अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१३) खण्ड तीन

इ. घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु

यसपछि, तेस्रो समस्याबारे सङ्गति गरौँ: घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु। हाम्रो सङ्गतिमा हामीले सम्बोधन गर्ने तेस्रो मामलाका यी समस्याहरू मण्डली जीवनमा अवश्य नै प्रकट हुनु हुँदैन। मण्डली जीवन जिउने क्रममा, मानिसहरू परमेश्‍वरका वचनहरू खान-पिउन, परमेश्‍वरका वचनहरू बाँड्न, सत्यता सङ्गति गर्न, र आफ्नो व्यक्तिगत अनुभवका गवाहीहरूमा सङ्गति गर्न आउँछन्, र यस क्रममा तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू र सत्यताको बुझाइ खोजी गर्छन्। त्यसोभए, के मण्डली जीवनमा घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नुजस्ता समस्याहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ? (पर्छ।) कति मानिसहरू भन्छन्, “के एकअर्कालाई अभिवादन गर्नु ठीक होइन र? यदि दुई मानिसहरू तुलनात्मक रूपमा नजिक छन् र पहिले नै परिचित भइसकेका छन्, र तिनीहरूले मण्डली जीवनको अवधिमा भेटेर अलिअलि कुराकानी गर्छन् भने, के त्यो घरायसी मामलाहरूबारे कुराकानी गर्नु हो? के यसलाई पनि प्रतिबन्धित गर्नुपर्छ?” के तेस्रो मामलाले यस्ता समस्याहरू जनाउँछ? (जनाउँदैन।) स्पष्ट रूपमै, जनाउँदैन। यदि सरल र शिष्ट अभिवादनमा पनि प्रतिबन्ध लगाइयो भने, भविष्यमा मानिसहरूले भेला हुँदा बोल्नसमेत डराउनेछन्। तेस्रो समस्या, अर्थात् घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नुमा यी तीन वाक्यांशहरू मात्रै समावेश हुन सक्छन्, तर यी वाक्यांशहरूले प्रतिनिधित्व गर्ने समस्याहरू सरल, शिष्ट अभिवादन वा कुराकानीहरू होइनन्। ती त मण्डली जीवनमा अवरोध, बाधा, र हानि ल्याउन सक्‍ने दुष्ट कार्यहरू हुन्। ती अवरोध र बाधाहरू हुन्, त्यसकारण तिनको बारेमा सङ्गति गर्न सार्थक हुन्छ। अनि के कुरा सङ्गति गर्नुपर्छ? मानिसहरूले कुन-कुन समस्याहरू, कुन-कुन शब्दहरू बोल्छन्, तिनीहरूले के-कस्ता कामकुराहरू गर्छन्, र मानिसहरूका कुन-कुन बोलीवचन, व्यवहार, र आचरणहरू मण्डलीको काममा अवरोध र बाधा ल्याउने स्तरमा पुग्‍न सक्छन्। ती समस्याहरू गम्भीर छन् कि छैनन्, ती अवरोध र बाधाहरू हुन् कि होइनन्, र तिनलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ कि पर्दैन भन्‍ने कुरा हेर्न, अब हामी केही खास उदाहरणहरूबारे छलफल गरौँ।

मण्डली जीवनमा, कतिपय मानिसहरूले प्रायजसो परिवारका सानातिना मामलाहरू र आफ्ना धारणा र विचारहरूबारे यसरी कुरा गर्छन्, मानौँ ती छलफलका मुख्य विषयहरू हुन्। उसले भन्छे: “अहिले समाज अत्यन्तै अन्धकारमय छ; गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्नु र तिनीहरूसँग बस्नु अत्यन्तै थकाइलाग्दो कुरा हो। गैरविश्‍वासीहरूले कुनै पनि कुरा गर्न सक्छन्; यो साँच्‍चै असहनीय कुरा हो!” त्यसपछि केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले भन्छन्, “हामी परमेश्‍वरमा विश्‍वास गर्छौं; हामीले जस्तोसुकै परिस्थितिहरू सामना गरे पनि, हामीले खुट्ट्याउने क्षमता प्रयोग गर्न र सत्यता र अभ्यासका मार्गहरू खोजी गर्न सक्नुपर्छ। यदि तपाईँ यसरी जिउनुभयो भने, तपाईँलाई थकाइ लाग्‍नेछैन।” तैपनि उसले भन्छे, “परमेश्‍वरको वचन सत्यता हो, तर यो सर्व-औषधी होइन। मलाई मेरो श्रीमान्‌को अफेयर भइरहेको छ भन्‍ने चिन्ता लाग्थ्यो, र यो कुरा साँचो हुन पुग्यो—उसले मभन्दा जवान र सुन्दर व्यक्ति भेट्टाएछ। मैले कसरी आफ्‍ना दिनहरू बिताउने?” यसरी कुरा गर्दै जाँदा, ऊ दुःख मान्दै रुन पनि थाल्छे। उसले यसरी बोल्दा अरू केही मानिसहरूमा पनि शोक जगाउँछ। उसको जस्तै दुर्दशा भोग्‍ने केही मानिसहरूको मन तुरुन्तै ऊसँग मिल्छ र त्यहीँ नै तिनीहरूले कुरा गर्न थालिहाल्छन्। दुई घण्टाको भेलामा, उसले आफ्‍नो श्रीमान्‌को अफेयर भएपछि कसरी ऊ र