अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१३) खण्ड चार
ई. गुटबन्दी गर्नु
मण्डली जीवनमा अवरोध र बाधा ल्याउने चौथो प्रकटीकरण गुटबन्दी गर्नु हो, जुन अत्यन्तै गम्भीर प्रकृतिको कुरा हो। गुटबन्दी गर्ने कार्यमा कुन-कुन व्यवहार समावेश हुन्छन्? यदि परमेश्वरमा विश्वास गर्ने दुई जना मानिसहरू विश्वासी भएको पनि उतिकै समय भएको छ, तिनीहरूको उमेर, पारिवारिक परिस्थिति, चासो, व्यक्तित्व, आदि इत्यादि कुराहरू उस्तै छन्, र तिनीहरू मिलेर राम्ररी बस्छन्, भेलाहरूमा सँगै बस्छन्, र एकअर्कालाई नजिकबाट चिन्छन् भने, के यो गुटबन्दी गर्नुको रूपमा गन्ती हुन्छ? (हुँदैन।) यो सामान्य अन्तरवैयक्तिक अन्तरक्रियाको सामान्य घटना हो, जसले अरूलाई कुनै बाधा दिँदैन; त्यसकारण, यसलाई गुटबन्दी गर्नुको रूपमा लिइँदैन। त्यसोभए, यहाँ उल्लेख गरिएअनुसार गुटबन्दी गर्नुले केलाई जनाउँछ? उदाहरणको लागि, भेलामा सहभागी हुने पाँच जना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमध्ये तीन जना सहरका कामदारहरू हुन् र दुई जना गाउँका किसानहरू हुन्। ती तीन जना सहरका कामदारहरू प्रायजसो सँगै बस्छन्, र गाउँमा शिक्षा, फराकिलो दृष्टिकोण, र शिष्टाचारको कमी हुन्छ, त्यसैले सहरको भन्दा जीवन खराब हुन्छ भनेर कुरा गर्छन्। तिनीहरूले ग्रामीण मानिसहरूलाई हेला गर्छन्, र सधैँ ती दुई जना ग्रामीण व्यक्तिहरूसँग होच्याएर बोल्छन्, र त्यसपछि गाउँका ती मानिसहरूले पीडित भएको महसुस गर्छन् र तिनीहरूको विरोध गर्न चाहन्छन्, र सहरका मानिसहरू सानो सोचका हुन्छन् र हरेक कुरा हिसाबकिताब गर्छन्, तर ग्रामीण मानिसहरू उदार हुन्छन् भनेर भन्छन्। भेलाहरूमा, तिनीहरू कहिल्यै पनि सहमत हुँदैनन्, जसले गर्दा प्रायजसो अनावश्यक विवाद र बहस भइरहन्छ। के यी पाँच जना सद्भावसाथ मिलेर बस्छन्? के तिनीहरू परमेश्वरको वचनमा एकजुट हुन्छन्? के तिनीहरू एक-अर्कासँग मिल्छन्? (मिल्दैनन्।) जब सहरका मानिसहरूले सधैँ “हामी सहरका मानिसहरू” र गाउँका मानिसहरूले सधैँ “हामी गाउँका मानिसहरू” भनेर भन्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? (गुटबन्दी गरिरहेका हुन्छन्।) हामीले सङ्गति गर्ने चौथो विषय यही हो: गुटबन्दी गर्नु। यो गुटगत व्यवहारको अर्थ समूह र गुटहरू बनाउनु हो। क्षेत्र, आर्थिक अवस्था, र सामाजिक वर्ग, साथै फरकफरक दृष्टिकोणहरूको आधारमा विभिन्न गिरोह, गुट, र अन्य भित्री समूहहरू गठन गर्नु भनेको गुटबन्दी गर्नु हो। यी गुटहरूलाई जसले नेतृत्व गरे पनि, मण्डलीभित्र, फरकफरक गिरोह र गुटहरूको गठन, र बेमेल समूहहरूको गठन गर्नु सबै गुटबन्दीका घटनाहरू हुन्। कति ठाउँमा त एउटा पूरै विस्तारित परिवारले परमेश्वरमा विश्वास गर्छ, र भेला हुने स्थानमा, फरक थर भएका दुई जना व्यक्तिबाहेक, बाँकी सबै तिनीहरूको