अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४) खण्ड तीन
ऊ. अनुचित सम्बन्धहरूमा संलग्न हुनु
परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने छैटौं समस्या अनुचित सम्बन्धमा संलग्न हुनु हो। मानिसहरू सम्पर्कमा आएर भेला हुन सक्छन् भने, त्यहाँ सामूहिक जीवन हुने नै छ, र यसबाट विभिन्न सम्बन्धहरू पैदा हुने नै छन्। त्यसोभए, यीमध्ये कुन-कुन सम्बन्धहरू उचित हुन्छन्, र कुन-कुन अनुचित हुन्छन्? सुरुमा उचित सम्बन्धहरू के हुन् भन्नेबारे कुरा गरौँ, र त्यसपछि अनुचित सम्बन्धहरूबारे सङ्गति गरौँ। जब विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई भेट्छन् र अभिवादन गर्छन्, तब तिनीहरूले यस्ता कुराहरू भन्न सक्छन्, “आजभोलि कस्तो छ तपाईंलाई? सन्चै हुनुहुन्छ? के तपाईंको छोरा वा छोरीले अर्को वर्ष हाई स्कूल सुरु गर्छ? तपाईंको श्रीमान्को व्यापार कस्तो भइरहेको छ?” के यस्तो पारस्परिक अभिवादन उचित सम्बन्धको रूपमा गनिन्छ? (गनिन्छ।) तिमीहरू किन त्यसो भन्छौ? किनभने लामो समयदेखि एकअर्कालाई नभेटेका दुई जना मानिसहरू भेट हुँदा, अभिवादनका केही शब्दहरू बोल्नु सबैभन्दा आधारभूत शिष्टाचार, साथै वास्ता र अभिवादनको सबैभन्दा आधारभूत प्रदर्शन हो। यी सबै कुरा मानिसहरूले सामान्य मानवताको दायराभित्र उठाउने शब्द, व्यवहार, र सान्दर्भिक विषयहरू हुन्। अहिलेसम्मको तिनीहरूको कुराकानीबाट हेर्दा, तिनीहरूको सम्बन्ध निकै उचित छ भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरूको कुराकानी शिष्टाचार र सामान्य मानवता दुवैमा आधारित हुन्छ, र यी दुई बुँदाहरूबाट, यसरी कुराकानी गरिरहेका दुई जना मानिसहरूबीचको सम्बन्ध उचित छ, र यसले सामान्य अन्तरवैयक्तिक सम्बन्ध प्रतिनिधित्व गर्छ भनेर निर्धारित गर्न सकिन्छ। यदि दुई जना मानिसहरू एकअर्कासँग निकै परिचित छन्, तैपनि भेट्दा, आँखा तरेर हेर्छन् र बोल्दैनन्, र एकअर्कालाई हेर्दा, तिनीहरूको आँखा रिसले रातो हुन्छ भने, के यो सम्बन्ध सामान्य हुन्छ? (अहँ, हुँदैन।) किन यो सामान्य हुँदैन? यसलाई कसरी परिभाषित गरिनुपर्छ? जब दुई जना मानिसहरू भेट्छन्, तब तिनीहरू सामान्य कुराकानी र गफमा सहभागी हुनु त परै जाओस्, एकअर्कालाई अभिवादन वा “नमस्कार” समेत गर्दैनन् भने, तिनीहरूको प्रकटीकरणले सामान्य मानवताबाट अपेक्षा गरिएको कुरा प्रतिबिम्बित गर्दैन भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरूको सम्बन्ध सामान्य अन्तरवैयक्तिक सम्बन्ध होइन; यो अलिक विकृत छ, तर यो अझै पनि अनुचित सम्बन्धचाहिँ होइन, र अनुचित हुनबाट यसमा केही दूरी बाँकी हुन्छ। समग्रमा, यदि मानिसहरूबीचको सम्बन्ध सामान्य मानवताको आधारमा स्थापित छ, जहाँ व्यक्तिहरूले सामान्य रूपमा र सिद्धान्तहरूअनुसार अन्तरक्रिया र सङ्गत गर्न सक्छन्, र एकअर्कालाई सहयोग, साथ, र भरणपोषण प्रदान गर्न सक्छन् भने, यो सबैले मानिसहरूबीच उचित सम्बन्धहरू छन् भन्ने देखाउँछ। यसको अर्थ व्यावसायिक तरिकाले काम गर्नु, लेनदेनमा संलग्न नहुनु, परस्पर अल्झिएका हितहरू नहुनु, घृणा नहुनु, र देहगत इच्छाहरूद्वारा निर्देशित कार्य-व्यवहारहरू नहुनु हो। यी सबै कुरा उचित सम्बन्धको दायराभित्र पर्छन्। के यो दायरा निकै व्यापक छैन र? सामान्य अन्तरवैयक्तिक सम्बन्धहरूमा सामान्य मानवताको क्षेत्रभित्रको कुराकानी र सञ्चार हुन्छ, अर्थात् यसमा सामान्य मानवताको विवेक र समझको आधारमा अरूसँग अन्तरक्रिया र सङ्गत गर्ने, र सँगसँगै मिलेर काम गर्ने कार्य समावेश हुन्छ। उच्च तहबाट हेर्दा, यसमा सत्यता सिद्धान्तहरूअनुसार अन्तरक्रिया र सङ्गत गर्ने कार्य समावेश हुन्छ। मानिसहरूबीच हुने उचित अन्तरवैयक्तिक सम्बन्धहरूको सामान्य परिभाषा यही हो। भेट भएपछि एकअर्कालाई अभिवादन गर्नु सबैभन्दा सामान्य अन्तरक्रिया हो। फाइँफुट्टी नलगाई सामान्य रूपमा अभिवादन र कुराकानी गर्न सक्नु, स्नेह नै नहुने ठाउँमा स्नेह नदेखाउनु, श्रेष्ठ भएको व्यवहार नगर्नु, अरूलाई दमन नगरी वा आफूलाई नउचाली बोल्नु, र सामान्य रूपमा बोल्नु र कुराकानी गर्नु—सामान्य मानवता भएका मानिसहरूले बोल्नु र कुराकानी गर्नुपर्ने यसरी नै हो, र सामान्य अन्तरवैयक्तिक सम्बन्धहरूमा अन्तरक्रिया गर्ने आधारभूत तरिका पनि यही हो। परमेश्वरका चुनिएका मानिसहरूमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र परमेश्वरले मानिसहरूबाट माग गर्ने सिद्धान्त र मापदण्डहरूअनुसार एकअर्कासँग अन्तरक्रिया गर्नुपर्छ, सङ्गत गर्नुपर्छ, र मिलेर काम गर्नुपर्छ। यो नै सबैभन्दा राम्रो तरिका