श्रीमान्‌बीच विवाद भयो, कसरी उसले तिनीहरूको साझा सम्पत्ति स्थानान्तर गर्ने उपायहरू सोच्ने प्रयास गरी, डिभोर्सपछि घाटामा पर्नबाट बच्न वकिलसँग कसरी परामर्श गरी, र आदि इत्यादि कुरा गरी भनेर विस्तारमा छलफल गरी। के यो मण्डली जीवनमा छलफल गर्नुपर्ने विषय हो त? (होइन।) यदि तेरो पारिवारिक मामलाहरू समाधान भएका छैनन् र तँ भेलाहरूमा सहभागी हुँदा तेरो मन बाहिर जान्छ भने, नआउनु नै बेस हुन्छ। मण्डली भेला हुने ठाउँ तैँले आफ्नो व्यक्तिगत गुनासोको आवेग पोखाउने ठाउँ होइन, न त यो घरायसी मामलाहरूबारे कुरा गर्ने ठाउँ नै हो। यदि तैँले घरमा कठिनाइहरू सामना गरिरहेको छस् र तँ यी समस्याहरूद्वारा उल्झनमा पर्न र बाँधिन, वा प्रतिबन्धित हुन चाहँदैनस्, र तँ परमेश्‍वरको अभिप्राय बुझ्न सत्यता खोजी गर्न चाहन्छस्, र यी सबै कुरा त्याग्‍न चाहन्छस् भने, तैँले भेलाको बेला आफ्ना समस्याहरूबारे छोटकरीमा सङ्गति गर्न सक्छस् ताकि दाजुभाइ-दिदीबहिनीहरूले तँलाई सहयोग गर्न सत्यता सङ्गति गर्न सकून्। यसले तँलाई परमेश्‍वरको अभिप्राय बुझ्न र तँलाई दह्रिलो बन्‍न, यी समस्याहरूको बन्धनमा नपर्न, नकारात्मकता र कमजोरीबाट बाहिर निस्कन, र तेरो लागि सही र सबैभन्दा उपयुक्त मार्ग छनौट गर्न मद्दत गर्न सक्छ। तैँले सङ्गति गर्नुपर्ने कुरा यही हो। तर यदि तैँले यी झिजोलाग्दा सानातिना कुराहरू आफ्नो घरबाट मण्डली जीवनमा ल्याएर पोखाउँछस् र प्रचार गर्छस्, र धेरैजसो मानिसहरूले सरमले तँलाई रोक्दैनन् वा तेरो कुरा बीचैमा काट्दैनन्, बरु धैर्यता कायम राखेर यी झिजोलाग्दा सानातिना कुराहरू बाध्य भएर सुनिरहन्छन् भने, के यो उचित हुन्छ? के यो प्रेम देखाउनु हो? के यो सहनशील र धैर्य हुनु हो? तेरो यो व्यवहारले मण्डली जीवनमा पहिल्यै बाधा ल्याइसकेको छ। यसबाट को पीडित हुन्छ? परमेश्‍वरका चुनिएका मानिसहरू। विशेषगरी मूलभूमि चीनको वातावरणमा, जहाँ भेला हुन सजिलो छैन र विश्‍वासीहरू सबै ठाउँमा लुक्‍नुपर्छ, त्यहाँ अग्रिम रूपमा विभिन्‍न कुराहरूको समयतालिका बनाउनुपर्छ—यदि कसैले भेला हुने ठाउँमा हरेकलाई यी सबै झिजोलाग्दा पारिवारिक मामलाहरू सुनाउँछ र यसबारे टिप्पणी गर्न लाउँछ भने, के यो उचित हुन्छ? धेरैजसो मानिसहरू सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्न भेलाहरूमा आउँछन्, यी झिजोलाग्दा सानातिना कुराहरू सुन्न, घरायसी मामलाहरूबारे तेरो गफ सुन्न होइन। कति मानिसहरू भन्छन्, “मसँग नजिकको अरू कोही छैन, त्यसकारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग यस्ता कुराहरूबारे गफ गर्नुमा के गल्ती हुन्छ र?” तैँले ती कुराबारे गफ गर्न सक्छस्, तर समय महत्त्वपूर्ण छ। भेलाको समयभन्दा बाहिर, अर्को पक्ष सुन्न तयार छ भने, तैँले ती कुराबारे कुरा गर्न सक्छस्; त्यो तेरो स्वतन्त्रता हो, र परमेश्‍वरको घरले तँलाई प्रतिबन्धित गर्नेछैन। तर तैँले अहिले त्यस्ता विषय कुरा गर्न छनौट गरेको ठाउँ र समय सही छैनन्। यो मण्डली जीवनको समय हो, भेलाको समय हो, र परिवारका मामलाहरूबारे तेरो अन्त्यहीन कुराकानीले निरन्तर विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छ र यसलाई प्रतिबन्धित गरिनुपर्छ। के यो नियम होइन र? यो वास्तवमै एउटा नियम हो। नियमहरू नबुझ्नु स्वीकार्य हुँदैन, किनभने यसले गर्दा तर्कहीन व्यवहार गर्ने र अरूलाई बाधा दिने अवस्था ल्याउन सक्छ। बाधाहरू पैदा गर्ने व्यवहार, बोलीवचन, र आचरणलाई प्रतिबन्धित गरिनुपर्छ; यो अगुवाहरू र कामदारहरूको, साथै सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जिम्मेवारी हो। कति मानिसहरूसँग भेलाहरूमा सङ्गति गर्ने कुरा सामान्यतया थोरै हुन्छ, तर जब तिनीहरूको पारिवारिक जीवनमा समस्याहरू देखा पर्छन्, तब तिनीहरूले अरूलाई यी झमेलापूर्ण सानातिना कुराहरू पोखाउँछन्। के अरूले सुन्नैपर्छ भन्‍ने हुन्छ र? के तिनीहरूसँग तेरा लागि सही र गलत मूल्याङ्कन गर्ने दायित्व हुन्छ र? तिनीहरूसँग त्यस्तो कुनै दायित्व हुँदैन। ती कुराहरू ती मानिसहरूका व्यक्तिगत मामला हुन्, र तिनीहरूले ती कुराहरू आफै सम्हाल्नुपर्छ; तिनीहरूले भेलाको समयमा आफ्नो व्यक्तिगत मामलाहरूबारे कुरा गर्नु हुँदैन। यो नियमविपरीत र तर्कहीन हुन्छ, र यस्तो व्यवहारलाई प्रतिबन्धित गरिनुपर्छ।