आफ्नै परिवारका हुन्छन्। त्यसपछि त्यो परिवारले एउटा गुट वा गिरोह बनाउँछ, जसले गर्दा ती फरक थर भएका दुई जना मानिसहरू बाहिरी मानिसहरू बन्छन्। त्यो परिवारको जोसुकै व्यक्तिले समस्या सामना गरे पनि वा काटछाँटमा परे पनि, यदि कुनै व्यक्तिले गुनासो व्यक्त गर्यो भने, अरू सबैजना हो मा हो मिलाउन सहभागी हुन्छन्। यदि कसैले सिद्धान्तहरूविरुद्ध काम गर्यो भने, अरूले तिनीहरूबारे ढाकछोप गर्छन् र तिनका कार्यहरू लुकाउँछन्, र तिनको खुलासा गर्न कसैलाई दिँदैनन्; त्यो समस्याबारे त उल्लेख गर्नुसमेत स्वीकार्य हुँदैन, काटछाँट स्वीकार्य हुनु त धेरै परको कुरा हो। यहाँ समस्या के हो? के तिमीहरूले यो कुरा खुट्ट्याउन सक्छौ? जब यी परिवारका सदस्यहरू भेला हुन्छन्, तब तिनीहरू सबै एउटै स्वरमा र समान रूपमा गाइरहेका जस्तै हुन्छन्, र तिनीहरूले परिस्थिति कता गइरहेको छ भनेर हेरिरहन्छन् र बोल्नुभन्दा पहिले सङ्केतहरू सुन्छन्। यदि तिनीहरूको नाइकेले कुनै खास अडान लियो भने, अरू सबैले पनि त्यस्तै गर्छन्, र अरूले उनीहरूलाई चिढ्याउने वा विरोध गर्ने आँट गर्दैनन्। के मण्डली जीवनमा यस्तो घटना देखा पर्दा यसले मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधाहरू ल्याउँदैन र? यही गिरोहका मानिसहरूले नै भेलाहरूमा परमेश्वरका वचनहरूका कुन-कुन खण्डहरू खाने र पिउने भनेर तय गर्छन्, अनि सबैले तिनै कुरा सुन्नुपर्छ; मण्डली अगुवाहरूले समेत तिनीहरूलाई इज्जत गर्नुपर्छ र विरोध गर्नु हुँदैन। तिनीहरूले अगुवाहरू र कामदारहरूको रूपमा को निर्वाचित हुनुपर्छ भनेर घोषणा गर्छन्, र मण्डली अगुवाहरूले तिनीहरूको रायलाई सबैभन्दा महत्त्वपूर्ण कुराको रूपमा लिनुपर्छ र यसलाई लापरवाही रूपमा लिनु हुँदैन। यसको साथै, तिनीहरूले निरन्तर “प्रतिभाहरू” भर्ना गर्छन्, र आफ्नो कुरा सुन्ने, आफूले भरोसा गर्न सक्ने, आफूलाई उपयोगी हुने मानिसहरूलाई समूहको प्रयोजनमा प्रयोग गर्न समूहमा ल्याउँछन्, र यसरी तिनीहरूले निरन्तर आफ्नो प्रभाव बढाउँछन्। यो गुटले मण्डली जीवन नियन्त्रण गर्ने उद्देश्य राख्छ; तिनीहरूको नाइकेले मण्डली नियन्त्रण गर्न चाहन्छ। यो समूहको शक्ति ठूलो हुन्छ; तिनीहरू मण्डलीभित्र काम गर्न एकजुट हुन्छन्। मण्डलीमा जेसुकै आइपर्दा पनि, तिनीहरू सहभागी हुन चाहन्छन्। अरूले बोल्नुभन्दा पहिले वा कुनै कुरा व्यवस्थापन गर्नुभन्दा पहिले तिनीहरूको अभिव्यक्ति बुझ्नुपर्छ, यहाँसम्म कि हरेक भेलाको खाने-पिउने विषयवस्तु पनि तिनीहरूको बन्दोबस्त र इच्छाअनुरूप नै हुनुपर्छ। मण्डली अगुवाहरूले केही गर्न चाहे पनि, सुरुमा तिनीहरूको रायबारे परामर्श लिनुपर्छ र तिनीहरूको विचार सुन्नुपर्छ। धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूकै नियन्त्रणमा हुन्छन्, र मण्डलीको कामका धेरै मामलाहरू पनि