हो। यसले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ। त्यसोभए, परमेश्वरले माग गरेका सत्यता सिद्धान्तहरू के-के हुन्? मानिसहरूले अरूहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूलाई बुझ्नुपर्छ, तिनीहरूका पीडा र कठिनाइहरूप्रति विचारशील हुनुपर्छ, र त्यसपछि यी कुराहरूबारे सोधपुछ गर्नुपर्छ, र सहयोग र साथ दिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन मद्दत गर्न परमेश्वरका वचनहरू पढेर सुनाउनुपर्छ, जसले गर्दा तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन् र तिनीहरू कमजोर हुन छोड्छन्, र यस कार्यले तिनीहरूलाई परमेश्वरको अघि ल्याउँछ। के अभ्यास गर्ने यो तरिका सिद्धान्तहरूअनुरूप छैन र? यसरी अभ्यास गर्नु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। स्वाभाविक रूपमै, यस्ता सम्बन्धहरू सत्यता सिद्धान्तहरूसँग अझै मिल्छन्। जब मानिसहरूले जानीजानी बाधा र अवरोधहरू पैदा गरिरहेका हुन्छन्, वा जानीजानी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका हुन्छन्, तब यदि तैँले यो कुरा देखिस् र तिनीहरूलाई यी कुराहरू औँल्याउन, हप्की लाउन, र सिद्धान्तहरूअनुसार मद्दत गर्न सकिस् भने, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तँ तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छस् वा त्यसलाई जानाजानी बेवास्ता र ढाकछोप गर्छस्, र तिनीहरूलाई प्रशंसा र तारिफ गर्न राम्राराम्रा कुराहरूसमेत बोल्छस् भने, मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, र समस्याहरू सुल्झाउने यी तरिकाहरू स्पष्ट रूपमै सत्यता सिद्धान्तहरूसँग बाझिन्छन्, र परमेश्वरका वचनहरूमा तिनको कुनै आधार हुँदैन। त्यसकारण, मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने यी तरिकाहरू स्पष्ट रूपमै अनुचित छन्, र परमेश्वरका वचनहरूअनुसार तिनलाई चिरफार र पहिचान गरिएन भने, तिनलाई पत्ता लगाउन वास्तवमै सजिलो छैन। सत्यता नबुझ्ने मानिसहरूले यी मामलाहरू पहिचान गर्ने सम्भावना हुँदैन, र तिनीहरूले यी मामलाहरूलाई समस्याहरू नै हुन् भनेर स्वीकार गरे पनि, तिनलाई समाधान गर्न तिनीहरूलाई सजिलो हुँदैन। हामीले भ्रष्ट मानवजाति सबै शैतानको स्वभावअनुसार जिउँछन् भनेर प्रायजसो भन्ने गरेका छौं, र यी प्रकटीकरणहरू यसका प्रमाणहरू हुन्। अब, के तिमीहरू यो कुरा स्पष्ट रूपमा देख्छौ?
आजको हाम्रो सङ्गतिको मुख्य ध्यान मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने चार प्रकारका अनुचित सम्बन्धहरूका प्रकटीकरणहरू खुलासा गर्नु हो। मण्डलीभित्र अनुचित सम्बन्धहरूमा संलग्न हुनेहरू को हुन्? अनुचित सम्बन्ध वास्तवमा के हो? अनुचित सम्बन्धहरूमा संलग्न हुनुमा कुन-कुन समस्याहरू पर्छन्? हाम्रो सङ्गतिको मुख्य विषय परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूसँग सम्बन्धित भएकोले, अनुचित सम्बन्धहरूबारेको यो छलफल मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने कुराहरूमा मात्रै सीमित छ। हामीले हरप्रकारका अनुचित सम्बन्धहरूलाई एकै ठाउँ थुपारिरहेका छैनौँ, र मण्डली जीवनभन्दा बाहिरका कुराहरू हाम्रो चिन्ताका विषय होइनन्। तिमीहरूले यो कुरालाई विशुद्ध रूपमा, र कुनै विचलनविना बुझ्नुपर्छ। त्यसोभए, अनुचित सम्बन्धहरूमा संलग्न हुने कुरा आउँदा, मानिसहरूबीचका के-कस्ता समस्याहरू, र के-कस्ता सम्बन्धहरू अनुचित हुन्छन्? कुन-कुन अनुचित सम्बन्धहरूले मण्डली जीवन र धेरैजसो मानिसहरूमा बाधा र व्यवधान ल्याउँछन्? के यी समस्याहरू सङ्गति गर्न लायक छन्? (छन्।) यी कुराहरूलाई हाम्रो सङ्गतिमा स्पष्ट रूपमा सम्बोधन गरिनुपर्छ।
क. विपरीतलिङ्गी व्यक्तिहरूबीचको अनुचित सम्बन्ध
मण्डली जीवनमा, सबैभन्दा आम, सहजै बुझिने, र सहजै चित्रण गर्न सकिने अनुचित सम्बन्ध कुन हो? (विपरीतलिङ्गी व्यक्तिहरूबीचका सम्बन्धहरू।) मानिसहरूले अनुचित सम्बन्धहरूबारे सोच्दा मनमा आउने पहिलो पक्ष यही हो। कतिपय मानिसहरू समूहमा हुँदा सधैँ विपरीतलिङ्गी मानिसहरूसँग जिस्केर बस्छन्; तिनीहरूले अनुचित इशारा र हाउभाउ देखाउँछन्, एकदमै भावात्मक शैलीले बोल्छन्, र आफ्नो प्रदर्शन गर्न मन पराउँछन्। अनुचित शब्द प्रयोग गरेर भन्नुपर्दा, यो आफ्नो यौनता देखाउने कार्य हो। तिनीहरूलाई विपरीतलिङ्गीहरूको अगाडि बाठो, हँसाउने, रोमान्टिक, भद्र, पुरुषार्थी, आकर्षक, र शिक्षित देखिन मन पर्छ; तिनीहरूलाई विशेष गरी आफ्नो प्रदर्शन गर्न मन पर्छ। तिनीहरूले किन आफ्नो प्रदर्शन गर्छन्? यो हैसियतको लागि प्रतिस्पर्धा गर्नको लागि होइन, बरु