कतिपय मानिसहरूका छोराछोरी विश्‍वविद्यालय जान्छन्, र तिनीहरूले आफ्ना छोराछोरीका सम्भाव्यताहरूबारे चिन्ता गर्न, र तिनीहरूको लागि चिनजान-सम्पर्कहरू बढाउन, निरन्तर यस्तो सोच्न थाल्छन्, “हाम्रो परिवारमा कुनै सरकारी अधिकारीहरू छैनन्; मेरो छोराले विश्‍वविद्यालयबाट स्नातक गरेपछि कस्तो जागिर पाउन सक्छ? उसको भविष्य कस्तो हुनेछ? के मेरो वृद्ध अवस्थामा उसले मलाई साथ दिन सक्‍नेछ? उसले स्नातक गरेपछि राम्रो जागिर पाउँछ भन्‍ने कुरा सुनिश्‍चित गर्ने उपाय मैले खोज्नुपर्छ।” भेलाहरूमा सहभागी हुँदा, तिनीहरूले भन्छन्, “मेरो छोरा अत्यन्तै आज्ञाकारी छ। उसले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई समर्थन गर्ने मात्र होइन, उसले त विश्‍वविद्यालय पूरा गरेपछि विश्‍वास पनि गर्न चाहन्छ। तैपनि, एउटा कुरा के हो भने, हामीले परमेश्‍वरमा विश्‍वास गरे पनि, हामीले अझै पनि जीविकोपार्जन गर्नुपर्छ, होइन र? स्नातक गरेपछि उसले कस्तो जागिर पाउन सक्छ मलाई थाहा छैन। अहिले कुन-कुन जागिरमा राम्रो तलब पाउँछ? सिस्टर फलानी, तपाईँको श्रीमान्‌ म्यानेजर हुनुहुन्छ भन्‍ने सुनेको छु। के उहाँसँग सहयोग गर्ने कुनै उपाय छ कि? मेरो छोरा शिक्षित छ, उसले संसार देखेको छ, उसको क्षमता मेरो भन्दा राम्रो छ, र ऊ कम्प्युटरमा सिपालु छ; उसले भविष्यमा परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न सक्छ। तर अहिले, सुरुमा जागिर खोज्ने कुरा हल गर्नुपर्छ; उसले जागिर पाउन सकेन भने उसलाई गाह्रो हुनेछ।” तिनीहरू भेलामा आउँदा, हरेकपटक नै यी कुराहरू उठाउँछन्, र कुरा कहिल्यै सकिँदैन। तिनीहरूले आफूलाई कसले सहानुभूति दिन सक्छ भनेर हेर्छन्, र त्यसपछि ती मानिसहरूसँग सम्बन्ध निर्माण गर्ने प्रयास गर्छन्। भेलाहरूको बेला तिनीहरूले ती मानिसहरूसँग नजिकिन र तिनीहरूलाई मनपर्ने कुराहरू र उपहारसमेत दिने प्रयास गर्छन्, र कहिलेकहीँ त तिनीहरूको लागि स्वादिष्ट खानेकुरा ल्याइदिने वा सानातिना सरसामान किनिदिनेसमेत गर्छन्। के यो व्यक्तिगत सम्पर्क निर्माण गर्नु र जग तयार गर्नु होइन र? जग तयार गर्नुको उद्देश्य के हो? यो आफ्नो व्यक्तिगत मामलाहरू सम्हाल्न, आफ्नै उद्देश्यहरू हासिल गर्न अरूलाई प्रयोग गर्नु हो। भेलाहरूमा तिनीहरू अनुभवात्मक गवाही सुनाउने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको कुरा सुन्न चाहँदैनन्, परमेश्‍वरको घरले तिनीहरूको लागि मिलाएको हरकुनै काम तिनीहरूले बेवास्ता गर्छन्, र तिनीहरूको स्थितिबारे तिनीहरूलाई सहयोग र सल्लाह दिने दाजुभाइ-दिदीबहिनीहरूको कुरा सुन्न तिनीहरू चाहँदैनन्। तिनीहरू आफ्नो छोराले जागिर पाउने कुरामा मात्रै अत्यन्तै उत्साहित हुन्छन्, र यसबारेमै निरन्तर कुरा गर्छन्। तिनीहरूले आफूले भेट्ने जोकोहीसँग मात्रै होइन भेलाहरूमा पनि यसबारेमै कुरा गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले यो मामलामा विशेष ध्यान दिन्छन् र यसैमा धेरै मेहनत लाउँछन्। हरेक भेलामा, तिनीहरूले यो मामलामा कुरा गर्न दाजुभाइ-दिदीबहिनीहरूबाट केही समय लिनैपर्ने हुन्छ। आफ्‍नै अनुभवहरूबारे सङ्गति गर्दा पनि, तिनीहरूले यसबारे उल्लेख गर्न बिर्सँदैनन्, र हरेकलाई दिक्‍क र वाक्‍क नलागेसम्म कुरा गरिरहन्छन्, र तिनीहरूलाई रोक्न धेरैजसो मानिसहरूलाई अप्ठ्यारो लाग्छ। यो क्षण, अगुवाहरू र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र यसो भन्दै तिनीहरूलाई प्रतिबन्धित गर्नुपर्छ, “तपाईँको परिस्थिति सबैलाई थाहा छ। यदि कोही दाजुभाइ-दिदीबहिनीहरू