तिनीहरूकै नियन्त्रणमा हुन्छन्। गुटबन्दी गर्ने यी मानिसहरूले मण्डली जीवन र मण्डलीको काममा गम्भीर अवरोध र बाधा ल्याउँछन्। के यो समस्या गम्भीर छैन र? के यी कार्यहरू प्रतिबन्धित गरिनुपर्दैन र? के यी कुरालाई सम्बोधन गरिनुपर्दैन र? यी गुटका नाइकेहरूलाई प्रतिबन्धित गरिनु र निकाल्नुपर्छ वा निष्कासित गरिनुपर्छ, र अन्धाधुन्ध रूपमा तिनीहरूलाई पछ्याउने अलमल्ल व्यक्तिहरूलाई सुरुमा सङ्गति र सहयोग गरिनुपर्छ। यदि तिनीहरूले पश्चात्ताप गरेनन् वा आफ्नो मार्ग परिवर्तन गरेनन् भने, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ। तिनीहरूप्रति कुनै शिष्टता देखाउनु हुँदैन!
गुटबन्दी गर्नु भनेको के हो—के यो कुरा बुझ्न सजिलो छ? यदि एउटा व्यक्तिले कुनै समस्याको कुरा उठाउँछ र अरू धेरैले पनि त्यो विचारमा सहमति जनाउँछन् भने, के त्यो गुटबन्दी गर्नु हो? (होइन।) यदि तुलनात्मक रूपमा ठूलो बोझ लिने र इन्साफको बोध भएका केही विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई कुनै महत्त्वपूर्ण काम पूरा गर्न सहभागी हुन आह्वान गरे भने, वा यदि भेलामा परिणामहरू हासिल गर्ने र महत्त्वपूर्ण विषयमा सत्यता र परमेश्वरका अभिप्रायहरू बुझ्न सक्ने उद्देश्यले, तिनीहरूले सबैलाई सङ्गतिमा अगुवाइ गरे भने, र सङ्गति गर्ने र परमेश्वरका वचनहरू प्रार्थनार्थ पढ्ने क्रममा सबैले तिनीहरूकै सोच पछ्याए भने, के त्यो गुटबन्दी गर्नु हो? (होइन।) मण्डलीमा, कस्ता मानिसहरूले गुटबन्दी गर्ने सम्भावना हुन्छ? गुटबन्दी गर्नु कस्तो व्यवहार हो? (केही मानिसहरूले एकअर्काको ढाकछोप गर्नु र एकअर्कालाई मनलाग्दी गर्न दिनु, वा डाहा र कलहमा संलग्न हुनु, र यी सबै कुराले गर्दा मण्डलीको काममा अवरोध र बाधा आउनु—यो गुटबन्दी गर्नु हो।) यो एउटा पक्ष हो। यहाँको मुख्य बुँदा के हो? आपसी ढाकछोप र मनलाग्दी गर्न दिने कार्यले बाधा र व्यवधान ल्याउँछ; कुनै काम गर्नु गलत छ र यो सत्यता सिद्धान्तहरूअनुरूप छैन भन्ने थाहा पाएर पनि, जानीजानी यसलाई लुकाउनु, कुतर्क गर्नु, र सत्य नबोल्नु, कसैको इज्जत र हैसियत रक्षा गर्न मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई हानि गर्न रुचाउनु, र परमेश्वरको घरका हितहरूप्रति धोका हुने गरी दुष्कर्म गर्ने र बाधा र व्यवधान ल्याउनेहरूको ढाकछोप गर्नु—यो गुटबन्दी गर्नु हो। एउटा अर्को परिदृश्य पनि छ, जसमा मानिसहरूलाई परमेश्वरको घरका बन्दोबस्तहरूप्रति सामूहिक रूपमा विरोध गर्न लगाउने र तिनीहरूलाई बहकाउने कार्य संलग्न हुन्छ। यसको प्रकृति गम्भीर छ, यो परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउने कार्य पनि हो। गुटबन्दी गर्नुको मुख्य उद्देश्य के हो? यो मण्डली नियन्त्रण गर्नु र परमेश्वरका चुनिएका मानिसहरू नियन्त्रण गर्नु हो।
