अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५) खण्ड एक
विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग तीन)
मण्डली जीवनमा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरू
यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गर्यौँ: “परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून्।” यो जिम्मेवारीको हकमा, हामीले मुख्य रूपमा मण्डली जीवनसँग सम्बन्धित विभिन्न समस्याहरूबारे सङ्गति गर्यौँ, जसलाई हामीले एघार वटा समस्यामा विभाजित गर्यौँ। पढेर सुनाओ त। (पहिलो, सत्यता सङ्गति गर्दा प्रायजसो विषयबाट बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्न शब्द र धर्मसिद्धान्तहरू बोल्नु; तेस्रो, घरायसी मामलाहरूबारे गफ गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाचौँ, हैसियतका लागि प्रतिस्पर्धा गर्नु; छैटौँ, अनुचित सम्बन्धहरूमा संलग्न हुनु; सातौँ, आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु; आठौँ, धारणाहरू फैलाउनु; नवौँ, नकारात्मकता पोख्नु; दशौँ, आधारहीन अफवाह फैलाउनु; र एघारौँ, निर्वाचनमा हेरफेर र अवरोध गर्नु।) यसअघि, हामीले पाचौँ समस्याबारे सङ्गति गरेका थियौँ, जुन हैसियतका लागि प्रतिस्पर्धा गर्नु हो र छैटौँ समस्या अनुचित सम्बन्धहरूमा संलग्न हुनु हो। यी दुई प्रकारका समस्याहरूले पनि, अघिल्ला चारवटा समस्याहरूले जस्तै, मण्डली जीवन र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिन्छन्। यी दुई प्रकारका समस्याहरूको प्रकृति, यी समस्याहरूले मण्डली जीवनमा ल्याउने हानि, र मानिसहरूको जीवन प्रवेशमा पार्ने प्रभावलाई हेर्दा, यी दुवै कुराले परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने मानिस, घटना, र कामकुराहरू प्रतिनिधित्व गर्न सक्छन्।
ए. आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु
आज, हामी सातौँ समस्याबारे सङ्गति गर्नेछौँ—आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु। त्यस्ता समस्याहरू मण्डली जीवनमा आम हुन्छन् र ती सबैले प्रस्टै देख्न सक्ने हुन्छन्। जब मानिसहरू परमेश्वरको वचन खान-पिउन, आफ्नो व्यक्तिगत अनुभवहरूबारे सङ्गति गर्न, वा केही वास्तविक समस्याहरूबारे छलफल गर्न भेला हुन्छन्, तब सही र गलतबारेका फरकफरक दृष्टिकोण वा विवादहरूले प्रायजसो मानिसहरूको बीचमा तर्क र विवाद पैदा गर्छन्। यदि मानिसहरू असहमत हुन्छन् र फरकफरक दृष्टिकोण राख्छन्, तर यसले मण्डली जीवनमा बाधा दिँदैन भने, के यो आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनुका रूपमा गन्ती हुन्छ? यसलाई गन्ती गर्न मिल्दैन; यो त सामान्य सङ्गतिमा पर्छ। त्यसकारण, सतहमा धेरै समस्याहरू सातौँ समस्यासँग सम्बन्धित छन् जस्तो देखिन सक्छ, तर वास्तवमा, परिस्थिति र प्रकृतिका हिसाबमा अझै गम्भीर, र यसरी अवरोध र बाधाहरू बन्ने समस्याहरू मात्रै यो समस्याभित्र पर्छन्। अब हामी कुनकुन समस्याहरूको प्रकृतिले तिनलाई यो समस्याअन्तर्गत पर्नयोग्य तुल्याउँछ भन्नेबारे सङ्गति गरौँ।