सहयोग गर्न तयार छन् भने, त्यो तपाईँहरूको व्यक्तिगत सम्बन्ध हो। यदि अरूले सहयोग गर्न चाहँदैनन् भने, तपाईँले उहाँहरूलाई जबरजस्ती गर्नु हुँदैन। तपाईँको छोरालाई जागिर खोज्‍न सहयोग गर्नु विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको दायित्व वा जिम्मेवारी होइन; यो तपाईँको व्यक्तिगत मामला हो र तपाईँले दाजुभाइ-दिदीबहिनीहरूको परमेश्‍वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने बहुमूल्य समय लिनु हुँदैन। व्यक्तिगत मामलाहरूबारे सङ्गति गरेर अरूले परमेश्‍वरका वचनहरू खाने-पिउने कार्यमा हस्तक्षेप नगर्नुहोस्। भेलापछि, तपाईँले आफूले चाहेको व्यक्तिसँग कुरा गर्न सक्‍नुहुन्छ, आफूले चाहेको व्यक्तिबाट मद्दत माग्‍न सक्‍नुहुन्छ, तर यसबारे कुरा गर्न भेलाको समय प्रयोग नगर्नुहोस्। व्यक्तिगत मामलाहरू सम्हाल्न भेलाको समय प्रयोग गर्नु तर्कहीन र लाजमर्दो कुरा हो; यो मण्डली जीवनमा बाधा दिने कार्यको प्रकटीकरण हो। यो मामला यहीँ नै समाप्त हुनुपर्छ।” अगुवाहरू र कामदारहरूले गर्नुपर्ने कुरा यही हो।

भेलाहरूमा, कतिपय वृद्ध महिलाहरूले अतिथि सत्कारक परिवारका जवान बहिनीहरू सुन्दर, इमानदार, र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र सत्यता पछ्याउने व्यक्तिहरू हुन् भन्‍ने पत्ता लगाउँछन्, त्यसकारण तिनीहरूलाई मन पराउँछन् र ती जवान बहिनीहरूलाई आफ्नो बुहारी बनाउन चाहन्छन्। तिनीहरूले भेलाहरूमा यो कुरा सधैँ उठाउने मात्र होइन, भेलाहरूमा आउँदा ती जवान बहिनीहरूलाई थोरथोरै कृपा र थप हेरचाह पनि प्रदान गर्छन्। ती जवान बहिनीहरू असहमत हुँदा पनि, तिनीहरूले तिनीहरूलाई निरन्तर झिज्याउँछन् र सताउँछन्, र छोड्दै छोड्दैनन्। तिनीहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू नीच चरित्रका होइनन् र? तिनीहरू सबै विश्‍वासी दिदीबहिनीहरू भएकाले, धेरैजसोले यी समस्याहरू हल गर्न परमेश्‍वरका अभिप्रायहरू र उहाँका वचनहरू मात्रै सङ्गति गर्न सक्छन्। तैपनि, कति मानिसहरूमा विवेक, समझ, र आत्मचेतना हुँदैन, तिनीहरूमा ठूलो व्यक्तिगत इच्छा हुन्छ, र तिनीहरूले कुनै सरमबोध नगरी आफ्‍नो हरकुनै स्वार्थी इच्छा पूरा गर्न चाहन्छन्। त्यसकारण, कति मानिसहरू त भेलाहरूमा यस्तो कुराको सिकार बन्छन् र असहज महसुस गर्छन्। के यो अरूलाई बाधा दिनु होइन र? त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ? मण्डली जीवन र दाजुभाइ-दिदीबहिनीहरूमाझ यस्ता कुराहरू प्रतिबन्धित गर्न र हटाउन मण्डली अगुवाहरू खडा हुनुपर्छ। यसको साथै, कति मानिसहरूले भेलाहरूमा हरकिसिमका मुडहरू लिएर आउँछन्—तिनीहरूको छोराले सन्तानीय प्रेम गर्दैन, बुहारीले सधैँ माइतमा सामानहरू लैजान्छ, सासू र बुहारीबीच झगडा भइरहन्छ…। तिनीहरूले हरेक भेलामा यी झिजोलाग्दा सानातिना कुराहरूबारे गफ गर्छन्, र आफ्ना गुनासाहरूलाई यस्तो भूमिका बाँधेर प्रस्तुत गर्छन्: “परमेश्‍वरले भन्‍नुहुने सबै कुरा साँचो हो; अहिले मानवजाति अत्यन्तै भ्रष्ट भएको छ। मेरो छोरा र बुहारीलाई हेर, तिनीहरूमा विवेकको कमी छ, समझको कमी छ—परमेश्‍वरले मानवताको कमी हुनु भनेर भन्‍नुभएको यही हो, र तिनीहरू पशुहरूभन्दा पनि खराब छन्। दूध पिउँदा भेडाको पाठालाई समेत निहुरिन आउँछ, तर मेरो छोराले श्रीमती पाएपछि आफ्‍नी आमालाई नै बिर्स्यो!” तिनीहरूले भेलाहरूमा सहभागिता जनाउँदा हरेकपटक, यी गुनासाहरू व्यक्त गर्छन्। भेलाहरूमा सहभागी हुँदा आफ्नो कम्पनीका कुराहरू बताउने मानिसहरू पनि छन्—कसको कार्यप्रस्तुति उत्कृष्ट छ र धेरै बोनस पाउँछ; अर्को महिना कसले बढुवा पाउँछ, जबकि तिनीहरूको आफ्नो चाहिँ बढुवाको कुनै आशै हुँदैन; अनि कसले सबैभन्दा राम्रो लुगा लगाउँछ र सबैभन्दा राम्रो ब्रान्डको सामान किन्छ; कसले धनी श्रीमान्‌सँग विवाह गरेको छ…। लामो समय परमेश्‍वरमा विश्‍वास गरेका र केही जग बसालेका मानिसहरूको हकमा भन्दा, तिनीहरूले