मानिसहरूसँग चिप्ले कुरा बोल्दै विभिन्न प्रकारका व्यक्तिहरूलाई आफ्नो पक्षमा ल्याउने किसिमको गुटबन्दी गर्नु पनि हुन्छ। झट्ट हेर्दा, यस्तो गिरोहका सबैले स्वतन्त्र रूपमा बोल्न र आफ्नो विचार व्यक्त गर्न सक्छन् जस्तो देखिन्छ। तैपनि, अन्तिम परिणामहरू हेर्दा, यो देख्न सकिन्छ कि तिनीहरूले वास्तवमा एउटा व्यक्तिले भनेको कुरा मात्र पछ्याइरहेका हुन्छन्—त्यो व्यक्ति तिनीहरूको पथप्रदर्शक हुन्छ। त्यसोभए, त्यो व्यक्तिले कसरी अरूलाई आफ्नो पक्षमा ल्याउँछ त? उसले कसलाई आकर्षित गर्न सकिन्छ र कसलाई आकर्षित गर्न सजिलो छ भन्ने कुरा देख्छ, र उसले तिनीहरूलाई थोरथोरै दयालु सहयोग गर्दै स-साना कृपा गरिदिन्छ। त्यसपछि उसले घुमाउरो पाराले तिनीहरूबारे जानकारी बटुल्छ, र तिनीहरूलाई के मनपर्छ, तिनीहरूलाई कसरी बोल्न मन पर्छ, तिनीहरूको व्यक्तित्व, र तिनीहरूका रुचिहरू के हुन् भनेर पत्ता लगाउँछ। यसको साथै, उसले प्रायजसो तिनीहरूको हृदय जित्नको लागि कुराकानीमा तिनीहरूसँग सहमति पनि जनाउँछ, र अन्त्यमा, उसले बिस्तारै तिनीहरूलाई आफ्नो “प्रभावमा” पार्छ, जसले गर्दा तिनीहरू थाहै नभई उसको गुटमा प्रवेश गरेर उसको समूहमा सामेल हुन्छन्। समग्रमा भन्दा, मानिसहरूलाई आफ्नो पक्षमा ल्याउनको लागि चिप्लो घसेर बोल्नु अत्यन्तै नरम विधि हो, यो “मानवीय न्यानोपन” ले भरिएको हुन्छ, र यो अत्यन्तै प्रभावकारी हुन्छ। उदाहरणको लागि, यदि कसैले नियमित रूपमा अर्को व्यक्तिलाई प्रेम देखाउँछ, कुराकानीमा ऊसँग सहमत हुन्छ, र ऊप्रति समझदारी र सहनशीलता देखाउँछ भने, त्यो अर्को व्यक्ति अचेतन रूपमै उसको सकारात्मक प्रभावमा पर्नेछ र उसको नजिक हुनेछ, र त्यसपछि उसको शक्तिमा सामेल हुनेछ। कस्ता परिस्थितिहरूमा त्यस्ता गिरोह र गुटहरूले काम गर्छन्? तिनीहरूको कट्टर समर्थकहरूमध्ये एउटा खुलासा हुनेबित्तिकै, र उसले अन्यायमा परेको महसुस गर्नेबित्तिकै, वा तिनीहरूको गुटभन्दा बाहिरको कुनै कुरा वा कसैले तिनीहरूको हित, हैसियत, वा प्रतिष्ठामा बाधा वा क्षति पुर्याउनेबित्तिकै, यस्तो व्यक्ति उसको पक्षमा बोल्न, उसको हित र अधिकारको लागि लड्न खडा हुन्छ—यो तिनीहरूले गुटबन्दी गरेको हो। मानिसहरूको लागि ढाकछोप गर्नु र तिनीहरूलाई प्रश्रय दिनु, अनि सामूहिक रूपमा विरोध गर्नु दुई स्पष्ट प्रकारका गुटबन्दी गर्ने कार्यहरू हुन्। तैपनि, चिप्लो घसेर गुटबन्दी गर्ने कार्य अहिले भनेका दुई प्रकारका कार्यजत्ति जोरदार देखिँदैन, र त्यस्तो गुटका सदस्यहरू मण्डलीभित्र प्रायजसो नजरमा पनि आउँदैनन्। तर जब मानिसहरूले विकल्प रोज्ने, र स्पष्ट अडान लिने समय आउँछ, तब त्यस्ता गुटहरू स्पष्ट रूपमा देखा पर्छन्। उदाहरणको लागि, यदि एउटा गुटको नाइकेले कुनै निश्चित मण्डली अगुवासँग क्षमता छ भनेर भन्छ भने, उसलाई पछ्याउनेहरूले तुरुन्तै त्यो