विपरीतलिङ्गी व्यक्तिलाई आकर्षित गर्नको लागि हो। जति धेरै विपरीतलिङ्गी मानिसहरूले तिनीहरूप्रति ध्यान दिन्छन्, र मक्ख पर्दै, आदरसाथ, र पूज्य भावले तिनीहरूलाई हेर्छन्, त्यति नै तिनीहरू उत्साहित र जोसिला हुन्छन्। अनि तिनीहरूले मण्डली जीवनमा सहभागी हुन जति धेरै समय बिताउँछन् र जति धेरै मानिसहरूको सम्पर्कमा आउँछन्, त्यति नै तिनीहरूले केही व्यक्तिहरूलाई निसाना बनाउँछन्, विपरीतलिङ्गी मानिसहरूसँग जिस्किन्छन् र आँखाले इसारा गर्छन्, र प्रायजसो उत्तेजक शैलीमा कामुकता मिसाएरसमेत बोल्छन्। के मानिसहरूबीचको यस्तो सम्बन्ध उचित हुन्छ? (हुँदैन।) यो अनुचित सम्बन्धहरूमा संलग्न हुनु हो। त्यस्ता व्यक्तिहरूले भेलाको समयलाई आफ्नो प्रदर्शन गर्नको लागि समेत प्रयोग गर्छन्, र आफूले मन पराएको वा आफूलाई चासो लागेको व्यक्तिअगाडि विशेष रूपमा बाठो र आकर्षक देखिनको लागि बोल्ने गर्छन्, र अनुचित हाउभाउहरू गर्छन् र अनुचित तरिकाले हेर्छन्, प्रफुल्लित र उत्साहित भाव प्रस्तुत गर्छन्, फुत्रुकफुत्रुक उफ्रँदै हिँड्छन्, र यो सबको उद्देश्य के हुन्छ? यो विपरीतलिङ्गी व्यक्तिलाई अनुचित सम्बन्धमा फसाउनको लागि हो। धेरै दाजुभाइ-दिदीबहिनीहरू यसबाट विकर्षित भएको, र वरपरका मानिसहरूले तिनीहरूलाई धेरै चेतावनी दिएको बाबजुद तिनीहरू अझै रोकिँदैनन् र बेपर्बाह प्रलोभनमा पार्ने कार्यमा अडिग रहन्छन्। यदि त्यस्ता अनुचित सम्बन्धहरूमा मण्डली जीवनबाहिर दुई मानिसहरूले एकअर्कासँग जिस्काजिस्की गरेको कुरा मात्र संलग्न छ भने र यसले मण्डली जीवन वा मण्डलीको काममा असर गर्दैन भने, यो मामलालाई तत्कालको लागि एकातिर राख्न सकिन्छ। तैपनि, यदि अनुचित सम्बन्धहरूमा संलग्न हुनेहरूले मण्डली जीवनभित्र यस्ता व्यवहारहरूमा नियमित रूपमा संलग्न भएर अरूलाई बाधा दिइरहन्छन् भने, तिनीहरूलाई चेतावनी दिनुपर्छ र प्रतिबन्ध लगाउनुपर्छ। यदि तिनीहरूलाई बारम्बार चेतावनी दिँदा पनि तिनीहरू सुधार गर्न नसकिने अवस्थामै रहन्छन् र मण्डली जीवनमा तिनीहरूले पहिल्यै गम्भीर रूपमा बाधा दिइसकेका छन् भने, परमेश्वरका चुनिएका मानिसहरूले भोट गरेर तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। के यो कार्यशैली उचित छ? (छ।) यदि जवान मानिसहरू सामान्य रूपमा डेटिङ गरिरहेका छन् भने, तिनीहरू पनि अरूलाई असर नपार्नको लागि भेलाहरूमा विवेकशील हुनुपर्छ। मण्डली परमेश्वरको आराधना गर्ने, परमेश्वरका वचनहरू प्रार्थना-वाचन गर्ने, र मण्डली जीवन जिउने ठाउँ हो; अरूलाई बाधा दिने व्यक्तिगत स्नेहका कुरा मण्डली जीवनमा ल्याउनु हुँदैन। यदि यसले अरूलाई बाधा दिन्छ, भेलाहरूमा अरूको मुडमा असर पार्छ, र अरूले परमेश्वरका वचनहरू पढ्ने कार्यमा र परमेश्वरका वचनहरूको बुझाइ र ज्ञानमा असर पार्छ, जसले गर्दा अझै धेरै मानिसहरूको ध्यान भङ्ग हुन्छ र तिनीहरूलाई बाधा हुन्छ भने, त्यस्तो सम्बन्धलाई अनुचित सम्बन्धको रूपमा चित्रण गरिन्छ। यदि उचित डेटिङले पनि अरूलाई बाधा दिन्छ भने, यसलाई समेत अनुचित सम्बन्धको रूपमा चित्रण गरिन्छ, अनि डेटिङभन्दा अन्य हिसाबले विपरीतलिङ्गी व्यक्तिलाई कामुक प्रलोभनमा पार्नु त झनै अनुचित सम्बन्ध हो। त्यसकारण, यदि कुनै व्यक्ति मण्डली जीवनभित्र अनुचित सम्बन्धहरूमा संलग्न हुन्छ भने, उसलाई चुपचाप अनुमति दिनु वा सहनु हुँदैन, बरु सिद्धान्तहरूअनुसार चेतावनी दिनुपर्छ, प्रतिबन्ध लगाउनुपर्छ, र निकाल्नुसमेत पर्छ। यो अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने काम हो। यदि कुनै व्यक्ति अनुचित सम्बन्धहरूमा संलग्न भएको छ र त्यसबाट मण्डलीका धेरैजसो मानिसहरूलाई बाधा पुगेको छ, र उसको उपस्थितिले गर्दा अरूको ध्यान भङ्ग हुन्छ र अरूहरू कामुक विचारहरूको जालमा पर्छन्, र यसले गर्दा परिवारहरू विखण्डित हुन्छन् र कतिपय नयाँ विश्वासीहरूले भेलाहरूमा, परमेश्वरका वचनहरू पढ्नमा, वा विश्वास गर्नमा समेत रुचि गुमाउँछन्, र यसको सट्टा आफूले प्रेम गर्ने व्यक्तिप्रति झनै बढी प्रेममा लिप्त हुन्छन्, र ऊसँग भागेर आफ्ना दिनहरू सँगै बिताउन चाहन्छन्, र आफ्नो विश्वास त्याग्न चाहन्छन् भने—परिस्थितिको गम्भीरता यति हदसम्म बढेको छ, र पनि अगुवाहरू र कामदारहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्, यो मानव कामवासनाको चलखेल मात्रै हो, यो कुनै ठूलो कुरा होइन र यो सबै साधारण मानिसहरूले गर्ने कुरा हो भन्ने सोच्छन्, तर समस्याको गम्भीरता पहिचान गर्दैनन् वा समस्या कति हदसम्म जाने हो भन्ने महसुस गर्दैनन्, र यसलाई बेवास्ता गर्छन्, त्यस्ता मामलाहरूप्रति प्रतिक्रिया