अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१४) खण्ड चार

ग. निहित स्वार्थहरूका अनुचित सम्बन्धहरू

अर्को प्रकारको अनुचित सम्बन्ध निहित स्वार्थअनुसारको सम्बन्ध हो। मानिसहरूले स्वार्थहरूका खातिर एकअर्कालाई चापलुसी गर्ने, उचाल्ने, प्रशंसा गर्ने, र चाकडी गर्नेजस्ता कुराहरू गर्छन्। मण्डली जीवनमा यस्तो कुटिल आचरण र दुष्ट वातावरण ल्याउँदा त्यसले परमेश्‍वरका वचनहरू चुपचाप पढिरहेका वा साझा गरिएका अनुभवहरू सुनिरहेका अरूलाई गम्भीर असर पार्छ। निहित स्वार्थहरूको सम्बन्ध स्थापित भएपछि, त्यसमा संलग्‍न व्यक्तिहरूले प्रायजसो आ-आफ्नो फाइदाका लागि, आफ्ना कामनाहरूविपरीत जाने केही कुराहरू बोल्ने वा गर्ने गर्छन्। उदाहरणका लागि, यदि कसैले अर्को व्यक्तिले उसको व्यापार वा स्वार्थहरूमा कुनै न कुनै तरिकाले फाइदा दिन सक्छ भन्‍ने देख्यो भने, उसले चापलुसी गर्नका लागि त्यो व्यक्तिलाई अगुवाका रूपमा छनौट गर्न सक्छ, उसलाई निश्‍चित कर्तव्यमा मनोनयन गर्न, वा त्यो व्यक्तिले भनेको कुरा सत्यतासँग मिले पनि वा नमिले पनि त्यो सबै स्विकारिदिन र त्यो सही हो भनेर दाबी गरिदिन सक्छ। उसको चापलुसी गर्नका लागि, तिनीहरूले सिद्धान्तहरूसँग नमिल्ने र सत्यताविरुद्ध जाने धेरै कामकुराहरू गर्छन्, जसले मानिसहरू, घटनाहरू, र कामकुराहरू खुट्ट्याउनमा र सत्यतामा प्रवेश गर्नमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन्छन्। तिनीहरूले गलत र विकृत कुराहरूलाई सही भनेर वर्णन गर्छन्, मानव धारणा र कल्पनाहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुरूप छन् भनेर वर्णन गर्छन्, र आदि-इत्यादि गर्छन्, यसरी मानिसहरूका विचार बिथोल्छन् र तिनीहरूको पछ्याइको सही दिशा र उद्देश्यमा बाधा दिन्छन्। यी सबै व्यवहारहरू तिनीहरूले कायम राख्‍ने निहित स्वार्थहरूको सम्बन्धबाट आएका हुन्छन्। आफ्‍ना स्वार्थहरूको सुरक्षा गर्न र तिनलाई कायम राख्‍नका लागि, तिनीहरूले आफ्नो विवेकविरुद्ध बोल्न र सिद्धान्तहरूविरुद्ध कार्य गर्न सक्छन्। तिनीहरूले जे बोल्छन् र जे गर्छन्, त्यसले मण्डली जीवनमा बाधा र विनाश ल्याउँछ, अन्ततः अझ धेरै मानिसहरूलाई सामान्य र सुव्यवस्थित रूपमा परमेश्‍वरका वचनहरू सङ्गति गर्न, परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्न, वा व्यक्तिगत अनुभवहरू साझा गर्न असक्षम तुल्याउँछ, जसको नतिजास्वरूप मानिसहरूको जीवन प्रवेशमा हानि हुन्छ। जब मानिसहरूले आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइहरूबारे सङ्गति गर्छन्, तब तिनीहरूले प्रायजसो मानिसहरूको निहित स्वार्थका सम्बन्धहरूबाट हस्तक्षेप भोग्छन्; केही मौखिक हस्तक्षेपहरू हुन्छन्, केही व्यवहारगत हुन्छन्, र अरू केही उद्देश्य र दिशाहरूसँग सम्बन्धित हुन्छन्। सत्यता सङ्गति गर्दा र परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्दा मानिसहरूलाई प्रायजसो हस्तक्षेप गरिन्छ, प्रायजसो विषयभन्दा बाहिर लगिन्छ, र प्रायजसो विभिन्‍न हदसम्म असर गरिन्छ। त्यसकारण, निहित स्वार्थका अनुचित सम्बन्धहरूमा र सम्बन्धित व्यवहारहरूमा संलग्‍न हुनेहरूलाई प्रतिबन्धित गरिनुपर्छ। यी समस्याहरू सामना गर्ने मण्डली अगुवाहरू आँखा चिम्लेर बस्‍नु हुँदैन, र तिनीहरूले निश्चित रूपमा नै त्यस्ता दुष्कर्मलाई आड दिने, मण्डली जीवनभित्र त्यस्ता कुराहरूलाई बढावा दिने गर्नु हुँदैन। बरु, तिनीहरू सतर्क र समझदार हुनुपर्छ, र तुरुन्तै तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ।

निहित स्वार्थका अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु मण्डलीमा आम रूपमा घट्ने कुरा हो। उदाहरणका लागि, यदि कसैले आगामी मण्डली अगुवाका रूपमा निर्वाचन लड्ने योजना बनायो भने, उसले मानिसहरूको एउटा समूहलाई आफ्नो गुटमा तानेर तिनीहरूसामु आफ्‍नो विचार उजागर गर्न सक्छ। यी मानिसहरू मूर्ख हुँदैनन्; तिनीहरूले यस्तो सङ्केत गर्छन्: “यदि हामीले तिमीलाई निर्वाचित गर्‍यौँ भने, हामीलाई के-कस्ता फाइदाहरू प्रदान गर्नेछौ?” यसरी, तिनीहरूबीच निहित स्वार्थहरूमा आधारित सम्बन्ध निर्माण हुन्छ। अनि, आफ्ना निहित स्वार्थहरू कायम राख्‍नका लागि, तिनीहरू भेलाहरूका दौरान समस्याहरूबारे प्रायजसो एउटै अडान लिन्छन्। अरू सचेत नै नभई वा पृष्ठभूमिबारे जानकार नै नभई, तिनीहरू सधैँ एउटा व्यक्ति कति असल छ, अर्को व्यक्तिले गरेको कुरालाई परमेश्‍वरले कसरी अनुमति र आशिष् दिनुहुन्छ, कसले भेटी दिएको छ र कति धेरै दिएको छ, र कसले परमेश्‍वरको घरमा के योगदान दिएको छ भन्‍नेबारे कुरा गर्छन्, प्रायजसो एकअर्काको प्रशंसा गाउँदै एकअर्काको तारिफ गर्छन्। तिनीहरूले मण्डली जीवनमा पहिले गरेको सहमतिमा जोड दिन र आफ्ना आपसी स्वार्थहरू कायम राख्‍न प्रायजसो यिनै कुराहरू जारी राख्छन्। उदाहरणका लागि, कसैले यसो भन्‍न सक्छ, “यदि तपाईंले मलाई अगुवाका रूपमा निर्वाचित गर्नुभयो भने, मैले मेरो पद दाबी गरेपछि, म तपाईंलाई समूह अगुवा बनाउनेछु।” के तिनीहरू सबैले व्यक्तिगत फाइदा खोजिरहेका छैनन् र? के तिनीहरूले आफ्ना स्वार्थहरू पूरा गर्न, निश्‍चित कुराहरू बोल्ने वा निश्‍चित कार्यहरू गर्ने गर्नुपर्दैन र? त्यसकारण, तिनीहरूले भेलाहरू दौरान विभिन्‍न प्रकटीकरणहरू देखाउँछन्, र त्यो सबै तिनीहरूले पहिले गरेको सहमति र