अगुवाले यो क्षमता कसरी प्रदर्शन गर्छ भन्नेबारे निकै उदाहरणहरू दिनेछन्। यदि गुटको नाइकेले मण्डली अगुवामा कार्य सामर्थ्य छैन, उसको क्षमता कमजोर छ, र मानवता खराब छ भनेर भन्छ भने, अरू सदस्यहरूले पनि त्यो मण्डली अगुवा कसरी अयोग्य छ, कसरी सत्यता सङ्गति गर्न सक्दैन, कसरी शब्द र धर्मसिद्धान्तहरू बोल्छ भनेर बताउँदै सही थाप्छन्, र सबैले बरु एउटा सही व्यक्ति छनौट गर्नुपर्छ भनेर भन्छन्। यो एकप्रकारको अदृश्य गुट हो। तिनीहरू मण्डलीमा शक्ति हत्याउन र मानिसहरू नियन्त्रण गर्न सार्वजनिक रूपमा अघि नआए पनि, त्यस्ता गुट र गिरोहहरूमा एउटा अदृश्य शक्ति हुन्छ जसले मण्डली जीवन र मण्डलीको सुव्यवस्था नियन्त्रण गर्छ। यो गुटबन्दी गर्नु अझै भयानक र गुप्त रूप हो। यसभन्दा पहिले उल्लेख गरिएका गुटबन्दी गर्नुका दुइटा सहजै खुट्ट्याउन सकिने परिस्थितिहरूका साथै, जुन मण्डली अगुवाहरूले समाधान गर्नुपर्ने समस्याहरू हुन्, यो गुप्त गुटबन्दी गर्ने समस्यालाई त मण्डली अगुवाहरूले झनै बढी समाधान गर्नु र सम्हाल्नुपर्छ। तिनीहरूले यो कसरी गर्नुपर्छ? तिनीहरूले यस्तो गिरोहको नाइकेलाई सङ्गतिमार्फत सीधै सम्बोधन गर्नुपर्छ। किन सुरुमै यो नाइकेसँग सङ्गति गर्नमा ध्यान केन्द्रित गर्ने? झट्ट हेर्दा, यस्तो गुटका सदस्यहरू कसैको पनि नियन्त्रणमा हुँदैनन् जस्तो देखिन्छ, तर वास्तवमा भित्री अन्तस्करणमा तिनीहरू सबैलाई कसको आज्ञापालन गर्ने भन्ने कुरा थाहा हुन्छ, र तिनीहरू त्यही व्यक्तिको आज्ञापालन गर्न चाहन्छन्। त्यसकारण, तिनीहरूले आदर्श ठान्ने र तिनीहरूलाई नियन्त्रण गर्ने व्यक्तिलाई नै सम्हाल्नु र सम्बोधन गर्नुपर्छ, र त्यस व्यक्तिलाई सत्यता सङ्गति गरिनुपर्छ, ताकि उसले आफ्ना कार्यको प्रकृति बुझोस्। त्यो गुटको नाइकेले परमेश्वरको घरको खुल्लमखुल्ला विरोध नगरे पनि वा अगुवाहरूविरुद्ध होहल्ला नगरे पनि, उसले यी मानिसहरूको बोल्ने अधिकार, तिनीहरूको विचार, दृष्टिकोण, र तिनीहरूले पछ्याउने मार्ग नियन्त्रण गर्छ। ऊ गुप्त ख्रीष्टविरोधी हो। त्यस्ता व्यक्तिहरूलाई पहिचान गर्नुपर्छ, र त्यसपछि खुट्ट्याउनु र चिरफार गर्नुपर्छ। यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरूलाई प्रतिबन्धित गरी अलग राख्नुपर्छ। त्यसपछि, तिनीहरूमध्ये को-को यस्तै प्रकारका छन् भनेर हेर्न तिनीहरूका हरेक सदस्यबारे अनुसन्धान गर्नुपर्छ। सुरुमा, यी व्यक्तिहरूलाई अलग गर, त्यसपछि डरपोक, कायर, र बहकाउमा परेका अलमल्ल मानिसहरूसँग सङ्गति गर। यदि तिनीहरूले पश्चात्ताप गर्न र ख्रीष्टविरोधीलाई पछ्याउन छोड्न सक्छन् भने, तिनीहरू मण्डलीमा रहन सक्छन्; सक्दैनन् भने, तिनीहरूलाई अलग राख्नुपर्छ। के यो उचित शैली हो? (हो।) के मण्डलीभित्र यस्तो अवस्था आउँछ? के यस्तो समस्या समाधान गरिनुपर्छ? (यसलाई समाधान