दिनमा विशेष रूपमा चेतनाशून्य र सुस्त हुन्छन्, र अन्ततः यसरी मण्डलीको अधिकांश मानिसहरूलाई प्रतिकूल असर पार्छन् भने—यी घटनाहरूको प्रकृति भनेकै गम्भीर बाधा र व्यवधान हो। यो गम्भीर बाधा र व्यवधानहरू हो भनेर मैले किन भनेँ? किनभने यी घटनाहरूले मण्डली जीवनको सामान्य सुव्यवस्थालाई बाधा दिन्छन् र हानि गर्छन्। त्यसकारण, मण्डलीमा त्यस्ता व्यक्तिहरू देखा परेपछि, तिनीहरू थोरै भए नि धेरै भए नि तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ, र यसरी हरेक मामला समाधान गरिनुपर्छ, र यदि परिस्थिति गम्भीर छ भने, तिनीहरूलाई अलग राखिनुपर्छ। यदि अलग गर्दा पनि यसले परिणामहरू ल्याएन, र तिनीहरूले विपरीतलिङ्गी व्यक्तिलाई कामुक प्रलोभनमा पार्ने, मण्डली जीवनमा बाधा दिने, र मण्डलीको सामान्य सुव्यवस्थामा हानि गर्ने कार्य जारी राखे भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार मण्डलीबाट निकालिनुपर्छ। के यो कार्यशैली उचित छ? (छ।) मण्डली जीवन र मण्डलीको काममा यस्ता कुराहरूको प्रभाव अत्यन्तै हानिकारक हुन्छ; ती महामारीजस्तै हुन्छन्, र तिनलाई निर्मूल पारिनुपर्छ।
विपरीतलिङ्गी व्यक्तिलाई कामुक प्रलोभनमा पार्ने प्रवृत्ति भएको हरेक व्यक्तिले जहाँ गए नि त्यस्तै गर्छ, र त्यस्तै व्यवहारहरूमा अथक रूपमा संलग्न हुन्छ। तिनीहरूको प्रलोभन र दुर्व्यवहारको निसाना प्रायजसो जवान र आकर्षक व्यक्तिहरू हुन्छन्, तर कहिलेकहीँ यसमा अधबैँसे उमेरका मानिसहरू पनि पर्छन्—तिनीहरू आफूलाई आकर्षक लाग्ने जोकोहीलाई सक्रिय रूपमा लोभ्याउने अवसरहरू खोजिरहन्छन्। यदि तिनीहरूले अरूलाई प्रलोभनमा पार्न चाहन्छन् भने, कतिपय मानिसहरूले त्यो प्रलोभनलाई प्रतिरोध गर्न सक्दैनन् र तिनीहरू बहकाउमा पर्छन्, र यसले सजिलै अनुचित सम्बन्धहरू पैदा गर्छ। मानिसहरूको कद अत्यन्तै सानो भएकोले र तिनीहरूमा परमेश्वरमाथिको साँचो विश्वास, साथै सत्यता बुझ्ने क्षमताको कमी भएकोले, तिनीहरूले कसरी यी परीक्षाहरूलाई जित्न र यस्ता प्रलोभनहरूलाई प्रतिरोध गर्न सक्छन्? मानिसहरूको कद अत्यन्तै सानो हुन्छ; यी परीक्षा र प्रलोभनहरू सामना गर्दा, तिनीहरू अत्यन्तै कमजोर र शक्तिहीन हुन्छन्। तिनीहरूलाई असरबाट मुक्त रहन गाह्रो हुन्छ। एउटा पुरुष अगुवा थियो जसले आफूले देखेको कुनै पनि सुन्दर महिलालाई कामुक प्रलोभनमा पार्ने प्रयास गर्थ्यो; कहिलेकहीँ त एक जनालाई प्रलोभनमा पार्नु मात्रै पर्याप्त हुँदैनथ्यो—उसले तीनचार महिलालाई प्रलोभनमा पार्न सक्थ्यो, जसले गर्दा तिनीहरू ऊप्रति यति तल्लीन हुन्थे कि तिनीहरूलाई भोकनिद्रा लाग्दैनथ्यो, र तिनीहरूले कर्तव्य निर्वाह गर्ने आफ्नो इच्छासमेत गुमाउथे। त्यो मान्छेमा त्यति धेरै “मोहनी” थियो। यदि उसले मानिसहरूलाई प्रलोभनमा पार्ने प्रयास नगरी सामान्य रूपमै अन्तरक्रिया गर्थ्यो भने, उसको प्रभाव त्यति व्यापक हुनेथिएन। उसले जानीजानी देखावटी व्यवहार गरेर अरूलाई प्रलोभनमा पारेपछि मात्रै झन्झन् धेरै मानिसहरू यसमा पर्न थाले, जसले गर्दा ऊसँग अनुचित सम्बन्ध राख्नको लागि प्रलोभनमा पर्नेहरूको सङ्ख्या बढ्दै गयो। मानिसहरू प्रतिरोध गर्न असमर्थ भए र यी परीक्षाहरूमा परे। यो त कामुकताको “मोहनी” थियो; उसले जे गर्यो त्यसले दुवै पक्षको लागि परीक्षा, प्रलोभन, र बाधाहरू पैदा गर्यो। एउटा पुरुषले एकैपटक यति धेरै महिलाहरूलाई प्रलोभनमा पार्नु—उसको हृदय बेचैन थियो, कि के भएको हो? पहिले कुन महिलालाई ध्यान दिने, कुन महिलालाई सन्तुष्ट पार्ने—के ऊ मानसिक रूपमा थकित हुँदैन र? (हुन्छ।) यदि यो यति थकाइलाग्दो हुन्छ भने, उसले किन यस्तो व्यवहार गरिरह्यो? यो दुष्टता हो; ऊ यस्तै प्राणी थियो, र यो उसको प्रकृति थियो। पीडितहरू कामुक प्रलोभनको सिकार भएर परीक्षामा परिसकेपछि, के तिनीहरूलाई त्यो परीक्षाबाट उम्कन सजिलो हुन्छ? एकपटक परीक्षामा परेपछि, उम्कन गाह्रो हुन्छ। खाँदा, सुत्दा, हिँड्दा, कर्तव्य निभाउँदा—तिनीहरूले जे गर्दा नि, तिनीहरूको मन यही व्यक्तिको सम्झनाले भरिएको हुन्छ, तिनीहरूको हृदय यही व्यक्तिले नियन्त्रण गरेको हुन्छ। त्यस्ता बाधाहरू अत्यन्तै गम्भीर हुन्छन्! त्यसपछि हुने भनेको त यो व्यक्तिलाई कसरी खुशी पार्ने, कसरी उसको अङ्गालोमा पर्ने, कसरी उसको मन जित्ने, उसलाई कसरी आफ्नो मात्र बनाउने, कसरी अरू प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने र लड्ने भन्ने सोच निरन्तर आउने मात्र हो। के यी बाधामा पर्नुका परिणामहरू होइनन् र? के यस्तो स्थितिबाट उम्कन सजिलो छ? (सजिलो छैन।) परिणामहरू गम्भीर