सम्बन्धित स्वार्थहरू कायम राख्‍ने उद्देश्यले गरिएका हुन्छन्। आफ्‍नो उद्देश्य हासिल गर्नुपहिले, तिनीहरूले गर्ने धेरैजसो कुराहरू स्वार्थहरूद्वारै निर्देशित हुन्छन्। त्यसैले, के तिनीहरूले भन्‍ने र गर्ने कुरापछाडिका अभिप्राय र उद्देश्यहरू अलिक अनुचित हुँदैनन् र? के तिनीहरूमाझ स्थापित सम्बन्ध अनुचित हुँदैन र? के मण्डलीभित्रका त्यस्ता अनुचित सम्बन्धहरू प्रतिबन्धित गरिनुपर्दैन र? कतिपयले भन्छन्, “हामीले यसलाई पत्ता लगाउन नै सकेनौँ भने कसरी यसलाई प्रतिबन्धित गर्न सक्छौँ?” त्यस्ता कुराहरू गर्दै नगरिएको खण्डमा बाहेक, ती कुराहरू एकपटक वहन गरिएपछि, पत्ता लाउन सकिन्छ र त्यो खुलासा हुनेछ। यदि मानिसहरूले सत्यतासँग असम्बन्धित कुनै पनि कुरा नमिसाई सत्यताबारे र आफ्नो व्यक्तिगत बुझाइ र अनुभवहरूबारे उचित रूपमा सङ्गति गरे भने, सबैले यो बुझ्‍न सक्छन्। यदि मिसावटहरू छन् भने, मानिसहरूले यो कुरा पनि खुट्ट्याउन सक्छन्। त्यसकारण, मण्डलीमा आपसी स्वार्थहरू कायम राख्नका लागि देखा पर्ने विभिन्‍न लेनदेनगत सम्बन्धहरू पनि प्रतिबन्धित गरिनुपर्छ; कम्तीमा पनि, त्यसमा संलग्‍न व्यक्तिहरूलाई चेतावनी दिइनुपर्छ र तिनीहरूसँग सङ्गति गरिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू पहिचान गर्न र त्यस्ता क्रियाकलापहरूमा संलग्‍न हुनुका गम्भीर परिणामहरूबारे बुझाउनुपर्छ, र त्योसँगसँगै दाजुभाइ-दिदीबहिनीहरूलाई यी मामलाहरूको प्रकृति पहिचान गर्न सक्षम तुल्याउनुपर्छ। यस्तो प्रकारको क्रियाकलापले धेरैजसो मानिसहरूमा कस्तो असर पार्छ? यसले मानिसहरूलाई मण्डली र समाजबीच त्यति भिन्‍नता छैन, यी दुवै ठाउँहरू सबैले एकअर्कालाई शोषण गर्ने र मानिसहरू आफ्नो फाइदाको लागि लेनदेनमा संलग्न हुने ठाउँहरू हुन् भन्‍ने सोच्न लगाउँछ। यो व्यवहार मध्यम प्रकारको बाधा होइन, यसले मण्डली जीवनमा गम्भीर बाधा पनि निर्माण गर्छ। मलाई भन त, के निर्वाचनमा धाँधली गर्न र अगुवा पद प्राप्त गर्न असामान्य माध्यमहरू प्रयोग गर्ने, निर्वाचन जित्न निरन्तर मानिसहरूलाई आकर्षित गर्ने व्यक्ति असल व्यक्ति हो? स्पष्ट रूपमै, यसरी निर्वाचित हुने अगुवाहरू असल मानिसहरू होइनन्। के तिनीहरूको हातमा परेका दाजुभाइ-दिदीबहिनीहरूले कुनै असल कुरा अपेक्षा गर्न सक्छन्? यदि कुनै व्यक्ति सिद्धान्तहरूअनुसार निर्वाचित हुनुको सट्टा असामान्य माध्यमहरूद्वारा अगुवा बन्छ भने, त्यस्तो अगुवा निश्चय नै असल व्यक्ति होइन। यदि उसलाई नेतृत्व गर्न दिइयो भने, त्यो दाजुभाइ-दिदीबहिनीहरूलाई सीधासीधा कुनै दुष्ट व्यक्ति, कुनै ख्रीष्टविरोधीको हातमा सुम्पनु, धेरैजसो मानिसहरू प्रभावकारी रूपमा शैतानको हातमा हस्तान्तरण गरिनु जस्तै हो; यस्तो अवस्थामा, तिनीहरूको मण्डली जीवनका फलहरू आफै स्पष्ट हुनेछन्। यो स्वार्थहरूसँग जोडिएको एक प्रकारको अनुचित सम्बन्ध हो। चाहे समूहमाझ होस् वा व्यक्तिहरूमाझ होस्, मानिसहरूबीच रहने सम्बन्धहरूमा स्वार्थहरू समावेश भएपछि, तिनीहरू आफ्ना कार्यहरूमा परमेश्‍वरको घरका हितहरू कायम राख्न सिद्धान्तहरूअनुसार कार्य गर्नुको सट्टा व्यक्तिगत फाइदाहरूमा बढी केन्द्रित हुनेछन्। त्यस्ता सम्बन्धहरू सामान्य मानवताको विवेक र समझमा आधारित हुँदैनन्, बरु विवेक र समझ दुवैको विपरीत हुन्छन्, र सत्यता सिद्धान्तहरूभन्दा झनै विपरीत हुन्छन्। तिनीहरूले जे बोल्ने, गर्ने, र देखाउने गर्छन्, त्यो सबै कुरा अनि तिनीहरूका अभिप्राय, उद्देश्य, मनसाय, उत्पत्ति, आदि-इत्यादि कुराहरू सबै स्वार्थहरूद्वारा निर्देशित हुन्छन्; त्यसकारण, यी सम्बन्धहरूलाई अनुचित भनेर परिभाषित गर्न सकिन्छ। त्यस्ता सम्बन्धहरूको निर्माणले मण्डली जीवन जिउन परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिने, धेरैजसो मानिसहरूलाई परमेश्‍वरका वचन पढ्न र परमेश्‍वरअघि शान्त भएर सत्यताबारे सङ्गति गर्न गाह्रो बनाउने हुनाले, त्यस्ता अनुचित सम्बन्धहरू मण्डलीभित्र प्रतिबन्धित गरिनुपर्छ। गम्भीर रहेका र दुष्ट मानिसहरूको व्यवहार समावेश हुने मामलाहरूका हकमा, चेतावनी जारी गरिनुपर्छ, र यदि त्यसमा संलग्‍न भएकाहरूले कुनै पनि हालतमा पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ।

घ. व्यक्तिहरूबीचको घृणा

अनुचित अन्तरवैयक्तिक सम्बन्धहरूका विभिन्‍न प्रकटीकरणहरू हुन्छन्। तीमध्ये अर्को एउटा व्यक्तिगत घृणा हो। उदाहरणको लागि, परिवारभित्र सासू-बुहारी, नन्द-भाउजू, वा सालो-जेठान, वा छिमेकीहरूबीच कचिङ्गल वा विवाद पैदा हुन सक्छ। कहिलेकहीँ यो घृणामा समेत परिणत हुन्छ, र शत्रुहरूले जस्तै, यी मानिसहरूले पनि सहकार्य गर्न वा सँगै काम गर्न सक्दैनन्, यहाँसम्म कि तिनीहरूले एकअर्काको अनुहारसमेत हेर्न सक्दैनन्, र जबजब भेट्छन् तबतब तर्कवितर्क र झगडा गर्छन्। जब तिनीहरूले भेलाहरूमा एकअर्कालाई भेट्छन्, तब तिनीहरूको हृदय पनि घृणाले भरिन्छ, र तिनीहरू परमेश्‍वरको वचनमा रमाउन र आफ्‍नो बारे मनन गर्न र आफूलाई चिन्‍नको लागि परमेश्‍वरअघि शान्त हुन सक्दैनन्, र तिनीहरूले सामान्य भेला आयोजना गर्नको लागि पक्कै पनि आफ्ना पूर्वाग्रह र घृणा त्याग्‍न सक्दैनन्। बरु यसको ठीक उल्टो रूपमा, जबजब तिनीहरू भेला हुन्छन्, तबतब तिनीहरू झगडा र हानथाप गर्छन्, तिनीहरूले एकअर्काका कमीकमजोरीहरू खुलासा गर्छन् र एकअर्कालाई आक्रमण गर्छन्, र एकअर्काविरुद्ध सराप्‍ने शब्दहरूसमेत बोल्छन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूमा गहन नकारात्मक असर पर्छ। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, तिनीहरू गैरविश्‍वासीहरू हुन्। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्नेहरूको हकमा चाहिँ, चाहे जेसुकै भए नि, वा जोसुकैसँग विवाद परे नि, वा जोसुकैप्रति पूर्वाग्रह भए नि, तिनीहरूले सत्यता खोजी गर्न, आफ्‍नो बारे मनन गर्न र आफूलाई चिन्‍न, र सत्यता सिद्धान्तहरूअनुसार समस्याहरू समाधान गर्न सक्छन्। यदि तिनीहरूले कुनै गल्ती गरेका छन् र तिनीहरू कसैप्रति ऋणी छन् भने, तिनीहरूले सक्रिय रूपमा माफी माग्‍न र आफ्ना गल्तीहरू स्विकार्न सक्छन्; तिनीहरूले भेलाहरूमा तर्कवितर्क गर्ने वा समस्या पैदा गर्ने कार्यको सहारा कदापि लिँदैनन्। मण्डलीभित्र विवादमा सहभागी हुनु र होहल्ला मच्चाउनु सन्तहरूको मर्यादाभन्दा बाहिरको कुरा हो; यस्तो व्यवहारले परमेश्‍वरलाई गम्भीर रूपमा अपमानित गर्छ। यसरी व्यवहार गर्ने मानिसहरूमा ठूलो हदसम्म मानवता, विवेक, र समझको कमी हुन्छ; तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासीहरू बिलकुलै होइनन्। यो समस्या नयाँ विश्‍वासीहरूमाझ तुलनात्मक रूपमा अलि बढी हुन्छ। नयाँ विश्‍वासीहरूले सत्यता नबुझ्ने हुनाले, र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पारिएको नहुनाले, तिनीहरू धेरै कुराहरूबारे विवादमा सहजै संलग्‍न हुन्छन्, र तिनीहरूले आफ्नो झोक्‍कीपन प्रकट गरेर झगडासमेत गर्छन्। यदि यी भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, मानिसहरूले हृदयमा घृणा बोकेर बस्‍नेछन्, र मण्डली जीवन जिउने क्रममा, तिनीहरू अझै पनि यो झोक्कीपन र घृणा बोकेर अटुट विवादमा संलग्‍न हुनेछन्। यसले मण्डली जीवनमा असर गर्छ, र यसबाट परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको वचन खाने र पिउने, परमेश्‍वरको प्रशंसा गर्ने, र परमेश्‍वरका वचनहरूबारे तिनीहरूले अनुभव गरेका कुराहरू सुनाउने कार्यमा असर पर्छ। यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि प्रत्यक्ष रूपमा असर गर्छ। कति नयाँ विश्‍वासीहरू त सानातिना विषयमा असहमति हुँदा पनि सजिलै वादविवाद गर्न थाल्छन्। उदाहरणको लागि, भेला सुरु हुनुभन्दा पहिले, कतिले एउटा भजन गाउन चाहेका हुन्छन् भने, कति अरूले फरक भजन गाउन रुचाउँछन्—यस्तो सानो कुराले पनि सहजै विवाद ल्याउन सक्छ। त्यसैगरी, कुनै विषयमा फरकफरक विचारहरू हुँदा कहिलेकहीँ त्यो तुरुन्तै विवादमा परिणत हुन सक्छ, र बोलीमा राम्रोसित विचार नपुर्‍याएको कारणले गर्दा पनि, यसले कसैलाई चिढ्याएर तर्कवितर्कहरू पैदा हुन सक्छ। नयाँ विश्‍वासीहरूमाझ यस्ता घटनाहरू आम नै हुन्छन्। जब भेलाहरूमा विवादहरू पैदा हुन्छन्, तब तिनले स्वाभाविक रूपमै मण्डली जीवनमा बाधा दिन्छन्। के यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पनि बाधा दिँदैन र? सही कुरालाई गलत र गलत कुरालाई सही भनेर तर्कवितर्क र वादविवाद गर्ने प्रवृत्ति भएका मानिसहरू नै मण्डली जीवनमा सहजै बाधा दिने मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूलाई ध्यान नदिई, आफ्नै अभिमान र इज्जतलाई सन्तुष्ट पार्ने कार्यप्रति मात्रै वास्ता गर्छन्। यसरी व्यवहार गरेर, के तिनीहरूले मण्डली जीवनमा बाधा ल्याउँदैनन् र? (ल्याउँछन्।) मण्डली भनेको विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरका वचनहरू खानपिउन, र ती वचनहरूको आनन्द लिन भेला हुने ठाउँ हो; यो परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने ठाउँ हो। यो व्यक्तिगत गुनासोहरू प्रकट गर्ने ठाउँ हुँदै होइन, र सही र गलतबारे झगडा गर्ने वा तर्कवितर्क गर्ने ठाउँ त झन् अवश्य नै होइन। जब त्यस्ता मानिसहरूले यसरी बाधाहरू पैदा गर्छन्, तब यसले केकस्ता परिणामहरू ल्याउँछ? यसले भेलाहरूमा प्रत्यक्ष रूपमै आनन्दको कमी गराउँछ; यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई जीवनको आत्मिक वृद्धि प्राप्त गर्न नसक्‍ने तुल्याउँछ, र धेरैजसो मानिसहरूलाई पनि शान्ति पाउन नसक्‍ने, र अवर्णनीय कष्ट भोग्‍ने तुल्याउँछ। समय बित्दै जाँदा, कति मानिसहरू नकारात्मक र कमजोर बन्छन्, र भेलाहरूमा सहभागी हुन पनि अनिच्छुक हुन्छन्। यो स्थिति धेरैजसो मण्डलीहरूमा आम हुन्छ र यो परमेश्‍वरका चुनिएका सबै मानिसहरूले अनुभव गर्ने कुरा हो। त्यसकारण, भेलाहरूमा बारम्बार विवाद र झगडा गर्ने समस्या कसरी समाधान गरिनुपर्छ? यो समस्यासँग सम्बन्धित परमेश्‍वरका वचनहरूका धेरै खण्डहरू छनौट गरेर भेलाहरूमा धेरैपटक पढ्नुपर्छ; त्यसपछि, सबैले सत्यता सङ्गति गर्नुपर्छ, र आफ्नो बुझाइ बाँड्नुपर्छ। यस्तो कार्यशैलीले केही परिणामहरू दिन सक्छ। अनि तर्कवितर्क गर्ने प्रवृत्ति भएका मानिसहरूले आफ्ना अपराधहरू पहिचान गर्न र पछुतो महसुस गर्न सक्‍ने मात्र नभई, अवलोकनकर्ताहरूले पनि यस्तै परिस्थितिहरूमा आफ्नो भ्रष्ट स्वभाव प्रकट पो गरेका छन् कि र तिनीहरूले पनि अरूसँग यसरी नै तर्कवितर्क पो गर्न सक्छन् कि भनेर मनन गर्न सक्छन्—यो तरिकाले अवलोकनकर्ताहरूले पनि आफूलाई चिन्‍न सक्छन्। व्यक्ति वादविवादमा सहभागी भए नि नभए नि, परमेश्‍वरका वचनहरूका धेरै खण्डहरू धेरैपटक