सबभन्दा पहिला, आपसी आक्रमणमा संलग्न हुने प्रकटीकरणहरू हेर्दा, यो निश्चित रूपमा नै सामान्य रूपमा सत्यता सङ्गति गर्ने वा सत्यता खोजी गर्ने, वा सत्यता सङ्गति गरेका आधारमा फरकफरक बुझाइ वा ज्योति हुने, वा सत्यता सिद्धान्तहरू खोजी गर्ने, सङ्गति गर्ने, छलफल गर्ने, र निश्चित सत्यताबारे अभ्यासको मार्ग खोजी गर्नेबारे होइन, बरु यो सही र गलतबारे तर्क र विवाद गर्नेबारे हो। यो आधारभूत रूपमा यसरी नै प्रकट हुन्छ। के मण्डली जीवनमा कहिलेकाहीँ यस प्रकारको समस्या देखा पर्छ? (पर्छ।) बाहिरी रूपका आधारमा मात्रै हेर्दा, आपसी आक्रमणमा संलग्न हुनेजस्तो कार्य सत्यता खोजी गर्ने, वा पवित्र आत्माको मार्गदर्शनमा सत्यताबारे सङ्गति गर्ने, वा सामञ्जस्यताका साथ सहकार्य गर्नेबारे होइन, बरु यसको जड त गरम मिजासीपनमा हुन्छ, र यसमा प्रयोग गरिएको भाषामा आलोचना र निन्दा, र श्रापहरूसमेत समावेश हुन्छ—यस्तो प्रकारको प्रकटीकरण साँच्चै नै शैतानको भ्रष्ट स्वभावको प्रकटीकरण हो। जब मानिसहरूले एकअर्कालाई आक्रमण गर्छन्, तब तिनीहरूको भाषा धारिलो भए पनि वा चलाख भए पनि, यसमा गरम मिजासीपन, द्वेष, र घृणा समावेश हुन्छ, र यसमा प्रेम, सहनशीलता, र धैर्यताको अभाव हुन्छ, र प्राकृतिक रूपमै यसमा सामञ्जस्यपूर्ण सहकार्यको अझै धेरै कमी हुन्छ। मानिसहरूले एकअर्कालाई आक्रमण गर्न प्रयोग गर्ने विधिहरू फरकफरक हुन्छन्। उदाहरणका लागि, जब दुई मानिसहरूले कुनै मामला छलफल गरिरहेका हुन्छन्, तब पहिलो व्यक्तिले दोस्रोलाई भन्छ, “कतिपय मानिसहरूमा खराब मानवता र अहङ्कारी स्वभाव हुन्छ; तिनीहरू अलिकति काम गरे पनि धाक लगाउँछन्, र तिनीहरू कसैको कुरा सुन्दैनन्। तिनीहरू परमेश्वरका वचनहरूले भन्ने गरेका ती मानिसहरूजस्तै हुन्, जो पशुहरूजतिकै बर्बर र मानवताविहीन छन्।” यो सुनेपछि, दोस्रो व्यक्ति यसो सोच्छ, “के तिमीले भर्खरै भनेको कुरा मतिर निर्देशित थिएन र? तिमीले मेरो खुलासा गर्न परमेश्वरका वचनहरूसमेत वाचन गऱ्यौ! तिमीले मेरो बारे कुरा गरेको हुनाले, म पनि रोकिन्नँ। तिमीले मसँग कठोर व्यवहार गरेका छौ, त्यसकारण म तिमीलाई पनि दुर्व्यवहार गर्नेछु!” त्यसकारण, दोस्रो व्यक्तिले भन्छ, “कतिपय मानिसहरू बाहिरी रूपमा अत्यन्तै भक्त देखिन सक्छन्, तर वास्तवमा भित्र गहिराइमा तिनीहरू अरूभन्दा बढी कुटिल हुन्छन्। तिनीहरू परमेश्वरका वचनहरूमा उल्लेख गरिएका वेश्या र धन्दावालीहरूजस्तै विपरीतलिङ्गीहरूसँग अनुचित सम्बन्धमा संलग्न हुन्छन्—परमेश्वर त्यस्ता मानिसहरूलाई अत्यन्तै घृणा गर्नुहुन्छ, र तिनीहरूसँग