त्यस्तो कुरा सुन्न चाहँदैनन् र त्यसप्रति वाक्‍क मान्छन्। तैपनि, अझै जग बसाल्‍न वा परमेश्‍वरका वचनहरूमा रुचि विकास गर्न बाँकी रहेका कतिपय नयाँ विश्‍वासीहरूले यस्ता विषयहरूलाई उत्साहजनक ठान्छन्, र तिनीहरूले कुराकानी गर्ने र व्यक्तिगत सम्पर्कहरू निर्माण गर्ने ठाउँ भेट्टाइयो भन्‍ने सोच्छन्। भेलाहरूमा, तिनीहरू अघिपछि गर्दै कुराकानी गर्छन्, र बिस्तारै ती दुई मानिसहरूले एकअर्कासँग सहमत हुने पाउँछन् र तिनीहरूको सम्पर्क विकास हुन्छ, र यसरी व्यक्तिगत सम्बन्ध निर्माण हुन्छ। भेला हुने ठाउँ लेनदेनको स्थल, मानिसहरूले व्यर्थको गफ गर्ने, व्यक्तिगत सम्पर्कहरू बनाउने, व्यापारिक लेनदेन गर्ने, र व्यावसायिक काममा संलग्‍न हुने ठाउँ बनेको हुन्छ। यी समस्याहरू अगुवाहरू र कामदारहरूले तुरुन्तै पहिचान गरेर रोक्नुपर्ने कुराहरू हुन्।

कति मानिसहरू त आफ्नो लागि राम्रो जागिर खोज्ने उद्देश्यले भेलाहरूमा सहभागी हुन्छन्, कतिले आफ्नो श्रीमान्‌लाई बढुवा पाउन मद्दत गर्न, कतिले आफ्ना छोराछोरीको लागि राम्रो जागिर खोज्न, र कतिले छुटमा सामान किन्न सहभागिता जनाउँछन्। कति अरूचाहिँ आफ्नो परिवारका बिरामीहरूको लागि धेरै उपहार दिनु नपर्ने गरी राम्रो मुख्य डाक्टर खोज्‍न भेलाहरूमा आउँछन्। छोटकरीमा भन्दा, सत्यता नपछ्याउने र गुप्त मनसाय बोक्‍ने ती अविश्‍वासीहरूले व्यक्तिगत सम्पर्कहरू निर्माण गर्ने र व्यक्तिगत मामलाहरू सम्हाल्ने सबैभन्दा राम्रो समय मण्डली भेलाहरूको समयलाई ठान्छन्। प्रायजसो, परमेश्‍वरका वचनहरू सङ्गति गर्ने वा यो दुष्ट संसार र यो भ्रष्ट मानवजातिको सार चिन्‍ने बहानामा, तिनीहरूले आफ्ना कठिनाइहरू र आफूले छलफल गर्न चाहेका विषयहरू उठाउँछन्, र अन्ततः आफ्ना लुकेका स्वार्थी मनसायहरू र तिनीहरूले पूरा गर्ने उद्देश्य राखेका व्यक्तिगत मामलाहरू बिस्तारै खुलासा गर्छन्। तिनीहरूले आफ्नै अभिप्रायहरू खुलासा गर्छन्, र अरूलाई तिनीहरूले कठिनाइहरू सामना गरिरहेका छन् भन्‍ने गलत विश्‍वास गराउँछन्, र सबैले तिनीहरूलाई विनासर्त प्रेम देखाउनु र सहयोग गर्नुपर्छ र सट्टामा केही अपेक्षा गर्नु हुँदैन भन्‍ने इङ्गित गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने नाममा विभिन्‍न छिद्रहरूबाट फाइदा उठाउँछन्, भेला हुने स्थानहरूमा आफूले साथी बनाउन चाहेकाहरू र तिनीहरूको काम पूरा गरिदिन सक्‍ने मानिसहरू खोजी गर्छन्। कतिले त भित्री गोप्य मूल्यमा कार किन्‍न खोज्दै, दाजुभाइ-दिदीबहिनीहरूमाझ कार डिलरमा काम गर्ने वा कार डिलरको मालिकसँग सम्पर्क भएको कुनै पनि व्यक्ति छ कि भनेर खोज्छन्। तिनीहरूले आफ्नो निसाना पहिचान गरेपछि, तिनीहरू अघि सर्छन्, तिनीहरूसँग घुलमिल हुन्छन् र सम्पर्क निर्माण गर्छन्। यदि त्यो व्यक्तिलाई परमेश्‍वरका वचनहरू पढ्न मन पर्छ भने, तिनीहरू सँगै परमेश्‍वरका वचनहरू पढ्न प्रायजसो त्यो व्यक्तिको घर जान्छन्, र भेलाहरूमा तिनीहरू त्यो व्यक्तिको छेउ बसेर सम्पर्क जानकारी साट्छन्। त्यसपछि, तिनीहरूले आफ्नो उद्देश्य पूरा नभएसम्म हरेस नखाने सङ्कल्प गर्दै आफ्नो चाल सुरु गर्छन्। यी सबै मण्डलीभित्र र मानिसहरूमाझ बारम्बार देखा पर्ने समस्याहरू हुन्। यदि भेलाका स्थानहरूमा र भेलाको समयमा यी समस्याहरू देखा परे भने, यी कुराले वास्तवमै मण्डली जीवनमा अवरोध र बाधा ल्याउँछन्, र मण्डली जीवनमा असर पार्छन्। यदि लामो समयसम्म मण्डलीमा मण्डली जीवन भएन भने, त्यो मण्डली सामाजिक समूह, लेनदेन गर्ने ठाउँ, व्यक्तिगत सम्पर्क निर्माण गर्ने, चोर बाटोबाट निगाह खोज्ने, र व्यक्तिगत मामलाहरू सम्हाल्ने ठाउँ बन्छ। यो ठाउँको प्रकृति परिवर्तन हुन्छ, र यसका परिणामहरू के हुन्छन्? कम्तीमा पनि, यसले गर्दा मण्डली जीवन गुम्छ, अर्थात् विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग परमेश्‍वरका वचनहरू प्रार्थनार्थ-पढ्न र सत्यता बुझ्‍न बिताइने बहुमूल्य समय खेर जान्छ। अझ भन्‍ने हो भने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले गर्दा पवित्र आत्माले काम गर्ने, र मानिसहरूलाई सत्यता बुझ्न अन्तर्दृष्टि प्रदान गर्ने बहुमूल्य अवसर खेर जान्छ। यो सबैले मानिसहरूको जीवन प्रवेशमा हानि गर्छ। त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूको फाइदा र जीवन प्रवेशको लागि, र सबैको जीवनप्रति जिम्मेवार हुनको लागि, त्यस्ता व्यक्तिहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु अत्यावश्यक हुन्छ; अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम यही हो। अवश्य नै, यदि साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यी मानिसहरू र तिनीहरूका व्यवहारहरूको वास्तविकता छर्लङ्गै देख्‍न सक्छन् भने, तिनीहरूले पनि इन्कार गर्न खडा भई “हुँदैन” भनेर भन्‍नुपर्छ। विशेषगरी मण्डली जीवन जिउने क्रममा, मानिसहरूको लागि मण्डली जीवन सबैभन्दा महत्त्वपूर्ण समय हो, र त्यस क्रममा यदि कसैले यी कुराहरूबारे गफ गर्न र यी कुराहरू सम्हाल्न भेलाहरूको समय लिन्छ भने, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग यी कुराहरू बेवास्ता गर्ने अधिकार हुन्छ, र अझै बढी रूपमा, यस्ता कुराहरू रोक्‍ने र इन्कार्ने अधिकार हुन्छ। के यसो गर्नु सही कुरा हो? (हो।) कति मानिसहरूले के सोच्छन् भने परमेश्‍वरको घरले यसो गर्दा यसले मानवीय न्यानोपनको कमी देखाउँछ। के मानवीय न्यानोपन सामान्य मानवता हो? के मानवीय न्यानोपन सत्यताअनुरूप हुन्छ? यदि तँसँग मानवीय न्यानोपन छ र तैँले आफ्नो व्यक्तिगत मामलाहरूको लागि भेलाको समय लिन्छस्, र धेरैजसो मानिसहरूलाई तँलाई साथ र सहयोग दिन लगाउँछस्, आफ्‍ना व्यक्तिगत मामलाहरू सम्हाल्ने आफ्‍नो उद्देश्य हासिल गर्छस्, र परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने सामान्य क्रममा बाधा दिन्छस्, र तिनीहरूलाई यो बहुमूल्य समय गुमाउन लगाउँछस् भने, के यो तिनीहरूको लागि निष्पक्ष हुन्छ? के यो मानवीय न्यानोपन हुनुसँग मिल्छ? यो त सबैभन्दा अमानवीय र अनैतिक शैली हो, र मानिसहरूले खडा भएर यसको निन्दा गर्नुपर्छ। यदि अगुवाहरू र कामदारहरू अयोग्य अबुझ्, काम नलाग्ने, र त्यस्ता व्यवहारहरू तुरुन्तै रोक्न र प्रतिबन्धित गर्न नसक्ने अनि वास्तविक काममा संलग्‍न नहुने खालका छन् भने, न्यायबोध भएका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू यस्तो व्यवहार र यस्तो वातावरण मण्डलीमा फैलिनबाट रोक्न एकजुट हुनुपर्छ। यदि तँ परमेश्‍वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने बहुमूल्य समय गुमाउन चाहँदैनस्, र तेरो जीवन प्रवेशमा बाधा र हानि होस्, र मुक्ति पाउने आफ्‍नो मौका बरबाद होस् भन्‍ने चाहँदैनस् भने, तँ यस्ता घटनाहरू इन्कार्न, रोक्न, र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। त्यसो गर्नु उचित र परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ। तिमीहरूमध्ये कतिलाई त यसो गर्न अप्ठेरो लाग्छ; तँलाई लज्जित महसुस हुन सक्छ, तर दुष्टहरू लज्जित हुँदैनन्। तिनीहरूले तेरो भेलाको बहुमूल्य समय, अर्थात् पवित्र आत्माले काम गर्ने र परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुने तेरो समय लिने दुस्साहस गर्छन्। यदि तँलाई तिनीहरूलाई इन्कार्न अप्ठेरो लाग्छ भने, तँ आफ्नो जीवनमा घाटा पाउन लायक छस्! यदि तँ शैतान, दियाबलस, र अविश्‍वासीहरूलाई प्रेम देखाउन, तिनीहरूलाई सहयोग दिन, अरूको लागि आफूलाई त्याग गर्न र सिद्धान्तहरू बेवास्ता गर्न तयार हुन्छस् भने, तैँले आफ्नो जीवनको घाटाको दोष कसलाई दिन सक्छस्? त्यसकारण, व्यक्तिगत सम्पर्क निर्माण गर्ने र व्यक्तिगत मामलाहरू सम्हाल्ने सबै घटनाहरूलाई मण्डली जीवनबाट पूर्ण रूपमा हटाइनुपर्छ। यदि कसैले भेलाको समयमा आफ्नै तरिकाले कुरा गर्न जिद्दी गर्छ, र आफ्नो घरका मामलाहरूबारे बकबक गर्न, व्यर्थका गफहरू