पढिसकेपछि, उसले आफ्नो भ्रष्ट स्वभाव पहिचान गर्न र भ्रष्ट स्वभावअनुसार जिउनुको अर्थ साँच्‍चै विवेक र समझको कमी हुनु, र अलिकति पनि मानवता नहुनु हो भन्‍ने कुरा देख्‍न सक्छ। यसरी मण्डली जीवन जिउनुका प्रभावहरू खराब हुँदैनन्, होइन र? भेलाको सुरुमा विवादहरू हुन सक्‍ने भए नि, यदि पछि गएर सबैले परमेश्‍वरका वचनहरू पढ्न सक्छन्, र आफ्नो बारे मनन गर्न परमेश्‍वरअघि आफूलाई शान्त पार्न, सत्यताद्वारा समस्याहरू समाधान गर्न, र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने—यदि यी परिणामहरू हासिल गर्न सकिन्छ भने—यो सामान्य मण्डली जीवन हो। त्यसकारण, भेलाहरूमा हुने जुनसुकै कुरा खराब नै हुन्छ भन्‍ने हुँदैन; जबसम्‍म सबैजना सत्यता खोजी गर्न हृदय र मनमा एक हुन्छन्, र जबसम्‍म तिनीहरूले परमेश्‍वरका वचनहरूका धेरै वटा उपयुक्त खण्डहरू एकसाथ पढ्छन्, तबसम्‍म, यदि समस्याहरू पूर्ण रूपमा समाधान गर्न सकिन्‍न नै भने पनि, मानिसहरूले ती कुराहरूको भित्री वास्तविकता केही हदसम्म देख्‍न र केही हदसम्‍म समझशक्ति प्राप्त गर्न सक्छन्—यसबाट सबैले नै फाइदा पाउनेछन्। के तिमीहरू यस्तो मण्डली जीवन प्राप्त गर्न गाह्रो छ भनेर भन्छौ? यो त खराब कुरालाई असल कुरामा परिणत गर्नु हो, र यो केही हदसम्म लुकेर आएको आशिष्‌ हो। तैपनि, यसले मानिसहरूलाई विवाद र बहस मण्डली जीवनका वाञ्छनीय कुराहरू हुन् भन्‍ने विचारको वकालत गर्ने बनाउनु हुँदैन; यस्तो वकालत गर्न कदापि सक्दै सकिँदैन। विवाद र बहसले सजिलै आवेग र द्वन्द्व पैदा गर्न सक्छ, र त्यो सबैको लागि खराब हुन्छ र यसमा संलग्‍न हुनेहरूमा व्यक्तिगत हैरानी पैदा हुन्छ। त्यसकारण, समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नु नै सबैभन्दा राम्रो तरिका हो, र सत्यता बुझ्दा यसले भविष्यमा यस्तै घटनाहरू फेरि घटित हुनबाट प्रभावकारी रूपमा रोकथाम गर्न सक्छ। तनाव र विवादहरू पैदा हुँदा बुद्धिमानी व्यक्तिहरूले धैर्य र सहनशील मनोवृत्ति अपनाउनुपर्छ। तिनीहरूमा भ्रष्ट स्वभाव पनि हुने हुनाले र तिनीहरूले पनि अरूलाई सजिलै चोट पुर्‍याउन सक्‍ने हुनाले, जब तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छन्, तब तिनीहरूले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यो तरिकाले, भेला हुने समयसम्‍ममा, व्यक्तिगत द्वेष र घृणा सबै हराइसकेको हुन्छ, र यसले गर्दा तिनीहरूको हृदयमा मुक्तपनको अनुभूति हुन्छ र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मैत्रीपूर्ण रूपमा बस्न सजिलो हुन्छ, र यसबाट मैत्रीपूर्ण सहकार्यमा वृद्धि हुन्छ। जब कसैले कुनै विश्‍वासी दाजुभाइ वा दिदीबहिनीले आफ्नो भ्रष्ट स्वभाव प्रकट गरेको देख्छ, तब तिनीहरूले प्रेमसाथ मद्दत गर्नुपर्छ, र उसलाई आलोचना गर्नु, दोष दिनु, वा इन्कार गर्नु हुँदैन। मद्दत गर्ने एकदुई प्रयास गरेपछि पनि समस्याहरू समाधान नहुन सक्छ, तर अझै पनि धैर्यता र सहनशीलता आवश्यक पर्छ। जबसम्‍म तिनीहरूले मण्डली जीवनमा बाधा दिँदैनन् वा जानीजानी दुष्कर्म गर्दैनन्, तबसम्‍म तिनीहरूलाई अन्त्यसम्मै धैर्यता र सहनशीलतासाथ व्यवहार गर्नुपर्छ—अनि त्यो एकदिन अवश्यै आउनेछ जुन दिन तिनीहरूको चेतना खुल्नेछ। यदि कुनै व्यक्ति दुष्ट मानवता भएको व्यक्ति हो र उसले कुनै सहयोग इन्कार गर्छ, र जेजसरी सत्यता सङ्गति गरे नि उसले त्यो स्वीकार गर्दैन भने, उसले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरिरहेको हुँदैन, र त्यस्ता व्यक्तिहरूबाट टाढा बस्नु अत्यावश्यक हुन्छ। यदि तिनीहरूले मण्डली जीवनमा बारम्बार बाधा दिए भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गरिनुपर्छ र तह लगाइनुपर्छ। यदि तिनीहरू दुष्ट मानिसहरू होइनन्, तर तिनीहरूले प्रायजसो आफ्नो भ्रष्ट स्वभाव प्रकट गरिरहन्छन्, र त्यसपछि आफैलाई घृणा गर्छन् तर त्यतिखेर त्यसो नगरी बस्‍न सक्‍ने शक्ति नै नभएजस्तो महसुस गर्छन् भने, त्यस्ता व्यक्तिहरूलाई प्रेमसाथ मद्दत गर्नुपर्छ; तिनीहरूलाई सत्यता बुझ्न र तिनीहरूको भ्रष्टताका प्रकटीकरणहरू खुट्ट्याउन र पहिचान गर्न मद्दत गर्नुपर्छ—यो तरिकाले, तिनीहरूको भ्रष्टताका प्रकटीकरणहरू क्रमिक रूपमा घट्दै जानेछन्। यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यी मानिसहरूले कहिलेकहीँ मात्रै असर गर्छन् भने, तिनीहरूलाई माफी दिन सकिन्छ; जबसम्‍म तिनीहरूको मानवतामा कुनै ठूलो समस्या हुँदैन, र जबसम्‍म तिनीहरू छली वा दुष्ट मानिसहरू हुँदैनन्, तबसम्‍म तिनीहरूलाई सत्यताको सङ्गतिद्वारा साथ र सहयोग दिनुपर्छ। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भने, तिनीहरूलाई प्रेमसाथ व्यवहार गर्नुपर्छ। तैपनि, यदि तिनीहरूले पश्‍चात्ताप गर्न मान्दैनन् र तिनीहरूले लामो समयसम्म मण्डली जीवनमा नकारात्मक असर पारिरहन्छन् भने, मण्डली अगुवाहरूले चेतावनी जारी गर्नुपर्छ र तिनीहरूलाई प्रतिबन्ध लगाउनुपर्छ। यदि तिनीहरूले सत्यता स्वीकार गर्न निरन्तर इन्कार गर्छन् भने, त्यस्ता व्यक्तिहरू दुष्ट मानिसहरू हुन्। दुष्ट मानिसहरू कसैसँग पनि मिलेर बस्न सक्दैनन्, तिनीहरू कुहिएका स्याउ र पिशाचहरू हुन्। तिनीहरूलाई मण्डलीमा राख्दा यसले बाधा र व्यवधानहरू मात्रै ल्याउँछ। त्यसकारण, बारम्बार चेतावनी दिइँदा पनि परिवर्तन हुन नमान्नेहरूलाई दुष्ट मानिसहरूको रूपमा तह लगाउनुपर्छ र मण्डलीबाट निकाल्‍नुपर्छ। मण्डली जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा प्रायजसो बाधा दिने जोकोही व्यक्ति अविश्‍वासी र दुष्ट व्यक्ति हो र उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। व्यक्ति जो भए पनि वा उसले विगतमा जस्तो कार्य गरेको भए पनि, यदि उसले मण्डलीको काम र मण्डली जीवनमा प्रायजसो बाधा दिन्छ, काटछाँट हुन इन्कार गर्छ, र सधैँ गलत तर्कद्वारा आत्मरक्षा गर्छ भने, उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। यो शैली पूर्ण रूपमा मण्डलीको कामको सामान्य प्रगतिलाई कायम राख्‍न र परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूको रक्षा गर्नका लागि, सत्यता सिद्धान्तहरू र परमेश्‍वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिलाउने उद्देश्यका लागि हो। परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको काम केही दुष्ट व्यक्तिहरूको विवाद र अनुचित समस्याले प्रभावित हुनु हुँदैन—यो सार्थक हुँदैन र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि अन्यायपूर्ण पनि हुन्छ।

यदि दुष्ट मानिसहरूले बारम्बार मण्डलीमा बाधाहरू ल्याउँछन्, जसले गर्दा मण्डली जीवन अप्रभावकारी हुन्छ भने, मानिसहरूलाई वर्गीकरण गरेर भेलाहरूलाई फरक-फरक समूहमा विभाजन गर्नु नै सर्वोत्तम समाधान हो: सत्यतालाई प्रेम गर्ने र इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरू एक ठाउँमा भेला हुन्छन्; सत्यता पछ्याउन चाहने तर आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू एक ठाउँमा भेला हुन्छन्; र बाधा र अवरोधहरू निम्त्याउन, अरूको बारेमा कुरा काट्न, र अरूलाई आलोचना र निन्दा गर्न मन पराउने मानिसहरू एक ठाउँमा भेला हुन्छन्। यसरी, मण्डलीलाई मुख्य रूपमा मानिसहरूको तीन वटा समूहमा विभाजन गरेर—सबैलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरेर—यी समूहहरूले भेलाहरूमा एक-अर्कालाई हस्तक्षेप नगर्ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। खराब मानवता भएका मानिसहरूले जति नै जथाभाबी रूपमा दुष्कर्म गरे पनि, अरूलाई असर गर्नेछैनन् तर आफैलाई मात्रै हानि गर्नेछन्। कतिपय मानिसहरूमा क्रूर स्वभाव हुन्छ। यदि कसैले तिनीहरूलाई चोट पुर्‍याउने वा चिढ्याउने कुरा भन्यो भने, तिनीहरूले त्यस व्यक्तिलाई घृणा गर्नेछन्, र उसलाई आक्रमण गर्ने र प्रतिशोध लिने उपायहरू सोच्नेछन्। तिनीहरूलाई सत्यताबारे जसरी सङ्गति गरिए पनि, वा तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, तिनीहरूले यसलाई स्विकार्दैनन्। तिनीहरू पश्‍चात्ताप गर्नुभन्दा पहिले बरु मर्नेथिए, र तिनीहरूले मण्डली जीवनमा बाधा दिइरहनेथिए। यसले तिनीहरू दुष्ट मानिसहरू हुन् भन्‍ने प्रमाणित गर्छ। हामीले यस्ता दुष्ट मानिसहरूलाई सहिरहनु हुँदैन। तिनीहरूलाई सत्यता सिद्धान्तहरू अनुसार मण्डलीबाट निकालिनुपर्छ। यो समस्यालाई पूर्ण रूपमा समाधान गर्ने एउटै मात्र उपाय यही हो। तिनीहरूले जे-जस्ता गल्तीहरू वा जे-जस्ता खराब कामहरू गरेका भए पनि, ती क्रूर स्वभावका मानिसहरूले कसैलाई पनि तिनीहरूको खुलासा गर्न वा तिनीहरूलाई काटछाँट गर्न दिनेछैनन्। यदि कसैले तिनीहरूको खुलासा गर्‍यो र तिनीहरूलाई चिढ्यायो भने, तिनीहरू रिसाउनेछन्, तिनीहरूले प्रतिशोध लिनेछन्, र मामलालाई कहिल्यै जान दिनेछैनन्। तिनीहरूसँग अरू मानिसहरूप्रति कुनै धैर्यता र सहनशीलता हुँदैन, र तिनीहरूले सहनशीलताको अभ्यास गर्दैनन्। तिनीहरूको आत्म-आचरण कुन सिद्धान्तमा आधारित हुन्छ? “धोका खानुभन्दा त धोका दिनु बेस।” अर्को शब्दमा भन्दा, कसैले तिनीहरूलाई चिढ्याएमा तिनीहरूले त्यो सहँदैनन्। के यो दुष्ट मानिसहरूको तर्क होइन र? यो ठ्याक्कै दुष्ट मानिसहरूको तर्क नै हो। कसैले पनि तिनीहरूलाई चिढ्याउन पाइँदैन। कसैले तिनीहरूलाई अलिकति पनि चलाएमा तिनीहरूका लागि त्यो स्वीकार्य हुँदैन, र त्यसो गर्ने जोसुकैलाई तिनीहरूले घृणा गर्छन्। तिनीहरूले त्यस व्यक्तिलाई खेदो गरिरहनेछन् र यो कुरालाई कहिल्यै जान दिनेछैनन्—दुष्ट मानिसहरू यस्तै हुन्छन्। तैँले दुष्ट मानिसहरूमा दुष्ट मानिसहरूको सार छ भन्‍ने थाहा पाउनेबित्तिकै, तिनीहरूले कुनै ठूलो दुष्टता गर्नुभन्दा पहिले नै, तिनीहरूलाई अलग गर्नुपर्छ वा निकाल्नुपर्छ। यसले तिनीहरूले गर्ने क्षतिलाई न्यूनीकरण गर्नेछ; यो नै बुद्धिमानी निर्णय हो। यदि अगुवाहरू र कामदारहरू कुनै दुष्ट व्यक्तिले केही विपत्ति नल्याएसम्म उसलाई तह लगाउँदैनन् भने, तिनीहरू निष्क्रिय भइरहेका छन्। त्यसले अगुवाहरू र कामदारहरू अत्यन्तै मूर्ख छन्, र तिनीहरूको व्यवहारमा कुनै सिद्धान्तहरू छैनन् भन्‍ने कुरालाई प्रमाणित गर्नेछ। कतिपय अगुवाहरू र कामदारहरू यतिकै मूर्ख र अज्ञानी हुन्छन्। तिनीहरू दुष्ट मानिसहरूलाई तह लगाउनुभन्दा पहिले ठोस प्रमाण नभएसम्म पर्खन जिद कस्छन् किनभने तिनीहरूलाई त्यसरी मात्र मनमा शान्ति हुन्छ भन्‍ने लाग्छ। तर वास्तवमा, कुनै व्यक्ति दुष्ट छ भन्‍ने निश्‍चित गर्नका लागि ठोस प्रमाण चाहिँदैन। तिनीहरूको दैनिक बोलीवचन र व्यवहारबाट नै थाहा भइहाल्छ। तिनीहरू दुष्ट छन् भन्‍ने निश्चित भएपछि, तैँले तिनीहरूलाई प्रतिबन्धित गरेर वा अलग गरेर सुरुवात गर्न सक्छस्। यसले मण्डलीको काममा वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि नहुने सुनिश्‍चित गर्नेछ। कतिपय अगुवाहरू र कामदारहरूले दुष्ट को हो भनेर पत्ता लगाउन सक्दैनन्, न त तिनीहरूले दुष्ट मानिसहरूलाई समयमा तह लगाउन नै सक्छन्। परिणामस्वरूप, मण्डलीको काम र मण्डली जीवनमा असर पर्छ, अनि परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा पुग्छ। यो अत्यन्तै मूर्खतापूर्ण कुरा हो। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। एक हिसाबमा, तिनीहरूमा खुट्ट्याउने क्षमताको कमी हुन्छ, र अर्को हिसाबमा, तिनीहरू अरूलाई चिढ्याउँछु कि भन्ने डरले मान्छे खुसी पारिहिँड्ने मानिसहरू हुन्। अगुवाको रूपमा सेवा गर्दा, पहिलो कुरा, त्यस्ता मानिसहरूले वास्तविक काम गर्न सक्दैनन्; र दोस्रो कुरा, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन्। तिनीहरू दुष्ट मानिसहरूले निम्त्याएका बाधाहरूको समस्यालाई तुरुन्तै समाधान गर्नसमेत सक्दैनन्, न त तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रक्षा नै गर्न सक्छन्; त्यस्ता मानिसहरू अगुवा र कामदार हुन योग्य हुँदैनन्। ल भन्, यदि कुनै व्यक्तिलाई दुष्ट व्यक्तिका रूपमा चित्रण गरियो भने, के उसलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्नु अझै आवश्यक हुन्छ? (हुँदैन।) उसलाई मौका दिनुपर्ने कुनै आवश्यकता हुँदैन। कतिपय मानिसमा ज्यादै धेरै “प्रेम” हुन्छ, र तिनीहरू सधैँ दुष्ट मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइरहन्छन्, तर के यसले कुनै प्रभाव हासिल गर्न सक्छ? के यो परमेश्‍वरका वचनका सिद्धान्तहरू अनुरूप छ? के तैँले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍ने कुनै दुष्ट व्यक्ति देखेको छस्? कसैले पनि त्यस्तो कहिल्यै देखेको छैन। दुष्ट मानिसहरूले पश्‍चात्ताप गरून् भन्‍ने आशा गर्नु सर्पलाई दूध पिलाउनु जस्तै हो; यो त जङ्गली पशुलाई दया गर्नु हो। किनभने दुष्ट मानिसहरूको सारको आधारमा, दुष्ट मानिसहरूले कहिल्यै सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, सत्यतालाई कहिल्यै स्विकार्दैनन्, र कहिल्यै पश्‍चात्ताप गर्दैनन् भनेर निर्धारित गर्न सकिन्छ। तैँले तिनीहरूको शब्दकोशमा “पश्‍चात्ताप” भन्‍ने शब्द भेट्टाउँदैनस्। तैँले तिनीहरूसँग जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले आफ्ना मनसाय र हितहरूलाई बेवास्ता गर्नेछैनन्, र आफूलाई सही साबित गर्नका लागि विभिन्‍न कारण र बहानाहरू भेट्टाउनेछन्, र कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। यदि तिनीहरूलाई घाटा भयो भने, यो तिनीहरूका लागि असहनीय हुन्छ, र तिनीहरूले यसको बारेमा अरूलाई सधैँभरि सताउनेछन्। कुनै घाटा बेहोर्न नचाहने त्यस्ता मानिसहरूले कसरी साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्? अत्यन्तै स्वार्थी मानिसहरू तिनै हुन् जो यावत् थोकभन्दा आफ्नै हितहरूलाई प्राथमिकता दिन्छन्; तिनीहरू दुष्ट मानिसहरू हुन्, र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्नेछैनन्। यदि तैँले त्यस्तो व्यक्ति दुष्ट छ भन्‍ने कुरा राम्ररी बुझेर पनि अझै उसलाई पश्‍चात्ताप गर्ने मौका दिन्छस् भने, के त्यो मूर्खता होइन र? यो त जाडोले कक्रिएको सर्पलाई छातीमा राखेर न्यानो बनाउनु अनि पछि यसद्वारा डसिनु जस्तै हो। मूर्खले मात्रै यस्तो मूर्खतापूर्ण काम गर्छ। मण्डलीमा, परमेश्‍वरका चुनिएका जनहरूले दुष्ट मानिसहरूलाई घृणा गर्नु सामान्य कुरा हो, किनभने दुष्ट मानिसहरूमा मानवता हुँदैन र तिनीहरूले सधैँ अनैतिक कामहरू गर्छन्। दुष्ट मानिसहरूलाई घृणा गर्नु सही मानसिकता हो। यो मानिसहरूको सामान्य मानवतामा हुनुपर्ने पाटो हो।

ल भन्, दाजुभाइ-दिदीबहिनीहरूप्रति कुनै प्रेम नभएको व्यक्ति कस्तो व्यक्ति हो? उसले किन दाजुभाइ-दिदीबहिनीहरूसँग अलिकति पनि सामान्य आपसी सम्बन्ध समेत राख्दैन? यस्तो व्यक्तिले जोसँग अन्तरक्रिया गरे पनि, यी अन्तरक्रियाहरूलाई स्वार्थ र लेनदेनसँग मात्रै जोड्छ; यदि कुनै स्वार्थ वा लेनदेनहरू संलग्‍न छैनन् भने, उसले मानिसहरूलाई वास्ता नै गर्नेछैन। के यस्तो व्यक्ति दुष्ट होइन र? कतिपय मानिसहरू सत्यता पछ्याउँदैनन् र भावनाहरूको आधारमा मात्रै जिउँछन्; जसले तिनीहरूलाई राम्रो व्यवहार गर्छ, तिनीहरू उसैको नजिक हुन्छन्, र जसले तिनीहरूलाई सहयोग गर्छ, तिनीहरूले उसैलाई असल ठान्छन्। त्यस्ता मानिसहरूको पनि सामान्य आपसी सम्बन्ध हुँदैन। तिनीहरू भावनाहरूको आधारमा मात्रै जिउँछन्, त्यसकारण के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई निष्पक्ष र न्यायसङ्गत रूपमा व्यवहार गर्न सक्छन्? यो कदापि सम्भव छैन। त्यसकारण, दाजुभाइ-दिदीबहिनीहरूसँग, वा परमेश्‍वरमा इमानदारीका साथ विश्‍वास गर्ने मानिसहरूसँग सामान्य आपसी सम्बन्ध नभएको जोकोही विवेक र समझ नभएको व्यक्ति हो, सामान्य मानवता नभएको व्यक्ति हो, र पक्कै पनि सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन। यस्ता व्यक्तिहरू गैरविश्‍वासीहरूमध्येका सानातिना निकम्माभन्दा फरक हुँदैनन्; तिनीहरू जो आफ्ना लागि फाइदाजनक छ ऊसँग अन्तरक्रिया गर्छन् र फाइदाजनक नरहेका मानिसहरूलाई बेवास्ता गर्छन्। यसको साथै, जब तिनीहरूले कसैले सत्यता पछ्याइरहेको वा अनुभवात्मक गवाही बाँड्न