वितृष्ण हुनुहुन्छ। अनि भक्त देखिनुको के फाइदा? त्यो सबै ढोँग मात्रै हो। परमेश्वर ढोँग गर्नेहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ; ढोँग गर्नेहरू सबै फरिसीहरू हुन्!” यो सुनेपछि, पहिलो व्यक्तिले सोच्छ, “यो मेरो विरुद्ध गरिएको प्रत्याक्रमण हो! ठीक छ, तिमीले मलाई कठोर व्यवहार गऱ्यौ, त्यसकारण मैले पनि तिमीलाई बाँकी राखिनँ भने मलाई दोष नदेऊ!” अघि र पछि गरेर, ती दुई जना झगडा गर्न थालेका हुन्छन्। के यो परमेश्वरका वचनहरूबारे सङ्गति गर्नु हो त? (होइन।) तिनीहरूले के गरिरहेका हुन्? (एकअर्कालाई आक्रमण गरिरहेका र लडाइँ गरिरहेका हुन्।) तिनीहरूले केही कमजोरीको फाइदा उठाएर आफ्नो आक्रमणका लागि “आधार” खोज्छन्, र त्यो आधारका रूपमा परमेश्वरका वचनहरू वाचन गर्छन्—यो आपसी आक्रमणमा संलग्न हुनु हो, यसको साथै, यो मौखिक कलहमा संलग्न हुनु हो। के मण्डली जीवनमा कहिलेकाहीँ यसप्रकारको सङ्गति देखिन्छ? के यो सामान्य सङ्गति हो? के यो सामान्य मानवताभित्रको सङ्गति हो? (होइन।) त्यसोभए, के यसप्रकारको सङ्गतिका कारण मण्डली जीवनमा अवरोध र बाधाहरू पैदा हुन्नन् र? यसले कस्ता प्रकारका अवरोध र बाधाहरू ल्याउँछ? (सामान्य मण्डली जीवनमा बाधा पुग्छ, मानिसहरू सही र गलतबारे विवादमा अल्झन्छन्, र नतिजास्वरूप तिनीहरू परमेश्वरका वचनहरू शान्त भएर मनन र सङ्गति गर्न सक्दैनन्।) जब मानिसहरू मण्डली जीवनको अवधिमा सही र गलतबारे यस्ता झैझगडा र तर्कहरूमा संलग्न हुन्छन्, र व्यक्तिगत आक्रमणहरू गर्छन्, तब के पवित्र आत्माले अझै पनि काम गर्नुहुन्छ त? पवित्र आत्माले काम गर्नुहुन्न; यस्तो सङ्गतिले मानिसहरूको हृदय अस्तव्यस्त पार्छ। बाइबलमा केही वचनहरू छन्, के तिमीहरूलाई ती याद छन्? (“फेरि म तिमीहरूलाई भन्छु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्ने कुरालाई छुँदै सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूका निम्ति त्यो गरिदिनुहुनेछ। किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:१९-२०)।) यी वचनहरूको अर्थ के हो? जब मानिसहरू परमेश्वरअघि भेला हुन्छन्, तब तिनीहरू एउटै हृदय र मनका हुनुपर्छ र परमेश्वरअघि तिनीहरू एकीकृत हुनुपर्छ; र मानिसहरू एउटै हृदय र मनका हुँदा मात्रै परमेश्वरले तिनीहरूलाई आशिष्हरू दिनुहुनेछ, पवित्र आत्माले काम गर्नुहुनेछ। तर के मैले भर्खरै उल्लेख गरेका बहस गर्ने दुई जना मानिसहरू एउटै हृदय र मनका थिए त? (थिएनन्।) तिनीहरू केमा संलग्न थिए? आपसी आक्रमण, लडाइँ, र आलोचना र निन्दामा समेत संलग्न थिए। तिनीहरूले सतहमा फोहोरी श्रापका शब्दहरू प्रयोग नगरेका वा अर्को व्यक्तिलाई नराम्रो नाम दिएर नबोलेका भए पनि, तिनीहरूको शब्दहरूपछाडि रहेको प्रेरणा सत्यताबारे सङ्गति गर्ने वा सत्यता खोजी गर्ने उद्देश्यको थिएन, र