हुन्छन्। के यो बेला व्यक्तिको हृदय अझै पनि परमेश्वरअघि शान्त हुन सक्छ त? के परमेश्वरका वचनहरू पढ्दा तिनीहरूले ती वचनहरू मनमा लिन सक्छन् त? के तिनीहरूसँग अझै पनि ज्योति हुन सक्छ त? भेलाहरूमा, के तिनीहरू अझै पनि परमेश्वरका वचनहरूबारे मनन र सङ्गति गर्ने, र अरूले परमेश्वरका वचनहरू सुनाएको सुन्ने मुडमा हुन्छन् त? हुँदैनन्; तिनीहरूको हृदय आफूले मन पराएको व्यक्तिप्रतिको चाहनाले भरिएको हुन्छ, त्यसमा कुनै पनि गम्भीर मामलाहरू हुँदैनन्—परमेश्वरसमेत तिनीहरूको हृदयबाट गइसक्नुभएको हुन्छ। त्यसपछि प्रेमको अनुभव कसरी गर्ने, कसरी रोमान्टिक बन्ने, आदि इत्यादि कुराबारे मनन गर्ने काम मात्र हुन्छ, र परमेश्वरमा विश्वास गर्ने इच्छा पूर्ण रूपमा हराइजान्छ। के यी परिणामहरू असल हुन्? के यो मानिसहरूले हेर्न चाहने कुरा हो? (होइन।) के कामुक प्रलोभन र परीक्षामा पर्नुका परिणामहरू मानिसहरूले रोक्न सक्ने कुरा हुन्? के मानिसहरूले यी परिणामहरू नियन्त्रण गर्न सक्छन्? के यो निर्णय गर्ने काम तिनीहरूको हातमा हुन सक्छ? के तिनीहरू हृदयमा चाहेको बेला यस्तो कुरा रोक्न सक्ने स्तरमा पुग्न सक्छन्? कसैले पनि यो स्तर हासिल गर्न सक्दैन। त्यस्ता अनुचित सम्बन्धहरूले मानिसहरूमा पैदा गर्ने बाधाहरूको परिणाम यही हो। जब व्यक्तिको हृदयमा परमेश्वर हुनुहुन्न, र जब उसले परमेश्वरका वचनहरू पढ्न चाहँदैन, तब परिणामहरू के-के हुन्छन्? के अझै पनि मुक्ति पाउने आशा हुन्छ? मुक्तिको आशा त शून्य हुन्छ। सबै कुरा हराउँछ; पहिले बुझेका ती थोरै धर्मसिद्धान्तहरू, परमेश्वरको लागि आफूलाई अर्पित गर्ने दृढ्ता र संकल्प, र परमेश्वरको मुक्ति प्राप्त गर्ने इच्छा सबै बगिजान्छ—परिणामहरू यिनै हुन्छन्। मानिसहरूले आफूलाई परमेश्वरबाट टाढा राख्छन् र हृदयमा उहाँलाई इन्कार्छन्, र तिनीहरूलाई पनि परमेश्वरले इन्कार्नुहुन्छ। यो परिणाम परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने जोकोही व्यक्तिले हेर्न चाहने कुरा होइन, न त यो कुनै पनि परमेश्वरका अनुयायीले स्वीकार गर्न सक्ने तथ्य नै हो। तैपनि, एकपटक मानिसहरू त्यस्ता परीक्षाहरूमा परेपछि र अनुचित सम्बन्धहरूको भुमरीमा जकडिएपछि, तिनीहरूलाई त्यसबाट मुक्त हुन एकदमै गाह्रो हुन्छ र आफूलाई नियन्त्रण गर्न त झन् तिनीहरू अझै बढी असमर्थ हुन्छन्। त्यसकारण, त्यस्ता अनुचित सम्बन्धहरू प्रतिबन्धित गरिनुपर्छ। गम्भीर अवस्थामा, विपरीतलिङ्गी व्यक्तिलाई निरन्तर बाधा दिने र सताउने मानिसहरूलाई तुरुन्तै र तत्कालै मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ, ताकि तिनीहरूले मण्डली जीवनमा बाधा दिन नपाऊन्, र अझै बढी रूपमा, ताकि मानिसहरूलाई परीक्षाको पासोमा पर्नबाट रोक्न सकियोस्। के यो कार्यशैली उचित छ? (छ।)
अगुवाहरू र कामदारहरूको जिम्मेवारीको बाह्रौं बुँदाअनुसार, मण्डली जीवनमा कुनै पनि हस्तक्षेप वा बाधाबाट विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दै परमेश्वरका चुनिएका मानिसहरूले सामान्य मण्डली जीवन जिउन सक्छन् भन्ने सुनिश्चित गर्न अगुवाहरू र कामदारहरूले हरेक काममा सक्दो प्रयत्न लाउनुपर्छ। यसको अर्थ सामान्य मण्डली जीवन जिउन सक्ने सबै विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नु हो। ठ्याक्कै के कुरा रक्षा गर्नुपर्छ? दाजुभाइ-दिदीबहिनीहरूलाई नै रक्षा गरिनुपर्छ, ताकि तिनीहरूले भेलाहरूमा शान्त भएर परमेश्वरअघि आउन र शान्तिपूर्वक प्रार्थना-वाचन गर्न र परमेश्वरका वचनहरू बाँड्न सकून्; यस क्रममा, दाजुभाइ-दिदीबहिनीहरूले हृदय र मन एक गरेर परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरका अभिप्रायहरू खोज्न, परमेश्वरबाट अन्तर्दृष्टि र ज्योति खोजी गर्न, परमेश्वरको उपस्थिति प्राप्त गर्न, र परमेश्वरका आशिष् र अगुवाइ पनि प्राप्त गर्न सक्नुपर्छ। सबै विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण हित यही हो, र यो सबैको लागि अत्यावश्यक हुन्छ; यो तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् र तिनीहरूको गन्तव्य राम्रो हुन्छ कि हुँदैन भन्ने कुरासँग सम्बन्धित हुन्छ। त्यसकारण, मण्डलीभित्र अनुचित सम्बन्धहरूमा संलग्न हुनेहरूलाई कडाइसाथ प्रतिबन्धित गर्नु, अलग्याइनु, वा निकालिनु अत्यावश्यक हुन्छ; खासगरी, विपरीतलिङ्गी व्यक्तिसँग सम्बन्धमा रहने मानिसहरूलाई कडाइसाथ निगरानी गरिनुपर्छ। निगरानी भनेको के हो? यदि यो सानो मामला मात्रै हो भने, तिनीहरूलाई खुलासा र काटछाँट गर्नुपर्छ, र तुरुन्तै तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ, र