गरिनुपर्छ।) किन यसलाई समाधान गरिनुपर्छ? परमेश्वरको घरले सुसमाचार फैलाउन थालेपछि, मण्डली जीवनमा ख्रीष्टविरोधी शक्तिहरू सर्वव्यापी भएका छन्, र परमेश्वरका चुनिएका धेरै मानिसहरू फरकफरक हदमा यी शक्तिहरूद्वारा प्रभावित, बाँधिएका, वा नियन्त्रित भएका छन्। जब यी मानिसहरू बोल्छन् वा व्यवहार गर्छन्, तब तिनीहरू स्वतन्त्र र मुक्त स्थितिमा हुँदैनन्, बरु केही व्यक्तिका विचार र दृष्टिकोणहरूको बहकाउ, प्रभाव, नियन्त्रण, र कैदमा परेका हुन्छन्। यी मानिसहरू निश्चित तरिकाले बोल्न र व्यवहार गर्न बाध्य हुन्छन्; र त्यसो नगरे, त्यसका परिणामहरू भोग्नुपर्ने चिन्ता र डर तिनीहरूलाई हुन्छ। के यसले मण्डली जीवनमा असर र बाधा पुर्याएको हुँदैन र? के यो सामान्य मण्डली जीवनको प्रकटीकरण हो र? (होइन।) यस्तो मण्डली जीवन सामान्य सुव्यवस्था होइन, बरु दुष्ट मानिसहरूले नियन्त्रण गरेको अवस्था हो। जबसम्म दुष्ट मानिसहरूले मण्डलीमा शक्ति जमाउँछन्, तबसम्म त्यहाँ परमेश्वरको वचन वा सत्यताले शासन गर्दैन। सत्यता बुझ्ने अगुवा, कामदार, र विश्वासी दाजुभाइ-दिदीबहिनीहरू दमनमा पर्नेछन्। यस्तो मण्डली ख्रीष्टविरोधी शक्तिहरूद्वारा नियन्त्रित मण्डली हो। यो परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा आएको समस्या र घटना पनि हो, जुन कुरा अगुवाहरू र कामदारहरूले सम्बोधन र समाधान गर्नुपर्छ। ख्रीष्टविरोधी समूहमा रहेका केही मानिसहरूले आफ्नो गिरोहको भरोसा गुमाउने, आफ्ना समर्थकहरू गुमाउने, साथीहरू गुमाउने, आवश्यक पर्दा कुनै सहयोग नपाउने, आदि इत्यादि कुराको डर मान्छन्। त्यसकारण, तिनीहरूले गिरोहमै रहन सक्दो प्रयास गर्छन्। के यो अवस्था गम्भीर छैन र? के यसलाई समाधान गरिनुपर्दैन र? (पर्छ।) जब मण्डलीभित्र यस्तो परिस्थिति पैदा हुन्छ, तब यसबारे के धेरैजसो मानिसहरूले महसुस गर्छन्? यो कुरालाई के धेरैजसो मानिसहरूले खुट्याउँछन्? कति मानिसहरू त थाहै नभई कसैको नियन्त्रणमा परेका हुन्छन्, अनि तिनीहरूलाई सधैँ त्यही व्यक्तिका विचार र दृष्टिकोणहरू, त्यही व्यक्तिका अभिव्यक्ति र व्यवहारहरू, त्यही व्यक्तिका शिक्षाहरू पछ्याउनुपर्छ, र तिनीहरूलाई त्यो व्यक्तिसित “नाइँ” भन्न, त्यो व्यक्तिविरुद्ध जान पनि डर लाग्छ, र त्यो व्यक्तिले बोल्दा उसलाई चिढ्याइएला भन्ने डरले मन नलागीनलागी सहमतिमा शिर हल्लाउँदै मुस्कुराउनुसमेत पर्छ। के यस्ता परिस्थितिहरू आउँछन्? यहाँ समाधान गर्नुपर्ने समस्या के हो? अरूलाई बहकाउन र नियन्त्रण गर्न सक्ने ख्रीष्टविरोधी गुटको नाइकेलाई मण्डली अगुवाहरूले सम्बोधन गर्नु र सम्हाल्नुपर्छ। सर्वप्रथम त, तिनीहरूले यो ख्रीष्टविरोधीलाई खुट्याउन धेरैजसो मानिसहरूलाई मद्दत गर्न सत्यता सङ्गति गर्नुपर्छ, र त्यसपछि त्यो ख्रीष्टविरोधीलाई प्रतिबन्धित गर्नुपर्छ। यदि त्यो ख्रीष्टविरोधीले पश्चात्ताप गरेन भने, त्यसलाई मण्डलीको सामान्य सुव्यवस्थामा बाधा दिनबाट रोक्न तुरुन्तै निकाल्नुपर्छ।