तिनीहरूले सामान्य मानवताको विवेक र समझभित्र रहेर बोलिरहेका थिएनन्। तिनीहरूले बोलेको हरेक शब्द गैरजिम्मेवार थियो, र यसमा आक्रामकता र द्वेष थियो; हरेक शब्द नै तथ्यहरूअनुरूप थिएन, न त त्यसको कुनै आधार नै थियो। हरेक शब्द परमेश्वरका वचनहरू र परमेश्वरका मागअनुसार मामलालाई मूल्याङ्कन गर्नेबारे थिएन, बरु त्यो आफूले घृणा गरेको र हेला गरेको व्यक्तिविरुद्ध आफ्नै रुचि र इच्छाका आधारमा व्यक्तिगत आक्रमण, मूल्याङ्कन, र निन्दा गर्नेबारे थियो। तीमध्ये कुनै पनि कुरा एउटै हृदय र मनको हुनुका प्रकटीकरणहरू होइनन्; बरु, ती त गरम मिजास र शैतानको भ्रष्ट स्वभावबाट आएका शब्द र प्रकटीकरणहरू हुन्, र तिनले परमेश्वरलाई खुसी पार्दैनन्; त्यसकारण, त्यहाँ पवित्र आत्माको कुनै काम हुँदैन। यो आपसी आक्रमणमा संलग्न हुनुको प्रकटीकरण हो।
मण्डली जीवनमा, सानातिना मामलाहरू वा विपरीत दृष्टिकोण र हितहरूका सम्बन्धमा मानिसहरूबीच प्रायजसो विवाद र द्वन्द्वहरू प्रायः देखा पर्छन्। नमिल्ने व्यक्तित्व, महत्त्वाकाङ्क्षा, र प्राथमिकताहरूका कारण पनि विवादहरू प्रायजसो पैदा हुन्छन्। सामाजिक हैसियत र शिक्षाका स्तरमा रहेका भिन्नताहरू, वा तिनीहरूको मानवता र प्रकृतिका हिसाबमा रहेका भिन्नताहरू, र बोल्ने र मामलाहरू सम्हाल्ने तरिकामा रहेका भिन्नताहरूका कारण, र यस्तै अरू कारणहरूले गर्दा पनि विभिन्न प्रकारका असहमति र कलहहरू पैदा हुन्छन्। यदि मानिसहरूले परमेश्वरको वचन प्रयोग गरेर यी समस्याहरू समाधान गर्न खोजी गर्दैनन् भने, यदि कुनै पारस्परिक सहमति, सहनशीलता, साथ, र सहयोग छैन भने, र यदि मानिसहरू आफ्नो हृदयमा पूर्वाग्रह र घृणा पाल्छन्, र भ्रष्ट स्वभावभित्र एकअर्कासित गरम मिजासका साथ व्यवहार गर्छन् भने, यसले आपसी आक्रमण र आलोचनामा डोऱ्याउने सम्भावना हुन्छ। कतिपय मानिसहरूसँग अलिक विवेक र समझ हुन्छ, र विवादहरू पैदा हुँदा, तिनीहरूले धैर्यता अभ्यास गर्न, समझसाथ काम गर्न, र अर्को पक्षलाई प्रेमसाथ मदत गर्न सक्छन्। तर, कतिपय मानिसहरू यो कुरा हासिल गर्न सक्दैनन्, र तिनीहरूमा सबैभन्दा आधारभूत सहनशीलता, धैर्यता, मानवता, र समझसमेत हुँदैन। तिनीहरू प्रायजसो सानातिना मामलाहरूबारे, वा एउटै शब्द वा अनुहारको अभिव्यक्तिका निहुँमा, अरूविरुद्ध विभिन्न पूर्वाग्रह, सन्देह र गलतफहमीहरू विकास गर्छन्, जसले गर्दा तिनीहरूको हृदयमा उनीहरूविरुद्ध विभिन्न प्रकारका विचार, शङ्का, आलोचना, र निन्दाहरू ल्याउँछ। यी घटनाहरू मण्डलीभित्र प्रायजसो देखा परिरहन्छन् र तिनले प्रायजसो व्यक्तिहरूबीचका सामान्य सम्बन्धहरूमा, दाजुभाइ-दिदीबहिनीहरूको सामञ्जस्यपूर्ण अन्तरक्रियाहरूमा, र परमेश्वरका वचनहरूबारे तिनीहरूले गर्ने सङ्गतिमा समेत असर पार्छ। मानिसहरू एकअर्कासँग अन्तरक्रिया गर्दा विवादहरू पैदा हुनु सामान्य