृष्टिकोणहरू सच्याउनु हो रे—के यो आक्रमण हो? (होइन।) उसले कसैलाई आफ्नो व्यक्तिगत राय स्विकार्न जबरजस्ती गरिरहेको हुँदैन, र उसले व्यक्तिगत बदला लिने अभिप्राय राखिरहेको त झनै हुँदैन। बरु, उसले तथ्यहरूको सत्यता मात्रै स्पष्ट पार्न चाहेको हुन्छ; उसले अर्को पक्षलाई बुझ्न सहयोग गर्न, र उसलाई यो बुझाइबाट बाटो बिराउनबाट रोक्न प्रेम प्रयोग गरिरहेको हुन्छ। अर्को पक्षले यसलाई स्विकारे पनि वा नस्विकारे पनि, उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। त्यसकारण यो व्यवहार, यो शैली आक्रमण होइन। यी दुई फरक प्रकटीकरणहरूमा बोलिने भाषा, शब्द छनौट, र बोल्ने शैली, भाव, र मनोवृत्तिबाट व्यक्तिको अभिप्राय र उद्देश्य के हो भनेर पत्ता लगाउन सकिन्छ। यदि कुनै व्यक्तिले अर्को पक्षलाई आक्रमण गर्ने उद्देश्य राख्छ भने, उसको भाषा निश्चित रूपमा नै धारिलो हुनेछ, र उसको बोल्ने शैली, भाव, शब्द छनौट, र मनोवृत्तिमा उसको अभिप्राय र उद्देश्य स्पष्ट हुनेछ। यदि उसले अर्को पक्षलाई आफूले भनेको कुरा स्विकार्न जबरजस्ती गरिरहेको छैन, र उसले निश्चित रूपमा नै अर्को पक्षलाई आक्रमण गरिरहेको छैन भने, उसको बोलीवचन निश्चय नै सामान्य मानवताको विवेक र समझका प्रकटीकरणहरूअनुरूप हुनेछ। यसको साथै, उसको बोल्ने मनोवृत्ति, भाव, र शब्द छनौट निश्चित रूपमा नै तर्कसङ्गत हुनेछ, र यो सामान्य मानवताको क्षेत्रभित्र नै पर्नेछ।
व्यक्तिगत आक्रमणमा के समावेश हुन्छ र के समावेश हुँदैन भनेर छुट्याउने सिद्धान्तहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरू अब यो कुरा खुट्ट्याउन सक्छौ? यदि तिमीहरू अझै पनि यो कुरा खुट्ट्याउन सक्दैनौ भने, तिमीहरूले समस्याको सार छर्लङ्गै देख्न सक्नेछैनौ। कसै-कसैको सङ्गति जति नै राम्रो सुनिए पनि, यदि उसले सिद्धान्तहरूअनुसार अभ्यास गरिरहेको छैन भने, यदि उसले मानिसहरूलाई सत्यता बुझ्न र तिनीहरूको कर्तव्य उचित रूपमा पूरा गर्न मदत गर्ने उद्देश्य राखेको छैन, बरु निरन्तर मानिसहरूविरुद्ध प्रयोग गर्न हैरान पार्ने कुराहरू खोजिरहेको छ, तिनीहरूलाई आलोचना गर्न र निन्दा गर्न सक्दो गरिरहेको छ, र उसले सतहमा मानिसहरूलाई खुट्ट्याउँछ जस्तो देखिए पनि वास्तवमा उसको अभिप्राय र उद्देश्य अरूलाई निन्दा र आक्रमण गर्नु मात्र हो भने, यो परिस्थितिमा व्यक्तिगत आक्रमण समावेश हुन्छ। मानिसहरूबीच हुने सानातिना कुराहरू अत्यन्तै सरल र स्पष्ट हुन्छन्; यदि यी कुराहरूबारे सत्यता सङ्गति गरियो भने, यसका लागि एउटा भेला पनि चाहिनेथिएन। त्यसोभए, के हरेक भेलामा दाजुभाइ-दिदीबहिनीहरूबारे धेरै कुरा गरेर तिनीहरूको समय लिनु आवश्यक हुन्छ त? यसो गर्नु आवश्यक हुँदैन। यदि मानिसहरू सधैँ अरूलाई हैरान पार्न खोज्छन् भने, त्यो मानिसहरूलाई आक्रमण गर्नु र बाधाहरू पैदा गर्नुमा पर्छ। मानिसहरूले एउटा मामलामै अल्झिएर यसबारे अटुट रूपमा कुरा गर्नुको कारण के हो? त्यो के हो भने, कोही पनि आफ्ना अभिप्राय र उद्देश्यहरू त्याग्न इच्छुक हुँदैन, कसैले पनि आफूलाई चिन्ने प्रयास गर्दैन, र कसैले पनि सत्यता, वा तथ्यहरू र के साँचो हो त्यो स्विकार्दैन, त्यसकारण तिनीहरू अरूलाई निरन्तर हैरान गरिरहन्छन्। अरूलाई निरन्तर हैरान गर्नुको प्रकृति के हो? त्यो आक्रमण हो। त्यो अरूविरुद्ध प्रयोग गर्न कुराहरू खोज्नु, अरूको शब्द छनौटमा गल्तीहरू खोज्नु, र अरूका कमीकमजोरीलाई उनीहरूविरुद्ध