सारांशमा भन्दा, सामान्य मण्डली जीवनमा, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरका वचनहरूबारे, साथै तिनीहरूको व्यक्तिगत अन्तर्ज्ञान, बुझाइ, अनुभव र कठिनाइहरूबारे स्वतन्त्र र निर्धक्क रूपमा सङ्गति गर्न सक्नुपर्छ। अनि अवश्य नै, तिनीहरूसँग सिद्धान्तहरू उल्लङ्घन गर्ने अगुवाहरू र कामदारहरूको कुनै पनि कार्यबारे सुझाव दिने, आलोचना गर्ने, र खुलासा गर्ने अधिकार पनि हुनुपर्छ, र साथै सहयोग र सल्लाह प्रदान गर्ने अधिकार पनि हुनुपर्छ। यो सबै कुरा स्वतन्त्र हुनुपर्छ, र यी सबै पक्षहरू सामान्य हुनुपर्छ; यी कुराहरू कुनै पनि व्यक्तिद्वारा नियन्त्रित हुनु हुँदैन, जसले गर्दा परमेश्वरका चुनिएका मानिसहरू बन्धनमा परून्—त्यस्तो त सामान्य मण्डली जीवन नै हुनेछैन। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले कसरी बोल्नुपर्छ, कसरी व्यवहार गर्नुपर्छ, कसरी आचरणमा ढाल्नुपर्छ र मण्डली जीवनमा कसरी सामान्य अन्तरवैयक्तिक सम्बन्धहरू स्थापना गर्नुपर्छ, र यस्तै अन्य कुराहरूबारे परमेश्वरको घरका मापदण्ड, नियम, र सिद्धान्तहरू छन्, र यी कुराहरू कुनै पनि व्यक्तिले निर्धारित गर्दैन। जब विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले कुनै काम गर्छन्, तब तिनीहरूले कुनै पनि व्यक्तिको भाव जाँच गर्नुपर्दैन, र तिनीहरूले कुनै पनि व्यक्तिको आदेश पालना गर्नु वा कुनै पनि व्यक्तिको बन्धनमा पर्नु जरुरी पर्दैन। कोही पनि पथप्रदर्शक वा कप्तान हुनु हुँदैन; दिशा प्रदान गर्न सक्ने एउटै कुरा भनेको परमेश्वरको वचन, अर्थात् सत्यता हो। त्यसकारण, परमेश्वरका चुनिएका मानिसहरूले पालना गर्नैपर्ने कुरा भनेको परमेश्वरको वचन, सत्यता, र भेलाहरूमा सत्यता सङ्गति गर्ने सिद्धान्तहरू हो। यदि तँ सधैँ अर्को व्यक्तिको बन्धनमा हुन्छस्, सधैँ उसको सङ्केत लिन्छस्, र उसको असन्तुष्ट रूप वा बिग्रेको अनुहार देख्दा बोल्ने आँट गर्दैनस् भने, यदि तँ परमेश्वरका वचनहरू र आफ्ना व्यक्तिगत अनुभवात्मक बुझाइहरूबारे सङ्गति गर्दा सधैँ त्यो व्यक्तिको नियन्त्रणमा हुन्छस्, सधैँ विवश पारिएको महसुस गर्छस्, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न सक्दैनस् भने, र यदि त्यो व्यक्तिको शब्द, रूपरङ्ग, अनुहारको भाव, आवाजको शैली, र उसको बोलीवचनमा भएका अप्रत्यक्ष धम्कीहरूले तँलाई निरन्तर बन्धनमा राख्छन् भने, तँ त्यही व्यक्तिको नेतृत्वमा रहेको गुटको नियन्त्रणमा छस्। यो समस्याग्रस्त कुरा हो; यो मण्डली जीवन होइन, यो त ख्रीष्टविरोधीले शासन गरेको गुटको जीवन हो। यस्तो समस्याको हकमा, अगुवाहरू र कामदारहरू यसलाई समाधान गर्न अघि आउनुपर्छ, र मण्डलीको