कुरा हो, तर यदि मण्डली जीवनमा यस्ता समस्याहरू बारम्बार देखा पर्छन् भने, तिनले सामान्य मण्डली जीवनमा असर गर्न, बाधा दिन, र त्यसलाई नष्टसमेत गर्न सक्छन्। उदाहरणका लागि, यदि कसैले भेलामा बहस सुरु गर्यो भने, त्यो भेलामा बाधा हुनेछ, मण्डली जीवनले फल दिन असफल हुनेछ, र भेलामा सहभागी हुनेहरूले केही पनि प्राप्त गर्नेछैनन्, र तिनीहरू आधारभूत रूपमा व्यर्थमा भेला भइरहेका र आफ्नो समय बरबाद गरिरहेका हुनेछन्। फलस्वरूप, यी समस्याहरूले मण्डली जीवनको सामान्य सुव्यवस्थामा असर पारिसकेका हुनेछन्।
क. आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनुका विभिन्न प्रकारका प्रकटीकरणहरू
१. कमीकमजोरीहरूको आपसी खुलासा
कतिपय मानिसहरूलाई भेलाहरूका अवधिमा सधैँ घरायसी मामलाहरू र महत्त्वहीन विषयहरूबारे गफ गर्न मन पर्छ, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा सानातिना घरायसी मामलाहरूबारे कुराकानी गर्छन् र गफगाफमा संलग्न हुन्छन्, जसले गर्दा ती दाजुभाइ-दिदीबहिनीहरूलाई असहाय महसुस हुन्छ। तिनीहरूलाई हस्तक्षेप गर्न कोही खडा हुन सक्छ, तर त्यसपछि के हुन्छ? यदि तिनीहरूलाई निरन्तर हस्तक्षेप गरियो भने, तिनीहरू अप्रसन्न बन्छन्, र तिनीहरू अप्रसन्न हुनु भनेकै समस्या खडा हुनु हो। तिनीहरू सोच्छन्: “तिमी सधैँ मलाई हस्तक्षेप गर्छौ र बोल्न दिँदैनौ। त्यसोभए, ठीक छ। तिमी बोल्दा म पनि तिमीलाई हस्तक्षेप गर्नेछु! जब तिमी परमेश्वरका वचनहरूबारे सङ्गति गर्छौ, तब म परमेश्वरका वचनहरूको अर्को खण्ड पढेर तिम्रो कुरा बीचैमा काट्नेछु। जब तिमी आफूलाई चिन्नेबारे सङ्गति गर्छौ, तब म मानिसहरूलाई न्याय गर्ने परमेश्वरका वचनहरूबारे सङ्गति गर्नेछु। जब तिमी आफ्नो अहङ्कारी स्वभाव बुझ्नेबारे सङ्गति गर्छौ, तब म मानिसहरूका परिणाम र गन्तव्य निर्धारित गर्ने परमेश्वरका वचनहरू सङ्गति गर्नेछु। तिमीले जे भने नि म फरक कुरा भनिदिनेछु!” यति मात्र होइन, यदि अरू तिनीहरूलाई हस्तक्षेप गर्न जोडिए भने, यो व्यक्तिले खडा भएर तिनीहरूलाई आक्रमण गर्छ। साथसाथै, उसले हृदयमा तिरस्कार र घृणा पालेको हुनाले, भेलाहरूमा ऊ प्रायजसो आफ्नो कुरा रोक्ने व्यक्तिका कमीकमजोरीहरू खुलासा गर्छ, त्यो व्यक्तिले परमेश्वरमा विश्वास गर्न आउनुभन्दा पहिले कसरी अरूलाई व्यापारमा धोका दिन्थ्यो, अरूसँगको व्यवहारमा त्यो व्यक्ति कति बेइमान थियो, र आदि इत्यादिबारे कुरा गर्छ—जबजब त्यो व्यक्ति बोल्छ, तबतब ऊ यी कुराहरूबारे नै बोल्छ। सुरुमा त त्यो व्यक्तिले धैर्यता अभ्यास गर्न सक्छ, तर समय बित्दै जाँदा, त्यो व्यक्ति यस्तो सोच्न थाल्छ: “म सधैँ तिमीलाई सहयोग गर्छु, म सधैँ तिमीप्रति सहनशीलता र धैर्यता देखाउँछु, तर तिमी मलाई कुनै सहनशीलता देखाउँदैनौ। यदि तिमी मलाई यसरी व्यवहार गर्छौ भने, तिमीलाई बाँकी