प्रयोग गर्नु, एउटै कुरामा अटुट रूपमा अल्झिरहनु र आफ्नो अनुहार रातो नभएसम्म बहस गरिरहनु हो। यदि मानिसहरूले सामान्य मानवतामा रहेर सङ्गति गरिरहेका छन्, एकअर्कालाई साथ र सहयोग दिइरहेका छन् भने—अर्थात्, आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भने—तिनीहरूबीचको सम्बन्ध झन्झन् राम्रो हुँदै जानेछ। तर यदि तिनीहरू आपसी आक्रमण र बहसमा संलग्न भइरहेका हुन्छन्, आफ्नै औचित्य प्रस्ट पार्न एकअर्कासँग अल्झिरहेका हुन्छन्, सधैँ आफ्नै अवस्था माथि पार्न चाहन्छन्, हार मान्न चाहँदैनन् र सम्झौता गर्दैनन्, अनि व्यक्तिगत गुनासाहरू त्याग्दैनन् भने, तिनीहरू दुईबीचको सम्बन्ध अन्ततः झन्झन् तनावपूर्ण हुँदै जानेछ र यो झन्झन् खराब हुँदै जानेछ; यो सामान्य अन्तरव्यैयत्तिक सम्बन्ध हुनेछैन, र यो तिनीहरू भेट हुँदा तिनीहरूका आँखा रातो हुने अवस्थासमेत पुग्न सक्छ। यसबारे विचार गर त, जब कुकुरहरू झगडा गर्छन्, तब आक्रामक कुकुरको आँखा रातो हुन्छ। त्यसको आँखा रातो हुनुको कारण के हो? के त्यो घृणाले भरिएको हुन्न र? के मानिसहरूले एकअर्कालाई आक्रमण गर्नु पनि त्यस्तै होइन र? यदि, जब मानिसहरूले सत्यता सङ्गति गर्छन्, तब तिनीहरू एकअर्कालाई आक्रमण गर्दैनन्, बरु एकअर्काका सबल पक्षहरूबाट सिकेर, एकअर्काका कमीकमजोरी पूर्ति गर्न सक्छन्, एकअर्कालाई सहयोग गर्न सक्छन् भने, के तिनीहरूबीचको सम्बन्ध खराब हुने सम्भावना हुनेथियो र? तिनीहरूको सम्बन्ध त निश्चित रूपमा नै झन्झन् सामान्य हुँदै जानेथियो। जब दुई जना मानिसहरू सामान्य मानवताको विवेक र समझभित्र रहेर बोल्छन्, कुराकानी गर्छन्, सङ्गति गर्छन्, वा बहससमेत गर्छन्, तब तिनीहरूको सम्बन्ध सामान्य हुनेछ, र तिनीहरू भेट्नेबित्तिकै रिसाउने वा झगडा गर्न थाल्ने गर्नेछैनन्। यदि मानिसहरूले एकअर्कालाई नभेटेको अवस्थामा पनि, अर्को पक्षको उल्लेख मात्र गर्दा पनि, तिनीहरूमा घृणा र अवर्णनीय रिस उठ्छ भने, यो सामान्य मानवताको समझ र विवेक हुनुको प्रकटीकरण होइन। मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले तिनीहरू एकअर्कालाई आक्रमण गर्छन्; यो तिनीहरूको वातावरणसँग बिलकुलै असम्बन्धित हुन्छ। यस्तो किन हुन्छ भने, मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, सत्यता स्विकार्न सक्दैनन्, र विवादहरू हुँदा सत्यता अभ्यास गर्ने वा सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्ने गर्दैनन्, र त्यसकारण मण्डली जीवनमा आपसी कमीकमजोरीहरू खुलासा गर्नु, आलोचनाहरू, र आपसी आक्रमण र निन्दासमेत देखा पर्नु आम कुरा नै हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुने हुनाले, र तिनीहरू प्रायजसो समझको कमी रहेको स्थितिमा हुने हुनाले, र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउने हुनाले, र तिनीहरूले केही सत्यता बुझे पनि त्यो अभ्यास गर्न तिनीहरूलाई गाह्रो हुने हुनाले, तिनीहरूबीच सजिलै विवादहरू र विभिन्न प्रकारका आक्रमणहरू उत्पन्न हुन्छन्। यदि यी आक्रमणहरू कहिलेकाहीँ देखा पर्छन् भने, तिनले मण्डली जीवनमा अस्थायी रूपमा मात्रै असर गर्छन्, तर निरन्तर आपसी आक्रमण गर्ने प्रवृत्ति भएकाहरूले मण्डली जीवनमा गम्भीर अवरोध र बाधा दिन्छन्, र तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि गम्भीर असर र हस्तक्षेप गर्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।