सामान्य सुव्यवस्था रक्षा गर्ने दायित्व र अधिकार विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको पनि हुन्छ। मण्डली जीवनमा अवरोध र बाधा ल्याउनेहरू, विशेषगरी गुटबन्दी गर्ने र मण्डली नियन्त्रण गर्न चाहनेहरूलाई रोक्नुपर्छ, र खुलासा र चिरफार गर्नुपर्छ, र यसरी सबैलाई यो समस्याको सार, अर्थात् स्वतन्त्र राज्य स्थापना गर्ने प्रयासबारे खुट्ट्याउने क्षमता प्राप्त गर्न र छर्लङ्गै देख्न सक्षम तुल्याउनुपर्छ। मण्डलीले कुनै पनि कारणले गुटबन्दी गर्न र मण्डली विभाजन गर्न अनुमति दिँदैन। उदाहरणको लागि, सामाजिक पहिचान र हैसियत, गाउँ-टोल, क्षेत्र, वा धार्मिक सम्प्रदायको आधारमा समूहमा विभाजित हुनु, वा शिक्षाको स्तर, सम्पत्ति, जात र छालाको रङ्ग, र आदि इत्यादि कुराहरूको आधारमा समूहमा विभाजित हुनु—यी सबै सत्यता सिद्धान्तहरूविपरीत छन् र यस्ता कार्य मण्डलीमा हुनु हुँदैन। मानिसहरूलाई यी स्तर, दर्जा, गिरोह, र गुटहरूमा विभाजन गर्नको लागि जुनसुकै बहाना प्रयोग गरिए पनि, यसले मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउँछ, र यो अगुवाहरू र कामदारहरूले तुरुन्तै समाधान गर्नुपर्ने समस्या हो। छोटकरीमा भन्दा, मानिसहरू गुट, गिरोह, वा समूहमा विभाजित हुनुको कारण जेसुकै भए पनि, यदि तिनीहरूले निश्चित शक्ति जमाएका छन्, र ती कुराहरूले मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा ल्याउँछन् भने, तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि त्यस्ता गुटहरूका सदस्यहरूलाई मनाउन सकिएन भने, यी दुष्कर्मीहरूलाई अलग गर्न र निकाल्न सकिन्छ। यी समस्याहरू सम्हाल्नु पनि अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने काम र जिम्मेवारीहरूको भाग हो। त्यसोभए, यहाँ के कुरा बुझ्नुपर्छ? यो कि, जब कतिपय मानिसहरूले मण्डलीमा शक्तिहरू निर्माण गरेका हुन्छन्, र जब तिनीहरू मण्डली अगुवाहरू, मण्डलीको काम, र परमेश्वरका वचनहरूविरुद्ध सङ्घर्ष र विरोध गर्न, र मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा दिन र हानि गर्न सक्षम भएका हुन्छन्, तब त्यस्ता व्यवहार, प्रकटीकरण, र परिस्थितिहरूलाई तुरुन्तै प्रतिबन्धित गर्नु र सम्हाल्नुपर्छ। गुटबन्दी गर्ने कुरा आउँदा, यसमा संलग्न मानिसहरूको सङ्ख्याको आधारमा कुनै भिन्नता छुट्याउनुपर्दैन। यदि दुई जना मानिसहरू मिलेर बस्छन् र मण्डलीमा कुनै बाधा ल्याउँदैनन् भने, हस्तक्षेप गर्नुपर्दैन। तर जब तिनीहरूले मण्डली नियन्त्रण गर्नको लागि बाधाहरू पैदा गर्न र शक्ति निर्माण गर्न थाल्छन् भने, यी व्यक्तिहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरूलाई तुरुन्तै निकाल्नु वा निष्कासित गरिनुपर्छ। यही नै सिद्धान्त हो।
मे २२, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।