गर्न, व्यक्तिगत मामलाहरू सम्हाल्न, वा अरूको लागि जागिर र रोमान्टिक साथी खोज्न जिद्दी गर्छ, र यसरी समय बिताउने विभिन्‍न बहाना बनाउँछ भने, त्यस्तो व्यक्तिलाई कसरी सम्हाल्नुपर्छ? सर्वप्रथम, तिनीहरूलाई रोक्नुपर्छ; यदि तिनीहरूले अझै पनि मानेनन् भने, अलग गर्ने र प्रतिबन्धहरू लगाउने कारबाही गर्नुपर्छ। यदि तिनीहरूले पर्दापछाडि बाधाहरू पैदा गरिरहन्छन्, जोसँग सक्छन् त्योसँग नजिक हुन्छन् र जहाँसुकै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सामान्य जीवन पिरोल्छन् भने, तिनीहरूलाई निकाल्‍नुपर्छ र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा लिनु हुँदैन। तिनीहरू मण्डली जीवन जिउन योग्य हुँदैनन् र तिनीहरू भेलाहरूमा सहभागी हुन लायक हुँदैनन्। त्यस्ता मानिसहरूलाई प्रतिबन्धित र इन्कार गरिनुपर्छ। अवश्य नै, यो काम पनि सबै स्तरका अगुवाहरू र कामदारहरूले गर्नुपर्ने महत्त्वपूर्ण काम हो। जब त्यस्ता मामला र परिस्थितिहरू देखा पर्छन्, तब पहिले खडा भएर तिनीहरूलाई रोक्‍ने मानिसहरू अगुवाहरू र कामदारहरू नै हुनुपर्छ। तैँले तिनीहरूलाई कसरी रोक्नुपर्छ? तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ, “के तपाईँलाई तपाईँको यो व्यवहारले मण्डली जीवनमा पहिले नै अवरोध र बाधाहरू ल्याइसकेको छ भन्‍ने थाहा छ? यो सबै दाजुभाइ-दिदीबहिनीहरू विकर्षित हुने र उनीहरूले घृणा गर्ने कुरा हो, र परमेश्‍वरले पनि यस कार्यलाई दोषी ठहर्याउनुहुन्छ। तपाईँले यो व्यवहार रोक्नुपर्छ। यदि तपाईँ कुरा सुन्‍नुहुन्‍न र आफ्नो बाटोमा जिद्दी भएर लागिरहनुहुन्छ भने, तपाईँको मण्डली जीवन रोकिनेछ, तपाईँसँग भएका परमेश्‍वरका वचनहरूका पुस्तकहरू खोसिनेछ, र मण्डलीले तपाईँलाई अबउप्रान्त स्वीकार गर्नेछैन!” अवश्य नै, कतिपय मानिसहरूको कद सानो भएकोले र तिनीहरूले सत्यता नबुझ्‍ने हुनाले, कहिलेकहीँ घरका मामलाहरूबारे कुराकानी गर्न, कसैसँग सम्पर्क बनाउन, वा केही सानातिना मामला सम्हाल्न सक्छन्, र त्यस्तो परिस्थिति त्यति गम्भीर हुँदैन। के यो ठीकै हुन्छ? (हुन्छ।) सबैलाई कुनै बाधा नदिने परिस्थितिहरूमा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई सहयोग गर्नु र एकअर्कालाई थोरथोरै प्रेम देखाउनु स्वीकार्य नै हुन्छ। तर हामीले जे कुरा सङ्गति गरिरहेका छौँ, त्यो के हो? यो त यस्तो व्यवहार र कार्यहरूले पहिले नै सामान्य मण्डली जीवनमा अवरोध र बाधाहरू ल्याइसकेको अवस्था हो; त्यस्तो अवस्थामा, संलग्‍न व्यक्तिहरूलाई रोक्‍नु र प्रतिबन्धित गरिनुपर्छ। हामीले तिनीहरूलाई मण्डली जीवनमा अवरोध र बाधा ल्याउन जारी राख्न दिनु हुँदैन। यी कारबाहीहरू गर्नु विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशको लागि फाइदाजनक हुन्छ। कतिपय मानिसहरूले यस्तै व्यवहार देखाउँछन्, तर परिस्थिति गम्भीर हुँदैन र यसले अवरोध र बाधाहरू ल्याउँदैन; यो दाजुभाइ-दिदीबहिनीहरूबीचको सामान्य अन्तरक्रिया, सामान्य रूपमा एकअर्कालाई सहयोग गर्ने र जानकारीको लागि सल्लाह गर्ने, वा आफूले नबुझेको सामान्य ज्ञानबारे सोधपुछ गर्ने कार्य मात्रै हुन्छ। जबसम्‍म यसले भेलाहरूको समय लिँदैन र दुवै पक्षले एकअर्कालाई जबरजस्ती नगरी सहमति जनाउँछन् र यसमा दुबै पक्ष इच्छुक रहन्छन्, र यो सामान्य मानवताको क्षेत्रभित्र पर्ने अन्तरक्रिया हुन्छ, तबसम्‍म यस्तो कार्यलाई अनुमति दिन सकिन्छ र मण्डलीले यसलाई प्रतिबन्धित गर्नेछैन। केवल एउटा कुरा छ: यदि मण्डली जीवनमा कसैको असंयमित बोलीवचन र व्यवहारले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई हैरानी दिन्छ वा उनीहरूको जीवनमा बाधा ल्याएको छ, र कतिपय मानिस यसबाट विकर्षित भएका छन् र तिनीहरूले आफ्नो आपत्ति व्यक्त गरेका छन् भने, अगुवाहरू र कामदारहरूले यो समस्या समाधान गर्न अघि बढ्नुपर्छ। अथवा, यदि अरूले पहिले नै कुनै व्यक्तिबारे रिपोर्ट गरिसकेका छन्, र यो