अरूलाई असर गर्नबाट रोक्नुपर्छ। यदि यो गम्भीर मामला हो भने, निर्णायक रूपमा र कुनै हिचकिचाहटविना काम गर्नु जरुरी छ; थप मानिसहरूलाई बाधा दिनबाट तिनीहरूलाई रोक्नको लागि तिनीहरूलाई जतिसक्दो चाँडो मण्डलीबाट निकाल्नुपर्छ। यदि तिनीहरूले बाधाहरू पैदा गर्न चाहन्छन् भने, तिनीहरूले बाहिरी संसारमा बाधा पैदा गरून्, र जसलाई मन लाग्यो त्यसैलाई बाधा दिऊन्; यति भन्नै पर्याप्त छ कि तिनीहरूले मण्डली जीवनमा सत्यता पछ्याउने कोही पनि दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनु हुँदैन। बाह्रौँ जिम्मेवारीअन्तर्गत अगुवाहरू र कामदारहरूको कामको प्राथमिक सिद्धान्त र उद्देश्य यही हो।
ख. समलैङ्गिक सम्बन्धहरू
अनुचित सम्बन्धहरूका विषयमा भन्नुपर्दा, हामीले भर्खरै मुख्य रूपमा विपरीतलिङ्गी व्यक्तिहरूबीचका अनुचित सम्बन्धहरूबारे सङ्गति गर्यौँ। जहाँ विपरीतलिङ्गी व्यक्तिलाई फकाउने, लोभ्याउने, आफ्नो प्रदर्शन गर्ने, र जिस्क्याउने कार्य समावेश हुन्छ; सक्रिय रूपमा तिनीहरूसँग बोल्ने र तिनीहरूको नजिक जान प्रयास गर्ने; र भेलाहरूमा प्रायजसो जानीजानी वा अनजानमा तिनीहरूको नजिक बस्न खोज्ने कार्य समावेश हुन्छ; साथै, जहाँ एउटा व्यक्तिलाई मात्रै फकाउने नभई, पहिलो प्रयास असफल भयो भने, अर्को व्यक्तिलाई पनि फकाउने प्रयास गरिन्छ, र यसरी मण्डलीका धेरै विपरीतलिङ्गी सदस्यहरूलाई हैरान गरिन्छ, तब यो समस्या गम्भीर भएको हुन्छ। यसले विपरीतलिङ्गी व्यक्तिहरूबीचका अनुचित सम्बन्धहरूलाई समावेश गर्छ। विपरीतलिङ्गी मानिसहरूसँगको सम्बन्धबाहेक, एउटै लिङ्गी मानिसहरूबीच पनि केही अनुचित सम्बन्धहरू हुन्छन्। यदि एउटै लिङ्गका दुई मानिसहरू निकै मित्रवत् छन्, एकअर्कालाई धेरै लामो समयदेखि चिनेका छन् र तिनीहरू निकै नजिक छन् भने, तिनीहरूले प्रायजसो अन्तरक्रिया गर्नु उचित नै हुन्छ। तर, यो कामुक सम्बन्धहरूमा संलग्न हुने अवस्थामा पुगेपछि, त्यस्ता सम्बन्धहरूलाई पनि अनुचित सम्बन्धका रूपमा वर्गीकरण गरिनुपर्छ। यदि एउटै लिङ्गका दुई मानिसहरूबीच बारम्बार शारीरिक स्पर्श हुन्छ, यो हदसम्म कि तिनीहरूले एकअर्कासँग आम रूपमा उत्तेजक प्रकृतिको भाषासमेत प्रयोग गर्छन्, र तिनीहरू दुईले प्रायः एकअर्कालाई अङ्गालो हालेको वा अझै प्रस्ट व्यवहार र प्रकटीकरणहरू देखाएको देखिन्छ भने, समय बित्दै जाँदा, यो कुरा सबैलाई स्पष्ट हुन्छ: “यो त यी दुईजनाले एकअर्कालाई मद्दत गरिरहेको वा आपसी व्यक्तित्व मिलेको कुरा होइन; यी दुईले सामान्य मानवताको क्षेत्रभित्र रहेर अन्तरक्रिया गरिरहेकै छैनन्। यो त समलैङ्गिकता हो!” अहिले, धेरैजसो मानिसहरूले समलैङ्गिकता अनुचित सम्बन्ध हो, जुन प्रकृतिको हिसाबले विपरीतलिङ्गी मानिसहरूबीचको सम्बन्धभन्दा पनि अझै गम्भीर र अझै अनुचित हुन्छ भन्ने बुझेका छन्। यदि मण्डलीभित्र यस्ता सम्बन्धहरू छन् भने, ती महामारीजस्तै फैलिन सक्छन्, जसले कतिपय मानिसहरूलाई यस्तो परीक्षा र प्रलोभनमा लान्छन्। कतिपय मानिसहरूले त विगतमा आफू समलैङ्गिकतामा संलग्न भएको तर स्वेच्छाले त्यसो नगरेको भन्छन्। तिनीहरू साँच्चै समलैङ्गिक हुन् कि होइनन् वा तिनीहरूको यौन झुकाव के हो भन्ने कुरा पन्छाएर हेर्दा, यदि तिनीहरू प्रलोभनको सिकार भई त्यस्तो परीक्षामा पर्न सक्छन् भने—चाहे तिनीहरूले स्वेच्छाले वा निष्क्रिय रूपले त्यसो गरेका भए पनि त्यसलाई अहिलेका लागि पन्छाएर हेर्दा—सर्वप्रथम त, तिनीहरूलाई यो कुराले बाधा दियो। तिनीहरूले स्वेच्छाले त्यसो गरेनन् भन्ने तिनीहरूको दाबीबाट मूल्याङ्कन गर्दा, तिनीहरू पीडित थिए। त्यसकारण, यदि समलैङ्गिकहरूले एउटै लिङ्गका अरूलाई फकाउँछन् र प्रलोभनमा पार्छन् भने, ती प्रलोभित मानिसहरू वास्तवमा समलैङ्गिक नै नभए पनि, प्रलोभनमा परेपछि तिनीहरू समलैङ्गिक बन्न सक्छन्। के यो खतरनाक अवस्था होइन र? त्यस्ता मानिसहरूलाई किन समलिङ्गी भन्ने? विपरीतलिङ्गी व्यक्तिहरूले धेरै मानिसहरू फकाउने कार्य यौन छाडापनको वर्गमा पर्छ, जुन एक अनुचित सम्बन्ध हो। त्यसकारण, जब नजिकको सम्बन्ध भएका र निकै मिल्ने दुईजना एउटै लिङ्गका मानिसहरूले एकअर्काको हात समाउँछन्, र एकअर्कालाई अङ्कमाल गर्छन्, जुन पूर्णतया सामान्य कुरा हो, त्यो कसरी तिनीहरूलाई समलैङ्गिकका रूपमा परिभाषित गर्ने अवस्थामा पुग्न सक्छ? यो तिनीहरूबीचको यौन सम्बन्ध हो—यस्तो स्तरको सम्बन्ध घटेपछि, यो समलैङ्गिक बन्छ। जब तिनीहरूले एकअर्काको काँधमा हात हाल्छन्, एकअर्काको घाँटीमा झुन्डिन्छन्, वा एकअर्कालाई कम्मरमा समाउँछन्, तब यो एउटै लिङ्गका व्यक्तिहरूबीच हुने