सक्‍ने, सबैले आदर गर्ने र मन पराउने व्यक्तिलाई देख्छन्, तब तिनीहरूले डाहा र घृणा गर्छन् अनि सत्यता पछ्याउने यी मानिसहरूलाई आलोचना र निन्दा गर्नका लागि हतियारहरू बटुल्‍न भरमग्दुर प्रयास गर्छन्। के दुष्ट मानिसहरूले यही गर्दैनन् र? त्यस्ता मानिसहरूमा विवेक र समझको कमी हुन्छ—तिनीहरू पशुभन्दा खराब हुन्छन्। तिनीहरूले मानिसहरूलाई सही व्यवहार गर्न सक्दैनन्, तिनीहरू अरूसँग सामान्य रूपमा मिलेर बस्‍न सक्दैनन्, परमेश्‍वरका चुनिएका मानिसहरूसँग सामान्य आपसी सम्बन्ध निर्माण गर्न सक्दैनन्, र सत्यता पछ्याउनेहरूलाई घृणा समेत गर्न सक्छन्। यस्ता मानिसहरूलाई अवश्य नै हृदयमा अत्यन्तै अलग्गिएको र एक्लो महसुस हुन्छ होला, र तिनीहरू सधैँ स्वर्ग र अरू मानिसबारे गुनासो गर्छन्। तिनीहरूसँग जिउनुको के आनन्द वा अर्थ हुन्छ र? यी मानिसहरूको स्वभाव क्रूर हुन्छ, र तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, तिनीहरूमा सानातिना मामलाहरूका कारण घृणा जाग्न सक्छ, तिनीहरूले उसलाई दोष दिन र बदला लिन, साथै उसको जीवनमा विपत्ति ल्याउन सक्छन्। त्यस्ता दुष्ट व्यक्तिहरू पूर्ण रूपमा दियाबलसहरू हुन्, जसले आफू रहुञ्जेल हरेक दिन मण्डलीमा विपत्ति ल्याउँछन्। यदि तिनीहरू लामो समयसम्म बसे भने, विपत्तिहरूको अन्त्य नै हुनेछैन। तिनीहरूलाई मण्डलीबाट हटाएर मात्रै विपत्तिहरू रोक्न सकिन्छ। यसको साथै, बाहिरबाट सभ्य देखिने तर फाइदाहरू प्राप्त गर्न विशेष रुचि राख्‍ने मानिसहरू पनि हुन्छन्। त्यसकारण, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि फाइदाहरू खोज्‍नकै लागि गरिएको हुन्छ। यदि तिनीहरूले केही समयदेखि कुनै अनुचित फाइदा लिन पाएका छैनन् भने, तिनीहरूको अनुहार अँध्यारो हुन्छ, मानौँ कसैले तिनीहरूलाई धेरै ऋण तिर्नै बाँकी छ। तिनीहरूको चिढिएको र निराश अनुहार देख्‍ने जोकोही व्यक्ति तुरुन्तै भावनात्मक रूपमा प्रभावित हुन्छ। तिमीहरूलाई के लाग्छ, यदि यस्तो अनुहार मण्डली जीवनमा देखा पर्‍यो भने, यसले कस्तो प्रभाव ल्याउला? परमेश्‍वरका चुनिएका धेरैजसो मानिसहरूलाई यो देख्दा अवश्य नै अप्ठ्यारो लाग्छ, र परमेश्‍वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने तिनीहरूको काममा विभिन्‍न हदसम्म बाधा र असर पर्छ। विशेषगरी साँचो मार्गमा जरा नगाडेका मानिसहरूको हकमा, मण्डली जीवनमा निरन्तर यस्तो उदास अनुहार देख्दा यसले तिनीहरूलाई सहजै असर पार्छ! मण्डलीमा हँसिलो व्यक्तित्व भएका, सरल र खुलस्त बोल्ने, र शान्ति र आनन्दले भरिपूर्ण हृदय भएका, र स्वतन्त्र र मुक्त आत्मा भएका मानिसहरू बढी हुनुपर्छ। यसले मण्डली जीवन आनन्दित बनाउनेछ। सधैँ उदास हुने ती अमिलोमुखेहरूले भेलाहरूमा आउनुपहिले घरमा परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ र आफ्नो मानसिकता परिवर्तन गर्नुपर्छ। यो तरिकाले तिनीहरू राम्रो मुडमा हुनेछन्, र तिनीहरूले भेलाबाट केही कुरा प्राप्त गर्नेछन्। यसको साथै, यसले अरूलाई पनि फाइदा पुर्‍याउनेछ; कम्तीमा पनि, तिनीहरूलाई कुनै बाधा दिइनेछैन। परमेश्‍वरका चुनिएका मानिसहरूले सामान्य मण्डली जीवन जिउन सक्छन् भन्‍ने कुरा सुनिश्‍चित गर्नको लागि, अगुवाहरू र कामदारहरूले समस्याहरू सुल्झाउन सत्यता सङ्गति गर्न सिक्‍नुपर्छ। यदि कुनै व्यक्ति उदास अनुहार लिएर भेलामा आउँछ भने, अगुवाहरू र कामदारहरूले अघि बढेर उसलाई सोध्नुपर्छ, “के तपाईंलाई मद्दत चाहिन्छ?” प्रेमसाथ अरूलाई सक्रिय रूपमा सहयोग गर्नु भनेको यही हो। यदि अगुवाहरू र कामदारहरूले कसैकसैमा समस्यामा छ भनेर देख्छन् तर बेवास्ता गरेर ती “अमिलोमुखेहरू” को दिन उज्यालो बनाउन सत्यता सङ्गति नगरी तिनीहरूबाट टाढा बस्‍ने र तर्किने गर्छन् भने, तिनीहरूले वास्तविक काम गरिरहेका हुँदैनन्। मण्डलीको काम प्रभावकारी रूपमा गर्नको लागि, अगुवाहरू र कामदारहरूले सर्वप्रथम परमेश्‍वरका चुनिएका मानिसहरूको विश्‍वासपात्र बन्‍न सिक्‍नुपर्छ, अर्थात् गैरविश्‍वासीहरूले भन्‍ने गरेको दयालु सरकारी अधिकारीजस्तो व्यक्ति बन्‍नुपर्छ। कति मानिसहरू त यस्तो भूमिका खेल्न अनिच्छुक हुन्छन्, र सधैँ दर्शक बन्‍न रुचाउँछन्—तिनीहरूले कसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई यसरी राम्रो मण्डली जीवन जिउन अगुवाइ गर्न सक्छन्? वास्तवमा, कसैको हृदयमा समस्याहरू छन् कि छैनन् भन्‍ने कुरा केही हदसम्म उसको अनुहारको भावबाट देख्‍न सकिन्छ। यदि कसैको अनुहार सधैँ अँध्यारो छ भने, यसको अर्थ पक्कै पनि उसको हृदय अँध्यारो छ र त्यसमा अलिकति पनि ज्योति छैन भन्‍ने हुन्छ। यदि तिनीहरू दिनभरि सही र गलतको विवादमा डुब्छन् भने, के तिनीहरूको अनुहारमा अझै पनि मुस्कान देख्‍न सकिन्छ र? यी मानिसहरूको अनुहार सधैँ अँध्यारो बादलले ढाकिएको हुन्छ, जसमा अलिकति पनि उज्यालो हुँदैन, अनि यसले तिनीहरूको कर्तव्य निर्वाहमा पनि असर पुर्‍याउँछ। यदि अगुवाहरू र कामदारहरूले यो समस्या सम्बोधन र समाधान गर्न ढिलो गरे, जसले गर्दा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले निरन्तर बाधा र अकल्पनीय कष्ट भोग्‍नुपर्‍यो भने, यसले यो प्रमाणित गर्छ कि यी अगुवाहरू र कामदारहरू वास्तविक काम गर्न असमर्थ छन्, सत्यताद्वारा समस्याहरू समाधान गर्न नसक्‍ने, र पूर्ण रूपमा काम नलाग्‍ने छन्। यदि अगुवाहरू