नराखी बोलेँ भने मलाई दोष नदिनु! हामी धेरै समयदेखि एउटै गाउँमा बस्दै आएका छौँ—हामी दुवै एकअर्कालाई राम्ररी चिन्छौँ। तिमीले मलाई आक्रमण गरेका छौ, त्यसकारण म पनि तिमीलाई आक्रमण गर्नेछु; तिमीले मेरा कमीकमजोरीहरू खुलासा गरेका छौ, तर तिमीसँग पनि त्यस्ता कमजोरीहरू प्रशस्त छन्।” अनि त्यसपछि, उसले भन्छ, “तिमी सानो हुँदा तिमीले सामानसमेत चोरेका थियौ; तिमीले गरेका ती सानातिना चोरीहरू अझै लाजमर्दा छन्! मैले जे गरेँ कम्तीमा त्यो व्यवसाय त थियो, र त्यो सबै जीविकोपार्जन गर्नका खातिर थियो। यो संसारमा कसले पो केही गल्तीहरू गर्दैन र? तिम्रो व्यवहारचाहिँ कस्तो छ नि? तिम्रो व्यवहार त चोर र डाँकुको व्यवहार हो!” के यो आपसी आक्रमणमा संलग्न हुनु होइन र? यी आक्रमणहरूको विधि के हो? यो आपसी कमीकमजोरीहरू खुलासा गर्नु हो, होइन र? (हो।) तिनीहरू मनमनै यस्तोसमेत सोच्छन्: “तिमी मेरा कमीकमजोरीहरू खुलासा गरिरहन्छौ, ती कुराहरूबारे र मेरो असम्माननीय विगतबारे सबैलाई थाहा दिइरहन्छौ, जसले गर्दा अरूले मलाई उप्रान्त आदर गर्नेछैनन्—त्यसैले, म पनि पछि हट्नेछैनँ। तिम्रा प्रेमीहरू कति थिए, तिमी कति जना विपरीतलिङ्गीसँग बसेका छौ भन्नेबारे मलाई सबै थाहा छ; मसँग यो सबै हतियार तयार छ। यदि तिमीले फेरि मेरा कमीकमजोरीहरू खुलासा गऱ्यौ र मलाई सँघारमा धकेल्यौ भने, म तिम्रा सबै दुष्कर्महरू प्रकाश गर्नेछु!” एकअर्कासँग राम्ररी परिचित रहेका र एकअर्कालाई राम्ररी चिनेका मानिसहरूबीच कमीकमजोरीहरूको आपसी खुलासा हुनु आम समस्या हो। सायद असहमतिका कारण वा तिनीहरूबीच द्वन्द्व वा रिस भएका कारण, ती दुई मानिसहरू भेलाहरूमा एकअर्कालाई आक्रमण गर्नका लागि हतियारका रूपमा प्रयोग गर्न पुराना र सानातिना मामलाहरू तन्काउने गर्छन्। यी दुई मानिसहरू एकअर्काका कमीकमजोरीहरू खुलासा गर्छन् र एकअर्कालाई आक्रमण र निन्दा गर्छन्, र परमेश्वरको वचन खाने-पिउने सबैको समय ओगट्छन्, र सामान्य मण्डली जीवनमा असर पुर्याउँछन्। के त्यस्ता भेलाहरूले फल दिन सक्छन् र? के तिनीहरू वरिपरिका मानिसहरूलाई अझै पनि भेलामा सहभागी हुन मन लाग्छ र? कतिपय दाजुभाइ-दिदीबहिनीहरू यस्तो सोच्न थाल्छन्: “यी दुई जना निकै समस्याजनक छन्, विगतका ती मामलाहरू उठाउनुको के अर्थ छ र! अहिले तिनीहरू दुवै परमेश्वरमा विश्वास गर्छन्, त्यसकारण तिनीहरूले ती कुराहरू बिर्सनुपर्छ। कसको पो समस्या हुँदैनन् र? के तिनीहरू दुवै अहिले परमेश्वरअघि आएका छैनन् र? यी सबै समस्याहरू परमेश्वरको वचनद्वारा समाधान गर्न सकिन्छ। कमीकमजोरीहरू खुलासा गर्नु सत्यता अभ्यास गर्नु होइन, न त यो एउटा व्यक्तिका सबल पक्षहरूबाट सिकेर अर्को व्यक्तिका कमजोरीहरू पूर्ति गर्नु नै हो; यो त आपसी आक्रमण हो, यो शैतानी व्यवहार हो।” तिनीहरूको आपसी आक्रमणले सामान्य मण्डली