सामान्य शारीरिक स्पर्श हुँदैन; बरु, यो वासनाद्वारा उत्प्रेरित शारीरिक स्पर्श हुन्छ, र प्रकृतिमा यो फरक हुन्छ र यसरी यो अनुचित सम्बन्धहरूको वर्गमा पर्छ। मण्डलीका धेरैजसो मानिसहरूका लागि, त्यस्ता समलैङ्गिकहरू देख्दा त्यो उन्नतिमूलक हुन्छ कि हुँदैन? (अहँ, त्यो उन्नतिमूलक कुरा हुँदैन।) के यो देखेपछि धेरैजसो मानिसहरूलाई बाधा महसुस हुन्छ? यदि तँलाई परिस्थितिबारे जानकारी नभएको भए र तिनीहरूले तेरो घाँटी वा कम्मरमा हात हालेका भए, वा तेरो अनुहारमा चुम्बनसमेत गरेका भए, के तँलाई बाधा महसुस हुनेथियो? (हुनेथियो।) बाधा महसुस भएपछि, तँलाई हृदयमा सहज हुनेथियो कि असहज हुनेथियो? (मलाई घिन लाग्नेथियो।) त्यसोभए, के तँलाई पाप गरेको छु भन्ने आभास हुनेथियो? यदि तँलाई यस्तो प्रकारको समस्याको सार ठ्याक्कै के हो भन्ने कुरा राम्ररी थाहा छैन, र तँलाई एउटै लिङ्गको व्यक्तिले छुन्छ वा शारीरिक स्पर्श गर्छ र तैँले पछि यसबारे त्यति सोच्दैनस् भने, त्यो त्यति ठूलो समस्या हुँदैन। तर, यदि तैँले यसबारे सोच्छस्, र निरन्तर सोचिरहन्छस्, र चाहे तैँले आफ्नो व्यक्तिपरक चेतनामा प्रतिरोध गरे वा नगरे पनि, विपरीतलिङ्गी व्यक्तिप्रति कसैले तृष्णा गरेजसरी नै तैँले त्यो व्यक्तिलाई छोड्न सक्दैनस् भने, तँभित्र त्यस्ता विचारहरू देखा पर्नुले तँ बाधामा परिसकेको छस् भन्ने जनाउँछ, होइन र? त्यसकारण, यस्तो प्रकारको अनुचित सम्बन्ध, अर्थात् समलैङ्गिक सम्बन्धहरूको प्रकृति अझै धेरै गम्भीर हुन्छ। कतिपय मानिसहरूले विपरीतलिङ्गीहरूको यौन व्यभिचार र समलैङ्गिकताबीचको भिन्नता देख्न सक्दैनन्, र यी दुई समस्याहरूलाई समान रूपमा व्यवहार गर्छन्। वास्तवमा, समलैङ्गिकताको समस्या विपरीतलिङ्गीहरूमाझको यौन व्यभिचार भन्दा निकै गम्भीर हुन्छ।
यदि समलैङ्गिक सम्बन्धहरूमा संलग्न हुने व्यक्तिहरू मण्डलीभित्र देखा पर्छन् र तिनीहरूलाई प्रतिबन्धित गरिँदैन भने, तिनीहरू सबैका लागि खतरा हुन्छन् र तिनीहरूले सबैलाई बाधा पुर्याउँछन्। कस्ता प्रकारका बाधाहरू? बाहिरी रूपमा हेर्दा, धेरैजसो मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको मानवतामा कुनै समस्याहरू पत्ता लगाउन सक्दैनन्, तर लामो समयसम्म अन्तरक्रिया गर्दा, यसले तिनीहरूको विचार धमिल्याउँछ र तिनीहरूको हृदय अँध्यारो बनाउँछ। तिनीहरूले परमेश्वरमा विश्वास गर्ने उत्साह गुमाउँछन्, र कुनै निर्दिष्ट समस्याहरू सामना नगरीकनै, तिनीहरू परमेश्वरमा विश्वास गर्न अनिच्छुक बन्छन्, र परमेश्वरका वचनहरू पढ्न रुचि गुमाउँछन्, हृदयमा परमेश्वरबाट झन्झन् टाढा भएको महसुस गर्छन्, र आस्था त्याग्ने दुष्ट विचारहरू खेलाइरहन्छन्। त्यसकारण, मण्डलीभित्र त्यस्ता अनुचित समलैङ्गिक सम्बन्धहरू रोक्ने र प्रतिबन्धित गर्ने मात्रै होइन; ती सम्बन्धहरूमा संलग्न हुनेहरूलाई तुरुन्तै मण्डलीबाट सफाइ गरी हटाउनेसमेत गरिनुपर्छ। यो निरपेक्ष रूपमा गरिनैपर्ने कुरा हो। त्यस्ता व्यक्तिहरू पत्ता लागेपछि, तिनीहरूले पूरा गर्ने कर्तव्य वा तिनीहरूको हैसियत जेसुकै भए पनि, तिनीहरूलाई कुनै सहनशीलता नदेखाई, तुरुन्तै मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ! यो मण्डलीको प्रावधान हो। यो प्रावधान किन लागू गरिएको छ? यो ठोस आधारमा आधारित छ। परमेश्वरले मानिसहरूलाई पुरुष र स्त्रीका रूपमा सृष्टि गर्नुभयो; आदमको सृष्टि गरिएपछि, उसकी साथी हव्वा थिई, अर्को आदम होइन। समलैङ्गिक सम्बन्धमा संलग्न हुने मानिसहरूलाई यस्तो कारबाही गर्नु परमेश्वरका वचनहरूमा आधारित छ, र यो पूर्ण रूपमा सही छ। कतिपयले यसो भन्न सक्छन्, “यी मानिसहरूलाई पश्चात्ताप गर्ने मौका किन नदिने? तिनीहरू जवान छन्; के तिनीहरूलाई केही बेतुका कार्यहरू गर्न छोडिदिनुपर्दैन र?” हुँदैन! परिस्थितिहरू र प्रकृतिअनुसार अरू बेतुका कार्यहरूलाई फरकफरक रूपमा लिइन सकिन्छ, तर यो निर्दिष्ट बेतुका कार्य अरू बेतुका कार्यजस्तै बेतुका कार्य होइन; यसलाई कदापि सहन सकिँदैन, र मण्डलीभित्र यस्तो कार्य गर्ने जोकोहीलाई तुरुन्तै सफाइ गरी हटाइनुपर्छ! यदि एउटा सम्पूर्ण मण्डली समलैङ्गिकहरू मिलेर बनेको भए, ती सबैलाई सफाइ गरी हटाइनेथियो। त्यस्तो मण्डली चाहिँदैन, एउटा पनि चाहिँदैन! सिद्धान्त यही हो। कतिपयले भन्छन्, “कतिपय मानिसहरू त एउटा मात्रै व्यक्तिसँग समलैङ्गिक सम्बन्धमा संलग्न हुन्छन्, र तिनीहरूले अरूलाई फकाएका वा अरू कसैलाई बाधा दिन थालेका छैनन्। के त्यस्ता व्यक्तिहरूलाई सम्हालिनुपर्छ र निकालिनुपर्छ?” यदि तिनीहरू साँच्चै नै समलैङ्गिक हुन् भने, तिनीहरूलाई मण्डलीमा