र कामदारहरूले सत्यता बुझ्छन् र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरू पहिचान गर्न सक्छन्, र समयमै साथ र सहयोग प्रदान गर्न सक्छन्, र यसरी मानिसहरूका समस्याहरू समाधान गर्न मात्र नभई, मानिसहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न र कर्तव्य पूरा गर्नसमेत मद्दत गर्न सक्छन् भने, तिनीहरूको कर्तव्यनिर्वाह र मामलाहरू सम्हाल्ने कार्य प्रभावकारी हुनेछ, र मण्डलीको काममा असर हुनेछैन। यदि अगुवाहरू र कामदारहरूले तुरुन्तै समस्याहरू पहिचान र समाधान गर्न सक्दैनन् भने, यसले मण्डलीको काममा असर गर्छ। यदि अगुवाहरू र कामदारहरूले समस्याहरू पहिचान र समाधान गर्न नसकेर मण्डलीको काममा हानि हुन्छ र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा हुन्छ भने, के तिनीहरूले परमेश्‍वर र उहाँका चुनिएका मानिसहरूलाई निराश तुल्याएका हुँदैनन् र? के मामलाहरू सम्हाल्ने तिनीहरूको कार्यप्रक्रियामा सिद्धान्तहरूको कमी हुँदैन र? समस्याहरूको सार देखेपछि तुरुन्तै र बिनाहिचकिचाहट तिनलाई सम्हाल्नु—यही नै जिम्मेवारी पूरा गर्नु र बफादार हुनु हो, र यही नै मापदण्डअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु हो।

आजको सङ्गतिको विषय छैटौं समस्या, अर्थात् अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु भन्‍ने हो। मण्डली जीवनमा देखा पर्ने यस्ता समस्याहरू मूलभूत रूपमा यी हुन्: विपरीतलिङ्गी व्यक्तिहरूबीचको अनुचित सम्बन्ध, समलिङ्गी सम्बन्ध, निहित स्वार्थहरूको सम्बन्ध, र व्यक्तिहरूबीचको घृणा। चाहे देहगत वासना भए नि, वा चाहे देहगत स्वार्थहरूमा आधारित सम्बन्ध, वा देहका भावनात्मक बन्धनहरूमा आधारित सम्बन्धहरू भए नि, यी सबै अनुचित सम्बन्धहरूकै वर्गमा पर्छन्, किनभने ती सामान्य मानवताको विवेक र समझको क्षेत्रभन्दा बाहिर जान्छन्। यी अनुचित सम्बन्धहरूको अस्तित्वले मानिसहरूलाई निश्‍चित हदसम्म बाधा दिन सक्छन्। अझै गम्भीर रूपमा भन्दा, यी कुराहरूले मानिसहरूको जीवन प्रवेश, सत्यता पछ्याइ, र परमेश्‍वर चिन्‍ने पछ्याइमा बाधा दिन सक्छन्। यी विभिन्‍न प्रकारका अनुचित सम्बन्धहरू विवेक वा समझबाट आउँदैनन्, र यी सम्बन्धहरू सामान्य मानवताको विपरीत हुन्छन्। मानिसहरू यी असामान्य सम्बन्धहरूमा जिउँदा सत्यता स्विकार्न र अभ्यास गर्न गाह्रो हुन्छ, र यसले तिनीहरूलाई मण्डली जीवन जिउन र जीवन वृद्धि पछ्याउनमा बाधा दिन्छ, र साथै यसले मण्डली जीवनको सुव्यवस्थामा पनि बाधा दिन्छ। यो परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानिकारक हुन्छ र यसले मण्डलीको काममा पनि हानि गर्न सक्छ। यो सबै कुराको कारण, अगुवाहरू र कामदारहरूले यी समस्याहरू तुरुन्तै पहिचान गर्नु र सम्हाल्नु अत्यावश्यक हुन्छ।

अनुचित सम्बन्धहरूको हकमा भन्‍नुपर्दा, हामीले पहिले नै फरकफरक परिस्थितिहरू सूचीबद्ध र वर्गीकरण गरिसकेका छौं। के तिमीहरूले खुट्ट्याउने क्षमताको अभ्यास गर्ने केही उदाहरणहरू दिन सक्छौ? खुट्ट्याउने क्षमता सिक्‍नुको उद्देश्य के हो? यो तिमीहरूलाई मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको सार चिन्‍न र परिभाषित गर्न सक्षम तुल्याउनु, ताकि तिमीहरूले सही मूल्याङ्कन गर्न, अनि सिद्धान्तहरूअनुसार तिनलाई व्यवहार गर्न सक भन्‍ने हो। अन्तिम परिणाम यही हो। के कसैले यसो भनेको छ, “तपाईं दिनभरि सही र गलत भन्‍ने यी कुराहरूबारे, यी दैनिक मामलाहरूबारे कुरा गर्नुहुन्छ—हामी अब यी कुरा सुन्न चाहँदैनौँ; हामी अबदेखि भेलाहरूमा समेत आउन चाहँदैनौँ। के तपाईंले सत्यता सङ्गति गरिरहनुपर्ने होइन र? किन सधैँ यी परिस्थितिहरूबारे कुरा गर्नुहुन्छ?” के तिमीहरूले त्यस्ता मानिसहरू देखेका छौ? तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? (आत्मिक बुझाइ नभएका मानिसहरू।) हामीले यसरी सङ्गति गर्छौं, तैपनि तिनीहरूले अझै पनि सत्यता बुझ्न सक्दैनन्—तिनीहरूसँग सामान्य व्यक्तिको बुद्धि हुँदैन; त्यस्ता मानिसहरू पूर्ण रूपमा काम नलाग्‍ने हुन्छन्। के मानवको जस्तो बुद्धि नै नभएको व्यक्तिलाई अझै पनि प्रवचन सुनाइरहने त? सायद तिनीहरूले यस्तो प्रस्ताव गर्छन्: “भेलाहरूमा सधैँ सत्यता सङ्गति गर्ने, सधैँ सत्यता अभ्यास गर्नेजस्ता कुराहरूबारे कुराकानी गर्ने गरिन्छ—मलाई यस्तो कुरा सुनेर दिक्‍क लागिसक्यो। म अबदेखि भेलाहरूमा आउन चाहन्नँ।” यदि तिनीहरूले साँच्‍चै नै यस्तो दृष्टिकोण राख्छन् भने, तिनीहरू सत्यताप्रति वितृष्ण मानिसहरू हुन्। त्यस्ता मानिसहरूको हकमा, परमेश्‍वरको घरले तिनीहरूको सहभागितामा जोड दिँदैन; तिनीहरूलाई तुरुन्तै बिदा गर। यदि तिनीहरू आफै भेलाहरूमा आउन अनिच्छुक हुन्छन्, र तिनीहरूसँग छलफल गरिएको कुरा स्वीकार गर्दैनन् भने, हामी जोड गर्दैनौँ—हामी तिनीहरूलाई बाधा दिन खोजिरहेका छैनौँ। यस्ता मानिसहरूले जीवनभर परमेश्‍वरमा विश्‍वास गरे नि सत्यता बुझ्नेछैनन् र तिनीहरू वास्तविकतामा प्रवेश गर्नेछैनन्; यो त मेहनत खेर फाल्नु हो। यदि तिनीहरूलाई धर्मशास्‍त्रीय ज्ञान सुन्न मन पर्छ भने, तिनीहरूलाई धर्मशास्‍त्रीय ज्ञान अध्ययन गर्न जान देओ; एकदिन, जब तिनीहरूले जीवनको रूपमा सत्यता प्राप्त गर्दैनन्, तब तिनीहरूले यो कुराको पछुतो गर्नेछन्।

मे २९, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्