जीवनमा बाधा दिन्छ र यसलाई नष्ट गर्छ। तिनीहरूलाई कसैले रोक्न सक्दैन, र जोसुकैले तिनीहरूलाई सत्यताबारे सङ्गति गरे पनि तिनीहरू सुन्दैनन्। कतिपय मानिसहरू तिनीहरूलाई यस्तो सल्लाह दिन्छन्: “एक-अर्काका कमीकमजोरीहरू खुलासा गर्न छोड। वास्तवमा, यो सम्पूर्ण कुरा त्यति ठूलो होइन; के यो छोटो मौखिक असहमति मात्रै होइन र? तिमीहरू दुईबीच कुनै गहन घृणा छैन। यदि तिमीहरू दुवैले परमेश्वरअघि प्रार्थना गर्न र सत्यता खोजी गर्नका लागि खुलस्त कुरा गर्न, आफूलाई उदाङ्गो पार्न, अनि आफ्ना पूर्वाग्रह, तिरस्कार, र घृणा त्याग्न सक्यौ भने, यी सबै समस्याहरू समाधान हुन सक्छन्।” तर ती दुई जना अझै पनि गतिरोधमा हुन्छन्। तिनीहरूमध्ये एक जनाले भन्छ, “यदि उसले सुरुमा मसँग माफी माग्न सक्छ, र उसले पहिले खुलस्त कुरा गर्न र आफूलाई उदाङ्गो पार्न सक्छ भने, म पनि त्यसै गर्नेथिएँ। तर यदि ऊ पहिलेजस्तै यो कुरा छोड्दैन भने, म पनि उसको विरुद्ध केही कुरा बाँकी राख्नेछैनँ। तिमी मलाई सत्यता अभ्यास गर्न लगाउँछौ—ऊ चाहिँ किन अभ्यास गर्दैन? तिमी मलाई कुराहरू छोड्न लगाउँछौ—ऊ चाहिँ किन सुरुमा गर्दैन?” के यो असमझ हुनु होइन र? (हो।) तिनीहरूले असमझदारीपूर्ण व्यवहार गर्न थाल्छन्। कसैको सल्लाहले पनि तिनीहरूलाई असर गर्दैन, र तिनीहरू सत्यताबारे गरिएको सङ्गति पनि सुन्दैनन्। तिनीहरू एकअर्कालाई भेट्नेबित्तिकै, बहस गर्छन्, एकअर्काका कमीकमजोरीहरू खुलासा गर्छन् र एकअर्कालाई आक्रमण गर्छन्। मुक्का हान्ने अवस्थासम्म नपुग्नु बाहेक, तिनीहरूले एकअर्कासँग गर्ने सबै कुरामा घृणा हुन्छ, र तिनीहरूले बोल्ने हरेक शब्दमा आक्रमण र श्रापका आशय हुन्छन्। यदि, मण्डली जीवनमा, एकअर्कालाई देख्नेबित्तिकै आक्रमण गर्ने र मौखिक कलहमा संलग्न हुने यस्ता दुई मानिसहरू छन् भने, के यो मण्डली जीवनले फल दिन सक्छ र? के मानिसहरूले यसबाट केही सकारात्मक कुरा प्राप्त गर्न सक्छन् र? (सक्दैनन्।) जब त्यस्ता परिस्थितिहरू देखा पर्छन्, तब धेरैजसो मानिसहरू यसो भन्दै चिन्तित हुन्छन्, “हामी भेला हुँदा हरेकपटक, ती दुई जना सधैँ झगडा गरिरहेका हुन्छन्, र तिनीहरू कसैको सल्लाह सुन्दैनन्। हामी के गर्ने?” तिनीहरू त्यहाँ हुँदासम्म, भेलाहरू शान्तिपूर्ण हुँदैनन्, र तिनीहरूले सबैलाई बाधा दिन्छन्। त्यस्ता परिस्थितिहरूमा, मण्डली अगुवाहरू समस्या समाधान गर्न अघि आउनुपर्छ; तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई मण्डली जीवनमा निरन्तर बाधा दिइरहन दिनु हुँदैन। यदि बारम्बार गरिएको सल्लाह, सङ्गति, र सकारात्मक मार्गदर्शनपछि पनि कुनै नतिजाहरू हासिल हुँदैनन्, र दुवै पक्षले आफ्नो पूर्वाग्रह कायम राखिराख्छन् र एकअर्कालाई क्षमा दिन मान्दैनन्, र एकअर्कालाई आक्रमण गरिरहन्छन् र मण्डली जीवनमा बाधा दिइरहन्छन् भने, यो