बस्न दिनु भनेको परमेश्वरका चुनिएका मानिसहरूमाझ टाइमबम राख्नुजस्तै हो—यो ढिलोचाँडो अवश्य नै विस्फोट हुनेछ। यदि तिनीहरूले कुनै पनि समान लिङ्गका व्यक्तिलाई बाधा दिएका, फकाएका, वा सताएका छैनन् भने पनि, यसको अर्थ तिनीहरूले भविष्यमा त्यसो गर्नेछैनन् भन्ने हुँदैन। के भएको हुन सक्छ भने, तिनीहरूले अझै आफूले चाहेको र मनपर्ने व्यक्ति भेट्टाएका छैनन्, वा समय ठिक छैन, र सबैसँग अझै पनि पारस्परिक परिचितता र बुझाइ भइसकेको हुँदैन। तर त्यस्ता मानिसहरूका लागि एकपटक समय सही र उपयुक्त भएपछि, तिनीहरूले आफ्नो कदम चाली नै हाल्नेछन्। त्यसकारण, त्यस्ता व्यक्तिहरूलाई सहने वा मण्डलीभित्र रहन दिने कदापि गर्नु हुँदैन, किनभने तिनीहरू अप्राकृतिक र गैर-मानवहरू हुन्। मण्डलीले त्यस्ता मानिसहरू चाहँदैन। त्यस्ता अनुचित सम्बन्धहरूमा संलग्न भएकाहरूलाई यसरी सम्हाल्नु गलत वा हदभन्दा बढी हुँदैन। तर, कतिपय यसो भन्छन्, “कतिपय समलैङ्गिकहरू निकै असल देखिन्छन्; तिनीहरूले कुनै नराम्रो काम गरेका हुँदैनन्, तिनीहरूले नियम र प्रावधानहरू पालना गर्छन्, ठूलालाई आदर गर्छन् र सानालाई प्रेम गर्छन्, सधैँ असल कामकुरा गर्छन्, कतिपयसँग त वरदान र सीपहरूसमेत हुन्छ, र कतिपय त मण्डलीमा निकै परोपकारी र सहयोगी पनि हुन्छन्। हामीले तिनीहरूलाई मण्डलीमा बस्न दिनुपर्छ।” के यो विचार सही छ? (छैन।) तेरा विचारहरू सही भए पनि वा गलत भए पनि, तैँले समलैङ्गिकहरूको प्रकृति छर्लङ्ग देख्न सक्नैपर्छ। समलैङ्गिक सम्बन्धहरूमा संलग्न भएका व्यक्तिहरूका लागि मण्डलीको अभ्यासको सिद्धान्त भनेको तिनीहरूलाई निकाल्नु नै हो। यो एउटा प्रशासनिक आदेश हो जसलाई कसैले पनि उल्लङ्घन गर्न मिल्दैन; सबैले यो सिद्धान्तअनुसार अभ्यास गर्नैपर्छ।
हामीले भर्खरै सङ्गति गरेका यी दुई प्रकारका अनुचित सम्बन्धहरूका प्रकटीकरणहरू खुट्ट्याउन, छर्लङ्ग देख्न, र चित्रण गर्न मानिसहरूलाई सबैभन्दा सजिलो हुन्छ। त्यस्ता अनुचित सम्बन्धहरूमा संलग्न हुनेहरूका हकमा, एउटा कुरा त अगुवा र कामदारहरूले तिनीहरूलाई सम्हाल्नका लागि रोक्ने, प्रतिबन्धित गर्ने, अलग गर्ने, र निकाल्ने उपायहरू लाएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। अर्को कुरा, दाजुभाइ-दिदीबहिनीहरूले पनि यी दुई प्रकारका अनुचित सम्बन्धहरूमा संलग्न भएका मानिसहरूलाई खुट्ट्याउनुपर्छ र तिनीहरूबाट टाढा बस्नुपर्छ, ताकि तिनीहरू प्रलोभन र परीक्षामा पर्नबाट जोगिन सकून्, जसले परमेश्वरमाथिको तिनीहरूको आस्था र मुक्ति पाउन तिनीहरूले गर्ने सत्यता पछ्याइमा असर पार्न सक्छ। परीक्षामा फसेपछि, आफूलाई उम्काउन गाह्रो हुन्छ। धेरैजसो मानिसहरूले यी दुई प्रकारका मानिसहरूलाई खुट्ट्याउन सक्नुपर्छ। समाजमा मानिसहरूले गर्नेजस्तो व्यवहार नगर्, र कुन व्यक्ति कोसँग लस्पसिन्छ भन्ने कुरा नदेखेजस्तो नाटक गर्ने, यौन व्यभिचारमा संलग्न हुने मानिसहरूप्रति सही दृष्टिकोण वा अडान नराख्ने, आफ्ना निजी स्वार्थहरू समावेश नभएसम्म केही नभएजसरी सामान्य रूपमै अन्तरक्रिया गर्ने, र गलत केही पनि भएकै छैनजसरी बोल्ने नगर्। के त्यस्ता मानिसहरूसँग अरूलाई व्यवहार गर्ने तौरतरिकामा सिद्धान्तहरू हुन्छन्? पटक्कै हुँदैन। सबै गैरविश्वासीहरू संसारसँग व्यवहार गर्ने दर्शनहरूअनुसार जिउँछन्, र आफ्नो सुरक्षा गर्न कसैलाई पनि नचिढ्याउने प्रयास गर्छन्, तर परमेश्वरको घर गैरविश्वासी समाजभन्दा पूर्ण रूपमा फरक छ। परमेश्वरको घरमा सत्यताले शक्ति राख्छ। परमेश्वरले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार अरूसँग व्यवहार गर्न माग गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरू सबैले सत्यता स्विकारिरहेका र आफूलाई सत्यताले सुसज्जित गरिरहेका हुन्छन्, र मण्डली जीवन कायम राख्न र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नका लागि मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफैलाई परीक्षाको कष्टबाट सुरक्षित गर्न अनि लोभ्याइ र परीक्षामा परिनबाट जोगिनका लागि अरूलाई राम्रोसित खुट्ट्याउन र सोहीअनुसार व्यवहार गर्न त्यो सत्यता प्रयोग गरिरहेका हुन्छन्। तैँले त्यस्ता व्यक्तिहरूलाई जति चाँडै राम्रोसित खुट्ट्याउन र आफूलाई तिनीहरूबाट टाढा राख्न सक्छस्, तैँले परीक्षाबाट आफूलाई त्यति नै टाढा राख्न र सुरक्षित हुन सक्छस्। अनुचित सम्बन्धहरूमा संलग्न हुने व्यक्तिहरूलाई तैँले यसरी नै व्यवहार गर्नुपर्छ; यो सत्यता सिद्धान्तहरूअनुसार र परमेश्वरका अभिप्रायहरूअनुरूप छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।