व्यक्ति भेलाको बेला परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दैन, बरु यसको सट्टा आफ्नो घरायसी मामलाहरूबारे बकबक गर्छ र व्यक्तिगत सम्पर्कहरू बनाउँछ, भेला हुने स्थानलाई व्यक्तिगत सम्पर्कहरू निर्माण गर्ने र व्यक्तिगत मामलाहरू सम्हाल्ने ठाउँको रूपमा लिन्छ, अरूबाट कृपा माग्छ र आफूले सक्‍नेजति हरकसैलाई शोषण गर्छ भनेर रिपोर्ट गरेका छन्; अनि यो व्यक्ति नीच चरित्रको, स्वार्थी, घृणित, र दुष्ट छ, ऊ सत्यता पछ्याउँदैन, बरु सबै ठाउँमा फाइदाहरू खोज्छ, र आफ्नो फाइदाको लागि विभिन्‍न अवसरहरू हेर्छ भनेर बताएका छन् भने, त्यस्तो व्यक्तिलाई अलग गरिनुपर्छ।

कति व्यक्तिहरूले त आफ्‍नो लागि काम गराउन केही धनी र प्रभावशाली विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई दुरुपयोग गर्छन्, र यदि तिनीहरूको अनुरोध पूरा भएन भने, तिनीहरूले प्रायजसो यी मानिसहरूमा प्रेम छैन र तिनीहरू साँचो विश्‍वासीहरू होइनन् भनेर दाबी गर्दै तिनीहरूको पिठ्यूँपछाडि आलोचना गर्छन्, र तिनीहरूबारे रिपोर्ट गर्नसमेत चाहन्छन्। के तिमीहरूले त्यस्ता व्यक्तिहरूलाई भेटेका छौ? के त्यस्ता मानिसहरूलाई सम्बोधन गरिनुपर्दैन र? त्यस्ता परिस्थितिहरू सामना गर्दा, के गर्नुपर्छ? विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा भएको छैन भन्‍ने सुनिश्‍चित गर्न अगुवाहरू र कामदारहरूले सिद्धान्तहरूअनुसार व्यवहार गर्दै समस्या समाधान गर्न कदम अघि बढाउनुपर्छ। के कसैले तिनीहरूको लागि कुनै काम गर्न नमान्‍नु गलत हो? के तिनीहरूलाई सहयोग गर्न नमान्नु भनेको सत्यताको अभ्यास नगर्नु वा परमेश्‍वरप्रति प्रेम नहुनुसरह हुन्छ? (हुँदैन।) कसैलाई सहयोग गर्ने कि नगर्ने त्यो तिनीहरूको आफ्नै स्वतन्त्रता हो; तिनीहरूसँग निर्णय गर्ने अधिकार हुन्छ। परमेश्‍वरको घरले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मण्डली जीवनमा एकअर्काको पारिवारिक कठिनाइहरू समाधान गर्न सहयोग गर्नुपर्छ भनेर निर्धारित गरेको छैन। मण्डली जीवन पारिवारिक समस्याहरू समाधान गर्ने ठाउँ होइन, यो त परमेश्‍वरका वचनहरू खाने-पिउने र जीवनमा वृद्धि हुन भेला हुने ठाउँ हो। कति मानिसहरूले आफ्‍ना समस्याहरू समाधान गर्न मण्डली जीवन प्रयोग गर्छन्—यसले के-कस्ता परिणामहरू ल्याउन सक्छ? के यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको वचन खाने-पिउने र आफूलाई सत्यताले सुसज्जित गर्ने कार्यमा असर गर्दैन र? व्यक्तिगत जीवनका समस्याहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग व्यक्तिगत रूपमा समाधान गर्न सकिन्छ; तिनलाई समाधान गर्न मण्डली जीवनमा ल्याउनुपर्दैन। व्यक्तिगत मामलाहरू सम्हाल्ने कार्यले परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली जीवन जिउने कार्यमा हस्तक्षेप गर्दा के-कस्ता परिणामहरू देखा पर्छन् भन्‍ने कुरा सबैलाई थाहा हुनुपर्छ। अगुवाहरू र कामदारहरूले त्यस्ता मामलाहरू पत्ता लगाएपछि तिनलाई समाधान गर्न कदम चाल्नुपर्छ। तिनीहरूले मण्डलीमा सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्‍नेहरूलाई रक्षा गर्नुपर्छ, साँचो रूपमा सत्यता पछ्याउनेहरूलाई रक्षा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई प्रतिबन्धित गर्नुपर्छ, र तिनीहरूलाई आफ्नो उद्देश्य हासिल गर्नबाट रोक्‍नुपर्छ। यो अगुवाहरू र कामदारहरूको जिम्मेवारी हो। यो तेस्रो समस्याका सामान्य मामलाहरूलाई कसरी लिने, कुन-कुन प्रकटीकरणहरू गम्भीर प्रकृति वा परिस्थितिका हुन्छन्, र कुन-कुन प्रकारका र प्रकटीकरणहरू अवरोध र बाधाहरू हुन् भनेर स्पष्ट रूपमा छुट्याउनुपर्छ। परिस्थितिको गम्भीरता स्पष्ट रूपमा चिनेपछि, यसलाई यसको प्रकृतिअनुसार सम्हाल्नुपर्छ। यो अगुवाहरू र कामदारहरूले बुझ्नुपर्ने कुरा हो, र यो सबैले आत्मसात् गर्नुपर्ने कुरा पनि हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्