मामलालाई सिद्धान्तहरूअनुसार सम्हाल्नु अत्यावश्यक हुन्छ। तिनीहरूलाई यसो भनिनुपर्छ: “तिमीहरू दुई जना यो स्थितिमा भएको धेरै भएको छ, र यसले मण्डली जीवनलाई र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई गम्भीर बाधाहरू दिएको छ। धेरैजसो मानिसहरू तिमीहरूको यो व्यवहारप्रति रिसाएका छन्, तर तिनीहरू यसबारे केही भन्न डराउँछन्। तिमीहरूको वर्तमान मनोवृत्ति र प्रकटीकरणहरू हेर्दा, मण्डलीले, सिद्धान्तहरूअनुसार, मण्डली जीवनमा तिमीहरूको सहभागिता रोक्नुपर्छ र तिमीहरूलाई आत्मचिन्तन गर्न अलग राख्नुपर्छ। जब तिमीहरू सामञ्जस्यताका साथ मिलेर बस्न, सामान्य सङ्गतिमा संलग्न हुन, र सामान्य अन्तरव्यैयत्तिक सम्बन्धहरू निर्माण गर्न सक्छौ, तब तिमीहरू मण्डली जीवनमा फेरि फर्केर आउन सक्छौ।” तिनीहरू यसमा सहमत भए पनि वा नभए पनि, मण्डलीले यो निर्णय गर्नुपर्छ; यो सिद्धान्तहरूका आधारमा मामला सम्हाल्नु हो। यी कुराहरू यसरी नै सम्हाल्नुपर्छ। एक हिसाबमा, यो ती दुई व्यक्तिहरूका लागि फाइदाजनक हुन्छ; यसले तिनीहरूलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न प्रेरित गर्न सक्छ। अर्को हिसाबमा, यसले मुख्य रूपमा अझै धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई दुष्ट मानिसहरूको बाधाबाट सुरक्षा दिन्छ। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कुनै दुष्कर्म गरेका छैनन्; तिनीहरूको सारका हिसाबमा तिनीहरू दुष्ट मानिसहरू पनि होइनन्। तिनीहरूको मानवतामा सानातिना त्रुटिहरू मात्रै छन्, तिनीहरू केवल स्वेच्छाचारी छन्, तिनीहरूमा असमझ हुने, अनि डाहा र विवाद गर्ने प्रवृत्ति छ। यसका कारण मात्रै किन तिनीहरूलाई अलग राख्ने?” तिनीहरूको मानवता जस्तोसुकै होस्, तिनीहरूले मण्डली जीवनमा बाधा दिएसम्म, मण्डली अगुवाहरूले त्यो समस्या सम्बोधन र समाधान गर्न हस्तक्षेप गर्नुपर्छ। यदि ती दुई व्यक्ति दुष्ट छन् भने, त्यो कुरा खुट्टयाउनेबित्तिकै, प्रतिक्रिया तिनीहरूलाई अलग गर्नेजस्तो सरल हुनु हुँदैन; तिनीहरूलाई सीधै सफा गरेर हटाउन निर्णय तुरुन्तै गरिनुपर्छ। यदि तिनीहरूका कार्य अरूलाई हानि नहुने गरी वा परमेश्वरको घरका हितहरूमा घाटा ल्याउने अरू खराब कार्यहरू नगर्ने गरी एकअर्कालाई आक्रमण गर्ने र सही र गलतबारे बहस गर्ने कार्यमा मात्रै सीमित हुन्छ, र तिनीहरू दुष्ट छैनन् भने, तिनीहरूलाई सफा गरेर हटाउनुपर्दैन। बरु, तिनीहरूको मण्डली जीवन रोक्नुपर्छ, र तिनीहरूलाई आत्मचिन्तनका लागि अलग राख्नुपर्छ। यो शैली सबैभन्दा उचित हुन्छ। यो मामलालाई यसरी सम्हाल्नुको उद्देश्य भनेको मण्डली जीवनको सामान्य सुव्यवस्था सुनिश्चित गर्नु र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्ने कुरा प्रत्याभूत गर्नु हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।